गोर्खा ! गोर्खाको सिरानचोक गाउँपालिका-३ मकुन्डाँडाँ मुस्लिम मुस्लिम समाजले २०२२ को आफ्नो इद पर्व भब्यताका साथ मनाएका छन् । ईस्लाम धर्मावलम्बीहरुको पवित्र रमदान महिना व्रत सकिएपछी पर्ने इदुल फितरको पावन अवसरमा गत २० बैशाख २०७९ बुधबारका दिन मकुन्डाँडाँ स्थित मुस्लिमहरुले इदको नमाज (प्राथना) गरेपछि एक आपसमा शुभकामना आदानप्रदान गर्दै एक बिशेष भोज कार्यक्रम गरि मनाएका छन् ।
मुस्लिम समाजका अध्यक्ष सफि महम्मद मियाँको सकृयतामा भएको उक्त कार्यक्रममा मकुन्डाँडाँ, बरख, एक्लेमा अवस्थित धेरै मुस्लिम दाजुभाइ तथा दिदिबहिनीहरुको सहभागीता रहेको थियो ।
कोरोना कहरले बिश्वलाइ लथालिङ्ग बनाएको र बिगत दुई बर्षदेखि कुनैपनी चाडवाड राम्रो सँग मनाउन नपाएको तर यसपटकको समयमा कोरोना कहरको समाप्ति सँगै मन खुलस्त गरेर एक आपसमा मिलिजुली इद मनाउन पाइएकोमा अध्यक्ष सफिले खुशी ब्यक्त गरेका छन् ।
इदको दिनमा बिशेष गरि बिहान नुवाइ धुवाइ गर्नु, नयाँ लुगा लगाउनु र सुगन्ध लगाउनु, नमाजको लागि जानुअघि बेजोर खजुर खानु, यदि खजुर छैन भने कुनै पनि मिठो चिज खानु, इदगाहमा पैदल जानु, पुरुष र महिला सबै ईदगाहमा गएर नमाज पढ्नु, फर्किने बेलामा गएको बाटो छोडेर अर्को बाटोबाट फर्किनु, पुरुषहरूले ठूलो स्वरमा प्राथनाका तक्बीर भन्दै जानू र महिलाहरूले सानो स्वरमा तक्बीर भन्दै जानु,एक-अर्कामा ईदको बधाई आदानप्रदान गर्नु, ईदको नमाजपछि एक अर्कालाई बोलाएर खाना खुवाउनु, गरीब-दु:खी, टुहुरा, बेसहारा, एकल महिला (विधवा) आदिलाई सहयोग गर्ने जस्ता धार्मिक कार्यहरू गरिने पनि अध्यक्ष मियाँले जानकारी दिए ! यो शुभ अवसरमा इदको कार्यक्रम भब्यतका साथ मनाउनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आँपपिपल भञ्ज्याङ् देखि मकुन्डाँडाँ हुँदै बरख सम्मका सम्पुर्ण अग्रज तथा सहकर्मी दाजुभाइ दिदिबहिनीको ठूलो सहयोग रहेको र उहाँहरुलाइ बिशेष धन्यवाद दिंदै सदैब यस्तै सहयोग पाइरहने पनि अध्यक्ष सफि महम्मद मियाँले जानकारी गराए ।।
काठमाडौ, १७ बैशाख। साप्ताहिक उदक लेखन शृङ्खलाको ४९औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ४१ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
शृङ्खलाका लागि राखिएको तस्बिर
Social media
तस्बिरमा उदक लेखन शृङ्खलामा सहभागी स्रष्टाहरूका उदकहरू
[१] सन्तान अतृप्त माया सुख दु:खको साथी ! ✍️ राम नेउपाने
काठमाडौ, २६ चैत । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको २८ औँ शृङ्खला शनिबार सम्पन्न भएको छ । अभ्यासमा ४९ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला उक्त शृङ्खला सञ्चालन गरिदै आएको समाजका अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको २८ औँ शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको टुक्का
आश्वासनको पोका बोकी आएको छु हेर, हातबाट सत्ता शक्ति जान दिदैन खेर । ✍️ वसन्त अनुभव
सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
[१] पहिले जस्तै पोका होला, भित्र हेर्दा खाली, कतिञ्जेल झुक्याउछौं, ए फटाहा र जाली !
वसन्त अनुभव घोराही, दाङ
[२] छाराे हाली आँखा भरी चुनाव जितिन्छ विजयकाे जुलुस सँगै पार्टी घिचिन्छ ।
ताराप्रसाद चापागाईं धुनिबेसी ।
[३] झुटको पोको बोकी आयौ हामी खोली हेर्छौँ, हामी जनता तिम्रो रिस सकेसम्म फेर्छौँ।
लक्ष्मी श्रेष्ट बिर्तामोड झापा
[४] धेरै पल्ट बोकी आयौ पोका आश्वासनका, तर सधैं नै बिर्सन्छौ बोक्न पोका मनका ।
——————————————– “पाँच तत्त्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार “ विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७८/ १२ /०८ ………………………………………….
प्रशिक्षक :
सोमनाथ लुइटेल “रवि पाल्पाली”
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-सुशीला पौडेल सविता के.सी. चन्द्रावती अधिकारी
सङ्कलक :- सोमनाथ लुइटेल “रवि पाल्पाली”
सहजकर्ता :- (महासचिव) रामराजा के. सी.
====================== अनुप्रास
खाला ताला बाला भाला चाला काला नाला पाला आदि ————–
स्थायी ==== बनायौ मलाई —————-
पञ्चाङ्ग ०१ १ कहिले नखुल्ने ताला बनायौ मलाई हातमा झुण्डिने बाला बनायौ मलाई समाज भएनी साँचो कदर भएन पोलिने सिस्नोको माला बनायौ मलाई सदैव कोपिने भाला बनायौ मलाई। २ खोल्न नसकिने ताला बनायौ मलाई जबर्जस्त घोँंच्ने भाला बनायौ मलाई पशु त होइन कहिले काम नलाग्ने दुर्गन्ध फोहोर नाला बनायौ मलाई कानमा झुन्डिने बाला बनायौ मलाई।
✍️सोमनाथ लुइटेल ” रवि पाल्पाली”
पञ्चाङ्ग ०२ कहिल्यै नखुल्ने ताला बनायौ मलाई उक्काई फालेको खाला बनायौ मलाई स्वार्थको खेल बुझ्न सकिएन सजिलै नाडीमा अडिने बाला बनायौ मलाई दीप निभेको त्यो पाला बनायौ मलाई।
✍️निर्मला सुवेदी, बागलुङ ।
पञ्चाङ्ग ०३ तीखो पारेर रोप्ने भाला बनायौ मलाई सबैले फोर्न सक्ने ताला बनायौ मलाई परिस्थिति अनुसार बदल्न नसके नि गलामा झुण्डाउने माला बनायौ मलाई बतासमा निभेको पाला बनायौ मलाई ।
✍️देवि कार्की खुलाल, झापा
पञ्चाङ्ग ०४ हुरीले ठाेक्ने पत्थर काला बनायाै मलाई दुनिया हाँस्ने नक्कलि वाला बनायाै मलाई असह्य भयाे दुखेकाे घाउ खाटा नै बस्दैन कसरी सहुँ डढेकाे छाला बनायाै मलाई पागलखाना धाउने चाला बनायाै मलाई !
✍️सुरेश चन्द्र घिमिरे, लमजुङ
पञ्चाङ्ग ०५ मुटु रोप्ने तीखो भाला बनायौ मलाई गलामा सजिने माला बनायौ मलाई कसरी मौसम जस्तै बदलियो मन बेकाम फालेको खाला बनायौ मलाई आँधी तुफानको पाला बनायौ मलाई ।
✍️चेतना पोखरेल, मोरङ
पञ्चाङ ०६ कोमल मुटु घोच्न तिखो भाला बनायौ बन्धक बनाउन भोटे ताला बनायौ सोचेको थिएन मैले यस्तो होला भन्ने मलाई पुर्न भनेर भड्खाला बनायौ हजार चाेट सिक्ने पाठशाला बनायौ ।
पञ्चाङ्ग ०८ नाम भण्डार रित्तो थियो भकारी त्यहीँको ताला बनायौ मलाई शब्द प्रहार आफूले गर्यौ तुच्छ धारिलो भाला बनायौ मलाई सोझोको मुखमा घोचो भन्छन्, तिमीले सोझाकै प्रयोग त गरेछौ पानी माथिको ओभानो बनेर देख्ने धब्बा काला बनायौ मलाई रमझमको ध्वजापताका बन्यौ बेकामी टाला बनायौ मलाई ।
✍️सविता के.सी. काठमाडौं
पञ्चाङ्ग ०९ तिमी चापी भएर, ताला बनायौ मलाई फलाम बाट बन्ने, बाला बनायौ मलाई तिम्रो नै भयो हराभरा,म त कठै! बरा त्यो आँसु बगाउने, नाला बनायौ मलाई सलेदो तिमी भई, पाला बनायौ मलाई।
✍️पबित्रा चाम्लिङ, खोटाङ।
पञ्चाङ्ग १० १ निमुखाको झैँ चाला बनायौ मलाई हतकडीको बाला बनायौ मलाई कहीँ गएर केही गर्न नपाउने गेटमा बन्द ताला बनायौ मलाई जलिरहने पाला बनायौ मलाई। २ एक टङ्कार उज्यालो दिइरहने पाला बनायौ मलाई कुरिकुरि सुरक्षित गरिरहने ताला बनायौ मलाई धोका कहिल्यै नदिनु नि तिमीले खुसी छु यति सुम्पेकोमा पाकेपछि निहुरिने बाध्य धानको बाला बनायौ मलाई सहन नसकेकोमा चैँ रोप्नुपर्ने भाला बनायौ मलाई ।
✍️जमुना आचार्य, सिन्धुपाल्चोक
पञ्चाङ्ग ११ १ कसै गरि खोल्नै नसकिने ताला बनायौ मलाई अर्कालाई प्रहार गरेर रोप्ने भाला बनायौ मलाई प्रत्येक ठाउँमा प्रयोग गर्यौ तिमीले जीवनमा ओरालो तिर बगिरहने नाला बनायौ मलाई टाल्नु कि फाल्नु जस्तो भो थोत्रे टाला बनायौ मलाई । २ वर्षौंदेखि नखुलेको ताला बनायौ मलाई छिया हुने गरी रोप्ने भाला बनायौ मलाई ठाउँ ठाउँमा प्रयोग गरी तिमीले जीवनमा तर्नै नसकिने ठुलो नाला बनायौ मलाई कतै नी कामै नलाग्ने टाला बनायौ मलाई ।
✍️सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग १२ उपयोगमा नआउने ताला बनायौ मलाई टलक पनि हराएको बाला बनायौ मलाई सत्यताको सदा अनावृष्टि रहेछ होला र त बिना पानीको यदाकदा नाला बनायौ मलाई अरुले उपहास गर्ने माला बनायौ मलाई ।
✍️प्रेम थापा “मन ” बागलुङ
पञ्चाङ्ग १३ तिम्राे बास कुरी बस्ने ताला बनायाै मलाई , आफ्नै सुरक्षाकाे तिखाेभाला बनायाै मलाई सधैँभरि तिम्रैमात्र स्वार्थपूर्ति गरिरह्याै तिम्रै मान बढाउने माला बनायाै मलाई। बिकार फाल्ने गन्धक नाला बनायाै मलाई।
✍️चन्द्रावती अधिकारी, बाँके कोहलपुर
पञ्चाङ्ग १४ थिएँ कपास कुनैबेला अाज भाला बनायाै मलाई अन्त्म श्रद्धाञ्जलीमा चढाउने माला बनायाै मलाई परिवर्तन हुने रहेछ समय जस्तै मन पनि उज्यालो दिदांदिदै फुटाएकाे पाला बनायाै मलाई जुत्ता बनाउन उदारिएकाे छाला बनायाै मलाई ।
✍️रामराजा के. सी. फर्पिङ, काठमाडौं
पञ्चाङ्ग १५ तिम्रो जिन्दगी को ताला बनायौ मलाई सिकारिले हान्ने भाला बनायौ मलाई कति गर्नुछ प्रयोग गर सकुन्जेल त्यो रूखो कर्मको नाला बनायौ मलाई तेल सकिएको पाला बनायौ मलाई ।
✍️दुर्गा आचार्य,मोरङ
पञ्चाङ्ग १६ खिया लागेको ताला बनायौ मलाई मुटु टुक्रिने भाला बनायौ मलाई यसरी मलाई **प्रयोग गरी तिमी तिम्रो जितको नाला बनायौ मलाई कसाई सरी खाला बनायौ मलाई ।
✍️सुमित्रा पोखरेल काठमाडौं
पञ्चाङ्ग १७ छोरी मैले पढाकोछु फल खाला कस्ले अब जोगाउन गारो भाछ खोज्छ ताला कस्ले अब पाँच तोला सुन जोडि चाँदी हिरा कति कति ज्वाईं राजा बनी देर उन्ने माला कस्ले अब औँसी रात ज्योती छर्न दिने पाला कस्ले अब ।
लक्ष्मी प्रसाद मिश्र, लमजुङ सुन्सर बजार
पञ्चाङ्ग १८ नेपाल आमाले भन्छिन् रुदै खाला बनायौ मलाई सुन्दर शान्त विशाल देश पाला बनायौ मलाई स्वर्गकाे पुरी प्रकृति छटा अनुपम खानीलाई चिनेनौ बाबु आमाको माया नाला बनायौ मलाई रिपुकाे हात सुम्पेर दराे ताला बनायौ मलाई ।
✍️भवानी घिमिरे, सर्लाही ।
पञ्चाङ्ग १९ १ फोहोर बगाउने नाला बनायौ मलाई सुँगुर लडाउने भाला बनायौ मलाई कति दोष मात्र दिनु त म तिमीलाई बरै घामले डढाउने काला बनायौ मलाई छिसिक्क अल्झाउने ताला बनायौ मलाई ।
२ कहिल्यै नखुल्ने खिया परेको फलामे ताला बनायौ मलाई देख्दैमा डराउने जिङ्ग्रिङ्ग बाघको छाला बनायौ मलाई ठिकै छु म भन्ने लाग्छ सबैलाई आफू आफ्नो लागि सधैं भरी धूर्त पट मूर्ख जङ्गलका लोखर्के कै साला बनायौ मलाई मन लागे लाउने नत्र फाल्ने हातको बाला बनायौ मलाई ।
✍️गुणनिधि घिमिरे, पाँचथर मोरङ हाल अमेरिका
पञ्चाङ्ग २० खिया लागेर नखुल्ने चाबीको ताला बनायौ मलाई तुच्छ बोलेर तिखो वचनको भाला बनायौ मलाई जिन्दगी तिमीसँगै सँगसँगै काट्ने वाचा थियो मेरो तिमीले कवाडी भाउमा बिक्ने पाला बनायौ मलाई मेरो घाउमा नुनचुक छर्ने छाला बनायौ मलाई ।
✍️सुशीला पौडेल, काठमाडौं
पञ्चाङ्ग २१ तिमीले तिखो वचन रोप्ने भाला बनायौ मलाई कसैसँग नि बोल्न नमिल्ने ताला बनायौ मलाई नारी पुरुष त एक रथका दुई पाङ्ग्रा भनिन्छ तिमीले सधैँ रक्सी पिउने पाला बनायौ मलाई सबै सामुन्ने झुक्ने धानको बाला बनायौ मलाई ।
✍️ह्यारिस ह्यारिसन, काठमाडौं
पञ्चाङ्ग २२ ए! प्रिय तिमीले भोटे ताला पो बनायौ मलाई बोधो फलामको कालो भाला पो बनायौ मलाई छोड्यौ बाटैमा कहिल्यै काम नलाग्ने पारेर छि छि गर्ने दुर्गन्धित नाला पो बनायौ मलाई । सुन थिएँ पित्तलको बाला पो बनायौ मलाई ।
✍️गिता अर्याल, नेपालगन्ज
पञ्चाङ्ग २३ कसरि घाँटिको माला बनायौ मलाई? खोल्न नमिल्ने त्यो ताला बनायौ मलाई सधैँ यस्तै व्यवहार गर्दा मरेकोछु भिकारीहरुको चाला बनायौ मलाई किन दुर्गन्धित नाला बनायौ मलाई ?
घाेराही उप-महानगर पालिका वडा नं १७ चौघेरा स्थित झण्डै १३ सय वर्ष पुरानाे इतिहास बाेकेकाे नाथ सम्प्रदायकाे विशेष महत्व राखेकाे मठमा स्थापना भएकाे वैदिक गुरुकुल हाे । वि. सं.८०९ मा सिद्ध रत्ननाथबाट स्थापित नेपालकै अति प्राचीन मठ, मन्दिर मध्येकै श्री गाेरक्ष पात्रदेवता सिद्ध रत्ननाथ मठमा राष्ट्रगुरु योगी नरहरिनाथबाट वि.स.२०४६ काे आश्विन महिनामा काेटिहवन लगाए पश्चात् गुरुकुल सञ्चालनका लागि पटक पटक भेला गाेष्ठी हुँदै आएका थिए । वटुक तथा पढाउने गुरुकाे स्थायीत्व नभएकाले पठनपाठनकाे कार्य हुन सकिरहेकाे थिएन तापनि बेला बखत विद्यार्थीहरु मठमा जम्मा भएर शिक्षा लिईरहेकाे अवस्था थियाे । तर पूर्ण रुपमा गुरुकुलीय पद्धतिको स्थापित हुन सकिरहेकाे थिएन ।
वर्षहरु वितेर गइरहे । यसै क्रममा २०७५ सालदेखि मठमा स्थायी रुपमा आवासीय गुरुकुल सञ्चालनका लागि छलफल, परामर्श भैरहेकाे अवस्था थियाे । यसै क्रममा २०७६ वैशाख २४ गते अक्षय तृतीयकाकाे शुभ दिनमा विधिवत् रुपमा मठका साधुसन्त र समाजमा रहनु हुने अभिभावक, भद्रभलादमी, वुद्धिजिवीहरूकाे सामुहिक उपस्थितिले नेपालकाे एक मात्र संस्कृत विश्वविद्यालय रहेकाे दाङ जिल्लामा वैदिक गुरुकुलकाे सुरुवात गरेकाे हाे ।
नाथ दर्शनका शिराेमणि राष्ट्रगुरु याेगी नरहरिनाथज्यूकाे सपना हरेक काेटिहवन स्थलमा गुरुकुल र गाैशाला खाेल्ने थियाे । जस अनुरुप वि.स. २०४६ साल आश्विन महिनामा लगाउनु भएकाे काेटीहवन स्थल यस श्री गाेरक्ष पात्रदेवता सिद्ध रत्ननाथ मठ दाङमा झण्डै ३६ वर्ष पछि मात्रै गुरुकुलीय शैलीमा पठनपाठनकाे कार्य आवासीय रुपमा राखेर गराउने चाँजाेपाँजाे मिलाईएकाे हाे । सुरुवाती दिनहरूमा विहान ३ घण्टा संस्कृतका सामान्य अनुशासन र शिष्टाचारका कुराहरू, गुरु गाेरखनाथका वाणी, योगी नरहरिनाथद्वारा विभिन्न छन्दमा रचिएका कविताका श्लाेकहरूकाे पनि पठनपाठन गराई सुरु गरियाे । याे क्रमलाई अगाडि बढाउँदै लगी नेपाल महर्षि वैदिक फाउन्डेसन सँग यसलाई जाेडेर लग्ने उद्धेश्य अनुरुप दैनिक विहान वेलुका वटुकहरुलाई रुद्रि ,चण्डि तथा गीताका श्लाेकहरु पढाउन थालिएकाे हाे । याे क्रम निरन्तर अगाडि बढ्दै गयाे । यस गुरुकुललाई सरकारी निकाय सँग जाेडेर लैजाने र नेपाल सरकारकाे गुरुकुलीय पाठ्यक्रमलाई यहाँ लागु गरेर लगी दाङ जिल्लामा देवघाटका गुरुकुलहरू जस्तै एउटा नमुना गुरुकुल बनाउने उद्देश्यले वि.स.२०७७ कार्तिक २५ गते नेपाल सरकारको स्थानिय निकायबाट कक्षा ६ संचालन गर्ने अनुमति पाएकाे हाे । कक्षा ६ देखि औपचारिक पठनपाठन सञ्चालन गरेकाे गुरुकुलले हरेक साल एउटा कक्षा थप गर्दै लैजाने उद्धेश्य अनुरुप हाल कक्षा ७ पनि सञ्चालन गर्दै आएको छ । साथै गुरुकुलले निकट भविश्चयमै कक्षा १२ सम्म लैजाने सोचाइ राखेको छ ।
गोरखनाथ वैदिक गुरुकुल संभवत महिला प्राचार्य भएको पहिलो गुरुकुल हुन पुगेको छ । महिला प्राचार्य भएकै कारण पनि गुरुकुलमा कन्याहरूको आकर्षण बढ्दो छ । याे गुरुकुलमा वटुक तथा कन्या दुवैलाई पठनपाठन गराउँदै लग्नु याे गुरुकुलकाे अर्काे विषेषता हाे ।साथै यहाँ जुनसुकै जातजातीका विद्यार्थीहरू पनि गुरुकुलमा पठनपाठन गर्न आईरहेकाे अवस्था रहेकाे छ । अर्थात याे नेपालकाे एक समावेशी गुरुकुल हाे ।
गुरुकुलले गरेका कामहरू :
(१ ) साप्ताहिक रुपमा हरेक क्षेत्र र समुदायका वाैद्धिक व्यक्तित्वहरूलाई कार्यक्रममा बाेलाई सत्संग भेलाकाे महत्वलाई गुरुकुलकाे माध्यमबाट प्रचार प्रसार गर्दै गुरुकुललाई समाजसँग जाेड्दै लगेकाे छ । (२) समाजमा दाताहरुलाई गुरुकुलीय शिक्षा र वैदिक मन्त्रहरुकाे माध्यमबाट संस्कृत शिक्षाकाे महत्व बुझ्न र बुझाउनकालागि सजिलाे वातावरण बनाउँदै लगेकाे छ। (३) गाेष्ठी, सेमिनारहरूमा स्वस्ति वाचनकाे माध्यमबाट महत्वपूर्ण व्यक्तिहरूकाे ध्यान आकर्षण गराई गुरुकुलमा एकपटक जो कोहीलाई दान, सेवा गर्ने वातावरण बनाउँदै लगेकाे छ । (४) विशेष गरेर मध्य तथा सूदुर पश्चिम नेपालमा आफू जस्तै गुरुकुल खाेलेर प्रचार प्रसारमा नआएका तर गर्न खाेजिरहेका दूर दराजका गुरुकुलहरूलाई सहयाेगीकाे रुपमा लिएर भूमिका खेलि सबै गुरुकुलका वटुकहरूलाई उत्तिकै महत्व राखि सेवा, सहयाेगकाे वातावरण बनाउँदै लगेकाे छ । (५) साधु, सन्तहरूकाे उच्च सम्मान गर्दै सत्संगलाई विशेष महत्व दिई काेराेनाकाे विकराल परिस्थितिमा पनि अनलाईन प्रविधिकाे प्रयाेग गरी वटुकहरुलाई देश तथा विदेशका कार्यक्रममा सहभागी बनाएकाे छ । (६) हाल गुरुकुलले सबै गुरुकुलहरूलाई हरेक हप्ता समेट्दै लगेर गाेरखनाथकाे दर्शनकाे महत्वलाई आत्मसाथ गरि राष्ट्रनिर्माता श्री ५ पृथ्वी नारायण शाहका दिव्य उपदेशलाई प्रचार प्रसार गर्दै लगी राष्ट्र गुरु नरहरिनाथकाे राष्ट्र शान्ति विश्व कल्याण, विश्व शान्ति , राष्ट्र कल्याणकाे महान चिन्तनलाई विश्वमाझ राख्दै लगेर मठ, मन्दिर ,गुरुकुल,गाैशाला लगायत गुरुकुलीय पाठ्यक्रमका विषयमा विशेष चर्चा गर्ने उद्धेश्य अनुरुप गाेरक्ष चिन्तन जुम भर्चुअल कार्यक्रम चलाउँदै आएकाे छ । (७) धार्मिक तथा पर्यटन स्थलहरूको अध्ययन तथा अवलोकन भ्रमण गरि प्रचार प्रसार गरेको छ ।
गाेरखनाथ वैदिक गुरुकुलको अपिल
सनातन वैदिक दर्शन र संस्कृतिकाे संरक्षण तथा निरन्तरताकाेलागी दाङ जिल्लामा गुरुकुलकाे अभावलाई न्यून गरि दाङ लगायत रुकुम, राेल्पा, प्यूठान, बाँके, बर्दिया हुम्ला, जुम्ला कालिकाेट लगायत छिमेकि मित्र राष्ट्र भारतबाट पनि प्रमुख चासाेकाे रुपमा लिईएकाे याे गुरुकुललाई आफुसक्दाे तन, मन, धन, जे जसरी हुन्छ पत्रं पुष्पम् काे भावना लिनुहुने सबैमा गुरुकुल परिवार धन्यवाद एवं कृतज्ञता ज्ञापन गर्दछ।
दाता महानुभावहरुकाे दान ,दातब्यबाट चलिरहेकाे याे गुरुकुलकाे कुनै पनि प्रकारकाे स्थायी काेष नभएकाे साथै गुरुकुलकाे आफ्नाे भवन पनि नरहेकाले मठबाट प्रदान गरिएका पुराना काेठाहरुलाई मर्मत गरी दु:ख गुजाराका साथ वटुकहरूलाई व्यवस्थापन गरेर गुरुकुल अगाडि बढिरहेको छ। यस परिस्थितिमा गुरुकुल यहाँहरूकाे अमूल्य सल्लाह सुझाव सहयाेग तथा आशीर्वाद सधै अपेक्षा गर्दछ । वैदिक गुरुकुल राष्ट्र तथा दाङ जिल्लाकै गहना हाे । आउनुहोस् सबै मिली गुरुकुलको यस पवित्र कार्यमा हातेमालो गरौँ । आगे आगे गाेरख जागे ! जय शिव गाेरख ।
गाेरखनाथ वैदिक गुरुकुलम् मा सेवा गर्नकालागि निम्न बैकहरुकाे खाता मा रकम पठाउन सकिने छ ।
खाताको नाम : गाेरखनाथ वैदिक गुरुकुलम्
(१) नेपाल बैक लिमिटेड घाेराही,दाङ चल्ती खाता नं.०२७००१०७०६१६९२०००००१ (२) नेपाल एस वि आई बैक घाेराही दाङ चल्ती खाता नं. ४४०२५२४०२००००३ अथवा संम्पर्क व्यक्ति प्रकाश भट्टराई माेवाईल नंम्वर ९८४७८४६८८२ इमेल : prakashbhattarai028@gmail.com हवस् धन्यवाद ।
पञ्चाङ्ग साहित्य समाज पाठशालाको अभ्यास शृङ्खला :- उन्याइसौ ( १९) ——————————————– “पाँच तत्त्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार “ विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७८/ ११ / १० …………………………………………. प्रशिक्षक:- सोमनाथ लुइटेल रवि पाल्पाली सविता के.सी.
भाषा शुद्धीकरण सुझाव :- सुशीला पौडेल चन्द्रावती अधिकारी
सङ्कलक :- सोमनाथ लुइटेल “रवि पाल्पाली”
सहजकर्ता :- (महासचिव) रामराजा के. सी.
====================== आजको अभ्यासमा दिएको अनुप्रास र स्थाई राखेर १४ अक्षरमा पञ्चाङ्ग लेख्नु हुन अनुरोध गर्दछौँ।
अनुप्रास र स्थायि ————– नास भयो, बास भयो, खास भयो , लास भयो २+२+३+३+२+२ अक्षर संखा १४ ———————————-
पञ्चाङ्ग ०१
सोचें जस्तो भएन सदैव नास भयो डढ्यो घर जिन्दगी सधैंको लास भयो जस्तो भयो सकिन सहन बाध्य भएँ बाँच्दै जाऊँ जीवन मलाई खास भयो के नै हुन्छ दु:खीको दु:खद बास भयो ।
✍️सोमनाथ लुइटेल ” रवि पाल्पाली “
पञ्चाङ्ग ०२
बाँच्दै जादा जिन्दगी त्यसैमा खास भयो खुब प्यार भरिदै जूनेली रास भयो भेल वर्षा होइन जीवन आशै आशा फूल जस्तै सुन्दर नभमा बास भयो चैन बोकी विताउ सदैव नाम भयो ।
✍️सरिता काफ्ले कोहलपुर बाँके
पञ्चाङ्ग ०३
२+२+३+३+२+२ अक्षर संख्या १४
लोभी लोभी साउती गर्न मै खास भयो भित्र भित्र मिलाप गर्न मै बास भयो तिमी मेरो भनेर पहिले सङ्गै डुल्यो उ नै सधैं बेचिदै हिडेको दास भयो भन्छ बुझ्न नसक्ने रहेछ नास भयो ।
✍️प्रेम थापा “मन” बागलुङ
पञ्चाङ्ग : ०४
सुख दु:ख पीरमा खुसीको आस भयो । लामो यात्रा लेक र बेसीको बास भयो । घात गर्ने आफन्त मानिस कठै बरी , के नै भनौँ कसम जिउँदो लास भयो । आर्त आँसु मनमा जीवन खास भयो ।
✍️आर्त अकुलीन, कैलाली
पञ्चाङ्ग ०५
सधैं भरि जिन्दगी अरुकै खास भयो खुसी प्यार भरिदै मनमा बास भयो आँधि हुरि तुफान लाई छल्दै जिवन मुस्कुराउ अब दुख पिडा नास भयो नभन यो जिन्दगी जिउँदो लास भयो।
✍️चेतना पोखरेल , मोरङ
पञ्चाङ्ग ०६
२+२+३, ३+२+२ =१४ अक्षर ———————————————— टाढा टाढा जङ्गल , बेलुकी बास भयो डाका आई चोरेछ , सर्वस्व नाश भयो नहिँडेर नहुने , दुर्गम थियो घर कहाँ केपो भेटिन्छ, भनेर आस भयो घर पुग्ने नपुग्ने , निकै नै त्रास भयो । ———————————————— ✍️गुणनिधि घिमिरे पाँचथर मोरङ हाल अमेरिका
पञ्चाङ्ग ०७
मानवको जिन्दगी त्यसै नै खास भयो भबिस्यको लागि सुन्दर नै आस भयो दुःख पछि सुख आउला भन्ने इच्छामा आज जिन्दगी सडक को नै बास भयो जिउने कला नजान्दा आज नास भयो।
✍️सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग ०८
याे जिन्दगी कुनै बेला कस्तो खास भयो कतै मालिक् हुनै पर्ने कतै दास भयाे जन्मिएर संघर्षमा जुध्नै पर्ने रैछ यसैले त घुम्दै जाँदा कहाँ बास भयाे थाहा हुन्न मरेपछि यही लास भयाे
✍️ताेयानाथ सुवेदी,काठमाडौं
पञ्चाङ्ग ०९
एम.सि.सि.बिषय सर्वत्र खास भयो जताततै हेर् आन्दोलनको बास भयो जनता त चाहँदैनन् नेता लाद्न खोज्छन् थुप्रै कुरा दोहोरो झड्पमा नास भयो जनताको चाहना हेर् ज्यूँदो लास भयो।
अरुण कु.भुजेल ✍️गोरूबथान,कालेबुङ्ग,भारत।
पञ्चाङ्ग १०
ऐले बिश्वभरि नास भयाे के गर्नु काेविडे जता पनि बास भयाे के गर्नु ? श्रमिककाे काम खाेसियाे भाेकै वस्ने भाे अहिले समय नेतालाई खास भयाे के गर्नु सत्यानास हुँदै लास भयाे के गर्नु ?
✍️मधुसूदन प्रसाद घिमिरे, काठमाडौ
पञ्चाङ्ग ११
आफू गयो अरु त उस्लाई खास भयो जिऊँ भने जीवन किन हो नास भयो काबु छैन हृदय जोखिम भैइ जाने सोचेँ आफ्नै हुँदैन कसैको आस भयो आज मेरो जवानी गुफाको बास भयो।
✍️अम्बिका अधिकारी झापा विर्तामोड
पञ्चाङ्ग १२
गर्न खोज्दा सधैं जिन्दगी नास भयो। जिन्दगी हिँड्दा हिँड्दै जिउँदो लास भयो। आफूले सोचे जस्तो जिन्दगी नै नहुँदा, राम्रोसँग फेर्न नसकेको सास भयो। कहिले काँही बीच बाटोको बास भयो।
✍️सुशीला पौडेल , काठमाडौं
पञ्चाङ्ग १३
तिम्रो दिलमा पहिलो माया बास भयो, सुरु सुरुमा खुब चौपट्टै खास भयो । सम्बन्धले पूर्णरूप दिन्छ भन्ने थियो, सोच व्यार्थ रैछ बेकारमा नास भयो, बचाउछु भन्दा त्यहि माया लास भयो।
✍️दुर्गा आचार्य , मोरङ
पञ्चाङ्ग १४
जिऊँ भने जीवन कस्को नै आस भयो हेर्छु रात दिनमा उराठ बास भयो बात मात्र गरेको पाइन्छ जता ततै काम गर्दै जानाले अरुको दास भयो बाँचे पनि जिउँदो नसक्ने लास भयो ।
✍️पद्मा रिजाल , कोहलपुर बाँके
पञ्चाङ्ग १५
जताहेर्यो युवाको क्रान्तिको बास भयो कारक तत्व त्यो एम सिसि खास भयो ईच्छा छैन नचाहिने मात्रै भयो काम नेपालीकै अस्मिताको कत्रो नास भयो निरही जनको सडकमा लास भयो।
✍️दुर्गा भट्टराई , मोरङ
पञ्चाङ्ग १६
जब गयाै छाेडेर जीवन नास भयाे अझै फर्कि अाउँछाै भनेर अास भायाे कुर्दै अाखाँ याेछ्याइ बाटोमा राख्दै यहाँ उता अर्को फेरेर अान्दकाे बास भयाे मराे आज शरीर जिउँदो लास भयाे।
✍️रामराजा के.सी. फर्पिङ, काठमाडौं
पञ्चाङ्ग १७
समय यसै सकियो साथी नाश भयो बेरोजगारी जिन्दगी पनि खास भयो अव्यवस्थित सरकाले देश खान्छ चाप्लुसीमा जीवन काटियो दास भयो घुस्याहाको रहेछ, आम्दानी राश भयो ।
✍️सविता के.सी. काठमाडौं
पञ्चाङ्ग १८
सधैँ आँसु आँसु कहाँ एकनास भयाे? साथ छैनाै प्यारा पीडाकाे त रास भयाे । मातृभूमि छाेड्याै धनै सबैमाथि देखी, चेत्याै हाेला दुख्दा आखिर काे खास भयाे? पराईकाे भूमिमा जवानी नाश भयाे ।
✍️चन्द्रावती अधिकारी
पञ्चाङ्ग १९
जिऊँ भने जीवन कसैको आस भयो हेर्छु रात,दिनमा उराठ बास भयो कुरा मात्र गरेको पाइन्छ जता ततै काम गर्दै जानाले अरुको दास भयो बाँचे पनि जिउँदो नसक्ने लास भयो।
काठमाडौ, ११ माघ । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको १८ औं शृङ्खला शनिबार सम्पन्न भएको छ । अभ्यासमा ७० जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त अभ्यास शृङ्खला नियमित सञ्चालन हुँदै आएको छ।
प्रयोगवादी काव्य प्रविधा टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखन अभ्यासमा पृथकता एवं फरकपन भित्राउने सिलसिला उक्त शृङ्खला सञ्चालन गरिदै आएको समाजका अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
अभ्यासका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको १८औं शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको टुक्का
गर्ने त मन साह्रै थियो, प्रतिपक्षले रोक्यो, समृद्ध नेपाल बनाउने, ताला चाबी बोक्यो । ✍️ वसन्त अनुभव
सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
[१] कुनै दिन पछुताउनेछन् काममा बाधा गर्नेहरू, मुखले चिप्लाे घसीघसी पराइकाे कान भर्नेहरू ।
ताराप्रसाद चापागाईं धुनिबेसी ।
[२] हुँती छैन काम गर्ने, अझैँ छारो हाल, दुई जिब्रे ए नेता ज्यू, जिब्रो काटी फाल ।
वसन्त अनुभव घोराही उपमहानगरपालिका १४, दाङ
[३] हुतिहारा यी नेताहरूको चाला छैन राम्रो, समृद्ध नेपाल बनाउन आफै बने चाम्रो ।
बेदु न्यौपाने काठमाडौ
[४] गर्यौ कामहरु तिमीले निकै त्यस्तै आलोचना मात्र झेल्यौ। सोचविचार गर्नुपर्छ गरेनौ नेताहरुकै खेल खेल्यौ।।
️कबिताहरी सुन्दर हरैंचा नगरपालिका १ मोरङ
[५] समृद्ध नेपाल बनाउनेले दिउँसै रक्सी पिए, देश बेचि खानेहरु छिमेकीका प्यारा भक्त थिए।
पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत” पनौती-३,काभ्रे
[६] आफू सत्तामा पुगेको बेला लाउनु पर्ने कासन, तिमी आफै कमजोर भयौ खुकुलो भयो शासन।
गुणनिधि घिमिरे
[७] देश गिद्धले चोक्टा लुछे झैँ लुछ्दा हेरेर बस्छौ, जनता अगाडी भाषण गर्दा चिप्लो मात्र घस्छौ ।
गोमा गुरागाई इटहरी
[८] समृद्धिका भाषण मात्र गर्ने होइन काम, भ्रष्टाचार र खिचातानी बिकासका नाम ।
राम कुमारी खडका तुल्सिपुर उ न पा १९ दाङ्ग ।
[९] दुवैपट्टिबाट बोल्ने नेता हुन्छ भन्छन् गर्ने त केही होइनन् जून तारा छुन्छन्।
दीपक ठटाल जलन,खरसाङ,दार्जीलिङ।
[१०] अरू दोषी बनाउने पुरानै चलन राजनीतिमा, आफ्नो सत्ता हुँदासम्म देखे पनि बोल्दैनन् बेथितिमा।
म्यामराज राई,भोजपुर हाल- जापान
[११] सवालको जवाफ दिन नसकेपछि बाहाना बनाउँछन्, आफ्ना काला कर्तुत जनता सामु ल्याएर आफै गन्हाउँछन्
अनुग्रह राना मगर ‘पुष्प’ संखुवासभा हाल मलेसिया
[१२] खाने मुखलाई जुँगाले कहाँ छेक्या हुन्छ, राम्रो काम गरे पो त मन मस्तिष्क छुन्छ ।
त्रिलाेचन भण्डारी मेचीनगर झापा
[१३] मलाई जितायौ भने देश स्वर्ग बनाउँला, अरुले नगरेपनि आफ्नैलाई गराउँला।
घनश्याम पौडेल
[१४] दौरा सुरुवाल सिलाई सके मन्त्री बन्ने पक्का, यो राजनितिक च्याखे दाउ हो हानौ चौका छक्का।
नवशिला बेलबारी-२, लालभित्ती,मोरङ ।
[१५] सत्तामा पुग्नलाई खुट्टा ढोग्न आयौ, स्वार्थ पूरा भएपछि त लुक्न लायौ ।
कमला देवकोटा, पाल्पा हाल- बुढानिलकण्ठ काठमाण्डु
[१६] नारा दिने कुरा राम्रो, काम हेर्दा भने चाम्रो ।
रचना शर्मा प्रतीक्षा महालक्ष्मी नपा ४, ललितपुर, नेपाल ।
[१७] चाबी आफ्नै हातमा दिदा, ताला चाबी बिगार्ने, चाबी हरायो भन्दै प्रतिपक्षलाई थोपार्ने ।
धर्मराज पोख्रेल
[१८] अल्छिले त बल्छि हान्छ जाँगरे फाल्छ जाल, कहिले देश बन्ने हैन यी नेताका चाल ।
इन्दिरा देवकोटा कपिलवस्तु न .पा .३
[१९] म नेता हुँ किन गर्नु मैले देश बिकासको सह्राना, राख्दिन्छु म त कार्यकर्ता सामु प्रतिपक्षको बहाना ।
पञ्चाङ्ग साहित्य समाजले साप्ताहिक पञ्चाङ्ग लेखन अभ्यास शृङ्खलाको १५औँ भाग माघ ११ गते सम्पन्न गरेको छ । जसको प्रशिक्षकमा सोमनाथ लुइटेल रवि पाल्पाली र सविता के.सी. रहनुभएको थियो ।
अभ्यासमा क्रममा पाठशालामा राखिएका पञ्चाङ्गहरूको संकलन गर्ने कार्य सोमनाथ लुइटेल रवि पाल्पाली र सविता के.सी.ले गर्नुभएको थियो भने भाषिक शुद्धीकरण सुशीला पौडेल, सविता के.सी. र चन्द्रावती अधिकारीले गर्नुभएको थियो । त्यस्तै कार्यक्रमको सहजीकरण रामराजा के.सी.गर्नुभएको थियो ।
अभ्यासमा ढाले हुन्छ कान्छा,पाले हुन्छ कान्छा, गाले हुन्छ कान्छा , चाले हुन्छ कान्छा , बाले हुन्छ कान्छा, भाले हुन्छ कान्छा, फाले हुन्छ कान्छा, थाले हुन्छ कान्छा, टाले हुन्छ कान्छा जस्ता अनुप्रास र स्थायी दिएर १६ अक्षरमा समपञ्चाङ्ग लेख्न अनुरोध गरिएको थियो ।
अभ्यासका क्रममा ८ जनाले समपञ्चाङ्ग र १५ जनाले पञ्चाङ्ग लेख्नुभएको थियो । जुन यसप्रकार रहेका छन् ।
________________________
समपञ्चाङ्ग ०१
नराम्रो भएको सबै कुरा ढाले हुन्छ कान्छा ढुङ्गा भएनी त्यो मनलाई गाले हुन्छ कान्छा दुश्मन छैनन् कोहि सिकाउनु पर्छ तिमिले सकेसम्म त विकृतिलाई फाले हुन्छ कान्छा अपराधको विरुद्ध कदम चाले हुन्छ कान्छा।
सरकार तिमी हामीले नै थाले हुन्छ कान्छा नेता जति सबैलाई कसै पाले हुन्छ कान्छा जनताको आँखा कहिलेसम्ममा खुल्छ होला नाराजुलुस सडकमा गोटि हाले हुन्छ कान्छा भ्रष्टाचारको विरुद्ध आगो बाले हुन्छ कान्छा।
🇳🇵सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा
समपञ्चाङ्ग ०२
सामाजिक विकृति,कुकार्य फाले हुन्छ कान्छा प्रगति युक्त नयाँ पाइला चाले हुन्छ कान्छा सुन्दर हाम्रोे देश कङ्गाल बनाउनेलाई कुकर्मीको त्यो पर्खाल सारा ढाले हुन्छ कान्छा अब त देशद्रोहीको मुद्दा हाले हुन्छ कान्छा ।
सुनौलो कार्य सारा हामीले थाले हुन्छ कान्छा अन्यायको विरुद्ध कदम चाले हुन्छ कान्छा यहाँ अनेक जालझेल षड्यन्त्र बुनिए अब उठ चेतनाको ज्योति बाले हुन्छ कान्छा भ्रष्टाचारी ती कुकर्मीलाई फाले हुन्छ कान्छा ।
🇳🇵प्रेम थापा , बाग्लुङ
समपञ्चाङ्ग ०३
नयाँ काम शुरू आजैबाट थाले हुन्छ कान्छा नवीन साईतको चिराग बाले हुन्छ कान्छा भोलि भोलि भन्दा भन्दै वर्षौ त्यसै बित्नु भन्दा हिम्मत गरी आजै पाइला चाले हुन्छ कान्छा मनमा भएका डर सबै फाले हुन्छ कान्छा
देखिए भ्वाङ व्यवहारमा टाले हुन्छ कान्छा समस्याको चाँङै चाँङ लागे ढाले हुन्छ कान्छा भाग्नु हुँदैन समस्यामा झन् बल्झिन्छ डराए डरलाई तौली तौली अब फाले हुन्छ कान्छा हिम्मतको खेती गर्न अब थाले हुन्छ कान्छा ।
🇳🇵केशब न्यौपाने बेलकोटगढी नगरपालिका वडा नं ७ महादेव फाँट, नुवाकोट
पञ्चाङ्ग ०१
प्वाल परेकाे त्याे मुटु तिम्रो टाले हुन्छ कान्छा मेराे याद र कल्पना सबै फाले हुन्छ कान्छा बाटाे माेडि सकें मैले अब फर्किन्न म त्यता तिमीले बिर्सने दिन गन्न थाले हुन्छ कान्छा अाफ्नै सुरमा जिन्दगी अब ढाले हुन्छ कान्छा।
🇳🇵रामराजा के.सी. , फर्पिङ ,काठमाडौं
पञ्चाङ्ग ०२
अब देखि त्यो मनको दियो बाले हुन्छ कान्छा, मनमा केही दुबिधा भए फाले हुन्छ कान्छा। जीवन हो कहिलेकाहीँ मनमुटाव हुन्छ, उध्रिएको मन सिलाएर टाले हुन्छ कान्छा। वाधा बन्धन तोडी पाइला चाले हुन्छ कान्छा।।
🇳🇵नारायणप्रसाद निरौला, काठमाडौँ।
पञ्चाङ्ग ०३
नविन कार्य हुँदा आजैदेखि थाले हुन्छ कान्छा नयाँ साईत शुभारम्भ गर्न बाले हुन्छ कान्छा काम धेरै साँच्नु पनि हुदैन भन्छन् नि सबैले त्यसैले हिम्मतिलो भै पाइला चाले हुन्छ कान्छा आफ्नो ईच्छा अनुसार जिन्दगी ढाले हुन्छ कान्छा ।
🇳🇵दुर्गा भट्टराई , मोरङ
पञ्चाङ्ग ०४
घरिघरि दुख्ने मुटु तिम्रो टाले हुन्छ कान्छा हरपल सम्झनाको दियो बाले हुन्छ कान्छा ठगेपनि नियतिले बिर्सिएको छैन मैले आउँदैछु भेट्न दिन गन्न थाले हुन्छ कान्छा दुःखका ती दिन अब टाढा फाले हुन्छ कान्छा
🇳🇵पुष्पा नेपाल(सुवेदी ) , इलाम
पञ्चाङ्ग ०५
पाकेकाे काक्राेकाे अचार त हाले हुन्छ कान्छा । खेति किसानिले वस्तु भाउ पाले हुन्छ कान्छ । इलम गर्ने समयमा चुप नलाग है त शरिरकाे ज्युदाे जागर नि चाले हुन्छ कान्छा । सुकेकाे दाउरा भान्सामा नै बाले हुन्छ कान्छा ।
🇳🇵 मधुसूदन प्र घिमिरे
समपञ्चाङ्ग ०४
तिमीले अब आफ्नु कदम चाले हुन्छ कान्छा, अबदेखि मलाई बिर्सन थाले हुन्छ कान्छा। यदि संगै जीवन बिताउन सकिँदैन् भने, ती याद आउने कुरा सबै फाले हुन्छ कान्छा, फाल्दा भेट्लान अरुले सबै बाले हुन्छ कान्छा।
मेरा कुराले चोटछ भने टाले हुन्छ कान्छा, तिम्रो त्यो कठोर मन अब गाले हुन्छ कान्छा। बाटो अब अलग भैनै सक्यो हामी दुईको, मलाई बिर्सने दिन गन्न थाले हुन्छ कान्छा, तिम्रो जीवन आफ्नै तालमा ढाले हुन्छ कान्छा।
🇳🇵दुर्गा आचार्य , मोरङ
समपञ्चाङ्ग ०५
जाडो धेरै भएको छ आगो बाले हुन्छ कान्छा कुहिएका ठुटा मुडा सबै ढाले हुन्छ कान्छा जोगाई राखेकैहो यही जाडोलाई भनेर साँझ तीनपाने संग खान भाले हुन्छ कान्छा चाडै गर पानी तताउन थाले हुन्छ कान्छा।
बेसार अदुवा पकाउन थाले हुन्छ कान्छा तुलसी गुर्जो निम बारीमा हाले हुन्छ कान्छा सिटामोल सम्म पुर्याउन सक्दैन मेरो देश आयुर्वेदिक ओखतीले ज्यान पाले हुन्छ कान्छा जडीबुटी बनाउन सोच चाले हुन्छ कान्छा।
🇳🇵पद्मा रिजाल ,बाके कोहलपुर
पञ्चाङ्ग ०६
अब हामीले नै सुरु गर्न थाले हुन्छ कान्छा भ्रष्टाचारि नेता हरुलाई चाले हुन्छ कान्छा धेरै भयो राजनिति खेल पनि घीन लाग्ने देशै बेच्ने नेता हरुलाई फाले हुन्छ कान्छा सामान्तबाद जरा देखि नै ढाले हुन्छ कान्छा
🇳🇵चेतना पोखरेल , मोरङ
समपञ्चाङ्ग ०६
भित्री मनमा उज्यालाे दीप बाले हुन्छ कान्छा , आफ्नै गाउँ बस्ती बनाउन थाले हुन्छ कान्छा जवानी र बैँस पाेख्याै कठै! पराई भूमीमा, अब अाफ्नै भूमिमा पाइला चाले हुन्छ कान्छा। पर्देशकाे लाेलुपता अब ढाले हुन्छ कान्छा।
भित्री मनैबाट मेराे नाम फाले हुन्छ कान्छा काेही अरुलाई बसाउन थाले हुन्छ कान्छा । मेरी मुटु मेरी रानी मेरी जिन्दगानी भन्थ्याै , बाटाे माेडेर अन्तै पाईला चाले हुन्छ कान्छा याे विश्वासकाे सगरमाथा ढालेहुन्छ कान्छा।
🇳🇵चन्द्रावती अधिकारी , बाँके कोहलपुर
समपञ्चाङ्ग ०७
आजै देखि तिम्रो कु-विचार फाले हुन्छ कान्छा सके देखि त अाजै सत्कर्म थाले हुन्छ कान्छा मरि लानु केही छैन सु- मार्ग त्यो रोजे हुन्छ प्रगतिको पथमा कदम चाले हुन्छ कान्छा यहाँ परिवर्तनको दीप बाले हुन्छ कान्छा।
सत्कर्म तिमीले अाजै देखि थाले हुन्छ कान्छा पूरा नहुने सारा रहर फाले हुन्छ कान्छा धन सम्पत्ति केही हैन स्वाभिमान हो ठूलो फाटेको मन त्यो विचारले टाले हुन्छ कान्छा चेतनाको दीप त हजुर बाले हुन्छ कान्छा।
🇳🇵निर्मला सुवेदी “जिज्ञासु”,बागलुङ।
पञ्चाङ्ग ०७
कलम समाइ अब लेख्न थाले हुन्छ कान्छा अन्याय र सामन्तीको काँडा फाले हुन्छ कान्छा सल्कन्छ दनदन क्रन्तीको ज्वाला त मनमा समाजको निमित्त कदम चाले हुन्छ कान्छा अत्याचारीको वोटलाई नै ढाले हुन्छ कान्छा।
🇳🇵सरिता काफले , बाँके कोहलपुर
समपञ्चाङ्ग ०७
घरका प्वाल परेका भित्ता टाले हुन्छ कान्छा। नराम्रा कुरा भए जति सबै ढाले हुन्छ कान्छा। जिन्दगीमा उतार चढाव आउँदो रहेछ, यस्ता उतार चढाव जति फाले हुन्छ कान्छा। राम्रो कार्यको लागि कदम चाले हुन्छ कान्छा।
हामीले अघि बढ्न पाइला चाले हुन्छ कान्छा। हाम्रा भएका दुश्मन जति ढाले हुन्छ कान्छा। अगाडी बढ्नेको खुट्टा तान्ने काम हुन्छ सधैं, कुकार्य गर्नेलाई पछाडी फाले हुन्छ कान्छा। केही गर्छु भन्नेलाई सधैं पाले हुन्छ कान्छा।
🇳🇵सुशीला पौडेल , काठमाडौं
पञ्चाङ्ग ०८
समाज मेरो बिगार्ने तत्व फाले हुन्छ कान्छा । उखेल्न जरा पाइला आजै चाले हुन्छ कान्छा । हैकमवाद त्यो तानाशाह जलाऊ मिलेर , विकृति सारा सदाको निम्ति टाले हुन्छ कान्छा । सङ्कोच जति विशाल खम्बा ढाले हुन्छ कान्छा ।
🇳🇵आर्त अकुलीन, कैलाली
पञ्चाङ्ग ०९
तिम्राे चाला बुझि सकें गाेटी चाले हुन्छ कान्छा मन भित्र प्वाल भए टालाे हाले हुन्छ कान्छा धेरै दिन टिक् दिन्न कुकर्मकाे खेल रैछ रिस राग द्वेश भए भित्रै गाले हुन्छ कान्छा आफ्ना मान्छे भए मुद्दा दिन थाले हुन्छ कान्छा
🇳🇵सुरेश चन्द्र घिमिरे, लमजुङ
पञ्चाङ्ग १०
प्रगतीको लागि त पाइला चाले हुन्छ कान्छा। खराब काम गर्ने जो कोही ढाले हुन्छ कान्छा। जिन्दगीमा रिस र डाह गर्ने धेरै मान्छे छन्, नराम्रो व्यक्ति सदाको लागि फाले हुन्छ कान्छा। राम्रोलाई त सदाको लागि पाले हुन्छ कान्छा।
🇳🇵ह्यारिस ह्यारिसन काठमाडौं
पञ्चाङ्ग ११
अब त तिमीले गाईवस्तु पाले हुन्छ कान्छा, ती मलहरू जति बारीमा फाले हुन्छ कान्छा। खाँडी मुलुक ताकी सबै किन त्यतै जान्छौ र? रगत पसिना यै माटोमा गाले हुन्छ कान्छा, आफ्नै राष्ट्रमा उद्योग धन्दा थाले हुन्छ कान्छा।
🇳🇪अरुण कुमार भुजेल
गोरूबथान,कालेबुङ्ग,भारत।
पञ्चाङ्ग १२
राम्रो काम गर्न आजबाट थाले हुन्छ कान्छा चेतनाको दियो समाजमा बाले हुन्छ कान्छा जन्मिए पछि एक्दिन मर्नु पर्छ के छ लानु अंहम घमण्ड मन देखी फाले हुन्छ कान्छा परिश्रम गरि अभाव त्यो टाले हुन्छ कान्छा ।
🇳🇵तारा घिमिरे संखुवासभा
पञ्चाङ्ग १३
साँझ पर्यो त रिमिक्क बत्ती बाले हुन्छ कान्छा भित्र पसेर भान्सामा गर्न थाले हुन्छ कान्छा आज जाडोमा पाहुना सत्कार गर्न पर्नेछ पिरो चाहिँ अलि कडा कडै हाले हुन्छ कान्छा
टुक्रा टाक्री हरू भरे भरे फाले हुन्छ कान्छा
🇳🇵गुणनिधि घिमिरे पाँचथर मोरङ हाल अमेरिका
पञ्चाङ्ग १४
वर्षाको भेल उर्लेर आयो थाले हुन्छ कान्छा बोलीमा हाँसो, मनमा लड्डु पाले हुन्छ कान्छा दुई हात भए मेल बजाउँदा भयो ताली आँटमा बाँच्ने, द्विविधा भए फाले हुन्छ कान्छा जीवनको पाइला हो, अब चाले हुन्छ कान्छा ।
🇳🇵सविता के.सी., काठमाडौँ ।
पञ्चाङ्ग १५
कुनै पनि कर्म गर्न छिटै थाले हुन्छ कान्छा दुःख सुख जे जे पर्छ ऐले फाले हुन्छ कान्छा अाँट मात्रै गर तिमी असम्भव केही छैन भाेलि भन्ने हैन अाजै प्राेसेस् चाले हुन्छ कान्छा समस्याका दुला सबै राम्रो टाले हुन्छ कान्छा
नेपालको जनसंख्या वृद्धिदर पछिल्लो ८० वर्षमै कम भएको छ।
बुधबार केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको २०७८ को जनगणनाको प्रारम्भिक नतिजामा नेपालको पछिल्लो जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० छ। यो २०६८ सालको तुलनामा झन्डै २७ लाख बढी हो।
नेपालको जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत छ। यो सन् १९९८पछिको सबैभन्दा न्यून हो।
१९९८ देखिपछिका सबै जनगणनामा नेपालको जनसंख्याको बढेको छ। वृद्धिदर १ प्रतिशतभन्दा कम भएको यसैपालि हो।
नेपालमा पुरूषभन्दा ६ लाख बढी महिला रहेको प्रारम्भिक परिणाममा देखिएको छ।
नेपालमा अहिले पुरूषको संख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ छ भने महिलाको संख्या १ करोड ४९ लाख १हजार १ सय ६९ छ।
हिमालय एअरलाइन्स नेपालमै पहिलो पटक आइएसओ ९००१ः२०१५ गुणस्तरीय व्यवस्थापन प्रणालीबाट प्रमाणीकरण हुन सफल भएको छ।
एअरलाइन्सलाई सोको स्तरीय व्यवस्थापन प्रणाली, जुन आइएसओ ९००१ः२०१५ का मापदण्डअनुरुप व्यवस्थित भएकै कारण आइएसओ ९००१ः२०१५ बाट प्रमाणीकरण गर्दै गत डिसेम्बर २९, २०२१ मै सम्मानित गरिएको थियो।
एअरलाइन्सले हवाई यात्रा गर्ने यात्रुहरू तथा हवाई परिवहनसम्बन्धी स्तरीय सेवा र उड्डयन क्षेत्रसँग सम्बन्धित विविध तालिम लगायतका गुणस्तरीय सेवा प्रणाली व्यसवस्था गरेबापत उक्त प्रमाणीकरण प्राप्त गरेको जनाएको छ।
एअरलाइन्सले अगस्ट २०२० मा हवाई जहाज मर्मत-सम्भार तथा उड्डयनसम्बन्धी इन्जिनियरिङ सेवाबापत आइएसओबाट प्रमाणीकरण हुने अवसर पाएको थियो।
आइएसओ ९००१ः२०१५ प्रमाण-पत्र नं १२००५७/ए/०००१/युके/इएन संयुक्त अधिराज्य स्थित ‘युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स’ र ‘युनाइटेड किङडम एक्रिडिटेसन सर्भिसद्वारा हिमालय एअरलाइन्सलाई प्रदान गरिएको थियो। सामूहिक प्रयासले उत्कृष्ट प्रतिफल सहित आइएसओ प्रमाणीकरण पाएको हिमालय एअरलाइन्सका अध्यक्ष झो एन्योङ्गले बताए।
सन् २०१४ अगस्टमा स्थापित हिमालय एअरलाइन्स अन्तर्राष्ट्रिय उडान सेवा उपलब्ध गराउँदै आएको निजी वायुसेवा कम्पनी हो। एउटा विमान र एउटा गन्तव्यबाट संचालन सुरू गरेको एअरलाइन्सले छोटो अन्तरालमै चारवटा जहाज कायम गर्न र सातवटा गन्तव्य स्थानमा उडान भर्ने क्षमता विकास गरेको छ।
एअरलाइन्सले आफ्नो पहिलो उडान मे ३१, २०१६ मा कतारको दोहाको लागि भरेको थियो र तत्पश्चात विभिन्न एशियाली मुलुकहरुमा आफ्नो सञ्जाल विस्तार गरेको छ जस्तैः युएई, मलेशिया, साउदी अरेबिया, बंगलादेश र चीन। अहिले हिमालय एअरलाइन्सले अबुधाबी, दमाम, ढाका, दोहा, दुबई, क्वालालम्पुर र रियाधमा उडान सेवा भर्दै आएको छ।
हिमालय एअरलाइन्सले अहिले १८० इकोनोमी क्लास सिट भएका तीन एअरबस् ३२०–२१४ सिरिज र एक एअरबस् ३१९–११५ एअरक्राफ्टले सेवा उपलब्ध गराउँदै आएको छ। निकट भविष्यमा एअरलाइन्सको ल्हासा लगायत दक्षिण एशियाको अन्य प्रमुख सहरहरूमा सेवा सञ्चालन गर्ने योजना छ।