“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसय उन्नासयऔं अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ।
अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१९९———-
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
मिति:- २०८२/०४/२५
पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
……………………………………….
प्रशिक्षक:-
……………
सोमनाथ लुइटेल
गुणनिधि घिमिरे
सुशीला पौडेल
………………………
भाषा शुद्धीकरण:-
———–
भवानी घिमिरे
पशपती राई
सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य
संयोजक:-
पञ्चाङ्ग साहित्य समाज नेपाल
======================
अक्षर सङ्ख्या:- [बराबरी]
अनुप्रास :- आफुखुसी
स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१
कसैले घृणा गर्दैमा मर्ने होइन म
पहिरो झैँ भत्किएर झर्ने होइन म
कु ठाउँमा उम्रेको फूल देवतामा चढोस्,
ती फूलहरूको खुसी हर्ने होइन म
फूलको भाग्यमा डाहा गर्ने होइन म।
-सुशीला पौडेल
ॐ
पञ्चाङ्ग:०२
संगत कस्ता कस्ता व्यक्तिसँग गर्ने छान्नु पर्छ मित्र
व्यवहार हेरेर मात्र साथी राेज्न जान्नु पर्छ मित्र
रुप बाेली वचनमा धेरै मख्ख पर्नु हुन्न नि साथी,
धुर्त मित्र भन्दा विद्वान् वैरी आफन्त ठान्नु पर्छ मित्र
देश घातीलाई त! कानुनी लाठाेले हान्नु पर्छ मित्र ।
-प्रधुम्न चालिसे
पञ्चाङ्ग:०३
म सधैं तिम्रै पछि धाउने छु प्रिया
दुःखमा साथ दिन आउने छु प्रिया
तन टाढा भएनि मन तिमीमै छ,
माया,प्रेमका गीत गाउँने छु प्रिया
सधैंभरि खुसीले छाउने छु प्रिया।
-ह्यारिस
पञ्चाङ्ग:०४
आँखाभरि सपना बोकेर हिँड्दा यो मन धुँदो रहेछ
पुरा हुँदैन कि भनेर कता कता भित्र छुँदो रहेछ
हत्तपत आफ्नै दिलसँग सम्झौता गर्न नसकेपछि,
सपना साकार हुन्छन् या त हुदैँनन् कुरा दुँदो रहेछ
परिणाम थाह भएपछि झन् धुरुधुरु रुँदो रहेछ।
✍️अच्युत घिमिरे,
सर्पाङ, भुटान🇧🇹
पञ्चाङ्ग:०५
यहाँ आँसु लुकाई हाँस्नुपर्छ जिन्दगीमा
काँडामा टेकी फूल टाँस्नुपर्छ जिन्दगीमा
हारले पनि धेरै पाठ सिकाउँछ बुझ्दा,
गिरेपछि फेरि उठी गाँस्नुपर्छ जिन्दगीमा
आफ्नै बाटो आफैँले टाँस्नुपर्छ जिन्दगीमा।
— राजेश भण्डारी
पञ्चाङ्ग-०६
कोइलीले गाइदिँदा वनपाखा रसाइदिन्छ
बुकी फुलेर वनैभरि हावा पनि वसाइदिन्छ
स्वर्गको बयान के गरुँ यहीँ जन्मी यहीँ मरुँ,
झुल्के घामले यहाँ हिमाललाई हँसाइदिन्छ
पहाडको बीचबाट छङ्छङ् झर्ना खसाइदिन्छ।
-पशपती राई खोटाङ ।

