• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Tag: टुक्का माथि टुक्का

‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १३८ सम्पन्न

  • २९ जेष्ठ २०८१, मंगलवार १५:३५ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३८ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ६२ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३८ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    प्रतिनिधि टुक्का- १३८
    जय होस् हजुर चाप्लुसी गर्दै खुट्टा मल्नेहरूको
    उन्नति अनि  प्रगतिमा  आरिसले  जल्नेहरूको ।
    ~~~~~<•>~~~~~

    सहभागी टुक्काकारहरूका टुक्काहरू-

    [१]
    सकेजति त झुक्नुपर्छ अनि झुकाउनुपर्छ
    साम, दाम, दण्ड, भेद उपाय लगाउनुपर्छ ।
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ
    ~~~~~<•>~~~~~
    [२]
    आफैँ सक्षम भए पाे त राम्राे काममा अघि सर्छ
    असक्षमले त माथि पुग्न लाेलाेपाेताे गर्नै पर्छ ।
    ✍️
    ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    ~~~~~<•>~~~~~
    [३]
    जसरी भएपनि माथि पुग्न हिम्मत कसिन्छ
    दायाँबायाँ गर्न थाले भने देखी घुँडा धसिन्छ
    ✍️
    बेदु न्यौपाने
    ~~~~~<•>~~~~~
    [४]
    आरिसेहरू त  अरूको  प्रगति  चाहदैनन्  देख्न
    खुट्टा मल्ने जतिको लिष्ट बनाई अब पर्यो लेख्न ।
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन।
    ~~~~~<•>~~~~~
    [५]
    चाप्लुसी गरी खुट्टा मल्नेलाई जय होइन गर्नुपर्छ छि:छि: र थुरथुर
    यस्ताबाट भाँचिन्न एउटा सिन्को पनि त्यसैले राख्नुपर्छ सदा दुरदुर ।
    ✍️
    सतीश पण्डित
    भानु६ चुँदी तनहुँ, हाल चनपा६ मातातीर्थ
    ~~~~~<•>~~~~~
    [६]
    अर्काको प्रगतिमा आरिस डाहा कहिल्यै नगर्नु
    सक्छौ हौसला देऊ लान्छना लगाई भ्रम नछर्नु ।
    ✍️
    चुडामणी देबकोटा
    पुरानो नैकाप काठमाण्डौ
    ~~~~~<•>~~~~~
    [७]
    मुखले भने चिप्लो पार्दै बाहिर रोप्छौ छुरा
    यता मुखले ठिक्क पारेर उता काट्छ्न् कुरा।
    ✍️
    अनिता भण्डारी ताप्लेजुङ
    ~~~~~<•>~~~~~
    [८]
    कसरी खुट्टा तानेर लडाउने भनी बनेका छन् जम्बु टोली
    संसारकै चलन भइसकेको छ त नि ! हजुर आजभोलि।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    ~~~~~<•>~~~~~
    [९]
    खेलको मज्जा लिन पनि दुई चार हुनुपर्छ जल्ने
    प्रगतिशिल पाइला चालेको देख्दा आरिसले ढल्ने।
    ✍️
    संगीता खरेल
    चन्द्रागिरी ८ काठमाडौँ
    ~~~~~<•>~~~~~
    [१०]
    मुखले राम जपेर भित्रभित्रै धस्छन् छुरा
    दुई जिब्रेहरूको गरेर, के साध्य छ कुरा ?
    ✍️
    शंकर कार्की ,मकवानपुर ।
    ~~~~~<•>~~~~~
    [११]
    खेलमा मजा लिन्छन्, उता दुईचार जनाले
    नत्र भने खुट्टा तान्न मिल्दैन यहाँ लज्जाले ।
    ✍️
    एवाइ प्रभात
    सहिदभुमि धनकुटा
    ~~~~~<•>~~~~~
    [१२]
    सागरमाथि  उर्लिएको  छाल
    हेर्दाहेर्दै जिन्दगी भो  बेहाल ।
    ✍️
    रघु थापा सु न पा १.
    ~~~~~<•>~~~~~
    [१३]
    खुट्टा तान्नेहरूको भिडमा रमाउँदैछु
    खुसी केही मिल्छ भन्दै लरखराउँदैछु ।
    ✍️
    कला ढकाल, झापा
    ~~~~~<•>~~~~~
    [१४]
    म अगाडि बढ्दै जान्छु, तिमी आरिसले जल्दै गर
    अर्काको प्रगति देखेर कालै नआई चाडै मर ।
    ✍️
    राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    ~~~~~<•>~~~~~
    [१५]
    सक्षमले  राम्रो राम्रो काम सधैँभरि देशकै लागि गर्छ
    असक्षमले त आरिस गरी खुट्टा तान्न अघि अघि सर्छ ।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५  संगम काेलाेनी राधे राधे भक्तपुर ।
    ~~~~~<•>~~~~~
    [१६]
    को नै बनेको छ र यहाँ बलबुताले सक्षम ?
    चापलुसी त गर्नु  नै पर्छ भएपछि अक्षम l
    ✍️
    बाबुराम गौतम, गुल्मी
    ~~~~~<•>~~~~~
    [१७]
    खुबीवाला आफ्नै बुद्धि र पौरखमा रमाउँछ
    निरन्तरको मिहेनतले संसार जमाउँछ ।
    ✍️
    इमान सिंह के.सि.
    व्यास९ धनुबेसी,कलेस्ति,तनहुँ
    ~~~~~<•>~~~~~
    [१८]
    चाकडी चाप्लुसी गरी पानीसाप र गड्यौलो झैँ हिँडाइ गर्नेको
    चतुर्‍याइँ ठानिन्छ धाेका दिई बाेली फेर्दै अरूकै खाई मर्नेको ।
    ✍️
    रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
    ~~~~~<•>~~~~~
    [१९]
    राम्रो होस् यी चोरी ढाटी लुट्नेहरूको
    मङ्गल भो सयौँ चोटि फुट्नेहरूको ।
    ✍️
    कमला  देवकोटा, पाल्पा
    ~~~~~<•>~~~~~
    [२०]
    जीवन घाम र पानीमा  चलिरन्छ
    रिस मान्नेहरू आगोमा जलिरन्छ ।
    ✍️
    श्रीकृष्ण धामी – बझाङ
    ~~~~~<•>~~~~~
    [२१]
    किन गर्नुपर्ने सधैँ ती अरूका कुरा
    कर्म गर अनि मात्र लक्ष्य हुन्छ पूरा ।
    ✍️
    डिल्लीराज (राजेन्द्र) भुसाल
    सन्धिखर्क-२, कुर, अर्घाखाँची
    ~~~~~<•>~~~~~
    [२२]
    एउटै छ रूप मान्छेको केवल एउटै छ जात
    दुनियाँ भनेकै लाग्छ मलाई खुट्टा तान्ने जमात ।
    ✍️
    बि.कुलुङ
    दार्जिलिङ, रंगबुल
    ~~~~~<•>~~~~~
    [२३]
    कति के भनेर पनि यहाँ हुँदैन
    मनमा कहिले उसलाई छुँदैन ।
    ✍️
    नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    ~~~~~<•>~~~~~
    [२४]
    माथि जान पाए जुनसुकै उपाय लगाउने बानी
    खुट्टा मल्ने चलन आइसकेको छ मल्छु जानाजानी ।
    ✍️
    अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹
    ~~~~~<•>~~~~~
    [२५]
    नजिक नजिक बन्यो चाप्लुसीको भरमा
    स्वार्थको झोली भिरेर निमुखाको घरमा ।
    ✍️
    प्रेम थापा “मन”बागलुङ
    ~~~~~<•>~~~~~
    [२६]
    चाप्लुसी खुट्टा मल्नेहरू बुनेर हिँड्दछन् जाल
    एकदिन आफैँ जालमा परेर हुनेछ काल ।
    ✍️
    बिके मुखिया
    दार्जीलिङ भारत।
    ~~~~~<•>~~~~~
    [२७]
    काम गर   फलको   आशा आजै नगर
    भाग्य आफैँ  लेख  कसैको भरमा नपर ।
    ✍️
    घनश्याम पन्त
    हरिवन सर्लाही
    ~~~~~<•>~~~~~
    [२८]
    थरीथरीका मान्छेको थरीथरी सोचाइ
    अनि सोचाइ भन्दा फरक हुने भोगाइ ।
    ✍️
    दीपा समभाव
    खोटाङ्ग
    ~~~~~<•>~~~~~
    [२९]
    चाप्लुसी गर्छु अघि जान अरूको खुट्टा तान्दै
    व्यङ्ग्य वाण मार्छु भरसक गरी छुरा हान्दै !
    ✍️
    विवश पारदर्शी
    झापा,
    ~~~~~<•>~~~~~
    [३०]
    झुक्ने झुक्छन्  सकेजति पोखिएको टिप्न
    कालोमोसो  आफैँ  आफ्नो मुहारमा लिप्न ।
    ✍️
    महेन्द्र मान बलामी
    ~~~~~<•>~~~~~
    [३१]
    माथि चढ्न लगाउँदै छु भर्‍याङ
    जल्नेहरू त कति धेरै हौ चाङ ।
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाइ ४ झापा
    ~~~~~<•>~~~~~
    [३२]
    कुराहरू खोतल्दै चाप्लुसी गर्न खुट्टा मल्नेहरूलाई                                       

    प्रगति गरेर देखाउनु छ रिसले जल्नेहरूलाई ।            

    ✍️
    सबिता खड्का, कैलाली
    ~~~~~<•>~~~~~
    [३३]
    हजार सपना बाेक्दै चिन्तनमा जीवन नढाल
    क्षमताकाे आकलन विना धर्तिमा बीउ नफाल ।
    हिरालाल न्याैपाने ,बानपा८,काेटमाैला, सल्यान
    ~~~~~<•>~~~~~
    [३४]
    कहाँ देख्न सक्छन् र यहाँ आफन्तले प्रगति गरेको
    आफ्नो दु:खमा भन्दा अरूको सुखमा डाहाले मरेको
    ✍️
    मन्दिरा सेढाई, मलेखु,धादिङ
    ~~~~~<•>~~~~~
    [३५]
    आरिसले जल्नेहरू आफैँ भष्म हुन्छन्
    खुट्टा मल्ने जति सबै भविष्यमा रुन्छन्।
    ✍️
    अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ,भारत।
    ~~~~~<•>~~~~~
    [३६]
    उन्नतिको बहानामा बिगारे भएको थातथलो
    गोरु चुट्ने बहाना जुराउन नअड्काउनु हलो ।
    ✍️
    कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
    ~~~~~<•>~~~~~
    [३७]
    केको मेसो हुन्छ कठै उल्टो उल्टो चल्नेसँग
    हिसाब किन राख्नु आफ्नै रागले जल्नेसँग ।
    ✍️
    पुष्पा राई, बादेल, खाेटाङ ।
    ~~~~~<•>~~~~~
    [३८]
    मनमा पीडा दबाई परदेशमा बसिन्छ
    कालसँगको युद्ध लड्न त कम्मर कसिन्छ ।
    ✍️
    सनत रोकाय बिवश
    कुशे गा. पा ८, जाजरकोट
    ~~~~~<•>~~~~~
    [३९]
    प्रगतिको श्रेय अन्धभक्तलाई पनि जान्छ
    भर्ने छौ पेट देशको ढुकुटीले जति धान्छ ।
    ✍️
    सुस्मिता अधिकारी, काठमाडौँ
    ~~~~~<•>~~~~
    [४०]
    असक्षमले नै तान्ने गर्छन् हजुर अरूको खुट्टा
    चाप्लुसे र आरिसेले कुरा काट्छन् भरी फूलबुट्टा ।
    ✍️
    रुना कर्माचार्य दाहाल ,चितवन
    ~~~~~<•>~~~~~
    [४१]
    यस्तै छ यहाँ जताततै हाम्रो देशको चाला
    चाकरी अनि चाप्लुसीको मात्र छ बोलवाला।
    ✍️
    ज्ञानबहादुर क्षत्री
    सन्धिखर्क – २, अर्घाखाँची।
    ~~~~~<•>~~~~~
    [४२]
    बोलीले विकास गरी ठगेरै खान पल्केको चाहिँदैन कुनै विकास 
    आफूलाई सजिलो हुनुपर्छ अरूको लागि किन दिनु त नी निकास ।
    ✍️
    सुशील शिखा
    काठमाडौँ कागेश्वरी
    ~~~~~<•>~~~~~
    [४३]
    कानुन छ अन्धो बैरी भए बन्धु भाइ
    बाध्य छु ठूलाबडाको खुट्टा मोल्नलाई ।
    ✍️
    पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके।
    ~~~~~<•>~~~~~
    [४४]
    भोक लागे हसुर पानी चाहिए पिऊ
    भुक्दै नहिँड यसरी मनभरि जिऊ ।
    ✍️
    नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर ।
    ~~~~~<•>~~~~~
    [४५]
    स्वार्थ साध्न नै होकि उद्दत किन चाकडीमा राेज
    अन्डर टेबुल उपर टेबुल दिनदिनै भोज ।
    ✍️
    रामकृष्ण दुवाडी
    पाेखरा
    ~~~~~<•>~~~~~
    [४६]
    चाप्लुसी  प्रगति देखेर डाहा गर्नेको  राज
    सोझा साझा र चाप्लुसी नजान्नेको छैन काज।
    ✍️
    शोभा आचार्य गौतम
    काठमाडौँ
    ~~~~~<•>~~~~~
    [४७]
    असक्षम छु अघि बढ्न पनि गाह्राे
    तिम्राे त्याे प्रगतिले मुटु जल्याे साह्राे ।
    ✍️
    काेेपिला अधिकारी
    सिरानचाेक-७, गाेरखा
    ~~~~~<•>~~~~~
    [४८]
    खुट्टा  मल्ने  र चाप्लुसी सबै यहाँ हुनेरहेछ
    त्यस्को चोट जति निमुखाले मात्र यहाँ सहेछ!
    – पवनकुमार बुढाथेाकी
        काठमाडौं
    ~~~~~<•>~~~~~
    [४९]
    देशका नेता जति भए कमिना  कुलङ्गार
    विदेशीले हेर गरेका छन् कति चमत्कार ।
    ✍️
    सुनगाभा पोखरेल
    ~~~~~<•>~~~~~
    [५०]
    रिसले जल्नेहरू जले
    आखिर भित्रभित्रै गले !
    ✍️
    आर्त अकुलीन
    ~~~~~<•>~~~~~
    [५१]
    सहृदय हुनेको कमी छ आज 
    पुनः हुने भो यहाँ रावण राज ।
    ✍️
    कार्की डिबी माकुम
    सुनवल -४, नवलपरासी
    ~~~~~<•>~~~~~
    [५२]
    रातारात जुनी फेर्ने नै हुन्छन् महाजन तेल घस्नेहरू
    कटुवाल चप्पल, छाता ओढ्ने रातो कार्पेटमा हिँड्छन् बरू ।
    ✍️
    इन्दु श्रेष्ठ, चितवन
    ~~~~~<•>~~~~~
    [५३]
    समय निरन्तर चलिरहन्छ
    रिसाहा मान्छे भने जलिरहन्छ ।
    ✍️
    दुर्गा भट्टराई , माेरङ
    ~~~~~<•>~~~~~
    [५४]
    गरीबलाई खै अन्न छैन, भोकले आँत
    जलिरहेछ
    टाउकेहरू कमिसनमा नै, तोलमोल  चलिरहेछ ।
    ✍️
    समिता पौडेल  न्यौपाने
    भ न पा७ कृष्णपुर चितवन
    ~~~~~<•>~~~~~
    [५५]
    कही कतै देखिएन सत्यताकाे शुद्ध खेल
    जहाँतहीँ हुनथाले आजभाेलि अनमेल ।
    ✍️
    हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे, बनेपा १४ साँगा बजार।
    ~~~~~<•>~~~~~
    [५६]
    सधैँ आफ्नो कर्म नित्य गर्छु
    मेहनत गरी पेट भर्छु ।
    ✍️
    शशी श्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौँ
    ~~~~~<•>~~~~~
    [५७]
    काम छैन कसरी हाे बस्ने यहाँ खल्ती भरी
    कमाइ त्यसै कहाँ हुन्छ र चाप्लुसी  नगरी ?
    ✍️
    भवानी पोख्रेल
    ~~~~~<•>~~~~~
    [५८]
    स्वार्थको पनि भाँडा ठूलो रहेछ कहिले पोखिएन
    पोखिएर निस्वार्थ भावले यहाँ कहिले जोखिएन ।
    ✍️
    बिकास छेत्री अञ्जान
    कैजले, बिजनबारी, दार्जिलिङ।
    ~~~~~<•>~~~~~
    [५९]
    गोडा तानुन् कोही काटुन् कोही कुरा
    या धसुन्  यो  दिलमा कसैले छुरा ।
    ✍️
    रतन बिष्ट, आलिताल डडेल्धुरा
    ~~~~~<•>~~~~~
    [६०]
    खुट्टा मल्नेहरूको नै, जय देखिन्छ देशमा
    गरी आरिस के हुन्छ? मौन छन् सब केसमा।
    ✍️
    रामशरण न्यौपाने, भक्तपुर
    ~~~~~<•>~~~~~
    [६१]
    अरूले गरेको प्रगति देखेर धेरै भए जल्ने
    अरूकाे प्रगतिकाे जराे ढाल्दा आफैँ पाे भए ढल्ने ।
    ✍️
    सहयात्री शाेभा अर्याल
    रुपन्देही
    ~~~~~<•>~~~~~
    [६२]
    फूलबुट्टा हानेर, झोले नेता पालिन्छ
    यसपालिको बजेटले लुतो फालिन्छ ।
    ✍️
    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।
    ~~~~~<•>~~~~~

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविता, वसन्त अनुभवLeave a Comment on ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १३८ सम्पन्न

    ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १३७ सम्पन्न

  • २२ जेष्ठ २०८१, मंगलवार २३:११ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३७ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ५४ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३७ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    प्रतिनिधि टुक्का- १३७

    तिम्रा सबै ती कर्तुतहरू चिच्याएरै बोलिदिन्छु
    मेरो फाइल खुल्नु पर्छ नि तिम्रा सबै खोलिदिन्छु ।
    ~<•>~

    सहभागी टुक्काकारहरूका टुक्काहरू-

    [१]
    तँ चुप म चुप खोल्नुहुन्न पोल
    छोप्नुपर्छ सबै ओढाएर खोल !
    ✍️ वसन्त अनुभव
    घोराही, दाङ
    ~<•>~
    [२]
    मिलेरै बाट्नु छ डाेरी सत्ता काण्ड वरिपरि
    कुट्छु म राेए झैँ गर्नु चल्छ खेल सधैँभरी ।
    ✍️ ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    ~<•>~
    [३]
    छैनन् कोही चोखो, गर्दा रहेछन् सबै नै जालझेल
    आखिरमा बुझ्दा खेरि खेल्ने रैछन् खुट्टा तान्ने खेल ।
    ✍️
    दीपा समभाव
    खोटाङ्ग
    ~<•>~
    [४]
    तिमी सबै चुपचाप बस खोल्नु हुन्न है पोल
    भित्रभित्रै देश खाइसके बाहिर खोक्रो खोल ।
    ✍️
    बेदु न्यौपाने
    ~<•>~
    [५]
    सारा कर्तुतलाई छाेप्नुपर्छ ओढाएर खाेल
    मिलीजुली सत्ता चलाउनुपर्छ नखाेलौँ पोल ।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
    ~<•>~
    [६]
    सबै मिली बाँडीचुँडी खाऔँ अब
    के नै बाँकी छ र सिध्याऔँ नि सब ।
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    ~<•>~
    [७]
    म बुझ्छु हतार नगर न साथी
    पहिले हामीलाई पुग्नु छ माथि ।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    ~<•>~
    [८]
    कुर्सीमा हाम्रो राज छ, धेरथोर कमाउनु पर्छ
    मौका आखिर यही हो, बिरोध गर्नेहरूले गर्छ ।
    ✍️
    शंकर कार्की,मकवानपुर ।
    ~<•>~
    [९]
    तिम्रोले गर्नुभयो त मायाको कुरा
    मेरो सपना हुन्छ कि हुँदैन पूरा ।
    ✍️
    श्रीकृष्ण धामी – बझाङ
    ~<•>~
    [१०]
    पदविना भएका छन् गिद्धहरू काकाकुल
    अर्को तिर फर्काउछन् आफूलाई घोच्ने शूल !
    ✍️
    भुपेन्द्र राना मगर
    धादिङ्ग
    ~<•>~
    [११]
    आखिर सम्झेर भिर
    जिन्दगी रहेछ पिर !
    ✍️
    आर्त अकुलीन
    ~<•>~
    [१२]
    नराम्रो कामको लत बस्यो कता जाने जाने
    खुलेआम नपाए टेबल मुनिबाट खाने ।
    ✍️
    अम्बिका अधिकारी
    झापा बिर्तामोड
    ~<•>~
    [१३]
    सत्ता कुर्सी पद पैसा बाघचालको खेल
    भ्रष्टाचारी फाइल खोल्ने सबै झेलमेल !
    ✍️
    विवश पारदर्शी
    झापा,
    ~<•>~
    [१४]
    कस्तो हाँसो हाँसिएछ हाँस्दाहाँस्दै रुनुपर्ने
    खेल्दाखेल्दै सद्दे मान्छे पागलझैँ हुनुपर्ने ।
    ✍️
    रघु थापा
    सु न पा १
    ~<•>~
    [१५]
    मेरो पोल खोल्दियौ भने तिम्रो पनि खोल्दिन्छु
    तिम्रो ती कर्तुतहरू सबैको सामु बोल्दिन्छु ।
    ✍️
    अनिता भण्डारी
    ताप्लेजुङ
    ~<•>~
    [१६]
    देश बेच्नेहरूका खोल्न थाल्यौ पोल
    भ्रष्ट सबै रहेछन् कस्ले भन्ने बोल ?
    ✍️
    एवाइ प्रभात
    सहिदभुमि धनकुटा
    ~<•>~
    [१७]
    गल्ती भए सजाए भाेग्छु फाइल खाेल छिटाे छिटाे
    भ्रष्टाचारी भनी चिनिनु भन्दा त खान्छु बरू लिटाे ।
    ✍️
    भवानी पाेखरेल( बाबू विराज)
    बाणगङ्गा १ चार नम्बर कपिलवस्तु
    ~<•>~
    [१८]
    फाइल खोल चिच्याएर बोल, आवाज पुग्ने हैन पर
    भरिदिन्छु सबैको रित्तो खल्ती, मलाई लाग्दैन है डर।
    ✍️
    बिके मुखिया
    दार्जीलिङ,भारत।
    ~<•>~
    [१९]
    बाहिर बस्दा गफ गर्छन् निकै ठुला ठुला
    कुर्सी पाएपछि सबै एउटै ड्याङ्का मुला ।
    ✍️
    बाबुराम पाण्डे
    अर्घाखाँची
    ~<•>~
    [२०]
    यो मनभरीको बह बोलिदिन्छु
    मिठो कुरा तिमीलाई खोलिदिन्छु ।
    ✍️
    नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    ~<•>~
    [२१]
    आरोप अनि प्रत्यारोपमै पाे चलिरहेछ शासन
    भाषण दिन मात्र माहिर भए जमाएर आशन ।
    ✍️
    त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    ~<•>~
    [२२]
    विकासको लहरले नेपालमा जरा गाड्यो
    अझै भन्छन् जनता सरकारले धर्म छाड्यो ।
    ✍️
    घनश्याम पन्त
    हरिवन सर्लाही
    ~<•>~
    [२३]
    पोल खोल्ने कुरा नगर आधा आधा पारौँला
    भ्रष्टचारको रूख हामीसँगै मिली सारौँला ।
    ✍️
    संगीता खरेल
    चन्द्रागिरी ८ काठमाडौँ
    ~<•>~
    [२४]
    मिलिजुली खाऔँ भागबन्डामा अनि बसौँ चुप
    हाकाहाकी कानमा कराए बाल्नु मच्छर धुप ।
    ✍️
    कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    ~<•>~
    [२५]
    हिङ बाँधेको टालोमा अझै छ बोक्रो
    अस्थिरता जन्माइ पारौं देश खोक्रो ।
    ✍️
    प्रेम थापा “मन”बागलुङ
    ~<•>~
    [२६]
    ढाेका झ्याल दराज फाइलहरू जे जे खाेलाखाेलै गर
    संसारकै सञ्चारमा भ्रष्टाचारका समाचारले भर ।
    ✍️
    रामप्रसाद पुरी
    बादेल, खाेटाङ ।
    ~<•>~
    [२७]
    अभिमन्यु जस्ताे भई साम्ने भिड्न जाला
    फर्किआउन जान्दैन फेरि धोका खाला ।
    ✍️
    शालिकराम
    ~<•>~
    [२८]
    मेरो मनको खुसी लुटेर, तिमी धेरै टाढो गयौ
    हिजोसम्म मुटुमा थियौ, आजदेखि पराया भयौ ।
    ✍️
    रमेश दियाली
    सिटोंग खरसाङ दार्जिलिङ
    ~<•>~
    [२९]
    मिलीजुली पड्काका हौ के को फाइल खोल्नु ?
    मिलीजुली पड्काउनेले हुन्न धेरै बोल्नु ।
    ✍
    नवशिला,
    नवदेव मार्ग, लालभित्ती,मोरङ।
    ~<•>~
    [३०]
    मन्त्री भनाउँदाहरू खानेबेलामा भित्रभित्रै मिली खान्छन्
    पक्राउ परेपछि एक-अर्कालाई आरोप लाउँदै जान्छन् ।
    ✍️
    बि.कुलुङ
    दार्जिलिङ रंगबुल
    ~<•>~
    [३१]
    अब त लप्पनछप्पन गरेर देश डुब्ने काम गर्ने चाहिँदैन
    भ्रष्टाचारी नेता जतिसुकै शिर्ष भएपनि छाेपी राख्न पाइँदैन ।
    ✍️
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुन्जे
    ~<•>~
    [३२]
    तै चुप मै चुप गरी बसौँ, खोल्न हुन्न पोल
    भित्रभित्रै एक आपसमा गरौँ मोलतोल ।
    ✍️
    पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके।
    ~<•>~
    [३३]
    नियम कानुन सबैलाई लाग्दछ बराबर
    बाहिर लेखी टाँसौँ भित्र धन्धा गरौँ सरासर ।
    ✍️
    भगवती दवाडी
    दमक,झापा
    ~<•>~
    [३४]
    सत्ताका लागि मरिमेट्ने यी, खान पाएमा मिल्दछन् पक्कै
    लड्दछन् आफ्नै स्वार्थका लागि, देशको चिन्ता छैन पटक्कै ।
    ✍️
    ज्ञानबहादुर क्षत्री
    सन्धिखर्क – २, अर्घाखाँची।
    ~<•>~
    [३५]
    भ्रष्टाचार उसले गर्‍यो हामी सदन आन्दोलनमा झर्छौ
    सबैको फाइल खोलिदेऊ संसदमा साथ सपोर्ट गर्छौ ।
    ✍️
    चुडामणी देबकोटा
    पुरानो नैकाप काठमाण्डौ
    ~<•>~
    [३६]
    अन्यले चोक्टा खाए, तिमीले पनि पियौ सायद झोल
    कुनै दिन पुगौला त्यही ठाउँ, नखोल्नु अहिले पोल ।
    ✍️
    मोती सुब्बा
    दार्जिलिङ निमकी डाँडा।
    ~<•>~
    [३७]
    राम्रो काम गर्नेलाई कराउनु पर्दैन
    काँचो फललाई कहिले नझारी झर्दैन।
    ✍️
    धनुष न्यौपाने “यात्री”
    जुम्ला
    ~<•>~
    [३८]
    कुर्सीमा राज छ, मिलीजुली कमाउनुपर्छ
    आफ्नो भाँडो भरिएपछि नै देश पछि सर्छ ।
    ✍️
    बिकास छेत्री अञ्जान
    कैजले,बिजनबारी, दार्जिलिङ
    ~<•>~
    [३९]
    थर्काएर के गर्नु यहाँ सबको आफ्नै खुल्छ पोल
    सक्छौ भने प्रमाण देखाऊ, सबुद सहित बोल ।
    ✍️
    राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    ~<•>~
    [४०]
    आफ्नाे पोल खोलिए अरूको पनि खोल्ने
    नआवस् है दिन फेरि दुवैलाई पोल्ने।
    ✍️
    अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ,भारत।
    ~<•>~
    [४१]
    फाइल खोल्न धौ धौ भयो अब केही हुन्न
    जताततै झुठा कुराको हाँसो भयो छुन्न ।
    ✍️
    कमला देवकोटा
    पाल्पा
    ~<•>~
    [४२]
    आइज यार पोल खोलाखोल गरौँ
    हामी दुवै एकसाथ जेलमा परौँ ।
    ✍️
    नन्दलाल आचार्य,
    सिद्धार्थटोल, उदयपुर ।
    ~<•>~
    [४३]
    गल्ती गर्नेलाई छोपिरहे बन्छन् ती पछि कंश
    कर्तुत खोली बेलैमा सबै बचाउनुछ वंश ।
    ✍️
    गंगा खड्का
    बूढानीलकण्ठ ,काठमाडौँ
    ~<•>~
    [४४]
    मिलीजुली गरौँ हामी सत्ता चलाउने काम
    बाङ्गो कुरा गर्यौ भने खोलिदिन्छु तिम्रो नाम ।
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाइ ४ झापा
    ~<•>~
    [४५]
    भयो अब पोल नखोलौँ
    आपसमा हेर नपोलौँ ।
    ✍️
    लक्ष्मी रिजाल
    रुपनगर, सप्तरी ।
    ~<•>~
    [४६]
    मिलीजुली सबै मिलेर कमाउँला
    कुरा नमिले सबैलाई समाउँला ।
    ✍️
    ध्रुव श्रेष्ठ
    खोटाङ हाल,काठमाडौँ ।
    ~<•>~
    [४७]
    माइक अघि उभिएपछि ठुलो ठुलो स्वर गर्ने
    काम हो उसको जनता लठ्याई आफ्नै गोजी भर्ने ।
    ✍️
    राजनारायण राई
    राजदल बस्ती सोनादह
    ~<•>~
    [४८]
    कर्मशील नेता भए हुन्छ देशमा विकास
    आलोपालो बाँडी खाएपछि के हुन्छ निकास ?
    ✍️
    पद्मा काश्यप पाण्डे
    मोरङ
    ~<•>~
    [४९]
    सबै कुरा थाहा हुँदा पनि के गरिन्छ ?
    गर्ने आशा राखिँदै एकदिन मरिन्छ ।
    ✍️
    कार्की डिबी माकुम
    सुनवल -४, नवलपरासी
    ~<•>~
    [५०]
    मेरा फाइल नखोलिदेऊ तिम्रो पनि छुन्न
    हामी दुवै मिलेको देखाउन कहिल्यै हुन्न ।
    ✍️
    सुस्मिता अधिकारी
    काठमाडौँ
    ~<•>~
    [५१]
    पाएसम्म सधैँ मिलेर नै खाएको हो नी बहाना खाेजी साथी बनी बनी
    सोचिनँ नी कहिल्यै अति भएपछि तिम्रोसँगै मेरो पालो आउँछ भनी ।
    ✍️
    सुशीला शिखा
    काठमाडौं कागेश्वरी
    ~<•>~
    [५२]
    तिमी त उसै काले ऊ किन हुनखाेज्छ भाले
    नहुनु काले काेही पनि माेटरकाे धुवाँले ।
    ✍️
    हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे, बनेपा१४ साँगा बजार ।
    ~<•>~
    [५३]
    जे जे फाइल खोलिन्छन्, बन्द हुन्छन् ठुला जति
    खुट्टी देखेर नानीको, पाइयो चाल है अति ।
    ✍️
    रामशरण न्यौपाने
    भक्तपुर
    ~<•>~
    [५४]
    कपोलकल्पित आरोप लगाउने, मरिजाउन् ती सब
    भ्रष्टचारी फेद, टुप्पो, हाँगा, पात, जरा छोडिँदैन अब।
    ✍️
    होम प्रसाद नेउपाने
    धरान,सुनसरी।
    ~<•>~

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविता, वसन्त अनुभव2 Comments on ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १३७ सम्पन्न

    ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १३६ सम्पन्न

  • १३ जेष्ठ २०८१, आईतवार २०:४९ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३६ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ५९ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३६ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    प्रतिनिधि टुक्का- १३६
    ~<•>~
    कामभन्दा कुरा गर्ने चाहिएको छ मान्छे
    बोल्दाखेरि गाई बनोस् ढुकुटी बाँड्दा भान्छे !
    वसन्त अनुभव
    ~<•>~

    सहभागी टुक्काकारहरूका टुक्काहरू-

    [१]
    गल्तीहरू ढाकछोप गर्ने, कार्यकर्ता चाहियो
    अन्धाभक्त बनेपछि हेर बोल्न जे नि पाइयो ।
    ✍️ वसन्त अनुभव
    घोराही, दाङ
    [२]
    नराम्राे काम छाेपिदिने मान्छे मात्र मेरा
    दैलाे खाेली देखाउनेले सरे हुन्छ डेरा ।
    ✍️ ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    [३]
    मख्ख पर्दै ढोकातिर ए हात लम्काएर
    ढिकुटीको साँचो देखाई भाग्य चम्काएर ।
    ✍️ अम्बिका अधिकारी
    झापा बिर्तामोड
    [४]
    पर्दाफास गर्ने जति लाखापाखा लागुन्,
    ठगाहा र भ्रष्टाचारी मारेका नि जागुन् ।
    ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹
    [५]
    गणतन्त्र प्रजातन्त्रमा हेर जे बोल्छौ बोल पाइन्छ
    देशमा गाई गोरु जे बनोस् ढुकुटी मलाई चाहिन्छ ।
    ✍️ बेदु न्यौपाने
    [६]
    कार्यकर्ता नै लहैलहैमा लाग्छन् भएजति
    नेताको चालचलन अनि बिग्रिए नि मति।
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    [७]
    नियत नै खोटो भएपछि कसको के लाग्छ
    जसरी पनि देश कङ्गाल पार्ने मति जाग्छ ।
    ✍️ सतीश पण्डित
    चुँदी तनहूँ
    हल चनपा माततीर्थ।
    [८]
    जे गर्दा पनि नहुने भयो, खाली आँखा छ्ल्ने मात्र कुरो
    कठै भनी कति भनौँ हजुर बन्नुपरेको छ बबुरो ।
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा
    [९]
    धरतीमा बसी गरून् आकास छुने कुरा
    सबै रित्याएर बाँडुन् ढुकुटी जति पूरा ।
    ✍️ मन्जु जोशी
    डीलासैनी ५ बैतडी
    हाल भक्तपुर
    [१०]
    बिरालो मुसा जस्ता भेटिन्छ भान्छे
    डाडु पन्यु जिम्मा लगाएको मान्छे ।
    ✍️ चुडामणी देबकोटा
    पुरानो नैकाप काठमाण्डौ
    [११]
    गर गर मात्र भन्छन् हरेक बेला काम
    काम गरेको नि मिल्दैन त हजुर दाम ।
    ✍️ श्रीकृष्ण धामी – बझाङ
    [१२]
    काम गर्न किन पर्याे उसले चाप्लुसी गरेपछि
    दु:खपीडा दिइरन्छ पीडक तिनले सहेपछि ।
    ✍️ शर्मिला खतिवडा
    विर्तामोड ,झापा ।
    [१३]
    जता गयो उसैको डर
    कोही कसैको छैन भर !
    ✍️ आर्त अकुलीन
    [१४]
    प्रजातन्त्र देशमा आयो, सबैले बोल्नु पायो
    काम गर्नेले बोक्रा पायो, बोल्नेले गुदी खायो।
    ✍️बिके मुखिया
    दार्जीलिङ,भारत।
    [१५]
    जगमा हामी नै भयौँ विचित्र
    नदेखिने कतै पनि सचित्र ।
    ✍️ कार्की डिबी माकुम
    [१६]
    घरमा पनि कर अरे जग्गामा पनि कर
    विकास गर्ने कार्यमा त जनताकै छ भर ।
    ✍️ Shreya timalsina
    Hetauda makwanpur
    [१७]
    किन पर्यो रुन व्यर्थ मच्चाउँदै रोइलो ?
    भ्रष्टाचारी समातेर काट्दाखेरि खोइलो !
    ✍️ विवश पारदर्शी
    झापा,
    [१८]
    भाषण गर्छन् नेता देश विकास गर्ने आकाश पातलकाे कुरा
    देशको ढुकुटी रित्याई पत्नीलाई लगाइदिन्छन् सुनको चुरा ।
    ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
    [१९]
    काम कुरा एकातिर कुम्लाे बाेकेर ठिमीतिर
    सुशासन दिन्छु भन्नेले देशलाई लगे भिर ।
    ✍️ प्रद्युम्न चालिसे
    [२०]
    सरल व्यक्तिलाई पराया जस्तो गर्दैछ
    स्वार्थीले भने धमाधम ढुकुटी भर्दैछ ।
    ✍️ अन्मोल मुस्कान
    तकदाह छाउनी, दार्जिलिङ।
    [२१]
    भाषणमा माइक पाउँदा मिठा गर्छन् बात
    पैसा पाउने ठाउँ आएमा लम्काउँछन् हात ।
    ✍️ प्रेम थापा “मन”बागलुङ
    [२२]
    बोल्दाखेरि गाई बनोस् बजेट बाँड्दा माई
    द्रव्य पोषण गर्ने भान्छे मिलोस् हामीलाई l
    ✍️ बाबुराम गौतम, गुल्मी
    [२३]
    भ्रष्टाचार, कामचोरहरूको रगरगी बढेर गयो
    फोहोरमैलाले झोडा नाला डुङडुङ्ती गह्नाउने भयो ।
    ✍️ मोती सुब्बा दार्जिलिङ निमकी डाँडा।
    [२४]
    महान् व्यक्तिहरूले नै गर्छन् नराम्रो धन्दा
    भाषण मात्र छाँट्छन् ठूला काम गर्नुभन्दा ।
    ✍️ साबित्री प्याकुरेल, धादिङ्ग।
    [२५]
    बोलेरै त सिध्याए ढुकुटी काम माखो मारेनन्
    जनतामुखी कर्म भने कहिल्यै अघि सारेनन् ।
    ✍️ त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    [२६]
    के पाइएला र याे जुनीमा यस्ता खालका मान्छे
    बरु तिमी आफैँ बन मिलाएर लैजाने भान्छे ।
    ✍️ भवानी पोख्रेल
    [२७]
    गधालाई नुहाएर गाई हुन्नन् भन्थे त्यस्ता
    नेटो काट्यो समयले राष्ट्रभक्त भए सस्ता ।
    ✍️ ममता पौडेल
    बूढीगङ्गा-२, मोरङ
    [२८]
    गरीबको हरायो सानो डेरा
    धनीले बनायो सबै नै मेरा ।
    ✍️ नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    भारत
    [२९]
    अहम् अनि घमण्ड छ प्रत्येक मेरो बातमा
    भान्छाको डाडु पन्यु भएपछि मेरै हातमा ।
    ✍️ डम्बर थामी ‘अनुपम ‘
    कालिन्चोक गा. पा. -६, दोलखा ।
    [३०]
    सही गलत छुट्याउन नसक्ने रहेछ मान्छे
    आफ्नै भुँडी मात्रै भर्ने कस्तो बनाइएछ भान्छे ?
    ✍️ दीपा समभाव
    खोटाङ्ग
    [३१]
    सबै मिलेर रित्याइसके ढुकुटी
    अर्थतन्त्र दुब्लाई भैसक्यो सुकुटी ।
    ✍️ संगीता खरेल
    चन्द्रागिरी ८ काठमाडौं
    [३२]
    ढुङ्गा पग्लिएला बरु फाट्न सक्ला धर्ती
    तितो लाग्नेगर्छ स्वार्थीलाई मिठो अर्ती ।
    ✍️ कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    [३३]
    अस्तित्वमा अझै रहेछ खुन चुस्ने आदमखोर
    गरीबको पसिना पिउँदै सत्तामा बसेका चोर ।
    ✍️ बि.कुलुङ
    दार्जिलिङ रंगबुल
    [३४]
    ठूला ठूला भाषण गऱ्यौ भने नेता बन्छौ नानी
    भ्रष्टाचार गर्नु र घुस खानु राम्रो हुन्छ बानी ।
    ✍️ गुणनिधि घिमिरे अमेरिका
    [३५]
    कुरा गर्यो कुराकै दुख
    मान्छे मारेर खोज्छ सुख ।
    ✍️ नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर ।
    हाल- एनेलकुटी, सिरहा ।
    [३६]
    कुराले नै विकास गर्ने मान्छे चाहियो भन्छौ
    को जनता कहाँ मरे भन्दै तिमी फेरि गन्छौ ।
    ✍️ धनुष न्यौपाने” यात्री “
    जुम्ला
    [३७]
    अलिकति दाउ परे खोसाखोस नाली झोडे काम
    बर्खा नलागी भत्किँदै पछि देख्छ भ्रष्टाचारी नाम ।
    ✍️ राजनारायण राई
    राजदल बस्ती सोनादह
    [३८]
    तिमीसँग हात फैलाएर माग्नु पर्यो मैले माया
    यस्तै रहेछ जिन्दगी कहिले घाम कहिले छाया ।
    ✍️ शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौं
    [३९]
    नक्कली माया लाएर नै पारेउ जालमा
    बस्नुपरेको छ राेई अहिले बेहालमा ।
    ✍️ रामप्रसाद पुरी, बादेल , खाेटाङ ।
    [४०]
    मुखमा राम राम चित्तमा छुरा
    भित्रभित्र गर्छौं ठूला ठूला कुरा।
    ✍️ रमेश दियाली
    [४१]
    साँचो माया गर्छु है भनेको उनले
    असल व्यवहार भरेको गुनले ।
    ✍️ गंगाराम यादव
    औरावनी २ सुनसरी
    [४२]
    तिमी देऊ साथ मलाई असल मान्छे भनेर
    कमिला भई पस्नेछु र निस्कन्छु हात्ती बनेर ।
    ✍️ मन्दिरा सेढाई
    मलेखु,धादिङ
    [४३]
    चुनाव आउँदा नमन बाँड्छु भाषण पनि ठुला
    विकासका बजेट ल्याउँछु त पोटली भर्ने दुला ।
    ✍️ इन्दु श्रेष्ठ, चितवन
    [४४]
    छानेर पठाएको मान्छेले चलाएको छ सत्ता
    ढुकुटी रित्याएर बाँडेको छ तलब र भत्ता ।
    ✍️ अरुण कुमार भुजेल
    गोरुबथान, कालेबुङ, भारत।
    [४५]
    कसैले दया देखाउँदा भाग्छु
    कमलो देखिए म उतै लाग्छु ।
    ✍️ लक्ष्मी रिजाल
    कञ्चनरूप १२, रूपनगर, सप्तरी
    [४६]
    बोलेर पनि अब देश भए चलाउने
    काम छ नेपाल आमाको मुटु जलाउने ।
    ✍️ सुस्मिता अधिकारी ,काठमाडौँ
    [४७]
    जता छ आफ्नो भाग, उतै लगाउँ कुरो र कुलो
    देशको ढुकुटीमा राख तिम्रै भान्छे तिम्रै चुलो ।
    ✍️ पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके।
    [४८]
    झुटा भाषणमा रम्ने, सत्तामा छन् विराजित
    सन्तान दास पोसेर, बन्छन् भान्छे मजासित।
    ✍️ रामशरण न्यौपाने, भक्तपुर
    [४९]
    खान टन्न पाएपछि आँखा देखिँदैन कान पनि हैन सुन्ने
    जे जे गरोस् मतलब छैन बुद्धजस्तै त्यागी भन्दै सधैँ चुन्ने ।
    ✍️ सुशीला शिखा
    काठमाडौं कागेश्वरी
    [५०]
    कामभन्दा कुरा गरी बन्ने गर्छन् यहाँ हिरो
    देशको ढुकुटी लुटेर बनाइसक्यो जिरो ।
    ✍️ रुना कर्माचार्य दाहाल ,चितवन
    [५१]
    कुरा मात्र गर्ने देश चलाउनेहरूको काम
    विकासको नाममा हुँदैछ है जताततै जाम ।
    ✍️ शोभा आचार्य गौतम
    काठमाडौँ
    [५२]
    काम बिक्ने बजार, हुँदाेरहेछ नीच
    बाेली बिकुवा ती ग्राहकहरूकाे बिच ।
    ✍️ हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे, बनेपा १४ साँगा बजार ।
    [५३]
    बहुदल हाम्रो निम्ति भएको छ शान
    प्रजातन्त्र देखाएर जानेका छाैँ खान।
    ✍️ केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।
    [५४]
    बोली बिक्ने समय छ त किन गर्नु काम
    जति खेदो खने पनि कमाइहाल्छु दाम |
    ✍️ सरिता सेढाई धादिङ
    [५५]
    मान्छे बने हेर आजकल, झुटो खेतीको भान्छे
    बुढी समेत तरकारी, कोदाको झोलमा झान्छे ।
    ✍️ राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    [५६]
    जताततै भएको छ सधैँ अशान्तिको युद्ध
    फेरि आऊ देशलाई बचाऊ गौतम बुद्ध ।
    ✍️ अनिता भण्डारी ताप्लेजुङ
    [५७]
    खोजेको बराबर भएको कुरा सबैलाई बाँडेपछि आफू खाने भान्छे
    भेटियो आफू र आफ्नालाई पस्की अरू भोकै राखी आफू टन्न खाने मान्छे !
    ✍️ पवन कुमार बुढाथेाकी
    काठमाडौँ
    [५८]
    कामभन्दा कुरा मात्रै गर्ने हाम्रा नेताहरू
    काम देख्दा जनतालाई भयो बाँचु कि मरु !
    ✍️ ध्रुव श्रेष्ठ
    खोटाङ,हाल काठमाडौँ ।
    [५९]
    ढुकुटी बाँड्दा भान्छे बन्न तम्सनेहरू छन् धेरै
    मौका पर्दा पोल्टो भर्न जेलाई पनि भन्छन् मेरै ।
    ✍️ गंगा खड्का
    बूढानीलकण्ठ ,काठमाडौँ
    ~<•>~

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविता, वसन्त अनुभव1 Comment on ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १३६ सम्पन्न

    ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १३५ सम्पन्न

  • ९ जेष्ठ २०८१, बुधबार १०:२८ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३५ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ७३ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३५ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    प्रतिनिधि टुक्का- १३५
    ~<•>~
    निरन्तर आओस् कमिसन अनि तलब भत्ता
    उडे पनि उडोस् प्राणपखेरु नफुत्कियोस् सत्ता !
    वसन्त अनुभव
    ~<•>~

    [१]
    बसिराख ओढेर कवच सत्ताको खोल
    बाहिर निस्के बजाउलान् सम्झिएर ढोल !
    ✍️
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ
    [२]
    सत्ता लिप्त छन् नेताहरू कसरी देश बन्ने
    सुशासन छैन कहिल्यै खै कसलाई भन्ने ?
    ✍️
    ताराप्रसाद चापागाईँ
    धुनिबेसी ।
    [३]
    ज्यान जाला सत्ता छोड्ने वाला छैन
    नत्र यहाँ नेता भन्ने कुरै रैन ।
    ✍️
    अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹
    [४]
    सत्ता निहित नेता छन् भयो यो देश चलाउन साह्रो
    छैन देशमा सुशासन जनतामा भएको छ गाह्रो ।
    ✍️
    बेदु न्यौपाने
    [५]
    शासकले शासन गर्ने तरिका बिर्सियो
    भ्रष्टचार र महङ्गीले उपहार दियो ।
    ✍️
    नारायण कोइराला
    तानसेन,पाल्पा
    हाल,कुवेत।
    [६]
    सृजना लेख्नमा सबैले मन लगाऊ
    भावमात्र होइन ज्ञान पनि बढाऊ।
    ✍️
    कला ढकाल झापा
    [७]
    दाह्री अनि कपाल फुलेर भैसक्यो तिनको सेता
    तैपनि सत्तालाई मरिमेट्छन् हाम्रो देशका नेता।
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    [८]
    देशको विकास हाेस् यात नहाेस् खासै म जान्दिनँ
    जन समर्थन गुमाेस् तर सत्ता छाेड्न मान्दिनँ ।
    ✍️राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
    [९]
    मोहजाल जस्तो कुर्सी किन हुन्छ प्यारो
    जतिसक्दो जनता झुक्याउने छ पारो
    ✍️ संगीता खरेल
    चन्द्रागिरी ८ काठमाडौं
    [१०]
    कहाँ कताबाट हुन्छ लाभ अनि आउँछ कमिसन र भत्ता भनेर हेर्ने
    यसैका लागि सत्तामा पुग्न पार्टी फुटाउन पछि नपरि दल पनि फेर्ने ।
    ✍️ सतीश पण्डित
    भानु६ चुँदी तनहूँ
    हाल चनपा६ मतातीर्थ।
    [११]
    काम केही भएन,खुट्टा तानेर नै तलब भत्ता पचाए,
    राजनितीको उपलब्धि विविध आरोपित मात्र बचाए।
    ✍️शंकर कार्की,मकवानपुर ।
    [१२]
    मान्छे आखिर डुबेपछि स्वादमा सत्ताको
    देशको चिन्ता हुन्न हुन्छ केवल भत्ताको ।
    ✍️बाबुराम पाण्डे
    अर्घाखाँची
    [१३]
    बल्ल पो थाहा पाएँ, किन जालझेल गर्दै ओगटेको भनेर सत्ता
    कतिन्जेल चुप लागेर दिन्छौ ए! सरकार तिनलाई मात्र भत्ता ?
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    [१४]
    अस्ति अर्कै छद्मभेष गरेर भित्र गर्याे राज
    शिसिकाे लेबल नयाँ हाेटेल रक्सी उही आज ।
    ✍️हिरालाल न्याैपाने
    बानपा८,काेटमाैला, सल्यान।
    [१५]
    कमाउने धन्दामा हुने थिए विश्वविजेता,
    सत्ताका लागि सधैँ मरिमेट्ने यी हाम्रा नेता।
    ✍️ज्ञानबहादुर क्षत्री
    सन्धिखर्क – २, अर्घाखाँची।
    [१६]
    खुसी सधैँ खान पाए कमिसन भत्ता
    बरु ज्यानै जाओस् हजुर छोड्दैनन् सत्ता ।
    ✍️अनिता भण्डारी ताप्लेजुङ
    [१७]
    शासनको बागडोर पाएपछि हातमा
    अकूत सम्पत्ति कमाउँछु एकै बातमा ।
    ✍️ डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा. पा. -६, दोलखा ।
    [१८]
    सत्तामा पुग्न भ्रष्ट नेता बाड्दछन् आश्वासन
    आफू र आफ्ना अगाडि बढ्छन् छैन सुशासन ।
    ✍️मन्जु जोशी
    डीलासैनी ५ बैतडी हाल भक्तपुर
    [१९]
    छैन लाज केवल सत्ताको लागि धाइन्छ
    जति गर्छु भष्टाचार त्यति पद पाइन्छ ।
    ✍️सुस्मिता अधिकारी ,काठमाडौँ
    [२०]
    सत्ताकै लागि गर्या हॅु राजनीति मैले
    कमाउन पाउॅदैछु बल्लबल्ल ऐले ।
    ✍️राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    [२१]
    सत्तामा बसेर लगाउँनेछु अरूलाई काम
    जति हुन्छ कुर्सी त छोड्दिन कमाउँछु है दाम ।
    ✍️अम्बिका अधिकारी
    झापा बिर्तामोड
    [२२]
    धन सम्पत्ति जोडे मैले जनतालाई मारी
    चिनिराख्नुस् मै हुँ हजुर नामुद भ्रष्टाचारी ।
    ✍ नवशिला
    नवदेव मार्ग ,लालभित्ती,मोरङ।
    [२३]
    सत्ता,भत्ता,कुर्सी अनि कमिसन खेल
    मेरै लागी सिर्जिएका गर्दै झेल मेल !
    ✍️विवश पारदर्शी
    झापा,
    [२४]
    रमाऔँ गरेर कर्म
    सुन्दर सेवा नै धर्म !
    ✍️आर्त अकुलीन
    [२५]
    पाएको सत्ता छोडिँदैन चाहे गर्धन जाला
    तलब र भत्ता हसुरिन्छ लगाइन्छ माला ।
    ✍️चूडा निर्भीक
    हालःकाठमाण्डौ ।
    [२६]
    चौकी भए पुग्छ चाहिँदैन अरू थोक
    कति धेरै लागेको हेर सत्ताको भोक ।
    ✍️बिके मुखिया
    दार्जीलिङ, भारत।
    [२७]
    सत्ता अनि भत्ता सदैव राजनीतिज्ञकाे दाउ
    जनता भने बाेकी हिँड्छन् यहाँ अन्यायको घाउ ।
    ✍️त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    [२८]
    सत्ता पाए सबै बिर्सिन्छन् हाम्रो देशका नेता
    कमिसन र घुसमा रम्छन् चढी गाडी सेता।
    ✍️तोया नाथ चापागाईं
    दमक,झापा,नेपाल
    [२९]
    विधि विधान बनाए तजबिज नीतिगत निर्भय
    राजनीति हैन लुटेरा समुह बनेकाछन् निर्दय ।
    ✍️प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    [३०]
    सबैभन्दा नाफामुलक पेशा हाम्रो देशमा त राजनीति नै भयो
    त्यति गर्न सकिएपछि विनाचिन्ता सबैको जिन्दगी ढुक्कले गयो !
    ✍️पवन्कुमार बुढाथोकी
    काठमाडौँ
    [३१]
    नेताको अनुहार लुकेको हुन्छ राजनैतिक पत्तामा
    कसरी हुन्छ देश बिकाश स्वार्थसिद्ध बसेर सत्तमा‌।
    ✍️राजनारायण राई राजदल बस्ती सोनादह
    [३२]
    नेता ज्यूको चल्यो सधैँ देशमा सत्ता
    वृद्ध आमाको नेता मिली खाए भत्ता !
    ✍️कृष्ण धामी – बझाङ
    [३३]
    जुका, किर्नाले टाेकेपछि घाउ यसै हुन्छ
    समयमा उपचार नपाए भित्र छुन्छ ।
    ✍️जी.वि.दाङ
    टुक्का
    [३४]
    सत्तामा हानाहान
    अचेल तानातान !
    ✍️ नागेन्द्रप्रसाद यादव, दाङ
    [३५]
    कति मरिहत्ते गर्छन् नेता पाउनलाई सता
    कुर्सी पाएपछि छाेड्दैनन् कमाइरहन्छन् भत्ता ।
    ✍️उर्मिला के.शी
    धनकुटा
    [३६]
    सत्ता बचाउनुछ मेरो काम
    अयस आराम मुखमा माम !
    ✍️कमला देवकोटा, पाल्पा
    [३७]
    सत्तामा बस्नेहरु सबै पैसा कमाउने दाउमा हुन्छ
    भ्रमको खेती गर्दै निमुखाहरूको भाग्यमा जालो बुन्छ।
    ✍️बि.कुलुङ
    दार्जिलिङ रंगबुल
    [३८]
    निरन्तर चलिरहोस् सत्तामा हाम्रो हालीमुहाली,
    फेरि फेरि आउदैन मौका गर्नुपर्छ यसैपालि ।
    ✍️बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाइ ४ झापा
    [३९]
    के काम गर्नु र आफ्नै छैन राम्रो गति
    सबैलाई नै धपाऔँ बिग्रिसक्यो मति।
    ✍️पुष्कर भट्ट बैतडी
    [४०]
    देश चल्छ चलिरहन्छ युवा बाहिर गएपनि
    कमिसन त खानैपर्छ मुलुक टाट भएपनि ।
    ✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
    [४१]
    आगोको लपेटाले भन्दा भूकम्पले मन पोल्दैछ
    भन्नुपर्दैन परिस्थितिले नै आफैँ मुख खोल्दैछ ।
    ✍️अन्मोल मुस्कान
    तकदाह छाउनी, दार्जिलिङ।
    [४२]
    दिनहुँ मेरो सबै नातागोता डिस्को बारमा नाँचोस्
    जनता मरोस् मतलब नै छैन मेरो चौकी बाँचोस् ।
    ✍️रमेश दियाली
    सिटोंग खरसाङ दार्जिलिङ।
    [४३]
    न वृद्ध न युवा सोच सबैको उस्तै कमाउने
    पैसा चाहे नालीमा किन नहोस् टिपी रमाउने ।
    ✍️ ध्रुव श्रेष्ठ
    खोटाङ हाल काठमाडौ ।
    [४४]
    निरन्तर चलिरहेछन् नेताहरूकै सत्ता,
    कानुन जति जनतालाई बसिखान्छन् भत्ता ।
    ✍️ शोभा आचार्य गौतम,
    काठमाडौँ
    [४५]
    सत्ताको लागि मरिमेट्ने छ हाम्रो देशमा
    भ्रष्टाचारीको मुद्दा हाल्दा सुनेन यस्तो केसमा ।
    ✍️ एवाइ प्रभात
    सहिदभुमि धनकुटा
    [४६]
    अघि पछि हिँड्न पाउन, चम्चेदारी भाइ
    चलाउन पाइयोस् सत्ता खेलाई खेलाई ।
    ✍️ होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।
    [४७]
    फेरि किन छोड्छौँ कुर्सी तिमी पाए सधैँभरि
    पालैपालो भाग पुर्‍याउँ आफ्ना नजिक गरी ।
    ✍️दुर्गा आचार्य
    मोरङ
    [४८]
    नेताहरूको रोइलो छ अहिले संसद भवनमा सत्ताकै लागि
    प्रत्यक्ष हिलो छेप्दै उफ्रिए प्रतिपक्षमै रहने नेता सहभागी ।
    ✍️चुडामणी देबकोटा
    चनपा१३काठमाण्डौ
    [४९]
    नयाँ होस् वा पुराना खरानी घसेर आएका जोगी
    सत्ताविना बाँच्न नसक्ने प्राणी परेछ सारा भोगी !
    ✍️कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    [५०]
    जनताको नाममा दाम थापेर
    सरकारी जमिन उसै नापेर ।
    ✍️ नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    भारत
    [५१]
    गणतन्त्रको बलियो बाेट छ, त्यसमा लटरम्म नाेट ब्रम्हलुट पाइयो
    ओल्लाे हाँगो पल्लो डाली मिलेर सर्दै, जनताको रगत र पसिना खाइयाे ।
    ✍️रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
    [५२]
    भत्ता खादै जनताको दुःखमा रमाउॅनु
    मर्ने बेला त्यही कुर्सीको खुट्टा समाउॅनु ।
    ✍️पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके।
    [५३]
    सत्ता र भत्ता कतै नजावस् अरू चाहिंदैन
    अन्यथा जन-आक्रोशबाट बाँच्न पाइँदैन ।
    ✍️परिक्रमा श्रेष्ठ, धरान -१५, सुनसरी।
    [५४]
    कति साह्रो फुर्ति हो नेता महाजनको
    भ्रष्टाचार गरेर कमाएको धनको ।
    ✍️साबित्री प्याकुरेल,धादिङ्ग।
    [५५]
    लुछाचुडी त दैनिकी हो, मतलब छैन होस् नहोस् विकास
    खेलो नै हराउछ, अलपत्र मुद्दाको ननिस्कियोस् निकास ।
    ✍️दीपा तिम्सिना
    ईलाम
    [५६]
    जहिले पनि हामी नेपालका दामी
    हाम्रो सत्ता भत्ता भारतकै गुलामी ।
    ✍️प्रेम थापा “मन”बागलुङ
    [५७]
    प्राण गए जाओस् तर छोड्दै छोडिन्न कसैगरि सत्ता
    पर्वाह छैन् कसैको पाउन कि नपाऊ तलब भत्ता ।
    ✍️भगवती दवाडी ,झापा
    [५८]
    जनता बिचरा भोट हाली हाली नेतालाई सत्तामा पुर्याउने
    जनता नै ट्वाल्ल परी हेरी बस्छ, नेता चाट्छ दुधको कुराउने ।
    ✍️मोती सुब्बा दार्जिलिङ निमकी डाँडा।
    [५९]
    केही सम्पत्ति कमाउन सत्तामा आएको
    देख्न खान नै सक्दैनन् हो कत्ति रिसाएको ?
    ✍️सरिता सेढाई धादिङ
    [६०]
    जालझेल, प्रपञ्च गरी पाएको सत्ता
    कसरी छोड्नु त कमिसन अनि भत्ता ।
    ✍️रुना कर्माचार्य दाहाल
    चितवन
    [६१]
    रहन पाऊँ यसरी नै निर्धक्क र मैमत्ता
    खान पाऊँ जिन्दगीभर कमिसन र भत्ता l
    ✍️ बाबुराम गौतम, गुल्मी
    [६२]
    कति खान्छाै खाऊ कमिसन खाने हाे सत्तामा छउन्जेल
    आखिर नेता न पर्याै तिमी जानेका छाै गर्न जालझेल।
    ✍️भवानी पाेखरेल (बाबु विराज)
    बाणगङ्गा १ चार नम्बर कपिलवस्तु
    [६३]
    कमिसन,भत्ताको लोभमा नेताजी पर्दा
    जर्जर बन्यो देश यिनै फटाहाले गर्दा
    ✍️ इमान सिंह के.सी.
    व्यास ९ धनुबेसी,कलेस्ति,तनहुँ
    [६४]
    घमण्ड धेरै पालेर हामी आफैँमा हेर धेरै मुर्ख बन्यौँ
    कसैको उन्नति देख्न नसकेर आलोचनाको बाटो खन्यौँ ।
    ✍️ बिकास छेत्री अञ्जान
    कैजले, बिजनबारी, दार्जिलिङ।
    [६५]
    लाज हुन्न नकचरो गर्छन् थरीथरी बात
    केका लागि थुपार्ने हो गरि गरि लामो हात ।
    ✍️दीपा समभाव
    खोटाङ्ग
    [६६]
    लेख्य विधामा मन लगाऊ
    भावना रूपी ज्ञान बढाऊ ।
    ✍️दुर्गा भट्टराई
    मोरङ
    [६७]
    छन् सबै यहाँ सत्ताको लागि पर्ने
    कसले होला देशको चिन्ता गर्ने ।
    ✍️प्रतिज्ञा प्रतिज्ञा
    मेहेलकुना सुर्खेत
    [६८]
    कर्णालीमै मुख धुने रहर थियो मेरो
    विकास पसी बिगार्दैछ सबै सेरोफेरो ।
    ✍️शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौँ
    [६९]
    चौकीमा बसेर त गन्दैछ नोट
    गरीबको कहिले देखेन चोट ।
    ✍️रमा गुरुङ्ग
    सालुगडा (सिलीगुडी)
    [७०]
    सत्तामा टिक्न पाए पो,सारा केस बिलाउँछन्
    सत्ताबाट हटे भोलि, जेल नेल दिलाउँछन्।
    ✍️रामशरण न्यौपाने, भक्तपुर
    [७१]
    किन चाहियाे सुकृति, कुकृतिकै केस
    जति लागाेस् ठेस, सत्ताराेहण नै बेस।
    ✍️हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे, बनेपा १४ साँगा बजार।
    [७२]
    नेताले फेक्नेगर्छन् सत्ताको पासा
    जनताले नै भोक्नु पर्छ निरासा ।
    ✍️बिबा तामाङ
    लाटपञ्चर खरसाङ
    [७३]
    टिकाउनु छ जालझेलमा चार वर्षे सत्ता
    उड्छ साँचे त प्राण तलब कमिसन भत्ता ।
    ✍️इन्दु श्रेष्ठ, चितवन
    ~<•>~

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविता, वसन्त अनुभवLeave a Comment on ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १३५ सम्पन्न

    ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १३४ सम्पन्न

  • २९ बैशाख २०८१, शनिबार २२:३७ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३४ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ६५ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३४ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    प्रतिनिधि टुक्का- १३४
    ~<•>~
    बोल्यो कि त चिराचिरा नै पार्दछे जिब्रो हो कि छुरा
    सिपालु रहेछौ धार लगाउन, तिमी त ! ससुरा ।
    वसन्त अनुभव
    ~<•>~

    सहभागी टुक्काकारहरूका टुक्काहरू-


    [१]
    उठ् भन्दा उठ्नुपर्छ हजुर बस् भन्दा बस्ने
    कतिन्जेल होला यसरी नागिनले डस्ने ?
    ✍️ वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ
    ~<•>~
    [२]
    बाेली पनि गाेली जस्ताे घमण्ड झन् धेरै
    हैकम चलाई सब दास ठान्ने मेरै ।
    ✍️ ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    ~<•>~
    [३]
    भाषण हेर न छुरा जस्तो घमण्ड गर्छौं किन धेरै
    बेरोजगारको भाँडो भरिँदा दोष जति सबै मेरै।
    ✍️ बिकास छेत्री अञ्जान
    कैजले, बिजनबारी, दार्जिलिङ।
    ~<•>~
    [४]
    सकेसम्म त डस्न खोज्छन् नागिनले अति
    नियालेर हेर्दाखेरि आफ्नै ज्यानको खती ।
    ✍️ बेदु न्यौपाने
    ~<•>~
    [५]
    अहङ्कारी सधैँ घमण्डमा तल्लीन रहन्छ
    आखिरीमा भवसागर तर्दा उही बहन्छ ।
    ✍️कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    ~<•>~
    [६]
    कुरा जस्तो धारिलो होला कि संसारमा कुनै छुरा
    कुराले नै पार्दछ सबैथोक पुरा अनि अपुरा ।
    ✍️दीपा समभाव
    दुबेकोल खोटाङ्ग
    ~<•>~
    [७]
    तिम्रो बोली व्यवहार छुचो रहेछ कति
    हैकम धेरै चलाउँदा पछि होला क्षती ।
    ✍️अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    ~<•>~
    [८]
    काम गर्नु केही छैन मुख मात्रै लाग्ने छुरा
    गरिबका सपनाहरू कहिले हुन्छ पूरा ?
    ✍️डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा. पा. -६, दोलखा ।
    ~<•>~
    [९]
    रिस तिम्रो बम जस्तो बोली तितेपाती
    हाँसीखुसी बोलिदिए हुन्थ्यो कति जाती !
    ✍️इमान सिंह के.सि.
    ब्यास ९ धनुबेसी,कलेस्ति,तनहुँ
    ~<•>~
    [१०]
    सबैभन्दा ठूलो रिस नै हो हाम्रो शत्रु
    अर्काको रिस गरेरै हुने भए पत्रु ।
    ✍️सरिता सेढाई धादिङ
    ~<•>~
    [११]
    बाहिर राम राम गर्दै रोप्छ्न् बगलीमा छुरा
    यता मुखले ठिक्क पर्छन् अरूसँग काट्छ्न् कुरा ।
    ✍️अनिता भण्डारी ताप्लेजुङ
    ~<•>~
    [१२]
    कतिपय अवस्थामा हिम्मत ठ्याक्कै जुट्दैन
    मन परेकी मान्छे सामु बोली पनि फुट्दैन ।
    ✍️ बि.कुलुङ
    दार्जिलिङ रंगबुल
    ~<•>~
    [१३]
    बोलीमा घमण्ड छ धेरै, हैकम चलाउने जस्तै
    राज्यसत्तामा ऊ नै पुग्यो, खेलाडी किपर नै तस्तै ।
    ✍️एवाइ प्रभात
    सहिदभुमि धनकुटा
    ~<•>~
    [१४]
    केही बोल्नै हुन्न घरमा आजकल राम्रो कुरा
    घमण्डलेे भरिएका वचन लगाउँछन् छुरा ।
    ✍️शंकर कार्की,मकवानपुर।
    ~<•>~
    [१५]
    बोल्यो कि पोल्यो भन्छन् , गाउँघरका बुढापाका
    घ्याम्पो जस्तो भुँडी भइसक्यो अझै कति खाका ।
    ✍️बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाइ ४ झापा
    ~<•>~
    [१६]
    गर्ने बेला बिहे गरियो, हत्ते हाली पूरा
    अचेल उनकै बोली सुन्दा लाग्छ है छुरा ।
    ✍️राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    ~<•>~
    [१७]
    चिप्लो घस्नेकाे छैन भर हान्छ पछाडिबाट छुरा
    सुन्दा मिठा मिठा बात आखिरमा सबै झुटा कुरा ।
    ✍️राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
    ~<•>~
    [१८]
    सम्बन्ध बलियो बनाएर गरौँ कर्तव्य पूरा
    जे जे हुनु भयो अब नगर्नुहोस् बितेका कुरा ।
    ✍️अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    ~<•>~
    [१९]
    सिमा नाघी बोले हजुर होला आफैँलाई खति
    सिमा भित्रै बोली हजुर सुधारौँ है आफ्नो मति ।
    ✍️तोया नाथ चापागाईं
    दमक,झापा
    ~<•>~
    [२०]
    मुखमा धेरै ठुला ठुला कुरा हुनेको
    बात हुन्छ मिठाई जस्तै स्वाद गुनेको ।
    ✍️राजनारायण राई
    राजदल बस्ती सोनादह।
    ~<•>~
    [२१]
    यताउता हेर्छु सबैलाई आफ्नै ठान्छु यो सेरोफेरो
    आखिर विश्वास लायक कोही छैन संसार अँधेरो ।
    ✍️चुडामणी देबकोटा
    चनपा१३काठमाण्डौ
    ~<•>~
    [२२]
    तितो टर्रो बोले पनि भित्री गुण होला
    किन यस्तो भयो बुझ्नु नत्र मन रोला ।
    ✍️सतीश पण्डित
    चुँदी तनहू
    हाल चनपा ६ काठमनडौ।
    ~<•>~
    [२३]
    बिहेको चर्चामा समय गयो
    भनेको जस्तै न त उस्तो भयो ।
    ✍️नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    ~<•>~
    [२४]
    नबोली ढालिदिन्छौ शक्तिशाली मोरा
    आरोप बुहारी, काम बिगार्ने छोरा ।
    ✍️ पुष्पा राई, बादेल, खाेटाङ ।
    ~<•>~
    [२५]
    ससुरा त तै विसेक हुन् अझ कडा सासू
    तिनकी छाेरी झनै कडा खान्छे मेराे मासु ।
    ✍️भवानी पाेखरेल (बाबू विराज)
    बाणगङ्गा १ चार नम्बर कपिलवस्तु
    ~<•>~
    [२६]
    ओठभरि तिमी तेल दलेर बोल्छौ
    मनै जलाउने गरी भत्भती पोल्छौ ।
    रमेश दियाली
    सिटोंग खरसाङ दार्जिलिङ।
    ~<•>~
    [२७]
    अगाडि त ठिक्क पारी पछाडिबाट हान्छन् गोली मुटुभित्र बिझ्ने गरी जवाफ दिने कस्तो बोली ?
    मन्जु जोशी
    डीलासैनी ५ बैतडी
    ~<•>~
    [२८]
    लुते जिब्रो हजुरको रैछ छुरा
    छातीभरी बटुलेछु मैले कुरा ।
    ✍️रुना कर्माचार्य दाहाल
    चितवन
    ~<•>~
    [२९]
    रुप देख्दा अप्सराको उतैतिर धायौ
    बोली सुन्दा छुराजस्तो बल्ल थाहा पायौ ।
    ✍️त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    ~<•>~
    [३०]
    आगो खाई अङ्गार थुक्ने सासू रैछिन् बाई
    छोरी पनि उत्तिकै आगो पोल्छ आफैँलाई !
    ✍️विवश पारदर्शी
    झापा
    ~<•>~
    [३१]
    नगरी काम भाग हेर्छौ धेरै
    र भन्छौ भएको सम्पूर्ण मेरै !
    ✍️आर्त अकुलीन
    ~<•>~
    [३२]
    कुरा बुझ्ने कोही नि छैन सधैँ मेरा मनका
    ऐसेलु काफल खाए गुनाले पारी बनका ।
    ✍️कृष्ण धामी – बझाङ
    ~<•>~
    [३३]
    अब त जिब्रो पनि बाक्लो भयो होला दाँत पनि झर्नुपर्ने
    भुँडी फुलेर घ्याम्पो जत्रो रोग लागेर ओछ्यान पर्नुपर्ने ।
    ✍️अम्बिका अधिकारी
    झापा बिर्तामोड
    ~<•>~
    [३४]
    अहङ्कारी नबनेर बसे हुन्थ्यो बुवा
    सुती बस्नु खान दिन्छन् बुहारीले खुवा !
    ✍️कमला देवकोटा, पाल्पा
    [३५]
    छुराभन्दा धारिलो हुन्छ मुटु छियाछिया पार्ने बोली
    त्यसताका सामु नपर्नु जाती बेकार जोखिम मोली ।
    ✍️ कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    [३६]
    राम्रो भए नाक फुर्क्याउने काम बिग्रिँदा दोष अर्काको छोरीलाई
    खान पाउनु केही छैन, दोष मात्र ? यसैले पारा चढ्यो मोरीलाई ।
    ✍️मोती सुब्बा, दार्जिलिङ निमकी डाँडा।
    ~<•>~
    [३७]
    सधैँ केही नबोली तिम्रो हैकम सहनु पर्ने कुरा
    बोल्यो भने तिम्रो मुटु खाने भन्छौ जिब्रो भयो रे छुरा ।
    ✍️सुशीला थापा
    निष्ठुरी
    ~<•>~
    [३८]
    अब खुसी पारेभन्दा मैले उल्टै गाली खाएँ
    खाली गाग्री भर्नलाई तालभित्र कति धाएँ ।
    ✍️हिरालाल न्याैपाने
    बानपा ८ काेटमाैला सल्यान
    ~<•>~
    [३९]
    छोरीलाई चलाख बनाउन धार नलगाए कसलाई पो लगाउनु
    प्रत्येक आमाबाबुको कर्तव्य हो आफ्ना छोरीलाई पनि बाठो बनाउनु !
    ✍️पवन कुमार बुढाथेाकी
    ~<•>~
    [४०]
    सिकाएको छु अन्यायसँग लड्नुपर्छ छोरी
    मुखभरिको जवाफ दिनु खोज्नेलाई जोरी !
    ✍️पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके।
    ~<•>~
    [४१]
    चलन पनि कस्तो आयो अरूको कुरा सुन्दै नसुन्ने
    राम्रो के हो, नराम्रो के हो ? खै केही पनि गुन्दै नगुन्ने ।
    ✍️प्रेम थापा “मन”बागलुङ
    ~<•>~
    [४२]
    यहाँ जति नबोल्यो उति छुचो बनाइन्छ
    छोरी दास नै ठान्ने, यसै लक्ष्मी जनाइन्छ।
    ✍️शोभा आचार्य गौतम
    काठमाडौँ
    ~<•>~
    [४३]
    जोडिएका नाताहरू त्यसै खासा कहाँ हुन्छन्
    आज्ञा शिरोपर नगर्ने मात्रै धुरुक्क रुन्छन् l
    ✍️बाबुराम गौतम, गुल्मी
    ~<•>~
    [४४]
    बिचराको नाउ बेचेको हरेक क्षेत्र देखेँ
    अनेक भोगे अनेक देखे कवितामा लेखेँ ।
    ✍️दुर्गा आचार्य
    मोरङ
    ~<•>~
    [४५]
    अलिकति खुसी देखियो तिम्रो त्यो आँखामा
    कुन्नी के के थियो खै नबुझिने त्यो भाषामा ।
    ✍️रघु थापा, सु न पा .१.
    ~<•>~
    [४६]
    बुहारीलाई पनि छोरी झैँ ठाने स्वर्ग जस्तै हुन्छ घर
    सासूससुरा ठाने आमाबाबु बुहारीलाई के को डर ?
    ✍️ध्रुव श्रेष्ठ
    खोटाङ हाल,काठमाडौ ।
    ~<•>~
    [४७]
    आफैँदेखि दुःखी छु म कसैलाई रुवाउँदिन
    गहमै सुकोस् आँसु तर कहिल्यै चुहाउँदिन।
    ✍️अन्मोल मुस्कान
    तकदाह छाउनी, दार्जिलिङ।
    ~<•>~
    [४८]
    गरीब भनेर नगरौँ हेला
    पर्नेछौ तिमी एकदिन फेला !
    ✍️रमा गुरुङ्ग
    सालुगडा सिलीगुडी
    ~<•>~
    [४९]
    रुखो बोली नबोल ससुरा
    सोचेर सधैँ गर्नु है कुरा ।
    धनुष न्यौपाने यात्री
    जुम्ला
    ~<•>~
    [५०]
    मान्छेमा म सौखिन जात
    चल्छ जिब्रो चल्दैन हात ।
    ✍️विके माकजू , भक्तपुर ।
    ~<•>~
    [५१]
    असत्य जति नै लुकाइहाल्छे, चर्को कराएर
    सिद्दियो भन्छे पठाएको पैसा, जम्मै हराएर।
    ✍️सुस्मिता अधिकारी ,काठमाडौँ
    ~<•>~
    [५२]
    जति राम्रो गरे पनि दिने दोष मात्र
    यस्तै हुन्छ कलियुगको संसारी पात्र।
    ✍️अरुण कुमार भुजेल
    गोरू बथान, कालिम्पोङ,भारत।
    ~<•>~
    [५३]
    कहिलेकाहीँ बोल्नैपर्ने आउँदोरहेछ दिन
    अन्याय नसहँदा तिमी चोथाले भन्छौ र किन ?
    ✍️गंगा खड्का
    बूढानीलकण्ठ ,काठमाडौँ
    ~<•>~
    [५४]
    बोल्नु पनि कसरी ? तेरो त मुखै वैरी भन्छन्
    काम फत्ते गर्नु पहिले, हातमा पैसा गन्छन् ।
    ✍️Shukra Raj Kunwar
    ~<•>~
    [५५]
    इमान्दार बाहिरबाट भित्र मान्छे जाली
    कामकुरा चैँ एकातिर गफ चुट्ने खाली ।
    ✍️शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    ~<•>~
    [५६]
    दिनैभरि फेसबुक, टिकटक कुरा गर्छौ रातमा रिस लाउछ हेर म बुढाको कोही नहुँदा साथमा । ✍️सबिता खड्का कैलाली
    ~<•>~
    [५७]
    निको नै नहुने पीडा दिने वचनको छुरा
    सम्बन्धलाई पलभरमा बनाउने झुरा ।
    ✍️संगीता खरेल
    चन्द्रागिरी ८ काठमाडौँ
    ~<•>~
    [५८]
    म पनि ससुराको छोरी भन्दै जिस्क्याउन गएको
    थाहा पाइनँ उनको अचेल जिब्रो छुरा भएको ।
    ✍️ललिता गिरी सिन्धुली
    ~<•>~
    [५९]
    सत्य काम कुरा गरिएन हिजाे अस्ति कहिले
    जताततै गर्न थाले छि: छि: दुर दुर अहिले ।
    ✍️प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    ~<•>~
    [६०]
    राम्रो मुखले भन्यो भने त मान्दै नमान्ने
    हपार्नतिर लाग्दाखेरि भन्छन् खुब जान्ने ।
    ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹
    ~<•>~
    [६१]
    तलाउ चलाई दिन्छन्
    माछाको हुर्मत लिन्छन् ।
    ✍️चिरञ्जीवी ढकाल
    नेपालगन्ज -२०
    राँझा एयरपोर्ट बाँके
    ~<•>~
    [६२]
    मुटुमाथि ढुङ्गा राखी हाँसेको छु अहिले
    आफन्तको शिकार थिइनँ म त पहिले ।
    ✍️नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर । हाल एनेलकुटी, सिरहा ।
    ~<•>~
    [६३]
    कहिलेकाहीँ कसैको बोली
    बन्न पुग्दछ फलामे गोली ।
    ✍️ज्ञानबहादुर क्षत्री
    सन्धिखर्क – २, अर्घाखाँची।
    ~<•>~
    [६४]
    बुहारीलाई पनि दिनुपर्छ छाेरीकै दर्जा
    कर्तव्य ठान्नुपर्छ हामीले नमानेर कर्जा ।
    ✍️हरिगाेपाल प्रधान
    काभ्रे, बनेपा १४ , साँगा बजार।
    ~<•>~
    [६५]
    बाहिर एउटा भित्र भित्रै हुन्छ मान्छे जाली
    काम केही छैन् भाषण मात्रै गर्छन् ठुला खाली ।
    ✍️ सहयात्री शाेभा अर्याल
    रुपन्देही
    ~<•>~

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविता, वसन्त अनुभवLeave a Comment on ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १३४ सम्पन्न

    ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १३३ सम्पन्न

  • २७ बैशाख २०८१, बिहीबार २२:४० मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३३ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ६६ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३३ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    प्रतिनिधि टुक्का- १३३
    ~<•>~
    माया गर्थेँ भित्रभित्रै आफूभन्दा धेरै
    अर्कैले सिउँदो भर्‍यो आँखा अघि मेरै ।
    वसन्त अनुभव
    ~<•>~
    [१]
    एउटा थियोे साथमा जगेडामा दुईचार
    यत्ति गर्न नसके त यो जवानीको के सार ?
    ✍️ वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ
    ~<•>~
    [२]
    माया मात्र गरेँ तर हत्ते गरिएन
    आफ्नाे भाग्य थिएन सिउँदाे भरिएन ।
    ✍️ ताराप्रसाद चापागाईँ
    धुनिबेसी ।
    ~<•>~
    [३]
    हिम्मत भए देखाउन आफ्नो कर्म गरेर
    लोकचार किन गर्छौ जनताको साम्ने धेर !
    ✍️ बेदु न्यौपाने
    ~<•>~
    [४]
    भन्नलाई त भन्ने गर्थ्यौ माया गर्छु भनी
    गर्न पाइन माया कस्तो महसुस पनि ।
    ✍️ मन्दिरा सेढाई मलेखु,धादिङ
    ~<•>~
    [५]
    छ नै के बाल आजभोलि सिन्दुर चुरी पोतेको
    हिँंड्छ्न् लुकीछुपी विदेशमा श्रीमान छ जोतेको !
    ✍️ इन्दु श्रेष्ठ,चितवन
    ~<•>~
    [६]
    आफ्नै पनि थियो मायाको मूल बन्ने रहर
    खडेरी पर्यो मनमा सुकेर बन्यो बगर।
    ✍️ सुरेशकुमार पाण्डे दाङ घोराही १८
    ~<•>~
    [७]
    सिउँदो भर्ने भनेर कत्ति गरिछ्यौँ हत्ते
    दिएको काम कहिल्यै गरेकीछ्यौँ र फत्ते?
    ✍️वअर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    ~<•>~
    [८]
    तिमीलाई माया गर्छु भन्न सक्नुपर्थ्यो
    पछुताई आज आई आँसु किन झर्थ्यो ?
    ✍️ सरिता सेढाई धादिङ
    ~<•>~
    [९]
    खुट्टा भए पाइएला नि जुत्ता थरी थरी
    रुन नपरोस् टाउको समाइ घरि घरि ।
    ✍️ सतीश पण्डित
    भानु६ चुँदी तनहूँ
    हाल चनपा ६ मातातीर्थ
    ~<•>~
    [१०]
    चोखो प्रेमको नाटक गरी हिस्सी काली मोरीले
    आखिर मलाई पाइहाली ससुराकी छोरीले ।
    ✍️ राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    ~<•>~
    [११]
    माया त गरेकै हो मैले आफूलाई भन्दा नि धेरै
    अर्कोलाई अङ्गालो हाले पछि कसरी भनौँ मेरै ।
    ✍️ शंकर कार्की,मकवानपुर।
    ~<•>~
    [१२]
    कसरी जिवित रहुँला सम्बन्ध फटाएर
    बस्नुपर्छ अन्तिम गन्तव्यसम्म रमाएर ।
    ✍️ कला ढकाल झापा
    ~<•>~
    [१३]
    फूलले फूललाई मन परायो
    आखिर समयले टाढा गरायो !
    ✍️ आर्त अकुलीन
    ~<•>~
    [१४]
    दायाँबायाँ माया गर्नेछन् यहाँ कति कति
    एउटीले भन्दा अरूले त भन्दैन्न पति।
    ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
    ~<•>~
    [१५]
    आभास हो प्रेम त होइन मुखले बोल्ने कुरा
    छाडी गयो बैगुनीले मनमा चलाएर छुरा ।
    ✍️ दिपा तिम्सिना
    ईलाम
    ~<•>~
    [१६]
    लगाइरहे सधैँ मैले एकोहोरो माया
    म जस्ता धेरै रहेछन् उसको दायाँबायाँ !
    ✍️ विवश पारदर्शी
    झापा,
    ~<•>~
    [१७]
    गर्नलाई त माया गरेँ वाचा कसम गरेर
    तर सिउँदो अर्कैले भर्‍यो विश्वासमा परेर ।
    ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹
    ~<•>~
    [१८]
    स्वार्थी संसारमा मायाको लाग्छ धेरै बजार
    भेटिन्छ जिन्दगीमा मन पराउने हजार ।
    ✍️ डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा. पा. -६, दोलखा ।
    ~<•>~
    [१९]
    देखावटी तिम्रो माया भित्रभित्रै रहेछाै नि जाली
    कहिलेसम्म राखुँ मैले तिम्रो लागि सिउँदाे खाली ।
    ✍️ भवानी पाेखरेल(बाबू विराज)
    बाणगङ्गा १ चार नम्बर कपिलवस्तु
    ~<•>~
    [२०]
    चोखोमाया गरेकी छु भन्थी पराइ भई
    मुटुमा नमेटिने दाग बसाएर गई ।
    ✍️ बिके मुखिया
    दार्जिलिङ, भारत।
    ~<•>~
    [२१]
    एकोहोरो अव्यक्त प्रेम आफैँ भित्र रह्यो
    सिउँदो भर्यो अर्कोले मुटुले ब्यथा सह्यो।
    ✍️ सुस्मिता अधिकारी ,काठमाडौँ
    ~<•>~
    [२२]
    मनको मान्छे तिमी कति टाढा भयो
    मलाई भुली कतै पर चाँडै गयो।
    ✍️ नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    ~<•>~
    [२३]
    सधैँभरि नछुटोस् माया भनी बसेको छु जपी
    उता भने अर्कै खेल रहेछ, गयौ पिर थपी ।
    ✍️ प्रेम थापा “मन”बागलुङ
    ~<•>~
    [२४]
    स्वार्थी रहेछन् उनीहरू त अब कसो गरूँ
    अन्योल भो हजुर मलाई न बाचूँ न मरूँ ?
    ✍️ नील हरि काफ्ले
    सिन्धुली हाल काठमाडौँ
    ~<•>~
    [२५]
    कति धेरै माया गर्थेँ निष्ठुरीलाई मैले
    आखिरमा छाेडी गयाै धाेका दियाै नि ऐले ।
    ✍️ उर्मिला के.शी.
    धनकुटा
    ~<•>~
    [२६]
    चोखोमाया कलियुगमा एकादेशको कथा बन्छ
    जसलाई गर्‍यो माया आखिर उसैले खेदो खन्छ ।
    ✍️ गंगा खड्का
    बूढानीलकण्ठ ,काठमाडौँ
    ~<•>~
    [२७]
    काम सकिएपछि भनेर के पो होला
    अब हिँडे हुन्छ हजुर बोकेर झोला ।
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा- ६ संखुवासभा ।
    ~<•>~
    [२८]
    चन्द्र हेर्दै रात त्याे बित्दछ आँगनीमा टाेलाएर
    चिना खाेल्छु तिमीलाई पाउन ज्याेतिष बाेलाएर ।
    ✍️हिरालाल न्याैपाने, बानपा ८, काेटमाैला, सल्यान
    ~<•>~
    [२९]
    सच्चा मायाको जगतमा नहुने नै भयो जतन
    जसरी मुनाकै यादमा कल्पिएर मरे मदन !
    ✍️ बि.कुलुङ
    दार्जिलिङ रंगबुल
    ~<•>~
    [३०]
    मेरो माया तिमीलाई पचेन रे भन्थे
    माया किन्दै बेच्ने तिमी,अरूले के गन्थे ?
    ✍️ ध्रुव श्रेष्ठ
    खोटाङ हाल काठमाडौ ।
    ~<•>~
    [३१]
    पिरतीको छायामा बसी चोखो माया मैले दिए
    छोडेर गयौ निष्ठुरीले आज आँसु मात्रै पिएँ ।
    ✍️ मन्जु जोशी
    डीलासैनी ५ बैतडी
    ~<•>~
    [३२]
    त्यति धेरै माया पाउनु भाग्य हो मेरो
    किन खै निस्किएन तोडी मनको घेरो ?
    ✍️ दीपा समभाव
    खोटाङ्ग
    ~<•>~
    [३३]
    माया कै पछि लागेर हो, गयो जोवन खेर
    बुढेसकालमा आँखा खुले उमेर भो धेर ।
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाइ ४ झापा
    ~<•>~
    [३४]
    मैले पनि तिमीलाई नै धेरै माया गरे
    देखाउन नजाने रै दोधारमा पो परे ।
    ✍️ सुशीला शिखा
    काठमाडौं कागेश्वरी
    ~<•>~
    [३५]
    निमुखाले धोका खान्छ बिग्रिन्छ है पारा
    हाने मर्छ बोले टर्छ भन्छन् लोक सारा।
    ✍️ रामशरण न्यौपाने, भक्तपुर
    ~<•>~
    [३६]
    सिन्दुर मेरो लाएपछि, तिमीले पैसा माग्यो
    मरुभुमिको देशबाट, पैसा पठाए भाग्यो ।
    ✍️ एवाइ प्रभात
    सहिदभुमि धनकुटा
    ~<•>~
    [३७]
    माया गरेको
    धोका भरेको !
    ✍️ नागेन्द्रप्रसाद यादव , दाङ
    ~<•>~
    [३८]
    तिमीलाई माया गर्दागर्दै जिन्दगी नै भयो आधा,
    मेरो जीवनको यात्रामा तिम्रो माया नै भयो वाधा।
    ✍️ रमेश दियाली
    सिटोङ्ग खरसाङ दार्जिलिङ।
    [३९]
    एउटै बन्धनमा बाँधिने भाग्यमानी जोडी
    नियतिमा नहुने सम्बन्ध जाने रैछन् छोडी ।
    ✍️ संगीता खरेल
    चन्द्रागिरी ८ काठमाडौं
    [४०]
    एउटीलाई माया गरेको भए त ! पछुताउनै पर्दैन
    विश्वास गरि नभड्के तिम्रै हो सिन्दुर अरुतिर सर्दैन ।
    अम्बिका अधिकारी
    झापा बिर्तामोड
    ~<•>~
    [४१]
    चोखोमाया गरेँ मैले उसकै भर परेको
    उसले त रहेछ मायामा नाटक गरेको ।
    ✍️ अनिता भण्डारी ताप्लेजुङ
    ~<•>~
    [४२]
    बुढो प्रदेश बुढी यता एक्लै बस्छिन् घर
    घर गरेर बस्लान् भन्ने छैन खासै भर ।
    ✍️ बाबुराम पाण्डे
    अर्घाखाँची
    ~<•>~
    [४३]
    निको चालको देखिएन माया गर्ने छाँट
    साँचो माया भए गर्थ्यौ सिउँदो भर्ने आँट ।
    ✍️ उमा दाहाल शुन्दर हरैँचा -१० मोरङ
    [४४]
    चोखो छ माया भन्थ्यो नि बरै मनमा लेखियो
    बाचा कसम भाँडमा जाओस् भन्ने पो देखियो ।
    ✍️रचना शर्मा प्रतीक्षा
    ~<•>~
    [४५]
    माया गर्छु भन्नेको पनि निको छैन चाला
    एकपछि अर्को चुनेर टाँसिहिँड्छ गाला ।
    ✍️ कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    ~<•>~
    [४६]
    राम्रो केही साच्नु हुन्न संसारमा टिपी दिन्छन् फूल
    असल जति लान्छन् त ढिला गरी नगर्नु है भूल ।
    ✍️रामप्रसाद पुरी बादेल, खाेटाङ ।
    ~<•>~
    [४७]
    माया गर्थे कति खै बुझ्न सकेनौ कहिल्यै
    तिमी आउने बाटो कुरेर बस्थे जहिल्यै ।
    ✍️शोभा आचार्य गौतम
    काठमाडौँ
    ~<•>~
    [४८]
    तिम्रो र मेरो भाग्यमा लेखेको रहेछ यस्तै
    एउटा नदीका यी दुईवटा किनारा जस्तै।
    ✍️ज्ञानबहादुर क्षत्री
    सन्धिखर्क – २, अर्घाखाँची।
    ~<•>~
    [४९]
    तिम्रो माया काम लागेन छैन रहेछ दाम
    धन विनाको केटा मलाई काम छैन राम ।
    ✍️विके माकजू , भक्तपुर ।
    ~<•>~
    [५०]
    निष्ठुरी अधर्मीले बुन्यो जाल, मलाई छोडी अन्तैतिर ।
    मर्नु न बाँच्नु बनायो, उसैको यादमा भा’छु पिरैपिर !
    ✍️कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ
    ~<•>~
    [५१]
    हामीलाई छुट्टाउनु यो समाज लागिपर्यो
    के गर्छौ तिमीले भर्ने सिउँदो अर्कैले भर्यो ।
    ✍️प्रतिज्ञा प्रतिज्ञा
    मेहेलकुना सुर्खेत
    ~<•>~
    [५२]
    बच्चाको आमा उसकै बन्नेछिन् भोलि
    तिमी बस बगाउँदै आँसुको खोली ।
    ✍️पुष्पा सुवेदी
    नेपालगन्ज, बॅाके।
    ~<•>~
    [५३]
    एकतर्फी मायाले हुन्न प्रस्ताव राख्नुपर्छ
    सिन्दुर कसको लाउने उसैले निधो गर्छ।
    ✍️अरुण कुमार भुजेल
    ~<•>~
    [५४]
    माया भन्ने के रहेछ पिरतीकाे खेल
    माया माया भन्दाभन्दै नगर है झेल !
    ✍️शालिकराम दाहाल
    ~<•>~
    [५५]
    आफ्नै घर जलाएर कैयौँ यहाँ आगो निभाउन पुगेका कथा लेखेँ
    आफन्त चिन्नै छोडे यो भिडमा यस्ता थुप्रै जीवात्माहरू घुमेको देखेँ ।
    ✍️अन्मोल मुस्कान
    तकदाह छाउनी, दार्जिलिङ।
    ~<•>~
    [५६]
    मनभित्र तस्बिर सजाएर तिम्रै यादमा पर्खिरहेँ
    आएनौ कति निष्ठुरी रहेछौ तिम्रै यादमा तड्पिरहेँ ।
    ✍️गंगाराम यादव
    औरावनी २ सुनसरी
    ~<•>~
    [५७]
    म परदेश आएँ लाखौँलाख ऋण मागेर
    उसले सोचेछन् पिँजडाको फुत्कियो भनेर ।
    ✍️भुपेन्द्र राना मगर
    धादिङ
    ~<•>~
    [५८]
    जति गर्छु माया झनै उति गर्छाै हेला
    गर्नुगर्याे असत्तीले अब पर्ला फेला ।
    ✍️हरिगाेपाल प्रधान
    काभ्रे, बनेपा १४ साँगा धजार।
    ~<•>~
    [५९]
    भित्रभित्रै माया गरे दुःख हुने भयो
    आज हेर अर्कैले सिन्दुर भरी गयो ।
    ✍️धनुष न्यौपाने यात्री
    जुम्ला
    ~<•>~
    [६०]
    दुईवटा मन मिले हुने रहेछ माया
    तेस्रोको‌ दखल भएमा नै पर्दछ छाया ।
    ✍️कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    ~<•>~
    [६१]
    मुटुमा सजाए जसलाई उसैले दियो मर्म
    सिन्दुरपोते पराइको लगाई नमानी शर्म ।
    ✍️ रुना कर्माचार्य दाहाल ,चितवन
    ~<•>~
    [६२]
    मनमा माया थियो भने पहिला भन्नुपर्थ्यो
    समयमा नै सोचेको भए किन आँसु झर्थ्यो ।
    ✍️बाबुराम गौतम, गुल्मी
    ~<•>~
    [६३]
    तीरजस्तै तिखाे रहेछ उनकाे नजर
    पहिलाे भेटमा बाध्य पारिन् चुम्न अधर ।
    ✍️प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    ~<•>~
    [६४]
    रहर सबै मारियो उसकै लागि कल्कलाउँदो जवानीमा
    मेरो बाध्यता नहेरेर रोइरहने बनायो जिन्दगानीमा ।
    ✍️चुडामणी देबकोटा
    चनपा१३ काठमाण्डौ
    ~<•>~
    [६५]
    मायाप्रीति आजभोलि हुन थाल्यो खेल
    सिन्दुरको धर्का बिच देख्छु नौलो झेल ।
    ✍️महेन्द्र मान बलामी
    दक्षिणकाली न.पा-९ फर्पिङ ,काठमाडौँ ।
    ~<•>~
    [६६]
    अलिक भिन्न देखिँदाे छ पिरतीकाे जात्रा
    भेट्ने छुट्ने क्षणभरमा नमिलेमा मात्रा ।
    ✍️रामकृष्ण दुवाडी
    पाेखरा
    ~<•>~
    [६६]
    भित्रभित्रै माया लाएको उसले पछि चाल पाइन्
    सम्झी सम्झी याद गरेर कठै विरह गीत गाइन् ।
    ✍️मोती योन्जन, सुब्बा
    दार्जिलिङ निमकी डाँडा भारत।
    ~<•>~

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविता, वसन्त अनुभवLeave a Comment on ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १३३ सम्पन्न

    ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १३२ सम्पन्न

  • १७ बैशाख २०८१, सोमबार १९:०९ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३२ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ६२ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३२ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    प्रतिनिधि टुक्का- १३२
    ~<•>~
    भनेकै छु समृद्धि, ल्याउँछु म भनेर
    असन्तोषी रै’छौ तिमी खोज्दै छौ झन् धेर ?
    वसन्त अनुभव
    ~<•>~
    [१]
    छैन अपुग नै, छन् सबै मालामाल
    खान पिउन भाषण छ फालाफाल ।
    ✍️ वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ
    ~<•>~
    [२]
    भाषण जस्तै धनकाे ओइराे फालाफाल
    आफ्नैतिर साेझ्याउने हाे समृद्धिकाे छाल ।
    ✍️ ताराप्रसाद चापागाईँ
    धुनिबेसी ।
    ~<•>~
    [३]
    जति भए नि नपुग्ने असन्तोषी मन
    दुखी बनाउने संसारमा पापी धन।
    ✍️ संगीता खरेल
    काठमाडौँ
    ~<•>~
    [४]
    समृद्धि त यहाँ ल्याउनसम्म नै ल्याए सामान्यले खोइ कहाँ के पाए ?
    त्यसका फल धेरै ठुलाबडा नेता र उनका वरिपरिकाले खाए ।
    ✍️ पवनकुमार बुढाथेाकी
    काठमाडौँ
    ~<•>~
    [५]
    समृद्धि यिनीहरूले कागजमा ल्याउॅंछन्
    भाषण सुन्ने जनले अझै खै के पाउॅंछन् ?
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    ~<•>~
    [६]
    जान्न अन्त मलाई मेरै घर प्यारो
    आफ्नै जमिन जोत्छु भए पनि सारो ।
    ✍️ शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौं
    ~<•>~
    [७]
    देशमा नै समृद्धि लेराउँछु भन्न त भन्यौ
    तर पैसाको रास आफ्नै परिवारमा गन्यौ।
    ✍️ सुशीला शिखा
    काठमाडौँ कागेश्वरी
    ~<•>~
    [८]
    भन्ने मात्र गर्छौ छोपी दाउ, मुर्ख बनाएर
    भो अब बसिनसक्नु, पुरै देश गनाएर।
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    ~<•>~
    [९]
    घाेषणा पत्रमा लेखिन्छ समृद्ध नेपाल बनाउने नारा
    सत्तामा पुगेपछि देशको अर्थतन्त्र ध्वस्त पारेउ सारा ।
    ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
    ~<•>~
    [१०]
    पीर नगर हात राखी गालामा
    समृद्धि ल्याउँछु नि मेरै पालामा ।
    ✍️ डम्बर थामी ‘अनुपम ‘
    कालिन्चोक गा. पा. -६, दोलखा ।
    ~<•>~
    [११]
    बस्न बाध्य भएका छन् जनता नेताहरू कै नाटक हेरेर
    उहीँ नेता हुन् जता पनि के विकास हुन्छ मात्र पाटी फेरेर ।
    ✍️ अनिता भण्डारी ताप्लेजुङ
    ~<•>~
    [१२]
    चुस्यौ रस आफू खाेस्टा फ्याँकेऊ सदा हामीतिर
    लाजसरम पचाउनेलाई केकाे लाग्छ पिर ?
    ✍️ त्रिलाेचन भण्डारी
    मेचीनगर, झापा
    ~<•>~
    [१३]
    भो नगर तिमीले समृद्धिका कुरा
    मुखमा राम राम बगलीमा छुरा ।
    ✍️ पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके।
    ~<•>~
    [१४]
    कागज र भाषणमा मात्र समृद्धि ल्याउँछु भनेर कहाँ हुन्छ
    गरि नदेखाएसम्म जतिसुकै राम्रा नारा होस् मन कहाँ छुन्छ ?
    ✍️ सतीश पण्डित
    भानु ६ चुँदी तनहूँ
    हाल चनपा ६ मातातीर्थ
    ~<•>~
    [१५]
    आशा नै हो जीवनको बलियो आधार
    कल्पना नगरे कहाँ मिल्नेछ आकार ?
    ✍️ कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    ~<•>~
    [१६]
    चप्पल पड्काइ सहर छिरे अहिले छ है महल
    राजनीतिले बदलिदियो अहिले चहलपहल ।
    ✍️ नवशिला,
    नवदेव मार्ग , लालभित्ती,मोरङ।
    ~<•>~
    [१७]
    चुनाव हुँदा चर्को चर्को लगाई हिँड्थ्यौ नारा
    माखो मारेनौ जितेपछि देखाई छाड्यौ पारा ।
    ✍️ विके माकजू , भक्तपुर ।
    ~<•>~
    [१८]
    औलो दिदा डुँडो ताक्छौ, खुट्टो दिए घुडो माग्छौ
    समृद्धि दिन खोज्दा खैराते किन पर भाग्छौ ?
    ✍️ विवश पारदर्शी
    झापा
    ~<•>~
    [१९]
    यथार्थमा तिम्रो सपना अब आफैँसॅग राख
    हामी नेताले गरेको भ्रष्टाचारको स्वाद चाख ।
    ✍️ राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    ~<•>~
    [२०]
    विकासको लहरै लाउछु,भन्थ्यो यहाँ नेर,
    कठै उ पनि त भाषणमा,मात्रै रह्यो हेर ।
    ✍️ एवाइ प्रभात
    सहिदभुमि धनकुटा
    ~<•>~
    [२१]
    समय र मान्छे बदलिए, मन उस्तै
    तिमीमाझैँ हुँदैछ यता ममा दुरुस्तै !
    ✍️ दीपा समभाव
    दुबेकोल खोटाङ्ग
    ~<•>~
    [२२]
    बाहिर छँदा अति सार्‍है गुड्डी हाँक्ने तिम्रो बानी
    सत्तामा पुगेपछि पछार्‍यौ बिरोधी छानीछानी ।
    ✍️ प्रेम थापा “मन”बागलुङ
    ~<•>~
    [२३]
    देशको निमित्त हामी बाँचौंँ
    यसैले दिलमा माया राखौँ ।
    ✍️ नीमा छिरिङ भोटिया
    ~<•>~
    [२४].
    सबैले मनमा सन्तोष लिने गर
    सफल बन्न कसैको भर नपर ।
    ✍️ लक्ष्मण देउवा डोटी
    हाल भारत ।
    ~<•>~
    [२५]
    सक्छौ नया आशा उमारिदिनु
    सक्दैनौ पुरानो नमारिदिनु ।
    ✍️ रघु थापा, सु न पा १.
    ~<•>~
    [२६]
    पीडामा बाँच्न गाह्रो
    मुटुको व्यथा साह्रो !
    ✍️ आर्त अकुलीन
    ~<•>~
    [२७]
    हेर्दै जाऊन् मैले के के गर्नेछु
    आफू हसुरी कनिका छर्नेछु !
    ✍️ कमला देवकोटा, पाल्पा
    ~<•>~
    [२८]
    भने जस्तो पुगेकै छ किन मान्नु पिर ,
    तलमाथि भएमा चलाउला नि तिर ।
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    ~<•>~
    [२९]
    हातमा हात मिलाइ खाेलाैँ समृद्धिकाे नाैँलाे ढाेका
    देश सम्मुनत बनाउँ, नपाराैँ आफूमात्र पाेका।
    ✍️ हरिगाेपाल प्रधान
    काभ्रे, बनेपा १४ साँगा बजार ।
    ~<•>~
    [३०]
    कस्ताे खालकाे समृद्धि हाे तिमीले ल्याउछु भनेकाे
    कहिले हेर्न पाइएला खै देश समृद्धि बनेकाे ।
    ✍️ भवानी पाेखरेल (बाबू विराज)
    बाणगङ्गा १ चार नम्बर कपिलवस्तु
    ~<•>~
    [३१]
    भोलिको दिनको छैन कसैले देखेको
    भावीले छैठीको दिनमा के छ लेखेको ?
    ✍️ कला ढकाल, झापा
    ~<•>~
    [३२]
    वाचा कसमका पोकापोकी मैलियो
    देशमा निराशा र वितृष्णा फैलियो ।
    ✍️ रचना शर्मा प्रतीक्षा, ललितपुर
    ~<•>~
    [३३]
    खुट्टा मेराे नतान भाे कस्ताे हाेला मैले आकाश छुँदा
    जातभात जादैन साथी दुखी असक्तकाे लुगा धुँदा ।
    ✍️ हिरालाल न्याैपाने, सल्यान काेटमाैला।
    ~<•>~
    [३४]
    बन्यौ अचम्म गर्ने देश समृद्धि जन खातिर तिमी थिर
    गर्छौ जहिले काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर ।
    ✍️ इन्दु श्रेष्ठ,चितवन
    ~<•>~
    [३५]
    भाषणको उन्नति देखाई यहाँ गर्छन् सबै विकास
    सत्ता हात पारेपछि तिनैले सोर्दैछन् आफ्नै निकास ।
    ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹
    ~<•>~
    [३६]
    समृद्धि ल्याउँछु भनेर मात्र कसो गर्नु
    नसके ल्याउन हुनेछ फेरि
    फाटिमर्नु ।
    ✍️ इमान सिंह के.सि.
    व्यास ९ धनुबेसी कलेस्ति तनहुँ
    ~<•>~
    [३७]
    भयो, परेन तिम्रो धन चाहिएन अति
    रहोस् यो देश, माटो नहोस् है कुनै दुर्गति ।
    ✍️ मोती सुब्बा दार्जिलिङ भारत।
    ~<•>~
    [३८]
    ढाँटेर साधा, काम गर्ने बेला त बाधा, गाग्रीमा पानी आधा
    आफू भयाै गाधा, ठानेउ आफैँलाई राधा, तर पुर्खाै नाधा ।
    ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ
    ~<•>~
    [३९]
    सिधा साधा सबैलाई एउटै थालमा मुस्दैछ
    अभागीको रगत पसिना एकदमै
    चुस्दैछ ।
    ✍️ अन्मोल मुस्कान
    ~<•>~
    [४०]
    शोषण र दोहनको, आगो मात्रै बाली
    समृद्धिका कुरा गर्छौ, छोटेराजा पाली।
    ✍️ रामशरण न्यौपाने, भक्तपुर
    ~<•>~
    [४१]
    पालैपालो फेरिन्छ शासक सबैले ल्याउँछ समृद्धिको कुरो
    आफूले भरपुर कमाउँछन् छोड्छ समृद्धि थपक्क अधुरो ।
    ✍️ कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    ~<•>~
    [४२]
    तिम्रो समृद्धि कहिलेसम्म पर्खेर बसौ युगौँ जुटिसक्यौ
    आसै आसमा खुसी हुनेहरूको सारा जीवन लुटिसक्यौ ।
    ✍️ अम्बिका अधिकारी
    झापा बिर्तामोड
    ~<•>~
    [४३]
    कैयौँपटक सपनामा नेपाललाई, सिङ्गापुर बनाए
    झुक्याए पुरानोमा नयाँ खोल राखेर, भोटलाई मनाए ।
    ✍️ सुस्मिता अधिकारी ,काठमाडौँ
    ~<•>~
    [४४]
    भने मात्रै पुग्छ हजुर गर्नुपर्दैन
    जति नै आस दिए पनि मनै सर्दैन ।
    ✍️ धनुष न्यौपाने यात्री
    जुम्ला
    ~<•>~
    [४५]
    भोट माग्दा चिल्ला कुरा हामीबीच छोड्यो
    जितेपछि बाटो फेरि अर्कैतिर मोड्यो ।
    ✍️ भगवती दवाडी ,झापा
    ~<•>~
    [४६]
    सदियौँदेखि भन्ने गर्छन् सरकारले, ल्याउँछु देशमा समृद्धि
    घुसखोरी देशमा बिगबिगी छन् अनि कसरी हुन्छ देश वृद्धि ?
    ✍️ Hari Narayan Chaudhary
    ~<•>~
    [४७]
    चौकीको लालच देखाएर भाषणमा भोटको नै चल्यो चाल
    बेरोजगारको भाँडो भरिएपछि युवाहरू भए बेहाल।
    ✍️ बिकास छेत्री अञ्जान
    कैजले, बिजनबारी, दार्जिलिङ।
    ~<•>~
    [४८]
    जालझेल बुनेर अति भयाे कति लुट्ने
    त्याे दिन अवश्य आउने छ जनले चुट्ने ।
    ✍️ प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    ~<•>~
    [४९]
    मुखले बोलेर हुन्न भाइजी गरेर देखाउनुपर्छ
    तालसहितकोे बाजा बजेर संसार भेटाउनुपर्छ ।
    ✍️ नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर ।
    हाल- एनेलकुटी, सिरहा ।
    ~<•>~
    [५०]
    थुप्रै पुस्ता बितिसके समृद्धिको आसमा बस्दा
    सन्तोषी कहाँ हुन सकिन्छ भोकले भुँडी कस्दा ।
    ✍️ अरुण कुमार भुजेल
    गोरूबथान,कालिम्पोङ,भारत।
    ~<•>~
    [५१]
    आशा भराेसा देखाई विश्वासिलाे बन्नेहरू
    मानव श्रम पसिना किन्दै नाेट गन्नेहरू ।
    ✍️ Bhanu Pokharel
    ~<•>~
    [५२]
    बारम्बार भ्रष्टाचारीहरू नै देशको सत्तामा आयो
    खुब उन्नति गर्यो देशले नभएकै समृद्धि पायो।
    ✍️ बि.कुलुङ
    दार्जिलिङ रंगबुल
    ~<•>~
    [५३]
    समृद्धि नै ल्याउँछु भन्दै भयौ आफैँ मालामाल
    आफू भयौ पूर्णता जनतामा गर्‍यौ महाजाल ।
    ✍️ बेदु न्यौपाने
    ~<•>~
    [५५]
    के गर्न सक्छौ भन्ने बुझेका छन् सारा
    मुखले मात्र ठिक्क पार्ने तिम्रो पारा ।
    ✍️ प्रतिज्ञा प्रतिज्ञा
    मेहेलकुना सुर्खेत
    ~<•>~
    [५६]
    सुख समृद्धि, आस नगर्नु सबैले पाउने
    भाग्यमानी उहीँ हुन्छ नेताको पछि धाउने ।
    ✍️ होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।
    ~<•>~
    [५७]
    फ्याँकेर जनतामाझ सधैँभरि समृद्धिको जाल
    मृत्युपर्यन्त नै हुने भयौ आफूमात्रै मालामाल l
    ✍️ बाबुराम गौतम, गुल्मी
    ~<•>~
    [५८]
    समृद्धि त मात्र भोट माग्ने भाँडो रहेछ
    कुर्सी प्राप्तिसँगै समृद्धि अलप भएछ।
    ✍️ तोया नाथ चापागाईं
    दमक,झापा,नेपाल
    ~<•>~
    [५९]
    पहिले आफूलाई नेल्सन मण्डेला जस्तै हो भन्यौ
    अहिले सारा देश र जनता पुरिने खाल्डो खन्यौ ।
    ✍️ रमेश दियाली
    सिटोंग दार्जिलिङ।
    ~<•>~
    [६०]
    कुरा बढी काम नगर्ने अगुवा सबै अल्छी
    अब पालो युवाहरूको देशमा खेल्ने बल्छी ।
    ✍️ पद्मा काश्यप पाण्डे, मोरङ
    ~<•>~
    [६१]
    विकास नारामा सिमित भयो, कमाउमा जीवन हेर
    विश्वासले मत दियौ बालुवामा पानीझैँ गयो नि खेर।
    ✍️ शंकर कार्की, मकवानपुर।
    ~<•>~
    [६२]
    तछाडमछाडको यो दुनियाँमा बाँच्न गाह्राे
    समृद्धि ल्याउछु भन्नेहरू नै लड्दै छन् साह्रो ।
    ✍️ शोभा आचार्य गौतम
    काठमाडौँ ।
    ~<•>~

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविता, वसन्त अनुभव1 Comment on ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १३२ सम्पन्न

    ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १३१ सम्पन्न

  • १४ बैशाख २०८१, शुक्रबार २१:५८ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३१ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ६० जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३१ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    प्रतिनिधि टुक्का- १३१
    छैन भरोसा रत्तिभर, आज हो कि भोलि
    कहिले पर्छ दैवको लाठी, पर्दछ गोली !

    वसन्त अनुभव

    [१]
    पाहुना हामी दुई दिनको किन गर्ने लोभ
    हाँसीखुसी दिन कटाऔँ नमानेर क्षोभ !
    ✍️ वसन्त अनुभव

    घोराहीउपमहानगरपालिका १४, दाङ

    [२]
    रिसराग गर्नु छैन दुई दिने पाहुना जानी
    खुसी भै बाच्ने गरौँ नहुँदै आफ्नो शव खरानी ।

    ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    [३]
    रिसराग घमण्ड केको लागि गर्नु
    सत्कर्म गरेरै भावसागर तर्नु ।
    ✍️ बिकास छेत्री अञ्जान

    कैजले, बिजनबारी, दार्जिलिङ।

    [४].
    घाँटी सुकाई बेस्सरी करायो
    भक्कु पाएको दक्षिणा हरायो।

    ✍️ रतन पाण्डे, ‘पारतन’,दार्जीलिङ।

    [५]
    तेरो मेरो भन्ने भाव नै स्वार्थको खेल
    यसैले नै मानिसलाई बनायो फेल ।

    ✍️ होमनाथ गिरी

    [६]
    खुसी आउँछ पाहुना बनेर
    जान्छ फेरि फर्कन्छु है भनेर !
    ✍️ सनत रोकाय बिवश

    कुशे गाःपा 8 जाजरकोट

    [७]
    धर्तीका सबै दुई दिनको पाहुना हामी
    बाँचुञ्जेल जिन्दगी नबनाऔँ बदनामी ।
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१

    हालः-अमेरिका,बोस्टन।

    [८]
    किन गर्नु अहङ्कार जीवन घामछायाँ
    हाँस्दै कटाऔँ दैनिकी नगरौँ दायाँबायाँ ।
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )

    कनकाइ ४ झापा

    [९]
    रातभरि रामायण पढायो सीता कसकी जोई,
    छि लाज पो लाग्यो लौन उल्टै नबसिदेऊ न रोई !
    ✍️ वेल तामाङ थोकर

    मकवानपुर //बकैया ८ // बस्तिपुर

    [१०]
    मलाई सिंगापुर र स्विजरल्याण्ड अहँ चाहिँदैन
    मेरै देश सुन्दर छ, जुन खोजेर पनि पाइँदैन ।
    ✍️ शशीश्री आचार्य

    बौद्ध कुमारीगाल काठमाडौं

    [११]
    तेरो मेरो छ तँ तँ म म स्वार्थी मानिस
    बन्छ एकदिन भित्ताको आफैँ सो पिस।

    ✍️ सुरेशकुमार पाण्डे दाङ घोराही १८

    [१२]
    तेरो मेरो भन्दाभन्दै छोडेर जान्छौँ हामी
    दुई दिने जिन्दगीलाई बनाउन दामी ।

    ✍️ सरस्वती श्रेष्ठ इटहरी

    [१३]
    जताततै छाएको छ अन्धकारले संसार
    यस्तै हुँदोरहेछ नतिर्दा जीवनको भार ।
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’

    पाँचखपन नपा – ६ संखुवासभा ।

    [१४]
    के दशा हो नेपालमा पाइन्न न्याय
    न्याय दिनेकै टेबुल मुनीको आय ।

    ✍️ भाेलामान बर्देवा धरान ८ सुनसरि

    [१५]
    मेरै जिन्दगीमा धेरै आँधीबेहेरी बर्स्यो
    त्यही भएर बारम्बार मेरो मन तर्स्यो ।
    ✍️ डम्बर थामी ‘अनुपम ‘

    कालिन्चोक गा. पा. -६, दोलखा ।

    [१६]
    एकान्तको बाटो रोजेँ यो मनमा बैराग चल्दा
    तिम्रो आँखाबाट आँसु नझरोस् म चितामा जल्दा ।

    ✍️ लक्ष्मण देउवा डोटी

    [१७]
    धर्तीमा दुई दिनको हो हामी मनुष्यको चोला
    रिसडाहा नगरौँ भयो, जिन्दगी होला नहोला ।
    ✍️ एवाइ प्रभात

    सहिदभुमि छेन्ताङ धनकुटा

    [१८]
    लोभ गर्नुहुन्न भन्ने मान्छे कति राम्रो
    पाएदेखि प्राणै पनि लिन खोज्ने हाम्रो !
    ✍️ विवश पारदर्शी

    झापा,

    [१९]
    तेरो र मेरो भन्दैमा बित्ने जीवन हाम्रो
    मरियोस् बरू सबैका लागि गरेर राम्रो ।
    ✍️ राजेशराज गड्तौला

    कॅाडाघारी, काठमाण्डौ

    [२०]
    घुस खानेलाई खायाे भनेर गाली गर्छन्
    आफूले पाएपछि नबाेली भकारी भर्छन्।
    ✍️ नवराज भट्ट

    कञ्चनपुर

    [२१]
    याे मातृभुमीमा कति हाल्छाै जाल
    मलाई आउँदैन भन्छाै कि काल !
    ✍️ शालिक राम दाहाल

    चा न पा ३ झाैखेल भक्तपुर

    [२२]
    कसलाई छैन दुख यहाँ कसलाई छैन र पिर ?
    सङ्घर्ष जसले गर्दछ हाँसेर उहीँ नै हुन्छ वीर ।

    ✍️ दीपा तिम्सना -ईलाम

    [२३]
    अगाडि लागेका बाँदरको पुच्छर पक्रेर आशावादी छाैँ हतियारकाे
    उद्देश्य उसको भाषा , धर्म, संस्कृति अनि पाए देशै बेच्ने मतियारकाे ।

    ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ ।

    [२४]
    मान्छेको मन हजुर कति खाली धनमाथि
    मर्ने समय हुने बेला किन चाहियो साथि ‌।
    ✍️ नीमा छिरिङ भोटिया

    जलढका कालेबुङ

    [२५]
    धूर्त फट्याईँको राज भएको बेला
    ईमान्दारिताको त कुरा हुन्छ खेला !

    ✍️ कमला देवकोटा, पाल्पा

    [२६]
    रङ्गविरङ्गी झन्डा भिरेका ती आआफ्नै रहेछन् टोली
    नेताहरू ती भिक्षु हुन् जसको कहिले भरिन्न झोली।
    ✍️ बि.कुलङ

    दार्जिलिङ, रंगबुल

    [२७]
    विनाशकारी हतियार हुन् बारूद र गोला
    नाश हुन्छ अनाहक विस्फोट नगर्नु होला ।
    ✍️ कृष्णकुमार वैद्य

    बनेपा ९, काभ्रे

    [२८]
    जीवन रहेछ बुझ्न नसकिने रहस्य कराइ
    सम्झिकन नभाग्नु कहिले जीवनदेखि डराई ।
    ✍️ मोती सुब्बा

    दार्जिलिङ भारत।

    [२९]
    सन्सार रुपी याे भवसागर म कसरी तरुँ
    कसैको हित गर्न नसके नि अहित नगरुँ।
    ✍️ दीपा समभाव

    दुबेकोल खोटाङ्ग

    [३०]
    सुन, चादी, हिरा, मोती होइन कसैले नि खाने ?
    लाखौँ करोडौँ पैसा भए नि होइन मर्दा लाने !
    ✍️ ज्ञानेन्द्र क्षेत्री
    नयाँ ठिमी भक्तपुर

    हाल = सिडनी अष्ट्रेलिया

    [३१]
    अब गोजीमा प्वा़ल परेछ भइयो जोगी
    खानपिनमा ध्यान गएन बनायो रोगी ।
    ✍️ चुडामणी देबकोटा

    चनपा १३काठमाडौ।

    [३२]
    विश्वासको खै कता फल्छ होला कोसा
    छ कि छैन जाँच्नु छ साथीमा भरोसा ।

    ✍️ प्रेम थापा “मन”

    [३३]
    मर्ने बाँच्ने ठेगान यो छैन आज होकि भोलि
    दुई दिने जिन्दगीमा पापको नथापौँ झोली

    ✍️बेदु न्यौपाने 🇳🇵

    [३४]
    एक लाख ऋण जनताको शिरमा
    तुइनको बाटो छ , लेकैको भिरमा ।

    ✍️ नागेन्द्रप्रसाद यादव , दाङ

    [३५]
    पैसा नभएको गोजीमा, विश्वास माग्दा पाइने
    हाम्रै देशको नेतालाई समृद्धि मात्र चाहिने ।
    ✍️ होम प्रसाद नेउपाने

    धरान,सुनसरी ।

    [३६]
    समयको महत्वलाई बुझ्न नसकेर,
    मानिसको जीवन यहाँ त्यसै जान्छ खेर।
    ✍️ ज्ञानबहादुर क्षत्री

    सन्धिखर्क – २, अर्घाखाँची।

    [३७]
    भेट्ने आशा ठुलै थियाे पल्टाएर डायरीकाे पाना
    गुन्गुनाउने भुन्भुनाउने थियाे अतितकाे गाना ।

    ✍️ जानुका खतिवडा

    [३८]
    पर्दछ यहाँ दैवको लाठी सबैमाथि
    सोरसार पारि हाल अहिले नै साथी ।

    ✍️ राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ ।

    [३९}
    तेरो मेरो भन्दाभन्दै बित्दोरहेछ मानव चोला
    यो संसारमा निस्वार्थ रूपमा अघि बढ्ने को होला ?
    ✍️ बाबुराम पाण्डे

    अर्घाखाँची

    [४०]
    ज्यान मरेर गए पनि नाम राख्न अमर
    सत्यको साथ दिनलाई गर्नुपर्छ गमर ।
    ✍️ मन्दिरा सेढाई

    मलेखु,धादिङ

    [४१]
    फलेको हाँगो झुक्नुपर्ने ज्ञानीहरू लुक्नुपर्ने
    सामु ठोक्छन् सलाम पछि किन सधैँ थुक्नुपर्ने ।

    ✍️ सुस्मिता अधिकारी ,काठमाडौँ

    [४२]
    मरेर जाने हो एक दिन बैराग्य लाग्छ घरी घरी
    तर पनि मान्दैन यो मन सपना बुन्छ थरी थरी।
    ✍️ पुष्पा सुवेदी

    नेपालगन्ज,बॅाके।

    [४३]
    कुनै भराेसा छैन हाम्राे छाेटाे जिवनकाे
    के काे लागि खुन पसिना पिउछ्न् जनकाे ?
    ✍️ ताराप्रसाद चापागाईँ

    धुनिबेसी

    [४४]
    बेकार हुन्छ गर्छु मात्र भन्ने आस
    थाहा नहुने हो परिन्छ काल ग्रास ।
    ✍️ कार्की डिबी माकुम

    सुनवल-४, नवलपरासी

    [४५]
    भर पर्दछौँ भरोसा गर्दछौँ, भ्रष्टाचारीलाई जानी जानी
    चुनावमा भोट हाल्दछौँ, चोर नेतालाई सन्त साधु ठानी।

    ✍️ विके माकजू , भक्तपुर ।

    [४६]
    हार्नुहुन्न हिम्मत कहिल्यै सम्झिएर भोलि
    अमर रहन्छ देशभक्त लागे पनि गोली ।
    ✍️ गंगा खड्का

    बूढानीलकण्ठ ,काठमाडौँ

    [४७]
    छैन भरोसा नश्वर शरिरको आज हो कि भोलि
    गर्नु हुँदैन कुकर्म कहिल्यै आफ्नो इज्जत मोली l

    ✍️ बाबुराम गौतम, गुल्मी

    [४८]
    दैवको लाठी सम्झेर हरेस खानु चै हुन्न
    सत्कर्म गर्नेहरूलाई गोलीले छिट्टै छुन्न।

    ✍️ अरुण कुमार भुजेल

    [४९]
    जन्म, जीवन र मृत्यु यही त हो जिन्दगी
    मरिलानु के छ र साँच्नु ? अरूलाई ठगी ।
    ✍️ ध्रुव श्रेष्ठ

    हाल काठमाण्डौ ।

    [५०]
    जिन्दगीको छैन भरोसा भोलि हो कि पर्सी
    छोटो जीवन बाँच्नुपर्ने किन तर्सी तर्सी ?
    ✍️ चूडा निर्भीक

    हालःकाठमाण्डौ ।

    [५१]
    सन्सारमा कति आए कति गए थाेरै रहे अमर
    सत्कार्यकाे मात्र गरिन्छ आरती डाेलाएर चमर ।
    ✍️ प्रद्युम्न चालिसे

    भक्तपुर कटुञ्जे ।

    [५२]
    आज हाे कि भाेलि थाहा छैन मरिजाने जीवन हाम्राे
    लाेभ गरी अकुत धन कमाउनु हुन्न खासै राम्रो ।
    ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे

    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।

    [५३]
    नडुबौँ धेरै लाेभमा, सत्य तथ्य स्विकार
    जस्तै पगरी दिलाओस् र जीवन होस् पार ।
    ✍️ हरिगाेपाल प्रधान

    काभ्रे, बनेपा १४ साँगा बजार।

    [५४]
    आमाबाबुलाई वृद्ध आश्रममा हाल्छौ
    घरमा शून्य हुँदा भोटे कुकुर पाल्छौ ?
    ✍️ रमेश दियाली

    सिटोंग दार्जिलिङ

    [५५]
    कति खेल्छौ सधैँ यहाँ गरी काटमारको होली
    देशको मुहार फेरिएला कि भन्दै गयो भोलि ।
    ✍️ प्रतिज्ञा प्रतिज्ञा

    मेहेलकुना सुर्खेत

    [५६]
    भोलि गर्ने आज गरौँ आज गर्ने अहिले
    सत्कर्म गर्न नभुलौँ उठ्छ चोला कहिले ?
    ✍️ बिके मुखिया

    दार्जिलिङ,भारत।

    [५७]
    कसैको जीवनको केही भरोसा छैन
    मरिजाने चोला अजम्बरी कोही हैन ।

    ✍️ कला ढकाल

    [५८]
    गोजी छाम्दा परेछ ह्वाङ
    नहुनेलाई धेरै स्वाङ ।
    ✍️ राजनारायण राई

    सोनादह दार्जीलिङ

    [५९]
    राँगो, सुँगुर, बङ्गुरका नरम चाना
    विकासका कुरा छोडी त्यही खान्छौ खाना ।

    ✍️ घनश्याम पन्त

    [६०]
    काक्रासरि किन भयाे देशकाे पिस ?
    विकास हाे कि विनाश भन्दा त रिस ।
    ✍️ जीवि दाङ
    ~<•>~

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविता, वसन्त अनुभव1 Comment on ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १३१ सम्पन्न

    ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १३० सम्पन्न

  • ३ बैशाख २०८१, सोमबार ०९:४५ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३० औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ५४ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३० औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    प्रतिनिधि टुक्का- १३०


    समस्याका डङ्गुर छन् आएको छ नयाँ वर्ष
    पेटमा मुसा दौड्नेगर्छन् दु:ख मानौँ कि हर्ष ?

    वसन्त अनुभव

    [१]
    केवल पात्रो फेरिँदैमा अवस्था फेरिँदैन
    नजर उही दृश्य उही फरक हेरिँदैन ।
    ✍️ वसन्त अनुभव

    घोराहीउपमहानगरपालिका १४, दाङ

    [२]
    सकूँ लक्ष्य चुम्न गरेर मेहनत अनि सङ्घर्ष
    सम्भावना बोकेर आओस् यसपालीको नववर्ष ।
    ✍️ नवशिला

    नवदेव मार्ग , लालभित्ती,मोरङ।

    [३]
    समस्याका डङ्गुरहरू पन्छाउँदै जाओस्
    नववर्षले सम्पूर्णमा सुखशान्ति छाओस् ।
    ✍️ डम्बर थामी ‘अनुपम ‘

    कालिन्चोक गा. पा. -६, दोलखा ।

    [४]
    शुभकामना के दिँउ तिमीलाई यो नयाँ वर्षको
    जनता हुन् यीनै नेता हुन् तिनै खै के छ र हर्षको ?
    ✍️ ध्रुव श्रेष्ठ

    खोटाङ हाल काठमाडौँ ।

    [५]
    जताततै आयो भन्छन् सबैले उमङ्ग बोकी नयाँ वर्ष
    परदेशी जीवनमा खै देखिन मैले त कहिल्यै हर्ष ।
    अनुग्रह राना मगर ‘पुष्प’

    पाँचखपन नपा – ६ संखुवासभा ।

    [६]
    नयाँ वर्ष त भन्नु मात्र खास फरक हुन्न
    वर्षाएका शुभकामनाले सबैलाई छुन्न ।
    ✍️ त्रिलाेचन भण्डारी

    मेचीनगर,झापा

    [७]
    दु:खलाई मृत्युको मुखमा पारी हर्ष डाक्नुछ
    मुसा हटाई ऊर्जा बढाएर जीवन हाँक्नुछ ।
    ✍️ नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर

    हाल- एनेलकुटी, सिरहा ।

    [८]
    हुने कहिले होइन होला किले छोडेन
    साल जति फेरे पनि भाग्य कतै मोडेन |

    ✍️ सरिता सेढाई धादिङ

    [९]
    बिरालो हो क्या मान्छे पेटमा कुदेको छ मुसा ?
    वसन्तको झरी सुरु भो पलायो तामा टुसा ।

    ✍️ मोती सुब्बा

    [१०]
    विकासका पुर्वाधार जाओस् बढ्दै
    सद्बुद्धि तिर नै ध्यान आओस् गढ्दै।

    ✍️ कला ढकाल झापा

    [११]
    बाहिर भन्छु म पनि नयाँ वर्ष
    भित्रभित्र लाग्दैन कत्ति नि हर्ष।
    ✍️ सतीश पण्डित

    भाजु६ चुँदी तनहु

    [१२]
    खै रमाई के गर्नु, एकदिन आउने नयाँ वर्ष
    मनमा सधैँ उही पुरानै पिर, छैन कुनै हर्ष।

    ✍️ शंकर कार्की ,मकवानपुर।

    [१३]
    यहाँ सधैँ हुने यो हत्या र हिंसालाई रोकी
    तब हुन्थ्यो मन खुसी लाग्थ्यो नयाँ वर्ष हो कि !
    ✍️ प्रतिज्ञा प्रतिज्ञा

    मेहेलकुना सुर्खेत

    [१४]
    पात्रो फेरिएसँगै मानिसको पनि फेरियोस् विचार
    सबै सत्कर्ममा लागी हटोस् देशमा हुने भ्रस्टाचार ।
    ✍️ बाबुराम पाण्डे

    अर्घाखाँची

    [१५]
    नयाँ वर्ष आयाे गयाे खै के भयाे ?
    निमुखालाई यातना दिँदै गयाे ।

    ✍️ जी.वि.कश्यप घाेराही ,दाङ

    [१६]
    दैनिकी उहीँ छ बेचैनता उहीँ छ आए पनि नयाँ वर्ष
    लथालिङ्ग भताभुङ्ग छ देशको स्थिति छैन मनमा हर्ष।

    ✍️ दीपा तिम्सिना-ईलाम

    [१७]
    सधैँ जस्तै हर्ष मानी आएको छ नयाँ साल
    हिजो जस्तै भोलि पनि हुने देख्छु हाम्रो ताल ।
    ✍️ चूडा निर्भीक

    काठमाडौँ

    [१८]
    दिन उही, रात उही, मात्र यो साल फेरियो
    खुशीयाली मनाउदा, साहुँको ऋण बेरियो ।
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )

    कनकाई ४ झापा

    [१९]
    विकासको यी मूल फुटाउन नयाँ सालमा लागेका
    अब धन कमाउने नेताहरू हामीदेखि भागेका ।
    ✍️ नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ

    भारत

    [२०]
    समस्याको पोको लिएर आयो है नयाँ वर्ष
    भित्र मुसो दौडाई बाहिर देखावटी हर्ष !

    ✍️ कमला देवकोटा, पाल्पा

    [२१]
    नकारात्मकबाट सकारात्मक तर्फ सबै मोडिउन्
    नयाँ वर्षदेखि नराम्रा कार्यहरू नि अब छोडिउन् ।

    ✍️ प्रेम थापा “मन”बागलुङ

    [२२]
    जीवनको सङ्कल्प हराएको जस्तो लाग्छ मात्र बोल्न पाउँदा हर्षले
    भोक भोकै खुसी निभाएर के गर्नु शुभकामना र यो नयाँ वर्षले ।

    ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    [२३]
    हटोस् समस्याको बादल लागुन् सुख समृद्धिको घाम
    नववर्ष मंगलमय रहोस् बनुन् सम्पुर्णको काम।
    ✍️ बिके मुखिया

    दार्जिलिङ,भारत।

    [२४]
    नैराश्य नभइकन मनाउनु नयाँ वर्ष
    एकदिन अवश्य छाउँछ रे सर्वत्र हर्ष।
    ✍️ अरुण कुमार भुजेल

    गोरूबथान,कालिम्पोङ,भारत।

    [२५]
    खाउन् मस्तले पेट भरुन् ठगले यस वर्ष,
    हामी ठगेर खाँदैनौँ गर्छौँ कठिन सङ्घर्ष।
    ✍️ होम प्रसाद नेउपाने

    धरान,सुनसरी ।

    [२६]
    फाल्न सक्छ बढारेर समस्याको जाक
    नयाँ वर्ष तय गर्ला खान दुई छाक !
    ✍️ विवश पारदर्शी

    झापा

    [२७]
    गते फेरियो बार फेरियो, फेरियो महिना र साल
    लथालिङ्ग देशको भताभुङ्ग चाला फेरिएन हाल ।
    ✍️ कृष्णकुमार वैद्य

    बनेपा ९, काभ्रे

    [२८]
    एकअर्काको हात समाएर गर्नुछ उत्कर्ष
    यस्तै यस्तै शिक्षा लिएर आए हुन्थ्यो नववर्ष !
    ✍️ बि.कुलुङ

    दार्जिलिङ रंगबुल

    [२९]
    बाहिर सुनाैलाे बाेक्राे
    भित्रभित्रै सबै खाेक्राे।
    ✍️ हरिगाेपाल प्रधान

    काभ्रे, बनेपा १४ साँगाबजार।

    [३०]
    देशको हालत बिजोग छ, नववर्ष आए पनि
    सुनिदैन विचार नेताको, मान्छे आफ्नै जगे अनि।
    ✍️ एवाइ प्रभात
    सहिदभुमि धनकुटा
    [३१]
    गते बार फेरिए, फेरिए महिना र साल
    लथालिङ्ग र भताभुङ्ग भयो देशको ताल ।
    ✍️ दुर्गा भट्टराई

    मोरङ

    [३२]
    समस्या आउछन् जान्छन् नयाँ वर्ष जस्तो
    अवस्था हुन्छ उस्तै समय सोचे सस्तो ।

    ✍️ सुस्मिता अधिकारी , काठमाडौँ

    [३३]
    समस्या जहीँका तही छन् आयो नयाँ वर्ष
    उही छ दिन अनि रात उमङ्ग न हर्ष ।
    ✍️ शोभा आचार्य गौतम

    काठमाडौँ

    [३४]
    नयाँ नयाँ उमङ्ग बोकी आयो नयाँ साल
    किनी ल्याओस् अब छिट्टै देश भक्तिको पाल ।
    ✍️ दीपा समभाव

    दुबेकोल खोटाङ्ग

    [३५]
    सामाजिक संजाल भरि देख्छु आयो भन्छन् सबैले नयाँ वर्ष
    भित्तामा सज्जिने पात्राे फेरिन्छ तर गरिबलाई छैन हर्ष।
    ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे

    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।

    [३६]
    आयो नयाँ वर्ष खै के लिएर आयो
    बस्ती घच्घचायो निदबाट जगायो ।

    ✍️ सुरेशकुमार पाण्डे दाङ घोराही १८

    [३७]
    हातमा शक्ति हुनेहरूले बेस्सरी दुरुपयोग गर्छन्
    युवा बरा ! पेटको आगो निभाउन सात समुद्र तर्छन् ।

    ✍️ बाबुराम गौतम, गुल्मी

    [३८]
    भित्तेपात्रो फेरिँदै जान्छ हरेक वर्ष नै नयाँ सालमा
    हर्ष के हो थाहा छैन बिताउनु पर्छ जिन्दगी पालमा ।

    ✍ राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ ।

    [३९]
    शुभेच्छा यही पस्किएँ आज
    यथार्थ उन्नत बनाेस् समाज ।
    ✍️ रामकृष्ण दुवाडी

    पाेखरा

    [४०]
    नववर्षले पेट भरिन्न देखिन्छ नाङ्गाभोका ।
    कोही भेटिदैनन् संसारका मन्दिरमा नरोका ।
    ✍️ चुडामणी देबकोटा

    चनपा १३ काठमाडौँ

    [४१]
    पुरा होउन् मनले सोचेका ती हरेक चाहना
    सबैलाई नयाँ वर्षको हार्दिक शुभकामना ।

    ✍️ कृष्ण धामी – बझाङ

    [४२]
    पात्रो फेरिएझैँ फेरिउँन् दुखीले गरेको सङ्घर्ष
    नयाँ आयाम लिएर आओस् यो एकासी नववर्ष।
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१

    हालः-अमेरिका,बोस्टन।

    [४३]
    नयाँ वर्षले साँच्चै नयाँ परिवर्तन लिएर आओस्
    अलकति दया र मानवताकाे सत्ता देशले पाओस् ।
    ✍️ ताराप्रसाद चापागाईँ

    धुनिबेसी

    [४४]
    उदायो नवीन वर्ष
    मनमा देखियो हर्ष !

    ✍️ आर्त अकुलीन

    [४५]
    लिई आऊ सुख समृद्धि र दिगो हर्ष
    सबैको बनोस् उल्लासमय नयाँ वर्ष ।

    ✍️ पद्मा काश्यप पाण्डे, मोरङ

    [४६]
    समस्या यस्तै हो, आउँछ जिन्दगीमा झेल्दै र खेल्दै जाओैँला,
    यी खाने मुखलाई जुँगाले छेक्दैन, जुरेकाे जे छ खाओैँला ।

    ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ ।

    [४७]
    वर्ष फेरिए जस्तै भ्रष्टहरूको अवस्था चैँ फेरियोस्

    नयाँ वर्षले देशमा जनताको सहकाल घेरियोस् ।

    ✍️ बेदु न्यौपाने 🇳🇵

    [४८]
    सबैकाे मनमा खुुसी अनि हर्ष
    दु:ख भुलाएर आयाे नयाँ वर्ष।
    ✍️ सहयात्री शाेभा अर्याल

    रुपन्देही

    [४९]
    देश र तिम्रो समस्या बारे मलाई के थाहा ?
    नववर्षसॅंगै झन् भित्राएँ लाग्ने गरी आहा ।

    ✍️ म्यामराज राई, भोजपुर

    [५०]
    आयो नयाँ वर्ष दु:ख मेटियोस्
    भोकोपेट भर्ने बाटो भेटियोस् ।
    ✍️ मन्दिरा सेढाई

    मलेखु,धादिङ

    [५१]
    बिहानीको किरणसँगै फेरि आयो नयाँ वर्ष
    समस्याको ओइरो देख्छु बिस्मात मान्नु कि हर्ष ?
    ✍️ तोया नाथ चापागाईं

    दमक,झापा

    [५२]
    आउँदोरहेछ धनीलाई हरेक दिन नयाँ वर्ष
    रित्तो खल्ती भएकालाई खै केको उमङ्ग केको हर्ष ।
    ✍️ राजेशराज गड्तौला

    काँडाघारी, काठमाण्डौ

    [५३]
    खाली पेट भर्नलाई अब गरौं है सुरु
    समस्याको समाधानमा आफै बन्नु गुरु ।

    ✍️ धनुष न्यौपाने

    [५४]
    नयाँ वर्षले सबैमा सुख शान्ति छाओस्
    सिर्जना गर्न अति धेरै जाँगर आओस्
    भगवती दवाडी ,झापा
    ~<•>~

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविता, वसन्त अनुभवLeave a Comment on ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १३० सम्पन्न

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १२९ सम्पन्न

  • २५ चैत्र २०८०, आईतवार १८:३६ मा प्रकाशित
  • ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १२९ सम्पन्न

    काठमाडौँ । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२९ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ४९ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२९ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    टुक्का माथि टुक्का- १२९
    आँखा छोप्नु कान थुन्नु नि सकिन्न भने बरु
    किन जल्छौ म जे गरुँ देखीनसहनेहरू ?
    वसन्त अनुभव

    [१]
    जल्नेहरू जलिरहून् खरानी नै बनून्
    आफ्नो बाटो नछोड जसले जे जे भनून् ।
    ✍️ वसन्त अनुभव
    घोराहीउपमहानगरपालिका १४, दाङ
    [२]
    पत्रपत्र जलेर खरानी भएको बेला
    आगोमा घिउ थप्न भएछौ आएर भेला ।
    ✍️ अम्बिका अधिकारी
    झापा बिर्तामोड
    [३]
    नेताको बोलीमा फेरि तिमी भुलियो
    हन चियामा त कति चिनी गुलियो ।
    ✍️ नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    भारत
    [४]
    हेर्दिनँ भने पनि देखिन्छ आँखा अघि भएपछि
    यस्ताे हर्कत गर्नुभन्दा त ! मर ढुक्क गएपछि ।
    ✍️ बाबू विराज
    बाणगङ्गा १ चार नम्बर, कपिलवस्तु
    [५]
    हावा निकै चल्यो
    सत्ता हेर ढल्यो ।
    ✍️ नागेन्द्रप्रसाद यादव, दाङ
    [६]
    आँखा छोप्छु मुखै थुन्छु भुलिदिन्छु भनी
    झल्को मेट्न सकिएनँ घाँटी रेटे पनि ।
    ✍️ मन्दिरा सेढाई
    मलेखु,धादिङ
    [७]
    मानव बेचिने देशमा मानवताको छैन कदर
    कानुन हुँदाहुँदै पनि हुने सजाय किन बदर ?
    ✍️ कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    [८]
    छन् यहाँ धेरै अरूको उन्नति अनि प्रगतिमा जल्नेहरू
    केही गर्न सक्दैनन् आखिर अह्राएको बुद्धिमा चल्नेहरू ।
    ✍️ बाबुराम पाण्डे
    अर्घाखाँची
    [९]
    यहाँ सोच्दैछन् कसरी सकिन्छ छल्न
    अरूको प्रगति भयो कि थाल्छन् जल्न ।
    ✍️ प्रतिज्ञा प्रतिज्ञा
    मेहेलकुना सुर्खेत
    [१०]
    कसैले सक्तैन छेक्न जल्ने मानव जातिलाई
    आफ्नो कर्तव्य नभुली बढौँ सही बाटो समाई ।
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    [११]
    जल्नेहरू हिँड्छन् सधैँ मुन्टो बटारेर
    के नै खालो सार्लान् र खै खुट्टा लतारेर !
    ✍️ विवश पारदर्शी
    झापा
    [१२]
    जलेर सकिनु सकियो सबै भित्र भित्र
    हेर्नु सिवाय हेर्दै बस जलेको त्यो चित्र
    ✍️ बेदु न्यौपाने
    [१३]
    धेरै धेरै सम्झना हजुर, आँखा छोप्नु किन नि? मात्र सम्झेको
    बहिरो बन्न सकिनँ, केही भन्न सकिनँ, व्यर्थ किन बम्केको ?
    मोती सुब्बा
    दार्जिलिङ निमकी डाँडा ।
    [१४]
    लाग्छ उन्नतिको शिखरमा पाइला टेकी मरुँ
    प्रशस्त छन् आँखा लोभी र मन पापी गर्नेहरू।
    ✍️ भुपेन्द्र राना मगर
    धादिङ
    [१५]
    खानु जति खायौ अब अति भयो बल्ल पो तिम्रो पालो हेर आएछ
    आफूले गरेको बेइमानीले बल्ल लाग्दैछ मुटु कलेजो खाएछ।
    ✍️ सुशीला शिखा
    काठमाडौं कागेश्वरी
    [१६]
    नजलाऊ धेरै जल्नै बाँकी के छ र अब
    मिसिएपछि खरानी माटो नै भयो जब ।
    ✍️ होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।
    [१७]
    मान्छेहरूको स्वभाव नै जल्ने हो जल्न दिनु
    बरु घिऊ तेल थपिदिनु गुनासो नलिनु ।
    ✍️ भुजेल अरुण शान्ति
    गोरुबथान,कालिम्पोङ,भारत।
    [१८]
    अरूको प्रगतिमा जल्ने
    रिसको आगो आफैँ गल्ने ।
    ✍️ संगीता खरेल
    चन्द्रागिरी ८ काठमाडौँ
    [१९]
    भित्ताको पनि कान हुन्छ सुन्नुपर्ने सस्तो
    हत्केलाले घाम नै छेक्ने भन तिमी कस्तो ।
    ✍️ धनुष न्यौपाने
    गुठीचौर गाउँपालिका ०४ बिगारे जुम्ला
    [२०]
    गरिखानेकाे आरिस गर्छौ, तिमी आफैँ गर्दैनाै केही, त्यसै मर्छाै
    पापैपापले भरेको घडा बाेकेर, भवसागर कसरी तर्छाै ।
    ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
    [२१]
    नेता न हुँ यो देशको तिमीहरूले नै चुनेको मलाई किन रिस गर्छौ
    अवसर मैले पाएको छु मैले भकारी नभरे के तिमीहरुले भर्छौ ?
    ✍️ पवनकुमार बुढाथेाकी
    काठमाडौँ
    [२२]
    गाँउ खायौ, सहर खायौ, खायौ सिङ्गो देश
    जनतालाई झुक्याएर फेर्‍यौ आफ्नो भेष ।
    ✍️ ध्रुव श्रेष्ठ
    हाल,काठमाडौ ।
    [२३]
    अरूको खुट्टा तान्नेहरू
    धेरै छन् यहाँ जान्नेहरू ।
    ✍️ बि कुलुङ
    रंगबुल दार्जिलिङ
    [२४]
    आफूले गर्न सक्दैनन् अरूलाई भन्छन् सजिलो गरी
    छक्कै पर्छु आजभोलि कस्तो हो रुवाउँछन् धरधरी।
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा
    [२५]
    परिश्रमी त देखासिकी सधैँ आफैँ गरिखान्छन्
    आरिसे गरिखान नसकी रिसले मरिजान्छन् ।
    ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
    [२६]
    जतिसुकै अग्लाे टाकुराेमा बसेर काैलासे पनि लाज उद्रिन्छ
    विधि विधान मिचेर गरेका कामले खै कसरी बानी सुध्रिन्छ ।
    ✍️ प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    [२७]
    आँखा जलिरहेछ, पोलिरहेछ यो मन
    अरूको प्रगति देख्दा असह्य हुन्छ झन ।
    ✍️ राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ ।
    [२८]
    के के गर्न मन छ तिम्रो आफ्नो खुसी गर
    काम कुरो बिगारेर मेरो भर नपर ।
    ✍️ नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर
    हाल- एनेलकुटी, सिरहा ।
    [२९]
    मैले आँखा छोपे पनि सत्य कहाँ लुक्ला ?
    गल्ती स्विकारी जनसामु अब को झुक्ला ?
    ✍️ सुस्मिता अधिकारी ,काठमाडौँ
    [३०]
    उद्यमीको ढुङ्गामा मेवा फल्छ
    आरिस गर्ने सलाइझैँ जल्छ ।
    ✍️ बिके मुखिया
    दार्जिलिङ,भारत।
    [३१]
    प्रगतिमा जल्नेलाई जलिरहनदेऊ
    जता हुन्छ आफ्नो भलो त्यतै शरण लेऊ ।
    ✍️ त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    [३२]
    आँखा खोलेर हेर्नु कान कोट्याएर सुन्नु के देख्छौ सुन्छौ अरू
    दुश्मन पनि कुनै दिन काम लाग्छ रे दोष नथोपर्नु बरु ।
    ✍️ चुडामणी देबकोटा
    चनपा१३काठमाण्डौ
    [३३]
    वायुमण्डलमा प्रदुषण सार्है भयो चर्को
    लाग्न थाल्यो मानवदेखि प्रकृतिलाई झर्को ।
    ✍️ शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौं
    [३४]
    तिमी जस्ता भ्रष्टहरूको त को छ र साथी
    जस्ले गर्छ असल कर्म ऊ नै हुन्छ माथि ।
    ✍️ दस्ता कौशिक
    [३५]
    जसले जति गरून् प्रगति उन्नति, किन आँखा तराैँ
    हामी पनि गराैँ सकेजति प्रगति त्यसै किन मराैँ ।
    ✍️ हरिगाेपाल प्रधान
    काभ्रे, बनेपा १४ साँगाबजार।
    [३६]
    झिँगाको सरापले डिँगो मर्दैन जे गर्छौ गर
    सुर नछोडी गर्छु काम जली मर्नेहरू मर ।
    ✍️ सतीश पण्डित
    चुँदी तनहूँ
    हाल चनपा६ मातातीर्थ
    [३७]
    आलोचना गरेर सदनमा बिताए
    एकले अर्काको कुभलो मात्र चिताए।
    ✍️ कला ढकाल, झापा
    [३८]
    आरिसेहरू जलिरहन्छ अरू के काम
    वास्ता गर्न छोडिदिए, कमाउनु छ दाम ।
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाइ ४ झापा
    [३९]
    म जे गरौँ जसो गरौँ न तिमीलाई केको खसखस
    अर्काको प्रगति देखेर जल्नेहरू आँखा चिम्ली बस ।
    ✍️ अनिता भण्डारी ताप्लेजुङ
    [४०]
    जल्न खोज्छन् आफ्नाहरू, सफलताको शिखर चढ्दा
    गन्तव्य भुल्नुहुन्न परिश्रमी बनी अगाडि बढ्दा ।
    ✍️ शंकर कार्की,मकवानपुर ।
    [४१]
    कोसिस गरेको हो हजुर मूर्खलाई पाठ सिकाउन
    कतै अन्धो कतै बहिरो हुनुपर्छ सम्बन्ध टिकाउन।
    ✍️ कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    [४२]
    मनमा सधैँ हामीले खुसी नै खुसी त छर्नु
    मरेर गए पनि इतिहासमा नाम भर्नु।
    ✍️ श्रीकृष्ण धामी – बझाङ
    [४३]
    अरूको रिस गरे उल्टै आफूलाई नै खन्छ
    आफ्नै कर्ममा विश्वास गर्ने ठूलो मान्छे बन्छ ।
    ✍️ गंगा खड्का
    बूढानीलकण्ठ, काठमाडौँ
    [४४]
    कस्ले देख्छ र यहाँ भित्र भित्रै मन बल्छ
    आगोमा हिड्नेकै यहाँ पाइलाहरू जल्छ ।
    ✍️ दीपा समभाव
    खोटाङ्ग
    [४५]
    जल्नेहरू जलेर नै मरुन् छोड्दैनौँ आफ्नो ताल
    लोभको प्यास जागिरह्यो भए पनि मालामाल l
    ✍️ बाबुराम गौतम, गुल्मी
    [४६]
    दुईजिब्रेको चालै त्यस्तै कुरा लगाइरहने
    भएको थिचोमिचोमा हामी अब किन सहने ?
    ✍️ प्रेम थापा “मन”बागलुङ
    [४७]
    सङ्कीर्णताको राग अलाप्दै नसोध के भो भनी
    झन् अघि अघि बढ्दै जानु विध्न बाधा आए पनि ।
    ✍️ डम्बर थामी ‘अनुपम ‘
    कालिन्चोक गा. पा. -६, दोलखा
    [४८]
    जल्नेलाई जल्न दिने सहवास मैले माने
    किचकिचेको सङ्गत छोडी अन्त कतै जाने ।
    ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
    [४९]
    गाउँ र बस्ती मिलेर सारा सबैले सपार
    माटोको माया बुझेमा आज हुनेछ अपार !
    ✍️ आर्त अकुलीन
    ~<•>~

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविता, वसन्त अनुभवLeave a Comment on ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १२९ सम्पन्न

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P