• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: अर्थ

कस्तो हुनेछ आइफोनको नयाँ संस्करण ?

  • ३ भाद्र २०८१, सोमबार ०२:४६ मा प्रकाशित
  • काठमाडौं । एप्पलले आफ्नो आइफोनको नयाँ संस्करण आइफोन १६ सिरिज सार्वजनिक गर्न अब करीब १ महिना मात्रै बाँकी छ । यद्यपि उसले ठ्याक्कै तिथिमिति भने सार्वजनिक गरिसकेको छैन ।

    तथापि सार्वजनिक भएको एक समाचार अनुसार आगामी सेप्टेम्बर १० मा आइफोन १६ सिरिज सार्वजनिक गर्नका लागि एप्पलले विशेष समारोह आयोजना गर्नेछ ।

    एप्पलले हरेक वर्ष सेप्टेम्बरमै आफ्नो नयाँ आइफोन लञ्च गर्ने गर्दछ । कम्पनीले आफ्ना आइफोनका अधिकांश पछिल्ला मोडेलहरुको घोषणा सेप्टेम्बरको दोश्रो वा तेश्रो हप्तामै गर्ने गरेको छ ।

    यसैबीच एप्पलको आगामी नयाँ आइफोन संस्करण एप्पल १६ सिरिजमा हुने विभिन्न फिचर्सका बारेमा केही समाचारहरु चुहिसकेका छन् ।

    डिजाइनमा कस्तो हुनेछ परिवर्तन ?

    गत वर्ष एप्पलले आइफोन १५ मा पन्चहोल डिजाइन पेश गरेको थियो भने प्रो मोडेलमा एक्सन बटन जोडेको थियो । यो वर्ष कम्पनीले फोटोग्राफी अनुभवलाई उत्कृष्ट बनाउनका लागि एउटा क्याप्चर बटन पनि थप्न सक्नेछ । यसले जुमिङ फङ्सन वा क्विक क्यामेरा शटरको रुपमा काम गर्नमा सहयोग गर्ने बताइएको छ ।

    आइफोन १६ को लिक भएको तस्वीरबाट पत्ता लाग्दछ कि एप्पलले ब्याक क्यामेरा सेन्सरको स्थान पनि बदलेको छ । साथै डुअल क्यामेरा सेटअपलाई भर्टिकल क्यामेरा लेआउटमा देखिएको छ ।

    एप्पलले आफ्नो नयाँ मोडेलको आइफोनमा एउटा थप गुलाबी रंगको पनि घोषणा गर्न सक्ने र पहेँलो रंगको आइफोन मोडेल नल्याउने सम्भावना छ ।

    सार्वजनिक भएको समाचार अनुसार आइफोन १६ तथा आइफोन १६ प्लस चाहिँ कालो, हरियो, गुलाबी र सेतो गरी चारवटा रंगमा उपलब्ध हुनेछ ।

    कस्तो हुनेछ डिस्प्ले ?

    एप्पलका केही आइफोन मोडेलको डिस्प्लेको आकारमा पनि वृद्धि गर्ने योजना बनाइरहेको छ । समाचार अनुसार आइफोन १६ प्रो मोडेलको स्क्रिनको आकार ६.३ इन्चको हुनेछ । प्रो म्याक्स मोडेलको स्क्रिनको आकार ६.७ बाट बढेर ६.९ इन्चको हुनेछ ।

    नयाँ चिपसेट र अन्य फिचर्स

    आइफोन १६ सिरिजमा नयाँ ए १८ चिपसेट हुने बताइएको छ । यो सिरिजका सबै मोडेलमा ८ जिबीको र्याम हुनेछ, जसले नयाँ एप्पल इन्टेलिजेन्स फिचर्सलाई सपोर्ट गर्नेछ ।

    एप्पलले आइफोन १६ सिरिजका लागि ग्राफीन थर्मल सिस्टममा काम गरिरहेको बताइएको छ । जसमा प्रो मोडेलमा मेटल ब्याट्री हुनेछ ताकि अधिक तात्ने समस्या नहोस् ।

    आइफोन १६मा ३५६१ मिलिएम्पियर आवर क्षमताको ब्याट्री हुनेछ । त्यस्तै आइफोन १६ प्लसमा ४००६ मिलिएम्पियर आवरको ब्याट्री हुने बताइएको छ ।

    त्यसैगरी आइफोन १६ प्रोमा ३५७७ मिलिएम्पियर आवर र प्रो म्याक्स मोडेलमा ४६७६ मिलिएम्पियर आवर क्षमताको ब्याट्री रहने छ । आइफोन १६ सिरिजमा ४० वाटको तारयुक्त चार्जिङ र २० वाटको म्यागसेफ चार्जिङ फिचर हुनेछ ।

    कस्तो हुनेछ क्यामेरा ?

    एप्पलले आफ्नो नयाँ आइफोनको क्यामेराका लागि एन्टी रिफ्लेक्टिभ अप्टिकल कोटिङ प्रविधिको परीक्षण गरिरहेको छ । यसले लेन्स फ्लेयर तथा घोस्टिङ जस्ता अवरोधलाई कम गरेर फोटोको गुणस्तरमा सुधार गर्नेछ ।

    आइफोन १६ प्रो मोडेलमा ४८ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा लेन्स हुनेछ । जसबाट कम प्रकाशमा पनि उच्च गुणस्तरीय तस्वीर खिच्न सकिनेछ ।

    त्यस्तै ४८ मेगापिक्सेलको एचय Pro RAW वाइड लेन्स रहने छ । आइफोन १६ प्रो म्याक्समा सुपर टेलिफोटो पेरिस्कोप क्यामरा पनि हुनसक्ने बताइएको छ ।

    Posted in अर्थ, बिज्ञान/प्रविधि, मुख्य खबर3 Comments on कस्तो हुनेछ आइफोनको नयाँ संस्करण ?

    साउदीमा स्वास्थ्य र शिक्षा क्षेत्रमा फैमिली डिपेन्डेन्ट लाई रोजगारीको अनुमति

  • १८ श्रावण २०८१, शुक्रबार १६:३१ मा प्रकाशित
  • साउदी अरबले स्वास्थ्य र शिक्षा क्षेत्रमा आप्रवासी (फैमिली डिपेन्डेन्ट) आश्रितहरूलाई रोजगारीको अनुमति दिने भएको छ।

    साउदी अरबको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले स्वास्थ्य र शिक्षा क्षेत्रमा अबदेखि “फैमिली डिपेन्डेन्ट” भिजामा रहेका र स्वास्थ्य वा शिक्षा क्षेत्रमा दक्षता हासिल गरेका नर्स, डाक्टर, प्रोफेसर, वा यी दुवै क्षेत्रमा सम्बन्धित पेशामा दक्ष पारिवारिक सदस्यहरुलाई कामको अनुमति दिने भएको छ।
    यो भन्दा पहिले साउदीमा फैमिली डिपेन्डेन्ट भिजामा रही काम गर्ने अनुमति थिएन ।

    यो सुबिधा लिनकालागि आश्रित कम्तिमा 18 वर्ष पुगेको, र ईकामा,( यहाँको आवासीय पत्र) म्याद नसकिएको हुनुपर्नेछ। ।

    र आश्रित र प्राथमिक प्रवासी बीचको सम्बन्ध निम्नहुनुपर्नेछ।
    निम्न मध्ये: पति/पत्नी, पति/पत्नीको आफन्त वा कानूनी अभिभावक इत्यादि।

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबर1 Comment on साउदीमा स्वास्थ्य र शिक्षा क्षेत्रमा फैमिली डिपेन्डेन्ट लाई रोजगारीको अनुमति

    अमेरिकी डलरको भाउ हालसम्मकै महँगो ।

  • ६ श्रावण २०८१, आईतवार ११:०० मा प्रकाशित
  • आइतबारको लागि एक अमेरिकी डलरको खरिददर १३३ रूपैयाँ ५७ पैसा र बिक्रीदर १३४ रूपैयाँ १७ पैसा तोकिएको छ।

    यो मूल्य हालसम्मकै उच्च हो।

    यसअघि गत असार ७ गते डलरको भाउ १३४ रूपैयाँ १५ पैसा पुगेर नयाँ रेकर्ड बनाएको थियो। पछिल्लो रेकर्डभन्दा यो मूल्य २ पैसा बढी हो।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार युरोपियन युरो एकको खरिदमा भने १४५ रूपैयाँ ४७ पैसा र बिक्रीमा १४६ रूपैयाँ १२ पैसा पाइन्छ।

    बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७२ रूपैयाँ ६२ पैसा र बिक्रीदर १७३ रूपैयाँ ३९ पैसा तोकिएको छ। 

    त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८९ रूपैयाँ ४४ पैसा र बिक्रीमा ८९ रूपैयाँ ८४ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ४४ पैसा र बिक्रीमा ९७ रूपैयाँ ८७ पैसा पाइन्छ।

    यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ६३ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७९ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ६१ पैसा र बिक्रीदर ३५ रूपैयाँ ७७ पैसा तोकेको छ।

    युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ३७ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५३ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रूपैयाँ ४९ पैसा र बिक्रीमा २८ रूपैयाँ ६२ पैसा पाइन्छ।

    आइतबार कुवेती दिनार एकको खरिदमा ४३६ रूपैयाँ ७३ पैसा र बिक्रीमा ४३८ रूपैयाँ ६९ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५४ रूपैयाँ ३४ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ९४ पैसा तोकिएको छ।

    Posted in अर्थ, मुख्य खबर5 Comments on अमेरिकी डलरको भाउ हालसम्मकै महँगो ।

    अब घरजग्गा किन्दा आम्दानीको ७०% सम्म ऋण लिन पाइने

  • ८ असार २०८१, शुक्रबार २३:४२ मा प्रकाशित
  • काठमाडौं । राष्ट्र बैंकले घरजग्गा खरिदको लागि ऋण भुक्तानी आम्दानी अनुपातमा लचिलो नीति लिएको छ ।

    शुक्रबार चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै बैंकले घर जग्गा खरिद प्रयोजनका लागि ऋण भुक्तानी आम्दानी अनुपात (डेब्ट सर्भिस टू ग्रस इनकम रेसियो) लाई सहजीकरण गरेको हो । 

    यो व्यवस्था लागू भएपछि ऋण लिएर घरजग्गा खरिद गर्नेले आम्दानीको ७० प्रतिशतसम्म रकम बैंकको साँवा तथा ब्याज अर्थात् किस्ता भुक्तानीका लागि प्रयोग गर्न सक्नेछन् । यसअघि आम्दानीको ५० प्रतिशतसम्म मात्रै त्यसरी भुक्तानी गर्न पाइने व्यवस्था थियो ।

    ‘घर जग्गा खरिद प्रयोजनको लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेश गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिने छ,’ मौद्रिक नीति समीक्षामा भनिएको छ ।

    राष्ट्र बैंकको यस व्यवस्थापश्चात बैंकिङ प्रणालीबाट २ करोड रुपैयाँसम्मको घर जग्गा खरिद बढ्ने देखिएको छ । यस व्यवस्थाले राम्रो आम्दानी भएकाहरूका लागि घरजग्गा खरिद सहज भएको छ ।

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on अब घरजग्गा किन्दा आम्दानीको ७०% सम्म ऋण लिन पाइने

    2nd NRNA GOLD CUP-2024 भव्यताका साथ सम्पन्न

  • ७ असार २०८१, बिहीबार १६:३१ मा प्रकाशित
  • ईस्लाम धर्मावलम्बीहरुको ईद ऊल अधाको अवसर पारेर गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदी अरब द्वारा “परं परोपकारार्थं यो जीवति स जीवति ” भन्ने मूल मन्त्रका साथ आयोजित “ 2nd NRNA GOLD CUP 2024” फूटबल प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ I संघ द्वारा आयोजित उक्त दुई दिने प्रतियोगिता १६ जुनको साँझ सुरु भएर १८ जुनको बिहान समापन गरिएको हो I


    संघका अनुसार साउदी अरबको पूर्वी सहर अलखोबार स्थित तुक्बा खेल मैदानमा भएको उक्त प्रतियोगितामा २२ वटा फुटबल क्लबहरुले सहभागिताको लागि प्रतिबद्धता जनाएको थियो भने २१ फुटबल क्लबले टिम दर्ता गरेका थिए I प्रतियोगितामा सहभागिताको लागि दर्ता भएको फुटबल क्लबहरु मध्ये २० वटा क्लबहरु सहभागी भएका थिए I जस बाट युनाइटेड एफसीले पेनाल्टी शूटआउटमा समरानी एफसीलाई पछी पार्दै तृतीय पुरस्कार(नगद साउदी रियालः१,६१६/-) प्राप्त गरे भने जोयम एफसीले किंरात राई यायोक्खा एफसी संगको फाईनल खेलमा उपविजेता बन्दै द्वितीय पुरस्कार (नगद साउदी रियालः ३,३३३/-) हाशिल गरे । यसरी किंरात राई यायोक्खा एफसी उक्त 2nd NRNA GOLD CUP-2024 को च्याम्पीयन बन्दै प्रतियोगिताको विजेता बनेI किँरात राई यायोक्खाले विजेता भए संगै प्रथम पुरस्कार (नगद साउदी रियालः ६,६६६/-) प्राप्त गरेका छन्।


    फाईनल खेल सके संगै महावाणिज्य दूतावास जेद्धाका लागी कार्यवाहक महावाणिज्यदूत शत्रुध्वन पोख्रेल प्रमुख अतिथि र विशिष्ट अतिथिको रूपमा उपस्थित नेपाली राजदूतावास रियादका लागी जनसम्पर्क अधिकारी नारायण पासवान संगै साउदीअरब स्थित क्रियाशील सामाजिक तथा राजनीतिक संघ संस्थाका प्रतिनिधिहरू अतिथिको रूपमा उपस्थित रहेको समापन कार्यक्रममा पुरस्कार विवरण संगै बेस्ट गोल किपर, बेस्ट डिफेन्डर, बेस्ट मिडफील्डर, बेस्ट फर्वाड, हाई स्कोरर्, बेस्ट म्यानेजर र बेस्ट कोचलाई ट्रफीका साथ प्रशंसा पत्र प्रदान गरिएको थियो ।


    उक्त प्रतियोगिता आयोजना सफलतापूर्वक सम्पन्न गर्नका लागि चित्र कुमार चाम्लिङ राईको सयोजकत्वमा गठित खेलकुद उप-समितिलाई संघले प्रेस विज्ञप्ती जारी गर्दै बधाई तथा धन्यवाद ज्ञापन गरेका छन्। उक्त समिति सदस्यहरुमा एनआरएनए एनसीसी सदस्य पदम महत, आरसीसी पूर्वी क्षेत्रका क्षेत्रीय अध्यक्ष विष्णु प्रसाद भण्डारी, सह-कोषध्यक्ष दीपक खांड, सदस्य घनेन्द्र ईजम लिम्बु, पूर्व एनसीसी सदस्य गणेश अर्याल, NRNA सदस्य पासाङ शेर्पा, तुल्सी नेयोङ, प्रेम भण्डारी, सदस्य सचिव शुक्र मोक्तान, पर्यवेक्षक द्वय श्रीप्रसाद यावा लिम्बु र राजेन्द्र अर्याल रहेका थिए I
    संघले विज्ञप्ती मार्फत उक्त प्रतियोगितालाई प्रायोजन गरेका प्रायोजकहरू, स्वयंसेवकहरू, विवाद रहित तथा अनुशासित खेल खेलाएका रेफ्री र लाईनस मेनहरू, सहभागी फुटबल क्लबहरूलाई आयोजकका तर्फ बाट विशेष धन्यवाद ज्ञापन गरेका छन्।

    Posted in अर्थ, खेल, मुख्य खबरLeave a Comment on 2nd NRNA GOLD CUP-2024 भव्यताका साथ सम्पन्न

    ह्वात्तै बढ्यो सुनको मूल्य

  • १७ जेष्ठ २०८१, बिहीबार १०:५८ मा प्रकाशित
  • काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्यमा ह्वात्तै बढेको छ। अघिल्लो दिन प्रतितोला ६ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो ।  

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य २३ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँ कायम भएको छ ।  

    अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँ कायम थियो ।  

    त्यस्तै आज तेजावी सुनको मूल्य पनि २३ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ३८ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिन तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य ३० रुपैयाँले घट्दै प्रतितोला १ हजार ९०० रुपैयाँ कायम भएको छ ।

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on ह्वात्तै बढ्यो सुनको मूल्य

    राष्ट्रिय महिला फुटबल टिमलाइ यम तमु एक्लैले १० लाख नगद सहयोग ।

  • १९ फाल्गुन २०८०, शनिबार ००:३० मा प्रकाशित
  • समर्पण रम्जान

    जेद्दा साउदी अरब ! साउदी अरबको जेद्दामा बिगत दुई हप्ता देखि भइरहेको वाफ महिला च्याम्पियनसिप २०२४ का उप- बिजेता नेपाली राष्ट्रिय महिला फुटबल खेलाडी टिमका 23 खेलाडी लाई साउदी अरब रियाद स्थित लालिगुँरास नेपाली रेस्टुरेन्टका संचालक एवम् सबैमाझ चिरपरिचित समाज सेबि मनको धनी अनि सबै दुखि गरिबिका लागि सदैब अग्रपंक्तिमा रहनु हुने यम तमु आफ्नो ब्यक्तिगत तर्फबाट नेपाली महिला खेलाडीहरुको सम्मान तथा हौसला प्रोत्साहन लागि नेपाली रु १० लाख सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

    प्रीमियम र सेमिफाइनल खेलमा लगातार जित हासिल गर्दै २९ फेब्रुअरी २०२४ बिहिवार बेलुकी फाइनल खेलेको नेपाली टिमले खेलमा निकै प्रतिस्पर्धात्मक रुपमा खेलेर २-२ गोल बनाउन सफल भएपनि पेनाल्टी मिस गरि वाफ महिला च्याम्पियनसिप २०२४ को उप बिजेता बन्न पुगेको खेलाडी टिमहरुको सम्मान र हौसला प्रदान गर्नका लागि आफ्नो ब्यस्त समयका बाबजुद पनि बिहिवार बेलुकी नै रियाद देखी १२०० किलोमीटरको यात्रा गरि जेद्दा आएर खेलाडीहरुलाइ हौसला दिदै सम्मान स्वरुप १० लाख रुपैयाँ सहयोग रकम प्रदान गर्ने प्रतिबद्धता गर्नुभएको छ ।


    यम तमु ले यो सहयोग रकम आफ्नै ब्यक्तीगत रहेको र बिगतका दिनहरुमा पनि स्वदेश तथा बिदेशी भुमिमा धेरै नेपालीहरुलाइ सहयोग गर्दै आउनु भएको छ ।

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, ताजा अपडेट, मुख्य खबर1 Comment on राष्ट्रिय महिला फुटबल टिमलाइ यम तमु एक्लैले १० लाख नगद सहयोग ।

    नेपाल वायुसेवा निगमले काठमाडौंको सिनामंगलस्थित आफ्नै जग्गामा अत्याधुनिक भबन निर्माण गर्दै।

  • १३ माघ २०८०, शनिबार १९:३५ मा प्रकाशित
  • नेपाल वायुसेवा निगमले का.म.न.पा.वडा न ९ सिनामंगलस्थित आफ्नो ३४-१४-२-३ क्षेत्रफलमा फैलिएको जग्गामा बुट मोडलमा अतिआधुनिक केन्द्रीय कार्यलय भवन निर्माण गर्ने भएको छ।

    आज मिति २०८०/१०/१३ गते उक्त जग्गामा अत्याआधुनिक सुविधा सम्पन भवन निर्माण गर्नाका लागि माननीय साँस्कृतिक ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती र निगमका कार्यकारी अध्यक्ष श्री युवराज अधिकारी ज्यूवाट भुमि पुजन कार्यक्रम सम्पन्न भएको छ।

    यश विषयमा हामीले नेपाल वायुसेवा निगम कर्मचारी युनियन ( सिबिए) का पुर्व वरिष्ठ उपाध्यक्ष तथा सार्वजनिक संस्थान तथा प्रशासनविद् डा. ऋषिकेश पन्थीसँग संवाद गरेका थियौं ।

    उहाँले बताउनु भए अनुसार निगमले वुट मोडलमा वा सफ्ट लोन मार्फत निगम आफैले उक्त संरचना निर्माण गरि हाल निगमको न्युरोडमा रहेको केन्द्रीय कार्यलय स्थान्तरण गर्ने र उक्त स्थानमा समेत आधुनिक सुबिधासम्पन भवन निर्माण गरि कमर्सियल प्रयोजनमा दिईनेछ साथै सिनामंगलस्थित नयाँ बन्ने भवनमा निगमको केन्द्रीय कार्यलय स्थान्तरण गर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्ट भित्र महङ्गो भाँडा तिरेर राखिएका निगमका कार्यलयहरू समेत स्थान्तरण गरिनेछ।

    ईन फलाईट किचन तथा क्याटरिङ्ग सञ्चालन गर्ने,होटल सञ्चालन गर्ने,बाँकी स्पेश अन्य एयरलाइन्स ,ट्राभल्स एजेन्सी, तथा ब्यापारीक प्रयोजनका निमित्त दिईनेछ।जसवाट निगमकाे खर्चमा कटाैती हुनुको साथै निगमलाई थप आय आर्जन गर्न महत्त्वपूर्ण भुमिका निर्वाह गर्दछ।यतिमात्त्रै होईन निगमको देशभरिमा २३ स्थानमा रहेका जग्गाहरूको क्रमशः यसरीनै योजनाबद्धरूपमा उपयोग गर्दै लगिनेछ।

    त्यस अभियानको थालनी आज सिनामंगलवाट शुरूभईसकेको छ।हामी यसलाई निरन्तरता दिन्दै जान्छौ।यो हाम्रो निकै लामो समयदेखिको माग पनि हो । जसको फलरूप निगमका कार्यकारी अध्यक्ष ज्यू , माननीय मन्त्रीज्यू ,निगम ब्यवस्थापन, टेडयुनियनकर्मी साथीहरू र आम कर्मचारीहरूको अर्थक प्रयासले यो निर्माण गर्ने कार्यको शुभ-आरम्भ भएको छ। हामी निगमको सम्पुर्ण माननीय तथा भौतिक श्रोत तथा साधनलाई समुचित उपयोग गर्दै क्रमशः निगमको क्षमता तथा सक्षमता अभिवृद्धि गर्दै निगमलाई दक्षिण एसियाकै उत्कृष्ट वा नमुना एयरलाइन्सको रूपमा विकास गर्ने अभियानमा जुटिसकेका छाै।सरकार,राजनीतिकदल तथा आम नागरिकको साथ र सहयोग भयो भने यो सम्भब छ समेत भन्नू भयो !

    Posted in अर्थ, मुख्य खबर, राजनीति2 Comments on नेपाल वायुसेवा निगमले काठमाडौंको सिनामंगलस्थित आफ्नै जग्गामा अत्याधुनिक भबन निर्माण गर्दै।

    बिदेश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ

  • २३ कार्तिक २०८०, बिहीबार ०९:१७ मा प्रकाशित
  • काठमाडौँ | वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाइदिन्छु भन्दै १७ जनाबाट रु ३८ लाख रकमलिई ठगी गरेको अभियोगमा प्रहरीले एक जना महिलालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

    पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१० घर भई हाल काठमाडौँ नागार्जुन नगरपालिका–६ रामकोट बस्ने ३९ वर्षीय सुनिता कर्माचार्य रहेकी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

    उनका अनुसार पक्राउ परेकी कर्माचार्य समेतले मदनराज मोक्तानसमेत १७ जनालाई वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाइदिने तथा त्यसको लागि प्रतिव्यक्ति रु आठ लाख लाग्ने पोल्याण्ड पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने र मासिक रुएक लाख ५० हजार तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी जम्मा रु ३८ लाख रकम लिई सम्पर्कविहीन भई ठगी गरेको उजुरीका आधारमा मंगलबार पक्राउ गरिएको हो ।

    काठमाडौँ महानगरपालिका–२४ इन्द्रचोकबाट पक्राउ परेकी महिलालाई थप अनुसन्धान तथा कारबाहीको लागि मंगलबारै वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको प्रवक्ता रेग्मीले बताए ।

    Posted in अर्थ, मुख्य खबर, समाजLeave a Comment on बिदेश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ

    आयल निगमले पेट्रोल र डिजलको मूल्यमा ११ र ५ रुपैयाँ घटायो

  • २८ आश्विन २०८०, आईतवार २०:०० मा प्रकाशित
  • काठमाडौँ/नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ ।

    आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले मूल्य घटाएको हो । स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

    जसअनुसार डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटेको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ पर्नेछ भने डिजेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ पर्नेछ ।

    Posted in अर्थLeave a Comment on आयल निगमले पेट्रोल र डिजलको मूल्यमा ११ र ५ रुपैयाँ घटायो

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P