साउदी अरबको जेद्दामा बिगत दुई हप्ता देखि संचालित WAFF Women Championship २०२४ को उपविजेता हुन सफल नेपाली राष्ट्रिय महिला फुटबल टिमको राम्रो खेल प्रदर्शनको उच्च सम्मान स्वरुप सुदुर पश्चिमेली नेपाली समाज साउदी अरबले खेलाडीहरुलाइ सम्मान पत्र र प्रोत्साहन स्वरुप १ लाख रुपैयाँ रकम द्वारा सम्मानित गरेको छ ।
प्रीमियम र सेमिफाइनल खेलमा लगातार जित हासिल गर्दै २९ फेब्रुअरी २०२४ बिहिवार बेलुकी फाइनल खेलेको नेपाली टिमले खेलमा निकै प्रतिस्पर्धात्मक रुपमा खेलेर २-२ गोल बनाउन सफल भएपनि पेनाल्टी मिस गरि वाफ महिला च्याम्पियनसिप २०२४ को उप बिजेता बन्न पुगेको थियो । नेपाली खेलाडी हरुको उच्च सम्मान र प्रोत्साहन गर्दै खेलको सुरुवात देखिनै साथ सहयोग गर्दै आइरहेको सुदुर पश्चिमेली नेपाली समाज साउदी अरब, नेपाली महाबाणिज्य दूतावास जेद्दाका प्रमुख सत्रुधन पोखरेल तथा अन्य प्रतिनिधिहरु, र जेद्दा स्थित अन्य संघ संस्थाका प्रतिनिधिहरुले १ मार्च २०२४ शुक्रबारका दिन जेद्दाको विमानस्थलमा गएर स सम्मान साथ सहयोग गरि बिदाई गरेको छ ।
प्रोत्साहित रकम सुदुर पश्चिम नेपाली समाजका अध्यक्ष खेमराज भट्टको रहोवरमा केन्द्रिय समितिका पदाधिकारी अध्यक्ष स्वयं खेमराज भट्ट, वरिष्ठ उपाध्यक्ष पदम महत, उपाध्यक्ष चक्र मल्ल , महासचिव केशव बहादुर सिंह , सचीव केशब सिंह धामी, कोषाध्यक्ष राजेन्द्र पन्त, सह कोषाध्यक्ष राम बहादुर बिष्ट , केन्द्रिय सदस्य बाबुराम रिजाल, हरी ओझा, दिपक लुहारले सहयोग रकम हस्तान्तरण गर्नु भएको छ । नेपाली महिला राष्ट्रिय फुटबल टिमको बिदाई कार्यक्रममा महावाणिज्यदूतावास का महावाणिज्यदूत शत्रुध्वन पोख्रेल , श्रम सहचार्य ताम्राराज काफ्ले, सुदुर पश्चिमेली नेपाली समाजका पदाधिकारी एवं एनआरएनए आरसिसि जेद्दाका पदाधिकारी र जेद्दा स्थित विभिन्न संघसंस्थाका प्रतिनिधि तथा समाजसेवीको उपस्थिति रहेको थियो।
बिदेशमा आउँदा खेल मैदानमा होस या स्वागत र बिदाईमा होस यसरी नेपालीहरुले गरेको साथ सहयोग सम्मान लाई खेलाडी टिमले खुशी व्यक्त गर्नुको साथै आभार व्यक्त गरेका थिए ।।
उमेश कुशवाहा पर्सा/ उपकार सेवा नेपालको आर्थिक सहयोगमा बिरगंज वार्ड न.३२ टेढा स्थित श्रीमति मनमिश्रा अधारभुत बिधालय मा अध्यन्नरत ६३८जना बालबालिका तथा ११जना शिक्षक शिक्षिकाहरुको लागि रु २८,०००/- लगानीमा स्टीलको रुफ टेेेेैन्क टैन्की तथा धारा जडान गरि खानेपानीको प्रबन्ध मिलाईको छ ।
स्कुल प्राङ्गणमा एक कार्यक्रम बीच संस्थाको अध्यक्ष विद्या कुमारी सरावगीले बिद्यालयको प्र.अ राजाराम साहलाई धारा हस्तान्तरण गरिएको समाजसेवि प्रकाश थारूले जानकारी दिनु भयो।
सो कार्यक्रममा उपकार सेवा नेपाल संस्थाको सदस्यद्वय सुमन बगेडिया र अँकुर शर्मा ,समजसेबी प्रकाश थारू तथा बिधालयको तर्फबाट मदनमोहन पञ्जियार जयमङ्गल सिंह लगायत शिक्षक शिक्षिका बिद्यार्थीहरु समेतको उपस्थिति रहेको थियोे ।
साप्ताहिक झिल्का लेखन अभ्यासको छैठौँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ । साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ५८ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।
सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्काहरू- …………………
१, सामाजिक सञ्जालको प्रयोग समाजमा होस् देशमा सदुपयोग या दुरुपयोग ! २, न्यायाधीश सङ्ख्या बढ्यो फैसला यत्रतत्र सर्वत्र मुद्दा पेसी चढ्यो । ३, कता जाँदैछ समाज ! लाजलाई लाजलाग्दो हो देखेर समय आज ।
म्यामराज राई, भोजपुर … १, के हुँदैछ ईश ? अदालत सोसल मिडिया युटुबे प्रधान न्यायाधीश ! २, ढुक्कले पोख्नोस् खिल छँदैछन् बहस गर्नेहरू हाम्रा फेसबुके वकिल ! ३, निष्पक्ष न्यायमा दरार दोषी निर्दोष क्षणभरमै निर्दोष दोषी करार !
वसन्त अनुभव, घोराही उपमहानगरपालिका – १४, दाङ … १, फाटेको जुत्ताको अर्थ पार्टीको रमझम सक्यो मुख लुकाएर अनर्थ । २, हासिल गर्नलाई दायर प्यास मेटाउन पानीको भिजेको लुगाले कायर । ३, चम्किलो अनुहार हेर्दै झिल्काको अनुहार फेरि ढोकासम्म आएर केर्दै ।
अम्बिका अधिकारी, बिर्तामोड, झापा … १, जोगाऔँ धर्म संस्कृति नत्र गुम्नेछ मौलिकता पहिचानको होस् स्मृति । २, नितान्त मानवीय स्वभाव मौकाको फाइदा उठाउनु, हुनाले स्वार्थमा लगाव । ३, नमिलेपछि मन विचार गरिन्न एकसाथ यात्रा हुन्छ आआफ्नो संसार ।
पृथक प्रकृति, झापा … १, स्वास्थ्यमा छैन सुधार महॅंगो उपचार सेवा लगाउँछौ विदेशीको गुहार । २, रोजगार छैन आज भाषण झुट्टा गर्दछन् दलालहरूको भयो राज । ३, छ सिमाना मिचिएको प्रशासन बोल्दैन किन ? वर्षौंदेखि हामी थिचिएको ।
रवि पौडेल, दक्षिण भारत पाण्डेचरि … १, जीवन सङ्घर्षको पथमा हारजित हुन्छ नियतिको परिबन्द ईश्वरको हातमा । २, शिखर टेक्ने रहरमा चाहिन्छ परिश्रम त्याग मिल्नेछ खुसी अधरमा । ३, सेवार्थमा महानता झल्किन्छ भाग्यमा हुनुपर्छ जुरेको जनताको हितमा अल्झिन्छ ।
दिल ठकुरी … १, भन्छु सबैको माज चारैतिर खुसियाली छाइ बनोस् स्वच्छ समाज। २, सबैलाई होस् शान्ति नचाहियोस् न्याय अदालत नचलोस् कसैमा भ्रान्ति। ३, झिल्का कविता लेख्न सबैको प्रयासले गर्दा पाईयो राम्रो देख्न।
अर्जुन प्रसाद चौलागाई, रामेछाप, सुनापति-१, हालः-अमेरिका,बोस्टन। … १, दुई दिन बाँचुन्जेल हो रहेछ जिन्दगी सुख दु:खको खेल । २, मनमा छैन शान्ति दुई दिनको चोला अनुहारमा छाओस् कान्ति । ३, मरी जाने चोला नराख है वैरभाव सुखदु:ख जे होला ।
देव मगर, तिनाउ-१,कचल,पाल्पा … १, अघाए देखेर व्यवस्था जङ्गलराज भयो देश रहेन राम्रो अवस्था । २ जन्मिएपछि त उड्छन् सधैँ बचेरा मानवका खाडीमा कमाउन जान्छन् । ३ आफ्नै देशमा नुन गाँस, बास,लुगा कहिले आउला सगुन ।
सुरेशकुमार पाण्डे, दाङ घोराही १८ … १, छोटेहरूको राज चल्यो मात्र व्यवस्था परिवर्तन प्रतिफलमा भ्रष्टाचार फल्यो । २, कुरा यही साँचो फेरि पनि देशमा परिवर्तनकै पो खाँचो । ३, जनता आन्दोलन गर्छन् पचाएर लाज सबै नेता भुँडी भर्छन् ।
त्रिलोचन भण्डारी, मेचीनगर, झापा … १, फलोस् फुलोस् चाहना यही कामना गर्दछु उच्च रहोस् भावना । २, ठेस लाग्छ बाटोमा विचार गरेर हिॅंड्नु हरेक जीवनको पाटोमा। ३, हामी सारा नेपाली गर्व गरौँ सधैँ महान् विचार उचाली ।
अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६, सङ्खुवासभा । … कतिखेर बदलिन्छ मोड भरोसा छैन जिन्दगीको जताततै नराम्रो होड ।
गंगा खड्का, बूढानीलकण्ठ, काठमाडौँ … १, गर्दैछौँ देशको क्षय सिन्को नभाँच्ने नेताको गरेर सबैले जय। २, दाउरा, आगो, खरानी तीन पङ्क्ति जीवनको यतिमै सीमित कहानी। ३, बढ्दैछ समस्या लगातार महामारी फैलिएझैँ देशमा जताततै भेटिन्छ बेरोजगार ।
बि.कुलुङ, दार्जिलिङ रंगबुल … १, जीवनमा अनेकौँ भोगाइ चितामा जलेको लासमा काम छैन ढोगाइ । २, मानिसमा असीमित चाहना पूरा गर्नको खातिर जाग्छ अनेकौँ भावना। ३, सधैँ बोल खुलेर मनमा पिर लुकाई कहिल्यै नहिॅंड डुलेर।
राज कुमार राजभण्डारी खोटाङ्गे, मध्यपुर ठिमी – ५ संगम कोलोनी भक्तपुर … १, लिन्छु तिम्रो नाम मुटुभित्र म राख्छु बन्छ मेरो काम। २, आउ माया गरौँ मिली हामी दुई प्रेम बास्ना छरौँ । ३, तिमी प्रेम धन तिमी साथै भए खुसी हुन्छ मन।
नवशिला, नवदेव मार्ग, लालभित्ती,मोरङ … १, कानुन नैतिकता डढेर राजनीतिले देश डुबायो गयो विकृति बढेर । २, नैतिकता हरामको शासन छोड्दैन सजिलै सत्ता मसान जगाएको आसन । ३, मात्रै गर्दछ भाषण पछ्याउने छन् उस्तै बनाइदिन्छ बलियो आसन ।
रामप्रसाद पुरी, बादेल, खोटाङ । … १, जति बुझ्यो गहिरो चुपचाप बस्यो लाटो घरैमुनि विशाल पहिरो । २, कसैको परिवारको मियो किन गर्छौ बित्थामा नजाने गाउॅंको चियो । ३, हातखुट्टाबिना पनि कीर्तिमान हिम्मत कहिल्यै नहार्नु उ संसारकै स्वाभिमान ।
चुडामणी देबकोटा, चनपा – १३, काठमाडौँ … १, राष्ट्रको स्वाभिमान बोकेर उठौँ जुटौँ सबैले समृद्धिको यात्रा तोकेर । २, भएन अब बसेर नजाँदैसुनौलो बिहानी उठौँ कम्मर कसेर । ३, समस्याको जङ्घार तरेमा प्रगति अवस्य हुनेछ समयको ख्याल गरेमा ।
प्रेम थापा “मन”, बागलुङ … १. झिल्का भयो कविता घर न घाटको, जुत्ता हराएको रमिता । २. मनुजको कस्तो बानी मनको नभए रुँदै खसाल्छन् आँखाको नानी । ३, नहुनु थियो भयो काम गर्दा बिग्रन्छ जाने मान्छे गयो।
टिकाराम पुन पुकार, छत्रेश्वरी गाउँपालिका – २, सल्यान … १, चाल्नै पर्यो पाइला महॅंगीले ढाड भाँच्यो विदेशिए साइॅंला माहिला। २, सपना हरायो रातमा पलायन प्रवृत्ति आयो कोही छैन साथमा । ३, एकता बुझेर बलको कुटनीति चाल बुझेर सामना गरौँ छलको।
मोती सुब्बा, दार्जिलिङ। … १, व्यर्थै न्यायको झमेला बरु प्रधानमन्त्रीलाई सबै सुम्पिदिए होला अबेला ? २, रोकिए यात्रामा ठोकिए युवा र युवती अन्धो प्रेममा पोखिए। ३, न्यायाधीशको काम छैन राष्ट्रपति र प्रधानमन्त्रीको हुकुमबिना त चल्दैन ।
विवश पारदर्शी, झापा … १, तर्साउने भए बुहारी छोरी पिटेझैँ गरेर संसदमा चल्यो जुहारी । २, छैन निको चाला भयो युद्ध मथ्थर मुखमा लाग्यो ताला । ३, हुन्न कहिल्यै सदाचार भ्रष्ट नेता रहुञ्जेल हुन्छ पक्कै भ्रष्टाचार ।
पूर्णप्रसाद पन्त, सिराञ्चोक ८, गोरखा … १, कठै ! बालकको आपत्ति सरकारले ध्यान नदिॅंदा भोग्दैछन् प्राकृतिक बिपत्ति ।
मन्दिरा सेढाई, मलेखु, धादिङ … १, नसुनाऊ अरू माझ दु:खको कहानी कसैलाई रमाउने हाम्रो समाज। २, अनगिन्ती छन् चाहना मर्नु पर्छ बाध्यताले बनाएको हैन बहाना। ३, रुन्छु एक्लै साँझ छैन मन देखाउने दु:ख वैरी माझ।
शंकर कार्की ,थाहा – ३, मकवानपुर … १, सबैलाई भयो थाहा कसले लाने हो नराख अरूको चाहा। २, देशको माटोमा पाइन्छ असलै हुन्छ जीवन यसैले देशभक्ति गाइन्छ।
नीमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत … १, आस्था दिने कसले अन्त्यमा भवसागर यो पार लगाउने जसले ? २, हामी निमित्त मात्र नथाकोस् सुकर्म गरिरहँदा हाम्रो मन अहोरात्र। ३, मृत्यु कहिले होला ? मन राखौँ पवित्र जान्ने प्रभु भोला ।
कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी … १, आत्मियता हृदय खोली सम्बन्धमा आउँछ मिठास बोल्नुहोस् मधुर बोली। २, अदृश्य मायाको रोगी उपचार सम्भव छैन वैराग्यमा भइन्छ जोगी । ३, प्रेमिल जोडीको माझ अनुपम सुख अनुभूति अविस्मरणीय रमाइलो साँझ।
संगीता खरेल, चन्द्रागिरी – ८, काठमाडौँ … १, संस्कार संस्कृति हाम्रो उजागर गर्नुछ यसलाई संरक्षण गरे राम्रो । २, सुपारी छ चाम्रो संसारमा सबैभन्दा त राम्रो संस्कृति हाम्रो ।
शशीश्री आचार्य, बौद्ध कुमारीगाल, काठमाडौँ … १, किन भन्छौ भोलि सबै आज नगरे खाली हुन्छ झोली। २, अहिले दुःख गर पछि सुख पाउँछौ कसैको भर नपर । ३, तिमी एक्लै बन हुँदैन साथ सबैको सन्तुष्ट पार मन ।
धनुष न्यौपाने, गुठीचौर गाउँपालिका – ०४, बिगारे जुम्ला … १, अभावको परिचय बोकेर मध्यरातमा आँउछ लरखराउॅंदै उधारो रक्सी धोकेर । २, कुबाटोमा हिँडेको राजनीति सच्याउनै सकेन भने जनताले तोक्छ मिति । ३, कमजोर नठान जनता अत्याचारले नेटो काटे उडाई दिन्छ कताकता ।
ध्रुव श्रेष्ठ, हाल काठमाडौँ … १, सबैले गरेर काम देश विकास गरेमा अमर हुन्छ नाम । २, सम्झेर उकालो भिर दु:ख धेरै आमाको देखेर लाग्छ पिर । ३, हिमाल, पहाड, तराई नेपाली एउटै परिवार कोही छैन पराई ।
आर्त अकुलीन … १, भित्र्याए विदेशी नीति लोप हुँदै गयो हाम्रो संस्कार थिति । २, गर्छन् कुर्सीको खेल शान्ति भएन देशमा राजनीतिमा भयो झेल । ३, जनतामा अशान्ति छायो हाम्रोमा यस्तै छ खै ! लोकतन्त्र आयो ।
अनिता भण्डारी, ताप्लेजुङ … १, नेपाल हाम्रो पहिचान चन्द्र सूर्य झण्डा देशको बढ्छ सान । २, शिरको टोपी हरायो नेपाली वीरलाई हेर खाडीको कामले बोलायो । ३, मानव भएर नबस कर्म गर्नुछ आफ्नो विदेशमा तिमी नफस ।
बेदु न्यौपाने … १, नहुँदा नभई भएन गणतन्त्र भएछ स्वार्थी हुँदा इज्जतै रहेन । २, पराधीन भई बाँच्नु कायरताको पराकाष्ट भयो पराईको इसारामा नाच्नु । ३, किन गरिन्छ हेला ? भाषा, धर्म, संस्कारको देश रोएको बेला ।
ऋजु दिल्पाली, इटहरी – १ सुनसरी … १, नारी तिमी महान् सपरिवारको ख्याल राख्दै बच्चालाई दिन्छौ ध्यान । २, नारी पुरुष बराबरी रथका दुई पाङ्ग्रा जीवन चल्छ सरासरी ।
बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’, कनकाई – ४, झापा … १, गोजीमा सधैँ दाम चलिरहेको छ मेरो , खातामा मात्र नाम । २, चुनावमा नेताको टोली विकास गर्छु भनी जनतासँग झुटो बोली । ३, नगर्नु मलाई हेला मनमा घरी चोट दु:ख परेको बेला ।
श्री कृष्ण धामी, बझाङ … १, फाटेको मन टाल्न अब नसकिने भयो आफ्नै जीवन पाल्न । २, सरकारी धन कालो जसले सक्छ उसले परिवारमा लुकाउने पालो । ३ कालो धनको आस कुरेर बसेकै भरमा अब खुस्किन्छ सास ।
ललिता देउवा सहयात्री … १, शनिले सजाय दिन्छ कुप्रभावबाट आफैँ बचौँ सुखको पल छिन्छ । २, पिपलमा जल चढाउँदा शान्त रहन्छ ग्रह , पितृ भाग पाउँदा । ३, अन्धकार नासिॅंदै जान्छ धार्मिक आस्था बोकेका, मनुष्यले ईश्वर मान्छ ।
सीमा कार्की समर्पण, हाल काठमाडौँ … १, आलु बेच खुसुक्क सन्जाल ठोक्छ ढ्याङ्ग्रो लुकाऊ मुन्टो लुसुक्क । २, केरा खाउन्जेल मस्ती जब पेट फुल्छ न्यायाधीशलाई पो सास्ती । ३, धन्न छ अदालत नत्र कता जान्थ्यौ नराम्रो लागेपछि आदत ।
कमला पौडेल, चा न पा भक्तपुर … १, स्वस्थ हुने दबाई सधैँ गरे योग फाइदा हुन्छ हामीलाई । २, ओखतीमा खर्च हुन्न प्राणायाममा मन लगाए बिमारले कहिल्यै छुन्न । -नन्दलाल आचार्य, उदयपुर … १, के हुँदैछ आज ? अविश्वास, विश्वासघात जताततै कता जाँदैछ समाज ? २, कसको गरौँ भर ? बदलिँदो रहेछ मन त्यसैले लाग्दैछ डर।
दीपा समभाव, काठमाडौँ … १, झिल्का काव्यको जनोट मात्र नौओटा शब्दले बन्दछ यसको बनोट l २, नौ शब्दको कविता जनमनमा फैलियो यसरी जस्तै आकासमा सविता l ३, नेता भए बदनाम लागेन कहिल्यै पनि उनको घैँटोमा घाम l
बाबुराम गौतम, गुल्मी … १, बेसार र छेपारो उस्तै उस्तै हुन् हाल्छन् बाटोमा छेकारो। २, चेपारेको विश्वास नगर्नू। दाउ खोज्छ हरपल। भर कहिल्यै नपर्नू।। ३, उचाल्ने अनि पछार्ने नजिकै हुन्छन् हजुर टाढा हुन्छन् सपार्ने।।
राज कुमार कार्की, कटारी-१, उदयपुर … १, भयो सबैलाई थाहा नेताको भाषण शैली मञ्चैपिच्छे लाग्छ आहा। २, नेपाली संस्कार हाम्रो एउटा छुट्टै पहिचान ढाका टोपी राम्रो । ३, लाग्छ सधैँ डर ढुक्कले बाँच्छु भन्ने छैन कुनै भर ।
कला ढकाल, झापा … १, देश सिॅंगार्ने छाँट हाम्रा पुर्खाले गरे कम्मर कसेर आँट । २, धर्म फरक परोस् मानवीयता हुनुपर्छ है कर्म सुसम्पन्न होस् । ३, जिन्दगी छ रमाइलो काँडा पन्छाउन जानेमा नजान्दा भयो घमाइलो।
राजेश्वरी राजोपाध्याय … १, मलाई बदनामी बनायो सामाजिक सञ्जालभरि नै तिम्रै कारणले गरायो । २, समाजले यतिखेर सुनाउँछन् चरित्रमा दाग लगायौ तिमीले यसरी बुझाउँछन् ।
कबिताहरी, सुन्दर हरैंचा नगरपालिका – १, मोरङ … १, सम्भावना देशमा खोज्दा सकिन्न विश्वस्त हुन इमानी बाटो रोज्दा। २, हारे विद्वान् जन कसरी पछार्यो धनले विकास गर्ने मन। ३, सत्य यहाँ हार्दछ जादुको बादल बनाई दिउॅंसै रात पार्दछ।
सुस्मिता अधिकारी, काठमाडौँ … १, आकाशमा ताराहरुको ताँती कति सुन्दर देखिन्छन् जब हुन्छ राती । २, सक्दिन आकाश छुन धर्तीमा बसेर हेर्छु टहटह लागेको जून । ३, टोलाउॅंछु हेरी आकाश म आफैँमा हराउॅंछु झस्काउॅंछ चिसो बतास ।
रुना कर्माचार्य दाहाल, चितवन … १, खामको पत्र बिचमा के थियो हेरिनँ बुझ्दाखेरि रहेछ निचमा । २, सागरभित्र हो डुबेको थियो उसको प्रतिभा जस्तो गहिराइमा लुकेको । ३, भनेको काँध नचढ मानेनौ के गरूँ ? असफल पुस्तक नपढ ।
मनुहाङ किराँती, सोलु … १, दुष्टले ऐना हेर्दैन स्वार्थमा डुबेर सधैँ कसैको कुरा सुन्दैन। २, उज्यालो सन्सार देखाउने अभिभावक हुन् आमा आफ्नै खुट्टामा उभ्याउने।
होम प्रसाद नेउपाने, धरान, सुनसरी … १, मानिसमा होस् चेतना सेवा गर्न नसके कसैलाई नदिनु वेदना । २, भित्रभित्रै हिंसा चल्छ उन्नति गर्न नसके मान्छे यसै जल्छ । ३, मुस्कानलाई हतियार बनाउॅंछु हाँसेर हरेक परिस्थितिमा जीवनमा खुसी सजाउॅंछु ।
विमल खतिवडा माइला, सिलगढी भारत … १, कुरै मात्र ठुलो सङ्कीर्ण तिम्रो मन जता फर्क्यो दुलो। २, किन गर्छौ अभिमान ? मानसम्मान मात्र नहुँदा यस्तै हुन्छ अपमान। ३, छैन कहीँ शान्ति विभ्रान्ति छाएको सहर यसै हुँदैछ क्रान्ति ।
पेम्वा यल्मो, दार्जिलिङ, भारत … १, हाम्रो सगरमाथा स्वाभिमान गौरव गरौँ नेपाली देशलाई दिएको सम्मान।
दुर्गा आचार्य, मोरङ … १, हुँदैन बिहान पक्कै मिरमिरे तारा आकाशको झरेर नगए कतै । २, अपनाइ पुर्खाको संस्कार जिउनु साधा जीवन राखेर उच्च विचार।
बाल कृष्ण श्रेष्ठ, सोलुदुधकुण्ड नगरपालिका – २, सोलुखुम्बु … १, कुर्सीको मोह अति अरू केही चाहिँदैन गुट्मुटाउँछु पाए जति । २, जनता आश्वासनमा भुलियो हेर्दाहेर्दै गर्भधारण गरेर नेताको भुँड़ी फुलियो । ३, भाषा अनि संस्कृति पोलेर खायौँ हामीले बढ्दो समाजमा विकृति ।
राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ । .. १, उन्नति देशको भएन मौलायो सधैँ सातपुस्ते इमान्दार कोही रहेन । २, संस्कृतिमा विश्व रमाउने हो नेपालको पहिचान हरेकको मनमा सजाउने । ३, किन गर्छौ अलमल ? मदमत्त यो जवानी पिउनु नसासरि कलकल ।
नेत्र घिमिरे, सूर्यविनायक, भक्तपुर … १, हुँदा खाने देशमा बनाएर खान सकेनन् उत्रिए नक्कली भेषमा २, निर्दोष फस्छन् केसमा कहिलै सत्य नभएको सतीले सरापेको देशमा। ३, भ्रष्टाचारको अन्त भए देशमा शान्ति हुन्थ्यो कानुनत: बाटोमा गए ।
मन्जु बोहरा, सुदुरपश्चिम, बझाङ … १, नहुने के गरेपछि ? खेर जाला समय नगर्नु है बेइमानी । २, लागेँ परदेशी हुन थाह छ मलाई भविष्यमा पर्दैन रुन। ३, नछोऊ आगोले पोल्छ चिनेको छु समाजलाई सत्यसँग को बोल्छ ?
पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”, पनौती न.पा-३, काभ्रे
ढुङ्गा जस्तो बलियो जीवन धुलो हुँदो रहेछ पैसाले किन्न नपाइने ओखतीमूलो हुँदो रहेछ युद्धमा लडिरहेको कुनै योद्धालाई सोध्नुहोस् जिन्दगीमा मृत्युको त्रास कति ठुलो हुँदो रहेछ।
जिन्दगीमा हरेक विछोडले दिन्छ एक नौलो पीडा सङ्घर्षको हरेक होडले दिन्छ एक नौलो पीडा आखिर आँसु र हाँसोको सङ्गम नै त जिन्दगी हो यात्राको हरेक मोडले दिन्छ नौलो पीडा।
किन आउँछ यति धेरै भार जिन्दगीमा जता हिँड्छु उतै काँडेतार जिन्दगीमा खोइ कसरी पालूं परिवार यो चालले पाइएन आजसम्म रोजगार जिन्दगीमा।
कमाइयो,गरियो जिन्दगीमा लगानी हौसलाबिना नै बित्यो आखिर जवानी कस्तो विचित्र यो जिन्दगी रहेछ मेरो भोगाइ एक तर छुट्टै देखिन्छ कहानी।
गण्डकी प्रदेशको राजधानी पोखरामा “नेपाल भारत साहित्य महोत्सव” (२०८०) सम्पन्न भएको छ । क्रांतिधरा साहित्य अकादमी मेरठ भारतको आयोजनामा उक्त महोत्सव फागुन १०, ११ र १२ गते ३ दिनसम्म चलेको थियोे ।
उक्त कार्यक्रममा नेपाल लगायत भारतका थुप्रै साहित्यकारहरूको सहभागीता रहेको थियोे । उक्त अवसरमा “कादम्बिनी” नामक संयुक्त चारु सङ्ग्रह लोकार्पण गरिएको थियोे । जसमा नेपालको पूर्वदेखि पश्चिमसम्मका ५७ जना चारुकारहरुको रचना सम्लग्न रहेको छ । जसको प्रकाशकमा नेपाली साहित्यकार विश्व सञ्जाल रहेको छ । डढेलधुरा, रुकुम पूर्व, रूकुम पश्चिम , कैलाली, बाँके , दाङ, गुल्मी, अर्घाखाँची , बागलुङ , पोखरा, लमजुङ ,कपिलवस्तु, नवलपरासी ,रुपन्देही , चितवन , भोजपुर, काठमाडौँ , नुवाकोट , भक्तपुर, सिन्धुपाल्चोक , विराटनगर, इलाम , पाँचथर , बिरगंज , उदयपुर , सर्लाही, धनकुटा , झापा , मकवानपुर , गुहाटी भारत लगायतका जिल्ला तथा ठाउँका साहित्यकारहरुको सक्रियतामा यो कृति बाहिर आएको जनाइएको छ ।
कार्यक्रममा लमही दाङकी चारुकार एवम् चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशकी उपाध्यक्ष सन्जना शर्मालाई “अन्तर्राष्ट्रिय नेपाल भारत साहित्य रत्न अवार्ड” (२०८०) द्वारा सम्मानित गरिएको थियोे ।
झिल्का लेखन अभियानको दोस्रो शृङ्खला (मौलिक संस्कृति विशेष) गत फागुन १२ गते सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियोे ।
झिल्का कविता लेखन अभियानको यस शृङ्खलामा विगतका शृङ्खलामाझैँ सहभागी सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६५ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव, आदि जस्ता विशेष अवसरहरू पारेर निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
यस अभियानको दोस्रो शृङ्खलाको सहजीकरण प्रशिक्षकद्वय वसन्त अनुभव र राजेशराज गड्तौलाले गर्नुभएको थियो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ ।
सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्काहरू-
[१] फैलाई सर्वत्र जागृति जगेर्ना गरौँ देशको मौलिक धर्म संस्कृति ! ✍️ वसन्त अनुभव [२] नेपाल नेपालीको पहिचान सिकार नहोस् अतिक्रमणको मिलिजुली गाऔँ गुणगान ! ✍️ पृथक प्रकृति ,झापा [३] संस्कृति हाम्रो पहिचान जगेर्ना गरौँ सबैले देशको यो सान ! ✍️ शोभा आचार्य गौतम काठमाडौँ [४] दौरासुरुवाल, ढाका टोपी फरिया चोली भेषभूषा गौरव मान्छन् नेपाली ! ✍️ म्यामराज राई, भोजपुर [५] परम्परा हरेक घरको बिर्सनु हुँदैन हामीले समाज हाम्रो वरपरको ! ✍️ टिकाराम पुन पुकार छत्रेश्वरी गाउँपालिका २ सल्यान [६] आफ्नै भर पर्नू हुन्न अरूको भरोसा बुझेर अगाडि सर्नू ! ✍️ अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा – ६ संखुवासभा । [७] सोचौँ हामी सबैले आफ्नो भाषा संस्कृति अपनाऔँ अझ क्रमैले ! ✍️ तुलसी पण्डित [८] सबैले दिनुपर्ने ध्यान धर्म संस्कृति बचाउनु हामी नेपालीको पहिचान । ✍️ शंकर कार्की, मकवानपुर [९] नेपाली हाम्रा अभिमान झुकेको शिरमा उठाई खुकुरी भिरे स्वभिमान ! ✍️ अम्बिका अधिकारी झापा बिर्तामोड [१०] हाँसौ आँसु सुकाएर यस्तै छ जिन्दगी बाँचौँ दुःख लुकाएर ! ✍️ भिम लिम्बू प्रयास रिमबीक दार्जिलिङ [११] सद्धभाव सबै धर्ममा जोगाऔँ मौलिक संस्कृति विश्वास गरौ कर्ममा ! ✍️ सुस्मिता अधिकारी, काठमाडौँ [१२] मौलिक हाम्रा संस्कृति अमूल्य निधि सम्झेर बदलौंँ गलत प्रवृति ! ✍️ त्रिलाेचन भण्डारी मेचीनगर,झापा [१३] धर्म, संस्कृतिको मान सबैले थाहा पाऔँ नेपालीको यो पहिचान ! ✍️ अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन। [१४] देश डुबेको देख्दैनन् मौलिकताको अर्थ के ? संविधानमा लेख्दै लेख्दैनन् ! ✍️ कबिताहरी सुन्दर हरैंचा नगरपालिका १ मोरङ [१५] बन नेता असल नबेच कुनै नदीनाला देश होइन पसल ! ✍️ विके माकजू , भक्तपुर [१६] नेपाली कदापि चुक्दैन आइपरोस् जस्तै समस्या नेपाल कहिल्यै झुक्दैन । ✍️ जमुना लामिछाने पोखरा [१७] हरियो हाम्रो जङ्गल संरक्षण गर्दै लगेमा हुन्छ सबैको मङ्गल ! ✍️ सरिता सेढाई धादिङ [१८] संस्कृति हाम्रो सान जोगाऔँ सबै मिली गुम्न नदिन स्वाभिमान ! ✍️ दीपा तिम्सना ईलाम [१९] गर्नुपर्छ असल कर्म अन्धविश्वास छिर्यो भने रहँदैन संस्कृति धर्म । ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे [२०] रहेर आफ्नो धर्ममा जोगाऔँ मौलिक संस्कृति मन लगाई सत्कर्ममा ! ✍️ पुष्पा सुवेदी नेपालगंन्ज,बॅाके। [२१] थोरै कमाएर रमाऊँ आफ्नो भाषा संस्कृति कहिले नबिर्सेर जोगाऊँ ! ✍️ कला ढकाल झापा [२२] धर्म मान्ने गर सत्कर्मलाई अङ्गालेर सधैँ नपर कसैको भर ! ✍️ धनुष न्यौपाने गुठीचौर गाउँपालिका ०४ बिगारे जुम्ला [२३] भाषा भेषभुषा सुन्दर लाग्यो नजर दुष्टको लोभले गुमायो डगर ! ✍️ सुरेशकुमार पाण्डे दाङ घोराही १८ [२४] देशको माटोमा रमाऔँ बाँचौँ देशको निम्ति एकताको संदेश फैलाऔँ ! ✍️ नीमा छिरिङ भोटिया जलढका कालेबुङ भारत [२५] जोगाऔँ देशको सान मौलिक धर्म संस्कृति हुन् हाम्रा पहिचान ! ✍️ बाबुराम गौतम गुल्मी [२६] माैलाउँदै विदेशी संस्कृति विराेध गरौँ यसको जनतामा ल्याऔँ जागृति ! ✍️ रबि पाैडेल ,दक्षिण भारत पाण्डेचरि [२७] फैलाई सर्वत्र जागृति जोगाऔँ सबै मिलेर भाषा धर्म संस्कृति ! ✍️ बाल कृष्ण श्रेष्ठ सोलुदुधकुण्ड नगरपालिका २, सोलुखुम्बु [२८] पुर्खाहरूबाट हामीले सिक्नुपर्छ मौलिक धर्म संस्कृति सतिसाल भएर टिक्नुपर्छ । ✍️ वि.वि.याक्खा पाँचखपन नगरपालिका -६ संखुवासभा। [२९] परायाको रितीरिवाज हुलेर बन्दैन परिचय देशको साहित्य संस्कृतिलाई भुलेर ! ✍️ बि.कुलुङ दार्जिलिङ रंगबुल [३०] आफ्नै प्यारो लाग्छ माैलिक धर्म संस्कृतिमा गहिरो ममता जाग्छ । ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ । [३१] ल्याउँछ सुन्दर बिहान दीनदुखीको सेवा गर्ने हाम्रो धर्मको पहिचान ! ✍️ मन्दिरा सेढाई मलेखु,धादिङ [३२] धर्म आफ्नो जोगाऔँ पहिरिई नेपाली भेषभुषा संस्कृति आफ्नो मनाऔँ । ✍️ सरस्वती श्रेष्ठ रुपन्देही बुटवल। [३३] संस्कृति हाम्रो पहिचान मौलिकता जाेगाउन सके नेपालीको हुन्छ सान । ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर । [३४] हामीलाई अनुशासीत बनाउँछ हाम्रै मौलिक रितिरिवाजले सन्सारमा माथि उठाउँछ । ✍️ होम प्रसाद नेउपाने धरान,सुनसरी। [३५] जाँदैन साथमा धन मनुष्य सर्वोत्तम योनी राखौँ आस्थामा मन ! ✍️ कार्की डिबी माकुम सुनवल-४, नवलपरासी [३६] संस्कार संस्कृति पहिचान पुर्खाले दिएका नासाे अमुल्य निधि जान । ✍️ प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे । [३७] मुटुकाे आलाे घाउ तिम्रै ताजा निसानी भइगाे अब नचलाऊ । ✍️ हरिगाेपाल प्रधान काभ्रे पलाञ्चाेक बनेपा१४ साँगा। [३८] भित्र्याए विदेशी नीति लोप हुँदै गयो हाम्रो संस्कार रीति ! ✍️ अनिता भण्डारी ताप्लेजुङ [३९] देशको हाम्रो सान जोगाउनु छ सबैले संस्कार संस्कृति पहिचान ! ✍️ बेदु न्यौपाने ✍️🇳🇵 [४०] अन्तको संस्कृति देखेर नगरौँ अरूको सिको नहिँंडनु ट्याटु खोपेर ! ✍️ दुर्गा आचार्य मोरङ [४१] जाेगाउनु सस्कार संस्कृति हामी मिलेर हटाउनुपर्छ फैलाई समाजमा जागृति ! ✍️ श्री कृष्ण धामी -बझाङ [४२] सनातन मौलिक धर्म जोगाउन जागरूक रहौँ आफ्नो संस्कृति कर्म ! ✍️ मोती सुब्बा दार्जिलिङ [४३] देश रहे बाँचिन्छ धर्म संस्कृति मनोमानी जुरुक्क उठौँ साँचिन्छ । ✍️ चुडामणी देबकोटा चनपा १३ काठमाण्डौ [४४] मौलिक संस्कृति हाम्रो दशै , तिहार , सङ्क्रान्ती हिन्दु संस्कार राम्रो । ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा [४५] फैलाई सर्वत्र जागृति जिउँदो राखौँ पहिचान नबोकी विदेशी विकृति ! ✍️ ऋजु दिल्पाली ईटहरी १ सुनसरी । [४६] विश्वमा नेपालीको सान माैलिक धर्म संस्कृतिले जनाउँछ असल पहिचान । ✍️ काेपिला अधिकारी गाेरखा [४७] देवत्व महिमा अपार बोलीसँगै सधैँ मानिसमा चाहिने ठुलो संस्कार ! ✍️ आर्त अकुलीन [४८] संस्कृति भाषा धर्म पहिचान हो हाम्रो यसैले बोक्छ मर्म ! ✍️ दीपा समभाव काठमाडौँ [४९] धर्मलाई जाेगाउनु राम्रो आफ्नो प्यारो लाग्छ बढ्छ मान हाम्रो । ✍️ सहयात्री शाेभा अर्याल रुपन्देही [५०] जोगाऔँ आफ्नो संस्कृति नभित्र्याऔँ विकृति यहाँ अपलाई खराब प्रवृति । ✍️ मन्जु बोहरा सुदुरपश्चिम बझाङ [५१] आफ्नोपनमा गर्व गरौँ जोगाइ मौलिकता सबैले एकताको सन्देश छरौँ । ✍️ शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी , मोरङ [५२] जोगाउँदै गराैँ संस्कृति हामीले सम्झदै गराैँ हाम्रो परम्पराको स्मृति ! ✍️ केसर बाेहरा ” सङ्घर्ष “ सुदूरपश्चिम ” अछाम “ हाल ” भारतबाट । [५३] सुधारौँ हाम्रा मनोवृति सभ्यताको पाठ सिकौँ उन्नत बनाऔँ संस्कृति ! ✍️ देव मगर तिनाउ-१,कचल,पाल्पा [५४] पुऱ्याऔँ सबैले ध्यान धर्म, संस्कृति जोगाए बन्छ देशको पहिचान ! ✍️ सीमा कार्की समर्पण [५५] पुर्खाले सुम्पिएको नासो संरक्षण गर्नु सन्तानहरू नसकुन् बनाउन हाँसो । ✍️ संगीता खरेल काठमाडौँ [५६] जाेगाउनु छ संस्कृति र सम्पदा स्वदेशकाे नहाेस है विस्मृति । ✍️ शम्भुप्रसाद गजुरेल सिन्धुलीमाडी [५७] संस्कृति हाम्रो पहिचान भेषभुषा मेलापर्व जात्रा राखौं यसको मान ! ✍️ रुना कर्माचार्य दाहाल चितवन [५८] फालेर खराब प्रवृति नेपाली सबै मिलेर बचाऔँ धर्म संस्कृति । ✍️ ध्रुव श्रेष्ठ हाल,काठमाडौ । [५९] हमला भो सरकार मौलिक संस्कृति माथि छैन तिम्रो दरोकार ! ✍️ पूर्णप्रसाद पन्त सिराञ्चोक ८, गोरखा २०८०/११/११/०६ [६०] बिलाउला आफ्नै भेष पहिरेर पहिरन विदेशी नरहला भोलि देश ! ✍️ अनमोल चन्द्र “नेचाली “राई लेबोङ,दार्जीलिङ [६१] नलागौँ गलत बाटोमा विभिन्न धर्म संस्कृति फुलेको हाम्रो माटोमा ✍️ डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा. पा. -६, दोलखा । [६२] हाम्रो भेष भाषा हाम्रो गौरव स्वाभिमान जगेर्ना कर्तव्य खासा ! ✍️ कमला पौडेल [६३] भाषा धर्म संस्कृति बचाऔँं मिलिजुली सबै पन्छाई गलत प्रवृति ! ✍️ विवश पारदर्शी झापा [६४] पृथक संस्कृति राम्रो खिच्दै विश्वको मन संरक्षणको दायित्व हाम्रो ! ✍️ नेत्र घिमिरे सूर्यविनायक भक्तपुर [६५] विश्वको मौलिक पहिचान अद्वितीय नेपाली संस्कृति लागौँ संरक्षणको अभियान । ✍️ शान्ति उपाध्याय सूर्यविनायक भक्तपुर ~~~~
काठमाडौँ । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२३ औँ शृङ्खला सम्पन्न भएको छ । अभ्यासमा नेपाल लगायत विश्वका ६५ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो । टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२३ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
प्रतिनिधि टुक्का
चाहे भनून् असल मलाई, चाहे भनून् गन्दा घर भाड्ने काम छ मेरो, रकम लुट्ने धन्दा । ✍️ वसन्त अनुभव
सहभागी टुक्काकारहरूका टुक्काहरू
[१] हुने नहुने कुरा गरी, आपसमा लडाएर भाइरल बन्नुछ हेर, लाइक भ्यू बढाएर । ✍️ वसन्त अनुभव घोराही उपमहानगरपालिका १४, दाङ २०८०/११/१२ [२] अहिंसा बढ्दैछ भनेर कसैलाई सुनाउन मनै छैन यो ठूलो भुँडी कहाँ घटाएर मान्छेको अगाडि गन्निदैन । ✍️ अम्बिका अधिकारी झापा बिर्तामोड [३] भाङ पेलाइ, देशकाे विकासलाई याे देह नढलेसम्मा सत्ता समाइ । ✍️ प्रद्युम्न चालिसे [४] धन भएपछि सबले गर्छन् हाइ हाइ दुःखमा परेमा काेही हुँदैनन् दाजुभाइ । ✍️ केसर बाेहरा ” सङ्घर्ष “ सुदूरपश्चिम ” अछाम ” हाल भारतबाट । [५] भर्नु नै छ ठूलो भुँडी भाइरल हुनु छैन घर भाँड्ने काम नगरे त हुँदैन नि चैन । ✍️ बेदु न्यौपाने ✍️🇳🇵 [६] नहुने काम गरेर नि भाइरल अवश्य हुन्छु भ्यूज धेरै आएपछि त झन सगरमाथा छुन्छु । ✍️ अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन। [७] यस्तै काम नगरेमा खाएको नि पच्दैन मोजमस्ती गर्नैपर्यो सुको पनि बच्दैन । ✍️ सरिता सेढाई धादिङ [८] बनाउछौँ देश सके अमेरिका नसके भारत, त्यस्तै विकास नगर्दासम्म मुटु पोल्छ भतभत । ✍️ सुरेशकुमार पाण्डे। दाङ घोराही १८ [९] गन्दाभन्दा अर्को उचित त ठान्दै ठानिनँ दिए अर्ती कति धेरै तर मान्दै मानिनँ । ✍️ त्रिलाेचन भण्डारी मेचीनगर,झापा [१०] आफू त रित्तै परियो अरूको लाई नै पो आँखा लाउने लाज सरम छोडे मैले पैसा हो जसरि नि कमाउने । ✍️ सुशीला शिखा काठमाडौं कागेश्वोरी [११] अरू काम जेसुकै होस् समाज नै भाँड्छु , लाखौँलाख उठाउँछु अलिकति बाँड्छु । ✍️ डम्बर थामी ‘अनुपम ‘ कालिन्चोक गा. पा. -६, दोलखा । [१२] जेसुकै भनून् मान्छेले म त भाइरल बन्ने अनि पो जसरी पनि होला सर्वत्र नै गन्ने ।। ✍️ भगवती दवाडी ,झापा [१३] समय यस्तै छ, मलाई पनि सिकायो लुट्न जानेको छु परिवेश अनुसार गफ चुट्न । ✍️ शंकर कार्की, मकवानपुर [१४] मह काँढेपछि अलिकति हात चाट्छु बढी कुरा गर्यो भने म नि कुरा काट्छु । ✍️ रचना मोक्तान “यात्री “ नमोबुद्ध न. पा. -५, काभ्रे । [१५] चौरासी जुनी पछि पाएको जीवन हो हेर पछुतो होला आफैँलाई, खान छोड लुटेर । ✍️ पुष्पा सुवेदी नेपालगंन्ज,बॅाके। [१६] सकेजति त कुरा लाउँछु , घर फुटाउन जसले जे भनुन् लाग्छु आफ्नै काम जुटाउन । ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा [१७] दश दुनियाँको चियोचर्चो गर्ने मेरो काम व्यवहारले छुरा रोप्छु मुखले भन्छु राम । ✍️ नवशिला नवदेव मार्ग लालभित्ती,मोरङ। [१८] मान्छेको जुनीमा लुटपाट त गर्नै पर्यो बल्लतल्ल मौका पाउॅदा खल्ती टन्नै भर्यो । ✍️ राजेशराज गड्तौला कॅाडाघारी, काठमाण्डौ [१९] जस्तोसुकै भए पनि सत्ताभित्र बस्छु कि त सर्प कि त मुसा बनी भित्र पस्छु । ✍️ समुद्र [२०] परिवेश नै तेस्तै छ मनले मान्दैन , नलुटिकन घर खर्च धान्दै धान्दैन । ✍️ भेष कुमारी लानिछाने देवदह ०५, खैरेनी रुपन्देही [२१] देशको लागि लड्नेहरू सबै स्वार्थी भएछन् स्वार्थी मनको झिल्काहरू सडकमा गएछन् । ✍️ एवाइ प्रभात सहिदभुमि छेन्टाङ धनकुटा [२२] लुट्न सजिलो छ यहाँ अरूभन्दा कसले गर्छ यसरी काम धन्दा । ✍️ हिमा आर सी मेहेलकना सुर्खेत [२३] कथित व्यवहार लुकाउने छारो हानी कामको ईमान नै नभएपछि के अर्थ हुन्छ खै दामको ? ✍️ दीपा तिम्सना पौडेल-ईलाम [२४] खोज्ने गर्छन् सबैले अचेल धन पैसाको थैलो पैसाको अभाव हुँदा हुन्छ घरमा भाँडभैलो । ✍️ बाबुराम पाण्डे अर्घाखाँची [२५] दुनियाँलाई देखाएर नाङ्गो नाच नाच्याे हेर हाम्रो अगि , ठग्नु रहेछ समाज र देशलाई घिच्याे हामीलाई ठगी । ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ । [२६] छलकपट गरी आर्जेको धनले गर्छौ के तिमीले नाङ्गै जाने तनले। ✍️ बिके मुखिया दार्जिलिङ भारत। [२७] जसले जेसुकै भनाेस् देश लुट्न त छाडिन्नँ देशभक्त जनताले भनेको मान्दै मानिन्नँ । ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर । [२८] यो देशमा चोर गुन्डा पुग्ने रहेछ माथि असल मान्छे नबन है तिमी पनि साथी । ✍️ विके माकजू , भक्तपुर । [२९] उन्नतिका सारा सपनाहरू त्यहीँ दिन खस्यो जुन दिन यो देशको सत्तामा डाकाहरू बस्यो। ✍️ बि.कुलुङ दार्जिलिङ रंगबुल [३०] गरिब भनुन् बरु मलाई, उठाउँदिन चन्दा जतिसुकै गर रोकिँदैन खराब कालो धन्दा। ✍️ होम प्रसाद नेउपाने धरान,सुनसरी । [३१] देशभित्र चलेको छ लुटको नै खेल भाँङ पेल या धतुरो लेऊ मेरो तेल । ✍️ रामशरण न्यौपाने, भक्तपुर [३२] प्रख्यात छ दुनियाँमा मन्थराको नाम गर्व लाग्छ धर्म ठान्छु घर भाड्ने काम ! ✍️ विवश पारदर्शी झापा [३३] जीवन गति कहिले उकाली कहिले ओराली सुखमा रमाउने दु:खमा बस्नुपर्छ सम्हाली ! ✍️ दीपा समभाव काठमाडौ । [३४] अरू काम जेसुकै होस् समाज नै भाँड्छु लाखौँलाख उठाउँछु अलिकति बाँड्छु । ✍️ डम्बर थामी ‘अनुपम ‘ कालिन्चोक गा. पा. -६, दोलखा । [३५] साेझाे औँलाे बनाएर आउँदैन घिउ लुट्ने काम नगरे कसरी पाल्ने जीउ। ✍️ काेपिला अधिकारी गाेरखा, सिरानचाेक [३६] देशमा अस्थिरता ल्याएर बीउ रोपेछौ ठुलो आफ्नैमा मात्र पुग्ने गरि मिलायौ पैसाको तुलो । ✍️ प्रेम थापा “मन “बागलुङ [३७] जसले जति लुटे पनि छुट छ यो देशमा सबै सबै नै लागेकै छन् लुटिखाने रेसमा । ✍️ ध्रुव श्रेष्ठ हाल काठमाडौँ [३८] यस देशको माटोमा नोट फलायो नेताहरूले अब देश नै गलायो । ✍️ नीमा छिरिङ भोटिया [३९] कलिको सेरोफेरो सबै हुनुपर्छ मेरो अलिकति केही भएमा लगाउँछु घेरो। ✍️ टिकाराम पुन पुकार छत्रेश्वरी गाउँपालिका २ सल्यान [४०] कसलाई पो भनौ तेरो मेरो सबै उस्तै दिउन्जेल आहा नत्र त दुश्मन दुरुस्तै । ✍️ चुडामणी देबकोटा चनपा १३ काठमाण्डौ [४१] बुझेर राम्रो गरे, सुरम्य यहीँ संसार यो लोकमा काम बिग्रे, माथि हुनेछ हार । ✍️ मोती सुब्बा दार्जिलिङ। [४२] यथार्थ भन्यौ तिमीले आज, त्यस्तै रहेछ तिम्रो बानी लुट्नसम्म लुटिछाड्यौ, बनाउँछु भन्दै दिलकी रानी। ✍️मन्दिरा सेढाई मलेखु,धादिङ [४३] जसले जे गरे नि आखिर बाँच्नु रहेछ भन्दै नराम्रो काममा पनि हात हालेँ यो पैसा गन्दै। ✍️ शोभा आचार्य गौतम काठमाडौँ [४४] सत्कर्मको फल मनुष्य अमृत जस्तै हुन्छ तिम्रो दुष्कर्मले आज निर्दोष बालक रुन्छ। ✍️ धनुष न्यौपाने गुठीचौरगाउँपालिका ०४ बिगारे जुम्ला [४५] आफ्नो मात्र थैलो भर्ने अरू सबै भाँडमा जाए कस्तो उल्टो चलन आयो, तिनले नै सुख पाए । ✍️ शशी आचार्य [४६] अर्कालाई नराम्रो पार्ने घर बिगार्ने छ मेरो काम यसरी नै चलेको छ कमाएका छन् दाम अनि नाम । ✍️ अनिता भण्डारी ताप्लेजुङ [४७] वाह ! लाग्या होला कति ठूलो काम गरेँ भनेर तब थाहा पाउँनेछौ फिर्ता गर्नुपर्दा गनेर । ✍️ अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा – ६ संखुवासभा । [४८] मानव तनकाे दिव्य खेलाँ नगराैँ कहिल्यै पनि हेलाँ । ✍️ हरिगाेपाल प्रधान काभ्रेपलाञ्चाेक बनेपा १४ साँगा । [४९] असल धन्दा चलाउन ताकत लाग्छ गन्दा धन्दा छिटो मिठो मनोवेग जाग्छ । ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹 [५०] सामाजिक प्रतिष्ठा चाहिॅंदैन मलाई, पुग्छ कुर्सी भए, सात पुस्ता पुग्ने धन कमाउने हो, मेरो याम नगए । ✍️ म्यामराज राई, भोजपुर [५१] नत घर भाँडिन्छ नत लुटिन्छ नै बरु दिइन्छ दिएर उनीहरूसँगै मज्जाले मदिरा पिइन्छ । ✍️ कबिताहरी सुन्दर हरैंचा नगरपालिका १ मोरङ [५२] कोइली र न्याउली बाँस्न लागे सधैँ बन चैत महिनामा हुन्छ उदासी मेरो मन । ✍️ श्री कृष्ण धामी – बझाङ [५३] देशमा नेता जन्मायौँ छिमेकी देश हसायौँ । ✍️ एकान्त प्रेमी कालेबुङ [५४] प्रेमलाई वस्तु देख्छु किनबेच हुन्छ हिजोआज नैतिकता पतन भयो मान्छन् गल्ती स्विकार्नु लाज । ✍️ संगीता खरेल काठमाडौँं [५५] घर भाँडे पनि मन पराए उनैलाई जनले खाए बाँडे अनि छुटे फेरि पुगे पदमा धनले। ✍️ सुस्मिता अधिकारी ,काठमाडौँ [५६] कलियुगमा जन्म्या दानव धर्म कर्म छोडी मनै फुटी धनै लुटी नाता रगतको तोडी । ✍️ यामनाथ आचार्य पर्वत [५७] लुटी ल्याउने र भुटी खाने बानी छैन हाम्रो परिश्रमको कमाइले जीवन चल्छ राम्रो । ✍️ पद्मा काश्यप पाण्डे, मोरङ [५८] चोरी चाकरी चल्दैन अब नयाँ प्रविधिको जमाना जतासुकै जडित क्यामेरा ,सुरक्षित गर्छ खजाना । ✍️ शुक्रराज कुँवर धरान १० [५९] पैसाको मुख हेरी अरूलाई कसले हेर्ने, गति यति विकासको, निकासको बाटै फेर्ने । ✍️ जमुना आचार्य [६०] रुपियाँमा मोह बस्यो नि अरू चाहिँदैन झुट मुट बोलिरन्छु किरिया खाईँदैन ! ✍️ कमला देवकोटा, पाल्पा [६१] धेरै जना भएका छाैँ खेलीखाने भैलाे, देश टाट भए पनि भर्छाैँ हाम्रो थैलो । ✍️ केशवप्रसाद ढकाल ‘प्रीतबीज’ सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा। [६२] सिमाना बेची नपुगेर देशै बेच्ने अरे आफूले खन्नु खाल्डो अनि आफैँ पुर्नु भरे। ✍️ दुर्गा आचार्य मोरङ [६३] भ्रष्टाचार गर्न सजिलो छ सबैभन्दा भित्रभित्रै गरेका छन् है यिनैले धन्दा । ✍️ सहयात्री शाेभा अर्याल रुपन्देही [६४] भएजति खाइसके अब बाँकी छैन सबै चोर खन्चुवा कोही अछुतो भैन । ✍️ शालिकराम दाहाल [६५] दिउँसै देखाउँछन् तारा पेट भर्ने संसार सारा ! ✍️ आर्त अकुलीन
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १४४ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ७१ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको तस्बिर:
उदक अभ्यास शृङ्खला- १४४ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू-
[१] अवस्था दयनिय साह्रो त्योभन्दा निद प्यारो !
वसन्त अनुभव [२] तस्बिर वास्तविकता पर यथार्थतामा नपत्याउँदो घर !
गुणनिधि घिमिरे, अमेरिका [३] लोकतन्त्र नया नेपाल गरिबलाई चुहिने पाल !
वीरगञ्ज।वीरगंजमा प्रथम श्री जगन्नाथ रथ यात्रा सम्पन्न भएको छ।
नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन वीरगंज ) द्वारा प्रथम ऐतिहासिक श्री जगन्नाथ रथयात्रा महामहोत्सव वीरगञ्ज स्थित घण्टाघर चोकमा बिभिन्न झाकि प्रस्तुत गर्दै आरती गरिएको थियो।
घण्टाघर चोकबाट निस्केको जगन्नाथ रथयात्रामा भक्तजनहरूले राधे राधे,हरे राम हरे कृष्ण कृष्ण हरे हरे,हरे कृष्ण नारायण गोपाल भन्दै नारा लगाएका थिए।
जगन्नाथ रथयात्रा महामहोत्सवको नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा स्कर्टिङ गरेका थिए स्कर्टिङ गर्दै माइस्थान,महाबिरस्थान, आदर्शनगर,अलखियामठ हुदै पुरानो बसपार्कमा सम्पापन भएको थियो।
जगन्नाथ रथयात्रा पर्साका संस्थापकचार्य श्री श्रीमद ए.सि. भक्तिवेदान्त स्वामी प्रभुपाद ले भने रथयात्रा काठमाडौ , विराटनगरमा निकालीदै आज वीरगञ्जमा पहिलो पल्ट निकाल्न लागिएको बताए।
भारतको उडिसा राज्यको जगन्नाथ पुरी बाट यसको शूरुवात भएको थियो । उक्त रथयात्रा विश्वको कुनै न कुनै स्थानमा १२ महिनै हुँदै आइरहेकोले प्रथम वर्ष मनाउन लागिएको आयोजकले जानकारी दिए।
रथयात्रामा कृष्णभावनामृत संघका पदाधिकारी, वीरगंज महानगरपालिका नगर प्रमुख राजेशमान सिंह, बिभिन्न हिन्दू संगठनका अगुवा लगायत भक्तजनहरूको उल्लेखनिय सहभागिता रहेको थियो।
साताका उत्कृष्ट झिल्का कविताको पाँचौ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला सञ्चालन गरिएको हो । यो शृङ्खला हरेक हप्ता सञ्चालन गरिने यसका परिकल्पनाकार वसन्त अनुभवले बताउनु भयो । झिल्का कविताको उन्नयन र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको उहाँले बताउनुभयो ।
यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शनिवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गर्ने गरेको शृङ्खला संयोजक/झिल्का कविता अभियन्ता धनुष न्यौपानेले बताउनुभयो ।
साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- ५ का लागि झिल्काकार त्रय आर्त अकुलीन, बाबुराम गौतम र संगीता खरेलका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।
साताका उत्कृष्ट झिल्काहरू
१] १) सबैले गरेर काम देश विकास गरेमा अमर हुन्छ नाम ! २) सम्झेर उकालो भिर आमाको दु:ख धेरै देखेर लाग्छ पिर ! ३) हिमाल पहाड तराई नेपाली एउटै परिवार कोही छैन पराई ! ✍️ आर्त अकुलीन झिल्का कविता ~~<•>~~
[२] १) विश्वमै थियो विशेष लुछ्दालुछ्दै दुष्ट जनले पार्ने भए अतिशेष ! २) रोपेर तिखो खन्जर चुस्दैछन् आमाको छाती बनाउने भए बन्जर ! ३) खोसियो मातृको ममता मिल्दैन पक्कै दुष्टलाई मातृस्नेह अनि समता ! ✍️ बाबुराम गौतम, गुल्मी ~~<•>~~
[३] १) प्रजातन्त्र आयो सुनेको सत्य होकि हल्ला निर्दोष जेलमा थुनेको ? २. खेलेर रगतको होली उपलब्धि भयो के छातिमा ठोकेर गोली ? ३. घर अनि भित्तो सुन्यतामा मौन देख्छु आमाको काख रित्तो ! ✍️ संगिता खरेल ~~<•>~~