आखिर किन ?

  • ६ जेष्ठ २०७७, मंगलवार १०:११ मा प्रकाशित
  • सीमा पुरी, कवयित्री

    हिडदा हिडदै बाटोमै
    ढल्ने यो जिन्दगी ।
    ढलेपछि केहिदिनमै
    गल्ने यो जिन्दगी
    गलेपछि माटोमा
    मिल्ने यो जिन्दगी
    सबैजनाको अन्तिम
    गन्तव्य एउटै।

    पलपल काटिदै छ
    आफ्नै समय जिन्दगीको।
    किन खेर फाल्नु
    अमुल्य समय
    ब्यर्थका बिषयमा चर्चा चलाएर ।
    समय सबैको एउटै हो ।
    जतिगरेपनि जाने ठाउँ एउटै हो ।
    लाने केहि होइन ।
    आफुले गरेको कर्मको
    छाप छोडेर जाने हो ।

    कसै सङ केहि गुनासो गर्नु ब्यर्थ छ ।
    कर्म गर्दै जाने हो
    कर्मको हिसाब गर्ने कुनै
    लेखनदास को टेबुल
    यो धर्तिमा छैन ।
    आफुले गरेको कर्मको हिसाब हेर्ने
    हामि भन्दा धेरै माथि छ ।
    जस्ले मानिसको अनुहार
    हेरेर नम्बर दिदैनन।
    धन सम्पत्ति मान , इज्जत ,
    धर्म , कर्म सबैलाई यहि
    धर्तिमा छोड्नु पर्छ
    जो यहि धर्तिबाट प्राप्त भएको हुन्छ।
    खाली हात आयौ ।

    खाली हात जाने हो।
    अनि किन त यति सारो खटन जिन्दगीमा ।
    किन त यति सारो तेरो मेरो
    किन यति सारो अबिस्वास
    किन यति धेरै उतारचढाव
    मान्छेहरुको जिन्दगी मा
    किन नदि जस्तै बग्दैन जिन्दगी ?

    किन घाम जस्तै पारीलो
    बन्दैन सम्बन्धहरु
    किन हावा जस्तै सितल
    लाग्दैन परीबेशहरु?
    किन उज्यालो जुन बन्न
    गारो हुन्छ ब्यबहार ?
    किन अरुको काधमा
    बन्दुक राखेर गोली हान्छ मान्छेले ?
    के का लागी ?
    आखिर किन ? ? ? ?

    Leave a Reply