“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसय पञ्चानब्बेऔं अभ्यासमा हामी पुगेका छौं। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ।
अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१९५———-
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
मिति:- २०८२/०३/२२
पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
……………………………………….
प्रशिक्षक:-
……………
सोमनाथ लुइटेल
गुणनिधि घिमिरे
सुशीला पौडेल
………………………
भाषा शुद्धीकरण:-
———–
भवानी घिमिरे
पशपती राई
सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य
संयोजक:-
=====
पञ्चाङ्ग साहित्य समाज नेपाल ======================
अक्षर सङ्ख्या:- [बराबरी]
अनुप्रास :- आफुखुसी
स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१
शत्रुले खेदो खन्न पाओस् सधैं
भगवान साथमा आओस् सधैं
कर्मको फल आफैंमा आउँछ,
असल विचारले छाओस् सधैं
अज्ञानता हटेर जाओस् सधैं।
-सुशीला पौडेल
पञ्चाङ्ग :०२
निष्ठापूर्वक मिहिनेतले नै जीवन हुन्छ दरिलो साथी
आफ्नो मिहिनेतमा बाँच्ने मान्छे जहिल्यै हुन्छ झरिलाे साथी
परिश्रमी व्यक्तिका जताततै मानसम्मान मिल्दो रहेछ ,
सकारात्मक विचार हरेक क्षेत्रमा हुन्छ भरिलाे मित्र
आदर्श सिद्धान्त चलेकाे व्यवस्था ज्यादै हुन्छ जरिलो मित्र ।
- प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे ।
पञ्चाङ्ग:०३
मान्छे मरेपछि यहाँ लास लुकाउँछन्
साक्षी बस्नुपर्छ भनी सास लुकाउँछन्
मानवता हराएको यो शहरभित्र
सुकुम्बासी देखाउन बास लुकाउँछन्
टन्न खाई भोकै भनी गाँस लुकाउँछन्।
-घनश्याम पौडेल,पोखरा
पञ्चाङ्ग::०४
खुसीको बीज छर्दै आऊ
मनका पीडा हर्दै आऊ
डाह गर्नेले गरून् सधैं,
मेरो मायामा पर्दै आऊ
सुखी कामना गर्दै आऊ।
-ह्यारिस
पञ्चाङ्ग-:०५
म को हुँ र मेरो काम के हो यति जाने पुग्छ
आफ्नो आफ्नो काम आफैंले राम्ररी धाने पुग्छ
मान्छे हो कुनै बेला ससाना गल्ती त होला नि,
त्यतिखेरै स्वीकारेर गल्तीलाई माने पुग्छ
आफूले आफैंलाई नै जिम्मेवार ठाने पुग्छ।
-पशपती राई खोटाङ।
पञ्चाङ्ग:०६
न्यायको लडाइँ लडदा लडदै केश फुलि सक्यो भन्छन्
जनता प्रतिको दायित्व सरकारले भुलि सक्यो भन्छन् ।
सबैबाट तिरस्कृत हुनुपर्ने गो राजनीतिक कस्तो ,
खै गरिब दु:खिका घर घरमा नेता डुलि सक्यो भन्छन् ,
सुन्दैछु विकासका लहर गाउँ गाउँमा झुलि सक्यो भन्छन् ।
दुर्गा आचार्य
मोरङ

