काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १५१ औँ शृङ्खला सम्पन्न भएको छ । अभ्यासमा नेपाल लगायत विश्वका ६४ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो । टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १५१ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो । ~<•>~ प्रतिनिधि टुक्का- १५१ ऋण धन गरी मनाइयो तिज पर्व समस्याहरू ज्युँका त्युँ छैन केही गर्व ।
✍️ वसन्त अनुभव ~<•>~
टुक्कामाथि टुक्काको १५१ औँ शृङ्खलामा सहभागी टुक्काकारहरूका सुन्दर टुक्काहरू-
[१] भोलिदेखि साहु छल्दै हजुर हिँड्नुपर्ने हुन्छ गरिब, दु:खी आर्तहरूको आवाज कसले सुन्छ ? ✍️ वसन्त अनुभव घोराही, दाङ [२] हुनथाल्यो नि चाडपर्वमा देखाउने होड गर्दैछन् नारीहरू तडकभडकमा जोड । ✍️ पुष्पा राई, खाेटाङ । [३] तिजसँगै महङ्गी पनि पछि लागेर पो आयो यो गरिबको मनमा हेर कालो बादल छायो । ✍️ पवनकुमार बुढाथेाकी काठमाडौं [४] दुःख गरी कमाएका थिए परदेशको बास गरी एकछिनको रमाइलोले तातो घाम जीवनभरि । ✍️ अम्बिका अधिकारी झापा बिर्तामोड [५] दीन दु:खीले मनाउन बाध्य छन् हरेक पर्व कनेर नाङ्गो आङ र भोकोपेट लिई माग्नु कोसँग के भनेर ? ✍️ सतीश पण्डित भानु६ चुँदी तनहूँ हाल चनपा ६ मातातीर्थ [६] जे जति छन्, त्यसैमा पर्व मनाउनू है साथी ज्यादै तडकभडक गर्दा ऋण काँधमाथि । ✍️ मोती योन्जन सुब्बा, दार्जिलिङ। [७] तीज पर्व सधैँ आउँछ प्रत्येक आर्थिक वर्ष फजुल खर्च गर्दा हामीलाई धेरै लाग्छ हर्ष । ✍️ डिल्लीराज (राजेन्द्र) भुसाल सन्धिखर्क-२, कुर, अर्घाखाँची [८] धनीकै रै’छ सबै चाडपर्व गरिबको लागि के नै भयो उपाय केही नभएपछि तिजको रहर मेटिँदै गयो । ✍️ सुनगाभा पोखरेल [९] साथी ऋण काढेर नयाँ सारी, गहना किनियाे घरमा जेसुकै हाेस् बाहिर देखाउन हिँडियाे ।। ✍️ रबि पाैडेल दक्षिण भारत पाण्डेचरी । [१०] मान्नैपर्यो, पैसा छैन भनी मिल्दैन पन्छिन तिज, पञ्चमी यस्तै चाड आउँछ दिनदिन । ✍️ रचना शर्मा प्रतीक्षा इमाडोल, ललितपुर । [११] सकियो यसपालिको तिज पर्स खाली बनाएर अर्को साल आउनू नयाँ जोश जाँगर जनाएर । ✍️ कृष्ण बजगाई भक्तपुर [१२] चाडपर्व पनि उसैको, जसको छ भरिलो गोजी नहुनेलाई त आइपर्ने दुःख पीडा खोजी खोजी । ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान [१३] तिजको सबैले जसोतसो खायो दर र भोज आमाबाउको टाउकोमा ऋण अरूलाई मोज । ✍️ बिबा तामाङ लाटपञ्चर सिटोङ [१४] तीज पर्वले सिकायो बढी खर्च गर्न नारीलाई साहुलाई तिर्न पैसा छैन कसरी बस्नु रमाई । ✍️ अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-क्यानडा,क्यालगरी। [१५] भड्किलाे र खर्चिलाे भाे तिज पर्व हेर पीडामाथि पीडा थप्याे ऋण लगाएर । ✍️ ताराप्रसाद चापागाईँ धुनिबेसी । [१६] यसपालि ऋण गरेर मनायौं, हरितालिका तीज मज्जाले मनोरञ्जन पनि गर्यौं तर हुस्की बियरको सहायताले। ✍️ कबिताहरी सुन्दर हरैंचा नगरपालिका १ मोरङ [१७] सङ्गिनी मात्रै थियो पिडा पोख्ने माध्यम पहिले पहिले भड्किलो तिज मनाउनेले बुझ्छन् र परम्परा अहिले ! ✍️ दीपा समभाव दुबेकोल खोटाङ्ग [१८] ऋण काढी मनायौँ तीज नआओस् अब भो यो चीज । ✍️ दीप गोले तामाङ रौतहट [१९] जेनतेन दु:ख सुख तीज मनाइयाे आफैँले आफैँलाई नै ऋणी बनाइयाे। ✍️ भवानी पाेखरेल (बाबू विराज) बाणगंगा १ चार नम्बर कपिलवस्तु [२०] सादा जीवन उच्च विचार नै हरायो तडकभडक तिजले ऋणी गरायो । ✍️ कार्की डिबी माकुम सुनवल-४, नवलपरासी [२१] सन्सारमा ऋण दुश्मन कसैलाई नलागोस् काम गरेर दुख हटाउने साहस जागोस् । ✍️ चुडामणी देबकोटा पुरानोनैकाप काठमाण्डौ। [२२] दुई दिनको जिन्दगीमा रमाउँदै आजै माेज गर ऋण धनमै चल्दै गर्छ जीवन भाेलिकाे छैन भर । ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ । [२३] दरकाे नाममा रातभरि मासु खान्छन् बिहान व्रत भन्दै फेरि मन्दिर जान्छन्। ✍️ नवराज भट्ट कञ्चनपुर [२४] घाँटी हेरी हाड निल्नुपर्छ भन्ने भुलेर चेलीले अति गरे पार्टी प्यालेस डुलेर । ✍️ कला ढकाल झापा [२५] ऋण धन भए पनि लगातार चाड आयो खुब खर्चिलो भएर ऎया नभनी नभनी मान्नै पर्यो परिवारको त्यो चित्तमा गएर । ✍️ बेदु न्यौपाने [२६] खुसीका साथ आयो नि तिज पर्व तिज आउँदा नारीलाई झन् गर्व । ✍️ श्रीकृष्ण धामी – बझाङ [२७] ऋण काढेर नै भए पनि खानैपर्यो दर नत्र त समाजमा अटाइदैन भन्ने डर । ✍️ अनिता भण्डारी ताप्लेजुङ [२८] संस्कृति बचाउने नाममा नराम्रो विकृति भित्रियाे तीज पर्वमा हेर दर खादा चाडकाे बदनाम गरी रक्सी वियर खाने नारी भयो धेर। ✍️ राज कुमार राजभण्डारी खाेटाङे मध्यपुर ठिमी ५ संगमकाेलानी राधे राधे भक्तपुर । [२९] तीजले नदिनु दियो ऋणको भारी कसरी लैजाने यो जीवन लतारी ! ✍️ प्रेम थापा “मन”बागलुङ [३०] सही तरिकाले फस्टाएर जाओस् तिज नरोपौँ है कुसंस्कारको कहिल्यै बीज । ✍️ बि.कुलुङ रंगबुले दार्जिलिङ [३१] घमण्ड देखाएर के गर्नु आज समाजमा भोलि हुनेछ नि लाज । ✍️ सङ्गीता खरेल चन्द्रागिरी ८ काठमाडौं [३२] शान्ति सेवामा गरेर कर्म आखिर सत्य हुनेछ धर्म ! ✍️ आर्त अकुलीन [३३] देखासिकी गर्दै मान्यौँ तीज फुर्ती देखाएर धेर ऋण सम्झी सम्झी पछुताई रुन पर्यो यतिखेर। ✍️ विवश पारदर्शी झापा, [३४] मैले चाहेर के भो तिमीले चाहेनौ सधैँ हिँड्ने बाटो आज किन आएनौ ? ✍️ शशीश्री आचार्य बौद्ध कुमारीगाल काठमाडौं [३५] मन दुख्ने किन तीज मनाएको मुटु खाने कुरो किन जनाएको ? ✍️ नन्दलाल आचार्य सिद्धार्थटोल, उदयपुर । [३६] जसरी हुन्छ मनाइयो तिज पर्व संस्कृतिमा रमाउँदा लाग्दछ गर्व। ✍️ शोभा आचार्य गौतम काठमाडौँ [३७] मान्नुथियाे मानिहाल्याै अब के लिन्छाै पीर दायाँबायाँ पैसा खाेजी साहुको ऋण तिर । ✍️ त्रिलाेचन भण्डारी मेचीनगर,झापा [३८] समस्यामा पारेर आफैँलाई पर्व मान्नु हुँदैन आफैँलाई सताउने हो अरू कसैलाई छुँदैन । ✍️ घनश्याम पन्त, हरिवन सर्लाही [३९] दिनभर नाचियो हरे उस्तै र उही बह भरे । ✍️ नागेन्द्रप्रसाद यादव । [४०] कति मज्जाले गरियो तीज पर्व खै त कसैमा छैन हजुर गर्व । ✍️ नीमा छिरिङ भोटिया जलढका कालेबुङ [४१] हर्ष उल्लास साथ तिज पर्व मानाइयो खुसी भए सबै सहज भन्ने जनाइयो । ✍️ सबिता खड्का कैलाली [४२] हिजो नै अर्काको देखासिकीमा उडायौ सम्पत्ति आज घर बाउ बिरामी परे पैसा छैन रत्ति । ✍️ रमेश दियाली शेल्पू सिटोंग दार्जिलिङ। [४३] ऋण गरी चाडबाड मनाउनु छैन लुछ्ने चुस्ने खानेकुरा दर पनि हैन। ✍️ महेन्द्र मान बलामी [४४] वर्ष दिन दुख काट्ने तिजकाे एकदिन खुसी खरकाे छाना फेर्न सकिएन चुल्होभित्र ढुसी । ✍️ हिरालाल न्याैपाने ,बानपा ८ काेटमाैला,सल्यान [४५] खान लाउन र नाच्न त मजै आयो तीजको खर्च हेर्दा त विरक्तै छायो । ✍️ होमप्रसाद नेउपाने धरान,सुनसरी । [४६] बाटोभरि पैह्रो गयो माइत जान डराएँ चाडका मौलिकता आज भोलि कता हराएँ । ✍️ सुस्मिता अधिकारी ,काठमाडौँ [४७] घुमीफिरी आयो हाम्रो यो तीज पर्व मितब्ययिता अपनाउँ हाम्रो गर्व । ✍️ कमला देवकोटा, पाल्पा [४८] सकियो तिज शान्त भो बल्ल सहरबजार रक्सी र मासु खर्च भो टन्नै नौ दश हजार । ✍️ ध्रुव खोटाङ [४९] पोहोर झैँ ऋण काढेर मनाइयो तीज यो वर्ष आर्थिक बोझ झनै थपिदा खोसियो मनको हर्ष l ✍️ बाबुराम गौतम, गुल्मी [५०] परिवारमा शोकका बीच मनाइयो तीज पर्व भिनाजुको स्वर्ग हुँदा मलाई केही भएन गर्व। ✍️ भगवती दवाडी ,झापा [५१] मनाउनु पर्छ पर्व वर्ष दिनमा आउने किनेर ल्या’को रातो साडी फेरी फेरी लाउने । ✍️ दुर्गा आचार्य मोरङ [५२] घाँटी हेरि हाड निल्नु भन्ने उखान थियाे भुल गरेर किन त ! हजुर ऋण लियो । ✍️ प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे [५३] ऋणको भारी बोकेर मजाले तुजुक देखायौ तीज पर्व मनाउॅदा जड्याहॅामा नाम लेखायौ । ✍️ राजेशराज गड्तौला कॅाडाघारी, काठमाण्डौ [५४] विदेशबाट बुढाले पठाइदिए मीठो मसिनो खाएँ । कसैको बाउको खा’को छैन मैले खाफ्नै लोग्नेको उडाएँ । ✍️ मल्ल लक्ष्मी श्रेष्ट मेची किनार, बिर्तामोड झापा [५५] भुसको रोटी बुहारीले वर्षैभरि खान्थे अरे मिठो दर दुःख पीडा पोख्न माइत जान्थे भरे । ✍️ ममता पौडेल बुढीगङ्गा – २ , मोरङ [५६] मनाइयो तिज रिन काढेर भए पनि अर्को साल बाँचिन्छ, मरिन्छ के थाहा अनि ? ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा [५७] लगाए देखाउनकै लागि सबै चिज भड्किलो बन्दै गयो अचेल हाम्रो तिज । ✍️ प्रतिज्ञा प्रतिज्ञा मेहेलकुना सुर्खेत [५८] महिना दिन चल्यो तिजको दर खाएनन् खिर खै कति पो रित्तियो रुपियाँ पैसा मान्दैछन् पीर । ✍️ शुक्रराज कुँवर [५९] कति खानु दर नि पुरै महिनाभर वर्षभरि कमाएकाे छिनमै नछर । ✍️ हरिगाेपाल न्हुच्छेँप्रधान काभ्रे, बनेपा १४ साँगाबजार। [६०] पूरा हुने कामना मनभरि आशा लिएर बाँचिरहेछु तिम्रो प्रतिक्षामा आँसु पिएर । ✍️ ईश्वर साउद(भिक्षु) रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम [६१] जता पनि छताछुल्लै मदिरा भन्छन् तिजी पर्व, यस्तो देख्दादेख्दै पनि कसरी गरौँ हामी गर्व। ✍️ सुरेशकुमार पाण्डे दाङ घोराही १८ [६२] संस्कार संस्कृति हो तिज मनाउन पर्यो सेखासेखले तिजको अनुशासन झर्यो । ✍️ हन्नाह छेत्री [६३] सकियो रमझम तीजको तिर्नुछ दाम चिजबिजको। ✍️ अरुण कुमार भुजेल गोरूबथान, कालेबुङ,भारत। [६४] दर खान पार्टी धाउँदा नारी भए कायल महङ्गीले तिजको बेला मर्द बने घायल। ✍️ -रामशरण न्यौपाने, भक्तपुर
काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १५० औँ शृङ्खला सम्पन्न भएको छ । अभ्यासमा नेपाल लगायत विश्वका ५१ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो । टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १५० औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो । ~<•>~ प्रतिनिधि टुक्का- १५० हिजोआज खै किन मलाई पर्छ साह्रो ? तीज हो कि रत्यौली छुट्याउनै भो गाह्रो । ~<•>~
व्याङ्ग्यात्मक टुक्का लेखन शृङ्खला: १५० मा सहभागी टुक्काकारहरूका सुन्दर टुक्काहरू-
१. टु पिसको मच्छरदानी हुने गर्छ तनमा न पर्वको लाज ढाक्छ्न् न इज्जत छ मनमा ? ✍️ वसन्त अनुभव घोराही, दाङ २. गीत कस्ता बनाएका सुन्नै गाह्रो हुने नृत्य उस्तै शव्द छैनन् हाम्रो मन छुने । भगवती दवाडी ,झापा ३. हिड्नै पर्यो तीज मनाउन सारी लगाउँछु फेरी पोइ भनाउँदा ती के भएका हुन् आँखा तर्छन् हेरी । ✍️ पुष्पा राई, खाेटाङ । ४. भित्रियो तिजमा देखासिखी बढ्यो हरेक कुरामा कति नाचियो आमा दिदीसंँग बाल्यावस्था भुरामा। ✍️ चुडामणी देबकोटा पुरानोनैकाप काठमाण्डौ ५. तीज मनाउन रेष्टुरेन्टमा गएको श्रीमती मेरी दर खाएर घर आइपुग्दा चिनेन मलाई फेरि । ✍️ राज कुमार राजभण्डारी खाेटाङे मध्यपुर ठिमी ५संगमकाेलाेनी राधे राधे भक्तपुर । ६. तीज मनाउन मान्छेहरू होटल, रेष्टुरा चले वियरसँग चोचे सितन, खाँदाखाँदै त्यही ढले । ✍️ एवाइ प्रभात सहिदभुमि धनकुटा ७. साहित्यमा छन् अनेकथरी रस चुप लाग तमासा हेरेर बस । ✍️ पुष्पा सुवेदी नेपालगन्ज,बॅाके। ८. लाग्दैन कसैको चिन्ता पिर छैन केही डर रक्सी अनि मासु सङ्गै खाइन्छ तिजको दर । ✍️ अनिता भण्डारी ताप्लेजुङ ९. कार्तिकमै बिहे हुन्छ, मान्छे वा कुकुर के भन्नु तीजको दर कति दिन खाने, कसरी पो गन्नु । ✍️ राजेशराज गड्तौला कॅाडाघारी, काठमाण्डौ १०. जति हेर्छु उति राम्रो,मन यसै जाग्ने तिज हो कि गाईजात्रा उस्तैउस्तै लाग्ने। ✍️ होमप्रसाद नेउपाने धरान,सुनसरी । ११. संस्कृति जोगाउने गर्नुछ काम जोगाएर सबैले राख्नु छ नाम ! ✍️ आर्त अकुलीन १२. रेष्टुरेन्टमा रक्सी खाएर छर्छन् दरको भ्रम परम्परा संस्कृतिको देखिन्छ यहाँ टुटदो क्रम । ✍️ रुना कर्माचार्य दाहाल चितवन १३. तीजको गीत सुनेर म छक्क परेको होइन रत्यौली खेलेको जस्तै गरेको । ✍️ कला ढकाल, झापा १४. तीजको दरसँग चट्ट टिप्स लाएपछि गाह्रो त भैहाल्छ नि नानाभाँती खाएपछि । ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹 १५. हाम्रो संस्कृति रमाइलो पर्व हो तिज सबैले जोगाउ नखाउ अभक्ष्य चिज। ✍️ वि के मुखिया दार्जिलिङ,भारत। १६. जिन्दगी जिउन छ यहाँ कति गाह्रो सम्झी बसे सबै काम हुन्छ नि साह्रो। ✍️ नीमा छिरिङ भोटिया जलढका कालेबुङ भारत १७. निर्लज्ज तीजको गीतले संस्कृति माथि प्रहार लोप हुने भयो सनातन परम्परा संस्कार । ✍️ कृष्ण बजगाई। भक्तपुर १८. आज तिम्रो बिस्ताराले पोल्यो बिस्तारै आफ्नै पोल त खोल्यो । ✍️ नागेन्द्रप्रसाद यादव । १९. तीज हाम्रो संस्कृतिको रमाइलो हो पाटो भावी पिँढीलाई संस्कार दिने यो हो बाटो । ✍️ रमेश दियाली शेल्पू सिटोंग दार्जिलिङ। २०. आजभोलि तीज गीत कस्ता हुन थाले हेर्दा पनि कताकता लाज लाग्ने खाले । ✍️ डिल्लीराज (राजेन्द्र) भुसाल सन्धिखर्क-२, कुर, अर्घाखाँची २१. तिजको दर खाको हो कि पाटी भोज छुट्याउन सकिँदैन गर्छन् है मोज । ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा २२. तिजमा पर्व मनाउँछन् रातो सारी लगाउँदै रत्यौली खेल्छन् छिमेकी बिहे भोजमा सघाउँदै। ✍️ मोती योन्जन सुब्बा दार्जिलिङ। २३. खै कुन्नि कस्तो खाले संस्कृति हो यो तीज? जताततै देख्छु म त वियरको फिँज । ✍️ बि.कुलुङ रंगबुले दार्जिलिङ रंगबुल २४. गाह्रो पर्ला भनेर नै लाएको हो जालो जस्तो टालो तीज पर्व मान्ने आयो नयाँ परिवर्तनको पालो । ✍️ विवश पारदर्शी झापा २५. लगातार नेपाली संस्कृति हराउन थाल्यो शब्द र नृत्य नराम्रा,यही विकृतिले गाल्यो । ✍️ प्रेम थापा “मन”बागलुङ २६. तिजको मौलिकता लाग्छ हराउँदै गयो जसरी हुन्छ रमाइलो गर्ने पर्व भयो । ✍️ शोभा आचार्य गौतम काठमाडौँ २७. मैले पनि छुट्याउनै सकिन भन्छन् तीजका गीत सुन्न हेर्न लाज भयो नि बसेर परिवारसित | ✍️ सरिता सेढाई धादिङ २८. कुन जमाना आयो यस्तो खै सुन्न हेर्न लाउने गाह्रो यही पाराले हो भने संस्कृति जोगाउन झनै साह्रो । ✍️ अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन न.पा. ६ संखुवासभा । २९. वेदनाले त पाेल्दैन यहाँ आज बिस्ताराले पाेल्छ लाज थाम्छन् कसरी ? शरिरमा एकपिसकाे खाेल्छ। ✍️ रबि पाैडेल, दक्षिण भारत पाण्डेचरी । ३०. अश्लीलतामा रमाउनु नै संस्कृतिकाे उपहास याैवनकाे आहालमा डुब्दै जाँदा इज्जतकाे नास । ✍️ हिरालाल न्याैपाने बानपा ८,काेटमाैला सल्यान। ३१. कतै रमाइलो कतै भने छ रुवाबासी, अस्तित्व नै मेटाएर कसरी बस्नु हाँसी । ✍️ दीपा समभाव दुबेकोल खोटाङ्ग ३२. भन्छन् देख्दा पनि लाज लाग्ने छाडा भयो तीज राम्रोका लागि राम्रो नै चाहिन्छ होलान् नि बीज । ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे ३३. देखेका छैनन् दुःख पार्टी गर्दै दिनहुँ नाँच्छन् तीजको नाममा महिनौ नै दर खाँदै हाँस्छन् । ✍️ सुस्मिता अधिकारी ,काठमाडौँ ३४. हेर्नै हुन्न नाङ्गो नाँच नसुन्नु अश्लिल गीत पुरानै संस्कृतिसँग लगाउनु पर्छ मीत । ✍️ अरुण कुमार भुजेल गोरूबथान,कालेबुङ,भारत। ३५. कता हराए माैलिक भाखा तिजकाे गीतमा झुम्न थालेछ सबैजना आयातित रीतमा । ✍️ हरिगाेपाल न्हुच्छेँप्रधान काभ्रे, बनेपा १४ साँगा बजार ३६. विकृति र विसङ्गतिले गाउँघरमा छायो ठाडो घाँटी लगाएर दर खाने दिन आयो । ✍️ मन्दिरा सेढाई, मलेखु,धादिङ ३७. नारी तिज तिमी नारी चिन्न सके टर्छ किन तिज ? के हाे तिज ? साेच्न सक्नुपर्छ । ✍️ जी.वि.कश्यप घाेराही,दाङ ३८. हुँदाहुँदै संस्कारमा नि आयो विकृति के भनी राख्लान् खै पुस्ताले नि अब स्मृति । ✍️ इन्दु श्रेष्ठ, चितवन ३९. तीजको रमझमलाई पचाउॅंनै भयो गाह्रो छाडा प्रवृति बढ्दै जाँदा कति हुन लाग्यो साह्रो। ✍️ अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-क्यानडा,क्यालगरी। ४०. तीजका गीत भन्दा बढी छाडा गीत आउन थाले कपडा त झन् कस्ता लाउछन् यीनले इज्जत फाले। ✍️ भवानी पाेखरेल (बाबू विराज) कपिलवस्तु ४१. तिजकाे माैलिकता पाउनै भयाे गाह्रो दर खान्छन् कि दारु खुट्याउनै पाे साह्राे । ✍️ त्रिलाेचन भण्डारी मेचीनगर,झापा । ४२. चाडको नाममा पनि ढोङ्गको परिवेश रचिन थाल्यो तीजमा, समाजलाई नकारात्मक विचार छरेर नाङ्गो नाच्छन् गीतमा। ✍️ बिकास छेत्री अञ्जान कैजले, बिजनबारी,दार्जिलिङ। ४३. छाडापन भित्र्याएर मौलिक साँस्कृतिक पर्व तीजमा इङ्गित गर्दै नाँच्न थाले अति संवेदनशील चिजमा l ✍️ बाबुराम गौतम, गुल्मी ४४. संस्कार संस्कृतिमा हिजोआज विकृति छायाे शिक्षाले भूषित नारी परम्परा भुल्दै आयाे। ✍️ प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे । ४५. जता छाडा उतै गाढा, बन्न चाहन्छ मानव रत्यौली तिजको पर्व, मिसमास भयो हव । ✍️ रामशरण न्यौपाने, भक्तपुर ४६. परिवार बसेर हेर्न र सुन्न नमिल्ने गीत आयो यस्ता शब्दलाई पनि हेर कसले स्वीकृति जनायो । ✍️ सङ्गीता खरेल चन्द्रागिरी ८ काठमाडौं ४७. जति खान्छौ खाऊ तिम्रो पेट कहिल्यै अघाएन त्यत्ति माया लगाऊ भन्थे मेराे मन रमाएन । ✍️ शालिकराम दाहाल चा न पा ३ झाैखेल ४८. बुद्धको शान्ति सन्देस बिर्सेकाे नि कति भयो परेवाका जोडी हरे ! भाग्नु पर्ने गति भयो । ✍️ तुलसी शर्मा दार्मा १,सल्यान ४९. समाजमा संस्कार कता गयो संस्कृतिको कुरै छोडे इज्जत छैन बाउ माइतीको परम्परा अन्तै मोडे । ✍️ दुर्गा आचार्य मोरङ ५०. नजिकिँदै गर्दा यो तीजको पर्व विकृतिले गर्दा छोड्यो लाग्न गर्व । ✍️ सतीश पण्डित भानु ६ चुँदी तनहूँ हाल चनपा ६ मातातीर्थ। ५१. फेसन फेरियाे संस्कृति फेरियाे तीज पर्वमा झन् विकृति हेरियाे । ✍️ ताराप्रसाद चापागाईँ धुनिबेसी
काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १४८ औँ शृङ्खला सम्पन्न भएको छ । अभ्यासमा नेपाल लगायत विश्वका ५६ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो । टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १४८ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो । यस शृङ्खलामा रचना सङ्कलन टुक्काकार पुस्पा राईले गनुभएको थियोे भने तस्बिर सङ्कलन टुक्काकार शोभा आचार्य गौतमले गर्नुभएको थियो । ~<•>~ प्रतिनिधि टुक्का- १४८ हिजोको फुल मूला, आजको चल्ला म जस्तो मान्छे सामु, गर्दछ हल्ला । ✍️ वसन्त अनुभव ~<•>~
सहभागी टुक्काकारहरूका सुन्दर टुक्का कविताहरू-
[१] बोल्न पनि जान्दैन त्यो मूर्ख आलाकाँचा ज्ञान सीप केही छैन, देखाउँछ ढाँचा । ✍️ वसन्त अनुभव घोराही, दाङ [२] मजाकको कुरो कहिले बन्छ गैह्रो मिठो कुरोले अब जान्छ हाेला पैह्रो। ✍️ हन्नाह छेत्री दार्जिलिङ [३] फुल आज चल्ला भएर माथि चढ्न खाेजे माउहरू ओथाराे बस्न कुर्सी मात्र राेजे । ✍️ ताराप्रसाद चापागाईँ धुनिबेसी [४] हिजोको हिड्न नसक्ने कुखुराको चल्ला भुइंँ खोस्रिन सक्दैन बढी गर्छ हल्ला। ✍️ चुडामणी देबकोटा पुरानो नैकाप काठमाण्डौ [५] नजान्ने मानिसले लगाउॅंदा त फूर्ती चट्ट सुहाउछ ढुङ्गो बनाउँदा मूर्ति । ✍️ अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-क्यानडा,क्यालगरी [६] काम नगरिकन हिँड्छौ भएर झल्ला गरेर देखाएको भए हुन्नथ्यो हल्ला । ✍️ अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन न. पा. ६ संखुवासभा [७] केको घमण्ड हाेला यो बुझी नसक्नु अरू बोल्या छैन कति सकेको बक्नु । ✍️ अरुण कुमार भुजेल गोरूबथान कालेबुङ,भारत [८] सधैँ आफूमाथि माथि अरू देखुँ तल आफू बस्ने सिंहासन अरु सधैं ढल । ✍️ देव मगर तिनाउ,पाल्पा [९] बेकार छ अहंकार नश्वर तनको मात लाग्दछ मानिसलाई नै धनको । ✍️ कार्की डिबी माकुम सुनवल-४, नवलपरासी [१०] कहाँको कालू,कहाँको भालु मेरा छेउमा नबन ठालु । ✍️ होमप्रसाद नेउपाने धरान,सुनसरी [११] लाग्नथाल्यो माउभन्दा चल्लै पो बास्ने यी नै ले पो गर्लान् कि बुढो मुरो छास्ने । ✍️ पुष्पा राई खाेटाङ [१२] नत भाले न पाेथी निस्कियाे लौन कस्तो चल्ला देशमा सुशासन लाउने गर्छन् मात्रै हल्ला । ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे मध्यपुर ठिमी ५ संगम काेलानी राधे राधे भक्तपुर [१३] मुखमा राम राम बगलीमा छुरा, माउको भन्दा यी चल्लाको ठूलो कुरा। ✍️ रमेश दियाली शेल्पू सिटोंग दार्जिलिङ [१४] अरूलाई होच्याएर किन पो बोल्छौ साथी एक दिन अवश्य सबैले जानु छ माथि । ✍️ राजेशराज गड्तौला कॅाडाघारी, काठमाण्डौ [१५] फुल चल्ला आजभोलि परिवर्तन खोज्छन् ठुला माउ ओथारो बस्ने कुर्सीमात्र रोज्छन् । ✍️ बेदु न्यौपाने [१६] बाह्र सत्ताइस नगर तिमी कुरा खै!बाटो छोड ,मेरो सामु तिमी भुरा। ✍️ रुना कर्माचार्य दाहाल चितवन [१७] पुर्खाको नामले नै केवल विश्वलाई मिचियो अब बोल्न सकिदैन आफ्नैबाट घाँटी थिचियो । ✍️ अन्मोल मुस्कान तकदाह छाउनी,दार्जिलिङ [१८] पाेथीबाट जन्मको होला सायद चल्ला गाउँभरि नगरे हुन्थे अति ठूलो हल्ला । ✍️ श्रीकृष्ण धामी बझाङ [१९] भुइँमा नै उम्रेकोथ्यो आकाश छुन्छु भन्थ्यो औकातमा नझरेसम्म कस्लाई पो गन्थ्यो ? ✍️ चिरञ्जीवी श्रेष्ठ धनकुटा, हाल काठमाडौ [२०] कुरा बुझी आजबाट मनैदेखि जाग गाउँघर ब्युँझाएर विकासमा लाग । ✍️ आर्त अकुलीन [२१] माउभन्दा त चल्ला बाठा आजकल हुनै पर्याे अघिसम्म यतै थियाे अहिले फेरि कता मर्याे । भवानी पाेखरेल (बाबू विराज) बाणगङ्गा १ चार नम्बर कपिलवस्तु [२२] हिजोका चल्ला गर्छौ ठुला कुरा हाम्रा छेउमा तिमी सबै भुरा । ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा [२३] घमण्ड गरेर के हुन्छ र न आउँदा ल्यायौ न जाँदा लान्छौ यो त सबै नाटक न हो थाहा पाएपछि बेकार मान्छौ ✍️ अम्बिका अधिकारी झापा बिर्तामोड [२४] तिमी खाउ तिमी लुट तिम्रै रहेछ दिन तिम्राे चाला देखी मलाई लाग्न थाल्यो घिन। ✍️ अरुण कुमार भुजेल गोरूबथान कालेबुङ,भारत [२५] जसको गोठमा छैनन् गाईवस्तु उसैलाई चाहिने दिनहुँ खिर आफु सही भए दुनियाँले जेसुकै भनुन् व्यर्थै किन लिने हो पिर । ✍️ सुनगाभा पोखरेल हाल: नेपालगन्ज [२६] एक हातले ताली बज्दैन बुझेर भित्र पस्नु नालीबेली उखेल्दै पर्ला जमिनमा घुँडा धस्नु । ✍️ जमुना आचार्य [२७] हिजोको नै थियो अण्डा आजको चल्ला उमेरभरि गफ आयो बुद्धि बल्ला । ✍️ बिबा तामाङ लाटपञ्चर खरसाङ सिटोङ थ्री [२८] माउ चल्ला या त होस् भुरा सुन्नुपर्छ सबैका कुरा । ✍️ दीपा समभाव खोटाङ [२९] राम्राे म अक्षरारम्भमा नै जानेकाे हिजोको फुच्चे मलाई कम ठानेकाे । ✍️ प्रद्युम्न चालिसे भक्तपुर कठुञ्जे [३०] ठूल्ठूला कुरा नगर हिजो अस्तिका चल्लाले केही बिगार्न सक्दैन तिमीहरूको हल्लाले । ✍️ अनिता भण्डारी ताप्लेजुङ [३१] पहिले हामीसँग, गर्थ्याैं नि भेट अहिले अरूसँग, बनायाै सेट । ✍️ डिल्लीराज (राजेन्द्र) भुसाल सन्धिखर्क-२, कुर, अर्घाखाँची [३२] यो पाराले जिन्दगी कसरी चल्ला गर्नुहुन्न भन्छौ आफैँ गर्छौ हल्ला । ✍️ प्रतिज्ञा प्रतिज्ञा मेहेलकुना, सुर्खेत [३३] सूर्य सामु बत्तीलाई पो दाज्न थाले म त भ्रष्टाचार रोक्ने पुरानै पाले । ✍️ सुस्मिता अधिकारी, काठमाडौँ [३४] भो ठूला गफ नगर थियौ चल्ला कसले बनायो ठूलो गर्छौ हल्ला । ✍️ शोभा आचार्य गौतम काठमाडौँ [३५] कतातिर संस्कृति हाम्रो जादैछ पश्चिमी संस्कारले आज खादैछ। ✍️ कला ढकाल झापा [३६] अति गर्याै तिमीले सबैतिर बेकामे बखान नखनाैँ है जिउँदाे छँदै आफ्नै गहिराे चिहान । ✍️ हरिगाेपाल न्हुच्छेँप्रधान काभ्रे, बनेपा १४ साँगाबजार [३७] नेताको नाम काले देशको पैसा हाले । ✍️ नीमा छिरिङ भोटिया जलढका, कालेबुङ [३८] आफू जुन पृष्ठभूमिबाट आएको हो नि अरूलाई पनि त्यस्तै ठान्छ यस्ता नाथे जो कोही नै होस् सभ्य र सुसंस्कृत नागरिकले किन मान्छ ? ✍️ पवनकुमार बुढाथेाकी काठमाडौं [३९] भनिन्छ सिक्का भुइँमा खस्दाखेरी, आउँछ ठूलै आवाज तर हाम्रा ठुला पार्टीहरू हुँदारहेछन् झन् चालबाज । ✍️ कबिताहरी सुन्दर हरैंचा नगरपालिका १, मोरङ [४०] जो छ स्वार्थपनको भोगी उही हो मस्तिष्कको रोगी । ✍️ प्रेम थापा “मन”बागलुङ [४१] वचनका काँडाहरू भित्रभित्रै लुक्छ तन घाउ हुन्छ निकाे मन भने सुक्छ । जी.वि.कश्यप घाेराही,दाङ [४२] हल्लैहल्लामा चल्ने देशमा किन दोष चल्लालाई हल्ला गर्न नसिक्या चल्ला मर्छ दाना पानी नपाई । ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे [४३] हाे नाच्न नजान्ने आँगन छ टेडाे धेरै कराउछ, किन हुन्छ भेडाे ? ✍️ रबि पाैडेल दक्षिण भारत, पाण्डेचरी [४४] जुन गोरुको सिङ छैन उसको नाम हेर तिखे काम गर्नु छैन केही अर्काको खेदो खन्छ्स् ए लिखे ! ✍️ भगवती दवाडी दमक, झापा [४५] हिजोआज चल्लाहरू कुरा ठूला गर्छन् अनावश्यक बखेडाले मस्तिष्क भर्छन् । ✍️ त्रिलाेचन भण्डारी मेचीनगर,झापा [४६] आफ्नै खुट्टामा बन्चरो हान्ने ठान्छन् आफैँलाई धेरै जान्ने । ✍️ बिके मुखिया दार्जीलिङ, भारत [४७] माउभन्दा चल्ला जान्ने हँसिया भन्दा कर्द लाग्ने नेतृत्वमा खिँया लाग्यो सत्ता भन्दा बुढा नै जाग्ने । ✍️ देव मगर तिनाउ,पाल्पा [४८] मान्छे मान्छे बीचमा हुन्छ किन भेदभाव जिउँदा देवता पन्छाई ढुङ्गामा छ ख्वाव । ✍️ ईश्वर साउद (भिक्षु ) रामारोशन गाउँपालिका ६ अछाम [४९] कानमा खुसुक्क भन्छु भनेको मान्नू को हुँ म नसोध्नू केही आफैँले जान्नू । ✍️ रचना शर्मा प्रतीक्षा इमाडोल ललितपुर [५०] आलु खाई पेडाको धाक लगाउँछ पाजी माखो मार्न सक्ने होइन, बन्नुपर्ने काजी । ✍️ सन्तु खत्री पोखरा, हाल भक्तपुर [५१] हेप्छ यसै सबैलाई ठूलो मान्छे ठानेर आफ्नै घमण्डमा डुब्छ उहिल्यैको जानेर । ✍️ अच्युत घिमिरे सर्पाङ, भुटान [५२] सीप न ज्ञान, बिनारूप तिम्रो, गला न कला, केलाई हो मान्ने ? कसैले तपाईँ भनाेस् या नभनाेस् तिमी आफैँ हुनखाेज्ने जान्ने । ✍️ रामप्रसाद पुरी बादेल, खाेटाङ [५३] नबोले पनि के गर्नु ? देश तन्नम पार्दछौ उकालोतिरको यात्रा, ओरालोतिर झार्दछौ । ✍️ रामशरण न्यौपाने भक्तपुर [५४] टुक्का कविता चल्लाहरूले खोजिरहेछन् गिराउने दाउ तर तिनले सोचे जत्तिँकै सोझा छैनन् माउ l ✍️ बाबुराम गौतम, गौतम [५५] जसले लिन्छ, अहङ्कार तिम्रै कति ठुलो झङ्कार । ✍️ कृष्ण बजगाई भक्तपुर [५६] छुट छ जसले पायो नि उसले मपाई हो भन्ने काम गर्न नसके नि हल्लाले नै भाइरल बन्ने । ✍️ सुशील शिखा काठमाडौं कागेश्वरी
काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १४५ औँ शृङ्खला सम्पन्न भएको छ । अभ्यासमा नेपाल लगायत विश्वका ५० जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो । टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १४५ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
प्रतिनिधि टुक्का- १४५ जिउँदोमा मात्र किन मर्दा पनि त गर्नुपर्यो विभेद संस्कार प्रचलन जोगाउँदा नि जनाउनु पर्छ खेद ? वसन्त अनुभव ~<•>~
सहभागी टुक्काकारहरूका टुक्काहरू-
~<•>~ जनताहरू अबुझ छन् केही बुझ्दैनन् कुरा अग्रगामी कदमको नि ! गर्छन् विरोध पूरा । ✍️ वसन्त अनुभव घोराही, दाङ ~<•>~ अग्रगामी सरकार हाम्राे भइरहन्छ विभेद धनीलाई छ मान सम्मान गरिबलाई निखेद । ✍️ ताराप्रसाद चापागाईँ धुनिबेसी ~<•>~ दैवको पनि अनौठाको लीला मुटुमा रोप्यो फलामको किला । ✍️ सतीश पण्डित भानु ६ चुदी तनहूँ हाल चनपा ६ मातातीर्थ ~<•>~ जब कानुनमा नै छ त जन थिचोमिचो प्रचलित संस्कार किन नहोस् उँचो निचो । ✍️ इन्दु श्रेष्ठ, चितवन ~<•>~ दैवले बजारेको लाठी सहनु जनताले कति ? त्यत्रा मानिसको ज्यान जाँदा मन पोल्यो भतभती । ✍️ अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन। ~<•>~ नेपालीमै कति हुन्छन् जहाज क्रस, कति पल्टिन्छन् बस मृतक परिवारको चित्कारले, मुटु पोल्छ चस चस । ✍️ कबिताहरी सुन्दर हरैंचा नगरपालिका १ मोरङ ~<•>~ यस्तै छ जताततै भन्छन् सबै चलिआएको रित राम्रो गरेपनी नबुझेपछि हुन्न रहेछ हित । ✍️ अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन न. पा . ६ संखुवासभा । ~<•>~ केही भन्न खोज्छु बोल्न हिम्मत आँट जुट्दैन आँसु झर्छ मलाई केही बोल्न बोली फुट्दैन । ✍️ चुडामणी देबकोटा पुरानोनैकाप काठमाण्डौ ~<•>~ धेरै मानिसको अकालमा ज्यान जान्छ खेर हाम्रो देशमा लासमाथि विभेद हुन्छ हेर । ✍️ अनिता भण्डारी ताप्लेजुङ ~<•>~ जताततै देखिन्छ अचेल सांसारिक भेद आखिर सबै पढ्दा रहेछन् देखावटी वेद । ✍️ राजेशराज गड्तौला कॅाडाघारी, काठमाण्डौ ~<•>~ व्यवहार अलग छ, गुलिया छन् भाषण आफ्नो बिरानो छुट्याउँदै हान्ने गर्छन् वाण । ✍️ प्रेम थापा “मन”बागलुङ ~<•>~ नेपालीको जिब्रोमै झुन्डिएको छ विरोध गर्ने चलन सत्य तथ्य के हाे नुबुझी रिसले सधैँ नै हुन्छ जलन। ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर । ~<•>~ मेरो मृत्युको खबरको , तमाम छ न्यूज त्यही खबर सुनेर, लाखौं आउँछ भ्यूज । ✍️ नागेन्द्रप्रसाद यादव ~<•>~ यहाँ मानिस मानिसमा पनि भेदभाव भयाे एयरपाेर्ट अनि त्रिशूली दुवैमा ज्यान गयाे ।। ✍️ रबि पाैडेल, दक्षिण भारत पाण्डेचरी ~<•>~ विभेदमै जकडियो हाम्रो देश खै कल्ले पो बदल्ने हो परिवेश ? ✍️ कमला देवकोटा ,पाल्पा ~<•>~ सरकारले हामीलाई जनता मान्दैन न कानुन न सरकार हाम्रो कोही छैन । ✍️ पुष्पा सुवेदी नेपालगन्ज,बॅाके। ~<•>~ काेही हराए आकाशबाटै काेही त्रिशूलीमा खसे त्यत्राे घटना घट्दा नेता कानमा तेल हाली बसे। ✍️ भवानी पाेखरेल ( बाबू विराज) बाणगङ्गा १ चार नम्बर कपिलवस्तु ~<•>~ जिउँदोलाई मात्र हैन मुर्दालाई पनि गर्छन् अपमान समृद्ध देशका अशिक्षित जनता यति कुरा तिमी जान । ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा ~<•>~ आफ्नै छ सुर ताल यी मानिसको जाल ! ✍️ आर्त अकुलीन ~<•>~ केरा पाएर पुग्नअघि सत्तामा मुख मिठ्याउँदै मुस्कायाै अरुकाे झैँ ठानेर काम गर्ने बेलामा आफ्नै धाेती खुस्कायाै । ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ । ~<•>~ जिन्दगी आखिर दैवकाे रहेछ भगवान् लिला मुटुमा राेप्छ उसले हेर्नेहाेस् त फलामे किला । ✍️ श्रीकृष्ण धामी – बझाङ ~<•>~ कति गर्छौ आनाकानी भ्रष्टाचारले देश मासिँदैछ बाटोघाटोको बिकासमा कन्जुस्याइँ माटो भासिँदैछ । ✍️ अम्बिका अधिकारी झापा बिर्तामोड ~<•>~ कहिल्यै पनि फेरिएन जनताप्रतिको तिम्रो नियत मृत्युमा पनि विभेद गरी देखायौ आफ्नो असलियत l ✍️ बाबुराम गौतम, गुल्मी ~<•>~ यहाँ मानिसको आँखाले गर्छ भेदभाव नपत्याउने कुरा गर्छ देखाउछ ख्वाव । ✍️ दीप गोले तामाङ चन्द्रपुर-१, रौतहट ~<•>~ उड्दा भुइँमा खस्ने गुड्दा नदीभित्र पस्ने जागौँ कहिलेसम्म रमिता हेरेर बस्ने ? ✍️ बिके मुखिया दार्जीलिङ भारत। ~<•>~ आमाकाे माया भगवान छन् दायाँ धेरै राम्रा दिन कुनै पनि बेला नगर्नु है हेला आमा सधै चिन । ✍️ डिल्लीराज (राजेन्द्र) भुसाल सन्धिखर्क-२, कुर,अर्घाखाँची ~<•>~ सवार नगरी नहुने दैवकाे लेखाले सास अन्त्य हुने सिजन नै यसै उडे पनि गुडे पनि पार्दछ हेर रुने । ✍️ भाेलामान बर्देवा धरान ८ सुनसरि ~<•>~ दिन बिग्रेपछि कसैले सहयोग नगर्ने सरकार त के त्यहाँ दैव नै छेउ नपर्ने । ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹 ~<•>~ यात्रा आखिर यात्रा नै हाे उड या गुड दशा बिग्रे केही लाग्दैन हात्तीको सुँड । ✍️ हरिगाेपाल न्हुच्छेँप्रधान काभ्रे, बनेपा १४ साँगा बजार। ~<•>~ न्यायमूर्तिले आँखा छोपे जताततै हुने विभेद भतेरो पाउने बेला आयो भने थन्क्याउँछ वेद । ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे ~<•>~ उडेर होस् या गुडेर एकै हो त्यो मरण झन्डा झुक्ने उड्न्यालाई कस्तो चिरहरण । ✍️ राज बहादुर बडुवाल कनकासुन्दरि- ५,जुम्ला ~<•>~ मान्छे मान्छे एउटै हो , भन्छन् विभेद गर्नु हुँदैन दलितको मरेको लासलाई कोही किन छुदैन ? ✍️ वेल थोकर तामाङ बकैया_८ // बस्तिपुर // मकवानपुर ~<•>~ रोपेको बोटले फल दियो भनेर मान्नुपर्छ दिएको भोटले गरेको करामत ठान्नुपर्छ । ✍️ सुस्मिता अधिकारी ,काठमाडौँ ~<•>~ यहाँ हरेक काण्डमा विभेद झल्किन्छ चलेको यो संस्कार जोगाउन पल्किन्छ । ✍️ शोभा आचार्य गौतम काठमाडौँ ~<•>~ किन गर्नु पर्यो विभेदरहित व्यवहार ? आफ्नो नौका पुगेपछि सुरक्षित नदी पार । ✍️ अरुण कुमार भुजेल गोरूबथान कालेबुङ,भारत। ~<•>~ महान यदि बन्नु छ भने सुकर्मकै बाटाे राेजाै । पीडा बाेक्ने जनहरुकाे उद्दारकै उपाय खाेजाै । ✍️ हिरालाल न्याैपाने,बानपा ८,काेटमाैला, सल्यान ~<•>~ हिँड्दा पनि काल सँगसँगै छ अघिपछि हेर्दै तर्केर समय कति निष्ठुरी यात्रामा आउँदै छ काल पर्खेर । ✍️ घनश्याम पन्त हरिवन सर्लाही ~<•>~ जन्म अनि मृत्युमा समेत गर्छ राज्यले भेदभाव छुट्याउन सक्दैन कुन हो असल कुन हो खराव । ✍️ बाबुराम पाण्डे अर्घाखाँची ~<•>~ कतिखेर समाप्त हुन्छ जीवन कसले छ देखेकाे ? आफैँ मेटाएर मेटिन्न निधारमा भावीले लेखेकाे । ✍️ केसर बाेहरा ( सङ्घर्ष ) सुदूरपश्चिम अछाम । हाल भारतबाट ~<•>~ लेखिन्छ कहाँ भाग्यकाे रेखा काेर्ने हाे आफैले नासिन्छ दिमाग जहिले नि खाेजेमा नाफैले । ✍️ जी.वि.कश्यप घाेराही,दाङ । ~<•>~ पुरानो नै यो छ चलन मान्छेले गर्दछ जलन । ✍️ नीमा छिरिङ भोटिया जलढका कालेबुङ ~<•>~ जनताले नेतालाई ठुल्ठालु आदरणीय मान्छ उसले मरेको लासमाथि पनि कमिशन खान्छ। ✍️ रमेश दियाली शेल्पू सिटोंग दार्जिलिङ। ~<•>~ मर्दा विभेद स्वीकार छ भन्दछु दाइलाई बाँच्दा विभेद गर्न नसिकाऊ है भाइलाई । ✍️ नन्दलाल आचार्य सिद्धार्थटोल, उदयपुर । हाल- एनेलकुटी, सिरहा । ~<•>~ धनी अनि गरिब बीच खाडल खनिरहन्छन्, देखादेखि विभेद गरि तगाराे बनिरहन्छन् । ✍️ त्रिलाेचन भण्डारी मेचीनगर,झापा ~<•>~ बाँच्ने रहर हुँदाहुँदै आइपुग्यो काल लिन लासमा पनि भेदभाव हुने कस्तो आयो दिन । ✍️ प्रतिज्ञा प्रतिज्ञा मेहेलकुना सुर्खेत ~<•>~ विभेदैकाे खानीमै डुबेर समय गयो रमाउदै भन्दा जिन्दगी रुदै जाने भयाे । ईश्वर अछाम ~<•>~ कहिल्यै कसैलाई नगरौँ विभेद नेपालमा आआफ्नो गरेर खान्छन् सबैले भएको भाग्यमा । ✍️लक्ष्मी रिजाल कञ्चनरूप १२, प्रगतिटोल, सप्तरी । ~<•>~ विधिवत् देशमा शासन चलेन, यसमा गहिरो खेद मृत्यु जस्तो संवेदनशील अवस्थामा समेत विभेद ? ✍️ प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे । ~<•>~ सरकारी व्यक्ति सबै नेताकै भरमा चल्न थाले जनताको चयन खुसी खोसी नेताले सबै फाले । ✍️ सुनगाभा पोखरेल हाल : नेपालगन्ज ~<•>~ लेखौँ त के लेखौँ पैसाको दममा बिकाउ बन्यौँ सरकार विरोध गरौँ त गाँस बास कपास नै खोसिन्छ बारम्बार । ✍️बिकास छेत्री अञ्जान कैजले, बिजनबारी, दार्जिलिङ।
काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १४४ औँ शृङ्खला सम्पन्न भएको छ । अभ्यासमा नेपाल लगायत विश्वका ६४ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो । टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १४४ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
प्रतिनिधि टुक्का- १४४ उनकै नाममा मेहदी लाए हातमा हरियो चुरा कुराकानी हाम्रो मिलेमा छिट्टै विवाह गर्ने छ कुरा । वसन्त अनुभव ~<•>~
सहभागी टुक्काकारहरूका टुक्काहरू-
~<•>~ प्रेम गर्यौ मसँग तिमीले कुरा अन्तै छिन्यौ महल देख्दा झुपडी छोडी चुपचाप हिन्यौ । ✍️ वसन्त अनुभव घोराही, दाङ ~<•>~ मेहदी चुरा लगाएर खाेज्ने महादेव झैँ पति व्रत छ एउटाकाे नाममा तर प्रेमी कति कति ? ✍️ ताराप्रसाद चापागाईँ धुनिबेसी, धादिङ ~<•>~ मायालु प्रेमकाे बतासले छुने छ भनेको थिए पहिले चुरापाेते अर्कैले किनिदिएछ राम्रै ठानेकाे छु अहिले । ✍️ रबि पाैडेल दक्षिण भारत पाण्डेचरी । ~<•>~ साउनमा मेहदी र चुरामा रङ्गिदैमा शिव आउँदैनन् घरमा कलह झगडा नित्य भए नारी खुसी पाउँदैनन् । ✍️ बेदु न्यौपाने ~<•>~ मैले पठाएको चुरा पोते बाला पाएकी पाएनौ मेरा नामको मेहदी हातैभरि लायौ की लाएनौ । ✍️वेल थोकर ~<•>~ एउटाको नाउँमा लाउँछन् मेहदी र हरियो चुरा पाेते सारी मौका परे अर्कै प्रेमीसँग हात समाई घुम्न जान्छन् मकै घारी । ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ~<•>~ हरिया चुरा हरियाे कपडा लगाउँछिन् नारी साउनमा लगाउँछिन् हरियाे झैँ देखिने सारी। ✍️ नवराज भट्ट कञ्चनपुर ~<•>~ हातमा मेहदी चुरा लाउँदैमा बिबाह हुँदैन कर्म गर्ने कोही कसैलाई यस्ता कुराले छुँदैन । ✍️ चुडामणी देबकोटा पुरानोनैकाप काठमाण्डौ ~<•>~ भोलि जस्तोसुकै होस्, गर्नु छ सपना पूरा फेरि साउन लाग्यो, फेर्नु छ हरियो चुरा । ✍️ शंकर कार्की मकवानपुर । ~<•>~ तिम्रै नाउँको मेहदी छ भन्थ्यौ हातमा तिमी कहाँ चम्पट कस्यौ आधि रातमा। ✍️ रमेश दियाली शेल्पू सिटोंग दार्जिलिङ। ~<•>~ पहिला गर्यौँ प्रेम अहिले किन दियौँ धोका अब फेरि पनि कसरी होला है खुला ढोका? ✍️ अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१, हालः-अमेरिका,बोस्टन। ~<•>~ जुनीजुनी सँगै जिउने होस् सपना पूरा तिम्रै नामको लाएको छु मेहदी र चुरा । ✍️ अनिता भण्डारी, ताप्लेजुङ ~<•>~ चाहिँदैन मलाई हातमा साउने चुरा माया दिनु सधैँ नरोप्नु वचनले छुरा ✍️ काजल न्यौपाने भोजपुर। ~<•>~ बिहेपछि लाउनु पर्छ, सिन्दुर पोते चुरा श्रावणको महिना लाग्यो, सुन्न आमाको कुरा । ✍️ एवाइ प्रभात सहिदभुमि धनकुटा ~<•>~ कलियुगको हुने भो असर दण्ड सजायमा प्रभु नजर । ✍️ कार्की डिबी माकुम सुनवल-४, नवलपरासी ~<•>~ मेहदी र हरियो चुरा लाउनु हातैभरि बस्नु तिमी सजिएर शृङ्गार पटार गरी । ✍ नवशिला। नवदेव मार्ग, लालभित्ती,बेलबारी,मोरङ। ~<•>~ मेहदी र चुराभन्दा चाहिन्छ सधैँ तिम्रो हात परदेशमा कसरी बिताउँदै छौ प्यारा रात । ✍️ सङ्गीता खरेल काठमाडौँ ~<•>~ प्रेम एउटासँग, सुकार्नो कस्ने अर्कैतिर मेहन्दी चुरामा सजिएर दियौ ठूलो पिर। ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹 ~<•>~ लगाऊ खुबै चुरा ती हरिया हरिया भएका छन् उनी, मिमहरूकै भरिया । ✍️ नागेन्द्रप्रसाद यादव , दाङ । ~<•>~ मेरा नामकाे लगाउनु मेहदी हातमा हरियो चुरा याे वर्ष साेचेकाे सपना हाम्रो छिटै हुनेछ प्यारी पूरा । ✍️ श्रीकृष्ण धामी – बझाङ ~<•>~ अहिले लगाइराख हातभरि मेहदी र हरिया चुरा, मङ्सिरमा विवाह गर्ने सल्लाह गरेर मिलाउँला कुरा । ✍️ विवश पारदर्शी झापा ~<•>~ उकालो देखेर भिर मनमा लाग्दैछ पिर ! ✍️ आर्त अकुलीन ~<•>~ हरिया चुरा, सारी लगायौ खै त के पो पायौ ? संस्कृतिलाई लात मार्यौ र पाश्चात्यता धायौ ! ✍️ कमला देवकोटा, पाल्पा ~<•>~ हातमा लगाउ मेहदी फूलबुट्टा काटेर केशमा लगाउ अनि काेर कपाल बाटेर । ✍️ शालिक राम दाहाल झाैखेल३ चाँगु ~<•>~ लाखाैँ क्लेश मनमा बाेकी साेमवार शिव मन्दिर धाउने जग्गेमा लाएकाे नाता नै ताेडी अर्कैसँग आँखा जुधाउने। ✍️ हरिगाेपाल न्हुच्छेँप्रधान काभ्रे, बनेपा १४ , साँगाबजार । ~<•>~ श्रावण महिनामा हातमा हरियो चुरा हे ! भगवान् हाम्रा सबै सपना हाेउन् पूरा । ✍️ केसर बाेहरा ( सङ्घर्ष ) सुदूरपश्चिम अछाम , हाल भारतबाट ~<•>~ नाैलो नयाँ मायाप्रीति तिमीसँगै गाढा भई बसिगयाे सिँगारेर देखाऊ रूप हाम्रो मिलन अब पक्का भयो । ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ । ~<•>~ मनमा सपना मीठो सोचेर बसेका थियौ होला चुरा पोते लगाउन आउन तर्न सकिन खोला । ✍️ अम्बिका अधिकारी झापा बिर्तामोड ~<•>~ हिन्दु नारी लगाएकाे छु, तिम्राे नाउँको सिन्दुर पाेते चुरा मन पर्दैन मलाई त ! नक्कली विदेशी व्यापारीका कुरा । ✍️ प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे । ~<•>~ प्रेमकाे नाममा गर्ने धेरै नाटक जीवनकाे यहाँ छैन काेही पाठक । ✍️डिल्लीराज (राजेन्द्र) भुसाल सन्धिखर्क-२, कुर, अर्घाखाँची ~<•>~ तिम्रो मनको चाहना छिट्टै होस् पुरा हतारमा नगर्नु बिहे जस्तो कुरा । पुष्पा सुवेदी नेपालगन्ज,बॅाके। ~<•>~ किन होला जताततै विकृतिका कुरा मात्रै सुन्छ जस्ले लाउँछ मेहन्दी, चुरा उसकै बिछोड हुन्छ । ✍️ मन्दिरा सेढाई, मलेखु,धादिङ ~<•>~ साउन महिनाको नाटक गरी, हेर लगाइछ्यौ चुरा भेटघाट कहिल्यै भएको छैन, के को विवाहको कुरा । ✍️ राजेशराज गड्तौला, कॅाडाघारी, काठमाण्डौ ~<•>~ साउन मासका हरिया ती मेहन्दी र चुराले मन नफाटाउनु पछि जाली र झेली कुराले । ✍️ घनश्याम पन्त हरिवन सर्लाही ~<•>~ साउन माहिनामा हरियो लाउन कसले सिकायो आरोग्यको अफवाह फैलाएर चुरापोते बिकायो । ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे ~<•>~ चुरापाेते हरियाे लाए नि मन चाहिँ राख्छाै कालाे कहिले फाल्न सकिएला र खै माकुराेकाे झैँ जालाे । ✍️ भवानी पाेखरेल (बाबू विराज) बाणगङ्गा १ चार नम्बर, कपिलवस्तु ~<•>~ माया भनेर कसैलाई नदिनु कहिले विश्वासमा धोका मेहदी चुरामा मख्ख पर्दै मनमा नलिउ खुसीको पोका । सुनगाभा पोखरेल हाल: नेपालगन्ज ~<•>~ हरियो चुरा र मेहदी बेच्नेले पैसा कमाए एक महिना राम्रो व्यापार भयो भनी रमाए । ✍️ कला ढकाल झापा ~<•>~ हरियो चुरा, मेहदी किनिदेऊ न प्यारा ! तिम्रै लागि त हो नि साँचेको जीवन सारा । ✍️ साबित्री प्याकुरेल, धादिङ्ग ~<•>~ यो भूमिमा शक्ति खेलाउनेहरूलाई सधैँ हरियाली साउन लाग्यो शक्तिबाट पीडितहरूका भएका घरखेत पनि बाढीसंगै भाग्यो ! ✍️ पवनकुमार बुढाथेाकी काठमाडौं ~<•>~ हतारिनु हुन्न हजुर वर्षा मासको बेला कुरा मिलाई राखि असाेजतिर हुनु भेला । ✍️ अरुण कुमार भुजेल गोरू बथान कालेबुङ,भारत। ~<•>~ पर्खेर बसेकी छु कहिले आउछौ भन उतातिर लागेछौ कि यता दिएर मन । ✍️ प्रतिज्ञा प्रतिज्ञा मेहेलकुना सुर्खेत ~<•>~ अरू केही चाहिँदैन देखाउनु सदैव आफ्नोपन सम्बन्ध गाढा राख्ने भए नगर्नु कहिल्यै गनगन l ✍️ बाबुराम गौतम, गुल्मी ~<•>~ एकले लगाई हिँडे सबैले लगाउनु पर्ने देखासिकी गरेर हिँडदा त आफ्नै संस्कार हर्ने । ✍️ दुर्गा आचार्य मोरङ ~<•>~ मेहदी र हातमा छिनछिन चुरा किन्देऊ प्यारा कसौँला लगनगाँठो खुसी बनाई दुनियाँ सारा । ✍️ प्रविना प्रयासी ~<•>~ लगाई मेहदी, पहेला वस्त्र, लगाई हरिया चुरा व्रत बस्छु मन्दिर जान्छु प्याराको सपना गर्छु पूरा | ✍️ सरिता सेढाई धादिङ ~<•>~ सुहाउँछ तिम्रो हातमा मेहदी र चुरा लगनगाँठो कस्ने इच्छा छिट्टै हुन्छ पूरा । ✍️ चेतन खनाल (दाह्रीवाला) बङ्गलाचुली १ दाङ ~<•>~ नलाए नि मेहदी अनि हातमा हरियाे चुरा राेकिदैँन है आखिरमा विवाहका खास कुरा । ✍️ त्रिलाेचन भण्डारी मेचीनगर,झापा ~<•>~ मेहदी र चुरा, हरियो लगाएर सारी व्रत बसेर शिव कहाँ भेटिन्छन् र नारी ? ✍️ राज बहादुर बडुवाल कनकासुन्दरि -५, जुम्ला ~<•>~ वाणी पूरा नभए कुरा आउँछ लातको चुरासुराको कुरा नगरौँ यस्तो बातको । ✍️ लक्ष्मी रिजाल कञ्चनपरूप-१२, प्रगतिटोल, सप्तरी । ~<•>~ हातमा सुहाउँदो छ मेहदी र हरियो चुरा घरी घरी हुँदैन नि बिहे घरमा रून्छन् भूरा। मोती सुब्बा ~<•>~ मेरो नामको लगायो तिमीले कति हरियो चुरा भाग्य मेरो रहेछ अधुरो यसैले भएन पुरा । ✍️ नीमा छिरिङ भोटिया जलढका कालेबुङ ~<•>~ हरियो वस्त्र चुरा मेहदीमा गर्छन् नारी आफू उपवास चाहारी भट्टी पुरुष एकाबिहानै गर्छन् उल्टै उपहास । ✍️ इन्दु श्रेष्ठ, चितवन ~<•>~ माया एउटासँग विवाह गर्छौ अर्को बैँस हुन्जेल अघिपछि लाउछौ लर्को । ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा ~<•>~ हत्केलामा मेहदी हातमा हरिया चुरा बाटो मोडी नहान्नु है मेरो दिलमा छुरा । ✍️ तोयानाथ चापागाईं दमक,झापा,नेपाल ~<•>~ मायाप्रेम हुँदैन हातमा लेखेर हेर पछि नलाउ अरूकाे देखेर । ✍️ कुशल कँडेल ~<•>~ तिम्रै नामको लगाएको छु हातमा मेहदी र चुरा अबदेखि नहिँड्नु ढाटेर पछि लाग्दै सुन्दरी सुरा । ✍️ शोभा आचार्य गौतम काठमाडौँ ~<•>~ देखाउँछिन् हातको मेहदीमा एउटाको नाम बिहे गर्छु भनेर पैसा धुत्ने किन गर्छन् काम । ✍️ सुस्मिता अधिकारी ,काठमाडौँ ~<•>~ काेही खाेज्छन् मेहदी र हरिया ती पाेते चुरा मेराे भने काेही छैन छेउमा गर्ने मीठा कुरा । ✍️ हिरालाल न्याैपाने बानपा ८ काेटमाैला,सल्यान। ~<•>~ साउनभरि हरियो लगाऊ कि रातो किनाऊ महादेव पुकार्दै पतिदेवलाई नै छिनाऊ । ✍️ नन्दलाल आचार्य सिद्धार्थटोल, उदयपुर । ~<•>~ मेहदी लगाऊ मेरो नामको माया माया मर्दैन हाम्रो परे पनि छाया । ✍️ धनुष न्यौपाने “यात्री” जुम्ला ~<•>~ एउटाको नाममा हातमा मेहदी चुरा लगाएर भाग्यको खेल हो के गर्ने लगेछ अर्कैले भगाएर । ✍️ सबिता खड्का, कैलाली ~<•>~ साउनको महिना महिलाहरू लगाउँछन् मेहदी र चुरा हुने केही होइन स्वाङ पार्दै गर्छन् फेरि नानाभाँतिका कुरा । ✍️ सतीश पण्डित भानु६ चुँदी तनहुँ, हाल चनपा६ मातातीर्थ ~<•>~ देखावटी रमझम के गर्नु मन पाे ! सफा गर तिमीले चोखो माया दिए म पनि पर्थे तिम्रै भर । ✍️ सुशीला शिखा काठमाडौं कागेश्वरी ~<•>~
काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १४३ औँ शृङ्खला सम्पन्न भएको छ । अभ्यासमा नेपाल लगायत विश्वका ४८ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो । टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १४३ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
प्रतिनिधि टुक्का- १४३ नेपालीमा अङ्ग्रेजी मिसाई बोल्दा छुट्टै सान रक्षक हुँ भाषा साहित्यको, यसमै छ ध्यान । वसन्त अनुभव ~<•>~
सहभागी टुक्काकारहरूका टुक्काहरू-
~<•>~ [१] अनपढ ए पाखे भन्छन् शुद्ध नेपाली बोल्दा आधुनिक भइन्छ रे अङ्ग्रेजी पेटारो खोल्दा । ✍️ वसन्त अनुभव, घोराही, दाङ ~<•>~ [२] विदेशी भाषाले महत्त्व पाउदै गएको छ हाम्रो देशमा पाखे बनिने डरले सिक्ने रे अङ्ग्रेजी जुनसुकै भेषमा। ✍️ सुनगाभा पोखरेल, हाल नेपालगन्ज ~<•>~ [३] नेपाली भाषा विर्सिएरै के काम अङ्ग्रेजी भाषा मात्र बोल्दा नेपालको कतै नामै नआउॅंने भो यसरी ह्रदय खोल्दा। ✍️ अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१, हालः-अमेरिका,बोस्टन। ~<•>~ [४] नगरून् स्वदेशी कुकुरको विदेशी भुकाइ यसैमा देखिन्छ धैरैजसो टाउको दुखाइ । ✍️ सतीश पण्डित, भानु६ चुँदी तनहूँ, हाल चनपा ६ मातातीर्ग ~<•>~ [५] अङ्ग्रेजी सबैको संसारमा विश्वभाषा भयो मातृभाषा बोलीचालीमा जो हराउँदै गयो। ✍️ चुडामणी देबकोटा, पुरानोनैकाप काठमाण्डौ ~<•>~ [६] अंग्रेजी भाषाले नेपालीलाई दास बनायो आज हाम्रो भाषा,धर्म,संस्कृतिलाई लास बनायो आज। ✍️ दीप गोले तामाङ, चन्द्रपुर -१, पौराई, रौतहट ~<•>~ [७] आखिरीमा भुलेर भाषा धर्म बिग्रेको हो सबै संस्कार कर्म ! ✍️ आर्त अकुलीन ~<•>~ [८] नेपाली साहित्य भाषा हाे, हामी सबैले बाेल्ने आधुनिक युग भएर अङ्ग्रेजी भाषा खोल्ने । ✍️ श्रीकृष्ण धामी – बझाङ ~<•>~ [९] बुढा बुढी पनि अङ्ग्रेजी घुसाई नबोले छोराछोरीले हेप्ने नबोले पाखे हा कस्तो समय आयो सदा पास्चात्यताले चेप्ने ! ✍️ कमला देवकोटा, पाल्पा ~<•>~ [१०] सधैँ राम्रो हुन्छ आफ्नै मातृभाषा हो अंग्रेजी जस्तै शकुनीको पासा । ✍️ कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी ~<•>~ [११] बोल्दाखेरि उडाएर अंग्रेजीका छर्रा अरू सामु देखाउँछु सभ्यताको ढर्रा l ✍️ बाबुराम गौतम, गुल्मी ~<•>~ [१२] पराइकाे हैन आफ्नै भाषाकाे ससम्मान गराैँ लेखाइ बाेलाइमा आफ्नैपनकाे मीठास भराैँ। ✍️ हरिगाेपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा १४ साँगा बजार। ~<•>~ [१३] जो जसले गर्छ, अङ्ग्रेजी मिसाएर सान देखाएर अघि सर्ने यिनै हुन् नेपाली शब्द अनि नेपालीपनको चीरहरण गर्ने । ✍️ प्रेम थापा “मन”बागलुङ ~<•>~ [१४] बोल्नुपर्छ है अङ्ग्रेजी मिसाई आजभोलि नत्र गर्दैनन् स्वागत कसैले दिल खोली । ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाई ४ झापा ~<•>~ [१५] वान, टु, थ्री, फोर भाषा मास्ने चोर । ✍️ नागेन्द्रप्रसाद यादव । ~<•>~ [१६] आफ्नो भाषाभेष बिर्सिएर कता हुन् गएका बिदेशी संस्कार भित्राएर कति रमाएका । ✍️ कला ढकाल, झापा ~<•>~ [१७] किन गर्छौ यो भाषाको तिमी हेला फेरि पछि पर्ला नि हजुर फेला। ✍️ नीमा छिरिङ भोटिया, जलढका कालेबुङ ~<•>~ [१८] जसरी पनि एकअर्कालाई बुझ्नु र बुझाउने भाषा रोज्नु पर्छ सरल र कर्णप्रिय भाषा हो भने दुबो जमिनमा सरेझैँ सर्छ । ✍️ पवनकुमार बुढाथेाकी, काठमाडौँ ~<•>~ [१९] आमा ममी बाबा ड्याडी बाँदर भयो मङ्की मातृभाषा भुलेर भोलि बन्छौ हामी डङ्की । ✍️ बिके मुखिया, दार्जीलिङ,भारत। ~<•>~ [२०] पश्चिमी सभ्यताले बिस्तारै ढाँकिदै जाँदै छ हाम्रो देश संसार एउटै हुन लाग्यो भन्छ फेरिँदैछ परिवेश । ✍️ अम्बिका अधिकारी, झापा बिर्तामोड ~<•>~ [२१] पश्चिमी सभ्यतामा रमाउँदै हामी नेपाली आफ्नो भाषा र संस्कार पनि लादैछन् पखाली । ✍️ दुर्गा भट्टराई, मोरङ ~<•>~ [२२] लगाएका छन् छोटाछोटा लुगा आफ्नो इज्जत फाले नेपाली मौलिक भाषा बिर्सिए अङ्ग्रेजी बोल्न थाले । ✍️ अनिता भण्डारी, ताप्लेजुङ ~<•>~ [२३] हराउँदै छ नेपाली भाषा बन्न खोज्छन् सबैले मान्ने अनेक भाषा मिसाई बोले त ठान्छन् आफूलाई जान्ने । ✍️ सुशीला शिखा, काठमाडौँ कागेश्वरी ~<•>~ [२४] अङ्ग्रेजी राम्ररी बोल्न जाने विद्वान गनिन्छ नजान्नेलाई अनपढ गँवार पो ! भनिन्छ । ✍️ विवश पारदर्शी, झापा ~<•>~ [२५] अङ्ग्रेजी भाषा नबोली नहुने भयो आफ्नो भाषा साहित्य लोप हुँदै गयो | ✍️ सरिता सेढाई धादिङ ~<•>~ [२६] अङ्ग्रेजी पनि सिक्नुपर्ने, नेपाली भाषामा नफ्याकौँ पासा जहाँ गए नि पछि नपरौँ बोल्न सिकौँ यसैमा छ खासा । ✍️ सबिता खड्का, कैलाली ~<•>~ [२७] मन त थियो रमाउन विश्वभर डुल्दै अङ्ग्रेजी बोल्छन् यहाँ सबै आफ्नो भाषा भुल्दै । ✍️ प्रतिज्ञा प्रतिज्ञा, मेहेलकुना सुर्खेत ~<•>~ [२८] अङ्ग्रेजी त बाेल्छन् सबै काठे भाषा मिसाई धर्म पनि मान्ने गर्छन् हिन्दु छाेडी इसाई । ✍️ भवानी पाेखरेल( बाबू विराज), बाणगङ्गा १ चार नम्बर, कपिलवस्तु ~<•>~ [२९] विदेशी भाषा पनि अहिले आवश्यक छ रोजगारको लागि आफ्नै भाषा महत्वपूर्ण लाग्छ, अन्यत्र कहाँ जान छ र भागी ? ✍️ शोभा आचार्य गौतम, काठमाडौँ ~<•>~ [३०] पिउँदा सिकायो सुरामा आइस टुक्रा घोल्न सुराले बेफिक्री भयो अङ्ग्रेजी फरर बोल्न । ✍️ कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे ~<•>~ [३१] दुई वर्ष अमेरिका बसेर आमालाई नै अङ्ग्रेजीमा थर्काउँछ बाबुकाे परिचय दिँदा साथीलाई नाेकर भनी मुख फर्काउँछ । ✍️ रबि पाैडेल, दक्षिण भारत पाण्डेचरी ~<•>~ [३२] हाेडबाजी बढ्दैछ झन् सम्पन्नता देखाउने आफ्नै भाषा लत्याएर अङ्ग्रेजीमा लेखाउने । ✍️ ताराप्रसाद चापागाईँ, धुनिबेसी ~<•>~ [३३] भाषा बिगार्न खोज्नेले आधुनिकताको ताज लाए संरक्षक भन्नेहरूले मातृभूमिको नाता खाए । ✍️ सुस्मिता अधिकारी, काठमाडौँ ~<•>~ [३४] कुरा गर्ने रहर विदेशीकै भाषा छानीछानी आफ्नो मातृलय बिर्सेर बोल्दैछौँ जानी नजानी । ✍️ जमुना ~<•>~ [३५] जहाँ पनि अङ्ग्रेजीलाई दिनु हुँदैन मान आफ्नो भाषा साहित्यको जोगाउनु पर्छ सान । ✍️ पुष्पा सुवेदी, नेपालगन्ज,बॅाके। ~<•>~ [३६] आफ्नो भाषा नै आउँदैन यहाँ अरूको भाषा बोल्छन् मान्छेहरू अचेल अङ्ग्रेजीमै मनको कुरा खोल्छन् । ✍️ वेल थोकर तामाङ ~<•>~ [३७] दुनियाँमा सिक्नु हो कुरा ठूलो भाषासाहित्यका भानु हुन् कुलो । नन्दलाल आचार्य, बेलका २, उदयपुर । ~<•>~ [३८] सबै भाषाको ज्ञान सिक्नु पाए सप्रिएला गति मौलिक भाषा नै बिर्सिन थाले बिग्रिएला मति। ✍️ रमेश दियाली, शेल्पू सिटोंग दार्जिलिङ। ~<•>~ [३९] विदेशी पहिरन र भाषा बोल्न सबै हुरुक्क कति प्यारो आफ्नो भाषा सुन्दा हामी बन्छौँ लुरुक्क । ✍️ काजल न्यौपाने, भोजपुर। ~<•>~ [४०] सभ्यता पश्चिमको रहेछ यहॅा सिक्नुपर्ने नेपाली शब्द साहित्यबाट अब झिक्नुपर्ने । ✍️ राजेशराज गड्तौला, कॅाडाघारी, काठमाण्डौ ~<•>~ [४१] म त सधैँ नेपाली भाषा नै बोल्छु सजिलो गरेर आफ्नो पीर खोल्छु । ✍️ अरुण कुमार भुजेल, गोरूबथान, कालेबुङ, भारत। ~<•>~ [४२] भाषाको रक्षक भन्दछौ, अङ्ग्रेजी मिसाएर सान भर्छौ टुक्कामा अशुद्धता धेरै देख्छु, तिनलाई वेवास्ता गर्छौ । ✍️ गोपालकृष्ण डंगोल, काठमाण्डौँ । ~<•>~ [४३] नेपालीकाे दुहाई दिने बाेल्छन् अंग्रेजी ठुटे विद्यालयमा नजान्नेलाई शिक्षकले कुटे । ✍️ डिल्लीराज (राजेन्द्र) भुसाल, सन्धिखर्क-२, कुर, अर्घाखाँची ~<•>~ [४४] जहाँ पुग्छु, सम्झन्छु आफ्नै आँगन, आफ्नै मातृभाषा अंग्रेज़ी भाषा कमाई खाने मात्र हुन्, लाग्दछ खासा । ✍️ मोती योन्जन सुब्बा, दार्जिलिङ निमकी डाँडा। ~<•>~ [४५] विदेशी भाषा हुने बोल्दा सान गर्छन् आफ्नो भाषाको अपमान । ✍️सङ्गीता खरेल, चन्द्रागिरी ८ काठमाडौँ ~<•>~ [४६] शुद्ध नेपाली बाेल्ने पाखे र बुद्धु हुन्छ अंग्रेजी मिसाएर बाेले सबैले सुन्छ । ✍️ प्रद्युम्न चालिसे, भक्तपुर कटुञ्जे । ~<•>~ [४७] आफ्नै प्याराे जन्मस्थल मिठाे भाषाभेष मान सम्मान पाइने बस्दा आफ्नै देश। ✍️ हिरालाल ~<•>~ [४८] जानी नजानी अङ्ग्रेजी शब्द बाेल्दैमा ठूलाे हुने साेच त्यागेर मातृभाषा बाेल्न थालाैँ मनै छुने । ✍️ रामकृष्ण रिजाल, बागलुङ ~<•>~
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो । टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १४२ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
प्रतिनिधि टुक्का- १४२ फुटेको आँखाले नै नहेर्ने छन् त्यसमाथि जल्नेहरू आफ्नो केही ह्याउ छैन, खाली अर्काको खुट्टा मल्नेहरू । ~<•>~
सहभागी टुक्काकारहरूका टुक्काहरू-
~<•>~
[१] कति गर्छन् आरिस पनि स्वघोषित वरिष्ठहरू आफैँ गर्नु नि नवीन कुरा व्यर्थै जल्नुभन्दा बरु । ✍️ वसन्त अनुभव घोराही, दाङ ~<•>~ [२] खुट्टा माेलेर नै माथि चढ्नेहरू छन् धेर खुट्टा तान्नेकाे त कथा धेरै भयाे झन् हेर । ✍️ ताराप्रसाद चापागाईँ धुनिबेसी ~<•>~ [३] आफ्नै घमण्डमा रमाउने, अरूको दुःखलाई हँसाउनेहरू धेरै भेटे मुखले ठूलो कुरा गर्दै अरूलाई फँसाउनेहरू। ✍️ अच्युत घिमिरे सर्पाङ, भुटान 🇧🇹 ~<•>~ [४] अर्काको रिस गर्ने जल्ने उत्तिखेरै रुने अरूको मात्र आरिसले प्रगति नहुने । ✍️ चुडामणी देबकोटा पुरानो नैकाप काठमाण्डौ ~<•>~ [५] देखिँदैनन् कत्ति ती नेताहरू खाली जल्ने भन्दा बरू जनता ठिक तुलनात्मक रुपमा गन्दा । ✍️ अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन। ~<•>~ [६] वरिष्ठहरूलाई जल्नदेऊ बरु जलेर मरुन् ह्याउ नभई खुट्टा तान्नेहरू अर्कै को पाउ परुन् । ✍️ बेदु न्यौपाने 🌹🌹 ~<•>~ [७] अरूको प्रगतिमा छ्न् हेर खुट्टा तान्ने जल्ने डाहाले छैन हिम्मत गरी देखाउने मर्छन् अरूको आहाले । ✍️ इन्दु श्रेष्ठ, चितवन ~<•>~ [८] मेरो प्रगतिमा डाह गर्ने धेरै धेरै छन् यहाँ यस्ता चेतनाले हामी नेपाली बढ्छ अघि कहाँ ? ✍️ दीप गोले तामाङ, रौतहट ~<•>~ [९] यहाँ चोखो माया गर्नेलाई धोका दिन्छन् झुटो आश्वासन देखाएर खुसी छिन्छन्। ✍️ कला ढकाल, झापा ~<•>~ [१०] तिमीले नहेरेर के भो र माया म हुन्छु है सधैँ तिम्रै दायाँबायाँ । ✍️ शशीश्री आचार्य बौद्ध कुमारीगाल काठमाडौँ ~<•>~ [११] अर्काको प्रगतिमा जल्नेहरू मतलव छैन जलिरहुन् त्यस्तालाई पैतालामुनि राखेर नै आफूहरू फलिरहुन् । ✍️ सतिस ~<•>~ [१२] प्रशस्त भए पनि आउँछन् हेर, जोगीको भेषमा चियोचर्चो गर्दै हिड्ने बानी परिसक्यो यो देशमा । ✍️ अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा – ६ संखुवासभा । ~<•>~ [१३] उद्यमी माटोमै सुन फलाउँछ आह्रिसे डाहमा हियो जलाउँछ । ✍️ बिके मुखिया, दार्जीलिङ,भारत। ~<•>~ [१४] आफू पनि गर्दैनन् अनि खुट्टा तान्छन् मात्रै कहीँ नभएको सत्तामा देखाउछन् जात्रै । ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाई ४ झापा ~<•>~ [१५] पाउ मोल्ने चिल्लो दल्ने कति राम्रो बानी, चाकडी र चाप्लुसीले चल्छ जिन्दगानी। ✍ नवशिला, नवदेव मार्ग, लालभित्ती, बेलबारी,मोरङ। ~<•>~ [१६] दमन सहन्न आगो सहन्छु यही सत्य कुरा आज कहन्छु ! ✍️ आर्त अकुलीन ~<•>~ [१७] आफ्नो गाला मुसार्दै बस्नु बरू, अरूको कुरामा नजल्नू आत्महिनताको शिकार भएर रुखमा चढी नफल्नू । ✍️ मोती योन्जन सुब्बा, दार्जिलिङ निमकी डाँडा। ~<•>~ [१८] कसैको कुरा सुनिँदैन आफ्नो यात्रा चल्छ आरिसले मर्नेहरू खरानी हुन जल्छ । ✍️ सङ्गीता खरेल, चन्द्रागिरी ८ काठमाडौँ ~<•>~ [१९] देशमा धेरै भो चलखेल, भ्रष्टाचार अहिले उता डस्छ यता डस्छ यिनै, ब्रह्मचारी जहिले। ✍️ एवाइ प्रभात, सहिदभुमि धनकुटा ~<•>~ [२०] डराउनु पर्छ है बाहिर आहा गर्दै भित्रभित्रै जल्नेहरूसँग हरेकपल अरूको प्रगति देखेर आगोसरी बल्नेहरूसँग । ✍️ अनिता भण्डारी, ताप्लेजुङ ~<•>~ [२१] देश बनाउने कुरा गर्छन् आफ्नै भुँडी भर्छन् हुत्ति छैन केही काम गर्ने भुतुक्क भै मर्छन् । ✍️ विवश पारदर्शी, झापा ~<•>~ [२२] कसैको डर छैन, लाज छैन, लिडेढिपीमा चल्ने यस्तै स्वार्थले नेपालीको स्थिति कहिले हो बदल्ने ? ✍️ प्रेम थापा “मन”, बागलुङ ~<•>~ [२३] विकासको बाटो बनाउँदैनन् अरूको खुट्टा तान्ने गर्छन् केही काम गर्नुपर्दा पहिले आफ्नु गोजी भरेर सर्छन् । ✍️ अम्बिका अधिकारी, झापा बिर्तामोड ~<•>~ [२४] गरिबलाई फस्ल्याङ फुस्लुड पारी मत आ आफ्ना पक्षमा पारे सेवा सुविधा जति भि आई पी आफैँ नै बनाई त्यतैतिर सारे ! ✍️ पवनकुमार बुढाथोकी, काठमाडौँ ~<•>~ [२५] मनमा कुरा खेलाई दियाे सपनीमा धाउनेले चुँडी लग्यो मुटु फेरि मेरो झुटाे माया लाउनेले। ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे, मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर । ~<•>~ [२६] खुट्टा हैन तिमीले हात तानेर हेर सबै गलत न सही सोच अब फेर । ✍️ दीपा तिम्सिना पौडेल, इलाम ~<•>~ [२७] हालीमुहाली गरेर जब बन्छ भान्छे त्यसपछि सदैब दास पो बन्छ मान्छे । ✍️ डम्बर थामी ‘अनुपम ‘, कालिन्चोक गा. पा. -६, दोलखा । ~<•>~ [२८] बुइँ चढेर चन्द्र धरातल देखेकालाई पृथ्वी लोकको के थाहा गगन टेकेकालाई । ✍️ राज बहादुर बडुवाल, कनकासुन्दरि -५, जुम्ला ~<•>~ [२९] उन्नति, प्रगति अरूको देख्दा बिना सलाई जल्ने खुट्टा तान्न खोज्नेहरू एकदिन थाकी आफैँ गल्ने। ✍️ रुना कर्माचार्य दाहाल ,चितवन ~<•>~ [३०] जौ तील पाक्छ रातभर आफ्नै आङमा छारो पाउ मोलेर पाको जागिर छाड्न भयो गारो ! ✍️ कमला देवकोटा, पाल्पा ~<•>~ [३१] काठपात मागेर बनाइएको सानो अस्थायी घर, वर्षा लाग्यो पानी पर्यो जोगाउन गाह्रो लाग्दैछ डर। ✍️ दीपा ~<•>~ [३२] आफू केही गर्ने हाेइन ~अरूकाे रिस डाहा गर्ने यस्ता मान्छे किन हाेला काल आएर पनि नमर्ने। ✍️ भवानी पाेखरेल (बाबू विराज), बाणगङ्गा१ चार नम्बर कपिलवस्तु ~<•>~ [३३] नेताहरूकै भयो के यो देश बजार गाउँ घरमा जन्मिए गरीब हजार ✍️ नीमा छिरिङ भोटिया, जलढका कालेबुङ ~<•>~ [३४] तमाम जनता र देशको सपना जसले बनाउँदै छाै धराप कुख्यात खेलाडीहरू ! तिमीलाई लाग्नेछ गरिबी साेझाकाे सराप । ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ । ~<•>~ [३५] राम्रो काम गर्नेको खुट्टा तान्ने गर्छन् जागिर पाएमा आफ्नो गाेजी त भर्छन् । ✍️ श्रीकृष्ण धामी – बझाङ ~<•>~ [३६] नजलाैँ पराइकाे प्रगतिमा गराैँ आफ्नै पाैरख गर्नुछ इतिहासमा आजै निस्वार्थी हामीले पख। ✍️ हरिगाेपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा १४ साँगाबजार । ~<•>~ [३७] सहयोगी हो म भनी आसको बत्ती बाल्छन् फकाएर लागि फेरि दलदलमा फाल्छन् । ✍️ सुशीला शिखा काठमाडौं कागेश्वरी ~<•>~ [३८] जबसम्म नासिनन् सबै दुर्जन भ्रष्टावादीहरू बढ्नेछ अझै नेपालमा कुकर्म राष्ट्रघातीहरू । ✍️ घनश्याम पन्त, हरिवन सर्लाही ~<•>~ [३९] गोडा मोल्नेहरू नै सिँढी चढेको देखिन्छ चाटुकारका निधारमा सधैँ श्री लेखिन्छ l ✍️ बाबुराम गौतम, गुल्मी ~<•>~ [४०] जस्ले गर्छ काम उस्काे चाहिँ खुट्टा तान्छन् याेग्य सक्षम पाखा लगाई आफ्ना छान्छन्। ✍️ दुर्गा भट्टराई, माेरङ ~<•>~ [४१] पर्वतारोहीलाई के थाहा, सत्तामा चड्दाको मज्जा नाङ्गो राजनीति गरेपछि हराउँदै जान्छ लज्जा । ✍️ होमप्रसाद नेउपाने, धरान,सुनसरी । ~<•>~ [४२] बनेको छ जिन्दगी निराशामा गल्ने आफ्नोहरू रहेछन् प्रगतिमा जल्ने । ✍️ प्रतिज्ञा प्रतिज्ञा, मेहेलकुना सुर्खेत ~<•>~ [४३] रिस, डाहा गर्दै अरूको प्रगतिमा खुट्टा तान्ने अगाडिबाट त ठिक्क पर्छन् पछाडिबाट हान्ने । ✍️ शोभा आचार्य गौतम, काठमाडौँ ~<•>~ [४४] खुट्टा तान्नु खुट्टा मोल्नु, आजकलका मान्छेको आदत भयो पिपलपाते बानी हुन्छ, फाइदा लुट्न अर्को पार्टीमा गयो । ✍️ राजेशराज गड्तौला, कॅाडाघारी, काठमाण्डौ ~<•>~ [४५] भ्यागुतो भन्दा माहिर मान्छे खुट्टा तान्ने खेलमा जान्नु पर्यो त्यति नत्र विपक्षले कोच्छन् जेलमा । ✍️ कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे ~<•>~ [४६] राम्रो कामको मुल्याङ्कन गर्न पछि पर्छन् अवसरवादी मान्छेहरू रुचाउँदैनन् ती मेहनत र इमानदार मात्र छन् खुट्टा तान्नेहरू । ✍️ सुनगाभा पोखरेल, हाल: नेपालगन्ज [४७] आफन्तको नाममा चलाउँछन् छुरा फुर्ति उनीहरूकै ठूला – ठूला कुरा । ✍️ साबित्री प्याकुरेल, धादिङ्ग ~<•>~ [४८] खुट्टा तान्ने तान्दै गरून् जल्नेहरू जल्दै गरून् देखेर प्रगति आफ्नो आरिसैले बरु मरून् । ✍️ त्रिलाेचन भण्डारी, मेचीनगर,झापा ~<•>~ [४९] यस्ता चाटुकारको कुरै नगरौँ बरु राम्रो काम गर्न अघि सरौं। ✍️ अरुण कुमार भुजेल, गोरूबथान कालेबुङ,भारत। ~<•>~ [५०] पिडाभित्र लुकाएर बाहिर पर्ने हाँस्न अर्काे गर्दै जालझेल थाल्दाे रहेछ मास्न । ✍️ हिरालाल न्याैपाने ,बानपा ८,काेटमाैला, सल्यान ~<•>~ [५१] टुक्का कविताले एकछिन आनन्द दिन्छ त्याे कुरा दिल र दिमागले तुरन्तै लिन्छ । ✍️ नवराज भट्ट, कञ्चनपुर ~<•>~ [५२] गनगन कति गर्छौ क्षमता नभए जस्तो अर्काको उन्नति हेर्नै नसक्ने तिमी त कस्तो । ✍️ नन्दलाल आचार्य , सिद्धार्थटोल, उदयपुर । ~<•>~ [५३] हेर्ने मात्र आँखा भयाे, दृष्टिकाेण भैन अघाेरी छन् वरिष्ठ ती साथ दिने हैन । ✍️ जी.वि.कश्यप, घाेराही,दाङ ~<•>~ [५४] मुखले ठिक्क पारेर नै बगलीमा हान्छन् छुरा अरूको उन्नति देख्न नसकेर गर्दछन् कुरा । ✍️ बिकास छेत्री अञ्जान, कैजले, बिजनबारी, दार्जिलिङ। ~<•>~ [५५] अहिले बकबक गरेर केही हुन्न जति खहरे आओस् समुन्द्रलाई छुन्न । ✍️ लक्ष्मी रिजाल, रूपनगर, सप्तरी, मधेस प्रदेश, नेपाल । ~<•>~ [५५] दुधको कुडेको साक्षी बन्न पाउदा अवसर छोडौँ किन ? तिमी पनि नहेर जनहित सक्छौँ असंख्य फाइदा लिन । ✍️ सुस्मिता अधिकारी ,काठमाडौँ ~<•>~ [५६] आफ्नाे ऐना नहेरी अरूका कुरा काट्ने हेप्न सम्म हेप्ने बरै मनै पूरा फाट्ने । ✍️ डिल्लीराज (राजेन्द्र) भुुसाल, सन्धिखर्क-२, कुर, अर्घाखाँची ~<•>~ [५७] कसरी पछार्ने बुन्दैछु तानाबाना हेर ! खुट्टा तान्नेहरू कै छ जमाना। ✍️ पुष्पा सुवेदी, नेपालगन्ज,बॅाके। ~<•>~ [५८] न्याय कुल्चेर दुनाे साेझ्याउने छन् सर्वहारी सत्यलाई दवाउने तिमी कस्तो व्यभिचारी । ✍️ रबि पाैडेल, दक्षिण भारत पाण्डेचरी ~<•>~ [५९] आफूभन्दा जान्ने बुझ्ने कोही छैनन् भन्दै अगाडि पो सर्ने गर्छन् खुबै बाठो बन्दै । ✍️ दुर्गा आचार्य, मोरङ ~<•>~ [६०] न यता न उता भएको छ अरूको इसारामा चल्नेहरू जिउँदो लास जस्तै भएको छ, अरूको भरमा बल्नेहरू । ✍️ वेल थोकर तामाङ, बकैया_८//मकवानपुर ~<•>~ [६१] खुट्टा मलेर खानेको, देशमा छ चुरीफुरी सभ्यका नेत्रले हेर्दा, भाव झल्किन्छ आसुरी। ✍️ रामशरण न्यौपाने, भक्तपुर ~<•>~ [६२] आँखा चिम्ली हेर्नेहरू खाली कुरा फेर्नेहरू । ✍️ भाेलामान बर्देवा, धरान ८ सुनसरी ~<•>~ [६३] दल खुप तेल तिमी मल जतिन्जेल तुरप नै सिद्ध हाेला सतरन्जे खेल । ✍️ रामकृष्ण दुवाडी ~<•>~ [६४] अरूको खुट्टा तान्नेहरू नि जाने छैनन् माथि प्रगति गरी देखाउने हो ढुक्क हुनु साथी | ✍️ सरिता सेढाई, धादिङ ~<•>~ [६५] संसारमा नै धेरै भयो जलन भाइ लुटे गँवार लुटे चलन । ✍️ कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी ~<•>~ [६६] जल्नेहरू जलाएर नै आफू अघि बढ मल्नेहरूको पसिना बेची शिखर चढ। ✍️ धनुष न्यौपाने “यात्री”, जुम्ला ~<•>~ [६७] मनमा जहिल्यै जलन प्रगति भाँड्ने छ चलन । ✍️ प्रद्युम्न चालिसे, भक्तपुर कटुञ्जे । ~<•>~ [६८] खुसी हुन्न अरूको खुसीमा प्रगति उसले गर्दैन आफू जति दुखी भए पनि कुरा काट्न पछि सर्दैन । ✍️ सबिता खड्का कैलाली ~<•>~ [६९] गल्ती गर्छ जसले उसैलाई हुनुपर्ने ठूलो मै हुँ भन्दै जान्ने पल्टने कही नभएको मुलो । ✍️ सुनगाभा पोखरेल, हाल: नेपालगन्ज
काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १४२ औँ शृङ्खला सम्पन्न भएको छ । अभ्यासमा नेपाल लगायत विश्वका ६९ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो । टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १४२ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
प्रतिनिधि टुक्का- १४२ फुटेको आँखाले नै नहेर्ने छन् त्यसमाथि जल्नेहरू आफ्नो केही ह्याउ छैन, खाली अर्काको खुट्टा मल्नेहरू । ~<•>~
सहभागी टुक्काकारहरूका टुक्काहरू-
~<•>~
[१] कति गर्छन् आरिस पनि स्वघोषित वरिष्ठहरू आफैँ गर्नु नि नवीन कुरा व्यर्थै जल्नुभन्दा बरु । ✍️ वसन्त अनुभव घोराही, दाङ ~<•>~ [२] खुट्टा माेलेर नै माथि चढ्नेहरू छन् धेर खुट्टा तान्नेकाे त कथा धेरै भयाे झन् हेर । ✍️ ताराप्रसाद चापागाईँ धुनिबेसी ~<•>~ [३] आफ्नै घमण्डमा रमाउने, अरूको दुःखलाई हँसाउनेहरू धेरै भेटे मुखले ठूलो कुरा गर्दै अरूलाई फँसाउनेहरू। ✍️ अच्युत घिमिरे सर्पाङ, भुटान 🇧🇹 ~<•>~ [४] अर्काको रिस गर्ने जल्ने उत्तिखेरै रुने अरूको मात्र आरिसले प्रगति नहुने । ✍️ चुडामणी देबकोटा पुरानो नैकाप काठमाण्डौ ~<•>~ [५] देखिँदैनन् कत्ति ती नेताहरू खाली जल्ने भन्दा बरू जनता ठिक तुलनात्मक रुपमा गन्दा । ✍️ अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन। ~<•>~ [६] वरिष्ठहरूलाई जल्नदेऊ बरु जलेर मरुन् ह्याउ नभई खुट्टा तान्नेहरू अर्कै को पाउ परुन् । ✍️ बेदु न्यौपाने 🌹🌹 ~<•>~ [७] अरूको प्रगतिमा छ्न् हेर खुट्टा तान्ने जल्ने डाहाले छैन हिम्मत गरी देखाउने मर्छन् अरूको आहाले । ✍️ इन्दु श्रेष्ठ, चितवन ~<•>~ [८] मेरो प्रगतिमा डाह गर्ने धेरै धेरै छन् यहाँ यस्ता चेतनाले हामी नेपाली बढ्छ अघि कहाँ ? ✍️ दीप गोले तामाङ, रौतहट ~<•>~ [९] यहाँ चोखो माया गर्नेलाई धोका दिन्छन् झुटो आश्वासन देखाएर खुसी छिन्छन्। ✍️ कला ढकाल, झापा ~<•>~ [१०] तिमीले नहेरेर के भो र माया म हुन्छु है सधैँ तिम्रै दायाँबायाँ । ✍️ शशीश्री आचार्य बौद्ध कुमारीगाल काठमाडौँ ~<•>~ [११] अर्काको प्रगतिमा जल्नेहरू मतलव छैन जलिरहुन् त्यस्तालाई पैतालामुनि राखेर नै आफूहरू फलिरहुन् । ✍️ सतिस ~<•>~ [१२] प्रशस्त भए पनि आउँछन् हेर, जोगीको भेषमा चियोचर्चो गर्दै हिड्ने बानी परिसक्यो यो देशमा । ✍️ अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा – ६ संखुवासभा । ~<•>~ [१३] उद्यमी माटोमै सुन फलाउँछ आह्रिसे डाहमा हियो जलाउँछ । ✍️ बिके मुखिया, दार्जीलिङ,भारत। ~<•>~ [१४] आफू पनि गर्दैनन् अनि खुट्टा तान्छन् मात्रै कहीँ नभएको सत्तामा देखाउछन् जात्रै । ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाई ४ झापा ~<•>~ [१५] पाउ मोल्ने चिल्लो दल्ने कति राम्रो बानी, चाकडी र चाप्लुसीले चल्छ जिन्दगानी। ✍ नवशिला, नवदेव मार्ग, लालभित्ती, बेलबारी,मोरङ। ~<•>~ [१६] दमन सहन्न आगो सहन्छु यही सत्य कुरा आज कहन्छु ! ✍️ आर्त अकुलीन ~<•>~ [१७] आफ्नो गाला मुसार्दै बस्नु बरू, अरूको कुरामा नजल्नू आत्महिनताको शिकार भएर रुखमा चढी नफल्नू । ✍️ मोती योन्जन सुब्बा, दार्जिलिङ निमकी डाँडा। ~<•>~ [१८] कसैको कुरा सुनिँदैन आफ्नो यात्रा चल्छ आरिसले मर्नेहरू खरानी हुन जल्छ । ✍️ सङ्गीता खरेल, चन्द्रागिरी ८ काठमाडौँ ~<•>~ [१९] देशमा धेरै भो चलखेल, भ्रष्टाचार अहिले उता डस्छ यता डस्छ यिनै, ब्रह्मचारी जहिले। ✍️ एवाइ प्रभात, सहिदभुमि धनकुटा ~<•>~ [२०] डराउनु पर्छ है बाहिर आहा गर्दै भित्रभित्रै जल्नेहरूसँग हरेकपल अरूको प्रगति देखेर आगोसरी बल्नेहरूसँग । ✍️ अनिता भण्डारी, ताप्लेजुङ ~<•>~ [२१] देश बनाउने कुरा गर्छन् आफ्नै भुँडी भर्छन् हुत्ति छैन केही काम गर्ने भुतुक्क भै मर्छन् । ✍️ विवश पारदर्शी, झापा ~<•>~ [२२] कसैको डर छैन, लाज छैन, लिडेढिपीमा चल्ने यस्तै स्वार्थले नेपालीको स्थिति कहिले हो बदल्ने ? ✍️ प्रेम थापा “मन”, बागलुङ ~<•>~ [२३] विकासको बाटो बनाउँदैनन् अरूको खुट्टा तान्ने गर्छन् केही काम गर्नुपर्दा पहिले आफ्नु गोजी भरेर सर्छन् । ✍️ अम्बिका अधिकारी, झापा बिर्तामोड ~<•>~ [२४] गरिबलाई फस्ल्याङ फुस्लुड पारी मत आ आफ्ना पक्षमा पारे सेवा सुविधा जति भि आई पी आफैँ नै बनाई त्यतैतिर सारे ! ✍️ पवनकुमार बुढाथोकी, काठमाडौँ ~<•>~ [२५] मनमा कुरा खेलाई दियाे सपनीमा धाउनेले चुँडी लग्यो मुटु फेरि मेरो झुटाे माया लाउनेले। ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे, मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर । ~<•>~ [२६] खुट्टा हैन तिमीले हात तानेर हेर सबै गलत न सही सोच अब फेर । ✍️ दीपा तिम्सिना पौडेल, इलाम ~<•>~ [२७] हालीमुहाली गरेर जब बन्छ भान्छे त्यसपछि सदैब दास पो बन्छ मान्छे । ✍️ डम्बर थामी ‘अनुपम ‘, कालिन्चोक गा. पा. -६, दोलखा । ~<•>~ [२८] बुइँ चढेर चन्द्र धरातल देखेकालाई पृथ्वी लोकको के थाहा गगन टेकेकालाई । ✍️ राज बहादुर बडुवाल, कनकासुन्दरि -५, जुम्ला ~<•>~ [२९] उन्नति, प्रगति अरूको देख्दा बिना सलाई जल्ने खुट्टा तान्न खोज्नेहरू एकदिन थाकी आफैँ गल्ने। ✍️ रुना कर्माचार्य दाहाल ,चितवन ~<•>~ [३०] जौ तील पाक्छ रातभर आफ्नै आङमा छारो पाउ मोलेर पाको जागिर छाड्न भयो गारो ! ✍️ कमला देवकोटा, पाल्पा ~<•>~ [३१] काठपात मागेर बनाइएको सानो अस्थायी घर, वर्षा लाग्यो पानी पर्यो जोगाउन गाह्रो लाग्दैछ डर। ✍️ दीपा ~<•>~ [३२] आफू केही गर्ने हाेइन ~अरूकाे रिस डाहा गर्ने यस्ता मान्छे किन हाेला काल आएर पनि नमर्ने। ✍️ भवानी पाेखरेल (बाबू विराज), बाणगङ्गा१ चार नम्बर कपिलवस्तु ~<•>~ [३३] नेताहरूकै भयो के यो देश बजार गाउँ घरमा जन्मिए गरीब हजार ✍️ नीमा छिरिङ भोटिया, जलढका कालेबुङ ~<•>~ [३४] तमाम जनता र देशको सपना जसले बनाउँदै छाै धराप कुख्यात खेलाडीहरू ! तिमीलाई लाग्नेछ गरिबी साेझाकाे सराप । ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ । ~<•>~ [३५] राम्रो काम गर्नेको खुट्टा तान्ने गर्छन् जागिर पाएमा आफ्नो गाेजी त भर्छन् । ✍️ श्रीकृष्ण धामी – बझाङ ~<•>~ [३६] नजलाैँ पराइकाे प्रगतिमा गराैँ आफ्नै पाैरख गर्नुछ इतिहासमा आजै निस्वार्थी हामीले पख। ✍️ हरिगाेपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा १४ साँगाबजार । ~<•>~ [३७] सहयोगी हो म भनी आसको बत्ती बाल्छन् फकाएर लागि फेरि दलदलमा फाल्छन् । ✍️ सुशीला शिखा काठमाडौं कागेश्वरी ~<•>~ [३८] जबसम्म नासिनन् सबै दुर्जन भ्रष्टावादीहरू बढ्नेछ अझै नेपालमा कुकर्म राष्ट्रघातीहरू । ✍️ घनश्याम पन्त, हरिवन सर्लाही ~<•>~ [३९] गोडा मोल्नेहरू नै सिँढी चढेको देखिन्छ चाटुकारका निधारमा सधैँ श्री लेखिन्छ l ✍️ बाबुराम गौतम, गुल्मी ~<•>~ [४०] जस्ले गर्छ काम उस्काे चाहिँ खुट्टा तान्छन् याेग्य सक्षम पाखा लगाई आफ्ना छान्छन्। ✍️ दुर्गा भट्टराई, माेरङ ~<•>~ [४१] पर्वतारोहीलाई के थाहा, सत्तामा चड्दाको मज्जा नाङ्गो राजनीति गरेपछि हराउँदै जान्छ लज्जा । ✍️ होमप्रसाद नेउपाने, धरान,सुनसरी । ~<•>~ [४२] बनेको छ जिन्दगी निराशामा गल्ने आफ्नोहरू रहेछन् प्रगतिमा जल्ने । ✍️ प्रतिज्ञा प्रतिज्ञा, मेहेलकुना सुर्खेत ~<•>~ [४३] रिस, डाहा गर्दै अरूको प्रगतिमा खुट्टा तान्ने अगाडिबाट त ठिक्क पर्छन् पछाडिबाट हान्ने । ✍️ शोभा आचार्य गौतम, काठमाडौँ ~<•>~ [४४] खुट्टा तान्नु खुट्टा मोल्नु, आजकलका मान्छेको आदत भयो पिपलपाते बानी हुन्छ, फाइदा लुट्न अर्को पार्टीमा गयो । ✍️ राजेशराज गड्तौला, कॅाडाघारी, काठमाण्डौ ~<•>~ [४५] भ्यागुतो भन्दा माहिर मान्छे खुट्टा तान्ने खेलमा जान्नु पर्यो त्यति नत्र विपक्षले कोच्छन् जेलमा । ✍️ कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे ~<•>~ [४६] राम्रो कामको मुल्याङ्कन गर्न पछि पर्छन् अवसरवादी मान्छेहरू रुचाउँदैनन् ती मेहनत र इमानदार मात्र छन् खुट्टा तान्नेहरू । ✍️ सुनगाभा पोखरेल, हाल: नेपालगन्ज [४७] आफन्तको नाममा चलाउँछन् छुरा फुर्ति उनीहरूकै ठूला – ठूला कुरा । ✍️ साबित्री प्याकुरेल, धादिङ्ग ~<•>~ [४८] खुट्टा तान्ने तान्दै गरून् जल्नेहरू जल्दै गरून् देखेर प्रगति आफ्नो आरिसैले बरु मरून् । ✍️ त्रिलाेचन भण्डारी, मेचीनगर,झापा ~<•>~ [४९] यस्ता चाटुकारको कुरै नगरौँ बरु राम्रो काम गर्न अघि सरौं। ✍️ अरुण कुमार भुजेल, गोरूबथान कालेबुङ,भारत। ~<•>~ [५०] पिडाभित्र लुकाएर बाहिर पर्ने हाँस्न अर्काे गर्दै जालझेल थाल्दाे रहेछ मास्न । ✍️ हिरालाल न्याैपाने ,बानपा ८,काेटमाैला, सल्यान ~<•>~ [५१] टुक्का कविताले एकछिन आनन्द दिन्छ त्याे कुरा दिल र दिमागले तुरन्तै लिन्छ । ✍️ नवराज भट्ट, कञ्चनपुर ~<•>~ [५२] गनगन कति गर्छौ क्षमता नभए जस्तो अर्काको उन्नति हेर्नै नसक्ने तिमी त कस्तो । ✍️ नन्दलाल आचार्य , सिद्धार्थटोल, उदयपुर । ~<•>~ [५३] हेर्ने मात्र आँखा भयाे, दृष्टिकाेण भैन अघाेरी छन् वरिष्ठ ती साथ दिने हैन । ✍️ जी.वि.कश्यप, घाेराही,दाङ ~<•>~ [५४] मुखले ठिक्क पारेर नै बगलीमा हान्छन् छुरा अरूको उन्नति देख्न नसकेर गर्दछन् कुरा । ✍️ बिकास छेत्री अञ्जान, कैजले, बिजनबारी, दार्जिलिङ। ~<•>~ [५५] अहिले बकबक गरेर केही हुन्न जति खहरे आओस् समुन्द्रलाई छुन्न । ✍️ लक्ष्मी रिजाल, रूपनगर, सप्तरी, मधेस प्रदेश, नेपाल । ~<•>~ [५५] दुधको कुडेको साक्षी बन्न पाउदा अवसर छोडौँ किन ? तिमी पनि नहेर जनहित सक्छौँ असंख्य फाइदा लिन । ✍️ सुस्मिता अधिकारी ,काठमाडौँ ~<•>~ [५६] आफ्नाे ऐना नहेरी अरूका कुरा काट्ने हेप्न सम्म हेप्ने बरै मनै पूरा फाट्ने । ✍️ डिल्लीराज (राजेन्द्र) भुुसाल, सन्धिखर्क-२, कुर, अर्घाखाँची ~<•>~ [५७] कसरी पछार्ने बुन्दैछु तानाबाना हेर ! खुट्टा तान्नेहरू कै छ जमाना। ✍️ पुष्पा सुवेदी, नेपालगन्ज,बॅाके। ~<•>~ [५८] न्याय कुल्चेर दुनाे साेझ्याउने छन् सर्वहारी सत्यलाई दवाउने तिमी कस्तो व्यभिचारी । ✍️ रबि पाैडेल, दक्षिण भारत पाण्डेचरी ~<•>~ [५९] आफूभन्दा जान्ने बुझ्ने कोही छैनन् भन्दै अगाडि पो सर्ने गर्छन् खुबै बाठो बन्दै । ✍️ दुर्गा आचार्य, मोरङ ~<•>~ [६०] न यता न उता भएको छ अरूको इसारामा चल्नेहरू जिउँदो लास जस्तै भएको छ, अरूको भरमा बल्नेहरू । ✍️ वेल थोकर तामाङ, बकैया_८//मकवानपुर ~<•>~ [६१] खुट्टा मलेर खानेको, देशमा छ चुरीफुरी सभ्यका नेत्रले हेर्दा, भाव झल्किन्छ आसुरी। ✍️ रामशरण न्यौपाने, भक्तपुर ~<•>~ [६२] आँखा चिम्ली हेर्नेहरू खाली कुरा फेर्नेहरू । ✍️ भाेलामान बर्देवा, धरान ८ सुनसरी ~<•>~ [६३] दल खुप तेल तिमी मल जतिन्जेल तुरप नै सिद्ध हाेला सतरन्जे खेल । ✍️ रामकृष्ण दुवाडी ~<•>~ [६४] अरूको खुट्टा तान्नेहरू नि जाने छैनन् माथि प्रगति गरी देखाउने हो ढुक्क हुनु साथी | ✍️ सरिता सेढाई, धादिङ ~<•>~ [६५] संसारमा नै धेरै भयो जलन भाइ लुटे गँवार लुटे चलन । ✍️ कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी ~<•>~ [६६] जल्नेहरू जलाएर नै आफू अघि बढ मल्नेहरूको पसिना बेची शिखर चढ। ✍️ धनुष न्यौपाने “यात्री”, जुम्ला ~<•>~ [६७] मनमा जहिल्यै जलन प्रगति भाँड्ने छ चलन । ✍️ प्रद्युम्न चालिसे, भक्तपुर कटुञ्जे । ~<•>~ [६८] खुसी हुन्न अरूको खुसीमा प्रगति उसले गर्दैन आफू जति दुखी भए पनि कुरा काट्न पछि सर्दैन । ✍️ सबिता खड्का कैलाली ~<•>~ [६९] गल्ती गर्छ जसले उसैलाई हुनुपर्ने ठूलो मै हुँ भन्दै जान्ने पल्टने कही नभएको मुलो । ✍️ सुनगाभा पोखरेल, हाल: नेपालगन्ज
काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १४१ औँ शृङ्खला सम्पन्न भएको छ । अभ्यासमा नेपाल लगायत विश्वका ६७ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो । टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १४१ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
प्रतिनिधि टुक्का- १४१ छोडिदेऊँ खेतबारी, गमलामा नै रोपौँ धान कृषिप्रधान देश अनि कृषकको बढ्छ मान । ~<•>~
सहभागी टुक्काकारहरूका टुक्काहरू-
~<•>~
[१] बाँझै रहोस् खेतबारी सबै आयात गरेरै खाउँला लम्पसार परी खुट्टामा उसकै गुणगान गाउँला । वसन्त अनुभव ✍️ वसन्त अनुभव घोराही, दाङ ~<•>~ [२] खेतबारी बाँझाे बनाई परदेशीए युवा पनि धान दिवस नाैलाे देखेँ गमलालाई खेत भनि । ✍️ ताराप्रसाद चापागाईँ धुनिबेसी [३] बाँझै छ आज खेत र बारी युवा जति विदेशमा कहिले फर्कने देश बनाउन आफ्नै स्वदेशमा। ✍️ दीप गोले तामाङ रौतहट ~<•>~ [३] भएका खेतबारी बाँझै राखी आयात गरिखाने गमलामा धान रोप्ने अनौठो कृषि विकास माने । ✍️ बेदु न्यौपाने ~<•>~ [४] हिल्याई खेत मुस्किल हुन्थ्यो अहिले सजिलो गमला आयो पर्दैन गर्नु आली र अँचिलो। ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹 ~<•>~ [५] कतै पानी नपरेर खेतबारी बाँझै छ हेर धान रोप्न ढीलो नगरौ बीउ जाँदै छ है खेर । ✍️ अम्बिका अधिकारी झापा बिर्तामोड ~<•>~ [६] रोपेर धान लगाउनु छ मीत मिलेर गाउँला है असारे गित । ✍️ प्रेम सुनार ~<•>~ [७] कृषकले काम गर्न छोडिदिँदा, थाहा पाउँनेछौ नपाएर खान, हेरौँला कतिदिन सम्म धान्दोरहेछ गमलामा फलाएर धान । ✍️ अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा – ६ सङ्खुवासभा। ~<•>~ [८] किन चाहियो खेती गमलामा लाएपछि धान आयात गर्नैपर्छ सधैँ भन्छन् सबैले महान। ✍️ सुरेशकुमार पाण्डे दाङ घोराही १८ ~<•>~ [९] तस्बिर खिचेर सञ्जालमा हाल्नुछ नगरौं है ढिलो कृषक बन्न गमलामा धान रोपौँ छुनुहुन्न हिलो । ✍️ भुपेन्द्र राना मगर धादिङ ~<•>~ [१०] यसपटक गमलामा धान रोपी हाँस्य पात्र बनिँदैन जान अवसर राम्रै मिल्यो भने चितवनतिर गइन्छ भन्ने ठान । ✍️ सतीश पण्डित भानु६ चुँदी तनहूँ, हाल चनपा६ मातातीर्थ। ~<•>~ [११] रोपेर धान गमलामा कृषिमा क्रान्ति गरौँला आयात थोरै बढाउँला छिमेकीबाट भरौँला । ✍️ सागर आँसु डोटी ~<•>~ [१२] असारे पन्ध्र हिलोमा नेता आजको रमिता लेखी दिँउ साथी आजकोलागि यस्तै कविता । ✍️ ध्रुव श्रेष्ठ खोटाङ हाल काठमाडौँ । ~<•>~ [१३] रोप्नलाई नै गमलामा धान अघि नसरौँ असली कृषकहरूको बदनाम नगरौँ ! ✍️ अनिता भण्डारी ताप्लेजुङ ~<•>~ [१४] खेती गर्ने बेला सरकारले मल बिउ दिँदैन सरकार हुँ भन्नेले जिम्मेवारी कहिले लिँदैन ! ✍️ नवराज भट्ट कञ्चनपुर ~<•>~ [१५] गमलामा धान रोप्न थाले कृषि प्रधान देशमा भाषणले घर भित्र्याउने धान कि बाढी शेषमा ? ✍️ दीपा गुरुङ्ग (समभाव) दुबेकोल(खोटाङ्ग) ~<•>~ [१६] गमलाभरि राेपेर धान गाउनु छ असारे गीत नफले धान आयात गरि नै ल्याउँदा हुनेछ हित । ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर । ~<•>~ [१७] असार पन्ध्र, धान दिवस, हामी नेपालीको मानो रोपेर, मुरी फलाऔँ, अन्न र बालीको । ✍️ ज्ञानबहादुर क्षत्री सन्धिखर्क – २, अर्घाखाँची। ~<•>~ [१८] पौरखी हात जुटुन् एकतामा अब असार पन्ध्रमा उत्साहसाथ सब । ✍️ विवश पारदर्शी झापा ~<•>~ [१९] खेतबारी बाँझो राखी गमलामा धान रोपी गर्छौ देखावटी गर्ने फुर्ती एकदिन त जान्छौ दलबल लिएर खेत तिर अरुबेला बन्छौ मुर्ति । ✍️ सुशीला शिखा काठमाडौं कागेश्वरी ~<•>~ [२०] गमलामा धान रोपी प्रचारप्रसार धेरै नि गर्ने छिमेकीले खोजे यस्तै डलर बनाई बाहिर छर्ने । ✍️ अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन। ~<•>~ [२१] आषाढ पन्ध्र भन्ने मात्रै मनसुन कता गयाे गाउँबस्तीका ती युवाहरू बेकाम बस्ने भयाे । ✍️ हिरालाल न्याैपाने बानपा ८ काेटमाैला सल्यान ~<•>~ [२२] माटो हो उभिने धरातल अन्नदाता पनि खेती गर्न नछोड, गमलामा धान छ भनी । ✍️ मोती सुब्बा दार्जिलिङ। ~<•>~ [२३] धान रोप्नु भनेको आजकल नौटङ्की मात्रै भयो गमलामा छतमा रोपेको फोटो मिडियामा गयो । ✍️ राजेशराज गड्तौला कॅाडाघारी, काठमाण्डौ ~<•>~ [२४] असार पन्ध्र दही चिउरा , साउन पन्ध्र खिर छुपु र छुपु रोप्नु है धन , के को मान्नु छ पिर ? ✍️ नागेन्द्रप्रसाद यादव दाङ ~<•>~ [२५] बाँझो छ खेत युवा छ विदेश,नौटङ्की गर्छौ सरकार, गमलामा धान रोपी तिमी,ल्याउँछौ राहत उपहार । ✍️ एवाइ प्रभात सहिदभुमि धनकुटा ~<•>~ [२६] गमलामा राेप्ने हैन नेताले धान गएर राेप्नु पर्छ खेत खलीहान । ✍️ हरिगाेपाल न्हुच्छेँप्रधान काभ्रे, बनेपा १४ साँगा बजार। ~<•>~ [२७] राष्ट्रवादी हुँ भनी देखाउने यहाँ हेर सान कृषिप्रधान देशमा गमलामा रोपेर धान। ✍️ रुना कर्माचार्य दाहाल चितवन ~<•>~ [२८] खेतबारी बाँझै रहुन् हाम्लाई छैन चासो गमलामा धान रोपौँ त्यागौँ यी सबै नासो ! ✍️ कमला देवकोटा पाल्पा ~<•>~ [२९] लगाएर मनमा देशभक्तिको खोप नेतागिरी छोड अब आऊ धान रोप। ✍️ पुष्पा सुवेदी नेपालगन्ज,बॅाके। ~<•>~ [३०] यस्तै काम गर्याै भने हुन्छ छिट्टै देश हराभरा गमलामा धान राेप र बाँझाे राख खेतका गरा। ✍️ भवानी पाेखरेल( बाबू विराज) बाणगङ्गा १ चार नम्बर, कपिलवस्तु ~<•>~ [३१] गुगलमा सर्च गरेर रोपाइँको फोटो पाइहाल्ने व्यर्थ खेतको हिलोमा पसेर किन हो समय फाल्ने । ✍️ बिके मुखिया दार्जीलिङ भारत। ~<•>~ [३२] गमला सजाई रोपेर धान यो कृषि विकाश यस्तै चालले कृषिमा देशले पाउला निकास । ✍️ चिरञ्जीवी श्रेष्ठ धनकुटा,हाल काठमाडौ । ~<•>~ [३३] गमलामा धन रोपी सधैँ कृषि गर्ने भन्छौ परिवार सबै डाँडापारी कृषक पो बन्छौ। ✍️ धनुष न्यौपाने “यात्री” जुम्ला ~<•>~ [३४] नसुत धेरै उठन सानी ढिला भयो धान रोप्नलाई गर्जियो मेघ बर्सियो पानी जाउँ हिँड मौका छोप्नलाई। ✍️ चिरञ्जीवी ढकाल नेपालगन्ज -२० राँझा एयरपोर्ट बाँके ~<•>~ [३५] खेतबारी बाँझो बन्यो, बीज कहिले छर्ने गमलामा धान रोपी, ढुक्कको सास फेर्ने ✍️ कर्मा लामा मन्थाली-९,रामेछाप ~<•>~ [३६] रोपाइॅ अनौठो, गमलामा कति फल्ने होला धान ? रोप्ने किसान दङ्ग छन् वर्षभरी पुग्छ होला खान। ✍️ सुस्मिता अधिकारी काठमाडौँ ~<•>~ [३७] छैन है जोश जाँगर, खेत बाँझै रहने भयो किसानलाई छैन राहत छोरा प्रदेश गयो । ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाइ ४ झापा ~<•>~ [३८] व्यापार गर्छन् दले दाइले खेतबारी हेर कहाँ रोप्नु धानको बीउ सोचौँ न एक फेर । ✍️ होम प्रसाद नेउपाने धरान,सुनसरी । ~<•>~ [३९] यो दही चिउरा कति गुलियो अब त असारे माया भुलियो । ✍️ नीमा छिरिङ भोटिया जलढका कालेबुङ ~<•>~ [४०] कृषि क्रान्ति भन्ने गमलामा धान रोप्ने सोच पनि कस्तो आफैँलाई छुरी घोप्ने। ✍️ अरुण कुमार भुजेल गोरूबथान,कालेबुङ,भारत। ~<•>~ [४१] पुर्खाले जोगाई राखे खेती लगाउने बारी बन्दगी राखी जादैछ है प्रदेश नष्ट पारी । ✍️ बिबा तामाङ लाटपञ्चर खरसाङ ~<•>~ [४२] फेसबुकमा धान रोपेर फल्दैन अन्न नभए घरको चुलो बल्दैन । ✍️ गोपाल ~<•>~ [४३] खेतबारी बाँझै रहे परदेशिएर युवासबै खाडितिर के असार पन्ध्र के दही चिउरा रमाउन लागे मासुतिर । ✍️ सुनगाभा पोखरेल ~<•>~ [४४] खेतबारी बेचेर यहाँ बिल्डिङहरू ठड्याउँने गमलामा धान रोपेर असार पन्ध्र मनाउँने । ✍️ शोभा आचार्य गौतम काठमाडौँ ~<•>~ [४५] खाने मुख पनि घटाए भएभरको पठाइ सिमापारी गमलामै भरिपूर्ण धान भए किन चाहियो खेतबारी ? ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे ~<•>~ [४६] धान दिवसमा मात्रै कुच्ने हाे हिलाे जाेगाउने कसरी किसानकाे जिलाे । ✍️ डिल्लीराज (राजेन्द्र) भुसाल सन्धिखर्क-२, कुर, अर्घाखाँची । ~<•>~ [४७] कृषिमा क्रान्ति त ल्याएकै हो पक्कै गमलामा धान रोप्छन् पर्छु बक्कै । ✍️ वेल थोकर तामङ बकैया_८//बस्तिपुर//मकवानपुर ~<•>~ [४८] जहाँ फल्छ त्यहीँ रोप खानेबेला मौका छोप । ✍️ नन्दलाल आचार्य सिद्धार्थटोल, उदयपुर । हाल एनेलकुटी, सिरहा । ~<•>~ [४९] नेपालीकाे सान मान खाेकिलामा छाेपिसके हेलिकप्टरबाट सिधैँ पृथ्वीमा राेपिसके । ✍️ निरज कोइराला इटहरी । ~<•>~ [५०] हावा गफ गरेर समय नफालौँ खेर कतिदिन खानु गमलामा धान रोपेर । ✍️ साबित्री प्याकुरेल धादिङ्ग। ~<•>~ [५१] गमला तयार भइसक्यो आउनु है यता धान दिवस मनाउने जनता अनि नेता। ✍️ मन्दिरा सेढाई मलेखु,धादिङ ~<•>~ [५२] धान रोप्ने विधिविधान सबै फालिए स्कुल र संघसंस्था बाट रोप्न थालिए । ✍️ अम्बिका गिरी विराटनगर ~<•>~ [५३] किन होला हामीलाई दुनियाँले नै निम्न स्तरमा गन्छन् परिश्रमले आफ्नो बारी खेती गर्दा सबैले पाखे भन्छन् । ✍️ अन्मोल मुस्कान तकदाह छाउनी, दार्जिलिङ। ~<•>~ [५४] धान फल्ने ठाउँमा बसाएर बस्ती गमलामा धान रोपेर गर मस्ती । ✍️ भगवती दवाडी दमक, झापा ~<•>~ [५५] नसके नि इतिहास लेखाउन रोप्नु पर्छ अरूलाई देखाउन । ✍️ प्रतिज्ञा प्रतिज्ञा मेहेलकुना सुर्खेत ~<•>~ [५६] कङ्क्रिटको जङ्गलमा मिलाएर काँट हराभरा पारेका छन् गमलाको फाँट l ✍️ बाबुराम गौतम गुल्मी ~<•>~ [५७] खेतमा अचेल घर उमार्छन् होइन अन्नबाली लाठे छोरा विदेश हुइँकिन्छन् कृषि औजार फाली । ✍ राजेन्द्र प्रधान ‘पासा’ दार्जिलिङ । ~<•>~ [५८] सबै खेतबारी बाँझै राख्नुपर्छ राेप्नु हुन्न धान रेमिटेन्सले खाना दिएकै छ बढेकै छ सम्मान । ✍️ केसर बाेहरा ( सङ्घर्ष ) सुदूरपश्चिम अछाम । हाल भारतबाट । ~<•>~ [५९] असार पन्ध्र धान राेप्नु छुपुछुपु दही चिउरा खाजा खानु लुपुलुपु । ✍️ प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे । ~<•>~ [६०] के उद्घाटन गर्छाैं गमलामा धान राेपेर लाखौँ कृषककाे मन मुटुमा झिर काेपेर । ✍️ रबि पाैडेल दक्षिण भारत पाण्डेचरी ~<•>~ [६१] किसानले रोपेर धान बढेको हो नेपाली सान ! ✍️ आर्त अजुलीन ~<•>~ [६२] खेत र बारी बाँझो भए शून्य छ बस्ती फूल रोप्ने गमलामा धान रोपे मस्ती । ✍️ कला ढकाल झापा ~<•>~ [६३] कहाँ गर्छाैँ खेती अब, पाेहाेर साल भरिसक्याे गमला कुन मुखले बाेल्छाै अब, तिमीमाथि कृषकको हमला । ✍️ ईश्वर साउद रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम ~<•>~ [६४] किसान खालि पेट मिँच्दै रोपिरहेछ खेतबारी दही चिउरा हसुर्छन् तारे होटेल ठूला बेस्मारी । ✍️ राज बहादुर बडुवाल कनकासुन्दरि-५,जुम्ला ~<•>~ [६५] दही र च्यूरा अचार खायौ बेसरी डकारी गमालाभित्र रोपेर धान के बाँध्छौ भकारी ? ✍️ रामशरण न्यौपाने भक्तपुर ~<•>~ [६६] खेतीयोग्य जमिन सबै बाँझो जचाएर अन्तबाट ल्याउनु पर्छ लाज पचाएर । ✍️ दुर्गा आचार्य मोरङ ~<•>~ [६७] पुग्दैन कृषकलाई देखावटी रोपेर गमलामा धान फोस्रा आश्वासन नबाड कुर्सीमा बसि बेकार अपमान। ✍️ शंकर कार्की मकवानपुर ।
काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १४० औँ शृङ्खला सम्पन्न भएको छ । अभ्यासमा नेपाल लगायत विश्वका ४१ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो । टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १४० औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
प्रतिनिधि टुक्का- १४० फुर्सदै छैन कुरा नै गर्ने लागिसक्यो असार दुहुनो गाई त दुहुनै पर्यो लगाई पघार । ~<•>~
सहभागी टुक्काकारहरूका टुक्काहरू-
~<•>~ [१] दुहुनु पर्छ पाएको बेला नगुमाई मौका भोलि त के हुन्छ, कसो हुन्छ ? हान्नुपर्छ चौका । ✍️ वसन्त अनुभव घोराही, दाङ ~<•>~ [२] एकचोटी त पाउने हो मान्छेको जिन्दगी त्यही नि कहिले झर्छ लाग्दैछ जगजगी । ✍️ दीप गोले तामाङ, चन्द्रपुर, रौतहट ~<•>~ [३] नेताहरू मालिक यहाँ जनता बनाए गाई माैका छाेपेर दुहुँदैछन् गरिब जनतालाई । ✍️ ताराप्रसाद चापागाईँ, धुनिबेसी । ~<•>~ [४] लैनु गाईलाई पघारी कति खान्छौ खानु खायौ दुध आउन छोडेपछि विदेशी भजन गायौ । ✍️ बेदु न्यौपाने ~<•>~ [५] जोगाउनेले ढाका टोपी लाउँछ्न् जनै उतार्ने सुरातिर धाउँछन् । ✍️ हन्नाह छेत्री, दार्जिलिङ ~<•>~ [६] पघार जसरी पनि दुहुनो गाईलाई थुनबाट आइन्जेल खादै बस रमाई। ✍️ अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन। ~<•>~ [७] जनतालाई बनाउँछौ कहिलेसम्म बनाउ दुहुनु गाई मौका आउँछ पर्खिदैन खानुपर्छ जनता फकाई फकाई । ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे, मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर । ~<•>~ [८] गाईको बाच्छो मरे पुर्पुरोमा हात भैँसीको त्यो पाडो मर्यो दुध र भात । ✍️ चुडामणी देबकोटा, पुरानो नैकाप काठमाण्डौ ~<•>~ [९] घरमा भैँसी दुहुनो पर्यो एक हातको लाग्यो असार सुरु भयो मेला र पातको । ✍️ भुपेन्द्र राना मगर, धादिङ ~<•>~ [१०] फुर्सद हुन्न नेता हुँ म जहिल्यै मलाई असार एयरपोर्ट र भन्सारमा गर्छु ओसारपसार । ✍ नवशिला, नवदेव मार्ग, लालभित्ती,मोरङ। ~<•>~ [११] बनाएर जनतालाई यहाँ दुहुने गाई भएको छ मन्त्री फेर्न व्यस्त सरकारलाई । ✍️ अनिता भण्डारी, ताप्लेजुङ ~<•>~ [१२] भ्रष्टाचारीलाई छ सधैँभरि असारै असार जनता भए दुहुनो गाई सकेसम्म पगार । ✍️ विवश पारदर्शी, झापा ~<•>~ [१३] ठान्छन् नेताले जनतालाई जहिलेसुकै दुहुनो गाई श्रम बेचेर पठाएको रेमिट्यान्स झ्वाँम पार्छन् रमाइ । ✍️ बाबुराम गौतम, गुल्मी ~<•>~ [१४] असारमा पानी पर्यो, बाढी पहिरो ज्यादा भयो खाउँ लाउँ उमेरमा, धेरै मान्छेको ज्यान गयो । ✍️ एवाइ प्रभात, सहिदभुमि धनकुटा ~<•>~ [१५] आशा गरेर कति बस्छौ गाईबाट गोरु बनाइसके अब असार लाग्दैछ हेर ढिकुटी सबै खन्याइसके । ✍️ अम्बिका अधिकारी, झापा बिर्तामोड ~<•>~ [१६] असारको गफै मात्रै, न छ बीऊ न त मल भाषण रूपी आश्वासनले कति गर्छौ छल । ✍️ राजेशराज गड्तौला, कॅाडाघारी, काठमाण्डौ ~<•>~ [१७] आजभोलि व्यस्त हुन्छु असारको बेला आफ्नो स्वार्थ पूरा गर्छु नगर है हेला । ✍️ डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा. पा. -६, दोलखा । ~<•>~ [१८] आलश्य त्यागौँ सबैले, आज नै उठाउँ हलो र कोदालो स्वदेशमै सुन फल्छ, पर्दैन विदेशमा बन्नु गोठालो । ✍️ बिके मुखिया, दार्जीलिङ, भारत । ~<•>~ [१९] पाएको मौका छोड्नुहुन्न दुहुनु पर्छ गाई जनतामा राज गरौँ, कुर्सीको हात समाई । ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा ~<•>~ [२०] पाल्न परिवार खेतीपातीमा किसान ती यता रमाउँछन् विकासे बजेट सक्दै पहुँचवालाहरू उता कमाउँछन् । ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ । ~<•>~ [२१] असार लागेर खेल्दैछु हिलोमा रमाई असारे गित सुन्दै हातमा बीउ समाई । ✍️ कला ढकाल, झापा ~<•>~ [२२] व्यङ्ग्य वाण किन पर्यो हान्नु गैँडालाई गुलेली के तान्नु ? ✍️ शम्भु गजुरेल ~<•>~ [२३] लैना गाई भैँसी अब दूध छैन थाक्नेछन् त के गर्छौ ? असारमा गोडमेल छैन अब खाडीकै पछि पर्छौ । ✍️ कमला देवकोटा, पाल्पा ~<•>~ [२४] ए ! असार लाग्यो, पानी सिमसिम गीत गाउँदैछु दही चिउरा बोकेर, दिनहुँ वेशीतिर धाउँदैछु । ✍️ मोती सुब्बा, दार्जिलिङ निमकी डाँडा। ~<•>~ [२५] असार मास किसानलाई रोप्न चटारो यो मेहनतमा वर्षाले नहानोस् झटारो । ✍️ शोभा आचार्य गौतम, काठमाडौँ ~<•>~ [२६] रोपाइँको चटारो जताततै लागिसके असार हरियो सबै हुँदैन धान केलाएर फाल्नु झार । ✍️ कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे ~<•>~ [२७] खुरुक्क धान रोप्न छाडी केको फुर्ती हो, लाग्यो त असार केको मान्छे थप्नु पर्यो भन्दै बनाउन थालेको कसार ? ✍️ नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर हाल- एनेलकुटी, सिरहा । ~<•>~ [२८] खेतालालाई खाजा पकाई खिर पटुकी बाँधी म हिँडे खेततिर । ✍️ पुष्पा सुवेदी, नेपालगन्ज,बॅाके। ~<•>~ [२९] पाउँदा सुनौलो मौका ठोक्दै गर्नु पर्छ चौका । ✍️ अरुण कुमार भुजेल, गोरूबथान,कालेबुङ,भारत। ~<•>~ [३०] मल बीउ छैन, कृषक भन्छन् लागिसक्यो असार ल्याइदिन्छौ हामी, पर्खेर बस, भन्दैछ सरकार । ✍️ होमप्रसाद नेउपाने, धरान,सुनसरी । ~<•>~ [३१] आफूमात्रै भुँडी भर्ने चलेको छ यहाँ रुढी खुट्टा बाँधेर दाम्लोले दुहुन्छन् धेनु नै बुढी । ✍️ रामशरण न्यौपाने, भक्तपुर ~<•>~ [३२] जनता सारा तिम्रै गाई दुहुने काम नेताको मात्रै घाँस पराल दिदैनन् केवल गर्छन् नि अनौठो जात्रै। ✍️ सुस्मिता अधिकारी ,काठमाडौँ ~<•>~ [३३] दुहुनो गाई बनायौ, देश भयो चाम्रो क्षमता जति सबै लुटेर खायौ हाम्रो । ✍️ लक्ष्मी रिजाल, कञ्चनरूप १२, रूपनगर, सप्तरी । ~<•>~ [३४] किसानीको दःख पीर सबै भाग्यो खडेरी सकिएर असार लाग्यो । ✍️ प्रतिज्ञा प्रतिज्ञा मेहेलकुना सुर्खेत ~<•>~ [३५] सुनौलो मौका नेताज्यूलाई असारको महिना लुट्नसम्म त लुट्छन् जनताको रगतपसिना । ✍️ रुना कर्माचार्य दाहाल ,चितवन ~<•>~ [३६] हुनुपर्छ सधैँ मान्छेमा प्रभाव गुणको तरकारीमा पनि हुन्छ अभाव नुनको। ✍️ राजनारायण राई, राजदल बस्ती सोनादह ~<•>~ [३७] असार महिना मानो रोपी फलाउने मुरी मनसुनी यो हावा चल्दा उडाउँछ कि धुरी। ✍️ पद्मा काश्यप पाण्डे, मोरङ ~<•>~ [३८] किसानलाई कामको चटारो असार मास देशका चापीवालालाई राजनीति हतास । ✍️ प्रेम थापा “मन”, बागलुङ ~<•>~ [३९] जनतालाई असार लाग्छ नेतालाई चौका, चाँजोपाँजो मिलाइहाल्छन् के पर्खिन्थे नि माैका ? ✍️ त्रिलाेचन भण्डारी, मेचीनगर,झापा ~<•>~ [४०] भ्रष्टले गर्छ विकासका बजेटको दोहन किसानको उत्पादन बिक्री भएन ओलन । ✍️ भगवती दवाडी ~<•>~ [४१] असारे भाषामा रमेर गराैँला श्रम आज फलाउँ फाँटहरूमा अमृतसरि अनाज । ✍️ हरिगाेपाल न्हुच्छेप्रधान, काभ्रे, बनेपा १४ साँगाबजार। ~<•>~
काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३९ औँ शृङ्खला सम्पन्न भएको छ । अभ्यासमा नेपाल लगायत विश्वका ५८ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो । टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३९ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
प्रतिनिधि टुक्का- १३९ पुल पुल कति भन्छौ ? चट्ट चढ भ्यू टावर मोज गर, निर्धक्क घुम ट्वन्टीफोर आवर । ~<•>~
सहभागी टुक्काकारहरूका टुक्काहरू-
~<•>~ [१] भाँचियोस् पुल नै, मरून् प्राणी, छैन कुनै बाल जसरी नि, पर्नुपर्यो, खाली आफूलाई माल । ✍️ वसन्त अनुभव घोराही, दाङ ~<•>~ [२] विकृति छ राजनीतिमा विकास गाेजीतिर भ्यू टावरले संसार देख्याे छैन पुल भिर । ✍️ ताराप्रसाद चापागाईँ धुनिबेसी ~<•>~ [३] भोकमरीले मरून् कि बगोस् रगतको खाल मस्ती गर्ने हो सदनमा विकास कछुवाको चाल । ✍️ संगीता खरेल चन्द्रागिरी ८ काठमाडौं ~<•>~ [४] आइसक्यो भनेको मनसुन बाटो बिराएर कता पो गयो गर्मी बढेर सहन नसकी मान्छेहरूको बिचल्ली पो भयो । ✍️ पवनकुमार बुढाथोकी काठमाडौं ~<•>~ [५] भोकमरीले मरे नि हेर्न कसलाई चासो ? आफ्नै हातको राखन् धरन् मनमा चट्ट हाँसो । ✍️ बेदु न्यौपाने ~<•>~ [६] जेहोस् बाल मतलब दुनो आफ्नैतिर सोझ्याउॅंने फाइदाको लागि लड्दैछु अरू जो सुकै होउॅंन् रुने। ✍️ अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन। ~<•>~ [७] पुल बनाउने पैसा छैन, भ्यू टावरको सान बाढी आउँदा रमिता हेर्ने असल नेता छान। ✍️ होमप्रसाद नेउपाने धरान,सुनसरी । ~<•>~ [८] जनतालाई अलमल्याउन नेता जे नै गर्छन् आफू लिन्छन् चाैरासी व्यञ्जन जनता भाेकै मर्छन् । ✍️ त्रिलाेचन भण्डारी मेचीनगर,झापा ~<•>~ [९] देशमा गतिलो छैन, हजुर पुल बाटो बिराउँदा जनतालाई भूल । ✍️ श्रीकृष्ण धामी – बझाङ ~<•>~ [१०] भाँचियोस् पुल नै, पहिरोले पुरियोस् बस्ती, ठिकै लाग्छ फेरि बनाउँदा आउने आफ्नो भागले, उत्साह जाग्छ । ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹 ~<•>~ [११] आवश्यकता अनुसारको काम गर बोल सत्य साँचो दुर्गम ठाउँमा विकास गर छैन भ्यू टावरको खाँचो । ✍️ अनिता भण्डारी, ताप्लेजुङ ~<•>~ [१२] कति चुस्छौ रगत विविध करको नाउँमा भोट लिन फेरि आउनु पर्ला हाम्रो गाउँमा । ✍️ सविता भट्टराई, जनकपुर ~<•>~ [१३] भ्यू टावर बनाओस् यात पुल खाेजीनितिकाे छैन खासै खाँचो जसले देशको विकास गर्छ उसलाई दिनु देशको साँचो । ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर । ~<•>~ [१४] कुराले सकिन्छ हुन्छ खोकिदियो विकास पुल सडक नालाको कतै छैन निकास । ✍️ चुडामणि ध्रुव देवकोटा ~<•>~ [१५] केवलकार चढ्न पाए भ्यू टावर किन ? पैसा भए त सबै कुरा मिल्छ एकैछिन । ✍️ बाबू विराज कपिलवस्तु ~<•>~ [१६] खाेलापारि तर्नु पर्दा तुईन चुडिएर मर्नुपर्ने नेता भए ओखतीमुलाे विदेश गई गर्नुपर्ने । ✍️ हिरालाल न्याैपाने बानपा ८,काेटमाैला,सल्यान ~<•>~ [१७] जनताले खान नै गाँस छैन ठाउँ ठाउँमा बन्यो चढ्न भ्यू टावर परिवारै घुमफिर जनताले तिरेको करमा पाउँदा पावर । ✍️ सुशील शिखा काठमाडौँ कागेश्वरी ~<•>~ [१८] यो देशमा बन्ने हैन आवश्यक पुल कर्म गरौँ हामी सब धेरै गर्यौं भूल । ✍️ कमला देवकोटा, पाल्पा ~<•>~ [१९] पुल बनाउने पैसा झ्वामझ्वाम चट्ट बैङ्कमा राखेर वर्षैपिच्छे जनताको आँखामा छारो हाली दिन भाकेर । ✍️ अम्बिका अधिकारी झापा बिर्तामोड ~<•>~ [२०] क्या अनौठो छ सपनाको सहर सपनाभित्र हराएका रहर । ✍️ आर्त अकुलीन ~<•>~ [२१] जनताको पसिनाबाट नै कर असुल पारेर रमाए गगनचुम्बी महल भ्यू टावर राखेर । ✍️ कला ढकाल झापा ~<•>~ [२२] भाषण गर्दा नेताले देश र जनता भन्छन् मेरै पुल राम्रो बनाउन नसक्नेका फुर्ती अझ धेरै । ✍️ प्रेम थापा “मन”बागलुङ ~<•>~ [२३] जन्तु, मान्छेको मूर्ति, गेट, टावर धेरै बनाउने हो लाेकतन्त्रमा विकास कुकर्मले डुङ्डुङ्ती गनाए पनि बेजोडा हाै छैन हाम्रो विरुद्धमा निकास । ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ । ~<•>~ [२४] जनताको गॅास कटाई भ्यू टावर बनाउने खानुसम्म खाएर विकास भएको जनाउने । ✍️ राजेशराज गड्तौला कॅाडाघारी, काठमाण्डौ ~<•>~ [२५] चारवर्षलाई मोज गरौँ चुनावमा भोज गरौँ जनतालाई मख्ख पार्दै संसदभित्र फेरि सरौँ । ✍️ घनश्याम पन्त हरिवन सर्लाही ~<•>~ [२६] नियत छैन विकासको र बनाउँछन् भ्यू टावर पुल किन चाहियो भत्किन्छ देश हुन्छ झरझर । ✍️ सुरेशकुमार पाण्डे, दाङ घोराही १८ ~<•>~ [२७] पुलकै नाम बेची सजियाे घर आँगन र दुनियाँ गरिब दीनदुखीहरूकाे सपना भयाे छियाछिया । ✍️ ईश्वर साउद रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम ~<•>~ [२८] भ्यू टावर बनाएर के भयो ? हान्यो मुटुमा शूल भ्यू टावर होइन नदीमा बनाउ बलियो पुल । ✍️ डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा. पा. -६, दोलखा । ~<•>~ [२९] हेर्नुपर्छ यो दुनियाँ ! रङ्गीबिरङ्गी भ्यू टावर चढेर चाहे पुल भाँचियोस् मतलब छैन चाहे मरोस् लडेर । ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाइ ४ झापा ~<•>~ [३०] गधा बस्ने सहर छैन केही रहर । ✍️ नागेन्द्रप्रसाद यादव ~<•>~ [३१] रोजगारको कुरा गर्छौ, जाउँ हेर्ने भ्यू टावर किन चाहियो पुल यहाँ, महलको छ लहर । ✍️ एवाइ प्रभात सहिदभुमि धनकुटा ~<•>~ [३२] नेताहरूमा भयाे धेरै मुखकाे कला भएन अरू केही थपे घरकाे तला । ✍️ डिल्लीराज (राजेन्द्र) भुसाल सन्धिखर्क-१, कुर, अर्घाखाँची ~<•>~ [३३] विकास भन्दै विनासको बहार ल्याउँदैछु आफ्ना नातिपनातिलाई उकास्न भ्याउँदैछु । ✍️ नन्दलाल आचार्य सिद्धार्थटोल, उदयपुर । हाल- एनेलकुटी, सिरहा । ~<•>~ [३४] सबै राखे पनि यो मन खोलिनँ धेरै कुरा हजुर मैले बोलिनँ । ✍️ नीमा छिरिङ भोटिया जलढका कालेबुङ भारत ~<•>~ [३५] जनताको छाती टेकी शिखरमा चढ्न थाल्यौ शक्ति त तिम्रो हातमा छ, देश नर्कमा फाल्यौ । ✍️ शंकर कार्की,मकवानपुर ~<•>~ [३६] फस्दैछ रे देश विपदमा सरासर किन गर्छौ कुरा बनाउने भ्यू टावर । ✍️ हरिगाेपाल न्हुच्छेँप्रधान काभ्रे,लबनेपा १४ साँगा बजार। ~<•>~ [३७] सुख्खा मौसममा नभ्याउने तिमी असारे झरी यो, पानी रिमीझिमी। ✍️ मोती सुब्बा ~<•>~ [३८] ठीक बेठीक हेर्दैनन् लाग्छन् शासककै हुलमा शासकको ध्यान भ्यू टावरमा, जाँदैन पुलमा । ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे ~<•>~ [३९] नीति निर्माण गर्दैछन् रित्तो कुर्सीहरूले हाजिरी छँदैछ भनेर के हुन्छ अरूले ? ✍️ पुष्पा राई, ऐसेलुखर्क, खोटाङ । ~<•>~ [४०] हेलिकोप्टर सित्तैमा छ किन चाहियो मलाई मरे मरोस् न ! कठोर मन आउँदैन पलाई । ✍️ सुस्मिता अधिकारी ,काठमाडौँ ~<•>~ [४१] पुल शूल बन्छ, ढुङ्गो माटो टेकिन्छ भ्यू टावर बने, पर पर देखिन्छ । ✍️ विवश पारदर्शी झापा ~<•>~ [४२] चार वर्षे सत्ता हो गरिन्छ मजाले मोजमस्ती ऎन कानुन आफ्नै हो पेवा गरिन्छ जबर्जस्ती । ✍️ इन्दु श्रेष्ठ, चितवन ~<•>~ [४३] भाषणले मात्रै भए सबैतिर विकास कतै पनि छैन पुल सडककाे निकास । ✍️ सहयात्री शाेभा अर्याल रुपन्देही ~<•>~ [४४] मासु र रक्सीमा सबै जनता भुल्याए पुल बनाउने रकम त आफैँ खाए । ✍️ दुर्गा भट्टराई मोरङ ~<•>~ [४५] बेकामे भ्यू टावरहरू तिमी आफैँ चढ त्यही बसी जनता बगेको खबर पढ । ✍️ पुष्पा सुवेदी नेपालगन्ज,बॅाके। ~<•>~ [४६] भ्यू टावर बनाउनुभन्दा बनाऊ पुल मान्छे हौ मान्छे जस्तै बनेर सुधार भूल । ✍️ अरुण कुमार भुजेल गोरूबथान,कालेबुङ,भारत। ~<•>~ [४७] भ्यू टावर चढन पाएका छौ खुसी बन जन उद्याेगधन्दा खाेलेपछि त कमाउँछ धन । ✍️ जी.वि.कश्यप, घाेराही, दाङ । ~<•>~ [४८] आवश्यक ठाउँमा खै पुल छैन, भ्यू टावर अनेक ठाउँ नाफाको दृष्टिमात्र नलगाऊ गएर हेर ती आफ्नै गाउँ ✍️ शोभा आचार्य गौतम काठमाडौँ ~<•>~ [४९] किन चाहिए बाटा, पुल म त्यहाँ हिँड्न पर्दैन सत्तामा के म एक्लै छु र उसले केही गर्दैन । ✍️ सबिता खड्का कैलाली ~<•>~ [५०] हाहाकार नै मच्चियो लौन भयौ काकाकुल हे प्रभु ! वर्षा लाग्द नि फुटेन पानीको मूल । ✍️ वेल थोकर तामाङ बकैया_८ मकवानपुर ~<•>~ [५१] गरिबको पसिना बेची नाम कमाउने नेतासँग परेँ दिक्क जनता मेरो भगवान् नै हुन् भन्दै भाषण छाट्दै पार्छन् हेर ठिक्क । ✍️ बिकास छेत्री अन्जान कैजले, बिजनबारी, दार्जिलिङ। ~<•>~ [५२] विकासको रकम सबै खाए बचेको पैसाले पुल बनाए । ✍️ बि.कुलुङ दार्जिलिङ रंगबुल ~<•>~ [५३] हामी तुइन तरेकै छौँ ज्यान जोखिममा मोलेर मोजमस्ती गर्दै हिँड अझै नि चट्ट छाती खोलेर | ✍️ सरिता सेढाई धादिङ ~<•>~ [५४] खोलानाला उत्खनन् गरेर बनायौँ भ्यू टावर गरिब दुखीलाई मारेर देखाउदै छौँ पावर । ✍️ कबिताहरी सुन्दर हरैंचा नगरपालिका १ मोरङ ~<•>~ [५५] मोज र भोजको युगमा थितिका कुरा नगर समाजलाई उँभो लग्छु भनेर अघि नसर । ✍️ लक्ष्मी रिजाल, रुपनगर, सप्तरी ~<•>~ [५६] यत्रतत्र छ समस्या गतिछाडा सत्ता अल्पमत बहुमतका नाममा भत्ता । ✍️ प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे ~<•>~ [५७] आम्दानीको रुख रोप्यौ लिई नेताको पावर भन्छौ कति सजिलो गरेर चढ भ्यू टावर । ✍️ अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा – ६ संखुवासभा । ~<•>~ [५८] तुइन हटाउ खोला र नदीमा बनाउ पक्की पुल ढाँट छल गरी लुटेर खाई नपार्नु है रनभुल । ✍️ सतीश पण्डित भानु ६ चुँदी तनहूँ। हाल चनपा६ मातातीर्थ