
१
हिमपात
सेताम्य वरिपरि
गरिब जिउने कसरी ?
२
चिसो
हिमाली हावा
बर्सिने सेता रुवा !
३
खुसी
छरपस्ट हाँसो
मुहारमा नहुने गुनासो !
४
खुसी
मुस्कान ओठमा
छुट्टै अन्तरमनको कोठामा !
५
पार्टी
हैकम सत्ता
मिचाहा साँढेको साथी !
६
कवि
साहित्य सिर्जना
अपार समाजको ढुकढुकी !
७
कवि
भावनाको बोध
सलल बग्ने नदी !
- शारदा आचार्य
काठमाडौँ

