• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: अर्थ

नेपाल वायुसेवा निगमले काठमाडौंको सिनामंगलस्थित आफ्नै जग्गामा अत्याधुनिक भबन निर्माण गर्दै।

  • १३ माघ २०८०, शनिबार १९:३५ मा प्रकाशित
  • नेपाल वायुसेवा निगमले का.म.न.पा.वडा न ९ सिनामंगलस्थित आफ्नो ३४-१४-२-३ क्षेत्रफलमा फैलिएको जग्गामा बुट मोडलमा अतिआधुनिक केन्द्रीय कार्यलय भवन निर्माण गर्ने भएको छ।

    आज मिति २०८०/१०/१३ गते उक्त जग्गामा अत्याआधुनिक सुविधा सम्पन भवन निर्माण गर्नाका लागि माननीय साँस्कृतिक ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती र निगमका कार्यकारी अध्यक्ष श्री युवराज अधिकारी ज्यूवाट भुमि पुजन कार्यक्रम सम्पन्न भएको छ।

    यश विषयमा हामीले नेपाल वायुसेवा निगम कर्मचारी युनियन ( सिबिए) का पुर्व वरिष्ठ उपाध्यक्ष तथा सार्वजनिक संस्थान तथा प्रशासनविद् डा. ऋषिकेश पन्थीसँग संवाद गरेका थियौं ।

    उहाँले बताउनु भए अनुसार निगमले वुट मोडलमा वा सफ्ट लोन मार्फत निगम आफैले उक्त संरचना निर्माण गरि हाल निगमको न्युरोडमा रहेको केन्द्रीय कार्यलय स्थान्तरण गर्ने र उक्त स्थानमा समेत आधुनिक सुबिधासम्पन भवन निर्माण गरि कमर्सियल प्रयोजनमा दिईनेछ साथै सिनामंगलस्थित नयाँ बन्ने भवनमा निगमको केन्द्रीय कार्यलय स्थान्तरण गर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्ट भित्र महङ्गो भाँडा तिरेर राखिएका निगमका कार्यलयहरू समेत स्थान्तरण गरिनेछ।

    ईन फलाईट किचन तथा क्याटरिङ्ग सञ्चालन गर्ने,होटल सञ्चालन गर्ने,बाँकी स्पेश अन्य एयरलाइन्स ,ट्राभल्स एजेन्सी, तथा ब्यापारीक प्रयोजनका निमित्त दिईनेछ।जसवाट निगमकाे खर्चमा कटाैती हुनुको साथै निगमलाई थप आय आर्जन गर्न महत्त्वपूर्ण भुमिका निर्वाह गर्दछ।यतिमात्त्रै होईन निगमको देशभरिमा २३ स्थानमा रहेका जग्गाहरूको क्रमशः यसरीनै योजनाबद्धरूपमा उपयोग गर्दै लगिनेछ।

    त्यस अभियानको थालनी आज सिनामंगलवाट शुरूभईसकेको छ।हामी यसलाई निरन्तरता दिन्दै जान्छौ।यो हाम्रो निकै लामो समयदेखिको माग पनि हो । जसको फलरूप निगमका कार्यकारी अध्यक्ष ज्यू , माननीय मन्त्रीज्यू ,निगम ब्यवस्थापन, टेडयुनियनकर्मी साथीहरू र आम कर्मचारीहरूको अर्थक प्रयासले यो निर्माण गर्ने कार्यको शुभ-आरम्भ भएको छ। हामी निगमको सम्पुर्ण माननीय तथा भौतिक श्रोत तथा साधनलाई समुचित उपयोग गर्दै क्रमशः निगमको क्षमता तथा सक्षमता अभिवृद्धि गर्दै निगमलाई दक्षिण एसियाकै उत्कृष्ट वा नमुना एयरलाइन्सको रूपमा विकास गर्ने अभियानमा जुटिसकेका छाै।सरकार,राजनीतिकदल तथा आम नागरिकको साथ र सहयोग भयो भने यो सम्भब छ समेत भन्नू भयो !

    Posted in अर्थ, मुख्य खबर, राजनीति2 Comments on नेपाल वायुसेवा निगमले काठमाडौंको सिनामंगलस्थित आफ्नै जग्गामा अत्याधुनिक भबन निर्माण गर्दै।

    बिदेश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ

  • २३ कार्तिक २०८०, बिहीबार ०९:१७ मा प्रकाशित
  • काठमाडौँ | वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाइदिन्छु भन्दै १७ जनाबाट रु ३८ लाख रकमलिई ठगी गरेको अभियोगमा प्रहरीले एक जना महिलालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

    पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१० घर भई हाल काठमाडौँ नागार्जुन नगरपालिका–६ रामकोट बस्ने ३९ वर्षीय सुनिता कर्माचार्य रहेकी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

    उनका अनुसार पक्राउ परेकी कर्माचार्य समेतले मदनराज मोक्तानसमेत १७ जनालाई वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाइदिने तथा त्यसको लागि प्रतिव्यक्ति रु आठ लाख लाग्ने पोल्याण्ड पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने र मासिक रुएक लाख ५० हजार तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी जम्मा रु ३८ लाख रकम लिई सम्पर्कविहीन भई ठगी गरेको उजुरीका आधारमा मंगलबार पक्राउ गरिएको हो ।

    काठमाडौँ महानगरपालिका–२४ इन्द्रचोकबाट पक्राउ परेकी महिलालाई थप अनुसन्धान तथा कारबाहीको लागि मंगलबारै वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको प्रवक्ता रेग्मीले बताए ।

    Posted in अर्थ, मुख्य खबर, समाजLeave a Comment on बिदेश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ

    आयल निगमले पेट्रोल र डिजलको मूल्यमा ११ र ५ रुपैयाँ घटायो

  • २८ आश्विन २०८०, आईतवार २०:०० मा प्रकाशित
  • काठमाडौँ/नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ ।

    आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले मूल्य घटाएको हो । स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

    जसअनुसार डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटेको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ पर्नेछ भने डिजेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ पर्नेछ ।

    Posted in अर्थLeave a Comment on आयल निगमले पेट्रोल र डिजलको मूल्यमा ११ र ५ रुपैयाँ घटायो

    अब नेपाल फर्किंदा अरूको सामान लिएर आए कारबाही

  • १८ आश्विन २०८०, बिहीबार ११:२२ मा प्रकाशित
  • काठमाडौं । दसैंमा नेपाल फर्किनेहरूले विमानस्थलमा भेटेका व्यक्तिको आग्रहका आधारमा मोबाइल, ल्यापटप, सुनलगायतका सामग्री सँगै ल्याएको खण्डमा जफत गरिने भएको छ । श्रम स्वीकृति लिएर विदेशमा काम गरेर नेपाल फर्किनेहरूका लागि मात्र छुट दिएको कानुनी प्रावधान दुरुपयोग गर्ने प्रवृत्ति बढेकाले त्यसलाई निरुत्साहित पार्न कडाइ गर्न लागेको भन्सार विभागले जनाएको छ ।

    यात्रुहरूले कानुनी व्यवस्थाविपरीत सामान ल्याएमा माल वस्तु जफत गरिने र सोको दोब्बर मूल्यबराबर जरिमाना तथा कैद सजायसमेत हुने जनाएको छ । व्यक्तिगत प्रयोगका सामानबाहेक अन्य व्यक्तिको सामान र कानुनले प्रतिबन्ध गरेका मालसामान ल्याएमा कानुनअनुसार कारबाही गर्ने चेतावनी त्रिभुवन विमानस्थल भन्सार कार्यालयले गरेको हो !

    भन्सार विभागले कानुनले छुट दिएका व्यक्तिगत प्रयोगका सामानबाहेक अन्य व्यक्तिको सामान र नेपालको कानुनले प्रतिबन्ध गरेका मालसामान नल्याउनु पनि अनुरोध गरेको छ ।

    विगतमा विभिन्न मुलुकबाट स्वदेश फर्कंदा विदेशका विमानस्थलमा केही व्यक्ति तथा समूहले विभिन्न प्रलोभन देखाई विभिन्न मालसामान नेपालको विमानस्थलसम्म पु¥याइदिनु र विमानस्थलमा आफ्नो मान्छेले लिन आउने भनेर दिएर पठाउने गर्दै आएका थिए ।

    यसपालि मोटरसाइकलको बे्रक सुको आवरणमा एक क्विन्टल सुन भित्रिएपछि झस्किएको विमानस्थलसहित भन्सार कार्यालयले विभिन्न आवरणमा अवैध सामान भित्रिएला र सोझासिधा फस्ला भनेर अग्रिम रूपमा स्वदेश फर्किनेलाई चेतावनी दिएको हो ।

    विमानस्थलस्थित भन्सार कार्यालयका अनुसार साउदी अरब, युनाइटेड अरब इमिरेट्स, कतार, हङकङ, थाइलैन्ड तथा मलेसियाका अन्तर्राष्ट्रिय विमानस्थल तथा आसपासबाट केही अपरिचित व्यक्तिले मेरो घरको सामान हो, मेरो आफन्त त्रिभुवन विमानस्थलमा लिन आउँछन् र लगेबापत केही पैसा दिन्छु भनेर प्रलोभनमा पारी ल्यापटप, मोबाइल, सुन, घडी आदि पठाउने गरेका छन् ।

    कार्यालयका अनुसार यसरी त्यस्ता मालवस्तु ल्याउने व्यक्ति कानुनी कारबाहीमा पर्ने घटना बढ्दै गएको छ । यो समाचार राजधानी दैनिकमा छ ।

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबरLeave a Comment on अब नेपाल फर्किंदा अरूको सामान लिएर आए कारबाही

    आजको विदेशी मुद्रा विनिमय दर, बेलायती पाउन्ड १६५ रूपैयाँ बढी

  • ३१ भाद्र २०८०, आईतवार १०:२२ मा प्रकाशित
  • काठमाडौ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

    जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

    नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ८० पैसा र बिक्री दर १३३ रुपैयाँ ४० पैसा कायम गरिएकाे छ भने युराेपियन युरो एकको खरिद दर १४१ रुपैयाँ ६७ पैसा र बिक्री दर १४२ रुपैयाँ ३१ पैसा कायम गरिएकाे छ ।

    बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ १२ पैसा र बिक्री दर १६५ रुपैयाँ ८७ पैसामा खरिदबिक्री हुदाँ अष्ट्रेलियन डलर खरिदमा ८५ रुपैयाँ ७ पैसा र बिक्रीदर ८६ रुपैयाँ ८ पैसामा तथा क्यानेडियन डलर खरिदमा ९८ रुपैयाँ ३ पैसा, बिक्रीदर ९८ रुपैयाँ ७५ पैसामा काराेबार हुनेछ ।

    जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९८ पैसा र बिक्रीदर ९ रुपैयाँ २ पैसामा काराेबार भइरहदाँ दक्षिण काेरिया १०० को खरिदमा ९ रूपैयाँ ९९ पैसा र बिक्रीदर १० रूपैयाँ ४ पैसामा काराेबार हुनेछ ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ५९ पैसामा काराेबार गर्न सकिने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४ रुपैयाँ र बिक्री दर ३५.५६ रुपैयाँमा तथा मलेसियन रिंगिट एकको खरिद दर २८.३५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४८ रुपैयाँमा काराेबार गर्न अनुमति दिएकाे छ ।

    साथै, कुवेत दिनार १ को खरिदमूल्य ४२९.८२ पैसा र विक्रीदर ४३१.७६ पैसा पुगेकाे छ ।

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on आजको विदेशी मुद्रा विनिमय दर, बेलायती पाउन्ड १६५ रूपैयाँ बढी

    नेपाल वायु सेवा निगमले सुरु गर्‍यो साउदी अरेबियाको दमाममा नियमित उडान

  • २१ भाद्र २०८०, बिहीबार १८:५१ मा प्रकाशित
  • काठमाडौं । नेपाल वायु सेवा निगमले साउदी अरेबियाको दमाममा नियमित उडान सुरु गरेको छ । निगमले बुधबार (भदौ २०) देखि काठमाडौंबाट साउदी अरेबियाको दममामा नियमित उडान सुरु गरेको एक विज्ञप्तिमार्फत जानकारी गराएको हो ।

    निगमको पहिलो उडान बुधबार राति १० बजेर ४० मिनेटमा भएको थियो । उक्त उडानमा १२६ जना यात्रु थिए भने फर्किदाँ ११७ जना यात्रु रहेका थिए । काठमाडौं-दमाम-काठमाडौं सेक्टरमा निगमले हप्ताको दुई दिन बुधबार र शनिबार उडान गर्ने निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । उनका अनुसार निगले आगामी दिनमा उडानको संख्या बढाउँदै लैजाने छ ।

    निगमको कार्यालय र निगमको वेबसाइटबाट अनलाइन तथा ट्राभल एजेन्सीमार्फत हवाइ टिकट लिन सकिने निगमले जनाएको छ ।

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबरLeave a Comment on नेपाल वायु सेवा निगमले सुरु गर्‍यो साउदी अरेबियाको दमाममा नियमित उडान

    अब वैदेशिक रोजगारमा ज्यान गुमाउनेलाई सरकारले १५ लाख रुपैयाँ दिने

  • २५ श्रावण २०८०, बिहीबार ११:४१ मा प्रकाशित
  • सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले वैदेशिक रोजगार बोर्डबाट पाउने सेवा सुविधामा वृद्धि गर्ने भएको छ ।

    वैदेशिक रोजगारीमा श्रम गर्न जाने श्रमिकहरु विदेशमा नै मृत्यु वा अंगभङ्ग भएमा वैदेशिक रोजगार बोर्डबाट पाउने सेवा सुविधामा वृद्धि गर्ने भएको हो । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई वि.स.२०६७ सालमा दिने सुविधा अहिले समयअनकुल नभएको भन्दै वृद्धि गर्ने वैदेशिक रोजगार बोर्डले निर्णय गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले बताए।

    उनले बुधबार वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धमा पत्रकारहरुसँगको छलफल कार्यक्रम बोल्दै वैदेशिक रोजगारीमा गएका श्रमिकहरुको विदेशमा नै मुत्यु भएमा दिने ७ लाखलाई वृद्धि गरी १५ लाख पुर्‍याउने तयारी रहेको बताए।

    उनले मृतकको सन्ततीलाई प्रदान गरिने शैक्षिक छात्रावृत्ति ८ लाख र १२ लाख प्रतिवर्ष रहेकामा १२ हजार ५ सय र १६ हजार ५ सय प्रतिवर्ष बनाउने निर्णय भएको बताए। उनले अवैधानिक रुपमा वैदेशिक रोजगारमा गएर विदेशमा मुत्यु हुनेहरुले पाउने २५ हजारलाई पनि उल्लेख्य बनाउने योजना सरकारको रहेको बताए। उनले त्यसलाई नियममा संशोधन गर्नुपर्ने भएकाले संशोधनको लागि मन्त्री परिषद्मा लग्ने तयारी रहेको बताए।

    उनले भने, ‘नेपालमा रोजगारीको कति आवश्यकता छ भन्ने कुरा विभिन्न ठाउँको रोजगारीको लागि आवेदन दिनेहरुको अवस्था देखेर थाहा भएको छ । सरकारले वैदेशिक रोजगारीमा जानेहरुलाई कसरी कम पैसामा पठाउने र कसरी सुरक्षित रुपमा पठाउने एउटा मात्रै उद्देश्य छ । अध्यागनम,गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयसँगको ईस्युको कारण भइरहेका ढिलाई केही समयमा निस्कर्षमा पुग्छौं । वैदेशिक राजगारीमा जाने श्रमिकहरुलाई वैदेशिक रोजगार बोर्डमार्फत पाउने सेवा सुविधा वृद्धि गर्ने निर्णय भएको छ । त्यसलाई नियममा संशोधन गर्नुपर्ने भएकाले संशोधनको लागि मन्त्री परिषद्मा लाने तयारी छ । कति सेवा सुविधा वृद्धि गर्न सकिन्छ एउटा टिमले अध्ययन गरिहेका छौं । ७ लाखलाई १० वा १५ गर्न सकिन्छ की ? २०६७ सालको ७ लाख अहिले कम भएको छ । त्यसले पाउने २५ हजार पनि कम भएको छ । त्यसलाई पनि उल्लेख्यय बनाउने भन्ने छ ।’

    वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालले फ्रि भिसा फ्रि टिकटको मापदण्डलाई व्यवस्थित गर्ने बताए। उनले व्यवसायीहरुबाट वैदेशिक रोजगारीमा जाने श्रमिकहरु ठगि गर्नेहरुलाई तत्काल कारबाही गरी कानूनी कठघरामा उभ्याउने बताए। उनले मंगलबार मात्रै नक्कली कागज बनाएर ठगि गर्ने मेनपावरको इज्जातपत्र नै खारेज गरेको बताए। उनले मंगलबार टी स्क्वायर प्राइभेट लिमिटेड मेनपावरको इज्जातपत्र खारेज गरेको बताए।

    उनले व्यवसायीहरु नै वैदेशिक रोजगारीमा जानेहरुलाई ठगी गर्ने कार्यमा सहभागी रहेको बताए। उनले मुलुकी संहितामा भएको मेलमिलाप सम्बन्धिको नीति नै ठगी रोक्न बाधक रहेको बताए। उनले ५ करोड रुपैयाँ ठगी गरेपनि मेलमिलापको नीतिले ५ करोड फिर्ता गरेपछि सकिने रहेकाले ठगी गर्न प्रेरित गरिरहेको बताए।

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on अब वैदेशिक रोजगारमा ज्यान गुमाउनेलाई सरकारले १५ लाख रुपैयाँ दिने

    पुलिस रिपोर्ट अब अनलाइनबाटै, यसरी लिन सकिन्छ सेवा !

  • २३ श्रावण २०८०, मंगलवार ०१:१९ मा प्रकाशित
  • काठमाण्डाै – विदेश आउजाउ गर्नको लागि चाहिने पुलिस रिपोर्ट अर्थात् प्रहरी चारित्रिक प्रमाणपत्र अब अनलाइनबाटै लिन सकिने भएको छ ।

    अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्रका लागि फारम भर्नेदेखि पैसा भुक्तानीसम्मका काम हुने परराष्ट्र मन्त्रालयको कन्सुलर विभागले जनाएको छ ।

    यसरी लिन सकिन्छ सेवा

    पुलिस रिपोर्टका लागि चारित्रिक प्रमाणपत्र प्रमाणीकरणका लागि सबैभन्दा पहिले नेपाल कन्सुलर डट जिओभी डट एनपी खोल्ने । त्यहाँ दाहिने पट्टी रहेको अनलाइन एप्लिकेसन फर पुलिस क्लियरेन्स सर्टिफिकेटमा क्लिक गर्ने ।

    प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरणका लागि अनलाइन फारम भर्ने तरिका पढ्ने । पढिसकेपछि मैले पढेँ भन्नेमा टिक लगाउने र नेक्स्ट थिच्ने । प्रहरी चारित्रिक प्रमाणपत्रमा लेखिएको नम्बर र जन्म मिति दिएर प्रहरीबाट जारी भएको प्रमाणपत्र हेर्ने ।

    विवरण ठीक भएमा बैंक वा अनलाइनबाटै राजस्व तिर्न सकिन्छ । त्यहीँ राजस्व तिरेको जनाउ दिएपछि कन्सुलर सेवा विभागले प्रमाणित गर्छ र अर्कोे दिन अनलाइनमार्फत् डाउनलोड गरेर प्रिन्ट गर्न सकिन्छ ।

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on पुलिस रिपोर्ट अब अनलाइनबाटै, यसरी लिन सकिन्छ सेवा !

    मलेसिया बन्यो वैदेशिक रोजगारीमा जानेको आकर्षक गन्तव्य

  • १६ श्रावण २०८०, मंगलवार ११:२६ मा प्रकाशित
  • काठमाडौँ। मलेसिया वैदेशिक रोजगारीमा जाने नेपालीहरूको आकर्षक गन्तव्य बनेको तथ्यांकले देखाएको छ । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/०८० मा २ लाख ५९ हजार ५९४ जनाले मलेसियाका लागि श्रम स्वीकृति लिएका छन् । जसमा २ लाख ५२ हजार २९५ पुरूष र ७ हजार २९९ महिला छन् ।

    यसमा पुनः श्रम स्वीकृति समेत जोडिएको छ । नयाँ श्रम स्वीकृति मात्रै लिएर मलेसियामा २ लाख १९ हजार ३५७ जना गएका छन् । ती मध्ये २ लाख १३ हजार ५० जना पुरूष र ६ हजार ३०७ महिला रहेका छन् ।
    मलेसिया गएका नेपालीहरू जम्मा वैदेशिक रोजगारीमा गएका मध्ये ४४.३८ प्रतिशत रहेको छ । त्यसपछि दोस्रो प्रमुख श्रम गन्तव्य मुलुकमा यूएई रहेको छ । जहाँ ५९ हजार १५२ जना रहेका छन् । साउदी अरेबियामा ५५ हजार ७९१ जना रहेका छन् ।

    त्यस्तै कतारमा ४० हजार ५१७ जना नेपाली गत वर्ष वैदेशिक रोजगारीका लागि गएका थिए ।

    कुवेतमा ३१ हजार ४१० जना, दक्षिण कोरियामा २१ हजार ४१०, रोमानियमा १३ हजार १३७, क्रोसियामा १३ हजार १३७, जापानमा ७ हजार १८६, माल्टामा ५ हजार ६०३, पोल्याण्डमा ४ हजार ९१५, साईप्रसमा ४ हजार २७५, माल्दिभ्समा ३ हजार ९९४ जना वैदेशिक रोजगारीका गएको देखिन्छ ।

    गत आर्थिक वर्षमा १४४ देशमा नेपाली श्रमिकहरू गएको देखिन्छ । विभागको तथ्यांक अनुसार नयाँ र पुनः श्रम स्वीकृति लिएर कुल ७ लाख ७१ हजार ३२७ जना वैदेशिक रोजगारीमा गएका छन् ।
    आर्थिक वर्ष २०७८/७९ मा ६ लाख ३० हजार ९० जनाले नयाँ र पुनः श्रम स्वीकृति लिएका थिए ।

    अघिल्लो आर्थिक वर्षको तुलनामा २०७९/०८० मा १ लाख ४१ हजार २३७ जना वढी वैदेशिक रोजगारीमा गएका छन् । आर्थिक वर्ष २०७८/७९ मा भने कतार प्रमुख श्रम गन्तव्यको रूपमा देखिएको थियो । जहाँ ७६ हजार ८३२ जना नेपाली नयाँ श्रम स्वीकृति लिएर गएका थिए । नयाँ र पुनः श्रम स्वीकृति गरेर १ लाख ८४ हजार ९२६ पुगेको थियो । कतार विश्वकपका कारण त्यो बेला कतार प्रमुख श्रम गन्तव्य मुलुक बनेको थियो ।

    मलेसियालाई प्रमुख श्रम गन्तव्यको रूपमा लिनुमा न्यूनमत पारिश्रमिक बढाउनु, रोजगारीका प्रयाप्त अवसर सिर्जना हुनु जस्ता कारण रहेका छन् ।

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on मलेसिया बन्यो वैदेशिक रोजगारीमा जानेको आकर्षक गन्तव्य

    नेपाल एयरलाइन्सले काठमाडौं–दमाम साताको तीन उडान गर्ने।

  • १२ श्रावण २०८०, शुक्रबार १५:५९ मा प्रकाशित
  • नेपाल एयरलाइन्सले आगामी अगस्ट महिनाबाट साउदीको दमाम सहरबाट सीधा उडान भर्ने भएको छ।

    जसअनुसार दमाम–काठमाडौं–दमाम साताको तीन उडान हुने भएको हो। यसअघि रियाद–काठमाडौं–रियाद सीधा उडान भर्दै आएको एयरलाइन्सले केही समयको लागि उडान नहुने जनाएको छ।

    नेपाल एयरलाइन्सको यस रुटको उडानको निरन्तरता दिनको लागि साउदीमा रहेका संघसंस्थाले नेपाली राजदूत नवराज सुवेदीलाई विज्ञप्तिसमेत बुझाएका थिए। साउदीको रियाद सहरबाट नेपाल एयरलाइन्सको पहिलो उडान २२ अप्रिल २०२२ का दिन भएको थियो।

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबरLeave a Comment on नेपाल एयरलाइन्सले काठमाडौं–दमाम साताको तीन उडान गर्ने।

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P