किशोर सापकोटा चन्दा र मेरो विवाह भएको अर्को महिना १७ वर्ष पुग्छ (विवाहको वर्षगांठ मनाउने माहोल भने छैन) । यो १७ वर्षको अवधिमा पहिलो पल्ट उनी ‘पर सरिन्’ । हाम्रो परिवारमा महिनावारी हुंदा कोही पनि महिलाले ‘पर सर्नु’ पर्दैन । महिनावारी हुनु भनेको सामान्य प्रक्रिया हो, यसलाई हाम्रो परिवारमा कसैले पनि असामान्य वनाउन खोज्दैन । छोरीछोरी पनि त्यही मान्यताका साथ हुर्किदैछन् ।
छोरीलाई यही वर्ष स्कुलमा पहिलोपटक महिनावारी भएछ । स्कुलवाट फोन गरिन् । मसंग छोरी सकेसम्म नेपालीमा वोल्ने प्रयास गर्छिन । भनिन्, वावा खुन आयो । म झोलामा उनका कपडा र सेनेटरी सप्लाइज वोकेर स्कुल दौडिए । आजकल पनि कहिलेकांही सेनेटरी सप्लाइज हाल्न विर्सन्छिन् र स्कुल दौडिरहनुपर्छ । छोरीको स्कुल चलिरहेको वेला मैले स्कुलको घण्टी वजाए भने फ्रन्ट डेस्कका कर्मचारीले वुझिहाल्छन् यात छोरीको कुनै अप्वाइन्मेट छ या त सेनेटरी सप्लाइज लान विर्सिएकोले म वोकेर पुगेको छु ।
मैले श्रीमतीको कुरा गर्दागर्दै छोरीको प्रसंग किन निकालेको हो भने छोरीहरुले घरघरमा महिनावारीको विषयमा खुलेर कुरा गर्ने वातावरण वनोस् । कहिलेकांही छोरी अनायसै झर्किदिन्छिन् । छोरी कसरी वोलेको भनेपछि उनले उल्टो सम्झाउंछिन्- ‘सरी वावा, तपाइलाई थाहा छ त, हामी महिलाको मुड महिनामा ३ -४ दिन अलि ठीक हुंदैन भनेर’ । हो, छोरीको कुरामा सत्यता छ, धेरैले परिवारमा यो महसुस गर्नुभएको होला ।
म अव प्रसंगमा नै फर्कन चाहन्छु । एक हप्ता अगाडि मलाइ मध्यरातमा चन्दाको फोन आयो । उनले भनिन्- भोलि विहान म घर आइपुग्दासम्ममा वेसमेन्टको कोठा मिलाइदिनु । भोलिदेखि म छुट्टै वस्छु । मैले परिस्थिति वुझीसकेको थिए ।
किन कोरोना भाइरस संक्रमित धेरै विरामी आएका छन् ? मैले निद्रामा नै सोधे ।
हो – उनले संक्षिप्तमा भनिन्- ‘मेरो युनिटमा सवै कोरोना संक्रमित विरामीहरु छन्’ ।
भोलिपल्ट विहान घर आउंदा उनी सधैझै आफ्नो ड्र्रेस लगाएर आइनन् । कपडा खोलेर डिक्कीमा हालेकी रहिछिन् । जुत्ता घरवाहिरनै खोलिन् । कुकुर लुटपुटिन नजाओस् भनेर मैले पहिला नै समाइसकेको थिए । छोराछोरीलाई आमासंग अंकमाल गर्न नजान पहिलानै सचेत गराइसकेको थिए । उनीसंग घरका हरेक सदस्यको ६ फिटको दुरी कायम भयो ।
सोझै वाथरुममा गएर नुहाएर आइन् ।
मध्यरातसम्म मेरा हातखुट्टा कापिरहेका थिए, ढाडवाट पसिना वगिरहेको थियो, उनले कोरोना भाइरस संक्रमितहरुलाई उपचार गर्दाको अनुभूति ६ फिट टाढावाट सुनाइन्, मैल मेरो कर्तव्य भुल्नु हुंदैनथ्यो, त्यसैले कांपेका हातखुट्टा र डराएको मनलाई नियन्त्रण गरे ।
यो उनको नर्सं भएर काम गर्दाको पहिलो त्रासदीपूर्ण रात थियो । उनलाई काम गर्नका लागि त्यो दिन कुनै सहयोगी समेत दिइएको थिएन ।
कोरोना भाइरसको उपचारमा संभव नभएसम्म नर्सहरुलाई सहयोगी नदिने धेरै अस्पतालहरुले नीति लिएका छन् किनकी एक त व्यक्तिगत सुरक्षा सामग्री (पीपीए) थोरै प्रयोग होस र अर्को संक्रमित व्यक्तिहरुसंग सकेसम्म दक्ष नर्सहरुले मात्रै सम्पर्क गरुन् र संक्रमण वाहिर नआओस् ।
कोरोना संक्रमितहरुको उपचारमा खटिएको भोलिपल्ट उनी फेसवुक लाइभ आइन् । लाइभमा उनले नर्सहरुले उपचारमा अपनाउनु पर्ने सजगता र घरमा वसिरहेका मानिसहरुले गर्नुपर्ने सहयोगको वारेमा चर्चा गरेकी थिइन् । उनले भनेकी थिइन् – ‘यतिवेला सवैले सकेसम्म संयमता अपनाइदिनुहोस् ताकि तपाइहरुलाई संक्रमण भएर वा अन्य विराम लागेर अस्पताल पुग्नु नपरोस्, विरामी भएमा अस्पताल गइ हालिन्छ नि भन्ने मान्यता नराख्नुहोस्, अस्पतालहरु फुल भइसकेका छन् ।
उनले अन्य रोग लागेर अस्पताल जांदा अस्पतालवाट पनि कोरोना संक्रमण सर्ने हुंदा सामान्य विराममा अस्पताल नजान र सकेसम्म घरेलु उपचार खोज्न सुझाव दिएकी थिइन् । लाइभमा जांदा समेत उनको अनुहारमा त्रास थियो, वोली कामेकै थियो । डर हुनु पनि स्वभाविक थियो किनकी कोरोना भाइरसका रोगीलाई स्वास्थ सेवा दिइरहेका चिकित्सक र नर्सहरु लगातार आफै संक्रमित भएर मरिरहेका छन् ।
अर्को दिनदेखि उनी अलि कम डराइन् । शायद मृत्युको डरलाई कर्तव्यवोधले जितिसकेको थियो । हप्तामा तीन दिन काम गर्नुपर्ने स्क्याजुल पुरा भएपछि उनी तीन दिनदेखि घरमा वसेकी छिन् तर ‘पर सरेकी’ छिन् । उनी वेसमेन्टको कोठामा छिन्, म तेस्रो तल्लामा छु । वेलावेलामा उनी लवीमा आउंछिन्, आउनु भन्दा पहिला नै फोन गर्छिन, छोराछोरीलाई माथिल्लो तल्लामा जान अह्राउंछिन् । कुकुरलाई समाइदिन वा गराजमा थुनिदिन भन्छिन् । घरभित्र कि त टाढावाट वोल्नुपर्ने अवस्था छ, सकेसम्म त फोन वा म्यासेन्जरमा कुरा हुन्छ ।
अमेरिका दिनदिनै त्रासदीपूर्ण वाटोमा अगाडि वढेको छ । कोरोना भाइरसवाट संक्रमित हुनेहरुको सवैभन्दा अग्रसुचिमा अहिले अमिरिका छ । धेरै अस्पताल अगाडि आजकल शववाहनको लस्कर देख्न सकिन्छ । संक्रमणको आशंका भएकाहरु त १४ दिने क्वारेन्टाइन सकेर नियमित जीन्दगीमा फर्कन्छन् । तर विरामीको सेवामा भएका स्वास्थकर्मीहरुको यो ‘सेल्फ आइसोलेसन’ कहिले सकिएला ? चिकित्सकहरुलाई मेरो कार्यक्षेत्र सुरक्षित भन्ने कहिले महसुस होला ? मेरी पत्नी ‘पर’ वाट कहिले ‘वर’ आउन पाउलिन् ?
वसन्त अनुभव घोराही, २०७६ फागुन ९ गते / राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङकाे अायाेजनामा अाज घोराहीमा अग्रज साहित्यसर्जक नारायणप्रसाद शर्माकाे प्रस्तुतिमा एकल कविता वाचन कार्यक्रम सम्पन्न भयो ।
वरिष्ठ पत्रकार एवम् साहित्यकार शर्माकाे ८९ अाैँ जन्मदिनकाे अवसरमा परिषद्ले एकल रचना वाचनकाे याे ६३ श्रृङ्खलाको अायाेजना गरेको हाे । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष कमलमणि देवकाेटाकाे अध्यक्षतामा भएको उक्त कार्यक्रममा वरिष्ठ पत्रकार एवम् साहित्यकार शर्माले अाधा दर्जन नयाँ तथा पुराना समसामयिक कविताहरु सुनाउनु भएको थियो भने वाचित रचनाहरूकाे समीक्षा साहित्यकार उत्तमकृष्ण मजगैयाँले गर्नुभएको थियो ।
कार्यक्रममा राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनाल, प्रलेस नेपालका केन्द्रीय सल्लाहकार पद्मप्रसाद शर्मा, लेखक सङ्घ दाङका अध्यक्ष खगराज न्याैपाने, प्रलेसका केन्द्रीय सदस्य शरद अधिकारी, प्रलेस दाङका अध्यक्ष भुवन देवकोटा’शरद’, सिस्नोपानी दाङ शाखा अध्यक्ष डा. लाेकराज पराजुली, साहित्यकार दामाेदर पाैडेल, नितेश खनाल लगायतले शुभेच्छा प्रकट गर्नुभएको थियो भने उपस्थित सबैले नारायणप्रसाद शर्माप्रति शुभकामना व्यक्त गर्नुभएको थियो ।
परिषद्का उपाध्यक्ष नगेन्द्र गुरुकाे स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमकाे सहजीकरण परिषद्का सचिव शारदा शर्माले गर्नुभएको थियो । सोसल मिडियामा शेयर
अरुन बेल्बासे, साउदी अरब
गत १४ फेब्रुअरी शुक्रबारका दिन अनेसास साउदी च्याप्टर साउदी अरबले प्रणय दिवसको अवसर पारेर राजधानी रियादमा आफ्नो समाज को वार्षिकोत्सब तथा भिजिट नेपाल २०२० को पर्वधन गर्ने उदेश्यले प्रथम वार्षिकोत्सव तथा विशेष रचना बाचन कार्यक्रम बृहत रुपमा सम्पन्न गरेकाे छ ।
कार्यक्रम साउदी अरबका नेपाली राजदुतावासका महामहिम राजदुत प्रो. डा. महेन्द्र प्रसाद सिंह राजपुत ज्युको प्रमुख आतिथ्य र अनेसास च्याप्टर साउदी का अध्यक्ष नमराज लामिछानेको सभापतित्वमा संचालन गरिएको थियो ।
उपस्थित विशिष्ठ अतिथिहगणहरु क्रमश: एन आर एन ए आइसिसी पुर्ब सदस्य तथा मानार्थ सदस्य रमेश भन्डारी, प्रवासी नेपाली एकता मंचका अध्यक्ष शिबराज जैशी, जनसम्पर्क समितिका सभपति दीपक रेग्मी, काभ्रे सेवा समाज का महासचिव सुरेश राज त्रिपाठी , तामाङ एकता समाजका अध्यक्ष राम बहादुर लामा, नेपाली साहित्यिक चौतरीका अध्यक्ष कबिराज संखर, कास्की समाजमा अध्यक्ष अमर सापकोटा लगायत अन्य साउदी रियाद मा रहेका विभिन्न संघ संस्था का प्रतिनिधि स्थानीय चर्चित कलाकारहरु, संचारकर्मिहरु, साहित्यकारहरु र धेरै दर्शकहरुको उपस्थित थियो ।
प्रमुख अतिथी महामहिम राजदुत ज्यु ,प्रबाशी नेपाली एकता मंच अध्यक्ष शिबराज जैशि जनसम्पर्क समितिका सभापति दीपक रेग्मी,मोरङ सुनसरी समाज का केन्द्रिय सल्लाहकार कुमार कार्की लगायत सम्पुर्ण वक्ताहरुले शुभकामना तथा मन्तव्य राख्दै अनेसास साउदी च्याप्टर साउदी अरबमा रहेका नेपालीहरुको सामजिक संजाल मार्फत आफ्नो रचना पढ्न पाउदा खुसी लागेको र साहित्य समाज का हरेक पक्षसंग जोडिएको तथा साहित्य को माध्यम बाट समाज मा आमूल परिवर्तन ल्याउन सकिने भन्दै अनेसास बिश्वब्यापी रुपमा भएकाले फेसबुकमा,ट्विटर मा मात्रै सिमित नभई पुस्तक प्रकाशन मा समेत पढ्न पाइयोस भन्ने सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।
सभापति र प्रमुख अतिथी ले खादा ओडाएर सम्मान गर्दै परिवारिक समाजका कोषाध्यक्ष समेत रहेका मदन ओडारी लाई अनेसास साउदी च्याप्टरको सल्लाहकारमा चयन गरिएको छ। अध्यक्ष नमराज लामिछाने ,सल्लाहकार मदन ओडारी ,अमर सापकोटा, घायल तिवारी , बालकृष्ण पौडेल , ईम राना मगर, राज चेम्जोङ लिम्बू ,कुमार कार्की , प्रकाश शर्मा पि.के. , देबेन्द्र बिश्वकर्मा,असिम बिस्वकर्मा , बिमल गौतम ,निरु बस्नेत निरु लगायत का साहित्यकार हरुले आफ्ना बेजोड रचनाले दर्शक लाई मनोरञ्जन दिनु भएको थियो।
चर्चित गायक सुमधुर स्वर का धनी रबिन सुब्बा र अनेसास च्याप्टर साउदिका सचिव समेत रहनु भएका गायक नगेश तामाङ ले सु मधुर गीत ले मन्त्रमुग्ध बनाउनु भएको थियो। अनेसास च्याप्टर साउदीको महासचिव को नाता ले यो पंक्तिकार लाई कार्यक्रम संचालन गर्ने सौभाग्य साथै आफ्ना तीन गजल समेत बाचन गर्ने सौभाग्य मिलेको थियो। अतिथिगणहरुलाई ब्याच र खादाको सट्टामा पिपलको पातमा अतिथी लेखेर स्वागत तथा सम्मान गरिएको उक्त कार्यक्रम अनेसास को वार्षिकोत्सब र नेपाल सरकार को निर्णय अनुसार संसार भर प्रचार र पर्वर्धन गरिएको भिजिट नेपाल 2020 लाई मध्यनजर गर्दै रचना बाचन समेत गरिएको थियो।सोही दिन प्रणय दिवस समेत परेको ले साहित्यकार हरु ले दमदार श्रींगारिक गजल प्रस्तुत गर्दै आफ्ना प्रियसि हरु को याद गरेका थिए।प्रायः गजल र कविता मा माया,बिछोड को पीडा , बदलिँदो समाज माथिको ब्यङ्ग ,नेपाली राजनीति प्रतीको आक्रोश पोखेका थिए ।
काठमाडौं : नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा)द्वारा स्थापित इञ्जा सामुदायिक पत्रकारिता पुरस्कार अछामकी पत्रकार मेनुका ढुंगाना र बाजुराका पत्रकार प्रकाश सिंहले संयुक्त रुपमा प्राप्त गरेका छन्।
एक हजार अमेरिकी डलर राशिको पुरस्कार ढुंगानाको कान्तिपुर दैनिकमा प्रकाशित ‘म छाउपडी रिपोर्टर’ र सिंहको हिमाल खबरपत्रिकामा प्रकाशित ‘कुपोषित बाजुरा’ शीर्षक आलेखले प्राप्त गरेको इन्जाले जनाएको छ।
सन् २०१९ भरीमा प्रकाशित ३५१ वटा समाचार तथा फिचर प्रतिस्पार्धा सामेल थिए। वरिष्ठ पत्रकार तीर्थ कोइराला, टंक पन्त र किशोर सापकोटाको छनौट समितिले निर्धारण गरेको मापदण्ड अनुरुप दुवै आलेखले बराबर नम्बर प्राप्त गरेकाले संयुक्त रुपमा पुरस्कृत गर्ने निर्णय गरेको हो।
ढुंगानाको ‘म छाउपडी रिपोर्टर’ आलेखमा छाउपडी कुप्रथाले निम्त्याएको सामाजिक संकट र सोसम्बन्धी समाचार संकलनका क्रममा उत्पन्न चुनौतीहरुको चित्रण गरिएको छ। छाउपडीविरुद्धमा सक्रिय रुपमा कलम चलाउँदै आएकी ढुंगानासंग आफैं पनि छाउपडीमा बसेको तीतो अनुभव छ।
सिंहको ‘कुपोषित बाजुरा’ शीर्षक आलेखमा बाजुरामा कुपोषणको कहाली लाग्दो चित्र प्रस्तुत गरिएको छ। जसले नेपालका धेरै जिल्लाहरुको अवस्थाको प्रतिनिधित्व गर्दछ।
यसैगरी एक हजार डलर राशिको इञ्जा श्रष्टा सम्मान पत्रकार, वरिष्ठ साहित्यकार ८५ वर्षीय प्राध्यापक चुडामणी रेग्मी ‘चुमरे’लाई प्रदान गर्ने निर्णय गरिएको छ। नेपाली झर्रोवादी आन्दोलनका अगुवा रेग्मीलाई धेरैले ‘पूर्वको मोतीराम’ भनेर सम्मान गर्ने गर्छन्।
झापाको युगज्ञान साप्ताहिकबाट पत्रकारिताको सुरुवात गरेका रेग्मीले यथार्थ कुरा पाक्षिकको सम्पादन गर्नुका साथै साहित्यिक त्रैमासिक जुही प्रकाशन समेत गरेका थिए। जीवनको अधिकांश समय साहित्यिक गतिविधिमा बिताएका छन्। झापाबाट चर्चित भएका धेरै साहित्यकारहरुलाई प्रोत्साहित गर्न जुहीले अत्यन्त महत्त्वपूर्ण भूमिका खेलेको थियो।
इञ्जाका वरिष्ठ उपाध्यक्ष सुनिलमणि दाहाल, साहित्यकार अम्बिका गुरुङ र अनेशास डिसी कमिटी अध्यक्ष भूपनारायण घर्तीमगर रहेको समितिले वरिष्ठ साहित्यकार रेग्मीलाई सम्मानित गर्ने निर्णय गरेको हो।
पुरस्कार तथा सम्मान आगामी मार्च १ मा काठमाडौंमा आयोजना हुने इञ्जा डे समारोहमा प्रदान गरिने जनाइएको छ।
मेरो पनि एउटा रेडियो थियोे ।राति सुत्दाखेरि मिठा मिठा गित गाएर मनै तरंगित वनाउथ्यो।पुस माघको विहान स्वस्थानि माताको रोमाञ्चक कथा सुनाउथ्यो।दशैमा मधु र कैटवको लडाई,दुर्गा माता र असुर विचको लडाइँ रेडियोमा प्रसारण भईरहदा यतै कतै वन जंगल तिर देउता र राक्षस विच युद्द चलिरहेको छ कि जस्तै लाग्थ्यो ।कृषि कार्यक्रम मा वुढि अामै र जेटिए नानिको संवाद मा ठसठसि कनि कनि वुढि अामै जेटिए नानीलाई प्रश्न सोधिरहेकि हुन्थिन।जेटिए नानि जवाफ फर्काईरहेका हुन्थे।
म सानू हुँदा घरमा एउटा फिलिप्स रेडियो थियोे।रेडियो साह्रै ज्ञानी थियोे ।कहिले भुँईमा थपक्क वसेर त कहिले भित्ताको घुडकिलामा तुर्लुङ झुन्डिएर मिठा मिठा गित गाईरहन्थ्यो।वुवा सुत्दा राति सिरानी नेर वस्थ्यो।कहिले वुवा वारिमा काम गर्न जाँदा वारिको कान्लामा वस्थ्यो भने कहिले वुवाको काँधमा झुन्डिएर गाउँ घुम्न निस्किन्थ्यो।
कहिलेकाहि मलाई रेडियो फोडेर रेडियो भित्र वसेर मीठो स्वरमा वोल्ने,गित गाउने र वाजा वजाउने साना मान्छेहरु हेर्न
रहर पनि नलाग्ने होइन तर ठुला मान्छे को डरले मैले त्यस्तो गर्ने दुस्साहस गरेको थिईन।वच्चाको भोटोझै रेडियो को पनि चिटिक्क परेको खोल हुन्थ्यो ।सानू वच्चाको हात,खुट्टा, नाक ,कान र मुख भोटो बाहिर देखिएझै रेडियोको पनि सर्ट वयभ ,मिडियम वयभ ,भोल्युम घटाउने वढाउने वेण्डहरु खोल बाहिर देखिन्थे।
रेडियो संग मेरो गहिरो प्रेम ०४८सालको माघमा एसएलसि परीक्षा दिईसकेपछि वस्यो।मैले पनि सानू साईजको चाईनिज किवो नामको रेडियो किने।त्यसमा मेरो एकाधिकार भयो ।रेडियो ले गीति कथा ,गित गजल,सुरसंगम यस्तै यस्तै साहित्यिक कार्यक्रम वजाउथ्यो।धेरै जसो वियोग का गित र कथाहरु सुनाउथ्यो।
“मुटु मेरो चुडिलगिन झुटो माया लाउनेले निन्द्रावाट व्युझाईदिईन सपनिमा अाउनेले….” यस्तै यस्तै गितहरु वजिरहदा म भने अाफु भन्दा जेष्ठ र छिमेकी गाउँकै भर्खरै पोईल गएकि किशोरीलाई सम्झिरहेको हुन्थे।जसलाई मैले मनमनै मन पराएको हुन्थे तर तिनलाई कुनै पनि तरिकाले प्रेम व्यक्त गर्ने सहास गरेको हुन्थिन।त्यतिखेर म अाफुलाई संसार भरकै वियोगि मान्छे ठान्थे। म रेडियोमा गित,कविता,मुक्तक,गजलअादि रचनाहरु पठाईरहन्थे।कुनै कुनै कार्यक्रम संचालकको शैली अलि फरक हुन्थ्यो ।संचालकले पुर्व झापा देखिका श्रोताहरुले पठाएका रचना वाचन गर्दै पश्चिमतिर अाउथे।जब भेरी अञ्चलका जिल्लाहरुमा दैलेखको नाम अाउथ्यो मेरो मुटुको चाल वढथ्यो।जब मेरै नाम र ठेगाना अाउथ्यो मलाई जाडो दिनमा पनि खलखलि पसिना अाउथ्यो।
गाईभैसि चराउन जाँदा होस या घाँस काटन जाँदा, ढिकिमा धान कुटदा होस या वारिमा काम गर्दा रेडियो मैसंग हुन्थ्यो।रेडियो संग मेरो गहिरो प्रेम थियोे ।
-भुपेन्द्र शाही, दैलेख