झिल्का लेखन अभियानको ३८ औँ शृङ्खला (एकादशी र तुलसी विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।
झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ५९ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।
सहभागी झिल्काकारहरूका एकादशी र तुलसी विशेष उत्कृष्ट झिल्का कविताहरू-
१)
१.
जडिबुटी यत्रतत्र पाइने
हुन्छ अत्यन्त उपयोगी
जिउँदा, मर्दा चाहिने ।
२.
टाउको दुखाइ खरोमा
चिया बनाई खानसकिन्छ
रुघाखोकी र जरोमा !
-वसन्त अनुभव, दाङ
—————<•>—————
२)
रोपौँं तुलसी घरमा
जानेर यसको महत्त्व
नपर्नु अरूको भरमा ।
-नागेन्द्रप्रसाद यादव
—————<•>—————
३)
१.
एकादशी तिथि पवित्र
तुलसीकाे पूजा गरेर
अध्यात्मिक काम मित्र ।
२.
रुघाखाेकी ज्वराे आएमा
पकाएर खाऊ बिहान
आराममा बस्ने खाएमा ।
-जि.बि.चिन्तन
घाेराही, दाङ
—————<•>—————
४)
१.
तुलसीको मठ घरमा
रोपी राख सबैले
नपर कतै भरमा ।
२.
दिन भयो घमाइलो
गर काम समयमा
अनि गर रमाइलो ।
-नीमा छिरिङ भोटिया
जलढका कालेबुङ
—————<•>—————
५)
दल राखी छोपेर
महत्व कार्तिक महिनाको
तुलसी मठमा रोपेर ।
-अम्बिका अधिकारी
झापा बिर्तामोड
—————<•>—————
६)
१.
तुलसी आँगनीको छेउ
दबाईकाे काम गर्छ
हुर्काउन पानी देऊ ।
२.
एकादशी भाेकै बसाैँ
पेट खाली राख्न
पटुकी राम्ररी कसाैँ ।
-रबि पाैडेल, दक्षिण भारत पाण्डेचरी
—————<•>—————
७)
१.
असारमा तुलसी रोपेर
माला लगाई पूजौँ
मठलाई चट्ट पोतेर ।
२.
हेर्दा राम्रो झट्टै
सधैँ प्रयोग गरे
रोग हुन्छ चट्टै ।
-अनिता भण्डारी ताप्लेजुङ
—————<•>—————
८)
अन्धविश्वासी भएर हैन
गुणकारी मानिन्छ तुलसी
जानिकन नोक्सान छैन ।
-कृष्णकुमार वैद्य
बनेपा ९, काभ्रे
—————<•>—————
९)
आज ठुली एकदशी
चिन्तन गरौँ तुलसीको
मोठको छेउमा बसी ।
-तोयानाथ चापागाईं
दमक,झापा
—————<•>—————
१०)
१.
तुलसीको पत्ता खानु
रुघाखाेकी लागेमा हेर
पर्दैन अस्पताल जानु ।
२.
ओैषधीकाे गर्छ काम
थाहा पाइरहनु सदा
तुलसी हाे नाम ।
-राज कुमार राजभण्डारी खाेटाङे
मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर
—————<•>—————
११)
तुलसी अति राम्रो
जानी राखौँ सबैले
बचाउँछ जिवन हाम्रो ।
-अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन न. पा. ६ संखुवासभा
—————<•>—————
१२)
१.
स्वास्थ्यमा सुधार आउँछ
तुलसी पानी खानाले
लागेको रुघाखोकी हराउँछ ।
२.
रोग शरिरको जन्जिर
गुणकारी तुलसी खाँदा
स्वस्थ बन्छ शरीर ।
-सीमा कार्की समर्पण
मेलचोक पर्सा
—————<•>—————
१३)
गरौँ तुलसीको पूजा
नित्य बिहान सधैँ
खालीपेट नखाई भुजा !
-जनक बिसी, दक्षिण भारत कोचिनबाट
—————<•>—————
१४)
१.
विष्णुले श्राप पाए
झार हुनु भनेर
त्यसैले मठमा आए !
२.
तुलसी औषधी हुनाले
मान्छेले मास्छन् भनेर
पौराणिक कथा हाले ।
-गुणनिधि घिमिरे अमेरिका
—————<•>—————
१५)
१.
विभिन्न ठाउँका मेला
एकादशीमा गरौँ रमाइलो
एकसाथ भएर भेला !
२.
पाईन्छ वरपर हाम्रो
चिसोले स्वास्थ्य बिगारे
तुलसी खानु राम्रो ।
-भोज विवश मगर
गैंडाकोट -३ नवलपरासी पूर्व
—————<•>—————
१६)
एकादशीमा तुलसीको विवाह
धूप दिप नैवेद्यले
जीवनको पुग्दछ चाह ।
-कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी
—————<•>—————
१७)
१.
हरिबोधिनी एकादशी जानौँ
तुलसी पुजा गर्दै
आयुर्वेदिक औषधी मानौँ ।
२.
रुघाखोकी निको पार्छ
उमालेर तुलसी खाएमा
सानातिना समस्या टार्छ ।
-बेदु न्यौपाने
—————<•>—————
१८)
सुन साथी सवाई
तुलसी रोप्नु घरमा
हुन्छ ठुलो दबाई ।
-दीपा समभाव
दुबेकोल खोटाङ्ग
—————<•>—————
१९)
असारमा तुलसी रोपिन्छ
हिन्दु परम्परा अनुसार
पूजा गरी पोतिन्छ ।
-कला ढकाल, झापा
—————<•>—————
२०)
मठमा रोप्न काइदा
रुघाखोकी र ज्वरोमा
तुलसीले गर्छ फाइदा ।
-डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा. -६ , दोलखा ।
—————<•>—————
२१)
व्रत हरिबाेधनी एकादशीकाे
समस्त हिन्दुहरूले गर्छन्
दामाेदरसँग विवाह तुलसीकाे ।
-प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे
—————<•>—————
२२)
तुलसी रोपौँ राम्रो
सबैको घरहरूमा हेर
जीवन बचाउछ हाम्रो ।
-प्रेम शर्मा ” एकान्त प्रेमी”
—————<•>—————
२३)
आज हरिबोधनी एकादशी
तुलसी साँची राखेर
घोटौँ कर्मको कसी ।
-चिरञ्जीवी श्रेष्ठ
धनकुटा ।
—————<•>—————
२४)
१.
तुलसी सर्वोत्तम बुटी
हरेक घरमा रोपौँ
महल अथवा कुटी ।
२.
तुलसीको मठमा सर्दा
मोक्ष भइन्छ भन्छन्
अन्तिम यात्रा गर्दा l
-बाबुराम गौतम, गुल्मी
—————<•>—————
२५)
१.
रोपौँ तुलसी घरमा
अमर कोही छैन
रहौँ ईश्वरकै भरमा ।
२.
परापूर्वदेखि चलन चलेको
ईश्वरमा आस्था राख्नु
तर किन छलेको ?
-राजेशराज गड्तौला
कॅाडाघारी, काठमाण्डौ
—————<•>—————
२६)
१.
मेटिन्छ हाम्रो दशा
सबैको घर घरमा
रोप्नुहोस है तुलसा ।
२.
उपयुक्त जडिबुटी मानेर
खुवाउँछौ मात्रा मिलाई
निको हुने ठानेर ।
-हिरामाया श्रेष्ठ
गजुरी १ धादिङ
—————<•>—————
२७)
१.
तुलसीकाे पुजा गरेँ
राेग विनाश हुन्छ
माताकाे शरणमा परेँ ।
२.
मनमा मिल्दछ शान्ति
तुलसीकाे पूजा गरेँ
घरमा हुँदैन क्रान्ति ।
-नाम केसर बाेहरा ( सङ्घर्ष )
सुदूरपश्चिम अछाम
हाल भारतबाट ।
—————<•>—————
२८)
हरिबोधनी एकादशीको महत्व
विष्णुको अवतार तुलसी
मानिन्छ बहुगुणी तत्व !
-चुडामणी देवकोटा
पुरानोनैकाप काठमाडौँ
—————<•>—————
२९)
तुलसीको पूजा गरेर
वातावरण स्वच्छ बनाउँला
धार्मिक आस्था भरेर !
-पुष्पा राई, बादेल, खोटाङ ।
—————<•>—————
३०)
समाऔँ साहित्यको रसी
स्रष्टाज्यूहरूलाई शुभकामना छ
मनाउँदै हरिबोधनी एकादशी !
-प्रेम थापा “मन”बागलुङ
—————<•>—————
३१)
एकादशीको महिमा बुझेर
सुखशान्तिको कामना गराैँ
पवित्र तुलसी पुजेर !
-जयनारायण नेपाल
बालकोट ,भक्तपुर
—————<•>—————
३२)
१.
आज पर्व एकादशी
तुलसीको पूजा आराधना
हृदयमा शुद्धता कसी ।
२.
भन्छन् विष्णु सहचरी
आँगन मठ लिपपोत
तुलसीको पूजा गरी !
-मोती योन्जन सुब्बा, दार्जिलिङ
—————<•>—————
३३)
१.
रोपौँ तुलसी आँगनमा
शुभ लक्षण देखिन्छ
सकारात्मक सोचे मनमा ।
२.
बनाई सफा मन
रोप्दा घरमा तुलसी
पाइन्छ सदा अक्सिजन !
-खडक आर सि मिलन
छेडागाड नगरपालिका २ साल्मा जाजरकोट
—————<•>—————
३४)
तुलसा औषधी हुँदा
सम्हालेर राख्छौँ यो
सबैको मन छुँदा ।
-सुरेशकुमार पाण्डे
—————<•>—————
३५)
हरिबोधनी एकादशी आज
साक्षी राखेर तुलसी
हुनेछन् राम्रो काज !
-कबिताहरी
सुन्दरहरैंचा नगरपालिका १ मोरङ
—————<•>—————
३६)
धर्म, संस्कृति जोगाऊँ
शान्ति मिल्छ सबैलाई
अध्यात्ममा मन लगाऊ !
✍️
विष्णु पंगेनी(पाण्डे )
वालिङ् -स्याङ्जा
—————<•>—————
३७)
१.
तुलसीको पूजा गरेर
मन शान्ति बनाए
भजन स्तोत्र जपेर !
२.
तुलसीको गुण बुझेर
जताततै रोपे वातावरण
शुद्धिकरण हुन्छ खुलेर !
-भगवती दवाडी ,झापा
—————<•>—————
३८)
वनस्पति भगवान्का रूप
आज ठुली एकादशी
पुजेर बालौँ धूप !
-अम्बिका गिरी
—————<•>—————
३९)
१.
कहिलेकाही व्रत बसेर
हुन्छ स्वास्थ्यलाई फाइदा
धर्मको गहिराइमा पसेर !
२.
तुलसी औषधीमा जाती
झनै विशेष हरिबोधनी
फूल तार्नेको ताँती !
-सुस्मिता अधिकारी ,काठमाडौँ
—————<•>—————
४०)
१.
एकादशीको महिमा बुझेर
सुख समृद्धिले भरौँ
तुलसीको पूजा गरेर ।
२.
तुलसीको जपन गरौँ
अज्ञानतालाई हटाएर अब
श्रद्धाको भक्तिमा परौँ !
✍️ विकास क्षेत्री अञ्जान
कैजले, बिजनबारी, दार्जिलिङ
—————<•>—————
४१)
तुलसीकाे पूजा गर
आज एकादशी हाे
मरेपछि स्वर्गमा सर !
-नवराज भट्ट
कञ्चनपुर
—————<•>—————
४२)
भोकै व्रत बसी
पूजा गरेर मोठमा
मनाइयो तुलसी एकादशी !
-अमृत कोइराला
पोखरा
—————<•>—————
४३)
हरिबोधिनी एकादशी आज
तुलसी विवाहको दिन
प्रचुर अक्सिजनको राज !
-राज बहादुर बडुवाल
कनकासुन्दरी-५,जुम्ला
—————<•>—————
४४)
१.
गर्दछ राम्रो काम
खाइन्छ रुघाखोकी लाग्दा
तुलसी यसको नाम ।
२.
देवीको रूपमा पुजेर
सम्मान दिने परम्परा
औसधिको महत्त्व बुझेर !
-पृथक प्रकृति ,झापा
—————<•>—————
४५)
१.
औषधीय गुणले युक्त
दैनिक सेवन गरेमा
रुघाखोकीबाट भइन्छ मुक्त !
२.
उज्यालो देखिन्छ आँगन
भगाउँन रोग टाढा
गरौँ तुलसी रोपन !
-शान्ता पौडेल भट्टराई
टङ्कीसिनवारी, मोरङ
—————<•>—————
४६)
तुलसी धेरै उपयोगी
एक उत्तम औषधी
तन्दुरुस्त पार्छ रोगी !
-बिबा तामाङ
दार्जिलिङ
—————<•>—————
४७)
एकादशीको महिमा अपरम्पार
मनै आनन्द हुन्छ
बुझ्दा तुलसीको सार !
-शशी श्री आचार्य
बौद्ध कुमारीगाल काठमाडौँ
—————<•>—————
४८)
१.
तुलसीको विवाह गरियो
दुलाहा शालिग्राम प्रभुलाई
कन्यादान दिनेमा परियो ।
२.
आज उपवास बसियो
हरिबोधिनी एकादशीको दिन
काममा कम्मर कसियो ।
-अरुण कुमार भुजेल , दार्जीलिङ भारत।
—————<•>—————
४९)
बुझाैँ आयुर्वेदिक महत्व
हुन्छ तुलसीकाे विरुवामा
एन्टी ब्याक्टेरियल तत्व !
-काेपिला अधिकारी
सिरानचाेक,गाेरखा
—————<•>—————
५०)
बहुगुण औषधीय तत्त्व
भरिपूर्ण हुन्छ तुलसी
आयुर्वेदिक वैज्ञानिक महत्त्व !
-प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे
—————<•>—————
५१)
१
एकादशी तुलसीको महिमा
पौराणिक महत्त्व रहेकोले
संस्कृतिको बढाउँछ गरिमा !
२.
तुलसीको सुवास हरर
फैलिन्छ चल्दा हावा
मीठो सुगन्ध सरर !
-कृष्ण बजगाई, भक्तपुर
—————<•>—————
५२)
१.
तुलसी देन प्रकृतिको
उपयोग गरौँ अधिक
पहिचान हिन्दु संस्कृतिको !
२.
पूजेर दिपक जलाउनु
घरमा तुलसी लगाएर
दुषित जिवाणु भगाउनु !
-मनोहरी पौडेल
गैडाकोट १
—————<•>—————
५३)
१.
एकादशी महिमा अपार
निराहार बसेर एकदिन
आफ्नो जीवन सपार !
२.
आयुर्वेदिक औषधी तुलसी
स्वस्थ रहला वायुमण्डल
रमाउनेछन् रातमा शशी !
-होमप्रसाद नेउपाने
धरान, सुनसरी
—————<•>—————
५४)
एकादशी व्रत बस्दै
आमा दिदीबहिनी आज
तुलसीमा माला कस्दै !
-बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
कनकाई ४ झापा
—————<•>—————
५५)
कात्तिक शुक्ल एकादशी
गरियो पूजा तुलसीको
भक्तिभावले व्रत बसी !
-सतीश पण्डित
भानु६ चुँदी तनहूँ
हाल चनपा ६ मातातीर्थ
—————<•>—————
५६)
१.
बस्नु व्रत एकदशी
पूजा गरि तुलसीको
भक्ति घरैमा बसी !
२.
गुणयुक्त तुलसीलाई पूजेर
राेपौँ घरघरमा सबैले
वातावरण शुद्ध बुझेर !
-दुर्गा भट्टराई
मोरङ
—————<•>—————
५७)
१.
तुलसी बहुगुणी तत्त्व
सबैले घरघरमै रोपौँ
बुझेर यसको महत्त्व !
२.
तुलसी विष्णुको अवतार
अत्यावश्यक विरुवा भएकोले
रोप्न गरौँ हतार !
-अर्जुन प्रसाद चौलागाई
हालः-अमेरिका,बोस्टन
—————<•>—————
५८)
पर्व एकादशी ठूलो
तुलसी रोप्दाखेरि हेर
हुन्छ उत्तम ओखतीमूलो !
-सरिता सेढाई, धादिङ
—————<•>—————
५९)
व्रत एकादशी बसेर
घुम्न गए साधुसन्त
मुखमा खरानी घसेर !
-अम्बिका अधिकारी
झापा बिर्तामोड
—————<•>—————