“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसय बैसठ्ठीऔं हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०८३/०४/२८ आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १६२[एकसय बैसठ्ठीऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग आइतबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
सुशीला पौडेल संकलन सुशीला पौडेल दुर्गा रिजाल आचार्य
शुद्धीकरण
भवानी घिमिरे पशपती राई
संरचना
अनुप्रास :- आफू खुसी स्थायी :- आफू खुसी अक्षर :- बराबरी समायोजक
पञ्चाङ्ग साहित्य समाज नेपाल
[चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
पञ्चाङ्ग:०१ सुन्दर बस्ती डुल्न मन छ यही बस्तीमै फुल्न मन छ आहा कति सुन्दर देखियो, देवतासँग झुल्न मन छ सदैव साथ घुल्न मन छ। -सुशीला पौडेल
पञ्चाङ्ग:०२ धर्तीभित्र स्वर्ग भए यही गाउँ होला देवताको क्रिडास्थल यही ठाउँ होला हेर्दाखेरि चट्टको छ मनै चुँडी लाने, धेरैलाई थाहा छैन कस्तो नाउँ होला यो कुरा थाहा पाए अहिल्यै जाउँ होला। घनश्याम पौडेल,पोखरा
पञ्चाङ्ग:०३ सुन्दर धरती नाउँ हेर घुमुँघुमुँ लाग्ने ठाँउ हेर प्रकृतिको अनुपम दृश्य , मन लोभ्याउने गाउँ हेर सबै जना हेर्न जाउँ हेर । -दुर्गा भट्टराई
👉🏻पञ्चाङ्ग:०४
अति विकट बस्ती पहाडको काखमा चेपेको छ मानिसलाई त्यहाँ लेकाली पाखे भनि हेपेको छ निर्मलताको महत्व बुझ्न कसले प्रयास गर्ने, खैरे खेद्न पाए, त्यही नै दोहोर्याएर खेपेको छ स्वच्छता नबुझि गाउँ भनेर जहिल्यै सेपेको छ।
✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
पञ्चाङ्ग:०५ नर र पशुमा प्राकृत कुरा सबै मिल्छ साथी जीवकाे सद्भाव र प्रेमले संसार खिल्छ साथी प्रकृति एउटै हुन्छ विश्वमा परिवेश भिन्नै, पशुले खाने र नखाने छुट्यएर निल्छ साथी जस्तै समस्या आएपनि सहने दिल्छ साथी । -प्रधुम्न चालिसे
पञ्चाङ्ग:०६ अति सुन्दर एउटा गाउँ छ थाहा छैन मलाई के नाउँ छ पहाडी घरहरू कति राम्रा, सधैं बसिरहुँ लाग्ने ठाउँ छ लाग्दछ यहाँ इशकाे पाउ छ। ह्यारिस
पञ्चाङ्ग-०७ शुद्ध छ हावापानी गाउँ घुम्न आए हुन्छ उस्तै छ मन पनि चोखो माया लाए हुन्छ जीवनशैली बिल्कुल सादगी छ यहाँको,
जीउ ढाक्न सिर्फ एक च्यादर लाए हुन्छ भोक मेट्न गुन्द्रुक ढिंडो जे छ खाए हुन्छ। -पशपती राई खोटाङ ।
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसय उन्नासयऔं अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ। अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१९९———-
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
मिति:- २०८२/०४/२५
पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
……………………………………….
प्रशिक्षक:-
……………
सोमनाथ लुइटेल
गुणनिधि घिमिरे
सुशीला पौडेल
………………………
भाषा शुद्धीकरण:-
———–
भवानी घिमिरे
पशपती राई
सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य
संयोजक:-
पञ्चाङ्ग साहित्य समाज नेपाल ======================
अक्षर सङ्ख्या:- [बराबरी]
अनुप्रास :- आफुखुसी
स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१ कसैले घृणा गर्दैमा मर्ने होइन म पहिरो झैँ भत्किएर झर्ने होइन म कु ठाउँमा उम्रेको फूल देवतामा चढोस्, ती फूलहरूको खुसी हर्ने होइन म फूलको भाग्यमा डाहा गर्ने होइन म। -सुशीला पौडेल
ॐ पञ्चाङ्ग:०२ संगत कस्ता कस्ता व्यक्तिसँग गर्ने छान्नु पर्छ मित्र व्यवहार हेरेर मात्र साथी राेज्न जान्नु पर्छ मित्र रुप बाेली वचनमा धेरै मख्ख पर्नु हुन्न नि साथी, धुर्त मित्र भन्दा विद्वान् वैरी आफन्त ठान्नु पर्छ मित्र देश घातीलाई त! कानुनी लाठाेले हान्नु पर्छ मित्र । -प्रधुम्न चालिसे
पञ्चाङ्ग:०३ म सधैं तिम्रै पछि धाउने छु प्रिया दुःखमा साथ दिन आउने छु प्रिया तन टाढा भएनि मन तिमीमै छ, माया,प्रेमका गीत गाउँने छु प्रिया सधैंभरि खुसीले छाउने छु प्रिया। -ह्यारिस
पञ्चाङ्ग:०४
आँखाभरि सपना बोकेर हिँड्दा यो मन धुँदो रहेछ पुरा हुँदैन कि भनेर कता कता भित्र छुँदो रहेछ हत्तपत आफ्नै दिलसँग सम्झौता गर्न नसकेपछि, सपना साकार हुन्छन् या त हुदैँनन् कुरा दुँदो रहेछ परिणाम थाह भएपछि झन् धुरुधुरु रुँदो रहेछ।
✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹 पञ्चाङ्ग:०५ यहाँ आँसु लुकाई हाँस्नुपर्छ जिन्दगीमा काँडामा टेकी फूल टाँस्नुपर्छ जिन्दगीमा हारले पनि धेरै पाठ सिकाउँछ बुझ्दा, गिरेपछि फेरि उठी गाँस्नुपर्छ जिन्दगीमा आफ्नै बाटो आफैँले टाँस्नुपर्छ जिन्दगीमा।
— राजेश भण्डारी पञ्चाङ्ग-०६ कोइलीले गाइदिँदा वनपाखा रसाइदिन्छ बुकी फुलेर वनैभरि हावा पनि वसाइदिन्छ स्वर्गको बयान के गरुँ यहीँ जन्मी यहीँ मरुँ, झुल्के घामले यहाँ हिमाललाई हँसाइदिन्छ पहाडको बीचबाट छङ्छङ् झर्ना खसाइदिन्छ। -पशपती राई खोटाङ ।
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसय एकसठ्ठीऔं हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०८३/०४/२१ आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १६१[एकसय एकसठ्ठीऔं] चित्रप,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग आइतबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
सुशीला पौडेल संकलन सुशीला पौडेल दुर्गा रिजाल आचार्य
शुद्धीकरण
भवानी घिमिरे पशपती राई
संरचना
अनुप्रास :- आफूखुसी स्थायी :- आफूखुसी अक्षर :- बराबरी समायोजक
पञ्चाङ्ग साहित्य समाज नेपाल
[चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
पञ्चाङ्ग:०१ हामीले राष्ट्रिय झण्डा बोकेर हिँड्नु छ दुश्मन सबैको मूल्य तोकेर हिड्नु छ नेपाल नरहे भने नेपाली कसरी? राष्ट्रको हितमा ताली ठोकेर हिँड्नु छ मानवरुपी दानव टोकेर हिंड्नु छ। -सुशीला पौडेल
पञ्चाङ्ग:०२ देशको गौरव राष्ट्रिय झण्डा शान हाम्रो प्यारो अनि सुन्दर लाग्ने झण्डा मान हाम्रो धर्ती माता आफैंमा राम्री हरियाली पूर्ण, पूर्खाले आर्जेको प्यारो प्रकृति दान हाम्रो बहुमूल्य जडिबुटीको मुख्य खान हाम्रो ।
-दुर्गा आचार्य
मोरङ पञ्चाङ्ग:०३ राष्ट्रिय गान छ देशको मान छ राम्रो झण्डा हाम्रो, सबैको शान छ दुःखमा दान छ। ह्यारिस
ॐ पञ्चाङ्ग:०४ देशको राष्ट्रिय झण्डा हाम्रो सान हाे साथी राष्ट्रिय गीत विश्वमा हाम्रो मान हाे साथी राष्ट्रिय हितका लागि एकताको चाहिन्छ , विदेशी खबर सुन्ने हाम्रो कान हाे साथी विश्वका सबै नेपाली हाम्रो जान हाे साथी ।
प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे । पञ्चाङ्ग- ०५ यो नेपाल देश कहिरहनेछ धर्तीमा वीर तातो गोली सहिरहनेछ धर्तीमा चन्द्र सूर्य झण्डा फहराइरहने छ, जबसम्म हावा बहिरनेछ धर्तीमा नेपाल हाम्रो देश रहिरनेछ धर्तीमा। -पशपती राई खोटाङ ।
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयसाठीऔ हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०८३/०४/१४ आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १६०[एकसयसाठीऔ] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग आइतबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
सुशीला पौडेल संकलन सुशीला पौडेल दुर्गा रिजाल आचार्य
शुद्धीकरण
भवानी घिमिरे पशपती राई
संरचना
अनुप्रास :- आफू खुसी स्थायी :- आफू खुसी अक्षर :- बराबरी समायोजक
पञ्चाङ्ग साहित्य समाज नेपाल
[चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
पञ्चाङ्ग:०१ पुरानो शैलीको घर छ। बस्नलाई एक्लै डर छ। जस्तो भए नि बस्नु पर्ने, जे छ साथ त्यस्कै भर छ। उत्पादित सस्तो दर छ। सुशीला पौडेल
पञ्चाङ्ग :०२
भित्ता रातो माटो,कमेरोले लिपेर राम्रो पारिन्छ, डाडा पाखा लगाएको फूल टिपेर राम्रो पारिन्छ। चाडमा परिवार सबै जम्मा भएर रमाउने, झ्याल ढोकामा मज्जाले रङ्ग खिपेर राम्रो पारिन्छ, काक्राको अचार नि मज्जाले खिपेर राम्रो पारिन्छ।
दुर्गा आचार्य मोरङ
ॐ पञ्चाङ्ग:०३ प्रकृतिले हराभरा पहाडमा पुरानो शैलीको घर छ साथी वरिपरि जङ्गल एकान्तमा बस्ती टाढा भएर डर छ साथी सुन्दर प्राकृतिक छटाले गर्दा असाध्यै रमणीय हाम्रो देश प्रदुषण रहित स्वच्छ वातावरणले स्वास्थ्यमा भर छ साथी गाउँमा उत्पदित बस्तु विषादी रहित र सस्तो दर छ साथी ।
राप्ती साहित्य परिषद्, जिल्ला शाखा दाङको आयोजनामा नियमित कार्यक्रमअन्तर्गत ‘छन्द सङ्गम’ को ७९ औँ शुक्रबार घोराहीस्थित राप्ती साहित्य परिषद्को सभाहलमा भव्यताका साथ सम्पन्न भएको छ। उक्त कार्यक्रममा विभिन्न स्रष्टाहरूले आ-आफ्ना उत्कृष्ट छन्द कविताहरू वाचन गर्नुभएको थियो।
राप्ती साहित्य परिषद्, जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता र वरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैयाको प्रमुख आतिथ्य तथा राप्ती साहित्य परिषद्, केन्द्रीय सल्लाहकार पुरुषोत्तम खनालको विशिष्ट आतिथ्य मा कार्यक्रम सम्पन्न भएको थियो रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि उत्तमकृष्ण मजगैयाले नेपाली साहित्यमा छन्द कविताको ऐतिहासिक योगदान र वर्तमान समयमा यसको महत्त्वबारे प्रष्ट पार्दै छन्द साहित्यको संरक्षण र प्रवर्द्धनमा यस्ता नियमित श्रृङ्खलाहरूले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
कार्यक्रममा राप्ती साहित्य परिषद्, केन्द्रीय अध्यक्ष कमलमणि देपकोटा ,लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने , नेपाली लेखक संघ दाङका अध्यक्ष डा. हिमलाल पन्थी, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन ,नयाँ युगबोध राष्ट्रिय दैनिकका सम्पादक गोविन्द खड्का साहित्यकारहरू रामप्रसाद जैसी, एकराज शर्मा अधिकारी, मधुसुदन गौतम, नरेशजङ्ग राणा , मधुसूदन गौतम , दामोदर पौडेल, माधवप्रसाद न्यौपाने, शरद गौतम, सुवास न्यौपाने, महेशकुमार न्यौपाने, रिमा गौतम, नारद प्रसाद भण्डारी, दीपक बहादुर क्षेत्री, वसन्त पोखरेल,सुशीला आचार्य लगायतका साहित्यकारहरूको उपस्थिति रहेको थियो। परिषदका उपाध्यक्ष सुरेश कुमार पाण्डेको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सञ्चालन सचिव घनश्याम केसीले गर्नुभएको थियो।
नेपाली साहित्यमा दुई हरफमा संरचित लघुत्तम काव्यिक विधा ‘टुक्का कविता’को उन्नयन, प्रवर्द्धन र संस्थागत विकासका लागि क्रियाशील टुक्का साहित्य समाज, काठमाडौंको छैटौँ साधारणसभा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । २०८३ साल भाद्र २६ गते भर्चुअल माध्यमबाट सम्पन्न साधारणसभाको अध्यक्षता संस्थाका अध्यक्ष ताराप्रसाद चापागाईंले गर्नुभएको थियो भने रामशरण न्यौपानेको प्रमुख आतिथ्य रहेको थियो ।
साधारणसभामा संस्थाका सचिव जमुना आचार्यले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष होमप्रसाद न्यौपानेले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनमाथि छलफल गरी आवश्यक सुझावसहित अनुमोदन गरिएको थियो । सभामा संस्थाले स्थापनाकालदेखि टुक्का कविताको विकास, विस्तार र प्रवर्द्धनका लागि सञ्चालन गर्दै आएका विभिन्न साहित्यिक गतिविधि तथा आगामी कार्ययोजनाबारे समेत चर्चा गरिएको थियो ।
साधारणसभाको अर्को महत्त्वपूर्ण पक्ष नयाँ कार्यसमिति गठन रहेको थियो । संस्थाका अध्यक्ष ताराप्रसाद चापागाईंले नयाँ कार्यसमिति चयनका लागि रामशरण न्यौपानेको अध्यक्षतामा राजेशराज गडतौला र इन्दु श्रेष्ठ सदस्य रहेको तीन सदस्यीय निर्वाचन मण्डल गठन गर्नुभएको थियो । निर्वाचन मण्डल गठन भएपछि पुरानो कार्यसमिति विघटन गरिएको थियो ।
निर्वाचन प्रक्रियाबाट टुक्का साहित्य समाजको नयाँ कार्यसमितिमा अध्यक्षमा ताराप्रसाद चापागाईं, उपाध्यक्षमा वसन्त अनुभव, महासचिवमा जमुना आचार्य कोइराला, सचिवमा शोभा आचार्य गौतम, कोषाध्यक्षमा होमप्रसाद न्यौपाने तथा सदस्यहरूमा रामप्रसाद पुरी, बेदू न्यौपाने, राजकुमार राजभण्डारी, दीपा गुरुङ र सुशीला थापा सर्वसम्मत तथा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिमा रिक्त रहेको एक सदस्य पदमा पछि कार्यसमितिले चयन गरी पदपूर्ति गर्ने निर्णयसमेत गरिएको छ ।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचन मण्डलका अध्यक्ष रामशरण न्यौपानेले संस्थाको हक, हित र उद्देश्यप्रति प्रतिबद्ध रही आफ्नो पदअनुसार जिम्मेवारी निर्वाह गर्ने शपथ गराउनुभएको थियो । सो अवसरमा उहाँले नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन मण्डलका तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।
नवनिर्वाचित अध्यक्ष ताराप्रसाद चापागाईंले साधारणसभामा उपस्थित सम्पूर्ण सदस्यहरू तथा निर्वाचन मण्डलप्रति आभार व्यक्त गर्दै नयाँ कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिनुभएको थियो । उहाँले टुक्का कविताको विकास, विस्तार र संस्थागत सुदृढीकरणका लागि आगामी दिनमा अझ सक्रियताका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै सबैको सहयोग, सहकार्य र रचनात्मक भूमिकाको अपेक्षा गर्नुभएको थियो ।
टुक्का साहित्य समाजले नेपाली साहित्यमा टुक्का कवितालाई स्थापित र विकसित गराउने उद्देश्यका साथ विभिन्न साहित्यिक कार्यक्रम, सिर्जनात्मक गतिविधि, प्रशिक्षण, अन्तरक्रिया तथा प्रकाशनका माध्यमबाट निरन्तर कार्य गर्दै आएको छ । नयाँ कार्यसमितिको गठनसँगै टुक्का कविताको सिर्जना, प्रवर्द्धन र संस्थागत विस्तारका क्षेत्रमा थप प्रभावकारी गतिविधि अघि बढ्ने अपेक्षा गरिएको छ ।
स्मृतिमा बुबा (कविता) ✍️तेजप्रसाद खनाल आज फेरि कुसे औँसी आँगनभरि सम्झनाको कुश उम्रियो, धूपको धुवाँसँगैसँगै तपाईंको अनुहार खोज्दै मेरो मन पुरानो आकाशतिर उड्यो, बुबा ! बीस बाइस वर्ष भएछ समयले कति ऋतु फेरिसक्यो कति वसन्त आए, गए कति वर्षाका भेलले घरअगाडिको बाटो बगायो तर मेरो स्मृतिको बाटोमा तपाईंका पाइलाहरु अझै मेटिएका छैनन् कहिलेकाहीँ लाग्छ ढोकाबाहिर कसैले बिस्तारै खोक्यो कि जस्तो आँगनमा तपाईंको लौरो अझै टेकिएको छ कि जस्तो साँझको सुनसानमा तपाईंको स्वरले मेरो नाम बोलायो कि जस्तो तर ढोका खोल्दा त्यहाँ केवल हावा हुन्छ आँगनमा केवल छायाहरू हुन्छन् र मेरो आँखाको डिलमा अतीतको एउटा समुद्र चुपचाप उर्लिरहेको हुन्छ बुबा,तपाईं हुनुहुन्थ्यो मेरो बालापनको आकाश थाकेको बेलाको चौतारी अँध्यारोमा बल्ने दियो हिँड्न नसक्दा समाउने हात र लड्दा उठाउने अदृश्य साहस तपाईंको काँधमा बसेर संसार हेरेका ती दिनहरू आज पनि मेरो आँखाभित्र पुरानो चलचित्रझैँ चल्छन् तपाईंका खस्रा हातहरूमा मैले माया पढेको थिएँ तपाईंको मौनतामा हजारौँ उपदेश सुनेको थिएँ समयले तपाईंलाई मेरो आँखाबाट टाढा लग्यो तर हृदयबाट कहाँ लैजान सक्यो र ? तपाईं त मेरो रगतमा बगेको नदी हुनुहुन्छ मेरो संस्कारमा बल्ने दीप हुनुहुन्छ मेरो प्रत्येक असल कर्मको नदेखिने हस्ताक्षर हुनुहुन्छ आज कुशको आसनमा तपाईंलाई सम्झेर बस्दा मनभित्र प्रश्न उठ्छ माथि कतै आकाशमा तपाईंले पनि हामीलाई सम्झिनुहुन्छ कि, बुबा ? यहाँ त तपाईं नभएको घर घरजस्तो लाग्दैन तपाईं नभएको खुसी खुसीजस्तो लाग्दैन तपाईंलाई सुनाउन नसकेको कुरा मनको कुनामा अझै अधुरो पत्र बनेर बसेको छ कहिलेकाहीँ म सफलताको एउटा खुड्किलो चढ्छु मनले सबैभन्दा पहिले भन्छ बुबा भएको भए…..। आज कति खुसी हुनुहुन्थ्यो होला! कहिलेकाहीँ दुःखको पहाडले थिच्छ मनले फेरि त्यही पुरानो हात खोज्छ जसले एकपटक मेरो टाउकोमा हात राखेर दुःखलाई सानो बनाइदिएको थियो बुबा तपाईंको मृत्यु एउटा दिनको घटना थियो तर तपाईंको अभाव हरेक दिनको अनुभूति हो मृत्युले तपाईंको शरीर लग्यो तर तपाईंको माया कसले लैजान सक्छ र ? समयले तपाईंको आवाज मौन बनायो तर तपाईंका शब्दहरू आज पनि मेरो अन्तरात्मामा घण्टीझैँ बजिरहन्छन् आज कुसे औँसीमा आकाशतिर हेर्दै म एउटा दीप बाल्छु त्यो दीपमा तेलभन्दा बढी मेरो सम्झना छ ज्योतिभन्दा बढी मेरो श्रद्धा छ उज्यालोभन्दा गहिरो मेरो आँसु छ हे! मेरा बुबा! यदि आत्माहरूले सन्तानका धड्कन सुन्छन् भने आज मेरो मुटुको धुन सुन्नुहोस् त्यसको प्रत्येक धड्कनमा तपाईं हुनुहुन्छ यदि ताराहरूले पृथ्वीका आवाज सुन्छन् भने आज सबैभन्दा चम्किलो तारा बन्नुहोस् म आकाश हेरेर तपाईंलाई चिन्न सकूँ बीस बाइस वर्षको दूरी हाम्रो बीचमा भए पनि मायाको दूरी एक इन्च पनि बढेको छैन तपाईं परलोकमा हुनुहुन्छ म यो लोकमा छु बीचमा केवल समय र मृत्युको पर्दा छ तर सम्झनाको झ्यालबाट म हरेक दिन तपाईंलाई भेटिरहेको छु आज कुसे औँसी हो, बुबा! म तपाईंको मुख हेर्न सक्दिनँ तर आफ्नो अनुहारमा तपाईंको छाया खोज्छु तपाईंको हात समाउन सक्दिनँ तर आफ्ना हातमा तपाईंको संस्कार महसुस गर्छु अन्त्यमा मृत्युले छुट्याएको बुबाछोराको सम्बन्धलाई समयले होइन स्मृतिले बाँधिरहोस् जब जब कुसे औँसी आउँछ जब जब धूप बल्छ जब जब आकाशमा एउटा एक्लो तारा टल्किन्छ म फेरि मनमनै भन्नेछु बुबा तपाईं जानुभएको होइन तपाईं त मेरो जीवनको उज्यालो भएर मभित्रै बसिरहनुभएको छ हरक्षण आशीर्वाद दिइरहनु होला तेजप्रसाद खनाल लमही,दाङ।
त्रिवेणी साहित्य मञ्च अमेरिकाको साप्ताहिक शुक्रवारीय झिल्का कविता अभ्यास शृङ्खलामा आएका श्रीकृष्ण जन्माष्टमी विषयक सुन्दर झिल्का कविताहरू-
क) चेतनाको दीप बाल्यौ जगाउँदै अर्जुनको मन विशाल मोह ढाल्यौ । ख) बनेर मायालु चित्र सोह्र सय गोपीनीको बस्यौ दिल, दिमागभित्र ।
वसन्त अनुभव वसन्तविहार, घोराही
झिल्का कविता क) श्रीकृष्ण जन्माष्टमी पर्व अन्धकार रेट्छ मनको मनाऔँ हामीले सगर्व । ख) मेरा हृदयका भगवान् उनै बस्छन् कणकणमा विशिष्ट ज्ञानी महान् । ✍️ नारदप्रसाद आचार्य ‘सुदामा’ संयुक्त राज्य अमेरिका ।
झिल्का कविता क) मुरलीको मधुर धुन मनभित्र प्रेम भरियो, माधवको दिव्य गुन । ख) जन्माष्टमीको पावन रात घरघरमा दीप बल्दै, गुन्जिन्छन् श्रीकृष्णका बात । ✍️ डि पी शर्मा खनाल
झिल्का क) नभए कुनै बाधा तिमी बन्नू कृष्ण म बनौँला राधा । ख) बजाऊ बाँसुरीको धुन ठाउँ दिएर हृदयमा लगाऊ एउटा गुन । ✍️ प्रतिज्ञा प्रतिज्ञा मेहेलकुना, सुर्खेत
झिल्का कविताहरू क) कृत्रिम आँखाको माया दैवको अघि पनि बनियो आज छाया । ख) मुसुमुसु हाँस्दै आऊँ श्रीकृष्ण जन्माष्ठमी आज सभ्य बनेर मनाऊँ । ✍️ निमा छिरिङ भोटिया जलढाका कालेबुङ भारत
झिल्का कविता क) जपौँ राधाकृष्णको नाम मेटिई मनको पीडा बन्नेगर्दछ शुभ काम । ख) कृष्णको दिव्य अवतार विजयी होस् धर्मको अत्याचारको होस् संहार । ✍️ सतीश पण्डित भानु६ चुँदी तनहुँ हाल चनपा६ मातातीर्थ
झिल्का कविता क) कृष्ण भजन गाएर पीडा सारा हटाऔँ दिव्य मुरली बजाएर । ख) दुष्टको विनास गर्न कृष्ण तिमी आऊ पीडामा खुसी छर्न । ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे खाेटाङ ऐसेलुखर्क ३ हाल भक्तपुर
झिल्का कविता क) मुरलीको सुनेर धुन राधा मोहित भइन् हेर्दै पूर्णिमाको जून । ख) कृष्णको भजन सुन्नू बिहान बेलुकी सधैँ सुविचार मनमा गुन्नू । ✍️ बिधुत गुरूङ गोरुबथान
झिल्का क) समाजमा उज्यालो छर्न कृष्णको जन्म भएथ्यो अपकारीको अन्त्य गर्न l ख) जगाऊँ मनमा भक्ति आत्मा स्वच्छ राखौँ मिल्छ अपार शक्ति l ✍️ बाबुराम गौतम, गुल्मी
झिल्का कविता क) आए कृष्ण कन्हैया मेट्न धर्तीको पाप लिएर राधा मैया । ख) देखाउन सत्यको बाटो जन्मेका कृष्ण भगवान् असत्यलाई पार्न माटो । ✍️ कृष्ण ब रावत
झिल्का कविता क) घरकी रुक्मणी भन्यौ हामीले प्रेम गरेको उर्मिला राधा बन्यौ । ख) विपत्ति नसोधी आयो दैविप्रकोप रोक्ने कसले ? छिनमै सर्वस्व खायो । ✍️ विकल ‘आर्त्त’
झिल्का कविता क) गरौँ कृष्णको भक्ति जीवन राख्न अनन्त पाई ज्ञानको शक्ति । ख) कृष्ण जन्माष्टमीको शुभकामना सकारात्मक ऊर्जा आओस् सबैको पुगोस् मनोभावना ! ✍️ सुनिता निरौला पौडेल हाल – राधे राधे भक्तपुर ।
झिल्का कविता क) भदौको कृष्ण अष्टमी स्मरण गरौँ श्रीकृष्णको नहोस् भक्तिमा कमी । ख) कंशबाट फुत्किएकी देवी बिन्ध्याचलमा गएर बसिन् विन्ध्यवासिनी भई सेवी । ✍️ रामकृष्ण ढकाल चितवन ।
झिल्का कविता क) श्रीकृष्णको भजन गरौँ मिलेर सारा भक्तजनहरू आत्मा खुसीले भरौँ । ख) कृष्णको हल्लाई झुला बालौँ कपुर बत्ती पारेर मन्लाई खुला । ✍️ बिबा तामाङ दार्जिलिङ।
झिल्का कविता क) कृष्ण जन्मिएको रात सारा गोकुल क्षेत्रभरि भएथ्यो सहस्र उल्कापात l ख) जीवनमा भरेँ शक्ति कृष्ण जन्मेको दिन मनमा जाग्यो भक्ति । ✍️ मेनुका शर्मा
झिल्का कविता क) मथुराको कालो कारागार जन्मिए उनै परमात्मा थाम्न बसुन्धराको भार । ख) सफल बनून् चाहना मनोकाङ्क्षा होउन् पूर्ण कृष्ण जन्माष्टमीको शुभकामना ! ✍️ तोयानाथ चापागाईं झापा
झिल्का क) भक्त छन् गाउँमा पूजा गर्ने अनेकथरी कृष्ण तिम्रो नाउँमा । ख) चिनौँ कृष्ण मनले घमण्ड नगरौँ धनको पाइन्नन् ईश धनले । ✍️ विष्णु पन्थी ‘विनु’ गैँडाकोट २- नवलपुर
झिल्का कविता क) मुरली बज्यो बनैमा मन्दिरमा पूजा गरौँ शान्ति मिल्छ मनैमा । ख) कृष्णमा लगाऔँ भक्ति पूरा हुन्छ कामना मिल्नेछ तनमा शक्ति । ✍️ प्रेम शर्मा “एकान्त प्रेमी” कालेबुङ
झिल्का कविता क) कृष्णजीको कर्मयोग बुझेर सत्कर्म गरौँ सबले ईश्वर भक्तिमा रुझेर । ख) यो प्रेमको कहानी अजम्बरी छ लीला राधा कृष्णकी रानी । ✍️ नविन पागल मुस्कान
झिल्का अभ्यास क) खुसी भाद्रकृष्ण अष्टमी दोस्रो जीवनको अवसर भूगर्भले जन्मायो पराक्रमी । ख) चिन्ताले थिएँ थकान नेपाली सन्तान ती धन्यवाद सैनिक जवान । ✍️ वैँशालु महेन्द्र लेटाङ नगरपालिका-८, जाँते बजार, मोरङ हाल :- माहे टापु, सेसेल्स, पूर्वी अफ्रिका
झिल्का कविता क) कृष्णजीलाई राखौँ मनमा संसारका पाहुना हामी कटुसत्य नभुलौँ जीवनमा । ख) कृष्णजीको बाँसुरीको धुनले मनमा मिठास पलाउँछ शत्रुता भुलाउँछ गुणले । ✍️ नम्रत प्रधान तकदाह, दार्जिलिङ
झिल्का कविता क) कृष्णको भजन गाएर भवसागर यो तरौँला श्रद्धामा मन भुलाएर । ख) मनमा मिठास भर्दा हुन्छन् साथमा ईश्वर मिलेर प्रार्थना गर्दा । ✍️ कला ढकाल झापा
झिल्का कविता क) बाँसुरीको धुन सुनेर मनमा आनन्द भयो एकछिन पीडा भुलेर । ख) दुःखमा लगाउँछौ गुहार सम्झनू सुखमा पनि सत्कर्मसँगै गर्दै दुलार । ✍️ रबिता महर्जन खोकना, ललितपुर
झिल्का कविता क) कृष्णको बाँसुरीको धुन सुनेर मोहित हुन्थेँ बिर्सिएर पनि रुन । ख) अत्याचारीको अन्त्य गर्न द्वापर युगमा आउनुभयो अन्धकारमा उज्यालो छर्न । ✍️ लक्ष्मी रेग्मी ‘शब्दयात्री’ उर्लाबारी, मोरङ
झिल्का कविता क) जपेमा कृष्णको नाम भवसागर तरेर सहजै पुगिन्छ रे परमधाम ! ख) भजन गाउँदै नाँचौँला कृष्णजी मनैमा राखेर जीवन खुसीले बाँचौँला ! ✍️ अरुण कुमार भुजेल गोरूबथान,कालेबुङ
क) निश्चल प्रेम गरी साँचे मुटुमा जीवन्त कृष्णले राधा जीवनभरि । ख) ऊर्जा खुसी तनमा पाउन गरौँ भक्ति जपौँ कृष्ण मनमा । ✍️ मिना मल्ल बझाङ
झिल्का क) द्वापरमा कृष्ण अवतारी सखाप पारेका थिए त्यहाँका सबै अत्याचारी । ख) कृष्णाष्टमी पर्व तारणहारी पालना गरे हुनेछ यो सधैँ हितकारी । ✍️ कार्की डिबी माकुम सुनवल-४ नवलपरासी
झिल्का कविता क) दही चोरेर खान्थे राधा खोज्न कृष्ण सधैँ वृन्दावन जान्थे । ख) सङ्कट छ देशमा बचाउन आऊ देश कोही कृष्णको भेषमा । ✍️ साबित्री प्याकुरेल धादिङ झिल्का कविता क) कृष्ण्जीको माया अपरम्पार दिन्थे दर्शन सबैलाई देखाउँदै लीला बारम्बार ! ख) यशोदा मैँयाकी प्यारा गर्थे लाला नटखट माया पाएर सारा । ✍️ रमा गुरुङ्ग सालुगडा सिलीगुडी
झिल्का कविता क) अनेकथरी छन् नाम अधर्मीको नाश गर्ने कृष्णको मुख्य काम । ख) नराखी घमण्ड जीवनमा पूजा गरेमा भगवान्को शान्ति मिल्छ मनमा । ✍🏻 शब्दयात्री लम्साल दुल्लु १२,दैलेख
झिल्का कविता क) मखन चोरेर खान्थे सबैलाई मोहित पार्दै भजन गाउन जान्थे । ख) यो सारा संसार साध्य छैन बुझी कृष्णको लीला अपार । ✍️ शोभाकान्त रेग्मी स्याङ्जा ।
झिल्का कविता क) चलाएर सारा संसार भगवान् श्रीकृष्णले हाम्रा गरिदिन्छन् दु:खकष्ट पार । ख) गरेमा निष्काम कर्म यस जगतमा हामीलाई तबमात्र मिल्दछ धर्म । ✍️ विष्णु पंगेनी(पाण्डे) वालिङ, स्याङ्जा
झिल्का क) प्रारब्ध निरञ्जन निराकार बनेर अर्जुनकाे सारथि देखाए चमत्कारिक व्यवहार । ख) सुदामाकाे साथ प्याराे निभाए साथीको कर्तव्य नराखी केही उधारो । ✍️ हरिगाेपाल न्हुच्छेँप्रधान साँगा, बनेपा१४ काभ्रे। झिल्का कविता क) जाऊँ कृष्णको चरणमा पीडितको उद्वार गर्दै सदैव परौँ शरणमा । ख) प्रेमको दीप बालौँ घृणाको पर्दा फालेर कृष्णझैँ पाइला चालौँ । ✍️ अम्बिका धिताल भक्तपुर
क) शुभकामना छ काना जन्मदिन तिम्रो आज माया अर्पन्छु माना । ख) साक्षी राखेर कन्हैया भर्दछु ज्ञानकाे भण्डार अवश्य राधा मैया । ग) राधा, कृष्ण प्यारा हुन् जगतका ईश पुज्छन् भक्त सारा । घ) कृष्ण जगतका पति कुलका देव हाम्रा प्रिय लाग्दछ्न् अति । ङ) साथ तिम्रो मिलाेस् अमर बनूँ काना खुसी मनमा खिलोस् । च) ज्ञानकाे दीप कत्रो संसार उज्यालो पार्ने सगरको सूर्य जत्राे । ✍️ ईश्वर साउँद”भिक्षु” रामाराेशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम