
हिडदा हिडदै बाटोमै
ढल्ने यो जिन्दगी ।
ढलेपछि केहिदिनमै
गल्ने यो जिन्दगी
गलेपछि माटोमा
मिल्ने यो जिन्दगी
सबैजनाको अन्तिम
गन्तव्य एउटै।
पलपल काटिदै छ
आफ्नै समय जिन्दगीको।
किन खेर फाल्नु
अमुल्य समय
ब्यर्थका बिषयमा चर्चा चलाएर ।
समय सबैको एउटै हो ।
जतिगरेपनि जाने ठाउँ एउटै हो ।
लाने केहि होइन ।
आफुले गरेको कर्मको
छाप छोडेर जाने हो ।
कसै सङ केहि गुनासो गर्नु ब्यर्थ छ ।
कर्म गर्दै जाने हो
कर्मको हिसाब गर्ने कुनै
लेखनदास को टेबुल
यो धर्तिमा छैन ।
आफुले गरेको कर्मको हिसाब हेर्ने
हामि भन्दा धेरै माथि छ ।
जस्ले मानिसको अनुहार
हेरेर नम्बर दिदैनन।
धन सम्पत्ति मान , इज्जत ,
धर्म , कर्म सबैलाई यहि
धर्तिमा छोड्नु पर्छ
जो यहि धर्तिबाट प्राप्त भएको हुन्छ।
खाली हात आयौ ।
खाली हात जाने हो।
अनि किन त यति सारो खटन जिन्दगीमा ।
किन त यति सारो तेरो मेरो
किन यति सारो अबिस्वास
किन यति धेरै उतारचढाव
मान्छेहरुको जिन्दगी मा
किन नदि जस्तै बग्दैन जिन्दगी ?
किन घाम जस्तै पारीलो
बन्दैन सम्बन्धहरु
किन हावा जस्तै सितल
लाग्दैन परीबेशहरु?
किन उज्यालो जुन बन्न
गारो हुन्छ ब्यबहार ?
किन अरुको काधमा
बन्दुक राखेर गोली हान्छ मान्छेले ?
के का लागी ?
आखिर किन ? ? ? ?

