• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: साहित्य

कतिबेला सुटुक्क छिर्‍यौ, थाहै भएन

  • ४ कार्तिक २०७७, मंगलवार १०:१९ मा प्रकाशित
  • वसन्त अनुभव, गजलकार

    गजल
    कतिबेला सुटुक्क छिर्‍यौ, थाहै भएन ।
    मरणासन्न गरि पिर्‍यौ, थाहै भएन ।

    तिम्रो आगमन विरुद्ध, सचेत थिए म,
    कसरी घाँटी,फोक्सो चिर्‍यौ, थाहै भएन ।

    भोक,स्वाद,गन्ध सबै, पार्‍यौ आफ्नै वशमा,
    कुन जुनिको ऋण तिर्‍यौ, थाहै भएन ।

    थाहा थियो स्वार्थी छौ तिमी, टाढा हुँदै थिए,
    अनायासै कसरी फिर्‍यौ, थाहै भएन ।

    यति क्रूर आततायी, तिमी किन कोरोना,
    राम राज्य गरि हिड्यौ, थाहै भएन ।

    कतिबेला सुटुक्क छिर्‍यौ, थाहै भएन ।
    मरणासन्न गरि पिर्‍यौ, थाहै भएन ।

    घोराही, दाङ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on कतिबेला सुटुक्क छिर्‍यौ, थाहै भएन

    प्रिय दशै! तिमिलाइ सम्झिदा !!!

  • १ कार्तिक २०७७, शनिबार ११:१६ मा प्रकाशित
  • सुशिल सुवेदी

    प्रिय दशै तिमिलाइ सम्झिदा !!!
    त्यो दशै पो दशै त , 
    जुन बेला मिलबाट चिउरा कुटाएर बुबाले 
    ठ्यास पीडिमा ल्याएर बिसाउदा, 
    हामी चिउरा खान ओरिपरी झुम्मिदा
    आमाले पर्ख पर्ख पहिला देउता लाई चडाउ
    अनि दिउला भन्नु हुदा , 
    हामी भुस सहितको चिउरा 
    बोराबाट आमा बुबाको आखा छ्ली
    कटुको बगलिमा राखी करेसामा लुकि 
    फु फु गरि भुस उडाएर मुख भरि हाली 
    कसैले देखि पो हाल्छ कि भनी 
    दायाँ बायाँ आखा लाउदै हतारमा 
    चिउरा मुखभरी राखी 
    मुखको दुबै तिरबाट थुक बाहिर झर्दाको
    चिउराको स्वाद बास्तबिक 
    दशै अनुभव हुन्थ्यो ,
    जब दशै सुरुवात हुन्थ्यो, 
    तब नया कट्टु ( हापपाइन्ट ) र सर्ट
    त्यो पनि स्कुल ड्रेस सग मिल्ने ,
    बाल मानसपटलमा 
    दशैको मुख्य केन्द्र्बिन्दु 
    अस्टमी खसी काट्ने दिन 
    आमाले सन्दुसबाट नया 
    नाना बाहिर निकालीदिनु हुन्थ्यो । 
    त्यो नयाँ नानाको बास्नामा नै दशै रम्थ्यो ! 
    त्यो भुसेचिउराको फाकोमा नै दशै जम्थ्यो !!
    खै कता गए मिलको भुसे चिउरा ?
    खै कता गए बरकोबोटको रोटे पिङ्ग ?
    खै कता गए डाडाबारिको लिङ्गे पिङ्ग ?

    Posted in साहित्यLeave a Comment on प्रिय दशै! तिमिलाइ सम्झिदा !!!

    खबरदारीताको महागायक सुर्यमणी आचार्य:

  • ३० आश्विन २०७७, शुक्रबार १८:५३ मा प्रकाशित
  • सुशील सुबेदी

    काठमाडौँ| गत साता मात्र प्रदर्शनमा आएको झुप्रो घरको नामक दशै गितले बजार तताइरहेको छ । गाउँघर तिर उकाली ओराली मेलापात ,घाँस दाउरा गर्दा हरेकले यो गित गुन्गुनाइरहेका हुन्छन । बालक होस या वृद्ध युवा होस या युवती किशोर होस या किशोरी हरेकको आवाजले यो गित खोजिरहन्छ ।

    आदर्शवादी जागरणशिल व्यत्तित्व सुर्यमणी आचार्यको लय र स्वरमा रहेको यो गित सुन्दा आखा नरसाउने को न होला र ??? मन नपग्लने को न होला र ? भिडियो हेर्दै कठै नभन्ने को न होला र??? सत्य यथार्थतालाइ चित्रण गरिएको गित निकै उचाईमा रहेको छ । गरिबका भित्री मर्मान्तक मर्मस्पर्शी भावना र वेदनाको आवाजलाइ वुलुन्द पार्दै उनि लोकप्रीय सबल गायकको रुपमा स्थापित भैसकेका छन ।

    आचार्यको जन्म सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका ५ थुम्कामा भएको थियो बाल्यकाल इन्द्रावतीमै बिताएका उनले दर्जनौ गित बजारमा ल्याइसकेका छन रत्न पार्क घुम्न जाउन यार , डाडैमा हावा सरर, पानी खानि ए है काली आदि गितले दर्शक स्रोताको मन जितिसकेका छन। वर्तमान परिवेशमा सन्देशमुलक भन्दा पनि उत्तेजनात्मक गितले प्रत्यक्ष प्रभाब पारिरहेको छ । तर पनि उनको गितले भने कुनै उच्छृङ्खलता नभई सन्देशनात्मक तरिकाले निरन्तर धारा प्रवाह गरिरहेको छ ।

    गरिबका वेदनाको आवजलाइ उचाईमा लगि बुलन्द पार्ने गायक आचार्य गरिब,शोषित, बर्गको खबरदारीताको महागायक नै हुन भन्दा फरक नपर्ला ! उनी गिती माध्यमबाट लोकलाइ मनोरञ्जनात्मक सहित सन्देशमुलुक ज्ञान सिकाएमा मात्र समाज सभ्य र गित सुयोग्य ठहरिन्छ भन्ने कुरामा विस्वस्त छन ।

    नागबेली मिडियाले तयार पारेको सुर्यमणी आचार्य र सुन्तली खड्काको स्वरमा रहेको झुप्रो घरको नामक दशै गित निकै मर्मभेदी छ । खबरदारिताको महागायक सहित सन्देशनात्मक गितले गति पाओस् चौतर्फी उन्नति कामना सहित सम्पुर्ण टिमलाई बधाई ।

    Posted in कला /जीवनशैली, साहित्यLeave a Comment on खबरदारीताको महागायक सुर्यमणी आचार्य:

    गरीबको पीड़ालाई दर्शउन “पेट बड़ी पापी” भोजपुरी गीत बजारमा चाडै आउदै

  • ३ आश्विन २०७७, शनिबार ०६:२० मा प्रकाशित
  • बीरगंज
    नेपाल का युवाहरू द्वारा भोजपुरी गीत संगीत, कथा कहानी, कला संस्कृती मा निरन्तर कार्य गर्नुको साथै अश्लीलको बिरोध र श्लीलको प्रचार प्रसार गरिदै छ।

    बिगतका दिनहरुमा “जेंवना” नामक फेसबुक पेजबाट्ट भोजपुरिको धरोहरका रूपमा रहेको लोकगित, लोकधुन, परम्परा,संकृतीहरू बारे नियमित भिडियो बनाई छोटो समयमा राम्रो नाम कमाएका समुह अब भोजपुरी समाजमा रहेको दुख र पिडा बारे सांगीतिक माध्यमले अगाडि बढने संकल्पका साथ अगाडि बढिरहेको ति समुहका सदस्य अशोक कुश्वाहा बताउनुहुन्छ।

    वर्तमान समय मा वीरगंज बाट्ट श्याम सरार्फ द्वारा लिखित उनकै आवाज मा निर्माता राकेश यादव “मितवा”,संदिप प्रजापती अभिनीत “पेट बड़ी पापी” भोजपुरी गीत चाडै बजारमा आउदै छ । यो गीत/वीडियो का निर्देशक राजन श्रीवास्तव हुन भने बिवेक परियारले आफ्नो संगितले सजाएका छन । भोजपुरि समाज मा रहेको गरीबी र गरीबी का कारण आफ्नो घर परिवार छोडी विदेश पलायन भईरहेका युवाको व्यथा माथी फ़िलमाईएको यस भिडियो गितको बैनर सोसलमिडिया लगायत बिभिन्न संचारमाध्यमा व्यापक रूचाईएको छ साथै धैरै जना यस भिडियो गितको प्रतिक्षामा रहेको सोसल मिडियामा राखिएको बैनरको कमेन्ट बाट्ट सहजै बुझिएको छ।

    भोजपुरी गीत संगीत माथी भईरहेको काम हेरेर ६ दशक पहिला रहेको भोजपुरी गीत संगीत अनी सिनेमा को स्थिति अब फेरी चाडै फर्किने आभास भईरहेको भोजपुरीकर्मीहरू बताउनुहुन्छ । क्षणिक स्वार्थपूर्ति र क्षणिक इज्जत अनी पैसाको लागी अश्लील लेख्ने अनेकन भोजपुरी गीतकार का बीच यस्तो गीत आउनु श्लील गीत, संगीत वा सिनेमा मा काम गरिरहेका लागी सकारात्मक पक्ष हेर्न सकिन्छ साथै अश्लीलता को मुखमा कालो मोसो लगाउने शुभ कार्य पनी भईरहेको भोजपुरीकर्मीहरूको बुझाईरहेको छ।

    अश्लीलता को बाजार मा प्रतिस्प्रधात्मक रूपमा आईरहेको यस्तो श्लील गीतहरू हाम्रो परिवार का साथै सार्वजनिक ठाउँमा सुन्न सकिने वा देखन सकिने छ। श्लील गीतहरू माथी काम गरिरहेका हरेक गीत संगीत वा सिनेमा संग जोडिएका ब्यक्ति हरूको प्रोत्साहन स्वरूप हामी यस्तो गीतहरू देखेर , सुनेर, शेयर गरेर आफ्नो भाषा संस्कृती प्रति को जिम्मेवारी पूरा गरेर अश्लीलता माथी काम गर्नेहरूलाई निरुत्साहित गर्ने अब हाम्रो जिम्मेवारी पुरा गरौ।

    Posted in कला /जीवनशैली, लोकप्रिय, समाज, साहित्यLeave a Comment on गरीबको पीड़ालाई दर्शउन “पेट बड़ी पापी” भोजपुरी गीत बजारमा चाडै आउदै

    उपाध्यक्ष सिर्जना तामाङको ‘कस्तो बज्रपात मेरो सिन्धु आमालाई’

  • २७ भाद्र २०७७, शनिबार १९:५६ मा प्रकाशित
  • सिन्धुपाल्चोक संवाददाता

    जुगल गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङको मार्मीक गीत सार्वजनिक भएको छ । केही समय अघि सिन्धुपाल्चोक जिल्लामा पहिरोबाट भएको जनधनको क्षतिलाई समेटेर योगेश लामाको शब्द र संगीतमा तयार भएको गीत उपाध्यक्ष तामाङले बजारमा ल्याएकी हुन् ।

    गीतमा उपाध्यक्ष तामाङ र योगेश लामाको स्वर छ ।उपाध्यक्ष लामाले आफ्नै शब्द र स्वरमा यसअघि उकाली ओराली र हाम्रो जुगल जस्ता गीत बजारमा ल्याईसकेकी थिईन् । उनका यसअघिका सबै गीत चर्चामा छन् ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उपाध्यक्ष सिर्जना तामाङको ‘कस्तो बज्रपात मेरो सिन्धु आमालाई’

    कोरोना ! तिमी को हौ ?

  • २१ भाद्र २०७७, आईतवार ०७:३२ मा प्रकाशित
  • गजल

    वसन्त अनुभव, गजलकार

    कोरोना ! तिमी को हौ ? के छ तिम्रो परिचय ?
    तिम्रा रुप छन कति ? देखाउ प्लिज प्रुफ भए ।

    कोहि भन्छ्न तिमिलाई, अति क्रुर महामारी,
    निर्दयी भै लिन्छौ ज्यान, मच्चाउदै त्रास भय ।

    तिमी खाली स्क्याम अरे, सुनियोजित बुनिएको,
    कोरोना त हाउगुजी हो, भन्ने गर्छन् कतिपय ।

    छेपारोको रंग जस्तै, कुरा फेर्छन स्वास्थ्य विज्ञ,
    भिन्नभिन्न भन्छ WHO, ट्रीक गरि जादुमय ।

    उपचार पाउनै छोडे, तिम्रा कारण विरामीले,
    रोग भोक त्रासदले, अकालमै माथी गए ।

    अलमल्ल विलखबन्द, सोझासाझा जन्ताहरु,
    सत्यतथ्य बोलिदिने, कोहि छौ कि महोदय ।

    घोराही, दाङ
    २०७७/५/२१

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on कोरोना ! तिमी को हौ ?

    कोरोना तिमी

  • १५ भाद्र २०७७, सोमबार २२:२४ मा प्रकाशित
  • गजल

    साह्रै निष्ठुरी कोरोना तिमी, काल बनेर आयौ ।
    सारा विश्व जकड्ने कस्तो, जाल बनेर आयौ ।

    हुनेलाई त मोजमस्ती, फेर्दै चौरासी व्यन्जन,
    विचरा ती गरिबगुर्वाको बुरा हाल बनेर आयौ ।

    कमाउ धन्दा ब्याप्त छ, मानवताहिन शहरमा,
    भ्रष्ट र शोषकहरुको निम्ती, माल बनेर आयौ ।

    डर र त्रासले दिनहु मर्दा, छटपटाउदा भोकले म,
    अधमरो मेरो सामु तिमी रित्तो थाल बनेर आयौ ।

    थाहा छ एकदिन तिम्रो र मेरो भेट अवश्य हुन्छ,
    रोग र भोक मृत्यु निश्चित, ब्रम्हनाल बनेर आयौ ।

    बसन्त अनुभव
    दाङ
    २०७७/५/१४

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on कोरोना तिमी

    कोरोना आयौ तिमी भाइरस भनेर

  • १२ भाद्र २०७७, शुक्रबार १०:२७ मा प्रकाशित
  • रन्जित कुशवाहा”अविरल” लहान

    कोरोना आयौ तिमी भाइरस भनेर
    अघिअघि बढ्दैछौ मान्छेको ज्यान लिएर
    तिमी बिरुद्ध लागेका छन विश्व समुदाय
    हर मानवको रक्षा गर्न अभियान बनेर
    बल्ल बुझे कोरोना तिमी घातक रैछौ भनेर
    मानव जाती एकै ठाउँमा छन एकता भएर
    सुरक्षाकर्मी ,स्वास्थ्यकर्मी जोखिममा छन यहाँ
    तैपनि लागेका छन मानव सेवामा भगवान भएर

    सचेत हुनुपर्छ अब,हर मानवले बुझ्ने बेला आयो
    मिलिजुली घरमै बसौ संकटको बेला लायो
    रोइकराइ गरेर हुन्न, धैर्य गरेर बस्नुपर्छ हामी
    स्वस्थ आहार खाएर कोराना भगाउने बेला आयो
    सामाजिक दुरि कायम राख्दै गफ गर्ने बेला आयो
    सके सम्म एक्ला एक्लै बसि,रम्ने बेला आयो
    अब पनि लकडाउनको सबैले पालाना गरौ ,
    कोरोनाको संका लागे क्वारेन्टाइनमा बस्ने बेला आयो

    हुनेले नहुने लाई सहयोग गरौ मानव भएर
    स्वार्थी व्यवहार कसैले नगरौ दानव भएर
    कोरोनाको अन्त्य गर्नुपर्छ नियमको पालना गरेर
    सडको पेटी पेटिमा छन प्रहरी जोखिम मोलेर
    फेरि पनि भन्छु लकडाउनको पालना गरौ भनेर
    हैन भने एक बारको जुनि आउदैन फेरि फर्केर सबैले आ- आफ्नो जिम्मेवारी बहन गर्यो भने
    भागेर जानेछ्न “कोरोना” आफैमा हरेर खाएर

    Posted in साहित्यLeave a Comment on कोरोना आयौ तिमी भाइरस भनेर

    एक सर्को बिश्वास

  • २० श्रावण २०७७, मंगलवार १९:३० मा प्रकाशित
  • कविता

    सीमा पुरी

    आँसुको बादल फाटेर
    मुस्कानको एक सर्को किरण
    आफ्नै अनुहारमा परेको छ्।

    असीनाले चुटेझै
    आफ्नै आँसुका थोपाहरुले
    चुटेर घाइते थियो मन

    यी चोटहरुको ओखती बनेर
    फर्केको छ आफ्नै बिश्वास
    भरोसा बनेर आफैमाथि ।

    अब गलाउने छैन आँसुले
    समयले आँसु जित्न सिकायको छ
    मनले जिन्दगीलाई
    यस्तै भरोसा दिलाएको छ ।।

    अध्यारो रातलाई चिर्दै
    बेदनाको पहाड भत्काएर
    खुसीको एक हुल आभास
    मनमै छिरेको छ।

    धुलो जमेर बसेको
    सम्झनाका पहाडहरमा
    एक झरी बर्षा परेको छ
    सीतल बतास मन मै सरेको छ ।

    एक लरको खुसीको किरण
    आफ्नै मुहारमा परेको छ
    हृदय देखि टाढिएको मन
    आफैतिर सरेको छ।

    जिन्दगी आफैं संग खुसी छ
    दु:खका पहाड भत्काई
    मैदानमा खुसीको खेती गर्दै छ।

    जे छ आफैं संग
    त्यससँगै घुलेर
    नयाँ खेती रोपेको छ
    थुप्रै बिस्वास फलाउने आ।शामा ।।।।

    शान्तीनगर -६
    काठमाडौ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on एक सर्को बिश्वास

    हुतिहारा भए युवा , बुढाकै छ आलोपालो

  • २० श्रावण २०७७, मंगलवार ०९:०५ मा प्रकाशित
  • गाईजात्रा विशेष

    लोकराज पराजुली, साहित्यकार

    बाह्रमासे गाईजात्रा
    दाइ जात्रा भाइ जात्रा
    दोषी को छ कति मात्रा
    न्याय पाऊँ गाईजात्रा !!
    (१)
    ईशारामा न्याय चल्छ
    किनारामा रुन्छ ढल्छ
    अमृत रोप्यो विष फल्छ
    क्षमताले हात मल्छ !!
    (२)
    सुन खान्छौ पचाउँछौ
    सबै मिल्छौ बचाउँछौ
    कठपुतली नचाउँछौ
    लाज पनि पचाउँछौ !!
    (३)
    के को गाईजात्रा गर्नू , बुढो नेता दिन्न पालो
    अस्पताल पार्टी घर , न्याय मूर्ति उसकै सालो
    पार्टी झन्डा अंशबंडा, राष्ट्रध्वज भन्छौ टालो
    हुतिहारा भए युवा , बुढाकै छ आलोपालो !!
    (४)

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on हुतिहारा भए युवा , बुढाकै छ आलोपालो

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P