नोभल कोरोना (कविता)

  • ४ जेष्ठ २०७७, आईतवार २२:३५ मा प्रकाशित
  • डिल्ली के. सी.


    शहर सुनसान छ , स्तब्ध छ ,
    मशानघाट मा चहलपहल बढेको छ
    मन्दिरका ढोकाहरु बन्द छ ,
    घण्टहरुले बिश्राम लिएको छ ,
    धुपहरु निभेको छ, बेलपत्र—पुष्प सुकेको छ ।

    दश तला माथी बाट पैसाको बिटो समाउदै ,
    उ धर्ति तिर हेर्छ ,माटोमा उब्जीएको केही कुरा
    आयो कि नाइ ? भन्दै ।

    सुनैसुनले मोरिएकाहरु, बहुमुल्य गहनाले बेरिएकाहरु
    केवल भोजनको प्रतिक्षामा छन ,
    दोस्रो दर्जाका मान्छेले उब्जाएको खाद्यान्न सम्झदै ।

    साम्राज्यबादी बिस्तारबादीहरु,
    बम बारुद र हतियारको थुप्रोमा सुतेर
    सम्बृद्धीको सपना देख्नेहरु ,
    आज असुरक्षाको भय बाट ,
    त्रसित मानसशीकतामा जिईरहेको छ ।
    एक दिन इतिहाँसको समिक्षा गर्न ,
    उ विबस हुनेछ ।

    जसरि पनि नाफा कमाउने
    चाकडी, गुलामी र दलाली कौशल सिकाउने ,
    पैसा हुनेहरु मात्र बाँचन पाउने ,
    शक्तिशाली मात्र हाँस्न पाउने ,
    तिम्रो त्यो दर्शन लाई अग्नीमा बिसर्जन गरिदेउ ,

    नोबल कोरोनाले मानब लाई एउटा सबक सिकाएको छ ,
    विश्व मानब लाई एउटा नबिन दर्शनको महसुस गराएको छ ,
    नविन युगको नयाँ दर्शनको जग बन्नेछ “बुद्ध दर्शन“
    लुम्बीनीमा भन्डारण त्यो ज्ञानको मुहान ,
    सगरमाथाको उचाई बाट विश्व नियाल्दै प्रक्षपण हुनेछ ।

    कविताका लेखक राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा कार्यरत हुनुहुन्छ

    Leave a Reply