
शहर सुनसान छ , स्तब्ध छ ,
मशानघाट मा चहलपहल बढेको छ
मन्दिरका ढोकाहरु बन्द छ ,
घण्टहरुले बिश्राम लिएको छ ,
धुपहरु निभेको छ, बेलपत्र—पुष्प सुकेको छ ।
दश तला माथी बाट पैसाको बिटो समाउदै ,
उ धर्ति तिर हेर्छ ,माटोमा उब्जीएको केही कुरा
आयो कि नाइ ? भन्दै ।
सुनैसुनले मोरिएकाहरु, बहुमुल्य गहनाले बेरिएकाहरु
केवल भोजनको प्रतिक्षामा छन ,
दोस्रो दर्जाका मान्छेले उब्जाएको खाद्यान्न सम्झदै ।
साम्राज्यबादी बिस्तारबादीहरु,
बम बारुद र हतियारको थुप्रोमा सुतेर
सम्बृद्धीको सपना देख्नेहरु ,
आज असुरक्षाको भय बाट ,
त्रसित मानसशीकतामा जिईरहेको छ ।
एक दिन इतिहाँसको समिक्षा गर्न ,
उ विबस हुनेछ ।
जसरि पनि नाफा कमाउने
चाकडी, गुलामी र दलाली कौशल सिकाउने ,
पैसा हुनेहरु मात्र बाँचन पाउने ,
शक्तिशाली मात्र हाँस्न पाउने ,
तिम्रो त्यो दर्शन लाई अग्नीमा बिसर्जन गरिदेउ ,
नोबल कोरोनाले मानब लाई एउटा सबक सिकाएको छ ,
विश्व मानब लाई एउटा नबिन दर्शनको महसुस गराएको छ ,
नविन युगको नयाँ दर्शनको जग बन्नेछ “बुद्ध दर्शन“
लुम्बीनीमा भन्डारण त्यो ज्ञानको मुहान ,
सगरमाथाको उचाई बाट विश्व नियाल्दै प्रक्षपण हुनेछ ।
कविताका लेखक राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा कार्यरत हुनुहुन्छ

