२८ कात्तिक, वीरगञ्ज। पर्सा जिल्ला जिराभवानी गाउँपालिका–५ सखुनिया निवासी ३८ वर्षीय विजय महतो नुनिया चार वर्षदेखि शारीरिक अपाङ्गताका कारण ओछ्यानमै बस्न बाध्य छन्। गाई–वस्तुको दाना लागि घास काट्न रुखमा चढ्ने क्रममा लडेर स्पाइनकोडमा गम्भीर चोट लागेपछि उहाँ हिँडडुल गर्न नसक्ने अवस्थामा पुगेका हुन्।
महतोको एक छोरा र एक छोरी छन्। श्रीमतीले अरूको घरमा चुल्हा–चौकाको काम गरी परिवार चलाइरहेको कठिन अवस्थाबारे थाहा पाएपछि उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगीले उनलाई आफ्नै वीरगञ्जस्थित निवासमा बोलाई एक थान ह्विलचेयर प्रदान गरेकी छिन्।
ह्विलचेयर हस्तान्तरण कार्यक्रममा प्रकाश थारु लगायत स्थानीय भद्रभलादमीहरूको उपस्थिति रहेको थियो।
उपकार सेवा नेपालले विगतदेखि नै विभिन्न गाउँ–बस्तीमा पुगेर असहाय तथा विपन्न व्यक्तिहरूलाई आवश्यकता अनुसार सहयोग गर्दै आइरहेको छ।
उमेश कुशवाहा , वीरगञ्ज तिहार र छठ नजिकिँदै जाँदा तराईका गाउँ–टोलहरूमा नयाँ जीवनको उत्साह देखिन्छ। बिहानदेखि साँझसम्म माटो मोल्दै, दियो घुमाउँदै र बजारमा भाँडा बेच्दै — कुम्हाल समुदाय फेरि पर्वको रंगमा रमेका छन्।
माटोका दियो, कलश, ठेकुवा भाँडा, अरघ र धूपदानी बनाउने यिनका सीपिलो हातहरूले अहिले गाउँ–बस्तीमा रमाइलो रौनक ल्याएका छन्। लक्ष्मीपूजामा जलाइने माटोका दियो र छठमा प्रयोग हुने कलश–सूपको माग बढेपछि बजारहरू कुम्हालका सिर्जनाले भरिएका छन्।
यद्यपि आधुनिक प्लास्टिक र स्टीलका भाँडाले बजारमा ठाउँ लिएका छन्, तर माटोका दियोको उज्यालो र कुम्हालका हातको कला अझै पनि हराएको छैन। यही सिजन उनीहरूको वर्षभरको मेहनतको फल हो — जहाँ माटो, पसिना र संस्कृतिको सुगन्ध मिसिन्छ।
स्थानीय कुम्हाल बताउँछन्, “यो हाम्रो पहिचान हो। दियो मात्र होइन, हामी हाम्रो संस्कृतिको उज्यालो बेचिरहेका हौँ।”
माटोमा ढलिएका यी दियो र भाँडाहरू केवल सामान होइनन् — परम्पराको आत्मा, संस्कृतिको सौन्दर्य र उज्यालो भविष्यको प्रतीक हुन्।
काठमाडौं/१८६ औं विश्व फोटोग्राफी दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) ले एकल फोटो प्रदर्शनी आयोजना गरेको छ ।
संस्थाले यस वर्ष ‘Flight and Frame’ शीर्षकमा केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तको एकल प्रदर्शनी आयोजना गरेको हो । आज भदौ ३ गते (अगष्ट १९) काठमाडौंको हनुमानढोका परिसरमा दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म चलेको प्रदर्शनीमा अध्यक्ष वन्तले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्री कार्यकालमा अफिसियल फोटोपत्रकारको रूपमा खिचिएका करिब ६० फोटो प्रदर्शनमा राखिएका थिए ।
तीमध्ये अधिकांश फोटो नेपालका विभिन्न जिल्लाका भौगोलिक र पर्यटकीय क्षेत्रहरू हेलिकप्टरबाट खिचिएका हुन् ।
राष्ट्रिय फोटो पत्रकार समूहले पहिलो पटक यसरी एकल फोटो प्रदर्शनी आयोजना गरेको हो । आगामी दिनमा अन्य सदस्यहरूको पनि एकल प्रदर्शनी आयोजना गर्दै जाने संस्थाले जनाएको छ ।
फोटो पत्रकार वन्त राष्ट्रिय समाचार समिति (रासस) का वरिष्ठ फोटो पत्रकार समेत हुन् । प्रदर्शनीको उद्घाटन संस्थाका पूर्व अध्यक्ष तथा वरिष्ठ फोटोपत्रकारहरू मिनरत्न बज्राचार्य र कविन्द्रमान शाक्यले संयुक्त रूपमा गरेका थिए ।
कार्यक्रममा समूहका सदस्यहरूसहित फोटोपत्रकार, सञ्चारकर्मी, फोटोग्राफर तथा फोटोप्रेमीहरूको उल्लेख्य उपस्थिति थियो ।
उक्त कार्यक्रम सर्वसाधारणलाई नै लक्षित गरेर हनुमानढोकामा प्रर्दशनी आयोजना गरेको अध्यक्ष वन्तले बताए ।
सार्वजनिक रूपमा आयोजना गरिएको प्रदर्शनीमा स्थानीयबासी, स्वदेशी तथा विदेशी पर्यटकले समेत सहभागिता जनाएका थिए ।
संस्थाका महासचिव घनश्याम श्रेष्ठले प्रदर्शनीले विश्व फोटोग्राफी दिवसलाई अर्थपूर्ण बनाउनका साथै फोटो पत्रकारिताको महत्व र योगदानलाई अझ प्रष्ट रूपमा समाजसामु प्रस्तुत गर्ने विश्वास व्यक्त गरे ।
साउन २१, बीरगंज | उमेश कुशवाहा पर्सा र बारा फोटोग्राफर एसोसिएसनको आयोजनामा दुई दिने निःशुल्क क्यामरा सर्भिसिङ क्याम्प सुरु गरिएको छ। बीरगंजको घण्टाघरस्थित रेल्वे रोड, वडा नं. ८ को धर्मशालामा यो क्याम्प संचालनमा आएको हो।
क्याम्पमा भारतको बिहार राज्य, पटनाबाट आएको पारस एण्ड सन्स क्यामरा सर्भिस सेन्टरको ८ सदस्यीय विशेषज्ञ टोलीले क्यामरा सर्भिसिङ सेवा प्रदान गरिरहेको छ।
यो निःशुल्क सर्भिसिङ क्याम्प पर्सा, बारा, रौतहट र भारतको रक्सौल क्षेत्रका फोटोग्राफरहरूका लागि निकै उपयोगी सावित भएको छ। पर्सा फोटोग्राफर एसोसिएसनका अध्यक्ष मुकेश सर्राफका अनुसार, “बाहिर गइरहनु नपरी बीरगंजमै क्यामरा सर्भिसिङ हुनुले फोटोग्राफरहरूलाई ठूलो सहजता मिलेको छ।”
एसोसिएसनले फोटोग्राफरहरूको प्राविधिक आवश्यकतालाई ध्यानमा राख्दै यस्ता कार्यक्रमहरू समय-समयमा आयोजना गरिरहने प्रतिबद्धता जनाएको छ।
साप्ताहिक झिल्का लेखन अभ्यासको ४५ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ । साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६० जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ४५ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
… १, तिमीले बनाउने दूरीमा गन्ध आउॅंछ स्वार्थको सुहाएन धानसारको मुरीमा । २, बलियो तिम्रो पाखुरी खटाए पाखाभरि रातोदिन भाग्दछ अभावको हुरी । ३, प्रयोगशालामा गरिरहन्छु अभ्यास ध्याउन्नमा भविष्यको सुरुङ शेष नि:शेष खास । ✍️म्यामराज राई … १, ढुङ्गा पुज्छन् समाजमा मानवता हरायो भन्दै रूढिवादी भित्र्याउँछन् आपसमा। २, विज्ञानको युग पाएर कुसंस्कारभित्र हामी रहन्छौँ भलाद्मीको गीत गाएर। ३, जीवन बगेको खोली खेर नफालौँ व्यर्थैमा आउँदैन फेरि भोलि। ✍️ विकास क्षेत्री अञ्जान कैजले, बिजनबारी, दार्जिलिङ … १, तिमी बनाऊ दूरी, मलाई मतलब भएन म बस्छु कुरी । २, म असाध्यै लुरी तापनि खोज्दैछु चढ्न, साहित्यको चुचो धुरी । ३, दुई दिनको चुरिफुरी देखाएर नबढाऊन् कसैले एक आपसमा दूरी । ✍️दीपा समभाव दुबेकोल खोटाङ … १, बनेर कुशल पात्र देश बिगार्न लागे खुट्टा तान्नेले अहोरात्र । २, सधैँ चिन्ता, दु:ख कहिले होला खोइ ? यो मनमा हाइसुख। ३, म केही गरूँ यो देशको निम्ति नाम राखेर मरूँ । ✍️खडक आर सि मिलन छेडागाड नगरपालिका २ साल्मा जाजरकोट … १, थरीथरीका माया देखियो घामजूनको जस्तो खेल अनौठो कहानी लेखियो । ✍️ ताराप्रसाद चापागाईँ … १, बनाउॅंदा अरूसॅंग दूरी फाइदा हुन्न त्यसमा गरेर हुन्छ चुरीफुरी? २, बनाऔॅं बलियो पाखुरी भगाउन नि सक्छ आएमा पनि हुरी। ३, साहित्यको चढौँ धुरी तागत निकाल्दा मात्र आउॅंछ भित्रैबाट फुरी। ✍️अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ (हालः-अमेरिका,बोस्टन) … १, भ्रममा मान्छे परेर भरोसा सबैमा गरिन्छ विश्वास जान्छ मरेर । २, आइपर्ने सबै कुरा भोग्ने आफैले रहेछ विश्व बह्माण्ड पूरा । ३, हुँदा सबै साथी आफैले ख्याल राख्नु स्वास्थ्य सबैभन्दा माथि । ✍️पुष्पा राई बादेल, खोटाङ … १, देखियो स्वार्थको खानी क्रमशः बग्दैछ आँखाबाट पीडाको नुनिलो पानी । २, छलकपटले धेरै जिएर पापी भए दुनियाँ अरूकै पसिना पिएर। ✍🏻अन्मोल मुस्कान तकदाह छाउनी, दार्जिलिङ … १, मानिसमा अभिमान चुल्यो काम सफल भएपछि सफलताको श्रोत भुल्यो। २, बखान राम्रो नराम्रो सबैको हुन्छ यहाँ समयमा तिम्रो हाम्रो। ३, पुग्छ साहित्यकारको विचार एउटा कुनाबाट अर्को डुल्छ दृष्टिकोण संसार। ✍️सुरेशकुमार पाण्डे घोराही – १८, दाङ … १, अचम्मका मायालु भेटिए निरन्तरता भएन भन्दै अनौठा कहानी लेखिए । २, मुसोको नदेखाऊ चुरिफुरी हेर्दाहेर्दै भयो बेहोस फेरि बोलाउनुपर्ला सुरी । ३, विचार गरेर बोल कसैसँग नबुझी नबोल्नु तिर्नुपर्ला भारी मोल । ✍️बेदु न्यौपाने … १, आकाशमा छ जून चाहेर पनि कसैले सकिन्न कहिल्यै छुन । २, सङ्गीत भरेर गाएपछि राम्रो सुनिन्छ गीत सबैबाट प्रशंसा आएपछि । ३, धानको बाला झुलेर रमाएको छ मन खुसीले सारा भुलेर । ✍️अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन न. पा. ६ संखुवासभा । … १, खै कसरी कमाए ? हेर ! मुसा बिराला उत्सव गरी रमाए ! ✍️आर्त अकुलीन … १, गरौँ कसको भर सबै उस्तै छन् लाग्छ शङ्काको डर। २, भयो हालत खराब दुई गिलास पिएँ नखाने चिज सराब। ✍️चुडामणी देबकोटा पुरानोनैकाप काठमाडौँ … १, देखाउँदै अरूको गल्ती भ्रष्टहरू अहिले देशमा भर्दैछन् आफ्नै खल्ती | ✍️सरिता सेढाई धादिङ … १, कस्ती छिन बुहारी ? छोरो लाटो बाठो सधैँ खेल्छिन् जुहारी । २, काम, दाम उही समय कुरी कार्यालयमा हेर्दै घडीको सुई । ३, मान्छेमा मायालु छाएँ नौलो कविता लेख्छु साधनामा काम पाएँ । ✍️निर्मल कुमार लामिछाने … १, कसम खाइखाइ फसायो पापी राक्षस दुष्टले यसरी कतिलाई रुवायो? २, खोज्छ खुनीले खुन नसकेपछि तिर्न उसले कसैले लगाएको गुन। ३, छुचो मान्छेको मतिले गर्दैन कसैको भलाइ उसको यस्तै गतिले। ✍️सतीश पण्डित भानु६ चुँदी तनहूँ (हाल चनपा ६ मातातीर्थ) … १, अराजक भीडको झुण्ड मार्गचित्रबिना नै त्यो बनाए विषको कुण्ड । ✍️प्रेम थापा “मन”बागलुङ … १, कमान त कमाएँ जम्मा गर्न सकिन साना कुरामा रमाएँ ! २, मुसो भयो हात्ती कसरी भयो बुझिनॅं ? निर्धोको छातीमा लात्ती ! ✍️धनमाया चौधरी कैलाली … १, सायद मन बुझेन, टाढियो उनी यसै, मेरो साथमा बसेन । २, पार्नेछु तिमीलाई सखाप, भाग चाहियो सत्ताको म बस्नेछु चुपचाप । ✍️भुपेन्द्र राना मगर धादिङ … १, माया पनि देखियो दुःख, सुखको बाटोमा यसैले कथा लेखियो। ✍️निमा छिरिङ भोटिया जलढका कालेबुङ … १, ढुकुटी बाँडेर खाए त्यागी इमानदार नेता देश कङ्गाल बनाए । २, खिचलो उही भागबन्डाको व्यस्त छन् नेताज्यूहरू व्यापारमा कमाउ धन्दाको ! ३, बनाई झुन्ड लावालस्कर नेताज्यू विदेश भ्रमणमा बोकेर भ्रष्टाचारी तस्कर ! ✍️वसन्त अनुभव घोराही, दाङ … १, चिसो मौसम आयो पुराना थोत्रा कपडाको पालो अब आयो । २, अब जुट्ने पालो भ्रष्टाचारी लखेट्न हामीले फाल्नुपर्छ अब जालो । ३, अचम्मका मान्छे भेटिन्छन् सामाजिक सञ्जालभित्र नै, हुने नहुने देखिन्छन् । ✍️कला ढकाल झापा … १, झिल्कामा बामे सर्दैछु, पुग्नु छ सागरमा भर्खर खोला तर्दैछु। ✍️रमेश दियाली शेल्पू सिटोंग दार्जिलिङ … १, किन हान्दैछन् जनले आफ्नै खुट्टामा बन्चरो, पैसामा बिक्ने मनले । ✍️सुस्मिता अधिकारी काठमाडौँ … १, जनताहरू सडकमा उत्रिन्छन् किन प्रजातन्त्रले सुन्दैन? संविधान टेकेरै खटिन्छन् । ✍️लोक वहादुर छेत्री लामिछाने मोदी गा पा २ देउपु, पर्वत जिल्ला … १, प्रमाणहरू बिस्तारै जुट्दैछन् लुटेराहरूको समूह डगमगाउँदै दलालहरू नसाबाट फुट्दैछन् । २, अबलाई बेर्नु फर्कन्छ छुटकारा दिलाउन सक्दैनन् बाटो भएर तर्कन्छ। ३, अल्सरले पेटमा सताएपछि क्यान्सर देखियो खतरनाक राष्ट्रधन खोलासरी बगाएपछि। ✍️घनश्याम पन्त हरिवन सर्लाही … १, शङ्काले लङ्का जलाउँछ नभए मायामा विश्वास आफ्नै देह गलाउँछ। ✍️मन्दिरा सेढाई मलेखु, धादिङ … १, नजानेर भुल भयो कसैलाई बनेछ शूल सधैँलाई बिर्सिएर गयो । २, भएपनि नकारात्मक सोच्छ जिद्दीपन घरिघरि ल्याएर एकार्कामा च्वास्स घोच्छ । ३, निरासा बोध भएपछि एकान्तहरू मन पर्छ लामो सम्बन्ध तुहेपछि। ✍️दिल ठकुरी दार्जिलिङ … १, सुनेथेँ मायाले हसाउँछ थाहै भएन मलाई यसैले नयन रसाउँछ। २, पहिले कसम खुवायो स्वार्थसिद्ध हुनासाथ दुष्टले अश्रु दहमा डुबायो। ✍️अरुण कुमार भुजेल गोरूबथान,कालेबुङ,भारत। … १, के गर्छौ कुरा ? अघिपछि नहेरी तिमी भित्रभित्रै रोप्छौ छुरा । २, छ सजिलो भन्न व्यवहारमा हुन्छ अप्ठ्यारो राम्रा कामहरू गन्न । ३, लेख्दै अघि बढौँ इतिहास साक्षी छ पाना फर्काएर पढौँ । ✍️रबि पौडेल दक्षिण भारत पाण्डेचरी … १, जनता सडकमा आउँदैछन्, नारा जुलुस लगाउँदै राज्यको कन्सिरी तताउॅंदैछन्। २, साँढेले मकै खायो किसानको हातमा डन्डा बालीनालीले दु:ख पायो । ✍️होमप्रसाद नेउपाने धरान,सुनसरी । … १, अनौठो कहानी बोकेर कति बन्छौँ नजान्ने दिनहुँ सोमरस धोकेर ! २, इमान्दारीता देखाउन खोज्छन् सङ्गतको दोष गर्दै नराम्रो बाटो रोज्छन् ! ३, को हो सही ? हुन्डी फोरी श्रीकृष्ण चोरी गर्थे दही ! ✍️अच्युत घिमिरे सर्पाङ, भुटान … १, सभ्य कर्म गरौँ अरुको देखासिकी नगरी आफ्नै भरमा परौँ । २, सकिन्छ भनेर चेप्न महान् आफै ठानी निमुखालाई हुन्न हेप्न। ३, कहिल्यै नगरौँ अलमल अल्छी बानी त्यागे भइन्छ पक्कै सफल। ✍️भोज विवश मगर गैंडाकोट -३ नवलपरासी पूर्व … १, अनौठो देखे चालमा बित्थामा विश्वास गरेर फसेको पाइन जालमा । २, टुङ्गोमा पुग्न पाइन आधा बाटोमा होला भिरमा समाउन आइन । ३, आधार केही हुँदैन गरिब भनेर हेला जातीय भेदभावले छुदैन । ✍️अम्बिका अधिकारी झापा बिर्तामोड … १, भ्रष्ट नक्कली भेषमा हाम्रा देशका नेताहरू सम्पत्ति थुपार्छन् विदेशमा । २, अर्कैको हातामा साँचो तर हामीलाई पर्यो राष्ट्र राष्ट्रियताको खाँचो । ३, कहिले भरिन्छ गागर जाली भ्रष्टहरूको विरुद्धमा अब उर्लिन्छ जनसागर । ✍️डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा.पा. -६ , दोलखा … १, भरिएपछि चाहेको खल्ती आफू राम्रो बनेर देखाउॅंछन् अरूको गल्ती । २, नगर बोली चर्को हिजो एउटा कुरा आज गर्छौ अर्को । ३, माफी माग्दै आउँछौ हुन्छ गल्तीको महसुस अनि आफै पछुताउँछौ । ✍️अनिता भण्डारी ताप्लेजुङ … १, फूलझैँ मुहार सजियो मन्दिरको शिखर भएर मनमा मन कजियो । २, खुसीको भाका आयो मायाको नजर देखेर बाँच्न पिरती लायो । ३, थाकेको बाटो फर्कियो सागरको छाल भई सपना फेरि सर्कियो । ✍️ लक्ष्मी रिजाल, रूपनगर, सप्तरी … १, थालेछु झिल्कासँग रमाउन आदतै बनाइदियो मलाई आजभोलि कलम समाउन ✍️विष्णु पंगेनी(पाण्डे ) वालिङ् -स्याङ्जा … १, काण्डैकाण्ड बनाए देशमा जनताका विश्वासिला पात्रले लगानी काम्बोडिया केसमा । ✍️बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाइ ४ झापा … १, जाडोमा मायालु घाम गर्मीमा भन्ने गरिन्छ पोल्छ पुकार्दैमा नाम । २, तातोपानी पानीको जरुरी नत्र चिसोले खान्छ चल्छ रुघाखोकीको हुरी । ३, एउटा सपना देखेर बलबहादुर सहर पस्यो पेवा बख्रा बेचेर । ✍️पृथक प्रकृति झापा … १, नथाप्नु पाप शिरमा क्षणिक लाभ भएपनि भलो हुँदैन चिरमा । २, उघ्रन्छ झुटको पर्दा अनिष्ट होला भविष्य पापको भाँडो भर्दा। ✍️कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे … १, व्याप्त जताततै भ्रष्टाचार छानबिन निकाय स्वयं समाउछ गोप्य उपहार । २, रोजगार न भाइचारा खाडीमा ज्यावल हान्दैछन पौरखी नेपाली तारा । ३, आँखामा गाजलु लगाई नहिड मायालु त्यसरी मनमा आगो सल्काई । ✍️बिमल पोखरेल धरान -१७,पटनाली … १, महॅंगो भए चाखिदिऊॅं सुन जस्तो सुन्तला तिम्रो मन राखिदिऊॅं । २, प्रकृतिले दिएको वरदान मङ्सिरको घाममा बसेर गरौँला सुन्तलाको रसपान । ३, केस्रा केस्राहरू बाँडिएको सुन्तलाको प्रकृति अद्वितीय छैन एकार्कामा टाढिएको । ✍️मोती योन्जन सुब्बा दार्जिलिङ … १, नराम्रो सुन्नु नपरोस् आफूले राम्रो गरौँ अर्काले सपना नहरोस् । २, जिन्दगीमा के पाउनु ? गुमाउनु धेरै छ गुण के लाउनु ? ३, समाज फरक भयो बुझ्नै गाह्रो हुने पुरानो चलन गयो । ✍️राजेशराज गड्तौला काँडाघारी, काठमाण्डौ … १, खान जान्यौ अन्न धन्न ढाकछोप गरी नमिल्ने घुस भन्न ! २, तिमी पनि साले खायौँ सबै मिली गर्छौ आले जाले ? ३, बोली होला गोली सोच्ने घडी आयो आज होकि भोलि ! ✍️विवश पारदर्शी झापा, … १, अराजकता मौलायो देशमा भाषण गर्छन् ठुलो छदम भेषी भेषमा । २, नहुनु कोही टाढा मायाको अनुभूति दिलाउँदै सम्बन्ध बनोस् गाढा । ३, कामले काम सिकाउँछ परिश्रमी दक्ष व्यक्तिलाई सेवाको लागि झिकाउँछ। ✍️राज कुमार राजभण्डारी खोटाङे मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर । … १, दिलभित्र सजायो उनलाई मन बुझाऊ कसरी हेरेर त्यो जुनलाई । २, के अर्थ खालीको ? रहर विवश बाध्यताले जलायो सपना नेपालीको । ३, उठौँ कम्मर कसेर ए ! नेपाली हो हुन्न अब बसेर । ✍️दीप गोले तामाङ रौतहट … १, देशले भ्रष्ट देखेन गल्ती कस्को भनौँ कानुनले नाम लेखेन। २, जनता आन्दोलन गर्ने देशको सम्पति बेचेर नेताले गोजी भर्ने। ✍️दुर्गा आचार्य मोरङ … १, भिएनाको भ्रमण गरी निहाले पुष्पनाथले दृश्य , मनमा उमङ्ग छरी ! २, मचाउँछन् हर्षका नजर झुम्छन् प्रत्येक मानव , हेरेर प्रेमिल टावर । ३, आफ्नै शैली दिएर कोरेर चार शब्द , भमण डायरी पढेर । ✍️सीमा कार्की समर्पण मेलचोक पर्सा … १, यहीँ नेपालमा रहेछ धनीको जताततै पहुँच कष्ट गरिबलाई भएछ। ✍️सुशीला शिखा कागेश्वरी काठमाडौं … १, आउँदैछ कठ्याङ्ग्रिॅंदो जाडो कथा होला छेपाराको जाडोले टुप्पी ठाडो । ✍️बिबा तामाङ दार्जिलिङ … १, भोट माग्न घरमा जितेपछि नचिन्ने जनता कसको पर्नु भरमा ? ✍️राज बहादुर बडुवाल कनकासुन्दरी -५,जुम्ला … १, उज्यालो धर्ती सारा जननी ममताकी खानी सन्तानलाई देख्ने जुनतारा। २, ओढाउने मायाको बर्को सन्तानको खुसी बाहेक नचाहने केही अर्को । ३, गर्नुहुन्छ माया धेरै संसारमा सबैभन्दा राम्री लाग्छ आमा मेरै । ✍️रुना कर्माचार्य दाहाल चितवन … १, बेथिति देखेपछि लेखिन्छ सेता बिरालाका कर्तुत बादल फाटेपछि देखिन्छ । २, ख्यालैमा साम्राज्य लियो कुखुरा चोर्यो गाउँलेको स्यालले दु:ख दियो । ३, ढाँट्न जान्यो काइदा नाउँ राख्यो राजनीति लुट्यो जनताबाट फाइदा । ✍️रामप्रसाद पुरी बादेल, खोटाङ … १, चिसोमा बच्नु पर्दछ जतिसुकै बेलामा हामीले तातोले सर्दी हर्दछ । २, तराई पनि सेलायो पहाडी चिसो झरेछ साँच्चै लुकामारी खेलायो । ३, भ्रमण राम्रो भयो नानीहरू खुसी रहेका समय छिट्टै गयो । ✍️भगवती दवाडी … १, अति गर तर नचिताऊ कुनै खति आऊ होऔॅं सरोबर। २, नहटौँ पछि कहिल्यै आँट गरौँ जब्बर पुगौँ गन्तव्य पहिल्यै। ✍️हरिगोपाल न्हुच्छेँप्रधान काभ्रे, साँगाबजार बनेपा १४ … १, दिनुपर्छ यसपालि चोट चुनाव आएकै बेला छानीछानी दिऔँ भोट । ✍️कमल थापा … १, गर्छन् सबैले जयकार धन हुनेको लागि गरिब पो अन्धकार । ✍️नन्दा धामी नौगड, दार्चुला … १, अडेको विश्वासमा संसार सधैँ खेलाची नगरौँ घट्दैन प्रेमको आकार । २, बोलेको देखाऊ गरेर, नसके बोल्दै नबोल, नबस नालीमा परेर। ३, तिम्रा खेतालाहरू सर्दैमा, सत्यको बिज मासिन्न, तिमीले गद्दारी गर्दैमा । ✍️मनोहरी पौडेल गैडाकोट १ … १, सुधार आफ्नो बानी काटेर दुनियाँको कुरा के पाउँछ्यौ नानी ? ✍️शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी, मोरङ
साप्ताहिक झिल्का लेखन अभ्यासको ४६ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ । साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६३ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ४६ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
… १, झिॅंगा या माहुरी ! तिम्रो छनौटमा पर्ने, भाग्यभन्दा चलाऊ पाखुरी । २, नदुख्नू, साथीको धोकामा छोड्दछन् साथ सबैले अॅंध्यारो बनेर छायाँमा । ३, ऊ मरुभूमि धाउॅंछ भाग्य खोज्न सपरिवारको अन्तत: बाकसमा आउॅंछ । ✍️म्यामराज राई … १, माटो छुने गरौँ साँच्चै सफल भइन्छ श्रममा भर परौँ । २, जसको पाखुरा चल्छ उसको भागमा छिट्टै सफलताको फल फल्छ। ३, नेतृत्वको सुध्रिए चाल सुन्दर अनि समृद्धि पक्कै बन्छ नेपाल । ✍️भोज विवश मगर गैंडाकोट -३ नवलपरासी पूर्व … १, दिमागमा सोच भरौँ नेपालीले श्रम गरेर नेपालको विकास गरौँ । २, हाम्रो देश राम्रो जमाना अनुसार यहाँ कोही नबनौँ चाम्रो । ३, घाम लाग्छ दिनमा अस्ताउने रात हो ! गरौँ काम छिनमा । ✍️ बेदु न्यौपाने … १, बदल्यौँ हामीले व्यवस्था कति सरकार फेरिए फेरिएन जनताको अवस्था। २, छोड्न सक्छु गाँस छोड्दिन साथ साथीको गर्छु उसलाई विश्वास। ३, नधाउनु मरुभूमि किन छैन आम्दानीको बाटो हेप्नेहरूले हेप्छन् दैनन्दिन। ✍️सतीश पण्डित भानु -६, चुँदी तनहूँ (हाल चनपा ६ मातातीर्थ) … १, भावनामा बहकिएर आज दह्रो टेक्न सकिन्न पीडाले गर्छ राज । ✍️पुष्पा राई बादेल, खोटाङ … १, मानिस मायाको जालमा प्रभु स्मरण गरौँ नभुलौँ अनास्थाको तालमा । २, पुजन गर्नु राम्रो शनिदेवको आज मनले बन्नेछन् काज हाम्रो । ३, अनास्थाको दुष्टता चालमा नभुलौँ हामी अवश्य ग्रास हुने कालमा । ✍️कार्की डिबी माकुम सुनवल-४, नवलपरासी … १, भाग्य खोज्ने नाउॅंमा सन्तान परदेश जान्छन् बाकसमा फर्कन्छन् गाउॅंमा। २, चलाउँदा आफ्नो पाखुरी सफलताको बिन्दुमा पुग्दै बनिन्छ सदा बहादुरी। ३, खाऔँ कर्म गरेर चोला सफल भई आउँछ भाग्य बढेर। ✍️अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ (हालः-अमेरिका,बोस्टन) … १, चोरेर नै लग्यौ मन यो जिन्दगीको चौतारीमा आफै जलाएर तन ! ✍️आर्त अकुलीन … १, बन्न मनलाग्छ देशभक्ति गाह्रो भएपछि यहाँ लाउनै पर्यो जुक्ति । ✍️दिलबहादुर कुश्मी … १, आँशुको वर्षा भइरहन्छ तिमीलाई पाउने आशामा यो मन झरिरहन्छ। २, काला बजारीले सताएको गाउँ, शहर सबैतिर , बाँच्न नसकिने बताएको । ३, भ्रष्टाचारी देशभर सलबलाएका कामभन्दा बढी बोलेर दिमाग सबै खलबलाएका। ✍️कला ढकाल झापा … १, सारा बल गयो जवानी सकियो अब शरीर वृद्ध भयो। २, पिउॅंदा अड्किन्छ पानी साह्रो चिज पच्दैन विरक्तिन्छ मन जानाजानी । ✍️चुडामणी देवकोटा पुरानोनैकाप, काठमाडौँ … १, काँप्छन् हात लेख्दा वृद्ध जन्मदाता छोडी परदेशिनेको लस्कर देख्दा । २, नौलो आयो विधान नौलो भएन केही मात्र आयो उखान । ३, मिलिजुली पालैपालो खाए विकासको नाम गरेर सेतो टावर ठड्याए। ✍️बिमल पोखरेल धरान -१७, पटनाली … १, सुरम्य पाखा टाकुरा फुलेर धेरै रमाइलो पैयूँ भन्छौ साकुरा । २, मौरीको मह गुलियो झिॅंगाको पछि लागेर पौरखी हातहरू भुलियो । ३, हेरेर बसौंला आकाशमा दीर्घायुको कामना गर्दछु यात्रा नबनोस् बाकसमा । ✍️मोती योन्जन सुब्बा दार्जिलिङ … १, वर्षा आँशुको भयो सम्झिएर आज बारबार उहिले दिन गयो । २, हुँदैन कहिले शान्ति मनमा हतारको निर्णयले हुन्छ सदा क्रान्ति । ३, एक्लै हुन्छु जब मनमा आउॅंछन् नराम्रो विचार अलमल तब । ✍️ईश्वर साउद(भिक्षु) रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम … १, छैन कसैको वशमा चञ्चल हुन्छ समय रोक्ने हिम्मत कसमा ? २, समय नै पहलवान थाहा हुन्न कतिबेला कसमाथि हुन्छ मेहरबान ! ३, मेट्न निकम्माको धर्को चल्नु पर्छ समयसँगै ओढेर यसैको बर्को ! ✍️वसन्त अनुभव घोराही उमनपा १४, दाङ … १, खासैमा उस्तै थियौ उमेरको सिॅंढी चढेर मनको मदिरा पियौ । २, पाप्रा उप्केपछि घाउको खाटा मसारी रहन्छौ दुखाउॅंछौ नदुखेको टाउको । ३, सताउन नआउँदा रिसायौ सपनाको डोली बोकेर मुटुभित्र सम्झनाले बिझायौ । ✍️दिल ठकुरी दार्जिलिङ, भारत … १, बदर सदर भयो जमाना आयो कस्तो सदरको कदर गयो। २, फाटेको या काटेको फैशनको नाम गरी आफुलाई नै ढाँटेको। ✍️बिके मुखिया दार्जिलिङ, भारत … १, प्रशंसा गर्छन् अगाडि मुखले ठिक्क पार्छन् काट्दछन् कुरा पछाडि। २, मानिसका व्यवहार थरीथरी छेपारोले रङ्ग फेरेझैँ देखाउँछन् घरी घरी । ✍️सरस्वती श्रेष्ठ रुपन्देही, बुटवल … १, आफ्नो इच्छा मारी जिम्मेवारी पूरा गरे , बनेर तिम्रो छहारी । २, पसिनाको सिंचाई गरी हुर्काए तिमीलाई मैले , सपनाको बीज छरी । ३, जीवन रहेछ सघर्ष सधैँभरि किन होला ? नआउने खुसीका वर्ष। ✍️सीमा कार्की समर्पण मेलचोक पर्सा। … १, समयमा सबै पाउँछ किन दुःखी हुने सुखको दिन आउँछ। २, धन होइन मन भन्दैन कसैले यहाँ सबै माग्छन् धन। ✍️निमा छिरिङ भोटिया जलढका कालेबुङ भारत … १, चिसो मौसम आयो रातमा बसेर जमिनमा तुसारोले माया लायो । २, धान फलेको पहिले पुर्खाले भनेको सुनेको जाडो बढेको अहिले । ✍️रामप्रसाद पुरी बादेल, खोटाङ … १, मलाई माया नगर्नु भन्ने मान्छे छन् खाली मुटु नभर्नु । २, देशको विकास छैन भोट मागेर जित्यौ अब आउने हैन । ३, यहाँ विश्वास गर्नु तर कसैको भर पटक्कै पर्दै नपर्नु । ✍️शशीश्री आचार्य बौद्ध कुमारीगाल काठमाडौं … १, आफ्नै पाखुरी चलाऔॅं अरूको प्रगति देखेर कसैले नेत्र नजलाऔॅं l २, कसैको भर नपरौँ स्वावलम्बी बन्ने भए कर्ममा विश्वास गरौँ l ३, युवाहरू विदेश नजाऊ कृषिक्रान्ति गरेर देशमा आर्थिक समृद्धिमा रमाऊ l ✍️बाबुराम गौतम गुल्मी … १, खेल जितेर आयौ प्रशंसासहित यहाँ साथमा मेडल पनि पायौ । २, राम्रो थियो खेल अनुशासन पनि उस्तै साथिहरूको राम्रो मेल । ✍️रबि पौडेल दक्षिण भारत पाण्डेचरी । … १, भिरमा पुग्दछ आशा, उकाली ओराली झर्दै बढ्दछन् किन निराशा। २, बोकेर भारी काँधमा टुक्रिन्छ किन जिम्मेवारी धारिलो खुकुरीको साँधमा। ✍️होमप्रसाद नेउपाने धरान,सुनसरी । … १, खुसीको मिल्छ पल कोसिस गर्नु पर्छ, समस्या समाधानको हल । ✍️श्रीकृष्ण धामी बझाङ … १, आधार खोजेर गरौँ विनाअर्थको छैन खास अरूको भर नपरौँ । २, परिश्रमले आनन्द ल्याउँछ संसार शून्य छ तर असम्भव खेदाउँछ । ✍️अम्बिका अधिकारी झापा बिर्तामोड … १, खाली खुकुलो भाषण गर्छन् अचेल राजनेता कतै नहेरी दनादन । २, परदेश जाने रहर कस्लाई हुन्छ यहाँ व्यवस्था नभए गदर। ३, राजनीतिमा भयो व्यापार सबैलाई शिखर छुने छैन कसैलाई इन्तिजार । ✍️सुरेशकुमार पाण्डे दाङ घोराही १८ … १, झलमल तारा आकशमा परदेशमा गएका सन्तानले रुवायो फर्केर बाकसमा। २, समस्या सामाधान भएन गाउँमै बसेर कहिल्यै स्वदेशमा भ्रष्टाचारी गएन। ✍🏻अन्मोल मुस्कान तकदाह छाउनी, दार्जिलिङ। … १, सामुन्नेमा ठिक्क पर्छ जब हुन्छ दायाँबायाँ स्वार्थीले विरोध गर्छ। २, खुसीको दिन आउँछ। हुनु पर्दैन दु:खी साथ दिन धाउँछ । ३, विदेश किन जाने स्वदेशमै कर्म गरेर मिठो मसिनो खाने । ✍️राज कुमार राजभण्डारी खोटाङे मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर । … १, मान्छे बन्नु पहिले पशुझैँ नदेखाऊ व्यवहार दानव बन्छौ जहिले । २, के हुन्छ छोएर ? मन छुन सक्नुपर्छ सफा हुन्छ धोएर । ✍️सन्दीप विश्वकर्मा कपिलवस्तु … १, नहिॅंड हुकुम चलाई खोसेर जनताको अधिकार दुनियाँ सारा जलाई । २, कंस बनेर आज नबिगार आफैले आफ्नो सभ्य मानव समाज ! ३, जनताले भनेको मान सधैँभरि आफ्नै खल्तीका भेडा बाख्रा नठान ! ✍️विवश पारदर्शी झापा … १, महॅंगी बढेर गयो किसान सधैँ मर्कामा फाइदा अर्कोलाई भयो । ✍️समुन्द्रा शर्मा … १, कति मनमा तिर्सन ? विगतका ती पलहरू सकेन मैले बिर्सन । २, नमेटिने यी घाउहरू यहाँ हुँदो रहेछ मान्छेका अनेक दाउहरू । ✍️दीप गोले तामाङ रौतहट … १, निस्वार्थ माया चहार्छु छोडौ अस्मिता लुटेपछि भन्थ्यो तारा झार्छु । २, गोरु बेचेको साइनोलाई विश्वास गरियो बढी भित्रभित्रै मुटु खानेलाई ! ✍️धनमाया चौधरी कैलाली … १, विश्वासमै जीवन अडियो जानेर किन्तु नजानेरै जसोतसो अघि बढियो । ✍️विष्णु पंगेनी(पाण्डे) वालिङ -८, स्याङ्जा … १, झिल्काका नियम थुप्रा खेलून् युवा मात्रै फर्क बुढा कुप्रा । ✍️शम्भु गजुरेल … १, ऋण लागोस् दिन, नलागोस् भन्छ जनबोली, कृपा मिल्दैन किन? २, परिस्थिति बन्दै गए, झेल्दै जाने कठपुतली , सारा मानव भए। ३, प्रदुषण फैलाए सर्वत्र, प्राकृतिक वस्तु नपाइने, जीवन पर्दैछ अलपत्र । ✍️मनोहरी पौडेल गैडाकोट १ … १, मरुभूमि बाध्यता हाम्रो बुझी नबुझी जानैपर्ने फर्किॅदा नबाँधियोस् काम्रो । २, धरातल सबैले भुले आफ्नो वास्तविकता बिर्सेर काल्पनिक संसारमा झुले । ३, यथार्थ सबैले भुल्छन् आफ्नो सत्यता लुकाएर कल्पनाको संसारमा झुल्छन् । ✍️राजेशराज गड्तौला कॅाडाघारी, काठमाण्डौ … १, अनमोल जीवन हाम्रो सङ्घर्ष गरे फाइदा बन्छ भविष्य राम्रो । ✍️दुर्गा आचार्य मोरङ … १, विश्वास गर्नु गल्ती गयो सपना देखाएर भरेर आफ्नो खल्ती । २, हातमा जमाएर दही म बस्ने छैन अन्याय अत्याचार सही । ३, रोज्यो स्वार्थ खुसीले भन्छ पछुतो भयो जिस्काउॅंछ मात्रै मरुभूमिले । ✍️पृथक प्रकृति झापा … १, आयो चिसो याम अब प्यारो लाग्छ सबैलाई न्यानो घाम। २, सुक्छ सबै वनको लाग्यो भने आगो क्षति हुन्छ जनधनको। ३, के हुँदैछ आज ? भित्रियो विकृति विसङ्गति किन बोल्दैन समाज ? ✍️अनिता भण्डारी ताप्लेजुङ … १, असल कार्य गर्नु एकदिन जानै पर्छ बाटोमा अभर नपर्नु । २, देखासिकी कहिले नगर्नु आफूसँग भएको योग्यतामा सधैँभरि भर पर्नु । ✍️अरुण कुमार भुजेल गोरूबथान, कालेबुङ, भारत … १, मनको भावना पोखेर रमाउन सिकौँ दुनियाँमा नबसौँ आफैलाई जोखेर। ✍️मन्दिरा सेढाई मलेखु, धादिङ … १, धिक्कार्छन् परदेश जानेले गर्छन् ठूलो भाषण राष्ट्रको ढुकुटी खानेले । २, रमाउॅंछु मोबाइल बेचेर लाखौं कमाउॅंछु म कीर्तिपुर डाँडा घुमेर । ✍️भुपेन्द्र राना मगर धादिङ … १, ठुलो गाँस खोज्दा आयो भेल दु:खद समुद्रको देश रोज्दा । २, आशाको दीपक हराए आमाको छाती चिरेर बौलाहा भई कराए। ✍️ राजेश्वरी राजोपाध्याय ललितपुर … १, चिसो याम आयो घाम अति मधुरो मुटु सबैको लुगलुगायो । २, लुगा न्यानो लगाऔॅं तातो पानी पिऔॅं जाडो जसै भगाऔॅं । ३, नभिर्नु छातीमा बिल्ला घाँटी बहुतै जोगाऔॅं बसाउँ न्यानो किल्ला। ✍️हरिगोपाल न्हुच्छेँप्रधान काभ्रे, साँगाबजार बनेपा १४ … १, जाडोको चिसो याम सबैको लागि प्यारो न्यानो झुल्किॅंदो घाम । २, बुढाखाडा चाहिॅं माघलाई अनुभवसिद्ध कथन राम्रो बलिया बाङ्गा बाघलाई । ३, आगो ताप्नु मुढाको पाका मान्छे भन्नेगर्छन् कुरा सुन्नु बुढाको ! ✍️जयनारायण नेपाल इलाम ,हाल सूर्यविनायक २, बालकोट ,भक्तपुर … १, नाता सजिलै जोड्छ चिप्लाको सङ्गत नगरौँ कटारी धसेर छोड्छ । २, छहारी दिन्छु भनेर उल्टै अलपत्र बनायो सिउँदोमा सिन्दुर भरेर। ✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’ सिरान्चोक-७, उपल्लो गोहोरे, गोरखा … १, चोट लाग्दालाग्दै पनि जीवनसँग लड्नु छ दौडानमा बहादुर बनी ! २, गन्तव्य कहाँ हो खोज्नु परेको छ नहराइ पनि त्यो ! ३, यो जुनी काट्न जरुरी छ दिलको सँगै भई साट्न ! ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान … १, एक अर्काको गरेर विरोध देश बन्ला नेताको भर परेर । २, नेताको फुस्रो भाषण फेद न टुप्पाको बचाउ गर्छन् शासन । ✍️कृष्ण बजगाई भक्तपुर … १, हुनेलाई खाँचो लुगाको बटुवारेको न घरजग्गा जाडो तातो खानाको । ✍️बिबा तामाङ लापपञ्चर सिटोङ खरसाङ … १, कस्तो दैवको खेल, मैमाथि अचेल सधैँ गर्छ किन जालझेल ! २, तक्दिरले लाँदैछ कहाँ, हिड्नै नसक्ने अफ्ठ्यारोमा हिॅंडाउन खोज्दैछ यहाँ ? ३, बुझ्नै सकेको छैन पग्लिॅंदैछु किन बिस्तारै बनेर आगोको मैन । ✍️दीपा समभाव दुबेकोल खोटाङ … १, आयो महॅंगी बढेर सरकारी कर्मचारी हिँड्छन् चिल्लो गाडी चढेर । २, सबैले जानेको सिकाऊ परम्परा र रीतिरिवाज संस्कार संस्कृति टिकाऊ । ✍️ललिता गिरी सिन्धुली … १, बलेन आशाको दियो अब गणतन्त्र रहेन अत्याचारले उग्ररूप लियो । २, दाँञी मियोबिनाको हुँदैछ बेथितिले सीमा नाग्यो अन्यायले मुलुक रुँदैछ । ३, राजनीतिको कोटा भर्तिले निरङ्कुशताको पराकाष्ठा भो बीउ पचायो धर्तीले । ✍️ऋजु दिल्पाली (राजेन्द्र घिमिरे ) इटहरी -१, हलगडा सुनसरी … १, देखेको थिएँ बोलिनॅं उनको रबाफ देखेपछि मनका कुरा खोलिनॅं । २, मान्छे हेर्दा राम्री बाहिरी रूपले हुँदैन मनको धेरै चाम्री। ३, मान्छेलाई चिन्न गाह्रो बुझेपछि थाहा भयो रहेछ मुटु साह्रो। ✍️घनश्याम पन्त हरिवन सर्लाही … १, दिलमा तिमी पसेको तिम्रै लागि मैले सोह्र शृङ्गार घसेको। २, तिम्रो रङ्गमा ढलेको पराइसँग तिमी बोल्दा मेरो छाती जलेको। ३, तिमीसँग सातैजुनी बाँच्न सक्छु समाजको सबै पर्खालहरु मैले भाँच्न । ✍️रुना कर्माचार्य दाहाल चितवन … १, फूलको आफ्नै कथा लाउॅंछन् आँखा सबैले जिन्दगीतो उसको व्यथा । २, जिन्दगीको के भर ? आज कि भोलि दुश्मनी कसैमा नगर । ✍️बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाइ ४ झापा … १, निधारमा टीका टल्कियो मन ढल्कियो मायामा दिलमा आगो सल्कियो । २, छड्के नजरको तीरले घाइते बनायौ मलाई शिथिल भएँ पीरले । ३, वाचा कसम खाएर आखिरी छाडेर गयौ कुत्सित गीत गाएर । ✍️प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे । … १, जनताको निर्णय कस्तो? समग्र देशलाई बुझ्नेहरूले बन्दैनन् अब सस्तो । ✍️लोक वहादुर छेत्री लामिछाने मोदी गा पा २ देउपुर, पर्वत … १, महॅंगीले ढाड सेक्छ किसान भोकले मर्छ दैलोमा कस्ले टेक्छ । २, गरिबको छानो खर वर्षात्ले चुहिन्छ सदा कस्को पर्नु भर । ✍️राज बहादुर बडुवाल कनकासुन्दरी -५,जुम्ला … १, हिँडौँ सत्यको बाटो लाग्छ मातृभूमिको श्राप बिर्सिए देशको माटो । २, सेतो हिमाल टल्किन्छ पाइला राख्दा परदेशमा आँखामा आँशु छचल्किन्छ । ३, जङ्गलमा डाँफे डुल्छ नेपाली भन्न पाउँदा गर्वले छाती फुल्छ । ✍️शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी, मोरङ … १, मनमा अनेकौँ चोट तर हिम्मत नहार्नु भाग्य हुँदैन खोट। ✍️सानु जोशी सदुर पश्चिम दार्चुला
दाङ, मङ्सिर १५ साहित्यकार सुरेश कुमार पाण्डेद्वारा लिखित “जेईको सम्झना”लघुकथा सङ्ग्रहको एक कार्यक्रमका बीच घोराहीको माला इन होटलमा भव्य रूपमा लोकार्पण गरिएको छ । यद्यपि उक्त पुस्तकको विमोचन चितवनमा १ महिना पहिले गरिएको थियोे; तापनि सर्जकले आफ्नी वयोवृद्ध सासुआमाको हातबाट गराउने उद्देश्यले गृह विमोचन पनि गराउनुभएको जानकारी प्राप्त भएको छ ।
राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार तथा पत्रकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्य तथा राप्ती साहित्य परिषद् केन्द्रका निवर्तमान अध्यक्ष पुरुषोत्तम खनाल तथा शताब्दी महिला क्वारीदेवी भण्डारीको विशिष्ट अतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको थियो ।
कृति विमोचन गर्दै प्रमुख अतिथि शर्माले पुराना कुरालाई रचनात्मक शैलीमा जीवन्तता दिने काममा सर्जकले न्याय गरेको बताए । उनले नेपाली समाजको अवस्थाबारे कृतिका माध्यमबाट उजागर गर्ने काम गरेर पठनीय सामग्री तयार पारेको भन्दै खुसी प्रकट गरे ।
उक्त कृतिको समीक्षा साहित्यकारद्वय चन्द्रबहादुर थापा र नारायणप्रसाद श्रेष्ठले गरेका थिए । कार्यक्रममा कृतिका सर्जक सुरेशकुमार पाण्डेले कृति रचनाका बारेमा अनुभव सुनाउँदै कृति बिक्रीबाट संकलित रकम सामाजिक काममा लगाउने बताए । १०८ पृष्ठ रहेको ‘जेईको सम्झना’ लघुकथा सङ्ग्रहमा ५४ वटा लघुकथा समावेश गरिएको छ । पारिवारिक, सामाजिक, राजनीतिक, मनोविज्ञान, सांस्कृतिक, रोजगारका पक्षलाई लघुकथाले उजागर गरेको समीक्षकको भनाइ रहेको छ । कथा, कथा विधा, यसका आयामलगायत विषयमा समीक्षकले चर्चा गरेका थिए ।
राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष डा. टीकाराम उदासी, सल्लाहकार उत्तमकृष्ण मजगैया, प्राज्ञ नन्दु उप्रेती, लेखक सङ्घका अध्यक्ष खगराज न्यौपाने, सिस्नोपानी नेपालका दाङ शाखाका अध्यक्ष डा. लोकराज पराजुली ,राप्ती साहित्य परिषद् दाङ शाखाका सल्लाहकार कमलमणि देवकोटा, निवर्तमान अध्यक्ष दीपक शर्मा “समीर”, झिल्का साहित्य समाजका अध्यक्ष वसन्त अनुभव, नयाँ युगबोध राष्ट्रिय दैनिकका सम्पादक गोविन्द खड्का, समानान्तर अनलाइनका सम्पादक छवि पुरी लगायतको गरिमामय उपस्थिति रहेको थियो।
सो कार्यक्रममा वरिष्ठ साहित्यकारहरू सच्युतराज उप्रेती, गणेश विषम, नारायण नेपाल, यज्ञबहादुर डाँगी र साहित्यकारहरूमा हरिप्रसाद पौडेल “स्वर्णशिखा”, दामोदर पौडेल, हरिप्रसाद पाण्डे, सुन्दर गौतम, शरद गौतम, एकराज शर्मा, गोपाल भुसाल, नरेशजंग राणा, महेश कुमार न्यौपाने, खेमराज गाउँले ,धनसिंह गिरी, दिलीप डाँगी,शारदा शर्मा, कुलबहादुर ओली, रिमा गौतम, देवेन्द्र रिजाल, कृति डिसी, नारद भण्डारी, नवराज देवकोटाको उपस्थिति रहेकोे थियोे ।
त्यसैगरी साहित्य अनुरागीहरूमा मनिराम खनाल, वसन्त भट्टराई, गणेश आचार्य, मेघराज भट्टराई, यादव भण्डारी, अरुण कुमार नेपाली, दीपनारायण पाण्डे, खगराज पाण्डे, सुदेव पाण्डे, देवी पाण्डे, शिवराज पाण्डे, सुनिता पाण्डे, मनिषा पाण्डे, दीपा रिजाल, यादव प्रसाद भण्डारी, मधुसुदन पाण्डे, लुमाकान्त कुँवर, योजना रेग्मी, शिवान्सी पाण्डे, सारांश पाण्डे, प्रान्सी रिजाल, यशोदा केसी, सरोजजंग केसी, खोपिलाल पाण्डे लगायतको गरिमामय उपस्थिति रहेको थियो ।
राप्ती साहित्य परिषद् दाङ शाखाकी सहसचिव वीणा रोकाको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रममा सचिव घनश्याम केसीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। संस्थाको तर्फबाट पुस्तकका लेखक साहित्यकार सुरेशकुमार पाण्डेलाई प्रशंसापत्रले सम्मान गरिएको थियो ।
झिल्का लेखन अभियानको ४१ औँ शृङ्खला (सपना विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।
झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ५० जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।
सहभागी झिल्काकारहरूका चिन्ता विशेष उत्कृष्ट झिल्का कविताहरू-
१) —————<•>————— १. सपना मनको चाह कल्पनाको एक पराकाष्ठा जीवन जिउने राह ! २. सपना तारा चुम्ने यथार्थता जिन्दगीको अलग गरीबी चक्रमा घुम्ने ! -वसन्त अनुभव घोराही उमनपा- १४, दाङ २) —————<•>————— १. सपना सारा चुम्ने काेसिस गरेपछि सपना हाम्रो वरिपरि घुम्ने ! २. इतिहासमा नाम लेख्ने रातदिन परिश्रम गरेपछि असल सपना देख्ने ! -श्रीकृष्ण धामी – बझाङ ३) —————<•>————— १. सपना धेरै हुन्छ पुरा गर्न नसक्दा मनमा पीडाले छुन्छ । २. सुनौलो भविष्यको रहर गर्दछन् सबै युवाहरू बनाउने सपनाको सहर ! -विकास क्षेत्री अञ्जान कैजले, बिजनबारी, दार्जिलिङ ४) —————<•>————— सपना निद्रामा आउँदछ आहा आन्नद कति विपनामा सबै हराउँदछ । -कार्की डिबी माकुम सुनवल-४, नवलपरासी ५) —————<•>————— १. सपना देखेर बाँचिन्छ पुरा भयो भने मज्जा सङ्गले नाँचिन्छ । २. पालैपालो गरि आउँछौ सपनामा अनि कल्पनामा रहर बनी छाउँछौ । -दीपा समभाव दुबेकोल खोटाङ्ग ६) —————<•>————— १. हजारौँ सपना देख्ने रहरहरू पुरा गर्दै इतिहासमा नाम लेख्ने ! २. असल सपना देखौँ राम्रो काम गर्दै विश्वमा नाम लेखौँ ! -बेदु न्यौपाने ७) —————<•>————— सपना सबैले देख्नुपर्छ बिर्सन सकिन्छ बिउँझदा त्यसैले तुरुन्त लेख्नुपर्छ । -देवी पन्थी ८) —————<•>————— १. सपमा देखेँ मैले थाले रहरहरू पलाउन तिमीसँग भेटुँ कहिले ? २. मनका यी रहरहरू खुसीका ती पल मुर्झाए कसाे गरूँ ? -सुशिलाा शिखा कगेश्वोरी काठमाडौँ ९) —————<•>————— १. लास कुर्छ कुरीले सपना ती साँच्दासाँच्दै उडायो आज हुरीले ! २. मायाले ज्यानै लियो यो जीवनभरि तिमीसँगै बाँच्ने सपना थियोे । -दीप गोले तामाङ रौतहट १०) —————<•>————— १. सपना देखिने अति ती पूरा हुँदैनन् बाँकी रहन्छन् कति ! २. सपना देखिन्छ निदाएर सबै मनको कल्पना शून्य केही नपाएर ! -अर्जुन प्रसाद चौलागाई अमेरिका,बोस्टन। ११) —————<•>————— १. सुकुम्बासी सपनाको घर खोलामा पर्यो कठैबरी अन्तरकुन्तर लाग्छ डर ! २. नेताहरू पुगे माथि जनता छन् खोलातिर सपना लाग्दैन साथी ! -विवश पारदर्शी झापा १२) —————<•>————— १. सपना धेरै थियो झोला बोकेर हिँडे समयले धोका दियो । २. सपना अनगिन्ती थियो घर छोडेर भागेँ जवानीले सातो लियो । -चुडामणी देबकोटा, पुरानोनैकाप काठमाण्डौ १३) —————<•>————— १. नहोस् सपना अधुरो कसैको देख्न नपरोस् भविष्य अब मधुरो ! २. धेरैले सपना साँचेका साकार बनुन् जहिले आशा लिएर बाँचेका ! -अन्मोल मुस्कान तकदाह छाउनी, दार्जिलिङ १४) —————<•>————— १. बोकेर मनभरी डर कसरी बाँच्नु यहाँ छैन कसैको भर ! २. देशको हौँ शान यसैले त यहाँ राखौँ सबले मान ! -निमा छिरिङ भोटिया जलढका कालेबुङ १५) —————<•>————— १. जिन्दगीमा सपना देखेर यत्तिँकै मरिने भाे साहित्य सृजना लेखेर ! २. हुँदैनन् सपनाहरू पूरा चाहनाहरू छन् धेरै रहरहरू रहे अधुरा ! -नाम केसर बाेहरा ( सङ्घर्ष ) सुदूरपश्चिम अछाम । हाल भारतबाट । १६) —————<•>————— भविष्यको हुँदैन आकार गरेर परिश्रम कडा पार्नुपर्छ सपना साकार ! -डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा.पा. -६ , दोलखा १७) —————<•>————— १. मरेपछि नाम पाउन सत्कर्म आज गरौँ तारा बनेर उदाउन ! २. जीवन लाग्छ अधुरा जहिल्यै पाइने हन्डर सपना नहुने पूरा ! ३. सोचेको पुरा नहुँदा समालिन गाह्रो पर्छ मन भकानिएर रुँदा ! -सीमा कार्की समर्पण मेलचोक पर्सा १८) —————<•>————— १. जीवन बगर नहोस् सपना हराभरा बनाउने शान्ति सौम्य बनोस् । २. बहिष्कारको सूचीमा दबाब हिंसाको सिकार नहुने निर्मुल होस् भेदभाव ! -पृथक प्रकृति ,झापा १९) —————<•>————— सपना ननिदाई देख लक्ष्य राख उचालिने मीठाे लाग्ने लेख ! -दीपक दाहाल २०) —————<•>————— सपना अधुरो भयो पूरा गर्न नपाएर जिन्दगी त्यसै गयो । -बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाइ ४ झापा २१) —————<•>————— १. सपनाको महल राम्रो ब्युझेर सम्झदा त्यहाँ हुन्छ कस्तो चाम्राे ! २. जीवनसँगै सपना साँचेर पर्खिरहन्छन् सधैँ मानिसहरू सुनेको आधारमा बाँचेर ! -रबि पाैडेल दक्षिण भारत पाण्डेचरी २२) —————<•>————— भविष्यको सपना देख्नू सबैले सम्झने छन् ऎतिहासिक नाम लेख्नू । -प्रेम थापा “मन”, बागलुङ २३) —————<•>————— सपनाकाेे अनेकाैँ आकार अन्तिम प्रहरमा देखेका हुन्छ भनिन्छ साकार ! -काेपिला अधिकारी गाेरखा २४) —————<•>————— १. सपना थियो घेरो उडी चन्द्र छुने हावाले उडायो मेरो ! २. विकासका योजना बग्यो भ्रष्टाचार छलकपटले नेपालीका सपनाहरू सबै लग्यो । -शशीश्री आचार्य बौद्ध कुमारीगाल काठमाडौँ २५) —————<•>————— १. सपना पूरा गर्नू सोचेर सम्झेर हेर अरूको भर नपर्नू ! २. डराएर पूरा हुँदैन मनमा भए भरोसा असफलताले नै छुँदैन । -अम्बिका अधिकारी झापा बिर्तामोड २६) —————<•>————— १. सपना पूरा गर्न हुँदैन गरेर अल्छी सक्नुपर्छ अघि सर्न ! २. सपनाको अनेक आकार सङ्घर्ष गर्दछ जसले उसकै उदेश्य साकार ! -भोज विवश मगर गैंडाकोट -३ नवलपरासी पूर्व २७) —————<•>————— १. जीवन एउटा सपना सपना देख्ने जिन्दगी अधुरै रहन्छन् कल्पना ! २. मानिस सपना बुनेर दौडिन्छ उफ्रिन्छ सधैँ आशाको बाजा सुनेर ! -होमप्रसाद नेउपाने धरान,सुनसरी । २८) —————<•>————— १. नेताका सपना पूरा जनताले सहने मात्र पोख्दै दुःखका कुरा ! २. एकजुट हामी भएर नेपाललाई शिखरमा पुर्याऔँ न्यायको बाटोमा गएर ! -सुस्मिता अधिकारी ,काठमाण्डौं २९) —————<•>————— १. भ्रष्टाचार निर्मुल देश हेर्ने रहर मेरो चारैतिर विकासे परिवेश ! २. काँधमा काँध मिलाई पुरा गर्नुछ चाहना पौरखी नङ्ग्रा खियाई । -बिमल पोखरेल धरान -१७,पटनाली ३०) —————<•>————— १. सपना सुन्दर सजाउनू त्यसलाई साकार पार्न आफूलाई नित्य कजाउनू । २. फोस्रो सपनाले हुन्न कर्म गरिएन भने सफलताले कहिले छुन्न । -अरुण कुमार भुजेल गोरूबथान,कालेबुङ,भारत। ३१) —————<•>————— १. पुग्दैन सपना देखेको जिन्दगीमा त्यही हुन्छ निधारमा भावीले लेखेको ! २. गरौँ सबैले कामना अवश्य पुग्नेछ एकदिन हामीले देखेका सपना ! -अनिता भण्डारी, ताप्लेजुङ ३२) —————<•>————— भुलायो सपना देखाई जनताको दुःख बुझेन झुक्यायो कसम खाई ! -समुन्द्रा शर्मा ३३) —————<•>————— १. खुराफाती नेताको अब चकनाचुर भयो सपना जनता जागिसके सब ! २. ढोङ्गीहरूले खोक्रो बनाएर हाम्रो सपनाहरू सबै उडाए डाँडा कटाएर ! -सुनगाभा पोखरेल कपिलवस्तु १ बैरिया ३४) —————<•>————— मीठो सपना देखाई केही गरेनन् पूरा जनताको सामु आई ! -भाेलामान बर्देवा धरान ८ सुनसरी ३५) —————<•>————— १. आशाको बेलो चुनेर दौडिन्छ मानिस सधैँ सुन्दर सपना बुनेर ! २. सपना साकार पार्न सक्नु पर्दछ सबैले लाछी तनलाई बटार्न ! -बाबुराम गौतम, गुल्मी ३६) —————<•>————— बुझ्नेलाई हुन्छ शिक्षा सपनाले केही दिन्छ अनाहक हुन्न दीक्षा ! -जी.वि. कश्यप घाेराही, दाङ ३७) —————<•>————— १. सपनाहरू आफैँले रेटियो भित्रभित्रै गुम्सिएको चाहना आफ्नै हातले मेटियो । २. काधमा बोकेर जिम्मेवारी अल्झियो जीवनको यात्रामा सपना भयो भारी । -रुना कर्माचार्य दाहाल चितवन ३८) —————<•>————— १. कल्पनाभित्रकाे मीठो रहर प्रतिविम्बित हुन्छ सपनामा गर्नुपर्नेछ जपनाकाे कदर ! २. सपना कल्पनाको सागर बिउँझेपछि हुन्छ फुस्सा अल्छीकाे हुन्न जाँगर ! -प्रद्युम्न चालिसे ३९) —————<•>————— १. सपना रह्यो अधुरो आश अझै मेटिएन घाम पनि मधुरो ! २. आश मर्ने भए के बुन्नु सपना पात झर्दै गए । -राजेश्वरी राजोपाध्याय ललितपुर ४०) —————<•>————— सपना जीवनको कोर्नू सोचेर भविष्य बनाउने पसिनाले हिरा फोर्नू ! -राज बहादुर बडुवाल कनकासुन्दरी-५,जुम्ला ४१) —————<•>————— १. सपना बेच्ने सहरमा आएको हजुर कमाउन सुनौलो भविष्यको रहरमा ! २. कस्तो नमिठो देखेछु दिउँसै मृत्युको सपना यसर्थ झिल्का लेखेछु । शब्दको खेलाडी ( विशु हाङ राई) विराटनगर मोरङ नेपाल ४२) —————<•>————— १. लाग्दैन बेर छुट्न सम्बन्ध कच्चा भए अनायास सपना टुट्न ! २. सानो खुसीमा फुल्छ जीवन अस्थिर रहे रनवन मन डुल्छ । -पुष्पा राई, बादेल, खाेटाङ ४३) —————<•>————— सपनाको संसारमा रमाएर हुँदैन कहिले पूरा अरूको हात समाएर ! -ललिता गिरी, सिन्धुली ४४) —————<•>————— १. सपना सजाएर राखेको खल्ती मोटो देखेर अरूकै मोह चाखेको ! २. सपना उच्च लिए विपनाले आकाश छुन्छ यति सुझाव दिएँ। -विनोद खाती, मिरिक ४५) —————<•>————— नपरौँ सपनाको भर बजाऔँ पाखुरी आफैँले परौँ कर्ममा भर ! -बिबा तामाङ लापपञ्चर सिटोङ खरसाङ ४६) —————<•>————— भगवानको याद गर्नुहोस् सपनाहरू साकार पार्न पाखुरीमा हिम्मत भर्नुहोस् । ✍️ संगमानंद पत्रकार चूरु-राजस्थान, भारत ४७) —————<•>————— १. ब्युँझिए सपना देखेर राम्रो भएन कहिल्यै भावीले नराम्रो लेखेर ! २. सपना ठूलो देख्नू यथार्थ नलुकोस् कहिल्यै त्यसैको कथा लेख्नू ! -राजेशराज गड्तौला काँडाघारी, काठमाण्डौ ४८) —————<•>————— १. मनमा सोचेका कुरा देखेका सपना हुन्छन् एकदिन हुनेछ पूरा ! २. नेताको देखाउँछन् आस विकास सपना सबै पूरा हुँदैनन् पास ! -कृष्ण बजगाई, भक्तपुर ४९) —————<•>————— रातको सपना विकार सत्यता हुन्छ दिनको भविष्य सुधार्ने आधार ! -दिल ठकुरी, दार्जिलिङ ५०) —————<•>————— १. गरेर मनमा जपना पूरा नहोलान् तथापि देख्नू ठूलै सपना ! २. सुनेनन् मेरा कुरा वैरी भैदिँदा आफ्नै सपना रहे अधुरा ! -शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी, मोरङ —————<•>—————
झिल्का लेखन अभियानको ३९ औँ शृङ्खला (चिन्ता विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।
झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७५ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।
सहभागी झिल्काकारहरूका चिन्ता विशेष उत्कृष्ट झिल्का कविताहरू-
१) —————<•>————— १. नघटोस् जीवनको नुर स्वास्थ्यको ख्याल राखौँ भगाऔँ चिन्तालाई दूर ! २. बाइबल, कुरान, गीतामा मानवधर्ममा लगाऔँ मन चिन्ताले लान्छ, चितामा ! -वसन्त अनुभव, दाङ २) —————<•>————— चिन्ताले दुब्लाउँदै गएँ रोगले कि शोकले दोधार आफैँ भएँ । -सङ्गीता खरेल काठमाडौँ ३) —————<•>————— नघटोस् कसैको आयु स्वस्थ रहौँ सबै स्वच्छ राखेर वायु ! -कविता गुरुङ रोल्पा ४) —————<•>————— १. तड्पियो मन मुटु छोरो परदेश गयो ज्यान खायो कुटुकुटु ! २. आनन्द कहाँ खोज्नु चिन्ताले सताको बेला खुसी कसरी रोज्नु ? -अम्बिका अधिकारी झापा बिर्तामोड ५) —————<•>————— मीठाे बाेल्ने धेरै छन् विश्वासघाती वरपर जरो काट्छ्न् मेरै ! -सानु जाेशी सुदुर पश्चिम दार्चुला ६) —————<•>————— १. चिन्ता गरेर रोग निम्त्याउनु हुन्छ मुर्खता पर्छ अकस्मात् शोक ! २. निस्की चिन्ताबाट झट्ट हलुका हुनु राम्रो नत्र परिन्छ चौपट्ट ! -मनोहरी पौडेल गैडाकोट १ ७) —————<•>————— १. जिन्दगीमा चिन्ता नलेऊ आत्मा सन्तुष्ट गर आत्मा कसैलाई नदेऊ ! २. चलन अनुसार चल्नुपर्छ नबुझी कहिल्यै नबोल उज्यालो हुँदै बल्नुपर्छ । -बेदु न्यौपाने ८) —————<•>————— १. चिन्ता हो शत्रु रातोदिन पालेर राख्दा जीवन हुन्छ पत्रु । २. चिन्ताको छैन उपचार मर्ने जीवन सम्झदा गर्नु हामीले बेकार ! -अर्जुन प्रसाद चौलागाई हालः-अमेरिका,बोस्टन। ९) —————<•>————— नगर्नू चिन्ता भोलिको कटेर जान्छ समय सीमा राख्नु बोलीको । -पुष्पा राई, बादेल, खोटाङ १०) —————<•>————— चिन्ताले पिरोलिएर नबसौँ हुने कुरा मेटिँदैन खाल्डोमा आफैँ नपसौँ ! -रमेश दियाली शेल्पू सिटोंग, दार्जिलिङ ११) —————<•>————— सन्तोष हुन्न धनबाट नगरौँ कहिले चिन्ता खुसी हटाएर मनबाट ! -दीप गोले तामाङ – रौतहट १२) —————<•>————— १. आउँछ यसरी भोलि याद गर मनमा नगर नमीठो बोली ! २. कति सफा वायु मनको पीरलाई लाने भयो छोटो आयु । -निमा छिरिङ भोटिया जलढका कालेबुङ १३) —————<•>————— १. चिन्ताले पुर्याउँछ चितामा मनन् गर्नुपर्छ सबैले लेखिएको छ गीतामा ! २. हुने हुनामी टर्दैन व्यर्थमा चिन्ता नगर्नू टाउको दुखाउनु पर्दैन । -अरुण कुमार भुजेल गोरूबथान,कालेबुङ,भारत १४) —————<•>————— १. मनमा खुसी पालेर जोगाउँदै थिएँ याद हावामा दीप बालेर ! २) समयको रोकिँदैन गति किन दिइरहन्छ दु:ख फसाएर चिन्तामा अति ! -होमप्रसाद नेउपाने धरान, सुनसरी १५) —————<•>————— चिन्ता लिनु हुँदैन भन्छन् मान्छे सबै रोगले शरीर छुँदैन ! -बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाइ ४ झापा १६) —————<•>————— जीवनको गरौँ सदुपयोग नकारात्मक सोच्छ जसले उसैलाई चिन्ताको रोग ! -प्रेम थापा “मन”बागलुङ १७) —————<•>————— १. चिन्ताले पुर्याउने चिता हुनेहुनामी हुन्छ नै खानु मज्जाले सीता ! २. राम्राे कर्ममा जुट्नू आएको समस्यालाई भुलेर जीवनको आनन्द लुट्नू ! -प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे १८) —————<•>————— मनमा कुटुकुटु खान्छ खबरदारी गरे मनको कता भागेर जान्छ । -दुर्गा आचार्य मोरङ १९) —————<•>————— १. चिन्ताले धेरै सतायो बाटोमा साथी भेटेँ बल्ल खुसी छायो । २. चिन्ता गर्नु हुँदैन भगवान्मा विश्वास गर्नू छायाले कहिल्यै छुँदैन । -बिधुत गुरुङ, गोरुबथान २०) —————<•>————— आउँछ दिन गनी मेरो मनमा चिन्ता लिन्न भन्दा पनि ! -हिरामाया श्रेष्ठ २१) —————<•>————— कस्को मन रुँदैन सबैलाई हुन्छ पीडा चिन्ता लिनु हुँदैन । -सरिता सेढाई, धादिङ २२) —————<•>—————- १. नचाहिने विचार घटाऔँ सकारात्मक राखी सोच मनको चिन्ता हटाऔँ ! २. आफैँ बुझाउँ मन अरूले त जानाजानी दुखाइ दिन्छन् कोट्याइकन ! -पशपती राई, खोटाङ २३) —————<•>————— चिन्ताले स्वास्थ्य बिगार्ने प्रभुको चिन्तन गरौँ गर्छ यसैले सपार्ने ! -कार्की डिबी माकुम सुनवल-४, नवलपरासी २४) —————<•>————— १. लाग्छ चिन्ता मलाई कतै शङ्काको हुरीले कोर्न सक्छ सलाइ ! २. तिम्रो मायाले गलायो प्रियतम नजाऊ छोडी हृदय मेरो जलायो ! -विवश पारदर्शी झापा २५) —————<•>————— चिन्ताले शरीर गलाउँछ मन स्वच्छ राखौँ आशाको दियो पलाउँछ । -भुपेन्द्र राना मगर धादिङ २६) —————<•>————— १. चिन्ताले छोएको पल आखाँमा आँसु छल्किने जीवन लाग्ने खलखल । २. चिन्ताले ज्यान सुकाउने वसन्त ऋतुको बेलामा मनमा उदासी छाउने । -सीमा कार्की समर्पण मेलचोक पर्सा २७) —————<•>————— जुकाझैँ पो ! टाँसिन्छ चिन्ताले जीवन मान्छेको रोग शोकमा भाँसिन्छ । -रुना कर्माचार्य दाहाल चितवन २८) —————<•>————— नलिउँ चिन्ता कसैले बिताउँ जीवन हाँसेर हाँसी, खुसी सबैले ! -नागेन्द्रप्रसाद यादव २९) —————<•>————— १. चिन्ता नलिनू मनमा मानसिक विश्राम लिनू स्फूर्ती जगाई तनमा स्फूर्ति ! २. चिन्ताको औषधी हुँदैन छट्पटी बढ्छ मनमा खुसीले ठ्याक्कै छुँदैन । -मोती योन्जन सुब्बा, दार्जिलिङ ३०) —————<•>————— देशको गति सम्झेर चिन्ता लाग्छ मलाई अनि बस्छु गम्केर ! -कमल थापा ३१) —————<•>————— १. चिन्ता हो अभिशाप चितामा पुर्याउन सक्छ गरौँ मनदेखि सखाप ! २. हुँदैन चिन्ताको नाप गलाउँदै लान्छ शरीर मानेर हुन्न पश्चाताप ! -राज बहादुर बडुवाल कनकासुन्दरी-५, जुम्ला ३२) —————<•>————— सकिन्छ खुसी हुन त्याग्न सकेमा चिन्ता स्वस्थ भइन्छ सुन ! -सुस्मिता अधिकारी ,काठमाणडौँ ३३) —————<•>————— कमजोर बनाउँछ चिन्ताले भन्छन् पुर्याउँछ चितामा समयमै मनबाट नफाले ! -अनिता भण्डारी, ताप्लेजुङ ३४) —————<•>————— भयो हरे छिन्नभिन्न देशको हालत गिर्यो चिन्ताले शान्ति दिन्न । -सन्तु खत्री ३५) —————<•>————— १. छोरीलाई अनमाउँदा पीर लागेको रुन्चे भतेरमा पकाएर खुवाइयो खीर ! २. जन्तीको थिएन ताँती एकदमै कम आएर हामीलाई भयो जाती ! -भगवती दवाडी ३६) —————<•>————— चिन्ताले खान्छ ज्यान चिन्तामुक्त बनेर बसौँ बचाउँ जीवनको शान ! -देवकृष्ण काफ्ले ३७) —————<•>————— १. हाँसेर जीवन बिताऔँ दुई दिनकाे जिन्दगीमा सबैकाे भलाे चिताऔँ २. हटाइदिनु मनकाे मैलाे अन्धकार भैदिन्छ आखिर लक्ष्मीकाे आँगन दैलाे । – नाम केसर बाेहरा ( सङ्घर्ष ) सुदूरपश्चिम अछाम । हाल भारतबाट ३८) —————<•>————— नलिनू चिन्ता कहिले दुःखकष्ट विपद परेमा खुसी रहनु जहिले ! -समुन्द्रा शर्मा ३९) —————<•>————— १. चिन्ताले मदिरा पिएँ तिम्रो यादहरुमा दिल खोली जिएँ । २. चिन्ता शत्रु हाम्रो नलिनु सधैँ मनमा खुसी हुनु राम्रो ! -प्रेम शर्मा ” एकान्त प्रेमी ” कालेबुङ ४०) —————<•>————— १) चिन्ता लिनु हुन्न यसले पुर्याउँछ चितामा धामीले पनि छुन्न । २. हुने घटना हुन्छ चिन्ता लिने नगर्नु विधातालाई कस्ले छुन्छ । -शशीश्री आचार्य बौद्ध कुमारीगाल काठमाडौँ ४१) —————<•>————— लिन्न भन्दा आइलाग्ने रोग रहेछ चिन्ता तन सुकाउन जाइलाग्ने ! ✍️ विष्णु पंगेनी(पाण्डे ) वालिङ् -स्याङ्जा ४२) —————<•>————— १) समस्या सबैमा आउँछ समाधान हुन्छ बिस्तारै हुन्छ खुसी आनन्द छाउँछ ! २. दु:ख आउँछ जान्छ पिर लिन हुँदैन चिन्ताले जिउ खान्छ ! -उर्मिला के.शी., धनकुटा ४३) —————<•>————— आफूलाई निर्धो ठानी चिन्ता नगरौँ हरदम चिन्ताले गर्छ हानी ! -डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा.पा. -६ , दोलखा ४४) —————<•>————— १. पिर चिन्ताले छोड्दैन दुःखी गरीब भएपछि आफन्तले सम्बन्ध जोड्दैन । २. बलेको आगो ताप्छन् गाउँघर जताततै सबैले धन सम्पत्ति नाँप्छन् । -कला ढकाल, झापा ४५) —————<•>————— १. नलिए चिन्ता मनमा कसरी बनिन्छ सफल नगाडे र्याल धनमा ? २. चिन्ताले चिन्तनशील बनाउला अनावश्यक चिन्ताले मान्छेलाई फेरि चितामा पुर्याउला ! -सतीश पण्डित भानु६ चुँदी तनहूँ । हाल चनपा ६ मातातीर्थ ४६) —————<•>————— १. चिन्ताको रोग लागेर पुग्दछ मान्छे चितामा सक्दैन उम्किन भागेर ! २. मनमा शान्ति पाउन गरेमा सेवा दुखीको पर्दैन मन्दिर धाउन ! ✍️ पद्मा काश्यप पाण्डे, मोरङ ४७) —————<•>————— १. नगर्नू चिन्ता बेकार घट्छ जीउ चिन्ताले मान्छ मनले हार ! २. नलिनू धेरै चिन्ता सफलता कहाँ मिल्छ मिहिनेत नगरी हिँड्दा ! -खडक आर सि मिलन छेडागाड नगरपालिका २ साल्मा जाजरकोट ४८) —————<•>————— चिन्ता राम्रो हुँदैन चितामा पुर्याउला यसले बसेमा टाढा छुँदैन । -सरस्वती श्रेष्ठ (४९) —————<•>————— १. चिन्ता भयानक रोग आफैँमा उब्जिन्छ यो हटाउनु उत्तम योग । २. चिन्ताले आगो बल्छ समालिन नसके मान्छे मुटुदेखि सारा जल्छ । -चुडामणी देबकोटा, पुरानोनैकाप काठमाण्डौ ५०) —————<•>————— चिन्ता हो सलाइ जीउँदै मार्न सक्छ यसले भित्रभित्रै जलाई ! -दीपा समभाव दुबेकोल खोटाङ्ग ५१) —————<•>————— १. गुम्स्याएर राखेको कुरो चिन्ता बन्न पुग्छ राख्न हुँदैन अधुरो ! २. त्याग चिन्ता पीर सकिन्छ आँट गर्दा मन हुन्छ स्थिर ! -अच्युत घिमिरे सर्पाङ, भुटान🇧🇹 ५२) —————<•>————— १. व्याख्या गरौँ यसको नेतृत्वमा बस्नेहरूले नै चिन्ता गर्दैनन् देशको । २. खुसीको रङ्ग छरौँ सहजै जिउन जिन्दगी चिन्ता कम गरौँ ! -भोज विवश मगर गैंडाकोट -३ नवलपरासी पूर्व ५३) —————<•>————— चिन्ताले चितामा पुर्याउँछ नसोच्नू अरू केही झन् जीवन तुर्याउँछ । -अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन न. पा. ६ संखुवासभा । ५४) —————<•>————— १. चिन्ताले जिन्दगी बन्दैन समस्या बुझे पनि कसैले बिचरा भन्दैन ! २ जब चिन्तामा पर्छ मानसिक सन्तुलन गुमाई देहत्याग नै गर्छ । -राज कुमार राजभण्डारी खाेटाङे मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर । ५५) —————<•>————— १. चिन्ता गरेरै मर्यो नगर भन्दा मानेन बिचरा ठहरै पर्यो । २. भन्छन् चिन्ता रोग कतिलाई बुझाउनु यहाँ बरू भगवान् ढोग ! -राजेशराज गड्तौला कॅाडाघारी, काठमाण्डौ ५६) —————<•>————— १. चिन्ताले जीवन जान्छ नलिनू तनाव व्यर्थै अकालै कालले लान्छ । २. चिन्ताले मन जलाउँछ सुन्दर जीवन पनि जलाएर खरानी बनाउँछ । -कृष्ण बजगाई, भक्तपुर ५७) —————<•>————— १. आएको समस्या झेल्नुपर्छ हिम्मत जुटाऔँ सबैले जीवनको गाडी ठेल्नुपर्छ । २. बगर बनाएर दामी दु:खद परिस्थिति छिचोल्दै अघिअघि जाऔँ हामी ! -पृथक प्रकृति ,झापा ५८) —————<•>————— १. देशको चिन्ता छैन भ्रष्ट हुनाले नेता खोसियो जनताको चैन ! २. राज्यकोष बाँडेर खाए जनताको मौलिक हकमा पुरै अङ्कुस लगाए । -बाबुराम गौतम, गुल्मी ५९) —————<•>————— १. चिन्ता राेगकाे बीउ आफैँ उब्जिएर मनमा सारै गलाउँछ जीउ । २. भाेक निद्रा भगाउन खप्पिस हुन्छ चिन्ता शरीरमा राेग लगाउन ! -काेपिला अधिकारी गाेरखा ,सिरानचाेक ६०) —————<•>————— १. हुनेहार दैव नतार भन्ने उखान सुन्छु नलिउँ चिन्ता धुवाधार ! २. नियति सकाराैँ सबै भागेर कहाँ जानु नलिउँ चिन्ता कबै ! -हरिगाेपाल न्हुच्छेँप्रधान काभ्रे, साँगाबजार बनेपा १४ ६१) —————<•>————— १. अराजकताको बीउ जाग्याे चिन्ता देशको भविष्यको सुनिन्छ नेताहरू भाग्याे । २. सम्झिन्छु जनयुद्धको तर्क गतिविधिले लाग्छ चिन्ता पुरानै बाटोमा फर्क । -रामप्रसाद पुरी, बादेल, खाेटाङ ६२) —————<•>————— १. गल्तीले शिर झुकाउँछ सोचेर बोलौँ सधैँ चिन्ताले शरीर सुकाउँछ । २. रोग चिन्ताले भेटायो खुसी आएन मेरो ईश्वरले लेख्दै मेटायो । -अन्मोल मुस्कान तकदाह छाउनी, दार्जिलिङ ६३) —————<•>————— बगिरहोस् जीवनको धारा सकारात्मक सोच ल्याऊँ सकिनेछ दु:ख सारा ! -नन्दलाल आचार्य सिद्धार्थटोल, उदयपुर ६४) —————<•>————— चिन्ता गरौँ बाआमाको भगवान् हुन् हाम्रा नगर तीर्थ धामाको ! -सविता, भट्टराई, जनकपुरधाम ६५) —————<•>————— चिन्ताले ग्रसित भयो उपचारमै उठ्यो बास सारा खेतबारी गयो । -बिरेन्द्र कुमार चौधरी इटहरी, सुनसरी ६६) —————<•>————— पागल हुन्छ मन चिन्तालाई स्थान दिए गल्दै जान्छ तन ! -नन्दा धामी नौगाड दार्चुला ६७) —————<•>————— खाइरहन्छ भित्र कुटुकुटु जतिबेला हुन्छौ टाढा चल्दैन तिमिबिना मुटु ! -सुनगाभा पोखरेल कपिलवस्तु १ बैरिया ६८) —————<•>————— १. चिन्ताले चिता ल्याउँछ पीरमर्का दिएर सधैँ ज्यान गलाएर सताउँछ । २. सधैँ सताउने गर्छौ अमिट्य चोट दिई फेरि आफैँ डर्छौ । -सञ्जीवराज जोशी विवस, कञ्चनपुर ६९) —————<•>————— चिन्ता लिई नथाक्नू हुने भएरै छोड़छ मनको चोट ढाक्नू ! -बिबा तामाङ लाटपञ्चर सिटोङ खरसाङ ७०) —————<•>————— १. चिन्ताले पुर्याउँछ चितामा मुक्ति पाउन समस्याबाट समर्पित हुनू गीतामा ! २. चिन्तनले अध्यात्मतर्फ डोहोर्याउँछ व्यर्थको चिन्ताले व्यक्तिलाई सिधैँ चितामा सुताउँछ । -शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी, मोरङ ७१) —————<•>————— १. महिला हिंसा बढेछ नजर यता लगाऔँ समाज कता ढलेछ ? २. रूप छन् धेरै समाजमा महिला हिंसाका बसेका छन सहेरै ! -देव मगर तिनाउ-१,,कचल,पाल्ला ७२) —————<•>————— १. विचारबाट मनमा पसेर दुःख दिन्छ चिन्ताले हरेक पलपलमा डसेर ! २. बेलैमा नगरे निदान भित्रभित्रै खोक्रो बनाई लिन्छ चिन्ताले ज्यान ! -पुष्पा सुवेदी नेपालगन्ज,बॅाके ७३) —————<•>————— १. चिन्ता भएमा मनमा पिरोल्छ भित्रभित्रै हरदम लाग्दैन घाम तनमा ! २. समस्या समाधान हुँदैन बोकेर चिन्ताको भारी बाहिरी वातावरणले छुँदैन । -घनश्याम पन्त, हरिवन सर्लाही ७४) —————<•>————— १. चिन्ताले पिरोलेको मन सुखले बस्दैन कहिले दुख्दछ भित्रसम्म तन ! २. चिन्ता विषकाे भाँडो कतिले जानेर पिउँछन् लगाई घाँटी ठाडो ! -विनोद खाती, मिरिक ७५) —————<•>————— १. मनमा भयो पिर छैन लहर खुसीको फुट्न खोज्छ शिर ! २. चिन्ताले बाधा टर्दैन दुःख लाग्छ खाली आफैँलाई मन पर्दैन ! -श्रीकृष्ण धामी – बझाङ —————<•>—————
साप्ताहिक झिल्का लेखन अभ्यासको ४४ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ । साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७० जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ४४ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
… १, हल्लाले बजार खान्छ सत्यको बाटो तिम्रो, गलतले गलतलाई छान्छ । २, सही नेतृत्व आए चाहिॅंदैन आइतबार विकासको, जनताले दिमाग लगाए । ३, धेरै ढिलो भइसक्यो देश समृद्ध हुन जनशक्ति खेर गइसक्यो । ✍️म्यामराज राई … १, हल्लाले कति चल्छ , ज्ञानको दियो त बिस्तारै बिस्तारै जल्छ। २, सबैको सोच यस्तो कसैले गर्छ भन्ने हाम्रो सोच कस्तो ? ३, नपछुताउनु के भयो ! आजको लागि सोचौँ हिजो त गयो । ✍️दीपा समभाव दुबेकोल खोटाङ्ग … १, हल्ला धेरै भयो जनशक्ति अति भए काम कता गयो ? २, खेतबारी खन्नु पर्ने आफ्नै बारीमा खन्न अर्काले आँखा तर्ने ! ३, सत्यको विजय हुन्छ असत्य धेरै टिक्तैन सत्यले जून छुन्छ। ✍️बेदु न्यौपाने … १, रहेमा पवित्र माया सुखी आफ्नै संसार सबल बन्छ काया। ✍️ताराप्रसाद चापागाईँ … १, सदियौँदेखि गलत रहेको देशलाई चुस्ने उडुसहरूलाई निमुखा जनताले सहेको । २, देश विकासको कुरा रहेसम्म तिनैको हातमा हुन्न सोचेर पूरा । ३, निस्किँदैछन् कर्तुत अहिले कसरी निले देशलाई ? जनता भ्रममा जहिले । ✍️पुष्पा राई, बादेल, खाेटाङ । … १, राजनेता चाहिन्छ विकासको खाका कोर्न जहाँ खोजौँ बाटो निकासको । २, अहिले बितिसके धेरै शताब्दी हाम्रो नेपालको काममा सधैँ बेरै । ३, विकासको मूल फुटाउन हुन्न धुप हालेर पर्छ जनसहभागिता जुटाउन । ✍️देव मगर तिनाउ-१,कचल, पाल्पा … १, हल्लैहल्ला मात्रको सहर शान्त भावले सुन उनैको बोलीमा जहर । ✍️बिबा तामाङ दार्जिलिङ … १, छैन गर्नु काम हल्ला मात्र ठुलो कर्तुत खोतल्दै जाम। २, निष्कलङ्कित छैनन् कोही खोक्रो बनाइसके देश यिनै हुन् देशद्रोही। ३, आफ्नै देशमा बस्ने छैन वातावरण पनि जनशक्ति विदेश पस्ने। ✍️सतीश पण्डित भानु -६, चुँदी तनहूँ (हाल चनपा ६ मातातीर्थ) … १, नयाँ सम्बन्ध जोडौँ नाम मात्रको फेसबुक एक एक गोडौँ । २, मूल्य पनि बढ्यो ऋतु परिवर्तन भएसँगै चिसो बिस्तारै चढ्यो । ३, नसोध मेरो हाल परेपछि मात्र तिमीले थाहा पाउॅंछौ चाल । ✍️त्रिलोचन भण्डारी मेचीनगर, झापा … १, हल्लैहल्लाको हाम्रो देश अरूको पछि लाग्दा बन्दैन् आफ्नो परिवेश। २, हल्लाको पछि नलागौँ सही नेतृत्व छान्न बरु सबै जागौँ । ३, सुन्दर देश हाम्रो सबै मिलेर सम्हाल्दा विश्वमै हुन्छ राम्रो। ✍️अर्जुन प्रसाद चौलागाई हालः-अमेरिका,बोस्टन। … १, देशको हुनेछ उन्नति भ्रष्ट नेता लिएर जब बग्नेछिन् बाग्मती। २, कानै चिरेका जोगी नेपालका नेता सबै भ्रष्टाचारी सत्ता भोगी। ३, श्रम सीप जाँगर लगाऊ देशमै युवा फर्केर आऊ घर । ✍️बिमल पोखरेल धरान -१७,पटनाली … १, वास्तविक सुख सन्तोष परिश्रमले भरौँ यहाँ जीवन पुण्य कोष । २, प्रार्थना शनिदेवको मनले शेषमा शून्य साथ नदिने भौतिक धनले । ३, अन्त्यमा बेकार अफसोस असर रहन्छ दुष्कर्मको अनायासै भाग्यलाई दोष । ✍️कार्की डिबी माकुम सुनवल-४, नवलपरासी … १, चिनिने राम्रो कामले मिलेर देश बनाऔँ इज्जत राखौँ नामले ! ✍️आर्त अकुलीन … १, नहोऊन् कोही बञ्चित समृद्धि ल्याउँछन् युवाले राखौं केही सञ्चित । ✍️प्रेम थापा “मन” बागलुङ … १, छैन भकारीमा धान हेर्दै नहेरी भन्छौ राख्छु देशको सान । २, अति भो अब भाग्नलाई तयार हुनु जनताले लखेट्छन् जब। ✍️अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन न. पा. ६ सङ्खुवासभा … १, तराईतिर मङ्सिरमा कुइरो जाडो अत्यधिक सङ्केत न्यानो लुगाको धुइरो। २, उमालेर पिउने तातोपानी आगो ताप्दा होसियार हेलचेक्र्याई नगरौँ जानीजानी। ३, आगोसॅंग ख्यालख्याल नगरौँ कोठामा गुम्म पारेर मृतकको समाचारमा नपरौँ । ✍️चुडामणि देवकोटा पुरानो नैकाप काठमाडौँ … १, हल्लाले देश चल्दैन महॅंगीले आकाश छुँदा चुलोमा आगो बल्दैन। २, गरेर राम्रो काम आफ्नो देश बनाए इतिहासमा रहन्छ नाम। ३, न्याउरी मारी पछुतो देश कङ्गाल बनाउने नेता छैन अछुतो । ✍️राज कुमार राजभण्डारी ‘खोटाङे’ मध्यपुर ठिमी – ५, सङ्गम कोलोनी राधे राधे भक्तपुर … १, सधैँ सत्तामा जाने उनीहरुको मुख्य लक्ष्य देश बेचेर खाने । २, सत्तामा जानेहरू मौलाउने भ्रष्टाचारले देश रित्याएर जनता बनाउँछन् बौलाउने । ३, अबदेखि युवा जागौँ कुरीतिको जरा उखेलेर असल कर्ममा लागौँ । ✍️भोज विवश मगर गैंडाकोट -३ नवलपरासी पूर्व … १, हामीले असल भनेका नेता चोर रहेछन् साधु बिराला बनेका ! २, टाउकोमा जुम्रा परेछ देश नेपाल आमाको चायाँले केश झरेछ ! ३, डढेलोले खायो वन देश जनता लुटेर नेताले खाए धन । ✍️विवश पारदर्शी झापा, … १, आयो चियो मौसम सबै बचौँ यसबाट बाहिर हिॅंड्यौ कम। २, तात्तातो खानेकुरा खाऔॅं न्यानो लुगा लाउॅंदै स्वस्थ भएर रमाऔॅं । ३, हामी कम्मर कसौँ खाँदै तातोतातो खानेकुरा सबै घरमै बसौँ । ✍️अनिता भण्डारी ताप्लेजुङ … १, कुसंस्कार छताछुल्ल भयो मानव यसैको चौघेरामा थिचोमिचोमै जीवन गयो। २, पातले बारेका घर कमजोर हुँदैन साथी भए आपसमा भर। ३, जीवन रूपी नाउ कति बेला डुब्छ ? नखोजौँ धेरै भाउ। ✍️सुरेशकुमार पाण्डे … १, हाँस्ने र रुने जन्मदेखि मृत्युसम्मको यात्रामा सबैलाई यस्तै हुने ! २, कहिल्यै नझुकाउनु शिर कठिन चुनौती आइपर्दा कहिल्यै नमान्नु पिर ! ३, दिन बनिने उमङ्गले तलमाथि आफ्नै माथमा सक्किने त विढङ्गले ! ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान … १, निर्मल मेरो नाम बिमा बेच्ने कर्मचारी यही मेरो काम । २, पाँच पुस्ता बानेश्वरमा भीमसेनगोलाको स्थानीय हुँ कार्यालय मेरो ज्ञानेश्वरमा ।
निर्मल लामिछाने … १, हन कस्तो माया कसैले बुझ्न सकेन घामको यो छाँया। ✍️नीमा छिरिङ भोटिया जलढका कालेबुङ … १, नेताहरू घुसखोर भए जनताले देख्दा देख्दै जिउँदै नर्क गए। २, सहनु गल्ती हाम्रो मौकाको फाइदा उठाउँदै भ्रष्टहरू भए चाम्रो। ✍️अरुण कुमार भुजेल गोरूबथान, कालेबुङ, भारत … १, ढुकुटी हुनेछ चुली छिमेकी त्यो राष्ट्रलाई देशले बेच्यो बिजुली । २, गुराँस फुल्छ पाखामा जतासुकै गए पनि देश घुम्छ आँखामा । ३, देश विकासमा लागौँ भ्रष्टहरूलाई फाल्नैपर्छ अब गाउँघर सहरबाट जागौँ । ✍️डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा.पा. -६ , दोलखा । … १, कति खान्छौ मागी ? भ्रष्ट भ्रष्टाचारी दलाल सोचेनौ देशको लागि । २, महॅंगीले आकाश छुँदैछ युवाहरूको लाम लस्करले देश रित्तो हुँदैछ ? ३, सचेत युवा उठ हामी मिलेर बनाउने हो अब जुट। ✍️दीप गोले तामाङ रौतहट … १, बोकेर मनमा अहङ्कार परिणाम हुन्छ अन्तमा लज्जास्पद आफ्नै संहार। २, ढाका टोपी शीरमा सम्पूर्ण एक हौँ नपरोस् पाइलो भीरमा। ✍️रमेश दियाली … १, स्वागत गर्दछौ हाँसेर भालेको शीर ढल्केछ मधेशी पोथी बासेर । २, मिलेर बसेको राम्रो भन्छौ सजिलै तिमीले पाहाड डुब्दैछ हाम्रो। ३, सुक्दैछ शरिरको पानी मरन्च्यासे बन्दैछौ दिनहुँ औषधी लिन आनाकानी । ✍️मोती योन्जन सुब्बा दार्जिलिङ। … १, रहरले नेपाल विकासको रगत पसिना बगे खोइ, लक्षण निकासको ? २, भाषण सबैले गर्छन् नारा पारा आआफ्नै झुठा आश्वासन छर्छन् । ३, भो अब चाहिएन भोट माग्न नआउनू, जीवनभरी चैन पाइएन । ✍️कमला पौडेल … १, चिसोबाट हामी बचौँ न्यानो तातो भएर झिल्का कविता रचौँ । २, चाडपर्व सबै गयो कामतिर अब लागौँ गोजी खाली भयो। ✍️सविता भट्टराई जनकपुरधाम … १, देशले पाएन निकास नेताको चिप्ला भाषणले कहिले हुन्छ निकास ? २, आर्थिक मन्दीको भयो जनतालाई सधैँ सास्ती आत्मनिर्भरता कता गयो ? ३, पलायन भयो जनशक्ति देशमा रोजगार छैन मासियो राष्ट्र भक्ति। ✍️कृष्ण बजगाई भक्तपुर … १, कहिलेसम्म पुल बन्ने निकम्मालाई राज सुम्पेर गरियो भुल भन्ने ? २, असल नेतृत्वको खोजी सम्भव हुँदैन मतदाताज्यू, चुनाउमा भरेर गोजी ! ३, आखिर मिल्छ निराशा हामीले काँडा रोपेर नगरौँ फूलको आशा ! ✍️वसन्त अनुभव घोराही, दाङ … १, भएको छैन विकास जति दु:ख गरे निस्केन केही निकास । २, हल्लैमा चलेको देशमा इमानदार जनता सडकमा नेता नक्कली भेषमा। ✍️दुर्गा भट्टराई मोरङ … १, सपनाको देश बनाउनुपर्छ मुख नताकी कसैको आफै कामले जनाउनुपर्छ ✍️विष्णु पंगेनी(पाण्डे ) वालिङ, स्याङ्जा … १, देश लुटिॅंदैछ यहाँ मिलेर नेताहरू ठुला झुटा आस जहाँ । २, अन्याय र अत्यचार भइरहेछ जहिल्यै यहाँ पाराले हुन्छ मारामार । ३, जाग्न सिक्नुपर्छ अब आफ्नो अधिकारको लागि नत्र पाइॅंदैन तब । ✍️ईश्वर साउद(भिक्षु) रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम … १, सत्यता कता हरायो विषैविषको वमन देखिन्छ देशभरि हाप्सिलो करायो। २, विधिको शासन छैन दुःखी दु:खमा डुब्दैछ सामन्तीलाई अपार चैन। ३, बुद्धले तरवार लिएका अधर्मले चुली टेक्दैछ सबैको मती बिग्रिएका। ✍️घनश्याम पन्त हरिवन, सर्लाही … १, परर पानी आयो बिस्कुन यहाँ सबै लुछुप्पै हेर भिजायो । २, भ्रममा पारेको हेर मेहनतको लोकतन्त्र कसरी ? सजिलै फाले खेर । ३, छ लुट, छलछाम चुप नबसौँ जनता गरौँ देशै चक्काजाम । ✍️रबि पौडेल दक्षिण भारत पाण्डेचरी । … १, भ्रष्टकै जमाना रहेछ देश यिनकै हातमा समृद्धि बिरानो भएछ। २, जताततै सन्नाटा देख्छु दीपको खडेरी परेछ त्यसैले कविता लेख्छु । ३, जहाँ जता गए आफ्नै देश प्यारो जति टाढा भए । ✍️शशी श्री आचार्य बौद्ध कुमारीगाल काठमाडौं … १, भ्रमको जालो नबनोस् अलमल्ल भएको बाटो छिटोभन्दा छिटो सकोस् । २, जनताको आस, विश्वास बालुवामा पानी भयो नेताकै मात्रै विकास । ३, जतासुकै मुख नखोल्नु वास्तविकता थाहा हुँदैन त्यसैले प्याच्च नबोल्नु । ✍️पृथक प्रकृति झापा … १, सफलताको सिढी चढौँ खुट्टा तान्ने प्रवृत्ति छोडेर अघि बढौँ। ✍️मन्दिरा सेढाई मलेखु, धादिङ … १, गलत देख्छु सरासर छोरीलाई हेला गर्नु मान्नुपर्छ सबै बराबर । २, सबैमा देखिन्छ अहङ्कार पाइॅंदैन कसैमा पनि सही व्यवहार, सिष्टाचार। ३, अर्कोलाई लडाउने खेल नमानी लाज सरम खेल्छन् सबै अचेल। ✍️खडक आर सि मिलन छेडागाड नगरपालिका २ साल्मा जाजरकोट … १, आमाको छातीमा टेक्नेले ठुला कुरा गर्छन् नाममा दाम फेक्नेले । २, मुटुमा छ घाउ घायल भएको ज्यान अलि वर आउ । ३, निर्दोषीलाई लाग्छ हटकडी कानुन भएको देशमा ठुलाले गर्छन् मनपडी । ✍️धनमाया चौधरी कैलाली … १, हावासरि कुरा नगर ढाँटेर सन्सार चल्दैन सेती खोला बगर । २, हाँसेर बोलन कान्छा दुईदिनको हो जीवन पाकेन अझै भान्छा । ✍️अम्बिका अधिकारी झापा बिर्तामोड … १, अचानक कसम खाएछु फसाउँछे भन्ने बुझिएन बिर्सेर माया लाएछु । २, तिमीले मलाई छानेको ठ्याक्कै लाग्यो मायामा आँखाको तीरले हानेको । ३, खुकुलो कम्मर कसौँला प्रेमिल बातचित गरेर थकाइ मेट्न बसौँला । ✍️रामप्रसाद पुरी बादेल, खोटाङ … १, चिसो मौसम आउँदैछ तातो न्यानो लगाऊ गगनमा बादल छाउँदैछ। २, भ्रमले अन्धो बनाउँछ गर्छौँ हामी भन्छन् आश्वासन मात्र जनाउँछ। ३, समस्या जहाँको तही आलटाल पाराले हुँदैन यस्तो बन्दैन कहीँ । ✍️शोभा आचार्य गौतम काठमाडौँ … १, सॅंगसॅंगै जाउॅंला गोठालो मेला पात जङ्गल टिपौंला जौ बालो । ✍️दीपक दाहाल … १, जसरी गणतन्त्रलाई चिन्यो आँखामा विकास देख्थ्यौँ भोटले भावना छिन्यो । ✍️लोकबहादुर क्षेत्री लामिछाने … १, चिसोले लाग्ला सर्दी ख्याल गरौँ शरिरको लगाउनु न्यानो बर्दी । २, धेरै जसो नेताहरू गफैले बाँचेका हुन्छन् फुर्ति लाउॅंछन् बरु । ✍️बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाइ ४ झापा … १, गर्छन् असुरको कर्म मैमत्ता साँढे बनेर समाप्त पारे धर्म । २, सकिएन धैर्यता थाम्न अत्याचार बढेर गयो थालियो आक्रोशले काम्न । ३, पापीलाई सद्बुद्धि आउॅंदैन समय बलवान् हुन्छ सुखले मर्न पाउॅंदैन । ✍️ऋजु दिल्पाली (राजेन्द्र घिमिरे) ईटहरी १ सुनसरी । … १, भएन कानुनी राज छोटे राजा बनी पहिरन्छन् आफैलाई ताज । २, कानुन सबैले मानून् जनता निर्धो बनाउने निर्माता आफै जानून् । ३, देखिन्छ माकुरे जाल जनतालाई छारो हाली ढिकुटीमा थाप्छन् खाल । ✍️जयनारायण नेपाल इलाम , हाल सूर्य विनायक २ बालकोट ,भक्तपुर … १, पुग्यो आफूले कमाए जनता जाऊन् भड्खालामा भन्दै खाल जमाए । २, नेता परे देशका कमाउने मात्रै ध्याउन्न अपराधी लुटपाट केशका । ३, नेताको ध्यान कमाउनमा जनता मरे मरून् तम्सिने सम्पत्ति जमाउनमा । ✍️राजेशराज गड्तौला काँडाघारी, काठमाण्डौ … १, हाड घोट्छ सदैव तब पनि दु:खीको अवस्था छ तथैव l २, उदाङ्गो अभावको घपना छोप्ने ध्येयले विदेशिन्छ बोकेर अनेकन् सपना l ३, मिल्दैन देशमा रोजगार अभावले मर्छन् जनता गर्दैन सरकारले खोजवार l ✍️बाबुराम गौतम गुल्मी … १, अब व्रत सुरु मरेपछि स्वर्ग गइन्छ , भन्नुहुन्छ यता गुरु । २, मनमा श्रद्धा भरे अवश्य राम्रो हुन्छ , ईश्वरको भक्ति गरे । ३, ईश्वरको ध्यान गरौँ जपौँ मृत्युञ्जय मन्त्र , अकालमा कोही नमरौँ । ✍️सीमा कार्की समर्पण, मेल चोक पर्सा । … १, सधैँ सत्तामै जाने साझा लक्ष्य निकम्माहरूको देश लुटेर खाने । २, विकासका काम सुस्तै पात्र फेरिए तथापि प्रवृत्ति सबैका उस्तै । ३, गणतन्त्रको मुख कालो समावेशिताको नाममा अटाए भाइ भतिज सालो । ✍️शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी, मोरङ … १, सम्झनामा दिनहरू बिताउँछु एकोहरो तस्बिर हेरेर तिम्रो रातमा निदाउँछु। २, हरपल सम्झनाले सतायो पिएको छैन तापनि मदिराले झैँ मतायो। ३, प्रेममा भए घायल एक्लै बरबराई बस्छु बनायौ तिमीले पागल । ✍️रुना कर्माचार्य दाहाल चितवन … १, झुटा सपना नदेखिऊन्, लक्ष्य गरेर पूरा, इतिहासमा कुकर्म नलेखिऊन्। २, झारा टारेर क्रम आफ्नै बरबादी हुन्छ, फलदायी हुँदैन श्रम । ३, मिठा सपना साँचेर कसैलाई मर्म नपारी, मतलब बल्ल हाँसेर। ✍️मनोहरी पौडेल गैडाकोट १ … १, साकार पार्न सपना कल्याणकारी कार्य गर्नुपर्नेछ लगनशीलताकासाथ हुनुपर्छ जपना । २, जनतालाई ओढाउने बर्को सिद्धान्त गीताझैँ महावाक्य व्यवहार देखियो अर्को । ३, बुद्धको देशमा मित्र नित्य हुन्छ झगडा शक्ति सङ्घर्षको खेलभित्र । ✍️प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे । … १, देश कहिले हाोला सहिद कति भए उनको मन रोला। २, यस्तै हाल हाम्रो भ्रष्टाचार नै भए देश बन्दैन राम्रो। ✍️सानु जोशी सुदुर पश्चिम दार्चुला, … १, शासन नजाने कहिल्यै एक्लैले खाने तयारी खाली भूँडी जहिल्यै । २, देशका युवा बेरोजगार विदेशिन बाध्य भए बोकेर ऋणको भार। ✍️दुर्गा आचार्य मोरङ … १, प्रितको थुङ्गा च्यापेर मनको चरी भुरुरु तनको नाता गुनेर। २, सम्हाले साथ देऊ आखिर विवेक तिम्रै सताउने सोच नलेऊ । ✍️हरिगोपाल न्हुच्छेँप्रधान काभ्रे, साँगा बजार बनेपा- १४ … १, देशको हालतले पिरोल्छ झुटको दुनियामा आज कसले साँचो बोल्छ । २, बोल्न सम्म डराएर कसैले सुनेन यहाँ के हुन्छ कराएर ? ✍️जानुका बास्कोटा काठमाण्डौं … १, रुन्छन् पुरुष जति एकदिन भात पकाउॅंदा बिग्रन्छ तुरुन्तै मति । २, घरका सान नारी फुइ नझार पुरुष जीवन तार्छन् पारी। ३, नारी सस्तो लाग्ने ठुलो रुख तलतिर कुनै झार नजाग्ने । ✍️हिरालाल न्यौपाने बानपा ८ कोटमौला सल्यान … १, समय कुरेर बस्दैमा फेरिन्न देशको अवस्था , गाउॅवाट शहर पस्दैमा । २, नेपालको माया हुनुपर्छ बन्न साँच्चैको नेपाली , माटोलाई कर्मले धुनुपर्छ। ३, अब नब्युँझी हुन्न जाल झेल गरेर जनताको मन छुन्न। ✍️सुस्मिता अधिकारी काठमाडौँ … १, मङ्सिर महिना चल्यो जताततै विवाहको चर्चा कानमा पन्चेबाजाले छल्यो । ✍️सुनगाभा पोखरेल कपिलवस्तु -१, बैरिया … १, देखिन्छन् देशमा जब दलाल र भ्रष्टाचारी लुटिन्छन् जनता तब। २, जब हुन्छ अति अन्याय अत्याचार धेरै बेहोर्छ राष्ट्रले क्षति । ✍️होमप्रसाद नेउपाने धरान, सुनसरी । … १, देशको सुन्दर परिवेश गद्दार गरेर बिगारे सखाप पारे देश । ✍️भोलामान बर्देवा ‘बैरागिमाईलो’ धरान – ८ सुनसरी … १, राखेर मायाको आशा अँगाले पिरतीको फूल भयो जिन्दगी निराशा । ✍️सन्दीप विश्वकर्मा (कपिलवस्तु ) … १, गलत सङ्गत गरेर कहिल्यै नहिँड्नु हेर बस्नु सुबास छरेर । २, सम्मान गर्न सिक सबैको राम्रो बन्नु त्यसैमा हुन्छ ठीक । ३, सबैको प्यारो बन्नु गलत कदम नउठाए पर्दैन केही भन्नु । ✍️ललिता गिरी सिन्धुली … १, सङ्गत गुणाको फल अवश्य पाइन्छ यहाँ कसैले नगरौँ छल। २, पिंजडाको चरी बनाएर मलाई बन्धक बनायौ आफूलाई महान् जनाएर । ३, महान् बनेर देखाउन अब लक्ष्य राख इतिहासमा नाम लेखाउन । ✍️लक्ष्मण देउवा डोटी