नेपालको नयाँ जनसंख्या २ करोड ९१ लाख, पुरूषभन्दा ६ लाख बढी महिला

  • १२ माघ २०७८, बुधबार ११:१० मा प्रकाशित
  • नेपालको जनसंख्या वृद्धिदर पछिल्लो ८० वर्षमै कम भएको छ।

    बुधबार केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको २०७८ को जनगणनाको प्रारम्भिक नतिजामा नेपालको पछिल्लो जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० छ। यो २०६८ सालको  तुलनामा झन्डै २७ लाख बढी हो।

    नेपालको जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत छ। यो सन् १९९८पछिको सबैभन्दा न्यून हो।

    १९९८ देखिपछिका सबै जनगणनामा नेपालको जनसंख्याको  बढेको छ। वृद्धिदर १ प्रतिशतभन्दा कम भएको यसैपालि हो।

    नेपालमा पुरूषभन्दा ६ लाख बढी महिला रहेको प्रारम्भिक परिणाममा देखिएको छ।

    नेपालमा अहिले पुरूषको संख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ छ भने महिलाको संख्या १ करोड ४९ लाख १हजार १ सय ६९ छ।

    Copied:setopati

    Leave a Reply