पञ्चाङ्ग साहित्य समाज पाठशालाको अभ्यास शृङ्खला :- सोह्रौ ( १६ ) ——————————————– “पाँच तत्त्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार “ विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७८/ १० / १८ …………………………………………. प्रशिक्षक:- सोमनाथ लुइटेल रवि पाल्पाली सविता के.सी.
भाषा शुद्धीकरण सुझाव :- सुशीला पौडेल सविता के.सी. चन्द्रावती अधिकारी
सङ्कलक :- सोमनाथ लुइटेल सविता के.सी.
सहजकर्ता :- (महासचिव) रामराजा के. सी.
====================== आजको अभ्यासमा दिएको अनुप्रास र स्थायी राखेर १४ अक्षरमा समपञ्चाङ्ग लेख्नु हुन अनुरोध गर्दछौँ।
सपनामा गाेरु कतै नारेकाे देखियाे जाेत्न भन्दा त्याे कान्छाले टारेकाे देखियाे भाेक लाग्याे केही खान देऊ भन्छ कान्छाे यसैले त भित्री मन हारेकाे देखियाे खानदिएपछि हलाे सारेकाे देखियाे
✍️ताेयानाथ सुवेदी, काठमाडौं
पञ्चाङ्ग ०४
निर्माेहिले जालमा त पारेकाे देखियाे बिरुवा झैँ मुटु अन्तै सारेकाे देखियाे पर्छ जसलाई पीडा उही घाति हुन्छ दिन्छु साथ भन्दै उता चारेकाे देखियाे बचाउनु पर्नेले नै मारेकाे देखियाे ।
जनताका चाहना नै टारेकाे देखियाे राम्रा काम गर्न पनि हारेकाे देखियाे mcc जनताकेा चाहना बिरुद्ध छ नागरिकलाई पासाे पारेकाे देखियाे नेताले बिदेश तिरै नारेकाे देखियाे।
✍️मधुसूदन प्रसाद घिमिरे ,काठमाडौं
पञ्चाङ्ग ७
सुखी धनीले गरीब नारेको देखियो श्रम शोसी ज्याला बिना टारेको देखियो स्वार्थी दुनियाँमा यी आँखाले लौन आज चर्को डाको गरी डाट्दै खारेको देखियो घर न घाटको पनि पारेको देखियो
✍️रुपा गौतम , बारा
पञ्चाङ्ग ८
भोलिभोलि भन्दै मिति सारेको देखियो जो जो निर्धो छ सबैले टारेको देखियो सानालाई मात्रै कानुन लाग्ने देशमा निमुखा नै भड्खालोमा पारेको देखियो गरिबलाई जिउँदै मारेको देखियो
✍️पुष्पा नेपाल(सुवेदी ) , इलाम
पञ्चाङ्ग ०९
काम चोरले काम टारेको देखियो बिहानैदेखि गाँउ चारेको देखियो जथाभावी बोल्दै हिँडेर मान्छे यहाँ जित्ने मान्छेले पनि हारेको देखियो चुनावको बेला बुथ सारेको देखियो।
✍️सरस्वती श्रेष्ठ इटहरी।
पञ्चाङ्ग १०
नेताले काम नगरी टारेकाे देखियो राम्रा मान्छेले त सधैं हारेको देखियो बिदेशी संस्कृति जनता विरुद्ध नै छ सोझा सिधालाई पासो पारेको देखियो हप्काई दप्काई गरि खारेको देखियो ।
✍️दुर्गा भट्टराई , मोरङ
पञ्चाङ्ग ११
साँइलो भाइले गोरू नारेको देखियो, खेतबारी रोप्न योग्य पारेको देखियो। श्रमजीविको सन्तान श्रम गरि बस्छ हेर् बोट विरूवाहरू सारेको देखियो, काम चोर जति सबै हारेको देखियो।
✍️अरुण कुमार भुजेल गोरूबथान,कालेबुङ्ग,भारत।
पञ्चाङ्ग १२
माया दिई मन उता सारेको देखियो डाली छानि छानि अन्तै चारेको देखियो नजिक हुन पो रैछ बनावटी नाता आखिरमा अलपत्र पारेको देखियो भाग्यले होला सायद हारेको देखियो ।
जिन्दगीको ठूलो बाजी हारेको देखियो । त्यसैले त अन्तै डेरा सारेको देखियो । उकाली र ओरालीमा जीवन चल्दैछ , आफन्तको जालझेल पारेको देखियो । एकान्तमा गोही आँसु झारेको देखियो ।
✍️आर्त अकुलीन, कैलाली
पञ्चाङ्ग १५
निमुखालाई गाेरु झैँ नारेकाे देखियाे, आश्वाशनकाे भाका नै सारेकाे देखियाे। विश्वास गर्नु कहाँ खै झुटाे छ दुनिया ? चिप्लाे सार्दै भँड्खालाेमा पारेकाे देखियाे। दिएका कयाैँ वाचामा हारेकाे देखियाे ।
✍️चन्द्रावती अधिकारी , बाँके कोहलपुर
पञ्चाङ्ग १६
तड्पाएर भुङ्ग्रामाथि खारेको देखियो हुन्छ, हुन्न दोधारमा पारेको देखियो खेल्छन् खेल जीवनमाथि मानिस पनि कुर्दा कुर्दा हरपल, हारेको देखियो तर्किएर, पन्छिएर टारेको देखियो ।
✍️सविता के.सी. , काठमाडौं
पञ्चाङ्ग १७
बाठोले जालमा लाटो पारेको देखियो धक्का र चोटले निर्धो खारेको देखियो सागर छिचोल्छु भन्दै बग्दैछ जीवन सत्कर्ममा पनि सधैं हारेको देखियो अभावमै जिन्दगानी टारेको देखियो
✍️पद्मा रिजाल , बाँके नेपालगन्ज
पञ्चाङ्ग १८
————– पाञ्चायन १ ————- —————————————— रात भरी जुवा तास नारेको देखियो नेताले नै ठूलो पोको पारेको देखियो राज्य तर्फ वास्ता छैन सिध्याउने भए सिमाना पो अलि वर सारेको देखियो हामीलाई ढाँटी छली टारेको देखियो । – ।।१।। नेता द्वारा जनता नै मारेको देखियो महंगीको मारमा थेचारेको देखियो ज्यानमारा हरूलाई के माया देशको बिदेशको तुलनामा हारेको देखियो देशको ढुकुटी त निखारेको देखियो – ।।२।। सपनामा माछा मासु तारेको देखियो बोसो जति कराहीमा खारेको देखियो यस्तो सपना त नराम्रो भन्ने सुनेको नेताहरु गाउँ मा चहारेको देखियो ठूलाहरूले साना पछारेको देखियो – ।।३।। भेटे जति चाप्प चिप्प दारेको देखियो पाए पछि बोक्रै पो लतारेको देखियो यस्तो पाराले हुन्छ होला र विकास हाम्रो देशलाई तल झारेको देखियो जनतालाई त नबिचारेको देखियो – ।।४।। शुरूमा चुच्चे नक्सा उतारेको देखियो पछि त उनैलाई गुहारेको देखियो छिमेकी सम्बन्ध रोजी रोटी पनि हो रे खोई के खोई के हौ बिगारेको देखियो लेखियो त खोई के तछारेको देखियो ? – ।।५।। ———————————————- ✍️गुणनिधि घिमिरे पाँचथर मोरङ हाल अमेरिका
पञ्चाङ्ग १९
आफ्नै दिमाग दोधारे पारेको देखियो आज ~भोलि गर्दागर्दै , सारेको देखियो मन , वचन र कर्म अचम्म रहेछ आश देखाएर सधैं टारेको देखियो आफ्नै लागि त्यो लोभी चहारेको देखियो।
✍️प्रेम थापा , बागलुङ
पञ्चाङ्ग २०
यहाँ काम गर्दा गर्दै हारेको देखियो। धनी व्यक्तिले गरीब मारेको देखियो। किन धनी गरीब बीच यति भिन्नता, मानिसलाई पीरमा पारेको देखियो। ब्यबहार गर्दा तल झारेकाे देखियो।
काठमाडाैँ, टुक्का साहित्य समाजकाे आयाेजनामा सहिद दिवसकाे अवसर पारेर २०७८ माघ १६ गते टुक्का मार्फत सहिदहरू प्रति श्रद्धा सुमन अर्पण गर्दै “विशेष टुक्का लेखन अभ्यास श्रृङ्खला-३०” सम्पन्न भएकाे छ ।
नेपालकाे संस्कृति र अस्तित्वकाे संरक्षण तथा स्वतन्त्रता प्राप्तिकाे निम्ति बलिदान भएका अमर वीर सहिदहरूकाे सम्झनामा हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाइन्छ।
अध्यक्ष ताराप्रसाद चापागाईंले प्रशिक्षण गर्नु भएकाे उक्त कार्यक्रममा नेपाल, भारत लगायत विश्वका विभिन्न देशहरूबाट १०१ टुक्काकारहरूकाे सहभागिता रहेकाे थियाे । उक्त कार्यक्रमका सहभागी टुक्काकारहरूले सहिदहरूकाे सम्झना तथा सम्मान स्वरुप चाेटिला टुक्काहरू सिर्जना गरेका थिए ।
कार्यक्रमकाे समापन गर्दै अध्यक्ष चापागाईंले नेपालकाे संस्कृति र अस्तित्वकाे संरक्षण तथा स्वतन्त्रता प्राप्तिकाे निम्ति बलिदान भएका अमर वीर सहिदहरूकाे सपना पूरा गर्न हामी सबैले आ-आफ्नाे तर्फबाट यथासम्भव पहल गर्नु पर्छ भन्दै चाेटिला टुक्काहरू सिर्जना गरिएकाेमा सहभागी सम्पूर्ण टुक्काकारहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
अभ्यासका क्रममा सङ्कलन गरिएका सहिद सम्बन्धी चाेटिला टुक्काहरू
[१] तारा बनी हकार्दैछन् सहिदले सधैँ भरी रगतकाे हाेलि खेल्ने दाेषी भन्छन् घरीघरी । ✍️ तारा प्रसाद चापागाईं धुनिबेसी ।
[२] देशको निमित्त मरेर शहीद हुनेलाई अर्पण गर्छु श्रद्धान्जली सालिक छेउ आई । ✍️ रचना शर्मा प्रतीक्षा ललितपुर ।
[३] धर्मभक्त दशरथ चन्द शुक्रराज गंगालाल चार अमर तारा, देशको माटो रगतले भिजाई शहीदहरू विश्व प्रख्यात छन् सारा । ✍️ बेदु न्यौपाने काठमाडौ
[४] भाेक निन्द्रा नभनी ती वीर दिनरात जागे, आफ्नो देश र लोकहितको निम्ति प्राणै त्यागे। ✍️ हिउँकला हाँसी खतिवडा कमलबजार ७.अछाम ।
[५] शहीदकाे सपना कहिले हाेला पुरा नेताहरू अनेकौँ गर्छन भ्रष्ट कुरा । ✍️ भावना मञ्जु माेरङ ।
[६] सहिदको रगतले भिजेकाे छ याे देशकाे माटाे, हिडनु छ नेपाली जगतले अझै उनैको बाटाे। ✍️ नानीबाबा अधिकारी काठमांडाै ।
[७] शहीदको सपनाहरू सबै पुरा गर्नलाई, होष्टेमा हैंसे गर्दै आउनेछु म कसम खाई। ✍️ पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत” पनौती न.पा.-३,काभ्रे ।
[८] नमन गरौं शहिद प्रति गुन्जियोस् हाम्रो पुकार जहाँ अन्त्य रहोस् नेपालमा विकृति विसङ्गति बेकार त्यहाँ। ✍️ कबिताहरी सुन्दर हरैंचा नगरपालिका १ मोरङ ।
[९] देशको निम्ति मरेर गए, लगाएर सहिद को ताज, त्यही सहिदको अपमान गर्छ, संघीय संसद आज। ✍️ प्रदीप के रिमाल इटहरी -८ सुनसरी, प्रदेश नं- १
[१०] सहिदको सम्मान गर्न नि जान्नुपर्छ हेर अनि मात्र रगतको शान जाने छैन खेर। ✍️ ललिता अभागी सिन्धुली सुनकोशी-५
[११] दशरथ धर्मभक्त शुक्रराज गंगालाल चार भने, देशका लागि बलिदान भएर अमर शहीद बने । ✍️ भगवती दवाडी झापा ।
[१२] निरंकुश शासन फाल्नलाई जनता जगाए, सहिदहरुले देशको लागि रगत बगाए । ✍️ डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा.पा. -६, दोलखा ।
[१३] आफैँले विध्वंस मच्चायौ पहिले पुग्यौ सत्तामा शहीद घोषणा गरि फूल चढाउँछौ बित्थामा। ✍️ प्रमोद भट्टराई ‘प्रतीक’ कौशलटार, भक्तपुर
[१४] देशको लागि हाँसीहाँसी ज्यानको आहुति दियौ, काल जयी भई तिमी सदैव हामीमाझ जियौ । ✍️ गंगा खड्का बूढानीलकण्ठ, काठमाडौँ ।
[२१] माला सालिक मा अर्पेर सम्झना गर्यौ किन भुलेर आदर्श निष्ठा तिमी चल्छौ दिन दिन । ✍️ सुर्य मणि रेग्मी चितवन ।
[२२] राष्ट्रका लागि जीवन नै पूर्ण उत्सर्ग गरेर , रहेका सहिद अमर सधैँ गए नि मरेर । ✍️ रामजी लामिछाने पाेखरा ।
[२३] जस्ले आफ्नो प्राण दिई जोगाए देशलाई, उनैलाई स्मरण गरौँ सधै दाजुभाइ। ✍️ सुरेशकुमार पान्डे घाेराही दाङ ।
[२४] वीर सहिदको सपना खोक्रो भाषण र माल्यार्पणले पुरा हुन्न देशको सिमा मिच्नेलाई कारबाही गरौँ चेतावनीले मात्रै छुन्न। ✍️ इश्वरी अधिकारी लमजुङ्ग ।
[२५] सद्बुद्धि त कहिल्यै आउन सकेन मालिकहरूमा जान्छन् चढाउछन् एक अञ्जुली फूल सालिकहरूमा। ✍️ दुर्गा बुलबुल श्रेष्ठ धादिङ ।
[२६] सहिद हुन् क्रान्ति र देशका सच्चा दर्पण उनै प्रति मनबाटै श्रद्धाञ्जली अर्पण । ✍️ राजेशराज गड्तौला रतुवामाई- १०, मोरङ हाल- प्रवास
[२७] सहिद तिमी मरेर पनि अमर भएछौ, नेपाली मन मुटुको प्राण भएर रहेछौ। ✍️ घनश्याम पौडेल सृजना चोक, पोखरा ।
[२८] शहीदका सपनाहरु मुल्याङ्कन गरौँ प्रविधि र विकासका सँगै नै बिउ छरौँ। ✍️ रतन पाण्डे’पारतन’ दार्जीलिङ।
[२९] शान्ति ल्याउन ज्यान दिने मेरो देशका तारा हातेमालो गरौँ अब एक भै दुनियाँ सारा । ✍️ माधवी भट्ट सुर्नया ३( बैतडी )
[३०] उदीयमान भै झुल्किरहुन् आकाशको झैँ तारा सम्झना गर्नुपर्छ सँधै हामीले विश्वमा सारा । ✍️ अनुग्रह राना मगर ‘पुष्प’ संखुवासभा हाल मलेसिया
[३१] देशको लागि ज्यान दिन सहिद बनेछ्न्, सहिद मार्ने देशद्रोही चै अमर रहेछ्न्। ✍️ धर्मराज पाेखरेल बेलबारी-२,लालभित्ती मोरङ
[३२] सहिदको बलिदानले सुरक्षित भएकाे हाम्रो जगतको त्याग तपस्यालाई बुझेर सम्मान गरौ बगेको रगतको । ✍️ राम कुमारी खडका तुल्सिपुर उ न पा-१९ दाङ्ग ।
[३३] अमर रहून सच्चा सपुत शब्द गुच्छा समर्पण, पावन अवसरमा गर्दछु श्रद्धासुमन अर्पण । ✍️ वसन्त अनुभव घोराही उपमहानगरपालिका १४, दाङ
[३४] देशको माटाे रक्षा गर्न मुछिएका चन्द्र सूर्य झण्डा लिएर उभिएका । ✍️ तारा घिमिरे संखुवासभा
[३५] देशका लागि मर्नेहरुमा हार्दिक श्रद्धाञ्जली भित्री मनै देखि सधैं चढाइ रहुन् पुष्पाञ्जलि। ✍️ सरस्वती श्रेष्ठ इटहरी ।
[३६] विस्वासघातीले चक्रव्यूहको घेरामा पारेर डरले सहिद बनाए क्रुरता पूर्ण मारेर । ✍️ अम्बिका अधिकारी बिर्तामाेड, झापा ।
[३७] देशको अव्यवस्था देखेर रुँदो हो शहीदको आत्मा जनताका लागि उनिहरू बनेका थिए परमात्मा। ✍️ दीपक ठटाल जलन खरसाङ।
[३८] अन्यायको विरुद्ध लड्यौ,निरङ्कुशताको त्यो जन्जिर तोड्यौ, हे वीर शहिद दिएर ज्यान,स्वतन्त्रताको नै छाप छोड्यौ । ✍️ बिबस पारदर्शी भद्रपुर न० पा०-२, झापा नेपाल ।
[३९] शहीदको सधैँ हामी गर्छौँ जयजयकार तिमी झैँ देशभक्त भएनौँ हामी छौँ लाचार । ✍️ गोपालकृष्ण डंगोल इटहरी, सुनसरी ।
[४०] बली दिन तयार भए देश बचाउने हितले जगतमा अमर हुनु ज्ञात अज्ञात सहिदले। ✍️ माहादेब भट्ट दशरथचन्द नगरपालिका ०१ बैतडी गुरुखोला कलौन
[४१} मुलुकको निम्ति नै हाँसीहाँसी बलिदान दिए सत्ता पिपासुहरूले सहिदको रगत पिए । ✍️ बी.कुलुङ भारत दार्जिलिङ
[४२] चेतना फैलाउन खोज्दाखोज्दै शहीदका भएका तारा, अझै पुराहुन सकेको छैन कि कसो! हाम्रो अभिभारा। ✍️ होम प्रसाद न्यौपाने धरान, सुनसरी ।
[४३] सम्झिरहनेछौँ ती योद्धा सधैं, आज होस् या भोलि जसले हाँसि हाँसी निलेथे, छातीमा तातो गोली । ✍️ मुकुन्द कृष्ण थापा खोटाङ ।
[४४] देशको लागि ज्यानै दियौ प्रवाह नगरी सालिकमा चढाउछौँ माल्यार्पण पगरी । ✍️ जमुना आचार्य सिन्धुपाल्चोक ।
[४५] नमानी कुनै डर छाति थापि गोलि खाए पुर्खाहरुले देशकै लागि रगत बगाए । ✍️ अम्बिका कोईराला धुनिवेशी नगरपालिका ६, धादिङ।
[४६] बनेर कति बस्छौं रमिते सालिक आऊ बचाउ मेरो देशको मालिक । ✍️ रिजाल विनोद मोरङ ।
[४७] गर्ने बेलामा शहीदहरुले देशको लागि ज्यानै बलिदान गरे फाईदा लिने आश्वासनको पोका देखाउने छदम्भेषि नेता अरे । ✍️ पवन कुमार बुढाथेाकी काठमाडौं ।
[४८] देशकाे लागि बलिदान दियाै वीर सहिद बनेर सलाम गर्दै छन् जनताहरूले पनि तारा भनेर । ✍️ केसर बाेहरा (सङ्घर्ष ) सुदुरपश्चिम अछाम ।
[४९] शहीदहरूले दिनु भएको जीवन बलिदान हामी सकेसम्म गरिरहने छौँ सदैव सम्मान । ✍️ गुणनिधि घिमिरे पाँचथर मोरङ हाल अमेरिका
[५०] सहिदले देखाएको बाटाे नि हिंड्न छाेडे, आफूखुसी दाैडिएर गलत दिशा माेडे । ✍️ रामकृष्ण दुवाडी पाेखरा ।
[५१] देशको बन्धन तोड्न भनी हिँडे रणभूमि देश होइन नेतामात्र बने भन्छिन् मातृभूमि। ✍️ लाेकमणी गाैतम
[५२] शहीदका सुन्दर सपना पुरा होला कहिले? राजनैतिक खिचातानी मात्र देखिन्छ जहिले। ✍️ शम्भु लाल श्रेष्ठ नागार्जुन -१ रानीवन, पानीट्यांकी, काठमाडौं।
[५३] शहीदको गुणगान गर्दै, माला चढाउछौँ सालिकमा, बिर्सने छैनन्, वीर सपुतको रगत जन मानिसमा । ✍️ बुद्धिमान चौधरी कनकाई नगरपालिका ४ झापा ।
[५४] शहीदको रगतले पोतिएको माटो हामीलाई गरिखाने भयो राम्रो बाटो। ✍️ मन्दिरा सेढाई मलेखु,धादिङ ।छ
[५५] सहिद तिम्रो त्याग र बलिदानकाे मुल्य चुक्नेछ, कस्ता महान शिर पनि शालिगकाे अगि झुक्नेछ । ✍️ रिना योल्मो दार्जीलिङ ।
[५६] श्रद्धान्जली हाम्रा वीर सपुतहरूलाई ज्यानै अर्पिए देशकाे लागि हार नखाई । ✍️ निर्मला शाही ठुकुरी दैलेख ।
[५७] सलाम, हामी सबैका लागि हाँसेर मर्नेहरु, देशलाई माया गर्नुपर्ने सन्देश छर्नेहरु। ✍️ राजेश भट्टराई सैनामैना ११,रुपन्देही, हाल सुर्खेत ।
[५८] सहिदका रगतले बगेको थियो खाेली, फेरि के के हुने हाेला अब आउँदो भाेली। ✍️ सहयात्री शाेभा अर्याल रुपन्देही बुटवल ।
[५९] शहीद तिम्रो उत्सर्गको कथाले मन छुन्छ, तिम्रो सपना पूरा नहुँदा मेरो मन रुन्छ। ✍️ अरुण कुमार भुजेल गोरूबथान,कालेबुङ्ग,भारत।
[६०] देसको निम्ति आफ्नो ज्यानको दियौ बलिदान तिमी भन्दा सच्चा देशभक्त को होला र महान? ✍️अम्बर ब.बि.क. उदयपुर ।
[६१] सहिदकाे रगतले सिँचेकाे यो धर्ती माटाे भुल्नु हुन्न कदापि यहाँ औंल्याएको त्यो बाटो । ✍️ त्रिलोचन भण्डारी मेचीनगर, झापा ।
[६२] तिम्रा सपनाहरु साकार हुन्छन् भन्ने आशमा, स्मृति सम्झदा त चुहिने गर्दछन् आँसु गासमा। ✍️ दुर्गा आचार्य मोरङ ।
[६३] हे ! विर बिरङ्गना तिमी मर्यौ र त प्रजातन्त्र आयो सलाम छ तिमीलाई तिम्रो त्यागले सुशासन छायो । ✍️ बिके माकजु भक्तपुर ।
[६४] जनता र देशका खातिर सधैँ लड्छु भन्याै सपना त्याे अधुरै थियोे सहिद तिमी बन्याै। ✍️ प्रेम कला चापागाईं मेचीनगर-१२, झापा ।
[६५] खासमा नेता तिमी थियौ सहिद देेशका, सत्तामा चुरीफुरी गर्ने नक्कली भेषका । ✍️ प्रद्युमन चालिसे भक्तपुर, कटुञ्जे ।
[६६] कहिले मेटिने छैनन् ती रक्तका छाप सम्झे मात्र भने पनि लाग्न सक्छ ताप। ✍️ धनुष न्यौपाने गुठीचौर गाउँपालिका-०४ जुम्ला।
[६७] हजारौं सहिदले ज्यान फालेर गए रहन्थेन आज देश, ती नमर्या भए। ✍️ सुस्मिता भट्टराई सन्धिखर्क-७ अर्घाखाँची ।
[६८] बाबा आमा परिवारले सधैँ रुनुपर्छ, देश निम्ति मर्नेहरू शहीद हुनुपर्छ । ✍️ केशवप्रसाद ढकाल `प्रीतबीज´ गाेरखा ।
[६९] दिई देशलाई बलिदान सहिद बनेर गयौ निकम्मा भए चेला सालिकमै मात्र सिमित भयाै। ✍️ दुर्गा भट्टराई मोरङ ।
[७०] राणा शासनको अन्त्य गरे तातो गोली खाएर, उनको सपना पुरा हुन्न नारा मात्र लाएर । ✍️ कर्ण दयाल मेलौली नगरपालिका ७, बैतडी ।
[७१] मरेपछि सहिदहरु स्वर्ग तिर गए नाम बेच्दै बाँचेकाले गीत गाउने भए। ✍️ दस्ता कौशिक पाँचथर,हिलिहाङ-२, सिंहपुर।
[७२] देशको लागि ज्यान कुर्बान गर्ने ती चार व्यक्ती मानिन्छ, अत्याचार विरुद्ध लडी देह त्याग्ने नै शहीद ठानिन्छ। ✍️ लक्ष्मी श्रेष्ट बिर्तामोड, झापा ।
[७३] नेपाल नेपालीको उन्मुक्तिको प्रमुख सूत्र, अमर रहून् इतिहासमा यी चार सुपुत्र। ✍️ म्यामराज राई भोजपुर ।
[७४] शहीदको सपनाको आकार दिलाउ जब बलिदानको अर्थ र प्रकार चिनाउ अब। ✍️ संझना `कुसुम´ कास्की ।
[७५] समयमै होसको दबाइ खाउ नत्र हामी पछुताउनु पर्ला चौबाटोमा राखेको सहिदका सालिक हरुको पनि आशु झर्ला । ✍️ जि कुमार गौतम भद्रपुर -१ (पृथिविनगर) झापा ।
[७६] मरे हिजो स्वदेशको भलो बनोस् भनीभनी, यहाँ छ आज वेदना गरीवका गनी गनी। ✍️ पौडेल विमुन्स पोखरा कास्की ।
[७७] देशका लागि जन्मियौ तिमी स्वदेशकै लागि मर्यौ लागेनौ स्वार्थमा कहिल्यै राष्ट्रियताकाे बीउ छर्याैँ । ✍️ बिमला पाैडेल भरतपुर, चितवन ।
[७८] देशको लागि सहिदको अमुल्य ज्यान अर्पण अमर रहुन हाम्रा सहिद फुलमाला समर्पण। ✍️ रुपेश कु.सदाय सिरहा-गापा.सखुवानन्कारकट्टी-३
[७९] सहिदका सपना के थिए, के भए आज ? सत्तामा मत्त हुनेलाई अझै छैन लाज । ✍️ मित्र उराठी गाैतम अमरपुर- गुल्मी ।
काठमाडौ, । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको १९ औँ शृङ्खला शनिबार सम्पन्न भएको छ । अभ्यासमा ५४ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त अभ्यास शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखन अभ्यासमा पृथकता एवं फरकपन भित्राउने सिलसिला उक्त शृङ्खला सञ्चालन गरिदै आएको समाजका अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
अभ्यासका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको १९ औँ शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको टुक्का
जता धन उतै बग्छ समृद्धिको कुलो, संसारमा धन नै हो बुद्धिभन्दा ठुलो। ✍️ वसन्त अनुभव
सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
[१] बलेकै आगो ताप्छन् रे अरूहरू मत निभेकोलाई बाल्ने गर्छु, सबै जना धन धन भनुन् म गरिबलाई साथ दिएर मर्छु ।
गुणनिधि घिमिरे
पाँचथर मोरङ हाल अमेरिका
[२] धन भनेपछि महादेवको तेस्रो नेत्र भन्छन्, आफैँले बनाएको धनलाई किन धेरै गन्छन् ?
काठमाडौ, माघ । साप्ताहिक उदक लेखन अभ्यास शृङ्खलाको ३७औं भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त अभ्यास कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ८५ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन अभ्यास शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा अभ्यास शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यास शृङ्खलाका लागि राखिएको तस्बिर
तस्बिरमा उदक अभ्यास शृङ्खलामा सहभागी स्रष्टाहरूका उदकहरू
[१] ढिकी अर्गानिक चामल स्वास्थ्यवर्धक खानेकुरा निरोगिता ! ✍️ गुणनिधि घिमिरे पाँचथर मोरङ हाल अमेरिका
[२] ढिकी पुर्खाको औजार भुले आजकलका मानिस ! ✍️खेमराज पुरी कैलाली हाल मुम्बई
[३] ढिकी पुर्खाको आविष्कार चामल बनाउँछ तयार ! ✍️ पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत” पनौती न.पा.-३,काभ्रे
[४] ढिकी स्वच्छताको प्रतीक मानवको मौलिक ईतिहास ! ✍️ कण्ठ राज गिरी कैलाली
[५] ढिकी पुरानो औजार देख्न पाइन्न अहिले ! ✍️ सुमित्रा पोखरेल काठमाडौं
[६] ढिकी मौलिक सभ्यता लाेप हुँदैकाे अवस्था ! ✍️ राेशन पराजुली धरान।
[७] ढिकी कर्तव्यमा तल्लीन आवाज मिठो लुकिछिपी ! ✍️ प्रेम थापा
[८] ढिकी हाम्रो मौलिकता पुरानो संस्कृतिको झलक ! ✍️ सरस्वती वली बर्दिया
[९] ढिकी पुर्खाकाे सम्पत्ति संरक्षण गर्नु आवश्यक ! ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे भक्तपुर ।
[१०] ढिकी लोप भएको पुरानो शैलीको मेसिन ! ✍️ घनश्याम पौडेल सृजना चोक, पोखरा
[११] ढिकी माैलिक संस्कृति हाम्रो पुरानो पद्धति ! ✍️ सुधा बाँसकाेटा ढकाल काठमाण्डु
[१२] प्रविधि ओखल ढिकी हाम्रो मौलिक सम्पत्ति ! ✍️ हिमाल अम्मै घोडाघोडी कैलाली
साताका तीन लघुकथाको तेस्रो शृङ्खलामा निम्न लघुकथाकारहरूका तीन लघुकथाहरू छनोट गरी प्रकाशन गरिएको छ ।
१. लघुकथा – यमराज दोबाटोमा
✍️ डा.दीनबन्धु शर्मा यमराजले आगन्तुक मनुवातर्फ इसारा गर्दै चित्रगुप्तसँग सोधे, “यस मनुवालाई कता ?” चित्रगुप्तले काँडा र ढुङ्गाले भरिएको पैदलमार्ग देखाएर भने, “यसलाई नि:सन्देह यता महाराज।” बाटो देख्दै मनुवा थरर्र काम्यो, तर उसले होस नगुमाइकन दोबाटोबाट छुट्टिने दक्षिणी बाटो हेरेर सोध्यो, “मलाई किन यस्तो भयानक बाटो हिँड्नुपर्ने ?” “यो नरकयात्राको बाटो हो मनुवा, पृथ्वीमा रहँदा बीभत्स हत्या हिंसाको ज्यान मुद्दा छ तिमीमाथि, तिमीले नर्कबास गर्नुपर्छ,” यमराजले भने, “परिणाम त भोग्नुपर्छ।” “त्यो त होला तर …….” “तर के ? ” यमराजले मनुवातर्फ हेरेर भने। “मेरा कर्मको ठूलै परिणाम त मैले दुई-दुईपटक भोगिसकेँ त, हैन कतिचोटि भोग्नुपर्ने ?” मनुवाले हात जोडेरै तर झर्किएर भन्यो। “तिमीले कहिले, कसरी भोग्यौ ?” यमराजले जिज्ञासु भएर सोधे। “हैन के, दण्ड होस् वा पुरस्कार, त्यही ज्यान मुद्दाकै परिणामस्वरूप मलाई पटकपटक प्रधानमन्त्रीको पद दिइएको हैन र, कहिले कसरी भोगिस् रे, अचम्म छ बा !” मनुवाले अहिले अलि कड्किएरै भन्यो। “हँ ?” यमराज आफ्ना दुई औँला ओठमा राखेर विचारमग्न भई दोबाटोमा उभिएका छन्। बुढानीलकण्ठ, काठमाडौँ
२. लघुकथा : खाना
✍️ डा.शेखरकुमार श्रेष्ठ
सबै जना चुल्होको वरिपरि बसी भात र तरकारी पकाउँदै थिए । नाकबाट पसेको वासनालाई जिब्राले स्वाद मानी चाखिरहेको थियो । खाना हाल्नका लागि थाल बोकेर छोरा आयो । त्यसैबेला बाहिरबाट ढोका ढकढक गरेको आवाज भित्र आयो । छोराले गएर ढोका खोलिदियो । एउटा जवान हट्टाकट्टा मानिस रहेछ । उसले नमस्कार गर्यो र भन्यो, “म देश विकास गर्न परिवर्तनका लागि लागेको राजनीतिककर्मी हुँ । धेरै वर्ष भयो राजनीति गरेको । तर म भोको छु । मैले खान पाएको छैन । पाकेको खाना मलाई दिनुहोस् ।” परिवारका सबैले मुखामुख गरे । एकै पलपछि आएको मानिसलाई छोराछोरीले हेरे । लोग्ने र स्वास्नीको आँखा जुधे। “आज बेलुकी र भोलि बिहान भोकै त हो नि । भोलि दिनभर काम पाइयो भने फेरि चामल र तरकारी ल्याऔँला । साँझको पाहुना देवता भन्छन् ।” स्वास्नी र लोग्नेले कुराकानी गरे । आउनेले भात खाइदियो । छोरा र छोरी रुन थाले र भने, ”बल्ल बल्ल खान पाइने भई खुसी बनेको तर खान पाइएन । होइन, अब हामीले दालभात खान पाउने कहिले ?” आमाले भनी, “यिनलाई दान दिएन भने खाना मात्र होइन भोलि हामी यस घरमा पनि बस्न पाउँदैनौँ ।” काठमाडौ
३. लघुकथा : पहिचान
✍️ अम्बिका धिताल
प्रकाश र अनय निकै मिल्ने साथी थिए । प्रकाश पढाइमा औसत थिए भने अनय तेजिला। उनीहरू दुबैले स्नातकसम्मको पढाइसँगै पुरा गरे।
प्रकाशको बाबा अफिसका हाकिम थिए। त्यसैले उनलाई जागिर पाउनका लागि त्यति दौडधुप गर्नु परेन तर अनयका बाबा कृषक भएकाले धेरै ठाउँमा धाउँदा पनि जागिर पाउन सकेनन् र बाबुकै बिडो थाम्नुबाहेक विकल्प नदेखेर उनी खेती किसानीमा लागे ।
आफ्नै काममा व्यस्त हुने भएकाले यी दुई मित्रहरुको भेटघाट छुट्यो। कहिलेकाहीँ फोनमा कुराकानी हुन्थ्यो। एक बुधबार प्रकाशले फोन गर्दै अनयलाई लोकसेवा खुलेको कुरा सुनायो। दुबैले गएर फर्म भरे। परीक्षामा सहभागी भए। नतिजा आउँदा प्रकाशको नाम थिएन। अनयको नाम पहिलो नम्बरमा नै थियो । उनी प्रशासन कार्यालयमा अधिकृतका रूपमा नियुक्त भए। बिस्तारै उनको पहिचान फैलिँदै गयो। उनको कामबाट सबै सन्तुष्ट थिए । धेरैले उनको आनीबानी र कार्यशैलीको अनुकरण समेत गर्थे। उता केही समय पछि प्रकाशको बाबुको रिटायर भयो । प्रकाशको जागिर करारमा थियो। त्यस ठाउँमा लोकसेवाले अर्को व्यक्ति पठायो। प्रकाशले जागिर छुटेपछिको दोस्रो दिनमा अनयलाई भेट गर्यो । अनयले प्रकाशलाई मेहनतकासाथ पढ्न हौसला दिँदै पढाइमा आफूले सक्दो सघाउने प्रण गर्यो । प्रकाशले मलिन मुहारमा भन्यो, “कसैको पहिचानबाट मिलेको काम केही समयको लागि मात्र रहन्छ, तर कामबाट मिलेको पहिचान अमर रहन्छ मित्र।” भक्तपुर
साप्ताहिक पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला ‘पञ्चाङ्ग चित्रपट’को दोस्रो भाग सम्पन्न भएको छ । पञ्चाङ्ग साहित्य समाज नेपालको आयोजनामा उक्त अभ्यास शृङ्खला सञ्चालनमा ल्याइएको हो ।
साप्ताहिक पञ्चाङ्ग लेखन अभ्यासको दोस्रो शृङ्खलाको प्रशिक्षकमा सुशीला पौडेल र सविता के.सी. रहनुभएको थियो । लघुतम काव्य विधा पञ्चाङ्गका प्रवर्तक सोमनाथ लुइँटेल “रवि पाल्पाली” का अनुसार अबदेखि प्रत्येक हप्ताको बिहीबार उक्त अभ्यास शृङ्खला सञ्चालन गरिनेछ । जसका लागि बिहीबार विहान एउटा चित्र राखिनेछ । सोही चित्र अनुसारको बिम्बात्मक तथा गहन मौलिक भाव झल्किने एउटा मात्र पञ्चाङ्ग साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नुपर्नेछ ।
यस शृङ्खलाका लागि चित्रको संकलन कार्यक्रमका परिकल्पनाकार सोमनाथ लुइँटेल “रवि पाल्पाली” ले गर्नुभएको थियो ।
चित्रपट
सहभागी स्रष्टाहरूले सृजना गरेका पञ्चाङ्गहरू
पन्चाङ्ग ०१
आमा तिम्रो हरेक सपना सन्तानमा देख्ने गर्छौ त्यहि सन्तानभनि सुख छाडी दु:खमा टेक्ने गर्छौ लालनपालन गरि हुर्काउन गाह्रो भयो आमा नौ महिनाको कठोर तपस्या कसरी थेग्ने गर्छौ शिशुलाई आगोले नै सेकेर तेलले लेप्ने गर्छौ।
~सोमनाथ लुइटेल ” रवि पाल्पाली “
पञ्चाङ्ग ०२
आमा भएर तिमीलाई जन्म दिएको छु भोको पेट त्यो भर्ने अभिभारा लिएको छु जस्तो सुकै परिस्थितिको सामना गरेर तिमीलाई हुर्काउन दु:खमा जिएको छु दु:खमा झरेका ति आँसु मैले पिएको छु।
~तारा घिमिरे सङ्खुवसभा
पञ्चाङ्ग ०३
कैयन रात मैले मात्र पानी पिएकी छु, केवल तिम्रै लागि अझसम्म जिएकी छु। तर तिमी बिरानो भई टाढा गइदियौ, यो मनको घाउलाई आफैँले सिएकी छु। अब देखि एक्लै बाँच्ने अठोट लिएकी छु।।
~ नारायणप्रसाद निरौला, काठमाडौँ।
पञ्चाङ्ग ४
नौ महिनासम्म आफ्नो कोखमा लुकाएर राख्ने तिमी मलाई पियाउँदा आफूलाई सुकाएर राख्ने तिमी तिम्रो आँखामा त म सधैं सानो देखिई रहन्छु आमा आफूलाई मेरो खुशीको लागि दुखाएर राख्ने तिमी जिन्दगीको यात्रामा सधैं माथी उठाएर राख्ने तिमी ।।
~गुणनिधि घिमिरे पाँचथर मोरङ हाल अमेरिका
पञ्चाङ्ग ५
आमाको मायाले देखायो जीवन । गोरेटो सहजै बनायो जीवन । अरूको लाखमा आमाको काखमा, हाँसेर फुलेर उदायो जीवन । सत्यको बाटोले सजायो जीवन ।
~आर्त अकुलीन, कैलाली
पञ्चाङ्ग ६
अगाध ममता ओकल्छिन् जननी, आफ्ना सन्ततिमा सजिन्छन् ती सुन्दर सपना पनि, आफ्ना सन्ततिमा च्यापेर मुटुको टुक्रा छचल्किएका छन् प्रेम धारा उज्यालो छरेकी आफू मैन बनी, आफ्ना सन्ततिमा भोलिको भरोसा उनै भनी भनी, आफ्ना सन्ततिमा।
~केशब न्यौपाने, नुवाकोट
पञ्चाङ्ग ७
अरुको लाख अनि आमाको काख सुनेको छु तिम्रो काखमा हुँदा त लाख कष्ट भुलेको छु स्वर्ग यहि हो मेरो लागि धाउनु छैन अन्त लाख कष्ट लुकाई तिमी हाँसेको बुझेको छु तिम्रो साथ पाएर दुनियाँ सामु खुलेको छु।
~निर्मला सुवेदी “जिज्ञासु”बागलुङ।
पञ्चाङ्ग ८
सन्तानकै खुशिका लागि जिउछिन आमा सबै दु:ख पीडा संकट पिउछिन आमा आफ्नो खुशिले जसो तसो जोरजाम गरि न्यानोमै राख्न नाना चाचा सिउछिन आमा। स्नेहले आनन्द काखमा लिउछिन आमा।
~गणेश पौडेल
कालिका चितवन।
पञ्चाङ्ग ९
१ जन्म दियौ रक्तधारा वहाउदै मेरी आमा सुस्तसुस्त विश्वमाझ चिनाउदै मेरी आमा अनमोल तिम्रो मायामा बाँधी सधैँ मलाई काँडाबीच गुलाब झैँ फुलाउदै मेरी आमा हार यात्रामा प्रेरणा दिलाउँदै मेरी आमा। २ सवै सुख दु:ख मेरा मेटाउदै मेरी आमा लक्ष्य चुम्न अघि वड्न सिकाउँदै मेरी आमा आँशु धारा बगाउँने मलाई दु:ख पर्दा प्रगतीका पथमै हिडाउँदै मेरी आमा सफलताका कदम चलाउदै मेरी आमा। ३ उनकै काखमा बिताएका रातहरु प्यारा उनकै साथमा समाएका हातहरु प्यारा सुमधुर रसपूर्ण मिठोबोली सधैँ दिदै उनकै यादमा गाँसिएका वातहरु प्यारा आमाकै खाटमा साटिएका मातहरु प्यारा।
~सरिता काफ्ले कोहलपुर बाँके
पञ्चाङ्ग १०
बस्छन् सधैँ भरि सन्तानको सुशीहरू गनि उनी, त्याग अनि तपस्याको प्रतिमूर्ति जस्तै बनि उनी। तेत्तीस कोटी देवी देवता चारै धाम मेरी आमा सहेर गर्भको मर्महरू हाँसि दिने पनि उनी, दयाकी खानी करूणाकी रानी हाम्री जननी उनी।
~अरुण कुमार भुजेल गोरूबथान,कालेबुङ्ग,भारत।
पञ्चाङ्ग ११
आफ्ना दु:ख पीडा जति मन भित्रै लुकाउछिन आफु भोकै बसेर सन्तानलाई खुवाउछिन आमा भन्दा ठूलो देवता छैनन् खोज जग भरि सानो चोट लागे पनि आफू मन दुखाउछिन मृत्यु सीत लडेर अमृत धारा चुसाउछिन
~चेतना पोखरेल मोरङ
पञ्चाङ्ग १२
नौ महिना पेटमा राखी जन्म दिएकि छु भोकाउदा खुवाउने अभिभारा लिएकी छु जस्तोसुकै दु:ख कष्टहरुको सामना गर्दै लालनपालनमा दु:ख हुँदा नि जिएकी छु आपत्मा झरेका आँसु पनि मैले पिएकि छु ।।
~दुर्गा भट्टराई , मोरङ
पञ्चाङ्ग १३
हरेक सन्तानका लागि भगवान हुन् आमा विधाताको सृष्टि बचाउने महान हुन् आमा बिर्सन्छन् आमाको माया सन्तानले बढेपछि तर छैन गुनासो ईश्वरीय मान हुन् आमा बिना स्वार्थ प्राण दिने धर्तीकी सान हुन् आमा।
~पुष्पा नेपाल(सुवेदी ), इलाम
पञ्चाङ्ग १४
संसार भनेकै नै याे मायाकाे जालाे रहेछ एक पछि अर्को सकिँदै जाने पालाे रहेछ मतृवात्सल्य जति निस्वार्थ प्रेम कहाँ हाेला अरु त मन नै स्वार्थ, जालि र कालाे रहेछ सबैले नि बन्ने त यहाँ ठुलाे ठालाे रहेछ ।
~रामराजा के.सी. फर्पिङ , काठमाडौं।
पञ्चाङ्ग १५
मायाले भरिएको अविरल चाहात मीठो अवोध नै होला तर साथको त्यो बात मीठो आमा संगै हुँदा र स्वर्ग जस्तै काख पाउँदा मन अनि ती स्नेही नयनको हठात मीठो ममताको दिन मीठो र स्वर्णीम रात मीठो ।
~प्रेम थापा , बाग्लुङ
पञ्चाङ्ग १६
म तिम्रो जन्म दाता थाहा छ होला। छोराछोरीको छाता थाहा छ होला। आमा बिना संसार अँध्यारो लाग्छ, उज्यालो दिने माता थाहा छ होला। सबै कुराको ज्ञाता थाहा छ होला।
~सुशीला पौडेल , काठमाडौं
पत्न्चाङ्ग १७
जननी जगतको संसार चिनाउने आमा दु:खद समय काटेर सिकाउने आमा जाडोमा सुरक्षा दिएर ममताले बाध्छौ आफुलाई सुकाई दूध पिलाउने आमा मनका इच्छा पूरा सुख दिलाउने आमा ।
सविता के.सी. काठमाडौं
पञ्चाङ्ग १८
हर रात काखी च्यापेर अनिदाेमा रात कटायाै आमा भाेकाे पेट कसेर सपनाहरु कति सजायाै आमा । खालि तिम्राे महानता रहेछबुझेँ आखिर के पायाै र? लाखाैँ ऋण लगाएर स्वर्गकाे बाटाे ततायाै आमा ! जल्दै छु पश्चात्तापमा मात्र सपनीमा सतायाै आमा ।
~चन्द्रावती अधिकारी बाँहे कोहलपुर
पञ्चाङ्ग १९
आमा हुनु मा गर्व छ मलाई जन्म दिएकि छु, रातै भरि नसुति तिम्रोअभिभारा लिएकि छु। आएकाअप्ठ्याराहरुको सामना गरेर नै, तिम्रो कर्म दह्रो पार्न नै भए पनि जिएकि छु। देख्छौकि भन्दै लुकि लुकि कति आशु पिएकि छु।
~दुर्गा आचार्य मोरङ
पञ्चाङ्ग २०
मेराे सृष्टि गराउने महान मेरो सार हौ तिमी आमा सुन्दर दृष्टि सजाउने मेरो सिंगो संसार तिमी आमा संसार हेर्न सिकायौ आफ्ना ती संस्कार मा मा भरेर अगाध ममताको आँचल जीवनको आकार तिमी आमा उज्यालो छर्ने सुनौलो भोलिको मेरो आधार तिमी आमा।
१ हिमपात सेताम्य वरिपरि गरिब जिउने कसरी ? २ चिसो हिमाली हावा बर्सिने सेता रुवा ! ३ खुसी छरपस्ट हाँसो मुहारमा नहुने गुनासो ! ४ खुसी मुस्कान ओठमा छुट्टै अन्तरमनको कोठामा ! ५ पार्टी हैकम सत्ता मिचाहा साँढेको साथी ! ६ कवि साहित्य सिर्जना अपार समाजको ढुकढुकी ! ७ कवि भावनाको बोध सलल बग्ने नदी !
काठमाडौ, ११ माघ । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको १८ औं शृङ्खला शनिबार सम्पन्न भएको छ । अभ्यासमा ७० जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त अभ्यास शृङ्खला नियमित सञ्चालन हुँदै आएको छ।
प्रयोगवादी काव्य प्रविधा टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखन अभ्यासमा पृथकता एवं फरकपन भित्राउने सिलसिला उक्त शृङ्खला सञ्चालन गरिदै आएको समाजका अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
अभ्यासका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको १८औं शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको टुक्का
गर्ने त मन साह्रै थियो, प्रतिपक्षले रोक्यो, समृद्ध नेपाल बनाउने, ताला चाबी बोक्यो । ✍️ वसन्त अनुभव
सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
[१] कुनै दिन पछुताउनेछन् काममा बाधा गर्नेहरू, मुखले चिप्लाे घसीघसी पराइकाे कान भर्नेहरू ।
ताराप्रसाद चापागाईं धुनिबेसी ।
[२] हुँती छैन काम गर्ने, अझैँ छारो हाल, दुई जिब्रे ए नेता ज्यू, जिब्रो काटी फाल ।
वसन्त अनुभव घोराही उपमहानगरपालिका १४, दाङ
[३] हुतिहारा यी नेताहरूको चाला छैन राम्रो, समृद्ध नेपाल बनाउन आफै बने चाम्रो ।
बेदु न्यौपाने काठमाडौ
[४] गर्यौ कामहरु तिमीले निकै त्यस्तै आलोचना मात्र झेल्यौ। सोचविचार गर्नुपर्छ गरेनौ नेताहरुकै खेल खेल्यौ।।
️कबिताहरी सुन्दर हरैंचा नगरपालिका १ मोरङ
[५] समृद्ध नेपाल बनाउनेले दिउँसै रक्सी पिए, देश बेचि खानेहरु छिमेकीका प्यारा भक्त थिए।
पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत” पनौती-३,काभ्रे
[६] आफू सत्तामा पुगेको बेला लाउनु पर्ने कासन, तिमी आफै कमजोर भयौ खुकुलो भयो शासन।
गुणनिधि घिमिरे
[७] देश गिद्धले चोक्टा लुछे झैँ लुछ्दा हेरेर बस्छौ, जनता अगाडी भाषण गर्दा चिप्लो मात्र घस्छौ ।
गोमा गुरागाई इटहरी
[८] समृद्धिका भाषण मात्र गर्ने होइन काम, भ्रष्टाचार र खिचातानी बिकासका नाम ।
राम कुमारी खडका तुल्सिपुर उ न पा १९ दाङ्ग ।
[९] दुवैपट्टिबाट बोल्ने नेता हुन्छ भन्छन् गर्ने त केही होइनन् जून तारा छुन्छन्।
दीपक ठटाल जलन,खरसाङ,दार्जीलिङ।
[१०] अरू दोषी बनाउने पुरानै चलन राजनीतिमा, आफ्नो सत्ता हुँदासम्म देखे पनि बोल्दैनन् बेथितिमा।
म्यामराज राई,भोजपुर हाल- जापान
[११] सवालको जवाफ दिन नसकेपछि बाहाना बनाउँछन्, आफ्ना काला कर्तुत जनता सामु ल्याएर आफै गन्हाउँछन्
अनुग्रह राना मगर ‘पुष्प’ संखुवासभा हाल मलेसिया
[१२] खाने मुखलाई जुँगाले कहाँ छेक्या हुन्छ, राम्रो काम गरे पो त मन मस्तिष्क छुन्छ ।
त्रिलाेचन भण्डारी मेचीनगर झापा
[१३] मलाई जितायौ भने देश स्वर्ग बनाउँला, अरुले नगरेपनि आफ्नैलाई गराउँला।
घनश्याम पौडेल
[१४] दौरा सुरुवाल सिलाई सके मन्त्री बन्ने पक्का, यो राजनितिक च्याखे दाउ हो हानौ चौका छक्का।
नवशिला बेलबारी-२, लालभित्ती,मोरङ ।
[१५] सत्तामा पुग्नलाई खुट्टा ढोग्न आयौ, स्वार्थ पूरा भएपछि त लुक्न लायौ ।
कमला देवकोटा, पाल्पा हाल- बुढानिलकण्ठ काठमाण्डु
[१६] नारा दिने कुरा राम्रो, काम हेर्दा भने चाम्रो ।
रचना शर्मा प्रतीक्षा महालक्ष्मी नपा ४, ललितपुर, नेपाल ।
[१७] चाबी आफ्नै हातमा दिदा, ताला चाबी बिगार्ने, चाबी हरायो भन्दै प्रतिपक्षलाई थोपार्ने ।
धर्मराज पोख्रेल
[१८] अल्छिले त बल्छि हान्छ जाँगरे फाल्छ जाल, कहिले देश बन्ने हैन यी नेताका चाल ।
इन्दिरा देवकोटा कपिलवस्तु न .पा .३
[१९] म नेता हुँ किन गर्नु मैले देश बिकासको सह्राना, राख्दिन्छु म त कार्यकर्ता सामु प्रतिपक्षको बहाना ।