शत्रुका ती टाउकाहरु, हाँस्दै गन्न मन छ

  • २८ बैशाख २०७७, आईतवार १४:१३ मा प्रकाशित
  • वसन्त अनुभव, गजलकार

    भक्ती थापा, बलभद्र, अमर बन्न मन छ ।
    खुकुरीमा धार लाउदै, पर्ख भन्न मन छ ।

    सिमा मिची अघि बढ्ने, गोडाहरु भाच्दै,
    शत्रुका ती टाउकाहरु, हाँस्दै गन्न मन छ ।

    पहुँचवाला कहाँ छिरे, आँखा कान छोपी,
    छेेेपारे ती काइतेको, चिहान खन्न मन छ ।

    कानेखुसी साउती गर्छन, उन्लै बोल्नै डर
    सत्ताका ती लाछिलाइ, लापा हान्न मन छ ।

    देशभक्तिको गर्जन गर्ने, आई पर्दा चुप्प,
    नामर्द ती धोखेबाजको, टुप्पी तान्न मन छ ।

    २०७७/०१/२८
    वसन्त अनुभव
    दाङ

    Leave a Reply