• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: साहित्य

पञ्चाङ्ग साहित्य समाज पाठशालाको १५औँ अभ्यास शृङ्खला सम्पन्न

  • १२ माघ २०७८, बुधबार १२:५२ मा प्रकाशित
  • पञ्चाङ्ग साहित्य समाजले साप्ताहिक पञ्चाङ्ग लेखन अभ्यास शृङ्खलाको १५औँ भाग माघ ११ गते सम्पन्न गरेको छ । जसको प्रशिक्षकमा सोमनाथ लुइटेल रवि पाल्पाली र सविता के.सी. रहनुभएको थियो ।

    अभ्यासमा क्रममा पाठशालामा राखिएका पञ्चाङ्गहरूको संकलन गर्ने कार्य सोमनाथ लुइटेल रवि पाल्पाली र सविता के.सी.ले गर्नुभएको थियो भने भाषिक शुद्धीकरण सुशीला पौडेल, सविता के.सी. र चन्द्रावती अधिकारीले गर्नुभएको थियो । त्यस्तै कार्यक्रमको सहजीकरण रामराजा के.सी.गर्नुभएको थियो ।

    अभ्यासमा ढाले हुन्छ कान्छा,पाले हुन्छ कान्छा, गाले हुन्छ कान्छा , चाले हुन्छ कान्छा , बाले हुन्छ कान्छा, भाले हुन्छ कान्छा, फाले हुन्छ कान्छा, थाले हुन्छ कान्छा, टाले हुन्छ कान्छा जस्ता अनुप्रास र स्थायी दिएर १६ अक्षरमा समपञ्चाङ्ग लेख्न अनुरोध गरिएको थियो ।

    अभ्यासका क्रममा ८ जनाले समपञ्चाङ्ग र १५ जनाले पञ्चाङ्ग लेख्नुभएको थियो । जुन यसप्रकार रहेका छन् ।

    ________________________

    समपञ्चाङ्ग ०१

    नराम्रो भएको सबै कुरा ढाले हुन्छ कान्छा
    ढुङ्गा भएनी त्यो मनलाई गाले हुन्छ कान्छा
    दुश्मन छैनन् कोहि सिकाउनु पर्छ तिमिले
    सकेसम्म त विकृतिलाई फाले हुन्छ कान्छा
    अपराधको विरुद्ध कदम चाले हुन्छ कान्छा।

    सरकार तिमी हामीले नै थाले हुन्छ कान्छा
    नेता जति सबैलाई कसै पाले हुन्छ कान्छा
    जनताको आँखा कहिलेसम्ममा खुल्छ होला
    नाराजुलुस सडकमा गोटि हाले हुन्छ कान्छा
    भ्रष्टाचारको विरुद्ध आगो बाले हुन्छ कान्छा।

    🇳🇵सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा

    समपञ्चाङ्ग ०२

    सामाजिक विकृति,कुकार्य फाले हुन्छ कान्छा
    प्रगति युक्त नयाँ पाइला चाले हुन्छ कान्छा
    सुन्दर हाम्रोे देश कङ्गाल बनाउनेलाई
    कुकर्मीको त्यो पर्खाल सारा ढाले हुन्छ कान्छा
    अब त देशद्रोहीको मुद्दा हाले हुन्छ कान्छा ।

    सुनौलो कार्य सारा हामीले थाले हुन्छ कान्छा
    अन्यायको विरुद्ध कदम चाले हुन्छ कान्छा
    यहाँ अनेक जालझेल षड्यन्त्र बुनिए
    अब उठ चेतनाको ज्योति बाले हुन्छ कान्छा
    भ्रष्टाचारी ती कुकर्मीलाई फाले हुन्छ कान्छा ।

    🇳🇵प्रेम थापा , बाग्लुङ

    समपञ्चाङ्ग ०३

    नयाँ काम शुरू आजैबाट थाले हुन्छ कान्छा
    नवीन साईतको चिराग बाले हुन्छ कान्छा
    भोलि भोलि भन्दा भन्दै वर्षौ त्यसै बित्नु भन्दा
    हिम्मत गरी आजै पाइला चाले हुन्छ कान्छा
    मनमा भएका डर सबै फाले हुन्छ कान्छा

    देखिए भ्वाङ व्यवहारमा टाले हुन्छ कान्छा
    समस्याको चाँङै चाँङ लागे ढाले हुन्छ कान्छा
    भाग्नु हुँदैन समस्यामा झन् बल्झिन्छ डराए
    डरलाई तौली तौली अब फाले हुन्छ कान्छा
    हिम्मतको खेती गर्न अब थाले हुन्छ कान्छा ।

    🇳🇵केशब न्यौपाने
    बेलकोटगढी नगरपालिका वडा नं ७
    महादेव फाँट, नुवाकोट

    पञ्चाङ्ग ०१

    प्वाल परेकाे त्याे मुटु तिम्रो टाले हुन्छ कान्छा
    मेराे याद र कल्पना सबै फाले हुन्छ कान्छा
    बाटाे माेडि सकें मैले अब फर्किन्न म त्यता
    तिमीले बिर्सने दिन गन्न थाले हुन्छ कान्छा
    अाफ्नै सुरमा जिन्दगी अब ढाले हुन्छ कान्छा।

    🇳🇵रामराजा के.सी. , फर्पिङ ,काठमाडौं

    पञ्चाङ्ग ०२

    अब देखि त्यो मनको दियो बाले हुन्छ कान्छा,
    मनमा केही दुबिधा भए फाले हुन्छ कान्छा।
    जीवन हो कहिलेकाहीँ मनमुटाव हुन्छ,
    उध्रिएको मन सिलाएर टाले हुन्छ कान्छा।
    वाधा बन्धन तोडी पाइला चाले हुन्छ कान्छा।।

    🇳🇵नारायणप्रसाद निरौला, काठमाडौँ।

    पञ्चाङ्ग ०३

    नविन कार्य हुँदा आजैदेखि थाले हुन्छ कान्छा
    नयाँ साईत शुभारम्भ गर्न बाले हुन्छ कान्छा
    काम धेरै साँच्नु पनि हुदैन भन्छन् नि सबैले
    त्यसैले हिम्मतिलो भै पाइला चाले हुन्छ कान्छा
    आफ्नो ईच्छा अनुसार जिन्दगी ढाले हुन्छ कान्छा ।

    🇳🇵दुर्गा भट्टराई , मोरङ

    पञ्चाङ्ग ०४

    घरिघरि दुख्ने मुटु तिम्रो टाले हुन्छ कान्छा
    हरपल सम्झनाको दियो बाले हुन्छ कान्छा
    ठगेपनि नियतिले बिर्सिएको छैन मैले
    आउँदैछु भेट्न दिन गन्न थाले हुन्छ कान्छा
    दुःखका ती दिन अब टाढा फाले हुन्छ कान्छा

    🇳🇵पुष्पा नेपाल(सुवेदी ) , इलाम

    पञ्चाङ्ग ०५

    पाकेकाे काक्राेकाे अचार त हाले हुन्छ कान्छा ।
    खेति किसानिले वस्तु भाउ पाले हुन्छ कान्छ ।
    इलम गर्ने समयमा चुप नलाग है त
    शरिरकाे ज्युदाे जागर नि चाले हुन्छ कान्छा ।
    सुकेकाे दाउरा भान्सामा नै बाले हुन्छ कान्छा ।

    🇳🇵 मधुसूदन प्र घिमिरे

    समपञ्चाङ्ग ०४

    तिमीले अब आफ्नु कदम चाले हुन्छ कान्छा,
    अबदेखि मलाई बिर्सन थाले हुन्छ कान्छा।
    यदि संगै जीवन बिताउन सकिँदैन् भने,
    ती याद आउने कुरा सबै फाले हुन्छ कान्छा,
    फाल्दा भेट्लान अरुले सबै बाले हुन्छ कान्छा।

    मेरा कुराले चोटछ भने टाले हुन्छ कान्छा,
    तिम्रो त्यो कठोर मन अब गाले हुन्छ कान्छा।
    बाटो अब अलग भैनै सक्यो हामी दुईको,
    मलाई बिर्सने दिन गन्न थाले हुन्छ कान्छा,
    तिम्रो जीवन आफ्नै तालमा ढाले हुन्छ कान्छा।

    🇳🇵दुर्गा आचार्य , मोरङ

    समपञ्चाङ्ग ०५

    जाडो धेरै भएको छ आगो बाले हुन्छ कान्छा
    कुहिएका ठुटा मुडा सबै ढाले हुन्छ कान्छा
    जोगाई राखेकैहो यही जाडोलाई भनेर
    साँझ तीनपाने संग खान भाले हुन्छ कान्छा
    चाडै गर पानी तताउन थाले हुन्छ कान्छा।

    बेसार अदुवा पकाउन थाले हुन्छ कान्छा
    तुलसी गुर्जो निम बारीमा हाले हुन्छ कान्छा
    सिटामोल सम्म पुर्याउन सक्दैन मेरो देश
    आयुर्वेदिक ओखतीले ज्यान पाले हुन्छ कान्छा
    जडीबुटी बनाउन सोच चाले हुन्छ कान्छा।

    🇳🇵पद्मा रिजाल ,बाके कोहलपुर

    पञ्चाङ्ग ०६

    अब हामीले नै सुरु गर्न थाले हुन्छ कान्छा
    भ्रष्टाचारि नेता हरुलाई चाले हुन्छ कान्छा
    धेरै भयो राजनिति खेल पनि घीन लाग्ने
    देशै बेच्ने नेता हरुलाई फाले हुन्छ कान्छा
    सामान्तबाद जरा देखि नै ढाले हुन्छ कान्छा

    🇳🇵चेतना पोखरेल , मोरङ

    समपञ्चाङ्ग ०६

    भित्री मनमा उज्यालाे दीप बाले हुन्छ कान्छा ,
    आफ्नै गाउँ बस्ती बनाउन थाले हुन्छ कान्छा
    जवानी र बैँस पाेख्याै कठै! पराई भूमीमा,
    अब अाफ्नै भूमिमा पाइला चाले हुन्छ कान्छा।
    पर्देशकाे लाेलुपता अब ढाले हुन्छ कान्छा।

    भित्री मनैबाट मेराे नाम फाले हुन्छ कान्छा
    काेही अरुलाई बसाउन थाले हुन्छ कान्छा ।
    मेरी मुटु मेरी रानी मेरी जिन्दगानी भन्थ्याै ,
    बाटाे माेडेर अन्तै पाईला चाले हुन्छ कान्छा
    याे विश्वासकाे सगरमाथा ढालेहुन्छ कान्छा।

    🇳🇵चन्द्रावती अधिकारी , बाँके कोहलपुर

    समपञ्चाङ्ग ०७

    आजै देखि तिम्रो कु-विचार फाले हुन्छ कान्छा
    सके देखि त अाजै सत्कर्म थाले हुन्छ कान्छा
    मरि लानु केही छैन सु- मार्ग त्यो रोजे हुन्छ
    प्रगतिको पथमा कदम चाले हुन्छ कान्छा
    यहाँ परिवर्तनको दीप बाले हुन्छ कान्छा।

    सत्कर्म तिमीले अाजै देखि थाले हुन्छ कान्छा
    पूरा नहुने सारा रहर फाले हुन्छ कान्छा
    धन सम्पत्ति केही हैन स्वाभिमान हो ठूलो
    फाटेको मन त्यो विचारले टाले हुन्छ कान्छा
    चेतनाको दीप त हजुर बाले हुन्छ कान्छा।

    🇳🇵निर्मला सुवेदी “जिज्ञासु”,बागलुङ।

    पञ्चाङ्ग ०७

    कलम समाइ अब लेख्न थाले हुन्छ कान्छा
    अन्याय र सामन्तीको काँडा फाले हुन्छ कान्छा
    सल्कन्छ दनदन क्रन्तीको ज्वाला त मनमा
    समाजको निमित्त कदम चाले हुन्छ कान्छा
    अत्याचारीको वोटलाई नै ढाले हुन्छ कान्छा।

    🇳🇵सरिता काफले , बाँके कोहलपुर

    समपञ्चाङ्ग ०७

    घरका प्वाल परेका भित्ता टाले हुन्छ कान्छा।
    नराम्रा कुरा भए जति सबै ढाले हुन्छ कान्छा।
    जिन्दगीमा उतार चढाव आउँदो रहेछ,
    यस्ता उतार चढाव जति फाले हुन्छ कान्छा।
    राम्रो कार्यको लागि कदम चाले हुन्छ कान्छा।

    हामीले अघि बढ्न पाइला चाले हुन्छ कान्छा।
    हाम्रा भएका दुश्मन जति ढाले हुन्छ कान्छा।
    अगाडी बढ्नेको खुट्टा तान्ने काम हुन्छ सधैं,
    कुकार्य गर्नेलाई पछाडी फाले हुन्छ कान्छा।
    केही गर्छु भन्नेलाई सधैं पाले हुन्छ कान्छा।

    🇳🇵सुशीला पौडेल , काठमाडौं

    पञ्चाङ्ग ०८

    समाज मेरो बिगार्ने तत्व फाले हुन्छ कान्छा ।
    उखेल्न जरा पाइला आजै चाले हुन्छ कान्छा ।
    हैकमवाद त्यो तानाशाह जलाऊ मिलेर ,
    विकृति सारा सदाको निम्ति टाले हुन्छ कान्छा ।
    सङ्कोच जति विशाल खम्बा ढाले हुन्छ कान्छा ।

    🇳🇵आर्त अकुलीन, कैलाली

    पञ्चाङ्ग ०९

    तिम्राे चाला बुझि सकें गाेटी चाले हुन्छ कान्छा
    मन भित्र प्वाल भए टालाे हाले हुन्छ कान्छा
    धेरै दिन टिक् दिन्न कुकर्मकाे खेल रैछ
    रिस राग द्वेश भए भित्रै गाले हुन्छ कान्छा
    आफ्ना मान्छे भए मुद्दा दिन थाले हुन्छ कान्छा

    🇳🇵सुरेश चन्द्र घिमिरे, लमजुङ

    पञ्चाङ्ग १०

    प्रगतीको लागि त पाइला चाले हुन्छ कान्छा।
    खराब काम गर्ने जो कोही ढाले हुन्छ कान्छा।
    जिन्दगीमा रिस र डाह गर्ने धेरै मान्छे छन्,
    नराम्रो व्यक्ति सदाको लागि फाले हुन्छ कान्छा।
    राम्रोलाई त सदाको लागि पाले हुन्छ कान्छा।

    🇳🇵ह्यारिस ह्यारिसन काठमाडौं

    पञ्चाङ्ग ११

    अब त तिमीले गाईवस्तु पाले हुन्छ कान्छा,
    ती मलहरू जति बारीमा फाले हुन्छ कान्छा।
    खाँडी मुलुक ताकी सबै किन त्यतै जान्छौ र?
    रगत पसिना यै माटोमा गाले हुन्छ कान्छा,
    आफ्नै राष्ट्रमा उद्योग धन्दा थाले हुन्छ कान्छा।

    🇳🇪अरुण कुमार भुजेल 

    गोरूबथान,कालेबुङ्ग,भारत।

    पञ्चाङ्ग १२

    राम्रो काम गर्न आजबाट थाले हुन्छ कान्छा
    चेतनाको दियो समाजमा बाले हुन्छ कान्छा
    जन्मिए पछि एक्दिन मर्नु पर्छ के छ लानु
    अंहम घमण्ड मन देखी फाले हुन्छ कान्छा
    परिश्रम गरि अभाव त्यो टाले हुन्छ कान्छा ।

    🇳🇵तारा घिमिरे संखुवासभा

    पञ्चाङ्ग १३

    साँझ पर्यो त रिमिक्क बत्ती बाले हुन्छ कान्छा
    भित्र पसेर भान्सामा गर्न थाले हुन्छ कान्छा
    आज जाडोमा पाहुना सत्कार गर्न पर्नेछ
    पिरो चाहिँ अलि कडा कडै हाले हुन्छ कान्छा

    टुक्रा टाक्री हरू भरे भरे फाले हुन्छ कान्छा

    🇳🇵गुणनिधि घिमिरे पाँचथर मोरङ हाल अमेरिका

    पञ्चाङ्ग १४

    वर्षाको भेल उर्लेर आयो थाले हुन्छ कान्छा
    बोलीमा हाँसो, मनमा लड्डु पाले हुन्छ कान्छा
    दुई हात भए मेल बजाउँदा भयो ताली
    आँटमा बाँच्ने, द्विविधा भए फाले हुन्छ कान्छा
    जीवनको पाइला हो, अब चाले हुन्छ कान्छा ।

    🇳🇵सविता के.सी., काठमाडौँ ।

    पञ्चाङ्ग १५

    कुनै पनि कर्म गर्न छिटै थाले हुन्छ कान्छा
    दुःख सुख जे जे पर्छ ऐले फाले हुन्छ कान्छा
    अाँट मात्रै गर तिमी असम्भव केही छैन
    भाेलि भन्ने हैन अाजै प्राेसेस् चाले हुन्छ कान्छा
    समस्याका दुला सबै राम्रो टाले हुन्छ कान्छा

    🇳🇵ताेयानाथ सुवेदी

    Posted in Uncategorized, ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग साहित्य समाज पाठशालाको १५औँ अभ्यास शृङ्खला सम्पन्न

    “सफल” शिर्षकमा सृजित सुन्दर टुक्काहरू

  • ११ माघ २०७८, मंगलवार १०:२३ मा प्रकाशित
  • टुक्का साहित्य समाजकाे नियमित टुक्का लेखन अभ्यासकाे सिलसिलामा “सफल” शीर्षकमा टुक्का लेखन अभ्यास गरिएको थियो । जसको प्रशिक्षण टुक्का प्रवर्तक ताराप्रसाद चापागाईंले गर्नुभएको थियो । उक्त अभ्यासमा ५६ जना टुक्काकारको सहभागीता रहेको थियो ।

    अभ्यासमा सृजना गरिएका टुक्काहरू

    [१]
    अभियानमा अघि बढ्दा बाधा थिए पलपल
    निरन्तरकाे साधनाले आखिर भयाे सफल ।
    ✍️ ताराप्रसाद चापागाईं
    धुनिबेसी ।

    [२]
    गरे काम असम्भव हुनै छैन कुनै पल,
    इमान्दार र मेहनतले होईन्छ सफल।
    ✍️ पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती-३,काभ्रे

    [३]
    तिमीलाई भेटाउने बाचा थियो हरपल
    इन्टरनेटले साथ दियो भएँ म सफल ।
    ✍️ गुणनिधि घिमिरे
    पाँचथर मोरङ हाल अमेरिका

    [४]
    आदर्शले चुमिराख्नु सुन्दर जीवन पल,
    उत्साहित नै सधै बनुन हुनुलाई  सफल।
    ✍️ रामजी लामिछाने
    पाेखरा २७ ।

    [५]
    हरेक कुरामा उ थियो र पो अब्बल,
    भएरै छाड्यो आज जीवनमा सफल।
    ✍️ लालीमाया थापा मगर
    प्युठान

    [६]
    शिलाबाट टुसाएको पिपल नै हेर
    लड्दै उठ्दै गर्छु म त नगरेर देर।
    ✍️ महेन्द्र मान बलामी
    दक्षिणकाली-९ ,फर्पिङ ,काठमाडौ।

    [७]
    जब देशमा जनसागर उम्लियो त्यो पल,
    गणतन्त्र ल्याउँन हामीहरू भयौं सफल।
    ✍️ सुरेशकुमार पान्डे
    दाङ घोराही-१८

    [८]
    असफलता नै हो सफलताको कडी,
    चिन्नु र समात्नु पर्दछ बरु त्यो घडी।
    ✍️ घनश्याम पौडेल
    सृजना चोक, पोखरा

    [९]
    बासुरीको धुन सुन्दै लेखे गित गजल
    टुक्का लेख्ने कलामा नि आज भए सफल ।
    ✍️ माधवी भट्ट
    सुर्नया ३ (बैतडी )

    [१०]
    विदेशमा काम गर्दा याद आउछ घरको हरपल,
    साहुको गुलामी गरेर कहिले हाेला जीवन सफल ?
    ✍️ लक्ष्मी श्रेष्ट
    बिर्तामोड झापा

    [११]
    खन्दाखन्दै अग्लो पहाड नि बन्दोरैछ सम्म,
    सफल हुन मेहनतले बन्नुपर्छ टम्म ।
    ✍️ गंगा खड्का
    बूढानीलकण्ठ  काठमाडौँ

    [१२]
    प्रयास जारी गरिराखे, भइन्छ एकदिन सफल,
    खाली लक्ष्य स्पष्ट हुनुपर्छ हाम्रो नभई अलमल ।
    ✍️ वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    [१३]
    गर्दा काम हुन्न कुनै असम्भवको पल
    मेहनतको कमाई हुन्छ सधैं सफल ।
    ✍️ दुर्गा भट्टराई
    मोरङ

    [१४]
    हार भयो भन्दैमा नसोच्नु त्याे अन्तिम असफल
    संघर्ष गरे भइन्छ एकदिन अवस्य  सफल ।
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया

    [१५]
    आकाङ्क्षा रोपेर आयौं बगैंचामा सृजनाका फूल राम्रा,
    माली बनेर निरन्तर सेवाले सफलता दिन्छ हाम्रा।
    ✍️ होम प्रसाद न्यौपाने
    धरान,सुनसरी ।

    [१६]
    जस्तो राेप्याे उस्तै मिल्छ हामीलाई फसल,
    निरन्तर कर्म गराैँ  हुनलाई  सफल ।
    ✍️ केशवप्रसाद ढकाल `प्रीतबीज´
    गाेरखा ।

    [१७]
    उच्च शिखरमा पुग्न प्रयास गर्दै हिंडेथें  पलपल,
    हरेक दिनको प्रयासले भएँ म पुग्नलाई  सफल ।
    ✍️ बेदु न्यौपाने
    काठमाडौ

    [१८]
    रिस राग गरेर हुन्न है सफल
    माया र ममतामा हुनुपर्छ बल ।
    ✍️ बिनिता विश्वकर्मा बिनु
    बुढिगंगा नगरपालिका ९, बाजुरा

    [१९]
    असफ़ल हुन्न कदापि परिश्रम गर्दा,
    लाग्छ पछुतो त्यतिखेर सधैपछि पर्दा ।
    ✍️ अम्बिका गिरी
      विराटनगर

    [२०]
    कान्तिपथ रोजेर पुग्नुछ सफलताको बाटोमा
    नाम लेखाइ कर्म गरि मर्नुछ नेपाली माटोमा ।
    ✍️ जमुना आचार्य
    सिन्धुपाल्चोक

    [२१]
    मनबाट गरौंँ सबले असल
    हुनेछौं हामी अब यहाँ सफल ।
    ✍️ नीमा भोटिया
    जलढक्का /कालेबुङ

    [२२]
    सफलता हासिल गरेर जान थालेको  अगाडि
    विफलताले लात्ती हानेर फेरि पुरायो पछाडि।
    ✍️ संझना कुसुम
    कास्की

    [२३]
    लक्ष्य लिएर हिँड नगरी अलमल
    एक दिन अवस्य नै हुनेछौ सफल।
    ✍️ सरस्वती श्रेष्ठ
    इटहरी ।

    [२४]
    चलमलाएका क्षणहरु शिखर चुमेर बढ्न सम्झिएओरालो भिरमा पनि पाइलाहरु अगाडि चढ्न तम्सिए ।✍️ अम्विका अधिकारी
    विर्तामोड झापा।

    [२५]
    बाधा अड्चन आए नि काम गराैँ हरपल
    निरन्तरकाे प्रयासले भइन्छ है सफल।
    ✍️ प्रेम कला चापागाईं
    मेचीनगर १२ झापा।

    [२६]
    हारे पनि रत्तिभर नघटाउनु आत्माबल
    मेहनत गरि अगाडि बड्दा भइन्छ सफल ।
    ✍️ दुर्गा सानु खड्का
    खोटेहाङ-२ खोटाङ
    हाल काठमाडौं

    [२७]
    सुकर्म गर्ने गरे हुन्छौ तिमी असल,
    तिम्रो कार्यक्षेत्र बन्ने छ यसै सफल ।
    ✍️ भगवती दवाडी
    झापा

    [२८]
    जीवन हुन्छ सफल गरे राम्रो कर्म
    यही नै हो पालना गर्ने मानव धर्म ।
    ✍️ राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरंग
    हाल- प्रवास

    [२९]
    लगनशीलता नै त सफलताको सूत्र
    देश बचाउन लागि पर्ने नै भूमी-पुत्र।
    ✍️ परिक्रमा श्रेस्ठ
    धरान- सुनसरी ।

    [३०]
    अथक अभ्यास गर्नु पर्छ हरपल,
    एकदिन अवश्य नै भइन्छ सफल।
    ✍️ अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।

    [३१]
    पहरा नचढी शिखर पुग्न सफल कोही भा’काे छैन
    पौरखीलाई शिखर नपुगी त आउँछ र कहाँ चैन। 
    ✍️ दीपक ठटाल जलन
    खरसाङ, दार्जीलिङ।

    [३२]
    अन्धकारमा रुमल्लिई कति हामी त्यसै घुम्ने,
    उद्देश्य लिनुपर्छ सफलताको मन्जिल चुम्ने ।
    ✍️ डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६, दोलखा ।

    [३३]
    छैन धन दिनलाई खाली एउटा मन
    सफल हुनु नै जीवनको अमुल्य धन।
    ✍️ दुर्गा आचार्य
    मोरङ

    [३४]
    असफल भएपनि मेहनत जारी राख्नु ,
    सफल हुन्छ अवश्य नै सुस्त-सुस्तरी चाख्नु ।
    ✍️ रामकृष्ण दुवाडी
    पाेखरा ।

    [३५]
    गरेका काम सबै कहाँ कसको हुन्छ सफल,
    निरन्तर काममा लाग्ने को छ खोइ असफल ?
    ✍️ बिके माकजु
    भक्तपुर ।

    [३६]
    निरन्तर गरेपछि, हुन्छ कार्य सफल ,
    खुशी हुन्छ मनमा, हरदम हरपल ।
    ✍️ बुद्धिमान चौधरी
    कनकाई नगरपालिका ४ झापा ।

    [३७]
    असफलता त सधैं अनाथ हुन्छ
    सफलताले आफन्तको मन छुन्छ।
    ✍️ मन्दिरा सेढाई
    मलेखु, धादिङ ।

    [३८]
    अध्ययन अभ्यासले चुलिनेछ सफलताकाे सिँढि ,
    टुक्का लेखन अभ्यासमा लम्किउन् नव-युवा पीँढि।
    ✍️ प्रद्युम्न चालिसे
    भक्तपुर ।

    [३९]
    महामारी चल्छ गास, बास, कपास,नहुदा धनले
    सफल हुन्छन ति कर्मठ प्याक्ति आनन्दित मनले।
    ✍️ जि कुमार गौतम
    भद्रपुर -१ पृथिविनगर, झापा।

    [४०]
    सफल हुन नम्रताको आवश्यक थियो
    परिस्थिति ले पनि आज धेरै साथ दियो।
    ✍️ धनुष न्यौपाने
    गुठीचौर गाउँपालिका- ॰४, जुम्ला

    [४१]
    बोकेर मनमा साहस अघि हामी बढें
    रोकिन्न पाइला सफलताको सिँढी चढे।
    ✍️ इन्दिरा देवकाेटा
    कपिलवस्तु ।

    [४२]
    संघर्ष गरि अघि बढ्न सके जीवन सफल बन्छ
    याे मनले पनि सधैं प्रगतिको शिखर चुम्छु भन्छ ।
    ✍️ तारा घिमिरे
    सङ्खुवा सभा

    [४३]
    मेहनतकाे पसिनाले सगरमाथा चुम्नु
    निराशाकाे पर्दा च्यातेर उल्लाससँग झुम्नु।
    ✍️ मित्र उराठी गाैतमड
    तिलाेत्तमा न पा-२, रुपन्देही ।

    [४४]
    सत्मार्गमा लागि नित्य गरौं कर्म हामी असल,
    श्रम र सीप मिलेपछि हुन्छ जीवन सफल।
    ✍️ शम्भु लाल श्रेष्ठ
    नागार्जुन -१ रानीवन, पानीट्यांकी, काठमाडौं।

    [४५]
    सफलता खोज्नु पर्छ,बोले टर्छ हाँने मर्छ,
    उद्धेश्य र लक्ष्य भेट्न सही बाटो रोज्नु पर्छ !
    ✍️ बिबस पारदर्शी
    भद्रपुर न० पा-२, झापा ।

    [४६]
    गरेपछि राम्रो काम जीवन सफल बन्छ
    असल कर्म गर्नेलाई दुनियाले नि गन्छ ।
    ✍️ विक्रम तिरुवा सलिन
    तिला गाउँपालिका-३ कुडारी जुम्ला।

    [४७]
    राम्रो काम को राम्रै हुन्छ नि त फल
    हिक्मत नहारी बढाओैैँ आत्मा बल ।
    ✍️ प्रेम सुनार
    दैलेख ।

    [४८]
    उमेर भन्नु नम्बर हाे जान्छ गन्दै दिन
    चाहना छेकिदैन सफलतालाई चिन।
    ✍️ मेनुका खड्का
    धुलिखेल ।

    [४९]
    काम गर्दा दुख हुन्छ नहुनु कतै अलमल
    अठोट अनि परिश्रमबाट बनिन्छ सफल ।
    ✍️ रामकुमारी खड्का
      दाङ ।

    [५०]
    सफलता नै दुइ हातको कमाइ
    जीवन चल्छ दुइ साथको थमाइ ।
    ✍️ सुरेखा चाम्लिंग
    भक्तपुर ।

    [५१]
    लाएर दिल गरेमा काम बनिन्छ सफल
    जाँदैन खेर पसिना पनि भनिन्छ असल।
    ✍️ त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा ।

    [५२]
    भाग्यले पनि मलाई नै साथ दियाे,
    सफलता हासिल गर्ने मन थियो।
    ✍️ सहयात्री शाेभा अर्याल
    रुपन्देही-१४ बुटवल ।

    [५३]
    नित्य ध्यान पूर्वक गरेको छ भने बल
    कठिन कार्यपनि हुनेछन् सधैँ सफल।
    ✍️ प्रकाश बुढाथोकी
    असम, भारत।

    [५४]
    संघर्षको रुख धेरै बढ्यो झ्याङ्गिएर
    शीतल देला सोचेको गयो बाङ्गिएर।
    ✍️ लिली अधिकारी
    पाेखरा ।

    [५५]
    जिन्दगीमा हर्दम सफल भई जिउँछु भन
    असफल भए कोसिस गर, नदुखाऊ मन ।
    ✍️  रचना शर्मा प्रतीक्षा
    ललितपुर ।

    [५६]
    टुक्का कवितामा हात समाएर लेखाउछन्
    नयाँ सर्जक लाई सफल बाटो देखाउछन्।
    ✍️ राम रावल सागर
    कैलाली ।

    [५७]
    लक्ष्य प्रतिकको कठिनाईहरु कति आउँछन कति,
    जिवन सफल हासिल गर्न राम्राहरूको सिक मति।
    ✍️ अच्युत घिमिरे
    भुटान ।

    [५८]
    सफलताको कथा लेख्न गर असल काम,
    दुनियाले सम्झिरहोस् सधैँभरि तिम्रो नाम।
    ✍️ नवशिला
    बेलबारी-२, लालभित्ती,मोरङ ।

    [५९]
    असफल भन्ने शब्दकाे खाेजिनिन्दा नगर,
    सफल तिमी सदा छाै अरू भ्रममा नपर ।
    ✍️ शान्ति याक्साे
    काठमाडौं ।

    [६०]
    सफल त्यो होइन जो सधैँभरि सुखी हुन्छ
    सफल त त्यो हो जस्ले दुख झेल्दै सुख बुन्छ।
    ✍️ धर्मराज पाेख्रेल
    माेरङ्ग ।

    [६१]
    ज्ञान हासिल गर एकदिन सफल बन्नेछौं
    सफलता प्राप्तिले एकदिन शिखर चुम्नेछौं।
    ✍️ कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ।

    [६२]
    निर्धक्क भई काम गरेँ सफल हुन गाह्रो भयो
    आज ती सपना सबै चकनाचुर भै उडि गयो ।
    ✍️ ललिता अभागी
    सुनकोशी-५ सुनकोशी ।

    [६३]
    इमान्दारमा लुकेको हुन्छ नैतिकताको बल,
    उछिन्छ खराबीलाई एक दिन हुन्छ सफल ।
    ✍️ कर्ण दयाल
    मेलौली नगरपालिका ७, बैतडी ।

    [६४]
    आफ्ना मान्छे ठाँउमा भए सबै कुरामा नै हुन्छौ हामी नि सबैमा सफल
    चिनेजानेका नभेटिएमा केहि काम लाग्दैन भए पनि आफु दखल ।
    ✍️ पवन कुमार बुढाथाेकी
    काठमाडाैँ ।

    [६५]
    धैर्य अनि लगनले सफल हुन्छ जुनी
    आत्तिएमा  मात्तिएमा जीवनभर रुनी।
    ✍️ मनोहरी पौडेल
    गैडाकोट १
    >>> जय टुक्का! जय साहित्य!! <<<

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on “सफल” शिर्षकमा सृजित सुन्दर टुक्काहरू

    उदक वाचन कार्यक्रमको चौधौँ शृङ्खला सम्पन्न : सत्र जना उदक यात्रीको उत्साहजनक सहभागिता !

  • १० माघ २०७८, सोमबार ०९:२१ मा प्रकाशित
  • उदक साहित्य समाज नेपालको साप्ताहिक उदक वाचन कार्यक्रमको चौधौँ शृङ्खला मिति २०७८ साल माघ महिनाको ९ गते आइतबार सम्पन्न भएको छ ।

    उक्त उदक वाचन कार्यक्रमका प्रमुख अतिथि पञ्चाङ्गका प्रवर्तक साहित्यकार सोम लुइटेलले साप्ताहिक उदक वाचन कार्यक्रमक महत्त्व माथि प्रकाश पार्दै उदक वाचन सहित कार्यक्रमबारे निरन्तर सफलताको शुभकामना राख्नुभएको थियो ।

    कार्यक्रमका विशिष्ट अतिथि विश्व नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष तथा खोरिया विधाका प्रर्वतक वरिष्ठ साहित्यकार जनार्दन अधिकारी धड्कनले कार्यक्रमबारे आफ्ना गहन विचार राख्नुको साथै आफ्ना उत्कृष्ट उदकहरू वाचन गर्नुभएको थियो ।

    कार्यक्रममा विशिष्ट अतिथि राष्ट्रिय बाछिटा प्रतिष्ठानका अध्यक्ष साहित्यकार खगेन्द्र बस्यालले कार्यक्रमको समीक्षा गर्नुको थियो । उहाँले आफ्ना उत्कृष्ट उदकहरू वाचन गर्नुको साथै उदक वाचन कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

    उदक वाचन कार्यक्रमको चौधौँ शृङ्खलामा उर्मिला पन्त पाण्डेय, भवानी घिमिरे, केशव ढकाल, प्रेम थापा, सविता केसी, निर्मला सुवेदी, सरस्वती श्रेष्ठ, सम्झना कुँवर, वसन्त अनुभव, बुद्धिप्रसाद लामिछाने, बालकृष्ण खनाल, जनार्दन अधिकारी धड्कन, खगेन्द्रप्रसाद बस्याल,सोमनाथ लुइटेल, सुशिला ढकाल, आर्त अकुलीन र हिमाल अम्मै लगायतका उदक यात्रीहरूले आ-आफ्ना उत्कृष्ट उदकहरू वाचन गर्नुभएको थियो ।

    बत्ती गएपछि प्राविधिक कठिनाइका कारण आफू सहित अन्य स्रष्टाहरूलाई समेत जोड्न नसकिएको उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनु भयो ।

    उदक साहित्य समाज नेपालका अध्यक्ष आर्त अकुलीनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन उदक साहित्य समाज नेपालका महासचिव हिमाल अम्मैले गर्नुभएको थियो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक वाचन कार्यक्रमको चौधौँ शृङ्खला सम्पन्न : सत्र जना उदक यात्रीको उत्साहजनक सहभागिता !

    उदक यात्री उर्मिला पन्त पाण्डेयका उत्कृष्ट उदकहरू

  • ९ माघ २०७८, आईतवार ००:२३ मा प्रकाशित
  • १.
    कोरोना
    थाहै नदिएर
    सुटुक्क पसेको ज्यानमा !

    २.
    महामारी
    रुघाखोकीको रूप
    कोरोनाको जहर पसेको !

    ३.
    ज्यानमारा
    कोरोनाको कहर
    अचानक सुटुक्कै आउने !

    ४.
    कोरोना
    हातपाउ नदेखिने
    बाटो छेकेर नछेकिने !

    ५.
    कोरोना
    चौतर्फी सतर्क
    सुटुक्क आउने जहर !

    उर्मिला पन्त पाण्डेय
    ज्ञानेश्वर, काठमाण्डौँ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री उर्मिला पन्त पाण्डेयका उत्कृष्ट उदकहरू

    उदक यात्री अम्बिका अधिकारीका उत्कृष्ट उदकहरू

  • ९ माघ २०७८, आईतवार ००:१९ मा प्रकाशित
  • १.
    आहारा
    स्वस्थ स्वास्थ्य
    जीवन बाच्ने आधार !

    २.
    योग्यता
    सिर्जनाको आधार
    मान्नैपर्ने उपज सादर !

    ३
    खेती
    विकल्प खोज
    किसानले प्रगति रोज !

    ४.
    समाज
    दु:खीको थलो
    पौरखी हातले भलो !

    ५
    वसन्त हिउँदको पात झरेर पालुवा पलाउने !

    • अम्बिका अधिकारी
      काठमाडौँ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री अम्बिका अधिकारीका उत्कृष्ट उदकहरू

    साताका तीन लघुकथा

  • ८ माघ २०७८, शनिबार २३:५९ मा प्रकाशित
  • १. लघुकथा : स्वर्णयुग


    ✍️ डा. विदुर चालिसे

    एकादेशमा एक घरकाे नजिकै एक दुखी महिला थिइन् । उनी फिसिक्क हाँस्थिन् । नेपाली पहिचानकाे रूपमा रूग्ण मुहार, खिस्रिक्क हँसाइ, प्यात्त माेटाे बसाइ, जिङ्ग्रिङ्ग मुन्द्राइ कपाल खुस्केला जस्ताे सास, धम्कीले गाँजिएकाे दम र ह्वासल्याङमा देखिन्थिन् । उनलाई सबैले दुखी महिलाकाे रूपमा चिनिदिन्थे । उनकाे पहिचान थियाे ।
    –“सामना !”
    सबैकाे आँखा अगाडि एकाएक एउटा अर्काे नयाँ चेहरा पर्थ्याे । तीनै महिलाले झैँ जीवन व्यतित गरेका व्यक्तिहरूकाे जीवन कथा पनि कम मार्मिक थिएन । जीवनभर कहिल्यै संस्कारित नभएका, हिमालयकाे कन्चन जलले ननुहाएका, फाेहरी र दृढ पात्र थिए ।
    –“अलि बाबा !”
    उनीहरूकाे बिच एकदिन धर्मयुग बारे युद्ध चल्याे । महिलाले धर्मका बारे व्याख्या गरिन् ।
    –“सनातन धर्म !”
    नयाँ चेहराकाे अलि बाबा एक मुठाे साग देखाएर वरिपरिका मान्छेहरूलाई भने !”
    –“धर्म अफिम भएकाेले याे अमानत हाे !”
    जब धर्म र अफिमकाे द्वन्द्व चल्न थाल्याे तब चुल्हाेमा खिचडी फत्किन थाल्याे । सामना र अलि बाबाकाे बाटाेमा अफिम र धर्मले लठ्ठिदै दुवैकाे जम्काभेट भयाे । उनीहरूले सल्लाह गरे।
    –“अब बाेली फेराैँ !”
    बाेली फेर्दैजाँदा उनीहरूकाे चुल्होमा फत्केकाे खिचडीमा एक अचम्मकाे आवाज आयाे ।
    –“भट्टाकाे उद्याेग गर !”
    जब स्थापित उद्याेग चल्याे । काेही बेराेजगार त काेही घरबार विहिन, काेही सहिद त काेही अपाङ्ग हुन थाले । बेराेजगारका मालिकले हाैस्याएर भने ।
    –“खाडीकाे श्रम शिविर देखेका छाै ?”
    भट्टामा डढेर अँगार भएका विचरा बेरोजगार, घरवार विहिन र अपाङ्गहरूले दर्शन भेटमा भने ।
    –“हजुर हिमालमा जाडाे छ, उता कस्ताे छ ?”
    –“गरम !”
    हिमालयमा सामना र अलि बाबा मात्र बाँकी थिए । उनीहरूले पलपलमा सिरिन्जले घाेचेर रगत तानिरहेका थिए ।
    –“पसिनाकाे कर !”
    काठमाण्डौ

    २. लघुकथा : लोग्नेमान्छे

    ✍️ घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’

    रात ढल्किँदै जाँदा सदा झैँ फेरि पनि उसको शारीरिक चाहना श्रीमतीले इन्कार गर्छिन् र अर्कै पट्टि कोल्टे फर्केर सुत्छिन् ।

    “तँ, काम नलाग्ने, भइस् !” ऊ रिसाउँछ, घोँडा झैँ हिनहिनाउँछ र स्वास्नीलाई जबरजस्ती आफूतिर तान्छ । उसकी स्वास्नी विवश बनेर जिउँदो लास झैँ लम्पसार पर्छिन् , हरेक रात, उसको हिंस्रक आक्रमण सहेर ।

    -“के म बजारबाट किनेर ल्याइएकी वस्तु हुँ र जतिखेर, जे मन लाग्यो गर्न ? लोग्ने मान्छेको जात कस्तो ! के सबैका लोग्नेहरू मेरै जस्ता हुन्छन् ?” श्रीमतीको मनले सोच्ने गर्छ ।

    एकरात श्रीमती हिंस्रक र उन्मत्त बूढो लोग्नेलाई ओच्छ्यानमा पछार्दै भागेर बुहारीको ढोका ढकढकाउन पुग्छिन् ।

    ढोका खोल्दा, सासुलाई अस्तव्यस्त उभिएको देखेर अचम्म मान्दै बुहारी सोध्न खोज्छिन् तर सासू भित्र पसेर हतारमा चुकुल लगाउँछिन् र भन्छिन् , “आज देखि म तिमीसँगै सुत्छु । छोरा पनि विदेशमा छ । म भएपछि तिमीलाई पनि एक्लो महसुस हुँदैन ।”

    बुहारीले चकित् हुँदै सोध्छिन् , “के भयो र आमा ?”

    “के भन्नु ! लोग्नेले श्रीमतीको अप्ठेरो र अनिच्छा पनि बुझे पो सँगै बस्नु !”

    बुहारीले कुरा बुझिछिन् के रे ! खिन्न भावमा एकछिन टोलाउँछिन् ।

    “कता डुब्दैछौ, बुहारी ? सुत, म पनि सुत्छु, अब !”

    झस्किँदै बुहारीले सासू आमालाई सोध्छिन् , “के ससुरा बाले बल प्रयोग गर्नु भो ?”

    “अँ ! यो उमेरमा पनि खुब दुख दिन्छन् । मासिक धर्म रोकिएको पनि १० बर्ष भयो । अब त मेरो शारीरिक इच्छा नै मरिसकेको छ । हैन, लोग्ने मान्छेको इच्छा चैँ, मान्छे नमरुन्जेल सम्म नमर्ने रहेछ कि के हो, जति बूढो भयो उति….!”

    ” तपाईं बुबाको कोठामा नसुते पनि अर्को कोठामा सुत्नुस् न, हुन्न ?”

    “हुन्न नि बुहारी, उतै पुगिहाल्छन् नि, गिजोल्न !”

    बुहारीले पनि यही मौकामा सासू आमालाई भनिदिइन् – “तपाईंकै छोरा पनि कम्ता बदमास छ र ? विदेशमै बसेर हरेक रात मलाई निर्वस्त्र बनाउँछ, स्मार्ट फोनको पर्दामा । म पनि धर्मसङ्कटमा छु, आमा ! के सबै लोग्ने मान्छे उस्तै हुन् , त ?”
    राप्ती-८, चितवन

    ३. लघुकथा: मुकुण्डो

    ✍️ गंगा खड्का

    ” छोरा ! हामीले सकभर तिमीहरूलाई दु:ख दिन नखोजेको। तर अब नभनी भएन । बालाई कोरोनाले सिकिस्त बनायो । अस्पताल नलगी भएन । छिटो बिदा मिलाएर आओ ।” सन्तोषीले काठमाडौँमा बस्ने छोरा रुपकलाई फोनमा भनिन् ।

    “आमा ! म यति टाढाबाट आउन्जेल बालाई अस्पताल पुराउन ढिलो हुन्छ । म पैसा पठाइदिन्छु । गाउँमा कसैलाई भनेर अस्पताल लैजाँदै गर्नु । म अस्पतालमै आउँछु।”

    छोराको कुरा सुनेर सन्तोषीले आत्तिदै भनिन् , ” बाबु प्लेनमै भए पनि छिटो आऊ । असली मान्छेका अभावमा गाउँ त रित्तै छ । गाउँमा त मान्छेका मुकुण्डो लगाएका मानवता विहिन मान्छे मात्रै बस्छन् ।”
    बूढानीलकण्ठ ,काठमाडौँ

    Posted in Uncategorized, ताजा अपडेट, मुख्य खबर, साहित्य1 Comment on साताका तीन लघुकथा

    साप्ताहिक उदक अभ्यासको ३६औं शृङ्खला सम्पन्न; ८६ जना उदक स्रष्टाहरूको सहभागीता

  • ८ माघ २०७८, शनिबार २०:२९ मा प्रकाशित
  • काठमाडौ, ०८ माघ । साप्ताहिक उदक लेखन अभ्यास शृङ्खलाको ३६ औं भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त अभ्यास कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ८६ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन अभ्यास शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा अभ्यास शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यास शृङ्खलाका लागि राखिएको तस्बिर

    तस्बिरमा उदक अभ्यास शृङ्खलामा सहभागी स्रष्टाहरूका उदकहरू

    १//
    भरिया
    संघर्षरत यात्रा
    दुखी जिन्दगिको जात्रा!

    राम न्यौपाने

    २//
    चम्क्यो
    जठाराग्निको ज्वाला
    लम्क्यो ठुल्दाई उकाला !

    गुणनिधि घिमिरे
    पाँचथर मोरङ हाल अमेरिका

    ३//
    समृद्धि
    भरिया दाजु
    पिठ्युँ भाच्ने भारी !

    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    ४//
    जिन्दगी
    बोकेर भारी
    पूरा गर्नुछ जिम्मेवारी!

    अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया

    ५//
    भरिया
    पिठ्युँमा भारी
    अविकसित ठाउँको यथार्थता!

    राजाराम रत्गैंया, अमौरा कैलाली

    ६//
    उकालो
    पिठ्युमा भारी
    जीवन जिउने तयारी!

    घनश्याम पौडेल,पोखरा

    ७//
    उकालो
    पिठ्युँमा भारी
    भरिया दाइको जीन्दगानी!

    हिमाल अम्मै घोडाघोडी कैलाली

    ८//
    मेहनत
    जीवन भरी
    पेट सधै खाली!

    रमा पन्त

    ९//
    नियति
    ईन्द्रको स्वर्गासन
    वलिको पाताल बास!

    कण्ठराज गिरी

    १०//
    भारी
    भरियाकाे लक्ष्मी
    सँधै पसिनाले स्नान !

    नवराज भट्ट
    महेन्द्रनगर

    ११//
    भरिया
    ठूलो भारी
    परिवार पाल्ने बाध्यता!

    इन्दिरा देवकोटा
    कपिलवस्तु न पा ३

    १२//
    जिन्दगी
    बोकेर भारी
    जीवन पाल्ने मजबुरी !

    सविता के.सी., काठमाडौँ ।

    १३//
    भरिया
    पिठ्युँमा भारी
    परिवार सम्हाल्ने जिम्मेवारी!

    केशब न्यौपाने, नुवाकोट

    १४//
    भरिया
    ठूलो भारी
    उकालोमा पैदल सवारी!

    रचना शर्मा प्रतीक्षा, ललितपुर

    १५//
    भरिया
    बोकेर भारी
    जीवन चलाउन बाध्यता!

    सरस्वती श्रेष्ठ इटहरी

    १६//
    भरिया
    कठिन जिन्दगी
    जिउन गर्दै उकालीओराली!

    राज कुमार राजभण्डारी खाेटाङ्गे
    भक्तपुर ।

    १७//
    भारी
    उकालो बाटो
    कष्टकर पहाडी जीवन!

    बलराज गिरी कैलाली

    १८//
    भारी
    बोकेर पिठ्युँमा
    गर्दै जीवनमा उकालीओराली!

    सरस्वती वली
    बर्दिया

    १९//
    भरिया
    पापी पेट
    थिचिएरै बित्यो जिन्दगी!

    गोपालप्रसाद पाैड्याल
    विराटचोक, मोरङ

    २०//
    नेपाल
    विकट हिमालय
    नेतृत्वको खराब नियत!

    सिबि आले मगर

    २१//
    जीवन
    दुई विकल्प
    खोरिया या भरिया!

    श्रीकृष्ण शर्मा पोखरा

    २२//
    भरिया
    जीवन जिउन
    भारी बोक्नुपर्ने बाध्यता!

    देवेन्द्रराज शाक्य बुटवल रुपन्देही

    २३//
    बोकेर
    साहुँको भारी
    जीबन बित्यो यसरी!

    दर्बेन्द्र लबरकोटे
    स्याङ्जा

    २४//
    संघर्ष
    जीवनकाे बाटाे
    थाकेर सुख नपाइने!

    रामराजा के. सी.
    फर्पिङ , काठमाडौं

    २५//
    भरिया
    देवता बाटोको
    सहयोग सधैं अरूको!

    सोमनाथ लुइटेल “रवि पाल्पाली”

    २६//
    परीश्रम
    पेटका निम्ति
    जीन्दगीको खुड्किलो उक्लँदै ।

    प्रेम थापा “मन”बागलुङ

    २७//
    जीवन
    भारी बाेकेर
    अनवरत् सङ्घर्ष यात्रा!

    सुधा बासकाेटा ढकाल

    २८//
    गरिबी
    घरमा परिवार
    शिरमा ठूलो जिम्मेवारी !

    शिव ज्ञवाली
    रु रु १ गुल्मी

    २९//
    गरिब
    बोकेर भारी
    पूरा गर्दैछ जिम्मेवारी !

    पशपती राई खोटाङ

    ३०//
    भरिया
    गह्रुङ्गो भारी
    जिन्दगी चलाउँदै यगरी ।

    रमेश प्रभात

    ३१//
    भरिया
    ढुवानीकाे माध्यम
    बिकट भाैगाेलिक धरातल ।

    नारायण प्रसाद उपाध्याय , कैलाली ।

    ३२//
    भरिया
    गर्दै जीवन्त
    उकालो अनि ओरालो!

    रिता खराल,रुपन्देही

    ३३//
    जिन्दगी
    पिठ्युँमा भारी
    छैन हाम्रो घरबारी!

    तेजप्रसाद खनाल
    लमही दाङ।

    ३४//
    बोकेर
    पिठ्युँमा भारी
    परिवार पाल्ने सपनी!

    धर्मी शाक्य,बुटवल ,रुपन्देही

    ३५//
    भरिया
    कहालीलाग्दो अवस्था
    कष्टकर दु:खी जीवन!

    सुरेशचन्द्र घिमिरे

    ३६//
    भरिया
    लठ्ठीको सहारामा
    बोक्दै भारी पहरामा !

    धनमाया चौधरी कैलाली

    ३७//
    परिश्रम
    भरियाको जिन्दगी
    जहिल्यै बोकेर खानुपर्ने!

    खेमराज पुरी
    कैलाली हाल मुम्बई

    ३८//
    भरीया
    सहारा लौरोको
    जिवन धान्न कठिनाइ!

    लक्ष्मी बस्याल बर्दिया

    ३९//
    जीवन
    गह्रौँ भारी
    गन्तव्य त्यो डाँडापारी!

    कमला देवकोटा, पाल्पा

    ४०//
    जिन्दगी
    गर्दै उकालीओराली
    दु:ख बिसाउने चौतारी !

    अबोध निर्मल, कैलाली

    ४१//
    जीवन
    गर्दै उकालोओरालो
    साहुको भरिया विश्वासीलो!

    होम प्रसाद नेउपाने
    धरान,सुनसरी

    ४२//
    बाध्यता
    भारीकाे बाेझा
    गाउँका गरिब साेझा!

    रामकृष्ण दवाडी

    ४३//
    भरिया
    बोकेरै भारी
    गर्दछ पुरा जिम्मेवारी!

    मंगला उपाध्याय
    बारा कलैया १

    ४४//
    जिन्दगी
    खेपेर भारी
    उकाली अनि ओराली!

    समुन्द्रा शर्मा

    ४५//
    राहत
    भरियाको भारी
    पहाडी जीवनकाे खुसीयाली !

    टीकाराम जाेशी, टीकापुर।

    ४६//
    जीवन
    पिठ्युँमा भारी
    लौरीको साहारामा उकाली!

    सुमित्रा पोखरेल काठमाडौं

    ४७//
    परिश्रम
    बोझा भारी
    परिवार धान्न कल्याणकारी!

    जमुना कायस्थ

    ४८//
    भरिया
    बाेकेर भारी
    फत्ते गर्छ जिम्मेवारी!

    केशवप्रसाद ढकाल `प्रीतबीज´
    गाेरखा

    ४९//
    भरिया
    बाेकेर भारी
    निर्वाहकाे आधार साथी !

    श्रद्धा आचार्य , पोखरा

    ५०//
    उकालाे
    लठ्ठीकाे साहारा
    भरियाकाे कठिन जिन्दगी!

    भावना मन्जु
    झापा- हाल – माेरङ

    ५१//
    भारी
    उकाली ओराली
    सुन्दर पिपल चौतारी!

    संझना कुसुम
    कास्की

    ५२//
    भरिया
    बोकेर भारी
    सधै खुसीले रमाउँछन्!

    टीकापुर( बि के विरही)

    ५३//
    भरिया
    जिन्दगीको कथा
    पिठ्युँमा पीडाको पहाड !

    आर्त अकुलीन, कैलाली

    ५४//
    नियति
    प्राकृतिक धरातल
    भरियाको कष्टकर जीवन!

    उर्मिला पन्त माण्डेय
    ज्ञानेश्वर , काठमाण्डौँ*

    ५५//
    जिन्गी
    मुन्टक् भारी
    सहके डुनियाँ डारी ।

    सागर कुस्मी, कैलाली ।

    ५६//
    भरिया
    गह्रुङ्गो भारी
    परिवार पाल्ने जिम्मेवारी!

    वासुदेव ज्ञवाली
    पाल्पा,तानसेन-१

    ५७//
    भरिया
    उकालो बाटो
    कठिन जिन्दगीको पाटो!

    मन्दिरा सेढाई
    मलेखु,धादिङ

    ५८//
    भरिया
    सन्तानका सपना
    कहिले फुल्ला बिपना

    खगेन्द्र बस्याल
    तिलोत्तमा ९ रुपन्देही

    ५९//
    भारी
    होला गर्हौ
    हिड्नु हजुर बिस्तारै!

    राजेश भट्टराई
    सैनामैना ११,रुपन्देही

    ६०//
    भरिया
    स्वप्ना बेचेर
    पर सपना बाहक !

    कर्ण थापा, कैलाली

    ६१//
    जिजीविषा
    बाध्यताकाे पेट
    जिन्दगी पेटकाे भरिया !

    जनार्दन धड्कन ।

    ६२//
    भारी
    साहुँको भकारी
    पुग्नुछ नौ डाँडापारी!

    दुर्गा अधिकारी भमरकोटे
    हाल, कपन काठमाडौं ।

    ६३//
    जीवन
    गर्दै उकालोओरालो
    बिसाउँने भञ्झ्याङ चौतारो !

    शारदा आचार्य
    ललितपुर !

    ६४//
    भारी
    बोकेर जिम्मेवारी
    लौ आयो सवारी!

    इश्वरी अधिकारी

    ६५//
    उकालो
    पिठ्युँमा भारी
    पेट पाल्ने मजबुरी।

    रघु थापा
    सु न पा १.

    ६६//
    भरिया
    कठिन जिन्दगी
    यात्रा बिसाउने ठाउँ!

    मिलन के.सी.(थापा) पोखरा

    ६७//
    जीवन
    चढ्दै उकाली
    पिठ्युँमा सपनाको भारी!

    अशोक थापा, कैलाली

    ६८//
    बिसाउन
    गह्रौं भारी
    पाइन सुखकाे छहारी!

    इन्दिरा ज्ञवाली
    तानसेन,पाल्पा

    ६९//
    भारी
    बोक्छ भरिया
    कसैको हैन करिया!

    (बि के विरही)टीकापुर

    ७०//
    परिश्रम
    गराैँ सधैं
    अरूकाे भर नपरी!

    ताेयानाथ सुवेदी
    काडाघारी

    ७१//
    ढाक्रे
    ढाडमा भार
    खाली छ उदर!

    शम्भु गजुरेल
    नुवाकोट

    ७२//
    भरिया
    समयकाे निर्णय
    गर्दै उकालीओराली जीवन ।

    राेशन पराजुली,धरान।

    ७३//
    पिठ्युँमा
    भारी बोकेर
    अनवरत चढ्दै उकालो!

    सुशीला पौडेल

    ७४//
    भरिया
    बोकेर भारी
    पुग्छ गन्तव्यको चौतारी!

    सरस्वती श्रेष्ठ

    ७५//
    भरिया
    डाेकाकाे भारी
    बलिया पाखुराकाे राेजगारी !

    टिकाराम जोशी

    ७६//
    कठिन
    भरियाको यात्रा
    मिठो पसिनाको कमाइ !

    पुष्पशायरा
    विराटनगर

    ७७//
    भरिया
    बाेकेर भारी
    जिन्दगी खेलकाे जुहारी !

    भवानी घिमिरे
    सर्लाही

    ७८//
    भारी
    पसिना झारी
    निरन्तर श्रम जारी !

    डम्बर पहाडी
    काठमाडौँ

    ७९//
    भरिया
    यात्रा कठिन
    निरन्तर संघर्ष जीवनमा !

    दुर्गा भट्टराई
    मोरङ

    ८०//
    धर्म
    गरेर परिश्रम
    मेरो जीवन कर्म!

    संझना कुबँर

    ८१//
    बाध्यता
    मनभरी छोराछोरी
    मीठो गासको सपना!

    किशोर खनाल
    तानसेन १,पाल्पा।

    ८२//
    भरिया
    ढुवानीकाे साधन
    दूरदराजका पहाडी बस्तीकाे!

    प्रद्युम्न चालिसे

    ८३//
    जीवन
    सङ्घर्षको पाटो
    गरी खाने बाटो !

    डा. रेजु बुढाथोकी, काठमाडौँ ।

    ८४//
    जीवन
    हुन्छ सफल
    कठोर संघर्ष गरेर !

    विक्रम तिरुवा सलिन
    जुम्ला

    ८५//
    सवार
    भरिया बिचरा
    गोरेटो घोडेटो खतरा !

    बिके माकजु ,भक्तपुर ।

    ८६// भरिया
    पसिना बगाउने
    साहुँ जतिले कमाउने !

    पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती न.पा.-३ ,काभ्रे, कुशादेवी।

    जय उदक ! जय साहित्य !!

    Posted in कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबर, साहित्य1 Comment on साप्ताहिक उदक अभ्यासको ३६औं शृङ्खला सम्पन्न; ८६ जना उदक स्रष्टाहरूको सहभागीता

    साप्ताहिक पञ्चाङ्ग चित्रपट अभ्यास शृङ्खलाको प्रथम भाग सम्पन्न; २३ जना स्रष्टाहरूको सहभागीता

  • ८ माघ २०७८, शनिबार ००:२२ मा प्रकाशित
  • साप्ताहिक पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला ‘पञ्चाङ्ग चित्रपट’को पहिलो भाग सम्पन्न भएको छ । पञ्चाङ्ग साहित्य समाज नेपालको आयोजनामा उक्त अभ्यास शृङ्खला सञ्चालनमा ल्याइएको हो ।

    साप्ताहिक पञ्चाङ्ग लेखन अभ्यासको पहिलो शृङ्खलाको प्रशिक्षकमा सुशीला पौडेल र सविता के.सी. रहनुभएको थियो । लघुतम काव्य विधा पञ्चाङ्गका प्रवर्तक सोमनाथ लुइँटेल “रवि पाल्पाली” का अनुसार अबदेखि प्रत्येक हप्ताको बिहीबार उक्त अभ्यास शृङ्खला सञ्चालन गरिनेछ । जसका लागि बिहीबार विहान एउटा चित्र राखिनेछ । सोही चित्र अनुसारको बिम्बात्मक तथा गहन मौलिक भाव झल्किने एउटा मात्र पञ्चाङ्ग साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नुपर्नेछ ।

    यस शृङ्खलाका लागि चित्रको संकलन कार्यक्रमका परिकल्पनाकार सोमनाथ लुइँटेल “रवि पाल्पाली” ले गर्नुभएको थियो ।

    चित्रपट

    अभ्यासका लागि राखिएको चित्रपट

    सहभागी स्रष्टाहरूले सृजना गरेका पञ्चाङ्गहरू

    पञ्चाङ्ग ०१

    हरियाली बीचमा सुन्दर घर भेटिएका छन्।
    रातो माटो र कमेरोले राम्ररी लेपिएका छन्।
    पहाडका स्वास्थ्यकर घर हेर्दा हुन्छन् चिटिक्क,
    यिनमा बढी गर्मी र चिसो दुवै छेकिएका छन्।
    प्रकृतिको बिचमा घरको छानो देखिएका छन्

    🇳🇵सुशीला पौडेल , काठमाडौं

    पञ्चाङ्ग ०२

    वनको शितलताले जेलिएको मेरो सुन्दर घर
    रातो माटो कमेरोले लेपिएको मेरो सुन्दर घर
    लिपेर चट्ट पारी राख्छु कोमल हृदय भित्र चित्र
    सङ्गी साथिको आँखामा भेटिएको मेरो सुन्दर घर
    खरको छानो पातिले बेरिएको मेरो सुन्दर घर।

    🇳🇵सरिता काफले , बाँके कोहलपुर ।

    पञ्चाङ्ग ०३

    महल होइन झुपडीको बास भए पुग्छ मलाई
    सुख होइन केबल तिम्रो पास भए पुग्छ मलाई
    पसिनाको कमाइमा बाँच्न परोस् झुक्न नपरोस्
    मीठो हैन मात्र सन्तोषको गास भए पुग्छ मलाई
    महलको त्रास हैन तिम्रो सास भए पुग्छ मलाई।

    🇳🇵निर्मला सुवेदी “जिज्ञासु”, बागलुङ।

    पञ्चाङ्ग ०४

    मुरीका कुरा हुन्छ घरमा एक मानु छैन
    हप्तौं भयो भोक भोकै खाने अन्न दानु छैन
    दिन भरि साहुको मेला साँझमा खाली हात
    बिरामी भई काम नगरे रिस सानु छैन
    कुन जाडो कुन झरी ओत लाग्ने छानु छैन ।

    🇳🇵चेतना पोखरेल , मोरङ

    पञ्चाङ्ग ०५

    गाउँमै किन नहोस् सानो, स्वर्ग जस्तै घर छ मेरो
    माटे भित्तो फुसको छानो, स्वर्ग जस्तै घर छ मेरो
    स्वार्थ, लोभ, मोह केही छैन संसारकै सुखी छु म,
    खान पुग्दछ आधा मानो, स्वर्ग जस्तै घर छ मेरो
    छैन कतै कुटिल गानो, स्वर्ग जस्तै घर छ मेरो ।

    🇳🇵वसन्त अनुभव घोराही, दाङ

    पञ्चाङ्ग ०६

    निश्चल सफा सुन्दर शान्त रित हुन् गाउँको
    सहयोग अनि सद्भावना मित हुन् गाउँको
    शहरभन्दा बढी गाउँघर हो मेरो देश
    बगेका ती छाँगा छहरा संगीत हुन् गाउँको
    हुँदैनन् कोही पराई सबै प्रित हुन् गाउँको

    🇳🇵पुष्पा नेपाल(सुवेदी ) , इलाम

    पञ्चाङ्ग ०७

    पहाडको सौम्य घर प्यारो लाग्छ ।
    ढुङ्गा र माटोको भर प्यारो लाग्छ ।
    हाँसियो खेलियो छाँगा छहरामा ,
    पीपल छेउमा वर प्यारो लाग्छ ।
    नेपाली हुनुको थर प्यारो लाग्छ ।

    🇳🇵आर्त अकुलीन, कैलाली

    पञ्चाङ्ग ०८

    महल हैन फुसकै छानो भएपुग्छ मलाई
    कामगरी खान एक मानो भएपुग्छ मलाई
    जे जस्तो छ आफ्नै रमाउने बानी छ
    पेटभर्न पिडालुको गानो भएपुग्छ मलाई
    गाउँमा आफ्नै सानो भएपुग्छ मलाई।

    🇳🇵सरस्वती श्रेष्ठ इटहरी

    पञ्चाङ्ग ०९

    जंगल बीचमा सानो घर राम्रो लाग्छ मलाई
    यहाँ ढुङ्गा र माटाेकाे चर राम्रो लाग्छ मलाई
    गाउँमा स्वर्गिय आनन्द पाइन्छ झुपडीमा
    शहर भन्दा धेरै गाउँको भर लाग्छ मलाई
    गाउँ वरपर अति नै सुन्दर लाग्छ मलाई ।

    🇳🇵दुर्गा भट्टराई , मोरङ

    पञ्चाङ्ग १०

    लहरै सुन्दर घर, आहा कति राम्रो
    छानामा छ खरै खर, आहा कति राम्रो
    सधैँ बस्न पाऊँ म यस्तै गाउँघरमा
    नजिकै होऊन् निर्झर, आहा कति राम्रो
    घुमुन् त्यँही चराचर, आहा कति राम्रो

    🇳🇵केशब न्यौपाने, नुवाकोट

    पञ्चाङ्ग ११

    गाउँघरकाे गाँस राम्राे जहाँआफ्नाे पन छ
    भिर पाखाकाे बास राम्राे जहाँ आफ्नाे पन छ।
    कति खाेजेँ पाईन खुसी , हार्दिकता शहरमा
    बाह्रै मास मधुमास राम्राे जहाँ अाफ्नाे पन छ
    पुर्ख्याैली नै खास राम्राे जहाँ अाफ्नाे पन छ।

    🇳🇵चन्द्रावती अधिकारी ,बाँके कोहलपुर

    पञ्चाङ्ग १२

    स्वर्ग जस्तो सुन्दर थियो गाउँ अनि बस्ती ,
    बिर्सि सके अचेल सबै नाउँ अनि बस्ती ।
    प्रकृतिको सुन्दर घरमा रमाइलो थियो ,
    कसरि कता खोजौ त्यस्तै पाउँ अनि बस्ती ,
    भग्नावशेस मात्र छरे ठाउँ अनि बस्ती ।

    🇳🇵दुर्गा आचार्य , मोरङ

    पञ्चाङ्ग १३

    हरियाली पाखा भित्र मेरो सानो घर छ,
    त्यही सानो घरको हेर् धेरै ठूलो भर छ,
    सम्पत्ति र प्रतिष्ठा हो मेरो पैत्रिक घर
    अन्न-वाली प्रशस्तै नत भोकको डर छ,
    गोठ भरि गाई-बस्तु कूँडे भरि तर छ।

    🇳🇪 अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।

    पञ्चाङ्ग १४

    अहो ! सुन्दर छटाले भरिएको सुन्दर घर हाम्रो
    प्रकृतिको यो काखमा सजिएको सुन्दर घर हाम्रो
    कैयौ सन्तती जन्मे यहीँ र त नेपाल भन्न पाइयो
    हरेकको तन मन मिसिएको सुन्दर घर हाम्रो
    आमा बाबाले उपहार दिएको सुन्दर घर हाम्रो ।

    🇳🇵प्रेम थापा , बाग्लुङ

    पञ्चाङ्ग १५

    मेराे गाउँ सफा छ सुन्दर अहाे! फाेहाेर छिर्दैन क्यै
    जाली मानिस हुन्न गाउँ घरमा,धाएर पिर्दैन क्यै
    बस्दा भित्र समेत शीतल हुने,छानाे भएकाे हुँदा
    गर्मी बढ्न गएर दुर्बल भई,पुर्लुक्क गिर्दैन क्यै
    काेही भ्रष्ट पुग्यो त्यहाँ र पिटिए,तत्काल फिर्दैन क्यै।

    🇳🇵ताेयानाथ सुवेदी, काठमाडौं

    पञ्चाङ्ग १६

    निश्चल सफा सुन्दर शान्त रित हुन् गाउँको
    सहयोग अनि सद्भावना मित हुन् गाउँको
    शहरभन्दा बढी गाउँघर हो मेरो देश
    बगेका तिनै छाँगा छहरा गीत हुन् गाउँको
    हुँदैनन् कोही पराई सबै प्रित हुन्! गाउँको

    🇳🇵पुष्पा नेपाल(सुवेदी ) , इलाम

    पञ्चाङ्ग १७

    पहाडको काखमा आहा ! मेरो सानो गाउँ छ
    पुर्खाको पसिनाले अर्जेको यहि ठाउँ छ
    जति नै टाढा गए पनि भुल्न सकिन मैले
    प्रकृतीको अनुपम सितल यस्को नाउँ छ
    तान्छ मनलाई लाग्छ फर्केर त्यही जाउँ छ ।

    🇳🇵इन्दिरा देवकोटा , कपिलवस्तु न .पा .३

    पञ्चाङ्ग १८

    स्वर्ग जस्तो गाउँमा नि सानाे मेराे घर छ
    पक्कि नभएनि छानामा सुन्दर खर छ
    बुढा बा अामा हेर्छन् मेराे बाटाे अाँखा तान्दै
    म छु परदेश, उनकाे मै माथि भर छ
    उतै भएनि मन शरीर अाज पर छ ।

    🇳🇵रामराजा के. सी.,फर्पिङ , काठमाडौं

    पञ्चाङ्ग १९

    स-साना घर बनाउनेको लाइन चर्को छ
    जताततै यताउति बारै बारको धर्को छ
    कतै उत्साह कतै निराशा छाएको देखिन्छ
    कुन घर जाउँ, मान पाउँ भन्नेको लर्को छ
    आफ्नालाई कसरी जोगाउने पिर घर्को छ ।

    🇳🇵रचना प्रतीक्षा ,काठमाडौं

    पञ्चाङ्ग २०

    सहरबासी हो, गाउँको घर भयो आहा! सबैलाई
    त्यही घरमा जुनी काटी हेर हुन्छ थाहा सबैलाई
    प्रकृतिमा बाँच्नका लागि बनाइएका सुन्दरता हुन्
    विकास छैन, अभावमा दिन बित्दा, पाहा सबैलाई
    सहर जस्तै समुन्नतहोस् भन्ने छ चाहा सबैलाई ।

    🇳🇵सविता के.सी., काठमाडौँ ।

    पञ्चाङ्ग २१

    दुर्गम भएपनि खरले छाएको मेरो घर छ
    भगवानको आशिर्वादले पाएको मेरो घर छ
    सितल हुन्छ गाउँमा नै सुविधा दाउरा घाँसको
    दु:ख कष्ट गरि कमाएर लाएको मेरो घर छ
    पौरखि हातले कमाएर खाएको मेरो घर छ।

    🇳🇵सोमनाथ लुइटेल “रवि पाल्पाली”

    पञ्चाङ्ग २२

    सुन्दर पहिचान हाम्रो सान नेपाली हु म
    सद्भाव सहिष्णुता दिएर मान नेपाली हु म
    गौरव छ घर गोरसले पुर्ण अर्गानिक छ
    आर्जन गरि पुराउछु कुटेर धान नेपाली हु म
    गुन्द्रीमा छ आनन्द लगाइ तान नेपाली हु म।

    🇳🇵 गणेश पौडेल
    चितवन।

    पञ्चाङ्ग २३

    फुसको छानो घर छ सानो सुन्दर संसार
    अहिले सम्म पुग्दैछ मानो सुन्दर संसार
    सरर आयो हिमाली हावा रमायो खुशीले
    पोषिलो खाना दुख्दैन गानो सुन्दर संसार
    लेखेर बस्छु गितको पानो सुन्दर संसार

    गुणनिधि घिमिरे पाँचथर मोरङ हाल अमेरिका

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक पञ्चाङ्ग चित्रपट अभ्यास शृङ्खलाको प्रथम भाग सम्पन्न; २३ जना स्रष्टाहरूको सहभागीता

    उदक यात्री शारदा आचार्यका उत्कृष्ट उदकहरू

  • ७ माघ २०७८, शुक्रबार १३:०३ मा प्रकाशित
  • १
    अगेनो
    काठ दाउरा
    रापले देह न्यानो !

    २
    आकाश
    निस्पट्ट कालो
    सूचना वर्षाको जालो !

    ३
    छाप्रोमा
    गरीबको जीवन
    कतै हिउँको थुप्रोमा !

    ४
    पीडा
    दुःखीको जीवन
    हिउँको तिखो काँडा !

    ५
    साहित्य
    मिठो सिर्जना
    शिल्पको सुन्दर वन्दना !

    ६
    मन
    खुसी आनन्द
    बुझाइ राख्नु जीवन !

    ७
    बिहानी
    उषाको लाली
    सूर्यको आफ्नै कहानी !

    ८
    जीवन
    सुख दुःख
    सम्बन्ध अनौठो मिश्रण !

    ९
    फूल
    सौन्दर्य अनुपम
    प्रकृतिको सुन्दर देन !

    १०
    समय
    चौतर्फी कहर
    मनमा व्यथित रहर !

    • शारदा आचार्य
      काठमाडौँ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री शारदा आचार्यका उत्कृष्ट उदकहरू

    उदक यात्री नवराज भट्टका उत्कृष्ट उदकहरू

  • ७ माघ २०७८, शुक्रबार १३:०० मा प्रकाशित
  • १.
    याेजना
    भविष्यकाे कार्य
    लक्ष प्रगति प्रतिफल !

    २.
    मन्दी
    क्रेताकाे कमी
    राेजगार सृजनामा आभाव !

    ३.
    अलमल
    गठबन्धनकाे सरकार
    आफ्नै स्वार्थमा तल्लीन !

    ४.
    चिसाे
    लुगाकाे आभाव
    सरकार दाउरा आगाे !

    ५.
    यातायात
    भाडामा वृद्धि
    पैसाकाे मूल्य घटदाे !

    ६.
    चुनाव
    पैसाकाे खेल
    कागलाई भयाे बेल !

    ७.
    काेराेना
    खाेपकाे अभाव
    सबैलाई मर्ने त्रास !

    ८.
    लिपुलेक
    नेपालकाे भूमि
    जबर्जस्ती भारतकाे कब्जा !

    ९.
    राेटीबेटी
    हात्तीकाे दाँत
    नेपालीलाई फकाउने चाल !

    १०.
    डर
    सत्ता जाने
    शक्ति पैसा हराउने !

         - नवराज भट्ट    
       महेन्द्रनगर, कञ्चनपुर
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री नवराज भट्टका उत्कृष्ट उदकहरू

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P