बगार बाबाले गर्‍यो स्वागत एवम् अभिमुखिकरण कार्यक्रम

  • १६ श्रावण २०८३, शनिबार १७:३२ मा प्रकाशित
  • साउन १६, दाङ
    बगार बाबा प्राविधिक शिक्षालय लमही दाङले आज एक कार्यक्रमकाबिच नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
    संस्थाका सञ्चालक किरण चौधरीको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा साहित्यकार तथा प्राध्यापक तेजप्रसाद खनाल प्रमुख अतिथि रहनु भएको थियो। लमही अस्पतालका ल्याब टेक्निसियन ध्रुब पण्डित विशिष्ट अतिथि रहनुभएको थियो।
    त्यसैगरी प्रशिक्षक सरद भट्टराई ,अर्विन श्रेष्ठ ,चिरञ्जीवी चौधरी , दिलिपकुमार यादव, लगायत अतिथि रहनुभएको थियो। दिलिपकुमार यादवको स्वागत मन्तव्य बाट सुरुभएको उक्त कार्यक्रममा प्रमुख अतिथि खनालले युवाहरु सिपमूलक सीप सिकेर राष्ट्र निर्माणमा लाग्नुपर्ने ऊर्जाशील मन्तव्य राख्नु भएको थियो भने साथमा चारु वाचन गर्नुभएको थियो।

    त्यस्तै अन्य अतिथिहरुले प्राविधिक शिक्षाको महत्त्व प्रष्टाउनु भएको थियो। कार्यक्रममा रेशम चौधरीले गीत मार्फत मनोरञ्जन प्रदान गर्नुभएको थियो। विद्यार्थी दिपा महतराले आगन्तुक विद्यार्थीलाई मिहिनेत साथ पढ्नुपर्ने भन्दै महत्त्वपूर्ण मन्तव्य राख्नु भएको थियो। कार्यक्रमको सञ्चालन
    निलम चौधरीले गर्नुभएको थियो।

    स्रोत: लमहीबाट तेजप्रसाद खनालबाट मेसेन्जरमा प्राप्त