• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: अर्थ

विश्व बैंकद्वारा नेपाललाई चेतावनी !

  • २८ कार्तिक २०८२, बिहीबार २०:१८ मा प्रकाशित
  • काठमाडौंः विश्व बैंकले आफ्नो ताजा प्रतिवेदन ‘नेपाल डेभलपमेन्ट अपडेट : सुधारहरू जसले सार्वजनिक लगानीलाई तीव्र पार्छ (Reforms to Accelerate Public Investment)’ मा चेतावनी दिएको छ कि नेपालको अर्थतन्त्र चालु आर्थि‌क वर्ष २०२५–२६ मा निकै सुस्त हुन सक्छ । यसको मुख्य कारण पछिल्लो राजनीतिक अस्थिरता र सार्वजनिक अशान्ति हो ।

    विश्व बैंकका अनुसार, नेपालको आर्थिक वृद्धिदर २०२५–२६ मा घटेर २.१ प्रतिशतमा पुग्ने अनुमान गरिएको छ, जुन २०२४–२५ मा ४.६ प्रतिशत थियो । तर यदि पुनर्निर्माणका कामहरूमा तीव्रता ल्याइयो भने, २०२६–२७ मा यो दर ४.७ प्रतिशतसम्म पुग्न सक्ने सम्भावना छ ।

    🔻 राजनीतिक उथलपुथल र आर्थिक संकट

    २०२५ सेप्टेम्बरमा जेन–जेड (Gen-Z) द्वारा नेतृत्व गरिएको व्यापक विरोध प्रदर्शनले तत्कालीन प्रधानमन्त्री के.पी. शर्मा ओलीको सरकारलाई ढालिदिएको थियो । ती प्रदर्शनहरू हिंसात्मक बनेका थिए, जसमा ७० भन्दा बढी मानिसको मृत्यु भयो र सरकारी तथा निजी सम्पत्तिमा अरबौँ नेपाली रुपैयाँको क्षति पुगेको थियो ।

    त्यसपछि, देशमा सुशीला कार्कीको नेतृत्वमा एक गैर–राजनीतिक अन्तरिम सरकार गठन गरिएको छ, जसलाई २०२६ मार्च ५ मा आमनिर्वाचन गराउने जिम्मेवारी दिइएको छ ।

    🏨 पर्यटन र सेवा क्षेत्रमा गहिरो असर

    विश्व बैंकका अनुसार, आर्थिक सुस्तीको सबैभन्दा ठूलो प्रभाव सेवा क्षेत्रमा पर्नेछ ।

    • पर्यटन उद्योगमा विदेशी पर्यटकको आगमन घट्ने सम्भावना छ ।
    • बीमा क्षेत्र पनि सम्पत्ति नोक्सानीका कारण प्रभावित हुनेछ ।
    • यी कारणले रोजगारी, आम्दानी र निजी लगानीमा नकारात्मक असर पर्ने चेतावनी दिइएको छ ।

    ⚠️ गरिबी निवारणमा असर

    विश्व बैंकले हिंसा र विनाशका कारण गरिबी निवारणका प्रयासहरूमा ठूलो झटका लागेको बताएको छ ।

    गरिबी दर (दैनिक ४.२ अमेरिकी डलरको मापदण्डमा) हालको ६.२% बाट बढेर ६.६% पुग्ने अनुमान गरिएको छ ।

    🏗️ सरकारले सुरू गर्‍यो पुनर्निर्माण योजना

    नेपालका अर्थमन्त्री रमेश्वर प्रसाद खनालका अनुसार सरकारले “इण्टिग्रेटेड बिजनेस रिकभरी प्लान (Integrated Business Recovery Plan)” सुरू गरेको छ ।

    यस अन्तर्गत प्रभावित व्यवसायहरूलाई अनुदान, कर छुट र सञ्चालन सहायता प्रदान गरिनेछ ।

    इन्फ्रास्ट्रक्चर मर्मत तथा निर्वाचन तयारीका लागि सार्वजनिक स्रोतहरूको पुनः विनियोजन गरिएको छ ।

    त्यसैगरी, क्षतिग्रस्त सार्वजनिक र निजी सम्पत्तिहरूको मर्मतका लागि एक “पुनर्निर्माण कोष (Reconstruction Fund)” पनि स्थापना गरिएको छ ।

    खनालका अनुसार, “यी पहलहरूको उद्देश्य निजी क्षेत्रमा पुनः विश्वास जगाउने र अर्थतन्त्रलाई स्थिर गतिमा ल्याउने हो।”

    💡 विश्व बैंकका सिफारिसहरू

    विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका निर्देशक डेभिड सिस्लेनले भने —

    नेपालका लागि सार्वजनिक लगानीमा तीव्रता ल्याउन अत्यावश्यक भएको बताए ।

    उनका अनुसार विकास, रोजगारी र समृद्धि बढाउन नेपालले —

    • परियोजना योजना र बजेट प्रक्रिया सुदृढ गर्न,
    • भूमि अधिग्रहण र रूख कटानी प्रक्रिया सरल बनाउन,
    • क्यास व्यवस्थापनमा दक्षता ल्याउन, र
    • प्रोक्योरमेन्ट (खरिद) कानूनहरूमा संशोधन गरी परियोजना कार्यान्वयनलाई छिटो बनाउन जरुरी छ ।
    Posted in अर्थ, मुख्य खबर

    अमेरिका घुम्न जानेले भिसा आवेदन दिँदा नै २१ लाख रूपैयाँ तिर्नुपर्ने

  • २२ श्रावण २०८२, बुधबार १३:१७ मा प्रकाशित
  • काठमाडौं । ट्रम्प प्रशासन सुरुदेखि नै आप्रवासीहरूप्रति कडा रहेको छ र कडा भिसा नियमहरू लागू गरिरहेको छ । यसैबीच, अमेरिकाले अब एक नयाँ पाइलट कार्यक्रम ल्याएको छ जस अन्तर्गत पर्यटक र व्यापारिक भिसामा अमेरिका जाने मानिसहरूले भिसा बन्डको रूपमा १५,००० डलर अर्थात् २१ लाख रूपैयाँ जम्मा गर्नुपर्नेछ ।

    अमेरिकी विदेश विभागको यस कार्यक्रमको उद्देश्य भिसा सकिएपछि पनि अमेरिकामा बस्ने मानिसहरूको संख्या घटाउनु भएको बताइएको छ । कार्यक्रम अनुसार, पर्यटक भिसा (बी१ भिसा) र व्यापार भिसा (बी२ भिसा) मा अमेरिका जाने व्यक्तिहरूबाट भिसा बन्ड लिइनेछ ।

    यस कार्यक्रम सम्बन्धी सार्वजनिक सूचनामा भनिएअनुसार विगत केही वर्षदेखि लाखौं विदेशीहरू समयमै अमेरिका नछोड्ने र भिसाको म्याद सकिएपछि पनि अमेरिकामै बस्ने गरेको देखिएको छ। यद्यपि, सूचनामा यो भिसा कार्यक्रम अन्तर्गत सबै देशहरू समेटिनेछन् वा केही देशहरूलाई छुट दिइनेछ भन्ने कुरा स्पष्ट पारिएको छैन।

    समाचार एजेन्सी रोयटर्सका अनुसार नयाँ भिसा कार्यक्रम अगस्ट २० देखि लागू हुने अपेक्षा गरिएको छ र लगभग एक वर्षसम्म रहनेछ। सूचना अनुसार कन्सुलर अधिकारीहरूलाई उनीहरूको विवेकका आधारमा भिसा आवेदकहरूमाथि ५ हजार, १० हजार वा १५ हजार डलरको तीन प्रकारका बन्ड लगाउने अधिकार दिइनेछ।

    पर्यटक र व्यापारिक भिसामा अमेरिका गएका व्यक्तिहरू अमेरिकाबाट फर्किएपछि भिसाको सर्त अनुसार बन्डको पैसा उनीहरूलाई फिर्ता गरिनेछ। भिसा सकिएपछि अमेरिकामै बस्नेहरूले यो रकम फिर्ता पाउने छैनन् । कार्यक्रम अन्तर्गत कुन देशहरू समावेश हुनेछन् भन्ने बारेमा हाल कुनै स्पष्ट जानकारी छैन । तर, अमेरिकाले अवैध आप्रवासीको रूपमा नेपालीहरूलाई समेत निष्काशन गरेको पृष्ठभूमिमा यो कार्यक्रममा नेपाल पनि समावेश हुने सम्भावना धेरै छ।

    यो बन्ड ती देशका व्यक्तिहरूले भर्नुपर्नेछ जो आफ्नो भिसा सकिएपछि पनि अमेरिकामा बस्छन् र जससँग पर्याप्त कागजातहरू छैनन्। सार्वजनिक सूचनामा कार्यक्रम लागू हुनुभन्दा कम्तिमा १५ दिन अगाडि कुन देशहरू कार्यक्रम अन्तर्गत समावेश हुनेछन् भन्ने जानकारी दिइनेछ र यस अवधिमा देशहरूको नाम संशोधन पनि गर्न सकिने उल्लेख छ।

    अमेरिकी विदेश विभागले यो भिसा कार्यक्रम विदेशी सरकारहरूले पनि आफ्नो घरेलु सुरक्षा प्रणालीलाई बलियो बनाउन र आफ्ना नागरिकहरू वैध कागजात बिना अन्य देशहरूमा नजाने कुरा सुनिश्चित गर्न लागू गरिएको बताएको छ।

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबर

    विदेशी मुद्राको आजको विनिमयदर

  • २१ बैशाख २०८२, आईतवार ०६:०७ मा प्रकाशित
  • काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर १३५ रुपियाँ ०४ पैसा र बिक्रीदर १३५ रुपियाँ ६४ पैसा कायम भएको छ।

    यस्तै, युरोपियन युरो एकको खरिददर १५३ रुपियाँ १३ पैसा र बिक्रीदर १५३ रुपियाँ ८१ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १७९ रुपियाँ ५५ पैसा र बिक्रीदर १८० रुपियाँ ३५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६३ रुपियाँ ९१ पैसा र बिक्रीदर १६४ रुपियाँ ६४ पैसा कायम गरिएको छ।

    अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपियाँ ९१ पैसा र बिक्रीदर ८७ रुपियाँ ३० पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपियाँ ७१ पैसा र बिक्रीदर ९८ रुपियाँ १४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपियाँ १९ पैसा र बिक्रीदर १०४ रुपियाँ ६६ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

    त्यस्तै, केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रुपियाँ ३५ पैसा र बिक्रीदर नौ रुपियाँ ३९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ५७ पैसा र बिक्रीदर १८ रुपियाँ ६५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ०१ पैसा र बिक्रीदर ३६ रुपियाँ १७ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ०५ पैसा र बिक्रीदर ३७ रुपियाँ २१ पैसा तोकेको छ।

    केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ०९ पैसा र बिक्रीदर चार रुपियाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपियाँ ७७ पैसा र बिक्रीदर ३६ रुपियाँ ९३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ६९ पैसा र बिक्रीदर ३१ रुपियाँ ८३ पैसा निर्धारण भएको छ।

    यसैगरी, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ६५ पैसा र बिक्रीदर नौ रुपियाँ ६९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपियाँ ९९ पैसा र बिक्रीदर १४ रुपियाँ ०६ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ ५२ पैसा र बिक्रीदर २० रुपियाँ ६१ पैसा तोकिएको छ।

    राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ४२ पैसा र बिक्रीदर १७ रुपियाँ ५० पैसा, कुवेती दिनार एकको खरिददर ४४० रुपियाँ ३४ पैसा र बिक्रीदर ४४२ रुपियाँ ३० पैसा, बहराइन दिनार एकको खरिददर ३५८ रुपियाँ १८ पैसा र बिक्रीदर ३५९ रुपियाँ ७७ पैसा, ओमनी रियाल एकको खरिददर ३५० रुपियाँ ७६ पैसा र बिक्रीदर ३५२ रुपियाँ ३२ पैसा र भारतीय रुपियाँ १०० को खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ।

    राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने खुलाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाएको छ।

    Posted in अर्थ, मुख्य खबर

    टरिगाउँ विमानस्थलमा आउन छोड्यो विमान

  • ५ चैत्र २०८१, बुधबार १०:५२ मा प्रकाशित

  • अमरराज आचार्य
    दाङ, ६ चैत । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ स्थित टरिगाउँ विमानस्थलमा विगत तीन महिनादेखि हवाई सेवा बन्द रहेको छ । जिल्लाको एक मात्र बिमानस्थल टरिगाउँमा विमान आउन छोडेसँगै हवाई सेवा बन्द भएको हो ।

    हवाई सेवा बन्द भएपछि सेवाग्राही समस्यामा परेका छन् । टरिगाउँ विमास्थल विगत तीन महिनादेखि बन्द हुँदा हवाई सेवाका लागि नेपालगन्ज वा भैरहवा जानुपर्ने बाध्यता सेवाग्राहीलाई छ । पछिल्लो समय हप्तामा दुई दिन आउँदै गरेको विमान पुस २ गतेपछि टरिगाउँ विमानस्थलमा आउन छोडेको नेपाल एयरलाइन्स स्टेसन इन्चार्ज बलबहादुर सुनारले जानकारी दिएका छन् । उनका अनुसार नेपाल वायु सेवा निगमको जहाज २०८१ पुस २ गते अन्तिम पटक टरिगाउँ विमानस्थलमा अवतरण गरेको थियो । इन्चार्ज सुनारका अनुसार निगमका दुईवटा विमान बिग्रिएकाले उडानमा समस्या भएको छ । बिग्रिएका विमान बनेपछि नियमित उडान हुने भन्दै इन्चाज सुनारले भने, ‘छिट्टै नै कार्यतालिका प्रकाशन हुन्छ र विमान उडान हुनेछ ।’

    कार्यतालिका आएपछि हप्ताको कति दिन उडान हुने भनेर जानकारी हुने उनको भनाइ छ । टरिगाउँ विमानस्थलमा २०११ देखि २०४२ सालसम्म नियमित उडान हुँदै आएमा २०५६ देखि २०५८ सालसम्म सेवा अवरुद्ध भएको थियो । सीता एयरले २०८० सालमा सेवा सुरु गरे पनि एक वर्ष नपुग्दै बन्द गरेको थियो । पछिल्लो समय नेपाल एयरलाइन्सले हप्तामा एक दिन उडान भर्दै आएको थियो । हाल तीन महिनादेखि पूर्णरूपमा उडान बन्द छ । दाङको टरिगाउँ विमानस्थलका लागि आवश्यक जग्गा अधिग्रहण गर्न एक करोड बजेट विनियोजन भएको छ । विमानस्थललाई आवश्यक पर्ने जग्गा अधिग्रहणका लागि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले एक करोडको बजेट विनियोजन गरेको हो ।

    फागुन १५ गते मन्त्रीस्तरीय भएको निर्णय अनुसार जग्गा अधिग्रहणका लागि थप ९९ करोड रकम सुनिश्चितता गर्न अर्थमन्त्रालयलाई पत्राचार गरेको छ । टरिगाउँ विमानस्थलको विस्तारका लागि जग्गा अधिग्रहण गर्न मात्रै पाँच अर्ब बजेट आवश्यक पर्ने स्टिमेट गरिएको थियो तर पछिल्लो समय एक अर्ब भए पुग्ने अनुमान गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं १२ स्थित टरिगाउँ विमानस्थलको धानवगन मार्ग सात सय ५० मिटरमा मात्रै कालोपत्रे गरिएको छ । सात सय ५० मिटर धावन मार्ग मात्रै कालोपत्रे गरिएको हुँदा यहाँ साना विमान मात्रै अवतरण गर्न सक्छन् ।

    गत वर्ष मात्रै एक करोड खर्चेर नयाँ टावर निर्माण गरिएको थियो । त्यसको अघिल्लो वर्ष दाङ एयरपोर्टमा पहिलो पटक रिफ्युलिङ ट्याङ्कर ल्याइएको थियो । विसं २०११ सालदेखि सञ्चालनमा आएको विमानस्थलको स्तरोन्नतिको माग लामो समयदेखि हुँदै आए पनि यसले सार्थकता पाउन भने सकेको छैन । लुम्बिनी प्रदेशको राजधानी दाङको एक मात्रै विमानस्थल हो, यो । यहाँ एटिआर विमान अवतरण गर्न नसक्ने हुँदा नेपालगन्ज वा भैरहवा अवतरण गरेर मात्रै दाङ आउनुपर्ने बाध्यता छ ।

    पछिल्लो समय माघ महिनामा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा र पुष्पकमल दाहाल तुलसीपुर आउँदा टरिगाउँ एरपोर्टको विस्तार तथा तुलसीपुर– घोराही सडकखण्ड चारलेन बनाउने कुरा प्रमुख रूपमा उठाएका थिए । वषौँंदेखि हरेक चुनावमा उम्मेदवारले आफ्नो प्रमुख चुनावी नारामा टरिगाउँ एरपोर्ट विस्तार छुटाउँदैनन् तर त्यस अनुरूप काम भने हुन सकेको छैन ।

    टरिगाउँ विमानस्थलको धावनमार्ग विस्तारका लागि पहल गरिरहेका तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीका अनुसार विमानथल स्तरोन्नतिका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको छ । विमानस्थल पुनः सञ्चालन र सेवा नियमित गर्न विभिन्न निकायसँग समन्वय भइरहेको उनको भनाइ छ । ठुला जहाजका लागि एक हजार दुई ५० देखि एक हजार पाँच सय ५० मिटर धावनमार्गको लम्बाइ र ३० देखि ५० मिटर चौडाइ आवश्यक पर्ने डिपिआरमा उल्लेख गरिएको बताइएको छ ।

    धावनमार्गको क्षेत्रफल ३९ बिघा रहेको छ । धावनमार्ग विस्तारका लागि धावनमार्गसँगै रहेको कपास विकास समितिको चार बिघा जग्गासमेत विस्तारका लागि ल्याउने प्रक्रिया अघि बढेको बताइएको छ । धावनमार्ग विस्तारका लागि जग्गा अधिग्रहण गर्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्र समेत पठाएको छ ।

    यसअघि विमानस्थलको धावन मार्ग विस्तार गर्न भनेर नागरिक स्तरबाट खुत्रुके अभियानसमेत सञ्चालन गरिएको थियो । तुलसीपुर उद्योग वाणिज्य संघको नेतृत्वमा अभियान सञ्चालन गरिएको थियो । यसमा अन्य उद्योग वाणिज्य संघले समेत साथ दिएका थिए । सरकारलाई दबाब दिन खुत्रुके अभियान सञ्चालन गरिएको उनीहरूको भनाइ छ । यसैगरी विमानस्थलमा पुगेर विभिन्न सामाजिक संघसंस्थाहरूले दबाब स्वरूप त्यहीँ बैठक सञ्चालन गरेका थिए ।

    टरिगाउँ विमानस्थलमा विमान नियमित नहुनुको प्रमुख कारण धावनमार्गको स्तरोन्नति हुन नसक्नु भएको बताइन्छ । जिल्लामा हवाई सेवा नियमित भएकै कारणले विकासमा समेत प्रभाव परेको निजी क्षेत्रका अगुवाहरू बताउँछन् । नियमित उडान नहुँदा ठुला उद्योगीहरू नआउने गरेको उनीहरूको भनाइ छ । सडक यातायात कष्टपूर्ण तथा हवाई सेवा नहुँनुको प्रभावले जिल्लाको विकासमा पारेको निजी क्षेत्रको भनाइ छ ।

    Posted in अर्थ, मुख्य खबर, राजनीति

    एनआरएनएको महाधिवेशन आगामी अक्टोवरमा गर्न पूर्वअध्यक्ष तथा संस्थापकहरु प्रतिबद्ध

  • ३० फाल्गुन २०८१, शुक्रबार १५:१६ मा प्रकाशित
  • काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष, पूर्वअध्यक्ष लगायतका अभियन्ताहरूले आगामी अक्टोबरमा एकता महाधिवेशन गर्न शेष घले नेतृत्वको समितिलाई सुझाव दिएका छन् । संघमा अहिले देखिएको असहज अवस्थाबाट निकास दिन सहमति र एकताका लागि सहकार्य गर्न आह्वान गर्दै उनीहरुले सबै पक्षबाट हदैसम्मको लचकता अपनाई अघि बढ्न सुझाएका हुन् । शेष घले नेतृत्वको उच्चस्तरीय समितिले आउँदो मे महिनामा महाधिवेशन गर्ने प्रस्ताव अघि सारेपनि महाधिवेशनको प्राविधिक तयारीका लागि समय लाग्ने भन्दै अक्टोबरमा गर्नुपर्ने सुझाव अभियन्ता तथा संस्थापकहरूले दिएका छन् । राष्ट्रिय समन्वय परिषद्को निर्वाचन आगामी जुलाईमा मात्रै सम्पन्न हुने र सो सम्पन्न नभई महाधिवेशन सम्भव नहुने तर्क अभियन्ताहरुको थियो ।

    गैर आवासीय नेपाली संघद्वारा ११ मार्च २०२५ भर्चुअल माध्यमबाट आयोजित बृहत संवाद कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले नेपाललाई समृद्ध बनाउन र संसारभरि रहेका नेपालीहरुबीच भाइचारा बढाउन यो संस्थाको स्थापना गरिएको स्मरण गराउँदै सबैलाई हठ त्यागेर लाखौं नेपालीलाई एउटै विचारको साथ अगाडि बढ्न आग्रह गरे । उनले भने, ‘उच्चस्तरीय समितिले चुनावको लागि मात्रै चुनाव गराउने नभई छातीमा हात राखेर काम गर्नुपर्छ ।ʼ वास्तविक एकताको महाधिवेशनमा मात्रै आफू सहभागी हुने बताउँदै नेपालको समृद्धिको अभियानमा आफ्नो सधैं साथ हुने उनले स्पष्ट पारे ।

    एनआरएनएका पूर्व अध्यक्ष जीवा लामिछानेले २०२३–२५ का लागि निर्वाचित डा. बद्री केसी नेतृत्वको कार्यसमितिलाई हार्दिक बधाई तथा शुभकामना दिँदै गत साता परराष्ट्रमन्त्री डा. आरजु देउवाले समन्वयकारी भूमिका खेलेको भन्दै सर्वोच्च अदालतका दुवै फैसलालाई कार्यान्वयन गरेर जानु पर्ने बताए । उनले बद्री केसी नेतृत्वको कार्य समितिलाई अक्टोबर २०२५ सम्म काम गर्न दिनपर्नेमा सबै एकमत हुनुपर्ने सुझाव दिए । ‘नेपालमा शान्ति प्रक्रिया ल्याइयो । संसद पुनर्स्थापना गर्ने भन्ने कहीं पनि लेखिएको थिएन, द्वन्द्वरत पक्षलाई संसदमा राख्ने कुरा लेखेको थिएन। तर त्यो सम्भव भयो। त्यस्तै हामीले पनि एकता गरेर अगाडि जान सक्छौं,’ उनले भने । उनले संस्थाको गुमेको साख फर्काउन अझै पनि सम्भव रहेको उल्लेख गरे ।

    एनआरएनएका पूर्व अध्यक्ष कुमार पन्तले पछिल्लो परिस्थितिमा संयम भई बुद्धिमानीपूर्वक अघि बढ्न आग्रह गरे । उनले उच्चस्तरीय समिति एकताबद्ध बन्यो भने मात्रै सबैको इज्जत हुने बताउँदै प्राविधिक कुरामा मात्रै नअल्झिन सुझाए । ‘मनभित्र एकताको भावना राख्ने हो भने समस्या समाधान गर्न सकिन्छ । तपाईंहरु सबैले एउटा सुझाव दिनोस्। उच्चस्तरीय समितिमा निर्वाचन पर सार्न हामीले कुरा राख्छौँ । हामीले जुन–जुलाईमा चुनाव गर्छाैं भन्यौँ भने अदालतले, परराष्ट्रले नगर्नोस् भन्दैन। उच्चस्तरीय समितिले निर्वाचनको काम गर्छ । अहिलेको कार्यसमितिलाई आफ्नो काम गर्न दिनोस्,’ उनले भने ।

    एनआरएनएका पूर्व अध्यक्ष भवन भट्टले संघ अहिले विशेष परिस्थितिमा रहेको बताउँदै आफ्नो व्यक्तिगत हितभन्दा संस्थाको हितलाई माथि राख्न आग्रह गरे । ‘सम्मानित अदालतलाई हामीले मान्नै पर्छ। परराष्ट्र मन्त्रीले दिएको विकल्पमा जाउँ,’ उनले भने । एनआरएनएका संस्थापक सचिव भिम उदासले प्राविधिक कुरा छोडेर भावनात्मक एकतामा जान पनि तयार हुनुपर्ने आवश्यकतामा जोड दिए । उनले एकताको सन्देश अन्तर्वार्तामा हैन, व्यवहारमा देखाउनुपर्ने बताए ।

    त्यस्तै संस्थापक सदस्य इन्द्रा बनले पनि अक्टोबर २०२५ मा महाधिवेशन र चुनाव गर्न सबै पक्षसँग संवाद गरेर अगाडि बढ्न सुझाव दिए । एनआरएनएका संस्थापक सदस्य राम प्रताप थापाले संस्थाको एकताको लागि आफूले विगतमा बलिदान गरेको स्मरण गराउँदै संस्थाको हितलाई सर्वोच्च ठान्नुपर्नेमा जोड दिए ।

    एनआरएनएका अध्यक्ष डा. बद्री केसीले सन् २००३ मा नेपालको समृद्धिको लागि विदेशमा रहेका नेपालीहरुलाई जोड्ने पवित्र उद्देश्य लिएर संस्था स्थापना गरिएको उल्लेख गरे । आफूले जहिलेपनि कानूनतः काम गरेको र आगामी दिनमा पनि वैधानिकरुपमै आफूले अघि बढ्ने उनको भनाई थियो । ‘सर्वोच्चको दोस्रो फैसलाले विवेचनामा हरेक अधिवेशन सार्वभौम हुन्छन भन्यो। हामी सधैं एकताको लागि लचक छौं। सर्वोच्च अदालतको दुईवाटै फैसलाको सम्मान गरेर जाउँ। उच्चस्तरीय समितिले अनुगमन गरोस् हामी तयार छौँ । ११ औं कार्यसमितिको वैधतामाथि कुनै प्रश्न छैन। निष्पक्ष चुनाव गर्न हामी तयार छौँ ।’ उनले भने । उच्चस्तरीय समिति सबैको समिति र विश्वासको थलो बन्न योग्य भए आफूले सम्पूर्णरुपमा सहयोग गर्ने उनको भनाई थियो । उनले भने, ‘हामी एकताका विरोधी होइनौँ तर उच्चस्तरीय समिति सबैले विश्वास गर्न योग्य बन्नुपर्यो । सबै सदस्य त्यहाँ हुनुपर्यो ।ʼ अध्यक्ष केसीले एनआरएनएभित्रको आन्तरिक विवादले गर्दा मुख्य एजेन्डा ओझेलमा परिरहेको बताए । ‘मे २०२५ मा चुनाव गर्न बाध्यकारी अवस्था हैन। संघको आगामी अन्तर्राष्ट्रिय महाधिवेशनबाट सन् २०२५ साल मे महिना गर्ने वा सन् २०२५ साल अक्टोवर महिनामा गर्ने भनि केही दुविधा सम्मानित सर्वोच्च अदालतको दुई समानस्तरका इजलाशबाट भएको फैसलाका कारण सिर्जना भएको हुँदा दुवै फैसलाहरुको सम्मान हुने गरि निष्कर्ष निकाल्नका लागि परराष्ट्र मन्त्रालय समक्ष सर्वोच्च अदालत नियमावली, २०७४ को नियम १३४ अनुसार कार्य गरि दिनका लागि अनुरोध गर्न सकिन्छ । साथीहरु, यो संरचना नफुटाउन हामी सबै मिलेर निवेदन दिन पाउने वैधानिक व्यवस्था छ। एनसीसी भनेको हाम्रा पिल्लर हुन् । अहिले मे मै महाधिवेशन गर्ने भनेर भन्दा उहाँहरु अप्ठेरोमा पर्नुहुन्छ । किनकी उहाँहरुको आफ्नो समयतालिका अनुसार जुलाई ३१ सम्म चुनावी कार्यक्रम अधिवेशन तय छन् । यस्ता प्राविधिक कारणलाई बुझेर पनि हामीले अक्टोबरमै महाधिवेशन गर्नुपर्छ । अहिले गर्दा सबै बिगार्नको लागि गरेको हुन्छ। त्यसैले सपार्नको लागि काम गरौँ। एनसीसीका सबै अध्यक्षसँग कुरा गरेको छु। एक जनाको हठले संस्था विघटन हुने स्थिति बन्न दिनु हुँदैन। यो संस्था बचाउनु हामी सबैको समान जिम्मेवारी हो ।’ उनले भने ।

    कार्यक्रममा एनसीसीका अध्यक्षहरुले यही मे महिनामा भ्याउने गरी अधिवेशन गर्न सम्भव नभएको स्पष्ट पारे । उनीहरुले आपसी सहमतिले केन्द्रमा महाधिवेशनको मिति पर सारे पनि आफूहरुलाई मान्य हुने बताउँदै उच्चस्तरीय समितिका १३ जना सदस्य एकै ठाउँमा बसेर संवादद्वारा अहिलेको समस्यालाई निकास दिन आग्रह पनि गरे ।

    झन्डै साढे चार घण्टासम्म चलेको अन्तरक्रियाको संचालन महासचिव गौरीराज जोशी तथा सचिव राधिका गुरुङले गरेका थिए । बैठकका निर्णय प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्रालय लगायत नेपाल सरकारका सम्बद्ध निकायलाई बुझाउने तयारी छ । कार्यक्रममा ७ सय भन्दा बढी एनआरएनए अभियन्ता जोडिएका थिए ।

    साभारः-अर्थ प्रनाली डटकम

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबर

    बेवारिसे झोलाबाट ५८ लाख मूल्यका गहना बरामद

  • २७ फाल्गुन २०८१, मंगलवार ११:१९ मा प्रकाशित
  • वीरगन्ज भन्सार क्षेत्रमा सशस्त्र प्रहरीले बेवारिसे झोलाबाट ५८ लाख ६६ हजार ९२७ रुपैयाँ मूल्यका हिरा र सुनका गहना बरामद गरेको छ।

    झोलामा हिरा जडित बाला, ब्रासलेट, औंठी, मंगलसूत्र र झुम्का जस्ता गहना थिए, जुन पर्सा सुनचाँदी व्यवसायी संघले हिरा र सुनको भएको पुष्टि गरेको छ।

    ती गहना वीरगन्ज भन्सार कार्यालयमा बुझाइएका छन् र यसको स्रोतबारे अनुसन्धान भइरहेको छ।

    Posted in अर्थ, मुख्य खबर

    आजको अमेरिकी डलरको खरिददर १३८.७० पैसा, साउदी रियालको कति ?

  • २६ फाल्गुन २०८१, सोमबार ११:१७ मा प्रकाशित
  • जसअनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ७० पैसा र बिक्रीदर १३९ रूपैयाँ ३० पैसा कायम भएको छ ।

    युरोपियन युरो एकको खरिददर १५० रूपैयाँ २६ पैसा र बिक्रीदर १५० रूपैयाँ ९१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रूपैयाँ २२ पैसा र बिक्रीदर १८० रूपैयाँ, स्वीस फ्र्याङ्क एकको खरिददर १५७ रूपैयाँ ६४ पैसा र बिक्रीदर १५८ रूपैयाँ ३२ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ४६ पैसा र बिक्रीदर ८७ रूपैयाँ ८४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ ४६ पैसा र बिक्रीदर ९६ रूपैयाँ ८७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपैयाँ २० पैसा र बिक्रीदर १०४ रूपैयाँ ६५ पैसा निर्धारण गरिएको छ ।

    जापानी येन १० को खरिददर नौ रूपैयाँ ३७ पैसा र बिक्रीदर नौ रूपैयाँ ४१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ १७ पैसा र बिक्रीदर १९ रूपैयाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ९७ पैसा र बिक्रीदर ३७ रूपैयाँ १३ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ०५ पैसा र बिक्रीदर ३८ रूपैयाँ २२ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १२ पैसा र बिक्रीदर चार रूपैयाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ७६ पैसा र बिक्रीदर ३७ रूपैयाँ ९३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ४२ पैसा र बिक्रीदर ३१ रूपैयाँ ५५ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ५७ पैसा र बिक्रीदर नौ रूपैयाँ ६१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ७५ पैसा र बिक्रीदर १३ रूपैयाँ ८१ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ १५ पैसा र बिक्रीदर २० रूपैयाँ २३ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ८५ पैसा र बिक्रीदर १७ रूपैयाँ ९३ पैसा, कुवेती दिनार एकको खरिददर ४५० रूपैयाँ ११ पैसा र बिक्रीदर ४५२ रूपैयाँ ०५ पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रूपैयाँ ९२ पैसा र बिक्रीदर ३६९ रूपैयाँ ५१ पैसा, ओमनी रियाल एकको खरिददर ३६० रूपैयाँ २७ पैसा र बिक्रीदर ३६१ रूपैयाँ ८३ पैसा रहेको छ ।

    भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।

    राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

    Posted in अर्थ, मुख्य खबर

    सोमबारका लागि अमेरिकी डलरको भाउ स्थिर

  • २८ माघ २०८१, सोमबार २१:५९ मा प्रकाशित
  • काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ५९ पैसा र बिक्रीदर १४० रुपैयाँ १९ पैसा कायम भएको छ । यसैगरी, युरो एकको खरिदर १४४ रुपैयाँ १६ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७८ पैसा तोकिएको छ ।

    केन्द्रीय बैंकले बेलायतको स्टर्लिङ पाउन्ड एकको खरिददर १७३ रुपैयाँ २४ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५४ रुपैयाँ १० पैसा निर्धारण गरेको छ ।

    यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ०७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०३ रुपैयाँ ४७ पैसा निर्धारण गरिएको छ ।

    जापानी येन १० को खरिददर नौ रुपैयाँ २२ पैसा र बिक्रीदर नौ रुपैयाँ २६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १५ पैसा र बिक्रीदर १९ रुपैयाँ २३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३८ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४५ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १२ पैसा र बिक्रीदर चार रुपैयाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ र बिक्रीदर ३८ रुपैयाँ १७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ४४ पैसा र बिक्री दर ३१ रुपैयाँ ५७ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ५९ पैसा र बिक्रीदर नौ रुपैयाँ ६३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७६ पैसा र बिक्रीदर १२ रुपैयाँ ८१ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ३२ पैसा र बिक्री दर १९ रुपैयाँ ४१ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १७ रुपैयाँ ९९ पैसा, कुवेती दिनार एकको खरिददर ४५२ रुपैयाँ ०५ पैसा र बिक्रीदर ४५४ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ २७ पैसा र बिक्रीदर ३७१ रुपैयाँ ८६ पैसा र ओमनी रियाल एकको खरिददर ३६२ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३६४ रुपैयाँ १२ पैसा निर्धारण गरेको छ ।

    भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

    Posted in अर्थ, मुख्य खबर

    बुरैदा अल कासिममा खुल्यो नेपाली ट्राभल्स अफिस ।

  • २१ पुष २०८१, आईतवार ०२:०६ मा प्रकाशित
  • अल कासिम ! साउदी अरबको मध्य पश्चिम् क्षेत्र बुरैदा अल कासिममा नेपाली तथा अन्य यात्रुहरुका सुबिधाका लागि आइ-मिग ट्राभल्स एन टुर्सले आफ्नो शाखा खोलेको छ ।

    बिशेष गरि नेपालीहरुका लागि सस्तो सुलभ मुल्यमा सेवा दिने उद्देश्यले उक्त ट्राभल्स खोलिएको एक लगानीकर्ता व्यावसायी मनिष कोइरालाले जानकारी गराए ! नेपाली दाजुभाइ दिदीबहिनीहरुलाइ अन्य ट्राभल्स अफिसहरुको भन्दा  सस्तो मुल्यमा सेवा सुबिधाहरु दिने कुरा कोइरालाले जानकारी गराए ।

    गत ३ जनवरी शुक्रबारका दिन विविध संघ संस्थाका प्रतिनिधि तथा  समाजसेवीको रहोबरमा खोलिएको उक्त ट्राभल्सले धेरै नेपालीहरुलाइ तथा अन्य देशका जनतालाई सरल सुलभ सेवा दिने कोइरालाले बताए !

    उक्त ट्राभल्सबाट आन्तरिक तथा अन्तरास्ट्रिय हवाइ टिकटहरु, साउदी अरब भरी आवातजावत गर्न यातायातको ब्यबस्था, श्रम तथा पासपोर्ट सम्बन्धित सेवाहरु, बैन्किङ सेवाहरु, सामाजिक सुरक्षा कोष, एब्सर आइदी बनाउन देखि तथा अन्य अनलाइन सेवाहरु प्रदान गर्ने छ ।
    ब्यबसायी कोइराला भन्नुहुन्छ, धेरै सेवा लिन आउनुहुने सेवाग्राहीहरुलाइ विशेष छुट सहित सेवा दिइने छ ।

    साउदीको कुनैपनी कुनाबाट कुनैपनी सेवा अनलाइन मार्फत, फोन सम्पर्क बाट पनि लिन सक्ने मनिष कोइरालाले बताए ।
    अन्य जानकारीका लागि
    नितेष कुवर 0554461043
    ईश्वर गौतम 0561735801
    मा सम्पर्क गरि सेवा लिन सक्नुहुनेछ ।

    Posted in अर्थ, ताजा अपडेट

    दशैंमा हवाई यात्रुको चाप: भैरहवा र पोखरामा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले सेवा दिने !

  • २१ आश्विन २०८१, सोमबार १९:५९ मा प्रकाशित
  • काठमाडौं । भरहवास्थित गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले न्यारोबडी जहाजबाट उडान भर्न सकारात्मक भएका छन् ।

    शुक्रबार पर्यटनमन्त्री बद्री पाण्डेसँग मन्त्रालयमा छलफल गर्दै सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम र निजी क्षेत्रको हिमालय एयरलाइन्सले दुई विमानस्थलमा न्यारोबडी उडानका लागि सकारात्मक भएको बताएका हुन् ।

    केही दिनको लगातारको वर्षापछि सडकमार्ग अवरुद्ध हुँदा हवाई क्षेत्रमा यात्रुको चाप छ । यात्रुको चाप हुँदा नेपाल नागरिक उड्डयन प्राधिकरणले रात्रिकालिन विमानस्थलमा राति १२ बजेसम्म र विहान ४ बजेबाट नै सञ्चालन गर्ने निर्णय गरेको छ । तर पनि विमानस्थलमा यात्रुको चाप उच्च छ भने काठमाडौं बाहिरिने यात्रुले विमानको टिकट पाउन सकेका छैनन् । देशको पश्चिमी भेगतिर जाने यात्रुले टिकट नपाएको गुनासो छ ।

    दशैंको टीका अघिसम्म अधिकांश एयरलाइन्सहरुको टिकट बुक भइसकेको अवस्थामा सडकहरु अवरुद्ध भएपछि बाहिरिन चाहनेहरुले विमानको टिकट पाउन नसक्ने अवस्था बनेपछि मन्त्री पाण्डेले ठूला विमान उडाउन पहल गरेका हुन् ।
    न्यारोबडीमा करिब १८० यात्रुले एकै पटक यात्रा गर्न मिल्छ ।

    ‘दुबै विमान कम्पनी न्यारोबडी उडानका लागि तयार छन्,’ स्रोतले भन्यो, ‘यात्रु तयार छन् भने उडानमा केही समस्या नभएको निगम र हिमालयको भनाइ छ ।’

    प्राधिकरणले तोकेको भाडादरमा उडान भर्न दुई कम्पनीले मन्त्रीसँग प्रतिवद्धता जनाएका छन् ।

    मन्त्री पाण्डेले पोखरा र भैरहवामा उडान भर्न प्रस्ताव गरेका थिए । दुबै कम्पनीका प्रतिनिधिले दुबै विमानस्थलमा उडान भर्न तयार रहेको बताए पनि पोखरा भन्दा उनीहरुको चासो भैरहवामा बढी भएको स्रोतको भनाइ छ ।

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on दशैंमा हवाई यात्रुको चाप: भैरहवा र पोखरामा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले सेवा दिने !

    Posts navigation

    Older posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P