• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Tag: टुक्का माथि टुक्का

‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- २१२ सम्पन्न

  • २० मंसिर २०८२, शुक्रबार २३:३८ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको २१२ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ५७ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको २१२ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    ~~~~~<•>~~~~~
    सहभागी टुक्काकारहरूका सुन्दर टुक्का कविताहरू-
    ~~~~~<•>~~~~~
    आउनुहोस् ! सबैजना मिलेर गरौँ पहल
    फेरि पनि त लुट्न पर्‍यो, खोलौँ एउटा दल ।
    १//
    दल खोलेर मात्रै के गर्नु चुनाव हुनै गाह्रो
    छिचिमिरो जस्तै निस्किएपछि जित्नै पर्छ साह्रो ।
    ✍️ वेदु न्यौपाने
    २//
    सबै जना मिलेर खोलौँ ठुलै खाले दल
    विकासका कुरा गर्न त्यागेर सारा छल।
    ✍️ दिलीप कुमार शर्मा कट्टेल
    भद्रपुर -झापा हाल -अस्ट्रेलिया
    ३//
    पुरानालाई हप्काएर खोलौँ नयाँ दल
    ढाँटी छली सत्तामा पुग्ने गरौँ दलबल ।
    ✍️ गुणनिधि
    ४//
    दल खोल्न सजिलो भयो नि भ्रष्टाचारको  दलदल
    अहिले सम्मकै के रह्यो नतिजा  देखाऊ  पलपल ।
    ✍️ मोती योन्जन सुब्बा   दार्जिलिङ।
    ५//
    पुरानाले मासिसके देश जथाभावी पोलेर
    थप क्षति किन निम्त्याउने नयाँ दल खाेलेर ।
    ✍️ त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    ६//
    जनतालाई उल्लु सधैँ बनाउन हुने छैनौँ सफल
    साँच्चै जुनसुकै बनाए पनि यिनै नेताहरूले दल ।
    ✍️ सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    ७//
    दल खोलौँ बाटो खुल्छ पैसा कमाउन
    काम हैन कुरा गरी सक्छौँ रमाउन ।
    ✍️ हरिप्रसाद तिमल्सिना
      त्रिपुरासुन्दरी -४  धादिङ्
    ८//
    हाम्रो सानो देश नेपाल सबैजसो खोल्छन् दल मात्रै
    जनको दुःखलाई कसले हेर्ने भइहेको छ जात्रै ।
    ✍️ अर्जुन प्रसाद चौलागाई
    हालः अमेरिका,बोस्टन
    ९//
    पुरानाले सब लुटीसके देश खोक्रो बनाए
    काले काले सबैजना मिली एकता पो जनाए ।
    ✍️ पदमराज न्यौपाने
    रामारोशन ४ अछाम
    १०//
    हामी पनि कम छैनाैँ खाेलाैँ नयाँ दल
    लुटतन्त्र काफी छ गर्याैँ भने पहल ।
    ✍️ काेपिला अधिकारी
    सिरानचाेक-७, गाेरखा
    ११//
    हिडौँ है सबै मिलेर खोजेर उज्यालो बाटो
    फेरि पनि खोज्छन् पुरानो नयाँहरूको साटो ।
    ✍️ सतीश पण्डित
    भानु६ चुँदी तनहुँ । हाल चनपा ६ मातातीर्थ
    १२//
    यहाँ देशप्रेमी नेता कमै छन् अधिक छन् दलाल
    बाहिर राष्ट्रवादी नारा दिई भित्र गर्छन् कमाल ।
    ✍️ नवराज भट्ट
    कञ्चनपुर
    १३//
    चाहे खोल नयाँ दल चाहे तिम्रो झण्डा फेर
    तिम्रो अस्तित्व मेटाउँने छ चुनावले हेर ।
    ✍️ पुष्पा सुवेदी
    नेपालगन्ज, बॅाके
    १४//
    भ्रष्टाचारीहरूको मात्र संगठन खोल्ने गरौँ अब नै पहल
    देशको भण्डार लुटेर तलामाथि तला थप्दै बनाऔँ महल ।
    ✍️ दिल ठकुरी दार्जिलिङ
    १५//
    पार्टी पनि नेपालमा च्याउजस्तै उम्रे
    उमेदवार दिएका बच्चादेखि खुम्रे ।
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई नगरपालिका ४ झापा
    १६//
    कसरी गरौँ देश बनाउन पहल
    हेर त अवसरवादीहरूको दल ।
    ✍️दीप गोले तामाङ
    रौतहट
    १७//
    बोटमा पाकेको छ फल
    खानलाई नगर कल !
    ✍️ आर्त अकुलीन
    १८//
    देशमा नेताभन्दा दर्ता धेरै दल
    निर्वाचन हुनुअघि देखाए बल ।
    ✍️ चुडामणी देबकोटा
    सिन्धुली मरिणखोला जखनी हाल थानेटार पुरानोनैकाप काठमाण्डौ
    १९//
    हान गोली छानी छानी आखिर मर्ने हो भोलि
    भ्रष्टाचारी नेताहरू कति कति भरे झोली ।
    ✍️ बिबा तामाङ दार्जिलिङ।
    २०//
    देशलाई बनायौ कङ्गाल
    सभ्यतामा अझै नै बेहाल ।
    ✍️ प्रेम थापा मन” बागलुङ
    २१//
    दलले दलदल बनाएछ देश
    यस्ता दल हुनुभन्दा नहुनु वेश ।
    ✍️ ध्रुव श्रेष्ठ
    खोटाङ
    २२//
    हुन पनि दल नै दलमा लागेर नै जनता जति फुटे
    नेतालाई धनी बनाउन चारैतिरबाट जनता लुटे ।
    ✍️ पवनकुमार बुढाथेाकी
    काठमाडौं
    २३//
    दल कुनै दिन भ्रष्टाचारको दलदलमा फस्छ
    राष्ट्रवादको नारा खोकी भिडभित्र के खोज्न पस्छ ?
    ✍️ कला ढकाल, झापा
    २४//
    भएको सबै सम्पत्ति कतै राखेर बन्धकी
    गरेर छल खोलिए दल बन्नेछ नर्तकी ।
    ✍️ घनश्याम पौडेल, पोखरा
    २५//
    बिग्रेको छ देशको हालात अहिले हेर यसरी
    दल खोलौँ पार्टी बनाऔँ र लुटौँ जसरी तसरी ।
    ✍️ सुशीला  शिखा
    काठमाडौं कागेश्वरी
    २६//
    नेता त बनिँयो दल चलाउन गाह्रो
    भ्रष्टाचारी बन्नबाट बचाउन साह्रो ।
    ✍️ निमा छिरिङ भोटिया
    जलढाका कालेबुङ
    २७//
    कुर्सी चढ्दामा भन्छन् भगवान् हुन् जनता
    चढेपछि  कुर्सी  भन्छन्  चिन्दिनँ अब ता ।
    ✍️ भेष सुवेदी
    २८//
    दौडी आउँछन् मूर्ख जनता खोलौ नयाँ दल
    आजभोलि राम्रो चल्छ राजनीतिको पसल ।
    ✍️ बीके मुखिया
    वाङदे, दार्जिलिङ, भारत
    २९//
    खौलाैँ दल निम्त्याओैँ कल, गराैँ छल, बेचाैँ बाँकी जल र थल
    जनतालाई भल,  बनाई खल, बास्ना छराैँ गनाए झैँ ढल ।
    ✍️ रामप्रसाद पुरी
    बादेल, खाेटाङ
    ३०//
    दल खाेले असल हुन्छ राम्रो
    नकारात्मक साेच नहाेस् हाम्रो ।
    ✍️ कोपिला
    ३१//
    दल नयाँ होइन सोच राम्रो खोल
    सबैसँग सधैँ सत्य वचन बोल ।
    ✍️ सुनगाभा पोखरेल
    कपिलवस्तु १
    ३२//
    विदेशीको गुलाम बनेर जब
    सबै त्यस्तो नबनौँ नेपाली अब ।
    ✍️ नेत्रबहादुर श्रेष्ठ
    ठुलो सिरुवारी, सिन्धुपाल्चोक -१३
    ३३//
    देशमा सबै नेतै नेता, जनता कोही छैन
    दल खोलेर बसे पनि, काम त गर्ने हैन ।
    ✍️ एवाइ प्रभात
    धनकुटा
    ३४//
    छिचिमिरा जस्तै खोलिदिए राजनीति दल
    नागरिकलाई सास्ती छ दलमा अलमल ।
    बिपी लामिछाने
    दमक, झापा
    ३५//
    च्याउझैँ उमारिए फेरि नयाँ दल
    ताकत हेर अझै गरौँला छ छल ।
    ✍️ इन्दु श्रेष्ठ
    चितवन
    ३६//
    हाम्रै छ गुनगान, हाम्रै छ चहलपहल
    जनताको रगतले भिजेको छ तीन दल ।
    ✍️ होमप्रसाद नेउपाने
    धरान, सुनसरी ।
    ३७//
    देशले भार थेग्न सक्दैन दल मात्र खोलेर भ्रष्टाचार अन्त्य हुँदैन
    जोपनि आफ्नै दुनो सोझ्याउने मात्र हो, मिलेर जाने पक्षमा कोही छैन ।
    ✍️ कबिताहरी
    सुन्दरहरैंचा १ कुमार गाउँ मोरङ
    ३८//
    दुईसय दल बनायौँ भने भागबण्डा हुन्छ
    पद सबले पाउँदा हामीलाई कसले छुन्छ ।
    ✍️ सुरेश चन्द्र घिमिरे
    ३९//
    दल मात्रै कति खोलेका हुन् बनाउने भए नि लुट्ने ठाउँ
    दल बनाउन मात्र आतुर छन्, लथालिङ्ग सहर गाउँ ।
    ✍️ शोभा आचार्य गौतम
    काठमाडौँ
    ४०//
    चुनावमा साट्छौ नोटले भोट
    त्यसैले भन्छु हामी मै छ खोट ।
    ✍️ रमा पन्त, पाल्पा
    ४१//
    कुर्ची बिलो पाउन जोड घटाउ गरे नेता
    सित्तिमा दिन्नन् ठाउँ बनाउँछन् यता न तेता ।
    ✍️ बालकृष्ण खनाल
    रिप्दिकोट-३ पाल्पा
    ४२//
    मान्छे नभए नि दल छ्न् जसोतसो
    मिलाउँदै छ्न् देश लुट्ने खेल कसो !
    ✍️ बुद्धिप्रसाद लामिछाने, कैलाली
    ४३//
    राजनीतिक एवम् कूटनीतिक खेल खेलाैँ
    हाम्रो सत्ता सरकार ल्याएर जनता पेलाैँ ।
    ✍️ केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम ,हाल भारत ।
    ४४//
    टाक्कटुक्क मिलाइकन चिन्ह्र पनि राखौँ
    चिन्ह्र भजाई ढिकुटीको स्वाद पनि चाखौँ ।
    ✍️ रेजिना
    ४५//
    नयाँ दल, पुरानो दल नामै मात्र बदलेको
    देश जनता लुटी खान भ्रममात्र छरिएको ।
    ✍️ शिवराम सुलु
    भनपा १० व्यासी – भक्तपुर
    ४६//
    मौका मिल्नासाथ पारौँला भनी देशको अवस्था खलबल
    देखासिकीमै खोलिरहेका छन् च्याउ उम्रे जस्तै नयाँ दल l
    ✍️ बाबुराम गौतम, गुल्मी
    ४७//
    केही गर्ने हाेइन दलहरू काम, ग्राउन्डमा जिराे
    खुद्रा पसलझैँ दल खाेलेर मुख बनाउँछन् पिरो ।
    ✍️ रवि पाैडेल
    दक्षिण भारत पाण्डेचरी
    ४८//
    खोल्छु दल नयाँ अब, चाहिन्न केही आफन्त भए पुग्छ
    दुई चार ओटा आन्दोलन गर्छु, सरकार आफैँ नुग्छ ।
    ✍️ राजेशराज गड्तौला
    काँडाघारी, काठमाण्डौ
    ४९//
    टोले दल झोले दल खोलौँ घरघर
    चण्डाल र डाका सबै राखौँ वरपर ।
    ✍️विवश पारदर्शी
    झापा
    ५०//
    संरक्षण अनि सम्बर्द्धन गरौँ भन्न छाडेर
    आफूमात्र बाँच्न खोज्ने मातृभूमिलाई गाडेर ।
    ✍️ अरुण कुमार भुजेल
    गोरूबथान, दार्जिलिङ।
    ५१//
    दलहरूकै रहेछ जगजगी खाेलाैँ एउटा दल
    सुर्ता चिन्ता जनताकाे भाग तिनलाई पैसाकाे भल ।
    ✍️ प्रमाेद नेपाल
    काठमाडौँ – ५
    ५२//
    पारदर्शिताको दियो बालौँ, जनताको पक्षमा बलौँ,
    लुटकै लागि होइन है, रुपान्तरणकै लागि उठौँ ।
    ✍️ नन्दलाल आचार्य
    बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर, कोसी प्रदेश, नेपाल ।
    ५३//
    सबै जना मिलेर गरौँ राम्रो पहल
    देशको कुरामा मान्छेले नगरी कल ।
    ✍️ रमा गुरुङ्ग
    सालुगडा सिलीगुडी
    ५४//
    मर्नुपर्छ भन्ने कुरा बिर्सेर जाँदा
    थाहा पाइन्छ बल्ल पछि धोखा खाँदा ।
    ✍️ अच्युत घिमिरे
    सर्पाङ, भुटान🇧🇹
    ५५//
    आजसम्मकाे यात्रामा मिलेर लुटेको नै थियौँ
    युवाकाे चेतावनीले फेरि बाटो बदली दियाैँ ।
    ✍️ प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे
    ५६//
    दुनियाँ अजिब छ खाएको थालमा चुठ्ने
    जसको छ आडमा उसैको विरुद्ध उठ्ने ।
    ✍️ धन माया चौधरी
    कैलाली
    ५७//

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविता, वसन्त अनुभव

    ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १७८ सम्पन्न

  • २ चैत्र २०८१, आईतवार ००:०३ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १७८ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ५७ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १७८ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
    ~~~~~<•>~~~~~

    सहभागी टुक्काकारहरूका सुन्दर टुक्का कविताहरू-

    १//
    रङ भनी फोहोर छ्याप्दै आउनोस् खेलौँ होली
    आज त !  मस्ती नगरिहुन्न चाहे जे होस् भोलि ।
    ✍️ वसन्त अनुभव
    घोराही, दाङ
    २//
    मस्तिमा चल्छ जीवन फाेहाेरी खेल खेलेर
    चाेख्याउने शक्ति हुँदा बढ्छन् कानुन पेलेर ।
    ✍️ ताराप्रसाद चापागाईँ
    ३//
    आज रमाऔँ रङ्ग दलेर हाेली
    चिन्ता नलिऔँ जे पर्ला पर्ला भाेलि ।
    ✍️ केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम । हाल भारतबाट ।।
    ४//
    मनमस्तिष्क गर होलीको रङ्ग खेलेर
    जिन्दगी धान्नु छ सुखदु:ख सबै झेलेर ।
    ✍️ बिबा तामाङ
    दार्जिलिङ
    ५//
    रङ्ग छर्नुस् है मजाले याे हाे पर्व हाेली
    फरक केही पर्दैन जति भिजाेस् चाेली।
    ✍️ नवराज भट्ट
    कञ्चनपुर
    ६//
    कानुन  विपरीत  भए  भन्दिउँला होली
    आझै गरौँ मोजमस्ति कुर्नु पर्दैन भोलि ।
    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
    ७//
    भोलिको परवाह नगरी गर्दा मस्ती रमाइलो
    त्यही रमाइलो पछि गएर हुनसक्छ बाइलो ।
    ✍️ पुष्पा सुवेदी
    नेपालगन्ज, बॅाके।
    ८//
    जम्मा भई साथीभाइ गर्ने हो आज मस्ति
    रमाउन पाइएको छैन है हिजो अस्ती  ।
    ✍️ सरिता सेढाई धादिङ
    ९//
    होलीको निहुँ खेल्ने घोटुवा पिई रङ फालेर
    मस्ती गर्ने मौका मिल्दैन भोलि ढुकुटी छानेर ।
    ✍️ इन्दु श्रेष्ठ, चितवन
    १०//
    होली भन्दैमा फोहरी रङ छ्याप्दा, आफ्नै बेइज्जत होला
    राजनीतिमा चतुरो तिमी, छिनमा मासा छिनमा तोला ।
    ✍️ राजेशराज गड्तौला
    काँडाघारी, काठमाण्डौ
    ११//
    पुर्खादेखि नै आएको पर्व होली चलेर
    इच्छाको हो, हुन्न जबर्जस्ती रङ दलेर ।
    ✍️ शंकर कार्की, मकवानपुर
    १२//
    छरेर खुसीको रङ्ग
    मानिस भएका दङ्ग !
    ✍️ आर्त अकुलीन
    १३//
    फाेहाेर रङ मिसाएर हान्छौ अबिर लाेला
    आपसमा झगडा गर्दा बेइज्जत पाे हाेला ।
    ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
       ऐसेलुखर्क ३ खाेटाङ हाल भक्तपुर ।
    १४//
    हाेलीमा रङ्ग र फाेहर सबै खेल्ने गर्छन्
    माैकापरस्तबाट निर्धा पेलाइमा पर्छन्  ।
    ✍️ प्रमोद नेपाल
    वीरगञ्ज । हालः काठमाडौँ  -५
    १५//
    होलीसँगै नफेरियोस् जीवनको रङ्ग
    सधैँ बनी बस्नुपर्छ  हामी एकै अङ्ग ।
    ✍️
    विष्णु पंगेनी (पाण्डे )
    वालिङ् -स्याङ्जा
    १६//
    हाम्रो धर्म संस्कृति भन्दै सबले गर्थे गर्व
    यस्ताले गर्दा हो बनेको यो विकृतिको पर्व ।
    ✍️ प्रतिज्ञा प्रतिज्ञा
    मेहेलकुना सुर्खेत
    १७//
    कुनै रङ्ग छैन हातमा खेलिन होली मैले
    उमेरले होला सायद बिरक्त लाग्छ ऐले ।
    ✍️ चुडामणी देबकोटा
    पुरानो नैकाप काठमाण्डौ
    १८//
    आलिसान महलमा मस्ती गर्दै छलकपटमा नखेलौँ होली
    मानव जीवन यो बुझ्ने गरौँ बाच्नुपर्छ है हामी सबैले भोलि ।
    ✍️ वेदु न्यौपाने
    १९//
    होली रङ्गको सनातनी पर्व
    सत्यको जीतमा नै मानौँ गर्व ।
    ✍️ कार्की डिबी माकुम
    २०//
    अब के नै बाँकी रह्यो र यी रङ्गिन बनिसके
    छिमेकीले पनि चरित्रहिन नेता भनिसके ।
    ✍️ कोपिला समिक्षा
    खार्पा खोटाङ
    २१//
    कृष्णजीको उपहार होली मानेर नगरौँ  फोहोर
    आदरणीय लाग्दछ आज पनि, हुनुहुन्थ्यो पोहोर ।
    ✍️ मोती योन्जन सुब्बा, दार्जिलिङ
    २२//
    अचेल हेर कस्तो विकृत भैदियो होली
    होली खेल्ने निहुँ पारी झगडा गर्छन् टोली ।
    ✍️ बेल थोकर तामाङ
    बकैया , ८ / बस्तिपुर // मकवानपुर
    २३//
    रङ्गमा बेरङ्ग कसैले नि नभरौँ
    संस्कृति संस्कारमा विकृति नछरौँ ।
    ✍️ कला ढकाल, झापा
    २४//
    जताततै होलीको, रङ्ग खेल्ने टोली
    के देख्छन् के सुन्छन् ठेगान छैन बोली ।
    ✍️ होमप्रसाद नेउपाने
    धरान,सुनसरी ।
    २५//
    कसलाई थाहा सुन्दर रङ्गमा कस्तो पानी घोलेँ
    काम जे गरे पनि जनताका मनकै कुरा बोलेँ ।
    ✍️ पुष्पा राई, खाेटाङ
    २६//
    रमाइलोको नाम गर्दै नहान्नु कसैलाई लोला
    जबर्जस्ती रङ्ग दलेमा कानुनको फन्दामा होला ।
    ✍️ रुना कर्माचार्य दाहाल
    चितवन
    २७//
    रङको पर्व सद्भाव बाँडेर मनाइने  होली
    रूप बदलेर कुरूप नै पो भयो आजभोलि ।
    ✍️ राज बहादुर बडुवाल
    कनकासुन्दरी-५,जुम्ला
    २८//
    फोहोर हान्यौ रङ्ग दल्यौ मस्तसँग खेल्यौ
    गठबन्धन ठूलो दल पेल्नसम्म पेल्यौ ।
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    २९//
    यो होली पर्व सबैको दिलमा भरौँ
    मायाको परिभाषा सबैलाई छरौँ ।
    ✍️ निमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    ३०//
    नेपालीहरूलाई विषाक्त शब्द घाेली धाेका दिन्छन् नेता आजभाेलि
    राजनीति गर्नेहरू राष्ट्रिय धनकाे जनता  खेल्छन्  रङ्गको हाेली ।
    ✍️ रामप्रसाद पुरी,बादेल, खाेटाङ ।
    ३१//
    अश्लीलता झन् बढ्दै गएको देखिन्छ आजभोलि
    रङ्गहीन बन्दै गयो रङ्गहरूको पर्व होली ।
    ✍️ बिके मुखिया
    दार्जिलिङ,भारत।
    ३२//
    स्वेच्छापूर्वक विभिन्न रङ रेलेर
    तनाव कम गरियो होली खेलेर l
    ✍️ बाबुराम गौतम, गुल्मी
    ३३//
    दिल खोली खेलौँ होली, मरिलानु के नै छ र भोलि ?
    प्रेमको भिख मागी फैलाउँ झोली भिजे भिजोस् चोली ।
    ✍️ विवश पारदर्शी
    झापा
    ३४//
    मनै फुरुङ्ग भएर खेलौँ हामी होली
    साथीसँग आजै भेटौँ खै के हुन्छ भोलि ?
    ✍️ शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौं
    ३५//
    यो मनले आफ्नोपन र मायाको पो  हो नि सधैँ खोजी गरेको
    चाहिँदैन कोही देखावटी  मुस्कान र मनमा स्वार्थ भरेको ।
    ✍️ सुशीला शिखा
    काठमाडौं कागेश्वरी
    ३६//
    होली खेली आज देश बनाए पछाडि
    जनतालाई मारी बने आफू  अगाडि ।
    ✍️ नेत्रबहादुर श्रेष्ठ
    ठुलो सिरुवारी, सिन्धुपाल्चोक -१३
    ३७//
    नेपाली संस्कृतिलाई जोगाउँदै खेलौँला होली
    कतिबेला कसलाई के हुन्छ थाहा छैन भोलि ।
    ✍️ सुनगाभा पोखरेल
    कपिलवस्तु
    ३८//
    अचम्मै छ मान्छेको मन जहाँ पनि घुम्ने
    भोलिको भर हुन्न हजुर, आजै हो झुम्ने ।
    ✍️ दीपा गुरुङ समभाव
    दुबेकोल खोटाङ
    ३९//
    यो हाम्रो जिन्दगी त आज हो कि भोलि
    वर्षदिनमा आउने पर्व हो होली !
    ✍️ दीप गोले तामाङ – रौतहट
    ४०//
    बाहिर बाहिर एउटा कुरा
    भित्रबाट हान्ने रहेछ छुरा ।
    ✍️ प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे
    ४१//
    नेपालीहरूको संस्कार संस्कृति रीतिरिवाज राम्रो
    मानिस बहकिँदै भावना बिग्रिएको छ आज हाम्रो ।
    ✍️ घनश्याम पन्त हरिवन सर्लाही
    ४२//
    गयो होली यसपालिको रङ्गमा रमेर
    अर्को साल फेरि आउँला रङ्गमै जमेर ।
    ✍️ ध्रुव श्रेष्ठ
    खोटाङ
    ४३//
    भोलिको यहाँ छैन है राम्रोसँग टुङ्गो
    अगुवा नै त्यस्तै हुन् कि हामी लाटोबुङ्गो ।
    ✍️ पवनकुमार बुढाथेाकी
    काठमाडौँ
    ४४//
    यसपालि खडेरी लाग्यो सुकिसके पूरा खोच
    फोहोर छ्यापेर मस्ति गर्ने अपूर्ण होला सोच ।
    ✍️ कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    ४५//
    होलीको रङ्गोलीमा सबै नै मस्त भएर
    सारा संसार बिर्सी भाँङ धतुरो खाएर ।
    ✍️ रमा गुरुङ्ग
    सालुगडा सिलीगुडी
    ४६//
    सद्भाव राखी एक अर्कामा खेल्नुपर्ने होली
    विकृतिकै पो राज हुँदैछ आजभन्दा भोलि ।
    ✍️ त्रिलोचन भण्डारी
    ४७//
    गाउँ वा सहर सबैतिर छायो होलीको उमङ्ग
    हिजोको बित्यो भोलि था छैन अहिले ल्यायो तरङ्ग
    ✍️ सतीश पण्डित
    भानु६ चुँदी तजहूँ । हाल चनपा६ मातातीर्थ
    ४८//
    रङ्गको हाेलीमा झगडा नगर्नु छ पाेलिसकाे गस्ती
    दुई जनालाई लाठीचार्ज नै गरे देखेनाै र अस्ति ।
    ✍️ रबि पाैडेल
    दक्षिण भारत पाण्डेचरी ।
    ४९//
    खेल्ने हो जीउ मायामार यसपालि होली
    वर्ष दिनको पर्व बरु भिझेँ भिझोस् चोली ।।
    ✍️ भगवती दवाडी ,झापा
    ५०//
      बोकेर हिँड्न परे परोस् झोली
    धमिलो पानीमा खेल्ने हो होली ।
    ✍️ साबित्री प्याकुरेल ,धादिङ्ग।
    ५१//
    भाङ खाएर नखेल्नू होली
    शरीर बिसन्चो होला भोलि ।
    ✍️ देव स्याङ्देन,
    कालेबुङ
    ५२//
    संस्कृति मानौँ हामी सद्भाव र प्रेम छरेर
    मनाऔँ होली पर्व थरीथरी रङ्ग भरेर ।
    ✍️ सुस्मिता अधिकारी ,काठमाडौँ
    ५३//
    होलीले सिकायो एक हर्ष
    समानता ल्यायोस् यसै वर्ष ।
    ✍️ प्रेम थापा “मन”बागलुङ
    ५४//
    देखाउने एउटा गर्ने गर्छन् अर्को
    छलछामको खेलले लगायो झर्को ।
    ✍️ प्रदीप के रिमाल
    इटहरी, सुनसरी
    ५५//
    रङ्ग लगाउदा नगरौँ कसैलाई दुर्व्यवहार
    मनाऔँ फागुपूर्णिमा सभ्य भएर हुन्छ यो सार ।
    ✍️ शोभा आचार्य गौतम
    काठमाडौँ
    ५६//
    बोसो भएकोले मोसो लिएर आए पनि
    सहर्ष स्वीकार गर्यौँ रङ्गको पर्व भनी ।
    ✍️ अरुण कुमार भुजेल
    गोरूबथान  , भारत
    ५७//
    लुकीलुकी किन हान्छौ लोला फोहोर पानीमा रङ्ग घोली
    सांस्कृतिक पर्वमा विकृति आए के जवाफ दिने भोलि ।
    ✍️ राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविता, वसन्त अनुभव

    टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १७० सम्पन्न

  • ६ माघ २०८१, आईतवार २२:०१ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १७० औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ६० जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १७० औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
    ~~~~~<•>~~~~~

    सहभागी टुक्काकारहरूका सुन्दर टुक्का कविताहरू-


    १.
    छाडिँदैन   जोरी   खोजे,  लगाइन्छ  तह
    चाहे गरोस् बिन्तीभाउ चाहे पोखोस् बह !
    ✍️
    वसन्त अनुभव
    वसन्तविहार टोल, घोराही
    ~~~~~~<•>~~~~~~
    २.
    जोरी खोज्ने जोसुकै रहुन्, छोडिँदैन हट
    आरिस किन गर्न पर्यो व्यर्थै छटपट ।
    ✍️
    होमप्रसाद नेउपाने
    धरान,सुनसरी ।
    ~~~~~~<•>~~~~~~
    ३.
    नखोज मसँग तिमीले पनि धेरै जोरी
    थाहा छैन र तिमी पनि हौ म जस्तै मोरी ।
    ✍️
    पवनकुमार बुढाथोकी
    काठमाडौँ
    ~~~~~~<•>~~~~~~
    ४.
    जोरी खोजेरै भनेको हो सारा कुरा मेरो
    विश्वभरिमै हक लाग्ने मात्रै हो र तेरो ?
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    ~~~~~~<•>~~~~~~
    ५.
    मुर्खसँग किन खोज्छौ यहाँ जोरी ?
    उसले देख्दैन आफ्नै  कमजोरी ।
      ✍️
    कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    ~~~~~~<•>~~~~~~
    ६.
    हठ  गर्दै बस्ने  छैन  मर्द अघि  सर्छ
    काम गरिसकेपछि कस्ले दाम भर्छ ।
    ✍️
    वेदु न्यौपाने
    ~~~~~~<•>~~~~~~
    ७.
    भएको कानुनको कार्यान्वयन नगर्ने 
    समस्याग्रस्त घोषणा गर्न अघि नसर्ने ।
    ✍️
    कला ढकाल, झापा
    ~~~~~~<•>~~~~~~
    ८.
    हेक्का राख्नु नटुटोस् धैर्यको बाँध
    उत्रन्छौँ लगाइ खुकुरीमा साँध ।
    ✍️
    सतीश पण्डित
    भानु६ चुँदी तनहूँ
    हाल चनपा ६ मातातीर्थ
    ~~~~~~<•>~~~~~~
    ९.
    भावनामा म कहिले बहकिनँ
    अन्याय र अत्याचार सहदिनँ  ।
    ✍️
    दीप गोले तामाङ, रौतहट
    ~~~~~~<•>~~~~~~
    १०.
    अब भिडले कानुन हातमा लिने जस्ताे देखियाे
    आजका पत्रपत्रिकामा जताततै यही लेखियाे।
    ✍️
    नवराज भट्ट
    कञ्चनपुर
    ~~~~~~<•>~~~~~~
    ११.
    यो न्याय हो कि अन्याय यो मन अलमल हुन्छ
    दोषीलाई कारबाही हुन्न निर्दोषीलाई थुन्छ ।
    ✍️
    भुपेन्द्र राना मगर
    धादिङ
    ~~~~~~<•>~~~~~~
    १२.
    जस्ता छन् अरू त्यस्तै गर्न जान
    आफ्नो खुट्टा तान्नेको खुट्टा तान।
    ✍️
    गंगा खड्का
    बूढानीलकण्ठ ,काठमाडौँ
    ~~~~~~<•>~~~~~~
    १३.
    जोरी खोज्नेले प्रमाण खोजुन्
    अरूले असल बाटो रोजुन् ।
    ✍️
    प्रेम थापा “मन”बागलुङ
    ~~~~~~<•>~~~~~~
    १४.
    झगडाको मूल जरो पैसा रहेछ यसैमा हाई हाई
    अलिकति के कमाउनु पर्छ दुश्मन हुन्छन् दाजुभाइ ।
    ✍️
    चुडामणी देबकोटा, पुरानोनैकाप काठमाण्डौ
    ~~~~~~<•>~~~~~~
    १५.
    यथार्थ छ एकातिर, बल मिच्याइँ अर्कातिर तिम्रो
    हेर्ने आँखा खुल्ला राख, नबनाऊ है यति साह्रो चिम्रो ।
    ✍️
    राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    ~~~~~~<•>~~~~~~
    १६.
    मै हुँ भन्नेहरूलाई तह लाउने म गर्छु
    अरू काम त्यस्तै हो शासन गर्न अघि सर्छु ।
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    ~~~~~~<•>~~~~~~
    १७.
    असल  कर्म गरौँ है ,खोज्ने  होइन जोरी मात्रै
    किन होला मानिसको जातले कुरा काट्ने जात्रै ।
    ✍️
    भोज विवश मगर
    गैंडाकोट -३ नवलपरासी पूर्व
    ~~~~~~<•>~~~~~~
    १८.
    लुकेका छन् हेरर दाउ
    लगाउँछन् आखिर घाउ !
    ✍️
    आर्त अकुलीन
    ~~~~~~<•>~~~~~~
    १९.
    लुकेर   प्रहार  गर्नेलाई  , मैले  पनि  जाने
    बेला मौका पाएर, चार बाइस मुक्का हाने
    ✍️
    नागेन्द्रप्रसाद यादव
    ~~~~~~<•>~~~~~~
    २०.
    उखान टुक्का रचेर म सुसेली गाउँछु
    विरूद्वमा लाग्ने लाई तर पनि लाउँछु
    ✍️
    शालिक राम दाहाल
      चा न पा ३ झाैखेल भक्तपुर
    ~~~~~~<•>~~~~~~
    २१.
    सुरा पिएर जताततै नगर मुख छुरा
    भित्ताको नि कान हुन्छ भन्छ बुझी गर्नु कुरा ।    
    ✍️ बिबा तामाङ
    दार्जिलिङ
    ~~~~~~<•>~~~~~~
    २२.
    कुकर्मले आइलाग्छ पापको लड्डु हातमा
    एकदिन पक्कै मर्नुपर्छ को जान्छ साथमा !
    ✍️
    ऋजु दिल्पाली
    ईटहरी १ सुनसरी ।
    ~~~~~~<•>~~~~~~
    २३.
    हिम्मत  छैन  यहाँ  जोरीपारी  खोज्ने
    अधिकार  कहाँ  कसैलाई पो रोज्ने ।
    ✍️
    मोती .योन्जन’ सुब्बादार्जिलिङ।
    ~~~~~~<•>~~~~~~
    २४.
    आँखामा धूलो हालेर गर्दैछन् चोरी
    चोरको श्वर ठूलो गर्छ सिना जोरी ।
    ✍️
    बिके मुखिया
    दार्जिलिङ,भारत।
    ~~~~~~<•>~~~~~~
    २५.
    भए नभएका सबै आरोप लगाइ
    भुट्नुपर्छ यहाँ सबै जोरी खोज्नेलाई ।
    ✍️
    ज्ञानबहादुर क्षत्री
    सन्धिखर्क – २, अर्घाखाँची ।
    ~~~~~~<•>~~~~~~
    २६.
    हुनुपर्छ खुलेर नै विचारको  मन्थन
    निष्कर्षमा पुग्ने बेला धेरै हुन्छन् गन्थन ।
    ✍️
    दीपा गुरुङ समभाव
    दुबेकोल खोटाङ
    ~~~~~~<•>~~~~~~
    २७.
    असल पाखा खराब काखी च्याप्ने जमाना कस्तो
    झोले बनायो जन कमायो लोकप्रियता सस्तो ।
    ✍️
    राज बहादुर बडुवाल
    कनकासुन्दरी-५,जुम्ला
    ~~~~~~<•>~~~~~~
    २८.
    गरिब अलिक उँभो लागे चढ़न दिनु हुन्न
    कतैबाट मलाई बाह्र हातको टांगाले छुन्न ।
    ✍️
    रमेश दियाली
    शेल्पू सिटोंग दार्जिलिङ
    ~~~~~~<•>~~~~~~
    २९.
    आइलाग्नेलाई भन्थे त जाइ लाग्नु
    केही सीप नचले फर्किएर भाग्नु ।
    ✍️
    गुणनिधि घिमिरे अमेरिका
    ~~~~~~<•>~~~~~~
    ३०.
    चाहे जे गरुन् जस्ताेसुकै भनुन् आफ्नाे चल्छ शासनमा
    अरु कसकाे राज चल्छ म बसिरहेकाे आसनमा ।
    ✍️
    नाम केसर बाेहरा  ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम । हाल भारतबाट
    ~~~~~~<•>~~~~~~
    ३१.
    नियन्त्रण गर्न खोज्दा झनै बल्झिगयो
    महाशक्ति सम्झेको कागजी बाघ भयो ।
    ✍️
    कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    ~~~~~~<•>~~~~~~
    ३२.
    हाम्रो पनि दिन फिर्छ सधैँ यस्तै हुन्न
    त्यतिखेर चहादैँनौ तिम्रा करा सुन्न ।
    ✍️
    विवश पारदर्शी, झापा
    ~~~~~~<•>~~~~~~
    ३३.
    जाे जसले जनताको धन सम्पत्ति गर्छन् चाेरी
    ढाकछोप गर्न उसैले आखिरमा खाेज्छन् जाेरी ।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    ऐसेलुखर्क ३ खाेटाङ हाल भक्तपुर ।
    ~~~~~~<•>~~~~~~
    ३४.
    नगर कान्छी तिमी के के कुरा
    चलाउँछ अरूले फेरि छुरा ।
    ✍️ निमा छिरिङ भोटिया
    जलढका कालेबुङ भारत
    ~~~~~~<•>~~~~~~
    ३५.
    हठी स्वभाव भएर दु:ख झेल्नु पर्यो
    मै हुँ भन्ने घमण्डीको बल्ल सेखी झर्यो ।
    ✍️
    मन्दिरा सेढाई
    मलेखु, धादिङ
    ~~~~~~<•>~~~~~~
    ३६.
    नपाउनेले पाए खान्छन् एकैपटक अलकत्र
    के था यिनलाई पूजापाठ फूल अनि बेलपत्र ।
    ✍️
    सुनगाभा पोखरेल
    कपिलवस्तु
    ~~~~~~<•>~~~~~~
    ३७.
    गर्नेले ईर्ष्या र डाहा, लम्कन्छु अगाडि
    या जन्जिलरले बाधुन, हटिन्न पछाडि ।
    ✍️
    खुनराज काेईराला
    सिद्धलेक -३ गैरीगाउँ,धादिङ
    ~~~~~~<•>~~~~~~
    ३८.
    कति पाेखाैँ र तिमीसँग आफ्नो मनको बह
    हेर्दैनाै  हामीलाई  भइसक्यो  आँसुको दह ।
    ✍️
    रामप्रसाद पुरी
    बादेल, खाेटाङ
    ~~~~~~<•>~~~~~~
    ३९.
    रिस बाहेक छैन काम अरू
    नसक्ने गोरू खोस्रीखोस्री मरू !
    ✍️पुष्पा सुवेदी
       नेपालगन्ज,बॅाके।
    ~~~~~~<•>~~~~~~
    ४०.
    चाल पाएँ तिम्रो विचार नि गर्दिनँ अब बिन्तीभाउ
    आवश्यक पर्दा  प्रयोग गर्ने  बुझिसकेँ  तिम्रो दाउ ।
    ✍️
    पुष्पा राई, खाेटाङ ।
    ~~~~~~<•>~~~~~~
    ४१.
    जोरी खोज्नेहरूसँग टाढै बस्नुपर्छ
    हेरौँ  घमण्ड गर्नेहरूको कति झर्छ ।
    ✍️
    शोभा आचार्य गौतम
    काठमाडौँ
    ~~~~~~<•>~~~~~~
    ४२.
    अति गर्दा खति हुन्छ, धेरै नबन्नू बाठो
    ढाड नै भाँचिनसक्छ, देखेनौ यहाँ लाठो ।
    रवि श्रेष्ठ, सन्धिखर्क-१, अर्घाखाँची
    हाल : बुटवल, रुपन्देही, नेपाल !
    ~~~~~~<•>~~~~~~
    ४३.
    नाङ्लो ठटाई हात्ती भगाउने कस्तो होला चाल?
    उल्टो परे दाउ फेरि आफैँलाई पर्ला नि गाल।
    ✍️
    अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ,भारत।
    ~~~~~~<•>~~~~~~
    ४४.
    चाहे होस् सधैँ रिस तिम्रो घाम भन्दा प्रचण्ड
    जोरी  खोज्न छोडिदैन  जसले  गर्छ  घमण्ड ।
    ✍️
    खडक आर सि मिलन
    छेडागाड नगरपालिका २ साल्मा जाजरकोट
    ~~~~~~<•>~~~~~~
    ४५.
    लुकाइन्छ सत्य कुरा लेखिन्छ झुटो इतिहास
    जो आउँछ जोरी खोज्न लगाइन्छ है उठिबास ।
    ✍️
    सुस्मिता अधिकारी, काठमाण्डौ
    ~~~~~~<•>~~~~~~
    ४६.
    जाेरी खाेज्न चाहने आउँछन् कति कति
    गरिखाँदा रिस गर्छन् बिग्रिएर मति ।
    ✍️
    ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    ~~~~~~<•>~~~~~~
    ४७.
    मै खाउँ मै लाउँ आफैँ चलाउँ सत्ता
    भनी सोच राख्नेले खाँदै बस्नु भत्ता ।
    ✍️
    अम्बिका गिरी – विराटनगर
    ~~~~~~<•>~~~~~~
    ४८.
    पराइकाे इमानमाथि धूलाे र हिलाे पाेत्ने
    आफ्नाे खेतबारी बाँझो राखेर अर्कैको जोत्ने ।
    ✍️
    हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे,साँगाबजार बनेपा १४
    ~~~~~~<•>~~~~~~
    ४९.
    नसोच यो ढुङ्गालाई नै कसैले फुटाउँछ
    हल्लिएर आउँछ झरी, बाढीले लुटाउँछ ।
    ✍️
    नन्दलाल आचार्य
    बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर, कोसी प्रदेश, नेपाल ।
    ~~~~~~<•>~~~~~~
    ५०.
    नियतमा खोट हुनेहरूकै चल्छ लुकिछिपी बहस
    अति नै गर्न थालेपछि आफैँमा हुन्छ तहसनहस ।
    ✍️
    कबिताहरी
    सुन्दरहरैंचा नगरपालिका १ मोरङ
    ~~~~~~<•>~~~~~~
    ५१.
    कामचोर बन्नु है तिमी हाम्रा खातिर
    गर्छौँ पुरस्कृत बनाउँछौँ त माहिर ।
    ✍️ इन्दु श्रेष्ठ, चितवन
    ~~~~~~<•>~~~~~~
    ५२.
    सम्बन्धमा बादल छाए सम्बन्धलाई गोडौँला
    छोड्न परे बरु असल तह लगाई छौडौँला ।
    ✍️
    हन्नाह छेत्री
    दार्जिलिङ
    ~~~~~~<•>~~~~~~
    ५३.
    सहयात्रा गर्ने हौ भने  बदलिएर आऊ
    नत्र सुन्दैनौँ मृत्युपर्यन्त तिम्रो बिन्तीभाउ l
    ✍️
    बाबुराम गौतम, गुल्मी
    ~~~~~~<•>~~~~~~
    ५४.
    खेलिरहुन् न जोरी हजुर चिन्ता लिनु हुन्न
    सत्य माथि अडिग रहे कोही कसैले छुन्न।
    ✍️
    तोया नाथ चापागाई
    दमक,झापा,नेपाल
    ~~~~~~<•>~~~~~~
    ५५.
    जोरी खोज्ने पछि आफैँ पछारिन्छ्न् छु देखेकी
    घमण्ड गरे एक्लो भइन्छ यथार्थ लेखेकी ।
    ✍️
    सबिता खड्का, कैलाली
    ~~~~~~<•>~~~~~~
    ५६.
    भन्दै थिएँ अधिकार हाम्रो हो चारैतिर घेरौँ
    प्रमाणबिना तह लाउने कसले होला हेरौँ ।
    ✍️
    राधा आचार्य ,बुटवल,रुपन्देही
    ~~~~~~<•>~~~~~~
    ५७.
    बढ्दै छ चिसो पुस गएपछि पनि
    उत्पात भयो दिन  कष्टकर बनी ।
    ✍️
    ईश्वर साउद(भिक्षु)
    रामारोशन गाउँपालिका ६ सु,प,अछाम
    ~~~~~~<•>~~~~~~
    ५८.
    देशमा खाँडो जगाउन युवाहरू जुटी देखाऊ
    निरङ्कुशता धेरै भयो देशप्रेमी नाम लेखाऊ ।
    ✍️
    घनश्याम पन्त, हरिवन सर्लाही
    ~~~~~~<•>~~~~~~
    ५९.
    शासन सत्ता चलाउनुपर्छ मस्तीमा
    स्वार्थ विपरीत गएमा राख्छाैँ गस्तीमा । ।
    ✍️
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे
    ~~~~~~<•>~~~~~~
    ६०.
    कर्म नगरे माया केकाे, एकपटक सम्झाउनू
    सम्झाउदा पनि नमाने, अर्काेपटक थन्क्याउनू ।
    ✍️
    प्रमाेद नेपाल
    वीरगञ्ज । हाल: काठमाडौँ -५

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविता, वसन्त अनुभव

    ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १६२ सम्पन्न

  • ९ मंसिर २०८१, आईतवार १६:१९ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १६२ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ६० जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १६२ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    टुक्कामाथि टुक्काको १६२ औँ शृङ्खलामा सहभागी टुक्काकारहरूका सुन्दर टुक्काहरू-

    _______________________
    १.
    मह झैँ गुलियो बोली बिस्तारै बन्दै गयो चर्को
    सोच्दैथे किन होला भनी दिलमा रहेछ अर्को ।
    ✍️ वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ
    _______________________
    २.
    सिधा नजर हेर्दै थियाे कर्के नजर हेर्याे
    चर्काे बाेली बाेल्याे यता मन चाहिँ अन्तै फेर्याे ।
    ✍️ ताराप्रसाद चापागाईँ
    _______________________
    ३.
    सखा हुँ म भन्छ तिम्रो अवश्य
    लुकाएर हिँड्छ आफ्नो रहस्य !
    ✍️ सागर आँसु -डोटी
    _______________________
    ४.
    छानी छानी फाइदा खोज्दै अनेक प्रीति  लाएपछि
    भएको त  विषै हुन्छ फेरि नयाँ अर्को आएपछि  ।
    ✍️ सुशीला शिखा
    काठमाडौँ कागेश्वरी
    _______________________
    ५. कर्खा छ्न्द
    झरेको पात जसरी फ्यात्त भुइँमा झर्छ माटोमा मिल्न
    मानव रूपी चोलालाई नै सिकाउँछ त मृत्युमा खिल्न।
    ✍️ विकास क्षेत्री अञ्जान
    कैजले, बिजनबारी, दार्जिलिङ।
    _______________________
    ६. छन्द- शिखरिणी
    थियो माया साँचो हरबखत चोखो अति घना
    चिसो त्यो बोलीले अलिकति बढ्यो नीरसपना ।
    ✍️ दीपा समभाव
    दुबेकोल खोटाङ्ग
    _______________________
    ७.
    दिएकै थिएँ  चोखोमाया गयो पापीले नै लुटेर
    तैपनि थिलोथिलो पार्थ्यो छलिले दिनहुँ चुटेर ।
    ✍️ सतीश पण्डित
    भानु६ चुँदी तनहूँ
    हाल चनपा ६ मातातीर्थ
    _______________________
    ८.
    लाएर माया अबुझलाई भयो नि माया वेवारिसे
    मनमा सजाइ के गर्नु सताउँछ अति नै आरिसे ।
    ✍️ पुष्पा राई, बादेल, खोटाङ
    _______________________
    ९.
    जति सोझो भए पनि गर्थ्यो मलाई झर्को र फर्को
    मति बिग्रेको  हुँदा घर  छोडी  लिएर  हिँयो अर्को ।
    ✍️ बेदु न्यौपाने
    _______________________
    १०.
    निष्ठुरी मन  पारेर माया  आफूलाई दिएन
    शायद त्यो दिलभित्र नै मप्रति माया थिएन ?
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    _______________________
    ११.
    वस्तुले छेकेसम्म बन्छ त्यसको छाया
    देखाउँदै हिँड्छन् हेर फेसबुके माया ।
    ✍️ दीप गोले तामाङ – रौतहट
    _______________________
    १२.
    मान्छेको जातले घरीघरी रङ फेर्न बेर लाउँदैन
    स्वार्थले लिप्त भएपछि बुद्धि विवेक कवै आउँदैन ।
    ✍️ गंगा खड्का
    बूढानीलकण्ठ ,काठमाडौँ
    _______________________
    १३.
    बाहिर एउटाभित्र अर्को रहेछ तिम्रो बोली
    बोलेरै नै आखिर सबै खायौ बनाएर गोली !
    ✍️ आर्त अकुलीन
    _______________________
    १४.
    खेलाएर बाहिर अर्को मलाई चेपारो घस्दै थियौ
    नकचरो धोकेबाज आज आएर किन धोका दियौ ।
    ✍️ सरिता सेढाई, धादिङ
    _______________________
    १५.
    सतर्क हुनुपर्छ पहिले नै आनिबानी देखेर उनको चाल
    दुईदिने माया लाउँछन् फसाउनलाई रचेर अनेक जाल ।
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन न. पा. ६ संखुवासभा
    _______________________
    १६.
    मीठो बोलौँ सबैले सुन्ने खालको मन्तव्य
    थाहै हुन्न कता जाने हो जोगीको गन्तव्य ।
    ✍️ चुडामणी देबकोटा, पुरानो नैकाप काठमाडौँ
    _______________________
    १७.
    नानाथरी शङ्का गर्छौ तिम्रै छ बोली चर्को
    च्यातिदिन्छु दिल हेर लौ तिमी छौ कि अर्को ।
    ✍️ पुष्पा सुवेदी
    नेपालगन्ज, बॅाके
    _______________________
    १८.
    चोखो माया गर्छु भनी गर्यो जालझेली
    साख्खै बनी छुरा हान्ने कस्तो खेल खेली ।
    ✍️ भुपेन्द्र राना मगर
    धादिङ
    _______________________
    १९.
    बोली भने चर्को, खस्रो नजर त्यो कर्के थियो
    ठिक्क त एकातिर भित्र रूप अर्कै देखियो ।
    ✍️ इन्दु श्रेष्ठ, चितवन
    _______________________
    २०.
    जो यथार्थ नबुझी कुबाटोतिर पस्छ
    आखिर स्वार्थले ठुलै खाडलमा खस्छ ।
    ✍️ प्रेम थापा “मन”बागलुङ
    _______________________
    २१.
    पहिलो भेटमा मीठो बोलीले खुत्रुक्कै पार्यौ
    अहिले अंकुशेले तानेर छाँगोबाट झार्यौ ।
    ✍️ रमेश दियाली 
    शेल्पू सिटोंग दार्जिलिङ।
    _______________________
    २२.
    किन हुन्छ होला हाम्रो मन अर्कालाई सताउने ?
    यस्ता कार्यले शेषमा कष्ट आत्मालाई कटाउने ।
    ✍️ कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    _______________________
    २३.
    मनमा अर्कै साथमा अलग, चरित्र छ बनेको
    देखिन्छ जीवनभरमा यति पुगे, भन्दै गनेको ।
    ✍️ राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    _______________________
    २४.
    कसरी भयौँ तिमी यहाँ फेरि अर्काे
    यसैले त होला नि तिम्रो बोली चर्को।
    ✍️ निमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    _______________________
    २५.
    दुइटा मन भएपछि ~ दाेधारे त हुने भयाे
    एउटासँग रिस उठ्याे भने अर्कैकाेमा गयाे ।
    ✍️ बाबू विराज
    कपिलवस
    _______________________
    २६.
    मुखले एउटा कुरा गर्छन्
    परिआउँदा त पछि सर्छन् ।
    ✍️ कला ढकाल, झापा
    _______________________
    २७.
    स्वार्थी भइहाल्छ मान्छे ठाउँ पाएपछि किन,
    सधैँ एकैनास हुँदै हुँदैनन् मान्छेको  दिन ।
    ✍️ भगवती दवाडी
    _______________________
    २८.
    सुरूमा फकाउँछ्न् आफ्नोतिर पार्न
    नजिक भएपछि दु:ख दिन्छन् मार्न ।
    ✍️ नेत्रबहादुर श्रेष्ठ
    ठुलो सिरुवारी, सिन्धुपाल्चोक -१३
    _______________________
    २९.
    झुटो माया लाएर यहाँ व्यर्थै रुन्छौ किन
    के सही के हो गलत पहिले तिमी चिन ।
    ✍️ अनिता भण्डारी, ताप्लेजुङ
    _______________________
    ३०.
    नरम बोलीमा गर्यौ शङ्का अनि चर्को बोल्न थाले
    चिनेनौ आफ्नै छाया भन्छौ मुटुमा अरूलाई पाले ।
    ✍️ सुस्मिता अधिकारी ,काठमाण्डौं
    _______________________
    ३१.
    जुन दिनदेखि लगाउन थाल्यौ तिमीले छोटा कपडा
    त्यही दिनदेखि सुरू भएको हो हाम्रो घरमा लफडा  l
    ✍️ बाबुराम गौतम, गुल्मी
    _______________________
    ३२.
    भित्र खोक्रो बनाइसक्यौ बाहिर पार्छौ ठिक्क
    तिम्रो बानी व्यवहारले भइसकेँ म दिक्क ।
    ✍️ मन्दिरा सेढाई,    मलेखु, धादिङ
    _______________________
    ३३.
    उसैले नै  माया  गर्छु  भन्दै  दिई फूल
    त्यही फूल भयो आज मुटु घोच्ने सुल ।
    ✍️ नवशिला
    नवदेव मार्ग, लालभित्ती, मोरङ।
    _______________________
    ३४.
    कानुन बिग्रन्छ त्यो कालो कोटले
    नेताहरू बिग्रेका हुन् हाम्रै भोटले ।
    ✍️ घनश्याम पन्त, हरिवन सर्लाही
    _______________________
    ३५.
    चस्स मुटु दुख्यो जब बोल्दा लाग्यो उसलाई झर्को
    अनि चाल पाए खोली फालेको मेरो प्रीतिको बर्को ।
    ✍️ रुना कर्माचार्य दाहाल
    _______________________
    ३६.
    चिसो मौसममा न्यानो त्यो अङ्गालो थियो जस्तै बर्को
    लत्याई मेरो माया किन गयो भनेको रै’छ अर्को ।
    ✍️ सङ्गीता खरेल, काठमाडौं
    _______________________
    ३७.
    कस्तो स्वार्थी मानिस लाेभी हुन्छ
    माया हुन्छ न ममताले छुन्छ ।
    ✍️ रबि पाैडेल, दक्षिण भारत पाण्डेचरी ।
    _______________________
    ३८.
    बाेली अति मिठास उस्काे शब्दमै गुलियाे घाेल्छे
    स्वार्थसिद्ध भएपछि  विष वमन गर्दै पोल्छे ।
    ✍️ हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे, साँगाबजार बनेपा १४ ।
    _______________________
    ३९.
    मान्छेको जात नै स्वार्थमा अल्झेकाे हुन्छ
    नातागोता सबै लाभमा बल्झेकाे हुन्छ  ।
    …..
    वीरगञ्ज, हाल काठमाडौ -५
    _______________________
    ४०.
    बचत गरिदिएको छु, जनताको खुसी देख्न हेर
    चाहेको छु समृद्ध नेपालको इतिहास लेख्न धेर ।
    ✍️ होमप्रसाद नेउपाने
    धरान,सुनसरी ।
    _______________________
    ४१.
    भुलियौ गुलियोमा पहिले
    चर्को भन्छौ आएर अहिले।
    ✍️ अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ,भारत।
    _______________________
    ४२.
    मेरै मायामा गरिरहन्थी मनोमानी
    तर थाहै नपाई मलाई छुरा हानी ।
    ✍️ डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा. पा. -६, दोलखा
    _______________________
    ४३.
    तिम्रै दुई नयनको बन्न मन छ नानी
    तिर्खा मेटाउनलाई बन्न मन छ पानी ।
    ✍️ भोज विवश मगर
    गैंडाकोट -३ नवलपरासी पूर्व
    _______________________
    ४४.
    मीठा मीठा बोली अनि आकाशका तारा पनि झार्ने
    बिस्तारै मायामा चिसो पस्दै जाँदा अलपत्र पार्ने ।
    ✍️ अम्बिका अधिकारी
    झापा बिर्तामोड
    _______________________
    ४५.
    अलिकति भावनात्मक बनिदिँदा केटी  फस्छन्,
    अनि पछि गएर वास्तविक बुझ्दा स्वाट्ट खस्छन् ।
    ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
    _______________________
    ४६.
    जिन्दगीको घामछाँया सहनु हुन्छ धेरै चर्को
    तलमाथि हुन्छ कहिलेकाहीँ नमान्नु है झर्को ।
    ✍️ बिके मुखिया
    दार्जिलिङ,भारत।
    _______________________
    ४७.
    मुखमा राम ! राम ! जपेर पिठ्युँमा हान्ने गर्छन् छुरा
    बनाई अरूलाई माध्यम,  आफ्ना सपना गर्छन् पूरा ।
    ✍️ खडक आर सि मिलन
    छेडागाड नगरपालिका २ साल्मा जाजरकोट
    _______________________
    ४८.
    मुखमा राम ! राम ! त बगलीमा छुरा
    छाेडिदियाै साथ स्वार्थ भएपछि पूरा ।
    ✍️ अनामिका
    _______________________
    ४९.
    बोली वचन मीठो रै’छ मान्छे तिमी छुच्ची
    मनमा अर्कै राखेर गफ लाउँछे फुच्ची ।
    ✍️ बुद्धिमान दनुवार  ( सुरुङ्गेली कान्छो )
    कनकाइ ४ झापा
    _______________________
    ५०.
    गफ नगर धेरै, तिम्रै लागि बाँचेकी थिएँ
    आँखा लगायौँ अर्कैलाई तब मुटु यो सिएँ ।
    ✍️ शोभा आचार्य गौतम
    काठमाडौँ
    _______________________
    ५१.
    नक्कली माया हाे स्वार्थकाे काेक्राे
    अन्त्यमा उसले फुलायाे धाेक्राे ।
    ✍️ प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे
    _______________________
    ५२.
    भन जे भन्नु छ मुख थुन्न सक्तिनँ
    आफ्नो आङ नहेर्ने त्यो कुरा मान्दिनँ ।
    ✍️ लक्ष्मी रिजाल, रूपनगर, सप्तरी
    _______________________
    ५३.
    चिप्ला कुरामा चिप्लिएर सुम्पिएको हकअधिकार
    बैमानी मायाको माया जालमा अक्सर पर्छ सिकार ।
    ✍️ प्रदीप के रिमाल
    इटहरी सुनसरी।
    _______________________
    ५४.
    देखेर देशकाे यो हालत यहाँ
    धुरु धुरु रुन मन लाग्छ जहाँ ।
    ✍️ ईश्वर साउद(भिक्षु)
    रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
    _______________________
    ५५.
    भ्रष्टाचारीमा किन जोडेको यस्तो बदनाम
    जसरी पनि सम्पत्ति आर्जनु हो हाम्रो काम !
    ✍️ विवश पारदर्शी
    झापा
    _______________________
    ५६.
    फकाइफकाइ लियौ मनको कुरा
    आखिरमा हानिछाड्यौ छातीमा छुरा ।
    ✍️ राज कुमार राजभण्डारी खाेटाङे
      मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर
    _______________________
    ५७.
    लगाएर बोली चर्को किन तर्किने
    आफ्नै गल्ती भएर नि आँसु छर्किने ।
    प्रेम सुनार, दैलेख
    _______________________
    ५८.
    घरमा ठिक्क मनमा अर्को हुँदा लथालिङ्ग जीवन
    त्यै भएर तुनाधरो समेत ल्याइदिँदैनौ रिबन ।
    ✍️ जमुना आचार्य, सिन्धुपाल्चोक
    _______________________
    ५९.
    माया विश्वासका फूलमा काँडा बिझाउने चाम्रो
    कुरा काट्नेले काटुन मायामा छ विश्वास हाम्रो ।
    ✍️ हन्नाह छेत्री, दार्जिलिङ
    _______________________
    ६०.
    लगाएर बल किन गर्ने झर्को र फर्को
    मनमा एउटा बसाई दिलमा छ अर्को ।
    ✍️ कृष्ण बजगाई, भक्तपुर
    _____________________

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविता, वसन्त अनुभव

    ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १६१ सम्पन्न

  • ३ मंसिर २०८१, सोमबार ००:१९ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १६१ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ५२ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १५९ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।


    १.

    तिमी हानेजस्तो गर्नू   म गरुँला रोएजस्तो
    भ्रम छर्न दुनियाँ सामु आँसु झार्नेछु सस्तो ।
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ


    २.
    बुझी नसक्नु रहेछ नाटक पनि यो कस्तो
    नबुझ्नेलाई विश्वास गर्ने मै पागल जस्तो ।
    -दीपा समभाव
    दुबेकोल खोटाङ्ग


    ३.
    भ्रमको दुनियाँमा कस्तो यो चाल
    देखिँदैन किन बिच्छाएको जाल ।
    -सङ्गीता खरेल, काठमाडौँ


    ४.
    भ्रमित पार्न सिपालु तिमी म पनि साथ दिउँला
    हातमा हात मिलाएर सधैँ सँगसँगै जिउँला ।
    -रचना शर्मा प्रतीक्षा, महालक्ष्मी नगरपालिका, ललितपुर, नेपाल ।


    ५.
    देखावटी र बनावटी दुनियाँ भर पाे ! गर्नु खै कस्काे फेरि
    अनेकाैँ जालहरू रचेका छन् यहाँ मौका अनि फाइदा हेरी ।
    -सुशीला शिखा
    कगेश्वरी काठमाडौँ


    ६.
    आँखामा किन हाल्दैछौँ छारो ?
    अन्तिममा श्वास फेर्न गारो ।
    -कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी


    ७.
    भ्रम छर्दै दुनियाँलाई झुक्याउने कला राम्राे
    नाटक गर्दै सधैँभरि रमाउने पालाे हाम्राे ।
    -ताराप्रसाद चापागाईँ


    ८.
    अन्धविश्वासमा नपर्नु है भर्म
    कलीयुगमा छैन कसैको धर्म ।
    -बिबा तामाङ
    लाटपञ्चर सिटोङ खरसाङ


    ९.
    सुन लुकाएर पित्तललाई कसी लाउँदैमा सुन भनिँदैन
    हुँडारहरूलाई बाघको छाला ओढाउँदैमा बाघ गनिँदैन ।
    -बेदु न्यौपाने


    १०.
    देशको शासन के हो र फुटबलको खेल जस्तै
    कहिले उसको कहिले मेरो हात लाग्छ प्रशस्तै ।
    -पुष्पा राई, बादेल, खोटाङ ।


    ११.
    लुटेर खायौ भुटेर खायौ यो देश तिमीहरूले मिलेर
    जनताको सामु पक्ष विपक्ष एकापसमा बस्छौ भिडेर ।
    -ध्रुव श्रेष्ठ, खोटाङ


    १२.
    भ्रम छर्दै आँखामा छाराे किन पाे ! हाल्ने
    विकृति र कुसंस्कार कतिञ्जेल पाल्ने ?
    -त्रिलाेचन भण्डारी
    मेचीनगर, झापा


    १३.
    हामीलाई पुनः खोज्छौ बेवकुफ बनाउन
    कर्तुत जनले बुझेपछि अनि पर्ला रुन ।
    -अर्जुन प्रसाद चौलागाई
    हालः-अमेरिका,बोस्टन


    १४.
    फट्याइँ मात्र जान्दछ, सक्दैन ऊ केही गर्न
    तर पनि खप्पिस छ, समाजमा भ्रम छर्न ।
    -ज्ञानबहादुर क्षत्री
    सन्धिखर्क – २, अर्घाखाँची


    १५.
    पात्र तिनै प्रवृत्ति त्यही खाली फरक व्यवस्था
    आस गर्ने ठाउँ छैन जन्ताको नाजुक अवस्था ।
    -सतीश पण्डित
    भानु६ चुँदी तनहुँ । हाल चनपा ६ मातातीर्थ


    १६.
    आलापालाे राज्य सत्ता चलाई देश कङ्गाल बनाउने
    भ्रष्टाचारको कालाेदाग मेटाउन जनता कनाउने ।
    -राज कुमार राजभण्डारी खाेटाङे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।


    १७.
    भ्रम छर्ने बानी नराम्रो कसैले गर्नुहुन्न
    अरू कुवामा हाम फाल्दैमा आफू मर्नुहुन्न ।
    -प्रमोद नेपाल
    वीरगञ्ज । हाल काठमाडौ – ५


    १८.
    यो दुनियाँ सब देखावटी भयो
    सत्य बोल्नेहरूको जमाना गयो ।
    -बाबुराम पाण्डे, अर्घाखाँची


    १९.
    बाहिर गरेर मीठा बात
    तिनैले गर्दैछन् ठूला घात !
    -आर्त अकुलीन


    २०.
    खराब कुरा मिल्काएर बनाउनु राम्रो सुन्दर चरीत्र
    राखेर इज्जत कुरा गर्नु बरु हुन्छ बेस हृदय भित्र ।
    -अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन न. पा. ६ संखुवासभा


    २१.
    बाहिर बाहिर लोकाचार गर
    भित्र पसेपछि आफ्नै पेट भर ।
    -भगवती दवाडी ,झापा


    २२.
    म रोएझैँ गरिदिउँला तिमीले कुटेजस्तो गर्नु
    भित्रभित्रै मिलीभगत गर्न यतै बसाई सर्नु ।
    -नवशिला
    नवदेव मार्ग, लालभित्ती, मोरङ


    २३.
    देश रोयो आँसु झर्यो र पोखियो बगरमा
    पात्र त्यही व्यवस्था उही गिर्दैछन् नजरमा ।
    -सन्तु खत्री


    २४.
    छुट्टै महत्व हुन्छ दुध दही मोहीको
    पानीमा आँसु झर्छ रे त्यो दुष्ट गोहीको ।
    -चुडामणी देबकोटा, पुरानोनैकाप काठमाण्डौ


    २५.
    नेताले माइकको अघि म्या म्या गर्दै छरिरहे भ्रम
    जनताले पनि भ्या भ्या गरिरहने केही छैन श्रम !
    -प्रेम थापा “मन”बागलुङ


    २६.
    बाहिर झुत्रेझाम्रे भित्र व्यवस्थापन राम्रो
    यसरी नै बिग्रिएको छ नेपाल देश हाम्रो ।
    -अम्बिका अधिकारी
    झापा बिर्तामोड


    २७.
    कसलाई देखाउन खोजेको, गोहीको आँसु झारेर
    पत्याउने कसले, जब आएका छौ जनता मारेर ।
    -राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ


    २८.
    जो छ यहाँ भ्रष्टाचारको मालिक
    कठै उसकै बन्छ ठूलो सालिक ।
    -भोज विवश मगर
    गैंडाकोट -३ नवलपरासी पूर्व


    २९.
    तिमी ताली लगाउँदै गर्नु म भ्रमित गीत गाउँदै गर्छु
    नखोज मलाई माथितिर म पोका बोकेर तल्तिरै झर्छु ।
    -रमेश दियाली
    शेल्पू सिटोंग दार्जिलिङ भारत


    ३०.
    अन्तरकुन्तर भक्कानिएर निस्केको तिमी भन्छौ सस्तो आँसु
    तिमी नै पक्का चालबाजी रहेछौ, त्यो तस्बिर कहाँ लगी टाँसु ।
    -मोती योन्जन सुब्बा, दार्जिलिङ


    ३१.
    नाटक अभिनय कला सिक्नू
    ढाटेरै भएपनि सधैँ टिक्नू !
    -विवश पारदर्शी, झापा


    ३२.
    कोही कुटे जस्तो त कोही रोए जस्तो गर्छन्
    जनताको आँखामा सधैँ भ्रम मात्र छर्छन् ।
    -अनिता भण्डारी, ताप्लेजुङ


    ३३.
    सत्तामा पुगेका छन् निर्दोष मारेर
    आज नाटक देखाए आँसु झारेर ।
    -कला ढकाल, झापा


    ३४.
    महिलाको कुकुर मरेको पोस्टमा कमेन्ट गर्छन् गुरु
    हाम्रा रचना राख्दा पनि नहेरी किन भाग्छन् खुरुखुरु ।
    -तिलक गाउले


    ३५.
    आँखामा छाराे हाली खेती गर्दछ भ्रमकाे

    मरेर खेती गर मिल्दैन पैसा श्रमकाे ।
    -शालिकराम दाहाल
    चा न पा ३ झाैखेल, भक्तपुर


    ३६.
    नाटक गरेर दुनियाँ झुक्याउ बनाउ आगोलाई पानी
    साच्चै रुनुपर्ने छ एकदिन आफ्नै कर्ममा पछुतो मानी ।
    -पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके।


    ३७.
    जनता दलको पुजारी बनाैँ र बसाैँ फुलाङ्गाे छरेर
    उनीहरू खान्छन् मिली हामी आपसमा झगडा गरेर ।
    -रामप्रसाद पुरी, बादेल, खाेटाङ ।


    ३८.
    षड्यन्त्रभित्र हामी आफैँ नाटक गरेर टारौँ
    उम्किनु हो मुख्य कुरो, दुनियाँलाई लठ्ठ पारौँ ।
    -अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹


    ३९.
    तिमी मिलीभगत भएर नौनी खाने
    हामी ढुङ्ग्रो पखालेर रुँदै रुँदै जाने ।
    -खर्गबहादुर कौसिक


    ४०.
    कुटेजस्तो म गरुँला, तिमी रोएजस्तो गर
    दुनियाँको सामु तिमीले भ्रम मज्जाले छर ।
    -बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा


    ४१.
    यहाँ दुनियाँ नाटकमा रमाउँछ
    मौका मिल्यो भने कठालो समाउँछ ।
    -दीप गोले तामाङ – रौतहट


    ४२.
    राजनीति भयो हाम्रो भ्रमको खेती गर्ने थलो
    कहिले हुने हो नेताज्यु देश ,जनताको भलो ।
    -रुना कर्माचार्य दाहाल
    चितवन


    ४३.
    जे जे गर्नु छ हाम्रो अभिनयले गर्छ
    यस्तै भ्रम अब सधैँ छरिराख्नु पर्छ |
    -सरिता सेढाई, धादिङ


    ४४.
    देखिन्छन् नि जताततै देशघातीका टोली
    तर पनि मिलाउँछन् त्यही लोलीमा बोली ।
    -डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा. पा. -६, दोलखा


    ४५.
    पसिनाको कमाईमा नै जिउँला
    तिमीले मागे म जीवन दिउँला ।
    -नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ


    ४६.
    सुहाउँदो गरेमा पो ! राजनीती भन्नु
    यिनका अवतार हेरी पागल बन्नु ।
    -जानुका बास्कोटा
    काठमाण्डौं तारकेश्वर ९


    ४७.
    गाउँदेखि बसाइँ सरेझैँ पुग्यौ तिमी सत्तामा
    राजनीति गर्छौ जहिले वृद्धवृद्धाको भत्तामा ।
    -कबिताहरी
    सुन्दरहरैंचा नगरपालिका १ मोरङ


    ४८.
    के छ र काम भेडाको चर्छन् देशमा लाम लागेर
    गोठाला जन बनेपछि जादैनन् कहिल्यै भागेर ।
    -सुस्मिता अधिकारी ,काठमाडौँ


    ४९.
    यस्तै त छ चलेको चलन
    जे गरे नि हुँदैन जलन ।
    -अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ ।


    ५०.
    यी नेताले जनता झुक्याउने गर्छन्
    निमुखा जन उनकै सरण पर्छन् ।
    -दुर्गा भट्टराई
    माेरङ


    ५१..
    अहिलेलाई चैँ झगडा जस्तो गरौँ
    मौका आएपछि मिलेर पेट भरौँ ।
    -घनश्याम पन्त हरिवन सर्लाही


    ५२.
    देशभक्तिको नारा लगाउनेले कालो धन जमाएर
    चिप्ला कुराले जनता भुलाउँदै बसेका छन् रमाएर ।
    -कृष्ण बजगाई भक्तपुर


    ५३.
    साङ्लोमा नै बाँधिएपछि गर्जन्छ उ बाघ
    लाग्दैन कहिलै त्यहाँ घाम महिना माघ ।
    -रबि पाैडेल दक्षिण भारत पाण्डेचरी


    ५४.
    हामी दुवै उस्तै नै हौँ नौटंकी वाज
    तैपनि हाम्रै समर्थनमा आवाज ।
    -प्रदीप के रिमाल


    ५५.
    आलोपालोले सत्ता चलाउछौँ प्रयोग गरी सामदाम दण्डभेद
    बाहिर देखावटी झगडा गरे पनि छैन हामी बिच कुनै छेद l
    -बाबुराम गौतम, गुल्मी


    ५६.
    संसार चलाउनु छ जे जसरी ढल्छ
    ढाँटी, छली, रोएर नि घुमीफिरी चल्छ ।
    -इन्दु श्रेष्ठ, चितवन


    ५७.
    हुन्छ भने हुन्छ भन हुँदैन भने हुँदैन नै भन
    देश, ठाउँ राम्रो हुन त सफा नै हुनुपर्छ है मन !
    -पवनकुमार बुढाथेाकी, काठमाडौं


    ५८.
    बिचाैलिया तस्करहरू जति किन लाउँछाै अगि अगि
    एउटै डुङ्गाका यात्रु सबै पुरिनेछन् है भेलमा बगी ।
    -हिरालाल न्याैपाने, बानपा ८ काेटमाैला सल्यान


    ५९.
    म रोएको कस्ले देख्छ ? न त तिमी रुँदा
    डाहा मात्रै गर्छन् यहाँ, हामी खुसी हुँदा ।
    -मन्दिरा सेढाई
    मलेखु, धादिङ


    ६०.
    हाल्नसम्म हाल्छन् काले भ्रष्टाचारमा जुठो
    हिरासतबाट चोख्याउँछन् पैसाको मुठो ।
    -भुपेन्द्र राना मगर
    धादिङ


    ६१.
    आँसुको मूल्य नै छैन, हाम्रो नेपालमा रती
    तीन करोडको आँसु, महाकाली बग्यो कती ?
    -रामशरण न्यौपाने, भक्तपुर


    ६२.
    आज हामीले हाे गाउने सुन गीत
    सङ्ख्या पुगे भाेलि तिमी गाउनु मीत ।
    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे


    ६३.
    मिले सबै भ्रष्टाचारी र पालैपालो खाए
    अख्तियार लाग्ने डरले रोइलो मच्चाए ।
    -पद्मा काश्यप पाण्डे, मोरङ


    ६४.
    भित्र पित्तल भरेर बाहिर सुन भरेको देखिन्छ
    भ्रष्टाचारले देश खान्छ अझ कानुन कडा लेखिन्छ ।
    -खडक आर सि मिलन
    छेडागाड नगरपालिका २ साल्मा जाजरकोट


    ६५.
    सुन भनी पित्तल बेच्नेदेखि किन हाँसु ?
    रूनलाई नयनभित्र चाहिने भाे आँसु ।
    -जी.वि.
    घाेराही,दाङ


    ६६.
    भ्रमको खेती गर्न लौ कति जानेका
    अगाडि ठिक्क पछाडि छुरी हानेका ।
    -शोभा आचार्य गौतम
    काठमाडौँ


    ६७.
    उनीहरू सडकमा आएर कराउँछन् म सुन्दै सुन्दिनँ
    सत्यवादी मानिस हुँ म त कुकर्मको जालो बुन्दैबुन्दिनँ ।
    -होमप्रसाद नेउपाने
    धरान,सुनसरी


    ६८.
    जिम्मेवारी र जिन्दगी पनि नाटकीय ढङ्गले चलाए
    पजेरोमा सवार हुनेले गरीबको झुपडी जलाए ।
    -राजेश्वरी राजाेपाध्याय
    पाटन, ललितपुर


    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविता, वसन्त अनुभव

    ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १५९ सम्पन्न

  • २६ कार्तिक २०८१, सोमबार १८:५६ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १५९ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ५२ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १५९ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    टुक्कामाथि टुक्काको १५९ औँ शृङ्खलामा सहभागी टुक्काकारहरूका सुन्दर टुक्काहरू-

    ~~~~~<•>~~~~~
    १)
    देखाउनु छ समाजमा आनबान सान
    ऋण काढेर तिहारमा  गर्नैपर्‍यो दान ।
    -वसन्त अनुभव
    घोराही, दाङ
    २)
    तिहारमा दान सान इज्जतकाे कुराे 
    देखावटी गर्दा गर्दै खाेक्राे भयाे चुराे । 
    -ताराप्रसाद चापागाई
    ३)
    सिस्नुपानी देउसी भैलो तिहारमा खेलियो 
    राजनीति सत्तामा खेल खेल्दा दशा झेलियो ।
    -बेदु न्यौपाने
    ४)
    इज्जत जान्छ भनेर नदेखाऔँ फोस्रो सान
    आफ्नो गच्छे अनुसार गरौँ तिहारमा दान ।
    -अर्जुन प्रसाद चौलागाई
    अमैरिका, बोस्टन
    ५)
    ऋण काढेर दान, गर्नुपर्छ नै हेर
    तिहारपछि साहु आउँछ उत्तिखेर ।
    -एवाइ प्रभात
    खाल्स छेन्ताङ सहिदभुमि धनकुटा
    ६)
    यसै त बडादशैँको ऋण काँधमाथि बोझ बनेको थियो
    फेरि लैजा है केटा ऋण भन्दै साहुले केही रकम दियो ‌।
    -कबिताहरी 
    सुन्दरहरैंचा नगरपालिका १ मोरङ
    ७)
    तिहारमा प्रतिष्पर्धा एकअर्को डाहमा 
    घर घरको अर्थ व्यवस्था रुने आहमा ।
    -कार्की डिबी माकुम 
    सुनवल-४, नवलपरासी
    ८)
    यो समाजमा जसरी पनि राख्नुपर्छ मान
    इज्जतको कुरो छ गरेँ ऋण काढेर दान ।
    -भुपेन्द्र राना मगर
    ९)
    भन्छन् बाउ बाजेदेखी मानेर ल्याएको चलन
    ऋणमाथि ऋण थपिँदा हुन्छ मनमा जलन ।
    -अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन न. पा. ६ संखुवासभा ।
    १०)
    काग र कुकुर, गाई ,गोरु गरियो हजुर पूजा
    ऋण काढियो दारु मासु गरियो जिउनार भुजा ।
    -नवशिला
    बेलबारी – २, नवदेव मार्ग, लालभित्ती, मोरङ।
    ११)
    सयपत्री र मखमली बारीमा छ फुलेको
    परदेशी भाइलाई सम्झेर मन डुलेको ।
    -कला ढकाल, झापा
    १२)
    सयपत्री मखमली सेलरोटी हाम्रा पौराणिक चलन
    तिहारमा दिदीले केही शर्त राख्दा राक्षसलाई जलन ।
    -चुडामणी देबकोटा 
    पुरानोनैकाप काठमाण्डौ
    १३)
    गलामा फूलको माला होस् त निधारमा सप्तरङ्गी टीका
    मनाउँन पाउन सबैले तिहार नहोस् कसैको फिका ।
    -अनिता भण्डारी, ताप्लेजुङ
    १४)
    सान देखाउने आदतले पारिसक्यो शुन्य
    ऋणको भारले थिचेपछि केकाे मिल्छ पुन्य ?
    -त्रिलाेचन भण्डारी 
    मेचीनगर, झापा
    १५)
    तिहार बहिनी मानेर टीका लगाउने
    उसैलाई प्रेमिका  बनाएर भगाउने ।
    -नवराज भट्ट
    कञ्चनपुर
    १६)
    हुनेले त देखाउलान्, दान गरी आफ्नो सान
    नहुनेको कसरी  रहला, समाजमा मान ।
    -राजेशराज गड्तौला
    काँडाघारी, काठमाण्डौ
    १७)
    घाँटी  हेरेर सबैले चाडपर्व मनाऔँ
    फजुल खर्च गरेर भड्किलो नबनाऔँ ।
    -सतीश पण्डित
    भानु६ चुँदी तनहूँ
    हाल चनपा ६ मातातीर्थ।
    १८)
    आफ्नो गच्छे अनुसार पर्व मनाऔं 
    देखासिकी गरी खराब नबनाऔँ ।
    -दुर्गा भट्टराई
    १९)
    चाडपर्वमा फजुल खर्च गरी नदेखाउँ सान मान 
    ऋण परी भविष्यमा कमन्डलु बाेकी माग्नुपर्ला दान ।
    -राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर 
    २०)
    वर्ष दिनको चाडपर्वमा खुसी भई रमाउनुपर्छ 
    जे छ त्यसमा सुखसङ्ग आनन्दित हर्षित हुनुपर्छ ।
    -सबिता खड्का, कैलाली
    २१)
    चाडपर्व मनाई संस्कृतिलाई जाेगाउनु
    दसैँ तिहार मनाउँदा ऋण नबोकाउनु ।
    -प्रमाेद नेपाल
    वीरगञ्ज । हाल का म न पा ५
    २२)
    दम्भले फुल्छन् सम्झेर सबैतिर खुला
    जो भ्रष्टचारी फेरि उसैका फूर्ति ठूला ।
    -प्रेम थापा “मन”बागलुङ
    २३)
    देखासिकी लौ गरि खानु
    मरेपछि के छ र  लानु ?
    -बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    २४)
    आजकलको जमानामा कस्ले पत्याउछ यहाँ रिन
    सही  मान्छेले त  मान्नुपर्दछ सधैँभरि हेर्नुस् घिन !
    -पवनकुमार बुढाथेाकी
    काठमाडौं
    २५)
    दशा ग्रह पन्छाउन परेशानी किन ?
    हिचकिच मान्नुहुन्न जाबो दान दिन !
    -विवश पारदर्शी 
     झापा,
    २६)
    अरूको देखासिकीमा पाउनु छ सम्मान
    ऋण काढेरै भए पनि गर्नुपर्‍यो दान ।
    -डम्बर थामी ‘अनुपम’ 
    कालिन्चोक गा. पा. -६, दोलखा ।
    २७)
    जहाँ पनि हुने खाने बढप्पन देखाउने देखिन्छ लर्काे
    तर आफैँले बुझ्नुपर्छ देखासिकी छाेडेर, नगर्नु  चर्को ।
    -रामप्रसाद पुरी, बादेल, खाेटाङ
    २८)
    ऋण काढेर देखासिकी नैं नगरौँ
    संस्कृति जोगाउन सबै अघि सरौँ ।
    -बिबा तामाङ
    लाटपञ्चर सिटोङ खरसाङ
    २९)
    वर्ष दिनमा मनाइने रमाइलो चाड
    भाँडभैलो नगर्नु पिएर रक्सी र जाँड ।
    -बिके मुखिया
    दार्जिलिङ,भारत
    ३०)
     रित्याई ढुकुटी गर्छौ झुटो पिर
    संस्कृति भाडेर पार्छौ ठाडो शिर ।
    -हरिगाेपाल न्हुच्छेँ प्रधान 
    काभ्रे, साँगा बजार बनेपा १४
    ३१)
    हर्ष र उमङ्ग पटक्कै छाएन यसपालिको तिहारमा 
    सत्तरङ्गी फूलका माला राताे टीका भएन याे निधारमा ।
    -नाम केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम । हाल भारत ।
    ३२)
    दान गरी ठूलो बन्ने छैन मलाई चाहा
    दुनियाँको बाल भएन छि: भनुन् कि आहा !
    -मन्दिरा सेढाई, मलेखु, धादिङ
    ३३)
    बाँडेर न्यायमा जोगिए जस्तो पुण्यमा जोगिँदैन 
    लुटेको धनले मनमा शान्ति कहिल्यै भोगिँदैन । 
    -सुस्मिता अधिकारी ,काठमाडौँ
    ३४)
    घाँटी हेरी  देउसीलाई गर्नू दान
    नदेखाऊ तिमीले आडम्बरी सान ।
    -भगवती दवाडी
    ३५)
    भित्रिँदैछ चाडपर्व वर्षैपिच्छे थरिथरिका 
    आफ्नो चलन बिर्सिइकन खोज्छन् नयाँ तरिका ।
    -सुनगाभा पोखरेल 
    कपिलवस्तु १बैरिया
    ३६)
    तिहार एक ठूलो पर्व
    खुसीले सबै गरौँ गर्व !
    -आर्त अकुलीन
    ३७)
    ऋण काढेर भए पनि  गरिन्छ महादान 
    नत्र कसरी  समाजमा रहन्छ उँचो सान ?
    -बाबुराम गौतम, गुल्मी
    ३८)
    समाजको लागि हैन आफन्त आफन्त मिलेर मनाऊँ
    अरूले जे भने पनि रीतिरिवाज पहिले नै जनाऊँ !
    -अम्बिका अधिकारी
    झापा बिर्तामोड
    ३९)
    सच्चाइ पुरानो रीति दान पुण्य कर्म 
    ऋण काढी दान गर्न गरौँ अब शर्म ।
    -मोती योन्जन सुब्बा,  दार्जिलिङ
    ४०)
    दुनियाँलाई देखाउन गरिँदैन ऋण काढेर सान
    सादा जीवन उच्च विचार त्यहीँ नै हुन्छ नि ठूलो मान ।
    -शोभा आचार्य गौतम 
    काठमाडौँ
    ४१)
    पर्वहरू साल सालै महङ्गो हुँदै गयो
    जसरी पनि गरीब मारमा पर्ने भयो ।
    -अरुण कुमार भुजेल 
    गोरू बथान,कालेबुङ,भारत
    ४२)
    देखाए के हुन्छ फुर्तीसरि  हैसियत बरु
    एकबारको जीवन हो जेसुकै भनुन् अरू ।
    =अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
    ४३)
    रमाइलो हाम्रो पर्व तिहार यो वर्षैपिच्छे आउँछ 
    आफ्नो स्तर अनुसार मनाउँ है तब खुसी छाउँछ ।
    -सुशीला शिखा 
    काठमाडौं कागेश्वरी
    ४४)
    ऋण काढेर देउसीलाई दिन्छ दान
    अरूको अगाडि देखाउनै पर्यो सान ।
    -दीप गोले तामाङ
    ४५)
    गर्नैपर्यो केही न केही बचाउन आफ्नो सान
    ऋण काढेर नि देउसीलाई दिनैपर्यो दान ।
    -रचना शर्मा प्रतीक्षा 
    इमाडोल, ललितपुर ।
    ४६)
    चाडपर्व तिहार हामी नेपाली 
    सेखासेखले संस्कृति रह्यो खाली ।
    -हन्नाह छेत्री, दार्जिलिङ
    ४७)
    मसलाको बढ्यो मूल्य फलफूल उसैगरी
    फलामको भयो च्युरा तिहार पनि यो घरी ।
    -रामशरण न्यौपाने, भक्तपुर
    ४८)
    विकृति धेरै ल्याएर समाजमा चाडपर्व हरायो 
    जहिले पनि अर्धनाङ्गो भई मञ्चमा धेरै करायो । 
    -विकास क्षेत्री अञ्जान 
    कैजले, बिजनबारी, दार्जिलिङ
    ४९)
    यता पनि दान उता पनि दान, देउसी भैलोले फुटायो कान
    पैसा फल्ने रुख नभएपछि, कतिलाई दिएर सक्नु सम्मान ।
    -होमप्रसाद नेउपाने
    धरान,सुनसरी ।
    ५०)
    सायद कतै भूल भएको हुनुपर्छ संस्कृतिमा हाम्रो 
    जानाजान सिको गर्दै अरूकाे संस्कार हुँदैछ नराम्रो ।
    -ईश्वर साउद
    रामारोशन गाउँपालिका  ६ सुदुरपश्चिम अछाम
    ५१)
    जसरी कमाएर भएपनि गर्नु दान
    समाजमा बढाएकै छ  हेर सानमान ।
    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    ५२)
    दिदीबहिनी तिहारमा नआउने 
    मैले भाइ टीका कसरी लगाउने ।
    -भवानी पोखरेल (बाबु बिराज)
    बाणगंगा १ चार नम्बर, कपिलवस्तु

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविता, वसन्त अनुभव

    ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १६० सम्पन्न

  • २५ कार्तिक २०८१, आईतवार २२:०३ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १६० औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ६४ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १६० औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    सहभागी टुक्काकारहरूद्वारा सृजित सुन्दर टुक्का कविताहरू-


    ~<•>~
    १)
    जात नै जाला जस्तो गर्छन् लेख्दा कतिपय
    टुक्का अघि बढेकोमा आरिस हो कि भय ?
    -वसन्त अनुभव
    घोराही, दाङ
    २)
    टुक्का कविता छाेटाे मिठाे भावनाकाे कला 
    मै हुँ भन्ने घमन्डीलाई पार्न सक्छ थला । 
    -ताराप्रसाद चापागाईँ
    ३)
    निरन्तर  फस्टाउँदै   गइरहेको   छ  टुक्का
    आरिस गर्नेहरू होसियार है लाग्ला मुक्का !
    -भोज विवश मगर
    गैंडाकोट -३ नवलपरासी पूर्व
    ४)
    थोरै शब्द धेरै वर्णन टुक्काको आसय  
    पढ्दै गर्दा भाव बुझ्दा मन कवितामय !
    -सागर आँसु -डोटी
    ५)
    छोटो मिठो, चोटिलो भाव बोक्छ टुक्का
    क्रान्ति बुझ्न नसक्दा खाने गर्छन् मुक्का ।
    -दीपा समभाव 
    दुबेकोल खोटाङ्ग
    ६)
    नबोलौँ भनेको थिएँ जबरजस्ती बोलायो
    कसेर गाँठो पारेको मन समेत खोलायो।
    -प्रदीप के रिमाल
    ७)
    लेख्नु काव्य बनोस् अझै  रसिलो
    शब्द भण्डार बनून् झन् कसिलो ।
    -भगवती दवाडी, झापा
    ८)
    सबै विषयमा टुक्का लेख्न सकिन्छ 
    हिँड्न नजानेमा खुट्टाले दु:ख दिन्छ ।
    -कार्की डिबी माकुम 
    सुनवल-४, नवलपरासी
    ९)
    आरिसे  जतिले  गर्दै  गरुन्  रिस  अनि  डाहा
    कस्को भविष्य कस्तो हुन्छ तिनलाई छ र थाहा ?
    -अर्जुन प्रसाद चौलागाई
    अमेरिका, बोस्टन
    १०)
    हुन्छन् समाजमा  दुष्ट मान्छे कति कति
    हो हुँदैन कहिल्यै  त्यस्ताको राम्रो मति ।
    -सतीश सिकारु
    चनपा ६ मातातीर्थ।
    ११)
    आरिसेकाे त खासै साहित्यमा छैन काम
    टुक्का कविता नलेखी कहाँ आउँछ नाम ।
    -राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्ययपुर ठिमी ५ संगम काेलाेनी राधेराधभक्तपुर ।
    १२)
    भुक्ने कुकुर भुक्छ 
    दैलोमा आई ढुक्छ ।
    -नागेन्द्रप्रसाद यादव ।
    १३)
    कहिल्यै नखोज मान
    कर्मले देखिन्छ सान !
    -आर्त अकुलीन
    १४)
    खुट्टा तान्नेहरूको कमी छैन 
    जे गरेपनि  खुशी भने  हैन ।
    -कला ढकाल, झापा
    १५)
    पाप लाग्छ जस्तो गर्छन् पढ्दा महोदय
    साहित्य नै होइन पो ! भन्छन् कतिपय ।
    -होमप्रसाद नेउपाने
    धरान, सुनसरी
    १६)
    लेख्न सजिलो र चोटिलो हुन्छ
    टुक्काले समाजको मैलो धुन्छ ।
    -अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
    १७)
    टुक्का कविता लेखौँ हामी भाव र कला भर्दै  
    रिस डाहा  गर्नेहरू पछिपछि  लाग्छन्  सर्दै ।
    -बेदु न्यौपाने 🌹🌹
    १८)
    टुक्का लेख्दा भाव चाेटिलाे आओस् महाशय
    पढ्नेले  तुरुन्तै  बुझाेस् नि ! यसकाे  आसय ।
    -नवराज भट्ट
    कञ्चनपुर
    १९)
    लक्ष्यमा पुग्न टुक्काले गरेको देखेर यात्राको तय
    शुभ चिन्तकलाई खुसीयाली छ आरिसेलाई भय ।
    -पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके।
    २०)
    समावेशी बनेको छ टुक्का लेखन सान्दर्भिकता लय
    मुर्खको औषधि छैन आरिस गर्ने खुम्चिन्छ लेख्ने जय ।
    -चुडामणी देबकोटा
    पुरानोनैकाप काठमाण्डौ
    २१)
    चिनी राख्नुपर्छ धेरै जसो यस्तै हुन्छन् कतिपय 
    अडिग  भै बढिरहनु  गरी आफ्नो  सुन्दर  तय ।
    -अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन न. पा. ६ संखुवासभा ।
    २२)
    दुश्मनलाई ढाल्नुछ
    कुरीतिलाई फाल्नुछ ।
    -दीप गोले तामाङ, रौतहट
    २३)
    मै हुँ भन्ने यहाँ बिगार्न थाले, लेख्दा अचेल टुक्का
    बिग्रियो भनी बताउँदा, तयार हुन्छन् हान्न मुक्का ।
    -राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    २४)
    छाेटाे मीठो हुन्छ टुक्का पढ्न नि सजिलो 
    बाेक्ने गर्छ भाव अर्थ अति गहकिलो ।
    -प्रमाेद नेपाल
    वीरगञ्ज । हाल काठमाडौ -५
    २५)
    टोक्यो भन्दैमा कुकुरले मिल्छ र टोक्न कुकुरलाई
    रोकेर  कहाँ  रोकिन्छ  र  सृजनशील  हात  समाई ।
    -पुष्पा राई,बादेल,खाेटाङ।
    २६)
    जातै जाओस् तर टुक्का लेख्न छाेडिन्न
    टुक्का छाेडी अन्ततिर ध्यान माेडिन्न ।
    -भवानी पाेखरेल (बाबू विराज)
    बाणगंगा १ चार नम्बर, कपिलवस्तु
    २७)
    सायद ठूला ठूला कवि भ‌एर होला
    बगाउन चाहादैनन् यो टुक्काको खोला ।
    -रमेश दियाली 
    शेल्पू सिटोंग दार्जिलिङ भारत।
    २८)
    टुक्काहरू लेख्ने नलेख्ने आ-आफ्नै हो नि खुबी 
    डाहा र रिसले  उन्नति हुन्न जाने हाे डुबी ।
    -सुशिला शिखा 
    कागेश्वरी काठमाडौं
    २९)
    लेख्न न छोडौँ है चोटिलो टुक्का
    आरिसेको मुखैमा हानौँ मुक्का ।
    -बिके मुखिया
    दार्जिलिङ,भारत
    ३०)
    टुक्काले त भ्रष्टलाई व्यङ्ग्य हान्दछ
    त्यसैले त  ईर्ष्या गर्छ  खुट्टा तान्दछ !
    -विवश पारदर्शी 
    झापा
    ३१)
    अचम्मका मान्छे यहाँ उस्तै रहेछ चलन 
    सधैँ अरूको प्रगतिमा गर्ने गर्छन् जलन ।
    -प्रतिज्ञा प्रतिज्ञा
    मेहेलकुना सुर्खेत
    ३२)
    छोटो मीठो दुई लाइनको यो कविता
    आऊ सबले लेखौँ नबनाउँ रमिता ।
    -बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    ३३)
    कामना गर्दछु टुक्काले धरती आकाश छोओस्
    आरिसे दुष्ट मोराहरू आँसुले मुहार धोओस् !
    -मोती योन्जन सुब्बा,  दार्जिलिङ।
    ३४)
    देखेर मात्र पुग्दैन कि त केही काम गरौँ
    भनेर मात्र हुँदैन अझ, अघि पनि सरौँ ।
    -प्रेम थापा “मन”बागलुङ
    ३५)
    सानाठूला धनी गरीब मूर्ख विद्वान् सबै यहाँ पर्छ नाच्नु 
    नेपाली साहित्यका आँगनमा सम्मानित नै भएर बाँच्नु ।
    -रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
    ३६)
    भनेर मात्रै हुँदैन काम गर्दै जाऊँ
    मिलेन टुक्का भने अवश्य क्षमा पाऊ ।
    -रबि पाैडेल दक्षिण भारत पाण्डेचरी ।
    ३७)
    मै मात्र हुँ कि जान्ने बुझ्ने जस्तो गर्छन् मेरै भनौदाहरू
    मेरो केही नलाग्ने भएपछि भन्नुस् हजुर कसो गरुँ ?
    -सुनगाभा पोखरेल
    कपिलवस्तु १ बैरिया
    ३८)
    टुक्का कविता लेख्दै गएमा धेरैले डाहा गर्छन् 
    साहित्य कस्तो रसपान हाे बुझ्दैनन् पछि पर्छन् ।
    -नाम केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम ।
    हाल भारतबाट ।
    ३९)
    नलेख्नेलाई लेखौँ  भन्दै कर पनि नगरौँ
    टुक्कालाई मायाँ गर्ने जति सधैँ अघि सरौँ ।
    -अरुण कुमार भुजेल 
    गोरूबथान,कालेबुङ,भारत
    ४०)
    कति रिस गर्छन्  बरै हामीले टुक्का लेख्दा
    आरिसले जल्छ्न् नि टुक्का मौलाएको देख्दा ।
    -अनिता भण्डारी ताप्लेजुङ
    ४१)
    लेख्न जान्नेहरूका लागि लेख कला नै होला
    टुक्का लेख्न नजान्ने आफैँ बगाउँछन् त खोला ?
    -अम्बिका अधिकारी
    झापा बिर्तामोड
    ४२)
    साजबाज गरेँ धेरै, लेखूँ टुक्का मिठो भनी 
    बङ्गारा नै सबै झार्‍यो, लोहाको चिउरा बनी ।
    -रामशरण न्यौपाने, भक्तपुर
    ४३)
    टुक्का चोटिलो हुन्छ कला विम्ब र यथार्थ बोल्छ
    मनमा   पाप  हुनेहरूलाई  भतभती   पोल्छ ।
    -डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा. पा. -६, दोलखा 
    ४४)
    यो मनको कुरा मनमै कति राखियो 
    दुःख सुखको अनुभवबाट चाखियो ।
    -नीमा छिरिङ भोटिया 
    जलढका कालेबुङ
    ४५)
    उसले जे जे गरि खान्छ आरिस किन गर्नू
    बरु टुक्का कविता लेख्नु साहित्याकास भर्नू ।
    -तिला लेकाली
    ४६)
    साहित्य आफ्नाे भाव र भावनाका शब्दकाे मेल
    दायाँबायाँ नहेरी बगाउनु सृजनाकाे भेल ।
    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे
    ४७)
     यहाँ कसले डाहा गरेर के हुन्छ 
    साहित्यिक शब्द सबैको मन छुन्छ ।
    -शोभा आचार्य गौतम 
    काठमाडौँ
    ४८)
    आरिस गर्दा हुन्छ है आफैँमा हानी
    सकेसम्म रिस कम गरौँ है जानी ।
    -बिबा तामाङ
    लाटपञ्चर सिटोङ खरसाङ।
    ४९)
    जति नै खुट्टा ताने पनि ढुक्कले टुक्का अघि बढ्दैछ
    अनमोल विधा यो साहित्यको आज शिखर चढ्दैछ।
    -तोया नाथ चापागाईं
    दमक, झापा
    ५०)
    लेख्दा पनि घमण्ड गर्ने है ! म जस्तो कोही छैन भन्ने 
    हामी पनि लेख्छौँ कविता तर संज्ञा ठुटे कवि गन्ने ।
    -कबिताहरी 
    सुन्दरहरैंचा नगरपालिका १ मोरङ
    ५१)
    आजभोलिका शासक डाडु पन्यू समाउन पाएर आफू आफैँमा छन् दङ्ग 
    मन्त्रीलाई समेत फिर्ता पठाएकोले देखियो यिनका सुशासनको ढङ्ग !
    -पवनकुमार बुढाथेाकी
    काठमाडौँ
    ५२)
    बुझ्न छोटो मीठो टुक्का छायो मुटु मन
    गर डाहा तिमी झाँगिँदैछ रनवन ।
    -इन्दु श्रेष्ठ, चितवन
    ५३)
    टुक्का कविता लेख्दा पढ्दा जान्छ भनेर हो कि जात
    बोक्रे कविले बेलाबखतमा  गरिरहन्छन् घात l
    -बाबुराम गौतम, गुल्मी
    ५४)
    शब्दको भावभित्र हुन्छ जमेको
    संसार यसैमा खुसीले रमेको ।
    -कृष्ण बजगाई, भक्तपुर
    ५५)
    समयलाई नफालौँ खेर
    लेखौँ टुक्का सोचेर गमेर ।
    -मन्दिरा सेढाई
    मलेखु, धादिङ 
    ५६)
    साहित्य साहित्य हुन्छ कसैकाे हुँदैन पेवा
    नबुझे टुक्का हिरो हाे बुझेमा मिष्टान्न मेवा ।
    -शारदा भण्डारी काफ्ले
    विराटनगर
    ५७)
    कुन शब्द खोजेर  कविता कोरौँ
    ‌मीठामीठा भाषा कहाँबाट गोरौँ ।
    -घनश्याम पन्त हरिवन सर्लाही
    ५८)
    कामपछि नाम आफैँ फैलिँदै जान्छ 
    काम जस्तै जिवनकाे उचाइ लान्छ ।
    -ईश्वर साउद(भिक्षु) 
    रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
    ५९)
    मौलाउँदै गएकोले पर्यो होला चोट
    टुक्का कवितालाई कसले लायो खोट |
    -सरिता सेढाई, धादिङ
    ६०)
    विज्ञ छु भनेर घमण्ड गर्छौ किन ?
    आफू कति पानीमा छु पहिले चिन ।
    -विनोद साथी 
    मिरिक
    ६१)
    चुपचाप कर्म गर्दै जानुस्
    बेथितिको विष स्वाट्टै खानुस् ।
    -लक्ष्मी रिजाल 
    रुपनगर, सप्तरी ।
    ६२)
    कुनै दिन अवश्य लेख्ने छन् टुक्का रमाई 
    धन्य बन्लान् टुक्का संग्रह खुसीले समाई । 
    -सुस्मिता अधिकारी ,काठमाडौँ
    ६३)
    जान्दछु भनेर कम्मर कस्ने पनि देखियो
    आफ्नै घमण्ड ईर्ष्या बाहेक के नै पो लेखियो।
    -बिकास क्षेत्री अन्जान
    ६४)
    रूप बेग्लै प्रतिभा बेग्लै गराैँ सबैकाे मान
    पृथक विधाकाे सत्कार गराैँ पुराऔँ ध्यान ।
    -हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे,बनेपा १४ साँगा बजार

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविता, वसन्त अनुभव

    ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १५६ सम्पन्न

  • २७ आश्विन २०८१, आईतवार ०७:४३ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १५६ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ५५ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १५६ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    ~<•>~
    प्रतिनिधि टुक्का- १५६
    नरहोस् निधार बाँझो, नरहोस् हात खाली
    सबैको इच्छा चाहना, पूरा होस् यसपालि ।
    ~<•>~

    टुक्कामाथि टुक्काको १५६ औँ शृङ्खलामा सहभागी टुक्काकारहरूका सुन्दर टुक्काहरू-

    १)
    नरहोस् निधार बाँझो, नरहोस् हात खाली
    सबैको इच्छा चाहना, पूरा होस् यसपालि ।
    -वसन्त अनुभव
    २)
    जाेगाउनु छ संस्कृति लाेभ माेह छैन
    आशीर्वाद त थापियाे पुग्ने हाे कि हैन ?
    -ताराप्रसाद चापागाईँ
    ३)
    दसैँमा टीका जमरा आशिर्वाद मानेर
    सांस्कृतिक परम्परा जगाउन जानेर
    -अम्बिका अधिकारी
    झनपा बिर्तामोड
    ४)
    आफ्नो त निधार रह्यो बाँझो, हात पनि रह्यो खाली
    फेरि पनि दशैंँमा घर जान सकिन यसपालि ।
    -कबिताहरी
    सुन्दरहरैंचा नगरपालिका १ मोरङ
    ५)
    नरहोस् है भन्छन् निधार खाली
    प्रकृतिले नदिए भाँजो हाली ।
    -मोती योन्जन सुब्बा दार्जिलिङ।
    ६)
    चाडपर्व हाे हाम्रो आफ्नै सान
    इष्टमित्र सबैको राखौँ मान।
    -राज कुमार राजभण्डारी खाेटाङे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
    ७)
    प्रकृतिले लगिदियो जनधन नै लुटेर
    अभागीको निधार बाँझो टीका फुर्का छुटेर ।
    -बिबा तामाङ
    लाटपञ्चर सिटोङ खरसाङ
    ८)
    टीका लगाउने समातौँ हेर पाटो
    घाँटी हेरी हाड निल्ने निकालौं बाटो ।
    -विष्णु पंगेनी (पाण्डे)
    वालिङ स्याङ्जा
    ९)
    ठूलाबडाको हातमा
    टीका जमरा साथमा ।
    -साहित्य प्रेमी सुशील
    धनगढी
    १०)
    बरु महत्वाकांक्षी हुनू, नहुनू बदमास
    हामीहरू लाग्नुपर्छ सत्यको पक्षमा खास ।
    -मन्दिरा सेढाई
    मलेखु, धादिङ
    ११)
    खुसी भएर याे दसैँमा सबै मिठाे र मसिनाे खाउन्
    सम्पूर्णका दुःख र पीडाहरू टाढा भैं भागेर जाउन्।
    -केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम ।
    हाल भारतबाट
    १२)
    टीका लगाउँदै उकाली ओराली
    हात निधार नहोस् कसैको खाली ।
    -प्रेम सुनार दैलेख
    १३)
    जोगाउँ संस्कार संस्कृति मोहमा परेर हैन
    ठुलाको आशीर्वाद थाप्नुछ लानु त केही छैन
    -बेदु न्यौपाने
    १४)
    आशीर्वाद दिदै टीका जमरा लगाउॅंछु अरूलाई
    आफूले थाप्न नपाए नि खुसीका साथ बस्छु रमाई ।
    -अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-क्यानडा,क्यालगरी।
    १५)
    टीका, प्रसाद र जमराले सजिएको छ नि पुजाको थाली
    जसलाई मिल्छ दुर्गा मताको आशीर्वाद उहीँ भाग्यशाली ।
    -सुशीला शिखा
    काठमाडौँ कगश्वरी
    १६)
    मान्यजनको हातबाट टीका लगाउने
    एक आपसमा पनि सम्बन्ध बढाउने।
    -सतीश पण्डित
    भानु६ चुँदी तनहूँ
    हाल चनपा ६ मातातीर्थ
    १७)
    धेरैलाई रुवायो बाढिले दसैँको मुखमा
    सहारा कोही कतै भेटिँदैन पीडा दुखमा ।
    -चुडामणी देबकोटा
    पुरानोनैकाप काठमाण्डौ
    १८)
    धुप दिप नैवेद्यसहित घण्टी बज्यो मन्दिरमा
    अब निधारमा टिका र जमरा लगाऊॅ शीरमा।
    -पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके।
    १९)
    जे जे भन्नू भयाे मेराे लागि त्यही नै भयाे
    याे सालकाे चाडपर्व दुखैदुखमा गयाे ।
    -भवानी पोखरेल( बाबु बिराज)
    बाणगंगा १ कपिलवस्तु
    २०)
    नव दुर्गा भवानीले सदैव रक्षा गरुन्
    शुभ शुभ आशीर्वाद सबै माथमा परुन् ।
    -त्रिलाेचन भण्डारी
    मेचीनगर, झापा
    २१)
    बेमौसमी झरी पनि दशैँमा आइ दियो
    खोला किनारमा घर हुनेको ज्यान लियो ।
    -कला ढकाल, झापा
    २२)
    खाली नहोस् कसैको निधार होस् जमरा टीका
    छाओस् सबैमा खुसियाली नहोस् कसैको फिका ।
    -अनिता भण्डारी, ताप्लेजुङ
    २३)
    खेतबारी बाँझै छन्, निधारको के कुरा
    दसैँको यही बेला चेलीको फुट्यो चुरा ।
    -राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    २४)
    सबैमा मिलेर कुरा आनन्दको मनमा भरौँ
    झमेला होइन बरु मनको मिठो बात गरौँ ।
    -नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    भारत
    २५)
    टीका र जमराको साथमा आशीर्वाद लिने चलन
    मौलिकता हरायो भित्रियो विकृति मनमा जलन ।
    -शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    २६)
    दुर्भाग्यलाई आशिषले गाल्नू
    लगाएर टीका दुर्भाव फाल्नू ।
    -विवश पारदर्शी
    झापा
    २७)
    थाप्न चाहिँ थपियो आशीर्वाद पुग्छ कि पुग्दैन
    प्रकोपले पनि रुवायो अझै अरू छ कि छैन ।
    -अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
    २८)
    उत्साह अनि उमङ्गको बनोस् विजयादशमी पर्व
    टीका र जमरा थापी बनाउनु छ आफूलाई गर्व ।
    -तोया नाथ चापागाईं
    दमक,झापा,नेपाल
    २९)
    कसैको निधार खाली
    दैव नि भएका जाली !
    -आर्त अकुलीन
    ३०)
    विजयाको प्रतीक टीका जमरा नि लगाएर
    आशीर्वाद पाउन सकूँ पिरव्यथा भगाएर ।
    -नवशिला
    बेलबारी-२, नवदेव मार्ग, लालभित्ती,मोरङ।
    ३१)
    दशैँमा पनि भोकले भोजन डाक्नुपर्ने
    सचेत भई होसले जीवन हाँक्नुपर्ने ।
    -नन्दलाल आचार्य
    बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर ।
    ३२)
    कसैको मनमा हिनताबोध नहोस्
    चाहन्छु यो दशैँ मङ्गलमय रहोस् !
    -सरिता सेढाई धादिङ
    ३३)
    सजाएर टीका अनि जमराले पूजाको थाली
    आशिष् अनि प्रसाद बाँड्न पाइएन यसपालि l
    -बाबुराम गौतम, गुल्मी
    ३४)
    दशैँ नबनोस् कसैकालागि दशा
    छाडौँ आजैदेखि मादकको नशा ।
    -कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    ३५)
    निधारमा रातो टीका जमरा सबले लगाई
    आफन्तसँग थाप्नु आशीर्वाद नमाग्नु कमाइ ।
    -बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    ३६)
    सबैले पर्व मनाउन् नहोस् कसैको उदर खाली
    समानता बनोस् सबैमा शुभकामना यसपालि ।
    -सङ्गीता खरेल
    काठमाडौं
    ३७)
    दसैँकाे दिन मान्यजनबाट टीका लगाउनू
    जमरा पुगेपछि मेराे घरबाट मगाउनू ।
    -नवराज भट्ट
    कञ्चनपुर
    ३८)
    डाँडाकाँडा ढाकुन् भन्थे उहिले आशिष दिँदाखेरी,
    काम्छ जीउ अहिले डाँडाकाँडा सुन्दा विनाश हेरी ।
    -कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    ३९)
    सबका झुपडीमा हर्षोल्लास आओस् नेपालीकाे
    यहीँ छ शुभकामना सबैलाई यसपालिको ।
    -ईश्वर साउद(भिक्षु)
    रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
    ४०)
    मौलिक सम्पत्तिको गरौँ रक्षा
    दशैँ बुझाउन नै लिऊँ कक्षा ।
    -लक्ष्मी रिजाल
    कञ्चनरूप १२, रूपनगर, सप्तरी ।
    ४१)
    हाँसो खुसी भित्रियाेस् दशैँ मान्ने हर घरमा
    मिलिजुली बाँचाैँ सधैँ एक अर्काकाे भरमा ।
    -मित्र उराठी गाैतम
    अमरपुर गुल्मी हाल तिलाेत्तमा-२,रुपन्देही
    ४२)
    दशैँभन्दा ठूलो चाड छैन नेपालीको जसले जे भन
    नमनाउनेहरूको नि रुन्छ अवश्यै भित्रभित्रै मन ।
    -निमा शेर्पा
    ४३)
    यसपालिको दसैँ भेलले लुट्याे
    प्रकृतिले पनि चुट्नुसम्म चुट्याे ।
    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे
    ४४)
    आउँछ्यौ भन्ने कुरा सुने, अनि पर्खी बसेँ बाटो हेरी
    यहीँ थियो मनको चाहना , पूरा हुने भो अब फेरि ।
    -अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन न.पा ६ द्सन्खुभा।
    ४५)
    विकृति र कुसंस्कारलाई हटाई दशैँ मान्नुपर्छ
    आफूभन्दा ठूलाबडालाई देउतैसरि ठान्नुपर्छ ।
    -जानुका जानुका
    ४६)
    निधारमा टीका शिरमा जमरा राख्ने पर्व हाम्रो
    नेपालीहरूको महान् चाड बडादसैँ लाग्छ राम्रो ।
    -कृष्ण बजगाई भक्तपुर
    ४७)
    पाएँ आशीर्वाद मान्यजनबाट चाहेसरी
    चुहिएकाे तक्दिर यो टालाैँ खोइ कसाेगरी ?
    -हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे, साँगाबजार बनेपा १४ ।
    ४८)
    जे छ त्यसैमा बस्नु छ रमाइरमाइ
    दु:खमा आफन्त नै जीवनको कमाइ ।
    -प्रेम थापा “मन”बागलुङ
    ४९)
    विजयादशमी टीका निधारमा लगाउनू
    विपत्तिकाे ठुलाे दशैँ जेनतेन मनाउनू ।
    -शालिकराम दाहाल
    चा न पा ३ झाैखेल३ भक्तपुर
    ५०)
    गरिबीले डाँडो काटेको पकाउने भाडो खाली
    टिनको छानो चुहिने भयो छाउनु पर्ने पाली ।
    -दुर्गा आचार्य
    मोरङ
    ५१)
    दैवले चुडी लग्यो मेरो सबै घरको सुख
    रमाइलो नै छैन केही आज दशैँको मुख ।
    -शशी श्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौं
    ५२)
    महान् पर्व हो दशैँ रमाइलो गर्न पर्छ
    समस्या जे जति भए पनि त्यो आफैँ टर्छ।
    -अरुण कुमार भुजेल
    गोरुबथान, कालेबुङ ,भारत।
    ५३)
    सबैलाई शान्ति हाेस् नहाेस् कसैको नि निधार खाली
    आशीर्वाद लागाेस् ठूलाबडाकाे बन्नु देशको माली ।
    -रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
    ५४)
    महङ्गीले सेक्नुसेक्यो निम्न जनको ढाड
    परै छ दक्षिणा त के राख्ने मुखमा माड ।
    -इन्दु श्रेष्ठ, चितवन
    ५५)
    पीडा मनमा लुकाई दसैँ मनाउन हाँसेर
    ठूलाको आशिष् लिई निधारमा अछेता टाँसेर ।
    -प्रतिज्ञा प्रतिज्ञा
    मेहेलकुना सुर्खेत

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविता, वसन्त अनुभवLeave a Comment on ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १५६ सम्पन्न

    ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १५४ सम्पन्न

  • २१ आश्विन २०८१, सोमबार ०८:१९ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १५४ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ६३ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १५४ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    ~<•>~
    प्रतिनिधि टुक्का- १५४
    आफूले आफैँलाई वरिष्ठ कवि हुँ भन्नेहरू
    जुर्मुराइरहेछन् कविताको खेदो खन्नेहरू ।
    ~<•>~

    टुक्कामाथि टुक्काको १५४ औँ शृङ्खलामा सहभागी टुक्काकारहरूका सुन्दर टुक्काहरू-

    [१]
    आफूले आफैँलाई वरिष्ठ कवि हुँ भन्नेहरू
    जुर्मुराइरहेछन् कविताको खेदो खन्नेहरू ।
    ✍️ वसन्त अनुभव, घोराही, दाङ
    [२]
    मै हुँ भन्ने वरिष्ठहरू फाल्दैछन् समय खेर
    बेकम्मा भएर बस्दैछन् अरूकाे खेदाे खनेर ।
    ✍️ ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    [३]
    साहित्यको नाममा भएको छ है चलखेल
    कला देखाउने ठाँउमा किन हुँदैन मेल ।
    ✍️ सङ्गीता खरेल
    चन्द्रागिरी ८ काठमाडौँ
    [४]
    साहित्यमा पनि किन गर्दछन् रिस
    तिर्न पर्दैन उनीहरूलाई फिस ।
    ✍️ रबि पाैडेल, दक्षिण भारत पाण्डेचरी
    [५]
    आफूले आफैँलाई ठान्दिनँ कवि तर लेख्ने गर्छु टुक्का कविताहरू
    अरूले जेसुकै ठानुन् मतलब छैन, मनको बह पोख्ने गर्छु अरू ।
    ✍️ कबिताहरी
    सुन्दरहरैंचा नगरपालिका १ मोरङ
    [६]
    कवितामा जिवन्त देख्नेहरू
    किन बुझ्दैनन् भाव लेख्नेहरू ?
    ✍️ कृष्ण बजगाई, भक्तपुर
    [७]
    जुर्मुराएर कविताको खेदो खन्दा के हुन्छ फाइदा?
    लहलहैमा नलागी अघि बढौँ यसमै छ काइदा ।
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-क्यानडा,क्यालगरी।
    [८]
    टुक्का लेखनमा सधैँ अब्बल नै बनौँ
    शब्दको निखारले अब साहित्य खनौँ ।
    ✍️ विकास क्षेत्री अञ्जान
    कैँजले, बिजनबारी, दार्जिलिङ।
    [९]
    ठूला हुँ भन्ने वरिष्ठहरू आर्काको खेदो खन्छ्न्
    आफ्नो आङको भैँसी नदेख्ने अर्काको जुम्रो गन्छन् ।
    ✍️ बेदु न्यौपाने
    [१०]
    अहंवादले मान्छेकाे हैसियत मेटिन्छ
    आफू मात्र जान्नेहरू साहित्यमा भेटिन्छ ।
    ✍️ प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे
    [११]
    कसैले कसो पो गरे यो सुसेल्दा
    कला उम्किएला गुनासो उकेल्दा !
    ✍️ दीपा समभाव
    दुबेकोल खोटाङ्ग
    [१२]
    कोही नहुने रहेछन् संसारमा सर्वज्ञ
    बहुमतको विचार मानौँ पवित्र यज्ञ ।
    ✍️ कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    [१३]
    चानचुन हैन ख्याल गर्नुस् म हुँ आँसु कवि
    देशभरि नै वाहवाही छ देखि मेरो छवि ।
    ✍ नवशिला
    नवदेव मार्ग लालभित्ती,मोरङ।
    [१४]
    गुट उपगुट धेरै देखिन्छ
    खुट्टा तान्नेहरू मात्र भेटिन्छ ।
    ✍️ कला ढकाल, झापा
    [१५]
    मपाईँत्व बढेपछि यस्तै गर्छन् कविहरू
    नाङ्गिएर जान्छन् आफैँ हराउँछन् छविहरू ।
    ✍️ त्रिलाेचन भण्डारी
    मेचीनगर, झापा
    [१६]
    साहित्यलाई समूह बनाई आफैँ वरिष्ठ बन्छन्
    सहमती नगर्ने सबैलाई कामै नलाग्ने भन्छन् ।
    ✍️ राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    [१७]
    साहित्यमा जाे राम्रो छैन वरिष्ठ कवि हुँ भनी ठान्छन्
    अहम्ताले प्रतिष्ठामा दाग लागि नराम्रो धाेका खान्छन् ।
    ✍️ राज कुमार राजभण्डारी खाेटाङे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
    [१८]
    लेखौँ न कविता मनमा आएकाे
    कसले देख्छ घरभित्र खाएकाे ।
    ✍️ नवराज भट्ट
    कञ्चनपुर
    [१९]
    जहाँ पनि हुन्छन् हेर ! विपक्ष अनि पक्ष
    खेदो खन्ने बिलाउॅछ अगाडि बढ्छ दक्ष ।
    ✍️ पुष्पा सुवेदी
    नेपालगन्ज, बॅाके।
    [२०]
    अज्ञानको पर्दा हटेका छैनन्
    मपाई बन्नेहरू ज्ञानी हैनन् ।
    ✍️ बिके मुखिया
    दार्जिलिङ,भारत।
    [२१]
    कविता र कवि कहाँ रहन्छन् र परिभाषा भित्र
    समसामयिक, सारपूर्ण हुन्छन् नि भावना चित्र।
    ✍️ मोती योन्जन सुब्बा, दार्जिलिङ
    [२२]
    जानेको मिल्ने वर्णमालाको शब्द चयन गरौँ
    अर्थ बुझ्नेले लेख्छन् औडाहाले भुतुक्क नमरौँ ।
    ✍️ चुडामणी देवकोटा
    पुरानो नैकाप, काठमाण्डौ
    [२३]
    खै के हो यस्तो तँछाडमछाड देखेर छक्कै पर्छु
    आफू त जानी नजानी भए पनि खाली ठाँउ भर्छु।
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन न. पा. ६ संखुवासभा ।
    [२४]
    अध्ययन, गहनता के चाहियो आफैँ बुझ छवि
    भाव के हो अनि मर्म के हो भन्दै हिँड्छौ मै हुँ कवि ।
    ✍️ प्रेम थापा “मन”बागलुङ
    [२५]
    अग्रजले अनुजलाई दोहोर्याए छर्लङ्ग हुन्छ साहित्यको दर्पण
    फलको आशा नगरी विरूवा रोपे भावी पिँढीलाई हुन्छ अर्पण ।
    ✍️ रमेश दियाली
    शेल्पू सिटोंग दार्जिलिङ।
    [२६]
    सिर्जनाको खेतीमा झार पलायो
    थाहा नै नदिएर विष फलायो !
    ✍️ आर्त अकुलीन
    [२७]
    सकियो होला मानवता पनि अगाडि सर्दछन्
    आफूलाई विज्ञ ठानेर यहाँ घमण्ड गर्दछन् ।
    ✍️ नबिन बिष्ट
    नवदुर्गा ४ डडेल्धुरा
    [२८]
    एक अर्कामा रिस घमण्ड बोकिछ्न् चलेको
    देखेनन् स्वाभिमानको पर्खाल आफैँ ढलेको ।
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    [२९]
    अरूले तपाईँ नभनी मपाइँ हुने कवि
    सहित्यमा साह्रै लामो टिक्दैन उसको छवि ।
    ✍️ अमित लोहोरूङ राई
    सोनदह, दार्जीलिंग
    [३०]
    एउटा कविता लेखेपछि वरिष्ठ कवि भन्नेले
    समाजलाई के सिकाउँछ ऊ आफैँ ठूलो बन्नेले ।
    ✍️ एवाइ प्रभात
    सहिदभुमि धनकुटा
    [३१]
    कति गुनिलो छ नि यहाँ रवि
    अलिकति लेख्दा नभन कवि ।
    ✍️ नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ भारत
    [३२]
    आफैँ वरिष्ठ कवि हुँ भन्नेहरू
    चढ्दैनन् माथि ती झर्छन् उँधो बरु ।
    ✍️ भाेलामान बर्देवा धरान ८ सुनसरि
    [३३]
    कागले कान लग्यो भनेर पछि दगुर्नु हुन्न
    हुनसक्छ अघि सरेका फसाउँने जाल बुन्न।
    ✍️ मन्दिरा सेढाई, मलेखु, धादिङ
    [३४]
    घमण्डी हुनुहुन्न कवि मुस्कान होस् मन्द
    लेख्दै जानू टुक्का दिन्छ मनमा नै आनन्द ।
    ✍️ दीप गोले तामाङ, रौतहट
    [३५]
    बाढी र पहिरोले बेहाल गाउँबस्ती बनाउँदैछ
    कथित शीर्षस्थ ती टाउकाहरू कता हराउँदैछ ।
    ✍️ घनश्याम पन्त, हरिवन सर्लाही
    [३६]
    वरिष्ठ भन्नेले हरेक क्षेत्रमा फुट ल्याउन थाले
    किन यति उम्लिन्छन् कुन्नि सिउर ढलेको बुढो भाले।
    ✍️ अरुण कुमार भुजेल
    गोरूबथान, कालेबुङ,भारत।
    [३७]
    कला थरीथरीका देखियो देखिन्छ हतार नगर
    हिँड्दै जाउ सुस्तरी पाउहरू अघि सार्दै परपर ।
    ✍️ ईश्वर साउद (भिक्षु)
    रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
    [३८]
    पहेँलो कविता सुनको थुप्रो
    हरियो कविको घर छ झुप्रो।
    ✍️ होमप्रसाद नेउपाने
    धरान,सुनसरी ।
    [३९]
    सकिँदैन गल्ती स्विकार्न घमण्ड भर्छन् महान् कवि बनी
    लाजमर्दो कुरा राजनीति घुसाउँछन् साहित्यमा पनि ।
    ✍️ भुपेन्द्र राना मगर
    धादिङ
    [४०]
    नयाँ विधा जन्माएर भन्छन् नेपाली साहित्य जगेर्ना गरौँ
    सोचौँ बुझौँ सिकारुले सकरात्मक सोचले साहित्य भरौँ ।
    ✍️ सुस्मिता अधिकारी ,काठमाडौँ
    [४१]
    मेरै गोरुको बाह्रै टक्काले कविताको उन्नयन हुँदैन
    म भित्रको अहमताले कदापि दिग्गजतालाई छुँदैन
    ✍️ राज बहादुर बडुवाल
    कनकासुन्दरी-५,जुम्ला
    [४२]
    लेख्न खोज्दा कापीमा शब्द कुनै भेट्दैन
    देखेको नै सत्य हुन्छ लेखेको मेट्दैन ।
    ✍️ सुनगाभा पोखरेल
    हाल : नेपालगन्ज
    [४३]
    मनोमानी गर्दै आफ्नै दुनो सोझ्याउन दाउ छोप्नेहरू
    असली किसान कहलिन्छन् गमलामा धान रोप्नेहरू ।
    ✍️ शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    [४४]
    दुई चार विधा लेखेरै आएँ कसले के गर्छ
    कवि हुँ आफैँ गर्छु खुसीले जेसुकै मनपर्छ ।
    ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
    [४५]
    जसले काव्यको भाव बुझ्दैनन् उनैले गर्दछन् ठुला कुरा
    साहित्यमा छ उनैको बोलबाला दक्ष कवि भए बखुरा l
    ✍️ बाबुराम गौतम, गुल्मी
    [४६]
    कविले आफूलाई कवि भन्दा के फरक पर्छ
    कविताको मर्मले बरू आफैँ तलमाथि सर्छ ।
    ✍️ कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    [४७]
    वरिष्ठले नाक ठड्याउँदा बजाऊ न ताली
    नाम काम बढाउँदा त नगर्नुहोस् है गाली ।
    ✍️ लक्ष्मी रिजाल
    कञ्चनरुप- १२ सप्तरी
    [४८]
    म वरिष्ठ कवि भन्दै साहित्यमा खोइरो खन्ने
    कसैले तपाईँ नभन्दा नि आफैँ मपाइँ बन्ने।
    ✍️ बिबा तामाङ
    लाटपञ्चर सिटोङ थ्री खरसाङ।
    [४९]
    राम्रो नराम्रो को वरिष्ठ छुट्टाउने हो अरूले
    असल कर्म गर्दै रहनू मै हुँ भन्नेहरूले ।
    ✍️ सबिता खड्का, कैलाली
    [५०]
    भाव भावना पाेख्नेशैली आफ्नै स्वच्छन्द रुपमा कला जाेखाओैँ
    मन शान्ति गर्ने चित्तवृत्ति वितरणमा मधुरस पाेखाओैँ ।
    ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
    [५१]
    एकताले मात्रै जित्न सकिन्छ हरेक युद्ध
    सकिन्छ सहयोग गरौँ राखौँ नियत शुद्ध ।
    ✍️ पुष्पा राई
    बादेल, खाेटाङ ।
    [५२]
    नकारात्मक चिन्तनहरू बढिरहेछन् आजभोलि
    कर्म गर्ने हातहरूकै टन्न भरिँदैछन् सुर्के झाेली ।
    ✍️ हिरालाल न्याैपाने, बानपा ८ काेटमाैला, सल्यान
    [५३]
    बन्नुभन्दा पक्ष र विपक्ष
    छुट्टै पहिचानी बनौंँ दक्ष ।
    ✍️ दुर्गा भट्टराई
    मोरङ
    [५४]
    बुझ्नेले कुरा नबुझेपछि नजानि खेदो गर्नेले गर्छन्
    मनमा लेख्न नआएपछि घाँस खानेहरू कुरा भर्छन् ।
    ✍️ अम्बिका अधिकारी
    झापा बिर्तामोड
    [५५]
    सिर्जना नौलो जीवन्त बनायो
    अथाह काव्य विनाश गरायो ।
    ✍️ भगवती दवाडी
    [५६]
    टुक्का कविता लेख्नै पो नजानेर
    काव्य लेखेछन् ठूलो कवि ठानेर ।
    ✍️ विवश पारदर्शी
    झापा,
    [५७]
    कसैले राम्रो नभने पनि जान्ने हुन्छन् आएर
    टुप्पाबाट पलाउने पछि बस्छन् पछुताएर ।
    ✍️ अनिता भण्डारी, ताप्लेजुङ
    [५८]
    नजान्नेलाई सिकाउनुको सट्टा खिल्ली गरेर
    हुन्छन् सबैभन्दा आफैँ जान्ने ती ग्रुपमा झरेर ।
    ✍️ दुर्गा आचार्य
    मोरङ
    [५९]
    कोही कोही आफूले आफैँलाई नै ठूलो ठान्छन्
    कसैको नसुन्ने झन् अरूको कुरा कहाँ मान्छन् ।
    ✍️ शोभा आचार्य गौतम
    काठमाडौ
    [६०]
    सबैलाई सानो हो भन्छन् यहाँ जान्ने
    गल्तीमा पनि झुक्दैनन् वरिष्ठ ठान्ने ।
    ✍️ प्रतिज्ञा प्रतिज्ञा
    मेहेलकुना सुर्खेत
    [६१]
    हिँड्नै नजान्नेले अरूलाई देख्छ लँगडाे
    आफूलाई जान्ने विद्वान ठान्ने गर्छ बडो ।
    ✍️ हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे, बनेपा १४ साँगा बजा
    [६२]
    असोजमा बाढी पहिरो आयो यसवर्ष
    आउन थाले चाडबाड छैन खुसी हर्ष ।
    ✍️ तिला लेकाली
    [६३]
    सृजना न हो जसले जे लेखुन् जथाभावी मफतमा किन यहाँ भन्नु
    मुर्खको काम अरूलाई होच्याएर आफूलाई वरिष्ठ कोटीमा गन्नु ।
    ✍️ पवनकुमार बुढाथेाकी
    काठमाडौँ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविता, वसन्त अनुभव1 Comment on ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १५४ सम्पन्न

    ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १५२ सम्पन्न

  • ३० भाद्र २०८१, आईतवार २२:२६ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १५२ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ५५ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १५२ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
    ~<•>~
    प्रतिनिधि टुक्का- १५२
    बालबालिका सडक, भट्टी अनि कारखानामा
    सुनिश्चित छ बालअधिकार, भाषण नारामा ।
    ~<•>~

    टुक्कामाथि टुक्काको १५२ औँ शृङ्खलामा सहभागी टुक्काकारहरूका सुन्दर टुक्काहरू-

    [१]
    खान र लाउन दिए पुग्छ, दिनोस् भन्दै काम
    बालबालिका आउँदा दिएको हुँ रामोराम ।
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ
    [२]
    कानुन बनाउनेले नै गरे बालश्रम शाेषण
    उल्टै भन्छन् टेबुल ठाेक्दै गर्नेछाैँ भरणपाेषण ।
    ✍️
    ताराप्रसाद चापागाईँ
    [३]
    बालबालिकाको शिक्षादीक्षा हरण गर्दै लगाए धनीले नै काम
    खान लाउन दिए पुग्छ भन्दै बालशोषण गरे सत्ते रामोराम ।
    ✍️
    बेदु न्यौपाने
    [४]
    बालश्रम शोषण हो भन्दै बनाए कानुन
    व्यवहारमा किन उतार्दैनन् तिनै जानुन।
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-क्यानडा,क्यालगरी
    [५]
    बालश्रम मुक्तिको नारा भयो अति सस्तो
    अधिकारीबाट बच्चा शोषित हुने कस्तो!
    ✍️
    रचना शर्मा प्रतीक्षा
    इमाडोल, ललितपुर
    [६]
    कानुनमा कागजी बाल अधिकारका कुरा
    स्कूल पढ्न बञ्चित नै छन् नाबालक टुहुरा ।
    ✍️
    नाम केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम
    हाल भारतबाट
    [७]
    भाषण त दिन्छन् नेता नियंत्रण भएनन् सानासाना नानी
    घरेलु कामदार ,ग्यारेज होस् , हटेन शोषण गर्ने बानी।
    ✍️
    चुडामणी देबकोटा
    पुरानोनैकाप काठमाण्डौ
    [८]
    दिऊॅ राम्रो शिक्षा गरौं राम्रो भरणपोषण
    नगरौं बालबालिकाको अधिकार शोषण।
    ✍️
    पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके।
    [९]
    बनाइन्छन् प्रत्येक वर्ष बालअधिकारका नारा
    तर बनेन बालमैत्री मैले पिउने पानी धारा ।
    ✍️
    देव मगर
    तिनाउ-१,कचल,पाल्पा
    [१०]
    बालअधिकारको कुरा गर्दा त जोस नचलेको हैन
    यता फकाउँ कि उता फकाउँ काम गर्ने फुर्सदै छैन ।
    ✍️
    पुष्पा राई, बादेल, खाेटाङ
    [११]
    जसले गरिरहेछन् एकआपसमा मिलेर बालश्रम शोषण
    उनैले गर्दछन् बालअधिकार सुनिस्चितताको फोस्रो उद्घोषण l
    ✍️
    बाबुराम गौतम, गुल्मी
    [१२]
    नारामा मात्रै सिमित बाल शाेषणकाे अन्त्य भएन
    घरेलु हिंसा परेकालाई उद्धार गर्न काेही गएन ।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर
    [१३]
    नारामा मात्र सीमित भयो,बालअधिकारको कुरा,
    देशमा जताततै शोषण,नेताको भाषणमा पुरा।
    ✍️
    एवाइ प्रभात
    सहिदभुमि धनकुटा
    [१४]
    कैले आउँछ बालबालिका सुरक्षित हुने बेला,
    कसरी मेटिएला कलिला हातहरुबाट ठेला।
    ✍️
    रमेश दियाली
    शेल्पू सिटोंग दार्जिलिङ
    [१५]
    मसिनो छ बोली झन् छ चिम्सा आँखा
    बाल हिंसा रोकी राखौं अब काखा ।
    ✍️
    दीप गोलेे तामाङ – रौतहट
    [१६]
    बालअधिकार पाउनुपर्छ भनी भाषण मात्र गर्ने
    आएको अनुदान आधा देखाइ बाँकी आफ्नै पेट भर्ने ।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन न. पा. ६ संखुवासभा
    [१७]
    कराएर मात्र हुँदैन बाल अधिकारको नारा
    ठुलै टाउके भुंडेहरुको ठीक छैन है नि पारा
    ✍️
    सरिता सेढाई धादिङ
    [१८]
    मुखले बोलेर मात्र हुँदैन कामले अघि सरौँ
    बालश्रम अन्त्य गर्नलाई हामी सबै लागि परौँ।
    ✍️
    अनिता भण्डारी ताप्लेजुङ
    [१९]
    रातदिन सधैँ गरेका छन् काम,
    बालबालिकालाई हेर न राम ।
    ✍️
    आर्त अकुलीन
    [२०]
    रहेछ आजै बाल दिवस आएको
    खै अनाथ टुहुराले पढ्न पाएकाे ।
    ✍️
    प्रतिज्ञा प्रतिज्ञा
    मेहेलकुना सुर्खेत
    [२१]
    बेसहारा छन् अधिकांश बालबालिका
    सौम्य लगानी गर्‍यो र खै कुन पालिका ?
    ✍️
    प्रेम थापा “मन”बागलुङ
    [२२]
    सानासाना कलिला हातमा उठ्ने गरेर ठेला ,
    काम गराएर बालकलाई नगरौँ है हेला ।
    ✍️
    गंगा खड्का
    बूढानीलकण्ठ ,काठमाडौँ
    [२३]
    हेर्नू बाल अधिकार कानुनमा मात्रै भयाे
    पुग्दैन खान घरमा बालक काममा गयाे ।
    ✍️
    रबि पाैडेल दक्षिण भारत पाण्डेचरी
    [२४]
    आजका हाम्रा बालबालिका भोलिका कर्णधार
    पाएका छन् छैनन् खई तिनले बालअधिकार ।
    ✍️
    सतीश पण्डित
    भानु६ चुँदी तनहूँ
    हाल चनपा६ मातातीर्थ।

    [२५]
    ऐन कानुन कागजमा व्यबहारमा छैन
    बाल श्रम अन्त्य गर्दै दिउँ सबैलाई चैन ।
    ✍️
    राज बहादुर बडुवाल
    कनकासुन्दरि-५,जुम्ला
    [२६]
    जहिले पनि भाषण गर्छन् ~भनेर मानव अधिकार
    छोड्दैनन् दुध खाने बच्चीलाई समेत गर्छन् बलात्कार।
    ✍️
    भवानी पोखरेल (बाबु बिराज)
    बाणगंगा १ चार नम्बर
    कपिलवस्तु
    [२७]
    भाषणमा किन मख्ख माग अधिकार?
    बालबालिका व्युझेर खाेज हक सार ।
    ✍️
    जी.वि.घाेराही,दाङ
    [२८]
    बालअधिकार नारामा हुन्छ सिमित
    भएन कहिले बालबालिकाको जीत ।
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    [२९]
    बालअधिकार बग्छन् भाषण अनि नारामा
    प्रताडितहरु बस्न पाएकाछैनन् थारामा ।
    ✍️
    कमला देवकोटा, पाल्पा
    [३०]
    न बन्छ बालग्राम न हुन्छ बालपाेषण
    घरमा भाँडा मझाई गर्छन् बाल शोषण ।
    ✍️
    शालिकराम दाहाल
    [३१]
    नारामै सिमित रह्यो बालबालिकाको अधिकार
    कहिले गर्न सक्लान् कठै, व्यभिचारको प्रतिकार ।
    ✍️
    राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    [३२]
    साना हात सानो दिमाग सहनुपर्ने ठूलो चोट
    बाल शोषण अन्त्य गरेर नदेखाऔ कुनै खोट ।
    ✍️
    सबिता खड्का कैलाली
    [३३]
    बालबालिकाकाे माैलिक हक संविधानकाे पानामा
    शाेषित पीडित बालबालिका कारखानाकाे छानामा ।
    ✍️
    डिल्लीराज (राजेन्द्र) भुसाल
    सन्धिखर्क-२, कुर, अर्घाखाँची
    [३४]
    उच्च ओहदामा हेर बस्नेको बोली सस्तो
    अधिकार बाट वञ्चित गराउने कस्तो ।
    ✍️
    कला ढकाल झापा
    [३५]
    बालबालिका हाम्रा सृजनाका हुन् है खानी
    बालश्रम अपराध रोकौं सबले जानी ।
    ✍️
    रुना कर्माचार्य दाहाल
    चितवन
    [३६]
    कानुनमा मात्रै रहेछ बालअधिकार
    बालककै पसिना बेची गर्दैछ व्यापार।
    ✍️
    हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे, बनेपा १४ साँगाबजार
    [३७]
    ससाना नानीको नरम कोमल हुन्छ मन
    सबैसँग नहुने किन नि ! बराबरी धन ।
    ✍️
    सुनगाभा पोखरेल
    [३८]
    बालआश्रमको सुधारमा सबै मिलेर गरौ
    अन्यायको जरा उखेल्न नेताको भर नपरौ ।
    ✍️
    अम्बिका अधिकारी
    झापा बिर्तामोड
    [३९]
    वडा बालमैत्री लेखेर विदेशीका छारो राख्न सजाए
    बाल हकका आउने बाहिरी कमिसन भित्रै पचाए ।
    ✍️
    इन्दु श्रेष्ठ, चितवन
    [४०]
    अन्याय र अत्याचार कहिल्यै कम भएन
    रोकथाम र कार्यान्वयनमा ध्यान गएन।
    ✍️
    अरुण कुमार भुजेल
    गोरुबथान,कालेबुङ,भारत
    [४१]
    नेताले भाषणमा बालअधिकार हनन् भयो भनी सुनाउँछन्
    ठुलाठालुको उद्योगमा बालबालिकालाई गलैँचा बुनाउँछन्।
    ✍️
    कृष्ण बजगाई भक्तपुर
    [४२]
    सडकमा छन् बालबालिका बालअधिकार हरायो
    भित्रभित्रै शोषण, नीति त कागजमा मात्र गरायो ।
    ✍️
    शोभा आचार्य गौतम
    काठमाडौँ
    [४३]
    बालबालिकाको हक देऊ
    शिक्षाको बाटोमा सबै लेऊ।
    ✍️
    नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    भारत
    [४४]
    कलिला बालबालिकामा लगानी
    भविष्यमा हुन्छ देशकाे आम्दानी।
    ✍️
    प्रद्युम्न चालिसे
    [४५]
    नेता भाषण मात्र ठुला गर्छन् काम केही हुन्न
    सडकमा जति रोउन् उनलाई त्यसले छुन्न ।
    ✍️
    दुर्गा आचार्य
    मोरङ
    [४६]
    गरिब अलपत्र नहुँदामा छाना खाना नाना
    कुरैको मात्र बालअधिकार छैन तानाबाना ।
    ✍️
    कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    [४७]
    बालबालिकाहरू के के सुघी हिँडेका छन् बाटामा
    अभिभावक खै कतातिर अधिकार छ घाटामा ।
    ✍️
    भगवती दवाडी
    [४८]
    आफ्ना परिवार र दलका बाहेक बच्चाबच्ची समेत हेर्दैनन्
    नेता बने पछि त जागिर नि खान नपर्ने कसैलाई टेर्दैनन् ।
    ✍️
    पवनकुमार बुढाथेाकी
    काठमाडौँ
    [४९]
    सडकमा माग्दै धूलोमा पडी बसेको छ कति बालबालिका
    कुपोषणले हैरान उनीहरूले नै पाउन सकोस् तालिका ।
    ✍️
    बिबा तामाङ
    लाटपञ्चर सिटोङ थ्री खरसाङ
    [५०]
    भविष्यका कर्णधार हुन् साना बालबालिका
    शोषण रोक्न कदम उठाऊ न्यायपालिका ।
    ✍️
    मन्दिरा सेढाई मलेखु, धादिङ
    [५१]
    होटल ग्यारेजका कामदार बालक नारामा अधिकार
    सबै कुराबाट बञ्चित उनीहरू कसैले गर्दैन प्यार ।
    ✍️
    घनश्याम पन्त हरिवन सर्लाही
    [५२]
    बालश्रम हटाएर बाल शिक्षा जगाऔँ
    शिक्षाको ज्योति जगाई अन्धकार भगाऔँ ।
    ✍️
    शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौं
    [५३]
    बालबालिकाको अधिकारको कुरा सिमित हुन्छ नारामा
    कानुन फितलो भएपछि सबै नाच्छन् आफ्नो आफ्नो पारामा।
    ✍️
    मोती योन्जन सुब्बा दार्जिलिङ
    [५४]
    व्यवस्था धेरै धेरै परिवर्तन भयो
    तर पनि बालअधिकार कता गयो ?
    ✍️
    डम्बर थामी ‘अनुपम ‘
    कालिन्चोक गा. पा. -६, दोलखा
    [५५]
    नि:शुल्क शिक्षा भए बालबालिका सक्षम बन्छन्
    घरको चुल्हो बाल्न सके बल्ल बालहित गन्छन् ।
    ✍️
    सुस्मिता अधिकारी ,काठमाडौँ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविता, वसन्त अनुभव1 Comment on ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १५२ सम्पन्न

    Posts navigation

    Older posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P