
छोरी
पुजनीय हुन्छिन छोरी ममताकी खानी
छोरी बाटै सुरु हुन्छ घरको जिन्दगानी ।
जतनले हुर्काउछ बाबुआमा मिलि
ढुक्क भै बस्नु छैन लौ न आजभोली ।
सामान्य भो बलात्कारमा दिउसै आजभोली
कुन बाटो पो हिड्दा छोरी सुरक्षित होली ।।
जताततै हुन्छ बहस नारी अभियानको
कहिले हट्ला बाबुआमाको डर भित्री मनको ।
छोरी जन्मे हाम्रो घरमा लक्ष्मीको बाँस हुन्छ
त्यहि छोरीलाइ जालमा पार्दा हाम्रो मन रुन्छ ।
बलात्कार गरी मार्छन, हत्यारा थाहाँ हुन्न
कस्तो कानुन हाम्रो देशको न्याय छिटै दिन्न?
बाबु आमा जिउदै मर्छन अन्यायमा पर्दा
सान्त्वना दिने मात्र भए निर्दोषी आँशु झर्दा।
छोरीलाइ सुरक्षित राख्ने कानुन कहिले बन्ला
आमाबाबुको हजार प्रश्न उत्तर कस्ले भन्ला ?
२०७६/ १२/२५
काठमाडौं , शान्तिनगर

