कविता

  • २० बैशाख २०७७, शनिबार २१:२७ मा प्रकाशित
  • खै किन म ,मात्र म,भएर बस्नै सकिन ??

    सीमा पुरी, कवयित्री

    तिमी घरभित्रै बसेको राम्रो
    यो महामारीमा बाहिर न निस्के राम्रो
    बार बार निमोनियाले गालेको मान्छे
    रुघा खोकिले च्यापिरहने मान्छे
    चिसोले छिन मै ढ्लाउने मान्छे
    औसधिको भरमा बाच्ने मान्छे
    घर परीवारको चिन्ता यहीँ छ।
    सहकर्मी ,आफ्न्त,शुभ चिन्तकहरुको
    म माथि यहि नै चिन्ता । तर
    खै किन म मात्र म भएर बस्नै सकिन ?

    घरभित्रको सुरक्षालाई बेवास्ता गरि निस्किनु
    मेरो रहर थिएन
    घर परीवारको चित्त दुखाउनु
    मेरो मनसाय कदापि हुँदै होइन।
    घरमा बसेर आराम गर्न नखोज्नु
    मेरो मुर्खता कतै थिएन
    सरकारले दिएको आदेश उलंघन
    गर्ने आँट म भित्र कतै थिएन
    साथिभाईको आग्रह नमान्नु
    मेरो घमण्ड हुँदै होइन।।

    तै पनि निस्केर हिडेको छु बार बार
    खुल्ला सडकहरुमा
    मागेको छु धेरैपटक सहयोग
    फैलाएको छु यी हातहरु
    न माग्न लाज लाग्यो
    न त चुपचाप बस्न मन लाग्यो
    खै किन म मात्र म भएर बस्नै सकिन ??

    जतिसुकै भोका पेटहरु भएपनि
    भर्न सक्ने सहयोगी हातहरुछन
    मेरो सरकार यतिबेला लागेको छ
    देस र जनतालाई सुरक्षित राख्न
    मैले भोट दिएका नेताहरु खटेकै छन
    जनतालाई भोको बस्न नदिन
    दानबिर मनहरुको कमि छैन
    साथ सहयोग गर्नेहरु भेट्दै छु
    र पनि किन बिस्मातमा परेको छु ??

    साझा समस्या आएको बेला
    साझा समाधान आउला कुनै दिन
    मेरो चिन्ताले मलाई गलाउछ
    मेरो असुरक्षाले मलाई र मेरो
    परीवारलाई अनि साथीहरूलाई
    छिमेकी समेतलाई लडाउन सक्छ
    जान्दाजान्दै यी कुराहरु
    सकिन म चुपचाप बस्न
    खै किन म मात्र म भएर बस्नै सकिन ??

    हरेक दिन बाहिर निस्किएकी छु
    लक डाउनको आदेस सुनेकी छु
    सुरक्षित रहने कोसिस गरेको छु
    निस्किनु पर्ने बाध्यता सुरक्षा क्रमिलाई भनेको छु
    निस्किरहनु र माग्दै, खोज्दै गर्नु
    मेरो निजि स्वार्थ कतै छैन
    म मात्र मानव भएर मेरो जिम्मेवारी
    भित्र पर्ने सानो काम गर्न खोजेकी।
    अभाव र परिपुर्तिलाई जोड्ने
    झिनो पुल बन्दै हिड्ने गरेकी छु ।।

    यो अफ्ट्यारो समयमा
    सहयोग र सहकार्यका लागि
    अघि आएका हातहरुलाई समाउदै
    लाग्दै छौ ,भोक मेट्न ।
    साथ सहयोग गर्ने मनहरुलाई
    जोड्दै छौ हामी मिलेर
    चुनौतीपूर्ण यो समयमा
    जिम्मेवारी बोकेर रातदिन खट्ने
    ती तमाम नेपालीलाई सम्मान ।
    हामी सबै म मात्र म भएर नबसौ
    लागौ सामुहिक सहकार्यमा
    बाटौ सुखदुःख मिलेर ।।

    Leave a Reply