
वि .स. २०५८ जेठ १९ गतेको त्यो कालो दिन । शनिबार वा बिदाको दिन हुनुपर्छ । त्यतिबेला म भखॅर उठेर भान्सामा चिया पिउन गएको थिएँ वा चोटामा के गदैॅ थिएँ उति सम्झना छैन ।
छिमेकी मेरा आदरणीय दाइ अच्युत खनालले ‘ सर ! सर! भनेर उनकै घरको आँगनबाट ( उनको निवास र मेरो स्कूलको दूरी यस्तै ५/ ६ मिटरको हुनुपछॅ ) बोलाउनु भएको सुनें । उनको आवाज सुन्दा उनी हतासिएको भान हुन्थ्यो । सधैं देखादेख, हेराहेर पछिको अभिवादन र भलाकुसारी भन्दा त्यो दिनको माहौल फरक थियो ।
मैले पछाडिपट्टिको बादॅलीमा उभेर तलतिर हेदैॅ सधैं झै नमस्कार दाइ ! भने । उहाँ तत्काल केही बोल्नु भएन बरू सरासर बाहिर आउनु भो । दाइ आउनु भएको देखेपछि म पनि भरेङ ओलिॅएर बाहिर निस्कीएँ । त्यतिञ्जेलसम्म पनि म दरबार हत्याकाण्ड बारे अनभिज्ञ थिएँ ।
अच्युत दाइले पालक पुलुक हेरे अनि मसिनो स्वरमा भने ” सरले, थाहा पाउनु भो ? ”
” के कुरा दाइ ? ” मैले पनि उत्सुकता व्यक्त गरें ।
” ल अझै थाहा पाउनु भएको छैन ? ” आश्चॅय मान्दै प्रतिप्रश्न गनुॅ भो । राती अबेरसम्म अनिँदो म त्यो बिहान आँखा खोल्दा ७ बजेको थियो । ब्यस्तताको कारण रेडियो समेत सुन्न भ्याउँदिन थिए। यसैले मलाई के थाहा ,कुरा के हो ? सडकमा मानिसहरू पोका पोका परेर कुराकानी गरिरहेका थिए । चौबीसै घण्टा ब्यस्त रहने महेन्द्र राजमार्ग त्यो बिहान शुनशान प्रायः थियो । पसलका सटरहरू खुलेका थिएनन् । खुलेका सटरहरू पनि बन्द गरिरहेका थिए ।
” राजा वीरेन्द्रको वंश नाश भयो । अथाॅत् दरवारमा गोली चल्यो ” आदि आदि कुरा सुनाउनु भो दाइले । म सुनेर स्तब्ध भएँ । मेरो मुखबाट तत्काल कुनै शब्द निस्कन सकेन । म निःशब्द भएँ ।
घाम झलमल्ल लागेतापनि मेरो आङमा न्यानोपन महसुस भएन । ” हेनुॅ त त्यति राम्रो परिवार ! कसको काम होला ? ” मेरो मुखबाट दुईशब्द फुत्कियो । मैले अच्युत दाइको अनुहारमा हेरे । उहाँको अनुहारमा पनि अनगिन्ती प्रश्नका रेखाहरू सल्बलाएको देखेँ ।
सडकमा मानिसहरूको जमघट क्रमशः बढदै गईरहेको थियो । माहौल भयावह बन्दै जाँदा सुरक्षाकमीॅको उपस्थिति पनि त्यही अनुपातमा वृद्धि भइरहेको थियो ।
लामो शुन्यतालाई चिदैॅ पश्चिमतिरबाट एउटा बस बेगले आयो । निजगढ चोक ( हालको शहीद हीरालाल चोक ) मा भेला भएका मानिसहरूले बस रोकेर पश्चिमतिरको अवस्था बारे खबर लिए । बसमा रातो रगत जस्तो देखिने रङले आपत्तिजनक नारा लेखिएको थियो । त्यसपछि एकपछि अकोॅ गदैॅ एक दुईवटा बस आयो सबैमा उस्तै नारा लेखिएको देखियो । जसले देश गहिरो शोकमा डुबेको र जनता क्रुद्ध अवस्थामा रहेको भान हुन्थ्यो ।
छोराकी आमाले माथि आउन संकेत दिईन् । म भरेङ उक्लिएँ । चिया खान पखेॅर बसेकी रहिछिन् । मैले उनलाई घटना बारे जानकारी दिएँ । सुनेर उनी पनि हतास र निराश भईन् ।
” कसको काम होला है ? हेर त , त्यति राम्रो परिवार एकै चिहान भएछन् । छिः मान्छेको जात ! ” यति भनी उनी पनि केहीक्षण शिथिल भईन् । मलाई बिद्यार्थीको अघिल्लो दिनको होमवकॅ कापी जाँचेर सिध्याउनु थियो तर जाँगर चलेन । चलोस् पनि कसरी देशमा त्यति ठूलो दुघॅटना जो भएको छ । त्यो दिनभर राज परिवारको हत्या किन भयो होला ? कसले गर्यो होला त ? त्यति कडा सुरक्षा बीच पनि सामुहिक हत्या कसरी सम्भव भयो होला ? यस्तै यस्तै तकॅनाहरू खेलाउँदै मैले त्यो दिन कोठामा नै बसेर बिताएँ ।
आज उनै लोकप्रिय राजारानी स्वगीॅय बीरेन्द्र र रानी ऐश्वयॅलगायत परिवार सबैको हत्या भएको १९ वषॅ बितीसकेको छ ।
स्वगीॅयद्वय राजा बीरेन्द्र र रानी ऐश्वर्यमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।

