एक सर्को बिश्वास

  • २० श्रावण २०७७, मंगलवार १९:३० मा प्रकाशित
  • कविता

    सीमा पुरी

    आँसुको बादल फाटेर
    मुस्कानको एक सर्को किरण
    आफ्नै अनुहारमा परेको छ्।

    असीनाले चुटेझै
    आफ्नै आँसुका थोपाहरुले
    चुटेर घाइते थियो मन

    यी चोटहरुको ओखती बनेर
    फर्केको छ आफ्नै बिश्वास
    भरोसा बनेर आफैमाथि ।

    अब गलाउने छैन आँसुले
    समयले आँसु जित्न सिकायको छ
    मनले जिन्दगीलाई
    यस्तै भरोसा दिलाएको छ ।।

    अध्यारो रातलाई चिर्दै
    बेदनाको पहाड भत्काएर
    खुसीको एक हुल आभास
    मनमै छिरेको छ।

    धुलो जमेर बसेको
    सम्झनाका पहाडहरमा
    एक झरी बर्षा परेको छ
    सीतल बतास मन मै सरेको छ ।

    एक लरको खुसीको किरण
    आफ्नै मुहारमा परेको छ
    हृदय देखि टाढिएको मन
    आफैतिर सरेको छ।

    जिन्दगी आफैं संग खुसी छ
    दु:खका पहाड भत्काई
    मैदानमा खुसीको खेती गर्दै छ।

    जे छ आफैं संग
    त्यससँगै घुलेर
    नयाँ खेती रोपेको छ
    थुप्रै बिस्वास फलाउने आ।शामा ।।।।

    शान्तीनगर -६
    काठमाडौ

    Leave a Reply