चिनियाँ मिडिया सिजिटिएनले डिलिट गर्‍यो सगरमाथासम्बन्धी ट्विट

  • २८ बैशाख २०७७, आईतवार १५:१५ मा प्रकाशित
  • काठमाडौँ– नेपालमा चीन विभिन्न रुपमा अहिले विवादित भइरहेको छ। चिनियाँ राजदूत हाउ याङ्छीले नेकपाका नेताहरुसँग भारतीय शैलीमा भेटेको भनी आलोचना भइरहेका बेला एक चिनियाँ मिडिया सिजिटिएन (चाइना ग्लोबल टेलिभिजन नेटवर्क)ले सगरमाथा तिब्बतमा पर्छ भनी ट्विट गरेको छ।
    यद्यपि सर्वत्र आलोचना र विरोध भएपछि सिजिटिएनले उक्त ट्विट डिलिट गरेको छ।
    सिजिटिएनले आफ्नो आधिकारिक ट्विटर ह्याण्डलमा मे २ मा चारवटा तस्बिर पोस्ट गरेर सगरमाथा तिब्बतमा पर्ने उल्लेख गरेको हो। तिब्बत चीनको स्वायत्त प्रदेश हो।
    विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालको सोलुखुम्बु जिल्लामा पर्छ। यसको उत्तरी मोहोडा भने तिब्बततिर पर्छ। तर सिजिटिएनले भने सगरमाथा नै चीनमा पर्ने उल्लेख गरेपछि त्यसको विरोध भएको थियो।
    यस्तो थियो सिजिटिएनले गरेको ट्विट:

    Leave a Reply