
काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३७ औँ शृङ्खला सम्पन्न भएको छ ।
अभ्यासमा नेपाल लगायत विश्वका ५४ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३७ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
प्रतिनिधि टुक्का- १३७
तिम्रा सबै ती कर्तुतहरू चिच्याएरै बोलिदिन्छु
मेरो फाइल खुल्नु पर्छ नि तिम्रा सबै खोलिदिन्छु ।~<•>~
सहभागी टुक्काकारहरूका टुक्काहरू-
[१]
तँ चुप म चुप खोल्नुहुन्न पोल
छोप्नुपर्छ सबै ओढाएर खोल !
✍️ वसन्त अनुभव
घोराही, दाङ~<•>~
[२]
मिलेरै बाट्नु छ डाेरी सत्ता काण्ड वरिपरि
कुट्छु म राेए झैँ गर्नु चल्छ खेल सधैँभरी ।
✍️ ताराप्रसाद चापागाईँ
धुनिबेसी~<•>~
[३]
छैनन् कोही चोखो, गर्दा रहेछन् सबै नै जालझेल
आखिरमा बुझ्दा खेरि खेल्ने रैछन् खुट्टा तान्ने खेल ।
✍️
दीपा समभाव
खोटाङ्ग~<•>~
[४]
तिमी सबै चुपचाप बस खोल्नु हुन्न है पोल
भित्रभित्रै देश खाइसके बाहिर खोक्रो खोल ।
✍️
बेदु न्यौपाने~<•>~
[५]
सारा कर्तुतलाई छाेप्नुपर्छ ओढाएर खाेल
मिलीजुली सत्ता चलाउनुपर्छ नखाेलौँ पोल ।
✍️
राज कुमार राजभण्डारी खाेटाङ्गे
मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।~<•>~
[६]
सबै मिली बाँडीचुँडी खाऔँ अब
के नै बाँकी छ र सिध्याऔँ नि सब ।
✍️
अर्जुन प्रसाद चौलागाई
रामेछापः-सुनापति-१
हालः-अमेरिका,बोस्टन।~<•>~
[७]
म बुझ्छु हतार नगर न साथी
पहिले हामीलाई पुग्नु छ माथि ।
✍️
अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा – ६ संखुवासभा ।~<•>~
[८]
कुर्सीमा हाम्रो राज छ, धेरथोर कमाउनु पर्छ
मौका आखिर यही हो, बिरोध गर्नेहरूले गर्छ ।
✍️
शंकर कार्की,मकवानपुर ।~<•>~
[९]
तिम्रोले गर्नुभयो त मायाको कुरा
मेरो सपना हुन्छ कि हुँदैन पूरा ।
✍️
श्रीकृष्ण धामी – बझाङ~<•>~
[१०]
पदविना भएका छन् गिद्धहरू काकाकुल
अर्को तिर फर्काउछन् आफूलाई घोच्ने शूल !
✍️
भुपेन्द्र राना मगर
धादिङ्ग~<•>~
[११]
आखिर सम्झेर भिर
जिन्दगी रहेछ पिर !
✍️
आर्त अकुलीन~<•>~
[१२]
नराम्रो कामको लत बस्यो कता जाने जाने
खुलेआम नपाए टेबल मुनिबाट खाने ।
✍️
अम्बिका अधिकारी
झापा बिर्तामोड~<•>~
[१३]
सत्ता कुर्सी पद पैसा बाघचालको खेल
भ्रष्टाचारी फाइल खोल्ने सबै झेलमेल !
✍️
विवश पारदर्शी
झापा,~<•>~
[१४]
कस्तो हाँसो हाँसिएछ हाँस्दाहाँस्दै रुनुपर्ने
खेल्दाखेल्दै सद्दे मान्छे पागलझैँ हुनुपर्ने ।
✍️
रघु थापा
सु न पा १~<•>~
[१५]
मेरो पोल खोल्दियौ भने तिम्रो पनि खोल्दिन्छु
तिम्रो ती कर्तुतहरू सबैको सामु बोल्दिन्छु ।
✍️
अनिता भण्डारी
ताप्लेजुङ~<•>~
[१६]
देश बेच्नेहरूका खोल्न थाल्यौ पोल
भ्रष्ट सबै रहेछन् कस्ले भन्ने बोल ?
✍️
एवाइ प्रभात
सहिदभुमि धनकुटा~<•>~
[१७]
गल्ती भए सजाए भाेग्छु फाइल खाेल छिटाे छिटाे
भ्रष्टाचारी भनी चिनिनु भन्दा त खान्छु बरू लिटाे ।
✍️
भवानी पाेखरेल( बाबू विराज)
बाणगङ्गा १ चार नम्बर कपिलवस्तु~<•>~
[१८]
फाइल खोल चिच्याएर बोल, आवाज पुग्ने हैन पर
भरिदिन्छु सबैको रित्तो खल्ती, मलाई लाग्दैन है डर।
✍️
बिके मुखिया
दार्जीलिङ,भारत।~<•>~
[१९]
बाहिर बस्दा गफ गर्छन् निकै ठुला ठुला
कुर्सी पाएपछि सबै एउटै ड्याङ्का मुला ।
✍️
बाबुराम पाण्डे
अर्घाखाँची~<•>~
[२०]
यो मनभरीको बह बोलिदिन्छु
मिठो कुरा तिमीलाई खोलिदिन्छु ।
✍️
नीमा छिरिङ भोटिया
जलढका कालेबुङ~<•>~
[२१]
आरोप अनि प्रत्यारोपमै पाे चलिरहेछ शासन
भाषण दिन मात्र माहिर भए जमाएर आशन ।
✍️
त्रिलाेचन भण्डारी
मेचीनगर,झापा~<•>~
[२२]
विकासको लहरले नेपालमा जरा गाड्यो
अझै भन्छन् जनता सरकारले धर्म छाड्यो ।
✍️
घनश्याम पन्त
हरिवन सर्लाही~<•>~
[२३]
पोल खोल्ने कुरा नगर आधा आधा पारौँला
भ्रष्टचारको रूख हामीसँगै मिली सारौँला ।
✍️
संगीता खरेल
चन्द्रागिरी ८ काठमाडौँ~<•>~
[२४]
मिलिजुली खाऔँ भागबन्डामा अनि बसौँ चुप
हाकाहाकी कानमा कराए बाल्नु मच्छर धुप ।
✍️
कृष्णकुमार वैद्य
बनेपा ९, काभ्रे~<•>~
[२५]
हिङ बाँधेको टालोमा अझै छ बोक्रो
अस्थिरता जन्माइ पारौं देश खोक्रो ।
✍️
प्रेम थापा “मन”बागलुङ~<•>~
[२६]
ढाेका झ्याल दराज फाइलहरू जे जे खाेलाखाेलै गर
संसारकै सञ्चारमा भ्रष्टाचारका समाचारले भर ।
✍️
रामप्रसाद पुरी
बादेल, खाेटाङ ।~<•>~
[२७]
अभिमन्यु जस्ताे भई साम्ने भिड्न जाला
फर्किआउन जान्दैन फेरि धोका खाला ।
✍️
शालिकराम~<•>~
[२८]
मेरो मनको खुसी लुटेर, तिमी धेरै टाढो गयौ
हिजोसम्म मुटुमा थियौ, आजदेखि पराया भयौ ।
✍️
रमेश दियाली
सिटोंग खरसाङ दार्जिलिङ~<•>~
[२९]
मिलीजुली पड्काका हौ के को फाइल खोल्नु ?
मिलीजुली पड्काउनेले हुन्न धेरै बोल्नु ।
✍
नवशिला,
नवदेव मार्ग, लालभित्ती,मोरङ।~<•>~
[३०]
मन्त्री भनाउँदाहरू खानेबेलामा भित्रभित्रै मिली खान्छन्
पक्राउ परेपछि एक-अर्कालाई आरोप लाउँदै जान्छन् ।
✍️
बि.कुलुङ
दार्जिलिङ रंगबुल~<•>~
[३१]
अब त लप्पनछप्पन गरेर देश डुब्ने काम गर्ने चाहिँदैन
भ्रष्टाचारी नेता जतिसुकै शिर्ष भएपनि छाेपी राख्न पाइँदैन ।
✍️
प्रद्युम्न चालिसे
भक्तपुर कटुन्जे~<•>~
[३२]
तै चुप मै चुप गरी बसौँ, खोल्न हुन्न पोल
भित्रभित्रै एक आपसमा गरौँ मोलतोल ।
✍️
पुष्पा सुवेदी
नेपालगन्ज,बॅाके।~<•>~
[३३]
नियम कानुन सबैलाई लाग्दछ बराबर
बाहिर लेखी टाँसौँ भित्र धन्धा गरौँ सरासर ।
✍️
भगवती दवाडी
दमक,झापा~<•>~
[३४]
सत्ताका लागि मरिमेट्ने यी, खान पाएमा मिल्दछन् पक्कै
लड्दछन् आफ्नै स्वार्थका लागि, देशको चिन्ता छैन पटक्कै ।
✍️
ज्ञानबहादुर क्षत्री
सन्धिखर्क – २, अर्घाखाँची।~<•>~
[३५]
भ्रष्टाचार उसले गर्यो हामी सदन आन्दोलनमा झर्छौ
सबैको फाइल खोलिदेऊ संसदमा साथ सपोर्ट गर्छौ ।
✍️
चुडामणी देबकोटा
पुरानो नैकाप काठमाण्डौ~<•>~
[३६]
अन्यले चोक्टा खाए, तिमीले पनि पियौ सायद झोल
कुनै दिन पुगौला त्यही ठाउँ, नखोल्नु अहिले पोल ।
✍️
मोती सुब्बा
दार्जिलिङ निमकी डाँडा।~<•>~
[३७]
राम्रो काम गर्नेलाई कराउनु पर्दैन
काँचो फललाई कहिले नझारी झर्दैन।
✍️
धनुष न्यौपाने “यात्री”
जुम्ला~<•>~
[३८]
कुर्सीमा राज छ, मिलीजुली कमाउनुपर्छ
आफ्नो भाँडो भरिएपछि नै देश पछि सर्छ ।
✍️
बिकास छेत्री अञ्जान
कैजले,बिजनबारी, दार्जिलिङ~<•>~
[३९]
थर्काएर के गर्नु यहाँ सबको आफ्नै खुल्छ पोल
सक्छौ भने प्रमाण देखाऊ, सबुद सहित बोल ।
✍️
राजेशराज गड्तौला
कॅाडाघारी, काठमाण्डौ~<•>~
[४०]
आफ्नाे पोल खोलिए अरूको पनि खोल्ने
नआवस् है दिन फेरि दुवैलाई पोल्ने।
✍️
अरुण कुमार भुजेल
गोरूबथान,कालेबुङ,भारत।~<•>~
[४१]
फाइल खोल्न धौ धौ भयो अब केही हुन्न
जताततै झुठा कुराको हाँसो भयो छुन्न ।
✍️
कमला देवकोटा
पाल्पा~<•>~
[४२]
आइज यार पोल खोलाखोल गरौँ
हामी दुवै एकसाथ जेलमा परौँ ।
✍️
नन्दलाल आचार्य,
सिद्धार्थटोल, उदयपुर ।~<•>~
[४३]
गल्ती गर्नेलाई छोपिरहे बन्छन् ती पछि कंश
कर्तुत खोली बेलैमा सबै बचाउनुछ वंश ।
✍️
गंगा खड्का
बूढानीलकण्ठ ,काठमाडौँ~<•>~
[४४]
मिलीजुली गरौँ हामी सत्ता चलाउने काम
बाङ्गो कुरा गर्यौ भने खोलिदिन्छु तिम्रो नाम ।
✍️
बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
कनकाइ ४ झापा~<•>~
[४५]
भयो अब पोल नखोलौँ
आपसमा हेर नपोलौँ ।
✍️
लक्ष्मी रिजाल
रुपनगर, सप्तरी ।~<•>~
[४६]
मिलीजुली सबै मिलेर कमाउँला
कुरा नमिले सबैलाई समाउँला ।
✍️
ध्रुव श्रेष्ठ
खोटाङ हाल,काठमाडौँ ।~<•>~
[४७]
माइक अघि उभिएपछि ठुलो ठुलो स्वर गर्ने
काम हो उसको जनता लठ्याई आफ्नै गोजी भर्ने ।
✍️
राजनारायण राई
राजदल बस्ती सोनादह~<•>~
[४८]
कर्मशील नेता भए हुन्छ देशमा विकास
आलोपालो बाँडी खाएपछि के हुन्छ निकास ?
✍️
पद्मा काश्यप पाण्डे
मोरङ~<•>~
[४९]
सबै कुरा थाहा हुँदा पनि के गरिन्छ ?
गर्ने आशा राखिँदै एकदिन मरिन्छ ।
✍️
कार्की डिबी माकुम
सुनवल -४, नवलपरासी~<•>~
[५०]
मेरा फाइल नखोलिदेऊ तिम्रो पनि छुन्न
हामी दुवै मिलेको देखाउन कहिल्यै हुन्न ।
✍️
सुस्मिता अधिकारी
काठमाडौँ~<•>~
[५१]
पाएसम्म सधैँ मिलेर नै खाएको हो नी बहाना खाेजी साथी बनी बनी
सोचिनँ नी कहिल्यै अति भएपछि तिम्रोसँगै मेरो पालो आउँछ भनी ।
✍️
सुशीला शिखा
काठमाडौं कागेश्वरी~<•>~
[५२]
तिमी त उसै काले ऊ किन हुनखाेज्छ भाले
नहुनु काले काेही पनि माेटरकाे धुवाँले ।
✍️
हरिगाेपाल न्हुच्छेँप्रधान
काभ्रे, बनेपा१४ साँगा बजार ।~<•>~
[५३]
जे जे फाइल खोलिन्छन्, बन्द हुन्छन् ठुला जति
खुट्टी देखेर नानीको, पाइयो चाल है अति ।
✍️
रामशरण न्यौपाने
भक्तपुर~<•>~
[५४]
कपोलकल्पित आरोप लगाउने, मरिजाउन् ती सब
भ्रष्टचारी फेद, टुप्पो, हाँगा, पात, जरा छोडिँदैन अब।
✍️
होम प्रसाद नेउपाने
धरान,सुनसरी।~<•>~


Thanks I have recently been looking for info about this subject for a while and yours is the greatest I have discovered so far However what in regards to the bottom line Are you certain in regards to the supply
I just could not depart your web site prior to suggesting that I really loved the usual info an individual supply in your visitors Is gonna be back regularly to check up on new posts