• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: बिज्ञान/प्रविधि

अविरल वर्षा र हावाहुरीले मधेशका किसानको सपना भत्कायो

  • १७ कार्तिक २०८२, आईतवार ०८:५१ मा प्रकाशित

  • उमेश कुशवाहा, वीरगञ्ज (पर्सा)

    चार दिनदेखिको अविरल वर्षा र हावाहुरीले मधेश प्रदेशका अधिकांश जिल्लामा ठुलो असर पारेको छ। किसानले खेतमा लगाएका धानबाली र तरकारीमा व्यापक क्षति पुगेको छ।

    पाकिसकेको धान थन्क्याउन नपाउँदै खेतमै भासिएपछि किसानहरू निराश बनेका छन्। हावाहुरीसहितको लगातार वर्षाले खेतमा ढलेको धान सड्न थालेको र तरकारी बाली पनि नष्ट भएको किसानहरूको गुनासो छ।

    पर्साका किसान शिवचन्द्र महतो भाबुक हुँदै भन्छन् — “एक पटक लगाएको धानले बर्षभरि खान पुग्थ्यो, तर यो अविरल वर्षा र हावाहुरीले खेतमै धान सोत्तर भयो। अब हाम्रो मेहनत र आशा दुवै माटोमा मिल्यो।”

    कृषि प्राविधिकहरूका अनुसार वर्षा र हावाहुरीका कारण खेतमा पानी जम्दा धानको गोडा कुहिने र उत्पादनमा ह्रास हुने अनुमान गरिएको छ।

    स्थानीय प्रशासन र कृषि ज्ञान केन्द्र वीरगञ्जले क्षतिको विवरण संकलन थालिएको कृषि ज्ञान केन्द्र वीरगञ्जका अधिकृत रामजीवन ठाकुरले बताए।

    Posted in बिज्ञान/प्रविधि, मुख्य खबर

    वीरगञ्जमा बाढीको प्रकोपः बस्ती डुबान, उद्धार र राहत कार्य जारी( तस्बिर सहित)

  • १९ आश्विन २०८२, आईतवार १४:२६ मा प्रकाशित
  • उमेश कुशवाहा वीरगञ्ज । लगातारको वर्षापछि सिर्सिया र तिलावे नदीमा पानीको बहाव तीव्र बन्दा वीरगञ्ज महानगरपालिकाका विभिन्न बस्तीहरू डुबानमा परेका छन् । वडा नम्बर ९, १०, ११, १३, १४,२३ र २४ का टोलहरूमा बाढीको पानी पसेर जनजीवन प्रभावित भएको छ ।

    सिर्सिया नदी ओभरफ्लो भएर बस्तीमा पसेको र तिलावे नदीको उर्लिँदो भेलले खेतबारी र आसपासका क्षेत्रहरू डुबानमा परेको स्थानीय प्रशासनले जनाएको छ ।

    महानगरको टोलीले डुबानग्रस्त क्षेत्रको स्थलगत अनुगमन गर्दै उद्धार र राहत कार्य तीव्र पारेको छ । विस्थापित परिवारहरूका लागि खानेपानी, आश्रय र राहत सामग्रीको व्यवस्था गर्न स्थानीय टोलीहरू परिचालित छन् ।

    महानगरले सिर्सिया र तिलावे नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ ।

    Posted in ताजा अपडेट, बिज्ञान/प्रविधि

    नेपालमा कम्पनी दर्ता प्रक्रिया अघि बढाउन मेटाले आवश्यक कागजात माग्यो

  • १९ भाद्र २०८२, बिहीबार १९:४२ मा प्रकाशित
  • काठमाडौं । सामाजिक सञ्जाल फेसबुक सञ्चालक संस्था मेटाले नेपालमा कम्पनी दर्ता प्रक्रियालाई औपचारिकता दिन आवश्यक कागजातहरूको सूची माग गरेको छ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार, मेटाका प्रतिनिधिले मंगलबार साँझ मन्त्रालयका विज्ञ सल्लाहकार शालिकराम पराजुलीलाई इमेलमार्फत आवश्यक कागजातबारे जानकारी मागेका हुन्।

    “पौने पाँच बजेतिर मेटाका प्रतिनिधिबाट मन्त्रीज्यूका विज्ञ सल्लाहकारलाई इमेल आएको रहेछ। त्यसलगत्तै हामीले पाँच मिनेटभित्रै कम्पनी दर्ताका लागि आवश्यक कागजातहरूको विवरण पठाइसकेका छौं,” प्रवक्ता ठाकुरले जानकारी दिए।

    नेपाल सरकारले सूचीकृत नभएका सामाजिक सञ्जालहरूलाई चरणबद्ध रूपमा प्रतिबन्ध गर्ने निर्णय गरेको छ। सो निर्णयसँगै नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट प्रदायक कम्पनीहरूलाई २६ वटा सामाजिक सञ्जाल संचालन रोक्न पत्राचार गरिसकेको छ।

    सामाजिक सञ्जाल नियमनसम्बन्धी सरकारी निर्णय कार्यान्वयनमा अघि बढेसँगै देशभर यसको प्रभावबारे चर्को बहस सुरु भएको छ। एकातर्फ सरकारले विधिसम्मत ढंगले सञ्चालनमा ल्याउने तयारीलाई महत्त्वपूर्ण कदमका रूपमा व्याख्या गरिएको छ भने अर्कोतर्फ सामाजिक सञ्जालमा यसको प्रभावबारे विभिन्न प्रतिक्रिया सार्वजनिक भइरहेका छन्। स्रोत : अनलाइन खबर

    Posted in बिज्ञान/प्रविधि

    कस्तो हुनेछ आइफोनको नयाँ संस्करण ?

  • ३ भाद्र २०८१, सोमबार ०२:४६ मा प्रकाशित
  • काठमाडौं । एप्पलले आफ्नो आइफोनको नयाँ संस्करण आइफोन १६ सिरिज सार्वजनिक गर्न अब करीब १ महिना मात्रै बाँकी छ । यद्यपि उसले ठ्याक्कै तिथिमिति भने सार्वजनिक गरिसकेको छैन ।

    तथापि सार्वजनिक भएको एक समाचार अनुसार आगामी सेप्टेम्बर १० मा आइफोन १६ सिरिज सार्वजनिक गर्नका लागि एप्पलले विशेष समारोह आयोजना गर्नेछ ।

    एप्पलले हरेक वर्ष सेप्टेम्बरमै आफ्नो नयाँ आइफोन लञ्च गर्ने गर्दछ । कम्पनीले आफ्ना आइफोनका अधिकांश पछिल्ला मोडेलहरुको घोषणा सेप्टेम्बरको दोश्रो वा तेश्रो हप्तामै गर्ने गरेको छ ।

    यसैबीच एप्पलको आगामी नयाँ आइफोन संस्करण एप्पल १६ सिरिजमा हुने विभिन्न फिचर्सका बारेमा केही समाचारहरु चुहिसकेका छन् ।

    डिजाइनमा कस्तो हुनेछ परिवर्तन ?

    गत वर्ष एप्पलले आइफोन १५ मा पन्चहोल डिजाइन पेश गरेको थियो भने प्रो मोडेलमा एक्सन बटन जोडेको थियो । यो वर्ष कम्पनीले फोटोग्राफी अनुभवलाई उत्कृष्ट बनाउनका लागि एउटा क्याप्चर बटन पनि थप्न सक्नेछ । यसले जुमिङ फङ्सन वा क्विक क्यामेरा शटरको रुपमा काम गर्नमा सहयोग गर्ने बताइएको छ ।

    आइफोन १६ को लिक भएको तस्वीरबाट पत्ता लाग्दछ कि एप्पलले ब्याक क्यामेरा सेन्सरको स्थान पनि बदलेको छ । साथै डुअल क्यामेरा सेटअपलाई भर्टिकल क्यामेरा लेआउटमा देखिएको छ ।

    एप्पलले आफ्नो नयाँ मोडेलको आइफोनमा एउटा थप गुलाबी रंगको पनि घोषणा गर्न सक्ने र पहेँलो रंगको आइफोन मोडेल नल्याउने सम्भावना छ ।

    सार्वजनिक भएको समाचार अनुसार आइफोन १६ तथा आइफोन १६ प्लस चाहिँ कालो, हरियो, गुलाबी र सेतो गरी चारवटा रंगमा उपलब्ध हुनेछ ।

    कस्तो हुनेछ डिस्प्ले ?

    एप्पलका केही आइफोन मोडेलको डिस्प्लेको आकारमा पनि वृद्धि गर्ने योजना बनाइरहेको छ । समाचार अनुसार आइफोन १६ प्रो मोडेलको स्क्रिनको आकार ६.३ इन्चको हुनेछ । प्रो म्याक्स मोडेलको स्क्रिनको आकार ६.७ बाट बढेर ६.९ इन्चको हुनेछ ।

    नयाँ चिपसेट र अन्य फिचर्स

    आइफोन १६ सिरिजमा नयाँ ए १८ चिपसेट हुने बताइएको छ । यो सिरिजका सबै मोडेलमा ८ जिबीको र्याम हुनेछ, जसले नयाँ एप्पल इन्टेलिजेन्स फिचर्सलाई सपोर्ट गर्नेछ ।

    एप्पलले आइफोन १६ सिरिजका लागि ग्राफीन थर्मल सिस्टममा काम गरिरहेको बताइएको छ । जसमा प्रो मोडेलमा मेटल ब्याट्री हुनेछ ताकि अधिक तात्ने समस्या नहोस् ।

    आइफोन १६मा ३५६१ मिलिएम्पियर आवर क्षमताको ब्याट्री हुनेछ । त्यस्तै आइफोन १६ प्लसमा ४००६ मिलिएम्पियर आवरको ब्याट्री हुने बताइएको छ ।

    त्यसैगरी आइफोन १६ प्रोमा ३५७७ मिलिएम्पियर आवर र प्रो म्याक्स मोडेलमा ४६७६ मिलिएम्पियर आवर क्षमताको ब्याट्री रहने छ । आइफोन १६ सिरिजमा ४० वाटको तारयुक्त चार्जिङ र २० वाटको म्यागसेफ चार्जिङ फिचर हुनेछ ।

    कस्तो हुनेछ क्यामेरा ?

    एप्पलले आफ्नो नयाँ आइफोनको क्यामेराका लागि एन्टी रिफ्लेक्टिभ अप्टिकल कोटिङ प्रविधिको परीक्षण गरिरहेको छ । यसले लेन्स फ्लेयर तथा घोस्टिङ जस्ता अवरोधलाई कम गरेर फोटोको गुणस्तरमा सुधार गर्नेछ ।

    आइफोन १६ प्रो मोडेलमा ४८ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा लेन्स हुनेछ । जसबाट कम प्रकाशमा पनि उच्च गुणस्तरीय तस्वीर खिच्न सकिनेछ ।

    त्यस्तै ४८ मेगापिक्सेलको एचय Pro RAW वाइड लेन्स रहने छ । आइफोन १६ प्रो म्याक्समा सुपर टेलिफोटो पेरिस्कोप क्यामरा पनि हुनसक्ने बताइएको छ ।

    Posted in अर्थ, बिज्ञान/प्रविधि, मुख्य खबर3 Comments on कस्तो हुनेछ आइफोनको नयाँ संस्करण ?

    एनआरएनएको महिला उपाध्यक्षमा यासमीन बेगम सैयदको पुनः उम्मेदवारी दिने ।

  • १३ भाद्र २०८०, बुधबार १५:३४ मा प्रकाशित
  • ३० अगस्ट २०२३, साउदी अरब ! गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको २०२३-२५ कार्यकालका लागि महिला उपाध्यक्षमा साउदी अरबबाट यासमीन बेगम सैयदको पुनः उम्मेदवारी दिने भएकी छन् ।

    वर्तमान कार्यसमितिको महिला उपाध्यक्षमा रहेर मध्यपुर्व क्षेत्रहरूका अनगिन्ती श्रमिक समस्याहरु समाधान देखि महिलाहरुको हक हित तथा अन्य संघ संस्था र सरकारी निकाय नियोग, उप नियोग हरुसितको समन्वयमा थुप्रै सामाजिक सेवाका कामहरु सफलताका साथ सम्पन्न गर्दै आफ्नो २०२१-२३ कार्यकाल सफलता पुर्वक सम्पन्न गरेकि महिला उपाध्यक्ष पुन २०२३-२५ कार्यकालका लागि पनि सोही पदमा उम्मेदवारी दिएकी छन् ।

    एक दशक भन्दा लामो समयदेखि संस्थामा आवद्ध भएर विभिन्न पदमा रहेर अनुकरणीय योगदान दिनुभएकी बेगम बिस्वभरिनै एक सकृय सामाजिक अभियन्ताका रुपमा परिचित छन् ।
    संघको आगामी अक्टोवर दोस्रो साता काठमाण्डौंमा हुने ११ औं महाधिवेसनमा उनले महिला उपाध्यक्षमा पुनः उम्मेदवारी दिने भएकी हुन् ।
    २१-२३ कार्यकालमा निर्विरोध भएकी यास्मिन यो पटक पनि निर्विरोध हुने सम्भावना रहेको छ ।

    Posted in अन्तर्राष्ट्रिय, बिज्ञान/प्रविधि, मुख्य खबर, समाजLeave a Comment on एनआरएनएको महिला उपाध्यक्षमा यासमीन बेगम सैयदको पुनः उम्मेदवारी दिने ।

    डा रुइतलाई बहराइनमा ‘इसा अवार्ड’ प्रदान

  • १० फाल्गुन २०७९, बुधबार ११:१८ मा प्रकाशित
  • तिलगङ्गा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक तथा वरिष्ठ आँखा रोग विशेषज्ञ डा सन्दुक रुइत ‘इसा अवार्ड’बाट सम्मानित हुनुभएको छ ।

    बहराइनमा आयोजित कार्यक्रममा बहराइनका राजा सेख हमद विन इसा अल खालिफाले उहाँलाई अवार्र्ड प्रदान गर्नुभएको प्रतिष्ठानका जनसम्पर्क अधिकृत सुनिता केसीले जानकारी दिनुभयो । उहाँका अनुसार बहराइनका राजा अल खालिफाले डा रुइतलाई १० लाख डलर बराबरको उक्त अवार्र्डसहित सम्मानपत्र प्रदान गर्नुभएको हो ।

    ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले उहाँलाई आँखा उपचार गरेर अन्धोपन हटाउन खेलेको भूमिकाको योगदान गर्दै अवार्र्ड प्रदान गरेको हो । गत माघ महिनामा डा रुइतलाई उक्त संस्थाले इसा अवार्र्ड दिने घोषणा गरेको थियो ।

    उक्त अवार्डका लागि एक सय ४५ व्यक्ति तथा संस्थाले मनोनयनमा दर्ता गराएका थिए । अन्तिम छ व्यक्ति तथा संस्थाको सूचीमा परेर उहाँ छनोट हुनुभएको हो । बहराइनका राजा सेख हमद विन इसा अल खालिफाले सन् २००९ मा पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापना गरेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले अवार्ड प्रदान गर्दै आएको छ ।

    डा रुइतले मोतियाविन्दु उपचार गर्ने सरल विधि विकास गर्नुभएको छ । उहाँले प्रतिष्ठानमा अन्धोपन हटाउनका लागि आँखामा हाल्ने अन्तर्राष्ट्रियस्तरको लेन्स ‘इन्ट्राअकुलर लेन्स’ उत्पादन गर्दै आउनुभएको छ ।

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, बिज्ञान/प्रविधि, मुख्य खबरLeave a Comment on डा रुइतलाई बहराइनमा ‘इसा अवार्ड’ प्रदान

    इन्जा फोटो पत्रकारिता पुरस्कार श्रेष्ठ द्धयलाई

  • ६ फाल्गुन २०७९, शनिबार ०८:४० मा प्रकाशित
  • नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सन्जाल (इन्जा)ले यस बर्ष देखि शुरु गरेको इन्जा फोटो पत्रकारिता पुरस्कार लामो समयदेखि कार्यरत २ जना फोटो पत्रकारलाई प्रदान गर्ने निर्णय गरेको छ ।
    फोटो पत्रकारिताको माध्यमद्धारा नेपाली समाज तथा आम नागरिकलाई सुसूचित गराउदै आउनु भएका बरिष्ठ फोटो पत्रकार नरेन्द्र श्रेष्ठ र सुरेशकुमार श्रेष्ठ ( सुरज श्रेष्ठ)लाई प्रदान गर्ने निर्णय गरेको इन्जा ग्लोवलका अध्यक्ष गुणराज लुइटेलले जानकारी दिनुभयो ।

    बिस २०५२ सालदेखि नेपाल समाचारपत्रबाट फोटो पत्रकारिता शुरु गर्नु भएका नरेन्द्र श्रेष्ठले कान्तिपुर पव्लिकेस, लस एन्जलस टाइम्स, न्यूर्योक टाइम्स, टाइम्स म्यागजिन,गार्डियन डेली, टेलिग्राफ युके, इन्डिपेन्डेन्ट युके, फाइनान्सियल टाइम्स, वालस्ट्रीट जर्नल,द टाइम्स लण्डन,डाइ वेल्ट,नेशनल ज्योग्राफी, वाशिंगटन पोष्ट लगायतका संचार माध्यममा काम गरी सक्नु भएको छ ।

    त्यसै गरी पुरस्कृत हुने अर्का फोटो पत्रकार सुरेशकुमार श्रेष्ठ( सुरज श्रेष्ठ) ले पोखरालाई आफ्नो कार्यक्षेत्र बनाएर फोटो पत्रकारितालाई निरन्तरता दिदै आउनु भएको छ । २०६२ सालबाट फोटो पत्रकारितमा संलग्न रहनु भएका श्रेष्ठ बिभिन्न सामाजिक संघ संस्थामा समेत आवद्ध रहेर सामाजिक क्षेत्रमा समेत आफ्नो पहिचान बनाउन सफल हुनु भएको छ ।

    ५०– ५० हजार राशीको उक्त पुरस्कार नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सन्जाल (इन्जा) को स्थापना दिवस मार्च १ अर्थात फागुन १७ गते प्रदान गरिने भएको छ ।

    Posted in अन्तर्राष्ट्रिय, बिज्ञान/प्रविधि, मुख्य खबरLeave a Comment on इन्जा फोटो पत्रकारिता पुरस्कार श्रेष्ठ द्धयलाई

    आज चन्द्र ग्रहण नेपालबाट १ घण्टा २३ मिनेट ग्रहण देखिनेछ ।

  • २२ कार्तिक २०७९, मंगलवार ०९:४५ मा प्रकाशित
  • File photo

    काठमाडौं ।

    आज बेलुकी ५ बजेर ११ मिनेटमा चन्द्रग्रहण सुरु हुने र ५ बजेर २७ मिनेटमा क्षिण (हराउने) हुँदै जानेछ । यस्तै, चन्द्रग्रहणले ६ बजेर ३४ मिनेटमा मोक्ष दिने ज्योतिष सुरेन्द्र रिजालले जानकारी दिए ।

    यस ग्रहणलाई ग्रस्तोदित चन्द्रग्रहण पनि भनिन्छ । चन्द्रोदयसँगै सुरु हुने र करिब एक घण्टा २३ मिनेटसम्म लाग्ने यो ग्रहणलाई शुभ ग्रहणको रुपमा पनि लिन सकिन्छ । नेपालबाट १ घण्टा २३ मिनेट ग्रहण देखिने छ। कात्तिक महिनामा दुई वटा मंगलबारमा लागेको यो ग्रहणमा स्नान गर्दा राम्रो हुने ज्योतिष रिजालले बताए ।

    सूर्यग्रहणको सुतक १२ घण्टा अगावै लाग्ने गर्दछ भने चन्द्रग्रहणको नौ घण्टा अघिदेखि सुतक लाग्छ । मंगलबार बिहान ८ः११ बजेदेखि बाल, वृद्ध र बिरामी (अशक्त) बाहेकलाई भोजन निषेध गरिएको ज्योतिष रिजालले बताए ।

    ग्रस्तोदित खग्रास चन्द्रग्रहण भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई अति कष्टदायक रहेको ज्योतिष रिजालले बताए । चन्द्रग्रहणले मेष राशिलाई घात, वृष राशिलाई व्यय, मिथुन राशिलाई लाभ, कर्कट राशिलाई सुख, सिंह राशिलाई माननाश, कन्या राशिलाई कष्ट फल दिने योग रहेको, तुला राशिलाई स्त्रीपीडा, वृश्चिक राशिलाई सुख, धनु राशिलाई चिन्ता, मकर राशिलाई व्यथा, कुम्भ राशिलाई श्रीप्राप्ति र मीन राशिलाई क्षतिको फल मिल्ने पनि उनले बताए ।

    ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा निकै फलदायी पनि हुने उनले बताए । चन्द्रग्रहण पूर्ण रुपमा लाग्न नपाउँदै सकिने भएकोले यसको असर पनि कम हुने देखीन्छ । औंसीमा सूर्यग्रहण र पूर्णिमामा चन्द्रग्रहण लाग्छ।

    Posted in बिज्ञान/प्रविधिLeave a Comment on आज चन्द्र ग्रहण नेपालबाट १ घण्टा २३ मिनेट ग्रहण देखिनेछ ।

    नेपाली साझा मंच साउदीद्वारा पर्वतकी मिर्गौला तथा क्यान्सर पीडितलाइ गर्‍यो आर्थिक सहयोग ।

  • २४ आश्विन २०७९, सोमबार २३:३७ मा प्रकाशित
  • समर्पण रम्जान

    साउदी अरब ! नेपाली साझा मंच साउदी अरबको पहलमा पर्वतको कुश्मा नगरपालिका वडा नंं १कि दुबै मिर्गौला फेल राजकुमारी सार्की र कुश्मा-२ कि छाला क्यान्सर पीडित दिपा पाद्य्यलाई आर्थिक सहयोग गरेको छ।

    ज्याला मजदुरीकाे भरमा आफ्नो दैनिकी चलाउदै आईरहेका, विगत ३ महिना अगाडि देखि दुवै मिर्गौलामा समस्या देखिएका पर्वतका सार्कीको उपचारको लागि ८/१० लाख खर्च लाग्ने भएपछि आर्थिक समस्या परेपछि संस्थाले सहयोग गरेको छ ।

    त्यसैगरी सोही पर्वत जिल्लाकै अर्का छालाको क्यान्सर पीडित पाध्यको उपचारमा पनि आर्थिक समस्या भएको र उहाँको श्रीमान मानसिक रोगी भएको जानकारी प्राप्त भएपछि दुबै पीडितको बारे बुझी मन्चको खोवर संयोजक भरत पौडेलको नेतृत्वमा अभियान संचालन गरि पीडितलाई आर्थिक सहयोग गरिएको संस्थाले जनाएको छ ।

    संस्थाले मृगौला पीडित सार्कीलाई ने रु १२ हजार र क्यान्सर पीडित पाद्य्यलाई ने रु २० हजार आर्थिक सहयोग गरेका छ । पीडित दुबैलाई रेमिट गरि रकम हस्तान्तरण भैसकेको पनि संस्थाले जानकारी गराएको छ ।

    पीडित दुबै जना सार्की र पाध्य दम्पतीको सिघ्र स्वास्थ्य लाभको कामना सहित आर्थिक सहयोग गरि मानवीयता व्यक्त गर्नु हुने खोवर संयोजक पौडेल तथा एफपिआईमा कार्यरत दाजुभाइ लगायत सम्पूर्ण सहयोगी मनहरुमा नेपाल साझा मन्च साउदीले हार्दिक आभार व्यक्त गरेको छ ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, बिज्ञान/प्रविधिLeave a Comment on नेपाली साझा मंच साउदीद्वारा पर्वतकी मिर्गौला तथा क्यान्सर पीडितलाइ गर्‍यो आर्थिक सहयोग ।

    आजदेखि सुरु भयो एमडीएमएस, दर्ता नभएका मोबाइल नचल्ने

  • ३० भाद्र २०७९, बिहीबार ११:०२ मा प्रकाशित
  • ३० भदौ, काठमाडौं।नेपाल दुरसञ्चार प्राधिकरणले आजदेखि मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सुरु गरेको छ ।

    नेपालमा गैरकानुनी रुपमा भित्रिने मोबाइल फोनहरूको अनधिकृत आयात नियन्त्रण गर्न आजदेखि यो प्रणाली कार्यान्वयनमा आएको प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणका अनुसार एमडीएमएस प्रणाली अनधिकृत रुपमा मोबाइल फोनहरु नेपालमा प्रवेशमा नियन्त्रण गर्ने उच्च प्रविधि हो । यसको ‍औपचारिक सार्वजनिक भने दिउँसो सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गर्नेछन् ।

    यो प्रणाली कार्यान्वयन भएसँगै नेपाल भित्रिने सबै मोवाइल दर्ता गर्नुपर्नेछ । यदि दर्ता नभएको खण्डमा नेपालीमा ती मोवाइल सञ्चालन हुने छैन ।

    प्राधिकरणका अनुसार यो प्रणाली लागू हुनुभन्दा अघिका मोवाइल स्वत: दर्ता हुनेछन् भने आज (बिहीबार)पछि भित्रिने सबै मोबाइलमा दर्ता गर्नुपर्ने छ ।

    मोवाइल खरिद गर्दा यो प्रणालीमा दर्ता भए नभएको यकिन गरेर मात्रै खरिद गर्न प्राधिकरणले सूचित गरेको छ । त्यसका लागि MDMS.nta.gov.np मा गएर हेर्न सकिनेछ ।

    मोबाइल आयताकर्ता र बिक्रेतालाई पनि प्राधिकरणले स्वीकृत लिई दर्ता भएका मोबाइलमात्रै बिक्री गर्न निर्देशन दिएको छ ।

    यो प्रणाली सुरु भएसँगै मोबाइल सेटको ट्रयाकिङ/ब्लकिङ गरी नेपालभित्र त्यस्ता मोबाइल नचल्ने ब्यवस्था गर्न सकिने प्राधिकरणको भनाइ छ ।जसले अपराध न्युनिकरणमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।

    Posted in अर्थ, बिज्ञान/प्रविधि, मुख्य खबरLeave a Comment on आजदेखि सुरु भयो एमडीएमएस, दर्ता नभएका मोबाइल नचल्ने

    Posts navigation

    Older posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P