
उमेश कुशवाहा पर्सा/ उपकार सेवा नेपालको आर्थिक सहयोगमा बिरगंज वार्ड न.३२ टेढा स्थित श्रीमति मनमिश्रा अधारभुत बिधालय मा अध्यन्नरत ६३८जना बालबालिका तथा ११जना शिक्षक शिक्षिकाहरुको लागि रु २८,०००/- लगानीमा स्टीलको रुफ टेेेेैन्क टैन्की तथा धारा जडान गरि खानेपानीको प्रबन्ध मिलाईको छ ।
स्कुल प्राङ्गणमा एक कार्यक्रम बीच संस्थाको अध्यक्ष विद्या कुमारी सरावगीले बिद्यालयको प्र.अ राजाराम साहलाई धारा हस्तान्तरण गरिएको समाजसेवि प्रकाश थारूले जानकारी दिनु भयो।
सो कार्यक्रममा उपकार सेवा नेपाल संस्थाको सदस्यद्वय सुमन बगेडिया र अँकुर शर्मा ,समजसेबी प्रकाश थारू तथा बिधालयको तर्फबाट मदनमोहन पञ्जियार जयमङ्गल सिंह लगायत शिक्षक शिक्षिका बिद्यार्थीहरु समेतको उपस्थिति रहेको थियोे ।


Wow amazing blog layout How long have you been blogging for you made blogging look easy The overall look of your web site is magnificent as well as the content