साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १५५ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६० जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको तस्बिर:
साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १५५ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू-
[१] यात्रु असुरक्षित यात्रा कस्तो अनौठो जात्रा !
वसन्त अनुभव [२] असुरक्षित बसकाे यात्रा हुँदैछ जीवन बेजात्रा !
ताराप्रसाद चापागाईँ, धुनिबेसी [३] जीवन असुरक्षित यात्रा देखायो बसले जात्रा !
बेदु न्यौपाने [४] यात्रा सुरक्षा सोचौँ भिडबाट आफू बचौँ !
काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३४ औँ शृङ्खला सम्पन्न भएको छ । अभ्यासमा नेपाल लगायत विश्वका ६५ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो । टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३४ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
प्रतिनिधि टुक्का- १३४ ~<•>~ बोल्यो कि त चिराचिरा नै पार्दछे जिब्रो हो कि छुरा सिपालु रहेछौ धार लगाउन, तिमी त ! ससुरा । वसन्त अनुभव ~<•>~
सहभागी टुक्काकारहरूका टुक्काहरू-
[१] उठ् भन्दा उठ्नुपर्छ हजुर बस् भन्दा बस्ने कतिन्जेल होला यसरी नागिनले डस्ने ? ✍️ वसन्त अनुभव घोराही उपमहानगरपालिका १४, दाङ ~<•>~ [२] बाेली पनि गाेली जस्ताे घमण्ड झन् धेरै हैकम चलाई सब दास ठान्ने मेरै । ✍️ ताराप्रसाद चापागाईँ धुनिबेसी ~<•>~ [३] भाषण हेर न छुरा जस्तो घमण्ड गर्छौं किन धेरै बेरोजगारको भाँडो भरिँदा दोष जति सबै मेरै। ✍️ बिकास छेत्री अञ्जान कैजले, बिजनबारी, दार्जिलिङ। ~<•>~ [४] सकेसम्म त डस्न खोज्छन् नागिनले अति नियालेर हेर्दाखेरि आफ्नै ज्यानको खती । ✍️ बेदु न्यौपाने ~<•>~ [५] अहङ्कारी सधैँ घमण्डमा तल्लीन रहन्छ आखिरीमा भवसागर तर्दा उही बहन्छ । ✍️कार्की डिबी माकुम सुनवल-४, नवलपरासी ~<•>~ [६] कुरा जस्तो धारिलो होला कि संसारमा कुनै छुरा कुराले नै पार्दछ सबैथोक पुरा अनि अपुरा । ✍️दीपा समभाव दुबेकोल खोटाङ्ग ~<•>~ [७] तिम्रो बोली व्यवहार छुचो रहेछ कति हैकम धेरै चलाउँदा पछि होला क्षती । ✍️अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन। ~<•>~ [८] काम गर्नु केही छैन मुख मात्रै लाग्ने छुरा गरिबका सपनाहरू कहिले हुन्छ पूरा ? ✍️डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा. पा. -६, दोलखा । ~<•>~ [९] रिस तिम्रो बम जस्तो बोली तितेपाती हाँसीखुसी बोलिदिए हुन्थ्यो कति जाती ! ✍️इमान सिंह के.सि. ब्यास ९ धनुबेसी,कलेस्ति,तनहुँ ~<•>~ [१०] सबैभन्दा ठूलो रिस नै हो हाम्रो शत्रु अर्काको रिस गरेरै हुने भए पत्रु । ✍️सरिता सेढाई धादिङ ~<•>~ [११] बाहिर राम राम गर्दै रोप्छ्न् बगलीमा छुरा यता मुखले ठिक्क पर्छन् अरूसँग काट्छ्न् कुरा । ✍️अनिता भण्डारी ताप्लेजुङ ~<•>~ [१२] कतिपय अवस्थामा हिम्मत ठ्याक्कै जुट्दैन मन परेकी मान्छे सामु बोली पनि फुट्दैन । ✍️ बि.कुलुङ दार्जिलिङ रंगबुल ~<•>~ [१३] बोलीमा घमण्ड छ धेरै, हैकम चलाउने जस्तै राज्यसत्तामा ऊ नै पुग्यो, खेलाडी किपर नै तस्तै । ✍️एवाइ प्रभात सहिदभुमि धनकुटा ~<•>~ [१४] केही बोल्नै हुन्न घरमा आजकल राम्रो कुरा घमण्डलेे भरिएका वचन लगाउँछन् छुरा । ✍️शंकर कार्की,मकवानपुर। ~<•>~ [१५] बोल्यो कि पोल्यो भन्छन् , गाउँघरका बुढापाका घ्याम्पो जस्तो भुँडी भइसक्यो अझै कति खाका । ✍️बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाइ ४ झापा ~<•>~ [१६] गर्ने बेला बिहे गरियो, हत्ते हाली पूरा अचेल उनकै बोली सुन्दा लाग्छ है छुरा । ✍️राजेशराज गड्तौला कॅाडाघारी, काठमाण्डौ ~<•>~ [१७] चिप्लो घस्नेकाे छैन भर हान्छ पछाडिबाट छुरा सुन्दा मिठा मिठा बात आखिरमा सबै झुटा कुरा । ✍️राज कुमार राजभण्डारी खाेटाङ्गे मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर । ~<•>~ [१८] सम्बन्ध बलियो बनाएर गरौँ कर्तव्य पूरा जे जे हुनु भयो अब नगर्नुहोस् बितेका कुरा । ✍️अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा – ६ संखुवासभा । ~<•>~ [१९] सिमा नाघी बोले हजुर होला आफैँलाई खति सिमा भित्रै बोली हजुर सुधारौँ है आफ्नो मति । ✍️तोया नाथ चापागाईं दमक,झापा ~<•>~ [२०] मुखमा धेरै ठुला ठुला कुरा हुनेको बात हुन्छ मिठाई जस्तै स्वाद गुनेको । ✍️राजनारायण राई राजदल बस्ती सोनादह। ~<•>~ [२१] यताउता हेर्छु सबैलाई आफ्नै ठान्छु यो सेरोफेरो आखिर विश्वास लायक कोही छैन संसार अँधेरो । ✍️चुडामणी देबकोटा चनपा१३काठमाण्डौ ~<•>~ [२२] तितो टर्रो बोले पनि भित्री गुण होला किन यस्तो भयो बुझ्नु नत्र मन रोला । ✍️सतीश पण्डित चुँदी तनहू हाल चनपा ६ काठमनडौ। ~<•>~ [२३] बिहेको चर्चामा समय गयो भनेको जस्तै न त उस्तो भयो । ✍️नीमा छिरिङ भोटिया जलढका कालेबुङ ~<•>~ [२४] नबोली ढालिदिन्छौ शक्तिशाली मोरा आरोप बुहारी, काम बिगार्ने छोरा । ✍️ पुष्पा राई, बादेल, खाेटाङ । ~<•>~ [२५] ससुरा त तै विसेक हुन् अझ कडा सासू तिनकी छाेरी झनै कडा खान्छे मेराे मासु । ✍️भवानी पाेखरेल (बाबू विराज) बाणगङ्गा १ चार नम्बर कपिलवस्तु ~<•>~ [२६] ओठभरि तिमी तेल दलेर बोल्छौ मनै जलाउने गरी भत्भती पोल्छौ । रमेश दियाली सिटोंग खरसाङ दार्जिलिङ। ~<•>~ [२७] अगाडि त ठिक्क पारी पछाडिबाट हान्छन् गोली मुटुभित्र बिझ्ने गरी जवाफ दिने कस्तो बोली ? मन्जु जोशी डीलासैनी ५ बैतडी ~<•>~ [२८] लुते जिब्रो हजुरको रैछ छुरा छातीभरी बटुलेछु मैले कुरा । ✍️रुना कर्माचार्य दाहाल चितवन ~<•>~ [२९] रुप देख्दा अप्सराको उतैतिर धायौ बोली सुन्दा छुराजस्तो बल्ल थाहा पायौ । ✍️त्रिलाेचन भण्डारी मेचीनगर,झापा ~<•>~ [३०] आगो खाई अङ्गार थुक्ने सासू रैछिन् बाई छोरी पनि उत्तिकै आगो पोल्छ आफैँलाई ! ✍️विवश पारदर्शी झापा ~<•>~ [३१] नगरी काम भाग हेर्छौ धेरै र भन्छौ भएको सम्पूर्ण मेरै ! ✍️आर्त अकुलीन ~<•>~ [३२] कुरा बुझ्ने कोही नि छैन सधैँ मेरा मनका ऐसेलु काफल खाए गुनाले पारी बनका । ✍️कृष्ण धामी – बझाङ ~<•>~ [३३] अब त जिब्रो पनि बाक्लो भयो होला दाँत पनि झर्नुपर्ने भुँडी फुलेर घ्याम्पो जत्रो रोग लागेर ओछ्यान पर्नुपर्ने । ✍️अम्बिका अधिकारी झापा बिर्तामोड ~<•>~ [३४] अहङ्कारी नबनेर बसे हुन्थ्यो बुवा सुती बस्नु खान दिन्छन् बुहारीले खुवा ! ✍️कमला देवकोटा, पाल्पा [३५] छुराभन्दा धारिलो हुन्छ मुटु छियाछिया पार्ने बोली त्यसताका सामु नपर्नु जाती बेकार जोखिम मोली । ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे [३६] राम्रो भए नाक फुर्क्याउने काम बिग्रिँदा दोष अर्काको छोरीलाई खान पाउनु केही छैन, दोष मात्र ? यसैले पारा चढ्यो मोरीलाई । ✍️मोती सुब्बा, दार्जिलिङ निमकी डाँडा। ~<•>~ [३७] सधैँ केही नबोली तिम्रो हैकम सहनु पर्ने कुरा बोल्यो भने तिम्रो मुटु खाने भन्छौ जिब्रो भयो रे छुरा । ✍️सुशीला थापा निष्ठुरी ~<•>~ [३८] अब खुसी पारेभन्दा मैले उल्टै गाली खाएँ खाली गाग्री भर्नलाई तालभित्र कति धाएँ । ✍️हिरालाल न्याैपाने बानपा ८ काेटमाैला सल्यान ~<•>~ [३९] छोरीलाई चलाख बनाउन धार नलगाए कसलाई पो लगाउनु प्रत्येक आमाबाबुको कर्तव्य हो आफ्ना छोरीलाई पनि बाठो बनाउनु ! ✍️पवन कुमार बुढाथेाकी ~<•>~ [४०] सिकाएको छु अन्यायसँग लड्नुपर्छ छोरी मुखभरिको जवाफ दिनु खोज्नेलाई जोरी ! ✍️पुष्पा सुवेदी नेपालगन्ज,बॅाके। ~<•>~ [४१] चलन पनि कस्तो आयो अरूको कुरा सुन्दै नसुन्ने राम्रो के हो, नराम्रो के हो ? खै केही पनि गुन्दै नगुन्ने । ✍️प्रेम थापा “मन”बागलुङ ~<•>~ [४२] यहाँ जति नबोल्यो उति छुचो बनाइन्छ छोरी दास नै ठान्ने, यसै लक्ष्मी जनाइन्छ। ✍️शोभा आचार्य गौतम काठमाडौँ ~<•>~ [४३] जोडिएका नाताहरू त्यसै खासा कहाँ हुन्छन् आज्ञा शिरोपर नगर्ने मात्रै धुरुक्क रुन्छन् l ✍️बाबुराम गौतम, गुल्मी ~<•>~ [४४] बिचराको नाउ बेचेको हरेक क्षेत्र देखेँ अनेक भोगे अनेक देखे कवितामा लेखेँ । ✍️दुर्गा आचार्य मोरङ ~<•>~ [४५] अलिकति खुसी देखियो तिम्रो त्यो आँखामा कुन्नी के के थियो खै नबुझिने त्यो भाषामा । ✍️रघु थापा, सु न पा .१. ~<•>~ [४६] बुहारीलाई पनि छोरी झैँ ठाने स्वर्ग जस्तै हुन्छ घर सासूससुरा ठाने आमाबाबु बुहारीलाई के को डर ? ✍️ध्रुव श्रेष्ठ खोटाङ हाल,काठमाडौ । ~<•>~ [४७] आफैँदेखि दुःखी छु म कसैलाई रुवाउँदिन गहमै सुकोस् आँसु तर कहिल्यै चुहाउँदिन। ✍️अन्मोल मुस्कान तकदाह छाउनी, दार्जिलिङ। ~<•>~ [४८] गरीब भनेर नगरौँ हेला पर्नेछौ तिमी एकदिन फेला ! ✍️रमा गुरुङ्ग सालुगडा सिलीगुडी ~<•>~ [४९] रुखो बोली नबोल ससुरा सोचेर सधैँ गर्नु है कुरा । धनुष न्यौपाने यात्री जुम्ला ~<•>~ [५०] मान्छेमा म सौखिन जात चल्छ जिब्रो चल्दैन हात । ✍️विके माकजू , भक्तपुर । ~<•>~ [५१] असत्य जति नै लुकाइहाल्छे, चर्को कराएर सिद्दियो भन्छे पठाएको पैसा, जम्मै हराएर। ✍️सुस्मिता अधिकारी ,काठमाडौँ ~<•>~ [५२] जति राम्रो गरे पनि दिने दोष मात्र यस्तै हुन्छ कलियुगको संसारी पात्र। ✍️अरुण कुमार भुजेल गोरू बथान, कालिम्पोङ,भारत। ~<•>~ [५३] कहिलेकाहीँ बोल्नैपर्ने आउँदोरहेछ दिन अन्याय नसहँदा तिमी चोथाले भन्छौ र किन ? ✍️गंगा खड्का बूढानीलकण्ठ ,काठमाडौँ ~<•>~ [५४] बोल्नु पनि कसरी ? तेरो त मुखै वैरी भन्छन् काम फत्ते गर्नु पहिले, हातमा पैसा गन्छन् । ✍️Shukra Raj Kunwar ~<•>~ [५५] इमान्दार बाहिरबाट भित्र मान्छे जाली कामकुरा चैँ एकातिर गफ चुट्ने खाली । ✍️शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी, मोरङ ~<•>~ [५६] दिनैभरि फेसबुक, टिकटक कुरा गर्छौ रातमा रिस लाउछ हेर म बुढाको कोही नहुँदा साथमा । ✍️सबिता खड्का कैलाली ~<•>~ [५७] निको नै नहुने पीडा दिने वचनको छुरा सम्बन्धलाई पलभरमा बनाउने झुरा । ✍️संगीता खरेल चन्द्रागिरी ८ काठमाडौँ ~<•>~ [५८] म पनि ससुराको छोरी भन्दै जिस्क्याउन गएको थाहा पाइनँ उनको अचेल जिब्रो छुरा भएको । ✍️ललिता गिरी सिन्धुली ~<•>~ [५९] सत्य काम कुरा गरिएन हिजाे अस्ति कहिले जताततै गर्न थाले छि: छि: दुर दुर अहिले । ✍️प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे । ~<•>~ [६०] राम्रो मुखले भन्यो भने त मान्दै नमान्ने हपार्नतिर लाग्दाखेरि भन्छन् खुब जान्ने । ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹 ~<•>~ [६१] तलाउ चलाई दिन्छन् माछाको हुर्मत लिन्छन् । ✍️चिरञ्जीवी ढकाल नेपालगन्ज -२० राँझा एयरपोर्ट बाँके ~<•>~ [६२] मुटुमाथि ढुङ्गा राखी हाँसेको छु अहिले आफन्तको शिकार थिइनँ म त पहिले । ✍️नन्दलाल आचार्य सिद्धार्थटोल, उदयपुर । हाल एनेलकुटी, सिरहा । ~<•>~ [६३] कहिलेकाहीँ कसैको बोली बन्न पुग्दछ फलामे गोली । ✍️ज्ञानबहादुर क्षत्री सन्धिखर्क – २, अर्घाखाँची। ~<•>~ [६४] बुहारीलाई पनि दिनुपर्छ छाेरीकै दर्जा कर्तव्य ठान्नुपर्छ हामीले नमानेर कर्जा । ✍️हरिगाेपाल प्रधान काभ्रे, बनेपा १४ , साँगा बजार। ~<•>~ [६५] बाहिर एउटा भित्र भित्रै हुन्छ मान्छे जाली काम केही छैन् भाषण मात्रै गर्छन् ठुला खाली । ✍️ सहयात्री शाेभा अर्याल रुपन्देही ~<•>~
चितवन, प्रथम बालटुक्का कवितासङ्ग्रह ‘वर्ण टुक्कामाला’को शुक्रवार चितवनमा विमोचन भएको छ । टुक्काकार इन्दु श्रेष्ठद्वारा लिखित उक्त कृतिको अमर ज्योति इ.स्कुल, भरतपुर-६ अमरवस्तीको आयोजनामा विमोचन भएको हो ।
विद्यालय व्यवस्थापक कृष्ण बहादुर भण्डारीकाे अध्यक्षतामा सञ्चालन भएकाे उक्त कार्यक्रममा विशिष्ट अथिति साहित्यकार यमनाथ शर्मा, अतिथिहरू प्राचार्य चिरञ्जीवी पौडेल तथा साहित्यकार मीरा तिमिल्सिना, शिक्षक, विद्यार्थी तथा साहित्यकारहरूकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा बाेल्दै विशिष्ट अतिथि यमनाथ शर्माले वर्ण टुक्कामाला दुई हरफका बाल कविताहरूकाे माध्यमबाट अक्षर चिन्न शुरु गर्ने सानाे कक्षाका विद्यार्थीहरूका लागि उपयाेगी पुस्तक भएकाे कारण देशभरीकाे विद्यालयहरूमा पुर्याउन र पाठ्यपुस्तककाे रुपमा समावेश गर्न उपयुक्त भएकाे कुरा व्यक्त गर्नु भयाे । प्राचार्य चिरञ्जीवी पौडेलले वर्ण टुक्कामाला भित्र रहेका टुक्का कविता र चित्रकाे माध्यमबाट अक्षर बुझाउन र बुझ्न सहज हुने कुरा व्यक्त गर्नु भएकाे थियाे । साहित्यकार मिरा तिमिल्सिनाले दुई हरफमा लेखिने टुक्का कविताकाे माध्यमबाट वर्ण चिनाउन सकिने उत्कृष्ट पुस्तक तयार भएकाेमा खुसी व्यक्त गर्दै विद्यालयहरूले यसलाई पाठ्यपुस्तकका रुपमा समावेश गर्नु उचित हुन कुरामा जाेड दिनु भयाे ।
कार्यक्रमकाे समापन गर्दै सभाध्यक्ष कृष्ण बहादुर भण्डारीले वर्ण टुक्कामाला दुई लाइनका कविता र चित्रकाे माध्यमले अक्षर चिनाउन अति उपयाेगी भएकाे हुँदा नर्सरी कक्षामा अक्षर चिनाउनकाे लागि समावेश गर्न उचित देखिएकाे भन्दै सर्जक शिक्षक इन्दु श्रेष्ठलाई हार्दिक बधाई ज्ञापन गर्नु भएकाे थियाे ।
बिहान ११:३० बजेबाट शुरु भएर करिब १ घण्टा सञ्चालन भएकाे उक्त कार्यक्रम इ सि ए शिक्षक कृष्ण ढकालले सञ्चालन गर्नु भएको थियो ।
कार्यक्रममा वर्ण टुक्कामाला लिन चाहनु हुने व्यक्ति तथा संस्थाहरूले भुँडीपुराण प्रकाशन बागबजार, काठमाडाैँ, फाेन नं.: ९८५१०८५८६६, न्यु रचना पुस्तक पसल भरतपुर ६, चितवन फाेन नं.: ९८४५११२४७७ तथा बाग्लुङ कालिका बुक्स एन्ड स्टेसनरी हल्लनचोक बाग्लुङ फाेन नं.: ९८५७६२४८७१ मा सम्पर्क गरेर प्राप्त गर्न सकिने जानकारी दिइएको थियो ।
राप्ती साहित्य परिषद् दाङ शाखाले नियमित मासिक कार्यक्रम अन्तर्गत ७०औँ श्रृङ्खला छन्द संगम कार्यक्रम परिषदको सभाहलमा सम्पन्न गरिएको छ।
राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैँयाको प्रमुख आतिथ्यता तथा वरिष्ठ साहित्यकार गणेश विषमको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। वर्तमान समयमा छन्द कविता लेख्ने परम्परा हराउँदै गएको परिपेक्षमा राप्ती साहित्य परिषद् दाङ शाखाले त्रैमासिक रूपमा छन्द संगम कार्यक्रम गर्दै आएको छ। सो कार्यक्रममा दाङका उल्लेखित मात्रामा छन्दमा कलम चलाउने तथा अरू विधामा कलम चलाउने साहित्यकारहरूको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा वरिष्ठ साहित्यकार नारायण नेपाल, राप्ती साहित्य परिषद् दाङ शाखाका सल्लाहकार साहित्यकार कमलमणि देवकोटा, मोहन दाहाल, हरिप्रसाद पौडेल “स्वर्णशिखा, प्रगतिशील लेखक सङ्घ दाङ शाखाका कोषाध्यक्ष चन्द्रबहादुर थापा वीणा रोका,नारद प्रसाद भण्डारी,सुरेश कुमार पाण्डे, दामोदर पौडेल , महेश कुमार न्यौपाने, नगेन्द्र गुरु लगायतका कविहरूले छन्दका कविता वाचन गर्नुभएको थियो।
राप्ति साहित्य परिषद् केन्द्रका अध्यक्ष डा. टीकाराम उदासी तथा सिस्नुपानी नेपाल दाङका अध्यक्ष डा. लोकराज पराजुलीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
विशिष्ट अतिथिको रूपमा रहनुभएका वरिष्ठ साहित्यकार गणेश विषमले आफ्नो रचनासहित हराउँदै गएको छन्द कवितालाई छन्द संगमले मलजल गर्ने काम गरेको बताउनुभएको थियो। त्यसैगरी प्रमुख अतिथिको रुपमा रहनुभएका वरिष्ठ साहित्यकार उत्तमकृष्णले मजगैयाँले रचनासहित छन्द प्रशिक्षणका साथै छन्दबारे विशेष वहस कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको थियो। राप्ती साहित्य परिषद् दाङ शाखाका उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सञ्चालन सचिव घनश्याम केसीले गर्नुभएको थियो।
झिल्का लेखन अभियानको एघारौँ शृङ्खला (आमा विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालले मातातीर्थ औँसी(आमाको मुक्ग हेर्ने दिन) को अवसरमा उक्त कार्यक्रमको आयोजना गरेको थियोे ।
झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलामाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ८० जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ ।
सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू- —————<•>—————
[१] १// आफ्नो पेट काटेर मेट्छिन् भोक सन्तानको आमाले पटुकी बाँधेर ! २// पुज्दछु शिरमा राखी आमा देवी हुन् खानी हुन् ममताकी ! ३// क्रयविक्रय र व्यापारमा खोजेमा मिल्छ हरचिज पाइन्नन् आमा संसारमा ! ४// बगेका आँसु साराको सकिँदैन तिर्न आमा ऋण ती दसधाराको ! ५// स्वर्ग लाग्छ काख सृष्टिकर्ता पालनकर्ता आमा तिम्रो माया लाख ! ✍️ वसन्त अनुभव घोराही, दाङ —————<•>————— [२] आमा भगवान् सुन किन पत्थर पुज्छौँ तिरेर सकिन्न गुन ! ✍️ शंकर कार्की थाहा ३ मकवानपुर। —————<•>————— [३] १// आमा घरको मियो सन्तानको लागि अहोरात्र फाटेको सिलाउने सियो ! २// आमा शब्द भारी भोक लाग्यो नभन्ने आमा भगवान् नारी ! ३// आफू नखाई छोराछोरी खेलाउने भुलाउने जहिल्यै बाँधेर ममताको डोरी ! ✍️ चुडामणी देबकोटा चनपा १३ काठमाण्डौ —————<•>————— [४] १// सृष्टिकर्ता मायाकी खानी देवी मानेर पुज्छु मुटुको बनाएर रानी ! २// तिमीले सिलाएको जामा च्यातेर नयाँ धोती कसरी बिर्सनु आमा ! ३// खाजा पोल्टामा हाल्दै मेला गएको बेला हुर्कायौ स्नेहमा पाल्दै ! ✍️ संगीता खरेल चन्द्रागिरी ८ काठमाडौं —————<•>————— [५] १// आमाकाे माया लाख भेटिँदैन अन्त कतै स्फटिक सुन्दर काख ! २// देख्दा आमाकाे मुहार वात्सल्यकाे ज्योति बल्ने टल्कन्छन् कायामा जुहार ! ३// आमा माफी माग्छु अबाेध सम्झिदिनु है दैनिक कुलदेवता भाग्छु । ✍️ हिरालाल न्याैपाने, काेटमाैला, सल्यान —————<•>————— [६] आमाको महिमा अपार सुख चाहन्छिन् सन्तानको गर्दै सङ्घर्ष लगातार ! ✍️ सुस्मिता अधिकारी ,काठमाडौँ —————<•>————— [७] १// आमा ममताकी खानी कमी नहुने मायामा घरकी आमा रानी ! २// शुन्य हुन्छ घर आमा नहुँदाका पलहरू घर आमाको भर ! ३// आमा प्राण दानी यिनैका महिमा अपार सरल स्वभाव बानी ! ✍️ कार्की डिबी माकुम सुनवल-४, नवलपरासी —————<•>————— [८] १// ब्रम्हाण्डमा आमाको महानता तुलना गर्दा कसैसँग पाइँदैन कहिल्यै समानता ! २// जननीलाई नगर हेला सृष्टिमा आमाभन्दा अगणित कुनै पर्दैन फेला ! ३// सामाजिक सञ्जाल रङ्गाएर वर्षेनी मातृऔँसी मनाउने झुपडीमा सहाराहीन बनाएर ! ✍️ पारसमणि खतिवडा सूर्योदय ३ इलाम हाल सूर्यविनायक भक्तपुर —————<•>————— [९] १// आमाको मायामा हुर्कने पढाइलेखाइ सबै सकेर घमन्डी पाखुरा सुर्कने ! २//. मुखमा गाँस नपारी बाँचिन बच्चाको खातिर काममा बोकेर नझारी ! ✍️ अम्बिका अधिकारी झापा बिर्तामोड —————<•>————— [१०] १// आमाको माया मुटुभरी औँसीमा मात्र होइन अविरल सर्वदा यसैगरी ! २// आमा विनाको घर उज्यालो हुँदैन कहिल्यै अँध्यारो हुन्छ निशाचर ! ३// आमा हाम्री बिहानी संस्कार सिकाउने बच्चामा घर परिवारकी जिन्दगानी ! ✍️ भगवती दवाडी —————<•>————— [११] १// तिमी फलिरहेको बोट अनेक चोट झेल्छ्यौ छैन तिमीमा खोट ! २// चुसाई आफ्नो रगत सजक बनेर सन्तानको लियौ जस फगत ! ३// भविष्य उजाडी बचायौ हसायौ रोएर मकाई ममताको इतिहास रचायौ ! ✍️ रोसन अधिकारि —————<•>————— [१२] १// मियो ढलेको दिन म पर्खिरहेछु आमा नभई रत्ती उदासिन ! २// म सम्झन्छु पल आमा याद आउँदा हेर्छु तिम्रो सल ! ३// दिन, महिना, वर्ष भुल्नै सक्दिनँ कहिल्यै न उमङ्ग हर्ष ! ✍️ म्छुगेम रोदु मकालु-६, वालेङ, संखुवासभा —————<•>————— [१३] १// आमा हुन् विशाल ममताकी खानी औ करुणाकी उच्च मिसाल ! २// सारा सपना मुज्याएर बस्छिन् सन्तान हुर्काइ इच्छाहरू पनि कुज्याएर ! ३// हुँदैम आमालाई खरो सन्तानलाई टाउको दुख्दा आउँछ उनलाई ज्वरो l ✍️ बाबुराम गौतम, गुल्मी —————<•>————— [१४] १// अपार ममताकी देवी अतुलनीय सेवामा समर्पित परिवारको महान् सेवी ! २// आमा शब्दमै मिठास प्रेरणाकी साक्षात् मूर्ति बनाउदिनन् कहिले हतास ! ३// आमाको ममता नपाउँदा लाग्छ जीवन उदास प्रेम अभावले सताउँदा ! ✍️ दिल ठकुरी टिस्टा भेल्ली दार्जिलिङ —————<•>————— [१५] १// आमाको अपार मायाले बनेको जिन्दगी सुनौलो छुँदैन कसैको छायाले ! २// रमाइलो तिम्रै घरमा गल्ती जति गर बस्नुपर्दैन है डरमा ! ३// परान मेरो भनेर तिमीले राख्छेउ काखमा धर्ती जस्तो बनेर ! ✍️ सञ्जना शर्मा दाङ लमही —————<•>————— [१६] १// आमा हुन् धरती आमालाई हेला गर्नेहरू पर्छन् पक्कै अगति ! २// स्वर्ग तिम्रै काख सृष्टिकर्ता हौँ आमा माया दिन्छौँ लाख ! ३// आमाको माया अपार यस्ती ममता खानीको हेरविचार गरौँ बारबार ! ✍️ अर्जुन प्रसाद चौलागाई —————<•>————— [१७] १// मायाको तिमी रानी आकाशकी तिमी जून दयाको आमा खानी ! २// हजुर नै जून भरोसा छ जिन्दगीको तिमी नुनिलो नुन ! ✍️ नीमा छिरिङ भोटिया जलढका कालेबुङ —————<•>————— [१८] १// आमा मायाको खानी हर दुःखकष्ट सहने घरकी हुन् रानी ! २// उज्यालो हुन्छ घर पूर्णीमाकाे यो रातसरि हाँसेकाे आमाकै भर । ३// आमा भगवान जून सृष्टिकर्तालाई पूजा गरी तिर्नु आमाको गुन ! ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर —————<•>————— [१९] १// जरा जननी हाम्रो हाँगा पात उन्नति खुसी फलेको राम्रो ! २// खन्याएर जीवनमा ममता स्वर्गकी काख कल्याणी जीवन रूप सार्थकता ! ✍️ ममता पौडेल बुढीगङगा-२ मोरङ —————<•>————— [२०] १// आमाको जस्तो काख हुँदैन अरू कसैको सबैले याद राख ! २// आमाको लागि छोरी अमूल्य सम्पत्ति हुन् प्रेमको अटुट डोरी ! ३// घरको लक्ष्मी मानेर कहिल्यै मन नदुखाउनु नमिठो वचनले हानेर ! ४// दुःखमा दाजुभाइले हेप्दा जाने ठाउँ हुँदैन त्यसैमा परिवारले चेप्दा ! ५// आमाछोरीको यो सम्बन्ध प्रगाढ हुन्छ सधैँ कहिल्यै बन्दैन मन्द ! ✍️ ललिता गिरी, सिन्धुली —————<•>————— [२१] १// बगेका आँसू साराको आमाको सकिँदैन तिर्न दुधको ऋण दशधाराको ! २// झेलेर अनकौँ चोट हुर्काउँछ्यौ तिमी सन्तानलाई आइपरेको सहेर खोट ! ३// खानी हुन् ममताकी सन्तानको खातिर आमा कष्ट सहने क्षमताकी ! ✍️ बेदु न्यौपाने —————<•>————— [२२] १// घरकी लक्ष्मी आमा मात्र उनी एक हाँस्न सक्ने पीडामा ! २// गल्तीलाई सच्चाएर डोर्याउँछिन् भरपुर समय खर्चेर सन्ततीलाई योग्य बनाउँछिन्। ३// जननी शुद्ध सुन आमा भन्दै गर्दा पीडा हराउँछ जुन ! ✍️ केन्टरमेश क्षेत्रीय रोल्पा —————<•>————— [२३] १// आमाको माया सधैँभरी सन्तानमा हुन्छ भरिपुर्ण कसैलाई नछुट्याई बराबरी ! २// पर्न दिन्निन् छायामा निरन्तर हेरचाह गरी खटिरहन्छिन् है मायामा ! ✍️ अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा – ६ संखुवासभा । —————<•>————— [२४] १// आमा तिमी महान टेकेर आज धर्तीमा देखायौ सारा जहान ! ✍️ गंगाराम यादव औरावनी २ सुनसरी —————<•>————— [२५] १// घाम अनि जून मेरो लागि आमा हिरा, मोती सुन ! २// माया ममताकी खानी आमा नै हुन् मेरो सारा जिन्दगानी ! ✍️ अनिता भण्डारी ताप्लेजुङ —————<•>————— [२६] १// आमा विनाको घर लाग्छ उजाड न्यास्रो मेरो बस्ती सहर ! ✍️ देव मगर कचल,पाल्पा —————<•>————— [२७] आमाको चोखो मायामा नगर्नु कहिल्यै दुर्व्यवहार पवित्र निश्चल छायामा ! ✍️ सरस्वती श्रेष्ठ —————<•>————— [२८] १// आमाझैँ यहाँ अरू काेही छैनन् मेरो घनिष्ठ आफ्ना आफन्तहरू ! २// मेरी आमा मेरै जिन्दगीको मुहान हुन् मनपर्छ मलाई धेरै ! ✍️ ईश्वर साउद, रामाराेसन गाउपालिका ६ सुदुरपश्चिम अछाम —————<•>————— [२९] १// आफ्नो बाटो खनेर हिँड्दा देखिन्छ साहसी युद्धको मैदानमा लडेर ! ✍️ डा देवी पन्थी —————<•>————— [३०] आमा दयाकी खानी आमा नहुँदा हाम्रो अन्धकार हुन्छ जिन्दगानी ! ✍️ बाबुराम पाण्डे अर्घाखाँची —————<•>————— [३१] १// कञ्चन ममाताकी धनी बाँच्न चाहन्छिन् सन्तान मुटुको टुक्रा भनी ! २// छोराछोरीलाई दिन्छिन् सुख हुन्छिन् खुसी मुद्रामा ढालेर जिन्दगीको दुख ! ३// हुँदैन कहिले विरक्ति कुनै प्रकोपले छोप्दा पाइन्छ अलौकिक शक्ति ! ✍️ पृथक प्रकृति, झापा —————<•>————— [३२] १// आमा सभ्यताकी खानी खाइनखाई गरेर सधैँ सुनाउने गर्नुहुन्थ्यो कहानी ! २// सङ्घर्षमा जिउन सिकायो जिन्दगीमा सधैँ हाँसेर समाजमा उज्यालो देखायो ! ३// सुखको दिन आमाको आएन तिम्रो कहिले भाग्छ लुकेर छायाको ! ✍️ एवाइ प्रभात सहिदभुमि धनकुटा —————<•>————— [३३] १// अपरम्पार छन् जन्मदाता आफ्नो सन्ततिको लागि धरणी हुन् माता ! २// हुँदैन कुनै सिमा आकाशभन्दा नि विशाल तिनै आमाको महिमा ! ३// ज्ञान चेतना छरौँ हेलाहोचो गर्ने होइन आमाको सम्मान गरौँ ! ✍️ डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा.पा. -६ , दोलखा । —————<•>————— [३४] १// संसारकै पहिलो गुरु हाम्रो जीवनको शिक्षण आमाबाट हुन्छ सुरु ! ✍️ बिके मुखिया दार्जीलिङ,भारत। —————<•>————— [३५] १// दूधको भारा तिर्नुछ आमाको दुःख सम्झी घर चाडै फिर्नुछ । २// आमा हुन् हाम्रो घरको मूल देवता सन्तानले गर्नुपर्छ राम्रो ! ३// माया मायालु हाम्री उनी एकमात्र हुन् यो संसारकी राम्री ! ✍️ कला ढकाल, झापा —————<•>————— [३६] १// आमा वृद्ध हुँदा सन्तान साथैमा छौँ ? भोक, प्यासले रुँदा ! २// किन गर्ने पूजा ? तातो न्यानो छैन मुटु धुजा धुजा ! ✍️ कमला न्यौपाने —————<•>————— [३७] १// नगरौँ कुरा लामा कसरी हुन्छौँ हामी ? भइनन् भने आमा ! २// आमा ममताको खानी अबोध शिशु हुर्काउने मनको भाषा जानी ! ३// चिच्याएर आमालाई नबुझाउनु बुझ्न सक्छिन् आमा तिमीले नसक्दा बोलाउनु ! ४// निस्वार्थ मायाको नमुना जतिसुकै खोजे पाइँदैन पार गरेपनि यमुना ! ✍️ दीपा समभाव खोटाङ्ग —————<•>————— [३८] १// आमा ममताकी खानी साक्षात् दर्शन मिल्ने जिवित देवी सर्वज्ञानी ! २// पीडा लुकाई छातीमा खुसी बाँड्न सक्ने देवी हुन् आमा ! ✍️ निर्मल शर्मा पेदोङ भारत —————<•>————— [३९] १// आमाको सम्झना आयो सम्झ्यौ कतै आमाले मलाई बाडुली लायो ! २// आमाको मुख हेर्न अब कहाँ पाइएला अङ्गालोमा आमालाई बेर्न ! ३// भर छैन सासको कामना गर्छु आमाको सधैँ बैकुण्ठ बासको ! ✍️ देव कृष्ण काफ्ले पोखरा १ कास्की —————<•>————— [४०] १// दुखी न सुखी अधमराे जीव भएर बन्दैछाैँ परनिर्भर मुखी ! २// कर्तव्यमा सधैँं चुक्ने जालझेल मात्र सधैँ त्यसैले जनले थुक्ने । ✍️ प्रद्युम्न चालिसे —————<•>————— [४१] १// जबसम्म काखमा थिएँ स्वर्ग जस्तै लाग्थ्यो अहिले पाे एक्लिएँ ! २// आमा देवता जस्तै हिजो वा आज सदैव हुनेछ्याै त्यस्तै ! ३// जीवनदातृ हुन् आमा सधैँ सधैँ पुजनीय देवी हुन् धरामा ! ✍️ शम्भु गजुरेल सिन्धुली , —————<•>————— [४२] १// हजुर मेरी भगवान गर्दछु हरेक स्थानमा आमाको सधैँ सम्मान ! ✍️ बिरेन्द्र चौधरी इटहरी१६ सुनसरी कोशी प्रदेश —————<•>————— [४३] १// सिक्यौँ सुरुमा बोल्न सक्यौँ आमाकै सहयोगमा मातृभाषाको ढोका खोल्न ! २// देखायौ संसार सारा आमा बनी तिमीले पिलायौ दूधको धारा ! ३// आमा ममताको खानी पाइन्न खोजेर कतै कष्टमा नपारौँ जानी ! ४// आमा भन्थिन् रुँदै पढेर ज्ञानी बन्नु म ‘जिउँदो’ हुँदै ! ५// आँखाको आँसु पुछेर हाँस्न खोज्थिन् आमा सन्तानको भविष्य बुझेर ! ✍️ मोती सुब्बा दार्जिलिङ निमकी डाँडा, भारत। —————<•>————— [४४] १// महिनौँसम्म गर्भमा भार सहेर अनेकौँ दुखहरू आमा देखायौ संसार ! २// सायद रहेछु अभागी आयो अँध्यारो रात आमा नहुनेको लागि ! ३// सम्झनामा तस्बिर हेर्छु गहका आँसु पुछेर सपनामा पाइलाहरू फेर्छु ! ✍️ भुपेन्द्र राना मगर धादिङ —————<•>————— [४५] १// आमा सन्तुष्टि हुन्छिन् ख्वाई अमृत सन्तानलाई अल्प निदाई सुन्छिन् । २// आमा सन्तानलई साँच्छिन् आफू नखाएर पनि अरुको निम्ति बाँच्छिन् । ३// आमाको त्याग ठूलो ती आमाको तपस्या गुन सन्तानले भुल्यो । ✍️ रामप्रसाद पुरी बादेल, खाेटाङ । —————<•>————— [४६] १// आमा नभएको बेला अँध्यारो हुन्छ संसार गर्छन् सबैले हेला ! २// एउटा गजबकाे बानी आफूले नखाएर खुवाउने आमा ममताकी खानी ! ३// टुहुराे हुन्छ मन संसार आमा विनाको किन चाहियो धन ? ✍️ रबि पाैडेल दक्षिण भारत पाण्डेचरि । —————<•>————— [४७] १// आमा हुन् भगवान सहेर दुखकष्ट ती हुर्काउँछिन् आफ्नो सन्तान ! २// आमालाई खुसी राखे भगवान् खुसी हुन्छन् आमाको माया चाखे । ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाइ ४ झापा —————<•>————— [४८] १// पीर पर्दा मलाई आँट दिने तिमी नयाँ जुक्ति फलाई ! २// तिमी धर्ती आकाश आमा विना अँध्यारो लाग्छ संसार भास ! ३// आउँछु अर्को साल पैसा पठाइँछु आमा नयाँ चोलो हाल ! ✍️ शाशिश्री आचार्य बौद्ध कुमारीगाल काठमाडौँ —————<•>————— [४९] १// हुँदैनन् आमा समान दुनियाँमा कोही पनि नगर्नु कसैले अपमान ! २// जगतमा सृष्टिको पालन ममताको खानी आमा गर्छिन् सत्मार्ग परिचालन ! ३// नित्य पवित्र साख वात्सल्य छ सदासर्वदा आमाको न्यानो काख ! ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे —————<•>————— [५०] १// ममताकी तिमी खानी गर्दछौँ सम्मान हमेसा बात्सल्यकाे मूल ठानी ! २// आफ्नाे भाेक बिर्सेर सन्तानकाे पेट भर्ने हरदम तयार रहेर ! ३// आमाकाे जस्ताे माया खै कसले गर्छ मेटाउने सङ्कट छाया ! ✍️ हरागाेपाल प्रधान काभ्रे, बनेपा १४ साँगा बजारल —————<•>————— [५१] १// आमा हुन् देउता चट्टान फाेरेर उम्रने प्रकृति प्रदत्त एउटा ! २// मेरी आमा वनमा मातातिर्थ हाे आज सम्झना छ मनमा ! ३// मुटुभित्र लुकाउन पाउँ आमाकाे दर्शनमा सधैँ शिर झुकाउँदै आउँ ! ✍️ फूलमाया कुलुङ साेलु-महाकुलुङ-१ —————<•>————— [५२] १// आमा सबैको जीवन कोखमा कहिले काखमा सन्देश पुराऔँ जनजन ! २// शब्दै अमूल्य आमा जीवनदाता हुन् उनै हर जीव जीवात्मामा ! ३// अमृत पिलाई पालिन् सिकाए गुरू बनेर सचेत नागरिकमै ढालिन् ! ✍️ सुरेशकुमार पाण्डे दाङ घोराही १८ —————<•>————— [५३] १// असल सोच्ने गर हुन्छ हेर स्वर्गझैँ आमा भएको घर ! २// आमा करुणाकी खानी सकिन्छ पूजा गर्न देवी भनेर जानी ! ३// आमा हुन सृष्टि नगर्नु हेला कहिल्यै सधैँ पुर्याउनु दृष्टि ! ✍️ अरुण कुमार भुजेल गोरूबथान,कालिम्पोङ,भारत। —————<•>————— [५४] १// आमा मायाकी खानी अनवरत खटिरहन्छिन् सधैँ उनी घरकी रानी ! ✍️ शोभा आचार्य गौतम काठमाडौँ —————<•>————— [५५] १// आमा ममताकी खानी आकाशभन्दा नि फराकिलो हृदयकी तिमी रानी ! २// आफैँलाई भुली हेर्छ्यौ सन्तानको भविष्य खोज्दै सधैँभरी मायाले बेर्छ्यौ । ३// सक्छु कठिन तोड्नलाई आशीर्वाद शिरमा तिम्रो सही बाटो मोड्नलाई ! ✍️ पुष्पा राई, बादेल, खोटाङ । —————<•>————— [५६] १// पहिलो हुन् ज्ञानदाता मलाई संसार देखाउने ममताकी मूर्ति माता ! २// अतुलनीय हजुरको ममता कसैमा छैन त्यस्तो माया दिने क्षमता ! ३// निस्वार्थ आमाको माया भुल्छु हरेक दु:खकष्ट हुँदा हजुरको दायाँबायाँ ! ✍️ रुना कर्माचार्य दाहाल चितवन —————<•>————— [५७] १// आमा हुन् ममता कुनै कसर नराख्ने मायामा देखिन्छ समता ! ✍️ प्रेम थापा “मन”बागलुङ —————<•>————— [५८] १// मेरो बदमासी सहेर मलाई सन्तुष्ट पारिरह्यौ आफू निस्तै रहेर ! २// पौरख गर्यौ पहिले मलाई गर्न लगाइनौ नालायक भएँ अहिले ! ३// सधैँ फूलझैँ फुलेकी आमा, तिमी किन मेरै खुसीमा भुलेकी ! ✍️ नन्दलाल आचार्य बेलका २, सिद्धार्थटोल, उदयपुर । —————<•>————— [५९] १// नौ महिना बोकी धर्ती टेकायौ आमा आफ्नो धड्कन रोकी ! २// दयाकी खानी आमा आफूले टालेको लगाई सन्तानलाई नयाँ जामा ! ३// आमा दयाकी खानी नरुवाऊ तिनलाई कहिल्यै तिमीले जानी नजानी ! ✍️ मंगला उपाध्याय —————<•>————— [६०] १// आमा शब्दै काफी झन् आमाको काख स्वर्ग भन्दा माथि ! २// इन्द्रको आसन धाइदैन आमाको काख पाइरहुँ अरुको लाख चाँहिदैन ! ३// आमाको कस्तो बानी झिकेर मुटु खटाउँछिन् रहेछ ममताको खानी ! ✍️ पशपती राई खोटाङ —————<•>————— [६१] १// मेरी आमाले मलाई हुर्काइन् बढाइन् पढाइन् मन मुटु जलाई ! २// नौ महिना पेटमा च्याँच्याँ रोएको दिन रमाइन् पहिलो भेटमा ! ३// प्रसवका पीडाहरू कठिन मैले आँखा उघार्दा खुसीले सहेर बसिन । ४// पहिलोपल्ट म रोएको खुसीमा आमाले बिर्सिदिइन् प्रसव पीडाले छोएको ! ५// स्याहारसुसार गरिन् लाखौँलाख बिर्सन्न कहिल्यै पनि आमाको न्यानो काख ! ६// आमा ममताकी खानी जीवनभरी खुवाइरहन पाऊँ औषधी खाना पानी ! ७// पहिलो शिक्षिका आमा हामीलाई संसार देखाउने देखिरहूँ सपना विपनामा ! ८// रहिरहोस् जन्मजन्मान्तर मातृभक्ति देवी धरती माता हाम्री आदरणीय शक्ति ! ९// आमाका खुसीका सन्तान भूलचुकमा चित्त दुखेमा क्षमाप्रार्थी छु अन्जान ! १०// नछुटोस् आमाप्रतिको सद्भावना विश्वभरीका सम्पूर्ण आमाहरूलाई मातातिर्थ औँसीको शुभकामना ! ११// सहनुभयो पिडा यातना विश्वभरी जहाँजहाँ हुनुहुन्छ सबै आमाहरूलाई शुभकामना ! ✍️ गुणनिधि घिमिरे अमेरिका —————<•>————— [६२] १// मैनबत्ती हुन् आमा निस्वार्थ उज्यालो दिने जीवनकालको बुझाउॅंछिन् राजीनामा ! २// गल्तीमा दिन्छिन् माफी उनी हारेर जिताउॅंछिन् आमा शब्द काफी ! ३// आमाको गगनझैँ छाती लाग्दैन भविष्यमा ग्रहण मिल्छ जहिले भलिभाँती ! ✍️ म्यामराज राई, भोजपुर —————<•>————— [६३] १// साँचेर मनमा माया खिपेर सबै रिसराग सत्मार्गमा शीतल छाया ! २// जति दिन्छिन् गाली उति मायाको सागर भरिन्छ विकार फाली ! ३// नबुझी उनका भाव सन्तान किन टेढिन्छन् अगाध प्रेम अनुराग ! ✍️ मनोहरी पौडेल गैडाकोट १ —————<•>————— [६४] मायाकी खानी थियौ छाडेर गयाै धर्तीबाट सधैँलाई विदा लियाै । ✍️ श्रीबहादुर केसी शैलुङ्गे भक्तपुर —————<•>————— [६५] १// मातृवात्सल्यताकी असिम खानी भरोसाकी केन्द्र आमा हरेक घरकी महारानी ! २// ममताकी सुन्दर फूल अंश सङ्कट मोचनकी करुणाकी अविरल मूल ! ✍️ तोया नाथ चापागाईं दमक,झापा —————<•>————— [६६] १// आमा ममताकी खानी सन्तान सुखी बनाउँछिन् हुन् परिवारकी रानी ! २// दु:खपिर सब लुकाउँछिन् नखाइकन खाएँ भनी पेट आफ्नो सुकाउँछिन् । ३// आमा हाम्रो सान खुसी बनाई राख्नुपर्छ गरी उनको मान ! ✍️ जयनारायण नेपाल इलाम हाल सूर्यविनायक २ बालबोट भक्तपुर । —————<•>————— [६७] नाताकी मुख्य रानी आमा नै हुन् माया ममताकी खानी ! ✍️ पुष्पा सुवेदी नेपालगन्ज,बॅाके। —————<•>————— [६८] १// आमा जगत माता बुझाैँ अपार महत्त्व आफ्नो आफ्नै विधाता ! २// दया करूणाकी खानी आमा हुन् धरामा दिने सबैलाई जिन्दगानी ! ३// पिलाएपछि दूधको धारा बिर्सनुहुन्न है कहिल्यै आमाप्रतिकाे त्याे अभिभारा ! ✍️ त्रिलाेचन भण्डारी मृचीनगर,झापा —————<•>————— [६९] १// सन्सार चलाउने आमा दुनियाँको मोहमा बगेकी झरना झरेकी पहरामा ! ✍️ होम प्रसाद नेउपाने धरान,सुनसरी । —————<•>————— [७०] १// दु:ख, दर्दको माझ सन्तानको खुशी हेरेर रमाउँछिन् हरेक साँझ ! ✍️ मन्दिरा सेढाई, मलेखु,धादिङ —————<•>————— [७१] १// ममताको त्यो आँचलभित्र सङ्गालेर न्यानो माया कोर्छिन् भविष्यको चित्र ! २// मायाको शिखर चुलिन्छ आमाको साथ पाउँदा मनको दुःख भुलिन्छ ! ३// रमाउँछु तिम्रो मायामा दुःखेसो केही छैन आमाको स्नेह छायामा ! ✍️ समुन्द्रा शर्मा सुनसरी —————<•>————— [७२] नखोजी मान भाउ मेरी प्राण माताको सेवा गरिरहन पाउँ ! ✍️ सरिता सेढाई धादिङ —————<•>————— [७३] १// नौ महिना कोखमा बोकेर जन्मायौ तिमीले नपाई खान भोकमा ! २. दशधारा दूधको भारा नरुनु आमा कहिल्यै बन्नेछु जीवनको सहारा ! ✍️ पद्मा काश्यप पाण्डे, मोरङ —————<•>————— [७४] १// आमा पहिलो गुरु श्वास रहुन्जेल उनको सेवा गरौँ खुरुखुरु ! २// पीपलुकाे शीतल छाया जुनीजुनी नै पाइराखाैँ प्यारी आमाको माया ! ✍️ कोपिला अधिकारी —————<•>————— [७५] १// आमा ममताकी खानी आफैँ उठाउँछिन् दायित्व ठान्छिन् मलाई सानी ! २// ममताको आँचलमा बाँधेर राख्छिन् सन्तानलाई आमाले नयनको नानी मानेर ! ३// आमा हाम्रो सहारा अन्धकारमा उज्यालो दिन उनी बन्छिन् जुनतारा ! ✍️ सीमा कार्की समर्पण मेलचोक पर्सा, नेपाल —————<•>————— [७६] १// आमाको माया पाएर सुखसयलमा म हुर्केको आटो ढिँडो खाएर ! २// आमा संसार देखाउने सृष्टिकर्ता हुन् मेरो पढाउने र लेखाउने ! ३// आमाको हातले दिएको याद आउँछ झलक्क मनमा छु लिएको ! ✍️ लक्ष्मण देउवा डोटी हाल भारत —————<•>————— [७७] १// आमाको माया लाख हुँदैन अरू कसैकाे यिनकाे जस्तो काख ! २// देवी आमाको नाम पूजा गराैँ यिनैकाे धाउनुपर्दैन कुनै धाम ! ३// अरूबेला परपर सर्छन् मातातीर्थमा मात्र ती मायाकाे नाटक गर्छन् । ✍️ उर्मिला के.शी. धनकुटा —————<•>————— [७८] १// देखाइन् आमाले संसार आफ्नै मुटु टुक्र्याई भरिदिए ज्ञानको भण्डार ! २// आमाको गुण अपार बाँचुन्जेल सद्भाव राखौँला स्नेह अनि प्यार ! ✍️ राजेश्वरी राजेपाध्याय —————<•>————— [७९] १// मेटाउन तृष्णका भावना तमाम आमाहरू सबैलाई मातृदिवसकाे हार्दिक शुभकामना ! २// दौडेर आऊ हुरुरु आमा तिमीलाई सम्झेर मन रुन्छ धुरुरु ! ३// लाग्छ धेरै माया पवित्र हुन्छ मन सँगसँगै आमाकाे छाया ! ✍️ सहयात्री शाेभा अर्याल रुपन्देही —————<•>————— [८०] १// बगेको आँसुको ऋण तिर्न सकिनँ आमा नगर कहिले अघृण ! २// बनायो संसार विचित्र स्वार्थ भरेर आफैँमा देखाउँछ आफ्नो चरित्र ! ✍️ बिकास छेत्री अञ्जान कैजले, बिजनबारी, दार्जिलिङ।
काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३३ औँ शृङ्खला सम्पन्न भएको छ । अभ्यासमा नेपाल लगायत विश्वका ६६ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो । टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३३ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
प्रतिनिधि टुक्का- १३३ ~<•>~ माया गर्थेँ भित्रभित्रै आफूभन्दा धेरै अर्कैले सिउँदो भर्यो आँखा अघि मेरै । वसन्त अनुभव ~<•>~ [१] एउटा थियोे साथमा जगेडामा दुईचार यत्ति गर्न नसके त यो जवानीको के सार ? ✍️ वसन्त अनुभव घोराही उपमहानगरपालिका १४, दाङ ~<•>~ [२] माया मात्र गरेँ तर हत्ते गरिएन आफ्नाे भाग्य थिएन सिउँदाे भरिएन । ✍️ ताराप्रसाद चापागाईँ धुनिबेसी । ~<•>~ [३] हिम्मत भए देखाउन आफ्नो कर्म गरेर लोकचार किन गर्छौ जनताको साम्ने धेर ! ✍️ बेदु न्यौपाने ~<•>~ [४] भन्नलाई त भन्ने गर्थ्यौ माया गर्छु भनी गर्न पाइन माया कस्तो महसुस पनि । ✍️ मन्दिरा सेढाई मलेखु,धादिङ ~<•>~ [५] छ नै के बाल आजभोलि सिन्दुर चुरी पोतेको हिँंड्छ्न् लुकीछुपी विदेशमा श्रीमान छ जोतेको ! ✍️ इन्दु श्रेष्ठ,चितवन ~<•>~ [६] आफ्नै पनि थियो मायाको मूल बन्ने रहर खडेरी पर्यो मनमा सुकेर बन्यो बगर। ✍️ सुरेशकुमार पाण्डे दाङ घोराही १८ ~<•>~ [७] सिउँदो भर्ने भनेर कत्ति गरिछ्यौँ हत्ते दिएको काम कहिल्यै गरेकीछ्यौँ र फत्ते? ✍️वअर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन। ~<•>~ [८] तिमीलाई माया गर्छु भन्न सक्नुपर्थ्यो पछुताई आज आई आँसु किन झर्थ्यो ? ✍️ सरिता सेढाई धादिङ ~<•>~ [९] खुट्टा भए पाइएला नि जुत्ता थरी थरी रुन नपरोस् टाउको समाइ घरि घरि । ✍️ सतीश पण्डित भानु६ चुँदी तनहूँ हाल चनपा ६ मातातीर्थ ~<•>~ [१०] चोखो प्रेमको नाटक गरी हिस्सी काली मोरीले आखिर मलाई पाइहाली ससुराकी छोरीले । ✍️ राजेशराज गड्तौला कॅाडाघारी, काठमाण्डौ ~<•>~ [११] माया त गरेकै हो मैले आफूलाई भन्दा नि धेरै अर्कोलाई अङ्गालो हाले पछि कसरी भनौँ मेरै । ✍️ शंकर कार्की,मकवानपुर। ~<•>~ [१२] कसरी जिवित रहुँला सम्बन्ध फटाएर बस्नुपर्छ अन्तिम गन्तव्यसम्म रमाएर । ✍️ कला ढकाल झापा ~<•>~ [१३] फूलले फूललाई मन परायो आखिर समयले टाढा गरायो ! ✍️ आर्त अकुलीन ~<•>~ [१४] दायाँबायाँ माया गर्नेछन् यहाँ कति कति एउटीले भन्दा अरूले त भन्दैन्न पति। ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर । ~<•>~ [१५] आभास हो प्रेम त होइन मुखले बोल्ने कुरा छाडी गयो बैगुनीले मनमा चलाएर छुरा । ✍️ दिपा तिम्सिना ईलाम ~<•>~ [१६] लगाइरहे सधैँ मैले एकोहोरो माया म जस्ता धेरै रहेछन् उसको दायाँबायाँ ! ✍️ विवश पारदर्शी झापा, ~<•>~ [१७] गर्नलाई त माया गरेँ वाचा कसम गरेर तर सिउँदो अर्कैले भर्यो विश्वासमा परेर । ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹 ~<•>~ [१८] स्वार्थी संसारमा मायाको लाग्छ धेरै बजार भेटिन्छ जिन्दगीमा मन पराउने हजार । ✍️ डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा. पा. -६, दोलखा । ~<•>~ [१९] देखावटी तिम्रो माया भित्रभित्रै रहेछाै नि जाली कहिलेसम्म राखुँ मैले तिम्रो लागि सिउँदाे खाली । ✍️ भवानी पाेखरेल(बाबू विराज) बाणगङ्गा १ चार नम्बर कपिलवस्तु ~<•>~ [२०] चोखोमाया गरेकी छु भन्थी पराइ भई मुटुमा नमेटिने दाग बसाएर गई । ✍️ बिके मुखिया दार्जिलिङ, भारत। ~<•>~ [२१] एकोहोरो अव्यक्त प्रेम आफैँ भित्र रह्यो सिउँदो भर्यो अर्कोले मुटुले ब्यथा सह्यो। ✍️ सुस्मिता अधिकारी ,काठमाडौँ ~<•>~ [२२] मनको मान्छे तिमी कति टाढा भयो मलाई भुली कतै पर चाँडै गयो। ✍️ नीमा छिरिङ भोटिया जलढका कालेबुङ ~<•>~ [२३] सधैँभरि नछुटोस् माया भनी बसेको छु जपी उता भने अर्कै खेल रहेछ, गयौ पिर थपी । ✍️ प्रेम थापा “मन”बागलुङ ~<•>~ [२४] स्वार्थी रहेछन् उनीहरू त अब कसो गरूँ अन्योल भो हजुर मलाई न बाचूँ न मरूँ ? ✍️ नील हरि काफ्ले सिन्धुली हाल काठमाडौँ ~<•>~ [२५] कति धेरै माया गर्थेँ निष्ठुरीलाई मैले आखिरमा छाेडी गयाै धाेका दियाै नि ऐले । ✍️ उर्मिला के.शी. धनकुटा ~<•>~ [२६] चोखोमाया कलियुगमा एकादेशको कथा बन्छ जसलाई गर्यो माया आखिर उसैले खेदो खन्छ । ✍️ गंगा खड्का बूढानीलकण्ठ ,काठमाडौँ ~<•>~ [२७] काम सकिएपछि भनेर के पो होला अब हिँडे हुन्छ हजुर बोकेर झोला । ✍️ अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा- ६ संखुवासभा । ~<•>~ [२८] चन्द्र हेर्दै रात त्याे बित्दछ आँगनीमा टाेलाएर चिना खाेल्छु तिमीलाई पाउन ज्याेतिष बाेलाएर । ✍️हिरालाल न्याैपाने, बानपा ८, काेटमाैला, सल्यान ~<•>~ [२९] सच्चा मायाको जगतमा नहुने नै भयो जतन जसरी मुनाकै यादमा कल्पिएर मरे मदन ! ✍️ बि.कुलुङ दार्जिलिङ रंगबुल ~<•>~ [३०] मेरो माया तिमीलाई पचेन रे भन्थे माया किन्दै बेच्ने तिमी,अरूले के गन्थे ? ✍️ ध्रुव श्रेष्ठ खोटाङ हाल काठमाडौ । ~<•>~ [३१] पिरतीको छायामा बसी चोखो माया मैले दिए छोडेर गयौ निष्ठुरीले आज आँसु मात्रै पिएँ । ✍️ मन्जु जोशी डीलासैनी ५ बैतडी ~<•>~ [३२] त्यति धेरै माया पाउनु भाग्य हो मेरो किन खै निस्किएन तोडी मनको घेरो ? ✍️ दीपा समभाव खोटाङ्ग ~<•>~ [३३] माया कै पछि लागेर हो, गयो जोवन खेर बुढेसकालमा आँखा खुले उमेर भो धेर । ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाइ ४ झापा ~<•>~ [३४] मैले पनि तिमीलाई नै धेरै माया गरे देखाउन नजाने रै दोधारमा पो परे । ✍️ सुशीला शिखा काठमाडौं कागेश्वरी ~<•>~ [३५] निमुखाले धोका खान्छ बिग्रिन्छ है पारा हाने मर्छ बोले टर्छ भन्छन् लोक सारा। ✍️ रामशरण न्यौपाने, भक्तपुर ~<•>~ [३६] सिन्दुर मेरो लाएपछि, तिमीले पैसा माग्यो मरुभुमिको देशबाट, पैसा पठाए भाग्यो । ✍️ एवाइ प्रभात सहिदभुमि धनकुटा ~<•>~ [३७] माया गरेको धोका भरेको ! ✍️ नागेन्द्रप्रसाद यादव , दाङ ~<•>~ [३८] तिमीलाई माया गर्दागर्दै जिन्दगी नै भयो आधा, मेरो जीवनको यात्रामा तिम्रो माया नै भयो वाधा। ✍️ रमेश दियाली सिटोङ्ग खरसाङ दार्जिलिङ। [३९] एउटै बन्धनमा बाँधिने भाग्यमानी जोडी नियतिमा नहुने सम्बन्ध जाने रैछन् छोडी । ✍️ संगीता खरेल चन्द्रागिरी ८ काठमाडौं [४०] एउटीलाई माया गरेको भए त ! पछुताउनै पर्दैन विश्वास गरि नभड्के तिम्रै हो सिन्दुर अरुतिर सर्दैन । अम्बिका अधिकारी झापा बिर्तामोड ~<•>~ [४१] चोखोमाया गरेँ मैले उसकै भर परेको उसले त रहेछ मायामा नाटक गरेको । ✍️ अनिता भण्डारी ताप्लेजुङ ~<•>~ [४२] बुढो प्रदेश बुढी यता एक्लै बस्छिन् घर घर गरेर बस्लान् भन्ने छैन खासै भर । ✍️ बाबुराम पाण्डे अर्घाखाँची ~<•>~ [४३] निको चालको देखिएन माया गर्ने छाँट साँचो माया भए गर्थ्यौ सिउँदो भर्ने आँट । ✍️ उमा दाहाल शुन्दर हरैँचा -१० मोरङ [४४] चोखो छ माया भन्थ्यो नि बरै मनमा लेखियो बाचा कसम भाँडमा जाओस् भन्ने पो देखियो । ✍️रचना शर्मा प्रतीक्षा ~<•>~ [४५] माया गर्छु भन्नेको पनि निको छैन चाला एकपछि अर्को चुनेर टाँसिहिँड्छ गाला । ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे ~<•>~ [४६] राम्रो केही साच्नु हुन्न संसारमा टिपी दिन्छन् फूल असल जति लान्छन् त ढिला गरी नगर्नु है भूल । ✍️रामप्रसाद पुरी बादेल, खाेटाङ । ~<•>~ [४७] माया गर्थे कति खै बुझ्न सकेनौ कहिल्यै तिमी आउने बाटो कुरेर बस्थे जहिल्यै । ✍️शोभा आचार्य गौतम काठमाडौँ ~<•>~ [४८] तिम्रो र मेरो भाग्यमा लेखेको रहेछ यस्तै एउटा नदीका यी दुईवटा किनारा जस्तै। ✍️ज्ञानबहादुर क्षत्री सन्धिखर्क – २, अर्घाखाँची। ~<•>~ [४९] तिम्रो माया काम लागेन छैन रहेछ दाम धन विनाको केटा मलाई काम छैन राम । ✍️विके माकजू , भक्तपुर । ~<•>~ [५०] निष्ठुरी अधर्मीले बुन्यो जाल, मलाई छोडी अन्तैतिर । मर्नु न बाँच्नु बनायो, उसैको यादमा भा’छु पिरैपिर ! ✍️कबिताहरी सुन्दर हरैंचा नगरपालिका १ मोरङ ~<•>~ [५१] हामीलाई छुट्टाउनु यो समाज लागिपर्यो के गर्छौ तिमीले भर्ने सिउँदो अर्कैले भर्यो । ✍️प्रतिज्ञा प्रतिज्ञा मेहेलकुना सुर्खेत ~<•>~ [५२] बच्चाको आमा उसकै बन्नेछिन् भोलि तिमी बस बगाउँदै आँसुको खोली । ✍️पुष्पा सुवेदी नेपालगन्ज, बॅाके। ~<•>~ [५३] एकतर्फी मायाले हुन्न प्रस्ताव राख्नुपर्छ सिन्दुर कसको लाउने उसैले निधो गर्छ। ✍️अरुण कुमार भुजेल ~<•>~ [५४] माया भन्ने के रहेछ पिरतीकाे खेल माया माया भन्दाभन्दै नगर है झेल ! ✍️शालिकराम दाहाल ~<•>~ [५५] आफ्नै घर जलाएर कैयौँ यहाँ आगो निभाउन पुगेका कथा लेखेँ आफन्त चिन्नै छोडे यो भिडमा यस्ता थुप्रै जीवात्माहरू घुमेको देखेँ । ✍️अन्मोल मुस्कान तकदाह छाउनी, दार्जिलिङ। ~<•>~ [५६] मनभित्र तस्बिर सजाएर तिम्रै यादमा पर्खिरहेँ आएनौ कति निष्ठुरी रहेछौ तिम्रै यादमा तड्पिरहेँ । ✍️गंगाराम यादव औरावनी २ सुनसरी ~<•>~ [५७] म परदेश आएँ लाखौँलाख ऋण मागेर उसले सोचेछन् पिँजडाको फुत्कियो भनेर । ✍️भुपेन्द्र राना मगर धादिङ ~<•>~ [५८] जति गर्छु माया झनै उति गर्छाै हेला गर्नुगर्याे असत्तीले अब पर्ला फेला । ✍️हरिगाेपाल प्रधान काभ्रे, बनेपा १४ साँगा धजार। ~<•>~ [५९] भित्रभित्रै माया गरे दुःख हुने भयो आज हेर अर्कैले सिन्दुर भरी गयो । ✍️धनुष न्यौपाने यात्री जुम्ला ~<•>~ [६०] दुईवटा मन मिले हुने रहेछ माया तेस्रोको दखल भएमा नै पर्दछ छाया । ✍️कार्की डिबी माकुम सुनवल-४, नवलपरासी ~<•>~ [६१] मुटुमा सजाए जसलाई उसैले दियो मर्म सिन्दुरपोते पराइको लगाई नमानी शर्म । ✍️ रुना कर्माचार्य दाहाल ,चितवन ~<•>~ [६२] मनमा माया थियो भने पहिला भन्नुपर्थ्यो समयमा नै सोचेको भए किन आँसु झर्थ्यो । ✍️बाबुराम गौतम, गुल्मी ~<•>~ [६३] तीरजस्तै तिखाे रहेछ उनकाे नजर पहिलाे भेटमा बाध्य पारिन् चुम्न अधर । ✍️प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे । ~<•>~ [६४] रहर सबै मारियो उसकै लागि कल्कलाउँदो जवानीमा मेरो बाध्यता नहेरेर रोइरहने बनायो जिन्दगानीमा । ✍️चुडामणी देबकोटा चनपा१३ काठमाण्डौ ~<•>~ [६५] मायाप्रीति आजभोलि हुन थाल्यो खेल सिन्दुरको धर्का बिच देख्छु नौलो झेल । ✍️महेन्द्र मान बलामी दक्षिणकाली न.पा-९ फर्पिङ ,काठमाडौँ । ~<•>~ [६६] अलिक भिन्न देखिँदाे छ पिरतीकाे जात्रा भेट्ने छुट्ने क्षणभरमा नमिलेमा मात्रा । ✍️रामकृष्ण दुवाडी पाेखरा ~<•>~ [६६] भित्रभित्रै माया लाएको उसले पछि चाल पाइन् सम्झी सम्झी याद गरेर कठै विरह गीत गाइन् । ✍️मोती योन्जन, सुब्बा दार्जिलिङ निमकी डाँडा भारत। ~<•>~
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १५४ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५६ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको तस्बिर:
साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १५४ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू-
[१] मान्छे मूर्ख कति निम्त्याउँछन् आफ्नै क्षति !
वसन्त अनुभव [२] प्रतिशोध मुर्खको अस्त्र गिदी सबै निर्वस्त्र !
गोपेन्द्र रिजाल, पाँचथर [३] मान्छे मूर्खता खास आफ्नै मूर्खताले सर्वनाश !
बेदु न्यौपाने [४] आरिस धेरै अरूकाे सर्वनाश भाे बेकुफहरूकाे !
ताराप्रसाद चापागाई, धुनिबेसी [५] मान्छे गर्छन् मूर्खता चेतेर पछि पछुतो !
रचना शर्मा प्रतीक्षा [६] मूर्ख नकारात्मक प्रवित्ति हुन्छ आफ्नै दुर्गति !
सीता पाण्डेय मरासिनी उपल्लो तम्घास, गुल्मी [७] मान्छे मुर्खको जाल निम्त्याउॕदैछ आफै काल !
सरिता सेढाई, धादिङ [८] काम देखियो मुर्खताको ल्याउँदै जीवन दुर्दशाको !
अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा-६, संखुवासभा [९] मान्छे आरीसे जाती मर्छन् घमण्डले माती !
राज कुमार राजभण्डारी खाेटाङ्गे मध्यपुर ठिमी-५, संगम काेलाेनी, राधे राधे, भक्तपुर [१०] मान्छे कुरा गरेका अर्काको भर परेका !
कला ढकाल, झापा [११] मूर्ख रहुञ्जेल सास गर्दछ आफ्नै सर्वनाश !
ज्ञानबहादुर क्षत्री सन्धिखर्क-२, अर्घाखाँची [१२] जीवन हरियो रुख आखिर सुकेर दु:ख !
आर्त अकुलीन [१३] जिन्दगी चल्दछ कसरी मानिस मुर्ख यसरी !
सविता के.सी. [१४] क्षति अज्ञानताको गति मान्छेको बिग्रिएको मति !
हिमाल अम्मै, घोडाघोडी, कैलाली [१५] मूर्ख आफू जान्दैन भनेको पनि मान्दैन !
अनिता भण्डारी, ताप्लेजुङ [१६] घमण्ड नगर खास जान्छ आफ्नै स्वास !
पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’ पनौती न.पा.-३,काभ्रे [१७] उल्टो मान्छेको मति निम्त्याउँछन् आफ्नै खती !
डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा.पा.-६, दोलखा [१९] मान्छे मूर्ख कति गर्छ आफैलाई क्षेति !
रघु थापा सु न पा १ [२०] मान्छे गर्छन् अति आफ्नै दुर्दशा क्षति !
धनमाया चौधरी, कैलाली [२१] मूर्खाधिराज मानिसको भित्र नत्र हेर सचित्र !
साप्ताहिक झिल्का लेखन अभ्यासको १६ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ । साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६७ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- १६ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
… १, ढुङ्गाको मन अजब कठै ! देश बेवास्तामा कुर्सी जोगिए गजब ! २, मुखमा राम भन्छन् उतार्छन् व्यवहारमा रावण लट्ठ्याउने कहानी कहन्छन् । ३, आकार बन्छ सुन घन खाएर अनगिन्ती गृहमा प्रवेश सगुन ।
म्यामराज राई … १, हरियाली डाँडापाखा वन मनोरम देखियो प्रकृति वसन्तको हुँदा आगमन ! २, खुसीले यताउता गरी चहार्दै वनपाखा हेर गाउॅंछे कोइली चरी ! ३, रनबन पखेरा डुल्दा देखिन्छ पाखा रक्ताम्य चट्ट गुराँस फुल्दा !
वसन्त अनुभव, घोराही, दाङ … १, हामी बाँचेको माटोमा रोग नलागोस् कसैलाई शत्रु नआऊन् बाटोमा । २, मिलेर बसेको देश हिमाल ,पहाड ,तराई उस्तै संस्कृति परिवेश । ३, इतिहासका पानाहरू हेरौँ वीर गोर्खालीले लेखेको गोरेटो कसैले नफेरौँ ।
रबि पौडेल ,दक्षिण भारत पाण्डेचरि … १, दुईदिने जिन्दगी कस्तो घमण्डले पालिएको देखेर हुँदैन भनेको जस्तो। २, महॅंगो भयो सन्सार बेरोजगारको भाँडो भरिएपछि हुँदैछ घुसपैठको भन्सार।
बिकास छेत्री अञ्जान, कैजले, बिजनबारी, दार्जिलिङ। … १, जोगाऔॅं धर्ती अब प्रकृति प्रकोप बढ्यो सचेत बनौँ सब ।
ताराप्रसाद चापागाईँ, धुनिबेसी, धादिङ … १, आमा धर्ती माता पाप लाग्छ रुवाए खोलौँ सम्मानको खाता!
मन्दिरा सेढाई, मलेखु, धादिङ … १, गुराँसले राताम्मे वन सबैतिर डुलेर हर्दा टक्क अडिने मन। २, खुसी लाग्छ मन सकरात्मक सोच लिॅंदा स्वस्थ रहन्छ तन। ३, जोगाऔँ सबैले हेर बचाउन शरीरलाई आफ्नो नगरी कुनै अबेर।
अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१, हालः-अमेरिका,बोस्टन। … १, कुर्ची तानातान भयो देश बन्यो रणभूमि हेर्दाहेर्दै जीवन गयो। २, युवा खोज्न खास उठाउँछ अनुदान नेता असहाय वृद्धको रास। ३, देश भन्छन् कृषिप्रधान त्यो आकाशतिर हेर्दाहेर्दै किसानको गयो परान।
सुरेशकुमार पाण्डे, दाङ घोराही १८ … १, खडेरी लामो यसपालि किसानलाई पार्यो मर्कामा सुकायो सबै बालीनाली ।
सरिता सेढाई धादिङ … १, भनेको कुरामा जाग्दैनौँ जबरजस्ती गर्छौँ आफ्नोपनमा बुद्धिजीवीको भनाइमा लाग्दैनौँ । २, लाग्दैछ इज्जतमा धक्का समाजले बनएको नियम पालन गर्नुपर्नेछ पक्का । ३, भौतिक लालचमा डुबिन्छौ थुपारेर सम्पत्ति अपार एकदिन माटोले पुरिन्छौ।
दिल ठकुरी, टिस्टाभेली दार्जिलिङ … १, वसन्तको रौनक छायो पाक्यो काफल वनमा चरीले खान बोलायो। २, धेरै पानी पिउनु बढेको छ गर्मी स्वास्थ्य भएर जिउनु।
अनिता भण्डारी, ताप्लेजुङ … १, जन्मेको ठाउँको माटो भुल्नु हुन्न कहिल्यै , खेली हिॅंडेको बाटो । २, हिमालको काखैमा गाउँ कस्तुरी, मृग खेल्ने कति सुन्दर ठाउँ । ३, आमाभन्दा छिन् राम्री कोही छैन संसारमा धर्ती माता हाम्री।
राज कुमार राजभण्डारी खोटाङ्गे, मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर । … १, छोडिसके गर्न काम नेपालमा हेर मजदुरले नदिएर उचित दाम। २, डढेलो लागेको हेर चारैतिर भयो सुक्खा जिउधनको गयो खेर।
कला ढकाल, झापा … १, स्वार्थमा हिॅंडे सब खोज्न गाह्रो भयो , असल मान्छे अब। २, रहर सबैलाई कमाउन बाटो बिराएर थाले, अकुत सम्पत्ति जमाउन।
शंकर कार्की ,मकवानपुर । … १, भुल्नुपर्छ पुराना बातहरू दिन सबैका आउँछन् रङ्गीन बनून् दिनरातहरू । २, सहभागी दाजुभाइ वारिपारि खुलाएर परिचय दिनुस् हालसम्मको यथार्थ जानकारी । ३, प्रयास जोडी हुनलाई एक्लो बस्नु हुँदैन दिन्न कहिल्यै रुनलाई ।
चुडामणी देबकोटा, चनपा – १३, काठमाडौँ … १, वनवासी प्रभु राम तिमीलाई नभेटी यहाँ अस्ताउने भयो घाम।
बिके मुखिया, दार्जिलिङ, भारत … १, हुँदैन मुग्लान पसेर अब केही गरौँ आफ्नो देशमै बसेर । २, गुराँस फुल्यो पाखामा गीत गायो न्याउलीले साह्रै विरहको भाकामा । ३, लेकमा फुल्यो चिमाल बिहानी झुल्के घाममा टलल टल्क्यो हिमाल ।
डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा.पा. -६ , दोलखा … १, कुर्सीमै हुन्छ ध्यान विकास गर्नुपर्छ भन्ने छैन कसैमा ज्ञान ।
बाबुराम पाण्डे, अर्घाखाँची … १, मनको पखेटा हुँदा ऐ ! दुनियाँ कस्तो दिललाई आनन्दले छुँदा। २, मायालु मनमा आऊँ वनभरि न्याहुली रुँदैछ परदेशी घर जाऊँ।
नीमा छिरिङ भोटिया, जलढका कालेबुङ … १, सत्ताको खेल हुँदैछ जनता दोधार देशमा लुटिने यहाँ रुँदैछ । २, लुटेको धन चाहिॅंदैन हुँदैन प्रगति केही मोजमस्तीमा नि खाइॅंदैन । ३, फक्रियो चमेलीको फूल चारैतिर बास्ना छर्यो बास्नामा हुँदैन भूल ।
ईश्वर साउद , रामारोसन – ६, सुदुरपश्चिम अछाम … १, मानवीयता कता हरायो ? जताततै डढेलो देखिन्छ वन्यजन्तु जङ्गलमा करायो। २, मानिस विवेकहीन बन्दैछ जस्तोसुकै काममा तल्लीन आफूलाई महान् भन्दैछ। ३, आफ्नै विनाश खोज्दैछ किन मानिसहरू आजभोलि कुकर्म मात्रै खोज्दैछ।
घनश्याम पन्त, हरिवन सर्लाही … १, मुसुक्क हाँस्दै तिमी वैशाखको यस्तो घाममा पानी परोस् रिमीझिमी । २, पानीको कस्तो अभाव हाहाकार मच्चियो चारैतिर सुकौरोले पार्यो प्रभाव । ३, साथी तिमी आऊ एउटै छाता ओढेर परतिर टहल्न जाऊ ।
मोती सुब्बा … १, हेर्छु हिमाल हाँसेको जलवायु परिवर्तनले एकातिर हिउँ पगालेर नासेको ! २, लालीगुराँस ढकमक्क फुलेको रङ्ग्याई रातै वनपाखालाई देखेर मन भुलेको ! ३, न्याउलले गीत गाउने आफूले पनि गुनगुनाई यो मन रमाउने !
अच्युत घिमिरे, सर्पाङ, भुटान … १, देश चल्दैछ अधोगतिमा सुन्दर योजना छैन के भरौँ मतिमा ?
प्रेम थापा “मन”, बागलुङ … १, फूलको बैँस आउॅंदा रुखमा बसी हलेसो विरह गीतै गाउॅंदा । २, संसारमा आमा ठुलो अरू कोही हुन्न बिरामीको ओैषधी मुलो । ३, माया तिमीलाई गर्छु हृदयमा झङ्कार बोकी प्रेमैले सङ्गीत भर्छु ।
मनुहाङ किराँती सोलु (युमन खालिङ), महाकुलुङ ५ चाचालुङ … १, मान्छेको विचार कस्तो घमण्ड कैले शान्त रिसले बौलिएको जस्तो। २, तिमीले रुहाएर राम्रो एक्लोपनमा छु म याद नआउॅंदा हाम्रो।
एवाइ प्रभात … १, झुक्किएर भएको भूल पाठ बन्नसक्छ जिन्दगीमा नबनोस् दु:खको मूल। २, नियालेर पाउ शिर छिटो अवधारणा बनाउॅंछन् मूल्याङ्कन गर्छन् आखिर । ३, अंश नलाग्ने शिक्षा कसैले चोर्न सक्दैनन् गरेर हेर्नुपर्छ समीक्षा ।
पृथक प्रकृति ,झापा … १, डढेलोले नासियो वन आगलागी नियन्त्रणमा विवेकहीनता गरिबको विक्षिप्त मन । २, बदमासीले बदमास गऱ्यो देशव्यापी धनजनको क्षति मानवता ओरालो झऱ्यो । ३, सरकारको ध्यान जानुपर्छ विपत्तिमा राहत नपाउँदा जनताको जनविश्वास मर्छ ।
पारसमणि खतिवडा, सूर्योदय ३ इलाम, हाल सूर्यविनायक भक्तपुर । … १, मानवकै विरुद्ध लेखिए संवेदनशील भन्ठान्थे मानव सबैभन्दा असंवेनशील देखिए । २, पैसाकै खातिर मर्यो गति छाडेर मानवले विनाश गर्नु गर्यो ।
बि.कुलुङ, दार्जिलिङ … १, हरियो वसन्त कस्तो मन भुलाउन गाह्रो बैगुनीको माया सस्तो ।
नागेन्द्रप्रसाद यादव , दाङ … १, कुराले देश बन्दैन मेहनत गरौँ सबैले पैसा नभई गन्दैन । २, देशको मुहार फेर्न एकजुट भई नेपाली सुन्दर नेपाल हेर्न ।
बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाइ ४ झापा … १, बोल या नबोल, मायाका ती कुराहरू खोल या नखोल । २, छैन कुनै अन्तर, महसुस गर्न सक्छु माया पाउॅंदैछु निरन्तर ! ३, परिवर्तनशील छ अनुहार , हामी सबैले यहाँ चल्नुछ चलाउने अनुसार !
दीपा समभाव, खोटाङ् … १, फाल्नु जाति विकार बेवास्ता गरेर नबस्नु पाल्दा हुन्छौँ सिकार ।
कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे … १, डढेलोले जङ्गल मास्दै सीमाना पारीको बस्तीमा मनपरि तन्त्रमा गाँस्दै । २, प्रकृति प्रकोप बढेर हरियो वनमा डढेलो भ्रष्टाचारी नेता सडेर । ३, जनधनको क्षति हुँदैछ यसरी घमण्ड नगर पापले संसार छुँदैछ ।
अम्बिका अधिकारी, झापा बिर्तामोड … १, डढेलोले गर्यो विनाश मान्छे अविवेकी हुँदा धनजन सुरक्षामा अविश्वास । २, जनवारहरूको उठिबास भयो बिचरा निरीह पशुपन्छीको अकालमा ज्यान गयो । ३, चेतनाको सन्देश छरौँ वातावरणको रक्षा गर्न ज्ञानको भण्डार भरौँ ।
जयनारायण नेपाल, इलाम, हाल सूर्य विनायक २, बालकोट भक्तपुर … १, दुखमा आस साथीको सहयोगको थियो आशा पर्खेछन् आदेश माथिको । २, दुखैमा सहयोग माग्ने कामै छैन आफन्तको समस्या पर्दा भाग्ने । ३, जिन्दगी साह्रै छोटो आपद्मा बहानाबाजी गर्नेको मन साह्रै खोटो ।
देव कृष्ण काफ्ले, पोखरा -१, कास्की … १, बाहिरी ओँठमा हाँसो टिलिक्क दन्त देखाउँदै भित्र हाल्छन् पासो। २, मुखमा मिठो कुरा हुन्छन् जसको धेरै उसैले हान्छन् छुरा।
राजनारायण राई, राजदल बस्ती सोनादह … १, गरौँ असहायको सेवा हर्ष अनि सन्तुष्टिसँगै चाख्न पाइन्छ मेवा। २, गूढ रहस्यको पोको परिश्रममा विश्वास राखे बस्नु पर्दैन भोको। ३, जो चाहन्छ जिउन दूध, दही, मही कसले रोक्छ पिउन।
अरुण कुमार भुजेल, गोरूबथान, कालिम्पोङ, भारत … १, गाउँ मेरो महाकुलुङ त्यही सोलुखुम्बुभित्र पर्छ नाउँ माया कुलुङ । २, याद आउँछ घरको चिटिक्क पारी बनाइएको छाना छ खरको । ३, बस्छिन् आमा झुपडीमा हराउॅंछिन् होला पक्कै मान्छे मान्छेको थुपडीमा ।
माया कुलुङ, सोलुखुम्बु … १, सम्भावित जोखिमको शङ्काले काममा जान छाड्यो दियो निभ्यो पङ्खाले । २, डर मनमा पसेपछि मान्छे शान्त नरहला इज्जत तल खसेपछि । ३, इमान बाँड्न साँच्नुभयो सबैलाई राजा बनाई आमा मनभरि बाँच्नुभयो ।
नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर, हाल- एनेलकुटी सिरहा … १, गरौँ आमाको मान नजिकबाट बुझौँ हामी उनै हाम्रो सान । २, हुर्कियौँ उनकै साथमा चित्त नदुखाऔॅं कहिल्यै राखौँ उच्च माथमा ।
दुर्गा भट्टराई … १, प्रकृति मान्छेका लागि प्रशंसक उपभोक्ता मानिस बचाउन फल्छ जागी । २, माया साटेर लिने प्रशंसक प्रेमी हुन्छ बैँस मायालुलाई दिने । ३, जीवन ओइलाउने फूल सम्झेर आफ्नो चोला जीवनमा नगर्नु भूल ।
रामप्रसाद पुरी, बादेल, खोटाङ … १, भ्रमको खुल्दैन पर्दा निष्ठुरी बसेर मौन नाटकीय नाटक गर्दा। २, नजानु बाटो मोडेर सम्बन्ध गाँसेर बिचमै दोबाटोमा एक्लै छोडेर ।
संगीता खरेल, चन्द्रागिरी – ८, काठमाडौँ … १, नारीको पीडा गहिरो अर्को नारीले नबुझ्दा जीवनमा आउँछ पहिरो। २, नारीको नाम अनेक देवी,बोक्सी, वेश्या सम्बोधन तुच्छ विभेद। ३, नारी सृष्टिकी मूल बगैँचा रूपी परिवार फुल्दछ जहाँ फूल।
सरस्वती श्रेष्ठ, रुपन्देही बुटवल … १, महान् बन्न हामी सोचेर मात्र बनिदैन, होला कर्म छानी। २, कर्मै नगरी चम्किने, सर्वत्र देखिॅंदै आए, उस्तै लगानीविना लम्किने। ३, ऋणमा यात्रामा घुम्दा कोशिसले उक्लन सकेन, होस हवास गुम्दा ।
मनोहरी पौडेल, गैडाकोट १ … १, बुझेरै देखेरै अन्मिएको आजकल दुर्नाम किन ? अन्तै अर्कै जन्मिएको ? २, गरिबको पुज्यौ ढोका रुवाउन्न जीवनभर पनि पाउने छैनौ धोका । ३, झुपडी देखेकै थियौ महल बनाउन सकिनॅं घुटुघुटु रगत पियौ ।
हिरालाल न्यौपाने ,बानपा – ८, कोटमौला, सल्यान … १, गए हुन्थ्यो मारेर किन छोडी गयौ ? आज एक्लै पारेर । २, जान्छ जीवन ढलेर एकदिन आर्यघाट पुगी सकिन्छ चितामा बलेर । ३, नरुनु हेरेर लास बाँचुन्जेल कसैको म कहिल्यै भइनॅं खास ।
ललिता गिरी, सिन्धुली … १, सरकार कसका लागि ? सत्ताका व्यापारीको आलोपालो हुन्छन् भ्रष्टहरू सहभागी । २, स्थिरताको रागमा गठबन्धन स्वार्थघातमा पर्दछ किचमिच सत्ता परिवर्तनको गन्थन । ३, ऋणभार देशमा अति नगदनारायण सत्तामा स्वाहा जनता रुने कति ?
प्रद्युम्न चालिसे, भक्तपुर कटुञ्जे … १, सकिनॅं खुसीले रमाउन गरिब देशमा जन्मिएर गाह्रो पैसा कमाउन । २, सधैँ विदेश पसेर हुन्न भन्छिन् बुढी कमाउॅंला घरमा बसेर। ३, आधा मन घरमा पसिना बगाउँदैछु प्यारी केही पैसाको भरमा ।
लक्ष्मण देउवा डोटी, हाल भारत … १, अनौठो मौसमी चाल आकाश खुल्छ कहिले फैलियो तुवाँलो बेहाल । २, आशामा जीवन चलेको आखिर एकपटक झर्छ हेर्छन् मात्र फलेको । ३, कुनै घमण्ड छैन गर्न सकेमा राम्रो नत्र केही हैन!
शोभा आचार्य गौतम, काठमाडौँ … १, भ्रस्टाचार नेता हटाऔॅं देश विकास गर्न सत्यचार जनता जगाऔॅं । २, छैन कोही इमान्दारी आजको कलियुग समयमा छन् सबै बेइमानी ।
गंगाराम यादव, औरावनी २ सुनसरी … १, चैते हुरी खडेरी हुरहुरी पाखा सारा चिम्लिदिऊॅं आँखा नहेरी । २, पाल्छन् विदेश जानेले नासियोस् बाँदरको बास बालेछन् चुरोट खानेले । ३, किन जोगाउने घारी? जोगिए पनि तस्करको बसिदिऊॅं दाह्री मुसारी।
कमला पौडेल … १, विभिन्न परिकार बनाउने भन्छन् बन्दाकोपीको प्रयोगले रगतलाई सधैँभरि बढाउने । २, शरिरको वजन घटाऔॅं स्वस्थ राखौँ स्वास्थ्य , रक्तचाप सन्तुलनमा ल्याऔॅं । ३, किन्दा सस्तो पाउने बन्दाकोपी रहेछ हजुर, पलपल काम आउने ।
सीमा कार्की समर्पण, मेलचोक पर्सा, नेपाल … १, तिम्रो याद आयो खै कहाँ खोजौं दुःख मात्रै छायो । २, माया गर्छु हेर कसरी म देखाऊॅं ? आफ्नै छाती चिरेर। ३, तिमी मायाकी खानी महॅंगी भयो धेरै किनेँ जानी नजानी।
धनुष न्यौपाने यात्री, जुम्ला … १, बिहान पातमा शीत रमाउँछ मानिसको जिन्दगी खुसीले गाएर गीत । २, कहिले पूर्णेको रात अनुपम मनको मायामा सुन्दर ताराहरूको मात । ३, कलकल बगेको पानी अनुपम मानिसको जीवन, बनेपछि आँखाको नानी ।
आर्त अकुलीन … १, तिमी होइन मालिक सेवक हौ जनताको नबन उभिएको सालिक । २, कर्म गर साथी अनि जीवन पुग्छ हाम्रो प्रगतिपथ माथि।
दीपा तिम्सिना, ईलाम … १, दुनियाँ हो विचित्र सबै आफ्नै स्वार्थमा चिन्दैन कोही मित्र ।
बिरेन्द्र कुमार चौधरी, इटहरी सुनसरी … १, दुःख कष्ट सहेर हुर्काउॅंछिन् सन्तान आमा भावनाको भेलमा बहेर। २, हेर्छन् सन्तान मुख मातातिर्थ औॅंसी चाडमा , छाओस् जीवनमा सुख। ३, सकिन्न वर्णन गरी आमा बाबुको महिमा , पूजनीय धर्ती आकाशसरि।
सुस्मिता अधिकारी ,काठमाडौँ … १, अहिले एकलै पारेर गएछौ मलाई छोडी अर्कैसँग माया सारेर। २, के भुल भएछ सोध्न मन थियो ऊ त गएछ। ३, मायाको कुरा खोलेर रमाउॅंछु भनी सोचेथेँ गएछ झुटो बोलेर।
अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६ संखुवासभा … १, झिल्का लेख्न लाग्यो कतै केही नफुर्दा अनिन्द्रा रातभर जाग्यो !
कुमारीगाल-७ काठमाडौँ, हाल- सिड्नी अष्टेलिया … १, निरासाको कुरा गर्दै कहिले सम्म बस्ने, जागौँ उत्साह भर्दै । २, गरिएका काम देखौँ उर्जा मिल्छ पक्कै, उज्ज्वल भविष्य लेखौँ । ३, केहि आशा लिएर जन्मिएका छन् युवाहरू, जानेछन् योगदान दिएर ।
पुष्पा राई, बादेल, खोटाङ … १, मस्तिष्कबाट नैतिकता झिके गरे जालझेल प्रपञ्च मनुष्य पैसामा बिके। २, उपदेशलाई बुझ्ने गाली चोरी ,फटाहाको सम्मानमा बजेको देखिन्छ ताली । ३, निर्दोष सिकार हुन्छ नियम कानुनले पनि निमुखालाई मात्र छुन्छ ।
रुना कर्माचार्य दाहाल, चितवन … १, गर्मीले यता सतायो, खडेरी लामो परेर बारीमा मकै पकायो। २, गरेर खानुपर्छ कमाई, हामी परिश्रमी बनेर सधैँ बसौँ रमाई । ३, आनन्द आउने देखेर, जताततै हरियाली पाउँदा यतै बसे लेखेर।
दुर्गा आचार्य, मोरङ … १, नफर्किने गरी बिलायौ परिवारमा छायो सन्नाटा स्वजन बिछोडमा डुबायौ । २, थियो बात बाँकी रोक्नु पर्यो बिचमै को अब हुलाकी ? ३, सम्झनाको अदृश्य झाँकी मानसपटलमा सदा सल्बलाउॅंछ बाँचेर गुण फलाकी।
हरिगोपाल प्रधान, काभ्रे, बनेपा – १४, साँगा बजार … १, त्रसित जगत्को रगत भेटिॅंदैन कतै मान्छे असुर मात्र फगत । २, बुद्धि विदेशमै बस्यो विवेक अझै फर्केन विकास भ्रष्टाचारमा फस्यो ।
ऋजु दिल्पाली ईटहरी १ सुनसरी … १, तुहिए भ्रुण छोरी पुरुष मानसिकताको मञ्जुरीनामा डाक्टरी पेसा चोरी । २, छोरी नभएको घर नवीन सृष्टिको सुरुआत छोरासँग छोराकै स्वयम्वर
ममता पौडेल, बुढीगङ्गा – २, मोरङ … १, छोराले वचन भुल्यो आमाले बाटो हेर्दै थामेको आँसु खुल्यो । २, गर्नु गर्यो मलाई चाहिने बेला प्रयोग स्वार्थले मुटु जलाई । ३, बल्ल भिज्यो माटो बिउहरू चल्मलाउन पाए सोझियो किसानको बाटो ।
राजेश्वरी राजोपाध्याय, ललितपुर ::::::::जय झिल्का साहित्य ! ::::::::::
मातातीर्थ औँसी पर्व २०८१ को अवसरमा घोराही उपमहानगरपालिका वडा नं. १८ का ८० वर्ष नाघेका ११ जना वृद्ध आमाहरूलाई सम्मान गरिएको छ ।
नमस्ते स्वास्थ्य अभियानको आयोजनामा घोराही उपमहानगरपालिका-१८ फुर्सेखालीमा आयोजित कार्यक्रममा पार्वता स्मृति साहित्य प्रतिष्ठानका संस्थापकद्वय श्री सुरेशकुमार पाण्डे र श्रीमती देवा पाण्डेले संयुक्त रूपमा वृद्ध आमाहरूलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियोे ।
केशर बहादुर रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा मुख्य अतिथि सुरेशकुमार पाण्डेले आमाहरूको सम्मान उनीहरू जीवित छँदै गर्नुपर्ने, मरेर गरिने दानपुन्यभन्दा जीवित छँदै औषधी उपचार गर्ने र सबै छोरा बुहारीहरूले मिठो बोल्ने र सम्मान दिनुपर्ने कुरा बताउनुभयो ।
उक्त अवसरमा नमस्ते अभियानका अध्यक्ष मातृकाप्रसाद पाण्डेले अभियानका तर्फबाट आमाहरूलाई मिठाई तथा फलफूल वितरण गर्नुभएको थियोे ।
कार्यक्रममा श्रीमती डेमा पाण्डेद्वारा गीत र श्रीमती अम्बिका भट्टराईद्वारा आमा सम्बन्धी मुक्तक वाचन गरिएको थियोे ।
नमस्ते स्वास्थ्य अभियानका अध्यक्ष मातृकाप्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन वसन्तराज शर्माले गर्नुभएको थियोे ।
साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।
यस साताको (५६औँ) शृङ्खलाका लागि लघुकथाकार श्रीकृष्ण पौडेलको लघुकथा ‘भातृत्व प्रेम’, लघुकथाकार लक्ष्मी रिजालको लघुकथा ‘फल’ र लघुकथाकार बिष्णु उप्रेतीको लघुकथा ‘सुझाव’ उत्कृष्ट तीनभित्र परेका छन् । ~<•>~
१. लघुकथा: भातृत्व प्रेम
✍️श्रीकृष्ण पौडेल मोबाइलमा घण्टी बज्दासाथ उठाउँदै “हेलो दाइ, नमस्कार ! आराम हुनुहुन्छ ? म भाइ नारन ।” “ठीकै छु कान्छा ! यता सुन न, अमेरिकन नागरिकहरूले विभिन्न माध्यमबाट अमेरिका प्रवेश गरी पिआर पाएका/ नपाएका सम्पूर्ण विदेशी नागरिकहरूलाई आफ्नै देशमा फिर्ता पठाउन दबाबस्वरूप आन्दोलन चलाइरहेका छन् । यहाँ कतिबेला के हुने हो थाह छैन । यहाँ त बस्न पनि गाह्रो होला जस्तो पो छ त !” भावुक हुँदै अवधेशले गरेको लामो गथासोले नारन पनि भावुक भयो र केही क्षणको मौनतापछि लुकेर आँसु पुछ्दै बोल्यो- “दाइ, कत्ति पीर नगर्नुहोस् है ! हाम्रो पैतृक सम्पत्ति छैन र ? यही आउनुहोस् न ! आफ्नै जन्मभूमिमा, दाजुभाइ मिलेर बसौँला, हुँदैन ?”
एक हप्ताभित्रै अवधेशको परिवार घर आइपुग्यो । भोलिपल्ट बिहानै नारन सहर हुँइकियो । एउटा बोझिलो सुटकेस बोकेर घर आयो अनि सुटकेस खोलेर “यो दाइ, भाउजुले अमेरिकाबाट ल्याएको मिठाई भन्दै घरमा आएका सबैलाई बाँड्यो ।
“अवधेश ! अब कहाँ बस्छस् त ? घरबारी, जग्गाजमिन त सबै बेचेर अमेरिकै लगिस् रे भन्ने सुन्थेँ ।” बोल्न पाएपछि कोखैमा मुख फाटेका माईला बाले प्याच्च बोले ।
“आधा पो बेचेको हो त माइला बा ! आधा त छँदै छ नि । त्यसमा पनि हामी दाजुभाइ कहिले छुट्टिएका थियौँ र ? हामी आठ जनाको एउटै परिवार हो । एउटै घरमा बस्छौँ, कसो ठाइला बा ?” नारनले माइला बाको कुरामा असहमती जनाउँदै बोल्यो ।
आफूले अमेरिकाको ग्रिनकार्ड पाएपछि आफ्नो अंशमा परेको सबै अचल सम्पत्ति आफ्नै भाइलाई नदिएर महङ्गो थैलीको निहुँमा अर्कैलाई बेचेर गरेको अन्याय र अहिलेको सङ्कटपूर्ण अवस्थामा पाएको भातृत्व सागरामृत बिचको अन्तरले अवधेशले आफैँलाई धिकाऱ्यो र भाइलाई गम्लङ्ग अँगालो मार्दै क्वाँ क्वाँ रुन थाल्यो । आरीसा र उजेलीले ट्वाल्ल परेर अवधेश र नारनलाई हेरिरहे । पोखरा
२. लघुकथा: फल
✍️लक्ष्मी रिजाल “मनुष्य ! तेरो मनमा भएको कुरो सफल हुने वरदान दिन्छु ।” उसले टाउको उठाउँदा देवी मुस्कुराउँदै थिइन् । चार वर्षसम्म सूर्योदय पूर्व आएर उठबस गरेको फल ठान्यो उसले ।
यद्यपि उसको मनले विगतका कर्तुत उल्टाउँदै थियोे-
लेनदेन नमिलेर आधा दर्जनको ज्यान लिएको घटना ।
पाँच वटी सुकुमारीको कुमारीत्व नष्ट गरेर घाँटी छिनालेको कुरो ।
बाबुले अङ्कुश लगाउँदा ज्यान लिएर आत्महत्यामा बदलेको अवस्था ।
साराको आँखामा ऊ पानीमाथिको ओभानो थियोे । कानुनको नजरमा न्यायको सम्राट थियोे । यद्यपि आफ्नै मनले नै उसलाई नरकमा जाकिदिएको थियोे । उसको आँखामा जमेको पश्चतापको आँसु देवी स्वयम्ले पुछिदिँदै थिइन् । देवीकै बलले मनको कालो धब्बालाई सेतो पोतो लगाउने दाउमा थियोे ।
तत्क्षण इन्स्पेक्टरले कान बटारेर उठाउँदा पो उसले आफूलाई मूर्तिसामु चेतनावस्थामा पायो । नजिकै कुकुर रगत, मासुले मात्तिएका भेट्यो । उसको हातमा हत्कडी परिसकेको थियोे । छुटाउन देवी आइनन् । बरु चिल्लो कुकुर अघि सरेर भन्दै थियोे- “कर्मको फल भोग्न जुनी फेर्नै पर्दैन । फल दिलाउन सबैले सबैतिरबाट सहयोग गर्छन् ।” रूपनगर, सप्तरी ।
३. लघुकथा: सुझाव
बिष्णु उप्रेती “हेर्न कान्छी, यत्रो रमाइलो कार्यक्रम छ, हाम्राे घरमा । तँ जसरी भए पनि आइज् न है कान्छी । तँ आउँदा कति रमाइलो हुनेथियो । दिदीबहिनी घुमिघुमी नाँचिने थियाे। एक दिनलाई त हाे, जसरी भएपनि फुर्सद मिला न !” आमाकाे कुरा नसकिँदै छाेरी सुजाता आइपुगी र साेधी- “कस्को फाेन आमा ?” “हेर्न सुजु, तेरी सानीमा आजकाे कार्यक्रममा नआउने अरे । भ्याउँदिनँ दिदी ! नरिसाउनु है भन्दै छे ।” “आँ हाेस् आमा, त्यस्ता गरिब दुखी, झत्तेमत्ते नआएकै राम्राे । स्तर नमिल्नेले मनैमन डाहा, आरिसमात्रै गर्छन् । ‘अलि राम्रो चिज देखे माग्नु, असन्तोकी हुनु’ यी गरिबहरूकाे त स्वभावै हाे । तपाईँकी बैनीकाे एउटा गतिलाे साडी त छैन हाेला । अनि के आओस् !”
छाेरीकाे कुरा सुनेर आमा छक्क पर्दै थिइन् । उनकाे माेबाइलमा फेरि फाेन आयाे । बहिनीकै फाेन थियाे। बहिनी भन्दै थिईन् ।
“दिदी ! एउटा सुझाव दिँदैछु, अन्यथा नमान्नु हाेला है । जहिले पनि फाेन गरिसकेपछि फाेन स्वीच अफ गरेर मात्र अरूसङ्ग बाेल्नु हाेला है । अघि तपाईँले मसङ्ग कुरा गरेपछि फाेन बन्द गर्न नै बिर्सनु भएछ।” भक्तपुर राधेराधे।