उर्मिला पन्त पाण्डेयका उत्कृष्ट उदकहरू :

  • १४ माघ २०७८, शुक्रबार १३:२८ मा प्रकाशित

  • जीवन
    सुख दु:खको
    अनुभूति अनुभवको परीक्षा !

    २.
    जीवन
    सामजिक पारिवारिक
    मान मर्यादाको बन्धन !

    ३.
    जीवन
    सांसारिक रङ्गमञ्चमा
    कलाकारिता अनुभवको पेटारो !

    ४.
    जीवन
    अनिश्चित यात्रा
    निश्चित मृत्यको पर्खाइ !

    ५.
    जीवन
    कुम्हालेको चक्र
    सृष्टिको चक्रेटो घुमिरने !

        - उर्मिला पन्त पाण्डेय
          ज्ञानेश्वर, काठमाण्डौँ

    Leave a Reply