काठमाडौ नेपाल ! जन्डिस बिग्रीएर विगत केहि दिन देखि वीर अस्पताल काठमाडौमा उपचाररत विदुर नगरपालिका वडा १३ नुवाकोट कागुनेका कुमार श्रेष्ठको उपचारका लागि नेपाली सझा मञ्च साउदी अरबले आर्थिक सहयोग गरेको छ ।
जन्डिस बिग्रीएर कलेजोको समस्या भइ उपचार गरिरहेका श्रेष्ठको आर्थिक अबस्था एकदम नाजुक भएको कारण थप उपचारको लागि अपिल आएलगत्तै नेपाली साझा मन्च साउदीले आफ्नो समन्वयमा ने. रु. १७,५४२/- अक्षरूपी सत्र हजार पाँच सय बयालीस सहयोग हस्तान्तरण गरेको छ।
प्रवासमा रहेर पनि बिदेश तथा स्वदेशमा पीडित रहेका नेपालीहरुलाइ नेपाली साझा मञ्चले आफ्नो परिवारको एकछाक गाँस काटेर भएपनि पीडितको सहयोग अभियानमा सहयोग गर्दै आएको छ ।
सहयोग बिक्रम थापा झापा बाट नेरु ११११,सुरज जैरु,नुवाकोट बाट – ३४७०, समिता गुभाजु बाट ३१११, काजी गुरुङ काठमाडौ बाट ३२७५, राज कुमार जैरु नुवाकोट बाट -३२७५, सुमन (टिका) रोक्का ,स्याङ्जा बाट १६५०, राम खवास ,पर्वत बाट १६५० गरि जम्मा १७,५४२ हस्तान्तरण गरेको छ ।
संस्थाले अझै उहाँको उपचारका लागि सहयोग गर्न चाहनु हुने साथीहलागी बिरामीलाई सिधै सम्पर्क गरेर सहयोग गर्न पनि आफ्नो फेसबुक पेजद्वारा अनुरोध गरेको छ।
साप्ताहिक झिल्का लेखन अभ्यासको सातौँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ । साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ५१ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविता प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।
सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्काहरू-
………………… १, खेलाडीलाई सधैँ सम्मान बोक्दछन् विलक्षण क्षमता सेकेन्डमा बनाउॅंछन् पहिचान । २, कस्तुरी सुगन्ध चिन्दैन कसको हो समस्या ? लोक साँगुरो छैन । ३, आफ्नो बाटो सजिलो यायावर पाइला राख्न भए सामर्थ्य जाँगरिलो ।
वसन्त अनुभव, घोराही उपमहानगरपालिका १४, दाङ । … १. जङ्गली मानिसको व्यवहार किन यस्तो भयो के होला सार ? २. दिनदहाडै हुन्छ बलात्कार कानुन फितलो भएरै न्यायमा भैरहेछ हार। ३. लागोस् तिनलाई ठेस चेली बलत्कारीलाई यहाँ नदिऊन् कसैले अडेस।
अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१, हालः-अमेरिका,बोस्टन। … १, सकिन्छ आफैँ गर नत्र भने यहाँ कसैको भर नपर । २, भ्रष्टाचारले खाएको देश गरिबको भने सधैँ पाइलैपिच्छे हुन्छ ठेस । ३, गुहार कसैको नमाग मेहनत आफैँ गर्नू तयारी गर्नतिर लाग ।
ललिता सिन्धुली … १. धितो राखेर घरबारी विदेश जान्छन् जन देशमा नभएर रोजगारी । २. गर्दैनन् वास्ता सरकार यही छ विडम्बना खेदपूर्ण आउँछ समाचार । ३. हत्या हिंसा बलात्कार कहालीलाग्दो मात्र घटना, कहिले होला सुधार ?
पृथक प्रकृति, झापा … १, फरक छ बाटो नभुल्नु कसैले एउटै मरेर जाने माटो । २, रूप, उमेर रहुन्जेल संसार छ स्वार्थी माया जीवन छउन्जेल । ३, गहन कुरा देख्नू नौ अक्षरमा अटाएर सुन्दर झिल्का लेख्नू ।
विमल खतिवडा माइला, सिलगढी, भारत … १, विखण्डनकारी धेरै भए देश भयो टुक्राटुक्रा उनै शिखरमा गए । २, फैलायो विदेशीले जाल देशमा घायल जनता देश जोगाउने सवाल । ३, एमसीसी खारेज गरौँ सङ्घीयता पनि अब आन्दोलनमा सबै झरौँ ।
सुरेशकुमार पाण्डे, दाङ घोराही १८ … १, बलात्कारको अन्त्य कहिले जति सभ्यता चुलियो सुनिन्छ यत्रतत्र जहिले । २, कानुन भए मानून् भन्छन् किन सबैले उही दैव जानून् । ३, न्याय मर्नु हुँदैन किन ती अपराधीलाई मानवताले पटक्कै छुँदैन ?
त्रिलाेचन भण्डारी, मेचीनगर, झापा … १, उकाली गर्दै ओराली शितल प्रेमको छहारीमा मिलेर बसे सम्हाली ! २, सेवा सत्कार धर्ममा पसिनाको मूल्य अनुपम मिठो फल कर्ममा ! ३, सत्य मार्गमा जानु हिमाल पहाड तराई काम गरी खानु !
आर्त अकुलीन … १ हुँदैन मनको धोको मानिसको कहिले पूरा घमण्डको बोकेर पोको ! २ बुबाआमा सबै छोडेर गयो एउटै छोरो गलत बाटो रोजेर ! ३ अन्त्य भएन कहिले धेरै स्वतन्त्रता भएर बलात्कार हुन्छ जहिले !
कला ढकाल झापा … १, आऊ बस पियारी यताउति नजर देऊ बन सधैँ होसियारी । २, वैरी आँखा लाउलान् मौका खास पहिल्याई साँझपख फेरि धाउलान् ! ३, तिम्रो मेरो नाममा शङ्का गरी कलङ्क लाउलान् पोल बिनाकाममा !
विवश पारदर्शी, झापा … १, समय त्यस्तै बन्यो सोझा मारमा परे दोषीलाई राम्रो भन्यो। २, समाजसेवीको थपियो नाम जसले माखो मार्दैन, उसलाई मिठोमिठो माम । ३, फैलियो दुष्टको जाल देश सके भ्रष्टाचारले जनताको बन्दैछ बेहाल
शंकर कार्की, मकवानपुर … १, गुरु अपराधी भएपछि कसैको केही लाग्दैन स्कुल क्रीडास्थल बनेपछि । २, बाआमाले विश्वासले पठाउॅंछन् आफ्नै गुरुका कुदृष्टि अङ्गाङ्गीको तृप्तिमा लगाउँछन् । ३, युद्धताका छानीछानी मारे भुले सत्तामा पुगेपछि अधिकार ओझेलमा पारे ।
चुडामणी देबकोटा, चनपा १३ काठमाण्डौ … १, आस्था विश्वास भर तिमी हौ मेरो एउटा सुन्दर घर। २, तिमी जीवन मेरो राखेँ यो दिलभित्र बनाई प्रेमको घेरो। ३, आऊ माया गासौँ बाडौँ मनको खुसी दिल खोलेर हासौँ ।
नवशिला, नवदेव मार्ग, लालभित्ती,मोरङ। … १/ अनुहार फरक भए रगत एउटै भएको भेषभूषामा टिकी रहे ! २/ ज्यादतीले देश गढ्यो कानुन मरेको भनेर हत्या बलात्कार बढ्यो ! ३// खुसी हुन्छन् बालबालिका लाउन पाउँदा राम्रो कानुन बनाऊ पालिका !
अम्बिका अधिकारी, झापा बिर्तामोड … १. दरिलो मन बनाऊ मरेर लानु छैन मद्दत गर्ने जनाऊ । २. समृद्धि जब आउला सद्भाव हामी फैलाई राष्ट्रको गीत गाउँला । ३. राष्ट्रको महिमा पढौँ सबैको उन्नतिका लागि राष्ट्रको हितमा बढौँ ।
प्रेम थापा “मन”, बागलुङ … १) के हुँदैछ यहाँ ? निर्दोषको हत्या गर्यो न्याय लुकायो जहाँ । २ मारेर अबोध बालिका रुँदै आमा भन्छिन् न्याय देऊ कालिका । ३ पुरुषको निहुरियो शिर चितवनको बलात्कार घटनाले हत्यारालाई रोपौँ झिर ।
रबि पौडेल, दक्षिण भारत पाण्डेचरि । … १ नेतृत्वले कर्तव्य चिनेन बरालिए सबै यताउता अगुवा सुमार्ग हिँडेन। २ माताले ममता नचिन्दा बरालिएछन् पिता पनि गुरु सुमार्ग नहिन्दा । ३ चुँडेर फूल गमलाको कुल्चेर हिॅंड्छ पापी बुझ्दैन दर्द अबलाको ।
शम्भु गजुरेल, सिन्धुली … १. कुरा बुझ्नुस् साथी धेरै बकबके नबन्नुस् नजानुस् चाँडै माथि । २. अमृत ल्यायो पहिले आशाको बिगुल बजायो आफैँले खायो अहिले । ३. भकारो सोहोरेका हातले लगनशील हुँदै जाँदा संसार देखायो पातले ।
नन्दलाल आचार्य, बेलका, उदयपुर । … १) मूकदर्शक हाम्रो सरकार फाँसी छैन कुकर्मीलाई मानवताको हार गुहार । २) घर, विद्यालय, वन सुरक्षित छन् कहाँ ? हाम्रो चेली भन। ३) चेलीको गयो प्राण न्याय मर्न नदिनुस् सरकारको जाओस् ध्यान ।
रुना कर्माचार्य दाहाल, चितवन … १. बिहानपख आँगनमा शीत कोसिस गर्नुपर्छ सधैँ हुन्छ सफलताको जित । २. मनमा ठुलो पिर मैले त यहाँ झुकाएन कतै शिर । ३. सुन्दर गुलाफको बोट बाहिर हाँसो हुँदा मनभित्र छ चोट ।
श्रीकृष्ण धामी, सुदूरपश्चिम – बझाङ … १, राम्रा छोरी जन्माएर बलात्कारै हुने भयो, लान्न कोही अन्माएर। २, समाजमा भयो अति, छोरीचेली नै लुटिरहे बिर्सिएर आफ्नो खति। ३, कानुनको विश्वास टुट्यो बलात्कारी सेतो सधैँ हेर्दाहेर्दै फुत्त छुट्यो।
मनोहरी पौडेल, गैडाकोट १ … १. मायाममताको न्यानो थलो सधैँ उसको लागि बाआमाले सोच्छन् भलो। २. हली बनाई जोतिरहँदा जिन्दगी नै होइन कठिन भयो घोटिरहॅंदा। ३. आँसुले याद धुन्छु, फाटेर च्यातिॅंदै जान्छ, उसकै बिलौना बुन्छु।
टिकाराम पुन पुकार, छत्रेश्वरी गाउँपालिका – २, सल्यान … १, के भनी बोलाऔॅं हौँ आफैँ गएकी भो माया नगांँसौँ !
मनोज गजमेर डान्सर … १, गर्दा ठुला कुरा विश्वास गर्दैन्न कसैले, नभए वचन पूरा ! २, महत्त्वपूर्ण हुन्छ पात रङ्गमा होइन रसमा, बन्छ मानिसको जात । ३, रहेछु म भाग्यमानी आवश्यकता परे सम्झिन्छौ, भन्छौ मेरी सानी ।
सीमा कार्की समर्पण … १, छोरीलाई समय देऊ सक्छन् गर्न सबै देशको नाम लेऊ। २, सबैलाई आफ्नो भन तब हुनेछ उन्नति छोरीलाई पनि गन। ३, आँट भरेर गर्दैछन् सबैको अघि छोरीहरू देश चिनाउन सर्दैछन् ।
नीमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत … १, खेल्छन् बसेर खेल सत्तामा पुगेका मिली मात्र गर्छन् जालझेल । २, मनमा डरको भारी बोकी हिँड्छौ सधैँ सुरक्षित छैन नारी । ३, भइरहेछ यस्तै बारम्बार कहिले अन्त्य हुने हत्या हिंसा बलात्कार ।।
अनिता भण्डारी ताप्लेजुङ … १. दाताको चाल जान्दैन एमसीसीको अन्तर्य देख्यौ नेपाली कानुन मान्दैन । २. कटाउनै पर्यो सिमाना देशभक्त फलाक्ने काजी अन्धभक्त रहेछ दिवाना ।
कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे … १, नाम भने लेखराज पढ्न लेख्न नआउने यस्तो हाम्रो समाज ।
मंगला उपाध्याय … १, देश चिनाउने खेल, सम्मान सुविधा दिॅंदैनन् खेलाडी पठाउॅंछन् जेल । २, राजनैतिक सुझबुझ अकल्याण अवसर नपाएर नेपाली सबै विदेश पलायन ! ३, रक्षकमा भक्षक आवृति, भगवान्भित्र रूप राक्षसको चिन्नै नसक्ने आकृति !
दीपा समभाव, काठमाडौ … १. पहिला जिउँन सिक जुधेर समय सॅंगसॅंगै अवस्था हुन्छ ठिक। २. मनको पिर रुक्छ अरूको भर परेपछि आँसु सबै सुक्छ । ३. पूजापाठ जहिले गर्नु मन शान्ति हुन्छ आफू तल नझर्नु ।
धनुष न्यौपाने, जुम्ला … १/ उपदेश पाइन्छ गीतामा घमण्ड, ईर्ष्या बित्थाको देह सकिन्छ चितामा । २/ बन्धकमा मेरो स्वाभिमान बेखबर भयो जिन्दगी सहँदै हरदम बदनाम । ३/ फलाक्छ बेस्सरी अङ्ग्रेजी सन्तान उनी गोर्खाको बुझ्दैन मातृभाषा नेपाली ।
राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ । … १, देखिएन सुनाखरी फुलेको दुई हृदय घोलेर अनिदो मुहार धोएको ।
हरिगोपाल प्रधान, काभ्रे पलाञ्चोक बनेपा – १४, साँगा … १, आनन्द छ रातमा रोली गीत सुनाउँदै दुई छोरीहरू साथमा । २, हातहरू देब्रे दाहिने नयनभरि छन् सधैँ नूमा,लाहागंमा चाहिने । ३, छोरीको भविष्य बनाउँदै इन्दिरा, प्रतिभा, द्रौपदी देशको इतिहास जनाउँदै।
मोती सुब्बा, दार्जिलिङ,निमकी डाँडा। … १// विदेशीको छ चलखेल कोही विक्षिप्त नबनी हामीमा हुनुपर्छ मेल । २// सुन्दर फूलको डाली भेदभाव गर्नु हुन्न उनै फूलका माली । ३// गरूँ उन्मुलन विभेदको हामी सबै मिलेर राखौँ कायम सद्भावको ।
बेदु न्यौपाने … १. आकाशबाट उल्का झर्यो हुनुपर्यो सचेत बेलैमा बालजिन्दगी खतरामा पर्यो । २. प्रमोहित सुन्दर बाग बनाउन देश आफ्नो अब उठ जाग । ३. मनभित्र हुन्छ जलन विकृति विसङ्गति मौलायो हटाऔॅं भेद्भावको चलन ।
डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा. पा. -६, दोलखा … १, कथा दोहोरीयो हेर केहि बर्ष पहिलेको गयो कोपिला खेर । २, छैन देशमा सुशासन जनताको छोराछोरी मरिसके गर्छन् नेता भाषण ।
बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’, कनकाई – ४, झापा … १, ज्ञान लिन गएको छात्रबासमा बस्दा बस्दै बालिकाको हत्या भएको । २, देशको खेलाडी हाम्रो नियम पालना गरे सबैले भन्छ राम्रो । ३, दुनियाँको हुने हेला अशक्त बुढो शरीर जीर्ण भएको बेला।
राज कुमार राजभण्डारी खोटाङ्गे, मध्यपुर ठिमी संगम काेलाेनी राधे राधे भक्तपुर । … क) घर घरमा सिंहदरबार निमुखाको त हकमाथि तुर्लुङ्ग छ तरवार l ख) न्यायको भएन टुङ्गो पीडित परे चेपुवामा सरकार बन्दा ढुङ्गो l ग) सुन्दैनन् मधुर बोली नाराबाजी गरे भने चलाइहाल्छन् यहाँ गोली l
बाबुराम गौतम, गुल्मी … (१) देखिन्छ मानवताको पुजारी वर्तमानले अॅंगालेको अवस्था समयको परिबन्धले लतारी। (२) सुनमा सुगन्ध पाइन्न आफैँ होइन चम्किलो गहना नबनाई लाइन्न । (३) झरिलो मन ओइलिन्न चिरहरित बनेर रम्दछ अस्वीकृत सिउँदो रङ्गिन्न ।
दिल ठकुरी (दार्जिलिङ ) … १, मानसम्मान या अपमान कुन रोज्यौ साथी ? फेरि किन बदनाम ? २, विकृत संस्कार अपनायौ अपनत्व पनि भुलेर संस्कृति पनि दफनायौ। ३, आदर्शको कुरो गर्छौ नैतिकता पर सारेर सम्मानको अहम्ता भर्छौ ।
पेम्वा यल्मो,दार्जिलिङ, भारत … १. वेद कुरान पढे बुझेनन् सार कसैले राम रहिम लडे। २. कानुन किन मानून् सजाय हुँदैन बलात्कारीलाई अब जनताले जानून् । ३. कोमल कली तोडेर नफेँक सडकको नालीमा बिन्ती हात जोडेर।
बिके मुखिया, दार्जिलिङ भारत। … १. झिल्का कविताको भोक जागेको छ मनमा अझै लेख्ने झोक। २ सुन्दरताको महिमा गाउँछु स्वच्छ मन लिएर आफैँमा प्रसन्नता पाउँछु।
विनोद खाती, मिरिक, दार्जिलिङ। … १ खेलाडी बन्यो मानव खेलाउॅंछ अदृश्य ईश्वरले आफ्नै बन्छन् दानव। २ हरायो विश्वास आज झस्किन्छ मन सबैको स्वार्थले हाल्यो गाज। ३ नेपाल चिनाउने थिए प्रतिष्पर्धामा खेल खेली खेलाडीलाई महत्व दिए।
सुस्मिता अधिकारी, काठमाडौँ … १. छैन मलाई गुनासो तिमिले पराई ठाने रोकिन्न मेरो हाँसो । २. रातमा उज्यालो दिएर आधा शरीर ढाकिए दियालोझैँ दीप बनेर । ३. दुख कष्ट सहेर बित्दैछ जीवन यो आफ्नै कहानी कहेर।
अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६ संखुवासभा … १, मानसिकता साँघुरिएर फोहोरी प्रतिदिनको घटनाले विक्षिप्त सुरक्षित छैनन् छोरी। २, शब्द तिखारी हानून् मौन किन बन्ने ? सबैले नियम मानून् । ३, अभिभावक बस्छन् रुँदै कहिलेसम्म ए ! सरकार निमोठिने कोपिला हुँदै ?
संगीता खरेल, चन्द्रागिरि -८, काठमाडौं … १, छोरी चेलीको बलात्कार अस्तित्व जोगाउने कसरी हुँदैछ घटना बारबार। २, बिग्रॅंदो अवस्था देशको जागौँ उठौँ सुधार्न कारण खोजी यसको।
बाल कृष्ण श्रेष्ठ, सोलुदुधकुण्ड नगरपालिका – २, सोलुखुम्बु … १, आँगनमा खेल्नै नपाई दुइखुट्टे बाघले मारे गुलियो ख्वाई, फकाई । २, चुलोचौकामा व्यस्त आमा ताकेर बसे वनबिरालो उघार्न हतारिए जामा। ३, आँखामा आँसु सुक्दा न्याय पाएन न्यायालयमा झुक्नुसम्म यहाँ झुक्दा ।
राजेश्वरी राजोपाध्याय, ललितपुर … १, राम्रो राखौँ भावना मनमा विश्वास लिए पूर्ण हुन्छ मनोकामना । २, वसन्तमा पालुवा पात सुखमा प्रभु नसम्झे हुन् सक्दछ मात । ३, विश्वासीले गर्ने घात दुःख दिन अँध्यारो हुन् सक्दछ रात ।
कार्की डिबी माकुम, सुनवल -४, नवलपरासी … १, राम्री अनि गोरी सुरक्षित नहुने भए नेपाल आमाकी छोरी। २, आँसुले आँखा धोइ सतीले सरापेकाे देश पीडितलाई न्याय खोइ?
कोपिला अधिकारी … १, किन भए कंस ? द्वापरका कृष्ण ठान्नेहरू मच्चाए सधैँ विध्वंस । २, भ्रष्टाचारीलाई देव मान्ने रटाइ सुशासन समृद्धिका स्वाभिमानलाई लात हान्ने । ३, भयो लाजमर्दो दोहोरी कानुन बनाउने थलोमा खेल्छौ खेल फोहोरी ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १२४ सम्पन्न
काठमाडौँ । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२४ औँ शृङ्खला सम्पन्न भएको छ । अभ्यासमा नेपाल लगायत विश्वका ५९ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो । टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२४ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
प्रतिनिधि टुक्का- जोगाउनै कठिन छ यहाँ आफूलाई सत्ता पीडितहरू भन्छन् न्याय चाहियो अलबत्ता ! वसन्त अनुभव
सहभागी टुक्काकारहरूका चोटिला टुक्काहरू-
[१] कुरै बुझ्दैनन् मूर्खहरू त्यत्तिकै जिद्दी गर्छन् त्यही भएर विनाकारण पल्टैपल्ट मर्छन् । -वसन्त अनुभव घोराही, दाङ [२] सत्ता जाेगाउन सधैँ गठबन्धन गर्छाै हामी देश रहाेस् नरहाेस् हामी बन्नुपर्छ सधैँ नामी । -ताराप्रसाद चापागाईँ धुनिबेसी [३] जबसम्म गठबन्धन रहिरहन्छ देशमा, सत्ता उनीहरूकै चल्छ प्रतिपक्षमा बसेर सानोतिनो झिनामसिनाहरूको मन भने जल्छ । -कबिताहरी सुन्दर हरैंचा नगरपालिका १ मोरङ [४] देश रहन्न रहने छैनाैँ काेही जनताहरू हामी बढ्दो अत्याचारले गर्दा एकदिन आउँछ सुनामी । -केसर बाेहरा ( सङ्घर्ष ) सुदूरपश्चिम अछाम । हाल भारतबाट ।। [५] ए ! सरकार बचाउ यहाँ छोरीहरू सारा अत्यन्त कडा बनाई फेर कानुनको धारा । -डम्बर थामी ‘अनुपम ‘ कालिन्चोक गा. पा. -६, दोलखा । [६] कोपिलामै निमोठिए यहाँ कतिपय मुनाहरू बेलामा नै फक्रन नपाई कति मर्ने हुन् पो अरू ? -अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन। [७] युवाको सपना छैन यो देशभित्र परिवर्तन गर्नेको चाला विचित्र । -पुष्पा राई, खाेटाङ। [८] यस्तै हो यहाँ हेर धेरै चलखेल गरेपछि भुलक्कडले पनि बल्ल आहा! भन्छन् मरेपछि । -अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा – ६ संखुवासभा । [९] अपवित्र गठबन्धनमा सत्ता चल्छ यहाँ जनतालाई न्याय राहत मिल्छ अनि कहाँ ? -त्रिलाेचन भण्डारी मेचीनगर,झापा [१०] तागत चाहिन्छ युद्ध गर्न, खुबी चाहिन्छ झुठो बोल्न, चरम प्रगति गर्नैहुँदैन थालिहाल्छ मन पोल्न । -होम प्रसाद नेउपाने धरान,सुनसरी । [११] सत्ता कुर्सी पदकै लागी गरेको हो राजनीति, के मतलव र मलाई तिम्रा संस्कृति र थीति। -नवशिला, नवदेव मार्ग ,लालभित्ती,मोरङ। [१२] सत्ता सुविधाको लागी युद्धमा धेरै जनता मान्छे रेटियो देश जनताका रक्षक हैन कुलङ्घार शासन भेटियो । -चुडामणी देबकोटा चनपा१३काठमाण्डौ [१३] के पाउँथ्यो र पीडितले न्याय एक्लै हुँदा खडा अप्ठ्यारोमा साथ दिन छोडेर पाखा लाग्छन् बडा । -गंगा खड्का बूढानीलकण्ठ ,काठमाडौँ [१४] हत्याराहरूको मात्र चलखेल बढ्दै गयो गाउँघरमा त गरिखान नसकिने भयो ! -कला ढकाल झापा [१५] धरती सौम्य गरेर कर्म गर्नुछ कमाइ, कर्मको बाटो नछोडी हिँड खुसीले रमाई ! -आर्त अकुलीन [१६] पाइन्छ कहाँ जनताले न्याय,भ्रष्टाचारीले हाकेको देशमा काले गोरे फेरिदै आए,सिङ्गो देश सक्न जादुमय भेषमा। -शंकर कार्की मकवानपुर, [१७] पुस्तौँपुस्तालाई पुग्ने गरेर सम्पत्ति कमाउँला विदेशीकाे शरण परेर पनि सत्ता जाेगाउँला। -राज कुमार राजभण्डारी खाेटाङ्गे मध्यपुर ठिमी संगम काेलाेनी राधे राधे भक्तपुर । [१८] कति सुन्नु हो जनताको करकर ? आफूलाई छ सत्ता जाला भन्ने डर ! -विवश पारदर्शी झापा [१९] गठबन्धनको सरकार हाम्रो सत्ता जाेगाइहाल्छाैँ कुराेकानी मिलेन भने आफ्नै सरकार पनि ढाल्छाैँ । -भवानी पाेखरेल (बाबु विराज) बाणगङ्गा १ चार नम्बर कपिलवस्तु [२०] जनताको न्यायभन्दा मलाई प्यारो सत्ता टिकाउनलाई अचेलभरि बॅाड्छु भत्ता । -राजेशराज गड्तौला कॅाडाघारी, काठमाण्डौ [२१] कस्तो न्याय नभएको देशमा जन्म दिएछौ नि हो आमा भन्दै रुँदैछन् पीडित हत्या हिंसामा कहिलेसम्म हिँड्छौ पैसा गन्दै । -अम्बिका अधिकारी झापा बिर्तामोड [२२] खाँदाखाँदा दलभुँडे भइएछ सत्ताको आडमा धेरै दलिएछ । -नन्दलाल आचार्य सिद्धार्थटोल, उदयपुर । [२३] देश र जनताको ख्याल छैन खाली उही सत्ता कुम्लाएको पैसा, अनि दम्भले बनाएछ मत्ता । -प्रेम थापा “मन”बागलुङ [२४] लिप्त छन् कोही केवल स्वादमा सत्ताको जनताको छैन चिन्ता छ आफ्नै भत्ताको । -बाबुराम पाण्डे अर्घाखाँची [२५] अति गर्याैं हामीले सत्तामा पुगेर जनतालाई गठबन्धन नगरे खैराँते हुन्छौँ दलका भाइ । -प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे । [२६] जोगाउँदै गर तिमीले सत्ता कलिला छोरी भैसके लापत्ता -सरिता सेढाई धादिङ [२७] भ्रष्टाचार नियन्त्रण गर्ने छैन कानुन भरौटे शासकले मात्र यी सबै जानुन -शशी आचार्य [२८] जतिसुकै घाेचे पनि लास त किन रुन्न? चितामाथि जलाउँदा नि दुख्छ भन्ने हुन्न । -जी.वि.कश्यप घाेराही उपमहानगर -१४ दाङ । [२९] युवा जति विदेशी भए घरमा बुढापाका सुशासन त यस्तै भयो नेता खोइ के भाका ? -उमा दाहाल शुन्दर हरैँचा -१० मोरङ [३०] जहिल्यै यो देशमा जनता रोगाउछ नेता मोटाउँछ हरिकङ्गाल पारेर देशलाई सरकार जोगाउँछ । -बि.कुलुङ दार्जिलिङ रंगबुल [३१] सुकेको रूखमा न्यायको के आस लुकेको ऋणमा गरिबको बास । -टिकाराम पुन पुकार छत्रेश्वरी गाउँपालिका २ सल्यान [३२] जहाँ जेसुकै हाेस् देश र जनता कसैगरी सत्ता जाेगाउँछन् नेता । -हरिगाेपाल प्रधान काभ्रेपलाञ्चाेक बनेपा १४ साँगा । [३३] लाख कोशिस गर अब जोगिँदैन सत्ता चुपचाप बसे हुन्छ खाएर वृद्ध भत्ता । -पुष्पा सुवेदी नेपालगंन्ज,बॅाके। [३४] कस्तो युग हेर यहाँ आयो छोरीमाथि मात्र काल छायो । -नीमा छिरिङ भोटिया जलढका कालेबुङ भारत [३५] जति जना आउँछौ सडकमा पीडित भयौँ भन्न, खबरदार तयार हुनुहोस् देश विरोधी बन्न । -अच्युत घिमिरे, सर्पाङ, भुटान [३६] हुँदा खानेको आउनुपर्छ अब राज्यसत्ता, दिँदैनन् न्याय हुनेखानेले सब छन् मैमत्ता । -कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे [३७] बाडेर खान नजान्ने एक्लै एक्लै खाने आफू नै हो सर्वहारा माथि माथि जाने। -दुर्गा आचार्य मोरङ [३८] धेरै छन् हात बाँधी फटाहालाई गाली गर्नेहरू देशलाई सरापेर बस्छन् अल्छ्याइँले मर्नेहरू । -निरज कोइराला इटहरी -१६ [३९] न्याय मरेको हाम्रो देशमा के गर्नु न्यायको आस पीडितले न्याय खोज्दा खोज्दै भयो सडकको बास । -अनिता भणडारी ताप्लेजुङ [४०] संसदमा त चलेको छ नेताज्यूको सत्ता नेताज्यू मिलेर खाएको छ वृद्धाको भत्ता । -श्रीकृष्ण धामी – बझाङ [४१] कुर्सी र सत्ता जोगाउन मात्र नेताको जान्छ ध्यान युवाको रगत पसिना अनि खाडीमा गयो प्राण । -रुना कर्माचार्य दाहाल चितवन [४२] सत्तामा गएर कुर्सीमा बस्न पाए अरू केही चाहिँदैन, जनताको सहुलियत टन्न खानु अन्य कतै पाइँदैन । -राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ [४३] जसोतसो गरेर सत्ता जोगाउने काम, अनि आइहाल्छ नि भनेजति कालो दाम। -शोभा आचार्य गौतम काठमाडौँ [४४] भ्रष्टाचार लुकाइदिने सहमतिमा सत्ता यो जोगाउँछौँ जो खोज्छन् सत्य देखाउन उनलाई अझै कष्ट भोगाउँछौँ । -सुस्मिता अधिकारी ,काठमाडौँ [४५] न्याय खोज्दा सडकमा किन हुनु नि जन भेडा लुकाउन केस जति उपहार दिए कि पेडा । -ईन्दु श्रेष्ठ चितवन [४६] दु:ख लाग्छ न्याय दिलाउनेले नै चलखेल गर्दा पीडितलाई नै राहत दिनुको साटो भुँडी भर्दा ! -पवन कुमार बुढाथेाकी काठमाडौं [४७] सत्ता जोगाउँनै गाह्रो भयो विदेशी सङ्गठन भएर पनि हामी नेताहरू सत्तामा हुँदाहुँदै न्यायमा हुनखोज्छन् धनी । -बेदु न्यौपाने [४८] देशको हालत हेर्दा आँखा आँसुले रसाउने अपराधी हुदाँसम्म न्याय यहाँ छैन पाउने -हिमा आर सी मेहेलकना सुर्खेत [४९] न्यायको निम्ति हो लोक, लडेका जहिले पनि लगायौ न्यायमै बार, महासामन्त नै बनी। -रामशरण न्यौपाने, भक्तपुर [५०] कोहीलाई सत्ता जाला पिर, नपाउँदा कोहीलाई जो जो जान्छ मोज गर्छ, जनता मर्छ न्याय नपाई । -ध्रुव श्रेष्ठ हाल काठमाडौ । [५१] यथावत हुन्छ नठान्नु है, जोगाएर सत्ता प्रजाले खोसेको दिन त बन्लाऊ सुख्खा पत्ता । -मोती सुब्बा दार्जिलिङ,भारत। [५२] देशको विकास किन गर्ने बरु गर खेल सत्ताको देशको लागि मर्ने जनता नेपालमा विना पत्ताको । -भगवती दवाडी ,झापा [५३] आफ्नो भएजति बल मति फालेर सत्ता जाेगाइरहेछु लगाैटी हुँदै म त मत्ता । -रामप्रसाद पुरी बादेल, खाेटाङ [५४] विनाश कार्यमा हिँड्छौ सधैँ तिमी अगाडि सरी यो व्यवहार बढ्दै जाँदा सुरक्षा हुन्छ के गरी ? -पद्मा काश्यप पाण्डे, मोरङ [५५] जोगाऊ सत्ता पाल आफ्नो नातागोताहरू समय फिर्दा त दुर्दशा होला तिम्रो बरु । -सुशीला शिखा काठमाडौँ कागेश्वरी [५६] ठुला ठुला भाषणमा मात्रै सीमित भए काम भ्रष्टाचार गरेर कमाएका छन् करोडौंँ दाम । -सहयात्री शाेभा अर्याल रुपन्देही [५७] जोगाउन गार्हो भयो है चेलीबेटी मौका पाए पापीले मार्छ्न् गला रेटी । -बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा [५८] सत्ता जोगाई अब कर्तव्य भुल्ने गर सत्यको बाटो अँगाल्दै अलि अघि सर । -धनुष न्यौपाने जुम्ला [५९] यहाँ आफूलाई सत्ता थाम्न सकस भएको बेला न्याय माग्दै भेडाहरूले देखाइरहेका छन् खेला l -बाबुराम गौतम, गुल्मी ~<•>~
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १४५ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ७९ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको तस्बिर:
उदक अभ्यास १४५ मा अहिलेसम्म सहभागी उदक यात्रीका सुन्दर उदकहरू –
[१] बालक गर्दै सिको अभ्यास गर्दै कृषिको !
वसन्त अनुभव [२] बाख्रा कृषिको कर्म बालकको एक अभ्यास !
आर्त अकुलीन [३] जाेत्न सिक्दै बालक बन्ला देश चालक !
ताराप्रसाद चापागाईँ धुनिबेसी [४] वलापन सृजनशील मन उध्यमी बन्दैछ जीवन रामप्रसाद पौडेल [५] बालक जनचेतना जगाउँदै धर्तीमा हिरा मगमगाउँदै !
केसर बाेहरा ‘सङ्घर्ष’ अछाम हाल: भारत [६] खेती बोका जोतेर अन्न पारीबाट बोकेर !
पशपती राई, खोटाङ [७] कर्म कृषिको सिको बालकको भयो धर्म !
डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा. पा.-६, दोलखा [८] जिज्ञासु देखासिकी गरेर सिक्छ्न् अघि सरेर !
पृथक प्रकृति, झापा [९] जोताई बाख्रा बालकलाई सन्देश देश हाँक्नलाई !
अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा-६, संखुवासभा [१०] देखाउन मात्र काम मान्छेले बिर्सिएला माम !
निरज कोइराला इटहरी-१६, सुनसरी [११] बालापन मिठो संसार चलिरहने एउटा मन !
म्यामराज राई, भोजपुर [१२] जोतेर हल बोकाको पाइन्छ स्वाद धोकाको ! सविता के.सी. [१३] बालपन सिक्ने दिन सानैबाट गर्छन् जतन् !
सुरेशकुमार पाण्डे दाङ, घोराही-१८ [१४] बालक लिएर शान्ति भविस्यमा गर्छ कृषिक्रान्ति !
समर्पण रम्जान जेद्दा साउदी अरब ! साउदी अरबको जेद्दामा गत १९ फेब्रुअरी देखि २९ फेब्रुअरी सम्म संचालित वाफ महिला च्याम्पियनसिप २०२४ का उप- बिजेता नेपाली राष्ट्रिय महिला फुटबल खेलाडी लाई उहाँहरुको खेल को उच्च सम्मान तथा प्रोत्साहनका लागि साउदीमा रहेका एनआरएनए लगायत अन्य संघ संस्थाहरुले आर्थिक सहयोग गरेका छन् ।
उक्त वाफ महिला च्याम्पियनसिप प्रतियोगितामा सहभागी हुँदै नेपाली राष्ट्रिय महिला फुटबल टिमले प्रीमियमका तीन खेलमा र सेमिफाइनल खेलमा लगातार जित हासिल गर्दै २९ फेब्रुअरी बिहिवार बेलुकी फाइनल खेल खेलेको थियो । फाइनल खेलमा नेपाली टिमले निकै प्रतिस्पर्धात्मक रुपमा खेलेर २-२ गोल बनाउन सफल भएपनि पेनाल्टी सुटमा मिस गरि वाफ महिला च्याम्पियनसिप २०२४ को उपाधी जित्न नसकी उप बिजेता बन्न पुगेको खेलाडी टिमहरुको सम्मानका साथै हौसला र मनोबल बढाउने उद्देश्यले यो आर्थिक सहयोग गरिएको अभियानका संयोजक एनआरएनए साउदीका उपाध्यक्ष राज कुमार गिरिले बताउनु भयो ।
एनआरएनए आरसिसि जेद्दाको समन्वयमा एनआरएनए साउदी तथा एनआरएनए आरसिसि जेद्दा बाट ४,५२८ साउदी रियल (करिब ने.रु. १,५९,०००), नेपाल आदिवासी जनजाति महासंघ जेद्दा बाट १,०५० साउदी रियल (करिब ने.रु. ३७,०००), तमु धीँ जेद्दा बाट ५६८ साउदी रियल (करिब ने.रु. २०,०००), हातेमालो युवा क्लब जेद्दा बाट ५७५ साउदी रियल (करिब ने.रु. २०,२००) गरि उठेको जम्मा रकम ६,७२१ साउदी रियल खेलाडीहरुलाइ गत १ मार्च शुक्रबारका दिन एअरपोर्टमा बिदाइ गर्ने क्रममा नेपाली महाबाणिज्य दूतावास जेद्दाका प्रमुख सत्रुध्वन पोखरेल तथा अन्य संघ संस्थाका प्रतिनिधि एवं सामाजिक समाजसेवी ब्याक्तित्व हरुको रहोवरमा हस्तान्तरण गरिएको थियो ।
यसैगरी खेलाडीहरुको प्रोत्साहन तथा सम्मानका लागि सुदुर पश्चिमेली नेपाली समाज साउदी अरबले ने.रु.१ लाख, नेपाली युवा क्लब जेद्दाले ने.रु. १ लाख र साउदी अरबको रियाद स्थित लालिगुँरास नेपाली रेस्टुरेन्टका संचालक यम तमु एक्लैले ने.रु.१० लाख नगद सहयोग गरेका थिए।
बिदेशमा रहेर पनि खेल मैदानमा होस् या स्वागत तथा खेलाडीहरुको बिदाईमा होस् यसरी नेपालीहरुले गरेको साथ सहयोग तथा सम्मान लाई नेपाली राष्ट्रिय महिला खेलाडी टिमले खुशी व्यक्त गर्नुको साथै सबैमा आभार व्यक्त गरेका थिए ।
साताका उत्कृष्ट झिल्का कविताको छैठौँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला सञ्चालन गरिएको हो । यो शृङ्खला हरेक हप्ता सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो । झिल्का कविताको उन्नयन र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको उहाँले बताउनुभयो ।
यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शनिवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गर्ने गरेको शृङ्खला संयोजक/झिल्का कविता अभियन्ता धनुष न्यौपानेले बताउनुभयो ।
साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- ६ का लागि झिल्काकार त्रय अनिता भण्डारी, शम्भु गजुरेल र रुना कर्माचार्य दाहालका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।
साताका उत्कृष्ट झिल्काहरू
[१] १. भित्र्याए हेर विदेशीनीति लोप हुँदै गयो हाम्रो संस्कार थिति ! २. गर्छन् कुर्सीको खेल शान्ति भएन देशमा राजनीतिमा भयो झेल ! ३. जनतामा अशान्ति छायो हाम्रोमा यस्तै हुने कस्तो लोकतन्त्र आयो । ✍️ अनिता भण्डारी ताप्लेजुङ ~~<•>~~
[२] १. भेदभाव आफूले गर्दा बदनामी भयाे धर्मकाे हटाओैँ छुतकाे पर्दा । २. भन्दछ धर्म हाम्राे प्राणी सबै बराबर कर्म हुनुपर्छ राम्रो । ३. छुवाछूत गर्न छाड धर्म छ निर्दाेषी नगर है खेलवाड । ✍️ शम्भु गजुरेल ~~<•>~~
[३] १. आकाशमा ताराहरूको ताँती कति सुन्दर देखिने जब हुन्छ राति । २. सक्दिनँ आकाश छुन धर्तीमा बसेर हेर्छु टहटह लागेको जून । ३. टोलाउँछु हेरी आकाश जब आफैँमा हराई झस्काउँछ चिसो बतास । ✍️ रुना कर्माचार्य दाहाल चितवन ~~<•>~~
साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।
यस साताको (५१औँ) शृङ्खलाका लागि लघुकथाकार ललिता दोषीको लघुकथा ‘गोप्य कुरा’, लघुकथाकार सत्या अधिकारीको लघुकथा ‘धरातल’ र लघुकथाकार कमला देवकोटाको लघुकथा ‘एक नारी ब्रह्मचारी’ उत्कृष्ट तीनभित्र परेका छन् । ~<•>~
१) लघुकथा: गोप्य कुरा
✍️ ललिता ’दोषी’ रमोलाले आँसु झार्दै भनिन्- “नानी ! मलाई यो कालकोठरीबाट आजै निकाल । बुहारीले लुकाईलुकाई दुधमा घोलेर मन्द विष दिन्छे । अस्ति मैरै आँखाले देखेँ । कृष्णा बजैलाई पनि त्यसै गरी मारेका हुन् अरे, उनका छोराबुहारीले । नपत्याए हेर, तिनीहरूले फ्याँकेको विषको खोल लुकाएर राखेकी छु ?’’
सुलोचनाले आमाको औषधि राखेको बट्टा हेरिन् । साँच्चै त्यो औषधि मात्र थिएन । भाउजूको कोठामा पस्दै चर्किन्- “मलाई थपक्क आमाको कार्ड दिनुहोस् ।’’ बिनिताले बोली लरबराउँदै भनिन्- “कार्ड मसँग छैन । दाइ काजबाट आएपछि उहाँसँग नै माग्नुहोस् ।’’
सुलोचनाले ‘अहिल्यै पुलिस केस गरिदिन्छु बुझ्नुभयो’ भन्दै आफैँले बक्स पलङको घर्रा खोलिन् । कार्ड पाएपछि आमालाई लिएर निस्किइन् । नर्भिकका डा. मणिले कार्ड हेर्दै भने- “आज तपाईँ आउनुभएछ । आमालाई अलि गाह्रो भयो कि ?’’ रमोलाले भनिन्— “गाह्रै हुन्छ डाक्टर बाबू ! छोराबुहारीको पेटमा हरि छैन ।’’
डा.मणिले नम्र स्वरमा भने— “खोइ ! मलाई त उहाँहरू देवताझैँ लाग्छ । हजुरलाई केही हुँदैन । एकैछिन बाहिर जानुहोस् । म बहिनीसँग कुरा गर्छु ।“ रमोला बाहिर निस्किइन् । सुलोचना औषधिको खोल देखाएर बोल्न लागेकी थिइन् । सोही समय डक्टरलाई रमेशको फोन आयो । फोन राखेर उनी भन्दै थिए- “यो दुखाइ कम गर्ने खाने औषधि हो । आमालाई क्यान्सर भएको गोप्य राख्नु अरे ।“ २०८०।२।१२ बुद्धनगर, बानेश्वर, काठमाडौँ ~<•>~
२) लघुकथा: धरातल
✍️ सत्या अधिकारी सबैको शीतल छहारीजस्तै थियो, डाँडाको बुढो पीपल । गर्मीयाममा बटुवाहरू थकाई मेटाउन यहीँ आउने गर्दथे । पोहोरको बर्खायाममा एउटा लहरो आश्रय खोज्दै आयो र त्यै बुढो पिपलमा लपक्क टाँसियो । उसँगको साथले हलक्क बढेर लहरोले छिटै नै पीपलको टुप्पो छोयो ।
“पिपल दाइ ! हजुर कति वर्षको हुनुभयो ?” लहराले सोध्यो । “खै, सय वर्षको भएँ कि ?” लहरोले हाँस्दै भन्यो- “हैन, तपाईँले बढ्न जान्नुभएन के रे ! म त यति छोटो समयमा नै तपाईँजत्रै भएँ ।” पिपलले गम्भीर हुँदै लहरालाई सोध्यो- “तिमीले जाडो, गर्मी भोगेका छौ ?” “छैन ।” लहराले जवाफ दियो । “आँधी तुफानको झोक्का महसुस गरेका छौ?” “छैन” लहरा बोल्यो।
पिपलले सत्य ओकल्यो- “हेर ! ती भनेका जीवनका कठिन समय हुन् । यस्ता विपदमा ज्यान जोगाउन गाह्रो हुन्छ । मेरो यो उमेरसम्म आइपुग्दा तिमीजस्ता लहराहरू त कैयौँ आए । सबैलाई मैले जोगाएँ ।”
चौतारीमा बसेको बटुवाले उनीहरूको कुरा सुनिरह्यो । मनमनै सोच्यो- ‘बर्खामा उम्रने र हिउँदमा सुक्ने लहराहरूले आफ्नो धरातल बिर्सेर पिपलको उचाइ मापन गर्न सक्छन् र ? ~<•>~
३) लघुकथा: एक नारी ब्रह्मचारी
✍️ कमला देवकोटा पत्नीको शव जलेको ठाउँमा झल्लु छट्पटिँदै यताउता गरिरहेका थिए । दाजुभाइ, इष्टमित्र कुरामै मस्त थिए । केही महिलाहरू आपसमा दिवङ्गत नानी बारे भए नभएका कुरा गर्दै थिए- ‘मरेकै जाती, तेस्ती रोगी । केही गर्न नसक्ने, पतिलाई पनि बोझ, खर्चको बाढी ।
यत्तिँकैमा एक लमी झोला बोकेर फटाफट आए । झल्लुनेर बसेर चेपारो पारे- ‘ओहो, कस्तो दु:खद !’ यसो हात समातेर पर लगेर भने- “हेर भाइ ! बल्ल अब छुटकारा पायौ । अब बिहे गरेर नयाँ जीवनको सुरुआत गर ।”
“के रे ? लाज छैन, यस्तो अवस्थामा सान्त्वना दिनु त कता कता हो, उल्टै यस्तो बोल्ने, पागल । जा तँ किन यहाँ आएको ?” “म त तिम्रै हितको लागि बोलेको । अन्यथा नलेऊ, यत्रो जीवन कसरी जिउँछौ ?”
झल्लुले आक्रोशित हुँदै भने- “मलाई तेरो सङ्गतको खाँचो छैन । नत तेरो सल्लाह नै लिन्छु । म त एक नारी ब्रह्मचारी, बुझिस् ?” पाल्पा ~<•>~
झिल्का लेखन अभियानको तेस्रो शृङ्खला (शून्य भेदभाव दिवस विशेष) गत फागुन १८ गते सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियोे ।
झिल्का कविता लेखन अभियानको यस शृङ्खलामा विगतका शृङ्खलामाझैँ सहभागी सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६२ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव, आदि जस्ता विशेष अवसरहरू पारेर निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
यस अभियानको तेस्रो शृङ्खलाको सहजीकरण प्रशिक्षक वसन्त अनुभवले गर्नुभएको थियो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ ।
सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का
~~~~<•>~~~~ १) कुसंस्कारमा जनाई खेद अन्त्य गरौँ हरप्रकारको जातीय, लिङ्गीय विभेद ! ✍️ वसन्त अनुभव घोराही, दाङ ~~~~<•>~~~~ २) जातियताकाे खाडल पुर्नुपर्छ हटाउन अपमान छाेइछिटाे अझै समय कुर्नुपर्छ । ✍️ रबि पाैडेल दक्षिण भारत पाण्डेचरि । ~~~~<•>~~~~ ३) मानव मानवमा विभेद कसरी ल्यायाे मान्छेले यही अत्यन्त खेद । ✍️ शम्भु गजुरेल ~~~~<•>~~~~ ४) निरीहमा नहान्नु छेद समान रगत मासुमा नगर्नु पटक्कै विभेद । ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे ~~~~<•>~~~~ ५) खुसीले गरेपछि काम चारैतिर गाउँ सहरमा परिचित हुन्छ नाम ! ✍️ आर्त अकुलीन ~~~~<•>~~~~ ६) विभेदप्रति भरौँ खेद टुप्पोबाट सकिन्न कहिल्यै पहिल्याऔँ यसको फेद ! ✍️ त्रिलोचन भण्डारी ~~~~<•>~~~~ ७) भावनामा गरेर घात मान्छे मान्छेमा मान्छेले छुट्याइदियो नि जात ! ✍️ बि.कुलुङ दार्जिलिङ, रंगबुल ~~~~<•>~~~~ ८) कुसंस्कारको अन्त्य गरौँ शुन्यतामा झार्दै विभेद मिलेर खाडल भरौँ ! ✍️ टिकाराम पुन पुकार छत्रेश्वरी गाउँपालिका २ सल्यान ~~~~<•>~~~~ ९) मास्नुपर्छ पुरातनवादी सोच समाज रुपान्तरण हुने मिलिजुली गरौँ खोज ! ✍️ पृथक प्रकृति ,झापा ~~~~<•>~~~~ १०) लैङ्गीक हिंसाका झिल्का लेखेर सामाजिक विकृतिहरू घर समाजबाटै मिल्का ! ✍️भवानी पाेखरेल( बाबू विराज) बाणगङ्गा १ चार नम्बर कपिलवस्तु ~~~~<•>~~~~ ११) विरोध गरौँ खुलेर जातीय ,लिङ्गीय हिंसा नगरौँ कसैले भुलेर ! ✍️ रुना कर्माचार्य दाहाल, चितवन ~~~~<•>~~~~ १२) विभेद भएर छुटिए चोखो माया गर्नेहरू हेर आज लुटिए ! ✍️ कला ढकाल, झापा ~~~~<•>~~~~ १३) मनमा दुषितपन नहालौँ जातीय लिङ्गीय विभेदको विरुद्ध पाइलाहरू चालौँ ! ✍️ मोती सुब्बा दार्जिलिङ भारत ~~~~<•>~~~~ १४) संस्कार भयो विस्मृति बिग्रँदै गयो परम्परा सखाप भयो संस्कृति ! ✍️ सोमनाथ लुइटेल “रवि पाल्पाली” ~~~~<•>~~~~ १५) लेकमा कुहिराे थियाे हटाऔँ निस्तब्ध अँध्याराे बालेर मनकाे दियाे ! ✍️श्रीबहादुर केसी शैलुङ्गे, भक्तपुर ~~~~<•>~~~~ १६) गरौँ संरक्षण मानवको हातमा हात मिलाएर फालौँ व्यवहार दानवको ! ✍️ अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा – ६ संखुवासभा । ~~~~<•>~~~~ १७) कसले गर्यो घात मान्छे केवल दुई महिला पुरूष जात ! ✍️ शंकर कार्की, मकवानपुर । ~~~~<•>~~~~ १८) मान्छे मान्छेको बीच हरप्रकारको भेदभाव हो अत्यन्त सूक्ष्म नीच ! ✍️ अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन। ~~~~<•>~~~~ १९) भेदरहित मानवीय स्राव हराएर कहिल्यै नजाओस् पूर्वीय संस्कृतिको प्रभाव । ✍️ अनन्त अर्याल ~~~~<•>~~~~ २०) नाम मात्रको कानुन बढ्दैछ सामाजिक विसङ्गति समयमै सबैले जानून् ! ✍️ लक्ष्मी काफ्ले, पोखरा ~~~~<•>~~~~ २१) अधिकार कसैको मार्नुहुँदैन समानता खोज्दैछ प्रकृतिले कदापि विभेदमा पार्नुहुँदैन ! ✍️ ऋजु दिल्पाली ईटहरी १ सुनसरी । ~~~~<•>~~~~ २२) भेदभावले बनाउँछ छेद भाषणमा सिमित समानता व्यवहारमा अझै विभेद ! ✍️ दीपा समभाव काठमाडौँ ~~~~<•>~~~~ २३) साझा फूलबारी हाम्रो विभेदको अन्त्य गर्दा सबैलाई हुन्छ राम्रो ! ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे मध्यपुर ठिमी ५ संगम काेलाेनी राधेराधे भक्तपुर । ~~~~<•>~~~~ २४) कुसंस्कारी मानिस धेर भेदभावको अन्त्य गर्दै चेतना जगाएर हेर ! ✍️ भगवती दवाडी ,झापा ~~~~<•>~~~~ २५) जहाँ हुन्छ अभाव त्यहाँ देखिँदोरहेछ ओहो पीडापूर्ण असह्य भेदभाव ! ✍️ रचना ‘प्रतीक्षा’ इमाडोल, ललितपुर । ~~~~<•>~~~~ २६) भेदभावको सङ्कीर्ण जालो हटाई अब समाजबाट बालौँ दीपक उज्यालो ! ✍️ बाल कृष्ण श्रेष्ठ सोलुदुधकुण्ड नगरपालिका २, सोलुखुम्बु ~~~~<•>~~~~ २७) यात्रा नटुङ्गियोस् कहिले निरन्तर जीवनका पाइलाहरू बढिरहेछन् एकनास अहिले ! ✍️ दिल ठकुरी (टिस्टा भेल्ली) ~~~~<•>~~~~ २८) कुसंस्कार त्यागाैँ जनमा नगराैँ विभेद कुनै सङ्गालौँ सदाशयता मनमा ! ✍️ हरिगाेपाल प्रधान काभ्रे पलाञ्चाेक बनेपा १४ साँगा । ~~~~<•>~~~~ २९) पुँजीपतिले गरिबलाई लादेको विश्वमा जातभातको संस्कार शक्तिशालीले शत्रुता साधेको ! ✍️ चुडामणी देबकोटा चनपा १३ काठमाण्डौ ~~~~<•>~~~~ ३०) कहिले जीवन हाँसो एकै किसिमको हुँदैन कहिले रहेछ नासो ! ✍️ प्रेम थापा “मन”बागलुङ ~~~~<•>~~~~ ३१) मुल शास्त्र वेद संस्कृतमा बुझ्न गाह्राे यसमा छैन विभेद ! ✍️ प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे । ~~~~<•>~~~~ ३२) आफ्नो सम्झिएँ जसलाई पीडाको पोको दियो गरेर भेदभाव मलाई ! ✍️ दुर्गा आचार्य मोरङ ~~~~<•>~~~~ ३३) भोक हुँदा चल्छ काँचो, पाकेको सबै विभेद सजिलै गल्छ ! ✍️नन्दलाल आचार्य सिर्जनाकुटी, सिरहा ~~~~<•>~~~~ ३४) चेतनाको आगो बालेर समानताको विगुल फुकौँ जातीयताको जरो फालेर ! ✍️ संगीता खरेल चन्द्रागिरी ८ काठमाडौँ ३५) जीवन सुखदुःखको सङ्गम मनपरेको मात्र तिमी गरौँ सुटुक्क घरजम ! ✍️ कबिताहरी सुन्दर हरैंचा नगरपालिका १ मोरङ ३६) विभेदमा हुँदैन मेल मौलिक सद्भाव भड्काई पश्चिमी खेल्दैछ खेल ! ✍️ अम्बिका अधिकारी झापा बिर्तामोड ~~~~<•>~~~~ ३७) विकराल छ छेद हटाउनु छ चुनौती जातीय, लिङ्गीय विभेद ! ✍️ बाबुराम गौतम, गुल्मी ~~~~<•>~~~~ ३८) जातीय विभेद हटाऊँ नेपाल साझा फूलबारी सबै नेपाली अटाऊँ ! ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा ~~~~<•>~~~~ ३९) जातीय विभेद नगरौँ सबैले मानवधर्म अपनाऊँ अनाहकमा कोही नमरौँ ! ✍️ सुरेशकुमार पाण्डे दाङ घोराही १८ ~~~~<•>~~~~ ४०) छाडेर जातको कुरा अङ्गालेर जगलाई गरौँ बुद्धको सपना पूरा ! ✍️ अनमोल राई ~~~~<•>~~~~ ४१) कुरीतिलाई जरैदेखि फालेर ज्ञान भरौँ सबैमा चेतनाको दियो बालेर ! ✍️ सरिता सेढाई, धादिङ ~~~~<•>~~~~ ४२) अन्धविश्वासको यो जालो हटाऊँ हामीहरू मिलेर पारौँ संसार उज्यालो ! ✍️ अनिता भण्डारी, ताप्लेजुङ ~~~~<•>~~~~ ४३) मरिजाने यो चोलामा भेदभाव फस्टायो किन ? फ्याकौँ प्रभु झोलामा ! ✍️ कार्की डिबी माकुम सुनवल-४, नवलपरासी ~~~~<•>~~~~ ४४) हेर जातिधर्मका नाउँमा चलिरहेकै छ विभेद अझै सहर गाउँमा ! ✍️ बाबुराम पाण्डे, अर्घाखाँची ~~~~<•>~~~~ ४५) जिन्दगीमा पैसाको अभाव अशिक्षितबाट हुँदैछ झनै गाउँसमाजमा हेर भेदभाव ! ✍️ श्रीकृष्ण धामी, सुदूरपश्चिम – बझाङ ~~~~<•>~~~~ ४६) जातजातिमा हुँदा भेद असमानता हुन्छ दुनियाँमा गर्छन् मानिसले खेद ! ✍️ सीमा कार्की “समर्पण “ ~~~~<•>~~~~ ४७) सरकारलाई दिउँ दबाब सुन्दर देशमा हाम्रो हटोस् उचनीचको भाव ! ✍️ डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा. पा. -६, दोलखा । ~~~~<•>~~~~ ४८) सभ्य मानव जागौँ भेदभाव गर्नुहुन्न है रूढिवाद अब त्यागौँ ! ✍️ बिके मुखिया दार्जिलिङ भारत । ४९) देश साझा फूलबारी भेदभाव निमिट्यान्न पार्ने तपाईँ हाम्रै जिम्मेवारी ! ✍️ शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी, मोरङ ~~~~<•>~~~~ ५०) पुस्तौँदेखिका कैयौँ विभेदन बन्दै प्रतिदिन चुनौती कसरी शून्यमा छेदन ? ✍️ नेत्र घिमिरे सूर्यविनायक, भक्तपुर ~~~~<•>~~~~ ५१) संस्कारको बाटो धाऊँ भेदभाव गर्ने सबैलाई अब तह लगाऊँ ! ✍️ मन्जु बोहरा सुदुरपश्चिम बझाङ ~~~~<•>~~~~ ५२) एउटै रातो रगत भेदभाव किन गर्छौ छुट्याई जात फगत ! ✍️ शोभा आचार्य गौतम काठमाडौँ ~~~~<•>~~~~ ५३) सबैको रातो रगत भित्री संरचना उस्तै सर्वत्र मानव जगत ! ✍️ बेदु न्यौपाने ~~~~<•>~~~~ ५४) बढाउँछ दुस्मनी मतभेद उपदेश संस्कार विनाको अपनाउनु किन लिङ्गभेद ! ✍️ पेम्वा यल्मो, दार्जीलिङ,भारत ~~~~<•>~~~~ ५५) कसले बनायाे जातपात अहिले बन्दै आइदियाे मान्छेमा पार्दै आघात ! ✍️ केसर बाेहरा ” सङ्घर्ष “ सुदूरपश्चिम ” अछाम ” हाल ” भारतबाट ” । ~~~~<•>~~~~ ५६) उन्नत मानव बनोस् साँच्चिकै विभेदरहित उत्कृष्ट आहा ! समाज भनोस् ! ✍️ होम प्रसाद नेउपाने धरान,सुनसरी। ~~~~<•>~~~~ ५७) सबैकाे इच्छा तुराैँ रूढिवादी संस्कार गाेडी विभेदकाे खाडल पुराैँ ! ✍️ काेपिला अधिकारी गाेरखा ,सिरानचाेक ~~~~<•>~~~~ ५८) समानताको नारा लाउँदै भेदभावको खेती गर्छन् तोड्दै जाऔँ जगाउँदै ! ✍️ मनोहरी पौडेल गैडाकोट १ नवलपरासी पूर्व ~~~~<•>~~~~ ५९) घरबाटै सुरुवात गरौँ बिगुल फुकौँ विभेदका सुसंस्कारको बिउ छरौँ ! ✍️ राजेश्वरी राजोपाध्याय ~~~~<•>~~~~ ६०) छोरा जन्मे पुरस्कार दिन्छन् खुसी भई छोरी जन्मे तिरस्कार ✍️ शशीश्री आचार्य बौद्ध कुमारीगाल काठमाडौँ ~~~~<•>~~~~ ६१) सरकारबाटै लैङ्गिक विभेद समानता खाली किताबमा व्यवहारमा जताततै छेद ! ✍️मङ्गला उपाध्याय ~~~~<•>~~~~ ६२) मान्छे मान्छेमा अपघात किन यस्तो भइदियाे जताततै उचनिच जातपात ! ✍️ सहयात्री शाेभा अर्याल रुपन्देही ~~~~<•>~~~~ —-<••: जय झिल्का ! जय साहित्य :••>—-
गैरआवासीय नेपाली संघका मध्यपूर्व संयोजक राजेन्द्र अर्याल (जोन) नेपाल सरकारको फागुन १३ गते बसेको मन्त्रीस्तरिय बैठकबाट साउदी अरबका लागी पर्यटन प्रवर्द्धक ( पर्यटन दूत) नियुक्त भएका छन् !
साउदी अरबलाई कर्मथलो बनाएका राजेन्द्र अर्याल (जोन) एउटा सफल व्यवसायीको रूपमा पनि चिनिन्छन् ।
२०११ देखी एनआरएनएमा लागेका अर्याल सफल व्यवसायीका साथै सामाजिक कार्यमा निरन्तर लागी परेका एक अब्बल समाज सेवीका रूपमा पनी परिचित छन्। उनले गैर आवासीय नेपाली संघ १५/१७ मा राष्ट्रीय समन्वय परिषद सदस्य, १७/१९ आईसीसी सदस्य, १९/२१ आईसीसी क्षेत्रिय सह-संयोजक र २१/२४ लगाएत २४/२६ का लागी पनी संयोजकको भूमिका निर्वाह गरिरहेका छन्।
मन्त्री स्तरीय बैठकबाट साउदी अरेबियाका लागि पर्यटन दूत नियुक्त भएका राजेन्द्र अर्याल साउदी अरबलाई व्यावसायिक कर्मथलो बनाउँदै आफूसँग बचेको समय सामाजिक सेवामा समर्पित गर्दै आएका छन् ।
जेद्दा साउदी अरब ! साउदी अरबको जेद्दामा बिगत दुई हप्ता देखि भइरहेको वाफ महिला च्याम्पियनसिप २०२४ का उप- बिजेता नेपाली राष्ट्रिय महिला फुटबल खेलाडी टिमका 23 खेलाडी लाई साउदी अरब रियाद स्थित लालिगुँरास नेपाली रेस्टुरेन्टका संचालक एवम् सबैमाझ चिरपरिचित समाज सेबि मनको धनी अनि सबै दुखि गरिबिका लागि सदैब अग्रपंक्तिमा रहनु हुने यम तमु आफ्नो ब्यक्तिगत तर्फबाट नेपाली महिला खेलाडीहरुको सम्मान तथा हौसला प्रोत्साहन लागि नेपाली रु १० लाख सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
प्रीमियम र सेमिफाइनल खेलमा लगातार जित हासिल गर्दै २९ फेब्रुअरी २०२४ बिहिवार बेलुकी फाइनल खेलेको नेपाली टिमले खेलमा निकै प्रतिस्पर्धात्मक रुपमा खेलेर २-२ गोल बनाउन सफल भएपनि पेनाल्टी मिस गरि वाफ महिला च्याम्पियनसिप २०२४ को उप बिजेता बन्न पुगेको खेलाडी टिमहरुको सम्मान र हौसला प्रदान गर्नका लागि आफ्नो ब्यस्त समयका बाबजुद पनि बिहिवार बेलुकी नै रियाद देखी १२०० किलोमीटरको यात्रा गरि जेद्दा आएर खेलाडीहरुलाइ हौसला दिदै सम्मान स्वरुप १० लाख रुपैयाँ सहयोग रकम प्रदान गर्ने प्रतिबद्धता गर्नुभएको छ ।
यम तमु ले यो सहयोग रकम आफ्नै ब्यक्तीगत रहेको र बिगतका दिनहरुमा पनि स्वदेश तथा बिदेशी भुमिमा धेरै नेपालीहरुलाइ सहयोग गर्दै आउनु भएको छ ।