
गजल
नक्सा मात्र कोर्ने हैन, जोतभोगमै आउनु पर्यो ।
गुमेका ती भुमि जति, सबै फिर्ता पाउनु पर्यो ।
देशभक्त राष्ट्रभक्त, जागौ सबै चनाखो भइ,
सधैं सीमा किच्लो भन्दा, काँडे तार लाउनु पर्यो ।
सार्बभौम सत्ता सम्पन्न, पन्चशिल मान्ने राष्ट्र,
हरबक्त नेपालले, दक्षिण किन धाउनु पर्यो ?
नामले मात्र हैन वीर, गोर्खालीका सन्तान हामी,
परि आए भारी पर्छौ, भनी देखाउनु पर्यो ।
खुलेर नै बोल्न सकौ, बिग ब्रदर्स प्रवृतिमा,
मन वचन कर्ममा नै, देशभक्ती छाउनु पर्यो ।
२०७७/०२/०६
दाङ


