साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १५८ सम्पन्न

  • २२ जेष्ठ २०८१, मंगलवार २३:२५ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १५८ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६० जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको तस्बिर:

    साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १५८ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू-

    [१]
    कर्म
    मृत्युशय्यामा पनि
    नछाडेको आफ्नो धर्म !

    • वसन्त अनुभव
      [२]
      सङ्घर्ष
      बाँचुञ्जेलसम्म पनि
      गरिरहनु पर्ने हुन्छ !
    • सरिता सेढाई, धादिङ
      [३]
      हरियो
      शुभ सङ्केत
      जीवनको दरिलो बरियो !
    • दीपा समभाव, खोटाङ्ग
      [४]
      काट्दैमा
      हुँदैन अन्त्य
      निभाउनै पर्ला कर्तव्य !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      [५]
      जिन्दगी
      गरेर कर्म
      कहिल्यै नछोड धर्म !
    • बेदु न्यौपाने
      [६]
      जिउने
      कला सिकाैँ
      वृक्षकाे सङ्घर्ष हेर्दै !
    • ताराप्रसाद चापागाईँ, धुनिबेसी
      [७]
      मृत्यु
      अछुत मानव
      हुँदैन न्याय नमरे !
    • भाेलामान बर्देवा
      धरान-८, सुनसरी
      [८]
      जीवन
      टुक्रिएर गएको
      भुलेको छैन कर्तव्य !
    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा-६, संखुवासभा
      [९]
      प्रकृति
      कसले रोक्छ
      मौसममा सबथोक फल्छ !
    • सविता के.सी.
      [१०]
      दिलमा
      तिम्रो फोटो
      जिन्दगी सारै छाेटाे !
    • श्रीकृष्ण धामी, बझाङ
      [११]
      प्रकृति
      शक्तिशाली मान्यौ
      अदभूत रहेछ जान्यौ !
    • पृथक प्रकृति
      [१२]
      सङ्घर्ष
      एकमुठी सास
      रहेसम्म निरन्तर गर्नुपर्छ !
    • केन्द्रप्रकाश बराल, इलाम
      [१३]
      मर्नुअघि
      नतानौँ पएर
      नियालौँ वृक्षको सङ्घर्ष !
    • शान्ता पौडेल भट्टराई
      टङ्कीसिनवारी, मोरङ
      [१४]
      सृष्टि
      सुन्दर रचना
      जीवन हराभरा कामना !
    • आर्त अकुलीन
      [१५]
      जिन्दगी
      हो बाटो
      सङ्घर्षको एक पाटो !
    • अनिता भण्डारी, ताप्लेजुङ
      [१६]
      फल
      आफैँमा सबल
      नगरे पनि मलजल !
    • घनश्याम पौडेल, पोखरा
      [१७]
      प्रकृति
      अटुट सङ्घर्ष
      मुडोमा झाँङ्गियो जिन्दगी !
    • रघु थापा, सु न पा -१
      [१९]
      अधर्म
      बुझेर मर्म
      मानिस गर्छन् दुष्कर्म !
    • रामप्रसाद पुरी, बादेल, खाेटाङ
      [२०]
      सङ्घर्ष
      मृत्युसँगै पनि
      जमिनमा लटरम्मै हर्ष !
    • एवाइ प्रभात
      सहिदभूमि, धनकुटा
      [२१]
      धर्म
      आफ्नो कर्म
      भर पर्छ आफैमा !
    • शिव ज्ञावली, गुल्मी
      [२२]
      सङ्घर्ष
      गर्मीको बेलामा
      किसानहरू खेतको मेलामा !
    • अम्बिका अधिकारी
      झापा, बिर्तामोड
      [२३]
      जिन्दगी
      कठिन बन्दै
      सङ्घर्ष अविस्मरणीय शिक्षा !
    • राज कुमार राजभण्डारी खोटाङ्गे
      मध्यपुर ठिमी-५, राधे राधे, भक्तपुर
      [२४]
      फुट्दै
      विकासको मूलधार
      मनै जलाउने आधार !
    • घनश्याम पन्त
      हरिवन, सर्लाही
      [२५]
      शून्यता
      जीवनको सार
      प्रकृतिको सुन्दर उपहार !
    • हिमाल अम्मै
      घोडाघोडी, कैलाली
      [२६]
      सास
      छँदासम्म खुसी
      आफ्नै सन्तानको आस !
    • चक्र शाही, लम्की, कैलाली
      [२७]
      धराेहर
      कर्म प्राप्तिमा
      बाँच्ने बचाउँने सार !
    • राेशन पराजुली, धरान
      [२८]
      जीवन
      सङ्घर्षको मैदान
      हेरौँ आम्रवृक्षको दृष्टान्त !
    • तोयानाथ सुवेदी
      [२९]
      सृष्टि
      श्रेष्ठतम उपहार
      प्रकृतिको पर्छ दृष्टि !
    • गोपेन्द्र रिजाल, पाँचथर
      [३०]
      प्रकृति
      ईश्वरकाे सृष्टि
      धरामा समान दृष्टि !
    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे
      [३१]
      अस्तित्व
      मेटिदैन त्यसरी
      छ शक्ति सञ्चय !
    • प्रेम थापा ‘मन’, बागलुङ
      [३२]
      प्रकृति
      चलिरहन्छ समय
      नछाओस् कहिल्यै विपत्ति !
    • पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
      पनौती न.पा.-३, काभ्रे
      [३३]
      प्रकृति
      हुँदैन उदास
      श्वास रहुञ्जेलको आस !
    • संगीता खरेल
      चन्द्रागिरी-८, काठमाडौँ
      [३४]
      मरेर
      अमर देखिने
      अनुपम प्राकृतिक सौन्दर्य !
    • नागेन्द्रप्रसाद यादव, दाङ
      [३५]
      प्रकृति
      चलेको सृष्टि
      बुझाइ मानव प्रवृति !
    • बुद्धिप्रसाद लामिछाने
      घोनपा -८, कैलाली
      [३६]
      कसैको
      मुख नताक
      सङ्घर्ष देखेर नभाग !
    • रमा पन्त, पाल्पा
      [३७]
      जिन्दगी
      चुनाैती सामना
      सङ्घर्ष हरेक परिस्थितिमा !
    • सुधा बाँसकोटा ढकाल
      [३८]
      फगत
      जीवन जगत्
      अविरल चल्छ रगत !
    • विवश पारदर्शी, झापा
      [३९]
      कर्म
      मनुष्यको धर्म
      बुझ्दैन कसैले मर्म !
    • तोया नाथ चापागाईं
      दमक, झापा, नेपाल
      [४०]
      प्रकृति
      बिर्सदैन धर्म
      मान्छेको बेइमानी कर्म !
    • पशपती राई, खोटाङ
      [४१]
      प्रकृति
      सङ्घर्षशिल जीवन
      छुट्दैन पारिवारिक संस्कार !
    • नारायण प्रसाद उपाध्याय, कैलाली
      [४२]
      प्रकृति
      गज्जबको छ
      जिउनको लागि सङ्घर्ष !
    • धर्मी शाक्य, बुटवल, रुपन्देही
      [४३]
      सङ्घर्ष
      रुखकाे ठुटाे
      नयाँ जीवनकाे सुरुवात !
    • श्रद्धा आचार्य
      [४४]
      जीवन
      सङ्घर्षमय छ
      गर्नुपर्ने अभिनय छ !
    • डा. देवी पन्थी
      [४५]
      प्रकृति
      सुन्दर आकृति
      मनपर्छ मलाई अति !
    • मङ्गला उपाध्याय
      [४६]
      अत्याचार
      फलेको वृक्षमा
      किन हतियार प्रहार ?
    • दुर्गा अधिकारी भमरकोटे
      [४७]
      सिर्जना
      तपतप रसाउँछ
      संसारलाई थ्याच्चै बसाउँछ !
    • नन्दलाल आचार्य
      सिद्धार्थटोल, उदयपुर
      [४८]
      धर्म
      बिर्सदैन प्रकृतिले
      अघि बढिरहन्छ निरन्तर !
    • बालकृष्ण खनाल, टीकापुर
      [४९]
      जीवन
      बनोस् सदाबहार
      आखिरमा हुन्छ पार !
    • कार्की डिबी माकुम
      सुनवल-४, नवलपरासी
      [५०]
      फलेको
      जबरदस्ती फल
      कोसिसले निकाल्यो हल !
    • लक्ष्मी रिजाल
      रुपनगर, सप्तरी
      [५१]
      सृष्टि
      मानवको दुष्कर्म
      नछाड्ने वनस्पतिले दृष्टि !
    • धनमाया चौधरी, कैलाली
      [५२]
      जीवन
      जस्तो होस्
      बाँच्नलाई गरिन्छ सङ्घर्ष !
    • दुर्गा आचार्य, मोरङ
      [५३]
      प्रकृति
      कर्तव्य भुल्दैन
      फल्न फूल्न छाड्दैन !
    • समुन्द्रा शर्मा, सुनसरी
      [५४]
      जीवन
      सङ्घर्षको मैदान
      हुन्छ आआफ्नो सान !
    • सुरेश न्यौपाने
      [५५]
      जीवन
      प्रकृतिको उपहार
      बाँचुञ्जेल रहोस् सदाबहार !
    • दुर्गा भट्टराई, मोरङ
      [५६]
      उम्रिदिन्छु
      बिउ रोपिदिए
      रोज्दैन धेरै माटो !
    • सुस्मिता अधिकारी, काठमाडौँ
      [५७]
      कर्म
      अविराम मर्म
      जीवन चलाउन धर्म !
    • कमला देवकोकोटा, पाल्पा
      [५८]
      मित्रता
      जरा फेदकाे
      अमर कथा जीवनकाे !
    • टीकाराम जाेशी, टीकापुर
      [५९]
      उम्रिदिन्छु
      सङ्घर्षको मैदानमा
      अवसर पाए फुलिदिन्छु !
    • सरस्वती वली
      [६०]
      जीवन
      समय चक्र
      फुल्ने फल्ने ओइलिने !
      -‌ कविता आचार्य
      ~~~~

    Leave a Reply