• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: मुख्य खबर

राज कुमार राईको अध्यक्षतामा ‘हेल्पलाइन नेपाल साउदी अरब’ को ऐतिहासिक प्रथम उद्घाटन समारोह सम्पन्न महासचिवमा राज चेम्जोङ लिम्बु निर्वाचित

  • २६ आश्विन २०८३, सोमबार ०२:२९ मा प्रकाशित
  • समर्पण रम्जानदिन मियाँ

    रियाद, साउदी अरब । साउदी अरबमा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको हकहित संरक्षण, रोजगारीमा सहजीकरण, क्षमता विकास र सामाजिक सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको ‘हेल्पलाइन नेपाल परोपकारी समाज साउदी अरब’ (हेल्पलाइन नेपाल साउदी अरब) को प्रथम ऐतिहासिक उद्घाटन समारोह भव्यताका साथ सम्पन्न भएको छ।

    गत शुक्रबार (९ अक्टोबर २०२६) का दिन साउदी अरबको राजधानी रियादमा एक विशेष समारोहका बीच संस्थाको औपचारिक उद्घाटन गरिएको हो। नेपाली राजदूतावास साउदी अरबका द्वितीय सचिव श्री टंक राईज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा साउदी अरबमा क्रियाशील विभिन्न संघ–संस्थाका विशिष्ट प्रतिनिधिहरू, जिल्लागत, क्षेत्रगत तथा जातीय संस्थाहरूको विशेष उपस्थिति रहेको थियो।

    नितान्त गैरनाफामूलक तथा परोपकारी भावनाबाट प्रेरित भई सञ्चालनमा आएको यस संस्थाले साउदी अरब र नेपाल दुवै ठाउँमा लक्षित गरी आफ्ना मुख्य उद्देश्यहरू तय गरेको संस्थाका नवनिर्वाचित महासचिव राज चेम्जोङ लिम्बु ले जानाकारी गराएका छन् ।:

    • उच्च तहका नेपालीहरूको आबद्धता र सञ्जाल निर्माण: साउदी अरबका विभिन्न सहर र कम्पनीहरूमा कार्यरत सुपरभाइजरभन्दा माथिल्लो तहका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई संस्थामा आबद्ध गराई बलियो व्यावसायिक सञ्जाल निर्माण गर्ने।
    • रोजगारीमा सहजीकरण र वृत्ति विकास: सक्षम तथा सीपमूलक ज्ञान भएका बेरोजगार नेपालीहरूलाई रोजगारीको अवसर प्रदान गर्ने र हाल सामान्य पदमा कार्यरत भए पनि योग्यता, क्षमता र अनुभवका आधारमा सुपरभाइजर, टिम लिडर वा अन्य उच्च जिम्मेवारी सम्हाल्न सक्ने नेपालीहरूको क्षमता पहिचान गरी उपयुक्त र राम्रो कम्पनीमा अवसर दिलाउन पुलको काम गर्ने।
    • श्रमिकको हकहित र उद्धार: साउदी अरबमा कार्यरत नेपाली श्रमिकहरूको हक, हित, सुरक्षा र कल्याणका लागि लाभदायक कार्यहरू गर्ने तथा विभिन्न कारणले दुःख, समस्या वा कठिनाइमा परेका नेपालीहरूलाई आवश्यक सहयोग र स्वदेश फिर्तीका लागि सहजीकरण गर्ने।
    • आपत्कालीन तथा शैक्षिक सहयोग: आपत्कालीन तथा विपद्को अवस्थामा आर्थिक, नैतिक तथा भौतिक सहयोग गर्ने। साथै, नेपालका अति दुर्गम क्षेत्रका सामुदायिक विद्यालयहरूको शैक्षिक विकासमा टेवा पुर्‍याउने र आर्थिक रूपमा कमजोर एवं विपन्न वर्गका जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सहयोग प्रदान गर्ने।
    • समन्वय र सहकार्य: नेपाल सरकार, नेपाली राजदूतावास, भ्रातृ संगठन तथा साउदी अरबमा सक्रिय अन्य संघ–संस्थाहरूसँग समन्वय र हातेमालो गर्दै साझा उद्देश्य प्राप्तिका लागि अघि बढ्ने।

    नवगठित कार्यसमिति तथा सल्लाहकार समितिहरु

    प्रथम उद्घाटन समारोहसँगै राज कुमार राईको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय कार्यसमिति र हेम सुवेदीको संयोजकत्वमा २३ सदस्यीय सल्लाहकार समिति गरी कुल ६८ सदस्यीय कमिटी घोषणा गरिएको छ। आवश्यकताअनुसार थप सदस्यहरू नयाँ कार्यसमितिले निर्धारण गर्ने संस्थाले जनाएको छ।

    केन्द्रीय कार्यसमिति (पदाधिकारी तथा सदस्यहरू):

    • अध्यक्ष: राज कुमार राई
    • वरिष्ठ उपाध्यक्ष: सुजन श्रेष्ठ
    • उपाध्यक्षहरू: खोप राज दनाई, बिर सिंह मगर, मोती चेम्जोङ, सान्ता बिर तामाङ, चिरञ्जीवी बस्नेत, भीम सुवेदी, ध्रुब राज कटुवाल, राम प्रसाद बस्याल
    • महिला उपाध्यक्ष: कामना थापा मगर
    • महासचिव: राज चेम्जोङ लिम्बु
    • सचिव: अभिषेक सुन्दास
    • सह-सचिव: गोपाल आचार्य, समर्पण रमजान मिया
    • कोषाध्यक्ष: विनोद खत्री
    • सह-कोषाध्यक्ष: छवि लाल देवकोटा
    • प्रवक्ता: बसन्त राई
    • महिला संयोजक: स्वस्तिका थापा मगर
    • सांस्कृतिक संयोजक: जित बहादुर थापा
    • प्रचार–प्रसार विभाग प्रमुख: लोकेन्द्र खड्का
    • केन्द्रीय सदस्यहरू: हरि बस्नेत, रन्जित तामाङ, सुबेश शर्मा पण्डित, प्रेम कुमार गुरुङ, राम कुमार राई, प्रकाश गुरुङ, सबिन महर्जन, डमर बहादुर सोनार, जनक प्रसाद बजगाई, ओम लाल श्रेष्ठ, इशोर भण्डारी, राकेश महतो, हेमराज पर्धे, गोविन्द प्रसाद भट्टराई, जनक सेन, कृष्ण चौहान, शिव हरि भण्डारी, जाबिर शेख, हेमन्त नेपाली, सन्तोष यादव, अनिल आचार्य, रविन्द्र कुमार विश्वकर्मा, खगेन्द्र बराल र रीजय मण्डल।

    सल्लाहकार समितिहरुमा

    • प्रमुख सल्लाहकार: हेम सुवेदी
    • सल्लाहकारहरू: रबिन गिरी, नागेश तामाङ, विज्ञान राई, रोम बहादुर लामा, तीर्थ राज राई, चित्र कुमार राई, पासाङ शेर्पा, निरज कुमार सिंह, कुमार कार्की, पूर्ण कुमार मगर, सन्जय मिश्रा, किरण चौधरी, अमर श्रेष्ठ, लोकेन्द्र घले, रोशन श्रेष्ठ, नविन मुडभरी, जितेन्द्र थपलिया, मौला इस्माइल, अमृत घिसिङ, कुल मगर, मनिष कोइराला र पारस काफ्ले।

    संस्थालाई आगामी दिनमा अझ सशक्त, पारदर्शी र प्रभावकारी बनाउन सम्पूर्ण नेपाली समुदायबाट सकारात्मक तथा रचनात्मक सल्लाह–सुझावको अपेक्षा गरिएको छ। कुनै पनि जिज्ञासा वा सुझावका लागि संस्थाको आधिकारिक वेबसाइट Helplinenepal.com, इमेल Info@helplinenepal.com वा संस्थाको आधिकारिक सामाजिक सञ्जाल पेजमार्फत सम्पर्क गर्न सकिने कार्यसमितिले जानकारी दिएको छ।

    कार्यक्रममा उपस्थित अतिथि तथा प्रमुख अतिथिहरुले नव निर्वाचित पदाधिकाहरुला बधाई तथा सफल कार्यकालको शुभकामना दिदैं संस्थाको उद्देश्यअनुसार अगाडि बढ्न सुझाब दिए ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, समाज

    त्रिवेणी कार्यक्रम; साहित्य सुधा, ज्येष्ठनागरिक सम्मान एवम् नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम बोचपोखरामा सम्पन्न

  • २५ आश्विन २०८३, आईतवार २२:३३ मा प्रकाशित
  • घोराही, दाङ/असोज २५
    त्रिवेणी कार्यक्रम (साहित्य सुधा, ज्येष्ठनागरिक सम्मान एवम् नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम) आज बंगलाचुली गा.पा.-१ बोचपोखरामा सम्पन्न भएको छ । लुम्बिनी वाङ्मय प्रतिष्ठान दाङ र पार्वता स्मृति साहित्य प्रतिष्ठान नेपालको आयोजना एवम् पार्वता मेडिकल दाङको प्राविधिक एवम् आर्थिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य दिनुहुँदै वरिष्ठ साहित्यकार एवम् ने.सं.वि.राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्रका निर्देशक डा. टिकाराम उदासीले कार्यक्रम अत्यन्त सुन्दर एवम् सराहनीय भएको र अन्य साहित्यिक संस्थाहरूले पनि यस्ता प्रकृतिको कार्यक्रमहरू आयोजना गर्नतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

    कार्यक्रममा विशिष्ट अतिथिद्वय राप्ती साहित्य परिषदका केन्द्रीय अध्यक्ष एवम् वरिष्ठ साहित्यकार कमलमणि देवकोटा र प्र.ले.स. दाङका अध्यक्ष एवम् वरिष्ठ साहित्यकार चन्द्रबहादुर थापाले शुभकामना मन्तव्यसहित आफ्नो साहित्यिक सिर्जना वाचन गर्नुभएको थियोे ।
    त्यस्तै राप्ती साहित्य परिषदका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक शर्मा समीर, परिषदका दाङ जिल्ला अध्यक्ष यम रेग्मी, प्र.ले.स. सचिव पुरन शर्मा, कोषाध्यक्ष दामोदर पौडेल, पत्रकार पदम प्रसाद पोख्रेल, साहित्यकारहरू देवेन्द्र कुमार रिजाल, मनिराम खनाल (सिर्जना डबली), डा.खेमराज मल्ल, मेघराज भट्टराई, वाङ्मयका कोषाध्यक्ष कपिलकिशोर घिमिरे, सहसचिव रिमा गौतम, सदस्य विना रोका, साहित्यकार अनुजा घिमिरे, महेन्द्र मा.वि.का शिक्षक हेमराज पाण्डेले शुभकामना मन्तव्य सहित साहित्यिक रचनावाचन गर्नुभएको थियोे ।

    त्यस्तै महेन्द्र मा.वि. को कक्षा १० मा अध्ययनरत छात्राद्वय विपशा घर्तीमगर र परी बाठामगर, कक्षा ७ मा अध्ययनरत छात्राद्वय निशा पाण्डे, विनिशा घर्तीमगर र कक्षा ५ मा अध्ययनरत छात्रा पुजा सुनारले गीत, कविता वाचन गरेका थिए ।

    कार्यक्रममा डा. पंकज नेपाली र बंगलाचुली गा.पा. वडा नं. १ की सदस्य पद्मा परियारले शुभकामना मन्तव्य दिनुभएको थियो ।
    कार्यक्रममा पार्वता मेडिकलका संचालक शिवराज पाण्डे, हे.अ. द्वय महेन्द्र पाण्डे र अनिल बाँठा मगर, MR सुवर्ण योगी, खुमराज न्यौपाने, मनिषा पाण्डे, तेजु पाण्डे लगायत स्थानीय बुद्धिजीवी, समाजसेवी, सेवाग्राही, वृद्ध आमाबुबाहरूको उपस्थिति रहेको थियोे ।

    लुम्बिनी वाङ्मय प्रतिष्ठान दाङका अध्यक्ष एवम् पार्वता स्मृति साहित्य प्रतिष्ठानका संरक्षक सुरेशकुमार पाण्डेको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा शिवराज पाण्डेले स्वागत मन्तव्य दिनुभएको थियोे भने कार्यक्रमको सञ्चालन लुम्बिनी वाङ्मय प्रतिष्ठान दाङका सचिव एवम् झिल्का कविता प्रवर्तक वसन्त अनुभवले गर्नुभएको थियोे ।

    डेढ दर्जन ज्येष्ठनागरिक सम्मानित

    उक्त कार्यक्रममा ७५ वर्ष वा सोभन्दा माथि उमेरका करिब डेढ दर्जन वृद्ध ज्येष्ठनागरिक आमाबुबाहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । साथै ज्येष्ठनागरिकहरूलाई च्यवनप्राश र सुरेशकुमार पाण्डेकृत लघुकथाकृति ‘जेईको संझना’ र झिल्का काव्यकृति ‘आँगन’ प्रदान गरिएको थियो ।

    स्वास्थ्य शिविरमा सयौँ बिरामी वा सेवाग्राही लाभान्वित

    महेन्द्र माध्यमिक विद्यालय, बोचपोखरामा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा १ सय ६ जना बिरामीहरूको नि:शुल्क स्वास्थ्य चेकजाँचका साथै नि:शुल्क रूपमा औषधी वितरण पनि गरिएको थियोे । डा. पंकज नेपालीको मेडिकल टिमले शिविरमा स्वास्थ्य परिक्षण गरेको थियो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, समाज, साहित्यTagged वसन्त अनुभव, सुरेशकुमार पाण्डे

    युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको सशक्त दाबी, जितको सम्भावना बलियो

  • २२ आश्विन २०८३, बिहीबार ११:४६ मा प्रकाशित
  • समर्पण रमजान

    काठमाडौँ/युरोप — नेपाली कांग्रेसको १५औँ महाधिवेशन भईरहेको अबस्थामा प्रवासमा रहेका नेपाली कांग्रेसजनबीच चुनावी सरगर्मी तीव्र बनेको छ। यसै क्रममा नेपाली जनसम्पर्क समिति युरोप क्षेत्रबाट केन्द्रीय सदस्य पदका लागि युवा नेता अंकित वलीले आफ्नो सशक्त उम्मेदवारी प्रस्तुत गरेका छन्।

    ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समृद्ध नेपालको लागि सबल कांग्रेस’ भन्ने मुख्य नाराका साथ चुनावी मैदानमा उत्रिएका वलीले आफ्नो क्रम संख्या १ कायम गर्दै प्रचार अभियानलाई तीव्र बनाएका छन्। उम्मेदवारीसँगै उनले ‘एकता, सुशासन र समृद्धि’ लाई आफ्नो प्रमुख प्रतिबद्धता बनाएका छन्।

    लामो समयदेखि युरोप क्षेत्रमा नेपाली कांग्रेसको सांगठनिक सुदृढीकरण र सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका वलीले लोकतान्त्रिक मूल्य–मान्यता, आन्तरिक लोकतन्त्र र प्रवासी नेपालीका मुद्दालाई प्राथमिकतामा राखेका छन्।

    प्रवासमा रहेका नेपालीको ज्ञान, सीप, अनुभव र योगदानलाई पार्टी तथा मुलुकको समृद्धिसँग जोड्नुपर्नेमा जोड दिँदै उनले भनेका छन्, “पार्टीको लोकतान्त्रिक चरित्रलाई थप संस्थागत गर्दै नयाँ पुस्ता र प्रवासी नेपालीको भावनालाई केन्द्रीय तहमा प्रतिनिधित्व गराउनु मेरो मुख्य ध्येय हो।”

    प्रचार अभियानमा देखिएको सक्रियता, युरोपभरका महाधिवेशन प्रतिनिधिहरूसँगको निरन्तर संवाद तथा प्रवासी समस्या समाधानका लागि प्रस्तुत गरिएका स्पष्ट एजेन्डाका कारण वली केन्द्रीय सदस्य पदका लागि बलियो र प्रतिस्पर्धी उम्मेदवारका रूपमा देखिएका छन्।

    यद्यपि, महाधिवेशनको अन्तिम परिणाम प्रतिनिधिहरूको अमूल्य मतबाटै तय हुनेछ। तर, हालसम्मको चुनावी माहौल, प्रतिनिधिको सकारात्मक प्रतिक्रिया र उनको राजनीतिक प्रतिबद्धताले गर्दा वलीको जितको सम्भावना बलियो बन्दै गएको उनका समर्थकहरूको दाबी छ।

    नेपाली कांग्रेसलाई अझ सुदृढ, उत्तरदायी र प्रविधिमैत्री बनाउन पुस्तान्तरण, विधिको शासन र प्रवासको अर्थपूर्ण सहभागिता हुनुपर्ने बहस चलिरहेका बेला अंकित वलीको उम्मेदवारीलाई महाधिवेशन प्रतिनिधिहरूले निकै अर्थपूर्ण रूपमा हेरेका छन्।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, राजनीति

    साप्ताहिक पञ्चाङ्ग भाग- २०१

  • १९ आश्विन २०८३, सोमबार १८:४६ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: दुईसय एकऔं अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ।
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-२०१———-
    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८२/०५/०८
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल
    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    भवानी घिमिरे
    पशपती राई
    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य
    संयोजक:
    पञ्चाङ्ग साहित्य समाज नेपाल
    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    गिलासमा पानी भरिए पछि पोखिनु पर्छ
    यी आँखामा नानी भरिए पछि पोखिनु पर्छ
    यहाँ देखिने, देखाउनेको बाजी छ चलेको,
    घमण्डको खानी भरिए पछि पोखिनु पर्छ
    पुराएको हानी भरिए पछि पोखिनु पर्छ।
    सुशीला पौडेल

    पञ्चाङ्ग :०२
    चोखो माया त पाइँदैन बोली के गर्नु ?
    मनको कुरा तिम्रो सामु खोली के गर्नु ?
    पराईको मान्छे तिमी पराईकै बन्छौ ,
    तिमी नै टाढा भएपछि भोलि के गर्नु ?
    मन मुटुमा व्यर्थै माया घोलि के गर्नु?
    -दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०३
    उज्यालो सम्झिने गर, कालाे रात छाेडिदेऊ
    राम्रो कर्म गर वकम्फुसे बात छाेडिदेऊ
    सुगन्धित फूल फुलाउने याे अभियानमा ,
    जगत उर्वर बनाउन घात छाेडिदेऊ
    प्रेमिल हाेस् मन, घमण्डकाे मात छाेडिदेऊ ।
    भवानी घिमिरे (सद्भावना )
    सर्लाही ।

    पञ्चाङ्ग:०४
    सत्यका बचनलाई चुनेर हेर
    ज्ञानका सुन्दर माला बुनेर हेर
    शान्तिकाे महसुस हुन्छ हृदयमा,
    ती शुद्ध वाणी ज्ञानको सुनेर हेर
    त्यसलाई मन भित्र गुनेर हेर।
    -ह्यारिस

    पञ्चाङ्ग-०५
    मेरो कलमले लेख्न छोडेको धेरै भो
    कापीसँग नि सम्बन्ध तोडेको धेरै भो
    जुनदिन तिमी नै मबाट टाढा भयौ,
    आँसुले अटुट नाता जोडेको धेरै भो
    साहित्यले यहाँ बाटो मोडेको धेरै भो ।
    -पशपती राई खोटाङ ।

    Posted in ताजा अपडेट, मुख्य खबरTagged पञ्चाङ्ग, वसन्त अनुभव, सुशीला पौडेल

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- १६२

  • १९ आश्विन २०८३, सोमबार १६:४१ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसय बैसठ्ठीऔं हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८३/०४/२८
    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १६२[एकसय बैसठ्ठीऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग आइतबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पाली
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पौडेल
    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    पशपती राई

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी
    समायोजक

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    [चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]

    पञ्चाङ्ग:०१
    सुन्दर बस्ती डुल्न मन छ
    यही बस्तीमै फुल्न मन छ
    आहा कति सुन्दर देखियो,
    देवतासँग झुल्न मन छ
    सदैव साथ घुल्न मन छ।
    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    धर्तीभित्र स्वर्ग भए यही गाउँ होला
    देवताको क्रिडास्थल यही ठाउँ होला
    हेर्दाखेरि चट्टको छ मनै चुँडी लाने,
    धेरैलाई थाहा छैन कस्तो नाउँ होला
    यो कुरा थाहा पाए अहिल्यै जाउँ होला।
    घनश्याम पौडेल,पोखरा

    पञ्चाङ्ग:०३
    सुन्दर धरती नाउँ हेर
    घुमुँघुमुँ लाग्ने ठाँउ हेर
    प्रकृतिको अनुपम दृश्य ,
    मन लोभ्याउने गाउँ हेर
    सबै जना हेर्न जाउँ हेर ।
    -दुर्गा भट्टराई

    👉🏻पञ्चाङ्ग:०४

    अति विकट बस्ती पहाडको काखमा चेपेको छ
    मानिसलाई त्यहाँ लेकाली पाखे भनि हेपेको छ
    निर्मलताको महत्व बुझ्न कसले प्रयास गर्ने,
    खैरे खेद्न पाए, त्यही नै दोहोर्याएर खेपेको छ
    स्वच्छता नबुझि गाउँ भनेर जहिल्यै सेपेको छ।

    ✍️अच्युत घिमिरे,
    सर्पाङ, भुटान🇧🇹

    पञ्चाङ्ग:०५
    नर र पशुमा प्राकृत कुरा सबै मिल्छ साथी
    जीवकाे सद्भाव र प्रेमले संसार खिल्छ साथी
    प्रकृति एउटै हुन्छ विश्वमा परिवेश भिन्नै,
    पशुले खाने र नखाने छुट्यएर निल्छ साथी
    जस्तै समस्या आएपनि सहने दिल्छ साथी ।
    -प्रधुम्न चालिसे

    पञ्चाङ्ग:०६
    अति सुन्दर एउटा गाउँ छ
    थाहा छैन मलाई के नाउँ छ
    पहाडी घरहरू कति राम्रा,
    सधैं बसिरहुँ लाग्ने ठाउँ छ
    लाग्दछ यहाँ इशकाे पाउ छ।
    ह्यारिस

    पञ्चाङ्ग-०७
    शुद्ध छ हावापानी गाउँ घुम्न आए हुन्छ
    उस्तै छ मन पनि चोखो माया लाए हुन्छ
    जीवनशैली बिल्कुल सादगी छ यहाँको,

    जीउ ढाक्न सिर्फ एक च्यादर लाए हुन्छ
    भोक मेट्न गुन्द्रुक ढिंडो जे छ खाए हुन्छ।
    -पशपती राई खोटाङ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged पञ्चाङ्ग, वसन्त अनुभव, सुशीला पौडेल

    साप्ताहिक पञ्चाङ्ग भाग- १९९

  • १९ आश्विन २०८३, सोमबार १६:३८ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसय उन्नासयऔं अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ।
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१९९———-

    विधा :- पञ्चाङ्ग

    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला

    मिति:- २०८२/०४/२५

    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।

    ……………………………………….

    प्रशिक्षक:-

    ……………

    सोमनाथ लुइटेल

    गुणनिधि घिमिरे

    सुशीला पौडेल

    ………………………

    भाषा शुद्धीकरण:-

    ———–

    भवानी घिमिरे

    पशपती राई

    सङ्कलक :-

    ———-

    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    पञ्चाङ्ग साहित्य समाज नेपाल
    ======================

    अक्षर सङ्ख्या:- [बराबरी]

    अनुप्रास :- आफुखुसी

    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    कसैले घृणा गर्दैमा मर्ने होइन म
    पहिरो झैँ भत्किएर झर्ने होइन म
    कु ठाउँमा उम्रेको फूल देवतामा चढोस्,
    ती फूलहरूको खुसी हर्ने होइन म
    फूलको भाग्यमा डाहा गर्ने होइन म।
    -सुशीला पौडेल

    ॐ
    पञ्चाङ्ग:०२
    संगत कस्ता कस्ता व्यक्तिसँग गर्ने छान्नु पर्छ मित्र
    व्यवहार हेरेर मात्र साथी राेज्न जान्नु पर्छ मित्र
    रुप बाेली वचनमा धेरै मख्ख पर्नु हुन्न नि साथी,
    धुर्त मित्र भन्दा विद्वान् वैरी आफन्त ठान्नु पर्छ मित्र
    देश घातीलाई त! कानुनी लाठाेले हान्नु पर्छ मित्र ।
    -प्रधुम्न चालिसे

    पञ्चाङ्ग:०३
    म सधैं तिम्रै पछि धाउने छु प्रिया
    दुःखमा साथ दिन आउने छु प्रिया
    तन टाढा भएनि मन तिमीमै छ,
    माया,प्रेमका गीत गाउँने छु प्रिया
    सधैंभरि खुसीले छाउने छु प्रिया।
    -ह्यारिस

    पञ्चाङ्ग:०४

    आँखाभरि सपना बोकेर हिँड्दा यो मन धुँदो रहेछ
    पुरा हुँदैन कि भनेर कता कता भित्र छुँदो रहेछ
    हत्तपत आफ्नै दिलसँग सम्झौता गर्न नसकेपछि,
    सपना साकार हुन्छन् या त हुदैँनन् कुरा दुँदो रहेछ
    परिणाम थाह भएपछि झन् धुरुधुरु रुँदो रहेछ।

    ✍️अच्युत घिमिरे,
    सर्पाङ, भुटान🇧🇹
    पञ्चाङ्ग:०५
    यहाँ आँसु लुकाई हाँस्नुपर्छ जिन्दगीमा
    काँडामा टेकी फूल टाँस्नुपर्छ जिन्दगीमा
    हारले पनि धेरै पाठ सिकाउँछ बुझ्दा,
    गिरेपछि फेरि उठी गाँस्नुपर्छ जिन्दगीमा
    आफ्नै बाटो आफैँले टाँस्नुपर्छ जिन्दगीमा।

    — राजेश भण्डारी
    पञ्चाङ्ग-०६
    कोइलीले गाइदिँदा वनपाखा रसाइदिन्छ
    बुकी फुलेर वनैभरि हावा पनि वसाइदिन्छ
    स्वर्गको बयान के गरुँ यहीँ जन्मी यहीँ मरुँ,
    झुल्के घामले यहाँ हिमाललाई हँसाइदिन्छ
    पहाडको बीचबाट छङ्छङ् झर्ना खसाइदिन्छ।
    -पशपती राई खोटाङ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged पञ्चाङ्ग, वसन्त अनुभव, सुशीला पौडेल

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- १६१

  • १९ आश्विन २०८३, सोमबार १६:३५ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसय एकसठ्ठीऔं हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८३/०४/२१
    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १६१[एकसय एकसठ्ठीऔं] चित्रप,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग आइतबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पाली
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पौडेल
    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    पशपती राई

    संरचना

    अनुप्रास :- आफूखुसी
    स्थायी :- आफूखुसी
    अक्षर :- बराबरी
    समायोजक

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    [चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]

    पञ्चाङ्ग:०१
    हामीले राष्ट्रिय झण्डा बोकेर हिँड्नु छ
    दुश्मन सबैको मूल्य तोकेर हिड्नु छ
    नेपाल नरहे भने नेपाली कसरी?
    राष्ट्रको हितमा ताली ठोकेर हिँड्नु छ
    मानवरुपी दानव टोकेर हिंड्नु छ।
    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    देशको गौरव राष्ट्रिय झण्डा शान हाम्रो
    प्यारो अनि सुन्दर लाग्ने झण्डा मान हाम्रो
    धर्ती माता आफैंमा राम्री हरियाली पूर्ण,
    पूर्खाले आर्जेको प्यारो प्रकृति दान हाम्रो
    बहुमूल्य जडिबुटीको मुख्य खान हाम्रो ।

    -दुर्गा आचार्य

    मोरङ
    पञ्चाङ्ग:०३
    राष्ट्रिय गान छ
    देशको मान छ
    राम्रो झण्डा हाम्रो,
    सबैको शान छ
    दुःखमा दान छ।
    ह्यारिस

    ॐ
    पञ्चाङ्ग:०४
    देशको राष्ट्रिय झण्डा हाम्रो सान हाे साथी
    राष्ट्रिय गीत विश्वमा हाम्रो मान हाे साथी
    राष्ट्रिय हितका लागि एकताको चाहिन्छ ,
    विदेशी खबर सुन्ने हाम्रो कान हाे साथी
    विश्वका सबै नेपाली हाम्रो जान हाे साथी ।

    • प्रद्युम्न चालिसे
      भक्तपुर कटुञ्जे ।
      पञ्चाङ्ग- ०५
      यो नेपाल देश कहिरहनेछ धर्तीमा
      वीर तातो गोली सहिरहनेछ धर्तीमा
      चन्द्र सूर्य झण्डा फहराइरहने छ,
      जबसम्म हावा बहिरनेछ धर्तीमा
      नेपाल हाम्रो देश रहिरनेछ धर्तीमा।
      -पशपती राई खोटाङ ।
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged पञ्चाङ्ग, वसन्त अनुभव, सुशीला पौडेल

    साप्ताहिक पञ्चाङ्ग भाग- १९८

  • १८ आश्विन २०८३, आईतवार १२:०७ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसय अन्ठानब्बेऔं अभ्यासमा हामी पुगेका छौं। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ।
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१९८———-

    विधा :- पञ्चाङ्ग

    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला

    मिति:- २०८२/०४/१८

    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।

    ……………………………………….

    प्रशिक्षक:-

    ……………

    सोमनाथ लुइटेल

    गुणनिधि घिमिरे

    सुशीला पौडेल

    ………………………

    भाषा शुद्धीकरण:-

    ———–

    भवानी घिमिरे

    पशपती राई

    सङ्कलक :-

    ———-

    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    =====

    पञ्चाङ्ग साहित्य समाज नेपाल ======================

    अक्षर सङ्ख्या:- [बराबरी]

    अनुप्रास :- आफुखुसी

    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    सिशा झैं फुटाउन खोज्दैमा फुट्दैन हाम्रो माया
    दुष्टले टुटाउन खोज्दैमा टुट्दैन हाम्रो माया
    विश्वास र भराेसाले मनमा रहेकाे छ प्रेम,
    अरुले जुटाउन खोज्दैमा जुट्दैन हाम्रो माया
    कसैले छुटाउन खोज्दैमा छुट्दैन हाम्रो माया।
    -सुशीला पौडेल

    पञ्चाङ्ग :०२
    न्यायको लडाइँ यहाँ लड्दालड्दै केस फुलि सक्यो भन्छन्
    जनताप्रतिको दायित्व सरकारले भुलि सक्यो भन्छन्
    सबैबाट तिरस्कृत हुनुपर्ने गो राजनीतिक कस्तो ,
    खै गरिब दुखीका घर घरमा नेता डुलि सक्यो भन्छन्
    सुन्दैछु विकासका लहर गाउँ गाउँमा झुलि सक्यो भन्छन् ।

    -दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०३
    मिठा मिठा बात हुँदै गहिरो निद्रामा हाम्रो
    सुनसान रात हुँदै गहिराे निद्रामा हाम्रो
    प्रकृति देवीको काखमा आनन्द मिल्दै थियो,
    दुईजना जात हुँदै गहिरो निन्द्रामा हाम्रो
    एकअर्को हात हुँदै गहिरो निन्द्रामा हाम्रो।
    -ह्यारिस

    ॐ
    पञ्चाङ्ग :०४
    अभावको पाेल्टाे भरेपछि बाटाे माेडिदाे रहेछ
    आफ्नाे स्वार्थ पुरा भएपछि नाताे ताेडिदाे रहेछ
    बाँचिरहे के के देख्न पाइन्छ भन्थे ठ्याक्कै बुझियाे,
    तिघ्रामा तागत् भरिएपछि पाटाे छाेडिदाे रहेछ
    खाेलाबाट पानी बगेपछि ठाँटाे फाेडिदाे रहेछ ।
    प्रधुम्न चालिसे

    पञ्चाङ्ग:०५


    हरेक ~ गीत भित्र ~एउटा कथा ~लुकेको हुन्छ
    कसैको सम्झनामा आँखाको आँसु सुकेको हुन्छ
    तिमी नसोच~ सबै मानिस~ उस्तै हुन्छ ~भनेर
    कसैको ~देशमा~बलि दिन~शिर झुकेको हुन्छ।
    त्यसैले त ~उस्को छाती~चौडा भई फुकेको हुन्छ।


    मल्ल लक्ष्मी श्रेष्ट
    मेची किनार
    बिर्तामोड झापा

    पञ्चाङ्गः०६
    आत्महत्या परहत्या , चलेको छ आज
    धेरै मान्छे पतित भै , जलेको छ आज
    मैत्रीघात वन्धुघात ,श्वार्थ कति कति ,
    लास बाँची जीवन मै , गलेको छ आज
    दुष्कर्मकाे लिप्सा भित्र , बलेको छ आज ।
    ————– तीर्थराज जाेशी , डाेटी

    पञ्चाङ्ग-०७
    कविको कलमले पनि कविता कोर्न मान्न छोड्यो
    प्रेमीले पनि त प्रियसीको मन चोर्न जान्न छोड्यो
    सिर्जना र कला हराएछ समाजले आज कठै,
    रोजाइमा कानुन नै सबैको साहित्य छान्न छोड्यो
    मुद्दा मामिला बढेको छ अदालतले धान्न छोड्यो।
    -पशपती राई खोटाङ ।

    Posted in ताजा अपडेट, मुख्य खबरTagged पञ्चाङ्ग, वसन्त अनुभव

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भा- १६०

  • १८ आश्विन २०८३, आईतवार १२:०३ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयसाठीऔ हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८३/०४/१४
    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १६०[एकसयसाठीऔ] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग आइतबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पाली
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पौडेल
    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    पशपती राई

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी
    समायोजक

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    [चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]

    पञ्चाङ्ग:०१
    पुरानो शैलीको घर छ।
    बस्नलाई एक्लै डर छ।
    जस्तो भए नि बस्नु पर्ने,
    जे छ साथ त्यस्कै भर छ।
    उत्पादित सस्तो दर छ।
    सुशीला पौडेल

    पञ्चाङ्ग :०२

    भित्ता रातो माटो,कमेरोले लिपेर राम्रो पारिन्छ,
    डाडा पाखा लगाएको फूल टिपेर राम्रो पारिन्छ।
    चाडमा परिवार सबै जम्मा भएर रमाउने,
    झ्याल ढोकामा मज्जाले रङ्ग खिपेर राम्रो पारिन्छ,
    काक्राको अचार नि मज्जाले खिपेर राम्रो पारिन्छ।

    दुर्गा आचार्य
    मोरङ

    ॐ
    पञ्चाङ्ग:०३
    प्रकृतिले हराभरा पहाडमा पुरानो शैलीको घर छ साथी
    वरिपरि जङ्गल एकान्तमा बस्ती टाढा भएर डर छ साथी
    सुन्दर प्राकृतिक छटाले गर्दा असाध्यै रमणीय हाम्रो देश
    प्रदुषण रहित स्वच्छ वातावरणले स्वास्थ्यमा भर छ साथी
    गाउँमा उत्पदित बस्तु विषादी रहित र सस्तो दर छ साथी ।

    • प्रद्युम्न चालिसे
      भक्तपुर , कटुञ्जे ।
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged पञ्चाङ्ग, वसन्त अनुभव, सुशीला पौडेल

    साउदीको तमु धीं जेद्दाद्वारा रसुवा र नुवाकोटका बाढीपीडितलाई राहत ३ लाख १३ हजारभन्दा बढी रकम हस्तान्तरण

  • १४ आश्विन २०८३, बुधबार ०१:५२ मा प्रकाशित
  • समर्पण रम्जानदिन, जेद्दा साउदी अरब

    साउदी अरबको जेद्दामा स्थापित नेपालीहरूको संस्था तमु धीं जेद्दाले नेपालको रसुवा र नुवाकोट क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित पीडितहरूको राहतका लागि आर्थिक सहयोग प्रदान गरेको छ। संस्थाले बाढीपीडितको सहयोगार्थ संकलन गरेको ३ लाख १३ हजार ३३३ रुपैयाँ महावाणिज्यदूतावास जेद्दालाई हस्तान्तरण गरेको हो।

    नेपाल सरकार र महावाणिज्यदूतावास, जेद्दा (साउदी अरब) ले बाढीपीडितको सहयोगका लागि गरेको अपिललाई आत्मसात् गर्दै तमु धींले उक्त राहत संकलन अभियान सञ्चालन गरेको थियो। संकलित नेपाली रुपैयाँ ३,१३,३३३/- (अक्षरेपी: तीन लाख तेह्र हजार तीन सय तेत्तीस रुपैयाँ) जेद्दास्थित नेपाली महावाणिज्यदूत श्री पारस पण्डितलाई हस्तान्तरण गरिएको छ। प्रवासमा रहेर पनि आफ्नो मातृभूमिमा परेको प्राकृतिक विपत्तिमा मलम लगाउने र नागरिकको उद्धार तथा राहतमा हातेमालो गर्ने उद्देश्यले यो सहयोग गरिएको हो।

    यस मानवीय परोपकारी अभियानमा तमु धीं जेद्दा परिवारका साथै साउदी अरबका विभिन्न क्षेत्रमा कार्यरत श्रमिकहरूले स्वस्फूर्त रूपमा सहयोग गरेका थिए। विशेषगरी अलमराई कम्पनीका मदिना, यान्बु र उम्लुज शाखामा कार्यरत नेपाली तथा गैर-नेपाली सहयोगी दाताहरूको महत्वपूर्ण योगदानबाट उक्त रकम संकलन गरिएको तमु धीं जेद्दाका अध्यक्ष बेद तमुले बताएका छन् ।

    रकम हस्तान्तरण गर्दै तमु धीं जेद्दाका अध्यक्ष बेद तमुले यस अभियानमा जोडिएर सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनहरूलाई हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्नुभएको छ। उहाँले अभियानलाई सफल बनाउन विशेष भूमिका खेल्ने तथा समन्वय गर्ने अनिल बराल, राम नारायण रावत, शान्त पोखरेल, रणजीत तथा गंगा छेत्रीप्रति विशेष धन्यवाद ज्ञापन गर्नुभयो। साथै, अध्यक्ष तमुले आगामी दिनहरूमा पनि मातृभूमिमा पर्ने हरेक संकट र प्रवासका सामाजिक कार्यमा सम्पूर्ण नेपालीहरूबाट यस्तै साथ, सहयोग र सद्भाव निरन्तर प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ।

    Screenshot
    Screenshot
    Posted in अन्तर्राष्ट्रिय, अर्थ, ताजा अपडेट, मुख्य खबर

    Posts navigation

    Older posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P