
समर्पण रम्जान! जेद्दा साउदि अरब ।
नेपाली महाबाणिज्य दूतावास जेद्दाले गत बिहिवार ३० मे २०२४ का दिन नेपाली हाजिहरुलाइ आफ्नै कार्यलयमा आमन्त्रण गरि सम्मान स्वरुप भब्य स्वागत गरेको छ ।
हज समितिका अध्यक्ष इस्रामुल्लाह मियाँको साथमा हज समितिका अन्य पदाधिकारीहरु तथा चिकित्सकको टोलिहरुलाइ निमन्त्रणा दिएर भेटघाट तथा दिवा खानको ब्यबस्था गरि नेपाली हाजिहरुको सम्मानस्वरुप स्वागत गरेको थियो ।

नेपाली हाजिहरुको साउदी आगमनको क्रममा एयर्पोटदेखीनै नेपाली महाबाणिज्य दूतावास जेद्दाका प्रमुख सत्रुध्वन पोखरेल तथा अन्य प्रतिनिधिहरु, नेपाली दूतावास रियादका राजदुत महामहिम नवराज सुबेदी, समाजसेवी तथा ब्यबसायी राजु सैयद र अन्य समाजसेवीहरुले स्वागत गर्नुको साथै हाजिहरुको सहयोग र सहजताका लागि आवास्यक कुराहरु उपलब्ध गाराउन, हज गर्दा मक्का मदिनामा आइपर्ने कुनैपनी समस्यामा सहयोग गर्न सदैब नेपाली महाबाणिज्य दूतावास जेद्दा तयार रहेको कुरा महाबाणिज्य दूतावास जेद्दाका कार्यवाहक दुत सत्रुध्वन पोखरेलले बताउनु भयो !

हाजिहरुको सहयोगका लागि केही मुस्लिम स्वयंसेवकहरुलाइ पनि खटाइएको जानकारी गराउदैँ सम्पुर्ण हाजिहरुको मनोकामना तथ हज यात्राको सफलताको शुभकामना पनि दिनु भएको थियो ।
यसरी नेपाली हाजिहरुलाइ प्रहिलो पटक स्वागत गर्न पाउँदा महाबाणिज्य दुत पोखरेल ले खुशी ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा स्थानीय समाजसेवी तथ ईस्लामिक सेन्टरका मन्जुर अलि मियाँको पनि उपस्थिति रहेको थियो ।




