• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: साहित्य

पञ्चाङ्ग साहित्य समाज पाठशालाको अभ्यास शृङ्खलाको सोह्रौँ भाग सम्पन्न; २० जना सर्जकको सहभागीता

  • १९ माघ २०७८, बुधबार ०८:०३ मा प्रकाशित
  • पञ्चाङ्ग साहित्य  समाज पाठशालाको अभ्यास शृङ्खला :- सोह्रौ    ( १६ )
    ——————————————–
    “पाँच तत्त्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार “
                       विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला
               मिति:- २०७८/ १० / १८
    ………………………………………….
    प्रशिक्षक:-
    सोमनाथ लुइटेल रवि पाल्पाली
    सविता के.सी.
                  
    भाषा शुद्धीकरण सुझाव :-
    सुशीला पौडेल
    सविता  के.सी.
    चन्द्रावती अधिकारी

    सङ्कलक :-
    सोमनाथ लुइटेल
    सविता  के.सी.

    सहजकर्ता :-
    (महासचिव)
    रामराजा के. सी.

    ======================
    आजको अभ्यासमा दिएको अनुप्रास र स्थायी राखेर १४ अक्षरमा  समपञ्चाङ्ग लेख्नु हुन अनुरोध गर्दछौँ।

    अनुप्रास र स्थायी
    ————–
    तारेको देखियो, पारेको देखियो, चारेको देखियो, हारेको देखियो  नारेको देखियो सारेको देखियो  खारेको देखियो,  टारेको देखियो
    ———————————-

    पञ्चाङ्ग  ०१

    दु:खका काम  दु:खैले सारेको देखियो
    जित्दा जित्दै कहिले त हारेको देखियो
    कसैले बुझ्दैनन् पीडा जोगिन्छन् सदैव
    निर्धोलाई  अमिरले     नारेको देखियो 
    कामै  गर्दैन  भनेर  खारेको     देखियो ।

    ✍️सोमनाथ  लुइटेल ” रवि पाल्पाली “

    पञ्चाङ्ग  ०२

    कुकर्मले अप्ठ्यारोमा पारेको देखियो  ।
    यता उता भौतारिंदै चारेको देखियो ।
    आफूलाई आफैँ हराउँदै के खोज्दैछ ?
    कर्तव्य भुल्दै मान्छेले टारेको देखियो ।
    हिजोआज आफैँसँग हारेको देखियो ।

    ✍️केशब न्यौपाने, नुवाकोट

    पञ्चाङ्ग   ०३

    सपनामा गाेरु कतै नारेकाे देखियाे
    जाेत्न भन्दा त्याे कान्छाले टारेकाे देखियाे
    भाेक लाग्याे केही खान देऊ भन्छ कान्छाे
    यसैले त भित्री मन हारेकाे देखियाे
    खानदिएपछि हलाे सारेकाे देखियाे

    ✍️ताेयानाथ सुवेदी,  काठमाडौं

    पञ्चाङ्ग   ०४

    निर्माेहिले जालमा त पारेकाे देखियाे
    बिरुवा झैँ मुटु अन्तै सारेकाे देखियाे
    पर्छ जसलाई पीडा उही घाति हुन्छ
    दिन्छु साथ भन्दै उता चारेकाे देखियाे
    बचाउनु पर्नेले नै मारेकाे देखियाे ।

    ✍️रामराजा के. सी. फर्पिङ , काठमाडौं
    २०७८/१०/१८

    पञ्चाङ्ग   ०५

    दु:खमा सबैले काम सारेको देखियो,
    आफ्नु कर्मदेखि आफै हारेको देखियो।
    बुझ्नुछ पिडाले जीवन बर्वाद पार्छ ,
    सेठले गरिबलाई टारेको देखियो,
    गल्ति नभै सोझालाई खारेको देखियो।

    ✍️दुर्गा आचार्य , मोरङ

    पञ्चाङ्ग   ०६

    जनताका चाहना नै टारेकाे देखियाे
    राम्रा काम गर्न पनि हारेकाे देखियाे
    mcc जनताकेा चाहना बिरुद्ध छ
    नागरिकलाई पासाे पारेकाे देखियाे
    नेताले बिदेश तिरै नारेकाे देखियाे।

    ✍️मधुसूदन प्रसाद घिमिरे ,काठमाडौं

    पञ्चाङ्ग   ७

    सुखी   धनीले   गरीब  नारेको  देखियो
    श्रम शोसी ज्याला बिना टारेको देखियो
    स्वार्थी दुनियाँमा यी आँखाले लौन आज
    चर्को डाको गरी डाट्दै खारेको  देखियो
    घर  न  घाटको   पनि   पारेको  देखियो

    ✍️रुपा गौतम , बारा

    पञ्चाङ्ग  ८

    भोलिभोलि भन्दै मिति सारेको देखियो
    जो जो निर्धो छ सबैले टारेको देखियो
    सानालाई मात्रै कानुन लाग्ने देशमा
    निमुखा नै भड्खालोमा पारेको देखियो
    गरिबलाई जिउँदै मारेको देखियो

    ✍️पुष्पा नेपाल(सुवेदी ) , इलाम

    पञ्चाङ्ग   ०९

    काम चोरले काम टारेको देखियो
    बिहानैदेखि गाँउ चारेको देखियो
    जथाभावी बोल्दै हिँडेर मान्छे यहाँ
    जित्ने मान्छेले पनि हारेको देखियो
    चुनावको बेला बुथ सारेको देखियो।

    ✍️सरस्वती श्रेष्ठ इटहरी।

    पञ्चाङ्ग   १०

    नेताले काम नगरी टारेकाे देखियो
    राम्रा मान्छेले त सधैं हारेको देखियो
    बिदेशी संस्कृति जनता विरुद्ध नै छ
    सोझा सिधालाई पासो पारेको देखियो
    हप्काई दप्काई गरि खारेको देखियो ।

    ✍️दुर्गा भट्टराई , मोरङ

    पञ्चाङ्ग   ११

    साँइलो भाइले गोरू नारेको देखियो,
    खेतबारी रोप्न योग्य पारेको देखियो।
    श्रमजीविको सन्तान श्रम गरि बस्छ
    हेर् बोट विरूवाहरू सारेको देखियो,
    काम चोर जति सबै हारेको देखियो।

       ✍️अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।

    पञ्चाङ्ग   १२

    माया दिई मन उता सारेको देखियो
    डाली छानि छानि अन्तै चारेको देखियो
    नजिक हुन पो रैछ बनावटी नाता 
    आखिरमा अलपत्र पारेको देखियो
    भाग्यले होला सायद हारेको देखियो ।

    ✍️चेतना पोखरेल , मोरङ

    पञ्चाङ्ग   १३

    जीवनको खेलखेल्दा हारेको देखियो
    सजाएका सपनिती सारेको देखियो
    अन्तैकतै मनभड्किएको देखेपछि
    अन्तमा लाखैँ सपनी झारेको देखियो
    गन्तब्यमा एक्लैएक्लै पारेको देखियो।

    ✍️सरिता काफ्ले , कोहलपुर बाँके

    पञ्चाङ्ग   १४

    जिन्दगीको ठूलो बाजी हारेको देखियो ।
    त्यसैले त अन्तै डेरा सारेको देखियो ।
    उकाली र ओरालीमा जीवन चल्दैछ ,
    आफन्तको जालझेल पारेको देखियो ।
    एकान्तमा गोही आँसु झारेको देखियो ।

    ✍️आर्त अकुलीन, कैलाली

    पञ्चाङ्ग   १५

    निमुखालाई गाेरु झैँ नारेकाे देखियाे,
    आश्वाशनकाे भाका नै सारेकाे देखियाे।
    विश्वास गर्नु कहाँ  खै झुटाे  छ दुनिया ?
    चिप्लाे सार्दै भँड्खालाेमा पारेकाे देखियाे।
    दिएका  कयाैँ  वाचामा हारेकाे देखियाे  ।

    ✍️चन्द्रावती अधिकारी , बाँके कोहलपुर

    पञ्चाङ्ग   १६

    तड्पाएर भुङ्ग्रामाथि खारेको देखियो
    हुन्छ, हुन्न दोधारमा पारेको देखियो
    खेल्छन् खेल जीवनमाथि मानिस पनि
    कुर्दा कुर्दा हरपल, हारेको देखियो
    तर्किएर, पन्छिएर टारेको देखियो ।

    ✍️सविता के.सी. , काठमाडौं

    पञ्चाङ्ग   १७

    बाठोले जालमा लाटो पारेको देखियो
    धक्का र चोटले निर्धो खारेको देखियो
    सागर छिचोल्छु भन्दै बग्दैछ जीवन
    सत्कर्ममा पनि सधैं हारेको देखियो
    अभावमै जिन्दगानी टारेको देखियो

    ✍️पद्मा रिजाल , बाँके नेपालगन्ज

    पञ्चाङ्ग   १८

    ————–
    पाञ्चायन  १
    ————-
    ——————————————                 
    रात भरी जुवा तास नारेको देखियो
    नेताले नै ठूलो पोको पारेको देखियो
    राज्य तर्फ वास्ता छैन सिध्याउने भए
    सिमाना पो अलि वर सारेको देखियो
    हामीलाई  ढाँटी छली टारेको देखियो ।
    –                  ।।१।।
    नेता द्वारा जनता नै मारेको देखियो
    महंगीको मारमा  थेचारेको देखियो
    ज्यानमारा हरूलाई के माया देशको
    बिदेशको तुलनामा  हारेको देखियो
    देशको ढुकुटी त निखारेको देखियो
    –                  ।।२।।
    सपनामा माछा मासु तारेको देखियो
    बोसो जति कराहीमा खारेको देखियो
    यस्तो सपना त नराम्रो  भन्ने  सुनेको
    नेताहरु गाउँ मा    चहारेको देखियो
    ठूलाहरूले साना   पछारेको देखियो
    –                    ।।३।।
    भेटे जति चाप्प चिप्प दारेको देखियो
    पाए पछि बोक्रै पो  लतारेको देखियो
    यस्तो पाराले  हुन्छ  होला र  विकास
    हाम्रो देशलाई तल   झारेको देखियो
    जनतालाई  त   नबिचारेको  देखियो
    –                      ।।४।।
    शुरूमा  चुच्चे नक्सा उतारेको देखियो
    पछि     त   उनैलाई  गुहारेको देखियो
    छिमेकी सम्बन्ध  रोजी रोटी पनि हो रे
    खोई के खोई के हौ  बिगारेको देखियो
    लेखियो त खोई के तछारेको देखियो ?
    –                     ।।५।।
    ———————————————-
    ✍️गुणनिधि घिमिरे पाँचथर मोरङ हाल अमेरिका

    पञ्चाङ्ग  १९

    आफ्नै  दिमाग  दोधारे पारेको  देखियो
    आज ~भोलि गर्दागर्दै , सारेको देखियो
    मन  , वचन   र   कर्म    अचम्म    रहेछ
    आश   देखाएर   सधैं   टारेको   देखियो
    आफ्नै लागि त्यो लोभी चहारेको देखियो।

    ✍️प्रेम थापा , बागलुङ

    पञ्चाङ्ग   २०

    यहाँ काम गर्दा गर्दै हारेको देखियो।
    धनी व्यक्तिले गरीब मारेको देखियो।
    किन धनी गरीब बीच यति भिन्नता,
    मानिसलाई पीरमा पारेको देखियो।
    ब्यबहार गर्दा तल झारेकाे देखियो।

    ✍️सुशीला पौडेल , काठमाडौं

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग साहित्य समाज पाठशालाको अभ्यास शृङ्खलाको सोह्रौँ भाग सम्पन्न; २० जना सर्जकको सहभागीता

    सहिद दिवसको अवसरमा विशेष टुक्का लेखन शृङ्खला सम्पन्न; १०१ जना टुक्का सर्जकको सहभागीता

  • १८ माघ २०७८, मंगलवार २३:२७ मा प्रकाशित
  • काठमाडाैँ, टुक्का साहित्य समाजकाे आयाेजनामा सहिद दिवसकाे अवसर पारेर २०७८ माघ १६ गते टुक्का मार्फत सहिदहरू प्रति श्रद्धा सुमन अर्पण गर्दै “विशेष टुक्का लेखन अभ्यास श्रृङ्खला-३०” सम्पन्न भएकाे छ । 

    नेपालकाे संस्कृति र अस्तित्वकाे संरक्षण तथा स्वतन्त्रता प्राप्तिकाे निम्ति बलिदान भएका अमर वीर सहिदहरूकाे सम्झनामा हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाइन्छ।

    अध्यक्ष ताराप्रसाद चापागाईंले प्रशिक्षण गर्नु भएकाे उक्त कार्यक्रममा नेपाल, भारत लगायत विश्वका विभिन्न देशहरूबाट १०१ टुक्काकारहरूकाे सहभागिता रहेकाे थियाे । उक्त कार्यक्रमका सहभागी टुक्काकारहरूले सहिदहरूकाे सम्झना तथा सम्मान स्वरुप चाेटिला टुक्काहरू सिर्जना गरेका थिए । 

    कार्यक्रमकाे समापन गर्दै अध्यक्ष चापागाईंले नेपालकाे संस्कृति र अस्तित्वकाे संरक्षण तथा स्वतन्त्रता प्राप्तिकाे निम्ति बलिदान भएका अमर वीर सहिदहरूकाे सपना पूरा गर्न हामी सबैले आ-आफ्नाे तर्फबाट यथासम्भव पहल गर्नु पर्छ भन्दै चाेटिला टुक्काहरू सिर्जना गरिएकाेमा सहभागी सम्पूर्ण टुक्काकारहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।  

    अभ्यासका क्रममा सङ्कलन गरिएका सहिद सम्बन्धी चाेटिला टुक्काहरू

    [१]
    तारा बनी हकार्दैछन् सहिदले सधैँ भरी
    रगतकाे हाेलि खेल्ने दाेषी भन्छन् घरीघरी ।
    ✍️ तारा प्रसाद चापागाईं
    धुनिबेसी ।

    [२]
    देशको निमित्त मरेर शहीद हुनेलाई
    अर्पण गर्छु श्रद्धान्जली सालिक छेउ आई ।
    ✍️ रचना शर्मा प्रतीक्षा
    ललितपुर ।

    [३]
    धर्मभक्त दशरथ चन्द शुक्रराज गंगालाल चार अमर तारा,
    देशको माटो रगतले भिजाई शहीदहरू विश्व प्रख्यात छन् सारा ।
    ✍️ बेदु न्यौपाने
      काठमाडौ

    [४]
    भाेक निन्द्रा नभनी ती वीर दिनरात जागे,
    आफ्नो देश र लोकहितको निम्ति प्राणै त्यागे।
    ✍️ हिउँकला हाँसी खतिवडा
    कमलबजार ७.अछाम ।

    [५]
    शहीदकाे सपना कहिले हाेला पुरा
    नेताहरू अनेकौँ गर्छन भ्रष्ट कुरा ।
    ✍️ भावना मञ्जु
    माेरङ ।

    [६]
    सहिदको रगतले भिजेकाे छ याे देशकाे माटाे,
    हिडनु छ नेपाली जगतले अझै उनैको बाटाे।
    ✍️ नानीबाबा अधिकारी
    काठमांडाै ।

    [७]
    शहीदको सपनाहरू सबै पुरा गर्नलाई,
    होष्टेमा हैंसे गर्दै आउनेछु म कसम खाई।
    ✍️ पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती न.पा.-३,काभ्रे ।

    [८]
    नमन गरौं शहिद प्रति गुन्जियोस् हाम्रो पुकार जहाँ
    अन्त्य रहोस् नेपालमा विकृति विसङ्गति बेकार त्यहाँ।
    ✍️ कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ ।

    [९]
    देशको निम्ति मरेर गए, लगाएर सहिद को ताज,
    त्यही सहिदको अपमान गर्छ, संघीय संसद आज।
    ✍️ प्रदीप के रिमाल
    इटहरी -८ सुनसरी, प्रदेश नं- १

    [१०]
    सहिदको सम्मान गर्न नि जान्नुपर्छ हेर
    अनि मात्र रगतको शान जाने छैन खेर।
    ✍️ ललिता अभागी
    सिन्धुली सुनकोशी-५

    [११]
    दशरथ धर्मभक्त शुक्रराज गंगालाल चार भने,
    देशका लागि बलिदान भएर अमर शहीद बने ।
    ✍️ भगवती दवाडी
    झापा ।

    [१२]
    निरंकुश शासन फाल्नलाई जनता जगाए,
    सहिदहरुले देशको लागि रगत बगाए ।
    ✍️ डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६, दोलखा ।

    [१३]
    आफैँले विध्वंस मच्चायौ पहिले पुग्यौ सत्तामा
    शहीद घोषणा गरि फूल चढाउँछौ बित्थामा।
    ✍️ प्रमोद भट्टराई ‘प्रतीक’
      कौशलटार, भक्तपुर

    [१४]
    देशको लागि हाँसीहाँसी ज्यानको आहुति दियौ,
    काल जयी भई तिमी सदैव हामीमाझ जियौ ।
    ✍️ गंगा खड्का
    बूढानीलकण्ठ, काठमाडौँ ।

    [१५]
    सहिद तिम्रो सम्झनामा बाँच्दैछु
    ह्रदयभरि  तिम्रो माया साँच्दैछु ।
    ✍️ तेजप्रसाद खनाल
    लमही दाङ।

    [१६]
    वर्षमा एक दिन श्रद्धाञ्जली दिएर मनाउँछौ दिवस,
    कसैले बुझेन ज्यानको आहुती दिन किन भए विवश ।
    ✍️ शर्मिला श्रेष्ठ
    भैंसेपाटी, ललितपुर

    [१७]
    कोही सानो सहिद हुनुभयो, कोही ठुलो
    देशकै निम्ति बगाउनु भो रगतको कुलो ।
    ✍️ रत्ना पुन मगर
    रुकुम पश्चिम् ।

    [१८]
    सपुतहरू ढल्दा खेरि जनता रोएका सारा,
    वीर सहिदहरू हुन् आकाशका चम्किला तारा ।
    ✍️ रचना मोक्तान “यात्री”
      नमोबुद्ध नगरपालिका-५, काभ्रे ।

    [१९]
    देशका लागि ज्यान दियौ निरङ्कुशता अन्त्य गर्न,
    वीर शहीद तयार भयौ तिमी हाँसी हाँसी मर्न।
    ✍️  नवशिला
    बेलबारी-२,लालभित्ती,मोरङ।

    [२०]
    महान शहीद नमन गरेँ श्रद्धालु मनले
    नेताले बिर्सिए त्याे तिम्रो त्याग भुल्दैनन् जनले।
    ✍️ इन्दिरा देवकोटा
    कपिलवस्तु ।

    [२१]
    माला सालिक मा अर्पेर सम्झना गर्यौ किन
    भुलेर आदर्श निष्ठा तिमी चल्छौ दिन दिन ।
    ✍️ सुर्य मणि रेग्मी
    चितवन ।

    [२२]
    राष्ट्रका लागि जीवन नै पूर्ण उत्सर्ग गरेर ,
    रहेका सहिद अमर सधैँ गए नि मरेर ।
    ✍️ रामजी लामिछाने
    पाेखरा ।

    [२३]
    जस्ले आफ्नो प्राण दिई जोगाए देशलाई,
    उनैलाई स्मरण गरौँ सधै दाजुभाइ।
    ✍️ सुरेशकुमार पान्डे
    घाेराही दाङ ।

    [२४]
    वीर सहिदको सपना खोक्रो भाषण र माल्यार्पणले पुरा हुन्न
    देशको सिमा मिच्नेलाई कारबाही गरौँ चेतावनीले मात्रै छुन्न।
    ✍️ इश्वरी अधिकारी
    लमजुङ्ग ।

    [२५]
    सद्बुद्धि त कहिल्यै आउन सकेन मालिकहरूमा
    जान्छन् चढाउछन् एक अञ्जुली फूल सालिकहरूमा।
    ✍️ दुर्गा बुलबुल श्रेष्ठ
    धादिङ ।

    [२६]
    सहिद हुन् क्रान्ति र देशका सच्चा दर्पण
    उनै प्रति मनबाटै श्रद्धाञ्जली अर्पण ।
    ✍️ राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ
    हाल- प्रवास

    [२७]
    सहिद तिमी मरेर पनि अमर भएछौ,
    नेपाली मन मुटुको प्राण भएर रहेछौ।
    ✍️ घनश्याम पौडेल
    सृजना चोक, पोखरा ।

    [२८]
    शहीदका सपनाहरु मुल्याङ्कन गरौँ
    प्रविधि र विकासका सँगै नै बिउ छरौँ।
    ✍️ रतन पाण्डे’पारतन’
    दार्जीलिङ।

    [२९]
    शान्ति ल्याउन ज्यान दिने मेरो देशका तारा
    हातेमालो गरौँ अब एक भै दुनियाँ सारा ।
    ✍️ माधवी भट्ट
    सुर्नया ३( बैतडी )

    [३०]
    उदीयमान भै झुल्किरहुन् आकाशको झैँ तारा
    सम्झना गर्नुपर्छ सँधै हामीले विश्वमा सारा ।
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया

    [३१]
    देशको लागि ज्यान दिन सहिद बनेछ्न्,
    सहिद मार्ने देशद्रोही चै अमर रहेछ्न्।
    ✍️ धर्मराज पाेखरेल
    बेलबारी-२,लालभित्ती मोरङ

    [३२]
    सहिदको बलिदानले सुरक्षित भएकाे हाम्रो जगतको
    त्याग तपस्यालाई बुझेर सम्मान गरौ बगेको रगतको ।
    ✍️ राम कुमारी खडका
    तुल्सिपुर उ न पा-१९ दाङ्ग ।

    [३३]
    अमर रहून सच्चा सपुत शब्द गुच्छा समर्पण,
    पावन अवसरमा गर्दछु श्रद्धासुमन अर्पण ।
    ✍️ वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    [३४]
    देशको माटाे रक्षा गर्न मुछिएका
    चन्द्र सूर्य झण्डा लिएर उभिएका ।
    ✍️ तारा घिमिरे
    संखुवासभा

    [३५]
    देशका लागि मर्नेहरुमा हार्दिक श्रद्धाञ्जली
    भित्री मनै देखि सधैं चढाइ रहुन् पुष्पाञ्जलि।
    ✍️ सरस्वती श्रेष्ठ
    इटहरी ।

    [३६]
    विस्वासघातीले चक्रव्यूहको घेरामा पारेर
    डरले सहिद बनाए क्रुरता पूर्ण मारेर ।
    ✍️ अम्बिका अधिकारी
    बिर्तामाेड, झापा ।

    [३७]
    देशको अव्यवस्था देखेर रुँदो हो शहीदको आत्मा
    जनताका लागि उनिहरू बनेका थिए परमात्मा।
    ✍️ दीपक ठटाल जलन
    खरसाङ।

    [३८]
    अन्यायको विरुद्ध लड्यौ,निरङ्कुशताको त्यो जन्जिर तोड्यौ,
    हे वीर शहिद दिएर ज्यान,स्वतन्त्रताको नै छाप छोड्यौ ।
    ✍️ बिबस पारदर्शी
    भद्रपुर  न० पा०-२, झापा  नेपाल ।

    [३९]
    शहीदको सधैँ हामी गर्छौँ जयजयकार
    तिमी झैँ देशभक्त भएनौँ हामी छौँ लाचार ।
    ✍️ गोपालकृष्ण डंगोल
    इटहरी, सुनसरी ।

    [४०]
    बली दिन तयार भए देश बचाउने हितले
    जगतमा अमर हुनु ज्ञात अज्ञात सहिदले।
    ✍️ माहादेब भट्ट
    दशरथचन्द नगरपालिका ०१ बैतडी गुरुखोला कलौन

    [४१}
    मुलुकको निम्ति नै हाँसीहाँसी बलिदान दिए
    सत्ता पिपासुहरूले सहिदको रगत पिए ।
    ✍️ बी.कुलुङ
    भारत दार्जिलिङ

    [४२]
    चेतना फैलाउन खोज्दाखोज्दै शहीदका भएका तारा,
    अझै पुराहुन सकेको छैन कि कसो! हाम्रो अभिभारा।
    ✍️ होम प्रसाद न्यौपाने
    धरान, सुनसरी ।

    [४३]
    सम्झिरहनेछौँ ती योद्धा सधैं, आज होस् या भोलि
    जसले हाँसि हाँसी निलेथे, छातीमा तातो गोली ।
    ✍️ मुकुन्द कृष्ण थापा
    खोटाङ ।

    [४४]
    देशको लागि ज्यानै दियौ प्रवाह नगरी
    सालिकमा चढाउछौँ माल्यार्पण पगरी ।
    ✍️ जमुना आचार्य
    सिन्धुपाल्चोक ।

    [४५]
    नमानी कुनै डर छाति थापि गोलि खाए
    पुर्खाहरुले देशकै लागि रगत बगाए ।
    ✍️ अम्बिका कोईराला
    धुनिवेशी नगरपालिका ६, धादिङ।

    [४६]
    बनेर कति बस्छौं रमिते सालिक
    आऊ बचाउ मेरो देशको मालिक ।
    ✍️ रिजाल विनोद
    मोरङ ।

    [४७]
    गर्ने बेलामा शहीदहरुले देशको लागि ज्यानै बलिदान गरे
    फाईदा लिने आश्वासनको पोका देखाउने छदम्भेषि नेता अरे ।
    ✍️ पवन कुमार बुढाथेाकी
    काठमाडौं ।

    [४८]
    देशकाे लागि बलिदान दियाै वीर सहिद बनेर
    सलाम गर्दै छन् जनताहरूले पनि तारा भनेर ।
    ✍️ केसर बाेहरा (सङ्घर्ष )
    सुदुरपश्चिम अछाम ।

    [४९]
    शहीदहरूले दिनु भएको जीवन बलिदान
    हामी सकेसम्म गरिरहने छौँ सदैव सम्मान ।
    ✍️ गुणनिधि घिमिरे
    पाँचथर मोरङ हाल अमेरिका

    [५०]
    सहिदले देखाएको बाटाे नि हिंड्न छाेडे,
    आफूखुसी दाैडिएर गलत दिशा माेडे ।
    ✍️ रामकृष्ण दुवाडी
    पाेखरा ।

    [५१]
    देशको बन्धन तोड्न भनी हिँडे रणभूमि
    देश होइन नेतामात्र बने भन्छिन् मातृभूमि।
    ✍️ लाेकमणी गाैतम

    [५२]
    शहीदका सुन्दर सपना पुरा होला कहिले?
    राजनैतिक खिचातानी मात्र देखिन्छ जहिले।
    ✍️ शम्भु लाल श्रेष्ठ
    नागार्जुन -१ रानीवन, पानीट्यांकी, काठमाडौं।

    [५३]
    शहीदको गुणगान गर्दै, माला चढाउछौँ सालिकमा,
    बिर्सने छैनन्, वीर सपुतको रगत जन मानिसमा ।
    ✍️ बुद्धिमान चौधरी
    कनकाई नगरपालिका ४ झापा ।

    [५४]
    शहीदको रगतले पोतिएको माटो
    हामीलाई गरिखाने भयो राम्रो बाटो।
    ✍️ मन्दिरा सेढाई
    मलेखु,धादिङ ।छ

    [५५]
    सहिद तिम्रो त्याग र बलिदानकाे मुल्य चुक्नेछ,
    कस्ता महान शिर पनि शालिगकाे अगि झुक्नेछ ।
    ✍️ रिना योल्मो
    दार्जीलिङ ।

    [५६]
    श्रद्धान्जली हाम्रा वीर सपुतहरूलाई
    ज्यानै अर्पिए देशकाे लागि हार नखाई ।
    ✍️ निर्मला शाही ठुकुरी
    दैलेख ।

    [५७]
    सलाम, हामी सबैका लागि हाँसेर मर्नेहरु,
    देशलाई माया गर्नुपर्ने सन्देश छर्नेहरु।
    ✍️ राजेश भट्टराई
    सैनामैना ११,रुपन्देही, हाल सुर्खेत ।

    [५८]
    सहिदका रगतले बगेको थियो खाेली,
    फेरि के के हुने हाेला अब आउँदो भाेली।
    ✍️ सहयात्री शाेभा अर्याल
    रुपन्देही  बुटवल ।

    [५९]
    शहीद तिम्रो उत्सर्गको कथाले मन छुन्छ,
    तिम्रो सपना पूरा नहुँदा मेरो मन रुन्छ।
    ✍️ अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।

    [६०]
    देसको निम्ति आफ्नो ज्यानको दियौ बलिदान
    तिमी भन्दा सच्चा देशभक्त को होला र महान?
    ✍️अम्बर ब.बि.क.
    उदयपुर ।

    [६१]
    सहिदकाे रगतले सिँचेकाे यो धर्ती माटाे
    भुल्नु हुन्न कदापि यहाँ औंल्याएको त्यो बाटो ।
    ✍️ त्रिलोचन भण्डारी
    मेचीनगर, झापा ।

    [६२]
    तिम्रा सपनाहरु साकार हुन्छन् भन्ने आशमा,
    स्मृति सम्झदा त चुहिने गर्दछन् आँसु गासमा।
    ✍️ दुर्गा आचार्य
    मोरङ ।

    [६३]
    हे ! विर बिरङ्गना तिमी मर्यौ र त प्रजातन्त्र आयो
    सलाम छ तिमीलाई तिम्रो त्यागले सुशासन छायो ।
    ✍️ बिके माकजु
    भक्तपुर ।

    [६४]
    जनता र देशका खातिर सधैँ लड्छु भन्याै
    सपना त्याे अधुरै थियोे सहिद तिमी बन्याै।
    ✍️ प्रेम कला चापागाईं
    मेचीनगर-१२, झापा ।

    [६५]
    खासमा नेता तिमी थियौ सहिद देेशका,
    सत्तामा चुरीफुरी गर्ने नक्कली भेषका ।
    ✍️ प्रद्युमन चालिसे
    भक्तपुर, कटुञ्जे ।

    [६६]
    कहिले मेटिने छैनन् ती रक्तका छाप
    सम्झे मात्र भने पनि लाग्न सक्छ ताप।
    ✍️ धनुष न्यौपाने
    गुठीचौर गाउँपालिका-०४ जुम्ला।

    [६७]
    हजारौं सहिदले ज्यान फालेर गए
    रहन्थेन आज देश, ती  नमर्या भए।
    ✍️ सुस्मिता भट्टराई
    सन्धिखर्क-७ अर्घाखाँची ।

    [६८]
    बाबा आमा परिवारले सधैँ रुनुपर्छ,
    देश निम्ति मर्नेहरू शहीद हुनुपर्छ ।
    ✍️ केशवप्रसाद ढकाल `प्रीतबीज´
    गाेरखा ।

    [६९]
    दिई देशलाई बलिदान सहिद बनेर गयौ
    निकम्मा भए चेला सालिकमै मात्र सिमित भयाै।
    ✍️ दुर्गा भट्टराई
    मोरङ ।

    [७०]
    राणा शासनको अन्त्य गरे तातो गोली खाएर,
    उनको सपना पुरा हुन्न नारा मात्र लाएर ।
    ✍️ कर्ण दयाल
    मेलौली नगरपालिका ७, बैतडी ।

    [७१]
    मरेपछि सहिदहरु स्वर्ग तिर गए
    नाम बेच्दै बाँचेकाले गीत गाउने भए।
    ✍️ दस्ता कौशिक
    पाँचथर,हिलिहाङ-२, सिंहपुर।

    [७२]
    देशको लागि ज्यान कुर्बान गर्ने ती चार व्यक्ती मानिन्छ,
    अत्याचार विरुद्ध लडी देह त्याग्ने नै शहीद ठानिन्छ।
    ✍️ लक्ष्मी श्रेष्ट
    बिर्तामोड, झापा ।

    [७३]
    नेपाल नेपालीको उन्मुक्तिको प्रमुख सूत्र,
    अमर रहून् इतिहासमा यी चार सुपुत्र।
    ✍️ म्यामराज राई
    भोजपुर ।

    [७४]
    शहीदको सपनाको आकार दिलाउ जब
    बलिदानको अर्थ र प्रकार चिनाउ अब।
    ✍️ संझना `कुसुम´
    कास्की ।

    [७५]
    समयमै होसको दबाइ खाउ नत्र हामी पछुताउनु पर्ला
    चौबाटोमा राखेको सहिदका सालिक हरुको पनि आशु झर्ला ।
    ✍️ जि कुमार गौतम
    भद्रपुर -१ (पृथिविनगर) झापा ।

    [७६]
    मरे हिजो स्वदेशको भलो बनोस् भनीभनी,
    यहाँ छ आज वेदना गरीवका गनी गनी।
    ✍️ पौडेल विमुन्स
    पोखरा कास्की ।

    [७७]
    देशका लागि जन्मियौ तिमी स्वदेशकै लागि मर्यौ
    लागेनौ स्वार्थमा कहिल्यै राष्ट्रियताकाे बीउ छर्याैँ ।
    ✍️ बिमला पाैडेल
    भरतपुर, चितवन ।

    [७८]
    देशको लागि सहिदको अमुल्य ज्यान अर्पण
    अमर रहुन हाम्रा सहिद फुलमाला समर्पण।
    ✍️ रुपेश कु.सदाय
    सिरहा-गापा.सखुवानन्कारकट्टी-३

    [७९]
    सहिदका सपना के थिए, के भए आज ?
    सत्तामा मत्त हुनेलाई अझै छैन लाज ।
    ✍️ मित्र उराठी गाैतम
    अमरपुर- गुल्मी ।

    [८०]
    फाँसी चढ्न, छातीमा वैरीकाे तातो गाेली थाप्न राजी भयाै,
    ठुलै याेगदान देशलाई दियाै आफूहरू मरी गयाै।
    ✍️ रामकृष्ण रिजाल
    बा न पा १३, बागलुङ ।

    [८१]
    शहीद सम्झिने दिवा भनाैँ त कत्ति सम्झिए
    सराप लाग्नु पर्छ नै ती वीर जत्ति बिर्सिए ।
    ✍️प्रेम प्रकाश कलाैनी

    [८२]
    देशको लागि नै जीवन संगीनी बिधुवा बनाएर
    हजुर अमर हुनु भो रगतको खोला बगाएर ।
    ✍️ बिनिता विश्वकर्मा (बिनु)
    बाजुरा बुढिगंगा नगरपालिका-९

    [८३]
    वीर सहिदहरू प्रति गराैँ उच्च सम्मान
    जनहितमा ज्यान दिनेलाई सानाे नठान ।
    ✍️ साधना पाैडेल
    रगनी-१, ओखलढुङ्गा

    [८४]
    देशका निम्ति समर्पण गरेर आफ्नाे ज्यान,
    अजर अमर तिमी बन्नेछाै अटल सान ।
    ✍️ लक्ष्मी घिमिरे दहाल
    झापा ।

    [८५]
    देशका जनताको निम्ति लड्दा मर्नु पर्यो ,
    सहिदको जिन्दगी न्याय खोज्न भनी मर्यो ।
    ✍️ विक्रम तिरुवा सलिन
    तिला गाउँपालिका ३ जुम्ला।

    [८६]
    देश जोगाउनेहरूले फासी लिनु पर्ने,
    उथल पुथल पार्ने लाई सम्मान गर्ने।
    ✍️ अम्बिका गिरी
    बिराटनगर ।

    [८७]
    दशरथ धर्मभक्‍त गंगालाल शुक्रराज
    प्राण त्यागे अमर रहे सबको माझ आज।
    ✍️ रिना सापकाेटा
    बारा ।

    [८८]
    भुल्ने छैनौँ सहिदले लडेर बनाएको माटो
    श्रद्धा सुमन सम्झनामा हिडाैँ सत्मार्गकाे बाटाे ।
    ✍️ नवीन जोशी
    प्रदेस ७ कैलाली ।

    [८९]
    नेपाल आमाका सन्तानहरू वीर गोर्खाली बनेका,
    देशकाे लागि मर्ने महापुरुष सहिदमा गनेका।
    ✍️ कमला पाण्डे पराजुली
    झापा चारआली ।

    [९०]
    धर्मभक्त शुक्रराज गंगालाल र दशरथ चन्द
    किन सरकार जो मरे सहिद ? घोषणा गर बन्द।
    ✍️ राम रावल सागर
    कैलाली

    [९१]
    एकै आमाले जन्म दिईन यस धर्तीमा थरि थरि
    सपुत मार्यो कपुत राज गर्छ आमा रुन्छिन् घरि घरि।
    ✍️ मेनुका खड्का
    धुलिखेल ।

    [९२]
    गर्नुभयो हजुरहरूले प्रजातन्त्र ल्याउने काम,
    गरिरहने छौँ सधैँ हामीले सम्मान अनि सलाम ।
    ✍️ लालीमाया थापा मगर
    प्युठान ।

    [९३]
    भ्रष्टाचारको भण्डारले कसरी जनता लुट्ने सोचेकाे
    वीर सहिदहरूको रगतले अझै नि शान्ति खोजेकाे।
    ✍️ विक्रम वली “नेपाली बाबु”
    घोराही -११- दाङ ।

    [९४]
    देशकाे निम्ति ज्यानै समर्पित गरि सहिद कहलाए
    काेटिकाेटि नमन जस्ले शत्रुहरूलाई तह लगाए।
    ✍️ श्रीशा खड्गी नेवा
    लगनखेल, ललितपुर ।

    [९५]
    गिद्धहरूले सिनाे झैँ लुछे छाति माथि टेकी
    निरङ्कुशले जनता मारे कानुन नै छेकी।
    ✍️ निरज काेइराला

    [९६]
    धर्म दशरथ र शुक्र गंगाको शान
    स्वाभिमानी शहीद यी नेपाली महान।
    ✍️ ईशहाक हुसैन
    जितपुर सिमरा १४  बारा ।

    [९७]
    मरेर गयौ देशका लागि परिवर्तन ल्याउछौं भनि
    सत्ताले हान्यो छातिमा गाेली निरङ्कुश गद्दार बनि।
    ✍️ गृष्मा पौड्याल
    टोकियो जापान ।

    [९८]
    देशको लागि जीवन आहुति दिने ती शहीदलाई सलाम
    सपना पूरा गर्ने अभिभारा लिओैँ देश नहोस् भनी लिलाम।
    ✍️ मिसु श्रेष्ठ
    काठमाडाैँ

    [९९]
    आफ्नो देश निम्ति हाँसेर प्राण उत्सर्ग गरी
    हे सहिद तिम्रा सपना पूरा हाेस् सधैँ भरी ।
    ✍️ पुष्पा सायरा
    बिराटनगर ।

    [१००]
    नेपाली ले सहिद सप्ताह मनाए
    वीर सपुतहरूमा श्रद्धा जनाए ।
    ✍️ अरुण नदी खत्री
    काठमाडाैँ ।

    [१०१]
    आफ्नो जिउ आहुती गर्नेको त्यो देन बिर्सियो
    एकताको नाममा अचेल कुकार्य सिर्जियो ।
    ✍️ प्रेम थापा

    >जय टुक्का! जय साहित्य!! <

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on सहिद दिवसको अवसरमा विशेष टुक्का लेखन शृङ्खला सम्पन्न; १०१ जना टुक्का सर्जकको सहभागीता

    टुक्का माथि टुक्काको १९औँ शृङ्खला सम्पन्न; ५४ जना टुक्काकारहरूको सहभागीता

  • १८ माघ २०७८, मंगलवार ००:०० मा प्रकाशित
  • काठमाडौ, । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको १९ औँ शृङ्खला शनिबार सम्पन्न भएको छ ।
    अभ्यासमा ५४ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त अभ्यास शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखन अभ्यासमा पृथकता एवं फरकपन भित्राउने सिलसिला उक्त शृङ्खला सञ्चालन गरिदै आएको समाजका अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    अभ्यासका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको १९ औँ शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको टुक्का

    जता धन उतै बग्छ समृद्धिको कुलो,
    संसारमा धन नै हो बुद्धिभन्दा ठुलो।

    ✍️ वसन्त अनुभव

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू


    [१]
    बलेकै आगो ताप्छन् रे अरूहरू मत निभेकोलाई बाल्ने गर्छु,
    सबै जना धन धन भनुन् म गरिबलाई साथ दिएर मर्छु ।

    गुणनिधि घिमिरे

    पाँचथर मोरङ हाल अमेरिका

    [२]
    धन भनेपछि महादेवको तेस्रो नेत्र भन्छन्,
    आफैँले बनाएको धनलाई किन धेरै गन्छन् ?

    गंगा खड्का
    बूढानीलकण्ठ काठमाडौँ

    [३]
    धनको तुजुक गर्नेले बुद्धिलाई हियाउँछन्,
    धन कमाउन बुद्धिकै चोर दुलो चियाउँछन्।

    दीपक ठटाल जलन
    खरसाङ, दार्जीलिङ।

    [४]
    मुर्खहरूकै पछि लाग्दा विद्वान पनि बन्छ काँचो,
    वास्तवमा धन भन्दा नि बुद्धि विवेक नै हो साँचो!

    पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती न.पा-३,काभ्रे

    [५]
    काे हाे माथि खाेज्दै जाँदा धेरै बिते घडि पला,
    समृद्धिकाे धन मेराे जीवन जिउने कला।

    ताराप्रसाद चापागाईं
    धुनिबेसी ।

    [६]
    समृद्धिको धनको जति बगाए नि कुलो,
    मरेपछि जादैन बाचुञ्जेल को हो ठुलो।

    बेदु न्यौपाने
    काठमाडौ

    [७]
    सबैभन्दा जरुरी धन, आफूसँग छैन,
    धन बाहेक सबै भ्रम, अरू केही हैन!

    भूषण जंग
    नेपाल

    [८]
    देश विकासले भरिसक्यो सबै खातापाता,
    उप्काइदिने कसले होला?कुबुद्धिको गाता।

    म्यामराज राई
    भोजपुर

    [९]
    कहाँ बग्यो नेपालमा समृद्धिको कुलो?
    बुद्धि भन्दा कहिले नि धन हुन्न ठूलो।

    माधवी भट्ट
    सुर्नया ३ (बैतडी ) हाल कंचनपुर

    [१०]
    घाम हेरे घामै राम्रो जून हेर्दा जून,
    धन अनि मन दाॅज्दा ठूलो हुन्छ कुन?

    घनश्याम पौडेल
    सृजना चोक, पोखरा

    [११]
    केही चाहिंदैन धन भए सोच्नु हुन्न अरे,
    सम्पन्न हुनेका सन्तानहरू बिग्रिन्छन् भरे ।

    बिके माकजु
    भक्तपुर ।

    [१२]
    जता विद्वान उतै हुन्छ समृद्धिको कुलो,
    धन हैन विद्वान हुन्छ सबैभन्दा ठूलो ।

    सरस्वती वली
    बर्दिया

    [१३]
    कहीँ कतै देख्या छैन समृद्धिकाे कुलाे बगेको,
    जता हेर्छु उतै देख्छु जनता मात्रै पाे ठगेको ।

    त्रिलाेचन भण्डारी
    मेचीनगर, झापा

    [१४]
    तिम्रो धन मेरो बुद्धि दाजौँ न त दाजै,
    कुन ठुलो कुन सानो थाहा हुन्छ आजै।

    मन्दिरा सेढाई
    मलेखु,धादिङ

    [१५]
    बुद्धि विवेक गुमाएर एकदम बहकिँदै,
    धनकै पछि दुनियाँ सारा आउँछ नजिकिँदै!

    बिबस पारदर्शी
    धद्रपुर न० पा० २, झापा ।

    [१६]
    धनको कुरा नगर साथी, मर्दा कहाँ लान्छौ,
    मूर्ख छौ र बुद्धि भन्दा तिमी धन ठूलो ठान्छौ ?

    राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ, हाल- प्रवास

    [१७]
    तल पर्छ ज्ञान विवेक यस्को माथि मन,
    जाने भए मर्दासँगै, देउता हुन्थ्यो धन।

    होम प्रसाद
    सुनसरी ।

    [१८]
    धन भए सबै आफ्ना नत्र ती पराया,
    नभएमा टेडो हुन्छ आफ्नै पनि छाँया!

    कमला देवकोटा
    पाल्पा

    [१९]
    पुग्दैन हौ धन सम्पती सार्है लोभी मन,
    कसले लग्यो मर्दा सँगै कुम्ल्याएको धन?

    ✍ नवशिला
    बेलबारी-२,लालभित्ती,मोरङ ।

    [२०]
    धन भन्दै पछिलाग्दा बिग्रेको छ घर,
    बेलैदेखि सोच्यो भने मिल्छ सधैँ भर।

    दुर्गा आचार्य
    मोरङ

    [२१]
    मुर्ख हो भनी ठान्नु , बुद्धिभन्दा ठुलो धन गाउनु,
    मस्तिष्कले काम नगरे धन कहाँबाट आउनु ?

    अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया

    [२२]
    पुँजीवादले सबैभन्दा शक्तिशाली गरायो धन,
    त्यसैले मान्छेहरूको कतै रहेन दयालु मन।

    सुरेशकुमार पान्डे।
    दाङ घोराही१८

    [२३]
    फूलले पुतलीको जीवन नर्क बनायो,
    नालीभन्दा ज्यादा देशको शासक गनायो ।

    रिजाल विनोद
    मोरङ

    [२४]
    धनले नै गर्छु भन्दै हरेक कुराको ढाकछोप,
    मान्छेको मनबाट हुँदै गयो मानवताको लोप ।

    बी.कुलुङ
    भारत (दार्जिलिङ)

    [२५]
    मान्छेलाई यो धन सम्पत्तिले बिगार्यो ,
    जिन्दगीको खेलदेखि त्यसैले त हार्यो ।

    बिक्रम तिरुवा सलिन
    तिला ३ जुम्ला

    [२६]
    समृद्धिकाे कुलाे हाेला जनता टार्ने खेल,
    कतिदिन चल्छ हाेला जनता मार्ने झेल ।

    निरज कोइराला

    [२७]
    सबैको मन बिग्रियो धनले,
    त्यही नि छोड्न मान्दैन मनले ।

    ललिता अभागी
    सुनकोशी५ सिन्धुली

    [२८]
    ज्याला मजदुरी गरेर आर्जन गरियो धन,
    बिकास समृद्धिको तर्फ नैं अडिग रह्यो मन।

    हरिनारायण चौधरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    [२९]
    पाँच कक्षा फेल म त हुन पुगें नेता,
    कालो धन थुपार्दछु नपारेर सेता।

    मनोहरी पौडेल
    गैडाकोट १ नवलपुर

    [३०]
    आफ्नाले त छोडी गए धनको ढुकुटी लिएर,
    परदेशमा बाँचेको छु नसाले मुटु सिएर ।

    अम्बिका अधिकारी

    [३१]
    प्रदेशमा काम गर्छु सारा ब्यथा रोकेर,
    नरोइ बसे माया आउछु धन बोकेर ।

    संझना `कुसुम´
    कास्की गण्डकी प्रदेश

    [३२]
    धनतिर मन दिदा बुद्धि विवेक गुम्याे,
    थुपारेर जायजेथा धनकै बिटो चुम्याे ।

    रामकृष्ण दुवाडी

    [३३]
    संसारमा पुजनिय बनेको छ धनी,
    धन देख्दा तीन नेत्र शिवजीका पनि।

    मित्र उराठी गाैतम
    अमरपुर गुल्मी

    [३४]
    मूर्ख मान्छे सधैँभरि धनकै पछि लाग्छ,
    यस्तै देखी सुख समृद्धि पर-पर भाग्छ।

    अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।

    [३५]
    धन , धन भनेर अन्तर्मन गुमनाम हुँदैछ,
    यही धनले सदा नै निमुखाको हृदय छुँदैछ ।

    प्रेम थापा “मन ” बागलुङ

    [३६]
    धन भए पनि शान्ति कहिल्यै भएन,
    उसकाे कठाेरपन कहिल्यै गएन ।

    भावना मञ्जु
    माेरङ

    [३७]
    पैसाकै बन्यो सिरक डसना पैसाकै बन्यो चिहान,
    यी गद्दार नेताहरूलाई कहिले नआओस् बिहान।

    लक्ष्मी श्रेष्ट
    बिर्तामोड झापा

    [३८]
    धन विना बल्दैन अचेल यहाँ जनताको चुलो,
    फालाफाल भो बुद्धि बजारभरि धनै भयो ठुलो।

    शम्भु लाल श्रेष्ठ
    बेसीशहर, लमजुङ, हाल रानीवन, काठमाडौं।

    [३९]
    धनसँग सम्बन्ध छ जिन्दगीको सेरोफेरो,
    मरेपछि कोही हुन्न बाचुन्जेल तेरो मेरो ।

    जि कुमार गौतम
    भद्रपुर-१ (पृथ्विनगर) झापा

    [४०]
    धनको दुरुपयोग मात्र समृद्धिको नाम बग्ने सितको थोपा,
    भाषणमा समृद्धि खोक्ने चुसी खान पल्किएका घुसियाँको छोपा ।

    राम कुमारी खडका
    तुल्सिपुर उ न पा १९ दाङ्ग ।

    [४१]
    समृद्धिको भाषण बाँडेर हिड्दैछन् , खोइ कता कता ,
    बिकासको बजेट जति , सबै नेताको पोल्टामा यता ।

    बुद्धिमान चौधरी
    कनकाई नगरपालिका ४ झापा

    [४२]
    पैसा पैसा जताततै पैसाकै छ चल्ती,
    काम गर्नु अघि हेर छाम्नुपर्छ खल्ती!

    बलराम सुवेदी
    वीरगन्ज, पर्सा

    [४३]
    बुद्धि सुद्धी जहाँ जाओस् धनकै बिटा गन्छन्
    धन देख्दा महादेवको त्रिनेत्र पो भन्छन् ।

    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६, दोलखा

    [४४]
    ब्याज माधि ब्याजको हिसाब गरेकै हो हेर,
    पानी छोडि महमा पौडे कमाई हुन्न खेर ।

    अच्युत घिमिरे-भुटान

    [४५]
    धनभन्दा विद्या ठूलो भन्ने गर्थें नामी,
    विद्या लिई काम छैन धन हुने दामी।

    भगवती दवाडी

    [४६]
    कुरो अनि कुलो जता लगायो उतै जान्छ,
    गोजीमा पैसा हुने आफू बुद्धिमान ठान्छ ।

    धर्मराज पोख्रेल

    [४७]
    भ्रष्ट नीति लिई, लुकिछिपी कमाएको धन,
    नोकरचाकर राख्दा पनि शान्ति छैन मन ।

    जमुना आचार्य
    सिन्धुपाल्चोक

    [४८]
    धनले ल्याउँछ मानिसमा सधैँ फाटाे,
    नमेटिने दाग लाग्छ जीवनमा खाटाे।

    तारा घिमिरे संखुवासभा

    [४९]
    ठुलाे दरबार बनाउँदैमा धन सम्पत्तिकाे घमण्ड नगर साथी,
    तिम्रो महल भन्दा पनि गरिबकाे झुपडी नै ठुलाे हुन्छ धेरै माथि ।

    सहयात्री शाेभा अर्याल
    रुपन्देही १४ बुटवल

    [५०]
    धनको मोहमा फस्यो मान्छे बिर्सेर मानवता,
    भुल्यो सारा नातागोता रहेन रत्ती नैतिकता ।

    सुर्य मणि रेग्मी
    चितवन

    [५१]
    जता धन उतै उर्लिएका छन् सारा जन ,
    त्यता हुन्छ कमिसनको खेल टनाटन ।

    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    [५२]
    भ्रष्टाचार गरि कमाएको कालो धन,
    पैसाको ओछ्यानमा सन्तोष हुन्न झन ।

    दुर्गा भट्टराई
    मोरङ

    [५३]
    धनले गर्दा उक्लिएको ओरालिनु पर्छ,
    सधैँ बुद्धिले अघि बढे दुःख सबै टर्छ ।

    धनुष न्यौपाने
    गुठीचौर गाउँपालिका ० ४ बिगारे जुम्ला

    [५४]
    धन भए सबै काम बन्दो रहेछ अहिले,
    बुद्धिमानले धेरै नाम पाउँदथे पहिले ।

    रचना शर्मा प्रतीक्षा
    ललितपुर ।

    जय टुक्का ! जय साहित्य !!

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on टुक्का माथि टुक्काको १९औँ शृङ्खला सम्पन्न; ५४ जना टुक्काकारहरूको सहभागीता

    साप्ताहिक उदक अभ्यासको ३७औं शृङ्खला सम्पन्न; ८५ जना उदक स्रष्टाहरूको सहभागीता

  • १७ माघ २०७८, सोमबार ००:२० मा प्रकाशित
  • काठमाडौ, माघ । साप्ताहिक उदक लेखन अभ्यास शृङ्खलाको ३७औं भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त अभ्यास कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ८५ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन अभ्यास शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा अभ्यास शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यास शृङ्खलाका लागि राखिएको तस्बिर

    तस्बिरमा उदक अभ्यास शृङ्खलामा सहभागी स्रष्टाहरूका उदकहरू

    [१]
    ढिकी
    अर्गानिक चामल
    स्वास्थ्यवर्धक खानेकुरा निरोगिता !
    ✍️ गुणनिधि घिमिरे
    पाँचथर मोरङ हाल अमेरिका

    [२]
    ढिकी
    पुर्खाको औजार
    भुले आजकलका मानिस !
    ✍️खेमराज पुरी
    कैलाली हाल मुम्बई

    [३]
    ढिकी
    पुर्खाको आविष्कार
    चामल बनाउँछ तयार !
    ✍️ पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती न.पा.-३,काभ्रे

    [४]
    ढिकी
    स्वच्छताको प्रतीक
    मानवको मौलिक ईतिहास !
    ✍️ कण्ठ राज गिरी
    कैलाली

    [५]
    ढिकी
    पुरानो औजार
    देख्न पाइन्न अहिले !
    ✍️ सुमित्रा पोखरेल
    काठमाडौं

    [६]
    ढिकी
    मौलिक सभ्यता
    लाेप हुँदैकाे अवस्था !
    ✍️ राेशन पराजुली
    धरान।

    [७]
    ढिकी
    कर्तव्यमा तल्लीन
    आवाज मिठो लुकिछिपी !
    ✍️ प्रेम थापा

    [८]
    ढिकी
    हाम्रो मौलिकता
    पुरानो संस्कृतिको झलक !
    ✍️ सरस्वती वली
    बर्दिया

    [९]
    ढिकी
    पुर्खाकाे सम्पत्ति
    संरक्षण गर्नु आवश्यक !
    ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
    भक्तपुर ।

    [१०]
    ढिकी
    लोप भएको
    पुरानो शैलीको मेसिन !
    ✍️ घनश्याम पौडेल
    सृजना चोक, पोखरा

    [११]
    ढिकी
    माैलिक संस्कृति
    हाम्रो पुरानो पद्धति !
    ✍️ सुधा बाँसकाेटा ढकाल
    काठमाण्डु

    [१२]
    प्रविधि
    ओखल ढिकी
    हाम्रो मौलिक सम्पत्ति !
    ✍️ हिमाल अम्मै
    घोडाघोडी कैलाली

    [१३]
    आइल
    चक्की मिल
    हेराइल गैल ढेंकी ।
    ✍️ सागर कुस्मी
    कैलाली ।

    [१४]
    प्रविधि
    गाउँघरकै विधि
    भरपुर शारीरिक व्यायाम !
    ✍️ सविता के.सी.
    काठमाडौँ ।

    [१५]
    ढिकी
    पुरानो प्रविधि
    नेपालको मौलिक सम्पत्ति !
    ✍️ बिके माकजु
    भक्तपुर ।

    [१६]
    ढिकी
    स्थानीय प्रविधि
    पुर्खाले बचाएको सम्पत्ति !
    ✍️ बुद्धिप्रसाद लामिछाने
    कैलाली

    [१७]
    ढिकीमा
    चामल कुट्दै
    दम्पति जोडी रमाउँदै।
    ✍️ महानन्द भट्ट
    कन्चनपुर।

    [१८]
    ढिकी
    लोपोन्मुख यन्त्र
    गाउँघरको दैनिकी जीवन !
    ✍️ सोमनाथ लुइटेल “रवि पाल्पाली”

    [१९]
    ढिकी
    पुर्वजहरुको कला
    आधुनिक संसारमा संरक्षणहिन !
    ✍️ राजाराम रत्गैंया
    अमौरा कैलाली

    [२०]
    ढिकी
    मध्यकालिन यन्त्र
    कुटानी एवं पिसानी !
    ✍️ लक्ष्मी प्रसाद फुयाल
    मोरङ पथरी शनिश्चरे

    [२१]
    ढिकी
    आफ्नै मौलिकता
    एउटा स्थानीय प्रविधि !
    ✍️ आर्त अकुलीन
    कैलाली

    [२२]
    ढिकी
    पुर्खाको नासो
    आदिम युगको आविष्कार !
    ✍️ बाल कृष्ण खनाल
    टीकापुर

    [२३]
    ढिकी
    पुरातन प्रविधी
    लोपोन्मुख हुदैछ संस्कृति !
    ✍️ कमला देवकोटा
    पाल्पा

    [२४]
    धान
    ढिकिमा कुट्दै
    परम्परागत चलन दर्साएको !
    ✍️ रिता खराल
    रुपन्देही

    [२५]
    ढिकी
    प्राचीन प्रविधि
    दुर्गमको लाचार परिस्थिति !
    ✍️ एलपि पराजुली

    [२६]
    ढिकि
    साहारा जीवनको
    दैनिक कार्य सम्पादनको !
    ✍️ दर्बेन्द्र देब खनाल “लबरकोटे”
    गल्याङ स्याङ्जा

    [२७]
    ढिकी
    इतिहास बचाउन
    म्युजियम सुरक्षित स्थान !
    ✍️ विष्णुदीप सङ्कल्प

    [२८]
    मिलिजुली
    काममा हामी
    श्रीमान एवं श्रीमती !
    ✍️ मंगला उपाध्याय
    बारा कलैया १

    [२९]
    ढिकी
    स्वादिलाे भात
    आफ्नै घरकाे धान !
    ✍️ नवराज भट्ट

    [३०]
    ढिकी
    प्रविधि गाउँको
    स्वास्थ्य जिवन दिर्घायुको !
    ✍️ घनश्याम पौडेल
    गौरीगंगा कैलाली

    [३१]
    ढिकीमा
    धान कुटेर
    जीवन धान्दै दम्पति !
    ✍️ रमेश प्रभात

    [३२]
    ढिकी
    परम्परागत प्रविधि
    जीवन धान्ने निति !
    ✍️ गिरी बलराज

    [३३]
    ढिकी
    आफ्नो पहिचान
    श्रममा दम्पती सहकार्य !
    ✍️शिव खनाल जीवम

    [३४]
    व्यवस्था
    सहनशील ओखल
    ढिकीको निरन्तर प्रहार !
    ✍️ दुर्गा अधिकारी

    [३५]
    ढिकी
    पुर्ख्यौलीको सान
    चलाइ कुटिदैँ धान !
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया

    [३६]
    ढिकी
    मौलिक प्रविधि
    धान कुट्ने साधन !
    ✍️ देवेन्द्रराज शाक्य
    बुटवल रुपन्देही ।

    [३७]
    बिलाप
    मायाको निमित्त
    ढिकीले गरेको मिलाप !
    ✍️ खगेन्द्र बस्याल
    रुपन्देही

    [३८]
    धान
    कुट्ने ढिकी
    बिस्तारै इतिहासमै सिमित !
    ✍️ तोयनाथ सुवेदी

    [३९]
    गाउँघर
    पेटको निम्ति
    गर्नुपर्ने अन्नसँग कुस्ती!
    ✍️ इश्वरी अधिकारी

    [४०]
    मौलिकता
    पुरानो प्रविधि
    ढिकी जातो संग्रहालयमा!
    ✍️ पशपती राई खोटाङ

    [४१]
    ढिकि
    परम्परागत आौजार
    नेपाली मौलिक प्रविधि !
    ✍️ गोपालप्रसाद पौड्याल
    विराटचोक, मोरङ

    [४२]
    ढिकी
    अाेखल मुसल
    दुई खम्बाकाे मिलन !
    ✍️ सुरेशचन्द्र घिमिरे

    [४३]
    ढिकी
    दुर्लभ यन्त्र
    अन्न कुट्ने साधन !
    ✍️ धर्मी शाक्य
    बुटवल ,रुपन्देही

    [४४]
    पुराना
    सामाग्री जोगाउन
    अहिलेका पुस्ता बञ्चित !
    ✍️ बिक्रम तिरुवा सलिन
    जुम्ला

    [४५]
    चोट
    पक्कै पाउने
    मान्छे प्रविधिमा मुस्कुराउँने !
    ✍️ डिल्लीराम लुइँटेल

    [४६]
    ढिकी
    पुर्खाकाे देन
    पुरातन अमूल्य निधि !
    ✍️ चन्द्र उपाध्याय

    [४७]
    आविष्कार
    युग सुहाउँदो
    आपसमा पारिवारिक सहकार्य !
    ✍️ रामप्रसाद पुरी
    कपन, फूलबारी

    [४८]
    ढिकी
    मौलिक यन्त्र
    बन्दै चित्रमै सिमित !
    ✍️ वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    [४९]
    कोसिस
    पुरानो रिति
    यस्तै थियो परिस्थिति !
    ✍️ ललिता अभागी
    सिन्धुली

    [५०]
    ढिकी
    चित्रमा अहिले
    हरेक घरमा पहिले ।
    ✍️ समुन्द्रा शर्मा
    सुनसरी

    [५१]
    ढिकी
    पारम्पारिक सान
    हराउदै गएको भान !
    ✍️ नुमा खालिङ्ग राई
    ईटहरी – 2 सुनसरी

    [५२]
    ढिकी
    प्रविधि पुरानो
    अहिले कस्तो बिरानो।
    ✍️ लक्ष्मी बस्याल बर्दिया

    [५३]
    ढिकी
    पुरानाे प्रविधि
    भयाे मनाेराेञ्जनकाे साधन !
    ✍️ भावना मञ्जु
    माेरङ

    [५४]
    ढिकी
    सामुदायमा लाेप
    संग्रहालय संरक्षणकाे आवश्यकता !
    ✍️ श्रद्धा आचार्य
    पोखरा

    [५५]
    ढिकी
    पुर्खाको सीप
    अहिले लोप नजिक !
    ✍️ राम न्यौपाने

    [५६]
    मीठो
    ढिकीमा कुटेको
    चामल अमृत समान !
    ✍️ रचना शर्मा प्रतीक्षा

    [५७]
    ढिकी
    पुर्खाको सम्पत्ति
    सुन्दर स्थानीय प्रविधि !
    ✍️ कविता आचार्य, कैलाली

    [५८]
    ढिॅकी
    धेरै पुरानो
    आधुनिकताले बनायो विरानो !
    ✍️ सरस्वती श्रेष्ठ

    [५९]
    प्रकृति
    स्वस्थ खानपान
    स्वच्छ सरल जीवनयापन !
    ✍️ पुष्प सायरा
    बिराटनगर

    [६०]
    ढिकी
    गाउँघरको चलन
    पुराना साधनको वर्णन !
    ✍️ अम्विका अधिकारी
    बिर्तामोड, झापा

    [६१]
    ढिकी
    ग्रामीण जीवन
    मौलिक नेपाली पहिचान !
    ✍️ वासुदेव ज्ञवाली
    तानपा -१ पाल्पा

    [६२]
    ढिकी
    लोपोन्मुख यन्त्र
    भविष्य संग्रहालयमा सिमित !
    ✍️ सावित्री अधिकारी

    [६३]
    ढिकी
    मौलिक रीती
    संकटमा परम्परागत थिति !
    ✍️ कमल गिरी

    [६४]
    ढिकीमा
    कुटेको चामल
    रसिलो हुन्छ श्रीमान !
    ✍️ गोविन्द खनाल
    शुनपा ५ तनहु

    [६५]
    चामल
    ढिकीमा कुटेको
    पाइन्छ भाग्यमा जुटेको !
    ✍️ सझना`कुसुम´

    [६६]
    ढिकी
    काठको औजार
    अन्न कुट्ने घरघर !
    ✍️शारदा आचार्य
    ललितपुर !

    [६७]
    जिन्दगी
    ठाेकाइ सँधै
    ढिकी अनि खलमा !
    ✍️ रामराजा के.सी.
    फर्पिङ ,काठमाडौं

    [६८]
    ढिकी
    साधारण यन्त्र
    कुटाइको पुर्ख्यौली साधन!
    ✍️ कर्ण थापा
    लम्कि कैलाली ।

    [६९]
    ढिकी
    दुःखको बेसाहा
    कुट्ने फल्ने साधन !
    ✍️ होम प्रसाद
    सुनसरी ।

    [७०]
    ढिकी
    प्रविधि पुरानो
    कयाैँलाई आज बिरानाे !
    ✍️ केशवप्रसाद ढकाल
    गाेरखा

    [७१]
    ढिकी
    सरल यन्त्र
    नेपाली समाजकाे इतिहास !
    ✍️ भवानी घिमिरे
    सर्लाही

    [७२]
    धान
    ढिकीमा कुटेको
    मिठाे भात साैभाग्यकाे !
    ✍️ टीकाराम जाेशी
    टीकापुर।

    [७३]
    घरायसी
    औँजारको प्रयोग
    आजभोलि हुँदै लोप !
    ✍️ सुशीला पौडेल

    [७४]
    कुटानी
    ढिकी जाँताे
    पुर्ख्याैली हाम्राे निशानी !
    ✍️ चन्द्रावती अधिकारी

    [७५]
    प्रविधि
    नेपाली मौलिकता
    तस्बिरमै सिमित ईतिहास !
    ✍️ शम्भु लाल श्रेष्ठ
    नागार्जुन-१, रानीवन, पानीट्याङ्की, काठमाडौं।

    [७६]
    लोपोन्मुख
    ढिकी जाँतो
    शहरमा रहेन खाँचो !
    ✍️ रमा पन्त
    पाल्पा

    [७७]
    ढिकी
    प्रविधी पुरानो
    आविष्कारक नठानौँ विरानो !
    ✍️ केदार आचार्य

    [७८]
    ढिकी
    पुर्खाको सम्पत्ति
    सुन्दर स्थानीय प्रविधि !
    ✍️ Laxmi ayer

    [७९]
    माैलिक
    पुर्खाकाे सीप
    संरक्षणकाे पर्खाईमा चिन्तित !
    ✍️ रामकृष्ण दुवाडी
    पाेखरा

    [८०]
    ढिकीमा
    पोसिलो चामल
    दम्पति मिलि कुट्दै !
    ✍️ उर्मिला पन्त पाण्डेय
    ज्ञानेश्लर , काठमाण्डौँ

    [८१]
    ढिकी
    पुरानो प्रविधि
    प्रगाढ माया प्रीति !
    ✍️ बादल गुरुङ वियोगी

    [८२]
    ढिकी
    गाउँघरको चलन
    पुराना साधनको वर्णन !
    ✍️ अम्विका अधिकारी
    झापा बिर्तामोड

    [८३]
    ढिकी
    पुरानो जमानाको
    धान कुट्ने मिल !
    ✍️ सरस्वती श्रेष्ठ
    इटहरी
    [८४]
    ढिकी
    सहज प्रविधि
    तस्बिरमा सिमित लोपोन्मुख !
    ✍️ दुर्गा भट्टराई
    मोरङ

    [८५]
    ढिकी
    धानको चारा
    मिठो सन्तुलित आहारा
    ✍️ हिमाल शाह
    बिरपथ,अछाम

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक उदक अभ्यासको ३७औं शृङ्खला सम्पन्न; ८५ जना उदक स्रष्टाहरूको सहभागीता

    साताका तीन लघुकथा

  • १५ माघ २०७८, शनिबार २०:०३ मा प्रकाशित
  • साताका तीन लघुकथाको तेस्रो शृङ्खलामा निम्न लघुकथाकारहरूका तीन लघुकथाहरू छनोट गरी प्रकाशन गरिएको छ ।

    १. लघुकथा – यमराज दोबाटोमा

    ✍️ डा.दीनबन्धु शर्मा
    यमराजले आगन्तुक मनुवातर्फ इसारा गर्दै चित्रगुप्तसँग सोधे, “यस मनुवालाई कता ?”
    चित्रगुप्तले काँडा र ढुङ्गाले भरिएको पैदलमार्ग देखाएर भने, “यसलाई नि:सन्देह यता महाराज।”
    बाटो देख्दै मनुवा थरर्र काम्यो, तर उसले होस नगुमाइकन दोबाटोबाट छुट्टिने दक्षिणी बाटो हेरेर सोध्यो, “मलाई किन यस्तो भयानक बाटो हिँड्नुपर्ने ?”
    “यो नरकयात्राको बाटो हो मनुवा, पृथ्वीमा रहँदा बीभत्स हत्या हिंसाको ज्यान मुद्दा छ तिमीमाथि, तिमीले नर्कबास गर्नुपर्छ,” यमराजले भने, “परिणाम त भोग्नुपर्छ।”
    “त्यो त होला तर …….”
    “तर के ? ” यमराजले मनुवातर्फ हेरेर भने।
    “मेरा कर्मको ठूलै परिणाम त मैले दुई-दुईपटक भोगिसकेँ त, हैन कतिचोटि भोग्नुपर्ने ?” मनुवाले हात जोडेरै तर झर्किएर भन्यो।
    “तिमीले कहिले, कसरी भोग्यौ ?” यमराजले जिज्ञासु भएर सोधे।
    “हैन के, दण्ड होस् वा पुरस्कार, त्यही ज्यान मुद्दाकै परिणामस्वरूप मलाई पटकपटक प्रधानमन्त्रीको पद दिइएको हैन र, कहिले कसरी भोगिस् रे, अचम्म छ बा !” मनुवाले अहिले अलि कड्किएरै भन्यो।
    “हँ ?” यमराज आफ्ना दुई औँला ओठमा राखेर विचारमग्न भई दोबाटोमा उभिएका छन्।
    बुढानीलकण्ठ, काठमाडौँ

    २. लघुकथा : खाना

    ✍️ डा.शेखरकुमार श्रेष्ठ

    सबै जना चुल्होको वरिपरि बसी भात र तरकारी पकाउँदै थिए । नाकबाट पसेको वासनालाई जिब्राले स्वाद मानी चाखिरहेको थियो ।
    खाना हाल्नका लागि थाल बोकेर छोरा आयो । त्यसैबेला बाहिरबाट ढोका ढकढक गरेको आवाज भित्र आयो । छोराले गएर ढोका खोलिदियो ।
    एउटा जवान हट्टाकट्टा मानिस रहेछ । उसले नमस्कार गर्यो र भन्यो, “म देश विकास गर्न परिवर्तनका लागि लागेको राजनीतिककर्मी हुँ । धेरै वर्ष भयो राजनीति गरेको । तर म भोको छु । मैले खान पाएको छैन । पाकेको खाना मलाई दिनुहोस् ।”
    परिवारका सबैले मुखामुख गरे । एकै पलपछि आएको मानिसलाई छोराछोरीले हेरे । लोग्ने र स्वास्नीको आँखा जुधे।
    “आज बेलुकी र भोलि बिहान भोकै त हो नि । भोलि दिनभर काम पाइयो भने फेरि चामल र तरकारी ल्याऔँला । साँझको पाहुना देवता भन्छन् ।” स्वास्नी र लोग्नेले कुराकानी गरे ।
    आउनेले भात खाइदियो । छोरा र छोरी रुन थाले र भने, ”बल्ल बल्ल खान पाइने भई खुसी बनेको तर खान पाइएन । होइन, अब हामीले दालभात खान पाउने कहिले ?”
    आमाले भनी, “यिनलाई दान दिएन भने खाना मात्र होइन भोलि हामी यस घरमा पनि बस्न पाउँदैनौँ ।”
    काठमाडौ

    ३. लघुकथा : पहिचान

    ✍️ अम्बिका धिताल

    प्रकाश र अनय निकै मिल्ने साथी थिए । प्रकाश पढाइमा औसत थिए भने अनय तेजिला। उनीहरू दुबैले स्नातकसम्मको पढाइसँगै पुरा गरे।

    प्रकाशको बाबा अफिसका हाकिम थिए। त्यसैले उनलाई जागिर पाउनका लागि त्यति दौडधुप गर्नु परेन तर अनयका बाबा कृषक भएकाले धेरै ठाउँमा धाउँदा पनि जागिर पाउन सकेनन् र बाबुकै बिडो थाम्नुबाहेक विकल्प नदेखेर उनी खेती किसानीमा लागे ।

    आफ्नै काममा व्यस्त हुने भएकाले यी दुई मित्रहरुको भेटघाट छुट्यो। कहिलेकाहीँ फोनमा कुराकानी हुन्थ्यो। एक बुधबार प्रकाशले फोन गर्दै अनयलाई लोकसेवा खुलेको कुरा सुनायो। दुबैले गएर फर्म भरे। परीक्षामा सहभागी भए। नतिजा आउँदा प्रकाशको नाम थिएन। अनयको नाम पहिलो नम्बरमा नै थियो । उनी प्रशासन कार्यालयमा अधिकृतका रूपमा नियुक्त भए। बिस्तारै उनको पहिचान फैलिँदै गयो। उनको कामबाट सबै सन्तुष्ट थिए । धेरैले उनको आनीबानी र कार्यशैलीको अनुकरण समेत गर्थे। उता केही समय पछि प्रकाशको बाबुको रिटायर भयो । प्रकाशको जागिर करारमा थियो। त्यस ठाउँमा लोकसेवाले अर्को व्यक्ति पठायो। प्रकाशले जागिर छुटेपछिको दोस्रो दिनमा अनयलाई भेट गर्यो । अनयले प्रकाशलाई मेहनतकासाथ पढ्न हौसला दिँदै पढाइमा आफूले सक्दो सघाउने प्रण गर्यो । प्रकाशले मलिन मुहारमा भन्यो, “कसैको पहिचानबाट मिलेको काम केही समयको लागि मात्र रहन्छ, तर कामबाट मिलेको पहिचान अमर रहन्छ मित्र।”
    भक्तपुर

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साताका तीन लघुकथा

    ‘पञ्चाङ्ग चित्रपट’को दोस्रो भाग सम्पन्न

  • १४ माघ २०७८, शुक्रबार १३:४० मा प्रकाशित
  • साप्ताहिक पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला ‘पञ्चाङ्ग चित्रपट’को दोस्रो भाग सम्पन्न भएको छ । पञ्चाङ्ग साहित्य समाज नेपालको आयोजनामा उक्त अभ्यास शृङ्खला सञ्चालनमा ल्याइएको हो ।

    साप्ताहिक पञ्चाङ्ग लेखन अभ्यासको दोस्रो शृङ्खलाको प्रशिक्षकमा सुशीला पौडेल र सविता के.सी. रहनुभएको थियो । लघुतम काव्य विधा पञ्चाङ्गका प्रवर्तक सोमनाथ लुइँटेल “रवि पाल्पाली” का अनुसार अबदेखि प्रत्येक हप्ताको बिहीबार उक्त अभ्यास शृङ्खला सञ्चालन गरिनेछ । जसका लागि बिहीबार विहान एउटा चित्र राखिनेछ । सोही चित्र अनुसारको बिम्बात्मक तथा गहन मौलिक भाव झल्किने एउटा मात्र पञ्चाङ्ग साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नुपर्नेछ ।

    यस शृङ्खलाका लागि चित्रको संकलन कार्यक्रमका परिकल्पनाकार सोमनाथ लुइँटेल “रवि पाल्पाली” ले गर्नुभएको थियो ।

    चित्रपट

    सहभागी स्रष्टाहरूले सृजना गरेका पञ्चाङ्गहरू

    पन्चाङ्ग ०१

    आमा तिम्रो हरेक सपना सन्तानमा देख्ने गर्छौ
    त्यहि सन्तानभनि सुख छाडी दु:खमा टेक्ने गर्छौ
    लालनपालन गरि हुर्काउन गाह्रो भयो आमा
    नौ महिनाको कठोर तपस्या कसरी थेग्ने गर्छौ
    शिशुलाई आगोले नै सेकेर तेलले लेप्ने गर्छौ।

    ~सोमनाथ लुइटेल ” रवि पाल्पाली “

    पञ्चाङ्ग ०२

    आमा भएर तिमीलाई जन्म दिएको छु
    भोको पेट त्यो भर्ने अभिभारा लिएको छु
    जस्तो सुकै परिस्थितिको सामना गरेर
    तिमीलाई हुर्काउन दु:खमा जिएको छु
    दु:खमा झरेका ति आँसु मैले पिएको छु।

    ~तारा घिमिरे सङ्खुवसभा

    पञ्चाङ्ग ०३

    कैयन रात मैले मात्र पानी पिएकी छु,
    केवल तिम्रै लागि अझसम्म जिएकी छु।
    तर तिमी बिरानो भई टाढा गइदियौ,
    यो मनको घाउलाई आफैँले सिएकी छु।
    अब देखि एक्लै बाँच्ने अठोट लिएकी छु।।

    ~ नारायणप्रसाद निरौला, काठमाडौँ।

    पञ्चाङ्ग ४

    नौ महिनासम्म आफ्नो कोखमा लुकाएर राख्ने तिमी
    मलाई पियाउँदा आफूलाई सुकाएर राख्ने तिमी
    तिम्रो आँखामा त म सधैं सानो देखिई रहन्छु आमा
    आफूलाई मेरो खुशीको लागि दुखाएर राख्ने तिमी
    जिन्दगीको यात्रामा सधैं माथी उठाएर राख्ने तिमी ।।

    ~गुणनिधि घिमिरे पाँचथर मोरङ हाल अमेरिका

    पञ्चाङ्ग ५

    आमाको मायाले देखायो जीवन ।
    गोरेटो सहजै बनायो जीवन ।
    अरूको लाखमा आमाको काखमा,
    हाँसेर फुलेर उदायो जीवन ।
    सत्यको बाटोले सजायो जीवन ।

    ~आर्त अकुलीन, कैलाली

    पञ्चाङ्ग ६

    अगाध ममता ओकल्छिन् जननी, आफ्ना सन्ततिमा
    सजिन्छन् ती सुन्दर सपना पनि, आफ्ना सन्ततिमा
    च्यापेर मुटुको टुक्रा छचल्किएका छन् प्रेम धारा
    उज्यालो छरेकी आफू मैन बनी, आफ्ना सन्ततिमा
    भोलिको भरोसा उनै भनी भनी, आफ्ना सन्ततिमा।

    ~केशब न्यौपाने, नुवाकोट

    पञ्चाङ्ग ७

    अरुको लाख अनि आमाको काख सुनेको छु
    तिम्रो काखमा हुँदा त लाख कष्ट भुलेको छु
    स्वर्ग यहि हो मेरो लागि धाउनु छैन अन्त
    लाख कष्ट लुकाई तिमी हाँसेको बुझेको छु
    तिम्रो साथ पाएर दुनियाँ सामु खुलेको छु।

    ~निर्मला सुवेदी “जिज्ञासु”बागलुङ।

    पञ्चाङ्ग ८

    सन्तानकै खुशिका लागि जिउछिन आमा
    सबै दु:ख पीडा संकट पिउछिन आमा
    आफ्नो खुशिले जसो तसो जोरजाम गरि
    न्यानोमै राख्न नाना चाचा सिउछिन आमा।
    स्नेहले आनन्द काखमा लिउछिन आमा।

        ~गणेश पौडेल 
     कालिका चितवन।

    पञ्चाङ्ग ९


    १
    जन्म दियौ रक्तधारा वहाउदै मेरी आमा
    सुस्तसुस्त विश्वमाझ चिनाउदै मेरी आमा
    अनमोल तिम्रो मायामा बाँधी सधैँ मलाई
    काँडाबीच गुलाब झैँ फुलाउदै मेरी आमा
    हार यात्रामा प्रेरणा दिलाउँदै मेरी आमा।
    २
    सवै सुख दु:ख मेरा मेटाउदै मेरी आमा
    लक्ष्य चुम्न अघि वड्न सिकाउँदै मेरी आमा
    आँशु धारा बगाउँने मलाई दु:ख पर्दा
    प्रगतीका पथमै हिडाउँदै मेरी आमा
    सफलताका कदम चलाउदै मेरी आमा।
    ३
    उनकै काखमा बिताएका रातहरु प्यारा
    उनकै साथमा समाएका हातहरु प्यारा
    सुमधुर रसपूर्ण मिठोबोली सधैँ दिदै
    उनकै यादमा गाँसिएका वातहरु प्यारा
    आमाकै खाटमा साटिएका मातहरु प्यारा।

    ~सरिता काफ्ले कोहलपुर बाँके

    पञ्चाङ्ग १०

    बस्छन् सधैँ भरि सन्तानको सुशीहरू गनि उनी,
    त्याग अनि तपस्याको प्रतिमूर्ति जस्तै बनि उनी।
    तेत्तीस कोटी देवी देवता चारै धाम मेरी आमा
    सहेर गर्भको मर्महरू हाँसि दिने पनि उनी,
    दयाकी खानी करूणाकी रानी हाम्री जननी उनी।

    ~अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।

    पञ्चाङ्ग ११

    आफ्ना दु:ख पीडा जति मन भित्रै लुकाउछिन
    आफु भोकै बसेर सन्तानलाई खुवाउछिन
    आमा भन्दा ठूलो देवता छैनन् खोज जग भरि
    सानो चोट लागे पनि आफू मन दुखाउछिन
    मृत्यु सीत लडेर अमृत धारा चुसाउछिन

    ~चेतना पोखरेल
    मोरङ

    पञ्चाङ्ग १२

    नौ महिना पेटमा राखी जन्म दिएकि छु
    भोकाउदा खुवाउने अभिभारा लिएकी छु
    जस्तोसुकै दु:ख कष्टहरुको सामना गर्दै
    लालनपालनमा दु:ख हुँदा नि जिएकी छु
    आपत्मा झरेका आँसु पनि मैले पिएकि छु ।।

    ~दुर्गा भट्टराई , मोरङ

    पञ्चाङ्ग १३

    हरेक सन्तानका लागि भगवान हुन् आमा
    विधाताको सृष्टि बचाउने महान हुन् आमा
    बिर्सन्छन् आमाको माया सन्तानले बढेपछि
    तर छैन गुनासो ईश्वरीय मान हुन् आमा
    बिना स्वार्थ प्राण दिने धर्तीकी सान हुन् आमा।

    ~पुष्पा नेपाल(सुवेदी ), इलाम

    पञ्चाङ्ग १४

    संसार भनेकै नै याे मायाकाे जालाे रहेछ
    एक पछि अर्को सकिँदै जाने पालाे रहेछ
    मतृवात्सल्य जति निस्वार्थ प्रेम कहाँ हाेला
    अरु त मन नै स्वार्थ, जालि र कालाे रहेछ
    सबैले नि बन्ने त यहाँ ठुलाे ठालाे रहेछ ।

    ~रामराजा के.सी.
    फर्पिङ , काठमाडौं।

    पञ्चाङ्ग १५

    मायाले भरिएको अविरल चाहात मीठो
    अवोध नै होला तर साथको त्यो बात मीठो
    आमा संगै हुँदा र स्वर्ग जस्तै काख पाउँदा
    मन अनि ती स्नेही नयनको हठात मीठो
    ममताको दिन मीठो र स्वर्णीम रात मीठो ।

    ~प्रेम थापा , बाग्लुङ

    पञ्चाङ्ग १६

    म तिम्रो जन्म दाता थाहा छ होला।
    छोराछोरीको छाता थाहा छ होला।
    आमा बिना संसार अँध्यारो लाग्छ,
    उज्यालो दिने माता थाहा छ होला।
    सबै कुराको ज्ञाता थाहा छ होला।

    ~सुशीला पौडेल , काठमाडौं

    पत्न्चाङ्ग १७

    जननी जगतको संसार चिनाउने आमा
    दु:खद समय काटेर सिकाउने आमा
    जाडोमा सुरक्षा दिएर ममताले बाध्छौ
    आफुलाई सुकाई दूध पिलाउने आमा
    मनका इच्छा पूरा सुख दिलाउने आमा ।

    सविता के.सी. काठमाडौं

    पञ्चाङ्ग १८

    हर रात काखी च्यापेर अनिदाेमा रात कटायाै आमा
    भाेकाे पेट कसेर सपनाहरु कति सजायाै आमा ।
    खालि तिम्राे महानता रहेछबुझेँ आखिर के पायाै र?
    लाखाैँ ऋण लगाएर स्वर्गकाे बाटाे ततायाै आमा !
    जल्दै छु पश्चात्तापमा मात्र सपनीमा सतायाै आमा ।

    ~चन्द्रावती अधिकारी बाँहे कोहलपुर

    पञ्चाङ्ग १९

    आमा हुनु मा गर्व छ मलाई जन्म दिएकि छु,
    रातै भरि नसुति तिम्रोअभिभारा लिएकि छु।
    आएकाअप्ठ्याराहरुको सामना गरेर न‌ै,
    तिम्रो कर्म दह्रो पार्न नै भए पनि जिएकि छु।
    देख्छौकि भन्दै लुकि लुकि कति आशु पिएकि छु।

    ~दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग २०

    मेराे सृष्टि गराउने महान मेरो सार हौ तिमी आमा
    सुन्दर दृष्टि सजाउने मेरो सिंगो संसार तिमी आमा
    संसार हेर्न सिकायौ आफ्ना ती संस्कार मा मा भरेर
    अगाध ममताको आँचल जीवनको आकार तिमी आमा
    उज्यालो छर्ने सुनौलो भोलिको मेरो आधार तिमी आमा।

    ~पद्मा रिजाल , बाँके नेपालगन्ज

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on ‘पञ्चाङ्ग चित्रपट’को दोस्रो भाग सम्पन्न

    उदक यात्री सरस्वती श्रेष्ठका उत्कृष्ट उदकहरू

  • १४ माघ २०७८, शुक्रबार १३:३१ मा प्रकाशित
  • १
    कोरोना
    अस्तव्यस्त जीवन
    गाउँ सहरमा कहर !

    २
    कोरोना
    अदृश्य जीवाणु
    मानवमा सर्ने रोग !

    ३
    कोरोना
    दुरी कायम
    बच्ने सर्वोत्तम उपाय !

    ४
    कोरोना
    मास्क सेनिटाइजार
    बिक्री वितरणमा प्रतिस्पर्धा !

    ५
    कोरोना
    घाँटी खसखस
    निरन्तर रुघाखोकी ज्वरो !

    • सरस्वती श्रेष्ठ
      इटहरी
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री सरस्वती श्रेष्ठका उत्कृष्ट उदकहरू

    उर्मिला पन्त पाण्डेयका उत्कृष्ट उदकहरू :

  • १४ माघ २०७८, शुक्रबार १३:२८ मा प्रकाशित
  • १
    जीवन
    सुख दु:खको
    अनुभूति अनुभवको परीक्षा !

    २.
    जीवन
    सामजिक पारिवारिक
    मान मर्यादाको बन्धन !

    ३.
    जीवन
    सांसारिक रङ्गमञ्चमा
    कलाकारिता अनुभवको पेटारो !

    ४.
    जीवन
    अनिश्चित यात्रा
    निश्चित मृत्यको पर्खाइ !

    ५.
    जीवन
    कुम्हालेको चक्र
    सृष्टिको चक्रेटो घुमिरने !

        - उर्मिला पन्त पाण्डेय
          ज्ञानेश्वर, काठमाण्डौँ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उर्मिला पन्त पाण्डेयका उत्कृष्ट उदकहरू :

    उदक यात्री शारदा आचार्यका उत्कृष्ट उदकहरू

  • १४ माघ २०७८, शुक्रबार १३:१३ मा प्रकाशित
  • १
    हिमपात
    सेताम्य वरिपरि
    गरिब जिउने कसरी ?
    २
    चिसो
    हिमाली हावा
    बर्सिने सेता रुवा !
    ३
    खुसी
    छरपस्ट हाँसो
    मुहारमा नहुने गुनासो !
    ४
    खुसी
    मुस्कान ओठमा
    छुट्टै अन्तरमनको कोठामा !
    ५
    पार्टी
    हैकम सत्ता
    मिचाहा साँढेको साथी !
    ६
    कवि
    साहित्य सिर्जना
    अपार समाजको ढुकढुकी !
    ७
    कवि
    भावनाको बोध
    सलल बग्ने नदी !

    • शारदा आचार्य
      काठमाडौँ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री शारदा आचार्यका उत्कृष्ट उदकहरू

    टुक्का माथि टुक्काको १८औं शृङ्खला सम्पन्न; ७० जना टुक्काकारहरूको सहभागीता

  • १३ माघ २०७८, बिहीबार १३:५५ मा प्रकाशित
  • काठमाडौ, ११ माघ । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको १८ औं शृङ्खला शनिबार सम्पन्न भएको छ ।
    अभ्यासमा ७० जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त अभ्यास शृङ्खला नियमित सञ्चालन हुँदै आएको छ।

    प्रयोगवादी काव्य प्रविधा टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखन अभ्यासमा पृथकता एवं फरकपन भित्राउने सिलसिला उक्त शृङ्खला सञ्चालन गरिदै आएको समाजका अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    अभ्यासका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको १८औं शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको टुक्का

    गर्ने त मन साह्रै थियो, प्रतिपक्षले रोक्यो,
    समृद्ध नेपाल बनाउने, ताला चाबी बोक्यो ।

    ✍️ वसन्त अनुभव

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू

    [१]
    कुनै दिन पछुताउनेछन् काममा बाधा गर्नेहरू,
    मुखले चिप्लाे घसीघसी पराइकाे कान भर्नेहरू ।

    ताराप्रसाद चापागाईं
    धुनिबेसी ।

    [२]
    हुँती छैन काम गर्ने, अझैँ छारो हाल,
    दुई जिब्रे ए नेता ज्यू, जिब्रो काटी फाल ।

    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    [३]
    हुतिहारा यी नेताहरूको चाला छैन राम्रो,
    समृद्ध नेपाल बनाउन आफै बने चाम्रो ।

    बेदु न्यौपाने
    काठमाडौ

    [४]
    गर्यौ कामहरु तिमीले निकै त्यस्तै आलोचना मात्र झेल्यौ।
    सोचविचार गर्नुपर्छ गरेनौ नेताहरुकै खेल खेल्यौ।।

    ️कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    [५]
    समृद्ध नेपाल बनाउनेले दिउँसै रक्सी पिए,
    देश बेचि खानेहरु छिमेकीका प्यारा भक्त थिए।

    पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती-३,काभ्रे

    [६]
    आफू सत्तामा पुगेको बेला लाउनु पर्ने कासन,
    तिमी आफै कमजोर भयौ खुकुलो भयो शासन।

    गुणनिधि घिमिरे

    [७]
    देश गिद्धले चोक्टा लुछे झैँ लुछ्दा हेरेर बस्छौ,
    जनता अगाडी भाषण गर्दा चिप्लो मात्र घस्छौ ।

    गोमा गुरागाई इटहरी

    [८]
    समृद्धिका भाषण मात्र गर्ने होइन काम,
    भ्रष्टाचार र खिचातानी बिकासका नाम ।

    राम कुमारी खडका
    तुल्सिपुर उ न पा १९ दाङ्ग ।

    [९]
    दुवैपट्टिबाट बोल्ने नेता हुन्छ भन्छन्
    गर्ने त केही होइनन् जून तारा छुन्छन्।

    दीपक ठटाल जलन,खरसाङ,दार्जीलिङ।

    [१०]
    अरू दोषी बनाउने पुरानै चलन राजनीतिमा,
    आफ्नो सत्ता हुँदासम्म देखे पनि बोल्दैनन् बेथितिमा।

    म्यामराज राई,भोजपुर
    हाल- जापान

    [११]
    सवालको जवाफ दिन नसकेपछि बाहाना बनाउँछन्,
    आफ्ना काला कर्तुत जनता सामु ल्याएर आफै गन्हाउँछन्

    अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया

    [१२]
    खाने मुखलाई जुँगाले कहाँ छेक्या हुन्छ,
    राम्रो काम गरे पो त मन मस्तिष्क छुन्छ ।

    त्रिलाेचन भण्डारी
    मेचीनगर झापा

    [१३]
    मलाई जितायौ भने देश स्वर्ग बनाउँला,
    अरुले नगरेपनि आफ्नैलाई गराउँला।

    घनश्याम पौडेल

    [१४]
    दौरा सुरुवाल सिलाई सके मन्त्री बन्ने पक्का,
    यो राजनितिक च्याखे दाउ हो हानौ चौका छक्का।

    नवशिला
    बेलबारी-२, लालभित्ती,मोरङ ।

    [१५]
    सत्तामा पुग्नलाई खुट्टा ढोग्न आयौ,
    स्वार्थ पूरा भएपछि त लुक्न लायौ ।

    कमला देवकोटा, पाल्पा
    हाल- बुढानिलकण्ठ काठमाण्डु

    [१६]
    नारा दिने कुरा राम्रो,
    काम हेर्दा भने चाम्रो ।

    रचना शर्मा प्रतीक्षा
    महालक्ष्मी नपा ४, ललितपुर, नेपाल ।

    [१७]
    चाबी आफ्नै हातमा दिदा, ताला चाबी बिगार्ने,
    चाबी हरायो भन्दै प्रतिपक्षलाई थोपार्ने ।

    धर्मराज पोख्रेल

    [१८]
    अल्छिले त बल्छि हान्छ जाँगरे फाल्छ जाल,
    कहिले देश बन्ने हैन यी नेताका चाल ।

    इन्दिरा देवकोटा
    कपिलवस्तु न .पा .३

    [१९]
    म नेता हुँ किन गर्नु मैले देश बिकासको सह्राना,
    राख्दिन्छु म त कार्यकर्ता सामु प्रतिपक्षको बहाना ।

    बिके माकजु , भक्तपुर ।

    [२०]
    चिल्लो गाडीमा हुइँकिने बानीले भ्रष्टाचारमा फसेंँ,
    अघिपछि वास्तै नगर्ने कुलत पेवा बनाइ बसेँ ।

    अम्विका अधिकारी
    झापा विर्तामोड

    [२१]
    यी नेता जहाँ जता आफै मात्र राम्रो,
    अरूलाई खोट लगाई बन्छन् चाम्रो।

    सरस्वती श्रेष्ठ इटहरी

    [२२]
    खोकी लाग्दा जहाज चढी बिदेश तिर धाउने,
    सत्तामाथी आफू बसी दोष अरुलाई लाउने।

    माधवी भट्ट
    सुर्नया ३( बैतडी )

    [२३]
    केमा मर्ने न रेल आयो न पानी देशको खोलामा,
    समृद्ध नेपाल कसरी हुन्छ हाम्रो यही चोलामा।

    सुरेशकुमार पान्डे।दाङ घोराही१८

    [२४]
    फत्ते एक्लै गर्छु भनी कुम्लाे कुटुराे बाेक्दा,
    सर्ने नै भयाे महामारी जताततै खाेक्दा ।

    शान्ति याक्साे
    काठमाडौं ।

    [२५]
    भोट दिई जिताएर पठाकै हुन् जनताले हामीलाई,
    पालैपालो यो नाटक गर्छौँ लुकाउन हाम्रो खामीलाई ।

    राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ हाल- प्रवास

    [२६]
    पद प्रतिष्ठा र पैसाको मुख्य छ कुरा,
    विकासको मखुण्डोमा आफ्नै स्वार्थ पूरा!

    भूषण जंग
    काठमाडौ

    [२७]
    चटकेले चटक नै देखाए लौँ जातै फालेर,
    नारायणहिटी दरबारमा बतास हालेर।

    लक्ष्मी प्रसाद फुयाल
    पथरी शनिश्चरे मोरङ

    [२८]
    सत्तापक्ष प्रतिपक्ष एउटै ड्याङका मुला,
    काम गर्ने केही होइन कुरा गर्दछन् ठुला।

    मन्दिरा सेढाई
    मलेखु,धादिङ

    [२९]
    संसदलाई अनिर्णयको बन्दी बनाउन् ,
    सांसदभत्ता महिनैपिच्छे खाई पचाउन् ।

    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६, दोलखा ।

    [३०]
    बहाना हाे तालाचाबी, बिपक्षीले बाेक्याे भन्ने,
    सत्तामा रहँदा तिमी पनि हाे तेसैमा गन्ने !

    गाेपालकृष्ण डंगाेल
    इटहरी, सुनसरी ।

    [३१]
    सधै रगत अनि पसिनाको मात्र चारो हाल्नुपर्ने,
    अझै कति हामीले छसय एक उडुस पाल्नुपर्ने ।

    अत्री स्वामी भोजपुर षढनन्द नगर पालिका १ नेपाल डाडा

    [३२]
    हावाले बिरुवा मर्दैन फूल झर्छ बरु,
    मरूभूमिमा पनि हेर फुल्न सक्छ तरु ।

    धनुष न्यौपाने
    गुठीचौर गाउँपालिका ०४बिगारे जुम्ला

    [३३]
    आफ्नो शक्ति, क्षमता नभई जनताको प्रयोग गर्छन्,
    देश समृद्ध बनाउने नाम खाली आफ्नै भुडी भर्छन्।

    रुपेश कु.सदाय
    सिरहा गापा सखुवानन्कारकट्टी-३

    [३४]
    खोलौंन अब मिलिजुली समृद्धिको बागडोर ,
    बाँडिचुँडी खाउँला बरु जतिपुग्छ धेरथोर।

    होम प्रसाद न्यौपाने
    धरान,सुनसरी ।

    [३५]
    हे निदने बराजु म त आइतबार नै बार्छु,
    लछारपाटाे केही लाउन्न मुखले ठीक् पार्छु ।

    निरज काेइराला भाैडादेवी टाेल उदयपुर

    [३६]
    जनता अगाडी ठुला ठुला भाषण गर्छन्,
    सत्तामा पस्दा भन्नैका सबैकुरा थन्किछन्।

    सुरेखा चाम्लिंग
    भक्तपुर

    [३७]
    आफै धामी आफै बोक्सी हामीले के जान्नु ?
    सधैँ ढाँट्नेको कुरा कसरी सत्य मान्नु ?

    अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।

    [३८]
    जस जति आफुलाई, दोष जति अरूलाई,
    काम नगरने बहाना, भ्रष्टाचार मचाई ।

    बिबस पारदर्शी
    भद्रपुर न० पा० २ झापा

    [३९]
    सर्पले नै देख्छ अरे सर्पका ती खुट्टा ,
    झुक्याउन हामीलाई भर्छाै फुलबुट्टा ।

    केशवप्रसाद ढकाल `प्रीतबीज´

    [४०]
    सधैं भरी लुछाचुडी र कुर्सी तानातान,
    अदालतमै चल्न थाल्यो हात हानाहान।

    ललिता अभागी
    सुनकोशी५ सिन्धुली

    [४१]
    जुन जोगी आए नि कानै चिरेको,
    जालझेल गरी सत्तामा छिरेको ।

    भगवती दवाडी ,झापा

    [४२]
    बल्ल पाइयो सत्ता मोज गर्नुछ, जुँगामा लगाएर ताउ,
    चुनाव किन घोषणा गर्नु, खोज्दैछु सत्ता लम्ब्याउने दाउ ।

    मिसु श्रेष्ठ
    दोलखा , हालकाँडाघारी काठमाडौं

    [४३]
    खै कस्ले बाँड्यो समेलनमा मिठो चट्नीसङ्गै खिरले भात छोपेर।
    नेपाल समृद्ध बनाउने सपनामा प्रतिपक्षको चिप्ले रोपेर।

    अच्युत घिमिरे

    [४४]
    अरुलाई दोष लगाउने मात्रै गर्छौ कुरा ,
    गर्छु भनेर कम्मर कस हुन्छ अवश्य पूरा ।

    गंगा खड्का
    बूढानीलकण्ठ काठमाडौँ

    [४५]
    प्रतिपक्षी देखाएर आफु सिन्को भाँच्ने हैन,
    कुर्सी भए पुग्यो सबै समृद्धिमा चासो छैन ।

    कर्ण दयाल
    मेलौली नगरपालिका ७, बैतडी

    [४६]
    एकदिने फुस्रा भाषण जनतालाई दिनै पर्यो ,
    सोध्छन् तिनी भन्छु म पनि खै विगतकाले के गर्यो ।

    जमुना आचार्य
    सिन्धुपाल्चोक

    [४७]
    लाग्छ मलाई त यी सबै सत्ता भोगीहरू,
    नाङ्गै भुत्तुङ्गै खरानी धसेका जोगीहरू ।

    बी.कुलुङ
    (दार्जिलिङ )भारत

    [४८]
    काम गर्दछन् दुई पैसाको धेरै गफ लगाउँछन् ,
    जनताले चाहे हुतिहारा नेतालाई भगाउँछन्

    निर्मला शाही ठकुरी
    दैलेख

    [४९]
    खाने मुखलाई जुँगाले राेक्दैन,
    सत्य कुरा काेही कसैले खाेक्दैन।

    मित्र उराठी गाैतम
    अमरपुर गुल्मी हाल तिलाेत्तमा न पा-२

    [५०]
    नाटक गरी आपसमा दाेषाराेपण गर्ने,
    खाने बेला त मिलेमतोमा आफ्नो पेट भर्ने ।

    दुर्गा भट्टराई
    मोरङ

    [५१]
    आशा हराई सक्याे समृद्ध नेपाल आउने,
    कहिलेसम्म हाेला हामी खै विदेश धाउने ।

    भावना मन्जु
    झापा – हाल- माेरङ

    [५२]
    विधिको शासन गर्ने हो भन्दछन् यहाँ, बिधान तोडेर,
    जनता नाच्ने गर्दछन् सडकमा यहाँ, टाउको फोडेर।

    प्रदीप के रिमाल
    इटहरी -८, सुनसरी प्रदेश न. १

    [५३]
    पक्ष प्रतिपक्षकाे हो याे केवल खेल ,
    जनतालाई छल्ने यीनका जालझेल ।

    प्रद्युम्न चालिसे
    भक्तपुर कट्ञ्जे

    [५४]
    गरिब र दु:खी आँखा चिम्लेर आउ,
    नेताको फेरिएन लुटिखाने दाउ ।

    संझना कुसुम
    कास्की

    [५५]
    दाेष जति थुपारेर बिपक्षीकाे काँधमा ,
    पराईले उखेलेर किल्ला सार्याे साँधमा ।

    रामकृष्ण दुवाडी
    पाेखरा

    [५६]
    ”नाटक र नौटंकी” गर्न त कसले पो सक्लान् राजनीतिमा हजुर,
    साँट्या झैं पो लाग्यो नि है ताला चाबी नै ”तेत्तीस किलो सुन”को गजुर ।

    शम्भु लाल श्रेष्ठ
    नागार्जुन -१ रानीवन, पानीट्यांकी, काठमाडौं।

    [५७]
    प्रतिपक्षले रोकेको भए रगतको बग्छ खोला,
    छिमेकीलाई बुझाए चाबी कसले ल्याउने होला।

    लक्ष्मी श्रेष्ट
    बिर्तामोड झापा

    [५८]
    नयाँ नेपाल बनाएर मर्ने रहर भो अपुरो,
    देखेपछी त धन थाम्दैन मन नजरै मधुरो ।

    गणेश तामाङ वाइबा
    धादिङ नेपाल

    [५९]
    अघि सर्छन गर्छु भनेर, गँगटो झै नेता,
    समृद्ध नेपालको भाषण गर्छन् ,फुर्ती तेता ।

    बुद्धिमान चौधरी
    कनकाई नगरपालिका ४ झापा

    [६०]
    आफू पनि गर्नुछैन गर्नेको खुट्टा तान्ने,
    कार्य सफल हुन लाग्छ पछिबाट हान्ने ।

    दुर्गा अाचार्य
    मोरङ

    [६१]
    अँध्यारोमा पनि घाम लाग्यो भन्न थाले,
    उज्यालोमै आँखा थुन्छन् बलत्कारी भाले।

    पौडेल विमुन्स 💕 पोखरा कास्की 💕

    [६२]
    हानथाप गर्छन् सधै भरि साँढे जस्तै सरकार,
    यौटा डुक्रनु अर्को उफ्रिनु खुट्टा तान्दै बारम्बार ।

    जि कुमार गौतम भद्रपुर -१ (पृथिविनगर) झापा

    [६३]
    ताला र चाबी मात्र बाेक्याे ढाेका खाेलेन,
    विकास अनि समृद्धिकाे कुरै बाेलेन।

    प्रेम कला चापागाई
    मेचीनगर १२ झापा

    [६४]
    हेर्नुस् देश बनाउँछु भन्दै बारम्बार आफ्नो घर बनाए ,
    यहाँ त पापीले नेताले गरिबको चुलोमा पानी खनाए ।

    विक्रम तिरुवा सलिन
    जुम्ला

    [६५]
    आफूले गर्न चाहदैन दाेष प्रतिपक्षलाई थाेपर्छ
    अरुप्रति औला उठाउँदै ऊ परेका बेला पछि सर्छ।

    रामकृष्ण रिजाल

    [६६]
    अरूलाई दाेष लगाएर मात्र देशमा विकास हुदैन,
    शुभ कार्यकाे फैलावटमा हेर दुर्गन्धले रत्ति छुदैन ।

    बसन्ती भण्डारी

    [६७]
    बाेलीमा मात्रै भयाे उनीहरूकाे राम्रो,
    बानी व्यवहारमा भए सारै नै चाम्रो।

    सहयात्री शाेभा अर्याल
    रुपन्देही १४ बुटवल

    [६८]
    सुनै फलाउने मन थियो विपक्षले जग्गा बेचिदिए,
    समृद्ध देश बनाउलान् भनि पाखुरी बाधी राखिदिए ।

    मेनुका खड्का
    धुलिखेल

    [६९]
    जहाँ देखाइएको थियो विश्वको दोस्रो खानी,
    त्यही भेट्न गाह्रो भो एक कप पिउने पानी ।

    बादल गुरुङ वियोगी•

    [७०]
    आँखामा छारो हाल्दै, धेरै भाषण नछाँट बोता,
    जनताले गलहत्याए, तब पाउँछौ धेरै गोता।

    निर्मला बराल
    भक्तपुर सानो ठिमी काठमाडौं।

    जय टुक्का ! जय साहित्य !!

    Posted in Uncategorized, ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on टुक्का माथि टुक्काको १८औं शृङ्खला सम्पन्न; ७० जना टुक्काकारहरूको सहभागीता

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P