“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयसन्तउन्नौमा हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०८३/०३/२५ आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १५७[एकसयसन्ताउन्नौं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग आइतबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
सुशीला पौडेल संकलन सुशीला पौडेल दुर्गा रिजाल आचार्य
शुद्धीकरण
भवानी घिमिरे पशपती राई
संरचना
अनुप्रास :- आफू खुसी स्थायी :- आफू खुसी अक्षर :- बराबरी समायोजक
पञ्चाङ्ग साहित्य समाज नेपाल
[चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट] पञ्चाङ्ग::०१ आहा हिउँ सेताम्मे हेर्न पाइयो चौरी सँगै अक्षर केर्न पाइयो हेर्दा सुन्दर लाग्ने ठाउँ रहेछ, चिसो ठाउँमा श्वास फेर्न पाइयो दृश्यलाई मनमा बेर्न पाइयाे। -सुशीला पौडेल ॐ पञ्चाङ्ग:०२ उत्तरतर्फकाे सेताे हिमाल चम्किलो देखिन्छ मित्र अलिक तल हरियो पहाड गम्किलाे देखिन्छ मित्र यति आल्हादित हुन्छु देशकाे प्रकृतिका छटा देखि, तराई पहाड हिमाल तह थुम्किलाे देखिन्छ मित्र अलि फेदीतर्फ प्राकृत नदी दम्किलाे देखिन्छ मित्र। -चालिसे
पञ्चाङ्ग-०३ हिमालको चुलीमा हिउँ सेतै परेको देखियो हिउँको पानी कलकल बग्दै झरेको देखियो आह! गुराँस फुल्ने वनमा डाँफे चरी नाचेर, रमाउँदै प्रकृतिलाई माया गरेको देखियो अलि तल-तल चौरमा चौंरी चरेको देखियो । -पशपती राई खोटाङ ।
पञ्चाङ्ग:०४ हिमालको दृश्य हेर्दा राम्रो देखियो सारा हिमालको जिल्ला हाम्रो देखियो प्रकृतिको सम्पदाले भरिपूर्ण छ, हिउँको कारण माटो चाम्रो देखियो हिमाली भागको ठाउँ डाम्रो देखियो। -ह्यारिस
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसय पञ्चानब्बेऔं अभ्यासमा हामी पुगेका छौं। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ। अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१९५———-
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
मिति:- २०८२/०३/२२
पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
……………………………………….
प्रशिक्षक:-
……………
सोमनाथ लुइटेल
गुणनिधि घिमिरे
सुशीला पौडेल
………………………
भाषा शुद्धीकरण:-
———–
भवानी घिमिरे
पशपती राई
सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य
संयोजक:-
=====
पञ्चाङ्ग साहित्य समाज नेपाल ======================
पञ्चाङ्ग :०२ निष्ठापूर्वक मिहिनेतले नै जीवन हुन्छ दरिलो साथी आफ्नो मिहिनेतमा बाँच्ने मान्छे जहिल्यै हुन्छ झरिलाे साथी परिश्रमी व्यक्तिका जताततै मानसम्मान मिल्दो रहेछ , सकारात्मक विचार हरेक क्षेत्रमा हुन्छ भरिलाे मित्र आदर्श सिद्धान्त चलेकाे व्यवस्था ज्यादै हुन्छ जरिलो मित्र ।
प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे । पञ्चाङ्ग:०३ मान्छे मरेपछि यहाँ लास लुकाउँछन् साक्षी बस्नुपर्छ भनी सास लुकाउँछन् मानवता हराएको यो शहरभित्र सुकुम्बासी देखाउन बास लुकाउँछन् टन्न खाई भोकै भनी गाँस लुकाउँछन्। -घनश्याम पौडेल,पोखरा
पञ्चाङ्ग-:०५ म को हुँ र मेरो काम के हो यति जाने पुग्छ आफ्नो आफ्नो काम आफैंले राम्ररी धाने पुग्छ मान्छे हो कुनै बेला ससाना गल्ती त होला नि, त्यतिखेरै स्वीकारेर गल्तीलाई माने पुग्छ आफूले आफैंलाई नै जिम्मेवार ठाने पुग्छ। -पशपती राई खोटाङ।
पञ्चाङ्ग:०६ न्यायको लडाइँ लडदा लडदै केश फुलि सक्यो भन्छन् जनता प्रतिको दायित्व सरकारले भुलि सक्यो भन्छन् । सबैबाट तिरस्कृत हुनुपर्ने गो राजनीतिक कस्तो , खै गरिब दु:खिका घर घरमा नेता डुलि सक्यो भन्छन् , सुन्दैछु विकासका लहर गाउँ गाउँमा झुलि सक्यो भन्छन् ।
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसयबयानब्बेऔ अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ। अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१९२———-
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
मिति:- २०८२/०३/०१
पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
……………………………………….
प्रशिक्षक:-
……………
सोमनाथ लुइटेल
गुणनिधि घिमिरे
सुशीला पौडेल
………………………
भाषा शुद्धीकरण:-
———–
भवानी घिमिरे
पशपती राई
सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य
संयोजक:-
=====
पञ्चाङ्ग साहित्य समाज नेपाल ======================
अक्षर सङ्ख्या:- [बराबरी]
अनुप्रास :- आफुखुसी
स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१ नेपाली हुनुमा गौरव गर्नु पर्छ विश्वको सुन्दर सूचीमा पर्नु पर्छ नेपाल भएर नेपाली भएका हौ, सम्पूर्णमा ज्ञानको ज्योति छर्नु पर्छ दुःखका बीजलाई सबै हर्नु पर्छ। सुशीला पौडेल
पञ्चाङ्ग:०२ अन्जुलीमा थाप माया रोकिन्छ कि कहिँ त्यै माया नि तराजुमा बोकिन्छ कि कहिँ माया नै हो संसारमा सानो ठूलो हुन्न शंका लाग्छ चट्टानमा ठोकिन्छ कि कहिँ त्यै मायाको मूल्य पनि तोकिन्छ कि कहिँ ।
-दुर्गा आचार्य मोरङ
पञ्चाङ्ग::०३ दिनहुँ झगडा गर्ने परिवार किन चाहियो आफ्नै पेट मात्रै भर्ने परिवार किन चाहियो अब नौटंकी नाटक नदेखाउनु महोदय, घमण्डको बीज छर्ने परिवार किन चाहियो हाम्रो खुसी सबै हर्ने परिवार किन चाहियो। -ह्यारिस
पञ्चाङ्ग:-:०४ नजानिदो हिसाबले जीवनमा बेग्लै केस बन्यो मनको भित्र भिन्न भिन्न सोचहरूका शेष बन्यो आफू सुध्रिएर मात्रै अघिल्लो कदम चालौँ सधैँ , जताततै पराय आडम्बरको थुप्रै भेष बन्यो निर्दोष जेलमा हालेर दोषीको स्वार्थी देश बन्यो।
✍🏻अन्मोल मुस्कान तकदाह छाउनी, दार्जिलिङ।
पञ्चाङ्ग:०५ समय सरल तथा साेझाे बाटाे हिँडेको देखेँ झूट लुट फुट जुट बाेझाे फाटो हिँडेको देखेँ दिउँसै रात पार्नेले अर्तीउपदेश दिंदैछन् , सिद्धान्तलाई भुलेर बाँझाे पाटाे हिँडेको देखेँ आपसमा भित्र मिले झाेझाे घाटाे हिँडेको देखेँ । -प्रधुम्न चालिसे
पञ्चाङ्ग-०४ झरी होस् या खडेरी मनमा सुन्दर बिचार सारी राख आउलान् खराब सोच कतैबाट दह्रो फरिकोले बारी राख दुई दिन बाँच्दा पनि यो मन खिस्रिक्क पारेर के बाँच्नु, सारा चिन्तालाई पारी तार्दै आफूलाई भने वारी राख बिचारक बन्न नसके पनि चिन्तन भने जारी राख। -पशपती राई खोटाङ।
कपिलवस्तु, असार २७ । कपिलवस्तुको चाकरचौडा सीमा नाकामा पछिल्लो समय चोरी निकासी (तस्करी) बढेको भन्ने स्थानीयस्तरबाट गुनासो बढेपछि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) अन्जनी कुमार पोखरेलसहितको उच्च सुरक्षा अधिकारीको टोलीले सीमा क्षेत्रको स्थलगत आज निरीक्षण गरेको छ । एआईजी पोखरेल, लुम्बिनी प्रदेश प्रहरी नायब महानिरीक्षक दीपक अधिकारी तथा सशस्त्र प्रहरी बल नेपाल कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक गोपाल अधिकारीसहितको टोली चाकरचौडा सीमा नाकामा पुगेको थियो । निरीक्षणका क्रममा टोलीले सीमा क्षेत्रको सुरक्षा अवस्था, नाकाबाट हुने आवतजावत, चोरी निकासी नियन्त्रणका लागि भइरहेका प्रयास तथा सुरक्षाकर्मीको परिचालन अवस्थाबारे जानकारी लिएको थियो । सो क्रममा एआईजी पोखरेलले भारततर्फको अलिगढवा सीमा क्षेत्रमा रहेको सशस्त्र सीमा बल (एसएसबी) का सुरक्षाकर्मीसँग समेत भेट गरी सीमा क्षेत्रको अवस्था, सुरक्षा समन्वय तथा आपसी सहकार्यका विषयमा छलफल गरेका थिए । यसैबीच, मायादेवी गाउँपालिका अध्यक्ष वलिउद्दिन खानसहितको टोलीले एआईजी पोखरेलसँग भेटवार्ता गरेको थियो । भेटका क्रममा सीमा क्षेत्रमा देखिएका समस्या, स्थानीयले भोग्दै आएका कठिनाइ तथा सुरक्षा व्यवस्थापनका विषयमा छलफल भएको थियो । अध्यक्ष खानसहितको टोली प्रस्तावित सीमा सुरक्षा गुल्म चाकरचौडा बेस क्याम्पमा समेत पुगेको थियो । त्यहाँ सुरक्षाकर्मीसँग सीमा क्षेत्रको सुरक्षा अवस्था, स्थानीयसँगको समन्वय तथा आवश्यक सहकार्यका विषयमा छलफल गरेको थियो । पछिल्लो समय सीमा क्षेत्रमा चोरी निकासी नियन्त्रण प्रभावकारी नभएको भन्दै स्थानीयस्तरबाट गुनासो आएपछि निरीक्षणमा पुगेको टोलीले वस्तुस्थितिबारे जानकारी लिएको थियो । निरीक्षणपछि एआईजी पोखरेलले सीमा क्षेत्रमा बसोबास गर्ने स्थानीयसँग समन्वय र सहकार्य कायम गर्दै चोरी निकासी नियन्त्रण तथा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन मातहतका सुरक्षाकर्मीलाई निर्देशन दिएका थिए । सीमा सुरक्षा व्यवस्थापनमा स्थानीयको सहयोग महत्वपूर्ण हुने भएकाले सुरक्षाकर्मी र स्थानीयबीच विश्वासको वातावरण कायम गर्दै काम गर्न समेत जोड दिएका थिए ।
कपिलवस्तु, असार २२ – कपिलवस्तुको मायादेवी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेको रु. १ करोड ५५ लाखको दलित आवास कार्यक्रम विवादमा परेको छ । निर्माणको गुणस्तर, लाभग्राही छनोट, मापदण्ड पालना र भुक्तानी प्रक्रियालाई लिएर स्थानीयले गुनासा गरेका छन् । कतिपय निर्माणाधीन आवासमा कमसल सामग्री प्रयोग गरिएको, मापदण्डविपरीत निर्माण भएको तथा वास्तविक लाभग्राही छनोटमा समेत त्रुटि भएको स्थानीयको आरोप छ । गाउँपालिकाले कार्यक्रमका लागि रु. १ करोड ६० लाख बजेट विनियोजन गरे पनि रु. १ करोड ५५ लाखमा कपिलवस्तुस्थित अजय निर्माण सेवा र सनैया निर्माण सेवाको जेभीसँग सम्झौता गरी ८ वटै वडामा ३२ वटा दलित आवास निर्माण गर्ने लक्ष्य राखेको थियो । स्रोतका अनुसार हालसम्म २८ वटा आवास मात्रै निर्माण भएका छन्। तीमध्ये अधिकांश घर अझै पूर्ण रूपमा सम्पन्न भएका छैनन् । गाउँपालिकाका प्राविधिक स्रोतका अनुसार केही आवासको लम्बाइ र चौडाइ स्वीकृत मापदण्डभन्दा कम रहेको पाइएको छ । स्थानीयले निर्माणमा दोस्रो तेस्रो श्रेणीका इँटा तथा कमसल निर्माण सामग्री प्रयोग गरिएको आरोप लगाएका छन् । स्थानीयका अनुसार धेरै निर्माणस्थलमा हिजो बिहानसम्म इँटाको पर्खाल उठाइएको अवस्थामा आजैदेखि प्लास्टर गर्ने काम सुरु गरिएको छ । गारो पर्याप्त रूपमा नबस्दै प्लास्टर गर्दा भवनको दीर्घकालीन मजबुतीमा असर पर्ने भन्दै लाभग्राहीहरूले ठेकेदारलाई जानकारी गराए पनि बेवास्ता गरिएको उनीहरूको भनाइ छ । निर्माण भइरहेका घरको मापदण्डसमेत एकरूप नरहेको स्थानीयको दाबी छ । स्रोतका अनुसार निर्माण कम्पनीलाई हालसम्म करिब रु. ६१ लाख रनिङ बिल तथा पेस्की भुक्तानी भइसकेको छ । भुक्तानीको अन्तिम समय नजिकिएकाले निर्माण कार्य हतार–हतार सम्पन्न गर्न खोजिएको स्थानीयको आरोप छ । स्थानीयका अनुसार मायादेवी गाउँपालिका–५ सिसावा तथा गाउँ कार्यपालिका सदस्य चन्द्रवती पासीका देवर दारे पासीको नाममा पहिलेदेखि नै पक्की घर रहेको अवस्थामा समेत दलित आवास निर्माण भइरहेको छ । गाउँपालिकाको सूचनामा खरको छाना भएको, कच्ची घरमा बसोबास गरेको तथा वास्तविक लाभग्राहीलाई प्राथमिकता दिने उल्लेख भए पनि त्यसको पालना भएको हो वा होइन भन्ने विषयमा स्थानीयले निष्पक्ष छानबिनको माग गरेका छन् । यता, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र यादवले निर्माण कार्यको अनुगमन तथा मूल्याङ्कनका आधारमा मात्रै भुक्तानी गरिने बताएका छन् । गुणस्तर र सम्झौताअनुसार काम भएको पुष्टि भएपछि मात्र अन्तिम भुक्तानी गरिने उनको भनाइ छ ।
असार २०- धान रोपाइँको मुख्य समयमा रासायनिक मल नपाएर कपिलवस्तुका किसान भारतसम्म पुगेर मल खोज्न बाध्य भइरहेका बेला मायादेवी गाउँपालिका–८ बिजुवास्थित एक राइस मिलमा सहकारीको रासायनिक मल ठूलो परिमाणमा भण्डारण गरिएको अवस्थामा प्रहरीले बरामद गरेको छ । किसानहरू दिनहुँ सहकारी र कृषि सामग्री बिक्री केन्द्र धाइरहेका छन् । कतिपय किसान महँगो मूल्यमा भारतबाट मल ल्याउन बाध्य छन् भने धेरैले समयमै मल नपाउँदा रोपाइँ प्रभावित हुने चिन्ता व्यक्त गरिरहेका छन् । यस्तो अवस्थामा सहकारीमार्फत किसानका लागि वितरण हुनुपर्ने मल निजी राइस मिलमा भण्डारण गरिएको अवस्थामा फेला परेपछि किसानमा थप आक्रोश बढेको छ । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरी टोलीले बिहीबार राति बिजुवा पूर्वस्थित उक्त राइस मिलमा छापा मार्दा ४३ बोरा डीएपी र १३८ बोरा युरिया गरी कुल १८१ बोरा रासायनिक मल बरामद गरेको हो । इलाका प्रहरी कार्यालय पकडीका अनुसार बरामद गरिएको केही मल राति नै जिल्ला प्रहरी कार्यालय कपिलवस्तु पठाइएको छ भने बाँकी मल इलाका प्रहरी कार्यालयमै सुरक्षित राखिएको छ । प्रहरीले बरामद भएको मल कसको हो, किन र के उद्देश्यले राइस मिलमा राखिएको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको जनाएको छ । किसानले मलको अभावमा सास्ती खेपिरहेका बेला सहकारीमार्फत वितरण हुनुपर्ने मल राइस मिलमा भेटिनुले मल वितरण प्रणालीको प्रभावकारी अनुगमन र जिम्मेवारीका विषयमा गम्भीर चासो उत्पन्न भएको छ ।
कपिलवस्तु, असार २० – मायादेवी गाउँपालिका–३ ले आर्थिक वर्ष २०८२/८३ अन्तर्गत ‘अध्यक्ष सङ्ग विद्यार्थी कार्यक्रम’ शीर्षकमा विनियोजन गरिएको रु. ६ लाख बजेटबाट वडा नं. ३ अन्तर्गतका सामुदायिक विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीलाई ट्र्याकसुट वितरण गरेको छ । जाडो मौसममा बढी उपयोगी मानिने ट्र्याकसुट असार महिनाको गर्मीयाममा वितरण गरिएको छ । वडा अध्यक्ष शैलेन्द्र यादवले ट्र्याकसुट वितरण कार्यक्रम सम्पन्न भएको जानकारी आफ्नै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । तर उक्त कार्यक्रमअन्तर्गत कति विद्यार्थीलाई ट्र्याकसुट वितरण गरिएको हो, खरिद प्रक्रिया कसरी सम्पन्न गरियो, प्रति सेट लागत कति परेको हो तथा रु. ६ लाख बजेट कसरी खर्च गरियो भन्ने विवरण हालसम्म सार्वजनिक गरिएको छैन । यस विषयमा वडा सचिव शिबगुलाम कलवारसँग सम्पर्क गर्दा उनले वितरण कार्यक्रममा आफू उपस्थित रहेको बताए । तर बजेटको शीर्षक, विनियोजित रकम तथा कार्यक्रमको विस्तृत विवरणबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए । “म केही दिनका लागि गाउँपालिकाले सहयोग गर्न पठाइएको कर्मचारी हुँ । त्यसैले उक्त कार्यक्रमको बजेट र विस्तृत विवरणबारे जानकारी छैन,” उनले भने । सार्वजनिक बजेटबाट सञ्चालित कार्यक्रम भएकाले लाभग्राही विद्यार्थीको संख्या, खरिद प्रक्रिया तथा खर्च विवरण सार्वजनिक हुनुपर्ने देखिन्छ । विशेषगरी आर्थिक वर्षको अन्तिम चरण अर्थात् असार महिनामा कार्यक्रम सञ्चालन गरिएकाले यसको समय छनोटबारे पनि चासो व्यक्त गरिएको छ ।
कपिलवस्तु ,असार ०४ – कपिलवस्तुको चाकरचौडास्थित प्रस्तावित सिमा सुरक्षा गुल्ममाथि पछिल्लो समय विभिन्न प्रश्न उठिरहेका बेला त्यहाँ कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक गगन बलामीमाथि घुस तथा अनियमिततासम्बन्धी गम्भीर आरोप लागेको छ । स्थानीय युवा दिपक तिवारीले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेको भिडियोमा सहायक निरीक्षक बलामीले सीमा क्षेत्रमा व्यापार गर्ने व्यक्तिहरूबाट नियमित रूपमा ५००० हजार देखि ७००० हजार रुपैयाँसम्म असुल्ने गरेको आरोप लगाएका छन् । उनले घरायसी प्रयोजनका लागि चिनी लगायतका सामग्री समेत माग्ने गरेको दाबी गरेका छन् । तिवारीका अनुसार बलामीले आफूसँग २० किलो चिनी मागेका थिए। आफूले साँझ उपलब्ध गराउने बताएपछि २०–२५ किलो चिनी लिएर आउने क्रममा पक्राउ गरिएको उनको दाबी छ । उनले बरामद गरिएका सामानमध्ये केही मात्र भन्सार कार्यालयमा बुझाइने र बाँकी सामानको हिसाबकिताब पारदर्शी नरहेको आरोप समेत लगाएका छन् । सार्वजनिक भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ भने सीमा क्षेत्रमा कार्यरत सुरक्षाकर्मीहरूको भूमिकामाथि समेत प्रश्न उठ्न थालेको छ । स्थानीयवासीले सार्वजनिक रूपमा उठेका आरोपको निष्पक्ष छानबिन गर्न माग गरेका छन् । यता सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक गोपाल अधिकारीले सार्वजनिक भिडियोमा लगाइएका आरोपबारे छानबिन गरिने बताएका छन् । उनले आरोप लगाउने युवक यसअघि पनि अवैध रूपमा सामान ओसारपसार गर्दै गरेको अवस्थामा पक्राउ परेको दाबी गर्दै हाल सार्वजनिक भएका विषयको समेत सत्यतथ्य अनुसन्धान गरिने बताए ।https://www.facebook.com/share/v/1NuNVPfsfK/
कपिलवस्तु ,असार १ – नेपालका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका तथा कपिलवस्तुको मायादेवी गाउँपालिका–२, अभिरावको गङ्गापुर भैसकुण्डा गाउँका फैजल खान नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कपिलवस्तुको जिल्ला संयोजकमा चयन भएका छन् । पार्टीको आज बसेको जिल्ला बैठकले खानलाई उक्त जिम्मेवारी प्रदान गरेको हो । अन्तर्राष्ट्रिय क्रिकेटमार्फत देशको प्रतिनिधित्व गरेका खान पछिल्ला वर्षहरूदेखि सक्रिय राजनीतिमा संलग्न रहँदै आएका छन् । खेलकुद क्षेत्रबाट स्थापित पहिचानलाई सामाजिक र राजनीतिक क्षेत्रमा विस्तार गर्दै आएका उनी अहिले जिल्लाको महत्वपूर्ण राजनीतिक जिम्मेवारीमा पुगेका हुन् । यसअघि समाजवादी धारको राजनीतिमा सक्रिय रहेका खान पछिल्लो समय नेकपामा आबद्ध भई संगठन निर्माण, जनसरोकारका विषय तथा युवाको सहभागिता बढाउने अभियानमा सक्रिय थिए । पार्टीले उनको राजनीतिक सक्रियता, नेतृत्व क्षमता र जनसम्पर्कलाई मूल्यांकन गर्दै जिल्ला संयोजकको जिम्मेवारी दिएको जनाएको छ । सामान्य ग्रामीण परिवेशबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटसम्मको यात्रा तय गरेका खान कपिलवस्तुका युवामाझ प्रेरणादायी व्यक्तित्वका रूपमा चिनिन्छन् । खेल जीवनमा हासिल गरेको अनुभव, अनुशासन र नेतृत्व क्षमताले राजनीतिक जिम्मेवारी निर्वाहमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । पार्टीका नेता रुद्र बन्जाडेका अनुसार संगठनलाई थप सशक्त, जनमुखी र प्रभावकारी बनाउने उद्देश्यका साथ खानलाई जिल्ला नेतृत्वको जिम्मेवारी दिइएको हो । खानको नेतृत्वमा पार्टी संगठन विस्तार, जनसम्पर्क अभिवृद्धि तथा जनताका मुद्दालाई प्रभावकारी रूपमा उठाइने विश्वास पार्टीले लिएको छ । जिल्ला संयोजकमा चयन भएपछि खानले जनताको अपेक्षा र विश्वासलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले कपिलवस्तुको विकास, युवा रोजगारी, शिक्षा, कृषि तथा खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै संगठनलाई जनतासँग थप नजिक बनाउने लक्ष्य रहेको बताएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट खेलाडीका रूपमा पहिचान बनाएका फैजल खान अहिले कपिलवस्तुको राजनीतिक नेतृत्वमा उदाउँदा खेलकुद र राजनीतिबीचको सम्बन्धलाई नयाँ आयाम दिने अपेक्षा गरिएको छ ।
कपिलवस्तुको मायादेवी गाउँपालिकाले आफ्नो क्षेत्रभित्र अतिक्रमण गरिएका सरकारी तथा सार्वजनिक जग्गा १५ दिनभित्र खाली गर्न कडा निर्देशन दिएको छ । गाउँपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै अतिक्रमण गरी व्यक्तिगत रूपमा प्रयोग गरिएका सम्पूर्ण सार्वजनिक सम्पत्ति तत्काल खाली गर्न आग्रह गरेको हो । गाउँ कार्यपालिकाको कार्यालय, पकडीबाट जारी सूचनामा नेपाल सरकार गृह मन्त्रालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्रअनुसार सार्वजनिक जग्गा संरक्षण सम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याइएको उल्लेख गरिएको छ । सोही व्यवस्थाअनुसार गाउँपालिका क्षेत्रभित्र सर्बजनिक जग्गा अतिक्रम गरी बनाइएको घर , बाटो, कुलो, पोखरी लगायतका सार्वजनिक जग्गामा गरिएको अतिक्रमण हटाउन अभियान सञ्चालन गरिने जनाइएको छ । सूचनामा भनिएको छ, “सार्वजनिक जग्गा अतिक्रमण गरी घरटहरा निर्माण, खेतीपाती वा अन्य कुनै पनि प्रयोजनमा प्रयोग गरिएको पाइएमा १५ दिनभित्र स्वेच्छिक रूपमा हटाउन सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।” तोकिएको समयसीमाभित्र अतिक्रमण हटाउन अटेर गरेमा गाउँपालिकाले प्रचलित कानुनअनुसार बलपूर्वक खाली गराउने र त्यसबाट लाग्ने सम्पूर्ण खर्च समेत सम्बन्धित व्यक्तिबाट असुल गरिने चेतावनी दिइएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र यादवद्वारा हस्ताक्षरित उक्त सूचनामा सार्वजनिक सम्पत्तिको संरक्षणमा सबै नागरिकको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै अतिक्रमण सम्बन्धी सूचना भएमा वडा कार्यालय वा गाउँपालिकामा जानकारी गराउन समेत अनुरोध गरिएको छ । स्थानीय तहले सार्वजनिक सम्पत्तिको संरक्षणमा सक्रियता बढाएसँगै मायादेवी क्षेत्रमा अतिक्रमण विरुद्धको अभियान थप कडाइका साथ अगाडि बढ्ने संकेत देखिएको छ ।