तुलसीपुर दमारगाउँ भई भित्रने एम्वुलेन्स लगायत सवारी साधनमा कडा निगरानी

  • २० बैशाख २०७७, शनिबार २२:२० मा प्रकाशित
  • -वसन्त अनुभव-
    तुलसीपुर, दाङ, २० बैशाख
    तुलसीपुर उपमहानगरपालिकाको दमारगाउँ भइ भित्रने एम्बुलेन्स लगायत गाडीमा कडा चेकजाँच तथा निगरानी बढाईएको छ ।

    उपमहानगरले आज मात्रै दमारगाउ भयर तुलसीपुर भित्रीएका ८ वटा एम्बुलेन्स र ४ वटा गाडी लाई चेकजाच गरेर मात्र आवतजावत गर्न दिएको थियो।

    सुरक्षा सामग्री प्रयोग नगरेका एम्वुलेन्स लगायतका गाडीलाई सुरक्षासामग्री प्रयोग गर्ने लगायर पहिलोपटक लाई परामर्श गरि छोडिएको छ।

    आज अपरान्हसम्म ४८ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा १ जनालाई ज्वरो आएको भेटिएकोले राप्ति लाईफ केयर अस्पतालले रिफर गरि नेपालगञ्जमा पठायकोमा उनलाई नेपालगन्जबाट पुनः राप्ति लाईफ केयर अस्पतालमा नै सम्पर्कमा राख्न पठाईएको छ।

    मुटुको समस्या भएकी ती महिला नेपालगन्ज जाचँ गराई फर्किएकी थिइन। उक्त हेल्थ डेस्कमा फुलवारी स्वास्थ्यचौकीका प्रमुख ज्ञान वहादुर डाँगीको नेतृत्वमा २४ सै घण्टा स्वास्थ्यकर्मीहरुको टिम परिचालन भएको जनस्वास्थ्य प्रवर्द्धन शाखाका जस्वानी विमल के.सी.ले बताउनु भयो ।

    साथै स्वास्थ्यकर्मीहरुले सवारी चालकले सकभर N 95 मास्क , गाडीमा सेनिटाईजर ,डिसईनफेक्टेन्ट सामग्री,ग्लोभ्स ,गाडीलाई पार्टिसन गरे नगरेको निरिक्षण गर्ने र नगरेको भए तत्कालै गर्न लगाउने साथै चालकले यात्रुको विवरण राख्नु पर्ने,एम्वुलेन्समा विरामी, विरामीको कुरुवा वढिमा २ जनालाई मात्र वोक्नु पर्ने कुराहरू जाँच गर्ने जस्वानी के.सी.ले बताउनु भयो ।

    साथै उहाँले त्यसो नगरिएको पाइएमा प्रहरीको सहयोगमा गाडीलाई नै सिल गर्न लगाउने र शंकास्पद व्यक्तिहरुलाई क्वारेन्टाईनमा राख्न सकिने बताउनुभयो ।

    Leave a Reply