
२३ जनवरी २०२२, साउदी अरब! केहि दिन देखी साउदी अरवको जेद्धामा कोठामा छटपटाइरहेका जाजरकोट घर भएर बिगत २५ महिनाअगाडि न्यु वल्ड ओभर्जिस बाट साउदी आएका आएस रानाको उपचार र उद्धारका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले कोठामा छटपटाइरहेका भाइरल भिडियोबारे चासो राख्दै उपचार र उद्धारका लागि पहल गर्नुभएको छ ।
शनिवार विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नेपाली श्रमिक आइस राना पीडाले छटपटाइरहेको तस्वीर र भिडियो जताततै प्रकाशित भएपछि आइतवार नेपाली दुतावासका कर्मचारी र श्रम सहचारी सहितको टोली उनि रहेको स्थानमा गइ उनको अवस्थाबारे जानकारी लिएको छ ।
श्रम सहचारी प्रेम उपाध्याय र भाषा अनुवादक सहित दुतावासको टोली बिरामी राना भएको ठाउँमा गइ उपचारका लागि स्थानीय अस्पतालमा लगेर उपचार गरिएको कुरा मन्त्रीका प्रेस सल्लाहकार तेज प्रसाद वाग्लेले जानकारी दिएका छन् ।
नेपाली दुतावासले राना सहित जेद्धामा अलपत्र परेका आठ जना नेपाली श्रमिकहरुको दैनिक खानाको प्रवन्ध गर्दै आएको थियो । आठमध्ये एकजना नेपाल फर्किसकेका छन् भने अन्य छ जना यहि २५ जनवरी मंगलवार नेपाल फर्कनेछन् । रानाको पनि नेपाल फर्कने टिकटको व्यवस्था गरिएको तर, उनको पुलिस केस भएकोले एक्जीट भिषाको लागि समय लाग्ने नेपाली दुतावासले जनाएको वाग्लेले जानकारी दिनु भएको छ ।
उनि बिरामी परेपछि नेपाल फर्कने व्यवस्थाका लागि नेपाली दुतावासले आइतवार नै इमिग्रेसनलाई पत्राचार समेत गरेको नेपाली काउन्सिलर शत्रुधन पोखरेलले बताउनुभयो । रानाको अवस्था अहिले सामान्य रहेको पोखरेलले बताउनुभयो । मन्त्री श्रेष्ठले अलपत्र नेपाली श्रमिक उद्धारका लागि नेपाली दुतावास र श्रम सहचारीले गरेको प्रयासका लागि धन्यवाद दिनुभएको पनि मन्त्रीका प्रेस सल्लाहकारले जानकारी दिनुभएको छ।
उहाँको यो अबस्थाको भिडियो भाइरल भए लगत्तै “साउदी अरबमा हामी नेपाली” भन्ने ग्रुपका एड्मिन हरु चन्द्र चुदाली, रवि साप्कोटा, एनआरएनए साउदिका अध्यक्ष डम्बर यादव, तथा एनआरएनए साउदिका नि वर्तमान उपाध्यक्ष बिशाल श्रेष्ठ, एनआरएनए आरसिसि अध्यक्ष रमजान दिन मियाँ, हरुले उद्दारका लागि महाबाणिज्य दूतावास जेद्दामा समन्वय गरि पहल गरेका थिए।
(आजको तस्वीर)





यो नेपाल EMBISSY के को लागि यहाँ राखियको हो कुनै कुराको मत्लब गर्दैन कुनै कुराको सोधपुछ गर्दानी हामिलाइ सोधेर आको होर ।।।।। भन्छ यो नेपालिको हित्को लागि हो या………………………..ब्यक्तिगत स्वार्थको लागि राजदुत को नियुक्ति गरियको होला महोदय