बारम्बार फोनको घन्टी बजीरहेको थियो । म मलेखुको तातो सडकमा उभिएर बस कुर्दै थिए । निकै बेर कुर्दा पनि बस आएन दिउसोको समय भएर होला सायद यतिमात्र अनुमान लगाए । निकैबेरदेखी मलाई अलिपर होटेलमा बसेर चिया पिउदै गरेको लामो कपाल पालेको दारी जुँघा वाला केटाले हेरीरहेको थियोे । म यातायात कुर्दै पसीना पुच्दै थिए। एकैछिनमा मेरो नजिक रोकिराखेको कारको ढोका खोल्दैगर्दा त्यही दारीवालले सोध्यो तपाईं काठमाडौ जाने हो ? हो भने मैले फोनको घन्टी बज्न कम भएको थिएन। उस्ले भन्यो, तपाईं हामी सग जान सक्नुहुन्छ यदि तपाइलाई अफटेरो पर्दैन भने । उ सङ ड्राइभर समेत भएकोले र छिट्टै पुग्नुपर्ने भएको हुँदा जाने निर्णय गरे। दारीवालले आफ्नो ल्यापटप उठाउदै अगाडि सिटमा गएर बसे। म पछिल्लो सिटमा उस्का सामान साईडमा लगाएर बस्ने ठाउँ बनाए। उस्को आघा घर यहि कार हो भन्ने भान भयो मलाई। अहिले बजेको फोन उठाए र आमालाई भने, म समयमै घर आईपुग्छु। कारको गति तिब्र थियोे । निकैबेर पछि उस्ले भिजिटिङ कार्ड मेरो हातमा दिदै भन्यो मेरो नाम विकल्प । म आधुनिक किसान हु। र होटल व्यावसायि । ठमेलमा होटेल छ । सतुङललमा घर । उस्ले आफ्नो सबै परिचय,पेशा,रुचि,बारे बतायो। बिदेशको ग्रीनकार्ड छोडेर नेपाल फर्की आधुनिक कृषी खेतिमा लागेको बतायो । आबश्यक परेकालाई कृषी तालीम दिनेगरेको र अहिले तालिम दिएर चितवनबाट फर्केको कुरा बतायो। बाहिरी रुप भन्दा उस्को काम र बिचारले मेरो मन जित्यो। मैले परिचय दिए ,नाम दिया र पत्रकार मेरो पेशा । भने मैले मेरो पेशा गौरबका साथ। जसरी उस्लेम किसान् भनेको थियो। उसलाई धन्यवाद भनेर बिदा भए मेरो गन्तव्य घर नजिक ल्याइदिएर उस्ले गुण लगायो आज मलाई ।
हतारीदै घरभित्र छिरे। आफ्नतहरु जम्मा भै सकेका थिएँ । आमाले मलाई देखेर शान्तिको श्वास फेर्नु भयो। जाउ छिट्टै तयार भएर आउ । उनिहरु आउनेबेला भयो।
म आमाले भने झै गरे । तयार भए । ठुलै हुलको आगमन भयो घरमा। बुवाले स्वागत गर्नु भयो देउता नै आए झै गरि। हाम्रा आफ्न्त र उनीहरुको बिच दोहोरी चलेझै लाग्यो मलाई। उताकाले भन्दै थिए हाम्रो अभि हिरा हो , ग्रीन कार्ड पाको ४ बर्ष भयो अमेरिकामा घर ,गाडी ,आफ्नै व्यावसाय छ ।आफै मेहनत गरि राज गरेर बसेको छ । यतिको केटा पाउनत कर्ममै कोरेर आउन पर्छ। यताकाले भन्दै थिए, हाम्री दिया के कम र रुप खाईलाग्दी पढाइ ,खेलकुद, फोटोग्राफी के के हो के के एस्तो लाग्द्थ्यो कुनै दुई प्रडक वजारमा आउदै छ र ब्यापारीले आफ्नो मालको बयान गर्दै छन ।
सबै कुरामा अगाडि । घर व्यबहार ,रितिरिवाज सबैमा संकारी। अहो अरु पनि के के हो। मेरो बुवा जस्ले जे भनेपनी हो हजुर भन्दै बस्नु भएको थियो। मलाई लिएर गर्व गर्ने बुवालाई आज लाचार देखे। देख्ने देखाउने काम भयो । केटा सङ केहिबेर एक्लै आर्को रुममा पठाए । हामी गयौं । उस्को अगाडि म जे होइन त्यही बनाएर देखाईयो मलाई । म त हाप पाईन्ट लगाएर रुख चढेर समाचार खोज्ने मान्छे ,रातदिन केही नभनी पेशामा खट्ने मान्छे । तर आज सुशील लजालु बनाएर पेस गरियो मलाई । म पेस भए। । उस्ले नेपाल बस्न त्यति मन पर्दैन उतै बस्ने बानी भयो भन्यो । परीवारले बिवाह नेपालमा आएर हाम्रो रोजाईमा गर भनेर आएको थुप्रै केटिसाथी भएको र बिवाहा अब परिवारको रोजाईलाई आफ्नो रोजाई बनाएर गर्छु भन्यो।
उनका कुरा नराम्रो लागेन मलाई । तर उनलाई पाउनु र छोरीलाई अमेरिका पठाउनुमा मेरो परिवारले देखेको उपलब्धि मा म चकित थिए।
कुरा चलेको एक महिना बित्दै थियो। बिवाहाको साईत जुराउनतिर सबै लागेको बेला मेरो मन भने उदास थियो ।
यो एक महिनामा म अभि सङ भन्दा धेरै समय विकल्प सङ बिताए। प्रत्यक भेटले मलाई आर्को भेटको प्रतीक्षा गरायो। उस्को व्यबहार र उस्ले मेरो कामलाई गरेको सम्मानले मेरो मन जित्यो।
उस्को ठमेलको क्याफेमा म अभिलाई लिएर गए। विकल्प संग भेटाए उस्को र आफ्नो बिहेको कुरा चलेको सुनाए ।
कयौं पटक क्याफे पुगे। कामको सिलसिलामा आएकी भने । सोधे बिहे किन नगरेको भनेर?
उस्ले भन्यो खै कोहि आएन त मेरो काम र मलाई संगै माया गर्ने।
उस्को कुरामा केहि अभाव र केही सम्भावना देखे।
बिवाहाको मिति तय हुँदै थियो। जनैसुपारीको मिति भने तय भयो।
मैले जिन्दगीमा पहिलोपटक आफ्नो मर्जी अनुसार जाने निर्णय गरे। विकल्पको सामु गएर भने तपाईं म सङ बिवाह गर्नुहुन्छ ? अमेरिकाको ग्रीनकार्डवाला र मेरो परिवार छोडेर आएभने।
लाज लागेन ,डर पनि लागेन मलाई ।
उस्ले जवाफमा भन्यो मेरो क्याफेमा जुठो भाडा माझ्नु पर्छ तिम्रो पत्रकारीतावाट समए मिले।
मैले स्वीकार गरे।
उस्ले भन्यो म किसान् पनि हु । गोबर र माटोसङ पनि खेल्नु पर्छ ,तिम्रो फोटोग्राफी बाट समए मिले ।
मैले स्वीकार गरे उस्का सबैकुरा ।
मलाई अपनाउदा अरु धेरै सम्वन्धहरु बिग्रन सक्छ
त्यो जिम्मेवारी मेरो मैले भने।
मैले परिवार आफ्न्त सबै र अभिको परिवारको समेत मन दुखाएर विकल्प संग कोट म्यारीज गरे।
घरमा कुरै गरिन
अमेरिकाको ग्रीनकार्डवाला केटाको सामु मेरो रोजाइ किसान् कतैबाट मन्जुर हुने अबस्था थिएन।
हाम्रो नयाँ जीवन चल्दै गयो । पुरानो जीवन सङ गासीएका सबै सम्बन्धले म सङ चित्त दुखाए ।
हाम्रो बिवाहा भएको एक महिनामा नेपालमा लकडाउन सुरु भयो। अभि मेरो फुपुको छोरी सङ बिवाह गरेर अमेरिका फर्के।
आज अभिकी श्रीमती मेरि बहिनि अमेरिका जाने प्रोसेस मिलाउदै छिन । म भने बिन्दास भएर लकडाउनमा आफ्नो पेसामा खटेकी छु। खाली सडकमा कुद्नु दैनिकी भएको छ । हातमा चुरा ,सिउदोमा सिंदुर लगाएर आज पनि क्यामेरा भिरेर आफ्नो Dear जिन्दगी बिन्दास भै बित्दै छ । मेरो श्रीमान विकल्प को क्याफे लकडाउनका कारण बन्द भएको छ। आजभोली उहाँ आफ्नो तरकारी खेतीमा समय बिताउदै हुनुहुन्छ । म खाली समयमा उहाँ सङै बारीमा तरकारी टिप्ने ,बजारको लागि ब्यबस्था र हिसाबकिताब गरिदिने र मल माटो सङ घुलमिल गर्ने काम गर्दै छु ।
आजभोली राम्रो बजार ब्यबस्थापन भएको छ । प्याकेज बनाएर सहकारीले तरकारी उठाउछ र सुलभ मुल्यमा उपभोक्ता समक्ष पुर्याउछ । यहीँ कामलाई मैले समाचार बनाए र यो समाचारले निकै राम्रो चर्चा पायो । यो समाचार मेरो सबै आफन्तको नजरमा पर्यो। अमेरिकाको ग्रीनकार्ड छोडी नेपालमा कृषि भन्ने समाचारले मेरो जिन्दगीमा नयाँ मोड ल्यायो। मेरो बुवाले आज फोन गर्नु भयो मलाई र भन्नू भयो छोरी हामीहरुले तिम्रो रोजाईलाई स्वीकार गर्यो । लकडाउन खुल्ने बित्तिकै तिमी र ज्याईराजाको परिवारलाई भेट्न आउछौ। धेरै कुरा साथमा बसेर गर्नु छ । बुवाको कुरा सुनेर मेरो खुसीले आकास नाप्न थाल्यो। बिवाहा पछि पाएको खुशी अलिनो लागेको मा आज भने मेरो Dear जिन्दगीले पुर्ण खुशी पाएको थियो। जिन्दगी बाहानामा होइन आफ्नै चाहनामा बाच्नु पर्छ भन्ने कुरा आज सार्थक भएको छ् । म खुशी छु विकल्पको साथमा । उस्को आगँन ,खेतबारी, मल माटो मेरो लागि सन्सार हो ।
हिडदा हिडदै बाटोमै ढल्ने यो जिन्दगी । ढलेपछि केहिदिनमै गल्ने यो जिन्दगी गलेपछि माटोमा मिल्ने यो जिन्दगी सबैजनाको अन्तिम गन्तव्य एउटै।
पलपल काटिदै छ
आफ्नै समय जिन्दगीको।
किन खेर फाल्नु
अमुल्य समय
ब्यर्थका बिषयमा चर्चा चलाएर ।
समय सबैको एउटै हो ।
जतिगरेपनि जाने ठाउँ एउटै हो ।
लाने केहि होइन ।
आफुले गरेको कर्मको
छाप छोडेर जाने हो ।
कसै सङ केहि गुनासो गर्नु ब्यर्थ छ ।
कर्म गर्दै जाने हो
कर्मको हिसाब गर्ने कुनै
लेखनदास को टेबुल
यो धर्तिमा छैन ।
आफुले गरेको कर्मको हिसाब हेर्ने
हामि भन्दा धेरै माथि छ ।
जस्ले मानिसको अनुहार
हेरेर नम्बर दिदैनन।
धन सम्पत्ति मान , इज्जत ,
धर्म , कर्म सबैलाई यहि
धर्तिमा छोड्नु पर्छ
जो यहि धर्तिबाट प्राप्त भएको हुन्छ।
खाली हात आयौ ।
खाली हात जाने हो।
अनि किन त यति सारो खटन जिन्दगीमा ।
किन त यति सारो तेरो मेरो
किन यति सारो अबिस्वास
किन यति धेरै उतारचढाव
मान्छेहरुको जिन्दगी मा
किन नदि जस्तै बग्दैन जिन्दगी ?
किन घाम जस्तै पारीलो बन्दैन सम्बन्धहरु किन हावा जस्तै सितल लाग्दैन परीबेशहरु? किन उज्यालो जुन बन्न गारो हुन्छ ब्यबहार ? किन अरुको काधमा बन्दुक राखेर गोली हान्छ मान्छेले ? के का लागी ? आखिर किन ? ? ? ?
कोरोना महाब्याधीले विश्वभरीकै मानव जीवन उथलपुथल भएको छ। नेपालमा लकडाउनले जन-जीवन अस्तव्यस्त भएको र नेपाल भित्र बाहिर भएका हजारौं-लाखौँ नेपाली अलपत्रमा परेर विभिन्न दुःख कष्ट भोग्नु परिरहेको अवस्था छ। देशको सामाजिक र आर्थिक अवस्था नाजुक बन्दै गईरहेको छ। उद्यमी-व्यवसायीहरु बैंकको ब्याज तिर्न नसक्ने अवस्थामा पुगेका र कतिपयको धितो जफत हुने अवस्था समेत रहेको छ।
सरकारद्वारा प्रस्तुत २०७७/७८ को निती तथा कार्यक्रममा विद्यमान चुनौतीको सम्बोधन गर्ने, देशको भूगोल र जनताको सुरक्षा संगसंगै नेपाली जनतालाई रोग र भोकबाट बचाउने सक्ने प्रतिबद्धता प्रकट भएको छैन। सरकारको नीति तथा कार्यक्रममा पर्ने तथा कार्यान्वयनको सवालमा उचित पहल नहुने रोगबाट सरकार र सरकारी संयन्त्रहरु ग्रसित छन्।
लकडाउन सुरु भएको लगभग दुई महिनापछि पनि यसलाई लम्ब्याउने मात्र काम भएको छ। कोभिड-१९ रोकथाम, परिक्षण र संक्रमितको उपचारलाई प्राथमिकतामा राखेर स्वास्थ्य परिक्षण सामाग्रीहरूको उपलब्धता, सुरक्षा व्यवस्थापन, बिदेशमा रहेका नेपालीहरुको उद्वार, किसानहरुको सम्बोधन, अर्थतन्त्रका संयन्त्र चलायमान बनाउने लगायतका तयारीहरुमा सरकार मौन रहेको देखिन्छ। लकडाउन संगै र यसको अन्त्यपछि मर्कामा परेका स्वदेशका लाखौं श्रमिक – मजदुर र बिदेशमा श्रम गर्न बाध्य पारिएका नेपाली श्रमिक लगायत विद्यार्थी र साना तथा मझौला उद्यमीहरुका लागि कुनै पनि किसिमको राहत प्याकेजको सुनिश्चितता हुन नसकेकोले ति सबैले कारुणिक पिडा भोग्नु पर्ने देखिन्छ।
देशको भुमी बिदेशीले अतिक्रमण गरेर देशको सार्वभौमिकता, स्वाधिनता र स्वाभिमान माथि हमला भैरहेको छ। सिमा क्षेत्रमा बसोबास गर्ने धेरै नेपाली नागरिकले राज्य उपस्थितिको आभास समेत गर्न पाएका छैनन्। लिम्पियाधुरा, कालापानी छेत्रमा रहेका धरै नेपालीहरुले नेपाली नागरिकता समेत नपाएको र तराईका धेरैजसो सिमाना जोडिएका सुस्ता लगायतका ठाउँमा शिक्षा, स्वास्थ्य र अन्य प्रशासनिक सुविधा समेत नेपाली पक्षले व्यवस्थापन नगरेको तितो यथार्थ सबैमाझ छर्लंग छ।
सत्तासीन र प्रतिपक्षमा रहेका सबै राजनीतिक दलहरु सत्ताको फोहरी खेलमा मात्रै व्यस्त रहेको कटु यथार्थ हामी सामु छ। स्वदेशी आवाज मत्थर पार्ने किसिमका “देशको सिमाना तत्कालीन राजाले पैसा लिएर बेचे”, “देशको भूगोलमा छिमेकीले बाटो खनेको जानकारी नै थिएन”, “कब्जा गरिएको भुमी अतिक्रमणकारीलाई नै भाडामा दिऊ” अमर्यादित र झूठा वक्तव्य अनी भाषणबाजी गरेर इतिहासको अवमुल्यन गर्ने कार्यमा नेपाल सरकारका मन्त्रालय र जिम्मेवार व्यक्तिहरुनै सक्रिय रहेका छन्। भोटको राजनीति गर्नको लागि सरकार वर्षौदेखी खोक्रो वक्तव्य मात्र निकाल्ने अनि अतिक्रमित सिमाना भन्दा १०-१५ किलोमिटर वरै दल र देशको झण्डा गाड्दै, सिमानामा झण्डा गाडे भनेर प्रचार गर्ने कार्यले नेपालको सत्ता संचालनको डाडु-पन्यो हातमा लिएका पात्रहरु नागरिक प्रतिको कर्तव्य पुरा गर्नबाट पूर्णतया असक्षम रहेको प्रष्ट हुन्छ।
प्रतिपक्षी दलका नेता, सत्तापक्षका नेता लगायत सरकार आफैं पनि राष्ट्रघाती अमेरिकी इण्डो-पेशिफिक सैन्य रणनीति अन्तर्गतको एमसिसी परियोजनालाई लकडाउनको मौका छोपेर सांसदबाट अनुमोदन गर्न चलखेलमा लागेको छ। ठूला भनिने दलका शिर्ष स्थानमा रहेका पात्रहरु व्यक्तिगत स्वार्थ मात्र पूर्ति हुने कार्यमा केन्द्रीत रहेर नेपालको वर्तमान संकटलाई झनै बढाउने र लम्बाउने काम तुरुन्त बन्द हुनुपर्छ। आपतकालिन अस्थिरताको संकटबाट देशलाई बचाउन सत्तामा रहेका र सत्ताभन्दा बाहिर रहेका सबै राजनीतिक दल, सुरक्षा निकाय लगायतका राज्यका संयन्त्रहरु, संचारमाध्यम र नागरिक समाज एक ठाउँमा आएर नेपालको वर्तमान संकटमा सहयात्री बनेर मैदानमा उत्रनुको बिकल्प छैन।
कहिले सम्म यी पटक पटक असफल भईसकेका व्यक्ति र दलहरुको हातमा नेपालको शासनसत्ताको बागडोर दिने? कहिले नेपालको आफ्नो मौलिक रैथाने प्रतिमानमा आधारित राज्यव्यवस्था चल्ने? नेपाल केन्द्रित रहेर नेपाल र नेपालीको वृहत्तर हित गर्न सक्ने शिक्षित, प्रशिक्षित र दिक्षित व्यक्तिको नेतृत्वमा राज्य व्यवस्था संचालन हुनुपर्छ। सत्ता स्वार्थ र व्यक्तिगत स्वार्थमा मात्र तल्लिन रहेको विद्यमान नेपाली राजनीतिलाई पुनर्जागरण गरेर देशलाई बिदेशीहरुको कब्जाबाट मुक्त गराउन आम जनताले आफ्नो नागरिक कर्तव्य निर्वाह गर्न सबै जागरुक हुन जरुरी छ।
शहर सुनसान छ , स्तब्ध छ , मशानघाट मा चहलपहल बढेको छ मन्दिरका ढोकाहरु बन्द छ , घण्टहरुले बिश्राम लिएको छ , धुपहरु निभेको छ, बेलपत्र—पुष्प सुकेको छ ।
दश तला माथी बाट पैसाको बिटो समाउदै ,
उ धर्ति तिर हेर्छ ,माटोमा उब्जीएको केही कुरा
आयो कि नाइ ? भन्दै ।
सुनैसुनले मोरिएकाहरु, बहुमुल्य गहनाले बेरिएकाहरु
केवल भोजनको प्रतिक्षामा छन ,
दोस्रो दर्जाका मान्छेले उब्जाएको खाद्यान्न सम्झदै ।
साम्राज्यबादी बिस्तारबादीहरु,
बम बारुद र हतियारको थुप्रोमा सुतेर
सम्बृद्धीको सपना देख्नेहरु ,
आज असुरक्षाको भय बाट ,
त्रसित मानसशीकतामा जिईरहेको छ ।
एक दिन इतिहाँसको समिक्षा गर्न ,
उ विबस हुनेछ ।
जसरि पनि नाफा कमाउने
चाकडी, गुलामी र दलाली कौशल सिकाउने ,
पैसा हुनेहरु मात्र बाँचन पाउने ,
शक्तिशाली मात्र हाँस्न पाउने ,
तिम्रो त्यो दर्शन लाई अग्नीमा बिसर्जन गरिदेउ ,
नोबल कोरोनाले मानब लाई एउटा सबक सिकाएको छ , विश्व मानब लाई एउटा नबिन दर्शनको महसुस गराएको छ , नविन युगको नयाँ दर्शनको जग बन्नेछ “बुद्ध दर्शन“ लुम्बीनीमा भन्डारण त्यो ज्ञानको मुहान , सगरमाथाको उचाई बाट विश्व नियाल्दै प्रक्षपण हुनेछ ।
कविताका लेखक राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा कार्यरत हुनुहुन्छ
तिमी घरभित्रै बसेको राम्रो यो महामारीमा बाहिर न निस्के राम्रो बार बार निमोनियाले गालेको मान्छे रुघा खोकिले च्यापिरहने मान्छे चिसोले छिन मै ढ्लाउने मान्छे औसधिको भरमा बाच्ने मान्छे घर परीवारको चिन्ता यहीँ छ। सहकर्मी ,आफ्न्त,शुभ चिन्तकहरुको म माथि यहि नै चिन्ता । तर खै किन म मात्र म भएर बस्नै सकिन ?
घरभित्रको सुरक्षालाई बेवास्ता गरि निस्किनु
मेरो रहर थिएन
घर परीवारको चित्त दुखाउनु
मेरो मनसाय कदापि हुँदै होइन।
घरमा बसेर आराम गर्न नखोज्नु
मेरो मुर्खता कतै थिएन
सरकारले दिएको आदेश उलंघन
गर्ने आँट म भित्र कतै थिएन
साथिभाईको आग्रह नमान्नु
मेरो घमण्ड हुँदै होइन।।
तै पनि निस्केर हिडेको छु बार बार
खुल्ला सडकहरुमा
मागेको छु धेरैपटक सहयोग
फैलाएको छु यी हातहरु
न माग्न लाज लाग्यो
न त चुपचाप बस्न मन लाग्यो
खै किन म मात्र म भएर बस्नै सकिन ??
जतिसुकै भोका पेटहरु भएपनि
भर्न सक्ने सहयोगी हातहरुछन
मेरो सरकार यतिबेला लागेको छ
देस र जनतालाई सुरक्षित राख्न
मैले भोट दिएका नेताहरु खटेकै छन
जनतालाई भोको बस्न नदिन
दानबिर मनहरुको कमि छैन
साथ सहयोग गर्नेहरु भेट्दै छु
र पनि किन बिस्मातमा परेको छु ??
साझा समस्या आएको बेला
साझा समाधान आउला कुनै दिन
मेरो चिन्ताले मलाई गलाउछ
मेरो असुरक्षाले मलाई र मेरो
परीवारलाई अनि साथीहरूलाई
छिमेकी समेतलाई लडाउन सक्छ
जान्दाजान्दै यी कुराहरु
सकिन म चुपचाप बस्न
खै किन म मात्र म भएर बस्नै सकिन ??
हरेक दिन बाहिर निस्किएकी छु
लक डाउनको आदेस सुनेकी छु
सुरक्षित रहने कोसिस गरेको छु
निस्किनु पर्ने बाध्यता सुरक्षा क्रमिलाई भनेको छु
निस्किरहनु र माग्दै, खोज्दै गर्नु
मेरो निजि स्वार्थ कतै छैन
म मात्र मानव भएर मेरो जिम्मेवारी
भित्र पर्ने सानो काम गर्न खोजेकी।
अभाव र परिपुर्तिलाई जोड्ने
झिनो पुल बन्दै हिड्ने गरेकी छु ।।
यो अफ्ट्यारो समयमा
सहयोग र सहकार्यका लागि
अघि आएका हातहरुलाई समाउदै
लाग्दै छौ ,भोक मेट्न ।
साथ सहयोग गर्ने मनहरुलाई
जोड्दै छौ हामी मिलेर
चुनौतीपूर्ण यो समयमा
जिम्मेवारी बोकेर रातदिन खट्ने
ती तमाम नेपालीलाई सम्मान ।
हामी सबै म मात्र म भएर नबसौ
लागौ सामुहिक सहकार्यमा
बाटौ सुखदुःख मिलेर ।।
किशोर सापकोटा म्यासेन्जरमा आमाको मुख हेरेपछि मध्यरातमा यो त्रासदीपूर्ण कहानी भन्न वसेको छु (आमा आफै पनि यतिवेला नेपालमा जारी लकडाउनको कारण विराटचोकमा अड्किनु भएको छ ) । अधिकांस नेपालीजनहरु आमाको मुख हेरेर सुखानुभूति गरिरहेको वेला यो त्रासदीपूर्ण कथा सुनाऊ कि नसुनाऊ धेरैवेर दुविधा नभएको होइन, तर सोचे सत्य कुरा त भन्नैपर्छ । नेपालभन्दा करिव ८ हजार माइल टाढा रहेको अमेरिकामा अव कसरी त्रासदीपूर्ण दिनहरु आउंछन् भनेर वुझाउन प्रयास गर्छु ।
यतिवेला अधिकांस अमेरिकावासीहरु हरेक क्षण वा कम्तिमा दैनिक एक पटक मरिरहेका मानिसहरु र संक्रमितहरुको आंकडा हेर्छन (समाचारमा कोरोना वाहेक अरु केही पनि त छैन ) । कतिपयले त तथ्यांक हेर्न पनि छाडिसके । यो उनीहरुको आफुलाई निरास हुनवाट जोगाउने अस्थायी विधिमात्रै हो । कतिपय मानिसहरु कोरोनाले मलाई वा मेरो परिवारलाई कहिले भेट्ला भनेर चिन्ता गरेर वसेका छन् । कोरोनावाट वच्न हजार सावधानी अपनाएका व्यक्ति वा परिवारहरु दिनदिनै कोरोना संक्रमणवाट गुज्रिरहेका छन् । कहांकहांवाट मात्रै जोगिने ? अवस्था अत्यासपूर्ण भइसकेको छ ।
कतिपय मान्छेहरु भने अजीव हुंदा रहेछन् । उनीहरु सोच्छन् र खुल्ला रुपमा नै भन्छन् – यो वुढावुढी र रोगीलाई लाग्ने रोग हो, हामीलाई वालमतलव । ‘हामीलाई वालमतलव’ भन्ने वर्गले तथ्यांकलाई विर्सिदिन्छन् किनकी कोरोना भाइरस संक्रमणवाट मृत्यु भएका करिव ५० हजार मानिसमा वृद्ध र रोगी मात्रै छैनन् । अहिले युवा र वालवालिकाको पनि कोरोना संक्रमणवाट मृत्यु भइरहेको छ । अमेरिकामा पछिल्लो समयमा अरु कुनै विराम नभएका ३० देखि ४० वर्षका उमेर समुहका कोरोना संक्रमित मानिसहरुको हृदयघातका कारण निधन भइरहेको छ किनकी कोरोना संक्रमणले उनीहरुको रगत अचानक जम्ने (व्लड क्लट) हुने गरेको पाइएको चिकित्सकहरुले वताएका छन् । कतिपय युवावस्थाका मानिसहरुले हृदयघातको लक्षण देखिंदासम्म पनि अस्पतालमा झन् भयावह अवस्था हुने ठानेर आपतकालिन सेवालाई नवोलाउंदा मृत्यु हुन पुगेको चिकित्सकहरुले वताएका छन् । न्यूयोर्कको माउन्ट सिनाइ हेल्थ सिष्टमका चिकित्सक डा. तमस अस्लेले भनेका छन्, कोरोना भाइरस संक्रमणको कारण व्लड क्लट भएर मर्नेहरु सवै ५० वर्ष मुनिका छन् ।
मर्नेहरु मरेर गइसके । संक्रमितहरु घरमा वा अस्पतालमा छन् । तर अहिले कुनै अनुमान गर्न पनि सकिदैन अव कति मर्छन र कति संक्रमित हुन्छन् । विश्व स्वास्थ संगठन (डव्लुएचओ)ले प्रष्ट शव्दमा भनेको छ, कोरोना भाइरस विरुद्धको खोप नवन्दासम्म यो रोग नियन्त्रण गर्न संभव छैन । सवै अध्ययनहरुले देखाइसकेको छ, कोरोना विरुद्धको खोप आउन १ देखि ४ वर्षसम्म पनि लाग्न सक्छ । यो अवधिमा कोरोना संक्रमण कति वढ्ला ? कति मानिसहरु मर्लान ? अमेरिकाको रोग रोकथाम तथा नियन्त्रण केन्द् (सीडीसी)ले वुधवार भन्यो, कोरोनाको दोेश्रो लहर अझै भयावह हुनेछ । कोरोनाको दोश्रो लहर अमेरिकामा जाडो सुरु भएसंगै फ्लुसंग जोडिएर आउनेछ । यसै त अहिले पनि कोरोना नियन्त्रणको कुनै लक्षण छैन भने अर्को लहर थपिंदाको परिणाम के होला ? अक्टोवर -नोभेम्वर पछि सुरु हुने जाडोमा संक्रमण कति फैलिएला ?
धेरै मानिसहरुको अहिले भरोसाको केन्द्र भनेको अग्रपंक्तिमा रहेर स्वास्थ सेवा दिइरहेका चिकित्सक र नर्सहरु नै हुन् । औषधिविनाको लडाइ उनीहरुले कति लड्न सक्लान ? मानवीय क्षतिप्रति अलिकति पनि सरोकार नराख्ने र व्यापारीहरुको स्वार्थमा चल्ने राष्ट्रपतिको शासकीय पद्धतिभित्र रहेर कसरी सेवा दिन सक्लान् ? चिकित्सक र नर्सहरुका लागि आवश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीइ) समेत सकिंदै गएको अवस्थामा कसरी उनीहरु आफ्नो उत्तरदायित्व निभाउन सक्लान ? न्यूयोर्कमा एउटै परिवारका चिकित्सक वावुछोरीको मृत्यु भएको देख्दा उनीहरुलाई कस्तो महसुस भएको होला ? आफुसंगै काम गरिरहेका स्वास्थकर्मीहरुको निधन हुंदा उनीहरुको मनोविज्ञान कस्तो भएको होला ?
सवै समग्र अवस्था हेरिसक्दा प्रश्न उठ्छ अव केही विकल्प वांकी छैन त ? सत्य यही हो, जवसम्म खोप वन्दैन, अमेरिकाले कोरोनालाई पराजित गर्न सक्दैन । कोरोना आफ्नो कोर्षमा अगाडि वढ्छ, अमेरिका आफ्नो कोर्षमा अगाडि वढ्छ । यसमा कति मानिस संक्रमित हुन्छन् र कति मर्छन अनुमान गर्नु निकै कठिन हुन्छ ।
एउटा सत्य कुरा के हो भने सामाजिक दुरी (सोसियल डिस्टेन्स) कायम गर्दा संक्रमणको क्रम केही कम भएको छ तर रोकिएको छैन । अमेरिकाको मनोविज्ञान वुझ्नेहरु प्रष्ट छन्, आज होस वा भोली, कोरोना संक्रमण नसकिंदै अमेरिका पुन खुल्ला हुनेछ वा खुला हुन वाध्य हुनेछ । स्टे एट होम आदेश जारी गरेर अमेरिकी जनतालाई पाल्न र डुवेका व्यवसायलाई राहत दिन त्यति सहज नहुने प्रारम्भिक नतिजाहरुले देखाइसकेका छन् । जुनवेला अमेरिका पुन खुल्नेछ, त्यो वेला सोसियल डिस्टेन्स कायम हुन सक्नेछैन । हरेक मानिसलाई मुखमा मास्क लगाउन वाध्य पार्न सकिने छैन । (मुखमा मास्क लगाउंदैमा र सोसियल डिस्टेन्स कायम हुंदैमा कोरोना नियन्त्रण नहुने रहेछ भन्ने जापानवाट सिक्न सकिन्छ किनकी जापानमा अधिकांस मानिसहरु मास्क लगाउंछन् र अभिवादन गर्दा हात पनि मिलाउंदैनन तथापि कोरोना संक्रमण वढी रहेको छ) ।
अमेरिकी समाजमा कोरोनाले मानिसको मनोविज्ञानमा नराम्रो गरी प्रहार गरेको छ । आफ्नै परिवारका सदस्यहरुवीचमा आशंका वढ्दै गएको छ । हाम्रै परिवारको कुरा गर्ने हो भने हामी तरकारी रोप्न वारी जांदा समेत प्रत्येक सदस्यले आआफ्ना कार लिएर जान्छौं । घरभित्र एकले अर्कोसंगको निश्चित दुरी कायम राख्छौं । एउटै कारमा यात्रा गर्नुपर्ने वाध्यता नै भयो भने पनि सवैले मास्क लगाउंछौ । सकिए जति जोगिने न हो । हातमा स्यानीटाइजर प्रयोग गर्दागर्दा हात सवै फुटिसकेका छन् । हामी कोरोना संक्रमण नहुंदै यति आतिएका छौ भने संक्रमण हुनेहरुको मनोविज्ञान निकै डरलाग्दो रहेको छ । सीएनएनले केही दिन एउटा अध्ययनको समाचार लेखेको थियो, जुन अध्ययनले देखाउंछ, कोरोना भाइरस संक्रमण भएर अस्पताल भर्ना भएका धेरै विरामीलााई अव आफन्त समेत भेट्न नपाइ मरिने भइयो भन्ने चिन्ता हुंदो रहेछ । अमेरिकाका अस्पतालहरुमा कोरोना संक्रमण आक्रमण रुपमा सुरु भएपछि विरामी कुरुवा जान प्रतिवन्ध लगाइएको छ ।
कोरोना संक्रमण भएका तर अस्पतालमा ठाऊं नपाएका धेरै मानिसहरुलाई एक प्रकारको निराशाको अवस्था छ, अस्पतालमा ठाऊ पनि पाइएन, वांचिएला कि नवाचिएला ? यो चिन्ता पनि स्वभाविक छ, न्यूयोर्क शहरमा मात्रै ४ हजार भन्दा वढी कोरोना संक्रमितहरुले घरमा नै मृत्युवरण गर्न पुगे । यसरी घरमानै मृत्युवरण गर्नेहरुमा केही नेपाली पनि परे । अमेरिकाका धेरै गभर्नरहरु र अस्पताल प्रशासनको एउटै गुनासो रह्यो, हामीलाई उपचारका लागि यथेष्ट वेड र भेण्टीलेटर भएनन् । तर भेण्टीलेटर प्रयोगवाट पनि त्यति उत्साहजन परिणामहरु भने आएनन् । न्यूयोर्कको एउटा ठुलो अस्पताल नर्थवेल हेल्थमा भर्ना भएका विरामी मध्ये २० प्रतिशत विरामीको मृत्यु भयो तर डरलाग्दो तथ्यांक त यो छ कि उपचारका लागि भेण्टिलेटर प्रयोग गर्ने ८८ प्रतिशत विरामीको मृत्यु भएको छ । त्यसैले,अस्पतालमा भेण्टीलेटर पाउंदैमा मानिस वच्न सकिदैन ।
कोरोना संक्रमणवाट एकवाट अर्कोमा सर्छ । यो सत्य हो । यदि अरुवाट आफुमा सर्न नदिने वातावरण वनाउन सक्यौ भने हामी वांच्न सक्छौ । यो पनि सत्य हो । तर कोरोना संक्रमण सुरु भयो भने यसलाई जित्न सकिन्छ भन्ने कुनै आधार छैन । यो महामारीमा कोरोनालाई आफ्नो शरिरमा प्रवेशनै नदिनु पहिलो जित हो भने कोरोना संक्रमण भइहालेमा आफुलाई वचाउन शरिरको इम्युनिटी पावर वढाउने विषयमा सकारात्मक सोच राख्नु अर्को जिम्मेवारी हो । संसारलाई तवाह वनाउंदै गएको कोरोनाको विषयमा अझै केही मानिसहरुको मनमा गम्भीरता देखिंदैन, अमेरिकाका त्रासदीपूर्ण दिनहरु हेरेर सचेत वनौं ।
आमा तिमी थियौ र त म छु आज तिमीले जन्म दियौं र त म छु आज तिमीले बाटो देखायौं र त हिड्ने भए मैले यो धर्ती टेके । मेरि आमा कति सहेर बस्यौं ब्यथा म तिर्छु आमा तिम्रो हरेक कष्टको गुन ।
आमा मैले यो धर्ती देखे पहिलो पल्ट महसुस गरे यो धर्तिको चिसो बतास । आफू कष्ट मै हुदा पनि तिमिले बेथा मै अनि अशक्त हुदाको त्यो पलमा । खुशी हुँदै पिलाईरहयौ सुवर्ण कलस आमा म तिर्ने छु तिम्रो गुन अमृत बनी मेरो शरीरमा बगेको तिम्रो दस धारा दुधको ।
आमा तिम्रै सहाराले यो धर्तीमा पहिलो पाईला चाल्न सिके। तिम्रो भाकामा तोते बोली बोल्न सिके आमा म तिर्ने छु तिम्रो ममताको मोल । तिम्रो सम्मान गरेर तिमिलाई डोर्याउनेछु तिमी जब बुढि हुनेछौ आमा । म तिम्रो सहारा बनेर मेरो बाल्यकाल लाई सुन्दर बनाउने । मेरि आमा म तिम्रो स्नेहको पैचो हर हालमा तिर्ने छु ।
सन्तानको गल्तिहरुमा सधै प्रेमको पर्दा हालेर तिमिले । खबरदारी गर्दै बाटो देखाएको थुप्रैपटक । आमा त्यो स्नेहको भारा तिर्ने छु तिमिलाई सहारा दिदै । तिम्रो बिश्वासको मन्दिरहरुमा सधै तिम्रो साथ धाउने छु।
आमा तिमिले आफ्ना रहरहरु
आफ्नै मिटुभित्र बन्दकी राखी ।
मेरा अनगिन्ती रहरहरु पूरा गर्दा
थाकेको तिम्रो मन को महलम बन्ने छु ।
आमा तिमिलाई तिम्रा चाहानाहरुको
हाटबजारमा लगि खुशी खोजेर दिने छु ।
आमा मेरो बालापनमा तिमिले
मेरो लागि आफ्नो निद्रा मारेको
चिसो खालमा आफू सुति मलाई ।
तातोमा डसनातिर सारेको
त्यो अथाह स्नेहाको मोल तिर्ने छु
आमा तिम्रो बुडेउली जिन्दगीमा
तिम्रो आरामदाई
सन्तोषको सिरानी बनी।
आमा मलाई डोलि चढाउने बेला
रोएको त्यो तिम्रो मन अनि
बुहारी भित्र्याउदा प्रफुल त्यो मनको
म शाक्षी रहने छु हरेक पल ।
आमा सौभाग्य दियौं तिमीले मलाई
म तिम्रो शिर उचो पार्ने छु
तिम्रो सिकाईको गुण ,तिर्ने छु
तिमिले रोजेको बाटोमा हिंड्दै।
आमा हरेक जुनि तिम्रै सन्तान हुन पाउ
हरेक सुखदुःखको हिसाब गर्दा
नाफा तिम्रै पोल्टामा पार्न पाँउ
परोस बरु जिन्दगी मेरो घाटामा
तिमिलाई सधै प्रेमकी धनी देख्न पाँउ ।
आमा तिर्ने छु सधै छोरी हुनुको भारा
सकिन भने यो जुनिमा सबै चुक्ता गर्न
जन्मिने छु तिम्रै कोखबाट फेरि
बिश्वास गर्नु मेरि आमा … सन्तान बनी तिम्रो कोख भर्न आउने छु , म फेरि अनगिन्ती प्रहरहर गनेर बोलाउछु म फेरि तिमिलाई तोतेबोलिमा समाउछु तिम्रो हात र धर्ती टेक्दै पुकार्ने छु तिमिलाई , म फेरी आमा ।💕💕💕 २०७७/०१/१०