• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: साहित्य

हुतिहारा भए युवा , बुढाकै छ आलोपालो

  • २० श्रावण २०७७, मंगलवार ०९:०५ मा प्रकाशित
  • गाईजात्रा विशेष

    लोकराज पराजुली, साहित्यकार

    बाह्रमासे गाईजात्रा
    दाइ जात्रा भाइ जात्रा
    दोषी को छ कति मात्रा
    न्याय पाऊँ गाईजात्रा !!
    (१)
    ईशारामा न्याय चल्छ
    किनारामा रुन्छ ढल्छ
    अमृत रोप्यो विष फल्छ
    क्षमताले हात मल्छ !!
    (२)
    सुन खान्छौ पचाउँछौ
    सबै मिल्छौ बचाउँछौ
    कठपुतली नचाउँछौ
    लाज पनि पचाउँछौ !!
    (३)
    के को गाईजात्रा गर्नू , बुढो नेता दिन्न पालो
    अस्पताल पार्टी घर , न्याय मूर्ति उसकै सालो
    पार्टी झन्डा अंशबंडा, राष्ट्रध्वज भन्छौ टालो
    हुतिहारा भए युवा , बुढाकै छ आलोपालो !!
    (४)

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on हुतिहारा भए युवा , बुढाकै छ आलोपालो

    दान-धर्म

  • १२ श्रावण २०७७, सोमबार २०:५५ मा प्रकाशित
  • कविता

    यज्ञ केसी, हेल्थ असिस्टेन्ट

    हौ भने मानब तिमि,गर्ने गर परोपकार ।
    देखिने थोक सबै जिबमा राख सरोकार !!

    हुन्न जहाँ दया र मायाँ, छैन त्यहाँ सदगुण ।
    लिने गरौं गुण पोषण, हटाउन दुर्गुण ।।

    क्रोध नै हो फुट ल्याउने, समाजिक बैभब ।
    दृष्टि देउ पबित्र मनको, हे माँता सदैब ।।

    समृद्ध हुन्छ मानिस जब, लोभ त्याग्छ जसै ।
    लोभ छ अति नै जसमा,सम्मान त्याग्छ त्यसै ।।

    छैन केहि दिन्छ थोरै, हजार हुन्छ त्यो सुन ।
    बिर्सन्न कबै उसले, महान तिम्रो त्यो गुण ।।

    पुजा कर्म तिर्थ मात्र, भजन हुन भाषण ।
    जो गर्छ दान पुर्ण त्यो, धर्म हुन्छ आभुषण ।।

    १२ साउन २०७७

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on दान-धर्म

    नेपालमा सलह किरा पुनः सक्रिय : धपाउनका लागि धुवाँ र आवाज प्रभावकारी

  • ८ श्रावण २०७७, बिहीबार ०८:५८ मा प्रकाशित
  • वर्षा कम भएसँगै असार २८ गते नेपाल प्रवेश गरेका सलह पुनः सक्रिय देखिएका छन् । वर्षा कम भएसँगै मङ्गलबार साँझ गुल्मी र स्याङ्जाको आकाशमा सलहको झुण्ड देखिएका हुन् । मङ्गलबार साँझ स्याङ्जाको आकाश भएर सलहको झुण्ड तनहुँतिर लागेको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख शहदेव हुमागाईंले बताउनुभयो ।

    बर्साद्को समयमा सलहहरू ठूला रुखका हाँगामुनि र पातमुनि बस्ने भएकाले केही दिनदेखि हराएजस्तो देखिए पनि मङ्गलबार पुनः देखिएको हुमागाईंले बताउनुभयो ।

    स्याङ्जाबाट कृषि ज्ञान केन्द्रका प्रमुखले सहल सक्रिय भएको जानकारी दिनुभएको छ तर तिनीहरू कहाँ गएर बसेका छन् भन्ने बारेमा  खोजी जारी रहेकाे उहाँले बताउनुभयाे । चार दिनदेखि निस्क्रिय रहेका सलह एक्कासि देखिएपछि कृषि ज्ञान केन्द्र स्याङ्जाले त्यहाँ वरपरका स्थानीयलाई सजग रहन अनुरोध गरेको छ । कुनै घना जङ्गलमै सलह बसेको हुन सक्ने र वर्षा कम भएसँगै त्यो पुन सक्रिय भएर लाग्ने गर्दछ ।

    मङ्गलबार साँझ देखिएको सलहको झुण्ड ८ देखि १० लाखसम्मको भएको अनुमान गरिएको हुमागाईंले जानकारी दिनुभयो । असारमा कञ्चनपुरवाट प्रवेश गरेको सलहको झुण्डसमेत महाकाली नदी पार गरेको र तिनीहरू महाकाली नदी वारपार गरिरहेको हुमागाईंले बताउनुभयो । भारतमा रहेका सलह त्यहाका किसानहरूले लखेटेपछि नेपालमा आउने र नेपालका किसानहरूले लखेटेपछि भारत जाने क्रम निरन्तर चलिरहेका हुमागाईंले भन्नुभयो ।

    सलह कडा खालको प्रजाति भएकाले वर्षाको समयमा ठूला आकारमा रुखका पात, हागाँको मुन्तिर बस्ने र घाम लागेसँगै सक्रिय बन्न थालेको हुमागाईंले बताउनुभयो ।

    शुक्रबारसम्म जोखिम

    शुक्रबारसम्म हावाको बहाव नेपालतर्फ रहेकाले सलहको जोखिम रहेपनि शुक्रबारबाट हावाको बहाव राजस्थानतर्फ फर्कने भएकाले नेपालमा सलहको जोखिम शुक्रबारसम्म कायमै हुने हुमागाईंले बताउनुभयो ।

    नेपालमा रहेका सलह शुक्रबारबाट राजस्थानतर्फ फकर्ने सम्भावना छ । हावाको बहावकै आधारमा तिनीहरूले यात्रा तय गर्ने भएकाले शुक्रबारसम्म नेपालमा जोखिम कायमै छ । नेपालमा अब तीन दिनसम्म सलहको जोखिम रहेकाले र सजकता अपनाउनुपर्ने हुमागाईंले भन्नुभयो । सहल देखिएमा नजिकैको कृषि ज्ञान केन्द्रमा खबर गरिदिन अाग्रह गर्नुभयाे ।

    यतिबेला भारतको दिल्ली, उत्तर प्रदेश र बिहारमा सलहका झुण्ड सक्रिय रहेकाले अब हावाको बहाव नेपालतिर आएको र शुक्रबारबाट पुनः त्यतै जाने भएकाले तीन दिन जोगिएमा यो पटकको सलहको जोखिम टर्नेछ ।

    धुवाँ र ध्वनि निकाल्ने कार्य सफल

    सलहलाई धपाउन धुवाँ निकाल्ने, थाल पिट्ने नै हो यो विश्वमै सफल विधि भएकाले नेपालमा समेत यसको प्रयोग गरेको हुमागाईंले बताउनुभयो । सलहलाई सकेसम्म बस्न नदिने र निस्क्रिय बनाउन यो विधिले नेपालमा समेत काम गरेको उहाँले बताउनुभयो । एक ठाउँमा बस्न नदिने र हावाको गतिमा दौडने भएकाले सकेसम्म सीमा कटाउनु नै क्षति कम गराउन उचित रहेको र त्यसका लागि नेपालका किसानको प्रयास सराहनीय रहेको उहाँले बताउनुभयो । रासायनिक विषादीले निक्कै असर गर्ने भएकाले योभन्दा विश्वमै राम्रो भएको धुवाँ निकाल्ने र विधिले निक्कै राम्रो काम गरेको हो ।

    सलह समाउन प्रोत्साहन रकम नै कम

    सलह समाउनेलाई कम्तीमा पाँच सय रुपियाँ प्रतिकिलो अनुदान दिन सकेको भएमा सहल नियन्त्रणमा आउन सहयोग पुग्ने भएपनि आकर्षक प्रोत्साहन दिन नसक्दा समस्या भएको हुमागाईंले बताउनुभयो ।

    आर्थिक वर्षको अन्तिम समयमा आवश्यक रकम विनियोजन गर्न नसक्दा समस्या देखिएको हुमागाईंले बताउनुभयो । कार्यदलले समेत एक किलोको पाँच सय रुपियाँ अनुदान दिन सकेमा नियन्त्रणमा ल्याउन सकिने सुझाव पेश गरेको थियो ।

    दिनको समयमा सलह निकै क्रियाशील रहने भएकाले रातको समयमा ठूला रुख तथा भीरमा बस्ने भएकाले आकर्षक अनुदान दिन नसक्दा सलह नियन्त्रणमा केही समस्या देखिएको उहाँले बताउनुभयो ।

    क्षतिको विवरण सङ्कलन गरिने

    असार १३,१४ र १५ मा प्रवेश गरेको सलहले देशका विभिन्न स्थानहरूको कृषि उपजहरूमा क्षति गरेपछि अब कृषि मन्त्रालयले त्यसको विवरण सङ्कलन गर्ने भएको छ । प्रारम्भिक रुपमा मकवानपुरगढीमा मकै, कपिलवस्तुु, प्यूठान, बाग्लुङमा पुर्याएको क्षतिको विवरण लिने काम हुने गर्ने तयारीमा सरकार लागेको छ । मकै तथा धानमा कुन अवस्थामा कस्तो अवस्थामा क्षति गरेको छ त्यसको विवरण खोज्ने कार्यमा लागेको हुमागाईंले बताउनुभयो । आजको गोरखापत्र दैनीकमा यो खवर छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on नेपालमा सलह किरा पुनः सक्रिय : धपाउनका लागि धुवाँ र आवाज प्रभावकारी

    कविता “प्रकृतिको तान्डब” सलिम मियाँ ।

  • ७ श्रावण २०७७, बुधबार ११:१९ मा प्रकाशित
  • सलिम मियाँ भोटेवर्डार, लम्जुङ ।

    आयो कस्तो माहामारी देशमा, मर्दैछन मर्दैछन सबै
    प्रकृतिले दियो दण्ड जगमा, गर्छौ कि पाप अझै।

    आए खोलिहरु उर्लि सब, बाढी आयो यहाँ
    जल नै जल छ वरिपरि, जाउँ त जाउँ कहाँ

    मध्य रातमा आयो नि बाढी, परिवार लयो सब
    बाबू आमा छैनन् नि साथमा, टुहुरो भएनि अब।

    छैन नि खेतमा तृण(दुबो या झार) कतै, लयो सबै बगाई
    सारा परिवार लग्यो आखिर, छड्यो किन मलाई।

    चिरा पर्यो जन्मभुमी मेरो, मर्नु न बाच्नु भयो
    नारायणी आइन उर्लिएर यहाँ , दिएउ किन दन्ड यो।

    पहिरोले मार्यो जनहरु यहाँ , बनेछन एउटै कबर
    रुन्छ यो मन सुन्दा मरेको, साझ बिहान खबर

    कैयौं को गयो ज्यान पुरिएर, बाकिँको उद्धार गर
    मर्दैछन मन्छे सरकार तर, बन्दैछ लाटो सरह।

    फुट्न लाए हिम ताल यहाँ , मनमा त्रास भरियो
    रुदै छिन कोइली चरी यहाँ , कस्तो पर्यो झरी यो ।

    भत्किए सयौं पुल रोडहरु, देख्दिन केही सम्भावना
    पिडा नै पिडा थपियो आझ आहो, रुदैछिन नेपाल आमा।।

    Posted in ताजा अपडेट, साहित्यLeave a Comment on कविता “प्रकृतिको तान्डब” सलिम मियाँ ।

    दुर्जन

  • ३ श्रावण २०७७, शनिबार १९:२६ मा प्रकाशित
  • कविता

    यज्ञ के.सी. हे.अ.

    दुर्जन हो बोल्छ सँधै, सामु तिम्रो आडम्बर !
    सन्देह धम्की डर, ल्याउँछ जो बारम्बार !!

    जल्छ मुटु देखी कृति, दुष्टको त्यो आचरण !
    सके निन्दा गर्छ ऊ, कि आउँछ पद शरण !!

    मिथ्या हुन याचना सबै, उसका ति रोदन !
    मुसो छिरी सर्प हुने, बुझ्नु उसलाई त्यो दिन !!

    बुढो जति भएपनी, दुष्ट मन दुष्टै रहन्छ !
    पाके पनि धेरै त्यो, तितो फल तितै रहन्छ !!

    लिनु है ज्ञान सदा, दुश्कर्म कलंक हो भनी !
    त्याग्नु त्यो मुलतः आर्जन बिद्या सम्मान पनि !!

    दुधरास, दाङ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on दुर्जन

    एनआरएन अन्तराष्ट्रिय साहित्य पुरस्कारको स्थापना दुई लाख रुपैयाँ पुरस्कार राशी रहने

  • ७ असार २०७७, आईतवार २०:४० मा प्रकाशित
  • अमेरिका,जुन २१। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषदले दुई लाख रुपैयाँ राशीको गैर आवासीय नेपाली अन्तर्राष्ट्रिय साहित्य पुरस्कारको स्थापना गर्ने भएको छ। एनआरएन आइसीसीको नेपाली भाषा,साहित्य,संस्कृति तथा सम्पदा समितिले यस्तो पुरस्कार स्थापना गर्ने निर्णय गरेको हो। शनिवार सम्पन्न समितिको बैठकले पुरस्कारको लागि आवश्यक नीति,नियमावली र श्रोत व्यवस्थापन गर्न समितिका अमेरिका क्षेत्रका सह-अध्यक्ष महेश्वर पन्तलाई संयोजकको जिम्मेवारी दिएको छ। प्रवासमा रहेका गैर आवासीय नेपालीहरुले प्रकाशन गरेको उत्कृष्ठ कृतिलाई नगद राशीसहित स्वर्णपदक प्रदान गर्ने गरी प्रत्येक दुई वर्षमा पुरस्कार प्रदान गरिने संयोजक पन्तले जानकारी दिनुभएको छ। पुरस्कारका संयोजक पन्तले पाँच सय अमेरिकी डलर प्रदान गर्ने बैठकमा जानकारी गराउनु भएको छ।
    समितिका अध्यक्ष एवं एनआरएन आइसीसीका पूर्व कोषाध्यक्ष हिक्मत थापाको सभापतित्वमा बसेको शनिवारको बैठकले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीलाई अन्तर्राष्ट्रिय भाषा दिवसका रुपमा मनाउन विश्वका सबै नेपाली भाषा,साहित्यसंग सम्बन्धित संघ,संस्था र साहित्यप्रेमीहरुलाई आव्हान गर्ने र समितिले पनि एक विशेष कार्यक्रम गर्ने निर्णय गरेको छ। भानु जयन्ती असार २९ गते पर्दछ।
    समितिको दोश्रो पूर्ण बैठकले समितिका सदस्य गौतम दाहाल (अमेरिका) लाई समितिको संचार संयोजक मनोनित गरेको छ। यसैगरी समितिकी सदस्य सचिव भगवती बस्नेत संयोजक रहेको अनलाईन साहित्यिक कार्यक्रम ‘प्रवास-प्रवाह’को सह-संयोजकमा समितिका सदस्य नृपेश उप्रेती (बेलायत) र सदस्यहरुमा विकास विष्ट (अमेरिका) र निमेष गिरि (युएइ)लाई मनोनयन गरेको छ। दुई महिना पहिले (अप्रिल) मा गठन भएको यो समितिको गत महिना सम्पन्न पहिलो बैठकले गैर आवासीय नेपाली नियात्रा संग्रह,गजल संग्रह र प्रवासमा रहेका नेपाली लेखक/साहित्यकारहरुको अभिलेखीकरण प्रकाशन गर्ने निर्णय गरेर काम गर्दै आएको छ। यी विषयमा पनि समितिको दोश्रो बैठकमा हालसम्म भएका उपलब्धि बारे समीक्षा र छलफल भएको थियो।
    बैठकमा विशेष आमन्त्रितका रुपमा सहभागी हुनुभएका समितिका वरिष्ठ सल्लाहकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले गैरआवासीय नेपाली संघ र नेपाल प्रज्ञा प्रतिष्ठानले बिदेशमा नेपाली भाषा र साहित्यको प्रबर्द्धन गर्न मिलेर जानूपर्नेमा जोड दिनु भयो । उहाँले प्रज्ञा प्रतिष्ठान संघले गर्ने सबै कार्यक्रमहरुलाई सहयोग गर्न तयार रहेको छ भन्नुभयो । त्यसैगरि बैठकमा समितिका सल्लाहकार एब संघका पूर्व अध्यक्ष जीवा लामिछानेले सन २०१३ मा संघ र प्रज्ञा प्रतिष्ठानबीच भएको सहमति अनुसार प्रवासमा नेपाली साहित्यको प्रबर्द्धन गर्न कार्य अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो । बैठकमा समितिका सल्लाहकार रमेश पौडेल ( नेपाल ),सहअध्यक्षहरु महेश्वर पन्त (अमेरिका), हरि पौडेल ( युरोप ) , बेलु काजी थापा ( एशिया ) र निश्चल पि एस लिम्बू ( मध्यपुर्व) को उपस्थिति रहेको थियो । त्यसैगरि सदस्यहरु गौतम दाहाल ( अमेरिका) , तिर्थ सङ्गम राई ( कतार), नृपेश उप्रेती ( बेलायत ) र कृष्ण कुसुम ( अमेरिका) को सहभागिता रहेको थियो । बैठकको संचालन सदस्य सचिव भगवती बस्नेतले गर्नु भएको थियो ।

    Posted in अन्तर्राष्ट्रिय, साहित्य1 Comment on एनआरएन अन्तराष्ट्रिय साहित्य पुरस्कारको स्थापना दुई लाख रुपैयाँ पुरस्कार राशी रहने

    बाटोको बर पिपलमा, हाम्रो नाम लेखेर आउनू !

  • ६ असार २०७७, शनिबार २३:१९ मा प्रकाशित
  • सुशील शर्मा, मकवानपुर

    घुम्ती अनी मोडहरुमा, पाईला सोचेर चाल्नू !
    उज्यालो आशा बोकी, बिश्वासको दियो बाल्नू !!

    सास्ती खेपेर होइन, फूलमा टेकेर आउनू !
    मायालु दुबै आखाँ, हातले सेकेर आउनू !!
    पीडाले कस्लाई छुन्न, झर्छ त्यो फूल पनी !
    तर तिमी रसाउनु , बालुवामा मूल बनी !!

    काँडा जो छुनु हुन्न, अब फेरि रुनु हुन्न !
    केवल मायाँको केवल, चौबन्दी फेरेर आउनू !!
    बाटोको बर पिपलमा, हाम्रो नाम लेखेर आउनू !
    घुम्तीको मठ मन्दिरमा, मायाँ देखेर आउनू !!

    Posted in साहित्यLeave a Comment on बाटोको बर पिपलमा, हाम्रो नाम लेखेर आउनू !

    लकडाउन र विद्यालय:समीर पाख्रीन

  • २८ जेष्ठ २०७७, बुधबार ०९:१५ मा प्रकाशित

    ललितपुर

    अढाई महिना लामो ‘लकडाउन’का कारण पठनपाठन ठप्प भएपछि मोबाइल फोन बालबालिकाहरुको समय बिताउने माध्यम भएको छ । हुनपनि दिनभरि घरैभित्र बस्नु परेपछि गरोस् पनि के ? बाबुआमा टिभीमा समाचार सुन्छन् ,फिल्म हेछॅन् अनि छोराछोरी चाहिँ मोबाइलमा गेम खेल्छन् । दाजुभाइ,दिदीबहिनी भएकाहरू त मिलेर पुतलीको बिहे, भाँडाकुटी,गेगे रानी, क्यारेमबोडॅ ,लुडो खेलेर पनि समय बिताउँछन् तर नहुने के गरोस् ? उनीहरूका लागि मोबाइल नै एक्लोपनको साहारा भएको छ । दिनमा एकक्षण पढ भने पनि ” के पढने ? त्यतिको मिहेनत गरेर पढदा त जाँच दिन पाइएन अथाॅत नयाँ किताब भए पो पढनु । म त पढदिन ” भन्छन् । मानौ पठनपाठनप्रति उनीहरूमा वितृष्णा जागेको छ ।
    हुनपनि, यो समय उनीहरूको नयाँ कक्षामा,नयाँ किताबकापी बोकेर,नयाँ पोशाक लगाएर बढो हषोॅल्लासका साथ विद्यालय जाने बेला हो । तर दुभाॅग्य ! केटाकेटीहरू कोठामा थुनिएर बस्नु परेको अवस्था छ । एसईई अवरूद्ध हुदाँ लाखौँ विद्यार्थीहरूको शैक्षिक भविष्य अन्योलमा परेको छ । यतिबेला एसईई परीक्षाको नतिजा प्रकाशनको पखाॅईमा बस्नु पनेॅ देश भरका लाखौ परिक्षार्थीहरू निराश र उदाशीनताका साथ घरघरमा बसेर दिन गन्ती गरिरहेका छन् । उच्च शिक्षाकालागि कलेज-क्याम्पस जाने उनीहरूको रंगीन सपना यतिबेला अनिश्चित बनेको छ । विद्यालय खुल्ने टुंगो नलागेपछि शिक्षा मन्त्रालय र निजी विद्यालयका छाता संगठनहरूले भचुॅअल शिक्षा प्रणाली समेत लागू गनेॅ अवधारणा अगि सारेका छन् । तर स्कूल जाने उमेरका बालबालिकाहरूको ठूलो हिस्सा अनलाइन शिक्षाको पहुँचदेखि वाहिर रहेको तथ्याङ्कले देखाएको छ ।

    कहिले कतै नसुनेको यो ‘ लकडाउन ‘ शब्द र यसको अभ्यासले मुख्यतया बिद्यालय उमेरका युवायुवतीहरू अत्यधिक सकसमा देखिन्छन् । यस्तो सकसपूणॅ अवस्थामा यदि कसैले साथ दिएको छ भने त्यो हो उनीहरूसित भएको मोबाइल र इन्टरनेट । कमैले पुस्तक पढने गरेका होलान् । कतिपयले घरमा खाना पकाउने सम्मको काममा परिवारलाई साथ दिएका देखिन्छन् तर अधिकांशको समय मोबाइलमा नै बित्दैछ । कतिले त डिप्रेसनको शिकार भइ आत्महत्या समेत गरेको सुन्नमा आएको छ ।


    सरकारी विद्यालयका शिक्षक,कमॅचारीहरूमा जागिरको उति चिन्ता नदेखिए पनि बालबालिकाहरूको मनोदशादेखि समय मै पठनपाठन शुरू गनॅ पाए हुनेथ्यो भन्ने मनस्थितिमा देखिन्छन् तर सरकारले स्कूलमा क्वारेन्टाइन राखेकोमा भने उनीहरू खुसी छैनन् ।
    सबै भन्दा बढी मकाॅमा परेको छ निजी विद्यालय । त्यसमा पनि घर भाडामा लिएर सञ्चालन गदैॅ आएका विद्यालयहरू । वषैॅभरि शुल्क भुक्तानीकालागि अभिभावकलाई ताकेता गरिरहनु पनेॅ, समयमा तलब र घरभाडा दिन नसक्ने समस्या झेल्दै आएका निजी विद्यालयहरू ‘ लकडाउन ‘ को चपेटामा परेका छन् । अझ भन्ने हो भने, यावत समस्याहरु झेलिरहेका निजी विद्यालयहरू बन्द हुने अवस्थामा समेत पुगेका छन् । कतिपयले कोशॅ पूरा भइनसकेको भन्दै , त कतिले चैत महिनाको शुल्क अग्रिम रूपमा उठाउन कै लागि पनि केही पछि सरेर परीक्षा लिने कायॅक्रम थियो । चैतको पहिलो साताबाट वाषिॅक परीक्षा शुरू गरेका स्कूलहरूले पनि दुई वा तीन विषयको मात्र परीक्षा लिन भ्याए ।


    विश्वभर फैलिदैं गएको कोरोना महामारीलाई ध्यानमा राखि सरकारले एसईई परीक्षाको पूवॅसन्ध्यामा अथाॅत् २०७६ चैत ११ गतेदेखि देशव्यापी रूपमा ‘ लकडाउन ‘ घोषणा गदाॅ लाखौ परीक्षाथीॅहरू निराश बनेका थिए । देश भरका हजारौं विद्यालयका विद्यार्थीहरू वाषिॅक परीक्षा दिनबाट बञ्चित हुन पुगे । दिएकाहरूले पनि आफ्नो परीक्षा फल हेनॅ भ्याएनन् ।
    ७० दिन लामो ‘ बन्दाबन्दी ‘ ले देशको अथॅतन्त्रमा ठूलो गिरावट आएको छ र अझै आउने विज्ञहरूले चेतावनी दिएका छन् । व्यापार व्यवसाय , स्वरोजगार क्षेत्र , पयॅटन क्षेत्र, कृषि क्षेत्रमा आश्रित मजदूरवगॅ प्रत्यक्ष मारमा पदाॅ यसको असर उनीहरूको बालबालिकाको शिक्षामा नपनेॅ त कुरै भएन । फलस्वरुप, विद्यालय भनाॅ ,पाठ्यपुस्तक खरीद आदिमा आउने खचॅको व्ययभार थेग्न नसक्दा मध्यम र निम्नवगीॅय परिवारका बालबालिकाहरूको पठनपाठन अवरूद्ध हुने त होइन भन्ने चिन्ता सवॅत्र मडारिएको छ ।
    कोरोनाको महामारीका कारण विश्व अथॅतन्त्र नै तीव्र गतिमा ओरालो लागेको अवस्थामा यसले पानेॅ र पारेका निजी क्षेत्रलाई राहत पुग्ने प्याकेजसहितको बजेट नआएकोमा सम्बन्धीत क्षेत्र निराश र असन्तुष्ट देखिन्छन् । विकास निमाॅणको कायॅलाई एक आथिॅक वषॅकालागि न्यूनीकरण गरेरै भएपनि जीणॅ निजी क्षेत्रलाई टेको दिनु पनेॅ बेलामा अनावश्यक क्षेत्रमा बजेट आएकोमा सरकारले आलोचना खेप्नु परिरहेको छ ।


    दताॅ भएका, तोकिएको रकम बैंकमा धरौटी राखि नेपाल सरकारको मान्यता प्राप्त गरेका अधिकांश निजी विद्यालयहरू यतिबेला आथिॅक संकट झेलिरहेका छन् । यस्ता विद्यालयहरूलाई उनीहरूको आथिॅक र भौतिक हैसियत हेरेर सरकारले सरल ऋण प्याकेजको व्यवस्था गरिदिँदा उनीहरूले तङ्ग्रिने मौका पाउने छन् ।
    यो महा संकटको घडीमा नयाँ निमाॅण र योजनातिर भन्दा पनि हाल भएको आथिॅक संरचनाहरू जसको प्रत्यक्ष सरोकार-सम्बन्ध देशको अथॅतन्त्रसित छ त्यो क्षेत्रमा आथिॅक प्याकेजको रूपमा राहत पुर्याई त्यसको सबलीकरण गनुॅ र ठूलो सङ्ख्यामा नागरिकलाई
    बेरोजगार हुनबाट बचाउँन र थप रोजगारको अवसर सिजॅना गनुॅ राज्यको पहिलो कतॅव्य र दायित्व हुन आउँछ ।

    Posted in साहित्यLeave a Comment on लकडाउन र विद्यालय:समीर पाख्रीन

    सम्झदाँ आङ सिरिङ्ग हुन्छ:समिर पाख्रीन

  • १९ जेष्ठ २०७७, सोमबार २१:०२ मा प्रकाशित
  • वि .स. २०५८ जेठ १९ गतेको त्यो कालो दिन । शनिबार वा बिदाको दिन हुनुपर्छ । त्यतिबेला म भखॅर उठेर भान्सामा चिया पिउन गएको थिएँ वा चोटामा के गदैॅ थिएँ उति सम्झना छैन ।


    छिमेकी मेरा आदरणीय दाइ अच्युत खनालले ‘ सर ! सर! भनेर उनकै घरको आँगनबाट ( उनको निवास र मेरो स्कूलको दूरी यस्तै ५/ ६ मिटरको हुनुपछॅ ) बोलाउनु भएको सुनें । उनको आवाज सुन्दा उनी हतासिएको भान हुन्थ्यो । सधैं देखादेख, हेराहेर पछिको अभिवादन र भलाकुसारी भन्दा त्यो दिनको माहौल फरक थियो ।


    मैले पछाडिपट्टिको बादॅलीमा उभेर तलतिर हेदैॅ सधैं झै नमस्कार दाइ ! भने । उहाँ तत्काल केही बोल्नु भएन बरू सरासर बाहिर आउनु भो । दाइ आउनु भएको देखेपछि म पनि भरेङ ओलिॅएर बाहिर निस्कीएँ । त्यतिञ्जेलसम्म पनि म दरबार हत्याकाण्ड बारे अनभिज्ञ थिएँ ।


    अच्युत दाइले पालक पुलुक हेरे अनि मसिनो स्वरमा भने ” सरले, थाहा पाउनु भो ? ”
    ” के कुरा दाइ ? ” मैले पनि उत्सुकता व्यक्त गरें ।
    ” ल अझै थाहा पाउनु भएको छैन ? ” आश्चॅय मान्दै प्रतिप्रश्न गनुॅ भो । राती अबेरसम्म अनिँदो म त्यो बिहान आँखा खोल्दा ७ बजेको थियो । ब्यस्तताको कारण रेडियो समेत सुन्न भ्याउँदिन थिए। यसैले मलाई के थाहा ,कुरा के हो ? सडकमा मानिसहरू पोका पोका परेर कुराकानी गरिरहेका थिए । चौबीसै घण्टा ब्यस्त रहने महेन्द्र राजमार्ग त्यो बिहान शुनशान प्रायः थियो । पसलका सटरहरू खुलेका थिएनन् । खुलेका सटरहरू पनि बन्द गरिरहेका थिए ।


    ” राजा वीरेन्द्रको वंश नाश भयो । अथाॅत् दरवारमा गोली चल्यो ” आदि आदि कुरा सुनाउनु भो दाइले । म सुनेर स्तब्ध भएँ । मेरो मुखबाट तत्काल कुनै शब्द निस्कन सकेन । म निःशब्द भएँ ।
    घाम झलमल्ल लागेतापनि मेरो आङमा न्यानोपन महसुस भएन । ” हेनुॅ त त्यति राम्रो परिवार ! कसको काम होला ? ” मेरो मुखबाट दुईशब्द फुत्कियो । मैले अच्युत दाइको अनुहारमा हेरे । उहाँको अनुहारमा पनि अनगिन्ती प्रश्नका रेखाहरू सल्बलाएको देखेँ ।


    सडकमा मानिसहरूको जमघट क्रमशः बढदै गईरहेको थियो । माहौल भयावह बन्दै जाँदा सुरक्षाकमीॅको उपस्थिति पनि त्यही अनुपातमा वृद्धि भइरहेको थियो ।
    लामो शुन्यतालाई चिदैॅ पश्चिमतिरबाट एउटा बस बेगले आयो । निजगढ चोक ( हालको शहीद हीरालाल चोक ) मा भेला भएका मानिसहरूले बस रोकेर पश्चिमतिरको अवस्था बारे खबर लिए । बसमा रातो रगत जस्तो देखिने रङले आपत्तिजनक नारा लेखिएको थियो । त्यसपछि एकपछि अकोॅ गदैॅ एक दुईवटा बस आयो सबैमा उस्तै नारा लेखिएको देखियो । जसले देश गहिरो शोकमा डुबेको र जनता क्रुद्ध अवस्थामा रहेको भान हुन्थ्यो ।


    छोराकी आमाले माथि आउन संकेत दिईन् । म भरेङ उक्लिएँ । चिया खान पखेॅर बसेकी रहिछिन् । मैले उनलाई घटना बारे जानकारी दिएँ । सुनेर उनी पनि हतास र निराश भईन् ।


    ” कसको काम होला है ? हेर त , त्यति राम्रो परिवार एकै चिहान भएछन् । छिः मान्छेको जात ! ” यति भनी उनी पनि केहीक्षण शिथिल भईन् । मलाई बिद्यार्थीको अघिल्लो दिनको होमवकॅ कापी जाँचेर सिध्याउनु थियो तर जाँगर चलेन । चलोस् पनि कसरी देशमा त्यति ठूलो दुघॅटना जो भएको छ । त्यो दिनभर राज परिवारको हत्या किन भयो होला ? कसले गर्यो होला त ? त्यति कडा सुरक्षा बीच पनि सामुहिक हत्या कसरी सम्भव भयो होला ? यस्तै यस्तै तकॅनाहरू खेलाउँदै मैले त्यो दिन कोठामा नै बसेर बिताएँ ।

    आज उनै लोकप्रिय राजारानी स्वगीॅय बीरेन्द्र र रानी ऐश्वयॅलगायत परिवार सबैको हत्या भएको १९ वषॅ बितीसकेको छ ।
    स्वगीॅयद्वय राजा बीरेन्द्र र रानी ऐश्वर्यमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।

    Posted in साहित्यLeave a Comment on सम्झदाँ आङ सिरिङ्ग हुन्छ:समिर पाख्रीन

    कोरोना लागेर अन्तिम अवस्थामा छ रे सुन्छु !

  • १६ जेष्ठ २०७७, शुक्रबार ०३:५७ मा प्रकाशित
  • कल्पना अचार्य ( दिक्तेल खोटाङ)

    हात बाधेर बसौ
    आँखा बन्द गरेर बसौ
    या त
    दुनियाँको सामु डाको छोड्दै
    रुदै हिडौ
    अह !
    केही गर्न सक्दिन म
    जसरी भुकम्प गएर बेला बेलामा
    कम्पहरु गइरहन्छ
    त्यसै गरि मेरा शरीरका अंग अंगबाट
    कम्पहरु गइरहेछन
    उता
    भको एउटा छोरो परदेशमा
    कोरोना लागेर अन्तिम अवस्थामा छ रे सुन्छु
    यता!यता !
    बिहान बेलुका छाक टार्नै धौ धौ हुने
    खेतबारीको बालिनालिमा रोग ,किरा लागेर
    सब सखाप छ
    सब सखाप छ
    अब परदेशमा भएको सन्तानलाई सम्झ्यौ
    या घरमा भोक लागो आमा भन्दै
    कराइरहेका सन्तानलाई सम्झ्यौ
    अब भन्दिनुस महासय
    यो कस्तो सङ्कटको अवस्था हो
    म जिउदो भएर पनि
    मरेतुल्य छु !
    मरेतुल्य छु !

    Posted in कला /जीवनशैली, साहित्यLeave a Comment on कोरोना लागेर अन्तिम अवस्थामा छ रे सुन्छु !

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P