• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: Uncategorized

आजदेखि मदिरा र चुरोट आयातमा प्रतिवन्ध

  • १ श्रावण २०७९, आईतवार ११:०० मा प्रकाशित
  • काठमाडौं । आजदेखि सबै प्रकारका तयारी मदिरा र चुरोट तथा सूर्तिजन्य वस्तु आयातमा प्रतिवन्ध लागेको छ।

    सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा वैशाख १३ गतेदेखि आयातमा लगाएको प्रतिबन्धलाई परिमार्जन गर्दै तयारी मदिरा र चुरोट आयातामा प्रवितन्ध लगाएको हो ।

    त्यस्तै १५० सीसीमाथिको मोटरसाइकल तथा स्कुटर, गाडीको साथै सबै किसिमका कुकुरे, कुर्मुरे जस्ता खाध्य बस्तु, ३२ इन्च माथिका टेलिभिजन, हिरा, ३०० डलर माथिका मोवाइल फोन, तास र सबै प्रकारका खेलौना आयातमा प्रतिबन्ध लगाएको हो।

    Posted in UncategorizedLeave a Comment on आजदेखि मदिरा र चुरोट आयातमा प्रतिवन्ध

    भानु जयन्ती तथा गुरुपूर्णिमा विशेष पञ्चाङ्ग चित्रपट शृङ्खला सम्पन्न

  • ३१ असार २०७९, शुक्रबार ०७:३९ मा प्रकाशित
  • पञ्चाङ्ग चित्रपट
    ========

    पञ्चाङ्ग चित्रपट भाग:-१
    लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०२
    मिति: २०७९/०३/२९

    प्रशिक्षक :
    ————
    सुशीला पौडेल

    (भानु जयन्ती र गुरु पुर्णिामा विशेष)

    चित्र संकलक साथै शुद्धीकरण
    ————–
    सोमनाथ लुइटेल

    समायोजन
    ————-
    दुर्गा रिजाल आचार्य

    आदरणीय पञ्चाङ्गका अनुरागी  एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू
    हार्दिक नमस्कार 🙏
             यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन मौलिक भाव झल्किने  गुरु पुर्णिामा विशेष एक र भानु  जयन्ती विशेष एक मात्र चित्रपट पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं  ।
           नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा  नाम ठेगाना सहित राख्नु हुन अनुरोध गर्दछौ।(आज विशेष दिन भएकोले भोलिको चित्रपट आज राखिएको छ)

    पञ्चाङ्ग चित्रपट

    चित्रपट पञ्चाङ्ग   ०१
    भानुभक्त  बिद्वान भएर  बुझेनन् घासिका कुरा लाई
    सोंचि बिचारी गरिकन निभाए काम त्यो अधुरा लाई
    लेखे  कबिता  उल्थागरे  रामायण  देशै भरि पुर्याए
    अाफ्नो काव्य  रचनाको पहुँचले ढालिदिए सुरा लाई
    अाज  गुरु  पुर्णीमाको  शुभकामना  गर्दछु  पूरा लाई

    मल्ल लक्ष्मी श्रेष्ट, मेची किनार
    बिर्तामोड झापा

    चित्रपट पञ्चाङ्ग  ०२
    दुनियाँका मन भित्र आजसम्म बाँचेका छौ
    रामायण ग्रन्थ कृति घरैपिच्छे टाँसेका छौ
    छन्दबद्ध जनजिभ्रो सबैले नै रुचाउने
    संसारमा आफनो माया युगौंयुग साँचेका छौ
    शुभकामना छ भानु संसारमै हाँसेका छौ ॥

    गुणनिधि घिमिरे खान्द्रोङ्ग पाँचथर
    उर्लाबारी मोरङ हाल अमेरिका

    चित्रपट पञ्चाङ्ग   ०३
    राजा पनि गुरुको पाउ पर्न जान्नु पर्छ
    गुरुले भनेको साच्चै  सदैव मान्नु पर्छ
    शिक्षादीक्षा दिने गुरु बाहेक छैन कोहि
    असल गुरुलाई  आफैले नै छान्नु पर्छ
    गुरुलाई   शिष्यको हृदयले तान्नु पर्छ।

    सोमनाथ लुइटेल

    चित्रपट पञ्चाङ्ग   ०४
    गुरुले आशिष दिएर जानु भो
    दुःखेको हृदय सिएर जानु भो
    गुरु पूर्णिमाको शुभकामना छ
    मेरो अज्ञानता लिएर जानु भो
    गुरूवर पानी पिएर जानु भो।
    ०२
    साहित्यमा कलम चलाए भानुभक्तले
    नेपाली भाषालाई बनाए भानुभक्तले
    उहाँको सम्झना शुभकामना व्यक्त
    गर्दै
    रामायण लेखेर कमाए भानुभक्तले
    छन्दलाई परिचय गराए भानुभक्तले।

    सुशीला पौडेल, काठमाडौं ।

    चित्रपट पञ्चाङ्ग   ०५ (भानुजयन्ती विशेष)
    ज्ञानका कुरा सिकाएर गए भानुभक्तले
    साहित्यलाई चिनाएर गए भानुभक्तले
    भानु जयन्तीको शुभकामना छ सबैलाई
    नेपाली भाषा मिलाएर गए भानुभक्तले
    आफूलाई नै जिताएर गए भानुभक्तले।

    ह्यारिश ह्यारिशन

    चित्रपट पञ्चाङ्ग   ०६
    १
    आखिरीमा माम ठुलो ।
    भानु तिम्रो नाम ठुलो ।
    घाँसी जस्तै सोच राखी,
    गरेपछि काम ठुलो ।
    बुझेपछि राम ठुलो ।
    २
    शब्द कला भर्न सिकौँ ।
    माटो माझ मर्न सिकौँ ।
    कला भाषा संरक्षण,
    भानुले झैँ गर्न सिकौँ ।
    सुवास त्यो छर्न सिकौँ ।

    – आर्त अकुलीन, कैलाली

    चित्रपट पञ्चाङ्ग   ०७
    १.
    गनेपाली भाषामा रामकाे कथा चलाए भानुभक्तले
    नेपाली रामायण लेख्ने कुरा बताए भानुभक्तले
    आज भानुभक्त रामायण प्रचलित भएकाे यहाँ
    हिन्दी रामायणकाे प्रचलन हटाए भानुभक्तले
    सबै नेपाली नै भाषामा लेख्न लगाए भानुभक्तले
    २.
    आँखा उघार्ने अक्षर बताउने गुरु न‌ै हुन्
    र मान्छेलाई विद्वान बनाउने गुरु नै हुन्
    गुरु बिना विद्याकाे कल्पना पनि कहाँ हाेला
    विद्या दिंदै अन्धकार हटाउने गुरु नै हुन्
    बच्चाकाे हातले लेख्न लगाउने गुरु नै हुन्

                             नवराज भट्ट
                         महेन्द्रनगर, कञ्चनपुर

    चित्रपट पञ्चाङ्ग    ०८
    १
    पूजा गर्न अघि अघि  सरौँ है गुरुको
    सधैभरि भर हामी परौँ है गुरुको
    गुरुलाई माता पिता समान मानेर
      आशा र भरोसा पनि गरौँ है गुरुको
    सेवामा लाग्दा लाग्दै नै मरौँ है गुरुको ।
    २
    भाषामा सीप चलाए भानुले
    अक्षरको खेती फलाए  भानुले
    साहित्यलाई फैलाएर सजिलै
    उज्यालो ज्योति बलाए भानुले
    अज्ञानता नै ढलाए भानुले।

    सुशीला ढकाल अधिकारी

    चित्रपट पञ्चाङ्ग    ०९
    साहित्यका  धरोहर  राम्रा  पात्र  भानु
    नेपाली भाषाका ज्ञाता हाम्रा पात्र भानु
    विश्वमा नेपाली लिपि चिनु  श्री  गणेश
    सहजकर्ता  जनका  ताम्रा  पात्र  भानु
    डोको बुन्न साथ दिने काम्रा पात्र भानु ।।

    जमुना आचार्य
    सिन्धुपाल्चोक

    चित्रपट पञ्चाङ्ग   १०
    संस्कृतिमा शिक्षा दीक्षा लिई ज्ञानी भयाै
    घाँसीबाट राम्रो अर्ती पिई ज्ञानी भयाै
    चुँदी रम्घा तनहुँमा जन्मी आयाै भानु
    रामायण उपहार दिई ज्ञानी भयाै
    आदिकवि भन्ने पद सिई ज्ञानी भयाै

    ताेयानाथ सुवेदी
    काँडाघारी,काठमाडौं

    चित्रपट पञ्चाङ्ग   ११
    १
    गुरुको चरण पर्छु म।
    उहाँकै भर नै गर्छु म।
    गुरु बिना हुँदैन केही,
    गुरुको शिक्षा हर्छु म।
    ज्ञानको समुन्द्र तर्छु म।
    २
    ज्ञानका खानी भानुभक्त।
    आँखाको नानी भानुभक्त।
    साहित्य विकास गर्न
    लाग्ने ज्ञानी भानुभक्त।
    सबैको मानी भानुभक्त।

    अनुप आचार्य

    चित्रपट पञ्चाङ्ग   १२
    १
    भानु तिम्रो जन्म रम्घा गाउँमा
    रामायण चिन्ने उनकै नाउँमा
    घाँसीबाट अर्ती पाई तिमीले
    रामायण उल्था भो यो ठाउँमा
    अर्ती  उनलाई पार्यो पाउँमा।
    २
    गुरु माता हुन
    गुरु ज्ञाता हून
    सबैले मान गरौँ
    गुरु दाता हुन
    गुरु खाता हुन ।

    सुमित्रा पोखरेल काठमाडौं

    Posted in Uncategorized, ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on भानु जयन्ती तथा गुरुपूर्णिमा विशेष पञ्चाङ्ग चित्रपट शृङ्खला सम्पन्न

    जसलाई वेश्यालयबाट छुटाएर प्रेमिका बनाए, उनैले ‘सुपारी’ दिएर हत्या गर्न लगाइन्

  • २५ असार २०७९, शनिबार १४:५१ मा प्रकाशित
  • गत असारको १२ गते झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ७ साहसी टोल नजिकै रहेको खेतमा पानी पठाउनका लागि राखिएको ह्युम पाइपभित्र बोरामा बाँधेर फालिएको अवस्थामा एउटा शव भेटियो । साँझ ६ बजेको समयमा प्रहरीलाई जानकारी आएलगत्तै बिर्तामोडबाट गएको प्रहरी टोली घटनास्थलमा पुग्यो । पानीले आधा डुबेको अवस्थामा रहेको उक्त बोरा बाहिर तानेर खोलेर हेर्दा त्यहाँ एक पुरुषको शव रहेको देखियो । अनुहारमा घाउचोट जस्तो देखिने उक्त शवसँग पहिचान खुल्ने कुनै कागजात वा प्रमाण थिएन । मृतकको शरीरभरि नै रौं थियो र जुङ्गा पालेको थियो, दाह्री भने काटिएको थियो
    शव भेटिएपनि शवको पहिचान खुल्ने कुनै कागजात प्रहरीसँग थिएन । एउटा गुलाबी छिर्केमिर्के सर्ट र सेतो धर्का भएको ट्राउजर बाहेक प्रमाण लाग्ने वा सनाखत हुने अन्य कुनै कुराहरू थिएन । घटनास्थल वरपर कुनै व्यक्ति हराएको सूचना नआएको कारण तत्काल शव कसको हो भन्ने पहिचान खुल्न सकेन । प्रहरीले असार १३ गते नै अज्ञात व्यक्तिको शव भेटिएको बारे प्रेस विज्ञप्ति पठाएपछि त्यो समाचार सबैजसो सञ्चारमाध्यममा प्रकाशित भयो । यता प्रहरीले शवसँगै बरामद गरेको बोराबाट अनुसन्धान सुरु गर्‍यो । मृतकको शव राख्न जुन बोरा प्रयोग भएको थियो, त्यो मुरई कम्पनीको बोरा थियो । उक्त बोरामा फोन नम्बरहरू पनि थियो । प्रहरीले अनुसन्धानको सुरुवात बोराबाटै सुरु गर्‍यो । त्यो बोरा कहाँ बनाउँछ भनेर त्यसको फ्याक्ट्री खोज्यो, मुरई कहाँ कहाँसम्म पुराउँछ भनेर त्यो पनि खोज्यो । त्यसका होलसेलर र रिटेलर को को छन् भनेर पनि अनुसन्धान गर्‍यो । प्रहरीले प्राविधिक पक्षबाट पनि घटनाको अनुसन्धान गर्‍यो । तर पनि मृतक र घटनामा संलग्नबारे कुनै जानकारी पाउन सकेन । प्रहरीको अनुसन्धान मृतकको पहिचान खोज्नमै केन्द्रीत रह्यो ।
    बोरामा पोको पारेर फालिएको शवको बारेमा सञ्चारमाध्यममा समाचार आएपछि झापाकै एक व्यक्तिले बिर्तामोडका डीएसपीलाई फोन गरेर एकजना भारतीय नागरिक केही दिनदेखि सम्पर्कविहीन भएको र कतै ती मृतक तिनै भारतीय पो हुन् किन भनेर चासो राखे । प्रहरीले ती व्यक्तिको नाम र फोटो छ भनेर सोधे । सूचना दिने व्यक्तिले ती व्यक्तिको नाम जापडिया नरेशकुमार बाबुभाइ रहेको भन्दै नामसहितको आधार कार्ड र फोटो पठाइदिए । प्रहरीलाई प्राप्त फोटोमा देखिएको जुँगाको आधारमा प्रहरीलाई मृतक र हराइरहेका व्यक्ति एकै हुन् भन्नका कुनै समस्या रहेन ।
    फोटोसँगै ती व्यक्तिको झापाकै अर्जुनधारामा एक गर्लफ्रेण्ड पनि रहेको र गर्लफ्रेण्डको नाम जानुका रहेको सुराक दिए । अनि जानुकाको माइतीको थर थाहा नभएको तर थापासँग विवाह गरी बसेको जानकारी आएपछि प्रहरीले जानुका भन्ने पात्रको खोजी सुरु गर्‍यो ।

    सुरुमा शव भेटिएको वरपर जानुकाको खोजी गरेको प्रहरीले त्यसक्षेत्रमा जानुका नाम गरेको व्यक्ति र घटनामा संलग्नता खोज्न सकेन । त्यसपछि प्रहरीले झापाको जानुका थापा भन्ने व्यक्तिको फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालको खोजी गर्‍यो । त्यसलगत्तै जानुका सुवेदी थापा भेटिइन् । तर प्रहरीसँग जानुकाको मोबाइल नम्बर थिएन । त्यसपछि प्रहरीले विभिन्न स्रोत प्रयोग गरेर जानुकाको मोबाइल नम्बर प्राप्त गर्‍यो ।
    सुरुमा शव भेटिएको वरपर जानुकाको खोजी गरेको प्रहरीले त्यसक्षेत्रमा जानुका नाम गरेको व्यक्ति र घटनामा संलग्नता खोज्न सकेन । त्यसपछि प्रहरीले झापाको जानुका थापा भन्ने व्यक्तिको फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालको खोजी गर्‍यो । त्यसलगत्तै जानुका सुवेदी थापा भेटिइन् । तर प्रहरीसँग जानुकाको मोबाइल नम्बर थिएन । त्यसपछि प्रहरीले विभिन्न स्रोत प्रयोग गरेर जानुकाको मोबाइल नम्बर प्राप्त गर्‍यो ।
    फोन नम्बर पाएलगत्तै असार १८ गते डिएसपी रुगम कुँवर आफैले जानुकालाई फोन गरेर आफू बिर्तामोडको डिएसपी बोलेको, तपाईंसँग केही कुरा गर्नुछ भने । आफू डिएसपी भन्ने बित्तिकै जानुकाले फोन काटिन् र मोबाइल अफ गरिन् । त्यसलगत्तै प्रहरीलाई हत्यामा उनकै संलग्नता भएको हुनसक्ने शंका झनै बढ्यो । प्रहरीले जानुकालाई सम्पर्क गरिरह्यो । तर करिब आधा घण्टासम्म जानुकाले मोबाइलको स्वीच अन गरिनन् । पछि मोबाइल अन गरेपछि प्रहरीले फेरि सम्पर्क गरेर ‘तपाईं कहाँ हुनुहुन्छ, म त्यहीँ आउँछु । नत्र हतकडी लगाएर ल्याउन नपरोस्’ भनेपछि जानुकाले प्रहरीलाई आफ्नै घरमा बोलाइन् ।

    डिएसपी कुँवर आफै जानुकाको घरमा गए र जानेबित्तिकै जानुकाको मोबाइल मागेर हेरे । तर जानुकाले मोबाइल फम्र्याट गरिसकेकी थिइन् । त्यहाँ रहेका फोटोहरू सबै डिलिट भइसकेको थियो भने ह्वाट्सएप पनि प्रयोग गरिएको थिएन । तर जानुकाको मोबाइलमा दुईवटा फोटो भने भेटियो । दुईमध्ये एउटा फोटो बोरामा प्याक गरिएको जापडियाको शवको फोटो थियो भने दोस्रो फोटो अर्जुनधारामा बोरामा प्याक गरिएको अवस्थामा भेटिएको पहिचान नखुलेको शवको सम्बन्धमा आएको समाचारको स्क्रिन सट थियो ।

    त्यसपछि प्रहरीले घरभित्रका कोठाहरू हेर्न थाले । एउटा कोठामा नयाँ कार्पेट, नयाँ तन्ना आदि राखिएको देखियो । त्यही बेला कोठामा आएका एक बालकलाई कार्पेट, तन्ना कहिले फेरेका भनेर सोध्दा तीनचार दिनअघि फेरेको जवाफ दिए । अनि कोठाको कुनातिर कपुर नै कपुर राखिएको देखियो । नयाँ कार्पेट, नयाँ तन्ना, कपुर आदि सबै देखेपछि प्रहरीलाई यकिन भयो कि हत्या त्यही कोठामा भएको थियो । हत्या हुँदा निस्किएको रगतको गन्ध हटाउन कपुर प्रयोग गरिएको र रगत लागेको कारण नयाँ तन्ना र कार्पेट फेरिएको बुझ्न प्रहरीलाई गाह्रो परेन । त्यसलगत्तै प्रहरीले बाहिर रहेका जानुकाका श्रीमान्लाई पनि घरमा बोलाए र दुबै जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा ल्याए ।

    अनि सुरु भयो विस्तृत सोधपुछ

    इलाका प्रहरी कार्यालय ल्याउनेबित्तिकै जानुकाका श्रीमान ४९ वर्षीय वृखबहादुर थापालाई हिरासतमा पठाएर जानुकालाई मात्रै सोधपुछ सुरु गरियो । तर महिलाले एक घण्टासम्म घटनामा संलग्नता नरेको बताइरहिन् । बरु ती भारतीयसँग अर्को मान्छे पनि आएको र उनीहरू असार ९ गते नै घरबाट निस्किएको भन्दै घटनाबारे केही कुरा थाहा नभएको बताइरहिन् ।

    तर प्रहरीले घटनामा संलग्नताको आधार एकपछि अर्को बताउँदै घरमा नयाँ कार्पेट, कपुर आदिको सबै कुरा निकालेपछि करिब एक घण्टापछि बल्ल आँशु झार्दै ‘मैले पनि होइन र मेरो लोग्नेले पनि होइन, दुई जना केटाहरूले मारेका हुन्’ भनेर स्वीकार गरिन् ।

    ‘को हुन् ती केटाहरू ?’ भनेर सोध्दा जानुकाले सुरेश परियार र शैलेश सापकोटाको नाम लिइन् । तर केटाहरूले किन मारे त भन्दा मलाई यौन दुव्र्यवहार गर्‍यो त्यो पनि मेरो लोग्ने कै अगाडि त्यही भएर मार्ने योजना बनाएको भनेर जानुकाले प्रहरीलाई बयान दिइन् । साथै उनले ५ लाख दिने शर्तमा मार्न लगाएको खुलाइन् । शैलेश जानुकाको भदा थिए भने सुरेश परियार सुपारी दिइएका एक हत्यारा थिए
    वेश्यालयदेखि हत्यासम्मको शृङ्खला

    झापाको अर्जुनधारा नगरपालिका–७ साहसी टोलमा भेटिएको भारतीय नागरिक जापडियाको हत्याको कारण गुजरातकै एक वेश्यालय थियो । वेश्लायमै भएको भेट प्रेम हुँदै हत्यासम्म पुगेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    जानुका थापा २०७६ को मङ्सिर÷पुस महिनामा अफ्रिका जाने भन्दै नेपालका केही दलालहरूका साथ नयाँ दिल्ली पुगेकी थिइन् । तर अफ्रिका नलगेर दिल्लीमा करिब दुई महिना राखेपछि जानुकालाई दलालले गुजरातको वेश्यालयमा पुर्यायो ।

    गुजरातकै स्थायी बासिन्दा जापाडिया नरेश कुमार बाबु भाइ उक्त वेश्यालयमा पुग्दा जानुकासँग भेट भयो । जानुकाले आफूलाई फसाएर कसैले यहाँ ल्याएको बताएपछि जापडियाले जानुकालाई त्यहाँबाट उद्धार गरेर गुजरातमै एउटा फ्ल्याटमा लिएर राखे । गुजरातमै करिब डेढ महिना फ्ल्याटमा राखेपछि जानुकाले जापडियालाई फकाएर नेपाल जाने र सम्बन्धमा रहिरहने बताइन् ।

    जानुकाको प्रेममा डुबेका जापडियाले जानुकाको प्रस्ताव स्वीकार गरे र जानुकालाई नेपाल पठाउन तयार भए । तर जानुकासँग खर्च पनि नभएको र बाटो पनि थाहा नभएको कारण जापडिया पहिलोपटक जानुकालाई पुर्याउन काकडभित्तासम्म आए । त्यसपछि उनी फर्किए ।

    जापडिया गुजरात फर्किएपछि पनि जानुकासँग फोन र ह्वाट्सएपमा निरन्तर कुराकानी भइरह्यो । जानुकाको प्रेममा चुर्लुम्म डुबेका जापडिया जानुकालाई भेट्न बेला बेला झापा आइरहे । त्यसबाहेक जानुका विराटनगरमा रहेका आफन्तकोमा जाने र जापडिया पनि बिराटनगर आएर जानुकासँग भेटघाट तथा बसोबास गर्न थाले । जापडियाले जानुका, जानुकाका बालबच्चा लगायतका लागि कपडा तथा खर्च दिइरहन्थे ।जानुकाकै कारण जापडियाकी श्रीमतीले गरेकी थिइन् आत्महत्या

    जापडिया गुजरातकै करसम्बन्धी काम गर्ने कार्यालयमा काम गर्थे । उनको आम्दानी पनि राम्रै थियो । तर जब जानुकासँग प्रेम सम्बन्धमा परे, तब घरमा खर्च पनि कम दिन थाले । जानुकासँग सम्बन्धमा रहेको कुरा जापडियाको श्रीमतीले थाहा पाइन् । दुईवटा बालबच्चासमेत भइसकेका जापडियाकी श्रीमतीले उनलाई जानुकासँगको सम्बन्ध तोड्न र घर परिवार नबिगार्न पटकपटक आग्रह गरिन् । तर जापडियाले नमानेपछि उनकी श्रीमतीले आफ्नो शरीरमा मट्टितेल खनाएर आगो लगाएर आत्महत्या गरिन् ।

    जापडियाको श्रीमतीले आत्महत्या गरेपछि जानुका र जापडियाको सम्बन्ध झनै प्रगाढ बन्न थाल्यो । जापडियाले जति कमाउँथे, अधिकांश पैसा जानुकालाई नै पठाउन थाले । जापडियासँग सुरुमा के सहमति भएको थियो भनेर जानुकाले प्रहरीलाई बताएकी छैनन् । तर पछिल्लो समय जापडियाले जानुकालाई आफूसँग विवाह गर्न दबाब दिन थालेका थिए ।

    लोग्ने छाडेर आफूसँग विवाह गरी बस्न जापडियाले बारम्बार दबाव दिइरहे । जानुकाले भने विवाह गर्न मानिनन् । जापडियासँग त पैसा फुत्काउन मात्रै प्रेम गरेकी थिइन्, जानुकाले । अनि जब जानुकाले विवाह गरेर जान मानिनन्, त्यसपछि जापडियाले अहिलेसम्म दिएको पैसा फिर्ता माग्न थाले । त्यसपछि दुई बीच तनाव सुरु भयो । अब जापडियाले कुनै हालतमा नछाड्ने भएपछि जापडियालाई मारेर उन्मुक्ति लिने र रकम फिर्ता नगर्ने जानुका र उनको श्रीमान् लगायतले योजना बनाए ।

    हुन त जानुकाका श्रीमान बृखबहादुर थापालाई पनि जानुका र जापडियाको सम्बन्धबारे थाहा थियो । तर जापडियाले पैसा दिइरहेका कारण उनी चुपचाप थिए । वृखको सानो इलेक्ट्रिक पसल भएको कारण उनी बिहानै पसल गएर बेलुका ८ बजेतिर मात्रे घर फर्किन्थे । जापडिया नेपाल आएको बेलामा जानुकाकै घरमा दुईजनालाई छाडेर वृख पसलमा जान्थे र बेलुकामात्रै फर्किन्थे ।
    जानुकालाई भेट्न आउने क्रममा नै जापडिया एकपटक पक्राउ परेका थिए । अनुमति नलिई ५९ हजार भारतीय रुपैयाँ बोकेर आएको कसुरमा इलाका प्रहरी कार्यालय रानीले २०७९ वैशाख ४ गते पक्राउ गरेको थियो । पक्राउपछि जापडियालाई विराटनगरको रानी भन्सार कार्यालयमा बुझाएपछि त्यहाँबाट आन्तरिक राजश्व कार्यालय इटहरीमा अनुसन्धानका लागि पठाइएको थियो । त्यहाँ दुई लाख ८० हजार रुपैयाँ धरौटी राखेर जापडिया छुटेका थिए ।

    मुद्दाको सिलसिलामा जापडिया नेपाल आइरहनुपथ्र्यो र नेपाल आउँदा उनी जानुकाकै घरमा बस्थे । गत असार ९ गते पनि जापडियाको मुद्दाको तारेख थियो इटहरीमा । त्यो तारेख लिनका लागि जापडिया असार ७ गते नै आएर जानुकाको घरमा आइपुगेका थिए । ७ गते र ८ गते जापडिया जानुकाको घरमै बसी असार ९ गते बिहानै इटहरी गएका थिए । इटहरीमा तारेख लिएपछि जापडिया अपरान्ह करिब ३ बजे नै जानुकाको घरमा पुगे ।

    हत्या गर्ने पूर्व योजना बनाइसकेका जानुका र उनका श्रमिान बृखले असार ७ गते नै सुरेश परियारलाई घरमा बोलाएका थिए । असार ७ गतेदेखि नै सुरेश जानुकाका आफन्तको नाता लगाएर घरमा थिए । त्यसैगरी असार ९ गते बिहानै जानुकाका भदा सैलेश सापकोटा पनि आइपुगे ।

    अनि असार ९ गते साँझ जापडिया, सुरेश र सैलेश भएर मदिरा सेवन गरे । जापडियालाई अत्याधिक मदिरा पिउन लगाइयो । जब जापडिया मदिराले लठ्ठ भए, त्यसपछि सुरेशले पछाडिबाट जापडियालाई आक्रमण गरे । आक्रमणलगत्तै ढलेका जापडियालाई पछि फलामको हम्मर प्रहार गरियो । टाउकोभरि खाल्डो नै हुनेगरी आक्रमणपछि घाँटीसमेत थिचेर जापडियाको हत्या गरियो ।

    जानुकाको समूहले पूर्व योजना अनुसार नै पहिले नै बोरा ल्याएर राखेका थिए । त्यसपछि बोरामा शव राखेर वृखले चलाउने गरेको प्रदेश नम्बर १–०१–०१२ प ८१५० नम्बरको मोटरसाइकलमा शव राखेर सुरेश र सैलेशले उक्त शव खाल्डो खनेर गाड्न लिएर जान्छन् ।

    तर असार ९ गते रातको करिब साढे ११ बजे हत्या भएको अर्जुनधारा नगरपालिका–७ डाँडागाउँबाट वडा नम्बर ४ मा पर्ने साहसी बस्ती नजिकैको खेतमा शव पुर्याएर उनीहरूले त्यहीँ रहेको ह्युम पाइपभित्र शव छाडेर फर्किन्छन् । उक्त रात सबैजना जानुकाकै घरमा पुगेर सुत्छन् ।

    भोलिपल्ट बिहानै सुरेशले शर्त बमोजिमको ५ लाख पैसा दिन भन्छन् । तर जानुकासँग त्यहाँ पाँचलाख पैसा थिएन । आफूसँग भएको २५ हजार दिएर दुई दिन पर्खिन भन्छिन् । तर दुई दिनपछि पनि पैसा नपाएपछि सुरेशले जानुकालाई नै थर्काउँछन् । त्यसपछि जानुकाले आफूसँग भएको गहना बेचेर सुरेशलाई १ लाख ७५ थप गरी कुल दुई लाख दिन्छिन् भने भदा सैलेश सापकोटालाई एक लाख दिन्छिन् । त्यसपछि सुरेश इटहरीतर्फ जान्छन् भने सैलेश सिक्किम पुग्छन् ।

    जापडियाले करिब ३ करोड खर्च गरेको भाइको दाबी

    इलाका प्रहरी कार्यालय बिर्तामोडमा आइपुगेका जापडियाका भाइले जापडियाले जानुका तथा नेपालमा रहेका जानुकाका आफन्तका लागि करिब ३ करोड रुपैयाँ खर्च गरेको दाबी गरेका छन् । जापडियाको भाइको करिब १० लाख रुपैयाँ बराबरको त सुनमात्रै किनेर जानुकालाई दिएको र घर बनाउन, सापटी लगायतका कामका लागि करिब ३ करोड रुपैयाँ दिएको दाबी छ ।

    आर्थिक अवस्था राम्रो नभएकी जानुकाले पनि करिब साँढे ५ आना जग्गामा दुई तलाको घर बनाएकी छिन् भने घरमा मार्बल, स्टिलको रेलिङ, फर्निचर लगायतमा राम्रै लगानी गरेकी छिन् । आर्थिक स्रोतको सम्बन्धमा सोध्दा जानुकाका श्रीमान् वृखले जग्गा आफूले किनेको तर घर जानुकाले बनाएको बताएका छन् । जापडियाका भाइले भने जग्गा र घर दुबै जापडियाकै पैसाले बनाएको दाबी गरेका छन् ।

    Posted in UncategorizedLeave a Comment on जसलाई वेश्यालयबाट छुटाएर प्रेमिका बनाए, उनैले ‘सुपारी’ दिएर हत्या गर्न लगाइन्

    साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ३८औँ शृङ्खला शनिबार सम्पन्न

  • १४ असार २०७९, मंगलवार १४:१६ मा प्रकाशित
  • काठमाडौ, ४ असार । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ३८औँ शृङ्खला शनिबार सम्पन्न भएको छ ।
    अभ्यासमा ३१ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ३८औँ शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको टुक्का

    एसी घरमा हुँदाहुँदै, के काम त्यो मुढाको,
    झुरलाग्दो वाहियात कुरा के सुन्नु बुढाको ।
     ✍️ वसन्त अनुभव

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू


    [१]
    तिमी त अमर मान्छे, न मर्दछौ न हुन्छौ बुढो,
    सानोमा राप ताप दियो, अब के काम ती मुढो ।
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ

    [२]
    कसले पो सुन्छ बुढाको कुरा यस्तो बेलामा,
    यो जमानामा बुढा पूर्खा सबै हुन्छन् हेलामा ।
    ✍️
    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६, दोलखा ।

    [३]
    बुढापाका यस्तै हुन गनगन गर्छन् धेरै
    मक्किएकाे ज्यान छ अझै भन्छन् जवानी मेरै ।
    ✍️
    ताराप्रसाद चापागाईं
    धुनिबेसी, हाल प्रवास

    [४]
    बुढाबुढी नसक्ने भयौ, आराम गर्न जाऊ,
    अनेकौँ कर्म गरिसक्यो, अब बसेर खाऊ ।
    ✍️
    भगवती दवाडी
    झापा

    [५]
    आगो बाल्न प्रभावकारी हुन्छ त्यही नै मुढा,
    गनगने हैन हाम्रा इतिहास हुन् ती बुढा।
    ✍️
    म्यामराज राई
    हतुवागढी-६,होम्ताङ्,भोजपुर,हाल:-जापान

    [६]
    हेला गर्नु हुन्न नी बूढा ती मान्छे भनी,
    सजाय दिन्छन् ईशले पाप गनी गनी।
    ✍️
    दीपक ठटाल जलन,१८.०६.२२

    [७]
    बुढोपाको, मन थाक्यो ,ऐया ऐया गीत सुन,
    फेर्न बाँकी काँचुली कति सुन्दर छ त्यो जून।
    ✍️
    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    [८]
    पहिले आगो ताप्नु मुढाको कुरा मान्नु बुढाको,
    अहिले आगो ताप्नु झिँजाको कुरा मान्नु भुराको!
    ✍️
    कमला देवकोटा
    पाल्पा

    [९]
    एसीले बिल तान्छ चुसेर, मुढो चिरे दाउरा हुन्छ धेरै,
    बुढाको गनगनमा ज्ञान हुन्छ, नसुन्ने बुद्धि भ्रष्ट मेरै।
    ✍️
    अच्युत घिमिरे
    भुटान बाट 🇧🇹

    [१०]
    पालनपोषण गर्नेलाई भन्यौ हेपेर बुढो,
    मूर्खलाई के थाहा कति महत्वपूर्ण छ मुढो ।
    ✍️
    प्रेम थापा “मन”
    बागलुङ्ग

    [११]
    बुढोपाको भनी हेर नगरौँ हेला,
    आफू पनि एकदिन परिन्छ फेला।
    ✍️
    सरस्वती श्रेष्ठ
    इटहरी

    [१२]
    बुढा खाडा भन्दै हेप्छौ, आदर गर्न छोड्यौ,
    उस्तै हुन्छ बोट तिमीले जस्तो रोप्यौ गोड्यौ।
    ✍️
    राजेशराज गड्तौला
    रतुवामाई- १९, मोरङ; हाल- प्रवास

    [१३]
    हिटर एसी हुँदाहुँदै काम छैन मुढाको,
    जमाना फेरिइसक्यो को मान्छ बात बुढाको ?
    ✍️
    बिबस पारदर्शी
    भद्रपुर – २ झापा

    [१४]
    जरुरी पर्दा सबै लियौ त्यै मुढाको ताप,
    आज त्यही अर्घेलो भो आउन छोड्दा राप ।
    ✍️
    बेदु न्यौपाने
    काठमाडौ

    [१५]
    ताप्न र सेक्न लाग्ला काम साँच्यौ भने मुढा,
    बिगत देख्न जाग्ला ध्यान बाँचे भने बुढा ।
    ✍️
    रामकृष्ण दुवाडी

    [१६]
    बुढोपाकोको तन्नेरीले नगर्दा नै मान,
    हराई सके इतिहास र पूर्खाको शान।
    ✍️
    अरुण कु.भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।

    [१७]
    नगर बाआमालाई कहिले पनि हेला,
    हेला गरे पक्कै एकदिन पर्नेछौ फेला।
    ✍️
    सुरेशकुमार पान्डे
    दाङ घोराही१८

    [१८]
    आफूले लिएपछि काम उनको पनि तिर्नुपर्छ पर्म,
    बुढेसकालमा मातापितालाई छाड्नु होइन नि धर्म ।
    ✍️
    रामप्रसाद पुरी
    बादेल, खाेटाङ ।

    [१९]
    युवा जति बिदेश पसे घरमा बा आमा छोडेर,
    कमाएपछि सहर बसाइँ पाइला ति माेडेर ।
    ✍️
    तारा घिमिरे
    सङ्खुवासभा

    [२०]
    बुढा बाको काँध चढी तिमी ठुलो भयौ,
    खुट्टा टेक्ने भएपछि लात हानी गयौ ।
    ✍️
    बुद्धिमान दनुवार
    सुरुङ्गा ४ झापा

    [२१]
    घमण्डका कुरा गर्छन् टुप्पोबाट पलाएकाहरू,
    हाँसी हाँसी सहन्छन् अनुभवले वय खाएका बरु ।
    ✍️
    दिनेश निरौला
    सुनसरी

    [२२]
    कहिल्यै नगरौँ हेला बुढाबुढी भनी,
    सबैको आउँछ त्यो दिन हेर है गनी।
    ✍️
    दुर्गा भट्टराई
    मोरङ

    [२३]
    बर्खा झरी बादल हुन्छ असाध्य गर्मी मौसम,
    गरिब मान्छेको एसी पाल्ने कहाँ हुन्छ र दम ?
    ✍️
    जि कुमार गौतम
    भद्र्पुर- १ पृथिविनगर झपा

    [२४]
    मुढा बिना चिता कहाँ बन्छ हाेला र साथी,
    अनुभव र ज्ञानमा त बुढै हुन्छन् माथि।
    ✍️
    त्रिलाेचन भण्डारी
    मेचीनगर, झापा

    [२५]
    बुढेसकालमा यस्तै हाे आँखाले देख्दैन,
    सुख र शान्ति कस्तो हुन्छ भाग्यमा लेख्दैन ।
    ✍️
    सहयात्री शाेभा अर्याल
    रुपन्देही १४ बुटवल

    [२६]
    म त भए जान्ने सुन्ने के काम भयो बुढाको?
    आफू परे आधुनिक मान्छे व्यर्थमा रडाको।
    ✍️
    मनोहरी पौडेल
    गैडाकोट १

    [२७]
    कसैले पराईलाई आफ्नो भन्छन् कोही पराईका हुन्छन्,
    आफ्नो घरकोलाई पराई ठान्दा पछि धुरुधुर रुन्छन्।
    ✍️
    मल्ल लक्ष्मी श्रेष्ट
    मेची किनार बिर्तामोड झापा

    [२८]
    प्रकृतिको वरदान हावापानी घाम लाग्दैन शुल्क ,
    आज म जे छु तिम्रै याेगदान हाे बाआमा बिन्ती झुल्क ।
    ✍️
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    [२९]
    अभ्यास अनि अनुभव कहाँ लुक्छ ?
    वृद्धले भनेको नमान्दा शीर झुक्छ।
    ✍️
    बि.कुलुङ
    दार्जिलिङ

    [३०]
    हेलामा पनि राम्ररी खान दिए बुढाबुढी बाँच्थे होला,
    बुढेसकालमा माग्नको लागि कता बोकेर हिड्नु झोला?
    ✍️
    अम्विका अधिकारी
    झापा विर्तामोड

    [३१]
    उ बेलाको कुरो गर्छन्, यो बेलामा आई,
    वृद्ध पनि बच्चै हुन्छन्, कुरो बुझ भाइ।
    ✍️
    प्रदीप के रिमाल
    इटहरी, आठ।

    Posted in Uncategorized, ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ३८औँ शृङ्खला शनिबार सम्पन्न

    नमस्ते आधुनिक लघुकथा मञ्चको चौथो वार्षिकोत्सव कार्यक्रम सम्पन्न

  • १३ असार २०७९, सोमबार १५:२८ मा प्रकाशित
  • नमस्ते आधुनिक लघुकथा मञ्चको चौथो वार्षिकोत्सव कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। २०७५ साल असार ९ गते सृजना भई १० गते फेसबुक मार्फत सार्वजनिक भएको यस समूहले प्रत्येक वर्ष असार ९ र १० गते विविध कार्यक्रम सहित आफ्नो वार्षिकोत्सव मनाउँदै आएको छ।

    लघुकथा सँगसँगै मानव सेवा भन्ने मुल नारा बोकेको नमस्ते आधुनिक लघुकथा मञ्चले लघुकथाको उन्नयन, विकासका साथै मानव सेवाका क्रियाकलापहरू गर्दै आएको छ।

    स्थापना भएको छोटो अवधिमै मञ्चले विविध विषयका लघुकथाहरू समेटिएको ‘लघुकथाको सुगन्ध’ संयुक्त लघुकथा संग्रह – १ वटा, विषय केन्द्रित ‘लघुकथाको सुगन्ध’ संयुक्त लघुकथा संग्रहहरू ( बाल विषयक, बा विषयक र शिक्षक विषयक) – ३ वटा र वार्षिक स्मारिका अङ्क – ३ सम्म निकाल्न सफल भएको छ । साथै वार्षिक स्मारिका अङ्क – ४ निकाल्ने तयारीमा जुटेको छ। यसरी नमस्ते आधुनिक लघुकथा मञ्चले छोटो समयमै लघुकथाको क्षेत्रमा छुट्टै छाप छोड्न सफल भएको छ ।

    मञ्चले लघुकथाको विकास र बिस्तारका लागि समय समयमा विविध कार्यक्रम गर्दै आएको छ। जसमा लघुकथाका क्षेत्रमा उल्लेखनीय कार्य गर्नुभएका विज्ञहरूलाई बोलाएर भर्चुअल माध्यमबाट प्रशिक्षण दिन लगाउनु, आफ्नै लागानीमा विज्ञका लघुकथा सिद्धान्त सम्बन्धि उत्कृष्ट पुस्तक प्रकाशन गर्नु, विभिन्न रेडियो तथा पत्रपत्रिकासँग समन्वय गरेर लघुकथा प्रशारण/ प्रकासन गर्नु रहेको छ । त्यस्तै मञ्चले आफ्नो पेज मार्फत नियमित लाइभ लघुकथा वाचन र जन्मदिन, वैवाहिक वर्षगाँठ तथा वार्षिक पुण्यतिथि, आदिको अवसर पारेर विशेष लघुकथा वाचन गर्दै पनि आएको छ।

    गत विगत वर्षझैँ मञ्चले यस वर्ष पनि वार्षिकोत्सवको अवसर पारेर असार ९ र १० गते प्रत्येक लघुकथाकारले १/१ वटा गरेर २ दिन २ वटा मात्र लघुकथा मञ्चको भित्तोमा समर्पित हुने गरी सम्प्रेषण गर्न खुला रुपमा आव्हान गरेको थियोे। जसको परिणाम स्वरुप दुई दिनमा लगभग १ सय ५० लघुकथाकारका सवा २ सय लघुकथाहरू मञ्चको भित्तोमा आइपुगेका थिए। यिनै प्राप्त लघुकथाहरू मध्येबाट लघुकथाको नियम भित्र रहेका उत्कृष्ट लघुकथाहरूलाई छनोट गरी मञ्चको निकट भविष्यमै प्रकाशित हुने लघुकथाको सुगन्ध स्मारिकाको चौथो अङ्कमा समेटिने मञ्चले जनाएको छ।
    साथै मञ्चले उक्त दिनमा लघुकथा सम्प्रेषण गर्नुहुने सम्पूर्ण लघुकथाकारहरूलाई सम्मान पत्र प्रदान गरेको थियो।

    ‘लघुकथाको सुगन्ध’ शिक्षक विषयक ऎतिहासिक संयुक्त लघुकथा संग्रहको लोकार्पण

    नमस्ते आधुनिक लघुकथा मञ्चले आफ्नो चौथो वार्षिकोत्सवको पहिलो दिन अर्थात् असार ९ गतेको अवसर पारेर आफ्नो नविनतम लघुकथा संग्रह ‘लघुकथाको सुगन्ध’ शिक्षक विषयक संयुक्त लघुकथा संग्रह विमोचन गरेको छ। वरिष्ठ साहित्यकार प्रा. डा. कपिल लामिछानेले बिहीबार आयोजित भर्चुअल कार्यक्रममा उक्त पुस्तकको विमोचन गर्नुभएको हो।
    नेपाली साहित्यमा संयुक्त लघुकथा संग्रहको क्षेत्रमा ऎतिहासिक रेकर्ड कायम गर्दै आएको यस मञ्चको संभवत यो संग्रह पनि ऎतिहासिक बन्न पुगेको छ भन्दा अत्युक्ति नहोला ।

    भर्चुअल माध्यमबाट आयोजना गरिएको विमोचन कार्यक्रमको अध्यक्षता मञ्चका संस्थापक अध्यक्ष एवं व्यवस्थापक कृष्णजी शर्मा (घनश्याम डल्लाकोटी) ले गर्नुभएको थियोे।
    वरिष्ठ साहित्यकार, शैक्षिक प्राज्ञिक व्यक्तित्व, प्रज्ञा सभा सदस्य प्रा. डा. कपिल लामिछानेको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा नमुना मच्छिन्द्र क्याम्पसका क्याम्पस प्रमुख, वरिष्ठ साहित्यकार डा. दिनबन्धु शर्मा, नमस्ते आधुनिक लघुकथा मञ्चका संरक्षक, सल्लाहकार, नेपालकै प्रथम नारी नियात्राकार, साहित्यकार रञ्जुश्री पराजुली, नमस्ते आधुनिक लघुकथा मञ्चका संरक्षक, सल्लाहकार, लघुकथाकार अवधेश सिंह, स्रष्टा साँझ अमेरिकाका संस्थापक सदस्य, वरिष्ठ साहित्यकार विश्वराज अधिकारी, वरिष्ठ साहित्यकार डा. शंकर प्रसाद गैरे र शिक्षा विकास तथा समन्वय इकाई चितवनका प्रमुख भूमिलाल शर्मा सुवेदीको विशिष्ट आतिथ्यता रहेको थियोे।

    कार्यक्रमको प्रायोजकहरू व्यास ११ तनहुँका राम्जि रानाभाट, धार्चे ६ काशीगाउँ गोरखा हाल जापान बस्नुहुने राजन घले, सिफल काठमाडौं हाल अमेरिका बस्नुहुने राजिना नेपाल, पाँचखपन नपा ६, संखुवासभा, मोरङ, उर्लावारी हाल मलेसिया बस्नुहुने अनुग्रह राना मगर पुष्प, अनामनगर काठमाडौं, हालः अष्ट्रेलिया बस्नुहुने गोपाल प्रसाद थपलिया र हिमालयन अर्गानिक चिया, पूर्वी चितवनको पनि उपस्थिति रहेको थियो ।

    त्यस्तै अतिथिहरूमा बाल साहित्यकार, कवि, कथाकार, लघुकथाकार ललिता दोषी, साहित्य पोष्ट अनलाइन साहित्यिक पत्रिकाका लघुकथा स्तम्भकार, सम्पादक, साहित्यिक पत्रकार दिपक लोहनी, सिक्किमेली लघुकथा समाजकी संस्थापक अध्यक्ष, सहित्यकार, त्रिपुरा पोखरेल खरेल, सिक्किमेली लघुकथा समाजकै सक्रिय एडमिन, कवि, लघुकथाकार हेमराज अधिकारी, काङ्लोताङ्बी, मणिपुर भारत निवासी कवि, लघुकथाकार, शिक्षक देबीप्रसाद थापा ‘मामा’ र कालापहाड, मणिपुर भारत निवासी लघुकथाकार, विभिन्न पत्रपत्रिकाका सम्पादक मुक्ति गौतम रहनुभएको थियो । भने अतिथि पत्रकारहरूमा साहित्य पोष्ट, अनामनगर काठमाडौं, चितवन पोष्ट दैनिक तुलमान गुरुङ, हिमालयन दृष्टि मिडिया प्रा.लि.प्रधान सम्पादक अनिल आचार्य, नमस्ते आधुनिक लघुकथा मञ्चका निवर्तमान सचिव तथा शेफर्ड एफका पत्रकार मनोज थारु अज्ञात, रेडियो सारथी बडिगाड बागलुङ सहसम्पादक अनिष पाठक, नयाँपत्रिका दैनिकका संवाददाता दिपक बोहोरा र संसार न्युज कमलपोखरी काठमाडौंकी चन्दा थापा चन्द्रिका रहनुभएको थियोे।

    राष्ट्रिय गान पश्चात् नमस्ते आधुनिक लघुकथा मञ्चका उपाध्यक्ष/प्रशासक शेखर अर्यालले सहभागी सबै महानुभावहरूलाई मन्तव्यद्वारा स्वागत गर्नु भएको थियो।
    विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथिले छोटो समयमै एकपछि अर्को संग्रह निकाल्दै गएकोमा नमस्ते आधुनिक लघुकथा मञ्चको खुलेर प्रशंसा गर्नुभयो। साथै उहाँले केही लघुकथा कम गुणस्तरको पाइएको हुनाले अब गुणस्तरीय लघुकथाहरूमात्र समेटेर संग्रह निकाल्ने तर्फ ध्यान दिन आग्रह गर्नुभयो।

    पुस्तकको समालोचना एवम् समीक्षा गर्नुहुदै कार्यक्रमका विशिष्ट अतिथि एवम् समालोचक डा.दीनबन्धु शर्माले पुस्तकको विविध पक्षबाट विश्लेषण गर्नुभएको थियो। उहाँले आफ्ना लघुकथालाई निबन्ध बन्नबाट जोगाउन लघुकथाकार सचेत रहनुपर्ने बताउनुभयो। साथै उहाँले अगाडि भन्नुभयो – “लघुकथाको एकमात्र धर्म भनेको सुरुवातको एकदमै विपरीत भावमा झड्कापूर्ण अन्त्य हुनु हो । पाठकले सोचेको भन्दा एकदमै पृथक विन्दुमा आकस्मिक अन्त्य हुनुपर्छ। जुन एक वा दुई वाक्यभन्दा लामो हुनुहुदैन ।”

    वर्षेनी नेपाली भाषाका थुप्रै पुस्तकहरू प्रकाशन हुन्छन् । तर ती पुस्तकहरू लेखक तथा प्रकाशकको दराजमा थन्किन पुग्छन्। गुणस्तरीय हुँदाहुँदै पनि ती बिक्री हुन सक्दैनन्। हामीमा पठन संस्कृतिको विकास भएन । एउटा नास्ता पसलमा बसेर एकदिनमा चार पाँच हजार उडाउने हामी तीन चार सयको पुस्तक किन्न हात कमाउछौँ । यसरी कसरी साहित्यको विकास हुन्छ ? भन्दै विशिष्ट अतिथि विश्वराज अधिकारीले चिन्ता व्यक्त गर्नुभयो। साथै उहाँले मञ्चले असाध्यै राम्रो काम गर्दै आएको र एउटा काम सेमिनारको पनि आयोजना गरे आफूँले पनि सक्दो सहयोग गर्ने बताउनुभयो।

    विमोचन कार्यक्रममा रञ्जुश्री पराजुली, अवधेश सिंह, डा. शंकर प्रसाद गैरे, भूमिलाल शर्मा सुवेदी, ललिता दोषी, दिपक लोहनी, देवि प्रसाद थापा मामा राम्जि रानाभाट लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। मन्तव्य राख्नुहुने सम्पूर्ण अतिथिले मञ्चको सह्रानिय कार्यको प्रशंसा गर्नुभयो। साथै उहाँले मञ्चको उत्तरोत्तर प्रगतिको कामना पनि गर्नुभयो।

    कार्यक्रमको अध्यक्षता गरिरहनुभएका मञ्चका संस्थापक अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’ ले अतिथिहरूको सुझावलाई मध्यनजर गर्दै निकट भविष्यमा सकेसम्म भौतिक, नभए भर्चुअल भएपनि सेमिनारको आयोजना गर्ने प्रतिबद्धता जनाउनु भयो। विगतका संग्रहहरू निकाल्दा सचेत रहँदा रहँदै पनि सामान्य त्रुटिहरू हुनपुगे । अब भने गुणस्तरीयतालाई मध्यनजर राखेर मात्र काम गरिने बताउनुभयो ।

    साथै उहाँले कार्यक्रममा उपस्थित भई आफ्नो अमूल्य समय प्रदान गर्नुभएकोमा प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि, कार्यक्रम प्रायोजकहरू, पत्रकार अतिथि एवम् भर्चुअल कार्यक्रममा उपस्थित भइदिनु हुने सम्पूर्ण साहित्यकार, लघुकथाकार, पाठकहरूमा हार्दिक आभार प्रकट गर्दै मुरी मुरी धन्यवाद दिनुभयो।

    कार्यक्रममा प्रा.डा. कपिल लामिछाने, डा.दीनबन्धु शर्मा, रञ्जुश्री पराजुली, विश्वराज अधिकारी, डा. शंकर प्रसाद गैरे, भूमिलाल शर्मा सुवेदी, ललिता दोषी, दीपक लोहनी, त्रिपुरा पोखरेल खरेल, हेमराज अधिकारी, देबीप्रसाद थापा ‘मामा’, मुक्ति गौतम, राम्जि रानाभाट, अनुग्रह राना मगर, राजन घले, राजिना नेपाल, गोपालप्रसाद थपलिया, तुलमान गुरुङ, अनिल आचार्य, मनोज थारू अज्ञात, अनिष पाठक, दीपक बोहरा, चन्दा थापा चन्द्रिकाका अलावा वसन्त अनुभव, त्रिलोचन ढकाल, योगप्रसाद उपाध्याय, गणेश नेपाली, जयदेश श्रेष्ठ, नन्दलाल आचार्य, निरज कोइराला, महेश जिज्ञासु, मित्र उराठी गौतम, हेम पोखरेल, अरुण नदी खत्री, दिनेश निरौला, कमल पौडेल, शेखर अर्याल, अम्बिका धिताल, विष्णु भण्डारी आचार्य, इन्दिरा गौतम, कर्ण दयाल, कुमार काफ्ले, मनोहर पोखरेल, मीठु कुमारी पाठक, नानी बिवु, नारायण प्रसाद निरौला, पर्शुराम परासर, प्रकाश, रचना शर्मा, रामहरि पौड्याल, रामकुमार पण्डित, सविता के.सी., डा. विदुर चालिसे, शान्ता शाक्य, सुधा बाँस्कोटा ढकाल, सुरेश शर्मा, अप्सरा पुडासैनी, तारा श्रेष्ठ, चोपनारायण बन्जाडे, गुरुप्रसाद कुमाल बुलबुल, कृष्ण बजगाई, बाबुराम न्यौपाने उत्स, मिसु श्रेष्ठ थपलिया, टंक बहादुर आले मगर, म्यामराज राई, विष्णु पन्थी बिनु, हरिप्रसाद भण्डारी, हिम लाल श्रेष्ठ, इन्दिरा चापागाईं, सरिता भट्टराई, सत्या अधिकारी, यमुना प्रधानाङ्ग मुना, शेखर कुमार श्रेष्ठ लगायतका लघुकथाकार, साहित्यकार एवं लघुकथाप्रेमी महानुभावहरूको उपस्थिति रहेको थियो ।

    कार्यक्रमको सञ्चालन रेडियो सारथीका स्टेसन म्यानेजर, नमस्ते आधुनिक लघुकथा मञ्चका सदस्य/ प्रशासक एवम् कुशल वाचक कमल पौडेलले गर्नुभएको थियो भने डिस्प्ले देखाउने, राष्ट्रिय गान बजाउने लगायत प्राविधिक संयोजनको काम मञ्चका अनन्य सहयोगी प्रकाश वाग्ले प्रभाकरले गर्नुभएको थियो।

    प्रथम “हेमलता स्मृति लघुकथा सम्मान, २०७९” द्वारा अनुभव र बिवु सम्मानित

    नमस्ते आधुनिक लघुकथा मञ्चले आफ्नो वार्षिकोत्सवको अवसर पारेर प्रथम हेमलता स्मृति लघुकथा सम्मान २०७९ द्वारा दुई जना लघुकथा सर्जकलाई सम्मान गरेको छ।

    सम्मान पाउनेमा पुरुष तर्फ दाङ घोराहीका लघुकथा सर्जक वसन्त अनुभव र नारी तर्फ गैंडाकोट नवलपुरकी लघुकथा सर्जक नानी बिवु हुनुहुन्छ।

    लघुकथाको क्षेत्रमा अतुलनीय योगदान पुर्याउने एकजना पुरुष र एकजना नारी नव सर्जकलाई सम्मान गर्ने मञ्चले घोषणा अनुरुप उहाँहरूलाई प्रथम हेमलता लघुकथा सम्मान २०७९ बाट सम्मानित गरिएको हो ।

    एक होनहार लघुकथाकार हेमलता उप्रेतीको कोरोनाका कारणले असामयिक निधन भएपछि उहाँको संझनामा मञ्चले गत वर्ष यसको स्थापना गरेको थियोे।

    Posted in Uncategorized, ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on नमस्ते आधुनिक लघुकथा मञ्चको चौथो वार्षिकोत्सव कार्यक्रम सम्पन्न

    साप्ताहिक तस्बिरमा उदक अभ्यास शृङ्खलाको ५४औँ भाग शनिबार सम्पन्न

  • २४ जेष्ठ २०७९, मंगलवार ०८:४४ मा प्रकाशित
  • काठमाडौ, २१ जेठ । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ५४औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६५ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    शृङ्खलाका लागि राखिएको तस्बिर

    तस्बिरमा उदक लेखन अभ्यास शृङ्खलामा सहभागी स्रष्टाहरूका उदकहरू

    [१]
    कुसंस्कार
    जातीय विभेद
    समाजको कालो धब्बा !
    ✍️
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    [२]
    कुप्रथा
    समाजमा व्याप्त
    संविधानमा लेखियो मात्र !
    ✍️
    भवानी घिमिरे
    सर्लाही ।

    [३]
    जातमा
    विभेद नगरी
    त्यागौँ दलित शब्द!
    ✍️
    राेशन पराजुली
    धरान।

    [४]
    भेदभाव
    नैतिकताको अभाव
    मानवतावादमा प्रत्यक्ष प्रभाव !
    ✍️
    अगस्टीन राई
    पूर्व सिक्किम, भारत

    [५]
    भेदभाव
    चेतनाको अभाव
    हटेन जातीय प्रभाव !
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    भक्तपुर ।

    [६]
    सृष्टि
    एकै प्रकृति
    विभेद कुसंस्कार दृष्टि !
    ✍️
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    [७]
    भेदभाव
    लौ नत्याग
    एक्काइसौँ शताब्दीको माझमा !
    ✍️
    सविता के.सी.
    काठमाडौँ ।

    [८]
    कुरीति
    मानवीय विभेद
    सङ्कुचित सामाजिक संरचना !
    ✍️
    आर्त अकुलीन, कैलाली

    [९]
    त्यागौँ
    जातीय विभेद
    सामाजिक कुसंस्कार सपारौँ !
    ✍️
    धर्मी शाक्य
    बुटवल ,रुपन्देही

    [१०]
    खोच
    साँघुरो सोच
    कुसंस्कार विकासको अवरोध !
    ✍️
    हिमाल अम्मै
    घोडाघोडी कैलाली

    [११]
    हिंसा
    जातीय दमन
    रोकी बनौँ स्वाभिमानी !
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया

    [१२]
    छुवाछूत
    जातीय विभेद
    सङ्किर्ण साेचकाे पराकाष्ठा !
    ✍️
    सुधा बाँस्कोटा ढकाल

    [१३]
    छुवाछुत
    शहरमा नगन्य
    गाॅउमा ठूलाबडाको घरमा !
    ✍️
    घनश्याम पौडेल
    पोखरा

    [१४]
    विभेद
    लाग्छ उदेक
    शारिरीक संरचना एक !
    ✍️
    कमला देवकोटा
    पाल्पा

    [१५]
    परम्परा
    अनौठो समाज
    मानिस बीचमा अनिष्ट!
    ✍️
    नारायण कोइराला
    तानसेन, पाल्पा

    [१६]
    जातिभेद
    कुराबाट होइन
    व्यवहारबाटै निर्मूल गरौँ !
    ✍️
    देवेन्द्रराज शाक्य
    बुटवल रुपन्देही

    [१७]
    काल
    मान्छेसँग विभेद
    अन्त्य गरौँ छुवाछूत !
    ✍️
    गुलाब_कान्छो

    [१८]
    तिर्खाएको
    पानी दिएको
    लोटा नछोएर पिएको !
    ✍️
    थापा कर्ण

    [१९]
    कुसंस्कार
    त्याग्नुपर्छ सबै
    बन्नुपर्छ असल समझदार !
    ✍️
    रिता खराल,रुपन्देही

    [२०]
    दलित
    छुवाछूतकाे दु:ख
    सधैँ अपमानित जीवन !
    ✍️
    नवराज भट्ट
    महेन्द्रनगर

    [२१]
    मानव
    विशिष्ट प्राणी
    छुवाछुत निन्दनीय सोच !
    ✍️
    समुन्द्रा शर्मा
    इटहरी सुनसरी

    [२२]
    छुवाछुत
    विकृत कुसंस्कृति
    अमानवीय प्रचलनको पराकाष्ठा !
    ✍️
    वेद प्रसाद रिजाल

    [२३]
    संस्कार
    संङ्कुचित सोच
    हटाऔँं विभेद कुसंस्कार !
    ✍️
    सरस्वती वली
    बर्दिया नेपाल

    [२४]
    मानिस
    सबै समान
    विभेदको अन्त्य होस्!
    ✍️
    रमा पन्त

    [२५]
    कुसंस्कार
    सामाजिक संकुचन
    जातिय विभेद रुढीवाद !
    ✍️
    बिबस पारदर्शी

    [२६]
    संस्कार
    बराबरी प्रेम
    मानव जातिको अधिकार ।
    ✍️
    होम प्रसाद
    धरान,सुनसरी ।

    [२७]
    छुवाछुत
    मनको कालो
    अझै पनि जीवितै !
    ✍️
    सरस्वती श्रेष्ठ
    इटहरी

    [२८]
    छुवाछुत
    सामाजिक विकृति
    मानवमाथि मानवको अत्याचार !
    ✍️
    रमेश प्रभात चितवन

    [२९]
    छुवाछुत
    मानव सस्कार
    प्रचलित नेपाली समाज !
    ✍️
    बुद्धिमान दनुवार
    कनकाई नगरपालिका ४ झापा

    [३०]
    दलित
    भेदभाव जातको
    अबुझ प्राणी मनुष्य !
    ✍️
    सोमनाथ लुइटेल “रवि पाल्पाली”

    [३०]
    अमानवीय
    व्यवहारले ग्रस्त
    मानिसकाे मति भ्रष्ट !
    ✍️
    इन्दिरा ज्ञवाली
    तानसेन , पाल्पा

    [३१]
    भेदभाव
    जातिय कुसंस्कार
    मिलेर गरौँ अन्त्येष्टि !
    ✍️
    खेमराज पुरी
    कैलाली

    [३२]
    शर्तले
    छोडेन कहिल्यै
    छुवाछु भेद गर्नाले !
    ✍️
    प्रेम थापा
    बागलुङ

    [३३]
    दलित
    छुवाछुत जातकाे
    मानविय भेदभाव अनौठो !
    ✍️
    सहयात्री शाेभा अर्याल
    रुपन्देही-१४, बुटवल

    [३४]
    छुवाछुत
    कुसंस्कारको जालो
    हटाउने हाम्रो पालो !
    ✍️
    मंगला उपाध्याय

    [३५]
    विभेद
    गर्ल्याम्म ढालौँ
    पत्ता लगाइ फेद !
    ✍️
    पशपती राई
    खोटाङ

    [३६]
    जात
    विभेदकारी विभाजन
    मानिसमा अनौँठो चिन्तन !
    ✍️
    घनश्याम पौडेल
    मसुरिया, कैलाली

    [३७]
    छुवाछुत
    जातीय भेदभाव
    सोचमा आओस् परिवर्तन !
    ✍️
    मिलन के. सी.(थापा)
    पोखरा

    [३८]
    छुवाछूत
    सृष्टिमाथि प्रहार
    सामन्तवादी निकृष्ट साेच !
    ✍️
    लता पाैडेल
    इलाम ।

    [३९]
    सृष्टि
    दुई जाति
    स्त्री पुरुष प्रकृति !
    ✍️
    जमुना कायस्थ,
    पोखरा

    [४०]
    छुवाछूत
    गरौँ अन्त्य
    हामी सबै बराबर !
    ✍️
    शिव ज्ञवाली
    गुल्मी

    [४१]
    जात
    विभेद अझैँ
    नचल्ने छाेएकाे पानी !
    ✍️
    रामराजा के. सी.
    फर्पिङ, काठमाडौं

    [४२]
    पानी
    चोख्याउने जल
    छोइदेला भन्ने डर !
    ✍️
    मानन्धर रमेश , येँ

    [४३]
    छुवाछूत
    चेतनाको कमि
    समाजले बनाएको नियम !
    ✍️
    दुर्गा आचार्य
    मोरङ

    [४४]
    छुवाछुत
    पुर्ण अन्धविश्वास
    मानव सिर्जित कुसंस्कार !
    ✍️
    धनमाया चौधरी
    कैलाली

    [४५]
    कुसंस्कार
    युगिन विभेद
    मान्छेमा पानीको फेर !
    ✍️
    कण्ठराज गिरी
    टीकापुर कैलाली, हाल अष्ट्रेलिया ।

    [४६]
    कुसंस्कार
    कालो विचार
    कालो छ व्यावहार !
    ✍️
    शिव खनाल जीवम

    [४७]
    नगरौँ
    मान्छेमा भेदभाव
    निम्त्याउँछ झनै विनास !
    ✍️
    भगवती दवाडी

    [४८]
    छुवाछुत
    डरलाग्दो कुसंस्कार
    अन्धविश्वासको गहिरो खाडल।
    ✍️
    सरस्वती श्रेष्ठ
    रुपन्देही बुट्वल।

    [४९]
    छुवाछुत
    ज्ञानको अभाव
    पिल्सिएको छ समाज !
    ✍️
    शारदा आचार्य
    ललितपुर !

    [५०]
    भेदभाव
    सामाजिक अपराध
    गरौँ उठेर अन्त्य !
    ✍️
    सपना भट्टराई
    रुपन्देही ।

    [५१]
    छुवाछूत
    जातीय विभेद
    कुसंस्कारी सामाजिक संरचना !
    ✍️
    दुर्गा भट्टराई
    मोरङ

    [५२]
    कुसंस्कार
    खराब विचार
    मानव चेतनको हार !
    ✍️
    राम रावल सागर

    [५३]
    विभेद
    संकुचित साेच
    मिलेर गराैँ अन्त्य !
    ✍️
    भावना मञ्जु
    माेरङ

    [५४]
    व्यवहार
    गहिरो खाडल
    नराम्रो शङ्कालु बिचार !
    ✍️
    संझना कुवर
    लेक साईड ,पोखरा

    [५५]
    चेतना
    मानवताकाे आधार
    निमिट्यान्न छुवाछुत कुसंस्कार !
    ✍️
    टीकाराम जाेशी, टीकापुर

    [५६]
    जातभात
    मानवीय विभेद
    सही गन्तव्यकाे बाधक !
    ✍️
    चन्द्रावती अधिकारी
    काेहलपुर वाँके

    [५७]
    संस्कार
    नजाने छुवाछुत
    जाने मानव समान !
    ✍️
    रामचन्द्र ढकाल
    चितवन

    [५८]
    छुवाछूत
    समाजकाे कुप्रथा
    जरैदेखि फाल्न जरुरत !
    ✍️
    श्रद्धा आचार्य
    पोखरा

    [५९]
    जात
    परिवर्तनमा घात
    चेतना विस्थापितको खात !
    ✍️
    जमुना आचार्य
    सिन्धुपाल्चोक

    [६०]
    अन्धकार
    कुरीति कुसंस्कार
    जूनको दाग जस्तै !
    ✍️
    कविता आचार्य
    कैलाली

    [६१]
    जातपात
    देखाउने दाँत
    नबिर्साैँ आफ्नो औकात ।
    ✍️
    केशवप्रसाद ढकाल

    [६२]
    छुवाछुत
    मानवीय कलंक
    मेट्न नसकेको धब्बा !
    ✍️
    कल्पना पहाडी
    सिन्धुली

    [६३]
    रगत
    सबैको रातो
    त्यागौँ मान्छेको विभेद !
    ✍️
    सुमित्रा पोखरेल
    काठमाडौं

    [६४]
    भेदभाव
    गलत संस्कार
    आजकल सम्झदा बेकार !
    ✍️
    रामप्रसाद पुरी
    बादेल, खाेटाङ ।

    [६५]
    भेदभाव
    सामाजिक कुसंस्कार
    बदल्न परिवर्तन अत्यावश्यक !
    ✍️
    उर्मिला पन्त पाण्डेय
    ज्ञानेश्वर , काठमाण्डौँ

    Posted in Uncategorized, ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक तस्बिरमा उदक अभ्यास शृङ्खलाको ५४औँ भाग शनिबार सम्पन्न

    अखिल भारतीय उत्तराखंड युवा प्रतिनिधि मञ्च एवं राष्ट्रिय सर्वभाषी ब्राह्मण संगठनद्वारा “मांग मेरी रहे सिंदूरी” विषयक कविता वाचन कार्यक्रम

  • १८ जेष्ठ २०७९, बुधबार १८:२६ मा प्रकाशित
  • भारत । पतिव्रता नारीको शक्ति, अटल विश्वास, दृढ़ संकल्प र संस्कारयुक्त जेष्ठ महिनाको अमावस्याको दिन पर्ने वट सावित्री व्रत विशेषमा अखिल भारतीय उत्तराखंड युवा प्रतिनिधि मञ्च एवं राष्ट्रिय सर्वभाषी ब्राह्मण संगठनद्वारा मांग मेरी रहे सिंदूरी विषयमा कविता वाचन तथा अन्तरक्रिया वेबीनार मार्फत आयोजना गरिएको थियो ।

    जसमा भारतका विभिन्न प्रान्तबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त महिलाहरूले वट अमावस्या व्रतको महत्व, पौराणिक कथा, पूजा विधि तथा पर्यावरण संरक्षण बारेमा मन्तव्य तथा काव्यिक रचना प्रस्तुत गरेका थिए।

    कार्यक्रमका मुख्य अतिथिमा देहरादुनबाट पद्मश्री डा. माधुरी बड़थ्वाल रहनुभएको थियोे। कार्यक्रमका अध्यक्ष श्री हरीश उपाध्यायले शंख ध्वनि गर्दै र उपाध्यक्ष तनु खुल्बेले दीप प्रज्वलित गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।

    नागपुरकी शिवानी अवस्थीको सुमधुर वाणीमा गणेश वन्दना सँगै वेबीनारको शुभारंभ भएको थियो । कार्यक्रमको सञ्चालन श्रीमती धारणा अवस्थीले अत्यन्त शालीन, सभ्य र भव्य प्रस्तुतिका साथ गर्नुभएको थियो।

    कार्यक्रमको अन्त्यमा संस्थाकी राष्ट्रीय उपाध्यक्ष तनु खुल्बेले कार्यक्रममा उपस्थित सबैप्रति हार्दिक सम्मान एवं आभार व्यक्त गर्नुभएको थियोे। साथै उहाँले गत वर्ष झैँ पर्यावरण संरक्षण, संस्कृति, परम्पराको बढ़ावा दिने कार्यक्रम संस्थाद्वारा आयोजित हुने विश्वास दिलाउनु भयो ।

    कार्यक्रमको अत्यन्त मनोहर शुभारंभपछि राष्ट्रिय अध्यक्ष, उत्कर्ष च्यानलका संस्थापक, संपादक हरीश उपाध्यायले पनि संस्थाको तर्फबाट कार्यक्रममा सम्मिलित सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि धर्मसंस्कृति रक्षा हेतु जुट्नुपर्ने कुरामा जोड दिनुभयो।

    नमिता सुयाल हल्द्वानी ,उत्तराखंडबाट वट सावित्री व्रतको पौराणिक तथा ज्योतिषीय पक्षको उजागर भयो। भावना बर्थवाल, दिल्लीबाट उत्तराखंडमा वट सावित्री व्रत पूजा विधान, खानपानको चर्चा र यहाँका सुहागीन महिलाद्वारा सबै शुभ कार्यमा ओढिने पिछोड़ा कपडाको महत्व बारे जानकारी गराइयो।

    डा.आभा सिंह भैसोड़ा, हल्द्वानीने स्वरचित पंक्तिमा विष्णुसँग लक्ष्मीको पूजा, सँगै पूजे बरको दूजा द्वारा वट वृक्षको औषधीय गुणको बारेमा जानकारी, जीवनदायिनी, पर्यावरणको रक्षा गर्ने वृक्ष बरको रुख भएको र यसमा त्रिदेव को वास हुने हुँदा ऋषिद्वारा यसको पूजा गरिने गरेको जानकारी दिनुभयो।

    पूनम मिश्रा’पूर्णिमा’ नागपुरले सत्यवान सावित्री बारे अति रोमांचकपूर्ण ढंगले कथा सुनाएर सबैको मन मोहित बनाउनु भयो । श्रीमती राधा बिष्ट, लखनऊले वट, सावित्री व्रतको अटल सौभाग्य दिने र अडिग विश्वासको प्रतीक भएको बारे चर्चा गर्नुभयो । साथै युवा पीढ़ीलाई आधुनिकताको दौडमा संस्कारविहीन हुन नहुने संदेश दिनुभयो।

    डा.कामायनी शर्मा, कानपुरको अति सौहार्दपूर्ण भाषा शैलीमा विवाह पछि पहिलो वट सावित्री व्रत पूजाको संस्मरणले सबैलाई रोमांचित बनायो।
    डा. कविता परिहार, नागपुरले संस्थाको पदाधिकारिलाई धन्यवाद दिँदै वट वृक्ष अक्सिजनको भण्डार भएको जानकारी दिदै बर स्वास्थ्यको दृष्टिमा धेरै फाइदाजनक भएको बताउनु भयो।
    विद्या चौहान, हरियाणाले ‘तेरा पूजन करें सुहागन, हे वट वृक्ष महान, तेरी शरण में जो भी आए दो उनको वरदान, हे वट वृक्ष महान’ स्व-रचित कविता गीत वाचन गरेर सबैको ध्यान आकर्षित गर्नुभयो।
    नागपुर बाट रेखा तिवारीले ‘आई कर सोलह श्रृंगार, मैं तो बड़ को पूजू आज मंगल घड़ियों में’ स्वरचित गीत सुनाउनुभयो।

    नेपालबाट श्रीमती विमुन्स पौडेलले वट सावित्री विशेष कविता ‘ज्येष्ठ कृष्ण की चतुर्दशी यह बहुत ही पावन होती, एक सुहागन दर्द मिटाने वृक्ष छाऊ तल रोती’ वाचन गरेर सबैको हृदयद्रवित बनाउनुभएको थियोे। उहाँको वाचन लगत्तै हुटिङ भएको थियो। साथै उहाँले वट सावित्रीको उपासना व्रत नेपालमा कसरी मनाइन्छ भन्ने बारे प्रकाश पार्नुभएको थियोे । कार्यक्रमको अन्तमा संस्थाकी राष्ट्रिय उपाध्यक्षा तनु खुल्बेले कार्यक्रममा उपस्थित सबै प्रति सम्मान तथा आभार व्यक्त गर्नुभएको थियो ।

    Posted in Uncategorized1 Comment on अखिल भारतीय उत्तराखंड युवा प्रतिनिधि मञ्च एवं राष्ट्रिय सर्वभाषी ब्राह्मण संगठनद्वारा “मांग मेरी रहे सिंदूरी” विषयक कविता वाचन कार्यक्रम

    गुणनिधि घिमिरेका पाँच सुन्दर पञ्चाङ्ग

  • १५ जेष्ठ २०७९, आईतवार २०:०२ मा प्रकाशित
  • गणतन्त्र दीवश रे ?
    —~~
    पाँच विरक्त पञ्चाङ्ग

    
    १
    साँझ बिहान ढिँडो  रोटी खान पाओस् गरिब
    दुःख पाएर देशभित्र नहोस् कोही हरिप
    नामै मात्र गणतन्त्र के का शुभकामना रे 
    जनतालाई मासी आफू हुँदा रैछन् सरिफ
    ठिनेमिने लुटाहाले देश डुबाए करिब॥
    २
    
    जुनै जोगी आए पनि कानै चिऱ्या हुन्छन्
    जनता नै बिर्सिएर आफैं गिऱ्या हुन्छन्
    शुभकामनाको कुरो गर्नै मन छैन 
    न्याय मिची आफ्नो सबै ऋण तिऱ्या हुन्छन्
    म्याउ म्याउ अर्को पल्ट गाउँ फिऱ्या हुन्छन् ॥
    ३
    
    राष्ट्रलाई छिया छिया पारेपछि अब 
    केको नाम रहेको छ दारेपछि अब
    के का गणतन्त्र यहाँ कता प्रजातन्त्र
    गरिबीको अन्त्य तिर झारेपछि अब
    दुःख दिई प्रजाहरू मारेपछि अब ॥
    ४
    
    लाज लाग्छ गणतन्त्र दीवश भन्न पनि
    शुभकामनाको कुरो मनमा गन्न पनि 
    किन किन आज मलाई रिसै मात्र उठ्छ
    बिहान र बेलुकालाई छैन अन्न पनि
    खान पनि पाको छैन कहिल्यै टन्न पनि ॥
    ५
    
    बाध्यतामा परे पछि दुःख खप्नै पर्छ
    खान पाउने  कसरी  मन्त्र जप्नै पर्छ
    अरूलाई पिर नपारी शान्तिले बाँचौँ
    किन सधैँ अरूलाई जित्न टप्नै पर्छ ..?
    अरूलाई तल पारी आफ्नो थप्नै पर्छ ?

    ~~~~
    गुणनिधि घिमिरे
    पाँचथर खान्द्रोङ्ग उर्लावारी मोरङ
    हाल अमेरिका

    Posted in Uncategorized, ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on गुणनिधि घिमिरेका पाँच सुन्दर पञ्चाङ्ग

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ५१औँ भाग शनिबार सम्पन्न

  • १ जेष्ठ २०७९, आईतवार १४:५० मा प्रकाशित
  • काठमाडौ, ३१ बैशाख। साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ५१औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ४५ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    शृङ्खलाका लागि राखिएको तस्बिर

    Social media

    तस्बिरमा उदक लेखन शृङ्खलामा सहभागी स्रष्टाहरूका उदकहरू

    🌺🌺🌺
    १
    हिमाल
    गुराँसे बस्ती
    सुन्दर शान्त नेपाल !
    – आर्त अकुलीन, कैलाली
    🌺🌺🌺
    २
    हिमाल
    सुन्दर बस्ति
    लालीगुँरास प्रकृतिको कमाल !
    – अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा, हाल: मलेसिया
    🌺🌺🌺
    ३
    हिमाल
    प्रकृतिको खानी
    स्वच्छ छ हावापानी !
    – पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’
           पनौती-३, काभ्रे
    🌺🌺🌺
    ४
    बसाेबास
    हिमालयकाे काख
    सुन्दर नीलो आकाश !
    – नवराज भट्ट, कञ्चनपुर
    🌺🌺🌺
    ५
    हिमाल
    गुराँसे थुम्का
    मनमोहक बस्तीको शोभा !
    – मुना दाहाल, काठमाडौँ
    🌺🌺🌺
    ६
    आँखामा 
    कमाल देखिने
    नेपालीको पहिचान लेखिने !
    – ईश्वरी अधिकारी, लमजुङ
    🌺🌺🌺
    ७
    हिमाल
    गुराँस फेदीमा
    मनमोहक बस्ती छेउमै !
    – चक्र शाही, कैलाली
    🌺🌺🌺
    ८
    हिमाल
    सुन्दर बस्ती
    फूलले सजिएको नेपाल !
    – सरस्वती वली, बर्दिया
    🌺🌺🌺
    ९
    हिमाल
    काखैमा गाउँ
    कति सुन्दर ठाउँ !
    – पद्मा रिजाल, बाँके
    🌺🌺🌺
    १०
    स्वच्छ
    हिमाली बस्ती
    राष्ट्रिय फूलले सुशोभित !
    – कमला देवकोटा, पाल्पा
    🌺🌺🌺
    ११
    गुराँस
    हिमाली काख
    प्रकृतिको सुन्दर साथ !
    – टुकादेवी पौडेल आचार्य
    शुक्लागण्डकी-३, तनहुँ
    🌺🌺🌺
    १२
    हिमाल
    नेपालको सान
    गरौ संरक्षणको अभियान !
    – रमा पन्त, पाल्पा
    🌺🌺🌺
    १३
    हिमाल
    फुलेको गुराँस
    आहा सुन्दर दृश्य !
    – सुमित्रा पोखरेल, काठमाडौँ
    🌺🌺🌺
    १४
    नेपाल
    हिमालको  देश
    मिलेको अनेक परिवेश !
    – बुद्धिप्रसाद लामिछाने, कैलाली
    🌺🌺🌺
    १५
    हिमाल
    सुन्दर प्रकृति
    कृत्रिम गाउँ बस्ती !
    – बालकृष्ण खनाल, टीकापुर
    🌺🌺🌺
    १६
    प्राकृतिक
    सौन्दर्यताले भरिपुर्ण
    हाम्रो आफ्नै गाउँ !
    – सुशिला पौडेल, काठमाडौँ
    🌺🌺🌺
    १७
    नेपाल
    हिमालकाे काख
    सुन्दर अनुपम दृश्य !
    – श्रद्धा आचार्य, पोखरा
    🌺🌺🌺
    १८
    नेपाल
    सुन्दर शान्त
    मुसुक्क मुस्कुराएको हिमाल !
    – हिमाल अम्मै, घोडाघोडी, कैलाली
    🌺🌺🌺
    १९
    फुलैफुलले
    ढाकेको बस्ती
    अडिग श्वेत हिमाल !
    – धर्मी शाक्य, बुटवल, रुपन्देही
    🌺🌺🌺
    २०
    नेपाल
    सेतो हिमाल
    लालित्यले छाएको गाउँ !
    – धनमाया चौधरी, कैलाली
    🌺🌺🌺
    २१
    हिमाल
    मनमाेहक गुराँस
    स्वच्छ रमणिय बस्ती !
    – राम सुन्दर थारु, कैलाली
    🌺🌺🌺
    २२
    प्रतीक
    हिमालमा फूल
    मनमाेहक माेहनी रङ्गहरूमा !
    – राेशन पराजुली, धरान
    🌺🌺🌺
    २३
    विशाल
    प्राकृतिक सुन्दरता
    नेपालीहरूको अटल गौरवता !
    – इन्दिरा ज्ञवाली, तानसेन, पाल्पा
    🌺🌺🌺
    २४
    लालीगुराँस
    सुन्दर हिमाल
    हाम्रो देश नेपाल !
    – सविता के.सी., काठमाडौँ
    🌺🌺🌺
    २५
    स्वर्ग
    खाेजूँ कहाँ
    छ त नेपालमै !
    – चन्द्रावती अधिकारी, कोहलपुर
    🌺🌺🌺
    २६
    हिमाल                                 
    हाम्रो सान ,                                                
    सबैले गरेका गान !
    -त्रिलोक रामदाम
    सि.न.न.पा-८, भैरहवा
    🌺🌺🌺
    २७
    हिमाल
    फुल्यो गुराँस
    रमाइलो सुन्दर बस्ती !
    – समुन्द्रा शर्मा, सुनसरी
    🌺🌺🌺
    २८
    हिमाल
    सुन्दर गाँउ
    आहा राम्रो बस्ती !
    – नारायण कोइराला, तानसेन, पाल्पा
    🌺🌺🌺
    २९
    हिमाच्छादित
    श्वेत शैल
    मनोरम ग्रामिण परिवेश !
    – गोपालप्रसाद पौड्याल, विराटचोक, माोरङ
    🌺🌺🌺
    ३०
    हिमाल
    टलक्क टल्केको
    मनै लोभ्याउने दृश्य !
    – सरस्वती श्रेष्ठ, इटहरी
    🌺🌺🌺
    ३१
    प्रेमिल
    हिमाली काख
    प्रकृतिको अनुपम शृङ्गार !
    – शिव खनाल ‘जीवम’, रुपन्देही
    🌺🌺🌺
    ३२
    हिमाल
    चुम्दै आकाश
    लजाउँदै बस्तीमा लालीगुराँस !
    – टीकाराम जोशी, टीकापुर
    🌺🌺🌺
    ३३
    हिमाल
    बस्तीबाट टाढा
    सौन्दर्यको एक झलक ।
    – सोमनाथ लुइटेल ‘रवि पालपाली’, बर्दिया
    🌺🌺🌺
    ३४
    सुन्दर
    मेरो धर्ती
    शिरमा सेता हिमाल !
    – शारदा आचार्य, ललितपुर
    🌺🌺🌺
    ३५
    आहा!
    कति राम्रो
    प्राकृतिक सुन्दरता हाम्रो !
    – राजेश भट्टराई
    सैनामैना-११, रुपन्देही
    🌺🌺🌺
    ३६
    हिमाल
    मिलेको बस्ती
    मनमोहक दृश्यले भरिपूर्ण !
    – खेमराज पुरी, कैलाली
    🌺🌺🌺
    ३७
    प्राकृतिक
    मनोरम दृश्य
    हिमाली काखमा बस्ती !
    – रामचन्द्र ढकाल, चितवन
    🌺🌺🌺
    ३८
    नेपाल
    हिमालको काख
    मायाले पुल्पुलिएका नेपाली !
    – पशपती राई, खोटाङ
    🌺🌺🌺
    ३९
    हिमाल
    मनमाेहक दृश्य
    पृष्ठभूमिमा समृद्ध गाउँ !
    – नारायणप्रसाद उपाध्याय, कैलाली
    🌺🌺🌺
    ४०
    हिमाल
    तिम्रो काखमा
    लालीगुराँस फुलेको शहर !
    – मङ्गला उपाध्याय, बारा
    🌺🌺🌺
    हिमाल
    गुराँसे गाउँ
    मानव विहिन बस्ती !
    – कण्ठराज गिरी, कैलाली, हाल: अस्ट्रेलिया
    🌺🌺🌺
    ४२
    सुन्दर
    प्राकृतिक छटा
    स्वर्ग समान नेपाल !
    – दुर्गा अधिकारी ‘भमरकोटे’, काठमाडौँ
    🌺🌺🌺
    ४३
    प्राकृति
    हिमाल टल्केको
    सुन्दरता नेपालको झल्केको !
    – बुद्धिमान चौधरी
    कनकाई नगरपालिका-४, झापा
    🌺🌺🌺
    ४४
    हिमाल
    सौम्य गुराँस
    सुन्दर देश नेपाल !
    – प्रद्युम्न चालिसे, भक्तपुर
    🌺🌺🌺
    ४५
    हिमाल
    आकर्षक मनोरम
    चाँदी झैँ टल्केको
    – अम्बिका अधिकारी, झापा
    🌺🌺🌺
    ४६
    सौन्दर्य
    हिमालको लाखमा
    गाउँ प्रकृतिको ममता !
    – प्रेम थापा ‘मन’, बागलुङ
    🌺🌺🌺
    ४७
    गाउँ
    सुन्दर देखिने
    हिमाली गुराँसको चमक !
    – रमेश प्रभात, चितवन
    🌺🌺🌺
    ४८
    काखमा
    सुन्दर हिमालको
    पवित्र ग्रामीण बस्ती !
    – तेजप्रसाद खनाल, लमही, दाङ
    🌺🌺🌺
    ४९
    शिखर
    सुन्दर बस्ती
    गुराँसको अनुपम लालित्य !
    – कविता आचार्य, कैलाली
    🌺🌺🌺
    ५०
    हिमाल
    प्रकृति फुल्ने
    सुन्दर गाउँ नेपाल !
    – सरस्वती श्रेष्ठ, रुपन्देही
    🌺🌺🌺
    ५१
    धौलागिरि
    सुन्दर हिमाल
    लालीगुराँस मुस्ताङ नेपाल !
    – जमुना कायस्थ, पोखरा
    🌺🌺🌺
    ५२
    सुन्दर
    शान्त देश
    नेपालको सान हिमाल !
    – दुर्गा आचार्य, मोरङ
    🌺🌺🌺
    ५३
    काख
    सुन्दर हिमालको
    सुन्दर घरहरू लाखौँलाख !
    – गुणनिधि घिमिरे, पाँचथर, हाल: अमेरिका
    🌺🌺🌺
    ५४
    हिमाल
    सपनाको नेपाल
    सुन्दर शान्त विशाल !
    – जमुना आचार्य, सिन्धुपाल्चोक
    🌺🌺🌺
    ५५
    हिमाल
    गुराँसे गाउँबेसी
    घामले पगालेको कति !
    – सरिता काफ्ले, कोहलपुर, बाँके
    🌺🌺🌺
    ५६
    रहर
    फूलकाे सहर
    हिमालकाे काखमा घर !
    – भवानी घिमिरे, सर्लाही
    🌺🌺🌺
    ५७
    हिमाल
    नेपालको सान
    सुन्दर लालीगुराँसको वन !
    – सीता बिष्ट कार्की (सीबिका), काठमाण्डौँ
    🌺🌺🌺
    ५८
    नेपाल
    शान्त देश
    नेपालीको गौरव हिमाल !
    – दुर्गा भट्टराई, मोरङ
    🌺🌺🌺

    Posted in UncategorizedLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ५१औँ भाग शनिबार सम्पन्न

    विभिन्न कारणले नेपाल फर्किन नपाएका, साउदीमा फसेका श्रमिकहरूको एक्जिट भिसा एम्बेस्सी रियादले प्रोसेसिङ गर्दै

  • २७ बैशाख २०७९, मंगलवार २१:०९ मा प्रकाशित
  • श्रमिक सचेतना तथा गुनासो/समस्या संकलन कार्यक्रम !


    समर्पण रम्जान

    १० मे २०२२, साउदी अरब ! नेपाली दूतावास रियादले २० मे २०२२ का दिन दम्माममा श्रमिक सचेतना कार्यक्रम गर्दै श्रमिकहरुको गुनासो/समस्या संकलन गरि विविध कारणबस नेपाल फर्किन नसकेका, साउदिमा फसेका नेपालीहरुका लागि एक्जिट भिषा लगाउन सहयोग गर्ने भएको छ ।


    दूतावास रियादले आफ्नो फेसबुक पेजबाट आधिकारिक सुचना जारी गर्दै दम्माम तथा वरिपरि रहेका सम्पुर्ण नेपालीहरुलाइ उक्त कार्यक्रममा कामदारहरूले आफ्नो राहदानी सक्कल, राहदानीको फोटोकपि र इकमाको फोटोकपि साथमा लिएर उपस्थिति भइ सेवा लिन अनुरोध गरेको छ ।

    दूतावासले जारी गरेको सुचना जस्ताको त्यस्तै :-
    “१. कम्पनीले इकामा नबनाइदिएको वा इकामा नविकरण नगरिदिएको वा हुरूब लगाइदिएको कारणले नेपाल फर्किन नपाएकाहरूको एक्जिट भिसा प्रोसेसिङ गरिने छ । यस्तो समस्या भएका कामदारहरूले आफ्नो राहदानी सक्कल, राहदानीको फोटोकपि र इकमाको फोटोकपि साथमा लिएर आउनुहोला । अहिलेसम्म इकामा नै बनाएको छैन भने साउदी आउँदा साउदी अध्यागमनले आफ्नो राहदानीको जुन पेजमा बोर्डर नं. लेखिदिएको दिएको छ त्यो पेजको फोटोकपि लिएर आउनुहोला ।

    २. कम्पनीले सम्झौता अनुसारको तलब सुविधा दिएको छैन, काम गरेको समयको तलब दिएको छैन, ओभरटाइमको पैसा दिएको छैन, छुट्टीमा घर जान दिएको छैन, अपलपत्र पारेको छ, अनावश्यक जरिवाना लगाइदिएको छ, फर्जी कागज बनाएर फसाएको छ भने यस्ता किसिमका कामदारको समस्या समाधानको लागि पहल गरिने छ । यस्तो समस्या भएका कामदारले आफ्नो राहदानी र इकामाको फोटोकपि र आफ्नो सुपरभाइजर वा कम्पनीको एचआर वा कफिलको सम्पर्क मोवाइल नं. लिएर आउनुहोला ।

    कार्यक्रम हुने स्थानको लोकेशनः https://goo.gl/maps/GzZa6gu8b8McW9Ti9
    । समय :- बिहान ७ बजे देखि अपराह्न ३ बजे सम्म । अल असेम रेस्ट हाउस फर फेस्टिभल अल फैसलिया दम्माम।

    Posted in Uncategorized1 Comment on विभिन्न कारणले नेपाल फर्किन नपाएका, साउदीमा फसेका श्रमिकहरूको एक्जिट भिसा एम्बेस्सी रियादले प्रोसेसिङ गर्दै

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P