गजल

साह्रै निष्ठुरी कोरोना तिमी, काल बनेर आयौ ।
सारा विश्व जकड्ने कस्तो, जाल बनेर आयौ ।
हुनेलाई त मोजमस्ती, फेर्दै चौरासी व्यन्जन,
विचरा ती गरिबगुर्वाको बुरा हाल बनेर आयौ ।
कमाउ धन्दा ब्याप्त छ, मानवताहिन शहरमा,
भ्रष्ट र शोषकहरुको निम्ती, माल बनेर आयौ ।
डर र त्रासले दिनहु मर्दा, छटपटाउदा भोकले म,
अधमरो मेरो सामु तिमी रित्तो थाल बनेर आयौ ।
थाहा छ एकदिन तिम्रो र मेरो भेट अवश्य हुन्छ,
रोग र भोक मृत्यु निश्चित, ब्रम्हनाल बनेर आयौ ।
बसन्त अनुभव
दाङ
२०७७/५/१४

