कबिता
वसन्त अनुभव

मित्र मित्र खुवै भन्थ्यौ, खुवाईदियो आची ।
सिमा मिच्दै जंगे पिलर, लगिराछ भाची ।
लुट्न मिच्न पाए मात्र, बल्ल असल मित्र,
कति कुटिल रैछ भारत, देखिदैछ चित्र ।
भारतीय मिडिया त, झ्याउकिरी झै रुने,
यतिसम्म गिर्दारैछन, स्वयं देखे सुने ।
भुक्न पनि कति सक्या, भुस्याहा कुकुर सरि
नथाक्ने भए अलापेर, थुक्क मनपरि ।
खाली नक्सा जारी गर्दा, कन्दनी फुस्कियो,
शंका आशंका खेती गर्दै, बेस्सरी ठुस्कियो ।
उस्ले जस्तै सिमा मिचे, कस्तो गर्थो होला,
नेपालीको खोइरो खन्दै, बोक्थ्यो कति शोला ।
गतिछाडा भाइमाराले, भन्छ कालापानी,
लिम्पियाधुरा लिपुलेक, हाम्रो जानीजानी ।
भन्नुपर्छ हाम्ले पनि, ग्रेटर नेपाल चाहियो,
प्रमाण सबै जुटेपछी, हैन भन्न पाइयो ?
दास ठान्छ नेपालीलाई, धन बलको ध्वास,
जिरे खुर्सानी हुन्छ कस्तो? देखाउनु छ खास ।
१०/२/२०७७, दाङ

