• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: मुख्य खबर

‘विशिष्ट सङ्गीतश्री सम्मान- २०८३’ वरिष्ठ गायिका कुन्ती मोक्तानलाई

  • १० असार २०८३, बुधबार २२:०० मा प्रकाशित
  • नमस्ते आधुनिक लघुकथा मञ्चले ‘विशिष्ट सङ्गीतश्री सम्मान- २०८३’ बाट वरिष्ठ गायिका कुन्ती मोक्तानलाई सम्मान गरिने जनाएको छ। मञ्चले आफ्नो आठौँ वार्षिकोत्सवको अवसरमा आफ्नो आधिकारिक फेसबुक मार्फत उक्त घोषणा गरेको हो।

    नेपाली लोक, आधुनिक, चलचित्रका गीत गायनमा सुमधुर एवम् उत्कृष्ट स्वरका माध्यमले नेपाली सङ्गीतमा दिनुभएको विशिष्ट योगदानको कदरस्वरूप उहाँलाई उक्त सम्मान प्रदान गर्न लागिएको मञ्चले जनाएको छ।

    सम्मानित व्यक्तित्वलाई मञ्चद्वारा आगामी कार्तिक महिनामा आयोजना गरिने दोस्रो लघुकथा साहित्यिक महोत्सवमा रु ११ हजार १ सय ११ नगद र ताम्र पत्रमा सम्मान पत्र प्रदान गरिने मञ्चले जनाएको छ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged नमस्ते आधुनिक लघुकथा मञ्च, वसन्त अनुभव

    डा. शंकरप्रसाद गैरेलाई ‘सर्वोत्कृष्ट कृति-सम्पादक सम्मान- २०८३’ समर्पण

  • १० असार २०८३, बुधबार २१:४९ मा प्रकाशित
  • नमस्ते आधुनिक लघुकथा मञ्चले साहित्यकार एवम् सम्पादक डा.शंकरप्रसाद गैरेलाई यसै वर्ष स्थापित ‘सर्वोत्कृष्ट कृति- सम्पादक सम्मान-२०८३’ प्रदान गर्ने भएको छ । मञ्चले आफ्नो आठौँ वार्षिकोत्सवको अवसरमा उक्त सम्मानको आधिकारिक फेसबुकमार्फत घोषणा गरेको हो।

    संस्थाद्वारा प्रकाशित कृतिहहरूमा सम्म्पादकको भूमिकामा रहेर सर्वोत्कृष्ट हुने कृतिको सम्पादन गर्नु हुने सम्पादकलाई समर्पण गर्ने उद्देश्यले स्थापित ‘सर्वोत्कृष्ट कृति- सम्पादक सम्मान’ सर्वोत्कृष्ट कृति ‘विरूपाक्ष’को उत्कृष्ट सम्पादन गरे वापत निजलाई प्रदान गरिएको मञ्चले जनाएको छ।

    सम्मानित सम्पादकलाई ११ हजार १ सय ११ रुपैयाँ रकम र ताम्र पत्रको सम्मान पत्र संस्थाद्वारा आगामी कार्तिक महिनामा हुने दोस्रो लघुकथा साहित्यिक महोत्सवमा समर्पण गरिने संस्थाले जनाएको छ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged नमस्ते आधुनिक लघुकथा मञ्च, वसन्त अनुभव

    चार जना सम्पादकलाई ‘उत्कृष्ट लघुकथा- सम्पादक सम्मान-२०८३’ समर्पण गरिने

  • १० असार २०८३, बुधबार २१:३१ मा प्रकाशित
  • नमस्ते आधुनिक लघुकथा मञ्चले ४ जना लघुकथा सम्पादकहरूलाई ‘उत्कृष्ट लघुकथा- सम्पादक सम्मान- २०८३’ समर्पण गर्ने जनाएको छ।
    संस्थाद्वारा प्रकाशित लघुकथा कृतिहरूको सम्पादनमा उत्कृष्ट ठहरिनुभएका सम्पादकहरूलाई सम्मान स्वरूप यसै वर्षदेखि प्रदान गर्न लागिएको मञ्चले फेसबुक मार्फत जनाएको छ।

    आठौँ वार्षिकोत्सवको अवसरमा उक्त सम्मानको घोषणा गर्दै उत्कृष्ट ठहरिनुभएका ४ जना सम्पादकहरू क्रमशः प्रा.डा. कपिल लामिछाने (भैरहवा, रूपन्देही ), डा. शंकरप्रसाद गैरे (कैलाशनगर, पाल्पा), डा. हरिप्रसाद सिलवाल (घट्टेकुलो, काठमाडौँ) र लक्ष्मण अर्याल(रत्ननगर, टाँडी, चितवन) लाई प्रदान गर्न लागिएको मञ्चले जनाएको छ।

    सम्मानित हुनुहुने सम्पादकहरूलाई संस्थाले आगामी कार्तिक महिनामा आयोजना गर्ने दोस्रो लघुकथा साहित्यिक महोत्सवमा सम्मान-पत्र समर्पण गरिने जनाएको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged नमस्ते आधुनिक लघुकथा मञ्च, वसन्त अनुभव

    डा.भण्डारीलाई ‘सर्वोत्कृष्ट लघुकथा- सम्पादक सम्मान- २०८३’ समर्पण गरिने

  • १० असार २०८३, बुधबार २१:०९ मा प्रकाशित
  • नमस्ते आधुनिक लघुकथा मञ्चले वरिष्ठ साहित्यकार एवम् सम्पादक डा.हरिप्रसाद भण्डारीलाई ‘सर्वोत्कृष्ट लघुकथा- सम्पादक सम्मान- २०८३’ समर्पण गर्ने भएको छ। मञ्चले आफ्नो आठौँ वार्षिकोत्सवको अवसरमा आधिकारिक फेसबुकमार्फत जानकारी दिँदै यसै वर्ष स्थापित ‘सर्वोत्कृष्ट लघुकथा- सम्पादक सम्मान-२०८३’ डा.भण्डारीलाई प्रदान गरिने जनाएको हो।

    संस्थाद्वारा प्रकाशित लघुकथा कृतिहहरूमा सम्पादकको अत्यन्त जिम्मेवार भूमिकामा रहेर सर्वोत्कृष्ट सम्पादक ठहरिनु भएका एकजना सम्पादकलाई ‘सर्वोत्कृष्ट लघुकथा सम्पादक सम्मान’ समर्पण गरिने संस्थाको सोच र योजनानुरूप डा. हरिप्रसाद भण्डारीले संस्थाद्वारा प्रकाशित ४ वटा लघुकथा कृतिहरू सर्वोत्कृष्ट ढङ्गले सम्पादन गर्नु भई यो सम्मान स्थापित भएकै पहिलो वर्ष ‘सर्वोत्कृष्ट लघुकथा- सम्पादक सम्मान-२०८३’ प्रदान गर्न लागिएको मञ्चले उल्लेख गरेको छ।

    रु.११ हजार १ सय ११ रुपैयाँ पुरस्कार राशी रहेको पुरस्कार र सम्मान पत्र (ताम्र पत्रमा) संस्थाले आगामी कार्तिक महिनामा आयोजना गर्ने ‘दोस्रो लघुकथा साहित्यिक महोत्सव- २०८३’मा समर्पण गरिने संस्थाले जनाएको छ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged नमस्ते आधुनिक लघुकथा मञ्च, वसन्त अनुभव

    पाँच जना कृतिकारलाई ‘नमस्ते गुरुकुल लघुकथा सुशोभन सम्मान-२०८३’ समर्पण गरिने

  • १० असार २०८३, बुधबार २०:५० मा प्रकाशित
  • नमस्ते आधुनिक लघुकथा मञ्चले पाँच लघुकथा कृतिका कृतिकारलाई नमस्ते गुरुकुल सुशोभन सम्मान- २०८३ समर्पण गर्ने भएको छ । आठौँ वार्षिकोत्सवको अवसरमा आफ्नो आधिकारिक फेसबुकमार्फत मञ्चले घोषणा गरेको हो ।

    संस्थाद्वारा ‘प्रथम लघुकथा साहित्यिक महोत्सव- २०८१’मा स्थापित यो सम्मान मञ्च प्रकाशक भई प्रकाशित भएका लघुकथा कृतिका कृतिकारहरूलाई प्रदान गरिँदै आएको संस्थाले जनाएको छ । सोही अनुरूप यस वर्ष आफ्नो लघुकथाकृति प्रकाशित गराउनु हुने कृतिकारहरूलाई सम्मान लागिएको हो।
    यस वर्ष संस्थाद्वारा आ-आफ्ना लघुकथा कृति प्रकाशित गराउनु हुने कृतिकारहरूमा नर पल्लव, बुद्धनगर, काठमाडौँ (कृति : विरूपाक्ष); रेवतीरमण सापकोटा, ओदालगडी, असम, भारत (कृति : रित्तो चुल्हो); रामबाबु घिमिरे, रत्ननगर, टाँडी, चितवन (कृति : अघोरी); खगेन्द्र बस्याल, तिलोत्तमा, रूपन्देही (कृति : अँजुली), र लक्ष्मण ज्ञवाली, तिलोत्तमा, रूपन्देही(कृति : मौन विद्रोह) रहेको छ ।
    उक्त सम्मान आगामी कार्तिक महिनामा चितवनमा आयोजना गरिने ‘दोस्रो लघुकथा साहित्यिक महोत्सव२०८३’मा समर्पण गरिने संस्थाले जनाएको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged नमस्ते आधुनिक लघुकथा मञ्च, वसन्त अनुभव

    पल्लवलाई ‘नमस्ते झिल्का पुरस्कार- २०८३’ प्रदान, विरूपाक्ष बन्यो सर्वोत्कृष्ट लघुकथा कृति

  • १० असार २०८३, बुधबार २०:३१ मा प्रकाशित
  • नमस्ते आधुनिक लघुकथा मञ्चले वरिष्ठ साहित्यकार नर पल्लवलाई ‘नमस्ते झिल्का पुरस्कार- २०८३’ समर्पण गर्ने भएको छ। मञ्चद्वारा प्रकाशित लघुकथा कृतिहरूमध्ये सर्वोत्कृष्ट बन्न सफल कृतिका कृतिकारलाई प्रदान गरिँदै आएको उक्त पुरस्कार सर्वोकृष्ट बन्न सफल लघुकथा कृति ‘विरूपाक्ष’ का लागि कृतिकार नर पल्लवलाई पुरस्कृत गरिएको मञ्चले आफ्नो आधिकारिक फेसबुकमार्फत जनाएको छ ।

    वि.सं. २०८१ सालमा स्थापित उक्त पुरस्कार हरेक दुई वर्षमा आयोजना गरिने लघुकथा साहित्यिक महोत्सवमा प्रदान गर्ने गरिन्छ। संस्थाद्वारा आगामी कार्तिक महिनामा चितवनमा आयोजना गरिने दोस्रो लघुकथा साहित्यिक महोत्सवमा नगद रू. २२ हजार २ सय २२ रुपैयाँ पुरस्कार राशी सहित प्रमाणपत्र (ताम्र- पत्रमा) प्रदान गरिने मञ्चले जनाएको छ।

    नगरपालिकामा आयोजना गरिने दुईदिने ‘दोस्रो लघुकथा साहित्यिक महोत्सव- २०८३’मा नगद पुरस्कार रू. २२,२२२/- (बाइस हजार दुई सय बाइस) सहित ताम्र- पत्रमा पुरस्कार प्रमाण-पत्र समर्पण गरिनेछ ।
    आफ्नो पहिलो लघुकथाकृति ‘विरूपाक्ष’ ले लघुकथाकै सर्वोत्कृष्ट पुरस्कार पाउन सफल भएकोमा वरिष्ठ साहित्यकार नर पल्लवज्यूलाई हार्दिक बधाई तथा शुभकामना अर्पण गर्दछौँ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged नमस्ते आधुनिक लघुकथा मञ्च, वसन्त अनुभव

    च्यातिएको जुत्तालाई ‘लघुकथालय पुरस्कार २०८३’ समर्पण गरिने

  • १० असार २०८३, बुधबार २०:०२ मा प्रकाशित
  • नमस्ते आधुनिक लघुकथा मञ्चले यस वर्षको ‘लघुकथालय पुरस्कार- २०८३ बाट च्यातिएको जुत्ता लघुकथा कृतिलाई पुरस्कृत गर्ने भएको छ। मञ्चले आफ्नो आठौँ वार्षिकोत्सवको अवसर पारेर आधिकारिक फेसबुक मार्फत भारत, तुमिन, पूर्वसिक्किम, गान्तोकका लघुकथाकार एवम् साहित्यकार हेमराज अधिकारीद्वारा लिखित उक्त लघुकथा कृतिलाई पुरस्कार समर्पण गर्ने घोषणा गरेको हो।

    वि.सं. २०८० सालमा स्थापना गरेको उक्त पुरस्कार प्रदान गर्नका लागि संस्थाले वि.सं. २०८२ मा प्रकाशित लघुकथा कृतिहरू बजार तथा कृतिकार स्वयमबाट सङ्कलन गरी निर्णायक समिति मार्फत मूल्याङ्कन गर्न लगाएको थियो र निर्णायक समितिको निर्णयानुसार नै उक्त कृति उत्कृष्ट भई पुरस्कृत हुन सफल भएको मञ्चले जनाएको छ ।

    रुपैयाँ ११ हजार १ सय ११ नगद राशीको उक्त पुरस्कार एवम् प्रमाणपत्र (ताम्र पत्रमा) सहित आगामी कार्तिक महिनामा संस्थाद्वारा चितवनमा आयोजना हुने दोस्रो लघुकथा साहित्यिक महोत्सवमा प्रदान गरिने पनि मञ्चले उल्लेख गरेको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged नमस्ते आधुनिक लघुकथा मञ्च, वसन्त अनुभव

    योगीलाई ‘वर्ष लघुकथा स्रष्टा सम्मान-२०८३’ समर्पण गरिने

  • १० असार २०८३, बुधबार १९:३४ मा प्रकाशित
  • नमस्ते आधुनिक लघुकथा मञ्चले ‘वर्ष लघुकथा स्रष्टा सम्मान- २०८३’ सक्रिय स्रष्टा नारायण नाथ योगी(मनोज खनाल)लाई समर्पण गर्ने भएको छ। संस्थाले आफ्नो आठौँ वार्षिकोत्सवको अवसर पारेर आधिकारिक फेसबुक पेजमार्फत उक्त घोषणा गरेको हो।

    संस्थाले वर्षभरि आफ्नो आधिकारिक फेसबुक समूहको भित्तोमा सबैभन्दा धेरै विशुद्ध र कालजयी रचनाहरू प्रेषित गर्ने एक स्रष्टालाई उक्त सम्मान समर्पण गर्दै आएको छ ।

    रुपैयाँ ७ हजार नगद पुरस्कार राशीको उक्त पुरस्कार सम्मान संस्थाले आगामी कार्तिक महिनामा चितवनमा आयोजना गर्ने दोस्रो लघुकथा महोत्सवमा समर्पण गरिने बताइएको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged नमस्ते आधुनिक लघुकथा मञ्च, वसन्त अनुभव

    असम निवासी सापकोटालाई ‘हेमलता स्मृति लघुकथा सम्मान- २०८३’ प्रदान गरिने

  • १० असार २०८३, बुधबार ०८:३५ मा प्रकाशित
  • नमस्ते आधुनिक लघुकथा मञ्चले यस वर्षको हेमलता स्मृति लघुकथा सम्मान भारत असममा रहेर नेपाली भाषा साहित्यमा सक्रिय रहेर लघुकथा सृजनामा लाग्नुभएका लघुकथाकार रेवतीरमण सापकोटालाई प्रदान गर्ने भएको छ। मञ्चले आफ्नो आठौँ वार्षिकोत्सव कार्यक्रमको अवसर आधिकारिक फेसबुक पेजमार्फत उक्त जानकारी गराएको हो।


    कीर्तिशेष लघुकथाका सक्रिय स्रष्टा हेमलता उप्रेतीको स्मृतिमा मञ्चले यस सम्मानको स्थापना गरेको थियोे।
    लघुकथाका कुनै पनि कृति ननिकालिसकेका तर लघुकथा लेखनमा निरन्तर लागिपरेका ६० वर्ष उमेर नकटेका सक्रिय एक पुरुष र एक नारी गरी दुई लघुकथा स्रष्टाहरूलाई प्रोत्साहन गर्न हरेक वर्ष प्रदान गरिँदै आएको यस सम्मानलाई मञ्चले अबदेखि हरेक २/२ वर्षमा आयोजना गरिने लघुकथा साहित्यिक महोत्सवमा दिने निर्णय गरिएकाे जनाएको छ । साथै उक्त सम्मान एकपटक नेपाली नव स्रष्टालाई र अर्कोपटक नेपालीभाषी विदेशी नवस्रष्टालाई दिइने पनि निर्णय गरिएको जनाइएको छ ।

    साथै यस वर्षदेखि नवस्रष्टाले ‘हेमलता स्मृति लघुकथा सम्मान’ पाउने वर्षमै पहिलो लघुकथाकृति प्रकाशन गरेको भए पनि त्यस्ता सष्टालाई पनि यस्तो सम्मान दिन सकिने संस्थाले उल्लेख गरेको छ ।
    आगामी कार्तिक महिनामा संस्थाद्वारा चितवनमा आयोजना गरिने दोस्रो लघुकथा साहित्यिक महोत्सवमा नगद ५ हजार ५ सय ५५ रुपैयाँ र ताम्र पत्र सहित उक्त सम्मान तथा पुरस्कार समर्पण गरिने संस्थाले जनाएको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged नमस्ते आधुनिक लघुकथा मञ्च, वसन्त अनुभव

    डा. सिलवाललाई ‘लघुकथाश्री समालोचक सम्मान- २०८३’ समर्पण गरिने

  • १० असार २०८३, बुधबार ०७:५३ मा प्रकाशित
  • नमस्ते आधुनिक लघुकथा मञ्च, चितवनले आफ्नो आठौँ वार्षिकोत्सवको अवसरमा समालोचक डा. हरिप्रसाद सिलवाललाई ‘लघुकथाश्री समालोचक सम्मान- २०८३’ समर्पण गर्ने भएको छ। मञ्चले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत उक्त जानकारी गराएको हो।
    नेपाली साहित्यकाे क्षेत्रमा लामाे समयदेखि लघुकथा समालोचना तथा लेखनका क्षेत्रमा विशिष्ट याेगदान पुर्याउनुभएवापत उहाँलाई उक्त सम्मान प्रदान गर्न लागिएको हो।
    उहाँले संस्थामा समर्पित रहेर वर्षभरि लघुकथा समालोचनामा योगदान पुर्याउनुभएको संस्थाले जनाएको छ ।
    आगामी कार्तिक महिनामा चितवनमा आयोजना गरिने ‘दोस्रो लघुकथा साहित्यिक महोत्सव-२०८३’मा नगद रू. ११,१११/- (एघार हजार एक सय एघार) र ताम्र पत्र सहित उक्त सम्मान समर्पण गरिने मञ्चले जनाएको छ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged नमस्ते आधुनिक लघुकथा मञ्च, वसन्त अनुभव

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P