• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Tag: तेजप्रसाद खनाल

बगार बाबाले गर्‍यो स्वागत एवम् अभिमुखिकरण कार्यक्रम

  • १६ श्रावण २०८३, शनिबार १७:३२ मा प्रकाशित
  • साउन १६, दाङ
    बगार बाबा प्राविधिक शिक्षालय लमही दाङले आज एक कार्यक्रमकाबिच नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
    संस्थाका सञ्चालक किरण चौधरीको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा साहित्यकार तथा प्राध्यापक तेजप्रसाद खनाल प्रमुख अतिथि रहनु भएको थियो। लमही अस्पतालका ल्याब टेक्निसियन ध्रुब पण्डित विशिष्ट अतिथि रहनुभएको थियो।
    त्यसैगरी प्रशिक्षक सरद भट्टराई ,अर्विन श्रेष्ठ ,चिरञ्जीवी चौधरी , दिलिपकुमार यादव, लगायत अतिथि रहनुभएको थियो। दिलिपकुमार यादवको स्वागत मन्तव्य बाट सुरुभएको उक्त कार्यक्रममा प्रमुख अतिथि खनालले युवाहरु सिपमूलक सीप सिकेर राष्ट्र निर्माणमा लाग्नुपर्ने ऊर्जाशील मन्तव्य राख्नु भएको थियो भने साथमा चारु वाचन गर्नुभएको थियो।

    त्यस्तै अन्य अतिथिहरुले प्राविधिक शिक्षाको महत्त्व प्रष्टाउनु भएको थियो। कार्यक्रममा रेशम चौधरीले गीत मार्फत मनोरञ्जन प्रदान गर्नुभएको थियो। विद्यार्थी दिपा महतराले आगन्तुक विद्यार्थीलाई मिहिनेत साथ पढ्नुपर्ने भन्दै महत्त्वपूर्ण मन्तव्य राख्नु भएको थियो। कार्यक्रमको सञ्चालन
    निलम चौधरीले गर्नुभएको थियो।

    स्रोत: लमहीबाट तेजप्रसाद खनालबाट मेसेन्जरमा प्राप्त 
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged तेजप्रसाद खनाल

    नेपाल भारत चारु साहित्य महोत्सव सम्पन्न

  • २८ असार २०८३, आईतवार २२:२८ मा प्रकाशित
  • असार २७
    देउखुरी दाङमा पहिलोपटक नेपाल भारत साहित्य तथा पर्यटन महोत्सव ऐतिहासिकरुपमा सम्पन्न भएको छ।भानु जयन्ती तथा चारु साहित्य प्रतिष्ठान नेपालको आठौँ वार्षिकोत्सबको अवसर पारेर चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको आयोजनामा केन्द्रीय कार्यक्रम भएको हो। कार्यक्रम भुषाल गेष्ट हाउस लमहीमा यही २० ८३ असार २६ गतेका दिन उद्घाटन सत्रमा प्रमुख अतिथिका रुपमा नगरपालिकाको उपप्रमुख लक्ष्मी योगीज्यूबाट समुद्घाटन भई कार्यक्रम सुचारु भएको थियो। चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशका अध्यक्ष तेजप्रसाद खनालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा भारतबाट चारु साहित्यको आठौँ वार्षिकोत्सबमा प्रमुख अतिथिका रुपमा भारतबाट  नन्दलाल त्रिपाठी हुनुहुन्थ्यो। नेपाल बाट प्रतिष्ठानका सल्लाहकार डा. घनश्याम परिश्रमी, डा. देवी पन्थी विशिष्ट अतिथिका रुपमाउपस्थित हुनुहुन्थ्यो।त्यसैगरी भारतबाट  दिपक गोस्वामी , गोपाल ठहाका, अतुलप्रसाद शर्मा , पि. एस यादव अजनवी उपस्थित हुनुहुन्थ्यो। ,भारतीय गाडी चालक पंकज उपाध्यायको उपस्थिति रहेको थियो भने नेपालको काठमाडौंबाट  अरुण खड्का , अनुराग अरुण, र पश्चिम कैलाली बाट आर्त अकुलीन, वसन्त अनुभव, यज्ञलाल सुवेदी, भवानी पोख्रेल ,सोमनाथ लुइँटेल , चन्द्रावती अधिकारी ,अर्घाखाँचीबाट बाबुराम पाण्डे ,प्रकृति कुमारी शर्मा लगायतको उपस्थिति रहेको थियो। यो कार्यक्रम साँच्चिकै दाङ जिल्लाकै ऐतिहासिक कार्यक्रम रहेको धारणा धेरैले व्यक्त गरेका थिए।यश कार्यक्रमको मुख्य प्रायोजक लमही नगरपालिका र अन्य सहयोगी संस्था र दाताहरुमा राप्ती गाउँपालिका, राजपुर गाउँपालिका , गढवा गाउँपालिका, राप्ती फिड इन्डस्ट्रिज प्रा.लि, राप्ती फिडका म्यानेजर योगेन दाहाल जी, सागर पुस्तक पसलका सञ्चालक दिपक भुसाल दाजु, देउखुरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख शिव ओलीज्यू,अतिथिलााई देउखुरीमा रहेका महत्त्वपूर्ण धार्मिक स्थल अवलोकन गराउन ज्ञानज्योति नमुना माध्यमिक विद्यालय लमही दाङले स्कुल बस उपलब्ध गराएको थियो। साहित्य; संस्कृति  र पर्यटनलाई जोड्ने लक्ष्य कार्यक्रमको रहेकोे थियो। कार्यक्रमको सहजीकरण संस्थाका सचिव नागेन्द्र प्रसाद यादवले गर्नुभएको थियो। संस्थाले देउखुरीमा रहेका रिहार बाबा,जखेरा ताल, भक्तिथापा पार्क, वनगाउँ स्वर्गद्वारी आश्रम लगायतका महत्त्वपूर्ण ठाउमा पाहुनालाई भ्रमण समेत गराएको थियो।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged तेजप्रसाद खनाल, वसन्त अनुभव

    गोरखाले गर्‍यो, भानुजयन्तीको अवसरमा कविता प्रतियोगिता

  • २९ असार २०८२, आईतवार १८:५० मा प्रकाशित
  • असार २९/दाङ

    नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको अवसरमा गोरखा मोडेल सेकेण्डरी स्कुल लमही दाङले विद्यालयमा कविता प्रतियोगिता आयोजना गरि मनाएको छ।

    बिहानी सत्र र दिवा सत्र गरि दुई सत्रमा कार्यक्रम आयोजना गरिएको थियो। बिहानी सत्रमा व्यवस्थापन सङ्कायका ११ जना विद्यार्थीले भाग लिएका थिए। जसमा रुमा चौधरी ,रञ्जित चौधरी ,योगेश बस्नेत ,रेखा कुमाल, सुरेश शर्मा ,बिक्की सुनार,करुणा आचार्य ,रितु भट्टराई ,रेखा खड्का ,उष्मा पुन,लक्ष्मी वि.क रहेका थिए। जसमा उष्मा पुन प्रथम,रञ्जित चौधरी द्वितीय र रुमा चौधरीले तृतीय स्थान हासिल गरे।

    त्यस्तै दिवा सत्रमा विज्ञान सङ्कायका १० जना विद्यार्थीले भाग लिएका थिए। जसमा युवराज डाँगी ,विशाल खड्का ,योजना कालाथोकी, विविका खत्री,सजिना आचार्य ,रोहित यादव,पुष्कर पोख्रेल ,सविता आचार्य ,कुशल भण्डारी , रीता सुवेदीले भाग लिएका थिए। जसमा विविका खत्री प्रथम,योजना कालाथोकी द्वितीय ,युवराज डाँगी तृतीय र पुष्कर पोख्रेलले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए।

    बिहानी सत्रमा सुचारु कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक लोकमान रिजालले गर्नुभएको थियो भने अतिथिमा व्यवस्थापन सङ्कायका प्रमुख प्रकाश ओली,विनोद ठाकुर , मा.वि ९/१० संयोजक यमप्रकाश डाँगी लगायत रहनुभएको थियो। दिवा सत्रको कार्यक्रमको आतिथ्यतामा विज्ञान संयोजक प्रकाश रिजाल, माधव शर्मा , अजित शाह, राजिव पोख्रेल, सि. के. यादव, गुरुदास यादव, सुशील आचार्य,आयुव सेन्चुरी, लगायत रहनुभएको थियो। निर्णायक मण्डलमा विद्यालयका नेपाली शिक्षक द्वय तेजप्रसाद खनाल र टुकलाल आचार्य रहनुभएको थियो।

    कार्यक्रमको सहजीकरण बिहानी सत्रमा सुजन छिनाल र दिवा सत्रमा मिलन खनालले गरेका थिए। कार्यक्रम निक्कै रोचक र भव्य रुपमा सम्पन्न भएको थियो।सबै प्रतियोगीले भानुको उच्च प्रशंसाा गरेका थिए। विद्यालयका शिक्षक प्रकाश रिजाल र तेजप्रसाद खनालले भानुभक्तको बारेमा कविता सहित छोटोे मन्तव्य समेत राख्नुभएको थियो भने प्रकाश ओलीले कविता सुनाउनुभएको थियो।

    समाचार स्रोत- तेजप्रसाद खनाल

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged तेजप्रसाद खनाल, वसन्त अनुभव

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P