“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: दुईसय एकऔं अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ।
अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-२०१———-
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
मिति:- २०८२/०५/०८
पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
……………………………………….
प्रशिक्षक:-
……………
सोमनाथ लुइटेल
गुणनिधि घिमिरे
सुशीला पौडेल
………………………
भाषा शुद्धीकरण:-
———–
भवानी घिमिरे
पशपती राई
सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य
संयोजक:
पञ्चाङ्ग साहित्य समाज नेपाल
अक्षर सङ्ख्या:- [बराबरी]
अनुप्रास :- आफुखुसी
स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१
गिलासमा पानी भरिए पछि पोखिनु पर्छ
यी आँखामा नानी भरिए पछि पोखिनु पर्छ
यहाँ देखिने, देखाउनेको बाजी छ चलेको,
घमण्डको खानी भरिए पछि पोखिनु पर्छ
पुराएको हानी भरिए पछि पोखिनु पर्छ।
सुशीला पौडेल
पञ्चाङ्ग :०२
चोखो माया त पाइँदैन बोली के गर्नु ?
मनको कुरा तिम्रो सामु खोली के गर्नु ?
पराईको मान्छे तिमी पराईकै बन्छौ ,
तिमी नै टाढा भएपछि भोलि के गर्नु ?
मन मुटुमा व्यर्थै माया घोलि के गर्नु?
-दुर्गा आचार्य
मोरङ
पञ्चाङ्ग:०३
उज्यालो सम्झिने गर, कालाे रात छाेडिदेऊ
राम्रो कर्म गर वकम्फुसे बात छाेडिदेऊ
सुगन्धित फूल फुलाउने याे अभियानमा ,
जगत उर्वर बनाउन घात छाेडिदेऊ
प्रेमिल हाेस् मन, घमण्डकाे मात छाेडिदेऊ ।
भवानी घिमिरे (सद्भावना )
सर्लाही ।
पञ्चाङ्ग:०४
सत्यका बचनलाई चुनेर हेर
ज्ञानका सुन्दर माला बुनेर हेर
शान्तिकाे महसुस हुन्छ हृदयमा,
ती शुद्ध वाणी ज्ञानको सुनेर हेर
त्यसलाई मन भित्र गुनेर हेर।
-ह्यारिस
पञ्चाङ्ग-०५
मेरो कलमले लेख्न छोडेको धेरै भो
कापीसँग नि सम्बन्ध तोडेको धेरै भो
जुनदिन तिमी नै मबाट टाढा भयौ,
आँसुले अटुट नाता जोडेको धेरै भो
साहित्यले यहाँ बाटो मोडेको धेरै भो ।
-पशपती राई खोटाङ ।

