• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Tag: झिल्का कविता

झिल्का कविता

  • ६ भाद्र २०८३, शनिबार २१:५१ मा प्रकाशित
  • त्रिवेणी साहित्य मञ्च अमेरिकाको अभ्यासशालामा आएका उत्कृष्ट झिल्का कविताहरू:

    क)
    मुटुमा राखौँ देश
    सुखदुःख जस्तो होस्
    नराखौँ कुनै क्लेश ।
    ख)
    नपुर्‍याई कुनै घात
    दिउँ योगदान स्वदेशमा
    जोडेर हातमा हात ।
    ✍️ वसन्त अनुभव
    वसन्तविहार, घोराही
    क)
    आनन्दमा निमग्न जून
    सङ्गीत सुनकोसी नदीको
    मीठो अलौकिक धून ।
    ख)
    शिक्षाको ज्योति बालेर
    चिर्नुछ निस्स्पष्ट अँध्यारो
    अभिमानको लप्को फालेर ।
    ✍️नारदप्रसाद आचार्य ‘सुदामा’
    संयुक्त राज्य अमेरिका
    क)
    मेहनत गरेर खाऔँ
    आफ्नै कर्ममा रमाई
    मुस्कानको गीत गाऔँ ।
    ख)
    ओठमा मुस्कान छरी
    अघि बढौँ निरन्तर
    बाँचौँ सत्कर्म गरी ।
    ✍️ अम्बिका धिताल
    क)
    छातीमा गाँठो पर्‍यो
    बुझ्नै सकिनँ आशय
    मायाले के गर्‍यो-गर्‍यो ।
    ख)
    कर्ममा दोष देखियो
    रोएर सधैँ बाँच्नुपर्ने
    कस्तो भाग्य लेखियो ?
    ✍️ विकल ‘आर्त्त’
    क)
    हरेक गाउँदेखि सहर
    हुँदैछ हेर खाली
    छ बिदेसिनेको लहर ।
    ख)
    स्वदेशमै केही गर
    कति बस्छौ मरुभूमिमा ?
    फर्केर आऊ घर ।
    ✍️ आर के भण्डारी
    क)
    सम्बन्ध रहन्न दिगो
    राख्यौँ भने कसैप्रति
    मैमत्ता दर्साउने इगो ।
    ख)
    देखिन्न चरित्र चित्रबाट
    झुक्किन्छन् कैयौँ मान्छेहरू
    आफ्नै अनन्य मित्रबाट ।
    ✍️ बाबुराम गौतम
    गुल्मी
    क)
    ठुलो घर बनायो
    छोराले दूर सहरमा
    घरमा ढुसी गनायो ।
    ख)
    छोरा आउने आसमा
    वृद्ध बाउआमा बस्छन्
    बाटो हेर्दै निराशमा ।
    ✍️ बिबा तामाङ
    दार्जलिङ
    क)
    लेख्दा मुक्तक, गजल
    रदिफ, काफिया मिलाई
    भएँ म पागल ।
    ख)
    मिलेर सबै दाजुभाइ
    हाँसखेल गर्दै रमाऔँ
    संसार आफ्नो बनाई ।
    ✍️ रिमेन आलोक
    अष्ट्रेलिया
    क)
    भाषा हाम्रो पहिचान
    संस्कृति बचाउँछ यसले
    गरौँ सदैव सम्मान ।
    ख)
    नेपाली भाषा हाम्रो
    बोल्दा लाग्छ आनन्द
    सुन्नमा कति राम्रो ।
    ✍️ अम्बिका राणा
    खरसाङ दार्जिलिङ
    क)
    टाढाबाट उडेर आयो
    एउटा सानो झिल्का
    मनमा आगो लगायो ।
    ख)
    अझै निराशा रोज्छु
    झ्यालबाट बाहिर हेर्दै
    किन सन्ध्या खोज्छु ?
    ✍️ कबिता कुँवर
    सिन्धुली ५भक्तिराम
    क)
    साइत छ राम्रो
    हुन्छ चाहेको हामीले
    एउटै सफर हाम्रो ।
    ख)
    मनमा सूर्य उदायो
    बलियो भयो मिलन
    सुतेका जति जगायो।
    ✍️ सुरेशकुमार पाण्डे
    घोराही,दाङ
    क)
    नगर्नुहोस् प्रेम सस्तो
    अमर रहोस् गाथा
    ती राधाकृष्णको जस्तो ।
    ख)
    उन्मुक्ति नपाओस् दागी
    कानुनबमोजिम हुने दण्डमा
    पीडक हुनुपर्छ सहभागी ।
    ✍️ वैँशालु महेन्द्र
    लेटाङ नगरपालिका-८, जाँते, मोरङ
    हाल:- माहे टापु, सिसेल्स, पूर्वी अफ्रिका
    क)
    सृजनाको मीठो लहर
    स्रष्टाको अमूल्य निधि
    रचनाका हरेक वहर ।
    ख)
    जिन्दगीका तिता व्यथा
    शब्दका पानामा कोरिन्छन्
    ओकल्दै आफ्नै कथा ।
    ✍️ तोयानाथ चापागाईं
    दमक,झापा,नेपाल
    क)
    समय आयो कस्तो ?
    स्वरूप हेर्दा मान्छे
    आचरण दानवको जस्तो ।
    ख)
    हुर्किएँ कस्तो परिवेशमा ?
    राम्रो काम गर्ने
    मान्छे भेटिनन् देशमा ।
    ✍️ प्रतिज्ञा प्रतिज्ञा
    मेहेलकुना, सुर्खेत
    क)
    देशको हालत सम्झेर
    भविष्यसँग म डराउँछु
    नेताहरूको पारा देखेर ।
    ख)
    मान्छे राम्रो बन्छ
    सफा मन व्यवहारले
    ऊ शिखर उक्लन्छ ।
    ✍️ नम्रत प्रधान
    तकदाह, दार्जिलिङ
    क)
    स्वार्थको संसार यहाँ
    संकट पर्दा बदलिने
    आफन्त भेटिन्छन् जहाँ ।
    ख)
    अस्मिता लुटिन्छ सडकमा
    निदाएको छ कानुन
    चेली बाँच्छन् डरमा ।
    ✍️ अर्पना चापागाईं
    विराटनगर, मोरङ
    क)
    भिकारी बनाए देश
    मौलायो अशान्तिको ज्वाला
    राम्रो छैन परिवेश ।
    ख)
    कला, संस्कृति, संस्कार
    हुन् धरोहर देशकै
    पहिचानको अहम् आधार ।
    ✍️ राजेन्द्र जि.सी “यसत”
    व्यास ११ फराकचौर,तनहुँ
    हाल प्रवास।
    क)
    पापको डर मान्नुपर्छ
    हामी हिन्दु धर्मावलम्बी
    आफ्नो कर्म जान्नुपर्छ ।
    ख)
    धर्मनिरपेक्ष देश हाम्रो
    सबै जातजाति धर्मावलम्बी
    मिलेर गर्नुपर्छ राम्रो ।
    ✍️ शोभाकान्त रेग्मी
    स्याङ्जा
    क)
    देशमा सङ्कटकाल ल्यायो
    पुर्खाले बचाएर राखेका
    सबै इज्जत गुमायो ।
    ख)
    कहिल्यै भ्रष्टाचारले छोडेन
    अप्ठ्यारो भयो यात्रा
    देशले सत्मार्ग रोजेन ।
    ✍️ अन्मोल मुस्कान
    तकदाह छाउनी, दार्जिलिङ
    क)
    मोबाइलमै संसार हरायो
    समय छैन कसैसँग
    सम्बन्धमा शङ्का भरायो ।
    ख)
    पैसाले माया किन्यो
    मीठो लाग्छ झुट
    विश्वास पुरै छिन्यो ।
    ✍️ माधव अधिकारी
    अस्ट्रेलिया
    क)
    जाँदैछु साउदी कतार
    बोकेर मनमा तिर्सना
    बाध्य भएर लाचार ।
    ख)
    जूनको उज्यालो छरियो
    तिम्रो यादले सताउँदा
    मायाको सागर भरियो ।
    ✍️ ध्रुव खड्का
    फेदीखोला १, स्याङ्जा
    क)
    देशले विकास माग्छ
    नेता भनौदो त्यो
    भ्रष्टाचार गर्न लाग्छ ।
    ख)
    साहित्यमा कलम चलाएर
    कुसंस्कारकाे अन्त्य गरौँ
    चेतनाको दीप जलाएर ।
    ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
    खाेटाङ ऐसेलुखर्क ३ हाल भक्तपुर
    क)
    बाँच्ने रहर भागिसक्यो
    बलात्कारको घटनाले देशमा
    सीमा नै नाघिसक्यो ।
    ख)
    न्याय पाउने कहिले ?
    ती अबोध बालिका
    अकालमा मर्नुपर्ने जहिले ।
    ✍️ साबित्री प्याकुरेल
    धादिङ
    क)
    मनसँगै कलम चलाएर
    मनका भावना पोखौँ
    साहित्यिक यात्रा समाएर ।
    ख)
    आत्मविश्वास बढाऊँ अब
    हत्यारालाई सजाय दिलाई
    कुसंस्कार हटाऊँ सब ।
    ✍️ पुस्पा न्यौपाने
    कैलाली
    क)
    जान्छ जोबन बगेर
    खेर नफाल्नू कहिल्यै
    रोकिँदैन फेरि रोकेर ।
    ख)
    माया जातको कुरा
    नगर्नू कहिल्यै पनि
    चल्छ मुटुमा छुरा ।
    ✍️ सुर्य गाहा मगर
    क)
    दुःखमा पनि चल्दैछ
    जीवन सुखमा झैँ
    इर्ष्यालु आँखा जल्दैछ ।
    ख)
    पाप नपखालिने धुँदा
    फुट्छ वेदनामा भक्कानो
    अतीत सम्झी रुँदा ।
    ✍️ कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    क)
    स्वार्थी भएछ सहर
    त्यसको भरमा पर्दा
    बिग्रियो सुन्दर घर ।
    ख)
    भुल्न सकिएनँ गाउँ
    जहाँ बालापन बित्यो
    थियो आनन्दको ठाउँ ।
    ✍️ अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ
    क)
    कतिन्जेल खानु हार
    चाहिँदैन केही अरू
    न्याय देऊ सरकार ।
    ख)
    सपना अधुरै पार्‍यो
    तीन वर्षकी बालिकालाई
    बलात्कार गरी मार्‍यो ।
    ✍️ शब्दयात्री लम्साल
    दुल्लु -१२ लम्सु ,दैलेख
    क)
    छोरी देश चलाऊ
    बलात्कार गर्ने राक्षसलाई
    कानुन बनाई जलाऊ ।
    ख)
    लक्ष्मी हुन् छोरीहरू
    हाँसून् उन्मुक्त आकाशमा
    चुडाई बन्धन डोरीहरू ।
    ✍️ प्रेम शर्मा “एकान्त प्रेमी”
    कालेबुङ
    क)
    बिचरी गरिमा नानी
    क्रूर अपराधी आएर
    खत्तम पारिदियो जिन्दगानी ।
    ख)
    पाओस् पापीले दण्ड
    जलिरहोस् पापको घडामा
    पीडा पाएर प्रचण्ड ।
    ✍️ रामकृष्ण ढकाल
    चितवन
    क)
    सीमा छैन अपराधको
    दिनदिनै किन चल्दैछ
    सिलसिला यहाँ अत्याचारको ।
    ख)
    मान्छे भ्रष्ट भएपछि
    यस्तै हुने रहेछ
    गलत विचार रहेपछि ।
    ✍️ शिवराज जोशी `मनबन्धु´
    बुङ्गल ११, बझाङ
    क)
    ऋण लिँदा सानो 
    आफैँलाई दिन्छन् धम्की 
    कुरा गर्छन् मानो ।
    ख)
    उज्यालो हुन्छ मुहार 
    सफा राख मनलाई 
    कसैसँग नमाग्नु गुहार ।
    ✍️ सुनिता निरौला पौडेल 
    हाल – राधेराधे भक्तपुर
    क)
    सफा राखौँ मन
    कसैलाई मन नदुखाई
    खुसी हुन्छ जन ।
    ख)
    छोरी भएर जन्मिनु
    अभिशाप थियो र ?
    पराई घर अन्मिनु ।
    ✍️ रमा गुरुङ्ग
    सालुगडा सिलीगुडी
    क)
    धर्मकर्म अनि भेषमा
    विदेशी संस्कार, संस्कृति
    आउँछन् हाम्रो देशमा ।
    ख)
    न शिक्षाले दियो
    राम्रोसँग खान, बस्न
    खाडी भाग्यमा थियोे ।
    ✍️ कल्पना राई वेदना
    क)
    हातमा हात राखेर
    साथ मिल्दैन यहाँ
    स्वार्थी माया मागेर ।
    ख)
    आँसु पिउनु पर्‍यो
    तिमीले छोडेर जाँदा
    जिउने रहरै मर्‍यो ।
    ✍️ हिरा बुढा मगर ‘अमृत’
    शारदा नगरपालिका–१४, सल्यान
    क)
    फरक भएर चल्ती
    कहिलेकाहीँ हुने रहेछ
    अन्जानमा यहाँ गल्ती ।
    ख)
    धेरै भ्रमहरू नछरी
    आफैँमा विश्वास गरौँ
    कसैको भरमा नपरी ।
    ✍️ विष्णु पंगेनी(पाण्डे)
    वालिङ ,स्याङ्जा
    क)
    हामी एकतामा बसौँ
    कसैले हेप्न नसकोस्
    क्रान्तिमा कम्मर कसौँ ।
    ख)
    एकतामा बल हुन्छ
    झुकाउँछ सरकार पनि
    हारमा सधैँ रुन्छ ।
    ✍️ बिधुत गुरूङ
    गोरुबथान
    क)
    नयनमा चम्क्यो तारा
    मनभरि चाहना जाग्यो
    जीवनभरि छायो सहारा ।
    ख)
    मनभित्र जाग्यो आस
    अँध्यारो हराउँदै गयो
    नयनभरि पलायो विश्वास ।
    ✍️ सतीश पण्डित
    भानु६ चुँदी तनहुँ
    क)
    निशब्द रात बोलिरह्यो
    चन्द्रकिरणको पत्र बनी
    मनभित्र कोही आइरह्यो ।
    ख)
    ओइलिएको फूल झरेर
    सुगन्ध छोड्छ सधैँ
    मायाले पनि मरेर ।
    ✍️ नागेन्द्र भट्टराई
    अष्ट्रेलिया

    क)
    जिन्दगी अनौठो खेल
    दोष दिँदै भाग्यलाई
    नबगाऊ आँसुको भेल ।
    ख)
    अधुरो प्रेमको सार
    सकियो सम्झनाको बाटाे
    गरेँ दु:खलाई पार ।
    ✍️मिना मल्ल
    बझाङ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, त्रिवेणी साहित्य समाज हैरिस्वर्ग पेन्सिल्भेनिया अमेरिका, नारद आचार्य सुदामा, वसन्त अनुभव

    झिल्का कविताहरू- त्रिवेणी साहित्य मञ्च

  • ३० श्रावण २०८३, शनिबार २३:२६ मा प्रकाशित
  • त्रिवेणी साहित्य मञ्च अमेरिकाद्वारा मिति २०८३/०४/२९ गते सञ्चालित झिल्का कविता लेखन अभ्यासमा प्रेषित झिल्का कविताहरू-

    –<•>–
    क)
    कसरी पार्नु मत्थर ?
    मनका यी ज्वारभाटा
    दिलमा राखेर पत्थर ।
    ख)
    उड्दछ चरी बनेर
    सधैँ मन आकाशमा
    उचाइ नाप्छु भनेर ।
    ✍️
    वसन्त अनुभव
    वसन्तविहार, घोराही
    –<•>–
    क)
    मुसुमुसु हाँस्छे चाँदनी
    सन्ध्याको कुरूपता देखेर
    आदित्य आउँछ आँगनी ।
    ख)
    उफ् ! शिशिरे ठिहिरो
    अस्तव्यस्त छ जनजीवन
    गरिबको मनमा पिरो ।
    ✍️
    नारदप्रसाद आचार्य ‘सुदामा’
    संयुक्त राज्य अमेरिका ।
    –<•>–
    क)
    पारेर देश खरानी
    गर्दैछन् बिक्री आज
    छ उनैको कहानी ।
    ख)
    भए विदेशीको खास
    ढोग्दै उनको पाउ
    रहेन कसैको आस ।
    ✍️
    सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    –<•>–
    क)
    मनका मैला फालौँ
    नियाली भित्र सबै
    सफाइ योजना थालौँ ।
    ख)
    साह्रै गर्मी भयो
    झन् यो सूर्य
    उन्मत्त पो भयो ।
    ✍️
    निमा छिरिङ भोटिया
    जलढाका कालेबुङ भारत
    –<•>–
    क)
    भुर्र उड्छे चरी
    खुला आकाश पाएर
    बन्दै गगनकी परी ।
    ख)
    झलल बल्यो दीप
    अँध्यारो भाग्यो टाढा
    हुँदा उज्यालो समीप ।
    ✍️
    अम्बिका धिताल
    –<•>–
    क)
    मात्र माया गरिदिनू
    चाहिँदैन अरू केही
    खाली सिउँदाे भरिदिनू ।
    ख)
    तिम्राे हात समाउने
    चाहना छ मेरो
    तिमी सँगसँगै रमाउने ।
    ✍️
    शब्दयात्री लम्साल
    लम्सु, दैलेख
    –<•>–
    क)
    सँगै रमाउँला हाँसौँला
    साँचो माया लगाएर
    मिलीजुली दिन काटौँला ।
    ख)
    माया राख्नेछु अमर
    तिमी जीवन मेरो
    नमान रत्तिभर डर ।
    ✍️
    क्षितिज बिरु राना
    सल्यान
    –<•>–
    क)
    ‎कर्म पनि कस्तो
    ‎जे गरे हुन्न
    ‎भयो जीवन सस्तो ।
    ‎ख)
    ‎रहर पुर्‍याउँछु भन्छु
    तिम्रो मान्छे बन्न
    झनै अप्रिय बन्छु ।
    ‎✍️
    ‎शिवराज जोशी `मनबन्धु´
    ‎बुङ्गल ११, बझाङ
    –<•>–
    क)
    महङ्गीले डाँडो काट्यो
    गाह्रो भयो बाँच्न
    लोग्नेस्वास्नीमा मन फाट्यो ।
    ख)
    मनको ढोका खोल
    केही गर्न जीवनमा
    खतरा पनि मोल ।
    ✍️
    सतीश पण्डित
    भानु६ चुँदी तनहुँ
    हनल चनपा ६ मातातीर्थ
    –<•>–
    क)
    नबगाऊ आँसुको धारा
    हँसिलो मुहार बनाउँदै
    घुमौली गाउँघर सारा ।
    ख)
    असल कर्म गरेर
    मातापितालाई सधैँ हँसाऊ
    सेवामा अघि सरेर ।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    खाेटाङ ऐसेलुखर्क ३ हाल भक्तपुर
    –<•>–
    क)
    स्वस्थ्य शरीर भरिलो
    मनमा शान्ति भए
    मुहार हुन्छ हँसिलो ।
    ख)
    जिन्दगीको के भरोसा
    आज या भोलि
    तर दिनुपर्छ दिलासा ।
    ✍️
    रमा गुरुङ्ग
    सालुगडा सिलीगुडी
    –<•>–
    क)
    असल कर्म गर्नू
    सत्य कुरा नलुकाई
    मनमा खुसी भर्नू ।
    ख)
    सत्य कहिल्यै झुक्दैन
    जस्तै परिस्थिति आओस्
    झुटो लुकाई लुक्दैन ।
    ✍️
    बिबा तामाङ
    दार्जलिङ
    –<•>–
    क)
    दिन भयो घमाइलो
    हाम्रो गाउँठाउँ सहर
    हेर्दा लाग्दछ रमाइलो ।
    ख)
    तिरङ्गा देशको सान
    गौरव मानौँ यसमा
    गरेर सधैँ सम्मान ।
    ✍️
    अम्बिका राणा
    खरसाङ दार्जिलिङ ।
    –<•>–
    क)
    गर्मी छ साह्रो
    साउनको यो महिना
    भयो कटाउन गाह्रो ।
    ख)
    बन्नुपर्छ सचेत हामी
    वर्षाको यो बेलामा
    नत्र भइन्छ बिरामी ।
    ✍️
    साबित्री प्याकुरेल
    धादिङ
    –<•>–
    क)
    पसिना बगाएर काम
    गर्नुपर्छ यहाँ तैपनि
    मिल्दैन बराबर दाम ।
    ख)
    महङ्गो घडी लगाउँछ
    बुझ्दैन महत्त्व समयको
    व्यर्थै सान देखाउँछ ।
    ✍️
    नम्रत प्रधान
    तकदाह, दार्जिलिङ
    –<•>–
    क)
    बाहिरिने युवा गनेर
    बस्दैछौँ हामी रमाई
    उत्कृष्ट व्यवस्था भनेर ।
    ख)
    मल ग्याँस नपाउने
    भाग्यमानी हौँ हामी
    सधैँ पुर्पुरो समाउने ।
    ✍️
    रामकृष्ण ढकाल
    चितवन
    –<•>–
    क)
    बिहान उदाएर आयो
    सूर्यको भैदियो दोष
    प्रकृतिले ज्योति पायो ।
    ख)
    हृदय छामेर गयो
    झझल्को अनि याद
    बाँच्ने आधार भयो ।
    ✍️
    विकल ‘आर्त्त’
    –<•>–
    क)
    सङ्घर्ष हो जीवन
    अघि बढ्नुपर्छ सधैँ
    दृढ बनाई मन ।
    ख)
    बेमौसमी छायो बादल
    तिम्रै माया सम्झी
    बज्छ मुटुमा मादल ।
    ✍️
    ध्रुव खड्का
    फेदीखोला १, स्याङ्जा
    –<•>–
    क)
    सर्वत्र तिरङ्गाको लहर
    रमायो देश खुसीले
    सजियो मेरो सहर ।
    ख)
    भारत माता रमाईन्
    खुसीयाली छायो देशमा
    तिरङ्गा हातमा समाईन् ।
    ✍️
    प्रेम शर्मा “एकान्त प्रेमी”
    कालेबुङ
    –<•>–
    क)
    पुगोस् मनोवाञ्छित चाहना
    विवेक अद्वितीय गुण
    प्रभुसँग परमधामको याचना ।
    ख)
    फलित सुकर्म साधना
    गरौँ परोपकारी काम
    दुष्टले पाउनेछन् यातना ।
    ✍️
    कार्की डिबी माकुम
    सुनवल-४, न.प.
    –<•>–
    क)
    छिपाउँदै जलन मनको
    कतिन्जेल बाँच्न सकूँला
    सहेर पीडा तनको ।
    ख)
    गाएर गीत देशभक्ति
    हुँदैन देश विकास
    ठाउँमा नलगाए शक्ति ।
    ✍️
    राजेन्द्र जि.सी.
    व्यास न.पा. ११ फराकचौर, तनहुँ
    –<•>–
    क)
    औँसीको रातको चमत्कार
काठमाडौँदेखि सिङ्गापुर यात्रा

    चल्यो राजनीतिक व्यापार ।
    ख)
    हेरेर खोलाको किनार
    चलाउँछन् गरिब जिन्दगी
    लुकामारी खेली हरबार ।
    ✍️
    रिमेन आलोक
    अष्ट्रेलिया
    –<•>–
    क)
    नबस यत्तिको समीप
    बल्नसक्छ प्रितको दियो
    छातीभित्र धिप धिप ।
    ख)
    नभुल भौतिक दूरी
    चल्नसक्छ शान्त मनमा
    बेमौसमी प्रितको हुरी l
    ✍️
    बाबुराम गौतम
    गुल्मी
    –<•>–
    क)
    हेरेर आकाशको जून
    प्रश्न आफैँसँग सोध्छु
    निकालेर मनका धून ।
    ख)
    एकतामा हुन्छ बल
    अन्योलता रहे कुरामा
    गर्नुपर्छ हेर छलफल ।
    ✍️
    विष्णु पंगेनी (पाण्डे )
    वालिङ ,स्याङ्जा
    –<•>–
    क)
    जिन्दगीको के आस
    नगरौँ यहाँ तेरोमेरो
    बनेर सधैँ बदमास ।
    ख)
    मुस्कुराई बाँडौँ हाँसो
    दुखाएर कसैको मन
    नथापौँ दु:खको पासो ।
    ✍️
    मिना मल्ल
    बझाङ बुङ्गल
    –<•>–
    क)
    सबैको भलो चिताऊँ
    छोटो छ जिन्दगानी
    हाँस्दै खेल्दै बिताऊँ ।
    ख)
    खाडल खन्ने गर्छौ
    अरूलाई धराप थाप्दा
    एकदिन आफैँ पर्छौ ।
    ✍️
    अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ
    –<•>–
    क)
    मादलकाे धून राम्राे
    झ्याउरेकाे भाका उस्तै
    संस्कृति सुन्दर हाम्रो ।
    ख)
    लगनको गाँठाे कसौँ
    सुर्ता नगरी आऊ
    दिलमा मिलेर बसौँ ।
    ✍️
    हरिगाेपाल न्हुच्छेँप्रधान
    साँगा बजार बनेपा १४, काभ्रे पलाञ्चाेक ।
    –<•>–
    क)
    सबैलाई माया दिएर
    मुहार फेर्नुछ देशको
    आउँदैछु खुसी लिएर ।
    ख)
    धानको बाला झुलाउँछु 
    बाँझो खेतको गरामा 
    सुन्दर फूल फुलाउँछु ।
    ✍️
    सुनिता निरौला पौडेल 
    राधे राधे भक्तपुर
    –<•>–
    क)
    कुरा गर्छौ खाली
    काम गर्न छोडेर
    अब पाउँछौ गाली ।
    ख)
    गर्नुपर्छ सधैँ योग
    सुधार्न यो तनमनलाई
    भगाएर सबै रोग ।
    ✍️
    लक्ष्मी रेग्मी ‘शब्दयात्री’
    उर्लाबारी, मोरङ
    –<•>–
    क)
    हावा चल्यो सरर
    त्यो शैलुङ्गेको लेकमा
    मनै भयो फरर ।
    ख )
    धानको बाली झुलेका
    त्यहीँ भएर हजुर
    भमरा छन् डुलेका ।
    ✍️
    आर के भण्डारी
    –<•>–
    क)
    आमाको सेवा गर्छु
    सरस्वती माता ठानेर
    बिहानै चरणमा पर्छु ।
    ख)
    आमालाई खुसी दिन्छु
    इज्जत सम्मान कमाउन
    आमाको आशीर्वाद लिन्छु ।
    ✍️
    बिधुत गुरूङ
    गोरुबथान
    –<•>–
    क)
    कसरी पार्नु स्वाङ
    एकातिरको प्वाल टाल्यो
    अर्कोतिर पर्छ भ्वाङ ।
    ख)
    आहा ! हाम्रो जिन्दगानी
    जति जियो जीवन
    उति लाग्दछ घामपानी ।
    ✍️
    ईश्वर लामिछाने
    धरान
    –<•>–
    क)
    सुन्न मीठो बोली
    बसेँ तिम्रो आशामा
    बोल मुख खोली ।
    ख)
    मुस्कान लिएर आऊ
    कसैको डर नमानी
    खुसीले रमाउँदै जाऊ ।
    ✍️
    पुरुषोत्तम फुयाल
    सुन्दरहरैँचा-२, मोरङ
    –<•>–
    क)
    चुनावी घोषणा हराए
    सुखदुःख बुझ्न सकेनन्
    जनतालाई निराश बनाए ।
    ख)
    चुनाव आउँनेछ फेरि
    अहिले रोएको सम्झेर
    भोट हालौँला हेरी ।
    ✍️
    शोभाकान्त रेग्मी
    स्याङ्जा
    –<•>–
    क)
    पल हुन्छ रम्य
    तिमी साथ भए
    हरेक कुरा बाेधगम्य ।
    ख)
    सन्तान भरोसा हाम्रा
    उडी गए सीमापार
    पारेर हृदय चाम्रा ।
    ✍️
    नवराज न्याैपाने ‘माैन’
    –<•>–
    क)
    मध्यरातमा जाग्राम बस्न
    मन पर्‍यो मलाई
    तिमीलाई अँगालोमा कस्न ।
    ख)
    चिसो बतास चल्दा
    रहर जाग्यो फेरि
    मुटुमा आगो जल्दा ।
    ✍️
    माधव अधिकारी
    अष्ट्रेलिया
    –<•>–
    क)
    हाँसको बनाएछ चाल
    देखेर बेहोस भए
    आहा बहुतै कमाल ।
    ख)
    क्याबात् आयौ सम्झिएर
    लाग्थ्यो भुल्यौ मलाई
    दिलमा चोट दिएर ।
    ✍️
    कला ढकाल
    झापा
    –<•>–

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, त्रिवेणी साहित्य समाज हैरिस्वर्ग पेन्सिल्भेनिया अमेरिका, नारद आचार्य सुदामा, वसन्त अनुभव

    झिल्का कवितासङ्ग्रह ‘आँगन’को समीक्षा कार्यक्रम सम्पन्न

  • २९ श्रावण २०८३, शुक्रबार २३:४३ मा प्रकाशित
  • झिल्काकार सुरेशकुमार पाण्डेको झिल्का कवितासङ्ग्रह ‘आँगन’को शुक्रवार समीक्षा कार्यक्रम सम्पन्न भएको छ । राप्ती साहित्य परिषद् दाङ शाखाको नियमित कृति समीक्षा कार्यक्रमको २०० औँ शृङ्खला अन्तर्गत आयोजित कार्यक्रममा कार्यक्रममा कृतिका सम्पादकसमेत रहनुभएका साहित्यकार एवम् झिल्का साहित्य समाज नेपालका अध्यक्ष वसन्त अनुभवले उक्त झिल्का काव्यकृतिको समीक्षा गर्नुभएको थियो ।
    समीक्षाको क्रममा समीक्षक वसन्त अनुभवले आँगन एउटा पुस्तक मात्र नभएर सामाजिक, राजनैतिक, सांस्कृतिक चेतना ल्याउने महत्वपूर्ण दस्तावेज हो भन्नुभयो । आँगनले देशमा विद्यमान सामाजिक, राजनीतिक एवम् सांस्कृतिक कुरुपता मात्र नदर्शाई सुधारका लागि आह्वान पनि गरेको उहाँले बताउनुभयो ।

    कार्यक्रमका प्रमुख अतिथि एवम् वरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैँयाले शुभकामना मन्तव्य दिनुहुँदै झिल्काकार पाण्डे बहुमुखी प्रतिभाको धनी भएको उल्लेख गर्नुभयो । पाण्डेका हरेक सृजना अत्यन्त गहन र मर्मस्पर्शी हुने गरेको बताउनुभयो । पाण्डेको अन्य कृतिहरूमा झैँ यस कृतिमा पनि वर्गसंघर्ष, विद्रोह र सामाजिक, राजनैतिक द्वन्द्व, चेतनाका कुरा रहेकोे उल्लेख गर्नुभयो ।

    एउटा हिन्दी भाषाको सहित ३ वटा लघुकथासङ्ग्रह, २ वटा गजल सङ्ग्रह र एउटा झिल्का कवितासङ्ग्रह प्रकाशन गराइसक्नुभएका पाण्डेका थुप्रै संयुक्त सङ्ग्रहहरू प्रकाशित छन् । ‘आँगन’ उहाँको छैटौँ एकल कृति हो ।

    कार्यक्रममा विशिष्ट अतिथि पुरुषोत्तम खनालले शुभकामना मन्तव्य राख्नुका साथै कृतिकार सुरेशकुमार पाण्डेले कृतिका बारेमा बोल्नुभएको थियोे । साथै परिवारका तर्फबाट धन्यवाद मन्तव्य साहित्यकार हरिप्रसाद पाण्डेले दिनुभएको थियोे ।

    कार्यक्रममा पदम प्रसाद शर्मा, डा.टिकाराम उदासी, दीपक शर्मा समीर, सविन प्रियासन, नरेशजङ्ग राणा लगायत ३ दर्जन बढी साहित्यकारहरू एवम् सर्जकका पारिवारिक सदस्यहरूको उपस्थिति रहेको थियोे ।

    परिषद्का अध्यक्ष यम रेग्मीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन सचिव घनश्याम के.सी. गर्नुभएको थियोे ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, यम रेग्मी, राप्ती साहित्य परिषद, वसन्त अनुभव, सुरेशकुमार पाण्डे

    झिल्का कविता

  • २३ श्रावण २०८३, शनिबार ०९:२२ मा प्रकाशित
  • त्रिवेणी साहित्य मञ्च अमेरिकाको अभ्यास समूहमा प्रेषित उत्कृष्ट झिल्का कविताहरू (मिति- २०८३/०४/२२)

    क)
    दिलमा हानेर छुरा
    गयौ दूर तिमी
    स्वार्थीको के कुरा !
    ख)
    बाँच्दिनँ भन्थ्यौ पहिले
    भयौ टाढा मबाट
    सम्झिनै छाड्यौ अहिले ।
    ✍️
    वसन्त अनुभव

    वसन्तविहार

    क)
    बोकेर चिसो मन
    हिँड्दैछन् अनेकन् यात्री
    कमाउन कालो धन ।
    ख)
    पढिकन पुरै मुनामदन
    लेखौँ प्रेमको कथा
    मिलाई शैली आफ्नोपन !
    ✍️
    नारदप्रसाद आचार्य ‘सुदामा’

    संयुक्त राज्य अमेरिका

    क)
    बोकेर सत्यकाे विचार
    बदलिँदैछ समाज हाम्रो
    फैलाएर मीठो प्यार ।
    ख)
    पढेर असल ज्ञान
    खुलाए मार्ग जीवनकाे
    बन्छ उज्यालो पहिचान ।
    ✍️
    डि पी शर्मा खनाल

    दैलेख

    श्रावण बनी आउनू
    मेरो मनको संसारमा
    उज्यालो भई छाउनू ।
    ✍️
    अम्बिका राणा

    खरसाङ

    क)
    फूल झरेको नहेरौँ
    हेरौँ मालीको मेहनत
    व्यर्थै मन नफेरौँ ।
    ख)
    मानमर्दन अविवेकी निर्णयले
    हुन्छ हरदम हामीमा
    जलन आत्ना पश्चात्तापले ।
    ✍️

    राजेन्द्र जि.सी.

    क)
    खुला संसारमा बसेर
    चलाउँछ दिमाग सानो
    नकाब खरानी घसेर ।
    ख)
    खुसी अनुहारमा बोक्छ
    अहम्ता अधिक पहुँचको
    देखाउन चरित्रले रोक्छ ।
    ✍️

    विकल ‘आर्त्त’

    क)
    मनको पीडा बुझेनौ
    मेरो नुनिलो पानीले
    तिमी कहिल्यै रुझेनौ l
    ख)
    भाग्यमै रहेछ साउन
    सकेनौ मेरो आँसुमा
    बिराम चिन्ह लगाउन l
    ✍️
    बाबुराम गौतम

    गुल्मी

    क)
    फालेर मनको मैलो
    सफा राखौँ सधैँ
    मन्दिरको त्यो दैलो ।
    ख)
    राख्नुहुन्न मनमा पाप
    निष्पक्ष हुनुपर्छ सधैँ
    अदालती न्याय निसाफ ।
    ✍️
    साबित्री प्याकुरेल

    धादिङ

    क)
    बालेर आगोको राप
    सदैव अगाडि बढ्नू
    लिएर मनमा ताप ।
    ख)
    बारीमा रोप्नू बाली
    राम्ररी खनजोत गरेर
    ताछ्दै कुना आली।
    ✍️
    बिबा तामाङ

    दार्जिलिङ

    क)
    तिम्रो विश्वास टुट्दा
    रोयो मेरो मन
    फेरि सम्बन्ध छुट्दा।
    ख)
    तिम्रा आँखा रसाउँदा
    मेरो मुटु पोल्यो
    साथ दिन नपाउँदा ।
    ✍️
    सतीश पण्डित

    भानु६ चुँदी तनहुँ।

    क)
    कसले कति कमाए
    थाहा भएन कति ?
    बेचेर पसिना रमाए ।
    ख)
    कुविचारहरू अन्त्य गरौँ
    सत्य जोगाउनका लागि
    एकताको सन्देश भरौँ ।
    ✍️
    क्षितिज बिरु राना

    वनगाड कुपिण्डे नगरपालिका ३ बडापोखरा सल्यान।

    क)
    मन टाल्न गाह्रो
    गरौँ मनको नियन्त्रण
    चञ्चल नबनाई साह्रो ।
    ख)
    नराखौँ मनमा खोट
    जित हुन्छ सत्यको
    दुष्टलाई मिल्छ चोट ।
    ✍️
    कार्की डिबी माकुम

    सुनवल नवलपरासी

    क)
    सद्भावको घोडा चढी
    नेपाली सबै मिलेर
    जानुपर्छ अघि बढी ।
    ख)
    सम्प्रदाय धर्म भनी
    झगडा विवाद नगरौँ
    बसौँ सभ्य बनी ।
    ✍️
    रामकृष्ण ढकाल

    चितवन

    क)
    पवित्र बनाउँदै मन
    आफैँले परिश्रम गरी
    जिउन कमाऔँ धन ।
    ख)
    सत्यकाे बाटो हिँड्नू
    दुश्मनी यत्तिकै गरेर
    कसैको मन नगिँड्नू ।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे

    खाेटाङ ऐसेलुखर्क ३ हाल भक्तपुर

    क)
    लेखिएका जीवनका कथा
    खोतल्दै गर्दा विगत
    बल्झिन्छन् भित्री व्यथा ।
    ख)
    रङ उडेको देह
    आशाभित्र छ निराशा
    बीभत्स देख्छु गेह ।
    ✍️
    तोयानाथ चापागाईं

    दमक,झापा,नेपाल

    क)
    मानेर यत्तिकै दिक्दार
    नछाड्नुहोस् कर्म गर्नलाई
    पाइन्छ एकदिन रोजगार ।
    ख)
    गर्नुहोस् नेपालको राजनीति
    स्वार्थबाट टाढा रहेर
    बुझेर जनताको परिस्थिति ।
    ✍️
    लक्ष्मी रेग्मी ‘शब्दयात्री’

    उर्लाबारी, मोरङ

    क)
    गरौँ मेहनत आज
    सफलता मिल्नेछ पक्कै
    यही समाज माज ।
    ख)
    फुल्यो ढकमक्क फूल
    सुगन्ध छायो जताततै
    फुटाई प्रकृतिको मूल ।
    ✍️
    ध्रुव खड्का

    फेदीखोला १, स्याङ्जा

    क)
    सहेर अनेकौँ चोट
    आखिर भेटाएँ साथी
    जीवनमा दिने ओट ।
    ख)
    जीवनमा बालेको दियो
    निभायो हुरी आई
    समयले हिसाब लियो ।
    ✍️
    मिना मल्ल

    बझाङ

    क)
    सर्दी लागेको बेला
    पिऊँ मन्दतातो पानी
    नहोस् रोगको रेला ।
    ख)
    प्रशस्त रुपैयाँ कमाएँ
    गरेर मेहनत मजदुरी
    आमाको हातमा थमाएँ ।
    ✍️
    विद्युत गुरुङ

    गोरुबथान

    क)
    अक्षरको खेती गरौँ
    साहित्यलाई माया गर्दै
    कविताले पाना भरौँ ।
    ख)
    देशमा खुसी आओस्
    हटून् जुलुस नारा
    सर्वत्र शान्ति छाओस् ।
    ✍️
    प्रेम शर्मा “एकान्त प्रेमी”

    कालेबुङ भारत

    क)
    छोरा विदेश गयो
    वृद्ध बाआमा छोडी
    घरमा बेहाल भयो ।
    ख)
    श्रीमतीको भाग्य कस्तो�
    एउटा श्रीमानको यात्रा
    मसानघाट नै भएजस्तो।
    ✍️
    रिमेन आलोक

    अष्ट्रेलिया

    क)
    सोचभित्र नयाँ चेतना
    विचारको सानो झिल्काले
    रोप्ने गर्दछ सृजना ।
    ख)
    मौलिकता नै मेरो
    सच्चा सम्पत्ति बनोस्
    छोपेर ती चौघेरो ।
    ✍️
    कृष्ण ब रावत

    जाजरकोट

    क)
    आएन भनेर नरुनू
    पहिरोले बाटो रोक्यो
    उदास पनि नहुनू।
    ख)
    अलि पछि आउँला
    परिवार सबै मिलेर
    कतै घुम्न जाउँला ।
    ✍️
    अरुण कुमार भुजेल

    गोरूबथान,कालेबुङ

    क)
    छुट्टै छ सान
    विश्वलाई चिनाउँदा आहा
    हाम्रो यो पहिचान ।
    ख)
    गुरुको सम्मान गरिन्छ
    आफू त कृतज्ञता
    ज्ञापन गर्नेमा परिन्छ ।
    ✍️
    कला ढकाल

    झापा

    क)
    शारीरिक व्यायाम गर्नू
    स्फूर्ति आउँछ शरीरमा
    औषधीको भर नपर्नू ।
    ख)
    अल्छी गर्नु हुँदैन
    नियमित व्यायाम गरे
    कुनै रोगले छुँदैन ।
    ✍️
    शोभाकान्त रेग्मी

    स्याङ्जा

    क)
    सकेजति सम्बन्ध टालेँ
    चित्त नदुखोस् भनी
    नराम्रो थुप्रोलाई फालेँ ।
    ख)
    सूर्य भए पुग्छ
    चाहिन्न तारा यहाँ
    अँध्यारो सधैँ नुग्छ ।
    ✍️
    सुनिता निरौला पौडेल

    राधे राधे भक्तपुर

    क)
    आहा! झिल्के मजुर
    अलि नजिक आइदेऊ
    मेरा प्यारा हजुर !
    ख)
    पीपलको शीतल छायाले
    मलाई बिगार्‍यो हजुर
    उनको लोभी मायाले ।
    ✍️

    आर के भण्डारी

    क)
    ‎खेल समयको थियो
    ‎सँगै बाँच्ने, मर्ने
    ‎मायाले धोका दियो ।
    ‎ख)
    ‎हाँसेर जीवन बिताउनुपर्ने
    ‎सबैका लागि यहाँ
    ‎आफन्तले भलो चिताउनुपर्ने ।
    ‎✍️
    हिरा बुढा मगर ‘अमृत’

    ‎शारदा नगरपालिका–१४, सल्यान

    क)
    गुलियाे चाट्ने नगराैँ
    पछि तीताे नपच्ला
    झुटको पछि नसरौँ ।
    ख)
    जिन्दगी हाम्राे छाेटाे
    हावामा नफालाैँ कसैले
    पारेर यसै खोटो ।
    ✍️
    हरिगाेपाल न्हुच्छेँप्रधान

    साँगा बनेपा – १४ काभ्रे

    क)
    बर्खे झरीको भेल
    जाम छ बाटोघाटो
    हेर प्रकृतिको खेल ।
    ख)
    बाटोघाटो राम्रो छैन
    आउजाउ गर्न गाह्रो
    उड्यो मनको चैन ।
    ✍️
    रमा गुरुङ्ग

    सालुगडा सिलीगुडी

    क)
    निस्वार्थ आमाको मायामा
    चल्छ परिवारको जिन्दगी
    निर्धक्क बाबाको छायामा ।
    ख)
    मायाले भरिएको घरसंसार
    दुःखकष्ट हमेसा आइपर्दा
    सहजै हुन्छ पार ।
    ✍️
    नम्रत प्रधान
    तकदाह, दार्जिलिङ

    क)

    आज तिम्रै कारणले
    भएँ जिउँदो लास ।
    ख)
    बेरोजगारी झोला बोकेर
    थिएँ परदेश हिँडेको
    आँखाका आँसु रोकेर ।
    ✍️
    पुरुषोत्तम फुयाल

    सुन्दरहरैँचा न.पा.-२, मोरङ

    क)
    सफा रहेछ मन
    दुनियाँलाई माया दियौ
    नभए पनि धन ।
    ख)
    मनको कुरा खोल
    होइन अरूका लागि
    आफ्नो हितमा बोल ।
    ✍️
    निमा छिरिङ भोटिया

    जलढाका कालेबुङ भारत

    क)
    जोगाउँदै नेपाली सान
    विश्वको सामु चिनाऔँ
    हाम्रो मौलिक पहिचान ।
    ख)
    मान्छे सफल हुन्छ
    निरन्तर मेहनत गरेमा
    सबैको मन छुन्छ ।
    ✍️
    राजेश भण्डारी, रुरुक्षेत्र ५ गुल्मी

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, त्रिवेणी साहित्य समाज हैरिस्वर्ग पेन्सिल्भेनिया अमेरिका, नारद आचार्य सुदामा, वसन्त अनुभव

    झिल्का कविता

  • १६ श्रावण २०८३, शनिबार ११:५४ मा प्रकाशित
  • त्रिवेणी साहित्य मञ्च हैरिस्वर्ग पेन्सिल्भेनियाको मेसेन्जर समूहमा शुक्रवारीय साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खलामा सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-


    —<•>—
    क)
    भनिन्छ पहिलो गुरु
    बाबुआमा हुन् जसले
    पढाउन गरे सुरु।
    ख)
    सिकाई अमूल्य सीप
    दक्ष बनाउँछन् शिष्यलाई
    बालेर ज्ञानको दीप।
    ✍️
    वसन्त अनुभव
    वसन्तविहार
    —<•>—
    क)
    निश्छल प्रेमका पूजारी
    पहिलो गुरू आमाबुबा
    विशुद्ध ज्ञानका सुखकारी ।
    २)
    दिमागको निस्तेज हटाउने
    पथदर्शक हुन् गुरुज्यू
    मनको दुविधा घटाउने ।
    ✍️
    नारदप्रसाद आचार्य ‘सुदामा’
    संयुक्त राज्य अमेरिका
    —<•>—
    क)
    ज्ञानको ज्योति ल्याए
    दुई मनको मिलन
    सबैले शिक्षा पाए।
    ख)
    गुरुको भक्ति गरौँ
    अन्धकार यो संसारमा
    ज्ञानले मन भरौँ।
    ✍️
    निमा छिरिङ भोटिया
    जलढाका कालेबुङ भारत
    —<•>—
    क)
    आमा, बाबा गुरु
    पढ्न सिकाए हामीलाई
    कदेखि गरेर सुरु।
    ख)
    गुरुलाई सम्मान गरौँ
    विद्या हासिल गर्न
    मूर्खको भर नपरौँ।
    ✍️
    अम्बिका राणा
    खरसाङ दार्जिलिङ
    —<•>—
    क)
    गुरुको अमूल्य ज्ञान
    बाटो देखाउँछ जीवनमा
    बढाउँछ जताततै सम्मान।
    ख)
    ज्ञान ठुलो धन
    अन्धकार हटाएर चौतर्फी
    उज्यालो बनाउँछ मन।
    ✍️
    भोज विवश मगर
    गैंडाकोट -३ नवलपरासी पूर्व
    —<•>—
    क)
    गुरुको गरौँ सम्मान
    दिनुहुन्छ उहाँले हामीलाई
    शिक्षा अनि ज्ञान।
    ख)
    पायौँ ज्ञानको भण्डार
    गुरूको शिक्षा नै
    हाम्रो जीवनको आधार।
    ✍️
    अन्मोल मुस्कान
    तकदाह छाउनी, दार्जिलिङ
    —<•>—
    क)
    त्यागेर द्वेष भावना
    बनोस् स्वच्छ मन
    यहीँ छ कामना।
    ख)
    नतमस्तक मेरा हात
    घर पहिलो पाठशाला
    गुरुवर्गको छ साथ।
    ✍️
    राजेन्द्र जि.सी
    व्यास ११ तनहू, फराकचौर
    हाल अमेरिका
    —<•>—
    क)
    चाडै उठौँ बिहान
    भजन, कीर्तनमा लागी
    पुकारौँ सधैँ भगवान।
    ख)
    आमा, भगवान, गुरु
    आशीर्वाद लिई सदैव
    गरौँ कामको सुरु।
    ✍️
    रिमेन आलोक
    अष्ट्रेलिया
    —<•>—
    क)
    सद्भाव कायम राखौँ
    नगरौँ आपसमा झगडा
    मित्रताको स्वाद चाखौँ।
    ख)
    नेपाली प्रकृति संस्कृति
    सबै मिलेर जोगाऔँ
    राखेर मनमस्तिष्कमा धृति ।
    ✍️
    रामकृष्ण ढकाल
    चितवन
    —<•>—
    क)
    ज्ञानै ज्ञानले भर्न
    लागिपर्नु हुन्छ गुरु
    शिक्षाको दीप छर्न।
    ख)
    धेरै दुःख गर्नुहुन्छ
    अन्धकार भएको ठाउँमा
    उज्यालो ज्योति छर्नुहुन्छ।
    ✍️
    शब्दयात्री लम्साल
    लम्सु,दैलेख
    —<•>—
    क)
    मनले माया गर्छ
    साँचो मायाले नै
    जीवनको रङ भर्छ।
    ख)
    स्वच्छ व्यवहार हुनुपर्छ
    मानवीय धर्म कमाउन
    मनदेखि मन छुनुपर्छ।
    ✍️
    क्षितिज बिरु राना
    वनगाड कुपिण्डे नगरपालिका ३ बडापोखरा सल्यान
    —<•>—
    क)
    शिक्षा अमूल्य धन
    ज्ञान आर्जन गरेमा
    खुसी बन्छ मन।
    ख)
    बन्नू बुद्धिमानी चेला
    चेतनाकाे ज्याेति छर्ने
    गुरुलाई नगर्नू हेला।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्ग
    खाेटाङ ऐसेलुखर्क३ हाल भक्तपुर
    —<•>—
    क)
    गुरु अन्धकार हटाउने
    दिव्यज्ञानले प्राण भरेर
    सत्य बाटो देखाउने।
    ख)
    गुरु अज्ञानतालाई हर्दछन्
    शिष्यमा चेतना भरेर
    ज्ञानको प्रकाश छर्दछन्।
    ✍️
    ईश्वर लामिछाने
    धरान-६, पानबारी
    —<•>—
    क)
    खिर खाने दिन
    साउनको पन्ध्र गते
    रमाऔँ ल एकैछिन।
    ख)
    साउनमा पर्छ पानी
    पहिरो बाढीको डर
    ज्यान जोगाऔँ जानी।
    ✍️
    बिबा तामाङ
    दार्जलिङ
    —<•>—
    क)
    अपमान नगरौँ कहिल्यै 
    मातापिता र गुरुलाई
    सम्मान गरौँ जहिल्यै।
    ख)
    साउन पन्ध्रमा खिर
    खाँदै आज रमाऔँ
    नलिई मनमा पिर।
    ✍️
    सुनिता निरौला पौडेल 
    राधे राधे ,भक्तपुर ।
    —<•>—
    मिलेर सरसफाई गरौँ
    आफ्नै गाउँघरको हामी
    विकासमा अघि सरौँ।
    ✍️
    बिधुत गुरूङ
    गोरुबथान
    हरेक हरफमा ३/३ शब्द हुनुपर्छ सर।
    —<•>—
    क)
    मनमा चाहना जाग्यो
    दिलमा भर्न चेतना
    नसकी विज्ञान भाग्यो।
    ख)
    विकृतिले संस्कार हाँस्यो
    देखासिकी गर्न छाडेन
    कृत्रिमता छातीमा टाँस्यो।
    ✍️
    विकल ‘आर्त्त’
    —<•>—
    क)
    लोभमा हामी मग्न
    नभुलौँ हामी धरामा
    आएको यहाँ नग्न।
    ख)
    गाह्रो प्रभुलाई ठग्न
    मायावी संसारले भुलाउने
    प्रभुसँगै थालौँ बग्न।
    ✍️
    कार्की डिबी माकुम
    सुनवल नवलपरासी
    —<•>—
    क)
    गुरुज्यूको महिमा अपार
    आफू जलेको प्रकाशले
    देखाउँछन् शिष्यलाई संसार।
    ख)
    व्यवहारमा मधुरस घोली
    अज्ञानता मेटाउँछन् गुरुले
    अन्तश्चक्षुको द्वार खोलीl
    ✍️
    बाबुराम गौतम
    गुल्मी
    —<•>—
    क)
    मायामा झारेर सान
    नदेखाऊ दम्भ यत्तिकै
    गर्दै अरूको अपमान।
    ख)
    नाम चल्ने काम
    गर्नुपर्छ है साथी
    मिल्छ राम्रो दाम।
    ✍️
    राजेश भण्डारी
    रुरुक्षेत्र ५ गुल्मी
    —<•>—
    गुरुको जादु चमत्कार
    रहोस् अनुराग सदा
    जीवनमा महिमा अपार।
    ✍️
    तोयानाथ चापागाईं
    दमक,झापा,नेपाल
    —<•>—
    क)
    सोझा जनता नतड्पाउनू
    घटनालाई राजनीतिकरण गरेर
    आपसी सद्भाव नभड्काउनू।
    ख)
    घटनाको छानबिन गर्नू
    दायित्व निभाउनू सरकार
    हुँदैन आमनागरिक मर्नु।
    ✍️
    शोभाकान्त रेग्मी
    स्याङ्जा
    —<•>—
    क)
    ज्ञानको दर्पण शिक्षक
    मानव चेतना जगाउने
    हुन् एक पथप्रदर्शक।
    ख)
    गुरुले दिएको ज्ञान
    समान हुन्छ सबैमा
    राखौँ सबैले ध्यान।
    ✍️
    नम्रत प्रधान
    तकदाह, दार्जिलिङ
    —<•>—
    क)
    बाआमा हुन् गुरु
    हरेक पहिलो शिक्षा
    हुन्छ उनैबाट सुरु।
    ख)
    अँध्यारोबाट उज्यालोमा ल्याउने
    उनै महान् गुरु
    शिष्यको भविष्य बनाउने ।
    ✍️
    साबित्री प्याकुरेल
    धादिङ
    —<•>—
    क)
    घरबाट हुन्छ सुरु
    हरेक बच्चाको शिक्षा
    बाआमा पहिलो गुरु।
    ख)
    गुरु दिन्छन् ज्ञान
    शिक्षित भएर हामी
    गर्छौँ उनको सम्मान।
    ✍️
    अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ
    —<•>—
    क)
    करुणा गुरुको हृदयभित्र
    अहङ्कार छोड्न जाने
    रसपान गराइदिनुहुन्छ मित्र।
    ख)
    गुरुको जित्न मन
    हुनुपर्छ अदभूत कला
    सच्चा र सत्यापन।
    ✍️
    ध्रुव खड्का
    फेदीखोला १ स्याङ्जा
    —<•>—
    क)
    राम्ररी गरे ध्यान
    हेर, धेरै कुराको
    पाइन्छ राम्रो ज्ञान।
    ख)
    सधैँ विद्यालय गएर
    हामी सफल हुनेछौँ
    पढाइ, लेखाइ गरेर।
    ✍️
    आर के भण्डारी
    —<•>—
    क)
    ‎मीठो सम्झना लेखिदिऊँला
    ‎जीवनका पाना हेर्नू
    ‎झुटो माया फेरिदिऊँला।
    ‎ख)
    ‎पुरानो माया उस्तै
    ‎समयले छले पनि
    ‎हिजोअस्तिको झैँ दुरुस्तै।
    ‎✍️
    हिरा बुढा मगर ‘अमृत’
    ‎शारदा नगरपालिका–१४, सल्यान
    —<•>—
    क)
    कसैको षड्यन्त्रमा परियो
    बेलामा बुझ्न नसकेर
    अहिले गुनासो गरियो।
    ख)
    दु:खले जीवन जिउँदैछु
    गरिबीमा भयो जन्म
    फाटेको भविष्य सिउँदैछु।
    ✍️
    पुरुषोत्तम फुयाल
    सुन्दरहरैँचा-२ मोरङ
    —<•>—
    क)
    खिरको मीठो स्वाद
    आमाको माया मिसिँदा
    बढ्यो मनको याद।
    ख)
    खिर मीठो खायौँ
    बस्यौँ हाँस्दै रमाउँदै
    स्मृति मीठो बनायौँ।
    ✍️
    सतीश पण्डित
    भानु६ चुँदी तनहुँ
    —<•>—


    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, त्रिवेणी साहित्य समाज हैरिस्वर्ग पेन्सिल्भेनिया अमेरिका, नारद आचार्य सुदामा, वसन्त अनुभव

    झिल्का लेखन अभियानको १२२ औँ शृङ्खला (गुरुपूर्णिमा विशेष) सम्पन्न

  • १४ श्रावण २०८३, बिहीबार २३:०१ मा प्रकाशित
  • झिल्का लेखन अभियानको १२२ औँ शृङ्खला (गुरुपूर्णिमा विशेष) यही साउन १३ गते सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान  लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने लगभग ७ दर्जन झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
    ~~<•>~~
    १)
    गुरु हाम्रा देवता
    जीवनमा ज्ञान भर्ने
    हृदयमा छन् सदा!
    २)
    भोक, अभाव पनि
    हुन् सच्चा गुरु
    सिकाउँछन् कठोर बनी।
    ✍️
    वसन्त अनुभव
    वसन्तविहार, घोराही, दाङ
    ~~<•>~~
    १)
    गर्नुपर्छ गुरुकाे आदर
    अक्षर सिकाए उनले
    उनी हुन भवसागर।
    २)
    नबिर्सौँ गुरुकाे त्याग
    राखेनन् लाेभ कहिल्यै
    छुट्याऔँ उनकाे भाग।
    ✍️
    नवराज भट्ट
    कञ्चनपुर
    ~~<•>~~
    १)
    गुरुले दिएको शिक्षा
    जीवनमा जहिल्यै रहोस्
    अमूल्य देखिने भिक्षा।
    २)
    आमा, बुबा, गुरु
    जिन्दगीमा त्रिनेत्र बनेर
    प्रज्ञा बाँड्ने खुरुखुरु।
    ✍️
    बिपी लामिछाने
    दमक – झापा
    ~~<•>~~
    माता, पिता, गुरु
    सम्मान गर्न आफैँबाट
    गर्नुपर्छ है सुरु।
    ✍️
    कला ढकाल
    झापा
    ~~<•>~~
    १)
    गरेर आदर सम्मान
    जलेर मैन झैँ
    लियौँ दिव्य ज्ञान।
    २)
    बाँडेर उज्यालो उपदेश
    त्यागी भाेक, तिर्खा
    बनाए सधैँ महेश।
    ✍️
    खुनराज काेइराला
    सिद्धलेक-३ गैरीगाउँ, धादिङ
    ~~<•>~~
    गुरु आँखाको ज्योति
    छैन अमूल्य यिनीभन्दा
    सुन, हिरा, मोती।
    ✍️
    ध्रुव श्रेष्ठ
    खोटाङ
    ~~<•>~~
    १)
    मार्गद्रष्टा हुन शिक्षक
    भिल्लका देशका मणि
    कसरी होलान् दीक्षक?
    २)
    त्याज्य वस्तु अँगाली
    गुरुलाई अनादर गर्नेको
    जीवन चल्दैन सँगाली ।
    ३)
    भविष्य अन्धकार हुने
    पटमूर्खको सङ्गतको फल
    पश्चातापमा जीवनभरि रुने ।
    ✍️
    सीताराम नेपाल
    ~~<•>~~
    क)
    माता, पिता, गुरु
    मातृभाषाको हुन्छ सूत्रपात
    जीवनको पद्धति सुरु।
    २)
    ज्ञानी बनाउने गुरु
    संस्कारी बन्नुपर्दछ यहाँ
    समय हुनेछ सुरु।
    ✍️
    कार्की डिबी माकुम
    सुनवल नवलपरासी
    ~~<•>~~
    १)
    गुरु नै पितामाता
    सत्कर्मको बाटो देखाउने
    हुन् ज्ञानका दाता।
    २)
    ज्ञानको ज्योति गुरु
    शिक्षा दिने कार्य
    हुन्छ उनैबाट सुरु।
    ३)
    चेलाको भावना बुझ्ने
    मूर्खलाई पनि सुधार्न
    हरबखत गुरु जुझ्ने।
    ✍️
    सरस्वती श्रेष्ठ
    रुपन्देही बुटवल
    ~~<•>~~
    गुरुबिनाकाे कुनै ज्ञान
    हुदैँन पाकाे कहिल्यैँ
    गुरु ईश्वरको समान ।
    ✍️
    हरिगाेपाल न्हुच्छेँप्रधान
    साँगा, बनेपा – १४ काभ्रे
    ~~<•>~~
    मिहेनतले सिकाउँछन् गुरु
    जे कुराको पनि
    उनैबाट हुन्छ सुरु !
    ✍️
    पवनकुमार बुढाथोकी
    काठमाडौँ
    ~~<•>~~
    १)
    त्याग सेवाका नायक
    मानव बनाउने गुरु
    सबैले पुज्न लायक।
    २)
    ज्ञान गुरुबाट लिई
    असल व्यवहार गर्नु
    सबैलाई उज्यालो दिई।
    ✍️
    मनोहरी पौडेल
    गैडाकोट १
    ~~<•>~~
    १)
    आमा, बाबा, गुरु
    पढ्न सिकाए हामीलाई
    कदेखि गरेर सुरु।
    २)
    गुरुलाई सम्मान गरौँ
    विद्या हासिल गर्न
    मूर्खको भर नपरौँ।
    ✍️
    अम्बिका राणा
    खरसाङ दार्जिलिङ
    ~~<•>~~
    १)
    अन्त्य होस् सुरु
    मेरालागि त पहिलो
    हुन् बाबा गुरु।
    २)
    सबैमा देखाउथे आफ्नोपन
    थिए उत्कृष्ट शिक्षकमा
    उनलाई मेरो नमन!
    ✍️
    कृष्णा बिष्ट जोशी
    झिल्का कविता
    ~~<•>~~
    जीवनको लक्ष्य भेटाउने
    सम्मान गरौँ गुरुको
    ज्ञानको भोक मेटाउने।
    ✍️
    दीप गोले तामाङ
    रौतहट
    ~~<•>~~
    नमन गर्न गुरुमा
    पर्खन्न गुरुपूर्णिमा मैले
    यहीँ भन्छु सुरुमा।
    ✍️
    दीपक दाहाल
    ~~<•>~~
    १)
    खाई ठक्कर जन्मदाता
    पालनहार पनि उनै
    गुरु महतारी माता।
    २)
    जसले चिनाए कखरा
    ताते गर्न हामीलाई
    पारिदिई जीवन हराभरा।
    ३)
    गुरुहरू हुँदैनन् अमन
    हुन् सत्मार्गका द्रष्टा
    सबैमा हृदयबाटै नमन।
    ✍️
    सुरेशकुमार पाण्डे
    ~~<•>~~
    १)
    गुरु, पिता, माता
    द्रष्टा हुन् जिन्दगीको
    एक भगवान, दाता!
    ✍️
    नारदप्रसाद आचार्य ‘सुदामा’
    संयुक्त राज्य अमेरिका
    ~~<•>~~
    १)
    ज्ञानकाे ज्याेति उघारी
    गुरुले उज्यालाे दिँदा
    हलुका भयाे भारी।
    २)
    दीक्षाले बनाउनुपर्छ ओतप्रोत
    मानवको मस्तिष्क हाे
    ज्ञानकाे असीमित स्राेत।
    ✍️
    डिल्लीराज भुसाल (राजेन्द्र)
    अर्घाखाँची
    ~~<•>~~
    १)
    नमन मार्गदर्शक गुरुमा
    जगमगाउँछ घर आँगन
    दर्शन पाउँदा सुरुमा।
    २)
    दिव्य चक्षु खुलाउन
    गुरुमा भक्तिभाव राखौँ
    पर्दैन मन डुलाउन।
    ✍️
    हिरालाल न्यौपाने
    बानपा ८ कोटमौला सल्यान
    ~~<•>~~
    १)
    शिक्षा हाम्रो आधार
    हुनुपर्छ हामी सबैको
    समान हक अधिकार!
    २)
    निजामतीको झैँ समान
    हुनुपर्छ अधिकार शिक्षाको
    गुरुको भयो अपमान।
    ✍️
    रिमा छन्त्याल
    बाग्लुङ
    ~~<•>~~
    ज्ञानको अन्धकार हर्न
    गुरुकै शरण परौँ
    आत्मा ज्ञानले भर्न।
    ✍️
    यशोदा रेग्मी
    नामराङ पूर्व सिक्किम
    ~~<•>~~
    १)
    जीवन भयो सुरु
    यो धर्ती देखाउने
    बाबुआमा पहिलो गुरु।
    २)
    गाउँघर, समाज, परिवार
    हुन् श्रोत ज्ञानका
    शिक्षाका बलिया आधार।
    ३)
    विद्यालयमा साथीभाइ गुरु
    यहीँबाट थालनी हुन्छ
    औपचारिक शिक्षाको सुरु।
    ✍️
    महेश कुमार न्यौपाने
    ~~<•>~~
    हुन् बालक पनि
    एक सच्चा गुरु
    ज्ञानको श्रोत बनी।
    ✍️
    प्रमोद नेपाल
    ~~<•>~~
    १)
    गुरुको परौँ शरण
    ज्ञान विद्याको धनी
    स्पर्श गरौँ चरण।
    २)
    मातापिता पहिलो गुरुवर
    भक्तिले शिर झुकाऔँ
    नराखौँ हृदयबाट पर।
    ३)
    मातृभाषाको कुशल शिक्षिका
    माता हाम्री ज्ञानी
    जीवनकी हुन् पथप्रदर्शिका।
    ✍️
    मोती योन्जन सुब्बा
    दार्जिलिङ
    ~~<•>~~
    १)
    सिकायो सभ्य सृष्टिले
    गुरुको सम्मान गर्नलाई
    दिव्य वैदिक दृष्टिले।
    २)
    अज्ञानको अन्धकार फारेर
    पार तार्छन् गुरुले
    मूर्खलाई शिक्षित पारेर।
    ✍️
    विवश पारदर्शी
    झापा
    ~~<•>~~
    १)
    अज्ञानीलाई ज्ञानी बनाउने
    महानताका पुजारी हौ
    सत्कर्मको पाठ पढाउने।
    २)
    तिम्रो छहारीको शितलता
    बारम्बार म सम्झिरहन्छु
    सङ्घर्षशील गुरुको धैर्यता।
    ✍️
    मीना खड्का
    हेटौडा १९ बस्तीपुर
    ~~<•>~~
    १)
    सुमार्गकाे बाटो देखाउने
    गुरु ज्ञानकाे भकारी
    शिष्यलाई कखरा लेखाउने।
    २)
    गुरुकाे महिमा अपरम्पार
    बल्दो मैनबत्ती भई
    हटाउने अरूको अन्धकार।
    ३)
    अपमान नगरौँ गुरुकाे
    ज्ञानकाे ज्याेति देखाउने
    उनै हुन सुरुकाे।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    खाेटाङ ऐसेलुखर्क ३ हाल भक्तपुर
    ~~<•>~~
    १)
    गुरुप्रति गरिने सम्मान
    सधैँ स्मरण गरौँ
    उचो रहोस् शान।
    २)
    ज्ञान, विज्ञानको श्रोत
    सम्मान छ जहिल्यै
    भावना रहोस् ओतप्रोत।
    ३)
    अज्ञानता हटोस् सारा
    अझै अगाडि बढोस्
    गुरुको त्यो अभिभारा।
    ✍️
    पदमराज न्यौपाने
    रामारोशन ४ अछाम
    ~~<•>~~
    १)
    ज्ञानैज्ञानले पो भर्न
    लागि पर्नुहुन्छ गुरु
    शिक्षाको बीज छर्न।
    २)
    धेरै दुःख गर्नुहुन्छ
    अन्धकार भएको ठाउँमा
    ज्ञानको ज्योति छर्नुहुन्छ।
    ✍️
    शब्दयात्री लम्साल
    दुल्लु १२. लम्सु दैलेख
    ~~<•>~~
    १)
    सिकाउने समातेर हात
    लेख्न, बोल्न सिकाउने
    गुरुदेवबाट हुँदैन घात।
    २)
    शिर झुकोस् पाउमा
    पहिलो गुरुदेव बाआमा
    मलम लगाइदेऊ घाउमा।
    ✍️
    चुडामणी देबकोटा
    सिन्धुली मरिणखोला जखनी
    हाल थानेटार पुरानोनैकाप काठमाण्डौ
    ~~<•>~~
    १)
    सत्ज्ञानको मार्गमा डाेर्‍याउने
    महानताका खानी गुरु
    अज्ञानीलाई ज्ञान दिलाउने ।
    २)
    सत्कर्मको पाठ पढाउने
    गुरु ज्ञानको कुशल
    अज्ञानीलाई मानव बनाउने ।
    ३)
    तिमी हौ प्रकाश
    अन्धकार सारा हटाउने
    एक सच्चा आस।
    ४)
    गुरु अन्धकार हर्ने
    आफू बनेर मैनबत्ती
    सबैलाई ज्ञानले भर्ने।
    ✍️
    दुर्गा भट्टराई
    मोरङ
    ~~<•>~~
    १)
    गुरुकाे आज्ञा मान
    भविष्यमा गएर तिम्रो
    बढ्नेछ इज्जत सान।
    २)
    आमाबाबु र गुरु
    सत्पथमा हिँडाउन उद्यत
    हुन्छन् सदा खुरुखुरु।
    ✍️
    प्रद्युम्न चालिसे
    भक्तपुर ,कटुञ्जे
    ~~<•>~~
    जहाँ गुरुको बास
    समयानुसार प्रगतिका साथहरूले
    जीवन हुन्छ खास।
    ✍️
    प्रेम थापा `मन´
    बागलुङ
    ~~<•>~~
    गुरुपुर्णिामाको छ शुभकामना
    सदासर्वदा सबैको पुगोस्
    मनको ईच्छा चाहना!
    ✍️
    रमा गुरुङ्ग
    सालुगडा सिलीगुडी
    ​~~<•>~~
    १)
    ​अज्ञानको अन्धकार हटाउने
    एकमात्र हुन् गुरु
    ज्ञानको बत्ती जलाउने।
    ​२)
    ​शिक्षाको दीप बालेर
    सच्चा बाटो देखाउँछन्
    जीवन सुन्दरतामा ढालेर।
    ​✍️
    बालकृष्ण दाहाल ‘बिकेडी’

    रामपुर ओखलढुङ्गा
    ~~<•>~~
    १)
    हुँदा जीवनको सुरु
    सत्यको मार्गमा डोर्‍याउने
    सर्वश्रेष्ठ तिमी गुरु।
    २)
    सुमार्गमा पाइला टेकाउने
    ज्ञानको भण्डार गुरु
    सुन्दर संसार देखाउने।
    ✍️
    बेल थोकर तामाङ
    बकैया ८ बस्तिपुर ,मकवानपुर
    ~~<•>~~
    १)
    माता, पिता, गुरु
    जीवन दिने यिनै
    अर्ती मानौँ खुरुखुरु।
    २)
    अन्त्य होइन सुरु
    आफ्नालागि त पहिलो
    माता, पिता गुरु।
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    हालः-अमेरिका,अष्टिन।
    ~~<•>~~
    १)
    उनै हुन् गुरु
    हामीलाई ज्ञान दिन
    गरे जसले सुरु।
    २)
    गुरु नै आधार
    खेल्छन् बनाउन भुमिका
    हाम्रो सपना साकार।
    ३)
    गुरुको अपरम्पार शक्ति
    मिलेर गरौँ आजैदेखि
    सबैले उनको भक्ति।
    ४)
    ज्ञान हामीले पायौँ
    विषको प्याला त्यागेर
    अमृत बुटी खायौँ।
    ✍️
    विजय कुमार बिष्ट
    ~~<•>~~
    १)
    आज महत्त्वपूर्ण दिन
    गुरुलाई सम्झौँ सबैले
    उनलाई तिर्नुपर्ने रिन।
    २)
    अन्धकार गुरुले चिर्ने 
    जीवनभर पाठ पढाई
    सन्तुष्टिको तक्मा भिर्ने।
    ✍️
    बिबा तामाङ
    दार्जलिङ
    ~~<•>~~
    १)
    रोग, भोग, शोक
    मौन गुरु हुन्
    सिकाउँछन् सबै थोक!
    २)
    अज्ञान तम हर
    विज्ञ संयमी गुरु
    सुज्ञान मनमा भर!
    ✍️
    जेचुनमा
    मकवानपुुर, बकैया-१०
    ~~<•>~~
    गुरुको चरणमा आए
    दुनियाँमा कोही छैन
    उनैबाट ज्ञान पाए।
    ✍️
    निमा छिरिङ भोटिया
    जलढाका कालेबुङ भारत
    ~~<•>~~
    मनको अन्धकार हटाउने
    गुरु तिमी महान
    अज्ञानता सदैव घटाउने
    ✍️
    शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौँ
    ~~<•>~~
    गुरुको महिमा अपार
    मर्यादाको पाठ सिकाउने
    आदर्श उनको व्यवहार।
    ✍️
    राधा चाम्लिङ
    खोटाङ
    ~~<•>~~
    १)
    अज्ञानीलाई क्षमा दिने
    उनै हुन् सबलाई
    उज्यालो बाटो देखाइदिने।
    २)
    भगवान् चिनाउने गुरु
    तिमीलाई सर्वप्रथम ढोगी
    गर्छु दिनचर्या सुरु।
    ✍️
    देबिका सुब्बा खवास
    कदमतला सिलगढी
    ~~<•>~~
    १)
    आँखा हुन् गुरु
    जीवनमा अपरिहार्य सदा
    गर्नलाई शुभयात्रा सुरु।
    २)
    सक्दैनौँ हामी गुरुबिना
    हल गर्न कठिनाइ
    किन नहोस् सानातिना।
    ✍️
    रबिता महर्जन
    खोकना, ललितपुर
    ~~<•>~~
    गरौँ गुरुलाई नमन
    श्रद्धा अर्पण गर्नाले
    सार्थक हुन्छ जीवन।
    ✍️
    अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ
    ~~<•>~~
    १)
    ज्ञानको ज्योति भर्ने
    गुरुहरू नै हुन्
    दिमागी अन्धकार हर्ने।
    २)
    गुरुको सम्मान गर्न
    पुग्छ मानसम्मान दिए
    पर्दैन पाउमा पर्न।
    ✍️
    ललिता गिरी
    सिन्धुली
    ~~<•>~~
    १)
    दिई दक्षिणा दान
    पुज्छौँ आज गुरुहरूलाई
    गरेर आदर सम्मान।
    २)
    शिक्षादीक्षा सब दिने
    सम्पूर्ण गुरु, गुरुआमालाई
    आजै हो सम्झिने।
    ✍️
    पुष्पा सुवेदी
    नेपालगन्ज, बाँके
    ~~<•>~~
    १)
    गुरुको महिमा अपार
    स्वयम् जलेर अरूलाई
    दिन्छन् न्यानो पहार।
    २)
    ज्ञानको बीउ छर्छन्
    बाबाआमा अनि गुरु
    सर्वोच्च स्थानमा पर्छन्।
    ३)
    गुरुको महिमा आकर्षक
    मर्यादा गरौँ सधैँभरि
    ठानेर आफ्नो मार्गदर्शक।
    ✍️
    बाबुराम गौतम
    गुल्मी
    ~~<•>~~
    १)
    गुरु हाम्रा मार्गदर्शक
    उनैबाट दीक्षित हामी
    बन्छौँ महान सर्जक।
    २)
    ज्ञान पाएर अगम्य
    बन्छौँ सफल व्यक्ति
    भरेर साहस अदम्य।
    ✍️
    हितमान छन्त्याल (सहोदर )
    पोखरा ,कास्की
    ~~<•>~~
    १)
    आमाबुबालाई मानिन्छ गुरु
    उनीहरुबाटै सिकिन्छ सबैले
    बोल्न, लेख्न सुरु!
    २)
    आमाले सिकाइन् कखरा
    इन्टुकिन्तुको गुञ्जाइस थिएन
    बुझ्थिन् सबै नखरा!
    ✍️
    भेष राज बञ्जाडे
    बुटवल -१३, रुपन्देही
    ~~<•>~~
    १)
    मातापिता पहिलो गुरु
    उहाँहरुबाट नै भयो
    अध्ययन हाम्रो सुरु।
    २)
    गुरु हाम्रो प्रकाश
    शिक्षाको ज्योति छर्दै
    दिन्छन् ज्ञानको आभास।
    ✍️
    अम्बिका गिरी
    विराटनगर
    ~~<•>~~
    १)
    आशाको गीत सुरु
    भविष्य उज्यालो बनाउने
    ज्ञानको गंगा गुरु।
    २)
    जगतका हुन् भगवान
    ज्ञानको दीप जलाउने
    गुरु हाम्रो महान।
    ✍️
    रुना कर्माचार्य दाहाल
    चितवन
    ~~<•>~~
    १)
    अहिले गर्छन् अपमान
    पहिले थियाे गुरुकाे
    ईश्वरसरि सम्मान सान।
    २)
    ब्रम्हचर्य आश्रम सुरु
    सुनाई गायत्री मन्त्र
    गरिदिने उनै गुरु।
    मधुसुदन बेल्बासे  “काेपिला”
    सिद्धारा-९ अर्घाखाँची
    ~~<•>~~
    १)
    गराउने ज्ञानको उज्यालो
    गुरुको दिव्य उपदेश
    हटाउँछ अज्ञानता कालो।
    २)
    गरौँ गुरुलाई नमन
    सच्चा श्रद्धा अर्पणले
    सार्थक हुन्छ जीवन।
    ३)
    गुरु हुन् भगवान
    अज्ञानताको अन्धकार मेटाई
    दिन्छन् उच्च ज्ञान।
    ४)
    बनेर जीवनको बाटो
    सदैव सुमार्गमा डोर्‍याई
    बनाउँछन् भविष्य रातो।
    ५)
    बालौँ श्रद्धाको दीप
    फाल्दै अन्धकार अज्ञानता
    भरौँ भरपुर सीप।
    ६)
    मेट्छौ मनको तृष्णा
    सद्भाव र विवेक
    भरेर दिन्छौ कृष्णा।
    ७)
    पूज्य गुरुको पाउ
    सधैँ शिर झुकाई
    भरौँ ज्ञानको घाउ।
    ८)
    गुरु हुन् मार्गदर्शक
    सच्चा बाटो देखाई
    बन्छन् जीवनको रक्षक।
    ९)
    फेर्छौ नयाँ आयाम
    सदा तिम्रो चरणमा
    हजारौँ कोटि प्रणाम।
    १०)
    छर्दछौ ज्ञानको ज्योति
    अमूल्य उपदेश दिएर
    बनाउँछौ मानिस मोती।
    ११)
    भेटियो जीवनको सार
    सच्चा गुरुको ज्ञानले
    भयो भवसागर पार।
    १२)
    मानौँ गुरुको वचन
    अनुशासन र निष्ठाले
    निर्मल बन्छ मन।
    ✍️
    अबजस चन्द्र
    कमल झापा
    ~~<•>~~
    १)
    हटोस् अशिक्षाको पाटो
    गुरुको ज्ञान पाएर
    रोजौँ असल बाटो।
    २)
    भए खराब बानी
    गुरुको सामु परोस्
    सक्छ बन्न ज्ञानी।
    ✍️
    प्रतिज्ञा प्रतिज्ञा
    मेहेलकुना सुर्खेत
    ~~<•>~~
    १)
    गुरु र आमाबुबा
    सबै हाम्रा देव
    खुवाउने ज्ञानको खुवा!
    २)
    आज पनि बाँचेको
    छु हजुरको शिक्षाले
    सदा खुसी रहेको।
    ✍️
    भोला मान बर्देबा बैरागी माईलो
    बू नि क न पा 5 नारायणथान काठमाडौँ
    ~~<•>~~
    १)
    गुरुप्रति श्रद्धा अर्पण
    अधुरो हुन्छ सधैँ
    ज्ञानको नदेखाई दर्पण।
    २)
    जीवनका मुख्य गुरु
    हुन् आमा, बाबा
    गर्छन् ज्ञानको सुरु।
    ✍️
    शोभा आचार्य गौतम
    काठमाडौँ
    ~~<•>~~
    १)
    छर्छन् ज्ञान गुरु
    बटुलेर सबै सिकारुले
    गर्छन् सिक्न सुरु।
    २)
    गुरु महिमा कहेर
    सकिन्न कहिले पनि
    जीवनबाट टाढा रहेर।
    ३)
    सिक्ने थलाेमा आऔँ
    दत्तचित्त भएर एकछिन
    गुरु महिमा गाऔँ।
    ✍️
    त्रिलाेचन भण्डारी
    मेचीनगर, झापा
    ~~<•>~~
    १)
    गुरु ज्ञानका दाता
    देखाउँछन् बाटो हामीलाई
    बराबर हुन्छन् माता ।
    २)
    गुरुकाे गरौँ सम्मान
    भाेलिका कर्णधार हामी
    बढ्दै जान्छ सान।
    ३)
    ज्ञान भविष्यकाे ज्याेति
    जलाउँदै समाजमा दीप
    जीवन बन्दछ माेति।
    ✍️
    रवि पाैडेल
    दक्षिण भारत पाण्डेचरी
    ~~<•>~~
    १)
    गरौँ गुरुको भक्ति
    उचित ज्ञानको प्रभावले
    हमेसा मिल्छ दिव्यशक्ति ।
    २)
    आजको पवित्र दिन
    गुरुको श्रध्दा गरी
    तिरौँ सबैले रिन।
    ✍️
    जयनारायण नेपाल
    बालकोट भक्तपुर
    ~~<•>~~
    १)
    मार्गदर्शक हुन् गुरु
    उहाँबाट नै हुन्छ
    ज्ञानकाे अध्याय सुरु।
    २)
    गुरु जीवनकाे सार
    आफू जलेर पनि
    दिन्छन् ज्ञान अपार।
    ✍️
    काेपिला अधिकारी
    गाेरखा
    ~~<•>~~
    १)
    गुरुहरू ज्ञानको सरोवर
    भण्डार अपूर्व ज्ञानका
    छर्छन् ज्ञानगुन बरोबर।
    २)
    दिव्यज्योति जीवनको ज्ञान
    सभक्ति गर्नुपर्छ आराधना
    तबमात्र मिल्दछ सम्मान।
    ✍️
    घनश्याम पन्त
    ~~<•>~~
    १)
    गुरु ज्ञानका मोती
    देखाई छर्छन् हामीमा
    शिक्षाको उज्यालो ज्योति।
    २)
    भोक, प्यास नमानी
    बराबर ज्ञान दिने
    हामीलाई सन्तान ठानी।
    ✍️
    जानुका बाँस्कोटा
    काठमाडौँ
    ~~<•>~~
    १)
    ज्ञानको ज्योति छर्ने
    हाम्रा आदरणीय गुरुलाई
    गरौँ सम्मान गर्ने।
    २)
    गुरुबिनाको यो जीवन
    अन्धकार हुन्छ सारा
    बिग्रिन्छ हाम्रो मन।
    ३)
    गुरु हुन् मैनबत्ती
    अन्धकारलाई पनि चिर्ने
    उहाँको गरौँ भक्ति।
    ४)
    सबैमा सद्बुद्धि आओस्
    गुरुपूर्णिमाको पावन दिनमा
    सुख, समृद्धि छाओस्।
    ✍️
    लक्ष्मी रेग्मी ‘शब्दयात्री’
    उर्लाबारी, मोरङ
    ~~<•>~~
    १)
    गुरुकाे शरणमा परी
    गरौँ नित्य पूजा
    मनमा श्रद्धा भरी।
    २)
    वर्षमा एकपटक पर्ने
    गुरुपूर्णिमामा सम्झौँ गुरु
    ज्ञानको भण्डार भर्ने।
    ३)
    राखेर मनमा सद्भाव
    गरौँ नमन गुरुलाई
    टर्दछ सबै अभाव।
    ✍️
    काेपिला समीक्षा
    खार्पा खाेटाङ
    ~~<•>~~
    १)
    प्रकृति ज्ञान छर्ने
    गुरु ब्रह्मा हुन्
    सत्कर्म सबमा भर्ने।
    २)
    देवत्व मानौँ गुरुको
    सावाँ अक्षर कोरेर
    ज्ञान खोल्ने सुरुको।
    ✍️
    लेखनाथ सुवेदी
    कमल गा पा-३ सानोकेर्खा
    ~~<•>~~
    १)
    गुरुबाट प्राप्त सुज्ञान
    सदैव मनमा राखी
    गरौँ गुरुलाई सम्मान।
    २)
    हाम्रा गुरु महान्
    शिक्षक, बुबा, आमा
    हुन् सच्चा भगवान्।
    ✍️
    रचना शर्मा प्रतीक्षा
    ललितपुर
    ~~<•>~~
    ज्ञान सिकाई सुरु
    हुन्छ घरमै हेर
    आमाबुबा नै गुरु।
    ✍️
    पोखरा उद्योग वाणिज्य संघ
    ~~<•>~~
    बाआमा पहिलो गुरु
    उहाँहरूबाटै गर्न सिकिन्छ
    राम्रो कामको सुरु।
    ✍️
    केसर बाेहरा (सङ्घर्ष)
    सुदूरपश्चिम अछाम ,हाल- भारत
    ~~<•>~~

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभव

    साउन विशेष झिल्का कविताहरू

  • ९ श्रावण २०८३, शनिबार ०७:५० मा प्रकाशित
  • 1000053139Download

    त्रिवेणी साहित्य मञ्च हैरिस्वर्गपेन्सिल्भेनियाको अभ्यासशालामा शुक्रवार अभ्यासका क्रममा सहभागी झिल्काकारहरूका साउनविशेष झिल्का कविताहरू-

    १)
    बाढी पहिरो हिलो
    साउन रुँदा अधिक
    बल्झ्यो सैने पिलो।
    ✍️
    वसन्त अनुभव
    घोराही
    २)
    फराकिलो बनोस् मनोभावना
    मङ्गल छाओस् विश्वब्रह्माण्डमा
    साउन महिनाको शुभकामना।
    ✍️
    नारद आचार्य सुदामा
    संयुक्त राज्य अमेरिका
    ३)
    लगाएर हरिया सारी
    मेहन्दी चुरामा सजिए
    आहा ! श्रावणका नारी।
    ✍️
    ईश्वर लामिछाने
    धरान
    ४)
    फेरि आयो साउन
    मिलेर सबैजनाले थाले
    शिवमा भक्ति लगाउन।
    ✍️
    रामकृष्ण ढकाल
    टाँडी बजार, चितवन
    ५)
    सम्पूर्ण नारी पतिभक्त
    साउनमा व्रत बसी
    नबनून् जीवनमा अशक्त।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    ऐसेलुखर्क ३ खाेटाङ हाल भक्तपुर
    ६)
    साउन महान् पर्व
    भगवानलाई चढाउनू पानी
    सबैले गर्नू गर्व।
    ✍️
    बिबा तामाङ
    दार्जलिङ
    ७)
    ​साउने झरीले रुवायो
    परदेशी सम्झिँदा मन
    सिरानी आँसुले भिजायो।
    ✍️
    भोज विवश मगर
    गैंडाकोट -३ नवलपरासी पूर्व
    ८)
    हरियाली साउन मनाऊन्
    महादेवको कृपा पाएर
    सबै भक्तजनहरू रमाऊन् ।
    ✍️
    विष्णु पंगेनी(पाण्डे)
    वालिङ, स्याङ्जा
    ९)
    मनको पीडा बगाउँछ
    हरिया चुरा, पोतेले
    नयाँ आशा पलाउँछ।
    ✍️
    रिमेन आलोक
    अष्ट्रेलिया
    १०)
    शिवको आराधना गरौँ
    नारी सबै मिलेर
    हृदयमा भक्ति भरौँ।
    ✍️
    अम्बिका राणा
    खरसाङ दार्जिलिङ
    ११)
    एकतामा बल हुन्छ
    झुकाउँछ सरकार पनि
    सफलताले शिखर छुन्छ।
    ✍️
    बिधुत गुरूङ
    गोरुबथान
    १२)
    साउनले ल्यायो रङ्ग
    डाली नाचिन् हर्षले
    मन भयो दङ्ग !
    ✍️
    सतीश पण्डित
    भानु६ चुँदी तनहुँ
    हाल चनपा ६ मातातीर्थ
    १३)
    हरियो चुरा लगाई
    रमाऔँ साउनको महिनामा
    शिरमा सिन्दुर सजाई।
    ✍️
    प्रेम शर्मा “एकान्त प्रेमी”
    कालेबुङ
    १४)
    नलडौँ धर्मको नाममा
    सबैलाई सम्मान गर्दै
    पसौँ भगवानको धाममा।
    ✍️
    विनोद खाती
    मिरिक।
    १५)
    लगाइदिई हरिया चुरा
    सजाऔँ साडीमा नारीलाई
    नलगाई वचनका छुरा।
    ✍️
    सुनिता निरौला पौडेल
    राधे राधे, भक्तपुर
    १६)
    रुढीवादी परम्परा भगाऔँ
    हटाई जरैदेखि अन्धविश्वास
    जताततै जनचेतना जगाऔँ।
    ✍️
    शोभाकान्त रेग्मी
    स्याङ्जा
    १७)
    मनमा भक्तिभाव जगाएर
    उपासना गर्दछन् नारीले
    हातमा मेहन्दी लगाएर l
    ✍️
    बाबुराम गौतम
    गुल्मी
    १८)
    पर्खिनेले हात मल्छ
    राखौँ तालमेल संसारमा
    दीयो बातीसँगै बल्छ।
    ✍️
    कार्की डिबी माकुम
    सुनवल-४ न.प.
    १९)
    शिवको भक्ति गरौँ
    पवित्र महिना साउनमा
    मनमा आस्था भरौँ।
    ✍️
    नम्रत प्रधान
    तकदाह, दार्जिलिङ
    २०)
    मनमा कामना सजाएर
    पुग्छन् मन्दिर भक्तहरू
    शिवजीको स्तुति गाएर।
    ✍️
    अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ
    २१)
    ओझेल परेका सपना
    क्षितिज पारीको यात्रा
    कल्पना भयो थपना।
    ✍️
    तोयानाथ चापागाईं
    दमक,झापा,नेपाल
    २२)
    श्रावण महिना हरियो
    खाइन्न कहिल्यै मासु
    शिवको भक्त परियो।
    ✍️
    हिरालाल न्यौपाने
    सल्यान
    २३)
    शिवको गरेर तप
    निराहार व्रत बसी
    साउनमा रमाऊन् सब।
    ✍️
    साबित्री प्याकुरेल
    धादिङ
    २४)
    यो श्रावण महिनाभरि
    शिवजीलाई जल चढाउनू
    शुद्ध मन गरी।
    ✍️
    लक्ष्मी रेग्मी ‘शब्दयात्री’
    उर्लाबारी, मोरङ
    २५)
    तिम्रो छेउमा आउँछु
    तिमीलाई मात्र मैले
    यो दिलमा सजाउँछु।
    ✍🏻
    शब्दयात्री लम्साल
    लम्सु, दैलेख
    २६)
    अमिलो मन गराई
    नजानुस् त्यो ठाउँमा
    इज्जत धितो लगाई।
    ✍️
    राजेश भण्डारी
    २७)
    आँसु लुकाउने बानी
    चोटमा मुस्कुराउन जाने
    हुन्न कसैलाई हानी।
    ✍️
    धुर्व खड्का
    फेदीखोला १ स्याङ्जा
    २८)
    सदैव पिर दिलायौ
    धोकाको खेती गर्नेले
    आज जहर पिलायौ।
    ✍️
    पुरुषोत्तम फुयाल
    सुन्दरहरैँचा-२ मोरङ
    २९)
    हातभरि हरिया चुरा
    साउने व्रत बसे
    हुन्छन् चाहना पूरा।
    ✍️
    आर के भण्डारी
    ३०)
    साउनको झरीले सतायो
    जीवनले कोल्टो नफेर्दै
    आधारातमै फेरि उठायो।
    ✍️
    देविका बराल
    अमेरिका

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, त्रिवेणी साहित्य समाज हैरिस्वर्ग पेन्सिल्भेनिया अमेरिका, वसन्त अनुभव

    झिल्का कविता

  • २ श्रावण २०८३, शनिबार २०:५९ मा प्रकाशित
  • मिति २०८३/०४/०१ मा त्रिवेणी साहित्य मञ्च हैरिस्वर्गपेन्सिल्भेनियाद्वारा सञ्चालित झिल्का लेखन अभ्यास शृङ्खलामा सहभागी झिल्काकारहरूका झिल्का कविताहरू-

    झिल्का कविता
    —<•>—
    क)
    चुरा अनि सारी
    हरियो रङमा चिटिक्क
    वाह मेरी प्यारी!
    ख)
    गर्दै शिवको भक्ति
    निराहार बस्छिन् व्रत
    देखाई धैर्य शक्ति!
    ✍️
    वसन्त अनुभव
    वसन्तविहार, घोराही दाङ
    —<•>—
    झिल्का कविता
    क)
    प्रणय मुटुको गाँठो
    निःस्वार्थ भावनाको दीप
    साँचो बोलीको बाटो।
    ख)
    मृत्तिका,जन्मभूमि,जननी
    मायाको अदृश्य उज्यालो
    स्वच्छ शान्त धरणी।
    ✍️
    नारदप्रसाद आचार्य ‘सुदामा’
    संयुक्त राज्य अमेरिका
    —<•>—
    झिल्का कविता
    क)
    मनको रहर कस्तो?
    दुनियाँलाई बुझाउने कसले
    फूल फुलेकै जस्तो।
    ख)
    कति मीठो आयो
    झिल्काको स्वाद आहा
    मन साह्रै रमायो।
    ✍️
    निमा छिरिङ भोटिया
    जलढाका कालेबुङ भारत
    —<•>—
    झिल्का कविता
    क)
    साउन महिना आयो
    हरियो चुरा मेहदीले
    बजार भाउ पायो।
    ख)
    हरियो सारी लर्काएर
    आए दिदीबहिनी आहा!
    शिवजीलाई पानी अर्पाएर।
    ✍️
    कला ढकाल, झापा
    —<•>—
    झिल्का कविता
    क)
    साउन महिना आयो
    नारीले चुरा लगाउँदा
    सारा धर्ती जगमगायो।
    (ख)
    शिवको पूजाअर्चना गरौँ
    दिदीबहिनी सबै मिलेर
    हृदयमा आस्था भरौँ।
    ✍️
    अम्बिका राणा
    खरसाङ दार्जिलिङ
    —<•>—
    झिल्का कविता
    क)
    साउन महिना आयो
    देख्दा हरियाली जताततै
    मनमा खुसी छायो।
    ख)
    बिन्ती सुनिदेऊ कुरा
    रहर छ लगाउने
    हातभरी साउने चुरा।
    ग)
    मनमा मायाको पोको
    तिम्रै नाउँको मेहदी
    लगाउने छ धोको।
    ✍🏻
    शब्दयात्री लम्साल
    लम्सु, दैलेख
    —<•>—
    झिल्का कविता
    क)
    साउने सङ्क्रान्ति आज
    घरमा शिवको धुनी
    हुने शान्तिको राज।
    ख)
    मन पवित्र हुने
    कालो मैलो आफ्नै
    मनभित्र छ धुने।
    ग)
    सादा जीवन हाम्रो
    उच्च विचारै सुन्दरम्
    सधैँ हुन्छ राम्रो।
    घ)
    दुःखमा साथ मित्रको
    देखिन्छ यस जगमा
    दोष, गुण चरित्रको।
    ✍️
    कार्की डिबी माकुम
    सुनवल नवलपरासी
    —<•>—
    झिल्का कविता
    क)
    तोड्नुहुन्न सम्बन्धको बाँध
    चल्छ जीवन हाम्रो
    बोकेमा जिम्मेवारी काँध।
    ख)
    सकारात्मक सोचले मान्छेलाई
    असल बाटो हिडाउँछ
    चिन्ता गर्दछौ केलाई ?
    ✍️
    नम्रत प्रधान
    तकदाह, दार्जिलिङ
    —<•>—
    झिल्का कविता
    क)
    पवित्र राखेर दैलो
    साउने सङ्क्रान्ति मनाऔँ
    फालेर धुलो मैलो ।
    ख)
    शिवको भक्ति मनमा
    राखेर अघि बढौँ
    सफल भइन्छ जीवनमा।
    ✍️
    सावित्री प्याकुरेल
    धादिङ
    —<•>—
    झिल्का कविता
    क)
    सुनौलो न्यानो घाम
    जिन्दगी मुस्कुराउने यात्रा
    जपौँ रामको नाम।
    ख)
    माटोको सुगन्ध छाया
    प्रेमले भरियो मन
    गरौँ देशको माया।
    ✍️
    रिमेन आलोक
    अष्ट्रेलिया
    —<•>—
    झिल्का कविता
    क)
    स्वागत तँलाई साउन
    बाढी पहिरो नआओस्
    लोकका सबै रमाउन।
    ख)
    सफा पानी पिउनु
    यो बर्खाको बेलामा
    स्वस्थ भएर जिउनु।
    ✍️
    रामकृष्ण ढकाल
    टाँडी बजार , चितवन
    —<•>—
    झिल्का कविता
    क)
    साउने सङ्क्रान्तिको शुभकामना
    सकारात्मक ऊर्जा आओस्
    सबैको पुगोस् मनोभावना।
    ख)
    हातमा हरिया चुरा
    साडीमा सजिएकी चेली
    नगरौँ कसैका कुरा।
    ग)
    गरौँ आराधना शिवको
    देउ शक्ति सबैलाई
    हत्या नगरौँ जीवको ।
    ✍️
    सुनिता निरौला पौडेल
    राधे राधे भक्तपुर
    —<•>—
    झिल्का कविता
    क)
    धर्ममा ऎक्यबद्धता जनाऔँ
    दैवीप्रकोप नआओस् भन्दै
    साउने सङ्क्रान्ति मनाऔँ।
    ख)
    पुर्खाको संस्कृति मान्नुपर्छ
    लुतो फाल्ने चलनचल्ती
    पुरानो परम्परा धान्नुपर्छ।
    ✍️
    शोभाकान्त रेग्मी
    स्याङ्जा
    —<•>—
    झिल्का कविता
    क)
    ​उज्यालो घाम लाग्यो
    निभ्यो कालो रात
    नयाँ आशा जाग्यो।
    ​ख)
    ​पसिना बगाएर आज
    भोक, प्यास मेटाए
    रमाउँछ पूरै समाज।
    ​ग)
    ​आउँछ समय घुमी
    बदलिन्छ सारा संसार
    बसौँ सफलता चुमी।
    ​घ)
    ​हाँस्छन् ती फूल
    सजाउँदै यो धर्ती
    नगर्नू निमोठ्ने भूल।
    ​ङ)
    ​अघि बढ्दै जाऊ
    नथाकिकन कहिल्यै तिमी
    आफ्नो लक्ष्य पाऊ।
    ✍️
    भोज विवश मगर
    गैंडाकोट -३ नवलपरासी पूर्व
    —<•>—
    झिल्का कविता
    क)
    हेर्छु पूर्णिमाको जून
    एकान्तमा एक्लो बसी
    चल्दा विरहको धून।
    ख)
    तिमीलाई पाउने चाहाना
    पूरा हुन्छ कहिले
    गर्दछौ जहिल्यै बाहाना।
    ग)
    कविता पढी रमाएँ
    लाग्यो लेख्न मन
    कापी पेन्सिल समाएँ।
    घ)
    प्रशस्त रुपैयाँ कमाएँ
    गरेर मेहनत मजदुरी
    आमाको हातमा थमाएँ।
    ✍️
    विद्युत गुरुङ
    गोरुबथान
    —<•>—
    झिल्का कविता
    क)
    हरियो चुरा लगाई
    हिँड्छिन् साउनको महिनामा
    प्यारी सिन्दुर सजाई।
    ख)
    मेहदी हातमा लाउँछु
    हेर श्रावण महिनामा
    तिमीलाई भेट्न आउँछु ।
    ग)
    आहा दार्जिलिङ घमाइलो
    गुम्बैगुम्बाहरूको सुन्दर सहर
    मनमोहक अनि रमाइलो ।
    ✍️
    प्रेम शर्मा “एकान्त प्रेमी”
    कालेबुङ
    —<•>—
    झिल्का कविता
    क)
    साउने सङ्क्रान्ति मनाऔँ
    हिलो मैलाे फालेर
    स्वस्थ शरीर बनाऔँ।
    ख)
    कति राम्रो चाहना
    झिल्का कविता लेख्ने
    तिमीमा जाग्यो भावना।
    ग)
    कापी, कलम समाएँ
    मीठो सिर्जना लेखेर
    आज भने रमाएँ।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    ऐसेलुखर्क ३ खाेटाङ
    हाल भक्तपुर
    —<•>—
    झिल्का कविता
    क)
    साउनमा पहिरो जान्छ
    भरोसा हुन्न बाढीको
    कतिबेला बढारेर लान्छ।
    ख)
    पञ्चाङ्ग दक्षिणायण लाग्यो
    लुतो फाल्ने सङ्क्रान्ति
    आज खुसीयाली जाग्यो।
    ✍️
    ध्रुव खड्का
    फेदीखोला १ स्याङ्जा
    —<•>—
    झिल्का कविता
    क)
    रोकिएन अविरल झरी
    गरिखाने निमुखा जनले
    हातमुख जोर्ने कसरी?
    ख)
    हिजोदेखि लागिरहेछ झरी
    थामिने छाँट देखिँदैन
    रुँदैछे बचेरासँगै चरी।
    ✍️
    अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ
    —<•>—
    झिल्का कविता
    क)
    आज साउने सङ्क्रान्ति
    बर्खामास परेको खडेरीले
    खोस्यो किसानको शान्ति l
    ख)
    भिजिनन् आजसम्म वसुधा
    कसरी मेट्छ किसानले?
    आश्रित परिवारको क्षुधा!
    ✍️
    बाबुराम गौतम
    गुल्मी
    —<•>—
    झिल्का कविता
    क)
    मनभित्र दु:खका कथा
    उदेकलाग्दो छ परिवेश
    कसैले बुझ्दैनन् व्यथा।
    ख)
    उर्लदो भित्रि राप
    सपना भए चकनाचुर
    मस्तिष्कमा बोझिलो चाप।
    ✍️
    तोयानाथ चापागाईं
    दमक, झापा
    —<•>—
    झिल्का कविता
    क)
    सस्तो लोकप्रियताको लागि
    कलाकारिता किन गर्छौं?
    संस्कार बिर्सिने अभागी।
    ख)
    सबैमा हुनुपर्छ देशभक्ति
    जन्म लिएपछि देशमा
    देखाऔँ निर्माणको शक्ति।
    ग)
    साउने सङ्क्रान्तिकाे अवसरमा
    सबै नेपालीमा शुभकामना
    नबाँचौँ अरूको भरमा।
    घ)
    साउने सङ्क्रान्ति मेलामा
    दुःख, सुख बाँडेर
    घर आउनुपर्छ बेलामा।
    ✍️
    लक्ष्मी रेग्मी ‘शब्दयात्री’
    उर्लाबारी, मोरङ
    —<•>—
    झिल्का कविता
    क)
    तात्तातो अगुल्टाले हानेर
    देशको लुतो हटाऔँ
    विकृति, विसङ्गति फालेर।
    ख)
    भलायो, सिस्नु धसिङ्गरे
    सबै कुविचारहरू राखेर
    लुतो फाल्नुपर्छ भरे।
    ग)
    वनस्पति अमिलो राखेर
    वर्षायामको चर्मरोग फालौँ
    कण्डारक पूजा गरेर।
    ✍️
    ईश्वर लामिछाने
    धरान
    —<•>—
    झिल्का कविता
    क)
    लगाएर हरिया चुरा
    व्रत बस्छन् नारीहरू
    मनोकामना गर्न पूरा।
    ख)
    गरेमा शिवजीको भक्ति
    साउन महिनामा सबैले
    मिल्दछ आन्तरिक शक्ति ।
    ✍️
    विष्णु पंगेनी(पाण्डे )
    वालिङ ,स्याङ्जा
    —<•>—
    झिल्का कविता
    क)
    साउनको पहिलो दिन
    सुखमय बनेर आओस्
    काढ्न नपरोस रिन।
    ख)
    आजदेखि हरियो चुरा
    तिम्रो हातमा सजिन्छ
    याे परम्परादेखिको कुरा।
    ✍️
    विनोद खाती
    मिरिक
    —<•>—

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, त्रिवेणी साहित्य समाज हैरिस्वर्ग पेन्सिल्भेनिया अमेरिका, वसन्त अनुभव

    झिल्का कविता

  • २८ असार २०८३, आईतवार ०६:२५ मा प्रकाशित
    • मिति २०८३/०३/१९ गतेको  त्रिवेणी साहित्य मञ्च हैरिस्वर्गपेन्सिल्भेनियामा अभ्यास गरिएका झिल्का कविताहरू–

    ———-
    झिल्का कविता
    क)
    मुटुमा आफ्नो देश
    हुनुपर्छ सच्चा देशभक्तको
    तनमा राष्ट्रिय भेश।
    ख)
    फलाक्दैमा जोडले खाली
    भइँदैन हजुर खासमा
    नागरिकता बोकेर नेपाली।
    ग)
    चाहना अभिलाषा नव्य
    राखिरहँदा देशबाट हामीले
    नभुलौँ आफ्नो कर्तव्य।
    ✍️
    वसन्त अनुभव
    वसन्तविहार, घोराही दाङ
    ———
    झिल्का कविता

    मिठो झिल्का कविता
    झट्ट पढ्न सकिने
    सलल्ल बग्ने सरिता !
    ✍️नारदप्रसाद आचार्य ‘सुदामा’
    हेरिस्वर्ग, पेन्सिलभेनिया, संयुक्त राज्य अमेरिका
    ———–
    झिल्का कविता

    कलम रोयो आज
    देखेर कुकृत्य कागजको
    खुल्दै गर्दा राज।
    ✍️
    प्रेम घिमिरे
    अमेरिका
    ———–
    झिल्का कविता

    देशलाई माया गरौँ
    मिलेर सारा देशभक्त
    शान्तिको बिज छरौँ।
    ✍️
    निमा छिरिङ भोटिया
    जलढाका कालेबुङ भारत
    ———–
    झिल्का कविता
    ******
    १)
    श्रमले लेख्छ कथा
    जीवनका तितामिठा सबै
    हाम्रा खुसी पिरव्यथा।
    २)
    बोलीमा भए मिठास
    जित्छ मन सबको
    दिन्छ सुगन्धको आभास!
    ३)
    रुख रोपेर आज
    भोलिको सास बचाऔँ
    बनाई हरियाली राज।
    ✍️
    सतीश पण्डित
    भानु६ चुँदी तनहुँ।
    ———–
    झिल्का कविता

    गुरुको महिमा अपार
    हमेसा साथ पाइरहूँ
    लेखनमा ल्याउनुछ निखार l
    ✍️
    बाबुराम गौतम, गुल्मी
    ———–
    झिल्का कविता
    १)
    असार मासको हिलो
    रोप्नुछ धान खेतमा
    रत्तिभर नगरी ढिलो।
    २)
    आकाश गर्जन्छ बेसरी
    कालो बादल भरिएर
    पर्दछ असारे झरी।
    ३)
    झिल्का कोपिला जति
    कताबाट आए यस्ता
    हलचल गर्लान् कति ?
    ✍️
    रामकृष्ण ढकाल
    चितवन
    ———–
    झिल्का कविता
    १)
    संस्कृति सभ्यता मानेर
    जिन्दगी गुजार्छन् मान्छे
    मानवीय हित ठानेर।
    २)
    प्रगति गर्नुपर्छ विश्वजित
    वैरभाव राखेमा कसैले
    हुनेछ भविष्य अनिश्चित।
    ३)
    अपेक्षा राख्दछु समानताको
    सदाचारी राष्ट्रसेवक कर्मचारी
    राजनीति तथा परम्पराको।
    ✍️
    वैँशालु महेन्द्र
    लेटाङ्ग नगरपालिका-८, जाँते, मोरङ
    ———–
    झिल्का कविता
    १)
    असार मासको झरी
    त्रास छ पहिरोको
    जोगिनु पो कसरी ?
    २)
    साउनमा मूल फुट्ने
    बाढीले थाहा छैन
    कतिबेला ज्यान लुट्ने।
    ३)
    असारमा धान रोप्न
    बाउसे हली खेतमा
    व्यस्त सिजन छोप्न।
    ✍️
    बिबा तामाङ, दार्जलिङ
    ———–
    झिल्का कविता
    १)
    तिमीलाई माया गर्छु
    धर्ती,आकाश रहुन्जेल
    तिम्रै शरणमा पर्छु।
    २)
    दार्जिलिङ छ घमाइलो
    सजिई रातो सारीमा
    हेरिरहूँ लाग्ने रमाइलो ।
    ३)
    प्रिया ! भेट्न आउँछु
    बोकी फूलको गुच्छा
    प्रेमिल गीत गाउँछु ।
    ✍️
    प्रेम शर्मा ” एकान्त प्रेमी “
           कालेबुङ
    ———–
    झिल्का कविता
    १)
    आयो बिहानी घाम
    बोकेर आशाको किरण
    पार्‍यो उज्यालो धाम।
    २)
    इमानदारको साथ गरे
    पर्दैन पछुताउन जीवनभर
    सत्कर्मीको विश्वास परे।
    ३)
    चौतारीको ठूलो पीपल
    हरेक थकित बटुवालाई
    दिनेगर्छ छाया शीतल।
    ✍️
    बिशन बडू “शिरीष”
    दशरथचन्द नगरपालिका–७, बैतडी
    ———–
    ‎झिल्का कविता
    ‎१)
    ‎जिन्दगीको महत्त्वपूर्ण कुरा
    ‎नबुझेर यहाँ आज
    ‎चलाउँछन् मुटुमा छुरा।
    ‎२)
    ‎प्यारा विद्यार्थी सुन
    ‎हुन् भगवान् शिक्षक
    ‎लगाउँछन् अमूल्य गुन।
    ✍️
    हिरा
    ———–
    झिल्का कविता
    १)
    आयो जुट्ने पालो
    भ्रष्टाचारी लखेट्न अब
    तोडौँ बन्द जालो।
    २)
    अचम्मका मान्छे भेटिन्छन्
    सामाजिक सञ्जालभित्र अनेक
    हुने नहुने देखिन्छन्।
    ३)
    सकिँदैन खुसी बनाउन
    आफू हारे पनि
    मूर्खलाई तह लगाउन।
    ४)
    मनलाई एकाग्र पार्नू
    लेख्नू दुईचार शब्द
    हिम्मत कहिल्यै नहार्नू।
    ५)
    घिनलाग्दो खेल नखेल्नू
    षड्यन्त्रकारी खेल खेलेर
    निर्दोषलाई कसैले नपेल्नू।
    ✍️
    कला ढकाल, झापा
    ———–

    • मिति २०८३/०३/२६ गते त्रिवेणी साहित्य मञ्च हैरिस्वर्गपेन्सिल्भेनियामा अभ्यास गरिएका झिल्का कविताहरू


    ———–
    झिल्का कविता
    क)
    मुटुमा ठोकेर किलो
    बाँचेको छु आजसम्म
    सहेर पीडाकर पिलो।
    ख)
    हान्छ्यौ वचनको छुरा
    भेट हुँदा जहिल्यै
    नराखेर केही अधुरा।
    ग)
    छोडिदेऊ मेरै हालमा
    बस्न सक्दिनँ अब
    तिम्रो षड्यन्त्रको जालमा।
    ✍️
    वसन्त अनुभव
    वसन्तविहार घोराही
    ****** ******
    झिल्का कविता
    १)
    मुखमा मीठो बोली
    मनमा नहोस् कपट
    व्यवहारमा नभन्नू भोलि।
    २)
    देशप्रतिको अगाध माया
    नाराले मात्र होइन
    कर्ममै देखियोस् छाया।
    ३)
    गरेर पदको घमण्ड
    जनतालाई बिर्सियो भने
    दिन्छन् तिनैले दण्ड।
    ४)
    आफ्नो देशको शान
    कर्मले दिन्छ सधैँ
    राष्ट्रको राम्रो पहिचान।
    ५)
    अपनाऔँ राम्रो कर्म
    हुँदैन बोलीले मात्रै
    जीवनको साँचो धर्म।
    ✍️
    सतीश पण्डित
    भानु६ चुँदी तनहुँ
    हाल चनपा ६ मातातीर्थ
    ****** ******
    झिल्का कविताहरू
    १)
    मीठो कविता झिल्का
    जागृत गर्दै समाजबाट
    कुसंस्कार सबै मिल्का।
    २)
    कस्तो पानी आयो
    मन अमिलो पार्दै
    सारा संसार छायो।
    ✍️
    निमा छिरिङ भोटिया
    जलढाका कालेबुङ भारत
    ****** ******
    झिल्का कविता
    १)
    पानी निकै दर्कियो
    असारमा आकाश रिसाउँदा
    धर्तीको आत्मा थर्कियो ।
    २)
    असार महिनाको झरी
    बोकेर बाढी, पहिरो
    गर्दैछ आफूखुसी मनपरी ।
      ✍️
    अम्बिका राणा
    खरसाङ, दार्जिलिङ ।
    ****** ******
    झिल्का कविता
    १)
    ​नेपाली हाम्रो मन
    जोगाउनु छ सीमा
    सजाई आफ्नै तन।
    ​२)
    ​सहर गाउँमा बाटो
    भित्र्याएर नयाँ प्रविधि
    बदलौँ देशको माटो।
    ​३)
    ​बाँडौँ सबैलाई ज्ञान
    अन्धकार हटाई देशको
    बढाऔँ हाम्रो शान।
    ४)
    ​सधैँ तिम्रै आस
    धड्किन्छ यो मुटु
    भयौ तिमी खास।
    ५)
    ​हटाऔँ यो भेद
    मिलेर बस्नुपर्छ यहाँ
    नराखौँ है खेद।
    ✍️
    भोज विवश मगर
    गैंडाकोट -३ नवलपरासी पूर्व
    ****** ******
    झिल्का कविता
    १)
    मलजल छैन बालीमा
    असार पन्ध्रमा कुर्लन्छ
    वरिष्ठ बनेर आलीमा।
    २)
    बोल्दा ठसठसी कन्छ
    भाँच्दैन काममा सिन्को
    उही नेतृत्व झम्टन्छ।
    ३)
    आफ्नै सहारा तोडिदिन्छ
    आफैँ चढेको भर्‍याङ
    टुप्पोमा पुगेपछि छोडिदिन्छ।
    ४)
    काममा झारो टार्छन्
    भाषणमा मात्र नेतृत्वले
    आकाशका तारा झार्छन्।
    ✍️
    ईश्वर लामिछाने, धरान
    ****** ******
    झिल्का कविता
    १)
    प्रेमको बन्दै आधार
    सकोस् पुछ्न आँसु
    गर्दै दयाको विस्तार।
    २)
    सङ्घर्षले दिन्छ आधार
    बनेर सफलताको सिँढी
    गराउँछ सपना साकार।
    ✍️
    बिशन बडू ‘शिरीष’
    दशरथचन्द नगरपालिका–७, बैतडी
    ****** ******
    झिल्का कविता
    १)
    असार मासको झरी
    परेर ठिकै भो
    खोलानाला रसाउने गरी।
    २)
    खेतीबारी पार्न राम्रो
    मनको चाहना सरकारले
    बुझिदिए हुन्थ्यो हाम्रो।
    ३)
    नरोकियोस् कसैको बाटो
    बाढी, पहिरो खसेर
    जिन्दगीको सुन्दर पाटो।
    ४)
    रोपाइँ सकियो राम्ररी
    फैलिओस् गाँज धानको
    उत्पादन होओस् बेसरी।
    ५)
    शीतल छ दिन
    छैन आज गर्मी
    पानी पर्दा एकछिन।
    ✍️
    रामकृष्ण ढकाल
    चितवन
    ****** ******
    झिल्का कविता
    १)
    मकै खायो घुनले
    जोगाउन अनेक गरियो
    गरेन काम चुनले।
    २)
    नबोल्नू सम्झिएर लाटो
    छु चलाख भित्रभित्रै
    आफैँले कोर्दछु बाटो।
    ३)
    गर्छन् मीठा कुरा
    सधैँ चिप्लो घसेर
    लिई बोलीमा छुरा ।
    ४)
    कुरा गर्छन् ठूला
    नियालेर हेर्दा देख्छु
    उही ड्याङका मूला
    ✍️
    बिबा तामाङ
    दार्जलिङ
    ****** ******
    झिल्का कविता
    १)
    फूल जस्तै राम्री
    घुम्दै छिन् सहरमा
    प्यारी छोरी हाम्री!
    २)
    गोर्खे सन्तान हामी
    हुन्छौँ सिमानामा तैनाथ
    सीमा रक्षार्थ दामी।
    ३)
    देशमा रोजगार छैन
    विदेसिए सारा युवा
    समस्या बुझ्ने हैन।
    ✍️
    प्रेम शर्मा ” एकान्त प्रेमी “
    कालेबुङ दार्जिलिङ
    ****** ******
    झिल्का कविता
    १)
    जिन्दगी भयो बेकार
    पागल सम्झी मलाई
    गर्दछौ छुराले प्रहार।
    २)
    आयौ कताकता डुलेर
    तैपनि राखेँ हृदयमा
    विगतका गल्ती भुलेर ।
    ३)
    सधैँ रुन्छ कर्णाली
    विकास हुँदै नभएर
    भाषण हुन्छ खाली।
    ✍️
    क्षितिज बिरु राना
    वनगाड कुपिण्डे नगरपालिका ३ बडापोखरा सल्यान
    ****** ******
    झिल्का कविता
    मनको लड्डु फोडेर
    आएकी छु त्रिवेणीमा
    अरू अभ्यास छोडेर।
    ✍️
    मेनुका शर्मा
    ****** ******
    झिल्का कविता
    १)
    बर्सातको समय लाग्दैछ
    डर धनजन क्षतिको
    मनमा निराशा जाग्दैछ।
    २)
    खेलबाड नगर्नू खोलामा
    सकिँदैन पुर्वानुमान् गर्न
    ओढ्नी बोक्नुपर्छ झोलामा।
    ३)
    भगवानको भर परौँ
    पर्नसक्छ दैवी विपत्ति
    आफ्नो ख्याल गरौँ।
    ✍️
    शोभाकान्त रेग्मी
    स्याङ्जा ।
    ****** ******
    झिल्का कविता
    १)
    विश्वास कसैको नगर्नू
    हुन्न कसैको भरोसा
    अगाडि कहिल्यै नपर्नू।
    २)
    जति भनौँ मान्दैनन्
    हिजोआज हाम्रा छोराछोरी
    केही कुरा जान्दैनन्।
    ✍️
    कला ढकाल
    झापा
    ****** ******
    झिल्का कविता
    १)
    छैनन् देश चलाउने
    हुन्छ भलाे कसरी ?
    छन् घर जलाउने।
    २)
    चाहिन्छ अब सुशासन
    नत्र परिन्छ कालाेसुचीमा
    जान्छ नेताकाे आसन।
    ३)
    पानी धेरै पर्‍याे
    बाढीकाे डर छ
    ठाउँठाउँमा पहिराे झर्‍याे।
    ४)
    नगरौँ धेरै यात्रा
    बर्खाकाे समय छ
    बाटाेमा हुन्छ जात्रा ।
    ✍️
    नवराज भट्ट
    कञ्चनपुर
    ****** ******
    झिल्का कविता
    १)
    टक बसिहाल्यो फूलमा
    कहिलेसम्म राख्छ कुन्नि ?
    मलाई आफ्नो चङ्गुलमा।
    २)
    मायाभन्दा राजनीति ठिक
    मत लिएपछि विश्वासको
    बस्न पाइने नजिक l
    ३)
    हेयको बाछिटाले छेप्दा
    कसको मन धर्किन्न
    कसैले नियतवश हेप्दा l
    ✍️
    बाबुराम गौतम, गुल्मी
    ****** ******
    झिल्का कविता
    १)
    आगोको तातो राप
    हुँदा कटकटाउँदो जाडोमा
    शरीरले पाउँछ ताप।
    २)
    सफलता सजिलै पाइँदैन
    नचुहाएसम्म सङ्घर्षमा पसिना
    सुख विरासतमा पाइँदैन।
    ३)
    मदिरा सेवन नगरौँ
    हुन्छ स्वास्थ्यमा हानी
    खराब लतमा नपरौँ।
    ✍️
    नम्रत प्रधान
    तकदाह, दार्जिलिङ
    ****** ******
    झिल्का कविता
    १)
    रहौँ कर्ममा लगनशील
    नसोचौँ कसैको कुभलो
    छौँ प्राणी मरणशील।
    २)           
    मानौँ प्रभु ऐन                                  

    रहौँ लिप्त सुकर्ममा
    मिल्छ नित्य चैन।
    ३)
    परोपकारी कर्महरू गरौँ              
    छैनौँ अमर कोही
    प्रभुमा चित्त धरौँ।
    ४)
    सुकर्मले जीवन झिलमिल
    साथमा भए प्रभु
    पार लाग्नेछ मुश्किल।
    ५)
    जगमा यहाँ माया
    भुलाउने छन् सबथोक
    चाहिन्छ प्रभुको छाया।
    ✍️
    कार्की डिबी माकुम
    सुनवल-४,न.प.
    ****** ******
    झिल्का कविता
    १)
    नेपालीको हो सान
    कहिल्यै पनि नझुक्ने
    आफ्नै छ पहिचान।
    २)
    जताततै खोला नदी
    पूर्वपश्चिमसम्म नै फैलिएका
    छौँ सम्पदाका धनी।
    ✍️
    आर के भण्डारी
    ****** ******
    झिल्का कविता
    १)
    घातक हुन्छ चिन्तापिर
    पार्दछ आयु छोटो
    छोड्छ प्राणघातक तिर।
    २)
    किन्ने सुनको चुरा
    कहिले पुग्छ धोको ?
    भए रहर अधुरा।
    ३)
    मुटुमा सजाएर राखे
    जाँदैन नजर अन्त
    घोचेरै भन्छिन् पाखे ।
    ४)
    हुन्छ कम्मर भाँंचौँ
    आउँदा तीज पर्व
    नथाकी दिनभर नाचौँ।
    ✍️
    ध्रुव खड्का
    फेदीखोला १ स्याङ्जा
    ****** ******
    झिल्का कविता

    बलियोले निर्धो पेल्छौँ
    स्वार्थ पूरा गर्न
    रगतको होली खेल्छौँ।
    ✍️
    रिमेन आलोक,अष्ट्रेलिया
    ****** ******
    झिल्का कविता
    १)
    माया गर्छु जहिल्यै 
    मेरी प्राणप्यारी मातालाई 
    दु:ख दिन्नँ कहिल्यै।
    २)
    जुनीभरको नाता हाम्रो 
    तिमी मेरी जन्मदाता 
    नमासिने माया राम्रो ।
    ✍️
    सुनिता निरौला पौडेल 
    राधे राधे भक्तपुर
    ****** ******
    ‎झिल्का कविता

    ‎विगतका यादहरू बल्झाउन
    ‎समयले सम्बन्ध तोड्याे
    ‎नआउनू निष्ठुरी अल्झाउन ।
    ‎✍️
    हिरा बुढा मगर ‘अमृत’
    ‎शारदा नगरपालिका–१४, सल्यान
    ****** ******

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, त्रिवेणी साहित्य समाज हैरिस्वर्ग पेन्सिल्भेनिया अमेरिका, वसन्त अनुभव

    झिसासको पुस्तक विमोचन तथा झिल्का वाचन कार्यक्रम सम्पन्न

  • १५ जेष्ठ २०८३, शुक्रबार २३:०९ मा प्रकाशित
  • १५ जेठ, काठमाडौँ
    नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात प्रवचन कक्षमा आज पुस्तक विमोचन एवम् झिल्का वाचन कार्यक्रम सम्पन्न भएको छ। झिल्का साहित्य समाज नेपालको आयोजनामा भएको उक्त कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान सदस्य सचिव डा. धनप्रसाद सुवेदी र साहित्यकार वसन्त अनुभवले संयुक्त रूपमा विमोचन गर्नुभएको थियोे ।

    झिल्का साहित्य समाज नेपालका अध्यक्ष एवम् झिल्का प्रवर्तक वसन्त अनुभवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नवीनतम् काव्यिक विधा झिल्का कविताका ३ वटा पुस्तकहरू विमोचन भएका थिए। विमोचित पुस्तकहरूमा नेपाल, भारत लगायत विश्वका विभिन्न मुलुकहरूमा रहनुभएका ८३ जना नेपाली भाषी झिल्काकारहरूको संयुक्त झिल्का कवितासङ्ग्रह ‘आवाज’, झिल्काकार वसन्त अनुभवको एकल झिल्का कवितासङ्ग्रह ‘अनुभव’ र झिल्काकार सुरेशकुमार पाण्डेको झिल्का कवितासङ्ग्रह ‘आँगन’ रहेका छन्।

    विमोचित कृतिहरूमध्ये ‘अनुभव’को समीक्षा समीक्षक प्रमोद नेपालले, ‘आँगन’को समीक्षा समीक्षक अनुराग अरुणले र ‘आवाज’ संयुक्त झिल्का कवितासङ्ग्रहको समीक्षा समीक्षक अरुण बहादुर खत्री नदीले गर्नुभएको थियोे ।

    कार्यक्रममा डा.धनप्रसाद सुवेदी, ललिता दोषी, घनश्याम पन्त, लता के.सी. त्रिचन्द्र श्रेष्ठ, कृतिकारका तर्फबाट सुरेशकुमार पाण्डेले मन्तव्य राख्नुभएको थियोे ।
    उक्त अवसरमा झिल्काकार सुरेशकुमार पाण्डेलाई कृति निकाले वापत ‘झिल्का साहित्य समृद्धि सम्मान २०८३ बाट सम्मानित गरिएको थियो । त्यस्तै झिल्का कवितालाई पत्रिकामा प्रकाशित गरेर टेवा पुर्‍याए वापत झिल्का साहित्य सञ्चार समान २०८३ ‘द्वारा, अग्रिम साप्ताहिक र संसार न्युजलाई सम्मान गरिएको थियो ।

    त्यस्तै आवाज झिल्का संयुक्त सङ्ग्रहमा समाविष्ट सबै सर्जकहरूलाई ‘झिल्काश्री साहित्य सम्मान २०८३ द्वारा सम्मानित गरिएको थियोे । साथै उक्त अवसर दुई दर्जन बढी अतिथिहरूलाई मायाको चिनो Token of Love प्रदान गरिएको थियो ।
    पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरिएको उक्त कार्यक्रममा झिल्काकार रामप्रसाद पुरीले सबै अथितिलाई स्वागत मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो ।

    कार्यक्रमको विशिष्ट अतिथिमा कवि एवम् साहित्यकार ललिता दोषी, हरिवन नगर वाङ्मय प्रतिष्ठानका कुलपति घनश्याम पन्त, हाम्रो लघुकथा केन्द्रकी संस्थापक अध्यक्ष लता के.सी. हुनुहुन्थ्यो भने विशेष अतिथिमा नेपाल हाइकु समाजका अध्यक्ष चेतनाथ धमला, टुक्का साहित्य समाजका कोषाध्यक्ष होम प्रसाद नेउपाने, पञ्चाङ्गकी प्रतिनिधि सुशीला पौडेल, लघुकथा संसार/कविता संसारका सम्पादक त्रिचन्द्र श्रेष्ठ, कपिल अज्ञात, यमुना प्रधानाङ्ग मुना, कर्ण दयाल ‘सोराडी’, शशीश्री आचार्य र अतिथिहरूमा कृष्ण कुमार वैद्य, राजेशराज गड्तौला, जयनारायण नेपाल, अर्जुनप्रसाद चौलागाईं, हरिगोपाल न्हुच्छेप्रधान, पुष्पा सुवेदी, रामप्रसाद पुरी, चुडामणि देवकोटा, कृष्ण बहादुर बजगाईँ, सन्दीप बि.क., सुरेशकुमार पाण्डे, रबिता महर्जन, प्रमोद नेपाल, पुष्पा राई, राजकुमार राजभण्डारी, होम प्रसाद नेउपाने, बेदु न्यौपाने, जमुना आचार्य कोइराला, दीपा गुरुङ समभाव, सरस्वती श्रेष्ठ, दीप गोले तामाङ, बसन्ता श्रेष्ठ, जगन्नाथ पोखरेल, माधवी, देवकी आचार्य, पुष्पा दाहाल, रमिला राई, ललिता गिरी, कल्पना भण्डारी, प्रदिप नेपाली, सन्तोष खत्री, हरि पथिक, बेद प्रसाद लामिछाने, रामचन्द्र दाहाल, देवकी गुरुङ, सन्त कुमारी गुरुङ, तीर्थराम डंगोल, इन्दिरा ढकाल, राजु तामाङ, शिशिर चालिसे, सुनिता अधिकारी, सागर महर्जन, सुर्य बहादुर सेन, दिवाकर देवकोटा, रश्मी रिमाल, युवराज सिंह, अच्युत अधिकारी लगायतका स्रष्टाहरू हुनुहुन्थ्यो।
    कार्यक्रममा घनश्याम पन्त, लता के.सी. सञ्जय सोती, अर्जुन प्रसाद चौलागाईँ, ईश्वर लामिछाने, सरस्वती श्रेष्ठ, नेत्र बहादुर श्रेष्ठ, रामप्रसाद पुरी, जमुना आचार्य कोइराला लगायतका स्रष्टाहरूले झिल्का कविता वाचन गर्नुभएको थियो ।
    झिल्काकार दीपा गुरुङ समभावले कार्यक्रमको सञ्चालन गर्नुभएको कार्यक्रम ४ घण्टा बढी समयसम्म चलेको थियोे ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, वसन्त अनुभव

    Posts navigation

    Older posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P