सरकारले तोकेकोभन्दा बढी शुल्क लिएको भन्दै काठमाडौं मेडिकल कलेज (केएमसी) मा संयुक्त विद्यार्थी संगठनले तालाबन्दी गरेको छन् ।
चिकित्सा शिक्षा अध्ययनका लागि केएमसीमा एमबीबीएस, बीडीएस र बीएनएस अध्ययनरत विद्यार्थी भर्नामा अतिरिक्त शुल्क मागेको र अभिभावकलाई धम्की दिएको भन्दै संयुक्त विद्यार्थी संगठनले आइतबार तालालबन्दी गरेको अखिल क्रान्तिकारीका नेता जिपी मैनालीले जानकारी दिए।
उनले विद्यार्थीहरुको जाजय मागको सम्बोधन नभए आन्दोलनले नै सबै विषयको छिनोफानो हुनेसमेत चेतावनी दिएका छन्।
एमबीबीएस, बीडीएस र बीएनएस अध्ययनरत विद्यार्थीहरुलाई भर्नामा अभिरिक्त शुल्क मागेको र अभिभावकलाई केएमसी कलेज प्रशासनले धम्की दिएको आरोप उनले लगाए।
छात्राबासलाई अनिवार्य बनाई नियमविपरीत चर्को मूल्य लिन खोज्नु विद्यार्थी र अभिभावकलाई लुट्ने प्रयास भएको विद्यार्थी संगठनको भनाई छ।
यस्तै सबै मेडिकल कजेलहरुको पठनपाठन सहज नबनेसम्म काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजको भर्ना प्रक्रिया र पठनपाठन स्थगन गर्न संयुक्त विलार्थी संगठनले माग गरेको छ।
२३ जनवरी २०२२, साउदी अरब! केहि दिन देखी साउदी अरवको जेद्धामा कोठामा छटपटाइरहेका जाजरकोट घर भएर बिगत २५ महिनाअगाडि न्यु वल्ड ओभर्जिस बाट साउदी आएका आएस रानाको उपचार र उद्धारका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले कोठामा छटपटाइरहेका भाइरल भिडियोबारे चासो राख्दै उपचार र उद्धारका लागि पहल गर्नुभएको छ ।
शनिवार विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नेपाली श्रमिक आइस राना पीडाले छटपटाइरहेको तस्वीर र भिडियो जताततै प्रकाशित भएपछि आइतवार नेपाली दुतावासका कर्मचारी र श्रम सहचारी सहितको टोली उनि रहेको स्थानमा गइ उनको अवस्थाबारे जानकारी लिएको छ ।
श्रम सहचारी प्रेम उपाध्याय र भाषा अनुवादक सहित दुतावासको टोली बिरामी राना भएको ठाउँमा गइ उपचारका लागि स्थानीय अस्पतालमा लगेर उपचार गरिएको कुरा मन्त्रीका प्रेस सल्लाहकार तेज प्रसाद वाग्लेले जानकारी दिएका छन् । नेपाली दुतावासले राना सहित जेद्धामा अलपत्र परेका आठ जना नेपाली श्रमिकहरुको दैनिक खानाको प्रवन्ध गर्दै आएको थियो । आठमध्ये एकजना नेपाल फर्किसकेका छन् भने अन्य छ जना यहि २५ जनवरी मंगलवार नेपाल फर्कनेछन् । रानाको पनि नेपाल फर्कने टिकटको व्यवस्था गरिएको तर, उनको पुलिस केस भएकोले एक्जीट भिषाको लागि समय लाग्ने नेपाली दुतावासले जनाएको वाग्लेले जानकारी दिनु भएको छ । उनि बिरामी परेपछि नेपाल फर्कने व्यवस्थाका लागि नेपाली दुतावासले आइतवार नै इमिग्रेसनलाई पत्राचार समेत गरेको नेपाली काउन्सिलर शत्रुधन पोखरेलले बताउनुभयो । रानाको अवस्था अहिले सामान्य रहेको पोखरेलले बताउनुभयो । मन्त्री श्रेष्ठले अलपत्र नेपाली श्रमिक उद्धारका लागि नेपाली दुतावास र श्रम सहचारीले गरेको प्रयासका लागि धन्यवाद दिनुभएको पनि मन्त्रीका प्रेस सल्लाहकारले जानकारी दिनुभएको छ।
उहाँको यो अबस्थाको भिडियो भाइरल भए लगत्तै “साउदी अरबमा हामी नेपाली” भन्ने ग्रुपका एड्मिन हरु चन्द्र चुदाली, रवि साप्कोटा, एनआरएनए साउदिका अध्यक्ष डम्बर यादव, तथा एनआरएनए साउदिका नि वर्तमान उपाध्यक्ष बिशाल श्रेष्ठ, एनआरएनए आरसिसि अध्यक्ष रमजान दिन मियाँ, हरुले उद्दारका लागि महाबाणिज्य दूतावास जेद्दामा समन्वय गरि पहल गरेका थिए।
प्रिया स्मृती गजमेर,देउखुरी ९ माघ / मोटरसाइकल दुर्घटना हुँदा देउखुरीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ कौवापुर बस्ने अन्दाजी २५ वर्षिय अरुण देबकोटा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
सोही मोटरसाइकलमा सवार चितवन भरतपुर ७ बस्ने राम प्रसाद सापकोटा घाइते भएका छन । आइतबार बेलुका लमही देखि गढवा तर्फ जाँदै गरेको रा ५ प ५७१४ नम्बरको मोटरसाइकल विपरित दिशा बाट आइरहेको साइकल यात्रीलाई बचाउन खोज्दा लमही नगरपालिका वडा नम्बर ४ बलामपुरमा दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका देबकोटाको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । उनको टाउकामा गहिरो चोट लागेको छ । त्यस्तै घाइते सापकोटाको सामान्य उपचार पछि थप उपचारका लागि अन्यत्र लैजाने तयारी भैरहेको छ ।
छाडा चौपायालाई व्यवस्थित गर्न थालेपछि जिल्लामा फाटफुट मात्रामा गिद्ध देखा पर्न थालेका थिए।
छाडा चौपायाले किसानको बाली खाएर नोक्सान गरिदिने, सडक अवरुद्ध गरेर दुर्घटना निम्त्याउने, सडक, बस्ती फोहोर गर्न थालेपछि व्यास नगरपालिकाको सक्रियतामा व्यास–१० शिशुवा भतेरीमा गौ-संरक्षण केन्द्र स्थापना गरिएको छ।
नेपाल विद्युत् प्राधिकरणले गौ-संरक्षण केन्द्र आसपासबाट भोर्लेटार–दमौली ३३ केभी प्रसारण लाइन विस्तार गरेपछि गिद्ध करेन्ट लागेर धमाधम मर्न थालेका छन्।
शिशुवा–भतेरीमा छाडा चौपाया सङ्कलन गरी गौ संरक्षण केन्द्र स्थापना गरेसँगै मरेका पशु खान दिनमा विभिन्न किसिमका सयौँ गिद्ध आउने गरेको वडाध्यक्ष तुलसीराम सापकोटाले बताए।
‘गौ संरक्षण केन्द्र आसपास क्षेत्रमा छ–सात किसिमका गिद्ध देखा पर्न थालेका छन्,’ उनले भने।
हालसम्म करिब ६०–७० गिद्ध करेन्ट लागेर मरिसकेको बताइएको छ। धेरै गिद्ध करेन्ट लागेर मर्न थालेपछि प्राधिकरणलाई यस क्षेत्रको नाङ्गो तार व्यवस्थित गर्न र पोलिथिन पाइपले कभरिङ गर्नका लागि आग्रह गरिएको उनले बताए।
प्राधिकरणले राम्रोसँग विद्युत् पोलको अर्थिङ नमिलाउँदा अर्थिङमा परेर केही समयअघि एक स्थानीय बालकसमेत घाइते भएको स्थानीय रामप्रसाद सापकोटाले बताए।
केन्द्रमा हाल १०० को हाराहारीमा छाडा छोडिएका पशुचौपाया छन्। स्थानीयदेखि उन्नत जातसम्मका गाई संरक्षण केन्द्रमा छन्।
गाईले दूध दिँदासम्म पाल्ने र यसपछि छाडिदिने प्रवृत्ति बढेपछि नगरपालिकाले सो केन्द्र स्थापना गरी संरक्षण गर्दै आएको हो।
एकादेशमा एक घरकाे नजिकै एक दुखी महिला थिइन् । उनी फिसिक्क हाँस्थिन् । नेपाली पहिचानकाे रूपमा रूग्ण मुहार, खिस्रिक्क हँसाइ, प्यात्त माेटाे बसाइ, जिङ्ग्रिङ्ग मुन्द्राइ कपाल खुस्केला जस्ताे सास, धम्कीले गाँजिएकाे दम र ह्वासल्याङमा देखिन्थिन् । उनलाई सबैले दुखी महिलाकाे रूपमा चिनिदिन्थे । उनकाे पहिचान थियाे । –“सामना !” सबैकाे आँखा अगाडि एकाएक एउटा अर्काे नयाँ चेहरा पर्थ्याे । तीनै महिलाले झैँ जीवन व्यतित गरेका व्यक्तिहरूकाे जीवन कथा पनि कम मार्मिक थिएन । जीवनभर कहिल्यै संस्कारित नभएका, हिमालयकाे कन्चन जलले ननुहाएका, फाेहरी र दृढ पात्र थिए । –“अलि बाबा !” उनीहरूकाे बिच एकदिन धर्मयुग बारे युद्ध चल्याे । महिलाले धर्मका बारे व्याख्या गरिन् । –“सनातन धर्म !” नयाँ चेहराकाे अलि बाबा एक मुठाे साग देखाएर वरिपरिका मान्छेहरूलाई भने !” –“धर्म अफिम भएकाेले याे अमानत हाे !” जब धर्म र अफिमकाे द्वन्द्व चल्न थाल्याे तब चुल्हाेमा खिचडी फत्किन थाल्याे । सामना र अलि बाबाकाे बाटाेमा अफिम र धर्मले लठ्ठिदै दुवैकाे जम्काभेट भयाे । उनीहरूले सल्लाह गरे। –“अब बाेली फेराैँ !” बाेली फेर्दैजाँदा उनीहरूकाे चुल्होमा फत्केकाे खिचडीमा एक अचम्मकाे आवाज आयाे । –“भट्टाकाे उद्याेग गर !” जब स्थापित उद्याेग चल्याे । काेही बेराेजगार त काेही घरबार विहिन, काेही सहिद त काेही अपाङ्ग हुन थाले । बेराेजगारका मालिकले हाैस्याएर भने । –“खाडीकाे श्रम शिविर देखेका छाै ?” भट्टामा डढेर अँगार भएका विचरा बेरोजगार, घरवार विहिन र अपाङ्गहरूले दर्शन भेटमा भने । –“हजुर हिमालमा जाडाे छ, उता कस्ताे छ ?” –“गरम !” हिमालयमा सामना र अलि बाबा मात्र बाँकी थिए । उनीहरूले पलपलमा सिरिन्जले घाेचेर रगत तानिरहेका थिए । –“पसिनाकाे कर !” काठमाण्डौ
२. लघुकथा : लोग्नेमान्छे
✍️ घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’
रात ढल्किँदै जाँदा सदा झैँ फेरि पनि उसको शारीरिक चाहना श्रीमतीले इन्कार गर्छिन् र अर्कै पट्टि कोल्टे फर्केर सुत्छिन् ।
“तँ, काम नलाग्ने, भइस् !” ऊ रिसाउँछ, घोँडा झैँ हिनहिनाउँछ र स्वास्नीलाई जबरजस्ती आफूतिर तान्छ । उसकी स्वास्नी विवश बनेर जिउँदो लास झैँ लम्पसार पर्छिन् , हरेक रात, उसको हिंस्रक आक्रमण सहेर ।
-“के म बजारबाट किनेर ल्याइएकी वस्तु हुँ र जतिखेर, जे मन लाग्यो गर्न ? लोग्ने मान्छेको जात कस्तो ! के सबैका लोग्नेहरू मेरै जस्ता हुन्छन् ?” श्रीमतीको मनले सोच्ने गर्छ ।
एकरात श्रीमती हिंस्रक र उन्मत्त बूढो लोग्नेलाई ओच्छ्यानमा पछार्दै भागेर बुहारीको ढोका ढकढकाउन पुग्छिन् ।
ढोका खोल्दा, सासुलाई अस्तव्यस्त उभिएको देखेर अचम्म मान्दै बुहारी सोध्न खोज्छिन् तर सासू भित्र पसेर हतारमा चुकुल लगाउँछिन् र भन्छिन् , “आज देखि म तिमीसँगै सुत्छु । छोरा पनि विदेशमा छ । म भएपछि तिमीलाई पनि एक्लो महसुस हुँदैन ।”
बुहारीले चकित् हुँदै सोध्छिन् , “के भयो र आमा ?”
“के भन्नु ! लोग्नेले श्रीमतीको अप्ठेरो र अनिच्छा पनि बुझे पो सँगै बस्नु !”
बुहारीले कुरा बुझिछिन् के रे ! खिन्न भावमा एकछिन टोलाउँछिन् ।
“कता डुब्दैछौ, बुहारी ? सुत, म पनि सुत्छु, अब !”
झस्किँदै बुहारीले सासू आमालाई सोध्छिन् , “के ससुरा बाले बल प्रयोग गर्नु भो ?”
“अँ ! यो उमेरमा पनि खुब दुख दिन्छन् । मासिक धर्म रोकिएको पनि १० बर्ष भयो । अब त मेरो शारीरिक इच्छा नै मरिसकेको छ । हैन, लोग्ने मान्छेको इच्छा चैँ, मान्छे नमरुन्जेल सम्म नमर्ने रहेछ कि के हो, जति बूढो भयो उति….!”
” तपाईं बुबाको कोठामा नसुते पनि अर्को कोठामा सुत्नुस् न, हुन्न ?”
“हुन्न नि बुहारी, उतै पुगिहाल्छन् नि, गिजोल्न !”
बुहारीले पनि यही मौकामा सासू आमालाई भनिदिइन् – “तपाईंकै छोरा पनि कम्ता बदमास छ र ? विदेशमै बसेर हरेक रात मलाई निर्वस्त्र बनाउँछ, स्मार्ट फोनको पर्दामा । म पनि धर्मसङ्कटमा छु, आमा ! के सबै लोग्ने मान्छे उस्तै हुन् , त ?” राप्ती-८, चितवन
३. लघुकथा: मुकुण्डो
✍️ गंगा खड्का
” छोरा ! हामीले सकभर तिमीहरूलाई दु:ख दिन नखोजेको। तर अब नभनी भएन । बालाई कोरोनाले सिकिस्त बनायो । अस्पताल नलगी भएन । छिटो बिदा मिलाएर आओ ।” सन्तोषीले काठमाडौँमा बस्ने छोरा रुपकलाई फोनमा भनिन् ।
“आमा ! म यति टाढाबाट आउन्जेल बालाई अस्पताल पुराउन ढिलो हुन्छ । म पैसा पठाइदिन्छु । गाउँमा कसैलाई भनेर अस्पताल लैजाँदै गर्नु । म अस्पतालमै आउँछु।”
छोराको कुरा सुनेर सन्तोषीले आत्तिदै भनिन् , ” बाबु प्लेनमै भए पनि छिटो आऊ । असली मान्छेका अभावमा गाउँ त रित्तै छ । गाउँमा त मान्छेका मुकुण्डो लगाएका मानवता विहिन मान्छे मात्रै बस्छन् ।” बूढानीलकण्ठ ,काठमाडौँ
पछिल्लो पटक पर्सामा देखिएको कोरोना सङ्क्रमणको तेस्रो लहरअन्तर्गत एक जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सङ्क्रमित पुरुषको मृत्यु भएको हो। मृत्यु हुनेमा बाराको महागढीमाई नगरपालिका–६ निवासी ५० वर्षीय पुरुष रहेको अस्पताल स्रोतले जनाएको छ ।
कोरोना सङ्क्रमणको तेस्रो लहरमा पर्साको यो नै पहिलो मृत्युको घटना हो। सङ्क्रमित पुरुष वीरगञ्जकै एक निजी अस्पतालमा उपचारका लागि पुगेका थिए। सङ्क्रमणको लक्षण देखा परेपछि यही माघ ६ गते गरिएको एन्टिजेन परीक्षण रिपोर्ट पोजेटिभ देखिएको थियो ।
कोरोना सङ्क्रमण पुष्टि भएपछि निजी अस्पतालले उपचारका लागि सङ्क्रमितलाई नारायणी अस्पतालमा रेफर गरेको थियो। मधुमेह, कोभिड र निमोनियासहित अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा मृत्यु भएको र उनले कोरोनाको खोप पनि नलगाएको पाइएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर उदयनारायण सिंहले जानकारी दिए।
काठमाडौ, ४ माघ । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको १७ औं शृङ्खला शनिबार सम्पन्न भएको छ । अभ्यासमा ४६ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त अभ्यास शृङ्खला नियमित सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखन अभ्यासमा पृथकता एवं फरकपन भित्राउने सिलसिला उक्त शृङ्खला सञ्चालन गरिदै आएको समाजका अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
अभ्यासका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको १७औं शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको टुक्का
रोक्ने कसको आँट? गर्छु, मनलागी व्यवहार, डिस्को पार्टी धाउन पाउनु, मानव अधिकार । ✍️ वसन्त अनुभव
सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
१ मानव अधिकारले दिएको छ गर्न सबै छुट, मनलागी गर्दै हिड आवराहरू हो एकजुट ।
वसन्त अनुभव घोराही उपमहानगरपालिका १४ दाङ
२// रोक्ने आँट छैन कसैको तर पैसाको गाँठले रोक्दछ मानव अधिकार भए पनि हजुर भाग्यले ठोक्दछ।
दीपक ठटाल जलन,खरसाङ,दार्जीलिङ।
३// डिस्काे पाटी माेज मस्ती भवसागर तर्छु, स्वतन्त्रता अधिकार हाे मन मर्जी गर्छु।
ताराप्रसाद चापागाईं धुनिबेसी ।
४// जन्मजात स्वतन्त्र म किन लाउँछाै सिक्री , मनलाग्दि डुलि हिड्छु मलाई के काे फिक्री ?
मित्र उराठी गाैतम अमरपुर गुल्मी हाल ति न पा-२, रुपन्देही
५// ठग्नेहरु हिडेका छन् मानव अधिकारको नाम लिदै, गरिब असहाय मर्दै छन् परिवर्तनको साथ दिदै ।
अम्विका अधिकारी झापा विर्तामोड
६// मोज मस्ती गर्दै जान्छु रोक्न कसले गर्न सक्छ आँट, स्वतन्त्रता त्यो मेरो हक अधिकार देखाउँछु ठाँट ।
बेदु न्यौपाने काठमाडौ❤️
७// मानव रुपि परिचय मैले दिएको छु भन्दा शब्द टाढा भाग्छ। स्वार्थमै जीवन कटाउने तुच्छ आत्मा मानव अधिकार लाग्छ
संझना( कुसुम)कास्की
८// रमाउन आफू खुशी गर्छु कसलाई केको टन्टा, आफ्नै सुरले आफ्नो काममा लाग नबजाऊ घन्टा ।
रचना शर्मा प्रतीक्षा, ललितपुर ।
९// आहार विहार मोज मस्ती तासको घरमा बस्छु, रंगीचंगी दुनियाँमा रमाउँदै शहरमा पस्छु ।
डम्बर थामी ‘अनुपम’ कालिन्चोक गाउँपालिका-६, दोलखा
१०// मनलागी गर्नुलाई नै स्वतन्त्रता भन्छन् अर्कालाई पिर नपारी गरे त सहन्छन् ।
गुणनिधि घिमिरे #पाँचथर #मोरङ हाल अमेरिका
११// मानवले राज गरे पाे मानव अधिकार, मानवता विरोधीलाई राक्षसी ब्यवहार!
निरज कोइराला
१२// मोज मस्ती मेरै अधिकार लिएर बियर बोतल हातले, पिउदै पार्टीमा नाच्ने हो अधिकार मेरै किन रोक्थ्यो जातले।
अच्युत घिमिरे-भुटान
१३// अधिकार पाउने नाउँमा उच्छृङ्खल बन्दा, फसौला नराम्ररी आफैँलाई खाडल खन्दा ।
गंगा खड्का बूढानीलकण्ठ काठमाडौँ
१४// उल्टो सुल्टो नाम चलाउन गर चमत्कार, जहिले गोटी पल्टिन्न क्यारे बन होसियार।
म्यामराज राई
१५// ऐया ! सिमा बिताउँछु जिवन रोक्ने नगर आँट, मेरो यहीँ जीन्दगानी आफैले लिलाम गर्ने छाँट।
सुरेशकुमार पान्डे।दाङ घोराही १८
१६// नैतिकता र संस्कार सबै पुराना भए, विकृति र विसंगति सबैका प्रिय रहे!
भूषण जंग, काठमाण्डु
१७// पाएका छाै स्वतन्त्रता हामी सबैले यहाँ, खाेजि निन्दा गर्नु हुन्न है जाउँ जहाँ जहाँ।
प्रेम कला चापागाईं झापा मेचीनगर १२ सहरेडागी
१८// मोज मस्ती गर ठीकै छ धन बल छउञ्जेल, सिमा काटी मनपरी गरे परौला जेल नेल।
घनश्याम पौडेल
१९// रमाइलो गर्छु म त डिस्को र बार खोजी, डेटिङ जान्छु मोज गर्छु मिल्ने जोडा रोजी।
नवशिला बेलबारी -२,लालभित्ती,मोरङ ।
२०// भिर तिर जानेलाई, रोक्न सकिने हैन, मनलागी गर्ने गर, लौ भन्नु केही छैन।
बिके मुखिया, दार्जीलिङ भारत।
२१// डिस्काे पाटी रेस्टुरेन्टमा बित्छन् मेरा बास, खानु, रम्नु जम्नु मात्र लक्ष्य छ आफ्नाे खास ।
काठमाडौ, ०१ माघ । साप्ताहिक उदक लेखन अभ्यास शृङ्खलाको ३५ औं भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त अभ्यास कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ७१ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन अभ्यास शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा अभ्यास शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।